• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी । यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ क‌ि तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ ।
१) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् ।
२) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ ।
३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि धनका लागि अशुभ हो ।
४) शास्‍त्रमा भनिएको छ क‌ि सूर्योदयदेखि सूर्यास्तको बीचमा स्‍त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ द‌िनको समयमा स्‍त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास गर्नुहुन्न् ।
५) यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन् ।
६) यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले लक्ष्मी असन्तुष्ट हुन्छिन् ।
७) जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् ।
८) शास्‍त्रले भनेको छ क‌ि जून घरमा प‌ितृपक्षमा प‌ितरहरुको श्राद्ध गरिँदैन् त्यहाँ लक्ष्मी बस्दिनन् ।
९) जून घरमा न‌ियम‌ित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् । (एजेन्सीको सहयोगमा)
dainiknepal
भैरहवा, ५ मंसिर । रुपन्देहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्द अवज्ञा गरिएको छ ।
शुक्रबार बसेको मोर्चाको बैठकले रुपन्देही जिल्ला पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो । तर, पर्याप्त कार्यकर्ता नहुँदा मोर्चाको बन्दलाई रुपन्देहीका नागरिकले अवज्ञा गरी आफ्नो काम धन्दा जारी राखेका छन् ।
सरकारले मोर्चाको मागप्रति बेवास्ता गरेको र रुपन्देही प्रशासनले पनि दुई महिनादेखि निरन्तर निषेधाज्ञा लगाएर आन्दोलन तुहाउने प्रयास गरेको भन्दै मोर्चाले शुक्रवारदेखि बन्द आह्वान गरी आन्दोलन सशक्त रुपमा चर्काउने बताएको थियो ।
मोर्चाले पर्यटक तथा स्कुलका बस र सार्वजनिक एवं निजी सबै गाडीहरु रोक्ने र बजार तथा उद्योगसमेत ठप पार्ने चेतावनी दिएको थियो । तर, उक्त चेतावनीलाई सबैले आ–आफनो क्षेत्रबाट पुर्ण रुपमा अवज्ञा गरेको पाईएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिनुभयो ।
मोर्चाका नेता एवम् सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्झारीले पनि मर्चवार र धकधई क्षेत्र पुर्णरुपमा बन्द रहेको र अन्य क्षेत्रमा बन्दको प्रभाव नपरेको रिपोर्टिङ आएको बताउनुभयो ।
प्रहरी उपरीक्षक गुरुङका अनुसार सरकारी सामुदायिक तथा निजी क्षेत्रबाट संचालित सबै शिक्षण संस्थाहरु पनि दिउसोको समयमा पुर्ण रुपमा खुलेका छन् । हाल रुपन्देहीमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
dainiknepal
काठमाडौं, ५ मंसिर । भारतपरस्तको आरोप लाग्दै आएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको एउटा विवादास्पद तस्वीर सार्वजनिक भएको छ ।
मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रमुख कमाण्डर समेत रहेका महतोले वीरगञ्जमा आयोजित मोर्चाको एक समारोहमा भारतको झण्डा जस्तै देखिने खादा काँधमा लगाएको तस्वीर सार्वजनिक भएको हो ।
यो तस्वीरले महताले आफूलाई भारतको ‘वफादार सिपाई’ प्रमाणित गरेका छन् । माथिको तस्वीरमा कार्यक्रममा प्रमुख अतिथि रहेका महतोले भारतको झण्डा झल्किने खादा काँधमा लगाएको प्रष्ट देखिएको छ ।
सोही कार्यक्रममा उनले मधेस आन्दोलनका माग सम्बोधन गर्न सरकार गम्भीर नभएको आरोप लगाए । उसो महतोमाथि किर्ते गरेर अंगिकृत नागरिकता लिएको आरोप पनि लाग्दै आएको छ । आरोप अनुसार २०२७ सालतिर महतोले किर्ते गरेर पहिला आफ्नो नागरिकता बनाएका थिए । पछि आफ्नो बुबाको नागरिकता बनाएको आरोप पनि उनले खेप्दै आएका छन् ।
उनी आफ्ना भाषणमा आफूलाई नेपालको राष्ट्रवादी नेता भन्न पनि पछि पर्दैनन् । भर्खरै एक अन्तर्वार्ताका क्रममा उनले आफूसँग जन्मसिद्ध नेपालको नागरिकता भएको र आफू नेपालमै जन्मेको बताएका छन् । तर, नेपालमा जन्मेको नागरिक, अझ भन्ने हो भने आफूलाई राष्ट्रवादी बन्ने नेताले अर्काको देशको झण्डा झल्किने खादा काँधमा लगाएर सार्वजनिक कार्यक्रम प्रमुख अतिथिको आसन ग्रहण गर्लान् ? यहाँनेर महतोमाथि प्रश्न गर्ने थुप्रै ठाउँ देखिन्छ । उनी भारतकै ‘वफादार सिपाई’ बनेजस्तो देखिन्छ ।
यसअघि भारतीय पत्रिका अमर उजालालाई दिएको अभिव्यक्तिले पनि उनी भारतकै हुन् जस्तो देखाउँछ । भारतीय पत्रिकामा उनले भारतविना नेपालले साँस पनि फेर्न नसक्ने अभिव्यक्ति दिएका थिए ।
dainiknepal
जनकपुरधाम: आफैं बनाउन लागेको बम विस्फोट हुँदा जनकपुरमा एक युवक गम्भीर घाईते भएका छन्।

जनकपुरको क्याम्पस चोक नजिकै नरेश यादवको घरमा भाडामा बस्दै आएका१८ वर्षीय श्रवण यादव बम विस्फोटमा परि घाईते भएका हुन्।


स्थानीय मिथिला टेक्नीकल इन्स्टिच्युटमा अध्ययनरत सिरहाको गौरीपुर-९ निवासी यादवले घर भित्र टिफीनमा बम राख्न खोज्दा विस्फोट भएको प्रहरीले जनाएको छ।

यादवले आफैं बम बनाउने प्रयास गरेपछि विस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भईरहेको जनाईएको छ।

 यता विस्फोटबाट शरिरको विभिन्न भाग घाईते भई जनकपुर अंचल अस्पतालमा ल्याईएका यादवको उपचार त्यहाँ सम्भव नभएपछि चिकित्सकले थप उपचारको लागि बाहिर लैजान सिफारिस गरेको छ।

उनका परिवारका सदस्यहरु नआएको हुनाले उनलाई हाल जनकपुर अंचल अस्पतालमै राखेर उपचार भईरहेको छ।
annapurnapost
काठमाठौँ, ५ मङ्सिर । बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्या समाधान खोज्न नागरिक समाज, मानवअधिकारकर्मी र बौद्धिक वर्ग सक्रिय हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।
लायन्स क्लब अफ काठमाडौँले आज यहाँ आयोजना गरेको शान्ति तथा सद्भाव ऐक्यबद्धता कार्यक्रममा वक्ताहरुले नाकाबन्दीका कारण मुलुकले विकराल समस्या भोगिरहँदा पनि नागरिक समाज, गैरसरकारी सङ्घसंस्था र बौद्धिक वर्ग चुप लागेर बसिरहेका बताए ।
पूर्व सभासद् शान्ता चौधरीले एकले अर्कालाई आरोप–प्रत्यारोप लगाउने भन्दा पनि बन्द, हडताल र नाकाबन्दीका कारण उत्पन्न समस्यालाई चाँडो समाधान गर्नेतर्फ केन्द्रित हुन राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयो ।
बन्द र हडतालका कारण मुलुकले ठूलो क्षति व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले आन्दोलनको स्वरूप परिवर्तन गर्नुपर्ने, नभए अब नागरिक स्तरबाटै बन्द, हडतालको प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
क्लबका अध्यक्ष डिके ढुङ्गानाले नाकाबन्दीका कारण औषधि जस्ता संवेदनशील वस्तुको अभाव हुँदा पनि सरकार र अन्तर्राष्ट्रिय सङ्घसंस्थाले चासो नदेखाउनु दुःखको कुरा हो भन्नुभयो ।
मुलुकभित्र ६०० र बाहिर २११ राष्ट्रमा फैलिएको लायन्स क्लबले शान्ति र सद्भाव कायम राख्न देशव्यापी अभियान सञ्चालन गर्दैछ । रासस
dainiknepal
काठमाडौं, ५ मंसिर । संयुक्त राष्ट्रसंघले नेपालविरुद्ध भारतले गरेको नाकाबन्दीलाई लिएर चिन्ता व्यक्त गरेको छ । राष्ट्रसंघका महामसचिव बानकी मुनले नेपाल र भारतको सीमामा सामान ओसारपसारमा अबरोध भएको भन्दै चिन्ता जनाउनु भएको हो ।
महासचिव मुनका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल भारत सीमामा अत्यावश्यक सामानको आवागमनमा देखिएको अबरोधप्रति महासचिवले बढ्दो चिन्ता ब्यक्त गर्नु भएको छ ।’
‘उहाँ जीवन बचाउन आवश्यक औषधिको बढ्दो अबरोध र तोडफोडका घटना र मानवीय सहायताको काममा परिरहेको असरले चिन्तित हुनु भएको छ’, महासचिव बानको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले सबै पक्षलाई यो अबरोध बिना बिलम्ब हटाउन आग्रह गर्नु भएको छ साथै नेपालको निर्वाध पारवहन अधिकार रहेकोमा जोड दिनु हुन्छ ।
वानले वार्ता, अहिंसा, भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रता तथा शान्तिपूर्ण बिरोधको सम्मानका लागि जोड दिनुभएको छ ।
राष्ट्रसंघले सबै पक्षलाई लचकता अपनाई आफ्ना असहमतिलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउन पनि आग्रह गरेको छ ।
dainiknepal
शनिबार, ५ मंसिर

एजेन्सी । विश्व फुटबलका शत्रुका रुपमा हेरिने स्पानिस क्लवहरु बार्सिलोना र रियल मड्रिड आज भिड्दै छन् ।
एल क्लासिको खेल रियलको घरेलु मैदानमा हुदैछ । बर्नावाउमा हुने खेललाई लक्षित गर्दै स्पेननिस प्रहरीले खेल क्षेत्रको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाएको छ ।
एक साता अघि फ्रान्सको राजधानि पेरिसमा खेल मैदानको बाहिर आतंककारी विस्फोट भएका कारण बार्सिलोना र रियल मड्रिडको खेलमा समेत सुिरक्षा व्यवस्था थप मजुवद बनाइएको हो ।
रियलको मैदान बर्नव्यउमा हुने खेलका लागि साविकको भन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरिएको छ । बर्नव्यउमा इएल क्लासिकोको सुरक्षाका लागि एक हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।
युरोपका अरु लिग अन्तर्गत हुने खेलका लागि पनि सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ । आज खेल सुरु हुनुपूर्व पेरिस आक्रमणमा ज्यान गुमाएकाको सम्झनामा एक मिनेट मौनधारण गरिने पनि छ । बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ ।
बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा तीन तथा तेस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा चार अंकले अघि छ । बार्सिलोनाको ११ खेलबाट २७, रियल मड्रिडको २४ तथा एथ्लेटिको मड्रिडको २३ अंक छ ।
आज हुने खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी लामो समयको बिश्राम पछि खेल्दै छन् । तर उनी सत प्रतिशत फिट भने भइसकेका छैनन् । जस पलमाससँग खेलमा घाइते भएका थिए ।
nepalsandesh
काठमाडौं, ५ मंसिर । सीमाङ्कनलाई लिएर मधेसी मोर्चाले तीन महिनादेखि नाकाबन्दी लगाइ जनतालाई दुःख दिइरहेका बेला नेपाली कांग्रेसले समस्या समाधानका लागि तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग परामर्श गर्दैछ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज हुने छलफलमा कांग्रेसले मधेसका जनताले खोजेको अधिकार र समस्या समाधानका लागि अपनाउने उपायका विषयमा परामर्श हुनेछ । कांग्रेसले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुसँग निकासका लागि के गर्न सकिन्छ भनेर सुझाव लिनेछ ।
कांग्रेसले संवैधानिक रुपबाट मुलुकलाई निकास दिनुपर्ने जनाउँदै आएको छ । उसले संवैधानिकका साथै राजनीतिक रुपमाबाट पनि छलफल गर्नुपर्ने उल्लेख गरेको छ ।
सीमाङ्कनमा खुला भएर छलफल गर्न सकिने जनाएको कांग्रेसले मुलुकलाई आफैले पहल गरी निकास दिन चाहेको छ ।
संसदको बैठक भोलिबाट सुरु हुँदैछ । संसदको बैठकलाई मधेस केन्द्रित दलहरुले अबरोध गर्दै आएका छन् । बैठकमा सदन खुलाउने विषयमा पनि छलफल हुनेछ । कांग्रेसले आफ्ना सांसदसँग एघार बजेपछि छलफल गर्ने कार्यक्रम राखेको छ ।
dainiknepal
शनिबार, ५ मंसिर
नर्वे । भारतीय नाकाबन्दीविरुद्ध नर्वेमा पनि प्रदर्शन भएको छ ।
गैर आवसीय नेपाली संघ, जनप्रगतिशिल मन्च, जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च लगायतका विभिन्न संघ संस्थाको सहभागितामा भएको प्रदर्शनमा सयौं नेपालीको सहभागिता रहेको थियो ।
नर्वेको संसद भवन अगाडीको प्रदर्शनमा सहभागि हुन ओस्लो बाहिर निकै टाढा रहेका नेपाली समेत ओस्लो आईपुगेको गैर आवसीय नेपाली संघ नर्वेका अध्यक्ष कुमार पण्डितले बताए ।
यत्ति ठुलो संख्या नेपालीको विरोध प्रदर्शन सायद पहिलो पटक भएको र नाकावन्दी अन्तराष्टियकरण गर्न सघाउ पुगेको उनले बताए ।

यस्तै जनप्रगतिशिल मन्चका महासचिव गोरख चन्दले प्रदर्शनमा नेपालीको उत्साहजनक उपस्थित रहेको वताए ।
नाकाबन्दी फिर्ता लिन दबाव दिन नर्वेस्थित भारतीय दुतावासमा ज्ञापन पत्र वुझाउने प्रयास भने विफल भएको थियो। माथिको आदेश भन्दै दुतावासले नेपाली समुदायको ज्ञापन पत्र वुझन नमानेको चन्दले जानकारी दिए ।
यस्तै जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष जीतेन्द्रविक्रम शाही र प्रवासी नेपाली मन्च अध्यक्ष अम्वरवहादुर सिंहले भारतीय नाकाबन्दीविरुद्ध निरन्तर दबाब दिन आवश्यक रहेको बताए ।
प्रदर्शनमा व्याकअफ इण्डिया, नेपालको पारवहन अधिकार बन्चित गर्न पाईदैन जस्ता प्ले कार्ड बोकेर नेपालीहरु ओस्लो सहरमा भेला भएका थिए । विरोध प्रदर्शनमा हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, नर्वे नेस्को, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल, बिबेकशील नेपाली, नेपाली पोर्तुगल समाज, नेप्सा, लगायतका संघ संस्थाको सहभागिता रहेको थियो ।
यसैबीच गैर आवसीय नेपाली संघ मकाउले पनि भारतीय नाकाबन्दीविरुद्ध भारतीय दुतावास हङकङमा ज्ञापन पत्र वुझाउने भएको छ । संघका अध्यक्ष मुकेश वरुवालले मकाउमा भारतीय दुतावास नभएकाले हङकङमा ज्ञापन पत्र वुझाउने तयारी भैरहेको बताए ।
नेपाली
nepalsandesh
मोरङ, ५ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ता विराटनगरमा आज पनि बिहानैदेखि तोडफोड र अराजकतामा उत्रिएका छन् ।
मधेसी मोर्चाका कार्यकर्ताले बिहानै विराटनगरमा दुई वटा यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।
बिहान पौने ६ बजेतिर विराटनगर उपमहानगरपालिका वडा नम्वर ७ को घाँसचोकमा काँकडभिट्टाका लागि छुटेका दुई वटा बसमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट ना ३ ख ४९१९ र को १ ख १७६५ नम्बरको बसमा क्षति पुगेको छ । तोडफोडबाट बसका सिसा फुटेको मोरङ प्रहरीले जनाएको छ ।
मधेसी मोर्चाका कार्यकर्ताहरु सडकमा नदेखिए पनि लुकीलुकी तोडफोड गरिरहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीले विराटनगरका बिभिन्न स्थानमा आज पनि सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको छ ।
dainiknepal
अमेरिकी मुलुक क्यानडाको नेभी (जलसेना)को उच्च तहमा पहिलो नेपाली प्रवेश गरेका छन् ।

तीन प्रकारका सैन्य सेक्सनमध्ये जलसेनाको लेफ्टिनेन्ट तहमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ हात्तीलेटका बासिन्दा सुधीरजंग पाँडे काम गरिरहेका छन् । दीपेन्द्र प्रहरी विद्यालयबाट एसएसली र रसियाबाट इन्जिनियरिङ गरेका ४१ वर्षका पाँडे २९ वर्षको उमेरमा क्यानडाको प्रहरी सेवामा प्रवेश गरेका थिए ।

त्यसपछि सन् २००५ मा सिभिल प्रहरी फोर्समा भर्ती भएका उनी त्यसको तीन वर्षपछि सेनातिर आकषिर्त भएका हुन् । उनीपछि त्यहाँको जलसेनामा अर्का एक नेपाली सिपाही थपिएका छन् । आफू मातहत करिब ४० जना सेनालाई सशस्त्र रुपमा परिचालन गरेर त्यहाँको सामुद्रिक सतहबाट आवतजावत गर्ने लागूऔषध कारोबारीको पहिचान र नियन्त्रण गर्ने जिम्मा क्यानेडियन सेनाले उनलाई सुम्पेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

ratopati
रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर खानुपर्छ । यसका साथै यस्ता रोगीले सिमित खानेकुराहरु नियमित र ठिक्क मात्रामा खान आवश्यक छ । यहाँ हामी तपाईंलाई यस्ता खानेकुराको बारेमा जानकारी दिँदै छौँ जुन मधुमेह नियन्त्रणका लागि खान अत्यावश्यक छ ।
१ स्याउः
भनिन्छ, दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्दछ – विशेषगरि कार्डियोलोजिष्ट । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्दछ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई सहयोग गर्दछ ।
यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाइने गर्दछ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरुको स्वास्थ्य स्थिती जाँच गर्दा हप्तामा पाँच वा सो भन्दा बढि स्याउ खाने मानिसहरुमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने गर्दछ ।
२ कुरिलोः
स्वादको दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजसो मानिसहरुको मनपर्ने तरकारी हो । के तपाईंलाई थाहा छ, कुरिलोमा ५ ग्राम कार्बोहाइड्रेट, २० क्यालोरी र करिब २ ग्राम फाइबर पाइने गर्दछ । यसमा विशेषगरि ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ जस्तै मधुमेह, मुटुरोग र क्यान्सर ।
सन् २०१२ मा ब्रिटिश जर्नल अफ न्युट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने कार्य गर्दछ ।
३ एभोक्याडोः
नास्पाती जस्तो देखिने फल एभोक्याडो स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक मानिन्छ । यो फलमा प्रोटिन, फाइबर, नियासिन, थाइमिन, राइबोफ्लेबिन, फोलिक एसिड र जिंकलगायतका तत्वहरु प्रचुर मात्रामा पाइने गर्दछ ।
एकेडेमी अफ न्युट्रिसन एण्ड डाइबिटिजका अनुसार यसले कोलेस्ट्रोलको मात्रालाई घटाउनुका साथै मुटुरोगलाई पनि टाढा राख्ने गर्दछ ।
यसका साथै एभोक्याडो र मधुमेह बिच निकै सकारात्मक सम्बन्ध रहेको छ । सन् २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले प्रकाशित गरेको एक रिपोर्ट अनुसार एभोक्याडो खाने महिलाहरुमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुने गर्दछ ।
४ सिमीः
सिमीमा प्रचुर मात्रामा फाइबर पाइन्छ । साथै, यो प्रोटिनको राम्रो स्रोत मानिन्छ जसका कारण यसलाई मधुमेहका रोगीले आफ्नो खानामा संलग्न गर्न आवश्यक छ । सन् २०१२ मा गरिएको एक अनुसन्धानको अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलित हुने गर्दछ भने ब्लड प्रेसर पनि कम गर्ने गर्दछ ।
अमेरिकन हर्ट असोसियसनका अनुसार धेरै मात्रामा फाइबरको सेवनले हृदयघात हुनबाट पनि बचाउँछ ।
५ निलो बयरः
निलो बयर अथवा ब्लुबेरी त्यस्तो फलको परिवारमा पर्दछ जसमा फ्लेभोनोइडको मात्रा अत्यधिक रहेको हुन्छ । फ्लेभोनोइड एउटा यस्तो तत्व हो जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । ‘निलो बयरमा फाइबरको मात्रा अत्यधिक हुने भएकाले मधुमेहको खतरालाई कम गर्दछ भने रगतमा चिनीको मात्रालाई संतुलित राख्ने गर्दछ,’ नेशनल डाइबिटिज एजुकेसन प्रोग्रामकी जोओने एम.ग्यालिभेन बताउँछिन् ।ताजा अनुसन्धानले निलो बयरमा क्यान्सरविरोधी तत्व पनि पाइने ग्यालिभेन बताएकी छिन् ।
६ ब्रोकोलीः
ब्रोकोलीमा बेटा–क्यारोटिन नामक एन्टिअक्सिडेन्ट पाइन्छ जसले मधुमेह रोगीलाई फाइदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत, हड्डी, छाला र आँखालाई फाइदा पुर्याउने गर्दछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वस्थ्यको लागि निकै लाभदायक मानिन्छ ।
 गाजर
गाजरलाई भिटामिन ‘ए’को खानीको रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केहि क्यान्सरबाट मुक्ति दिने मायो क्लिनिकले बताएको छ ।
 माछाः
सन् २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ । माछामा ओमेगा–३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।
९ लसुनः
खानालाई मिठो बनाउन हालिने लसुनमा औषधीय गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्त चाप र क्यान्सरको खतरालाई टाढा राख्ने गर्दछ ।
१० प्याजः
प्याजमा एन्टिअक्सिडेन्टको मात्रा बढि हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ ।प्याजमा मुटुलाई फाइदा पुर्याउने फाइबर, पोटासियम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन् २००२ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोनोइड क्वेरसेटिनले दीर्घ रोग लाग्न बाट बचाउँछ ।

आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बिहानको समय असल छ, मध्याह्नको सुरुवातसँगै धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दैनिक खर्चमा बृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोसम्म आनन्द र खुसीको वातावरण प्राप्त हुनेछ । त्यसपछि गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना छ । मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ, सचेत हुनुहोस् । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन । उता समाजमा तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो संकेत छ । बोलीमा मिठास आउने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

काठमाडौं, ५ मंसिर । कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा पेट्रोलिम्याक्स नामक निजी कम्पनीलार्य हवाइ इन्धन आपूर्तिका लागि प्रतीतपत्र खोल्न भन्दै नेपाल आयल निगमले ५० करोड रुपैयाँ भुक्तिानी दिएको खुलासा भएको छ ।
भारतले नाकाबन्दी लगाएपछि इन्धन अभावको मौका छोपेर निगमले मनलागी ठेक्का सम्झौता गर्दा उक्त कम्पनीसँग पर्फमेन्ट ग्यारेन्टीबापत रकमसमेत मागेको छैन् ।
यसअघि खड्काकै आदेशमा विराट पेट्रोलियम नामक कम्पनीलाई नियमविपरित पेट्रोलियम आपूर्ति ठेक्का सम्झौता गर्दासमेत २० करोड अग्रिम भुक्तानी दिइएको समारचा नागरिक दैनिकले छापेको छ ।
dainiknepal
काठमाडौं – नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरुले भारतसँग स्पष्टीकरण मागेका छन् । भारतीय राजदूत निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी जापान, जर्मनी, अन्य युरोपेली र अमेरिकी राजदूतले आपूर्ति व्यवधानपछि नेपालमा पुननिर्माण तथा मानवीय मिसनमा समेत अवरोध उत्पन्न भएको भन्दै त्यसको निकासबारे भारतको धारणा जान्न खोजेका थिए ।

स्रोतका अनुसार युरोपेली संघमा आबद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजीवी ‘नेपालमा राष्ट्रिय संकट उत्पन्न हुनुका पछाडि भारत नै जिम्मेवार छ भन्छन् नि’ भनेर भारतीय राजदूत रन्जित रेलाई सोधेका थिए ।

रेले रक्सौलबाहेक अरु नाकाबाट आपूर्ति भइरहेको र सात सय ट्रक नेपाल भित्रिरहेको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेका कारण त्यहाँबाट आपूर्ति हुन नसकेको स्पष्टीकरण दिएका थिए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ratopati
भारतमा भेटिएका गुगल ब्वाय कौटिल्यले विश्वलाई अचम्मित पारिरहेको बेला नेपालमा पनि कौटिल्य भन्दा साना बालक भेटिएका छन् अद्भूत क्षमताका । काठमाडौँको चावहेलमा बसोवास गर्दै आएका ४ वर्षे आदित्य दाहालको दिमागी क्षमता साँच्चै नै अद्भूत छ ।आदित्यले अहिले सिंगो दुनियाँलाई नै छक्क पारिदिएका छन् ।उनको अद्भूत प्रतिभाका कारण दुनियाँका सामू दिन दिनै उनी स्टार झैं चम्किदै गएका छन् ।

उनीसंग स्मरण शक्ति यति छ, जसको अगाडि दुनियाँको जो कोहि पनि हैरान हुनु स्वभाविक छ । उनमा यस्तो स्मरण क्षमता छ कि उनले एकचोटी भेटेका जो सुकै मान्छेको नाम र उनीहरुका पेशा सम्झिन सक्छन् ।त्यसो त आफै उभिन र हिडडुल् गर्न समेत नसक्ने आदित्य दाहाल भुत, बर्तमान र भविष्य पनि बताउन सक्छन् । उनि बोल्न सक्दैनन् तर लेख्न भने सक्छन् । उनलाई उनका बाबुरआमाले लेख्न सिकाएका हुन् । अचम्मको कुरा त के छ भने यी बालक अझै विद्यालय गएका छैनन् ।

त्यसैले बिद्यालय गएपछि झन् उनको प्रतिभा कसरी विकास हुने हो अहिले सबैको प्रतीक्षा यहि छ । अहिले चाहिँ उनका आमा बाबु गिनिज बुकमा नाम लेखाउने अभियानमा जुटेका छन् ।

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो, जसलाई आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरूको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने, कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ । भूत, भविष्य वा वर्तमान, सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ ।

सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरू सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।

इतिहासदेखि भूगोलसम्म, गणितदेखि विज्ञानसम्म, धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले चामत्कारिक ढंगले सही जवाफ दिँदै गए ।वेद, उपनिषद्का श्लोकहरू पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन, चाइनिज, कोरियन, रसियनलगायत लिपिमा पनि लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँका कुनै पनि चिज उनको कलिलो मस्तिष्कभन्दा बाहिर छैनन् । आफूलाई भेट्न आउनेहरू को हुन्, उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले ‘मधुमाता’ लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पोडेल भेट्न जाँदा आदित्यले लेखे, ‘बागमतीमा सफाइ होइन, फोहोर फाल्न बन्द गरौँ ।’पूर्वमुख्यसचिव माधव घिमिरे पुग्नासाथ आदित्यले कागज मागेर लेखे, ‘माधव सर नमस्कार †’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे, ‘अब मैले के गर्दा राम्रो हुन्छ रु’ आदित्यको जवाफ यस्तो थियो, ‘ध्यान गर्नुस्, बाटो आफैँ भेट्नुहुनेछ ।’ स्वास्थ्य परीक्षणका लागि वीर हस्पिटल लैजाँदा उनले अंग्रेजीमा लेखिदिए, वीर हस्पिटल इज डर्टी प्लिज मेन्टेन इट सिरियसली । सहरी विकासका सचिव डा। अर्जुन कार्की आउनासाथ उनले लेखे, ‘अर्जुन सर, सहर सफा राखौँ ।

कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् । नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन रु भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्, ‘जनमतसंग्रह गरौँ ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘नेताहरू बोल्छन् मात्रै काम गर्दैनन् ।’ तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे, ‘नट नाउ, पछि कुरा गरौँला ल †’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘नेताहरूको झगडा मिलेपछि २०७२ भित्र ।’ सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए, ‘भो, आज लेख्दिनँ ।’आफ्नोबारेमा पनि आदित्यले लेख्ने गरेका छन् । एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले आफूलाई चिन्ने उद्घोष गरेका थिए । अद्भूत क्षमता भएका बालक आदित्य दाहालको अहिले अमेरिकामा उपचार भैरहेको छ ।
‘भीरबाट हाम फाल्न लागेको गाईलाई राम–राम भन्न सकिन्छ, काँध थाप्न सकिंदैन’ भन्ने उखान नेपाली राजनीतिमा फेरि एकपटक चरितार्थ भएको छ । त्यो पनि ‘नयाँ शक्ति’को नाममा राजनीतिक धन्दा चलाएका डा. बाबुराम भट्टराईको हकमा यो बढी सान्दर्भिक देखिन पुगेको छ । नयाँ शक्तिको नाममा बहकावी धन्दा चलाएपछि हुरहुर मान्छे आउँछन् र आफू शक्तिमा विराजमान हुन र एमाओवादीलाई साइजमा ल्याउन सक्छु भन्दै अगाडि सरेका डा. भट्टराईलाई एमाओवादीमै रहेकाले समेत राम्ररी साथ नदिएपछि फेसबुकमार्फत रोइलो गर्न थालेका छन् । उनले मंसिर १ गते फेसबुक मार्फत नयाँ शक्तिको लोगो, नारा र बेवसाइटको नाम समेत माग गरेका छन् ।
डा. भट्टराईको पछिल्लो गतिविधिले भारतलाई नै सघाएको र भारतको योजनामा नै उनी चलेको भन्ने पुष्टि भएपछि उनको घरभित्रै र बाहिर समेत चर्को आलोचना भएको छ । पछिल्लो पटक भारतीय टेलिभिजन च्यानल सीएनएन आइबीएनलाई उनले दिएको अन्तरवार्तामा आफू भारतीय भएको प्रष्ट पारेका थिए । उनले नेपालमा चीनले केही पनि गर्न नसक्ने भन्दै भारतको साथ र सहयोग चाहिने भन्दै भारतको नै गुनगान गरेका थिए । भारतीय योजनामा एमाओवादीबाट बाहिरिएको र नयाँ शक्तिको नाममा एमाओवादीको प्रभाव कम गर्ने योजनामा रहेको भन्दै चर्को आलोचना व्यहोरेका डा. भट्टराईकै गतिविधि हेर्दा पनि त्यस्तै देखिंदै आएको छ । पछिल्लो दिनमा मुलुकका विभिन्न जिल्लामा नयाँ शक्तिको प्रचार गर्ने भन्दै निस्के पनि कुनै सकारात्मक परिणाम नदेखिएको भन्दै दुःखेसो व्यक्त गर्ने जमात बढ्दै गएको छ ।
त्यसो त आफ्नै भनिनेहरूमा समेत मेल छैन, देवेन्द्र पौडेललाई कोही कसैले मन पराउँदैनन् । नवराज सुवेदी र लिलबहादुर थापाको बीचमा मिल्ती छैन । उनीहरू एकले अर्कोलाई सिध्याउन लागिपरेका छन् । मधेशमा साथ दिने भनिएकाहरूमा पनि एकआपसमै मारामार रहेको छ । रामचन्द्र झालाई अवसरवादी र भारतीय नागरिकता भएको भन्दै कोही स्वीकार गर्ने पक्षमा रहेका छैनन् । गंगानारायण श्रेष्ठ सिन्धुलीमा नै कोही कसैले स्वीकार गर्ने पक्षमा छैनन् । पूर्वाञ्चलमा उनको पक्षमा कोही पनि रहेका छैनन् । राजधानी आसपासमा उनको पक्षमा कोही छैनन् । काठमाडौं उपत्यकामा डा. भट्टराईको नयाँ शक्तिमा लाग्ने कोही छैनन् र जाने पक्षमा पनि कोही छैनन् ।
पूर्व प्रशासकहरू पनि उनलाई साथ दिने पक्षमा छैनन् । भारतीय राजदूतसँगको अघोषित साँठगाँठ र नेपालमाथि लगाइएको नाकाबन्दीलाई समर्थन गरेको भन्दै उनकै पक्षमा लागेका समेत पुरानै घरमा फर्कने तयारी गरेपछि डा. भट्टराईलाई लौ डाक्टर अब हुने भएन प्रचण्डसँग एकपटक मिल्न प¥यो भन्दै अर्ती दिने गरेको सानेपा स्रोतले जनाएको छ । आफ्ना स्वकीय सचिव विश्वदीप पाण्डेका पीता समेत रहेका एमाओवादी सांसद भक्तिप्रसाद पाण्डेलाई समेत भेट्न नगएको भन्दै आलोचना भएको छ । सोही कारण विश्वदीपले समेत बाबुरामलाई साथ छाड्ने तयारी गरेका छन् । अन्तिममा बाबुरामको नयाँ शक्तिमा उनी एक्लै हुने देखिएको छ । एमाओवादी छाडेका समेत पुनः पुरानै घर फर्केर आत्मालोचना गर्ने तयारीमा रहेका छन् । जनआह्वान साप्ताहिकमा खबर छ ।
dainiknepal
काठमाडौ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले एक बर्षभित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने सरकारी प्रतिवद्धता फेरी जाहेर गरेका छन् । शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो लोडसेडिङ अन्त्य गर्ने योजनामा साथ दिन आम नेपाली नागरिकलाई आग्रह पनि गरेका छन् ।


‘मैले एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्दा धेरैले ठट्टाका रुपमा लिए’, ओलीले भने ‘पर्खिनुहोस एक बर्ष भनेको १२ महिना त हो । लोडसेडिङ अन्त्य गरेर देखाउछु ।’
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीका कारण देशले संकट ब्यहोरेको बताए । तर संकटका निवारणका नाममा देशलाई भविश्यसम्म घाटा हुने कुनै पनि कार्य नगर्ने सार्वजनिक प्रतिवद्धता पनि जनाएका छन् । उनले केही समयपछि इन्धन अभाव पनि पूर्ति हुने दावी समेत गरे ।
तीन महिना लामो आन्दोलन गरिरहेका मधेसबादी दललाई वार्तामा आउन ओलीले पुन आग्रह पनि गरेका छन् । ‘सरकार सवै नागरिकका जायज माग सुन्न र पुरा गर्न तत्पर छ, तर मागका नाममा माग भने पुरा नहुँन सक्छन् ।’ उनले जायज माग लिएर वार्तामा आउन मधेसबादी दललाई आग्रह पनि गरे ।
सरकारबिरुद्ध भारत र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कदम चालिरहेका बेला ओलीले भने बरु आफु सरकारबाट बाहिर बस्ने तर नेपाली जनताको भावना चोट पुग्ने गरी कसैसँग सम्झौता नगर्ने बताए ।
yeskathmandu भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुनसरी, ४ मंसिर । संघीयता सीमांकनमा सुनसरी एक नम्बर प्रदेशमै कायम रहनुपर्ने माग राख्दै सुनसरीको दुहवीमा पनि आन्दोलन सुरु भएको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारको आधार क्षेत्र मानिएको सुनसरी क्षेत्र नं ३ बाट स्थानीय नागरिकहरुले आन्दोलन थाल्ने निर्णय गरेका हुन् । सुनसरी क्षेत्र न ३ बाट सुरु भएको आन्दोलनमा गच्छदारको पार्टीको पनि समर्थन छ ।
फोरम लोकतान्त्रिकले सीमांकनमा सुनसरीलाई मधेस प्रदेशमा राख्ने प्रस्ताव कुनै हालतमा नमान्ने फोरम लोकतान्त्रिकका स्थानीय नेता कुमार थापाले बताउनु भयो । ‘सीमांकनमा सुनसरीलाई मधेस प्रदेशमा राख्ने पार्टी नेताहरुको भनाईप्रति हाम्रो आपत्ति छ,’ लोकतान्त्रिक फोरमका जिल्लास्तरीय नेता कुमार थापाले भने,‘हामी रगत बगाउन तयार छौं तर दुई नम्बर प्रदेशमा जाँदैनौं ।’ समाजले शुक्रबार दुहबीमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
शनिबार दुहबीमा खबरदारी र्याली गर्ने, इटहरी समेतलाई समन्वय गर्ने, सरकारलाई ज्ञापन पत्र बुझाउने, ३ नम्बर क्षेत्रका १२ गाविस तथा दुहबी, भलुवा नगरपालिकामा संघर्ष समिति निर्माण गर्ने लगायत कार्यक्रम छन् ।
dainiknepal
मंसिर ४, २०७२- बिहीबार साँझ एक्कासी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनौपचारिक निरीक्षण गर्नका लागि त्यहाँ पुग्दा कसैलाई केही खबर गरिएको थिएन । मन्त्रीको निरीक्षण हुने सूत्रबाट थाहा भएपछि मेरो यात्रा हतारमा उतै सोझियो विमानस्थलका कुनै पनि कर्मचारीलाई मन्त्रीको निरीक्षण बारे सुइँको थिएन । त्यसैले हामी ८ बजे त्यहाँ पुग्दा उनीहरु सबै आफ्नै सुरमा मस्त थिए । मन्त्रीको अवलोकन प्रस्थान कक्षबाट सुरु भयो । अन्य समयमा भन्दा भीड केही कमै थियो । मन्त्री पोखरेलले प्रस्थान कक्षमा फारम भरिरहेका केहीसँग भलाकुसारीसमेत गरे । उनी को हुन् र किन प्रश्न गरिरहेका छन् भनेर यात्रुहरुमा कौतुहल थियो ।
तर, त्यहाँ कुनै गुनासो भने सुनिएन । त्यसपछि मन्त्री पोखरेलले अध्यागमनका कर्मचारीसँग कुराकानी गरे । रातिको समयमा गगल्स लाएर काउन्टरमा बसेकी एक महिला कर्मचारीसँग उनले त्यसको कारण सोधेका थिए । जवाफमा महिला कर्मचारीले आँखामा केही समस्या भएका कारण त्यो लगाएको बताएपछि उनले रातिको सिफ्ट नगरेको भए हुने भनेर सुझाव दिए । उनले एक पुरुष कर्मचारीलाई ‘यात्रुलाई दिने सेवाबाट तपाईं आफैं सन्तुष्ट हुनुहुन्छ ?’ भनेर प्रश्न गर्दा कर्मचारी अक्क न वक्क परे । उनले लजाउँदै ‘सन्तुष्ट छु,’ भनेपछि मन्त्रीले भने, ‘स्योर हुनुहुन्न रहेछ । स्योर भएर काम गर्नुस् ।’ मन्त्री पोखरलले विमानस्थलमा भेटिएका डीआईजी विजयलाल कायस्थलाई विमानस्थलमा भएका पसलहरुबाट नै गैरकानुनी कामहरु हुने भन्ने सुनेको भनेर समेत जिज्ञासा राखे । कायस्थले पहिला के कस्तो थियो थाह नभएको र आफू आएपछि भने त्यस्तो घटना नभएको दावी गरे । विमानस्थलका कुनै पनि कर्मचारीलाई धेरै पछिसम्म पनि मन्त्रीले निरीक्षण गरिरहेको कुरा खबर भएको थिएन । त्यसैले सबैजना आफ्नो सुरमा र आफ्नै तालमा काम गरिरहेका थिए । अध्यागमन कटेर प्रतिक्षास्थलमा पुगेपछि भने उनी त्यहाँको भिड देखेर केही झस्किए । ब्रिफिङ गरिरहेका डीआईजीले उनलाई धेरै फ्लाइट भएको समयमा उभिन पनि मुस्किल हुने जानकारी दिएका थिए । कायस्थले नै प्रतिक्षालयको एसीदेखि फ्यानसम्म सबै बिग्रिएको जानकारी दिएका थिए । मन्त्री पोखरेलले प्रतिक्षालयमा रहेको शौचालयको पनि निरीक्षण गरे । ‘यहाँको शौचालय साह्रै फोहोर हुन्छ भन्ने सुनेको छु,’ मन्त्री पोखरेलले यति भनेपछि डीआईजीले उनलाई शौचालय देखाउन लगे । यात्रु प्रतिक्षालयपछि विमान ट्याक्सी एरियातर्फ मन्त्री अघि बढे । ट्याक्सी एरिया निकै अँध्यारो देखेपछि उनले यसको सुरक्षा संवेदनशीलता बारे सोधे । त्यसपछि हामी विमानस्थलको रनवे तल रहेको ब्यागेज ह्याडिलिङ क्षेत्रतर्फ लाग्यौं । यात्रुहरुको ब्यागेज कसरी ह्ल्यान्डलिङ गरिन्छ भन्ने निरीक्षण गरेपछि उनले तस्करीलाई रोक्न अपनाइएका प्रणालीहरुबारे प्रश्न गरे । सँगै उनले यात्रुहरुको ब्यागेजबाट सामान चोरी हुने गुनासोको बारेमा पनि सोधखोज गरे । ब्यागेज ह्यान्डलिङलाई नजिकबाट नियालेपछि हामी आगमनकक्ष तर्फ लाग्यौं । आगमन कक्ष पुरै सुनसान थियो । त्यहाँका अध्यागमनका कर्मचारीहरु फेसबुक चलाउन र गफ गर्न मस्त थिए । ‘हामी आउने थाहा पाएको भए के यिनीहरु यस्तै गरि बस्थे,’ मन्त्री पोखरेलले यसोभन्दा डीआईजी मुसुक्क हाँसे मात्रै । त्यहाँबाट हामी विमानस्थलको कार्यालयतर्फ लाग्यौं । कार्यालयस्थलमा रहेको सीसीटीभी मनिटर रुमको निरीक्षणको बेलामा मन्त्री पोखरेलले कुनै क्यामरा धमिलो र कुनै सफा हुनुको कारण सोधे । यस्तै विमानस्थलको पसल क्षेत्रको कसरी निगरानी गरिएको छ त्यसको बारेमा पनि सोधेका थिए । र, त्यहाँ कार्यरत अफिसरलाई देखाउन भने । त्यहाँबाट बाहिर निस्किएर यात्रुको लगेज लिने ठाउँ पुग्दा झोलै झोलाको थुप्रो देखेर उनी आश्चर्यमा परे । ‘यत्रो झोला यहाँ किन ?’ उनले भने । ‘हजुर नाकाबन्दीका कारण, प्लेनले धेरै फ्युल बोकेर आउँछन् । तर सामान पछि ल्याउँछन् । कतिको त दस दिनपछि सामान आउँछ,’ कायस्थले भने, ‘त्यसैले लिन कोही नआएका सामानहरु थुप्रेका हुन् । अझ दिउँसो झन् धेरै हुन्छ ।’ त्यहाँको पनि निरीक्षण गरेपछि मन्त्री पोखरेलले भीआईपीकक्षको निरिक्षण गरे । त्यहाँ त्रिभुवन विमानस्थालका डिउटी ईञ्चार्ज भानुभक्त कोइराला र दीपक ओझासँग पनि उनले केहीबेर छलफल गरे । मन्त्री पोखरेलले विशेष गरेर विमानस्थलमा कर्मचारीको क्रियाकलाप, सरसफाई र यात्रुले पाउने दु:खका बारे सकेसम्म धेरै जानकारी लिने प्रयास गरेका थिए । उनले एयरपोर्ट ट्याक्सीको बारेमा पनि सोधखोज गरेका थिए । तर, डिउटी इञ्चार्जले आफू नयाँ भएकोले धेरै कुरा थाह नभएको बताएका थिए । उनका अनुसार यो अनौपचारिक निरीक्षण कहाँ के छ भनेर जान्नका लागि मात्र हो । ‘आफैंले हेरेर थाहा नभएसम्म अरुलाई के भन्ने भनेर हेर्न आएको हुँ,’ उनले भने, ‘अहिले यस्तो उस्तो भनेर प्रचार गर्नु ठीक हुँदैन । मैले देखेका कुरालाई सुधार गर्न के गर्नुपर्छ त्यो गर्ने छु अनि सबैले थाहा पाएको राम्रो ।’

kantipur.ekantipur
काठमाडौं । चीनसँग इन्धन आपुर्तिको व्यापारिक सम्झौता गर्न सात सदस्यीय टोली चीन जाने लगभग तयारी पुरा भएपछि भ्रमण रोकीयो ।
भ्रमण रोकीदा विभिन्न शंका उपशंकाहरु उत्पन्न भएका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंह पनि यतीबेला चीन भ्रमणमा रहेकाले उनको खेल त हैन भन्ने शंका पनि चलेको छ ।
तर, बाणिज्य तथा आपुर्ति मन्त्रालयले भने चीनमा सार्वजनिक विदा परेकाले भ्रमण २४ घण्टाकालागि रोकीएको बताएको छ । मन्त्रालयले शनिबार र आइतबार चीनमा सार्वजनिक विदा परेकाले शनिबार मात्र टोली पठाउने तयारी गरेको जानकारी गराएको छ ।
मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जाँदै थियो । टोलीमा वाणिज्य मन्त्रालयसहित कानुन मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, नापतौल विभागका प्रतिनिधि रहने छन् ।
नेपाली प्रतिनिधिमण्डलले चीन पुगेको भोलीपल्ट उच्चस्तरीय भेटघाट गर्ने र प्राविधिक विषय मिलाएर सोमबार मात्र सम्झौता गर्ने तयारी गरेको छ । सोमबार नै इन्धन किन्ने अग्रिम भुक्तानी गरेर अर्डर गरिने बताइएको छ ।
चीनको इतिहासमा पहिलो पटक उस्ले विदेशमा इन्धन निर्यात गर्न लागेको छ । यस कारण चीनले आफ्नो देशको केही कानुन मिलाउनुपर्ने भएकाले सम्झौतामा केही ढिलाई हुने संकेत गरेकाले पनि भ्रमण रोकीएको स्रोतको दाबी छ ।
nepalsandesh
बाग्लुङ, ४ मंसिर । उपप्रधान एवं सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले परनिर्भरताका कारण मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ ।
गृहजिल्ला बागलुङमा आयोजित पत्रकार भेटघाटका क्रममा उपप्रधानमन्त्री केसीले नेपाली आत्मनिर्भर बन्न नसक्दा नाकाबन्दीको मार बढी खेप्नु परेको बताउनुभएको हो ।
एउटामात्र छिमेकी मुलुकसँग भर पर्दा नेपालीले धेरैपटक दुःख पाइरहेको उल्लेख गर्दै केसीले वर्तमान सरकार अन्य छिमेकी मुलुकसँग पनि सम्बन्ध बढाउनेतर्फ लागेको बताउनुभयो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका मन्त्री केसीले मुलुक अप्ठ्यारो परेको बेला आफ्नो पार्टी पहिलोपटक सरकारमा सहभागी भएको उल्लेख गर्दै इन्धन, आलु, प्याज र तरकारीको बहानामा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता साट्न नसकिने दावी गर्नुभयो ।
पेट्रोलियम पदार्थ आयातका लागि छिमेकी मुलुक चिन र बंगलादेशसँग सरकारले छलफल अगाडि बढाएको उल्लेख गर्दै मन्त्री केसीले नेपालमा उत्पादन हुने बस्तुहरु समेत आयात गर्नु दुःखद रहेको बताउनुभयो । नेपाल कृषिप्रधान देश भएपनि नेपालमा आलु, प्याज, खुर्सानी समेत भारतबाट आयात हुने गरेको भन्दै केसीले यस अगाडिका शासकहरुले ध्यान दिन नसक्दा यस्तो अवस्था आएको बताउनुभयो ।
नाकाबन्दीपछि नेपाली जनताले गम्भिर पाठ सिकेको उल्लेख गर्दै मन्त्री केसीले मुलुकमा दुष्परिणाम आउँछ भन्ने थाहा पाउँदा पाउँदैपनि शासकहरुले ख्याल नगरेको बताउनुभयो । अब सबै नेपालीलाई आत्मनिर्भर तथा व्यावसायीक बनाउन सरकारले नीति ल्याउने भन्दै आफ्नै बारीमा उत्पादन हुने उपभोग्य बस्तु आयात गर्नुपर्ने वातावरण हटाउनतर्फ लाग्ने केसीले बताउनुभयो ।
dainiknepal
धनगढी, ४ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भारतको नाकाबन्दी जारी रहे पारवहनको वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने आसय व्यक्त गरेका छन् ।
भारतलाई लक्षित गर्दे उपप्रधानमन्त्री रावलले नेपालका लागि कलकत्तामा बन्दरगाह मात्र विकल्प नभएको वताए । उनले ‘भारतको कोलकत्ता मात्र होइन चीनको साँघाईमा बन्दरगाह छ’ भन्ने भूल्न नहने बताए ।
पारवहनका लागि चीनसंग भएको सम्झौता भारतकाविरुद्ध लक्षित छैन, उनले भने एउटा धाराको पानी बन्द भए अर्को धाराको पानी खानै पर्छ । दशै तिहार, छठ, नेपाल सम्वत र माघीका अवसरमा नेकपा (एमाले) कैलालीले धनगढीमा शुक्रवार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उपप्रधानमन्त्री रावलले नाकावन्दी अमानवीय भएकोले तुरुन्त हटाउनुपर्ने धारणा राखे ।
नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष समेत रहेका उपप्रधामन्त्री रावलले सवै जातजाति भाषाभाषीका नेपालीले गर्वले शिर ठाडो पार्न सक्ने संविधान जारी भएकोले अब कार्यान्वयनका लागि जुट्न आव्हान गरे ।
मधेस आन्दोलनतर्फ संकेत गर्दे उनले संसारमा कतै पनि एकैपटक संघियताको सीमांकन टुंगिएको छैन नेपालमा पनि अवका अनुभवका आधारमा सीमाको पुर्नसंरचना गर्न सकिन्छ भने । उनले प्रमुख दल र सरकार हरेक जिल्लाले एक निर्वाचन क्षेत्र पाउने गरेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तयार रहेको पनि बताए ।
सरकार भारत लगायत सवै छिमेकी तथा मित्र राष्ट्रसंग सुमधुर सम्वन्ध बनाउन औपचारिक र अनौपचारिकरुपमा प्रयास भइरहेको जानकारी दिदै उपप्रधानमन्त्री रावलले चाँडै दुःखका दिन सकिने विश्वास गर्न आग्रह गरे ।
सुदूरपश्चिमबासी लामो समयदेखि मिलेर वसेको चर्चा गर्दे उनले थारु लगायतका समूदायलाई विगत झै दाजुभाई भएरै सात नम्वर प्रदेशमा मिलेर वस्न आग्रह गरे । एमालेले विगतमा थारु लागयतका पछाडि परेका समूदायलाई महत्वपूर्ण जिम्मेवारी दिएको चर्चा गर्दे उपप्रधानमन्त्री रावलले सरकारबाट थप सांस्कृतिक, भाषिक, आर्थिक र सामाजिक अधिकार दिलाउन आफू लाग्ने बताए । नयाँ संविधानमा सवैका अधिकार समेटिएका छन थारु, मधेसी, महिला,दलित, आदिवासी, मुस्लिम आयोग पनि छन उनले भन्नुभयो यस्ता अधिकार हुँदाहुँदै थारु समुदायले षड्यन्त्रको भूमरीमा पर्न हुँदैन ।
एमाले जिल्ला अध्यक्ष दीर्घ सोडारीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्यहरु महेश्वर पाठक, गरिमा शाह, रामकुमार ज्ञवाली, लालबहादुर थापा, भैरबबहादुर सिंह, प्रकाश शाह, विक्रम शाही, निरा जैरु, झपट रावल, सेती र महाकाली अञ्चलमा पर्ने जिल्लाका जिल्ला अध्यक्ष, कैलाली स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, नागरिक, सामाजिक, शैक्षिक संस्थाका प्रमुखहरुको उपस्थिति थियो ।
सो अवसरमा सुदूरपश्चिम क्षेत्रलाई सात नम्वर प्रदेशकारुपमा अखण्ड राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै सुदूरपश्चिमको नक्सा उपहार र दोसल्ला ओढाएर उपप्रधानमन्त्री रावलको सम्मान पनि गरिएको थियो ।
यसैबीच प्रेस चौतारी नेपाल कैलाली शाखाले धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उपप्रधानमन्त्री रावलले संविधानले सवै समस्याको समाधान गरेको वताए । संघीय सीमाका विवाद आयोगले नै समाधान गर्ने पनि उनले बताए । चौतारीका जिल्ला अध्यक्ष मीन ठकुरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
dainiknepal
काठमाडौ, ४ मंसिर । नेपाली काग्रेसका नेता विमलेन्द्र निधीले अहिले मुलुकमा कायम रहेका तीन खाले नाकाबन्दी मध्ये संविधान संसोधन प्रस्ताव अगाडि नबढाएर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नाकाबन्दी मुलुककोलागि बढी खतरनाक भएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मुलुकमा अहिले तीन किसिमको नाकाबन्दी छ । घोषित वा अघोषित कुनै पनि नाकाबन्दी राम्रो होईन । हामी नाकाबन्दी खुलाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आन्दोलनरत मधेसी मोर्चालाई अनुरोध गर्छौ । तर यो बेला अरु सबै भन्दा संविधान संसोधन विद्येयकमाथि प्रधानमन्त्री केपी शर्मा ओली र उनले नेतृत्व गरिरहेको नेकपा एमालेले नाकाबन्दी गरिरहेको छ । यो सबैभन्दा खतरनाक छ ।’
उनले थपे,‘आन्तरिक नाकाबन्दी एमाले र प्रधानन्त्री केपी शर्मा ओलीले गरेका छन संविधान संसोधन नगरेर संसोधन पहिला भएको भए धेरैकुरा मिलिसक्थ्यो ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा निधीले नेपाली काग्रेस नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्ताव अहिलेको संकट समाधानको प्रस्थान विन्दु हुने भन्दै त्यसकोलागि नेपाली काग्रेसले संसदीय मर्यादा अनुसार दवाव दिने स्पष्ट पारे ।
उनले भने,‘ संसोधन प्रस्ताव पारित गराउन काग्रेसले संसदीय मर्यादा अनुसार दवाव दिन्छ । त्यो संसद अवरुद्ध देखि सबै प्रजातान्त्रिक विधी हुन सक्छ ।’ यद्यपि उनले संसोधन प्रस्तावको भाषामा भने सहमति खोज्न सकिने स्पष्ट पारे ।
निधीले संसोधन प्रस्ताव पारित गराउन संसद सँगै काग्रेसले बाहिर पनि दवाव दिने तयारी गरेको जानकारी दिदै त्यसकोलागि पार्टीका जिल्ला कमिटि, क्षेत्रीय र गाउ कमिटीहरुलाई निर्देशन दिईसकेको जानकारी दिए ।
सीमांकनका नेपाली काग्रेस खुल्ला भएकोले यसमा संबाद र सहमतिबाटै निकास खोज्नु पर्ने आवश्यकता औल्याउँदै उनले त्यसकोलागि काग्रेसले मध्यस्थ गर्दै नेतृत्व लिने बताए ।
निधीले सीमांकनमा काग्रेसको नवलपरासीमा भएको महासमिति भेलाले मधेसमा तीन प्रदेशको अवधारणा ल्याएको स्मरण गर्दै समस्या समाधानको लागि अहिले विवादित रहेको पाँच जिल्लाको सीमामा समेत पुनरावलोकन गर्न सकिने स्पष्ट पारे ।
उनले मेचिदेखि महाकालीसम्मको तराईको भुभाग मात्रै समेटेर प्रदेश बनाउँदा समेत अखण्डता कमजोर नहुने भन्दै संघीयता लोकतन्त्रको उत्कृष्ट मोडल भएकोले यसले अखण्डता झनै बलियो बनाउने दावी गरे । उनले भने,‘ टुक्रिने विष्लेषण गलत हो । काग्रेस सीमांकन फेरबदल गर्न चाहँदैन भन्ने कुरा गलत हो । हामी यसमा सहमतिबाट गर्न खुल्ला छौ । ’
निधीले नेपाली काग्रेस आफ्नो महाधिवेशन र संविधान कार्यान्वयनमा केन्द्रीत रहेकोले अहिले सरकार ढाल्ने कुनै एजेण्डा नरहेको समेत साक्षात्कारमा स्पष्ट पारे ।
dainiknepal
भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग
काठमाडौं, ४ मंसिर ।
मधेस आन्दोलनले आजित भएपछि अब मधेसका जनता प्रतिकार उत्रिने भएका छन् ।
मधेस आन्दोलनले औषधिसमेत अभाव भएपछि नागरिक समाज र चुरेभावर लोकतान्त्रिक पार्टीको अगुवाईमा मधेसका जनता प्रतिकारमा उत्रिने भएका हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै चुरेभावर लोकतान्त्रिकले मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आम मधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता प्रतिकारमा उत्रने जनाएको छ ।

    आन्दोलनको प्रतिकारमा उत्रिएका तराईबासी
चुरेभावर लोकतान्त्रिकका अध्यक्ष भुमिराज निरौलाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ–‘विदेशीको निहित स्वार्थसिद्धिका निम्नि गोटी बन्ने केही कथित मधेसवादी दलले गरिरहेको आन्दोलन मधेस र मधेसी जनताको हितमा छैन भन्ने कुरा आममधेसी जनताले बुझिसकेकाले अब त्यस्ता तत्वलाई देशमा लागेको धमिरा सम्झी धूलो चटाउन तराई मधेसकै जनता उत्रने छन् भन्ने कुरा हाल मोरङ र सुनसरीमा भइरहेको नागरिक समाजको आन्दोलनमा आमजनताको स्वस्फूर्त उपस्तितिले छर्लङ्ग पारिसकेको छ ।’
आन्दोलनको प्रतिकारमा चुरेभावरले तन मन धनले सहयोग गर्ने उल्लेख गरिएको छ । ‘ नागरिक समाजको अगुवाइमा आन्दोलित भइरहेको सन्दर्भमा चुरेभावर लोकतान्त्रिक पार्टीले देशलाई शिरमा र जनतालाई केन्द्रबिन्दुमा राखेर नागरिक समाजले गरेको जनपरिचालनप्रति ऐक्यबद्धता जनाउँदै स–शरीर उपस्थिति जनाउन पार्टी पंक्तिलाई निर्देशन दिइसकेको जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ ।
चुरेभावरले नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न माग गरेको छ ।
मंसिर ४, २०७२-
तीन दशकदेखि डा. योगी विकासानन्द योग, अध्यात्म एवं स्वास्थ्यसँग सम्बन्धित अभियान चलाइरहेका छन् । उनले स्थापना गरेको ‘मनोक्रान्ति अभियान’ ले नेपालमा आफ्नै किसिमको दर्शन स्थापित गरेको छ । केही महिनाअघि मात्र योगीकै अध्यक्षतामा पुनर्गठित ‘मनोक्रान्ति ट्रस्ट’ मा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीदेखि पूर्वसेना प्रमुख रुक्माङ्गत कटवालसम्म अटाएका छन् । योगी विकासानन्दको नाममा ८० भन्दा बढी पुस्तक प्रकाशित छन् । युवापुस्तामा अत्यधिक लोकप्रिय विकासानन्द स्पष्ट विचारका कारण बेला–बेलामा विवादमा पनि पर्ने गरेका छन् । यसपटक साप्ताहिकले यिनै व्यक्तित्वलाई वर्तमान राजनीतिक परिस्थिति एवं युवामा छाएको निराशाका विषयमा बोल्न आग्रह गरेको थियो । दुई पटकको बसाइमा योगी विकासानन्दसँग गरिएको कुराकानी :

अहिले देश अस्तव्यस्त छ, यसलाई कसरी लिनुहुन्छ ?
नेपाली नेताहरू जनताको परीक्षामा फेल भएका छन् ।

कुन–कुन नेता ?
सबै । सत्ताधारी दलका नेताहरू, प्रतिपक्षमा बसेका नेताहरू र आन्दोलनरत मधेसी मोर्चाका नेताहरू सबै फेल भएका छन् । कुनै एक–दुई नेता फेल भएर देश यस्तो अवस्थामा पुग्दैन । हामी संवेदनशील अवस्थामा थियौं–छौं । जो सत्ता बाहिर बस्छन्, उनीहरू हामी चढेको जहाजमा प्वाल पार्न थाल्छन् । धेरै वर्षसम्म हाम्रा नेताहरूले प्वाल पारिरहेका थिए । अहिले एकसाथ सबै प्वालबाट पानी छिर्न थालेको हो ।

तपाईंले राजनीतिको कुन भागतर्फ संकेत गर्नुभएको हो, स्पष्ट भाषामा भनिदिनुस् न ?
हामीले सधैं विचारको राजनीति गर्‍यौं । आफ्नो विचार मात्र सही, अरूको विचार गलत भनेर आफूलाई सत्यवान बनाउने प्रयत्न गर्‍यौं । वामपन्थी विचार बोक्नेहरूले भने, हाम्रो विचार उत्कृष्ट छ । यो विचार स्थापित नभै नेपाल बन्न सक्दैन । समाजवादी विचार बोक्नेहरूले भने, हाम्रो विचार नै उत्कृष्ट छ । यसैले नेपालको उन्नति गर्छ । उनीहरूलाई के थाहा भएन भने नेपाललाई कुनै विचार चाहिएको होइन, विकास चाहिएको हो । हामीले विकासको राजनीति कहिल्यै गरेनौं । केवल संकिर्ण विचारको राजनीति मात्र गर्‍यौं, जब बाहिरका मानिसले यो कुरा बुझे, उनीहरूकै विचारमा टेकेर गुलाम बनाइदिए । नेताहरूको गुलामीका कारण नै देश यो अवस्था आइपुगेको हो ।

नेपालमा विकासको राजनीति गर्ने अवस्था कहिल्यै आएन । अस्थिरता मात्र भैरह्यो । यो पनि सत्य हो नि, होइन ?
राजा महेन्द्रको सत्ता लामो समय टिकेको थिएन र ? प्रजातन्त्र आउनुअघि वीरेन्द्रले पनि १०–१५ वर्ष एकछत्र रजाइँ गरेका होइनन् र ? त्यति बेला यी दुवै राजा पनि आफ्नो सत्ता टिकाउने खेलमा मात्र लागे । उनीहरूले चाहेको भए द्रुतगतिमा विकास गर्न सक्थे, तर गरेनन् । किनभने उनीहरू पनि अरूकै गोटी भए । संकिर्ण राष्ट्रवाद उनीहरूको विचार बन्न पुग्यो । प्रजातन्त्र आएपछि पनि विचारकै राजनीति भयो, विकासको भएन । जबसम्म यो देशमा विकासको राजनीति सुरु हुँदैन, यस्तै अवस्था कायम रहन्छ ।

नेताहरू सत्ता बचाउने खेलमा लागे तर जनता त निर्दोष थिए, यिनले किन दु:ख पाएका हुन् ?
नेपालीहरूले राम्रोसँग दु:ख नपाएर यस्तो अवस्था आएको हो । नेपालले न त कहिल्यै ठूलो भोकमरी बेहोर्नुपर्‍यो । न त ठूला–ठूला युद्धले राष्ट्र नै जर्जर भयो । हामीले धेरै दु:ख नै भोग्नुपरेन । विश्वको इतिहास हेर्नुहोस्, ती मुलुक मात्र माथि उठेका छन्, जसले आधा पेट खानुपरेको थियो । ठूला–ठूला युद्ध बेहोर्दै सहरै तहसनहस भएको थियो । तपाईं जापान, अमेरिका, कोरिया, जर्मनी, रुस सबैको इतिहास पल्टाउनुहोस् । उनीहरूले पाउनु दु:ख पाएका छन् । त्यसपछि मात्र उनीहरूलाई होस आएको छ । देश अरूले बनाउँदैन, आफ्नै पाखुरी बजाउनुपर्छ भन्ने चेतना आएको छ । आज विकसित देशमा को प्रधानमन्त्री भयो भन्ने कुरा पनि थाहा नपाउने मानिस छन् । अज्ञानी भएर होइन, कामबाट फुर्सद नपाएर । निर्वाचनका बेला भोट दिन जाने फुर्सद पनि हुँदैन उनीहरूलाई । आज हामीले देशमा काम नपाएर बिदेसिनुपरेको छ । जो देशमा छन्, उनीहरूका लागि काम छैन । यही अवस्थाको फाइदा नेताहरूले उठाएका हुन् ।
म त भन्छु, यो नाकाबन्दी अझ लम्बिनुपर्छ । चुलो–चौको बन्द हुनुपर्छ । सबै गाडी चल्न छाड्नुपर्छ । त्यसपछि मात्र हाम्रो होस आउँछ । त्यसपछि जनविद्रोह हुन्छ । जनता आफैं शासन गर्न अघि सर्छन् । बाँझो रहेको खेत जोत्न थाल्छन् । आफ्ना लागि आफैं विकास गर्न थाल्छन् । अहिलेका सबै नेता आउटडेटेड भैसकेका छन् । उनीहरूमा सत्ताको लोभ यति धेरै छ कि म के गर्दैछु भन्ने होससमेत छैन । उनीहरू कतै न कतै चुकेका छन्, झुकेका छन् । उनीहरूबाट विकास सम्भव छैन ।

यो त अराजक कुरा भयो, यस्ता कुराले समस्या समाधान गर्छ ?
कुरा नबुझ्दा यस्तै लाग्छ । यसका लागि बेलायतमा भएको एउटा वैज्ञानिक परीक्षणको उदाहरण दिनुपर्ने हुन्छ । वैज्ञानिकहरूको एउटा टोली भ्यागुताले कति तापक्रमसम्म आफूलाई बचाउन सक्छ भन्ने परीक्षण गर्न चाहन्थ्यो । भ्यागुतामा प्रकृतिले विशेष खालको छाला दिएको छ । उक्त छालाको माध्यमले उसले धेरै जाडो पनि खप्न सक्छ, धेरै गर्मी पनि सहन गर्छ तर कति जाडो वा कति तातो सहन सक्छ त ? परीक्षण गर्न दुईवटा उस्तै भाँडोमा उस्तै उमेरका दुई भ्यागुतालाई फरक–फरक भाँडोमा हालियो । भाँडोमा पानी पनि बराबर राखियो । अब दुईवटै भाँडोको पानी बिजुलीका माध्यमबाट तताइयो । फरक के थियो भने एउटा भाँडोको तापक्रम एकैपटक १०० डिग्री तामक्रम हुने गरी बढाइयो, अर्को भाँडोको पानी भने विस्तारै एक–एक डिग्री बढाउँदै लगियो । भोलिपल्ट हेर्दा जुन भाँडोमा एकैपल्ट सय डिग्री तापक्रम बनेको पानीमा राखिएको भ्यागुतो बाँचेको पाइयो तर एक–एक डिग्री तापक्रम बढाउँदै लगिएको भाँडोमा रहेको भ्यागुतो मरेको पाइयो ।
 त्यस्तो कसरी भयो भने जुन भाँडोमा विस्तारै ताप बढाइयो, त्यो भाँडोमा रहेको भ्यागुतोले तापक्रमअनुसार आफ्नो छालामा रहेको शक्ति बढाउँदै लग्यो । ताप बढ्दै जाँदा ऊ छट्पटाउँदै पनि जान्थ्यो तर सँगै उसको छालामा रहेको शक्ति पनि बढाउँदै लान्थ्यो । यसरी बढाउँदै जाँदा उसको सोच्ने शक्ति बिस्तारै कम हुँदै गयो, छालाको शक्ति पनि अपुग हुँदै गयो र अन्त्यमा उ मर्‍यो तर जब अर्को भाँडोमा रहेको भ्यागुताले एकैपटक सय डिग्री तापक्रम आएको महसुस गर्‍यो, उसको छालाले थेग्न सकेन, ऊ बुरुक्क उफ्रेर भाँडो बाहिर हामफाल्यो र बाँच्यो ।मान्छे पनि भ्यागुताजस्तै हो । उसलाई बिस्तारै दु:ख आयो भने त्यो दु:ख हो भन्ने पनि थाहा पाउँदैन । मानिसको सहन सक्ने क्षमता पनि बढ्दै जान्छ । अन्तत: ऊ त्यस्तै जीवन बाँच्न अभ्यस्त हुन्छ । अहिले हामीले भोगिरहेको नाकाबन्दी यस्तै स्लो मोसनको दु:ख हो । यो कुरा भारतलाई थाहा छ । जब केही तापक्रम बढ्यो भन्ने लाग्छ, अलिकति तापक्रम घटाइदिन्छ । फेरि हामी आनन्द मानेर पुरानै जीवनमा फर्कन्छौं । त्यसकारण हामीले अझ धेरै दु:ख पाउनुपर्छ ।

के भारतबाट कुनै पनि सामग्री ल्याउनु हुन्न, अरू विकल्प खोज्नुपर्छ भन्न खोज्नुभएको हो ?
भारत हाम्रो छिमेकी मुलुक हो । हामी छिमेकी परिवर्तन गर्न सक्दैनौं । न त भारतको विकल्पका रूपमा चीनलाई लिन सक्छौं । चीनको विकल्प भारत र भारतको विकल्प चीन हुनै सक्दैनन् । हामीले चीन र भारतसँग बराबरको सम्बन्ध राख्नुपर्छ । आफ्ना लागि के गर्दा फाइदा हुन्छ त्यही मात्र गर्नुपर्छ । यसका लागि गणेशजस्तो नेता हुनुपर्छ । गणेश भन्नाले गणेश भगवान् । गणेश भगवान्जस्तो धेरै बुद्धि भएको, तीक्ष्ण आँखा भएको, मनरूपी मुसा (बाहान) लाई वशमा राख्न सक्ने । उचित कुरा मात्र ग्रहण गर्ने । त्यसका लागि सुँडको साहारा लिने व्यक्ति नेता हुनुपर्छ । सत्ता केन्द्रित राजनीति गर्ने नेताबाट अहिलेको समस्या समाधान हुँदैन ।

तपाईंले विकासको राजनीति गर्नुपर्छ भन्दै आउनुभएको छ । कुनै मोडल दिन सकिन्छ ?
अवश्य सकिन्छ । मैले बारम्बार कतार र साउदीको उदाहरण दिने गरेको छु । ५० वर्षअघि कतार र साउदी अरेबिया नर्कजस्ता मुलुक थिए । आज ती देश स्वर्गजस्ता भएका छन् । कतारी वा अरेबियनहरूले आफ्नो धर्तीमा तेल खानी पत्ता लागेपछि संसारका धनी–मानीलाई बोलाएर भने–हाम्रो देशमा तेल खानी छ । आऊ तिमी लगानी गर, त्यसलाई प्रशोधन गर, व्यापार गर, पैसा कमाऊ । तिमीले कमाएको पैसामा हामीलाई पनि हिस्सेदारी देऊ । आज ती दुवै देशमा जोसुकै घर–जग्गा किन्न सक्छन् । व्यापार व्यवसाय गर्न सक्छन् । केवल राजनीतिमा हात हाल्न दिएका छैनन् । नेपालमा यति धेरै जलस्रोत छ । हामीले भने हाम्रो राष्ट्रियता, हाम्रो पानी, हाम्रो भाषा भनेर यति च्यापेर राख्यौं, पानी बगेर गएको गयै भयो तर हामीले केही पनि पाएनौं । हामीले पनि संसारभरिका मानिसलाई बोलाउनुपर्छ । पानीको उपयोग गर । जलविद्युत् वा मिनरल वाटर बनाऊ । जडीबुटी प्रशोधन गर । पर्यटकहरू बोलाऊ । हाम्रो हिमाल, पहाड र तराईका जमिन उपयोग गर । तिमी पनि कमाऊ, हामीलाई पनि कमाएर देऊ भन्न सक्नुपर्छ । कतार र साउदीका मानिसहरूसँग त्यति धेरै बुद्धि थिएन । उनीहरूले आफूसँग बुद्धि नभएको स्वीकार गर्दै अरूलाई विश्वास गरे । हामी भने धेरै बुद्धि भएर बिग्रियौं । हामीले आफ्नो सामानको सदुपयोग त गर्न सकेनौं–सकेनौं, अरूलाई पनि गर्न दिएनौं ।

अहिले चीनप्रति नेपालीहरूको आशा अचानक बढेर गएको छ, तपाईंको भनाइ के छ ?
न चीनले हाम्रो चिन्ता गर्छ न त भारतले । हरेक मानिस स्वार्थी हुन्छ, हरेक देशले आफ्नो स्वार्थका लागि काम गर्छन् । अहिले चीनले नेपालप्रति चिन्ता गरेको छ, यो सत्य हो तर जुन दिन उसको कुनै स्वार्थमा धक्का लाग्छ, उसले आफ्नो असली चरित्र देखाउँछ । उदाहरणका लागि लिपुलेक नै पर्याप्त छ । चीनलाई लिपुलेक नेपालको हो भन्ने थाहा छैन र ? थाहा हुँदाहुँदै पनि उसले भारतको ठूलो बजारमा पुग्न नेपालको भूमि प्रयोग गर्न मञ्जुर गर्‍यो । नेपालसँग एक वचन पनि सोधेन । भारतको स्वार्थ त हामीले पटक–पटक देखेकै हो । यसमा अब कुनै शंका नगरे हुन्छ । उसले हाम्रा नेता र हाम्रा जनतालाई प्रयोग गर्ने मात्र हो । हामीले चीन र भारतलाई छिमेकीका रूपमा स्वीकार गर्नुपर्छ । दुवैलाई
समदूरीमा राखेर आफ्नो स्थार्थ हेर्नुपर्छ । आफ्नो स्वार्थमा काम गर्नुपर्छ । जसरी हामी देश नभएर बजार हौं भन्ने मान्यता उनीहरूले राख्छन्, हामीले पनि उनीहरूलाई त्यही हिसाबले हेर्नुपर्छ ।

तपाईं त योगी मान्छे । तपाईंको आध्यात्मिक आँखाले नेपालको भविष्य कस्तो देख्छ ?
नेपालमा २४ सय किलोमिटर लामो हिमालय श्रृंखला छ । विश्वभरिका मानिसहरू यस्तो स्थानमा छुट्टी बिताउन तथा आध्यात्मिक गतिविधि गर्न चाहन्छन् । यो श्रृंखलाका छेउका जमिन डाँडाकाँडाले ढाकिएका कारण उब्जनी पनि हुँदैन । मेरो आँखाले के देख्छ भने हामी एउटा विशेष नीति ल्याएर विश्वभरिका चर्तित धर्मावलम्बीहरूलाई यहाँ मन्दिर बनाउन बोलाऔं । गुम्बा बनाउन बोलाऔं । चर्च र मस्जिद बनाउन बोलाऔं । यस्ता धार्मिक संस्थासँग प्रसस्त पैसा छ । उनीहरूले आकर्षक मन्दिर, चर्च, मस्जिद वा गुम्बा बनाएपछि त्यहाँ त्यही अनुरूप आफ्ना मानिसलाई बस्ने–खाने व्यवस्था गर्छन् । संसारभरीका मानिस छुट्टी बिताउन वा आफ्ना गतिविधि गर्न नेपाल आउँछन् । उनीहरूका कारण धार्मिक पर्यटक बढ्छन् । जब प्रार्थना, ध्यान, योग र अल्लाहको गानले हिमाल घन्किन्छ, वातावरण त्यसै राम्रो हुन्छ । हामीले सधैं धर्महरूलाई अलग–अलग बनाएर हेर्‍यौं । हामीले सबै धर्मलाई कसरी ठाउँ दिन सक्छौं र उनीहरूसँग हामी कसरी मिलेर बस्न सक्छौं भनेर सन्देश दिन सक्छौं । यो एउटा नयाँ प्रयोग हुन सक्छ, विकासको नयाँ मोडल बन्न सक्छ ।

नयाँ खालको कुनै पनि भिजनले देश बन्न सक्छ । यद्यपि हाम्रा नेता त्यस्ता हुन सकेनन् । यी नेताहरूबाट यस्ता नयाँ योजना आउला भन्ने विश्वास गर्न सकिन्छ ?
सबै कुरा इच्छा शक्ति हो । एक त हामीले नयाँ नेतृत्व जन्माउनुपर्छ । अहिलेका सडेगलेका नेताबाट यी कुरा सम्भव छैन । अर्को कुरा अहिलेका नेताहरूले पनि म सुध्रन्छु भनेर प्रतिबद्ध भएर काम गर्न सक्छन् । यस्तो बेला मलाई १७ औं शताब्दीका रसियन शासक पिटर दी ग्रेटको सम्झना आउँछ । रसियामा पिटरको उदय हुनुअघि त्यो देश निकै गरिब थियो । वर्षदिनभरि नै हिउँ पर्ने, चिसोका कारण केही गर्न नसक्ने वातावरण थियो । जनता भोड्का पिएर दिन बिताउँथे । जबकि त्यो बेला युरोपमा औद्योगिक क्रान्ति हुन थालेको थियो । मानिसको आम्दानी बढ्न थालेको थियो । यो देखेर पिटरलाई पनि रसियामा त्यस्तै विकास गर्न मन लाग्यो । उनले राजा भएपछि ६ महिना युरोप भ्रमण गरे । त्यहाँका कलकारखानामा पुगेर ज्यामी पनि बनें । मजदुरसँग, मालिकसँग सल्लाह गरे । त्यसपछि रसियालाई कसरी अघि बढाउन सकिन्छ भनेर योजना बनाए । नभन्दै उनले रसियामा उद्योग र कलकारखानाको जग बसाए । उनकै जगमा रसिया विकसित हुन थाल्यो । आज रसिया जहाँ छ, त्यसको पहिलो श्रेय उनै पिटरलाई जान्छ । त्यसैले उनलाई पिटर द ग्रेट नाम दिइएको छ । नेपाली नेताहरूले पनि संसारभरीका मोडलमध्ये कुन मोडल अगाडि ल्याएर विकास गर्न सकिन्छ त्यसको अध्ययन गर्नुपर्छ । अरुले ल्याएको योजना अरूलाई फाइदा दिने किसिमको हुन्छ । आफूले अध्ययन गरेको योजनाले आफूलाई पनि फाइदा दिन्छ ।

saptahik.ekantipur
काठमाडौं, ४ मंसिर । कांग्रेस आईका उपाध्यक्ष राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कसैको चम्चा नबन्न आग्रह गरेका छन् ।
इन्दिरा गान्धी जयन्तीको कार्यक्रममा राहुलले मोदीलाई चुनौती दिँदै यदि प्रमाण छ भने जेल हाल भन्दै तर, चम्चाको जस्तो गरी नबोल्न भनेका छन् । केही दिनअघि बीजेपी नेता सुब्रमण्यम स्वामीले राहुलसँग दोहोरो नागरिकता रहेको दाबी गरेका थिए ।
नागरिकता विवादबारे बोल्दै राहुलले यदि प्रमाण छ भने जेल हाल्नुपर्ने भन्दै चम्चा नबन्न आग्रह गरे । उनले चुनौति दिँदै भने– ५६ इञ्चको छाती देखाउ, साना कर्मचारी जस्तो चम्चा नबन । (एजेन्सीको सहयोगमा)
dainiknepal
काठमाडौं, मंसिर ४ । नेपाल मजदुर किसान पार्टीले भारतीय नाकाबन्दीको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

मजदुर किसान पार्टीमा आवद्ध विभिन्न जनवर्गीय संगठनका कार्यकर्ता सहभागी जुलसले भारतीय नकाबन्दीको विरोधमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरुले भारतीय दुतावास लैनचौरमा पुगेर नाकाबन्दी खारेजीको माग गर्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरुले भारतीय हस्तक्षेप बन्द गर, नाकाबन्दी गर्न पाइदैन, भारतसँग नझुकौं भन्ने नारा लेखेका प्ले कार्ड बोकेका थिए ।imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । चीनसँगको सबैभन्दा पूरानो तथा ठुलो नाका तातोपानीबाट व्यापारकि कारोबार गर्न चीन तयार भएको छ ।
सिन्धुपाल्चोकका सरकारी अधिकारीहरुलाई नाका खोल्ने तयारी स्वरुप चीनको नेल्ह्ममा बोलाएको चीनले दीपक्षिय वार्ताका क्रममा चीन चाढै तातोपानी नाका खोल्न लागेको बताएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले बताएका हुन् ।

बुधबार चीनको जिल्ला अधिकारी र सिन्धुपाल्चोकका अधिकारीहरुबिच नाका संचालनको तयारी बैठक बसेको थियो । गत महाभूकम्पको क्षतिको कारण चीनले आफ्ना सरकारी कार्यालय र खासा बजारका स्थानीय बासिन्दाहरुलाई स्थानान्तरण गरिसकेको कारण नाका खोल्न ढिला भएको जनाएको थियो भने नेपाली अधिकारीहरुले नेपालमा संकटको स्थिति भएकाले तत्काल नाका स.चालन गरी व्यापारिक कारोबार संचालन गर्न आग्रह गरेका थिए ।

वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पूनले चीन भ्रमणको क्रममा तत्काल संकट हल गर्न तातोपानी नाका संचालनका लागी  आग्रह गर्नुको साथै चीनको एक प्रविधिक टोलीलाई नाका  र बाटो अवस्था बुझ्न नेपाल पठाएका थिए । उक्त टोलीले काठमाडौंदेखि तातोपानी हुँदै ल्हासासम्मको सडक मार्ग भाइटिकाको दिन अवलोकन गरेको थियो ।

त्यही प्रविधिक टोलीको सुझाव पछि चीन तातोपानी नाका सूचारु गर्न तयार भएको हो । चीनीया पक्षका अनुसार शुक्रबारदेखि नै सिगात्से सारिएका सरकारी कार्यालयहरु खासा ल्याउने प्रक्रिया सुरु हुनेछ । गिरीका अनुसार केहीदिनमै चीनले तातोपानी नाका खोल्नेछ ।
khabardabali. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शुक्रबार, ४ मंसिर
काठमाडौं । चीनसँग इन्धन आपुर्तिको व्यापारिक सम्झौता गर्न सात सदस्यीय टोली चीन जाने लगभग तयारी पुरा भएपछि भ्रमण रोकीयो ।
भ्रमण रोकीदा विभिन्न शंका उपशंकाहरु उत्पन्न भएका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंह पनि यतीबेला चीन भ्रमणमा रहेकाले उनको खेल त हैन भन्ने शंका पनि चलेको छ ।
तर, बाणिज्य तथा आपुर्ति मन्त्रालयले भने चीनमा सार्वजनिक विदा परेकाले भ्रमण २४ घण्टाकालागि रोकीएको बताएको छ । मन्त्रालयले शनिबार र आइतबार चीनमा सार्वजनिक विदा परेकाले शनिबार मात्र टोली पठाउने तयारी गरेको जानकारी गराएको छ ।
मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल त्यसतर्फ जाँदै थियो । टोलीमा वाणिज्य मन्त्रालयसहित कानुन मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, आयल निगम, वाणिज्य विभाग, नापतौल विभागका प्रतिनिधि रहने छन् ।
नेपाली प्रतिनिधिमण्डलले चीन पुगेको भोलीपल्ट उच्चस्तरीय भेटघाट गर्ने र प्राविधिक विषय मिलाएर सोमबार मात्र सम्झौता गर्ने तयारी गरेको छ । सोमबार नै इन्धन किन्ने अग्रिम भुक्तानी गरेर अर्डर गरिने बताइएको छ ।
चीनको इतिहासमा पहिलो पटक उस्ले विदेशमा इन्धन निर्यात गर्न लागेको छ । यस कारण चीनले आफ्नो देशको केही कानुन मिलाउनुपर्ने भएकाले सम्झौतामा केही ढिलाई हुने संकेत गरेकाले पनि भ्रमण रोकीएको स्रोतको दाबी छ ।
nepalsandesh
१२ हजार डिजेलसहित ट्याङकर प्रहरी नियन्त्रणमा
परासी : कालोबजारी गर्न इन्धन लगेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले विहीबार राति नेपाल आयल निगमको एक ट्याङ्कर डिजेल पक्राउ गरेको छ

रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमका डिपो प्रमुख दिनेश यादवले बिल र चलानी बिना काठमाडौंतर्फ पठाउँदै गरेको एक ट्याङ्कर डिजल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि रुपन्देही प्रहरीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।


उक्त ट्याङ्करमा १२ हजार लिटर डिजल थियो । इन्धनको अभाव भएको मौका छोपी महङ्गो मूल्यमा बेच्न डिपो प्रमुख यादवले डिजेल काठमाडौं पठाएको आरोप छ ।

ना ४ ख ७१४५ नम्बरको ट्याङ्करमा लोड गरी काठमाडौं लग्दै गरेको इन्धन बर्दघाट बजारबाट नियन्त्रणमा लिइएको प्रउ उपाध्यायले जानकारी दिए ।

‘डिपो प्रमुख यादवले विनाकागज काठमाडौंको एक पम्पलाई डिजल पठाएको जानकारी आएपछि हामीले चालकसँग कागज पत्र (भ्याट बिल र चलानी कागज) माग्यौं’,  प्रहरी उपरीक्षक उपाध्यायले भने, ‘तर उनले कागज देखाउन नसकेपछि पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमार्फत् कारबाहीका लागि राती नै ट्याङ्कर पठाएका हौं ।’

चालकलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक उपाध्याले भने, ‘यो तेल काठमाण्डौंको पम्प पु¥याउने हो लैजानुस भनेर पठाएका हुन् ।’ पम्पको नाम भने उनले बताउन चाहेनन् ।

अनियमित तरिकाले त्यसरी सोझैं काठमाडौंको पम्पमा इन्धन पठाउन नपाइने पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोशियसनका अध्यक्ष प्रेम न्यौपानेले बताए ।

भलबारीस्थित डिपोले पश्चिमाञ्चलका अर्घखाँचीबाहेकका सबै जिल्लामा रहेका पम्पहरुमा सोझै भ्याट बिल काटेर इन्धन पठाउन पाउँछ । तर काठमाडौंमा पठाउँदा त्यहाँको डिपोमार्फत् पठाउनु पर्ने प्रावधान रहेको न्यौपानेले बताए ।

इन्धन नियन्त्रण र कालोबजारीको आरोपबारे प्रतिक्रिया माग्न डिपो प्रमुख यादवलाई बारम्बार सम्पर्क गर्न खोज्दा उनको मोबाइल उठेन ।

यादवलाई सरुवा गराउन व्यवसायी काठमाण्डौं
डिपो प्रमुख यादव यसअघि पनि पटकपटक अनियमित तरिकाले सोझै पम्पहरुमा इन्धन पठाउने गरेको भन्दै व्यवसायीहरुबाट आलोचित हुँदै आएका छन् ।

सहज समयमा पनि उनले  बिल नकाटी सोझै इन्धन पठाएर मोटो रकम कुम्लाएको आरोप व्यवसायीहरुले लगाउँदै आएका छन् ।

पछिल्लो पटक नाकाबन्दीको मौका छोपेर कमिशन र कालोबजारी गरेको आरोपमा यादवको सरुवाको माग गर्दै पश्चिमाञ्चल पेट्रोलियम डिलर एशोसियसनका पदाधिकारीहरु शुक्रबार काठमाण्डौं पुगेका छन् ।

‘यादवले फेरि कालोबजारी गर्ने उद्देश्यले पठाएको डिजल प्रहरीले पक्राउ गरेको सुनेका छौं’, एशोसियसनका अध्यक्ष न्यौपानेले भने, ‘अब उनको ठाउँमा अर्को प्रमुख नपठाएसम्म डिपोबाट हुने अनियमित काम र भ्रष्ट्रचार रोँिकदैन त्यसैले सरुवाका लागी आएका हौं ।’

सरुवाका लागि अहिले नेपाल आयल निगममा पुगेको र त्यहाँबाट पनि नभए मन्त्रालय तथा अन्य निकायमा जाने तयारी रहेको न्यौपानेले जानकारी दिए ।
www.annapurnapost
उरुम्की (चीन) : चीनको पश्चिमी क्षेत्रमा पर्ने सिन्जिआङ्ग प्रान्तमा प्रहरीको कारबाही र आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा परी २८ जना आतङ्ककारी मारिएको छ ।

प्रहरीले अपराधीको खोजी कार्य ५६ दिनसम्म जारी राखेको बताएको छ । चिनियाँ प्रहरीले शुक्रबार सो जानकारी दिएको हो । गत सेप्टेम्बर १८ मा सशस्त्र व्यक्तिहरुको एक समूहले अक्सु बैचेङ्ग गाउँमा अवस्थित एक कोइला खानीमा गरेको एक आक्रमणमा ११ सर्वसाधारण र पाँच प्रहरीको मृत्यु भएको थियो ।


आक्रमणकारीहरु पहाडी इलाकातर्फ भागेका बताइएको थियो । उनीहरुको खोजीलाई चिनियाँ प्रहरीले सशक्त बनाएको थियो । त्यसै क्रममा यी व्यक्ति मारिएको प्रहरीले जनाएको छ ।

चिनियाँ प्रहरीले मारिने ती व्यक्ति आतङ्ककारी भएको बताएको छ । आतङ्ककारी समूहमाथि गरिएको कारबाहीमा ती व्यक्ति मारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सुरु गरेको खोजी कार्य र दोहोरो गोली हानाहानमा २८ आतङ्ककारी मारिएका छन् । एक आतङ्ककारीले भने आत्मसमपर्ण गरेका पनि प्रहरीले बताएको छ । रासस÷सिन्ह्वा
annapurnapost
बिराटनगर : हिंसात्मक प्रदर्शन गर्दै सडकमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ताको आक्रमणबाट विराटनगरमा एक बालक र महिला बेहोस भएका छन् ।

मोर्चाको नेतृत्वले काठमाडौंमा राजमार्ग र सीमानामा आन्दोलन सशक्त पार्ने घोषणा गरेलगत्तै मोर्चाका कार्यकर्ताहरु हिंस्रक बनेका हुन् ।

मोर्चाका कार्यकर्ताको निशानामा शुक्रबार विराटनगरमा बालक र महिला पनि परेका छन् ।

उग्र भएका मोर्चाका कार्यकर्ताले विराटनगर–७ शिवमन्दिरमा एक बालकमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोर्चाले रड प्रहार गरेर घाइते भएका बालकको पहिचान भइसकेको छैन । उनको अवस्थाबारे खुलिनसकेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले बताए ।

डीएसपी खरेलका अनुसार महावीर रोडमा मोटरसाइकल पछाडि बसेकी महिलालाई तानेर कुटपिट गरेका छन् ।

आक्रमणपछि बेहोस भएकी महिलालाई आफन्तले उपचारपछि घर लिएर गएकाले उनको पनि पहिचान नभएको उनले बताए ।

मोर्चाका नौ कार्यकर्ता पक्राउ 
यसैबीच बालक र महिलामाथि आक्रमण गर्ने, सवारी साधन तोडफोड गर्ने र बजार पसल बन्द गराउदै हिंड्ने नौ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

एसपी लम्सालका अनुसार बालकमाथि रड प्रहार गर्ने मोरङको बैजनाथपुर–८ का ३० वर्षीय जितनारायण साहलाई विराटनगरको शिवमन्दिर चौकबाट पक्राउ गरिएको छ ।

मोटरसाइकल पछाडि बसेकी महिलालाई तानेर कुटपिट गरेको घटनामा संलग्न रुद्र बर्मालाई महावीर रोडबाट पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । annapurnapost
काठमाडौँ : नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइराला नेतृत्वको यसअघिको संयुक्त सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज नगर्न सरकारसँग आग्रह गरेको छ ।

सत्ता साझेदार दलहरुका सहमति र सहकार्यमा पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति गरेको भन्दै नेकाले वर्तमान सरकारले ती निर्णयलाई उल्टाए कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।


नेका पदाधिकारीसहित उपत्यकामा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यको आज पार्टीे संसदीय दल सिंहदरबारमा बसेको बैठकले यस्तो आग्रह गर्दै आफ्नो सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयकलाई हुबहु पारित गरिनुपर्ने अडानलाई दोहोर्‍याएको छ ।

अहिले सो विधेयकमाथि व्यवस्थापिका–संसद्को विधान समितिमा छलफल भइरहेको छ । सरकारले सो विधेयक पारित नहुँदासम्म भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी काम राष्ट्रिय योजना आयोगबाट गर्न निर्देशन दिइसकेको छ ।

बैठकपछि पार्टी प्रवक्ता दिलेन्द्र बडूले देशमा चर्को इन्धनको अभावले अर्थतन्त्र शिथिल बन्दै गएको अवस्थामा नेपाल राष्ट्र बैंकका कर्मचारीले आफ्नो सुविधामा वृद्धि हुनुपर्नेलगायत ३७ बुँदे माग राखी आन्दोलन गर्नु गैरजिम्मेवार कार्य भएको बैठकले ठहर गरेको बताए। उनले भने, “केन्द्रीय बैंकको दैनिक कार्यलाई अवरोध गर्नु विडम्बनापूर्ण छ र गैरजिम्मेवार कार्य हो ।”

बैठकमा सरकार गठन भएको एक महिनाको गति र नीतिका बारेमा पदाधिकारीले आ–आफ्ना धारणा राख्नुभएको थियो । सरकारले एक सय दिनमा गर्ने कार्यका आधारमा सरकारको मूल्याङ्कन गरिने, सरकारका राम्रा कामलाई रचनात्मक सहयोग र नराम्रा कामलाई शिष्ट र शालीन रुपमा विरोध गरिने प्रमुख प्रतिपक्षी दलका प्रवक्ता बडूले बताए।

बैठकले सीमाङ्कन विषयमा सत्ता साझेदार दलको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेको उहाँले जानकारी दिनुभयो । “सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय संयन्त्रले आन्दोलनरत तराई केन्द्रित दलसँग बिना तयारी वार्तामा बसेको हुनाले निष्कर्षमा पुग्न नसकिएको हो,” प्रवक्ता भने।

“आन्दोलनरत पक्षसित वार्ता गर्नभन्दा सरकार सञ्चालनमा संयन्त्रले बढी ध्यान दिएको हुँदा हामी सो संयन्त्रमा नबसेका हौँ” – बैठकपछि नेता अर्जुननरसिंह केसीले भने।

उनले सरकार र प्रतिपक्षी दलबीच हुने वार्तामा भने पार्टी सहभागी हुने जानकारी दिए। अर्का केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालको संविधानमै तराई मधेसका सवै अधिकार सुनिश्चित भएको हुँदा तराईमा आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताए। उनले तत्काल भारतीय नाकाबन्दी खुलाउन सबै दल मिलेर भारतसँग वार्तामा बस्नुपर्ने बताए।

पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न सो बैठकमा वरिष्ठ नेता शेरवहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्ण सिटौलालगायतको सहभागिता रहेको थियो । रासस
annapurnapost
विराटनगर, ४ मङ्सिर । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।
विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरिस्थित नेसनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक, दुई मोटरसाइकलका साथै कार्यालयमा समेत तोडफोड गरेका हुन् । साथै कटहरिको नहरमा को१च ७९९७ नम्बरको एम्बुलेन्समा पनि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बिरामी बच्चालाई बोकेर विराटनगर आउँदै गरेको सो एम्बुलेन्समा तोडफोड गरिएको हो । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बन्दकर्ताले गाडीमा ढुङ्गा प्रहार गरी भाग्ने गरेको र परिसरमा पार्किङ गरी राखिएको ट्रकहरुमा तोडफोड गरेका जानकारी दिनुभएको छ । उहाँका अनुसार बन्द तथा तोडफोडमा संलग्न आठजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । रासस
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home