• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं– आफूलाई स्वघोषित ज्योतिष ‘माता’ ठान्ने महिला सविता सरु शर्मा आचार्यले २०७२ सालमा आउने संविधानले समस्या मात्र पैदा गर्ने दाबी गरेकी छन् ।
रातोपाटीसँग कुरा गर्दे उनले संविधानले रिस, राग, झगडा मात्र निम्ताउने दावी गरिन् । ‘समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् ’ उनले भनिन् ।

‘माता’ कै शब्दमा अवको भविष्यवाणी

यसै त २०७२ साल अनिष्ट साल हो । तर, पनि असोज ३ गते आइतवारको दिन ठिकै दिन त छ । यो संविधानसभामा कतिको चित्त बुझ्दैन ।

रिस, राग, झगडा मात्र निम्ताउँछ कि । समस्या मात्र निम्ताउँछ कि जस्तो लाग्छ, किनभने २०७२ साल नै राम्रो छैन । त्यहि भएर संविधानपछि पनि झमेला, संकट र अवरोध बढी हुनेछन् ।

 नयाँ काममा विरोध पनि हुने हुन्छ । हरेक नेपालीहरुको लागि राम्रो समय त ०७३ साल हो । त्यसपछि सवैलाई शान्ति मिल्छ । ०७३ मा संविधान आएको भए सवैलाई एकीकृत गराउथ्यो, सवैको चिक्त बुझ्दथ्यो । धर्मनिरपेक्ष त्यति राम्रो भएन, संविधानमा हिन्दु राष्ट्र बनाएको भए सवैलाई शान्ति मिल्दथ्यो ,त्यो हुन सकेन भन्ने धार्मिक मानिसहरुको गुनासो आएको छ ।
धार्मिक व्यक्तिका लागि अलि सहज हुँदैन कि भन्ने मानिस भेटेको छु । बर्वादै भयो कि भन्ने गुनासो पनि सुनिन्छ । विभिन्न धर्म–संस्कृति बचाईराख्न कठिन हुन्छ कि भन्ने सुनिन्छ । जे होस ०७२ साल अनिष्ट भएकाले पाइला–पाइलामा समस्या आएका छन् । अव पनि पाइला पाइलामा समस्या आउछन् । सहज वातवरण हुँदैन यो साल ।/www.ratopati.com
कञ्चनपुर: जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थरुहटका तीन कार्यकर्तामाथि सार्वजनिक मुद्दा दर्ता गरेको छ।

गत शुक्रबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको थरुहट थारुवान सङ्घर्ष समितिको आमसभामा घरेलु हतियारसहित सहभागी भएका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको हो।


मुद्दा दर्ता गरिएकामा बेलौरी नगरपालिका-४ बुटावरीका ३५ वर्षीय लक्ष्मण चौधरी, सोही नगरपालिका रिछाहाका १६ वर्षीय सुरेश राना र नयाँगाउँका २१ वर्षीय सुरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक केदार खनालले बताए।


उनले भने, 'तीनै जनामाथि सार्वजनिक मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ। रासस
annapurnapost.com
काठमाडौं, २९ भदौ । असोज ३ गते अपरान्ह पाँच बजे नयाँ संविधान विशेष समारोहमार्फत सार्वजनिक हुने कार्यक्रम टुङ्गो लागेको छ ।
संविधानको परिमार्जित विधेयक २०७२ मा मतदान प्रक्रिया पनि जारी छ । संभवत संविधानको परिमार्जित विधेयकका सबै धारा आज (मंगलबार) पारित हुनेछन् । यदि समय अपुग भएमा भोलि (बुधबार)सम्म धारा पारित भइ संविधानको परिमार्जित विधेयक एकमुष्ट संविधानसभाबाट पारित हुनेछ ।
तर संविधान जारी भइ लागू भएपछि मुलुकको थुप्रै कार्यकारी पदहरू खाली हुनेछन् । यसरी खाली हुने पदमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख र उपसभामुख रहेका छन् ।
संविधानसभाले जतिजति छिटो संविधानका धारा पारित गर्दै गएको छ, त्यतित्यति ती पदमा आसिनहरूको मुटूको गति बढ्दैछ ।
यतिसम्मकी केही मन्त्रीहरूले ललितपुरको पुल्चोकस्थित मन्त्री निवासबाट डेरा सार्ने सोँच बनाउन थालेको स्रोतको भनाइ छ ।
संविधान जारी भइ लागू भएपछि प्रधानमन्त्री सुशील कोइरालासहितका उपप्रधानमन्त्री र मन्त्रीहरूले पद छाड्नुपर्नेछ । त्यसै गरी राष्ट्रपति डा.रामवरण यादव र उपराष्ट्रपति परमानन्द झाले पनि पद छाड्नुपर्नेछ ।
सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तीको पनि पद जानेछ ।
पछि प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीबीच छलफल गरेर रिक्त हुने ती सबै पदहरू बाँडफाँट गरेर आआफ्ना पार्टीबाट पूर्ति गर्नेछन् । ती पदमा केही पुराना अनुहार पनि दोहरिन सक्ने नेताहरूको भनाइ छ ।
संविधानसभाबाट नयाँ जारी गरेर लागू भएपछि मुलुकका कार्यकारी पदसहित राष्ट्रपति, उपराष्ट्रपति तथा सभामुख र उपसभामुखको पद बाँडफाँट गर्ने दलहरूबीच पूर्व सहमति भइसकेको छ ।
पूर्वसहमतिअनुसार कांग्रेसले एमालेलाई सत्ताको बागडोर सुम्पनुपर्नेछ । एमालेको दाबीअनुसार मुलुकको नयाँ प्रधानमन्त्री अब अध्यक्ष केपी ओली बन्नु हुनेछ ।
ओलीको नेतृत्वमा बन्ने सरकारमा कांग्रेस, एमाओवादी, फोरम लोकतान्त्रिकसहितका दलहरूको सहभागिता हुने दाबी छ । दाबी आआफ्नै भए पनि नेताहरूले सत्ताका विषयमा अहिले नै केही बताउन चाहँदैनन् ।
तर एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधान निर्माण भइ जारी भएपछि संयुक्त सरकार बन्ने बताउनुभयो ।
उहाँले त्यसको नेतृत्वका लागि एकीकृत माओवादीको दावी नरहेने भन्दै सरकारमा सहभागिताको विषय भने अस्वीकार गर्नुभएन ।
‘सरकारको नेतृतवमा हाम्रो दाबी रहँदैन’, उहाँले भन्नुभयो, ‘त्यो विषय कांग्रेस र एमालेले मिलाउने हो । हामी सरकारमा जान सक्छौँ ।’
dainiknepal.com
झापा : झापाको सुरुङ्गा प्रहरी चौकीमा मंगलबार बिहान सकेट बम विष्फोट भएको छ ।

बिहान ७ बजेर ४० मिनेटमा सकेट बम विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक बेदनाथ यादव तथा जवाद्वय भरत कार्की र जवान केदार पाैडेल घाइते भएका छन् ।

उनीहरुको उपचार बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भीम दाहालले जानकारी दिए ।

सुरूङ्गा कनकार्इ नगरपालिका-३ स्थित एक चर्चमा भेटिएको सो बम निष्कृय बनाउन प्रहरीले चौकीमा लिएर गएको थियो ।

बम चौकीमा पुर्याएर प्रहरी सहायक निरीक्षक यादवले निस्क्रिय पार्न खोज्‍दै गर्दा विस्फोट भएको जिल्‍ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालयका डिएसपीको टोली सुरूङ्गा प्रहरी चाैकीमा पुगिसकेको छ ।

प्रहरीका अनुसार हिन्दु नेपाल लेखिएको मोर्चाको नामका केही पर्चाहरु पनि चर्चा भेटिएको छ।www.annapurnapost.com
आजको राशिफल: वि.सं. २०७२ साल भदौ २९ गते,  मंगलबार

इश्वी सन् २०१५ सेप्टेम्बर १५ तारिख, शकसंवत् १९३७ । कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। वैदेशिक यात्रामा पनि फाइदा होला। काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा विजयी भइनेछ। व्यावसायिक काममा राम्रै फाइदाको योग छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीका माध्यमबाट फाइदा हुने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जनको मौका छ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। रोकिएका काम सम्पादन गर्ने र नया“ काममा हात हाल्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुग्ने सम्भावना छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा प्रगति हुनेछ।

काठमाडौं, भदौ २९ । भारतीय टेलिफिल्मबाट सिकेर गत फागुनमा जीवन विकले वसन्तपुरमा पूर्वप्रेमिकामाथि एसिड आक्रमण गरे । सोही घटनाको सिको गर्दै राजधानीमा अर्को एसिड काण्ड भएको छ । तर, घटना निकै रहस्यमय भएको प्रहरीले बताएका छन् । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत छात्रा अनिता कार्की गत मंगलबार एसिड प्रहारबाट घाइते भएकी छन् । उनको ओठमुनिको भागमा गम्भीर घाउ लागेको छ । पीडित छात्रा कार्कीले आफूमाथि अपरिचित तीन–चारजना व्यक्तिले एसिड हानेको र उनीहरु भागेको बताएकी छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

एसिडले उनको ओठमुनि र बायाँतर्फको गालामा घाउ भएको छ । कपनको ज्योतिनगरस्थित घर फर्कने क्रममा एकान्तस्थलमा आफूमाथि एसिडले आक्रमण भएको कार्कीले बताएकी छन् । घाइते अवस्थामा दौडँदै उनी घर पुगेकी थिइन् । परिवारले उपचारका लागि उनलाई अस्पताल पुर्याएका हुन् ।

घरबाट करिब तीनसय मिटरको दूरीमा रहेको साथीको कोठाबाट फर्कने क्रममा उनीमाथि एसिड आक्रमण भएको थियो । आक्रमणअघि उनले साथीहरुसँग गत माघमा वसन्तपुरमा भएको एसिडकाण्डबारे पनि कुरा गरेको अनुसन्धानमा खुलेको छ । एसिडबाट घाइते भएका संगीता थापा र सीमा वस्नेतका बारेमा उनले साथीलाई सोधेकी थिइन् । साथै एसिड किन्न पाइने ठाउँको बारेमा पनि कुरा भएको प्रहरीले जनाएको छ । त्यही कारण घटना रहस्यमय भएको हो । उनी अनुहारमा घाउ भएकाले पहिलेदेखि नै मास्क लगाएर हिँड्ने गरको प्रहरीले जनाएको आजको दृष्टि साप्ताहिकमा खबर छ ।

– एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घण्टापछि राम्रोसँग धुने ।
– अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको दुई घण्टापछि धुने ।
– नुहाउनुभन्दा एक घण्टा अगाडि सँधै कागतीको रसले टाउको मालिस गर्ने ।
– कपालमा नियमित रुपले नरिवलको शुद्ध तेल लगाउने ।
– बास्ना आउने खालका तेल कपालमा प्रयोग नगर्ने ।
– आफुले प्रयोग गरेको सामाग्री : काँइयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने ।
–रासायनिक स्याम्पुको प्रयोग नगर्ने ।
एजेन्सीको सहयोगमा

वीरगन्ज : वीरगन्जमा मधेस आन्दोलनको समर्थनमा सोमबार सत्तारुढ दल नेपाली कांग्रेसकै युवा विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।

नेविसंघ र नेपाल तरुण दलका नेता कार्यकर्ताहरुले सोमबार दंगाग्रस्त क्षेत्र घोषित वीरगन्जमा जुलुस प्रदर्शन गरेका हुन् ।

नेविसंघका जिल्ला अध्यक्ष सन्तोष गुप्ता र तरुण दलका जिल्ला सचिव सुधीर पटेलको अगुवाइमा काँग्रेसका युवा विधार्थीहरुले झण्डा सहित जुलुश प्रदर्शन गरेका हुन् ।

कांग्रेसका युवा विद्यार्थीहरुले निकालेको जुलुशमा मधेसी दलका युवा विधार्थीहरु पनि सहभागी भएका थिए ।

जुलुसमा सहभागीलाई प्रहरीले तत्कालै पक्रेर हिरासतमा लिएको छ । घडीअर्वा टोलबाट निस्किएको जुलुस पान गल्ली हुँदै माइस्थान चोकमा पुगेलगत्तै प्रहरीले हस्तक्षेप गरेर १६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो ।

स्थाानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको वीरगन्जमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नेविसंघका जिल्ला अध्यक्ष सन्तोष गुप्ता, तरुण दलका जिल्ला सचिव सुधीर पटेल, संघीय समाजवादी फोरम नेपालका नगर उपाध्यक्ष शुसील गुप्ता पक्राउ परेका छन् ।

त्यसैगरी मधेशी विद्यार्थी फोरम पर्साका अध्यक्ष जसवन्त यादव, विद्यार्थी नेताहरु ल्खन गुप्ता, निखिल वर्णवाल, उपेन्द्र यादव, हरिसराज गुप्ता, मनोज कुमार गुप्ता, विवेक श्रीवास्तव, रन्जन मिश्रा, विनोद यादव, आलम गिर अन्सारी, मुकेश कलवार, विनोद गुप्ता र शिवजी सोनीलाई हिरासतमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा उनिहरुलले मधेस आन्दोलनको समर्थन र प्रहरी दमनको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

कांग्रेस नेतृत्वले मधेसका जायज माग सम्बाधेन नगरी जबरजस्ती संविधान निर्माणको प्रकृया अगाडि बढाएकाले मधेस आन्दोलनको समर्थन गरेको नेविसंघ पर्साका अध्यक्ष सन्तोष गुप्ताले बताए ।
annapurnapost.com
काठमाडौं, २८ भदौ । १ महिना लामो बन्द हुदा पनि “अहिले नभए, कहिल्यै नहुने” भन्दै मधेशी मोर्चाले आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा पुगेको छ ।
१ महिने लामो आन्दोलनको समिक्षा र आगामी दिनमा आन्दोलनलाई कसरी लैजाने भन्नेमा अहिले मोर्चाका नेताहरु बिभिन्न स्थानमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले अहिलेको आन्दोलन निर्णायक भएको हुँदा बिचमा खुट्टा नकमाउन आग्रह गरेका छन । यसैबीच संघिय मधेशी मोर्चाले क्षेत्र नं. १ ले धकधईमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले “मधेश अलग देश नभई मधेश प्रदेश” माग गरेको हुँदा आफूहरुको माग पुरा हुने दावी गरे ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मधेशीहरु बिभिन्न मोर्चा गठन गरि अलग अलग जानु भन्दा भन्दा पनि एक भएर गए सिघ्र लक्ष्य प्राप्ती हुने मोर्चाहरुलाई सुझाएका छन । नेकपा एमालेका नेता ताहिर अलीले अहिले नेकपा एमाले भित्रका मधेशीहरु पनि आन्दोलनलाई गम्भिरताका साथ लिन पार्टी पंक्तिलाई दबाव दिई रहेको जानकारी गराए । मधेशीहरुको मागलाई बेवास्ता गरि संविधान ल्याए देशमा अशान्ती फैलिने भएकोले माग सम्बोधन गर्न दबाव दिईने बताए ।
कार्यक्रममा बोलने वक्ताहरुले आन्दोलन रुपन्देहीको ग्रामीण भेगमा मात्र केन्द्रित भई ग्रामीण भेगका मधेशीहरु मात्र आन्दोलनले प्रभावित भएकोमा गुनासो गरे । ग्रामीण भेगमा रहेको बिद्यालय बन्द हुनु र भैरहवा आसपासका बिद्यालय सञ्चालन भै रहेको कारण आफ्ना बालबच्चाहरुको अध्ययन प्रभावित भएकोमा अभिभावकहरुले चिन्ता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका संयोजक महेन्द्र यादवले सरकारले वार्ताको वातावरण बिगारेर देशमा द्धन्द्ध निम्ताउन खोजेको आरोप लगाए । उनले अहिले मधेशी दलका शिर्ष नेताहरु वार्ताको लागी गए पनि वार्ताको दौरान आन्दोलन नरोकिने बताए । आन्दोलनको अर्को चरण स्वरुप मधेशमा रहेका बिभिन्न कार्यालयहरुमा मधेश सरकार लेख्न कार्यकर्ताहरुलाई निर्देशन दिए अनुरुप अहिले मधेश सरकार लेख्न शुरु गरि सकिएको दावी गरे ।
क्षेत्र नं. १ अन्र्तगत रहेको धकधईमा राजनैतिक दल, प्रहरी, आन्दोलनरत पक्ष समेटिएको कार्यक्रम लामो समय पछि आयोजना भएको हो । संविधानको मस्यौदा माथी सुझाव संकलनको क्रममा भएको विवाद पछि यस क्षेत्रमा राजनैतिक कटुता बढदै गएको छ । अन्तरक्रिया कार्यक्रममा निमन्त्रण दिईए पनि नेपाली कांग्रेस र एनेकपा माओवादीको प्रतिनिधित्व नभएको जय प्रकाश यादवले बताए ।
dainiknepal.com
चोङजिङ्, २८ भदौ । एक टेलिभिजन कार्यक्रमका लागि दृश्य खिच्न गएका दुई जना छायाकारसहित चारजनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको समाचार छ ।
आइतबार चीनको दक्षिणपश्चिमी चोङ्किङ नगरपालिकामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी दुई जना छायाकारसहित चारको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने छायाकारमा जियाङ या र सोङ हाओ एन रहेका छन् । उनीहरु चिनियाँ टेलिभिजन चोङ्किङ ब्रोडकास्टिङ ग्रुपका छायाकारहरु हुन् ।
उक्त नगरपालिकाको बिकासका लागि सहयोग पु¥याउने खालका समाचार र दृश्यहरु सो टेलिभिजनमा प्रशारण गर्ने गरिन्छ । सोही कार्यक्रमका लागि दृश्य खोज्न र खिच्न उनीहरु त्यहाँ पुगेका थिए ।
आइतबार अपरान्ह १ बजेदेखि सो हेलिकोप्टरले सम्पर्क गुमाएको थियो । आइतबारै साँझ सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको खुलेको हो ।
सोमबार बिहानमात्र उक्त हेलिकोप्टरका दुवैजना छायाकारसहित चारजनाको निधन भएको खुलेको हो । उद्वारकर्मीहरुले सो क्षेत्रबाट होलिकोप्टरका भग्नाबशेषहरु पनि भेटेका छन् । रासस/एएफपी
dainiknepal.com
पेरिस: दुई अर्धनग्न महिलाले विरोध प्रर्दशन गर्दा पेरिसस्थित मुस्लिम धर्मालम्बीको एक कार्यक्रम बिथोलिएको छ ।

सामाजिक सञ्जालमा ती दुई महिलाले कार्यक्रममा अवरोध गरेको भिडियो सार्बजनिक भएको छ ।


धर्मगुरुले कार्यक्रमलाई सम्बोधन गरिरहेका  बेला अकस्मात दुई अर्धनग्न महिलाहरु कुदेर कार्यक्रमस्थलको स्टेजमा पुगी चर्को स्वरमा विरोध जनाएका भिडियोमा देखिएको छ ।


विरोध गरेर भाग्ने क्रममा एक महिला लडेपछि उपस्थित मानिसहरुले ती महिलालाई कुटपिट गरेका थिए । ती महिलाको बक्षस्थलमा 'नोबडी मेक्स सब्मिट' लेखिएको थियो ।

ती महिलाहरु फेमिन नाम गरेको एक संगठनको कार्यकर्ता भएको बताइएको छ ।

सो संगठन सन् २००८ मा युक्रेनमा निर्माण गरिएको थियो । हाल पेरिसबाट संचालन भइरहेको छ । सो संगठनले महिलामाथि हुने अत्याचार र धार्मिक अन्धविश्वास लगायतका विषयमा विरोध जनाउन टपलेस प्रदशन गर्दै आएको छ ।

फ्रान्स र स्पेनसँगै सो संगठनमा आवद्ध महिलाहरुले युक्रेन, स्वीडेन, र ट्यूनीशियामा पनि विरोध प्रदशन गरिसकेका छन् ।
www.annapurnapost.com
पोखरा, २८ भदौ- नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल ‘बादल’ को हत्यामा संलग्न सबै ९ जना चेल चलान भएका छन् ।
हत्यामा संलग्न चार जना र उनीहरुलाई भगाउन सघाउने अरु पाँच जना पुर्पक्षको लागि जेल चलान भएका हुन् । कास्की जिल्ला अदालतका न्यायाधिश नरिश्वर भण्डारीको ईजलासले सोमबार यो फैसला सुनाएको हो ।
गत साउन २८ गते राति लेखनाथ १२ गगनगौंडामा बादलको हत्या भएको थियो । हत्यामा संलग्न लेखनाथ १२ का ३० बर्षीय राजु रानाभाट, लेखनाथ १३ का ३० बर्षीय प्रकाश गुरुङ, लेखनाथ १३ सुकुम्वासी टोलका २० बर्षीय अशोक गुरुङग र लेखनाथ १२ का २५ बर्षीय विश्वास गौतम जेल चलान भएका हुन् । यसैगरी, हत्यारा भगाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अन्य ५ जना पनि जेल चलान भएका छन् । www.etajakhabar.com
काठमाडौं : नयाँ संविधानको घोषणा असोज ३ गते अपरान्ह पाँच बजे हुने भएको छ। संविधान घोषणाको दिन र समय निर्धारण गरेपछि घोषणा समारोहमा सहभागी हुनका लागि निम्ता दिन आजै बेलुका सात बजे संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महासचिव मनोहर भट्टराई शितलनिवास जाँदैछन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा विशेष राष्ट्रिय समारोह गरेर संविधान घोषणा गर्ने तयारी छ। संविधान घोषणा समारोहको व्यवस्थापनका लागि आन्तरिक गृहकार्य तथा तयारी संविधानसभा सचिवालयले सुरु गरिसकेको छ । विशिष्ट पाहुनाहरुलाई निमन्त्रणा गर्ने क्रम सुरु भइसकेको छ । त्यसदिन सार्वजनिक विदा दिएर घरघरमा दिपावली मनाउने निर्णय सरकारले गर्दैछ ।

नयाँ संविधानको विधेयकमाथिको मतदानको प्रक्रिया सकाएपछि असोज ३ गते संविधान जारी र घोषणा हुनेछ । अहिले संविधानसभामा संविधानका धाराहरुमाथि मतदान भइरहेको छ।
annapurnapost.com
२८ भदौ, काठमाडौं । जिल्ला अदालत काठमाडौंले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । आदेश लगतै तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।

फेसबुक स्टाटसलाई लिएर शेर्पालाई प्रहरीले भदौ १६ गते बौद्धबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध साइबर क्राइममा मुद्दा चलाइएको थियो । न्यायाधीश शिशिराज ढकालको इजलासले शेर्पालाई २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  www.onlinekhabar.com
मधेसी सभासद्ले नै मधेस आन्दोलनलार्इ धोका दिए
वीरगन्ज : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीन दलबाट जवरजस्ती संविधान जारी गरिए मधेसमा कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मधेसी जनता र थारुका मागको सुनुवाइ नगरी ल्याएको संविधान आफूहरुले नस्वीकार्ने चेतावनी दिँदै महतोले तीन दलविरुद्ध अब कठोर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

‘कांग्रेस, एमाले र एमाओवादीका मधेसी सभासद्कै कारण तीन दलले बहुमतको आडमा मधेसविरोधी संविधान बनाउन लागेका छन्’, वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘तीन दलका मधेसी सभासद्ले विद्रोह गरेको भए मधेसविरोधी संविधान कदापि बन्ने थिएन । तीन दलले बनाउन लागेको संविधानबाट मधेसी र थारुले केही पाउँदैनन् ।’

उनले ठूला तीन दलका मधेसी सभासद्ले पनि मधेसी जनतालाई धोका दिएको आरोप लगाए । मधेसीकै भोटले जितेका कांग्रेस, एमाले र एमाओवादीका सभासद्हरुले अधिकार पाउने बेलामा मधेशीको घाँटी रेट्ने काम गरेको उनको भनाइ थियो ।

‘अहिले पनि २४ घण्टा बाँकी छ । तीन दलका मधेसी सभासद्लाई संविधानसभा छाडेर आउन मधेशी जनताले दबाब दिनुपरो’, उनले भने, ‘मधेस विरोधी संविधान बनाउने कांग्रेस, एमाले र एमाओवादीका मधेसका सभासद्लाई जनताले  तह लगाउनेछन् ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मधेसी सभासद्हरुले समेत सदन छाड्ने हिम्मत नदेखाएका कारण मधेस आन्दोलन कमजोर भएको उनको भनाइ छ ।

‘मधेसको नाममा राजनीति गर्ने एमाले र कांग्रेसका सभासद्हरुले कुर्सी र मन्त्रीको लोभमा विद्रोह नगर्दा समस्या उत्पन्न भयो’, उनले भने, ‘जनताले अब उनीहरुलाई देखाउने छन् धोका भनेको के हो ?’

मधेस आन्दोलनमा सहयोग गर्न आफूहरुले छिमेकी भारत र संयुक्त राष्ट्र संघलाई आग्रह गरेको उनले स्पष्ट पारे ।

विगतका सहमति र सम्झौतालाई लत्याएर खसबासी तीन ठूला दलले बन्दुक र बहुमतको आडमा जारी गरेको जनविरोधी संविधान लागू हुन नसक्ने उनको भनाइ छ ।
www.annapurnapost.com
नयाँ दिल्ली, २८ भदौ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकको मुख्यालयको भ्रमणमा जाने भएका छन् । सो जानकारी प्रधानमन्त्री मोदीले नै आफ्नो फेसबुक पेजबाट दिएका हुन् ।
यसै महिनाको अन्त्यतिर संयुक्त राज्य अमेरिकाको भ्रमणमा जान लागेका प्रधानमन्त्री मोदी अमेरिकामै रहेको फेसबुकको मुख्यालयमा पुग्ने भएका हुन् ।
प्रधानमन्त्री मोदीले आफ्नो फेसबुक पेजमा भनेका छन्, मलाई फेसबुकको मुख्यालयमा भ्रमणका लागि आमन्त्रण गरेकोमा मार्क जुकरवर्गलाई धन्यवाद दिन चाहन्छु ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रधानमन्त्री मोदीलाई सो कार्यालयको भ्रमणका लागि आमन्त्रण गरेको जनाइएको छ । फेसबुक पेजबाटै गरिएको आमन्त्रणलाई प्रधानमन्त्री मोदीले पनि आफ्नो फेसबुक पेजबाटै स्वीकार गरेका हुन् ।
प्रविधिमा अगाडि रहेका र सामाजिक सञ्जालको खुबै प्रयोग गर्ने गरेका प्रधानमन्त्री मोदीले जुकरवर्गको आमन्त्रणको जवाफमा सो जवाफ लेखेको हुन् ।
पाओलो अल्टोमा रहेको सो कार्यालयमा उनलाई फेसबुकका संस्थापक तथा अन्य प्राविधिकहरुसँगको अन्तरक्रियाका लागि आमन्त्रण गरिएको फेसबुकले जनाएको छ ।
त्यसैगरी जुकरबर्गले लेखेको आफ्नो फेसबुक पेजमा भनेका छन्, हामीले यस कार्यालयमा बसेर सामाजिक र आर्थिक चुनौतीहरुलाई समाधान गर्नका लागि समुदायसँग कसरी साथसाथै काम गर्न सकिन्छ भन्ने बारेमा म र भारतीय प्रधानमन्त्रीले छलफल गर्नेछौँ ।
प्रधानमन्त्री मोदी गतवर्षमात्र भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।
प्रधानमन्त्री मोदी यसै महिनाको अन्त्यतिर अमेरिकाको भ्रमणमा जान लागेका हुन् । उनको यस भ्रमणको एजेण्डा उनको आफ्नै नारा स्टार्ट अप इन्डिया (सुरु गरौँ भारत) मा केन्द्रित छ ।
उनले सेप्टेम्बर २८ मा अमेरिकी राष्ट्रपतिसँग राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भेट्ने कार्यक्रम । क्यालिफोर्नियाबाट फर्किएपछि उनले अमेरिकी राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ । रासस/सिन्ह्वा
kathmandutoday.com
काठमाडौं, २८ भदौं । नेपाल टेलिकमले ५० रुपैयाँको ‘एनटी रिर्चाज कार्ड’ बजारमा ल्याएको छ ।
टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले प्रिपेड र पोष्टपेड मोबाईलका लागि प्रयोग गर्न सकिने गरी ५० रुपैयाँको ‘एनटी रिर्चाज कार्ड’ बजारमा ल्याईएको बताउनुभयो ।
प्रिपेडका फोनमा प्रयोग गर्न सकिने ५० रुपैयाँको एनटी रिर्चाज कार्ड तत्काल पोष्टपेडका लागि प्रयोग गर्न नसकिने उहाँले जानकारी दिनुभयो । सह-प्रवक्ता अधिकारीका अनुसार सिस्टम व्यवस्थापन भइरहेकोले यो सेवा दुई हप्ता भित्रै सुरु हुनेछ ।
dainiknepal.com
काठमाडौं : नयाँ संविधानमा मृत्युदण्डको व्यवस्था राखिनुपर्ने संशोधन प्रस्ताव संविधानसभाको बैठकले अस्वीकृत गरेको छ ।

'नेपालको संविधानको परिमार्जित विधेयक, २०७२' को धारा १६ को उपधारा १ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरिएको छ ।

सोही धारको उपधारा २ मा कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानुन बनाइने छैन भन्न उल्लेख गरिएको छ ।

धारा १६ को ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ पनि पारित भएको हो । यो धारामा नेपाल मजदुर किसान पार्टीकी सभासद् अनुराधा थापाले संशोधन प्रस्ताव हालेकी थिइन् ।

उनले देशको हितविरुद्ध सन्धि सम्झौता गर्ने,  मानव हत्या, आगजनी र मानवताविरोधी गम्भीर अपराधमा संलग्नलार्इ मृत्युदण्डको व्यवस्था गर्न भन्दै संशोधन प्रस्ताव हालेकी थिइन् ।

उनको संशोधन प्रस्तावलार्इ संविधानसभाको बैठकमा दुर्इतिहार्इ बहुमतले अस्वीकृत भएपछि नयाँ संविधानमा मृत्युदण्डको व्यवस्था नुहने पक्का भएको हो । annapurnapost.com
२८ भदौ, काठमाडौं । संविधानसभाले नयाँ संविधानमा धर्मनिरपेक्षता कायमै राख्ने प्रस्ताव पारित गर्दा बाहिर बानेश्वरमा हिन्दुवादीहरुले प्रदर्शन गरिरहेका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको जुलुस बानेश्वरमा पुगेपछि झडपमा परिणत भएको छ । प्रहरीले पानीको फोहोराका साथै लाठी चार्ज गरेको छ । अहिले पनि वानेश्वर क्षेत्र तनावग्रस्त छ ।

हिन्दु राष्ट्रमाग गर्दै राप्रपा नेपाल, खुमबहादुर खड्का र र कमल नयनाचार्यको समूहले जुलुस निकालेको थियो ।
काठमाडौं :  ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ ।

बैठकबाट पारित धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था छ । यस धारामा लक्ष्मण राजवंशी, कुमार खड्का, जयदेव जोशी, अइन्द्रसुन्दर नेम्वाङले संशोधन पेस गरेका थिए ।

धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने’ व्यवस्था बैठकबाट पारित भएको छ । सो धारामा १६ संशोधन परेकामा ९ फिर्ता र आठ संशोधन अस्वीकृत भए ।

राष्ट्रिय झन्डा पारित
राष्ट्रिय झन्डासम्बन्धी धारा ८ मा ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो” भन्ने व्यवस्था पारित भएको छ ।

सो धारामा चार संशोधन परेकामा एक फिर्ता भए भने रामकुमार राई, शिवलाल थापा, यशोदाकुमारी लामाले पेस गर्नुभएका संशोधन अस्वीकृत भए । www.annapurnapost.com
काठमाडौं । राजेन्द्र महतोले मधेस आन्दोलनमा सहभागी अन्य मधेसवादी दलका नेताहरुलाई बदनाम गर्नका लागि एउटा समूह नै परिचालन गरेको खुलेपछि मधेसी मोर्चामा खेलाबैला मच्चिएको छ ।
यसपटक मधेस आन्दोलनको जस लिन र भोलि त्यसको फाइदा लिन सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका महतोले उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव लागयतका नेताहरुको बद्नाम गर्न आफ्ना भतिजा उपेन्द्र महतोको नेतृत्वमा एउटा समूह नै सामाजिक संजालहरुमा खटाएको खुलासा भएको छ ।
राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए रहेका उपेन्द्र नातामा राजेन्द्रका भतिजा हुन् । अहिले उनी सद्भावना पार्टीका केन्द्रीय सदस्य छन् । राजेन्द्रको अकुत सम्पत्ति उपेन्द्रको नाममा पनि रहेको चर्चा मधेसी नेताहरु नै गर्दछन् ।
सम्पत्ति शुद्धिकरणको निशानामा परेका महताले नक्कली फेसबुक एकाउन्टमार्फत उपेन्द्र, महन्थ र महेन्द्रको बदनाम गरिरहेको आरोप लागेको छ । त्यसो त उनले आफ्नो नक्कली फेसबुकबाट पनि संविधानसभाबाट राजीनामा दिन डराएका मधेसी नेताहरु धोकेबाज हुन् भनदै भन्दै सद्भावना पार्टी बाहेक अरु कसैले पनि मधेसको मुद्दा बोक्न नसकेको लेखेका थिए । आजको साँघु साप्ताहिकमा खबर छ
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home