• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीच आज विहान टेलिफोन वार्ता भएको छ ।

करिब २० मिनेट भएको वार्तामा दुबै प्रधानमन्त्रीले अंग्रेजी नयाँबर्ष २०१६ को शुभकामना आदान प्रदान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका मागलाई सम्बोधन गरेर नेपाल सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई भारत सरकारले स्वागत गरेकोमा मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे समेत उहाँहरुबीच कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको मोदीलाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आपूर्ति व्यबस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–बीरगन्जनाकाबाट आपूर्ति व्यबस्था सहज बनाउन आग्रह गर्नुभयो । जवाफमा मोदीले आफू सदैब आपुर्ति व्यबस्था सहज होस भन्ने पक्षमा रहेको र त्यसका लागि भारतको तर्फबाट कुनै रोकटोक नभएको बताउनुभयो ।

भारतका प्रधानमन्त्री मोदीले रक्सौल बीरगञ्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको भन्दै नेपालकै राजनीतिक दलहरुले उक्त नाकामा प्रदर्शन गरिरहेकाकारण असजह भएको बताउनुभयो । मोदीले औषधीको अभाव भएका बेला आफूले विदेशमन्त्री सुष्मा स्वराजलाई एयरलिफ्ट गरेर भएपनि औषधि आपूर्ति गर्न भनेको स्मरण गर्नुभयो ।

प्रधानमन्त्री ओली र मोदीबीच द्धिपक्षीय हितका बिषयमा समेत कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री मोदीले छिटै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभयो । छिटै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।dainiknepal
पुस १६, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार साढे तीन महिनादेखि जारी नाकाबन्दीका विषयमा वार्ता केन्द्रित थियो ।

मोदीले तीन महिनायता ओलीसँग सिधा सम्वाद गरेको यो तेस्रोपटक हो । यसअघि प्रधानमन्त्री निर्वाचित भएकै दिन र नेपाल प्रहरीको गोलीबाट वीरगन्जमा भारतीय युवकको मृत्युभएपछि फोन गरेका थिए ।

प्रधानमन्त्री दुई दिने कार्यक्रमका लागि अहिले गृहजिल्ला झापामा छन् ।

kantipur.ekantipur
बीपी प्रतिष्ठानमै बस्छ मोर्चाको एउटा समूहको बैठक
धरान : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनको डिजाइन पछिल्लो समय धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट हुने गरेको प्रमाण फेला परेको छ ।

विराटनगरको जोगवनी नाकामा प्रहरीको झडपका क्रममा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारको बाहनामा प्रतिष्ठानमा भर्ना भएर मधेस आन्दोलनको डिजाइन गर्ने गरेको खुलासा भएको छ ।
विराटनगरको गोल्डेन अस्पतालबाट डिस्चार्ज भएका पूर्व स्वास्थ्यमनत्री महतोलाई प्रतिष्ठानकै पदाधिकारीहरुले अस्पताल भर्ना गरी मधेस आन्दोलन थप सशक्त बनाउन उचाल्ने गरेको प्रतिष्ठान श्रोतले जानकारी दिएको छ ।

राजेन्द्रलाई मधेस आन्दोलनस सशक्त पार्न र आन्दोलनको स्वरुप प।िरवर्तन गर्न प्रतिष्ठानका उपकुलपति बलभद्रप्रसाद दास र निर्देशक अरविन्द सिन्हाले सल्लाह दिने गरेको प्रतिष्ठानकै एक चिकित्सकले दाबी गरेका छन् ।

गोल्डेन अस्पतालमा छँदा उपकुलपति दासले फेन गरी धरान आउन आग्रह गरेपछि महतो मध्यरातमा प्रतिष्ठानको आईसीयू वार्डमा भर्ना भएको ती चिकित्सकले बताए । महतो प्रतिष्ठान आएपछि प्रत्येक रात मधेश आन्दोलनको समीक्षा गरी थप रणनीति तयार हुने गरेको श्रोतले जानकारी दिएको छ ।

जुनसुकै अस्पतालमा विरामीे आकस्मिक कक्षमा भर्ना भइ त्यहाँका चिकित्सकहरुको सल्लाहअनुसार अन्य वार्डमा सार्ने प्रावधान छ । तर महतोलाई उपकुलपति दास र निर्देशक सिन्हाको निर्देशनमा सिधै अस्पतालको आइसियू वार्डमा भर्ना गरी हाल पेइङ वार्डमा सारिएको छ ।

त्यसो त अस्पतालमा विरामीकुरुवा एकजना भन्दा बढी बस्न नपाइने अर्को प्रावधान छ । तर महतोसँग करिव २ दर्जन केन्द्रिय सदस्यसहित कार्यकर्ता अस्पतालको बेडमै बसेर मधेस आन्दोलनको डिजाइन गरिरहेका छन् ।

प्रतिष्ठानका उपकुलपति दास अस्पतालका निर्देशक सिन्हा राति आएर बैठक बस्ने र मधेस आन्दोलनको डिजाइन गर्ने गरेको प्रतिष्ठानकै चिकित्सकहरुले बताएका छन् । दास र सिन्हा महतो स्वास्थ्य मन्त्री छँदा राजनैतिक नियुक्ति पाएर प्रतिष्ठानको उपकुलपति र निर्देशक बनेका थिए ।

महतोको उपचारको नेतृत्व गरिरहेका हाडजोर्नी विशेषज्ञ डाक्टर पशुपति चौधरीले महतोको थप उपचार गर्नु आवश्यक रहेको बताएका छन् । चौधरीका अनुसार प्रेसर र सुगर नियन्त्रणमा ल्याउन फिजिसिजनको सल्लाह वमोजिम महतोले औषधि सेवन गरिरहेका छन् ।

प्रेसर र सुगर नियन्त्रणमा नआएसम्म अस्पतालमा राख्नुपर्ने उनको भनाइ छ । यद्यपी स्वास्थ्यमा भने खतरा नभएको उनले प्रष्ट पारेका छन् । महतोलाई प्रतिष्ठानमै गएर संचारकर्मीहरुले मधेस आन्दोलनका विषयमा बोल्न आग्रह गर्दा उनी कम्बल ओढेर गुटुमुटु हुने गरेका छन् ।

प्रतिष्ठानका उपकुलपतिकै पहलमा नेता महतोलाई धरान ल्याइएको कुरा उपकुलपति बलभद्रप्रसाद दासले अस्वीकार गरे । महतो विराटनगरबाट आफैँ मध्यराति एम्बुलेन्समा प्रतिष्ठान आएकोले भर्ना गरेर थप उपचार गरिएको दासले बताए ।

किन प्रतिष्ठान भर्ना भए महातो ?
राजेन्द्र महतो गोल्डेन अस्पतालबाट डिस्चार्ज लिएर बीपी प्रतिष्ठानमामा उपचार गर्न आउनुमा यहाँका प्रतिष्ठानका पदाधिकारीसँग उनको निकटता प्रमुख कारण बनेको छ ।

प्रतिष्ठानका मुख्य चार पदाधिकारीमध्ये उपकुलपति डाक्टर बलभद्रप्रसाद दास, अस्पतालका निर्देशक डाक्टर अरविन्दकुमार सिन्हा र शिक्षाध्यक्ष डाक्टर पिक्रम श्रेष्ठ महतो स्वास्थ्यमन्त्री हुँदा उनले नै नियुक्त गरेका थिए ।

प्रतिष्ठानको सहकुलपतिसमेत हुने स्वास्थ्यमन्त्रीको सिफारिसमा उपकुलपति नियुक्त गरिन्छ भने उपकुलपतिको सिफारिसमा स्वास्थ्यमन्त्रीले अस्पतालका निर्देशक र शिक्षाध्यक्ष नियुक्त गर्ने प्रावधान छ ।

हाल प्रतिष्ठानमा कार्यरत रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई मात्रै तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले नियुक्त गरेका थिए । उपकुलपति दास र अस्पताल निर्देशक सिन्हा महतोनिकट मानिन्छन् ।

प्रतिष्ठानका केही पदाधिकारी मधेस आन्दोलनको पक्षमा रहेको आरोप पनि लाग्दै आएको छ । नयाँ संविधान जारी भएको रात प्रतिष्ठान परिसरमै चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले संविधान जलाएका थिए ।

उक्त घटनाप्रति प्रतिष्ठानको नेतृत्व गरेका उपकुलपति दास मौन रहेकाले उनकै नेतृत्वमा संविधान जलाउन लगाइएको आरोप दासमाथि लाग्ने गरेको छ । तर, उक्त आरोपको दासले खण्डन गरेका छन् ।

मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारको लागि बीपी प्रतिष्ठान ल्याइएको थियो ।

त्यति बेला प्रतिष्ठानले उपचाररत घाइतेहरुको निःशुल्क उपचार भइरहेको भन्दै विज्ञप्ती निकालेपछि सामाजिक सञ्जालमा निक्कै आलोचित बनेको थियो ।

मधेस आन्दोलनका घाइतेहरुलाई सरकारले नै निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको थियो । यसअघिका विभिन्न आन्दोलनका घाइतेहरुको प्रतिष्ठानमा उपचार गरिए पनि विज्ञप्ती नै निकालेर निःशुल्क उपचारको व्यवस्था गरेको घोषणा भने प्रतिष्ठानले गर्ने गरेको थिएन ।
annapurnapost
जनकपुरधाम – कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका धनुषा जिल्ला अध्यक्षसहित झण्डै १ सय जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
राप्रपा धनुषा जिल्ला अध्यक्ष तथा मधेश हकहित मोर्चाका संयोजक रितेश सिंहसहितका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।
पार्टी परित्यागपछि उनीहरु राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

मधेश आन्दोलनकै क्रममा राप्रपा नेपाल परित्याग गरेकाहरुलाई रामसपाका राष्ट्रिय अध्यक्ष शरत्सिंह भण्डारीले एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका थिए ।

ratopati
क्वालालम्पुर । ट्रेनको  ठक्करबाट मलेसियामा एक नेपालीको ज्यान गएको छ ।
राजधानी क्वालालामपुरबाट सेतीयाजय भन्ने ठाउंमा जांदै गरेको ट्रेनले सुंगाई वेमा ठक्कर दिएको हो । ज्यान गुमाउने नेपाली भएको पहिचान भएपनि नाम ठेगाना भने खुल्न सकेको छैन ।
दुर्घटनामा पर्ने नेपाली केलांग जानका लागी छोटो बाटो खोज्दा अचानक बिपरित दिशाबाट आएको ट्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ । मृतक सुरक्षागार्डमा कार्यरत भएको पेतालिंग जयाका एसपी मोहम्मद जानीलाई उध्रित गर्दै यहांको स्टारअललाईनले खबर छापेको छ ।
मृतकको साथबाट केही कागजात फेला पारेपनि अन्य बिबरण खुलाईएको छैन । शव पोष्टमार्टमका लागी युनिर्भसिटी मलाया मेडिकल सेन्टरमा राखिएको छ ।
dainiknepal
काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पहिलो विदेश भ्रमण चीनबाट नथाल्न भारतीय राजदुत रंजित रायले दवाव दिएका छन् । पहिलो भारत भ्रमणमा जाने परम्परालाई तोड्दै प्रधानमन्त्री ओलीले चीनवाट भ्रमण थाल्ने तयारी गरेका थिए ।
प्रधानमन्त्री ओलीले चीनबाट पहिलो विदेश भ्रमण थाल्ने जानकारी पाए लगतै राजदुत राय बालुवाटार पुगेका थिए । बालुवाटारमा रायले भारत प्रधानमन्त्री ओलीलाई स्वागत गर्न तयार भएको जानकारी समेत गराएका छन् । ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनबाट बधाई दिँदै भारत भ्रमणको निम्तो दिएको स्मरण समेत रायले गराएका थिए ।
तर प्रधानमन्त्री ओली भने अघोषित नाकाबन्दी नखुलेसम्म भारत भ्रमणमा जान नसक्ने बताउँदै आएका छन् । नाकाबन्दीकै बेला भारत भ्रमण गर्दा आफ्नो नैतिकता र साख दुबै खस्ने उनको दावी छ ।
चीनले ९ चैतदेखि प्रधानमन्त्री ओलीको भ्रमण तयारी सुरु गरिसकेको छ । ओली भ्रमणको तयारी पनि परराष्टमन्त्री कमल थापाले मिलाई सकेका छन् । ओलीले आफ्नो पहिलो भ्रमण भारतबाट गर्ने निश्चित भएपछि राजदुत राय सक्रिय भएका हुन् । उनले एमाले नेता माधव नेपाल, झलनाथ खनाल र एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटेर पहिलो भ्रमण भारतबाट बनाउन आग्रह पनि गरेको स्रोतले बताएको छ ।yeskathmandu.
नयाँदिल्ली । भारतीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिअन्तर्गत नेपाल परामर्श बैठकको फलो अप मिटिङ मंगलबार भएको छ ।
भारतीय लोकसभामा रहेका नेपाल समर्थक शुभेच्छुक दलीय नेताहरुको दबाबमा नेपालमा देखिएको ढुवानी तथा पारवहन समस्याका बारेमा थालिएको बहसमा कंग्रेस राष्ट्रवादीका नेता डिपी त्रिपाठीले संयोजकको भूमिका निर्वाह गरेका थिए । जवाफ दिन मोदी सरकारलाई आपत परेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।
dainiknepal
१६ पुस, कलैया ।

घरेलु हतियार सहित प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरूले कलैया ६ स्थित रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा तिन वटा पेट्रोल बम प्रहार गर्दै बिशेश्वरप्रसाद कोईरालाको शालिकमा तोडफोड गरेका छन ।

पार्टी कार्यालयमा रहेको झयालको सिसाहरूमा समेत तोडफोड गरेका हुन् ।


कांग्रेसको बारा कार्यालयमा तोडफोड गर्न आएका भिडलाई तितरबितर पार्न पाच राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।त्यसैगरी कलैया ५ स्थित रहेको नेकपा एमाले बाराको कार्यालयमा तोडफोड गर्न पुगेका भिडलाई तितरबितर पार्न तिन राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।

एमाले पार्टी कार्यालयको सुरक्षामा पहिला देखि नै खटिएका सशस्त्र प्रहरीलाई प्रदर्शनकारीहरूले घेरेपछि जिल्लाबाट गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अश्रुग्यास प्रहार गरेपछि भिड तितरबितर हुन पुगेको थियो ।

स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्र तोडदै ५० हजार भन्दा बढीको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरुले सरकारको विरोधमा चर्को नाराबाजी गर्दै अगाडी बढेका थिए । र्‍याली आउनु भन्दा अगाडी वृहत रुपमा प्रहरी परिचालन गरिएको भएतापनि प्रहरीले आन्दोलनकारीको जमात हेरेर आफनो कार्यालय भित्रबाटै रमिता हेरेर बसेका थिए ।nepaliheadlines
वीरगन्ज । वीरगन्ज-रक्सौल नाका ठप्प पार्न मितेरी पुलमा धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई मंगलबार राति स्थानीय व्यापारीले लखेटेका छन् ।
गत ७ असोजदेखि नेपाल–भारतको दसगजा क्षेत्रमा नाका जाम गरी बसेका आन्दोलनकारीका कारण सामान ल्याउन नपाएका वीरगन्ज रक्सौलका व्यापारीले आन्दोलनकारीलाई नाकाबाट लखेटी ठेला र टाँगामा सामान भित्र्याएका हुन् ।
सानो संख्यामा धर्नामा बसेका आन्दोलनकारीले व्यापारीलाई प्रतिकार गर्न खोजे पनि नसकेपछि पिटाइ खाँदै भागेको एक आन्दोलनकारीले बताए । व्यापारीहरूले आन्दोलनकारीहरूले लगाएको बाँसको ढाटलाई हटाएर १७ ओटा ठेला र टाँगामा सामान नेपाल भित्र्याएको प्रत्यक्षदर्शीले बताए । उनीहरुका अनुसार केहीबेर नाका बाट बाक्लै आवत जावत भएको थियो ।
धर्नामा बसेकाहरूलाई भने केही दिनदेखि दैनिक रूपमा तस्कर समूहले दुःख दिने गरेको संघीय समावेशी मधेसी गठबन्धनका नेता शिव पटेलले बताए । राजधानी दैनिकमा समाचार छ ।
dainiknepal
काठमाडौं । मधेस केन्द्रित दल र तिनको आन्दोलनको मागअनुसार संविधानस संशोधन प्रक्रिया अघि बढेकामा स्वागत गर्दै भारत सरकारले ढुवानी अवरोधलगायत द्विदेशीय समस्या सक्दो चाँडो समाधान होस् भन्नेमा दुवैतर्फ काम भइरहेको जनाएको छ ।
भारतका लाथि नेपाली राजदूत दीपकुमार उपाध्यायसहितको कूटनीतिक कार्यदलसँग भारतीय विदेश सचिव एस.जयशंकरले विदेश मन्त्रालयमा भेटवार्ता गर्दै ‘मधेस आन्दोलनका कारण सिमावर्ती नकामा उब्जिएको बाधा/अवरोधले ढुवानीमा उब्जिएको कठिनाइ सम्बोधन गर्न नेपाल/भारत दुवैतर्फ प्रयत्न जारी रहेको बताएका हुन् ।
मधेसी दल र आन्दोलनको मर्मअनुसार परिमार्जनसहित संविधान संशोधन आउन लागेको अवस्था स्वागतयोग्य छ’, विदेश सचिव जयशंकरले भेटवार्तामा राखेको धारणा उद्धृत गर्दै एक अधिकारीले भने, ‘भारत सरकार यो समस्या सक्दो चाँडो हल होस् भन्ने दिशामा काम गरिरहेको छ ।’
साउथ ब्लकको विदेश सचिव कक्षमा ४५ मिनेटसम्म चलेको वार्तामा सहसचिवसहितका भारतीय पदाधिकारीले संविधान संशोधन प्रक्रिया र संसदमा अब लाग्ने समयावधिबारे जिज्ञाशा राखेका थिए ।
जवाफमा नेपाली कूटनीतिक टोलीका पदाधिकारीले ‘सभामुखले संशोधन प्रक्रिया अघि बढेको समय तोकेपछि बढीमा तीन दिनमा संशोधन प्रक्रिया पूरा हुने बताएका थिए ।
राजदूत उपाध्यायले बितेको चार महिनामा नेपाल–भारतबीच देखिएको असहज परिस्थिति र ढुवानी कठिनाइले उत्पन्न नकारात्मक माहोल सुधार गर्न तत्काल तीव्र आपूर्ति (पुस सप्लाई) को रणनीति लिन विदेश सचिवलाई सुझाएका थिए ।
विदेश सचिवले नेपालको आर्थिक र राजनीतिक स्थायित्वका लागि भारतले हरतरहको सहयोग/साथ दिने उल्लेख गर्दै मधेसी मोर्चासहितका दलले समस्या समाधानको दिशामा थप सकारात्म्क भएर काम गर्नु उचित हुने धारणा राखेका थिए ।
‘म भने केही दिनमा देखापर्ने सकारात्मक परिणाम पर्खेर बसेको छु’, राजदूत उपाध्यायले भने, ‘माहोल धेरै सकारात्म्क बन्दै गएको छ ।’ कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal
काठमाडौं । राजतन्त्र अन्त्यका लागि १० वर्ष सशस्त्र संघर्ष गरेका नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीको एउटा समूहले बर्तमान राजनीतिक संकटको निकासको एउटा बिकल्प राजतन्त्र पुनस्र्थापना हुन सक्ने बिश्लेषण गरेको छ ।
सो पार्टीका पोलिटव्यूरो सदस्य भरत बमले बर्तमान संकट बहुदलीय संसदीय व्यवस्था असफलताको परिणाम ठहर गर्दै समाधानका लागि चार वटा बिकल्प अगाडि सार्ने क्रममा त्यस्तो बिश्लेषण गरेका हुन्। कालिकोटमा जन्मिएका बम सो पार्टीको भेरी कर्णालीका इन्चार्ज हुन्।
‘बर्तमान संकट बहुदलीय संसदीय व्यवस्था असफलताको परिणम हो । समाधानका उपाय निम्न हुन सक्छन्। एक, सैनिक कु शासन र त्यसपछि राजतन्त्रको पुनस्र्थापना अनि सामन्ती अधिनायकवाद, दुई बिप्लव माओवादीको बिद्रोह र जनवादी अधिनायकवाद,तीन माओवादी र सेना मिलेर राष्ट्रिय बिद्रोह अनि राष्ट्रवादी अधिनायकवाद, चार बर्तमान दलाल सत्ता शासकको निरन्तरता, बिदेशी सेनाको उपस्थिति र उपनिवेसवाद । हाम्रो पहिलो रोजाई दुई नम्बर बुँदा हो र दोस्रो रोजाई तीन नम्बर बुँदा हो ’बमले आफनो फेसबुक स्टाटसमा लेखेका छन्।
पार्टीका प्रवक्ता खडगबहादुर बिश्वकर्माले बमबाट अगाडि सारेका बिश्लेषण उनको पार्टीको औपचारिक लाइन होइन । ‘त्यो हाम्रो पार्टीको आधिकारिक धारणा होइन,हावादारी कुरा हो । उहाँको व्यक्तिगत बिश्लेषण हुन सक्छ’ बिश्वकर्माले अन्नपूर्णसँग भने ‘बिस्तारवादीहरुको षडयन्त्रमा राजतन्त्र ल्याउने षडयन्त्र हुँदैछ । नसकेर मात्रै चुप लागेर बसेका हुन ।’
बिश्वकर्माले आफूहरु ‘मास मुभमेन्ट’को तयारीमा रहेको बताए । तपाईहरुले अव गर्ने संघर्षको स्वरुप सशस्त्र हो कि निशस्त्र हो भन्ने प्रश्नको जवाफमा बिश्वकर्माले भने ‘आवश्यकता अनुसार सबै खालको हुन्छ ।’
पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीबाट मोहन बैद्यको नेतृत्वमा पार्टी बिभाजन भएको थियो । बैद्य नेतृत्वको माओवादीबाट चन्दले एक बर्ष अघि पार्टी बिभाजन गराएका थिए । चन्द नेतृत्वको माओवादी भित्र पनि विवाद देखिन थालेको छ ।
बमको बिश्लेषणलाई सो पार्टी भित्रै विवाद उत्पन्न भएको छ । गाउँ र शहरमा एकै पटक संघर्ष गर्ने एकीकृत क्रान्तिको सिद्धान्तलाई अवम्बन गरेका चन्द भने भूमिगत छन । सो पार्टीले मुख्य नेतृत्व भूमिगत रहने र केहि नेताहरु खुला रहने नीति लिएको छ । सो पार्टीले समानान्तर सत्ता सञ्चालन गर्न सन्तोष बुढामगरको नेतृत्वमा जनसरकार समेत घोषणा गरिसकेको छ । अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainiknepal
काठमाडौं, १६ पुष । एक–अर्कासाग सम्बन्ध भइसकेपछि त्यसलाई टिकाउन झन् धेरै समस्या हुन्छ भन्नेहरू धेरै छन् । एकजनाको प्रयासले मात्र सम्बन्ध लामो समय टिक्ने होइन, यसका लागि दुवैले उत्तिकै ध्यान दिन जरुरी छ । त्यसका लागि के गर्ने त ? यी कुरा अपनाउँदा सम्बन्ध झन् राम्रो हुन सक्छ :

अनावश्यक शंका गर्नुहुँदैन, जसले विवाद उत्पन्न हुन्छ र सम्बन्ध नै धरापमा पर्छ ।
एक–अर्काको गल्ती देखिनेबित्तिकै खुलस्त भन्नुपर्छ । कमजोरी सुधार्न उत्प्रेरित गर्नुपर्छ । सामान्य गल्तीमा सजाय दिनु र एउटै गल्तीलाई पटक–पटक उल्लेख गरेर होच्याउने काम गर्नुहुँदैन । किनभने, गल्ती मानवीय स्वभाव हो । गल्तीमा माफी माग्ने र दिने बानीको विकास गर्नुपर्छ ।
जन्मदिन, विशेष अवसर, चाडपर्वजस्ता अवसरमा उपहार तथा शुभकामना दिन बिर्सनुहुँदैन ।
एक–अर्काको दु:खमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।
पलपल भेट्ने बानी राम्रो होइन । चिनी पनि धेरै खाए तीतो हुन्छ भनेजस्तै सम्बन्ध सुमधुर बनाउन विशेष समयमा मात्र भेट्नुपर्छ ।
अचेल डेटिङ संस्कार फस्टाएको छ । डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ । नत्र नकारात्मक भावनाको विकास हुन सक्छ ।
बोलीचालीका हरेक शब्दमा माया झल्कने शब्द प्रयोग गर्नुपर्छ । भेट हुँदा र छुट्टिँदा विशेष ध्यान दिनुपर्छ । एक–अर्काको जीवनशैली र व्यक्तित्व बुझ्ने प्रयत्न गर्नुपर्छ । नयाँ पत्रिकाले छापेको छ ।

बिहीबार, १६ पुष
काठमाडौ । नियुक्त भएको एक साता बित्दा पनि एमलेका तर्फबाट नियुक्त भएका ६ राज्यमन्त्रीले शपथ लिन पाएका छैनन्।
प्रधानमन्त्री कार्यालयले मन्त्रालयको आन्तरिक व्यवस्थापन र प्रधानमन्त्रीको समय अभावका कारण शपथ ग्रहणमा ढिलाइ भएको बताएको छ। तर एमालेभित्र राज्यमन्त्री नियुक्तिका विषयमा नेताबीच कुरा नमिल्दा शपथ ग्रहणमा ढिलाइ भएको टिप्पणी हुने गरेको छ।
प्रधानमन्त्री केपी ओलीले दुई मन्त्रालय फुटाएर गत साता आफूलाई समर्थन गर्ने दलका तर्फबाट दुईमन्त्री नियुक्ति गरेका थिए। नियुक्ति गरेलगतै उनीहरूलाई शपथ ग्रहण गराइए पनि एमालेका तर्फबाट नियुक्त भएका ६ मन्त्रीलाई भने भोलिभोलि भन्दै शपथ ग्रहण गराइएको छैन।
नेपालको संविधान २०७२ अनुसार राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था छ । प्रधानमन्त्रीले सीधै शपथ गराउने विषयमा एक साता लम्बिनुलाई पार्टी्भित्र विवाद भएको धेरैको अनुमान छ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने मन्त्रीहरूका लागि कार्यालय बनाउन समय लागेकाले शपथमा ढिलाइ भएको बताए। वैशाख १२ को भूकम्पका कारण सिंहदरबारका विभिन्न मन्त्रालयमा क्षति भएकाले तिनलाई व्यवस्थापन गर्न समय लागेकाले यसमा ढिलाइ भएको उनले बताए। आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
२०७१ साल माघ ५ गते संविधानका विवादित विषयको प्रश्नावली तयार गर्न समिति गठन गर्न मध्यरातमा संविधानसभा बैठक बस्यो । दिनभरजसो छलफलपछि बसेको बैठक सुरु नहुँदै रोकियो । त्यसको कारण थियो– तत्कालीन विपक्षी मोर्चा एमाओवादीलगायत दलको विरोध ।
त्यही बैठकमा एमाओवादी सभासद् उमेश यादवले संविधानसभाकै कुर्सी उठाएर बजारे । त्यसको सामाजिक सञ्जालमा व्यापक विरोध भयो । अहिले तिनै यादव सिचाइमन्त्री छन् । त्यसरी कुर्सी उठाएर फालेकोमा यादवलाई भने कुनै पछुतो लाग्दैन । उनी त्यतिबेला गरेको ते काम परिस्थितिअनुसार ठीक भएको दाबी गर्छन् । ‘त्यसवेलाको परिस्थितिमा त्यो ठीक कदम थियो । त्यो वास्तवमा विभेद र उत्पीडनविरुद्धको आक्रोश थियो,’ उनी भन्छन् ।

हाल सिँचाइ मन्त्री रहेका यादव घटना नभएको भए नयाँ संविधानको आधार बनेको १६ बुँदे सहमति नहुने बताउँछन् ।

यादव उत्तः घटनापछि जीवनमै सबैभन्दा बढी बधाइ पाएको बताउँछन् । ‘त्यो घटनाप्रति मलाई आज पनि गर्व लाग्छ । त्यो घटनापछि चुनाव जित्दाभन्दा बढी बधाई पाएँ । अहिले मन्त्री बनेपछि जति बधाई पाएँ त्योभन्दा कम थिएन त्यसवेलाको बधाई । यसरी बधाई दिनेमा मेरो जिल्लादेखि देशबाहिरसम्मका नेपाली दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्थ्यो । विदेशबाट चाहिँ विभिन्न देशमा छरिएर रहेका पूर्वजनमुक्ति सेनाका सदस्य साथीहरू हुनुहुन्थ्यो,’ सिंचाइमन्त्री यादवले भने । आजको नयाँ पत्रिका देनिकमा एक सामग्री छापिएको छ ।

ratopati
बेलायत– बेलायती एक जोडीलाई लन्डनमा सामान्य नागरिकलाई लक्षित गरी विस्फोट गराउने योजना बनाएको भन्दै लामो जेल सजाय सुनाइएको छ ।

लन्डनको एक अदालतको मङ्गलबारको फैसलाले लन्डन आक्रमण योजना बनाएको भन्दै २५ वर्षीय मोहम्मद रहेमान र उनकी श्रीमती साना अहमद खानलाई क्रमशः २७ वर्ष र २५ वर्षको आजीवन जेल सजाय तोकिएको हो ।

उनीहरुमाथि सन् २००५ को जुलाई ७ मा एउटा व्यापारिक महल र एक रेललाई लक्षित गरी विस्फोट गराएको भन्दै यसको १० वर्षपछि जेल सजाय सुनाइएको छ ।

उक्त घटनामा एउटा आत्मघाती हमलाकारीलाई प्रयोग गरी ५२ जनाको ज्यान जाने गरी विस्फोट गराइएको थियो ।

ratopati
काठमाडौं, पुस १६ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहीबार(आज) बिहान भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान ७ बजेर ४१ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गतेको भूकम्पपछि ४ म्याग्निच्युटमाथिका ४ सय २१ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।
imagekhabar
बिहीबार, १६ पुष
पाँचथर। तेह्रथुमको लालीगुराँस नगरपालिका–३ मुसाङ्लेका ७३ वर्षीय काजीमान लिम्बूले आफ्नै घरमा आगो लगाएका छन् ।
श्रीमती ६२ वर्षीया सोममायासँग भएको सामान्य घरायसी विवादलाई लिएर काजीमानले आफ्नै दुई वटा घर र ग्वालीमा आगो लगाउँदा अन्दाजी रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रमुख मोहन खतिवडाले बताए ।
केही समययता नियमित रुपमा घरायसी झगडा हुने गरेको र आज बिहान पनि सदाझैँ सामान्य विवादपछि घर बाहिर निस्किएका उनले सलाई कोरेर घर र ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ ।
आगलागीबाट लिम्बूको दुईवटा घरमा रहेको लत्ताकपडा, काठ सामान र अन्नपातसमेत जलेर नष्ट भएको छ ।
घटनापछि काजीमानलाई इलाका प्रहरी कार्यालय वसन्तपुरले पक्राउ गरी अनुसन्धान थालेको छ ।
nepalsandesh
काठमाडौं, पुस १५ । भारतीय राजदूत रणजित रायले सीमा क्षेत्रमा आन्दोलनरत् मधेस केन्द्रित दलहरुसँग नेपाल सरकारले छिटोभन्दा छिटो सहमति गरेर निकास दिनुपर्नेमा जोड दिएका छन् ।

रिपोटर्स् क्लबले बुधबार भारतीय राजदूतावासमा राजदूत रायलाई भेटेर ज्ञापनपत्र बुझाउनेक्रममा उनले मधेसी दलहरुको आन्दोलनलाई राजनीतिक तहबाटै समाधान गर्नुपर्ने बताए ।


मधेसी दलहरुको आन्दोलनले उत्पन्न गरेको संकटले नेपालमा भारतविरोधी भावना तीव्र हुँदै गएको भन्दै राजदूत रायले यस्तो अवस्था दुबै देशको हितमा नहुने बताए ।

सीमा क्षेत्रमा भइरहेको इन्धन तस्करीले दुबै देशमा ठूलो समस्या ल्याउन सक्नेप्रति उनले चिन्ता व्यक्त गरे ।

रिपोटर्स् क्लबले सीमामा देखिएको अवरोध हटाइ दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन पहल गर्न माग गर्दै राजदूत रायलाई ज्ञापनपत्र बुझाएको हो ।
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, पुस १६ । चीन सरकारको उच्च तहबाट निमन्त्रणा प्राप्त भई तत्काल त्यसतर्फ जाने मिति निर्धारण गर्ने तयारी भइरहेका बेला भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिला दिल्ली नै बोलाउने तयारी गरेको संकेत प्राप्त भएको छ ।
भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री ओलीलाई मंगलबार भेटी भारत उनलाई स्वागत गर्न इच्छुक रहेको संकेत दिएका हुन् । प्रधानमन्त्री निर्वाचित भएपछि उनका भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरी अनुकुल समयमा भारत भ्रमण गर्ने निम्तो दिए पनि त्यसपछि त्यो विषयलाई भारत सरकारले बुझिने गरी थाँती राखेको थियो ।
राजदूत रेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको आग्रह त्यसबेलामात्र गरे जुनबेला उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको हालैको चीन भ्रमणमा यथासम्भव छिटो प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका लागि आमन्त्रण गर्‍यो ।
ओलीलाई तत्काल चीन भ्रमण गर्नुपर्ने वाध्यात्मक परिस्थिति किन पनि छ भने चीनले सन् २०१६ को प्रारम्भमै आफ्नो उच्च तहको भ्रमण नेपालमा हुने जानकारी पनि परराष्ट्रमन्त्री थापामार्फत सार्वजानिक गरेको छ ।
यही सेरोफेरोमा सोधिएको एक प्रश्नमा भारतीय राजदूत रेले भने,ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाईसँगै भारत भ्रमणको निम्तो दिएका हुन् ।
ओलीलाई भारतमा स्वागत छ । रिपोर्ट्र्स क्लबले राजधानीमा बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने, प्रधानमन्त्रीको भ्रमणका लागि अन्य कुरा पनि हुनुपर्छ । त्यो भएको छैन । आवश्यक गृहकार्य हुनुपर्छ, हुन सकेको छैन ।
राजदूतले रेले नेपाल सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन् । उनले भने, मन्त्रिपरिषद्को पुस ५ गते बसेको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै गरेको तीनबुँदे निर्णयलाई भारत सरकारले स्वागत गरिसकेको छ ।
उनले भने, मधेसको समस्या राजनीतिक समस्या हो । सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौं । यो सार्थक र परिणाममुखी होस् भन्ने हाम्रो अपेक्षा छ ।
राजदूत रेले समाधानको फ्रेम वर्क बनिसकेकाले गम्भीर संवाद भए समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे । मधेस आन्दोलनको माग धेरै ठूलो नभएकाले समाधान पनि गाह्रो नभएको तर्क उनले गरे ।
उनले नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्नुपर्ने बताएका थिए । उनले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दाबी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफ्नो विकासक्रममा पनि असर पर्ने बताए ।
उनले भने, हाम्रो एउटै स्वार्थ छ स्थायित्व र विकास । भारत दोहोरो अकंको आर्थिक वृद्धिका साथ अघि बढ्न चाहन्छ । यसलाई प्राप्त गर्न यो क्षेत्रमै शान्ति र स्थायित्व हुन जरुरी छ । अस्थिरता भए हामी पनि अल्मलिन्छौं । त्यसैले हामी नेपालमा अस्थिरता चाहँदैनौं ।
राजदूत रेले कसैले बिगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतबीच रहेको भन्दै नजिक हुँदा कहिलेकाहीं चिसोपन आउनु स्वाभाविक भएकाले त्यसलाई बातचित गरेर सुधार्ने बताए । म आशावादी छु, यो अस्थायी समस्या हो । अब सम्बन्ध अझै प्रगाढ हुन्छ । त्यसको विकल्प छैन, राजदूत रेले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुईपटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रस्ट भएको बताउँदै भने, हामी नेपाल–भारत सम्बन्धलाई प्राथमिकता दिन्छौं । हामी दुई देशको साझा विकास चाहन्छौं ।
राजदूत रेले भने, एउटा राम्रो प्रोजेक्ट कार्यान्वयन भए राम्रो सन्देश जान्छ । कमसे कम एक प्रोजेक्ट वास्तविकतामा बन्न पर्छ । यसले सम्बन्ध अझै राम्रो बनाउँछ । पञ्चेश्वर लामो समयपछि कार्यान्वयनमा गएको छ । अहिले म यसैमा लागेको छु ।
नेपाल र भारतबीचको अबको सम्बन्ध विकासको सम्बन्ध हुनुपर्ने धारणा राख्दै विकासमा राजनीति मिसाउँदा असर पर्ने रेले बताए । उनले भने,विकासमा राजनीति गरे त्यो कार्यान्वयन हुँदैन ।
राजदूत रेले नेपालमा भारत विरोध भावना बढेको विषयले पीडा भइरहेको भन्दै यो दुवै मुलुकको हितमा नरहेको स्पष्ट पारे । उनले भने, नेपालको विकासमा भारतको सहयोग आवश्यक छ । यहाँ भारतविरोधी भावना बढे नेपालको हित हुँदैन । भारतविरोधी गतिविधि रोक्नुपर्छ । यसलाई हामी गम्भीर रूपमा लिन्छौं ।
उनले भने, नेपालको आन्तरिक समस्या समाधान भए सबै समस्या समाधान हुन्छ । नेपाल र भारतले यसलाई कसरी हेर्छन्, त्यो एकअर्काले देख्नुपर्छ । यो विषयमा ट्र्याक वान र ट्र्याक टुबाट संवाद गर्ने बेला आइसकेको छ ।
नेपालले इन्धनलगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा उनले नेपाल सार्वभौम मुलुक भएकाले भारत, चीन वा अरू कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए । अन्नपूर्ण पोष्ट दैनिकबाट
imagekhabar
काठमाडौं, १६ पुस । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर टेकुले गुण्डागर्दीमा संलग्न नाइकेहरुलाई निगरानीमा राखिरहेका बेला डन मिलन गुरुङ ‘चक्रे’ भने खुलमखुला हिंडिरहेका छन् ।
मंगलबार उनी दरबारमार्ग प्रहरी चौकीसँगै रहेको नाइकको शोरुममा दलबलसहित पुगेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ । चक्रेले त्यहाँ आधा घण्टा विताएर फर्केका थिए ।
झण्डै एक दर्जन गुण्डासहित चक्रे नाइकको शोरुमबाट फर्कदा बटुवाहरु उनलाई हेरिरहेका थिए । चक्रेको आधार क्षेत्र महाराजगञ्ज भए पनि अर्का डन दीपक मनाङ्गेको क्षेत्र मानिने दरबारमार्गमा रवाफ देखाउन उनी त्यहाँ पुगेको स्रोत बताउँछ ।
डन कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरीको इन्काउन्टरमा मारिएपछि राजधानीका डनहरु मात्र होइन टोले गुण्डाहरुको समेत भागाभाग भएको थियो । घैंटे मारिएकै दिन चक्रेले कुरिनटारमा रहेको एक रिसोर्टबाट ‘फिलिङ रिफ्रेस’भन्दै फेसबुकमा तस्वीर अपलोड गरेका थिए ।
गुण्डागर्दीमा नामुद मानिने चक्रे अन्य डनहरुको तुलनामा काठमाडौंमै बसेर आफ्नो राज चलाइरहेका छन् । यतिसम्मकी चक्रेका ड्राइभर समेत उनको रवाफ देखाउँदै हिड्छन् ।
चक्रेका प्रतिस्पर्धी मनाङ्गे भित्रभित्रै असुली धन्दाका साथसाथै कहिले मनाङ त कहिले रसुवा र खासाको बोडर तातोपानीमा बसेर व्यापार व्यवसाय गरिरहेका छन् ।
त्यस्तै गणेश लामा काठमाडौंमै गुमनाम बसिरहेका छन् । काभ्रेली समूहका उमेश लामा, विष्णु लामा, दावा लामा भने यतिखेर मनाङ्गेको छत्रछायाँमा हिंडिरहेका छन् ।
dainiknepal

वि.सं. २०७२ साल पुस १६ गते। बिहीबार। इश्वी सन् २०१५ डिसेम्बर ३१ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– षष्ठी, १९:२३ बजेउप्रान्त सप्तमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुन सक्छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। अप्रिय समाचारले दुःखी बनाउन सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन कम मूल्य प्राप्त हुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
केही अधैर्यपना बढ्न सक्छ। सोचेको लाभ नमिल्न सक्छ। तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्न सक्छन्। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। चुनौती देखिए पनि यात्रा लाभदायक रहनेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। भाग्य बलवान् भएकाले अरूको हातमा गइसकेको धन फिर्ता हुन सक्छ।

काठमाडौं, पुस १६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एल निनो मौसमी चक्रका कारण आगामी वर्षको मौसमी अवस्था १७ वर्षयताकै भयावह हुन सक्ने चेतावनी दिएको छ । यसका कारण विश्वभर भोकमरी, खडेरी, बाढी तथा रोगको प्रकोप बढ्न सक्ने जनाइएको छ ।
एन निनो मौसमी चक्रका कारण विश्वका केही भागमा अति खडेरी पर्ने र केही भागमा भने बाढीपहिरोको जोखिम बढ्ने नासाले चेतावनी दिएको छ । यस्तो परिस्थिति हरेक दुईदेखि सात वर्षको अन्तरालमा आउने गर्दछ ।
एल निनोको सबैभन्दा नराम्रो प्रभाव १७ वर्षअघि सन् १९९८ मा देखिएको थियो । आगामी वर्षको अवस्था सन् १९९८ को भन्दा पनि खराव हुनसक्ने जनाइएको छ ।
सबैभन्दा बढी प्रभाव अफ्रिकी क्षेत्रमा हुने र त्यहाँ आगामी फेब्रअरीमा चरम खाद्य संकट हुने अनुमान गरिएको छ । यही मौसमी चक्रकै कारण सन् २०१५ को विश्वको तापक्रम अहिलेसम्मकै उच्च हुन सहयोग पु¥याएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
भूमध्यरेखामा पर्ने प्रशान्त महासागरसँग सम्बन्धित मौसमी चक्रअन्तर्गत तातो हुने अवधिलाई एल निनो र चिसो हुने अवधिलाई ला निना भनिन्छ ।
 सन् १९९८ को एल निनोका कारण विश्वका धेरै देशमा भीषण बाढी तथा केही देशमा सुख्खा भएको थियो ।
उपग्रहबाट प्राप्त तस्वीरका अनुसार सन् १९९८ को भन्दा पनि खराब आगामी वर्ष हुने देखिएको नासाले जनाएको छ । (एजेन्सी)
imagekhabar
१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

 २. कब्जियत हटाउँछ तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।
 ३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।
 ४. मुख स्वास्थ्यमा सुधार एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।
 ५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।
६. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।
७. तौल घटाउन उपयोगी मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।
 ८. पोषक तत्व र भिटामिनले भरपूर मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।
९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दाङ । प्लाष्टिक झोला (पोलिथिन) प्रयोगमा सरकारी प्रतिवन्ध छ। स्वच्छ वातावरणका लागि पोलिथिन प्रयोग गर्न सरकारले प्रतिवन्ध लगाए पनि यसको प्रयोग भने रोकिएको छैन। स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ।
यसको पुष्ट्याईँ गरेका छन् यहाँका युवा मार्शल रोकाले । भारतीय अघोषित नाकाबन्दीको चरम अभाव भैरहेका बेला घोराहीका उनले प्रयोग भएर फालिएका प्लाष्टिक झोलाबाट गाडी कुदाउने डिजल उत्पादन गरेका छन् । पोलिथिनबाट उत्पादीत डिजलको प्रयोगबाट मंगलवार घोराही बजारमा ट्याक्टर कुदाएर उनले यहाँका सर्वसाधारणलाई चकितै पारे ।

दुईमहिना अघि मात्रै सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका मार्शलले पछिल्लो समय पोलिथिनबाट डिजल उत्पादन गरेर चकित पारेका हुन्। दुईमहिना अघि उनले उत्पादन गरेको पेट्रोलको गुणस्तरीयता बारे अहिले ‘नाष्ट’ मा परिक्षण भैरहेको उनले बताए। ‘प्लाष्टिक झोला डिजलका लागि धेरै प्रभावकारी कच्चा पदार्थ हो,’ उनले भने, ‘प्लाष्टिकको प्रयोगबाट डिजल उत्पादन गरेर इन्धनको अभावलाई धेरै हद सम्म कम गर्न सकिन्छ।’
मार्शलले प्लाष्टिक कच्चा तेलबाटै बन्छ भन्ने थाहा पाएका थिए । प्लाष्टिकको बनोटका आधारमा उनले लख काटे ‘पक्कै प्लाष्टिकबाट इन्धन निस्कन्छ ।’ सोही विश्वासका आधारमा डिजल उत्पादनका लागि उनले प्रकृया थाले । ‘पुराना प्रयोग भएर फालिएका प्लाष्टिक खेरेर डिजल उत्पादनको प्रकृयामा लागेको हुँ,’ उनले भने। सुरुमा उनले फोहर प्लाष्टिकलाई सफा पारेर साना टुक्रा पारेर काटेको बताए । त्यसपछि उनले उक्त साना टुक्रा प्लाष्टिकको वाष्पिकरण गरेर इन्धन उत्पादन गरेको बताए। ‘सानो टुक्रा पारेर प्लाष्टिक काटेर त्यसलाई वाष्पिकरण गरेर इन्धन बनाएको हुँ,’ उनले भने, ‘त्यसमा सामान्य दुई थरीका केमिकल मिसाइनुपर्छ।’ उनले मिसाइएको केमिकलका बारेमा बताउन चाहेनन् तर कुहिएका काठबाट बनेको केमिकल प्रयोग गरेको बताए।
परिक्षणका लागि ८ लिटर डिजल उत्पादन गरेका मार्शलले १० दिनसम्म उक्त डिजलको परिक्षण गरेका थिए। गाडीको इन्जिनमा कुनै समस्या नदेखिएको र गाडी राम्ररी कुदेपछि उनले आफ्नो उत्पादन बारे मंगलवार घोराहीमा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरे। ‘१० दिनसम्म यो इन्धनको प्रयोग गरेर हेरियो,’ उनले भने, ‘डिजल सरह नै गाडीहरु राम्रैसँग कुदे, इन्जनमा पनि कुनै खराबी देखिएन।’
परिक्षणका लागि भन्दै अहिले ८ लिटर इन्धन उत्पादन गरेका मार्शलले आँफूलाई उत्पादनको अनुमती दिइए जिल्लामा भैरहेको इन्धन अभावलाई धेरै कम गर्न सकिने बताउँछन् । एक किलो दुईसय ग्राम प्लाष्टिकबाट उनले एक लिटर इन्धन उत्पादन गरेको बताए। डिजल उत्पादनमा लागेको खर्चका आधारमा उनले प्लाष्टिकबाट उत्पादित डिजल ६० रुपैयाँ प्रतिलिटरमा बिक्री गर्न सकिने बताए।
मंगलवार गरिएको डिजल परिक्षण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले मार्शलको प्रयास देखेर अचम्मित बने । उनले भने, ‘प्लाष्टिकबाटै पनि डिजल निस्केको देखेँ,यस्तो नयाँ आविष्कार देखेर मलाई अचम्म लाग्यो,’काफ्लेले भने, ‘मार्शल जीको यो प्रयासको सदुपयोगका लागि म मेरो तर्फबाट सक्दो प्रयास गर्ने छु ।’
नयाँ नयाँ खोज अनुसन्धानमा लागेका मार्शलको यो ३८ औँ आविष्कार हो । जिल्लामा युवा वैज्ञानिक भनेर कहलिएका उनले यसअघि पनि विभिन्न ३७ वटा बिज्ञानका नयाँ आविष्कार गरिसकेका छन् ।
यसअघि सल्लाको खोटोबाट पेट्रोल उत्पादन गरेका उनले हप्तामा तीस हजार लिटर सम्म पेट्रोल उत्पादन गर्ने दाबी गर्छन् ।
२२ वर्षीय उनले ५ कक्षामा पढ्दै गर्दा पहिलोपट रेडियोका पुराना पाटपुर्जा जोडेर रेडियो बनाएका थिए । उक्त प्रयास पछि प्रचारबाजी भएका मार्सलले अहिलेसम्म ३७ नयाँ उपकरणको आविस्कार गरिसकेका छन्। उनले केही समयअघि मात्रै दृष्टिविहीनहरुका लागि हिँड्न सजिलो हुनेगरि एक यन्त्रको आविष्कार गरेका थिए । टिभीको रिमोट अकारको उक्त यन्त्रले पैदल हिँड्न लाग्दा अगाडि आउने अवरोधको पूर्व सुचना प्रदान गर्छ। ‘अगाडि केहि अवरोध जस्तो चीज आउँदा वित्तिकै त्यो रिमोटमा भ्राइव्रेशन आउँछ,’ उनले भने, ‘यसले दृष्टिविहीनको हिडाईमा धेरै सहज हुन्छ।’ यसैगरी केही समय अघि मार्सलले हेलिकप्टर निर्माण गरेर आकाशमा उडाएरै चकित पारेका थिए ।
एकपछि अर्को गर्दै नयाँ नयाँ बैज्ञानिक आविष्कार गरेर जिल्ला तहमा चर्चा पाएका मार्शल राष्ट्रिय स्तरको विज्ञान प्रविधिमा प्रथम पनि भैसकेका छन्। हिमालयन साइन्स फियर नामक संस्थाले २०६७ मा गरेको प्रतियोगीतामा उनि पहिलो भएको बताए । तर उनले हाल सम्म नयाँ नयाँ आविष्कारको औपचारिक निर्माण गर्न भने अनुमति पाएका छैनन्। उनले प्लाष्टिक झोलाको सदुपयोगका लागि घोराही नगरपालिकासँग छलफलसमेत गरेका छन्। खेर जाने प्लाष्टिकको छुट्टै डम्पिङ साइट बनाएर इन्धन उत्पादनका लागि सदुपयोग गर्न सकिने सुझाव नगरपालिकालाई दिएका छन्।
सरकारले चासो राख्यो
तर पछिल्लो पटक भने पेट्रोल उत्पादन गरेर चर्चा पाएका मार्शल सरकारको नजरमा परेका छन्। इन्धन उत्पादन गर्ने उनको ज्ञानको मुल्यांकन गर्दै उद्योग मन्त्रालयले मार्शललाई सहयोग गर्न भन्दै खानी विभागलाई पत्राचार गरेको छ । उद्योग मन्त्रालयले ग्यासको खोज अनुसन्धानका लागि मार्शललाई पनि सहभागी गराउन भन्दै खानी विभागलाई पत्र पठाएको हो । ‘दाङका मार्शल रोकालाई उनको निवेदनका आधारमा नयाँ नयाँ खोज अनुसन्धानमा सहभागी गराईयो्,’उद्योग मन्त्रालयले खानी विभागका नाममा काटेको पत्रमा उल्लेख छ।
सोही पत्रकार आधारमा मार्शललाई खानी विभागले ग्यासको खोज अनुसन्धानका लागि सहभागी हुनका लागि बोलाई सकेको मार्शलले बताए । ‘दैलेख, लगाएतका स्थानमा ग्यासको सम्भावना रहेको आँकलन भए अनुसार मलाई पनि खोज अनुसन्धानका लागि भनेर बोलाईएको छ,’उनले भने ‘मैले यो अवसरलाइ सदुपयोग गर्ने छु ।’ नागरिक दैनिकमा समाचार छ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सिरहा–संघिय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र महतोले लाठीले मधेशको आन्दोलन सम्बोधन नभए बन्दुकले सम्बोधन गराउने चेतावनी दिएका छन् ।

सिरहामा लाठी जुलुस प्रदर्शन गर्दै मोर्चाक कार्यकर्ता
सिरहामा लाठी जुलुस प्रदर्शन गर्दै मोर्चाक कार्यकर्ता/ तस्बिर : रामभरोसी

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार सिरहा सदरमुकाममा बुधबार लाठि जुलुस प्रदर्शनपछि आयोजित सभालाई सम्बोधान गर्दै उनले सो चेतावनी दिएका हुन् ।
महतोले शान्तिपुर्ण आन्दोलन र लाठि जुलुस लगायतका विभिन्न बिरोधका कार्यक्रमबाट मधेशको माग सम्बोधन नभए मधेशी जनता बन्दुक लिएर अधिकार लिन तयार भएको बताए ।
मधेशको माग दिलाउनका लागि एक सय मात्र नभएर हजारौं मधेशी अधिकारका लागि मर्न तयार भएको भन्दै उनले अब अधिकार लिएरै छाड्ने उद्घोष गरे ।

कार्यक्रममा सम्बोधन गर्दै महतोले सुरक्षामा खटिएका सुरक्षाकर्मी तर्फ इसारा गर्दै भने, ‘मधेशीको जायज माग सम्बोधन भए र विगतका दिनमा समेत मधेशीलाई समान रुपमा हेरेको भए टोपीको छोराको स्थानमा मधेशका धोती र लगौटा वालाको छोरा सुरक्षामा कार्यरत अहिले हुन्थ्यो । तर, पहाडी समुदायका केहि नेताहरुले मधेश र तराई मधेशमा बसोवास गर्ने मधेशीलाई सधै दोस्रो दर्जाको नागरीकको रुपमा हेरेकाले अहिले आन्दोलनको आवश्यकता भएको छ ।’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सान्तिपुर्ण आन्दोलनलाई विभिन्न नामहरु दिएर अधिकारको आन्दोलनलाई बदनाम गर्न खोजिएको समेत उनले गुनासो गरे ।
ययैबीच मधेशी मोर्चाद्वारा गरिएको आन्दोलनमा तोडफोड र आगजनी हुन थालेपछि स्थानीय प्रशासनले सिरहाको पूर्व पश्चिम सडकको पाँच सय मिटर दायाँ वायँ क्षेत्रमा लगाएको निषेधाज्ञा यथाबत नै रहेको छ ।

ratopati
काठमाडौँ, १५ पुस । वाणिज्य मन्त्री दीपक बोहोराले युवालाई स्वदेशमै रोजगारी दिन मन्त्रालयले कार्यदल बनाई कार्यक्रम अघि सार्ने बताउनुभएको छ ।
श्रम तथा रोजगार मन्त्रालयसमेत सम्हाल्नुभएका मन्त्री बोहोराले आज भृकुटीमण्डपमा आयोजित १२औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीको समापन कार्यक्रममा वाणिज्य सचिवलाई आफूले मन्त्रालय सम्हालेको १०० दिनभित्र गर्न सकिने कार्यक्रमलाई सार्वजनिक गर्न निर्देशन पनि दिनुभयो ।
मधेसको आन्दोलन र भारतको नाकाबन्दीले नेपाललाई आत्मनिर्भर हुन सिकाएको बताउँदै मन्त्री बोहोराले भन्नुभयो– “नेपाली जुत्ता उद्योगमा नेपाल ६५ प्रतिशत आत्मनिर्भर भइसकेको छ । यस्ता कुन–कुन उद्योग, व्यापारमा नेपाल आत्मनिर्भर हुन सक्छ पहिचान गरेर युवालाई सीपमूलक तालिम वा व्यापारमा लाग्न सहयोग गरेर अगाडि बढ्नुपर्छ ।” वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले निजी क्षेत्रले पनि ‘पब्लिक प्राइभेट पार्टनरसीप’ को अवधारणालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा उत्पादन भएको वस्तु भारतमा निकासी गर्ने उद्देश्यले भारतसँग सहकार्य गरी विभिन्न प्रदर्शनीको आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
यही पुस ९ गतेदेखि सुरु भएको सो प्रदर्शनीको करिब एक लाख मानिसले अवलोकन गरेको आयोजकको दाबी छ ।
dainiknepal
१५ पुस, काठमाडौं ।

विराटनगरको रानी भन्सारमा धर्ना बस्ने क्रममा प्रहरीसंगको झडपमा परेर घाइते भएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताले आफूलाई थप उपचार गर्नको लागि भारतको दिल्ली लैजान आफ्नो पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिरहेका महतोले यस्तो बताएका हुन् । सदभावना पार्टीका एक नेताका अनुसार महतोको टाउको,हातका औला,खुट्टा र टाउकोको चोट लागेको छ ।

‘अध्यक्षले मलाई उपचार गर्नको लागि दिल्ली लैजानु भन्नुभएको छ हामीले काठमाडौ जाऊ भनेका छौ, भोलीसम्म निर्णय गरेर दिल्ली र काठमाडौ लैजाने ढुंगो लाग्छ’ती नेताले भने ।nepaliheadlines.
१५ पुस, काठमाडौं ।

शाही युवा शक्ति नेपाल –आर.वाई.पीले गणतन्त्रको खारेज नभएसम्म राष्ट्रिय एकता दिवसबारे बहस गर्नु नै हाँस्यस्पद भएको टिप्पणी गरेको छ ।

बुधबार पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा “पृथ्वीनारायण शाह, एकतादिवस र राजतन्त्र”नामक अन्तरक्रिया आयोजना गर्दै समूहले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी नभए सम्म एकता दिवसबारे बहस गर्नु व्यर्थ हुने स्पष्ट पारेको हो ।

संगठनका अध्यक्ष पशुपति खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका लब्दप्रतिष्ठित व्यक्तिहरुले पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानको खुलेर प्रशंसा गरेका थिए ।

अध्यक्ष खड्काले प्रमुख राजनीतिक दलका मतियारहरुले विदेशीहरुको एजेण्डामा देशलाई भड्खालोमा हालेको आरोप लगाउँदै भने, “यदि दुईचार महिनाभित्रैमा गणतन्त्र खारेज गर्न सकिएन भने हाम्रो देश रुवाण्डा बन्छ ।”

शाही युवा शक्तिले आगामी पुस २४ गते राजतन्त्र पूर्नवहालीको मागसहित राजधानीमा बृहत्त लाठी जुलुस गर्ने पनि जनाएको छ ।nepaliheadlines
१५ पुस, बारा (कलैया) ।

कलैया–६ स्थित बिपीस्मृति भवन नेपाली काँग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गीय बिपी कोइरालाको सालिकलाई मधेसी मोर्चाका कार्यकर्ताले आज तोडफोड गर्नुका साथै पेट्रोलबम प्रहार गरी पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

संयुक्त मधेसी मोर्चाको आह्वानमा आज जिल्लाको विभिन्न गाविसबाट लाठी, भाला, तरबार र फर्चासहित कैलैयास्थित त्रिचन्द्र उमाविमा भेला भई निस्केको लाठी जुलुसले कलैया नगर परिक्रमा गरी भरतचोकमा कोणसभा गरेको थियो ।

सोही जुलुसको अर्को समूहले नेपाली काँग्रेस पार्टी कार्यालय तोडफोड गर्नुका साथै कलैया–५ स्थित नेकपा एमाले पार्टी कार्यालय तोडफोड गर्न गएका समूहमाथि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । क्षतिको यकिन हुन सकेको छैन ।nepaliheadlines
काठमाडौ, १५ पुस । नेपालविरुद्ध बोल्दै आएका भारतीय राजदूत रञ्जीत रे अहिले भने सहि बाटोमा आएका छन् । यसअघि मधेस आन्दोलनको मात्रै पक्ष लिँदै आएका राजदूत रेले आज भने समग्र नेपालको हितमा बोलेका छन् ।
नेपालका लागि भारतीय राजदूत रेले नेपालको सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन् ।
नेपाल र भारतबीचको सम्बन्धमा देखिएको चिसोपन अन्त्यको लागि पहल गर्न आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले भने- ‘मधेसको समस्या राजनीतिक समस्या हो, त्यसैले यसको समाधान बार्ताबाटै हुनुपर्छ । सरकार, प्रमुख प्रतिपक्षी दल र आन्दोलनकारीवीच भईरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौ । यो सार्थक र परिणाममुखी होस भन्ने हाम्रो अपेक्षा छ ।’
राजदूत रेले समाधानको फ्रेम वर्क बनिसकेकोले गंभिर संबाद भए समस्या छिट्टै समाधान हुने विश्वास ब्यक्त गर्दै समस्या धेरै ठूलो नभएकोले समाधान पनि गाह्रो नभएको तर्क गरे ।
उनले भने– ‘राजनीतिक समस्या बातचितबाट समाधान हुन्छ । तर सबै लचक भएर सम्झौता गर्नुपर्छ । बार्ता जारी छ, आशा गर्छाै । तुरुन्तै निर्णय आउँछ र नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्छ । तुरुन्तै समस्या समाधान होस । हाम्रो एउटै स्वार्थ छ, नेपालमा स्थायीत्व र विकास ।’
राजदूत रेले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दावी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफूहरु त्यसैमा अल्झिदा आफ्नो विकास क्रममा पनि असर पर्ने बताए ।

कसैले विगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतवीच रहेको भन्दै नजिक हुँदा कहिले काही चिसोपन आउनु स्वभाविक भएकोले त्यसलाई बातचित गरेर सुधार्ने उनले बताए । उनले भने,‘म आशाबादी छु, यो अस्थायी समस्या हो । अब सम्बन्ध अझै प्रगाढ हुन्छ । त्यसको विकल्प छैन ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुई पटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रष्ट भएको बताउँदै भने– ‘हामी नेपाल भारत सम्बन्धलाई प्राथमिकता दिन्छौ । हामी दुई देशको साझा विकास चाहन्छौं ।’
नेपालले ईन्धन लगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा सञ्चारकर्मीले भारतीय धारणा बारे राखेको जिज्ञासामा उनले नेपाल सार्वभौम मुलुक भएकोले उसले भारत, चीन वा अरु कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको विषयमा सोधेको प्रश्नमा राजदूत रेले केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर बधाईसँगै भारत भ्रमणको निम्तो दिएको स्मरण गर्दै भारतले नेपालका प्रधानमन्त्रीलाई भारतमा स्वागत गर्ने बताए ।
नेपाल भारत नाकामा सुरु भएको तस्करीप्रति लक्षित गर्दै राजदूत रेले तस्करी एक पटक सुरु भएपछि रोक्न गाह्रो हुने भन्दै नेपालको समस्या समाधान भए तुरुन्तै सामान्य अवस्थामा फर्किने विश्वास ब्यक्त गरे ।
dainiknepal
बुधबार, १५ पुष
काठमाडौं । के राजेन्द्र महतो मुलुकको कुनै ठुला बडा महाराजा हुन् ? या उनी नहुँदा देश नै डुब्ने अवस्थामा छ ? पक्कै पनि यो सवाल उठेको छ यतीबेला ।
जतीखेर उनको नाममा बिराटनगरमा मृत्युञ्जय पुजा पाठ गरिएको छ र उनी धरनस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा छन् । बिराटनगरको रानी भन्सार नाकामा प्रहरसिँगको झडपपछि भाग्दै भारतको जोगवनी पुगेका महतो त्यसको आधा द्धण्टापछि एम्बुलेन्स चढेर नोबेल अस्पताल आइपुगे ।
उनको सबै रिपोर्ट जाँच गर्दा उनको टाउको वा जीउ कुनै पनि ठाउँमा कुनै चोट पटक नै लागेको थिएन । अस्पतालले जब उनलाई डिस्चार्ज गर्ने निर्णयमा पुग्यो, त्यसपछि उनलाई रोगले सताउन थाल्यो ।
अनि रातारात सेटीङ मिलाएर उनी धरान पुगे । धरानमा पनि उनको कुनै उपचार भएको छैन । उनी सामान्य नै छन् । केवल रक्तसञ्चार प्रकृयामा केही समस्या छ,ब्लडप्रेसरको ।
उनलाई डिस्चार्ज गर्ने विषयमा त्यहाँ लफडा भएको समाचार आइरहेको छ । अस्पतालका निर्देशक विपी दाससँगको मिलेमतोमा महतो अहिले अस्पतालमै आराम गरिरहेका छन् ।
अनि उनी अस्पतालमा संवेदनशील अवस्थामा रहेको भन्दै बाहिर हल्ला फिजाउने र आन्दोलनलाई थप उत्तेजित बनाउने रणनीति बनाएका छन् महतोले ।
साथै आन्दोलनका क्रममा भएको दौडधुपबाट आराम गर्ने मौका पनि जुरेको छ महतोलाई । बिराटनगरको रानी भन्सार नाकाअबरोध गर्ने क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएको भन्दै अस्पतालमा पुगेका उनी त्यो भन्दा पहिले भारतको जोगवनी जानु र त्यसपछि मात्रै घाइते भएर आउनुको पछाडि भारतीय एसएसबीको अन्जान सिपाहीले उनीमाथि प्रहार गरेको हुनसक्ने आशंका पनि गरिएको छ ।
सीमामा तैनाथ भैरहनेले मात्रै चिन्ने र अलि परकाले चिन्न मुस्कील पर्ने र आन्दोलनकारी भारत आयो भन्दै प्रहार भएको पनि हुनसक्ने आशंका गरिएको छ ।
यद्यपी यो विषय स्वयं महतोलाई नै जानकारी होला । तर, अस्पतालमा निको भैसकेका महतोको नाममा वा भनौं उनको जीवन रक्षाकालागि मृत्युञ्जय पाठ आयोजना गरिनु पनि एउटा रहश्यमय घटना बन्न पुगेको छ ।
सामान्य अवस्थामा रहेका महतोलाई मृत्युको मुखमै पुगिसकेकाहरुलाई झै उनका कार्यकर्ताहरुले मृत्युञ्जय पाठ गरेरु रमिता देखाइरहेका छन् ।
मधेशी मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थितिमा पण्डीतद्धारा विधीपूर्वक स्थानीय शिब मन्दिरमा मंगलबार मात्रै मृत्युञ्जय पाठ गरीएको हो भने उनको स्थास्थ्यलाभको कामना गर्दै विशेष पूजापाठ समेत गरिएको छ । यस्तो पुजाको नेतृत्व आचार्य अमोद झाले गरेका थिए ।
सद्भावनाका नेता दिपेन्द्र चौधरी र जिल्ला अध्यक्ष सुनिल झा कर्ताका रुपमा काम गरेका थिए । मृत्युको मुखमा पुगेकाहरुलई बचाउनकालागि भगवानसँग विधिपुर्वक आग्रह गर्नकालागि यस्तो पुजा गरिन्छ ।
तर, महतोको अवस्था सामान्य भए पनि उनका कार्यकर्ताहरुले यस्तो गर्दा नकारात्मक सन्देश जाने भन्दै आलोचना समेत भएको छ ।

यस अघि एक युवालाई दुधले खुट्टा धुन लगाएको तस्विर सामाजिक सञ्जालहरुमा आएपछि उनी आलोचनाका पात्र बनिरहेका थिए । उनले ती युवालाई गराएको हर्कतको सर्बत्र निन्दा भएको थियो ।
अहिले पनि उनको नाममा मृत्युञ्जय पुजा हुनु, निको भैसक्दा पनि अस्पतालमै रहनुले उनको नियतमाथि थुप्रै शंका उपशंका पैदा भएको छ । र यसको जवाफ स्वयं महतोले दिनुपर्ने छ र दिन्छन् होला कुनैदिन, सायद ।
nepalsandesh
बुधबार, १५ पुष
एजेन्सी । रुसको मुरमेन्स्क शहरमा यहि डिसेम्बर दुई देखि सुर्य उदाएको छैन भने यो क्रम अझै केही दिन जारी रहने छ । जनवरी १३ सम्म यहाँ सुर्य उदाउँदैन ।
अर्कटीक वृत्तमा पर्ने यो जस्तै विश्वमा अन्य ३० स्थान पनि छन् । जहाँ मुरमेन्स्कमा जस्तै करिब ४० दिन अन्तकार हुन्छ । पृथ्वीको पाँच मुख्य अक्षांस मध्ये यो निकै महत्वपुर्ण र अचम्मको क्षेत्र हो ।
जुन महिना र डिसेम्बरदेखि जनवरी पहिलो सातासम्म यो स्थानमा सुर्य तलमाथि भैरहने हुनाले यहाँ सुर्य देख्न नपाइने अवस्था आउने गरेको हो ।
दिन र रात कहिल्यै पनि सुर्य देख्न नपाइने भएकाले यो समयलाई रुसमा पोलर नाइटका रुपमा लिइने गरिन्छ । यस्तै मेदेखि जुनसम्म भने त्यहाँ २४ सै घण्टा सुर्य अस्ताउँदैन ।
त्यो समयलाई भने पोलर डे भनिन्छ । अहिले पोलन नाइटका रुपमा उक्त स्थान हेर्न हजारौं पर्यटक त्यहाँ पुगेका छन् ।
nepalsandesh
काठमाडौँः चिसो बढेसँगै अचानक टाउको दुख्ने र बान्ता हुने समस्या देखिएपछि जाजरकोट डल्ली कालिमाटीकी द्वारिका रावललाई उनको परिवारले हतारिँदै नेपालगन्ज अस्पताल पुर्‍याए । १८ वर्षकी द्वारिकालाई सिटिस्क्यान गर्दा टाउकोमा रगत जमेको पाइएपछि शल्यक्रिया गर्नुपरेको थियो ।

तीन वर्षअघि शल्यक्रिया गरिएको भए पनि प्रत्येक वर्ष चिसो बढ्दा उनलाई पुनः बान्ता हुने र टाउको दुख्ने समस्या भइरहेको उनका बुबा मनबहादुर रावलले बताए । यी केही उदाहरण मात्र हुन् ।

यस्तै, हेटौँडाका पुरुषोत्तम गोर्खालीको अचानक रक्तचाप बढेपछि उनको टाउकोमा रगत जम्मा भएपछि एक भाग नचल्ने (पक्षघात) भएको उनकी श्रीमती मनेश्वरी गोर्खालीले बताए । जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताए ।

उनले अहिले स्नायु अस्पतालमा पक्षघात र स्टोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताए। उनले भने – “स्टोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”

उनका अनुसार जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । तर नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, मर्निङ वाकमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

डा पन्त भने – “जाडोमा स्टोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ ।”

स्टोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उनले बताए ।

स्टोकबाट बच्नका लागि बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायतका) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने हो भने बच्न सकिने चिकित्सकको सल्लाह छ ।

चिसो बढेसँगै रक्तचाप बढ्ने र पक्षघात स्टोक हुने सम्भावना भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने चिकित्सकको सुझाव छ । चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीले बीचमै औषधि नछोडी नियमित सेवन गर्न पनि चिकित्सकले सुझाव दिएका छन् । यदि स्टोक भएमा त्यसको तुरुन्त उपचार गनुपर्ने वा मष्तिकको शल्यक्रिया गरी उपचार गर्नुपर्ने हुन्छ ।
annapurnapost
बुधबार, १५ पुष
काठमाडौँ, १५ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेकाछन्  ।
लुम्बिनी–कपिलवस्तु प्रवद्र्धन विश्व अभियानको सातौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले लामो समयदेखि सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने बताए ।
प्रचण्डले भने –“मधेसको समस्या समाधान प्रयासमा छौँ, आशावादी छु केही दिनभित्र समस्याको समाधान हुन्छ, नाकाबन्दी पनि टुङ्गिन्छ ।” उनले वार्ता र संवादबाटै समस्याको समाधान हुने बताए ।
शान्तिका दूत गौतमबुद्ध नेपालमा जन्मिएको भनेर अभियान चलाउनु विश्वभरका नेपालीका लागि गौरवको विषय भएको बताउँदै अध्यक्ष दाहालले विश्वभर रहेका भ्रमलाई चिर्नका लागि अभियानले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
गौतमबुद्धबारे अभियान सञ्चालन गर्ने कार्यमा देशभित्र र देश बाहिर केही तहमा अझै हिच्किचाहट बाँकी नै रहेको बताउँदै उनले नेपालीमा रहेको मनोवैज्ञानिक दबाबको अन्त्य हुनुपर्नेमा जोड दिए ।
प्रचण्डले भने  – “विश्वभर फैलिएको गलत सूचना सच्याउने अभियानले गति लिएको छ, यो सामान्य प्राविधिक कुरा होइन, हामी सबै नेपालीको पहिचान स्थापित गर्ने कुरा हो, यो पुनित र गौरवशाली काममा सबैको साथ हुनुपर्छ ।”
गौतमबुद्धको जन्मस्थलका विषयमा नेपाल र नेपालीले चालेको अभियान नेपालको पक्षमा हो कसैको विरुद्धमा नभएको बताउँदै उनले भने– “हामीले हाम्रो पक्षमा काम गर्दा कसैले अप्ठ्यारो मान्नु विडम्बना हो, एक्काइसौँ शताब्दीमा यो सुहाउँदैन ।”
कार्यक्रममा अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले अभियानकै दौरानमा दक्षिण कोरिया र स्विडेनका पाठ्यपुस्तकमा लेखिएका गौतमबुद्धसम्बन्धी पाठ्यक्रम सच्याइएको र अमेरिका एवम् अस्ट्रेलियामा काम सुरु भएको जानकारी दिनुभयो ।
गौतमबुद्ध भारतको उत्तरप्रदेशमा जन्मिएको भनेर लेखिएका पुस्तक विश्वबजारमा रहेकाले यसलाई अभियानकै रुपमा अगाडि बढाइएको उल्लेख गर्दै उनले अभियानबाटै गुगलको नक्सालाई सच्याउन सफल भएको बताए ।
अभियानका अध्यक्ष हरिकुमार श्रेष्ठले विश्व बजारमा रहेका पुस्तक, लेख, चलचित्र र वृत्तचित्रमा रहेका बुद्धसम्बन्धी गलत कुरालाई सच्याउने अभियान निरन्तर चलाएर नयाँ इतिहास बनाउनुपर्ने बताए ।
यस अभियानले विश्वका २२ देशमा सञ्जाल खडा गरेर बुद्धको प्रचारप्रसार गरेको र ८० देशमा अभियान जारी राखेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अभियानकै दौरानमा अस्ट्रेलियाको सङ्ग्रहालयमा राख्न लागिएको बुद्धमूर्ति एमाओवादी अध्यक्ष दाहालले सरकारका प्रतिनिधि एवम् परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर सुवेदीलाई हस्तान्तरण गरे।
अभियानमा लाग्ने कलाकार एवम् अभियन्तालाई सम्मान गर्नुका साथै बुद्धका विषयमा उत्कृष्ट कविता लेख्ने पाँचजनालाई जनही रु १० हजार पुरस्कारसहित प्रशंसा गरिएको थियो ।
nepalsandesh
बुधबार, १५ पुष
चितवन । नेपाली काँग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टीको आउँदो महाधिवेशनमा पार्टीका तीनै नेतालाई एकै ठाउँमा उभ्याउनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले पनि पार्टी दुईवटा जस्तो देखिएको भन्दै तीन नेता मिलेर नयाँ नेतृत्व छान्न आग्रह गरे ।
पार्टीको १३ औँ महाधिवशनले नयाँ अध्यायको सुरुवात गर्ने भन्दै उनले नयाँ विचार दिनसक्ने नेतृत्व काँग्रेसजनले खोजेको बताए ।
कोइराला परिवारबाट नेतृत्व बाहिर जान नखोजेको हो ? भन्ने प्रश्नमा नेता कोइरालाले आफूलाई हस्तान्तरण नचाहिएको बताउँदै जुन दिन कार्यकर्ता र जनताले विश्वास गर्छन् त्यस दिन आफूले पार्टीको नेतृत्व लिने बताए ।
नेताको उमेरका विषयमा उठिरहेको सवालमा नेता कोइरालाले राजनीतिमा उमेरको हदबन्दी राख्न नहुने बताए । क्रियाशील सदस्यता विवादलाई तत्काल समाधान गर्नुपर्ने भन्दै सङ्ख्या बढाएर नभई गुणात्मक रुपमा वृद्धि गर्नेतर्फ पार्टी लाग्नुपर्ने बताए ।
आफ्नो उम्मेदवारीको विषयमा कार्यकर्ताको राय बुझेर मात्र तय गर्ने उनले बताए ।
राजनीतिक स्थिरता अहिलेको आवश्यकता रहेको भन्दै उनले सरकारको विकल्प खोज्ने बेला नभएको बताए ।
नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई सबैलाई मिलाएर अहिलेको समस्या हल गर्दै जान सुझाव पनि दिए । उनले भने, “अस्थिरताका कारण मुलुक पछाडि परेको छ, समय नै नदिई सरकारको आलोचना गर्नुहुँदैन ।”
nepalsandesh


बुधबार, १५ पुष
काठमाडौं । आफ्नो जीवनमा एक प्रकारको सेटेलमेन्ट भएपछि मात्र बिहे गर्नुपर्छ भन्ने विचार आजकाल अधिकांश मानिसहरुमा पाईन्छ । तर एउटा अनुसन्धानले त्यस्तो सोच बनाएका मानिसहरुलाई निराश बनाउने देखिएको छ ।

सो अनुसन्धानअनुसार ३२ वर्षको उमेरपछि बिहे गर्नेको वैवाहिक जीवनमा उमेर बढ्दै गए अनुसार डिभोर्स हुने सम्भावाना उत्तिकै बढ्दै जाने देखाएको छ ।
खोज अनुसार ३२ वर्षको उमेरपछि श्रीमान र श्रीमतीबीच डिभोर्स हुने सम्भावाना हरेक वर्ष ५ प्रतिशतका दरले बढ्दै जाने देखाएको छ ।
अमेरिकाको उटाह विश्वविद्यालयका निकोलस वालफिगरले सन् २००६ देखि २०१० सम्मको सर्वेक्षणको आंकडा हेरेर त्यस्तो विश्लेषण गरेका हुन् ।
उनले भनेका छन् कि ३२ वर्ष पछि बिहे गर्दा दम्पतिहरु विच डिभोर्स हुने सम्भावाना प्रवल हुन्छ ।
अमेरिका स्थित इंस्टीट्यूट फर फेमली स्टडीज को लागि लेखिएको एउटा लेखमा पनि भनिएको छ कि ३२ वर्ष भन्दा अघि गरिएको बैबाहिक सम्बन्धमा डिभोर्स हुने खतरा ११ प्रतिशतले कम हुन्छ ।
-एजेन्सीकाे सहयाेगमा
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home