• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
अहिले सुनको भाउ घटिरहेको छ । विगत ४ वर्ष यताकै तल्लो विन्दुमा पुगेको सुनको मूल्य अझै घट्ने अनुमान गरिएको छ ।

केही दिन अघि मात्र विश्व चर्चित इन्भेष्टमेन्ट बैंक मोर्गन स्ट्यान्लीले आफ्नो रिपोर्टमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ८०० डलर प्रति औंस सम्म आउन सक्ने प्रक्षेपण गरेको थियो ।

तर ज्योतिष शास्त्रले भने सुनको मूल्य अगष्ट महिना देखि उकालो लाग्ने भविष्यवाणी गरेको छ । २ अगष्ट देखि सुनको मूल्य उकालो लाग्न शुरु गर्ने र बजार भाउ समेत आकासिने भविष्यवाणी ज्योतिषहरुले गरेका हुन् ।
अगष्ट २ देखि शनिको प्रभावले सुनको मूल्य सहित बजारमा हेरक कुराको मूल्य बढ्ने अनुमान ज्योतिषहरुको छ । गत वर्षको नोभेम्बरमा शनि वृश्चिक राशिमा आएको थियो । मार्च देखि शनिको गति वक्र रेखामा चलिरहेको छ ।
शनिलाई क्रुर ग्रह मानिन्छ । क्रुर ग्रहको उल्टो गति अर्थात बक्र गति राम्रो मानिँदैन । अगष्ट देखि सनि मार्गी अर्थात सिधा दिशामा आउने छ ।

शनिको प्रभावले तेल, सुन र शेयर बाजारमा ब्यापक वृद्धी हुने अनुमान यो आधारमा गरिएको हो ।nepaliheadlines.com
जेलमा कैद नेपालीका 'अमेरिकी सपना'

काठमाडौँ १४ साउन । ५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने गर्छन् । जंगल, समुद्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपाली जंगली जनावरको सिकार पनि हुन्छन् । कतिपय समुद्रमा डुंगा डुबेर गोही र सार्कको सिकार हुन्छन् । कतिपय अमेरिका आउनुअगाडि नै अन्य देशमा पक्राउ परेर उतैबाट फर्काइन्छन् । यति धेरै जोखिमबीच पनि मेक्सिको हुँदै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने क्रम घट्दो छैन, बरु बढ्दो छ ।

अमेरिकाको सीमा क्षेत्रबाट गैरकानुनी रूपमा छिर्ने क्रममा कैयौँ नेपाली सीमा सुरक्षा बलको फन्दामा पर्छन् । त्यसपछि उनीहरूको जेलको यात्रा सुरु हुन्छ । कतिपय केही महिनापछि जेलबाट छुट्छन्, कतिपयलाई डिपोर्ट गरिन्छ । जेलबाट छुटेकामध्ये अधिकांश बाहिर निस्केपछि अमेरिका आउँदाको ऋण तिर्न हरेक दिन १२ देखि १४ घन्टासम्म र तीसै दिन काम गर्न बाध्य हुन्छन् । जेलबाट छुट्न नसकेर डिपोर्ट हुनेहरू आफ्नैअगाडि ‘अमेरिकी सपना’मा आगो लागेको हेर्न बाध्य हुन्छन् ।

२९ वटा जेलमा छन् नेपाली
अमेरिकाको युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)को मातहतमा ८२ वटा अध्यागमन जेलमध्ये २९ वटामा नेपाली छन् । उनीहरू कहिले छुट्न पाइएला भन्दै दिन गनेर बसिरहेका छन् । क्यालिफोर्नियादेखि टेक्सास हुँदै न्युयोर्कसम्मका जेलमा नेपालीहरू अमेरिकी सपनालाई आफूसँगै कैद गरेर बसिरहेका छन् ।
आइसका प्रवक्ता भिन्सेन्ट पिकार्ड अमेरिकाका विभिन्न २९ वटा इमिग्रेसन जेलमा नेपाली रहेको पुष्टि गर्दै भन्छन्, ‘हाम्रो रेकर्डअनुसार हाल अमेरिकाका २९ वटा जेलमा नेपाली छन् । कहिलेकाहीँ यो संख्यामा घटी–बढी हुन सक्छ । जेल पर्नेहरूको संख्या थपिँदै जाँदा र एउटा जेलबाट अर्को जेलमा सार्नुपर्ने अवस्था पनि आइरहने भएकाले कहिलेकाहीँ नेपालीहरू रहेको जेलसंख्या थपिन सक्ने सम्भावना पनि रहन्छ ।’

कुन जेलमा कति छन् नेपाली ?
जुलाईको दोस्रो सातासम्मको अद्यावधिक विवरणअनुसार जेलमा रहेका नेपालीको संख्या एक सय ११ रहेको छ । कहिलेकाहीँ हजारौँ नेपाली जेलमा रहेको प्रचारबाजी हुने गरे पनि त्यो प्रचारबाजी सत्य नरहेको विभिन्न इमिग्रेसन जेलको स्थलगत भ्रमण र युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले प्रदान गरेको अद्यावधिक तथ्यांकबाट पुष्टि हुन्छ । प्रवक्ता पिकार्डले हजारौँ नेपाली जेलमा रहेको भन्ने प्रचारबाजी आफूले नसुनेको र त्यस्तो प्रचारबाजी भएको भए त्यो गलत रहेको जानकारी दिए ।

सबैभन्दा धेरै नेपाली जर्जियाको जेलमा रहेका छन् । जर्जियाको स्टेवार्ड डिटेन्सन सेन्टरमा हाल २३ जनाले बन्दी जीवन बिताइरहेका छन् । टेक्सास र एरिजोना क्षेत्रमा सीमा पार गरेर आउने क्रममा धेरै नेपाली पक्राउ पर्ने गरे पनि उनीहरूमध्ये कैयौँलाई जर्जियाको डिटेन्सन सेन्टरमा स्थानान्तरण गरिँदै आएको छ । जर्जियाकै अरविन काउन्टी डिटेन्सन सेन्टरमा एकजना नेपाली छन् ।

जुलाईको पहिलो साता स्थलगत भ्रमणका क्रममा टेक्सासको पोर्ट इसावेल डिटेन्सन सेन्टरभित्र भेटिएका क्षत्री थरका एकजना नेपालीले जेलभित्र पाँच नेपाली रहेको बताए । तर, पछि अरू तीनजना नेपाली थपिएपछि हाल त्यहाँ आठजना नेपाली रहेको युएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले पुष्टि गरेको छ ।

सातजना अपराधका मुद्दामा
अमेरिकी जेलमा रहेकामध्ये सातजना आपराधिक क्रियाकलापमा संलग्न भएका कारण डिपोर्टेसनको प्रक्रियामा रहेका हुन् । उनीहरूले अमेरिकामा विभिन्न खाले जघन्य अपराध गरेका कारण क्रिमिनल कोर्टबाट सजायको फैसला भएको तर डिपोर्टेसनको फैसला कुरेर बसिरहेका छन् । अपराधमा संलग्न भएको ठहर भएपछि आइसले अनिवार्य डिपोर्टेसनको प्रक्रियामा हालेको हो ।

अमेरिकी जेलमा रहेका नेपालीका पक्षमा वकालत गर्दै आएका नेपाली मूलका कानुन व्यवसायी वासु फुलाराका अनुसार अध्यागमन जेलमा भएका अधिकांश नेपाली मेक्सिकोको बाटो हुँदै गैरकानुनी रूपमा सीमा पार गरेर अमेरिकामा आउनेहरू नै छन् । फुलाराका अनुसार नेपालीहरूको आपराधिक इतिहास त्यति धेरै देखिँदैन । करिब १० देखि १५ प्रतिशत मात्र रहेको छ । नेपालीलाई केही समय इमिग्रेसन जेलमा राखी १५ सयदेखि २५–३० हजार डलरसम्म धरौटी तोकेर रिहा गर्ने गरिएको पाइन्छ । धरौटीमा नछुटेकालाई व्यक्तिगत सुनुवाइको मिति दिइन्छ ।
“खाना प्याक गर्ने कागज ओढेर भुइँमै सुत्यौँ”
सरोज अधिकारी क्षत्री (नाम परिवर्तन)
अमेरिकी जेलमा बसेर छुटेका नेपाली
म दलाललाई ३५ लाख रुपैयाँ बुझाएर मेक्सिकोको बाटो हुँदै अमेरिकामा आएको हुँ । अमेरिका छिर्नासाथ टेक्सासमा पक्राउ परेँ । मलाई केही दिन अस्थायी हिरासतमा राखियो । त्यसपछि विभिन्न डिटेन्सन सेन्टरमा सारियो ।
मेक्सिकोसम्म आइपुग्दा विभिन्न खालका समस्या भोग्नुपर्‍यो । जंगलको बाटोदेखि समुद्रको बाटो हुँदै पानामाको जेलमा समेत बसियो । मेक्सिकोबाट अमेरिका छिर्ने क्रममा आ–आफ्नो दलालको सम्बन्धअनुसार हुन्छ । कसैलाई यो जंगलको बाटो जानू भनेर छाडिदिन्छ । स्थानीय दलालसँग राम्रो सम्बन्ध छ भनेचाहिँ सहज बाटोबाट अगाडि बढाउँछ ।
दलालले मलाई मेक्सिकोको रेनोसा भन्ने ठाउँमा केही दिन राख्यो । यो टेक्सास छिर्ने सीमा क्षेत्रमा पर्दो रहेछ । रेनोसाबाट गाडीमा १५ मिनेटजति जंगलैजंगल अगाडि ल्यायो । त्यसपछि केही बेर पैदल नै हिँड्यौँ । अमेरिकाको सीमा क्षेत्रमा एउटा सानो खोला रहेछ । दलालले सानो डुंगामा राखेर त्यो खोला पनि पार गराइदियो । पारिपट्टि अमेरिकी सीमा सुरक्षाकर्मीले हेरिरहेका थिए । खोला तरेर अमेरिकी भूभागमा आइसकेपछि हामी सबैले दुवै हात माथि ठड्यायौँ । हामी ६ नेपाली थियौँ । दुईजना भारतीय थिए ।

हामी सबैलाई पक्राउ गरियो । आकाशमा हेलिकोप्टर घुमिरहेका थिए । पक्राउ गरेपछि गाडीमा राखेर एउटा हिरासतमा लगेर राखे । सुरुमा अलिकति जुस र पाउरोटी खान दिए । त्यहाँ तीन दिनसम्म राखे । हामी खाना प्याक गर्ने कागज ओढेर भुइँमै सुत्यौँ । के गर्लान् भनेर हामी सबै निकै आत्तिएका थियौँ । पछि हामीलाई पोर्ट इसावेल डिटेन्सन सेन्टरमा ल्याइयो ।
डिटेन्सन सेन्टरमा ल्याउनुअघि हामीसँग सामान्य सोधपुछ भयो । सेन्टरमा मलाई सात दिनसम्म त्यहाँ राखे । त्यहाँ अरू नेपाली पनि थिए । यो डिटेन्सन सेन्टर अलिक व्यवस्थित रहेछ । लत्ताकपडा, खान–बस्न सबै राम्रो रहेछ । सफा पनि रहेछ । त्यहाँ सात दिन बस्दा मलाई त आराम गर्ने स्थलजस्तो बन्यो । अमेरिका छिर्नुअघि जंगलको बाटोमा निकै दु:खकष्ट भोग्नुपरेको थियो । भोकभोकै हिँड्नुपर्दा निकै कमजोर महसुस भइरहेको थियो । के होला, ज्युँदै अमेरिका पुगिएला कि नपुगिएला भन्ने तनाव पनि थियो ।

जेलमा नै राखे पनि अमेरिका त आइयो भनेर ढुक्क भइयो । जेलबाटै अमेरिकामा रहेका साथीहरू र नेपालमा भएका आफन्तसँग फोनमा कुराकानी पनि गरेँ । प्रहरीले कसरी आएको, किन आएको भनेर अन्तर्वार्ता लिए । त्यसपछि मलाई लुजियानामा रहेको जेलमा ल्याए प्लेनमार्फत । हातमा हतकडी र खुट्टामा नेल लगाए । लुजियानाको डिटेन्सन सेन्टर अझ राम्रो रहेछ । बस्न, खान राम्रो सुविधा रहेछ । खेलकुदका लागि पनि व्यवस्था रहेछ । झन्डै एक महिनासम्म त्यहाँ राखे । अन्तर्वार्तापछि मलाई विनाधरौटी रिहा गरे । नयापत्रिका



भिडियो हेर्न तलको बाकस थिच्नुहोस
धेरै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले यी बार जन्मने व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः

आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहनुहुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
सोमबार
सोमबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु छन्
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।

मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।

बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।

बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भनेकै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।

शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।

शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।

काठमाडौं: 'तपाईंको सबै आन्द्रा कुहिएको छ डाक्टर त्यही भन्छन्, आफ्नो देश फर्कने मन छ भने हामी भोलि नै पठाइदिन्छौं,' आफू काम गर्दै आएको कम्पनीका सुपरभाइजरले यसो भन्दा अफगानिस्तानको काबुलस्थित एक अस्पतालको शय्यामा पेट दुखेर लडिरहेका लमजुङका खड्कसिंह गुरुङको बोली बन्द भयो।

२४ सै घन्टा आतंककारीसँग जुध्ने काम पाउँदा पनि मनोबल नगुमाएका सेक्युरिटी गार्ड गुरुङले सुपरभाइजरको कुराबाट आफू धेरै नबाँच्ने संकेत पाए र आडैमा रहेका आफन्त र नेपाली साथीलाई हेर्दै बर्रर आँसु झारे। केही दिनपछि आफैंलाई समाल्दै साथीसँग गुरुङले भने, ‘मर्नु नै छ भने जन्मभूमिमै मर्छु, अर्काको देशमा किन मर्ने ? मैले नेपाल जाने निर्णय गरिसकें।'


तर नेपाल फर्कनुअघि उनी थला परे, सुन्नेमात्रै जबाफ फर्काउन नसक्ने अवस्थामा पुगे। त्यहाँका चिकित्सकले गुरुङको आन्द्रा पूरै कुहिएको भन्दै शल्यक्रिया गर्दागर्दै बन्द गरेका थिए। आन्द्रा कुहिएकाले ‘४८ देखि ७२ घन्टाभन्दा धेरै उनी बाँच्दैनन्, जीवनका अन्तिम क्षण आफ्नो परिवारसँग बिताउनु राम्रो हो' भन्दै त्यहाँबाट नेपालको ग्रान्डी इन्टरनेसल हस्पिटलमा रेफर गरियो।

गुरुङको रिपोर्ट हेरेपछि उनी बाँच्ने आस परिवारका सदस्यले समेत मारेका थिए। उनको रिपोर्ट हात परेपछि ग्रान्डी अस्पतालका ग्यास्ट्रोसर्जन डा. रोकेश शाहले बिरामीलाई आफैंले निरीक्षण गरी रगत जाँच गर्न पठाए। गुरुङसँगै आएको अफगानिस्तानस्थित अस्पतालको रिपोर्ट र यहाँको रिपोर्टमा फरक पाइयो।

डा. शाह नेतृत्वको टोलीले शल्यक्रिया गरेर हेर्दा गुरुङका सबै आन्द्रा कुहिएका थिएनन्। बाँकी रहेका स्वस्थ आन्द्राबाट पनि उनी बाँच्ने सम्भावना प्रशस्त थियो। निकै मेहेनत गरेर चिकित्सक टोलीले कुहिएका आन्द्रा निकाले र केही समयपछि स्वस्थ रहेका आन्द्रा जोडिदिए।

'रिपोर्ट हेर्दा र बिरामीलाई जाँच्दा केही गडबडी छ जस्तो लाग्यो। यहाँको रिपोर्टले पनि त्यसको पुष्टि गर्‍यो,' डा. शाहले अन्नपूर्णसँग बुधबार भने, 'बिरामीका आफन्तको मञ्जुरीमा शल्यक्रिया गर्‍यौं । अन्ततः ४८ देखि ७२ घन्टाभित्र मर्छ भनिएका बिरामी बाँच्नुभयो।'

डा. शाहका अनुसार गुरुङ अब सामान्य मानिससरह बाँच्न सक्छन्। शल्यक्रिया गरेको केही दिनमै गुरुङको अनुहार पनि फेरिएको छ। उनको परिवारमा समेत खुसी फर्किएको छ।
'नेपालमा पनि यस्तो ठूलो उपचार हुन्छ भन्ने मलाई यसअघि जानकारी थिएन। म राम्रो डाक्टर र अस्पताल फेला पर्दा बाँचें,।' -खड्कसिंह गुरुङ
'म धन कमाउन गएको अनि मरेर फर्किएको मान्छे, मलाई बचाउन डा. शाहले मेरो उपचार मात्र गर्नु भएन, मेरो आत्मबल पनि बढाइदिनुभयो। अब त म बाँच्छु भन्ने लाग्छ,' गुरुङले भने, 'उहाँलाई नै मैले भगवान् ठानेको छु।'

गुरुङले आफ्नोजस्तो समस्या अफगानिस्तानमा कामका लागि पुगेका धेरै नेपालीले भोग्नुपरेको बताए। अफगानिस्तनमा उनी र उनका साथीले तनहुँका एकजना भूतपूर्वनेपाली सेनालाई प्यारालाइसिस हुँदा चार लाख रुपैयाँ जम्मा गरेर उपचारका लागि नेपाल पठाएका थिए।

'कोही क्यान्सर भएर फर्कन्छन्, कोही हातखुट्टा नचल्ने भएर फर्कन्छन्', गुरुङले भने, 'मैले कहिल्यै सोचेको थिएन म पनि यस्तो अवस्थामा पुग्छु होला भन्‍ने। म त भाग्यमानी रहेछु, मलाई कम्पनीले उपचार गरिदिएको थियो।' गुरुङको उपचारमा उनी काम गर्ने कम्पनीले ९० लाख रुपैयाँ खर्च गरेको छ।

आतंककारीले हमला गर्दा गुरुङ काम गर्ने कम्पनीमा रहेका नुवाकोट र बागलुङका दुई नेपालीले ज्यान गुमाएका छन्। अफगानिस्तानमा सात वर्ष बिताउँदा उनी पनि पटकपटक आतंककारीसँगको भिडन्तमा परेका थिए। 'ठाउँ मरुभूमिजस्तै छ। सुरक्षा गार्डबाहेक अरू काम पाइँदैन।

१२ देखि १५ घन्टा राइफल, हेलमेट, फलामको बडी आर्मरका साथमा उभिनुपर्छ। खाना र आरामको ठेगान हुँदैन,' उनले भने, ‘जतिबेला पनि दुस्मनसँग लड्नुपर्ने भन्ने मानसिक त्रास पनि हुन्छ।'

चिकित्सकका अनुसार युद्धग्रस्त मुलुकमा कामका लागि पुगेर फर्कने नेपालीमा कुनै न कुनै समस्या देखिन थालेको छ। 'बिरामी भएपछि उपचार गराउने ठाउँ र उपयुक्त चिकित्सक समयमै भेट्नुपर्छ, विदेशमा नेपालीका लागि यो सबै सम्भव छैन, त्यही भएर पनि कतिपय युवा थला परेर र भएको रकम पनि सकेरमात्र नेपाल पर्कन्छन्', डा. शाहले भने।

डा. शाह कामका लागि विदेश पुगे पनि उपचारका लागि त्यहाँ भौंतारिनुभन्दा समयमै आए नेपालमा सबै किसिमको उपचार सम्भव भएको बताउँछन्। 'नेपालमा पनि यस्तो ठूलो उपचार हुन्छ भन्ने मलाई यसअघि जानकारी थिएन।

म राम्रो डाक्टर र अस्पताल फेला पर्दा बाँचें,' गुरुङले विदेशमा रहेका नेपालीप्रति संकेत गर्दै भने, 'तपाईंलाई पनि कुनै समस्या देखिएको छ भने विदेशी अस्पताल नधाउनुहोस्, नेपाली डाक्टरको विश्वास गरेर नेपाल फर्कनुहोस्, यहीं उपचार गर्दा बाँचिने रहेछ।'
annapurnapost.com
काठमाडौं १४ साउन (एजेन्सी) : सन् १९९३ को मुम्बई बमकाण्डका दोषी याकुब मेमनलाई फाँसी दिइयो र याकुबलाई नागपुर सेन्ट्रल जेलमा आज बिहान पौने सात बजे फाँसी दिइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतको सर्वोच्च अदालतले उनको अपिल अस्वीकार गर्दै फाँसीको सजाय सदर गरेपछि उनलाई बिहान फाँसी दिइएको हो ।

को हुन याकुब

उनको पूरा नाम याकुब अब्दुल रज्जाक मेमन हो र उनी परिवारका सबैभन्दा बढी पढे–लेखेका सदस्य हुन्। एक पटक उनलाई मेमन समाजले सर्वोत्कृष्ट लेखापालको दर्जासमेत दिएको थियो। मुम्बईको भायखला क्षेत्रमा बसोबास गर्ने अब्दुल रज्जाक मेमनका तेस्रा सन्तान ५३ वर्षीय याकुबले आफ्नो पढाइ अंग्रेजी भाषामा गरेका थिए।

चार्टर्ड एकान्टेन्सी कम्पनी

बीकम अध्ययन गरेपछि उनले सन् १९९० मा चार्टर्ड एकाउन्टेन्टको परीक्षा उत्तीर्ण गरे। त्यसको एक वर्षपछि उनले आफ्नो बालापनको साथी चेतन मेहतासँग मिलेर ‘मेहता एन्ड मेमन एसोसिएट्स’ नामको फर्म सुरु गरे। केही मतभेदका कारण एक वर्षमै फर्म बन्द भयो।

त्यसपछि याकुबले ‘एआर एन्ड सन्स’ नामको एकाउन्टेन्सी कम्पनी सुरु गरे। उनले यो फर्मको नाम आफ्ना पिताको यादमा राखेका थिए।

यो क्षेत्रमा सफलता पाएपछि उनले आयात–निर्यातमा हात हाले। तिजारत इन्टरनेसनल नामको कम्पनी खोलेर उनले मासु र मासुजन्य उत्पादनको निर्यात गर्न थाले।

व्यापारमा सफलता

आयात र निर्यातमा याकुबले ठुलै सफलता हात पारे। यसबाट कमाएको पैसाले उनले मुम्बई उपनगर माहिमस्थित अल हुसेनी भवनमा आफ्ना ६ भाइका लागि घर किने। उनका भाइ टाइगर मेमन १९९३ को मुम्बई धमाकाका अभियुक्त हुन्। उनी अझैसम्म गिरफ्तार हुन सकेका छैनन्। उनी दाउद इब्राहिम निकट भएको अनुमान गरिएको छ। मुम्बई विस्फोट मामिलामा दाउदको पनि खोजी भइरहेको छ।

याकुबले नागरपुर सेन्ट्रल जेलमा रहँदा इन्दिरा गान्धी नेसनल ओपन युनिभर्सिटीबाट अंग्रेजी र राजनीति शास्त्रमा स्नात्तकोत्तर गरेका छन्। उनलाई सन् १९९४ मा गिरफ्तार गरिएको थियो।

सीबीआईका अनुसार याकुब मेमनलाई काठमाडौंबाट गिरफ्तार गरिएको थियो। तर, उनकी पत्नीले सञ्चारमाध्यमसँग उनले आत्मसमर्पण गरेको बताएकी छन्।

यदि, याकुबलाई फाँसीदिइएपछि यो घटनामा यो नै पहिलो फाँसी भएको छ।  अदालतीय दस्तावेजअनुसार यो हमलाका प्रमुख सूत्रधार टाइगर मेमन, दाउद इब्राहिम र उनिस इब्राहिम थिए। उनीहरूले सन् १९९२ को डिसेम्बर र सन् १९९३ को जनवरीमा केही विशेष मानिसलाई दुबई बोलाएर विस्फोटको योजना बनाएका थिए। अदालतका अनुसार याकुबले यो आक्रमणमा महŒवपूर्ण भूमिका निभाएका थिए।

अदालतका अनुसार याकुबले विस्फोटका लागि आफ्ना साथीबाट करिब २२ लाख भारु जुटाएका थिए। उनले हतियार र विस्फोटक सामग्रीसमेत बाँडेका थिए। मुम्बईको विशेष टाडा अदालतले उनलाई फाँसी सुनाएको थियो।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कागजात किर्ते गरेर कामदार ठगेको मुद्दा खेपिरहेका म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागका उच्च पदाधिकारीमाथि मुद्दा मिलाउन पैसा मागेको आरोप लगाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तेको आरोपमा विभिन्न चरणमा पक्राउ परेका ४७ जनाको फाइल असार तेस्रो साता विभागको जिम्मा लगाएको थियो । आयोगले अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएअनुसार विभागका महानिर्देशक भरत सुवेदीलगायतका उच्च अधिकारीले कारबाहीबाट मुक्ति पाउनृ हो भने १० लाख रुपैयाँ दिनुपर्ने दबाब दिइरहेको पीडित व्यवसायीले बताए ।नागरिक दैनिकमा समाचार छ ।
बाढी र पहिरोले उद्धार टोली बीचमै अड्कियो

पोखरा : कास्कीको भदौरै तामागी र लुम्लेमा बुधबार राति भीषण पहिरो गएको छ। पहिरोमा पुरिएका सातजनाको शव फेला परेको छ र दुवै ठाउँमा गरी करिब पचास जति स्थानीय पुरिएको आशंका गरिएको छ। पहिरोले थुप्रै घर बगाएको छ।


कास्कीको भदौरै तामागीमा चारजनाको शव फेला परेको छ भने २५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। बीसजना जति अझै सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। लुम्लेमा तीनजनाको शव भेटिएको छ।

गाबिस सचिव हरी प्र पराजुलीका अनुसार लु्म्लेमा दुई दर्जन जति स्थानीय हराएका छन्। दर्जनभन्दा स्थानीय घाइते भएका छन् । थुप्रै घर पहिरोले बगाएको छ। यहाँ बीस घर बगाएको छ।

नजिकका स्थानीयबाट उद्धारको काम भइरहेको र क्षतिको विस्तृत विवरण अझै आइनसकेको प्रहरीले जानकारी दिएको छ।पहिरोका कारण सडक अवरुद्ध भएकोले प्रहरीको उद्धार टोली जान पाएको छैन।

हर्पन खोलामा बाढी आएकोले भदौरै तामागी जान हिडेको टोली बीच बाटोमै रोकिएको छ भने याम्दी र सुइखेतमा आएको पहिरोका कारण लुम्ले जान लागेको उद्धार टोली पनि बीच बाटोमा अड्किएको छ।
हाम्रो जीवनको बारेमा बुढा पाकाहरुले भनेका कतिपय कुराहरु वैज्ञानिक पनि छन् । पछिल्लो समयमा बुढा पाकाहरुले भनेका जीवन सम्बन्धी महत्वपूर्ण कुराहरुलाई कसैले पनि वास्ता गर्दैनन् ।
तर, यहाँ यस्तै मान्यताको चर्चा गरिएको छ, जुन उठ्ने बित्तिकै गर्नु निकै अशुभ मानिन्छ । बिहान उठ्ने बित्तिकै गर्ने नहुने ५ कामहरु :

सहवास नगर्नुस् :
बिहान उठ्ने बित्तिकै सहवास गर्यो भने शरीरमा जम्मा भएको सकारात्मक उर्जा नष्ट हुने र नकारात्मक उर्जा भरिन्छ । सकेसम्म विहानमा सम्भोग गर्नु उचित हुँदैन् ।
ऐना नहेर्नुस् :
बिहान उठ्ने बित्तिकै मानिस अल्छी हुन्छ । मानिसको शरीरमा आलश्य हुन्छ । उठ्ने बित्तिकै ऐना हेर्दा त्यो आलश्यको मुद्रादे दिनभरी नकारात्मक प्रभाव पार्छ । बरु ऐना हेर्नुभन्दा पहिले हत्केला हेर्नुस ।
बाँदरको नाम नलिनुस् :
बिहान उठ्ने बित्तिकै बाँदरको नाम नलिन सुझाव दिन्छन् बुढा पाकाहरु । बिहानै बाँदरको नाम लिँदा खाना खान समस्या हुने उनीहरुको भनाइ छ ।बिहानमा बाँदरको नाम सकेसम्म उच्चारण नै नगर्दा राम्रो हुन्छ ।
तेलको भाँडो र सियो धागो नहेर्नुस् :
उठ्ने बित्तिकै तेल राखेको भाँडो वा सियो धागो प्रयोग नगर्नुस । यस्ता सामान बिहान उठ्ने बित्तिकै नदेखिने ठाउँमा राख्नु बुद्विमानी हुन्छ ।
घर फोहोर नराख्नुस् :
विहान उठ्ने वित्तिकै घर सफा गर्नु सबै भन्दा उत्तम मानिन्छ ।। बिहानको समयमा घरमा लक्ष्मी प्रवेश गर्ने समय मानिन्छ । सके सम्म यस्तो सफाइ घरका महिलाले गरेको राम्रो भनिएको छ ।
वि.सं.२०७२ साल श्रावण १४ गते बिहिबार,
इ स २०१५ जुलाई ३० तारिख,
नेपाल संवत् ११३५ दिल्लाथ्व,
आषाढ शुक्लपक्षको चतुर्दशी तिथि,साझ ०८:१९ बजेसम्म उप्रान्त पूर्णिमा,
पुर्बषाढा नक्षत्र बिहान ११:४१  बजेसम्म उप्रान्त उत्तरषाढा,
बिष्कुम्भ योग साझ ०६ :५९ बजेसम्म उप्रान्त प्रीति,
गर करण बिहान ०६:५९ बजेसम्म, साझ ०६:१९ बजेसम्म उप्रान्त भद्रा,
आनन्दादियोगमा धाता योग,
चन्द्रमा धनु राशिमा साझ ०५:३२ बजे देखि मकर राशिमा,
काठमाडौंमा सूर्योदय ५:२४ बजे, सूर्यास्त ६:५२ बजे,
दिनमान ३३ घडी ४८ पला
राहुकाल दिउसो १:५० देखि ०३:३२ सम्म 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
धार्मिक कार्यमा रुची बढ्नेछ,भगवान तथा मान्यजनको सेवामा समय व्यतित हुनेछ,सहि समयमा निर्णय लिन नसक्दा हात लागेको काम फुत्कन सक्छ,कानुनि अड्चन आइलाग्न सक्छ भने आकस्मिक जरिवाना तिर्नु पर्ने पनि हुनसक्छ,आजको लागि शुभ अंक २,शुभ रंग बुट्टे हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ रां राहबे नमः  मन्त्र १८ पटक जप गरेर अगाडी बढे सफ़लता मिलने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
रोकिएका काममा सुधारको लक्षण देखिनेछ,हतारमा गरिएका निर्णयले काममा बिध्न आउन सक्छ,आम्दानिका नंया स्रोतहरु भेटिनेछन,पढाइ लेखाइमा खासै मन जाने देखिन्न,साबधानी पूर्ण तबरले काममा लागे प्रशस्त लाभ मिल्नेछ,आजको लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम: शिवाय यो मन्त्र ११ पटक जपेर अगाडीबढे सफलता मिल्नेछ।।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :

दिन कष्टकर हुन सक्छ,बिचार पुर्बक अगाडी बढे मात्र केहि सफलता हात लाग्न सक्लान,आफन्त संग झैझगडा हुन सक्छ भने रिसले आफैलाई नोक्सानी गर्नेछ,अनाबस्यक खर्च बढ्ने देखिन्छ, गणेश भगवानको आराधना गरे केहि शुभफल हात लाग्नेछ,आजको लागि ६,शुभ रंग सप्तरंगी  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलादेबताको  स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  
प्रतिस्पर्धामा सफलता हात लाग्नेछ,व्यपार व्यवसाय र प्रेम सम्बन्ध तथा मित्रतामा सकारात्मक प्रतिफल मिल्नेछ,आम्दानीका बाटोहरु खुल्नेछन्,सामाजिक र राजनैतिक मान सम्मानमा वृद्धि हुनेछ,रमाइलो यात्राको सम्भावना देखिन्छ,आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नम: यो मन्त्र जपेर अगाडी बढे उत्तम हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
खानपानमा असावधानी हुन जादा स्वास्थ्यमा कमजोरी देखिनेछ,आफ्नो कला र प्रतिभा देखाउने अवसर मिल्नेछ,शत्रु पक्ष बलियो भएता पनि चतुर्याई पूर्ण तरिकाले जित हासिल गर्न सकिनेछ, प्रयत्न गरे कामामा निकै ठुलो  सफलता हात लाग्नेछ,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ मृत्युन्जयाय  नम: योमन्त्र २३ पटक जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
गुरु तथा मान्यजन संगको सामिप्यता बढ्नेछ,बौध्धिक कार्यबाट उच्चतम सफलता हात लाग्नेछ,पढाइ लेखाइमा सुधार आउनेछ,जग्गा जमिन र मेसेनेरी बस्तु संगको व्यवसायमा प्रगति हुनेछ, पेट सम्बन्धि समस्या देखिन सक्छ,आजको लागि शुभ अंक ५ शुभ रंगखैरो  हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब नवदुर्गा भगवतीको मन्त्र जप गरेमा सफलता हात लाग्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :  
आफन्त संग मनमुटाब हुन सक्नेछ,अरुको सल्लाह लिने मनसाय घटनाले काममा आफन्तको सहयोगमा कमि आउन सक्छ,सवारी साधनबाट घाटा व्यहोर्नु पर्ने देखिन्छ,अत्याबस्यक काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग सेतो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ गं गणपतये नमः यो मन्त्र २१ पटक स्मरण गरेर थालनी गरेमा उचित हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
पराकम बढ्ने दिन छ,साहसिक कार्यमा मन लाग्नेछ,सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ, पठन पाठनको क्षेत्रमा सुधारको संकेत देखिनेछ,मित्रजन संगको भेटघाटमा मन रमाउनेछ,बोलीमा केहि कमजोरी आउनाले बिबादको सिर्जना हुन सक्छ,आजको लागि शुभ अंक ५,शुभ रंग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब हनुमानको दर्शन पूजा र स्तोत्र पाठ गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
पारिवारिक झन्झटबाट केहि राहत मिल्नेछ,धन संचय गरिनेछ भने बहुमुल्य रत्न तथा आभूषणको जोरजाम गरिएला,बोलीको प्रभाव बढ्नाले टाढाको व्यक्तिलाई पनि सजिलै आफ्नो बनाउन सकिनेछ,मिष्ठान्न भोजनको अवसर जुट्नेछ,रमाइलो यात्रा हुन सक्छ,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे,र यात्रा गर्नु पुर्ब बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
आम्दानिको तुलानामा खर्च अत्याधिक बढ्नाले मनमा चिन्ता छाउनेछ,घरायसी समस्याले सताउने छन भने पति पत्नी बिचमा तनाबको अबस्था आउन सक्छ,नोकर तथा सन्तान बाट खर्च बढ्नेछ, अरुको कारण अपजस पनि आइलाग्ने सक्ने सम्भाबना देखिन्छ,आजको लागि शुभ रंग गाढा रातो हो भने,शुभ अंक ५ हो,कामको सुरुवात गर्नु पुर्ब ॐ घृणी सूर्याय नम: यो मन्त्र १२ पटक उच्चारण गरेर अगाडी बढे सकारात्मक फल मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
नंया लगानिका क्षेत्रहरु भेटिनेछन्,आम्दानीका बाटोहरु खुल्न थाल्नेछन,कीर्तिमानी काम गर्ने अवसर मिल्नेछ,मन सम्मान मिल्नेछ भने मिठास पूर्ण यात्राको अवसर पनि मिल्ने देखिन्छ, बिपरित लिंगी संगको सम्बन्धमा सुधार आउनेछ,अरुको बिस्वास जित्न सकिनेछ,आजको लागि शुभ अंक ४,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब बिष्णु भगवानको स्मरण पुजा र मन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
राजनीतिक र सामाजिक कार्यमा रुची बढ्नेछ,काम गरे अनुरुप प्रतिफल हात लाग्नाले जोश र जाँगरमा उल्लेख्य वृद्धि हुनेछ,माता पिता संगको सहयोगमा ठुला काम फत्ते गरिनेछन,नोकरीमा पदोन्नती प्राप्त हुनेछ भने राज्यबाट विशिष्ट सम्मान मिल्नेछ,,आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो,कुनै काममको थालनी पुर्ब देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।
गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।
यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।

१ पानी र मह
विहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।
२ बेसन र बेसार
२ चम्चा बेसन र आधा चम्चा बेसार मिसाएर खुव फिट्नुस् अनि गुलाव जल मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारमा चमक आउँछ ।
३ पानी प्रयाप्त पिउनुस्
गर्मीमा शरीरलाई पानीको आवश्यकता अघि पछि भन्दा बढी पर्छ । गर्मीमा प्रयाप्त पानी पिउनुस् । यसले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्छ । त्वचामा निखार ल्याउँछ ।
४ केरा सेवन
गर्मी मौषममा केराको सेवन निक्कै राम्रो मानिन्छ । केरा सेवन मात्र होइन केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट लगाउनुस् र सफा गर्नुस् अनुहार चम्किन्छ ।
५ सुन्तालका बोक्रा
सुन्तालाका बोक्रालाई पिसेर पाउडर बनाउनुस अनि काँचो दुधमा लेप बनाउनुस् । यो अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ ।
६ मलाइ र केसर
अनुहारमा भएको सुख्खापन हटाउन मलाइ र केसरको मिश्रणले अनुहारमा मालिस गर्नु उत्तम मानिन्छ । यसो गर्दा अनुहारको रुखो पन हटेर चमक आउँछ ।
७ मह र पानी
एक चम्चा महमा पानी मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको फोहोर निस्किन्छ । अनि सफा गर्दा अनुहारमा चमक आउँछ ।
८ काजु र दुध
काजु अनुहारको च्वचाका लागि राम्रो मानिन्छ । काजु र दुध मिसाएर खँदा अनुहारमा चमक आउँछ । छालाको सुख्खापन हटाउन काजु र दुधको लेप अनुहारमा लगाउन सकिन्छ ।
९ कागती र सुन्तालाको रस
आधा चम्चा सुन्तालाको रसमा केही थोपा कागतीको रस मिसाएर गुलाव जलसँग केहीबेर फ्रिजमा राख्नुस् । २० मिनेटपछि यसले अनुहार धुनुस् ।
१० दही र पुदिना
दही र पुदिनाको पातको पाउडर मिसाएर अनुहारमा लगाउनुस् अनि आधा घण्टा कुर्नुस् । सुख्खाभएपछि सफा पानीले धुनुस् । यसो गर्दा अनुहार चम्किन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी : आफ्नो फिल्म 'बजरंगी भाइजना' को बालकलाकार हर्षाली मल्होत्राबारे सलमानले दिएको चासो र लगावबारे बलिउडमा चर्चा भइरहेका बेला उनलार्इ पढाउने जिम्मा पनि सलमानले लिने भएका छन् ।

समाचार अनुसार सलमानले हर्षालीको सबै पढाइ खर्च आफैंले ब्यहोर्ने भएका हुन् । सलमानले अहिलेसम्म हर्षालीका परिवारलार्इ सहयोगस्वरुप डेढ करोड भारतीय रुपैयाँ प्रदान गरिसकेका छन् ।

तर हर्षालीकी आमाले भने यो खबरलार्इ बकबासको संज्ञा दिँदै आएकी छन् । हर्षालीकी आमा काजलले बताए अनुसार आफूलार्इ कुनै खर्च प्राप्त नभएपनि सलमानले सहयोग गर्न लागेको जानकारी भने पाएको बताइन् ।

केही विज्ञापनमा समेत देखिइसकेकी हर्षालीको करियरलार्इ लिएर आमा काजलले सतर्कतापूर्वक निर्णय गर्न थालेकी छन् । सलमानले हर्षालीलार्इ पढाइदिने कुराको पनि उनले सोचेरमात्रै निर्णय दिने बताइरहेकी छन् ।

बजरंगी भाइजानबाट हर्षालीले बलिउडमा आफ्नो गतिलो पहिचान बनाइसकेकी छन् । उनकी आमाले अब सानोतिनो फिल्मी भूमिकामा अल्झेर छोरीले आफ्नो करियर बर्बाद गरेको हेर्न नचाहेको बताएकी छन् ।

केही दिनअघि आएको समाचार अनुसार काजलले छोरी हर्षालीलार्इ क्याटरिना कैफको बालककालको भूमिका निर्वाह गर्न आएको प्रस्ताव अस्विकार गरेकी थिइन् ।

त्यतिमात्रै होइन उनले फिल्म प्रेम रतन धन पायोका लागि सलमानको तर्फबाट आएको अफरको समेत हर्षालीले इनकार गरिदिएकी थिइन् ।
काठमाडौँ : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले पेसागत चासोका अतिरिक्त अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पुर्‍याउन आग्रह गरेका छन्।

नेपाल पत्रकार महासङ्घले प्रस्तावित नयाँ संविधानमा सूचना एवम् अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा राखिनुपर्ने प्रावधानबारे प्रस्तुत गरेको ध्यानाकर्षण–पत्र संविधानसभा भवन बानेश्वरमा ग्रहण गर्दै उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएकाले त्यसको सुनिश्चितताका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।


अघिल्लो संविधानसभाले गरेको कार्यको उपलब्धि ग्रहण गर्नेलगायत दलबीच भएका सहमति विपरीत संविधान मस्यौदा समितिले गल्ति मात्रै होइन, बद्मासी र अपराधजन्य काम गरेर मस्यौदा ल्याएको बताउँदै उनले भने– “विगतको सहमतिलाई उल्टाउने गरी आएको मस्यौदालाई कतिपयले त कम्प्युटरले लेखेको भन्ने अभिव्यक्तिसमेत दिएको पनि पाइन्छ ।”

“अहिलेको मस्यौदालाई सुधार नगरी जाने हो भने उत्पीडित जनताको मागलाई सम्बोधन गर्न नसकिने हो भने आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्ने की अन्य विकल्प सोच्ने भन्ने प्रश्न उब्जिएको छ,’सभापति डा भट्टराइले भने।

यसअघि ध्यानाकर्षपत्र प्रस्तुत गर्दै महासङ्घका सभापति डा महेन्द्र विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानको मस्यौदाले अङ्कुश पार्न खोजिएको हुँदा त्यसलाई व्यापक सुधार र परिमार्जनको खाँचो रहेको बताउनुभयो । रासस
annapurnapost.com
१३ साउन, काठमाडौं ।  नवलपरासीको कुडिया–४ मर्चहवामा भएको बालक बलिको घटनामा प्रहरी उपरीक्षक (एसपी) नलप्रसाद उपाध्यायको विवादास्पद भूमिका देखिएको छ  । सोनु भनिने जीवन कोहरको हत्या प्रकरणको छानविनको क्रममा एसपी उपाध्यायको भूमिका विरोधाभाषपूर्ण देखिएको हो ।
जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रमुख समेत रहेका उपाध्यायले  हत्यामा समलग्न कोदाई चमारका छोराको उमेरको विषयमा विवादास्पद भूमिका खेलेको देखिएको छ ।  सञ्चार माध्यममा १४ वर्ष मात्रै पुगेकाले प्रचार नगर्न आग्रह गरेका उनले पत्रकार सम्मेलन वितरण गरिएको प्रेस विज्ञप्तिमा १८ वर्ष पुगेको उल्लेख गरेका थिए ।

स्थानियहरुले पनि १८ वर्ष पुगिसकेको बताएका थिए । कोदाई चमारका छोरा विजय चमार कामेपछि मान्छेको मासु मागेका थिए । उनै विजयलाई जोगाउन प्रहरीले शंकास्पद भूमिका खेलेको स्रोतले दाबी गरेको छ ।
घटनाबारे आयोजित पत्रकार सम्मेलनको क्रममा पुजारी गंगा हरिजन  पनि हत्यामा समलग्न नरहेको उपाध्यायले पटकपटक बताएका थिए । तर हत्यामा समलग्न गंगा आफैले भने हत्या अघि आफूले देउताका नाममा पूजा गरिदिएको जानकारी दिएका थिए ।

पूजा गरेवापतको ५० हजार रुपैयाँ पनि उनैले लिएका थिए ।
तर एसपी उपाध्यायले भने त्यो पैसाले बियर पाटी गरेको बताएका थिए ।  पत्रकार सम्मेलनको क्रममा एसपी उपाध्यायले  थुनामा रहेकी मूख्य अभियक्त (कोदाई चमार) की श्रीमती कान्तिलाई उनले  ‘निर्दोष’ रहेको बताएका थिए । जबकी शव फेला पार्नासाथ हत्याको पहिलो बयान दिने उनै थिइन्  उनले विभिन्न सञ्चार माध्यमलाई भनेकी थिइन् ‘हत्या गरेपछि मलाई श्रीमानले सुनाए, मैले गाली गरें ।’ गाउँभर बालकको खोजी हुँदा उनले बालकबारे खुलाशा नगरी बसेकी थिइन् ।

पत्रकार सम्मेलनको क्रममा अलि हतारिएको भावमा देखिएका उनले पत्रकारलाई अभियुक्तसँग कुराकानी गर्न समेत दिएका थिएनन् । अभियुक्तसँग अलि गम्भिर विषयमा पत्रकारले प्रश्न गर्दा एसपी उपाध्यायले  मातहतका प्रहरीलाई हकार्दै भन्थे, ‘यिनीहरुलाई लगिहाल्नोस् । ल भयो । पुग्यो अब ।’ घरमै हत्या भएको गाउँलेको भनाई प्रति प्रहरीको भनाइ थियो   होइन बाहिर भएको हो  । बाहिर कहाँ भन्ने प्रश्नमा उनले भन्थे त्यो त अनुसन्धानबाट थाहा हुन्छ ।’
उनको भूमिकालाई लिएर पश्चिम क्षेत्रिय प्रहरी कार्यलयमा समेत चर्चा भएको छ । पश्चिम क्षेत्रिय कार्यलयका डिआइजी पंकज श्रेष्ठले समेत एसपीको भूमिकालाई माथि चासो राखेको जनाइएको छ ।
प्रहरी प्रवक्ता  डिआइजी कमल सिंह बम घटना अनुसन्धानमा भएकाले बोल्न नमिल्ने बताए । ‘सम्बन्धीत निकायले अनुसन्धान गरिरहेको छ ।’ खबरडबलीसँग बमले भने, ‘अनुसन्धान भइरहेको घटनामा प्रधान कार्यलयले बोल्न मिल्दैन ।’

गत साउन ५ गतेदेखि हराएका १० वर्षिय बालक सोनुको घाँटी रेटिएको अवस्थामा भेटिएको थियो । सोही घटनाको अनुसन्धानबाट बालकलाई बलि दिएको रहस्य बाहिर आएको थियो ।प्रहरीले ९ जना अभियुक्तलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
पर्सा । वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ ।
मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्धबिच्छेद गर्ने क्रम बढ्दो छ ।
कम उमेरमा विवाह र वैदेशिक रोजगारका कारण प्रतिवर्ष दोब्बरका दरले पर्सामा सम्बन्धबिच्छेद भएको पर्सा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ ।
जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०-०७१ मा ६० दम्पतीले सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गराएको तुलनामा आव २०७१-०७२ मा सो सङ्ख्या बढेर १३३ दम्पती पुगेको छ ।

यो सङ्ख्या २०७०-०७१ को तुलनामा २२१ प्रतिशतले बढी रहेको पर्सा जिल्ला अदालतका तहसिल्दार शम्भुकुमार बस्नेतले बताए । उनले तराईका युवायुवतीबीच कम उमेरमा विवाह हुनु र वैदेशिक रोजगारमा दुई तीन वर्ष बिताई स्वदेश फर्किएपछि श्रीमान् श्रीमतीको चित्त नमिलेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको बताए ।
रोजगारका लागि विदेश जाने युवा दुई तीन वर्षपछि स्वदेश फर्किने र श्रीमतीको आचरण माथि शङ्का गर्नु, श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध स्थापित हुनुजस्ता कारणले गर्दा पर्सामा सम्बन्धबिच्छेद गर्ने चलन बढी रहेको तहसिल्दार बस्नेतको तर्क रहेको छ ।
लामो समयसम्म श्रीमान् श्रीमती अलग बस्नु र घरेलु हिंसाको घटनामा समेत वृद्धिले पनि सम्बन्धबिच्छेदलाई बढाएको समाजसेवीहरुको भनाइ रहेको छ ।

सम्बन्धबिच्छेदको बढ्दोक्रमलाई रोक्न तराईमा रहेको बालविवाह तथा दाइजोप्रथा अन्त्य गर्नुका साथै श्रीमान् श्रीमतीबीच विश्वासिलो वातावरण आवश्यक रहेको समाजसेवीको भनाइ रहेको छ ।
www.nepalsandesh.com
बैंकक। लाओसमा एक सैनिक  हेलिकोप्टर दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका २३  सेना बेपत्ता भइका छन् ।
हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ ।
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको बताइएको छ ।
सो हेलिकोप्टरको सम्पर्क विच्छेद भएपछि त्यसमा रहेका १९ जना यात्रु र चालक दलका चारजना सदस्य हराइरहेका छन् ।
उक्त दुर्घटना विकट स्थानमा र लगातार भारी वर्षाकाकारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ ।
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न गर्न कठिनाइ भएको सेनाले बताइएको छ ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home