• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
प्रतिकार हुन नदिन प्रहरीको विशेष निगरानी
विराटनगर : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु आएपछि विराटनगरको सुरक्षा व्यवस्था आइतबार विहानैदेखि कडा पारिएको छ । विराटनगरका सबै ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ ।


विराटनगर–७ महावीर चौकमा मोर्चाले आयोजना गर्न लागेको विरोधसभालाई सम्बोधन गर्न नेताहरु शनिबारै विराटनगर आइपुगेका हुन् ।

सभालाई सम्बोधन गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टीका नेता सर्बेन्द्रनाथ शुक्ला, लिम्बुवानबादी नेता कुमार लिङ्देन र तराई मधेस सद्भावना पार्टीका महेन्द्र राय यादव लगायतका नेताहरु विराटनगर आइपुगेका छन् ।

लामो समयदेखि आन्दोलन गरिहरेपनि सरकारले आफूहरुको माग पूरा नगरेर आन्दोलनलाई तुहानउका लागि विभिन्न षड्यन्त्र गरेको भन्दै त्यसको विरोधमा शीर्षस्थ नेताहरुको उपस्थितिमा महावीर चौकमा सभाको आयोजना गर्न लागिएको संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले बताए ।

उनका अनुसार दिउँसो १ बजेबाट हुने सभाका लागि मञ्च निर्माण गर्ने र गाउँ गाउँबाट कार्यकर्ता ल्याउने काम भइरहेको छ । सभामा उपस्थित हुन गाउँ गाउँबाट ट्याक्टर, ट्रक, मोटरसाइकल लगायतका सवारी साधन चढेर ठूलो संख्यामा मोर्चाका कार्यकर्ताहरु विराटनगर आइरहेको यादवले बताए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले मोर्चाले पूर्वघोषित कार्यक्रम अनुसारनै सभाको आयोजना गर्ने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

कार्यक्रमका बेला तथा कार्यक्रम हुनु भन्दा अगाडि र पछाडि कुनैपनि अप्रिय घटना नहोस भनेर सबै ठाउँमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

‘हामी इटहरीमा जस्तो घटना हुन नदिन सचेत छौं । त्यही भएर विराटनगरमा निगरानी बढाएका छौं’ डीएसपी खरेलले भने, ‘सभाका नाममा कुनैपनि उछृृङखल गतिविधी गर्नेलाई तत्काल पक्राउ गरेर कारवाही अघि बढाइन्छ । सभा विथोल्ने नाममा कुनैपनि समूह निस्किए नियन्त्रणमा लिइने छ ।’
annapurnapost
आइतबार, १३ मंसिर
काठमाडाैं । भारत उत्तरप्रदेशको ग्राम पञ्चायतको निर्वाचनका कारण सोमबार बिहानसम्मका लागि नेपाल सँगका सीमा नाका भारतले शील गरेको छ ।
भारतले कृष्णनगर, मर्यादपुर र ककारचौडा नाका शील गरेको हो ।
नाका शील गरिएको भएपनि पैदल यात्रु भने आवागमन गर्नपाउने व्यवस्था गरिएको छ । आज बिहान ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म बोर्डर बन्द हुने छ ।
nepalsandesh
धादिङ, १३ मंसिर । कालुपाण्डे मार्ग अन्र्तगत धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ६ कालीदहमा बन्दकर्ताले आज मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै ना ४ ख ७१३० नम्बरको ट्रक जलाएका हुन् ।
हैटौडाबाट इट्रा बोकेर ल्याएको गाडीका चालकलाई ओराली बन्दकर्ताले आगजनी गरेको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए । आगजनीका कारण ट्रकमा क्षति पुगेको छ ।
विप्लव नेतृत्वको माओवादीले गरेकोे बन्दका कारण सदरमुकाम धादिङबेसीबाट चल्ने गाडीहरु चल्न सकेको छैन भने राजमार्ग क्षेत्र पनि ठप्प भएको छ । सदरमुकामका पसल, बजार पनि बन्द रहेका छन् ।
dainiknepal
वाशिंगटन डिसी, १३ मंसिर । अमेरिकाको बोस्टनमा लामो समयदेखि बस्दै आएका नेपाली मुलका प्रख्यात छायाचित्र पत्रकार बिमल नेपाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध कानुनी लडाइँ लडिरहेका छन् ।
उनै नेपालसंग डिसीमा मोदीले उनले खिचेको तस्बिर अनुमति बिना सामाजिक संजालमा प्रकाशित गरेको बिषयमा गरिएको अन्तर्वार्ता कुराकानी यस्तो छः
कुराकानी गर्दै उनले आफूले खिचेको छायाचित्र अनुमतिबिना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रयोग गर्नु सरासर गलत भएको बताए । उनले भने– ‘उहाँ जस्तो सर्वाधिक चर्चित व्यक्तिले मैले खिचेको तस्बिर प्रयोग गर्नु भनेको मेरो लागि गौरब पनि हो । तर, मैले गरेको मेहनत र मेरो सर्बाधिकारको हनन भएकोमा दुःख लागेको छ ।’
 पत्रकार बिमल नेपाल
विभिन्न चरणमा पत्राचार भएको उल्लेख उनको पक्षबाट डिसी महानगर क्षेत्रमा संचालित १ सय ३७ बर्ष पुरानो कानुन ब्यबसाय फिस एण्ड रिचार्डसन कानुनी ब्यबसायीहरुले सर्वाधिकार बिषय सम्बन्धि कानुनी लडाई लड्ने जानकारी दिए ।
उक्त मामलामा अमेरिकाको युएस कपि राईटमा दर्ता भै सकेको र उक्त फिस एण्ड रिचार्डसन कानुन ब्यबसायले निःशुल्क फोटो पत्रकार बिमल नेपालको पक्षमा कानुनी लडाई लड्ने भएका छन् भने यसको मुख्य कार्यालय बोस्टनमा रहेको छ । उक्त कानुनी ब्यबसायले अधिकार पत्र, बौद्धिक सम्पत्ति तथा अन्य मुद्धाका बिषयमा हेर्ने गरेको भएता पनि सर्वाधिकार सम्बन्धि धेरै मुद्धाहरु हेरिसकेको छ ।
गतबर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिमल नेपालद्वारा खिचिएको तस्बिर अनुमति बिना प्रधानमन्त्रीको आधिकारिक सामाजिक संजाल मुहार पुस्तिकामा राखेकोले यो बिषयले चर्को रुप लिएको थियो । यस बिषयलाई लिएर अन्तर्राष्ट्रिय, भारतीय तथा नेपाली संचार माध्यममा पनि चर्चा परिचर्चा चलेको थियो ।
नेपाललाई अघोषित नाकाबन्दी लगाउने मोदीलाई कानुनको कठघरामा ल्याउन फिस एण्ड रिचार्डसन कानुन ब्यबसाय कानुनी लडाई लडी रहेको छ ।
फोटो पत्रकार नेपालले गतबर्ष आफैले आफ्नी छोरीको छायाचित्र मेसाचुसेट्सको क्यामब्रिज अवस्थित घरको खाना खाने स्थानमा खिचेको तस्बिरलाई प्रधानमन्त्री नरेन्द्र मोदीले दिपावलीको समयमा अनुमति बिना उक्त तस्बिरलाई आफ्ना सम्पूर्ण प्रशंसक तथा अनुयायीहरुलाई प्रधानमन्त्रीको फेसबुकबाट पठाएका थिए ।
आफ्नो छोरीसंग खिचेको तस्बिरलाई मोदीले आफ्ना २३ मिलियन (२ करोड ३० लाख) अनुयायीमा हिस्सा गरेका थिए भने ४ लाख ९६ हजारले मन पराएका थिए । यसैगरि ४५ हजारले अन्यमा ठाउँमा शेयर गरेका थिए भने १६ हजारले टिप्पणी गरेका थिए ।
भारतका प्रधानमन्त्रीको कार्यालयबाट उक्त तस्बिर प्रयोग गर्न अनुरोध पनि नगरेकोले डिसीको कानुन ब्यबसायले पत्राचार गरेको छ ।
dainiknepal
चीन संगको पेट्रोल, डिजेल, ग्याँस लगाएतका इन्धनको ब्यापार सम्झौतामा ढिलाई भएपनि चीनले थप १३ लाख लिटर पेट्रोलियम पदार्थ अनुदान दिने भएको छ ।
विविध कारणले ब्यापार सम्झौतामा ढिलाई हुने भएपछि नेपाल सरकारको अनुरोधमा चीनले अहिलेलाई गत महिनामा जस्तै पेट्रोलियम पदार्थ अनुदान दिन लागेको हो ।
सो पेट्रोलियम पदार्थ केरुङ नाकावाटै आउने छ । यसवारे औपचारिक सहमति र निर्णय केही दिनमा हुने जनाइएको छ ।
ब्यापार सम्झौताको लागि तयारी गर्न गएको नेपाली टोलीले चिनियाँ टोली संग बेइजिङमा विविध विषयमा वार्ता जारी राखेको छ । नेपाली पक्षले चीनले स्थानिय कर नलिन आग्रह गरेतापनि कुरा टुंगिएको छैन ।
पेट्रोल र डिजेल केरुङ नाकावाट निर्यात गर्ने र खाना पकाउने ग्याँस तातोपानी नाकावाट नेपाल भित्र सम्मै ल्याइदिने चिनियाँ प्रस्ताव छ ।
नेपालले पेट्रोल डिजेल पनि चिनियाँ टैंकरवाटै नेपाल भित्रै सम्म ल्याइदिन आग्रह गरेको छ । भारत वाट ल्याउँदा पनि भारतीय टैंकर तथा ग्याँस बुलेटहरुवाट पनि नेपाल भित्रै सम्म ल्याउने गरिएको छ ।
नेपाल संग अत्यधिक चिसोमा चल्न सक्ने टैंकर नहुनाले यस्तो अनुरोध गरिएको आपूर्ति मन्त्रालय श्रोतले जनाएको छ । यसको विकल्पमा नेपालले चीनवाट अति चीसो तापक्रममा पनि चल्ने केही टैंकर र बुलेट किन्ने उपाय वारे पनि छलफल भैरहेको छ ।
यसका साथै केरुङ नाका र तातोपानी नाका तथा अन्य नाकाहरुका सडक एवम् पूर्वाधारहरुको स्तरउन्नति गर्ने विषयमा पनि विविध च्यानलमा नेपाल र चीन विच छलफल भैरहेको वताइएको छ ।
केरुङ नाकाको स्तरोन्नति गर्न चिनियाँ पक्षले बावुराम भट्टराई प्रधानमन्त्री भएको वेला नै प्रस्ताव पठाउँदा नेपाल सरकारले गम्भीरतापूर्वक नलिएकोले अहिले चिनियाँ पक्षले दीर्घकालीन र गम्भीर सम्झौताको माग राखेको वताइन्छ ।
नेपाल र चीन विच ब्यापार तथा पारवहन सम्बन्धि बृहत सम्झौताको विषयमा पनि दुई देश विच विविध च्यानलवाट छलफल भैरहेको वताइएको छ । चीनले बावुराम भट्टराईको समयमा नै यस सम्वन्धि प्रस्ताव पठाउँदा नेपाल सरकारले त्यति गम्भीरतापूर्वक नलिँदा अहिले समस्या आएको समाचार श्रोतले वताएको छ ।
पछि शुशील कोइराला प्रधानमन्त्री हुँदा पनि यसवारे गम्भीरता साथ नलिएको तथा तातोपानी नाका भूकम्पले विगारेको सात महिना पुगे पनि सुचारु गर्न पहल नलिंदा अहिले समस्या गम्भीर भएको छ ।
nepalsandesh

झापा, १३ मंसिर । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान सुरु भएको छ ।
अनुमतिविनै हतियारसहित नेपाल प्रवेश गरेको भन्दै उनीहरुलाई आज बिहान सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ती हतियारधारी सुरक्षाकर्मीको समूह सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा पसेको भनिएपनि उनीहरुको गतिविधी शंकास्पद रहेको भन्दै स्थानीय प्रशासनले अनुसन्धान सुरु गरेको झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो ।
उनीहरुले चार थान आधुनिक हतियार बोकेर नेपाल प्रवेश गरेको पाइएको छ । हाल केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएका भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न तथा घटनाको स्थलगत अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलासहितको टोली घटनास्थल पुगेको छ ।
उक्त टोलीले एसएसबीमाथि अनुसन्धान सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी पौडेलले उनीहरू तस्करलाई लखेट्दै नेपाल छिरेपनि बाटो बिराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
यसैबीच झापाको केचनाका स्थानीयबासीले भारतीय सुरक्षाकर्मीलाई नछोड्न माग गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुले सशस्त्र प्रहरी कार्यालय बाहिर नाराबाजी गरिरहेका छन् । नेपालीलाई दुःख दिने एसएसबीलाई जेल हाल भन्दै नाराबाजी गरिरहेको स्थानीय पुष्प कँडेलले जानकारी दिनुभयो ।
dainiknepal
भीमदत्तनगर, १३ मङ्सिर । नेकपा माओवादीले आज बिहान कञ्चनपुरको भीमदत्तनगर बजारमा भारतीय नंको जिप तोडफोड गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चम्मन चोकबाट गड्डाचौकीतर्फ गइरहेको एचआर २६ जेड ०२२७ नंको भारतीय जिप माओवादीका कार्यकर्ताले यहाँस्थित विद्युत् कार्यालय नजिक तोडफोड गरेका हुन् । प्रहरीले जिप तोडफोड र यातायातमा अवरोध पु¥याउँदै हिँडेका माओवादीका महाकाली इन्चार्ज देवीदत्त पाण्डेयसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रहरीलाई तोडफोड गरिएको जिपलाई सुरक्षा दिई नेपाल भारत सीमा क्षेत्र गड्डाचौकी पार गराएको छ ।
असुरक्षाको कारण देखाउँदै प्रहरीले कञ्चनपुरमा गुडिरहेका भारतीय सवारी साधनको सुरक्षामा विशेष चासो देखाएको छ । प्रहरीले बिहानैदेखि सुरक्षा सक्रियता बढाएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पन्तका अनुसार पश्चिमी नाका गड्डाचौकीबाट नेपाल आउने भारतीय सवारी साधनलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बनबासा क्षेत्रमै रोकेको छ ।
माओवादीले भारतीय सवारी साधनलाई निसाना बनाउँदै तोडफोड गर्न थालेपछि एसएसबीले भारतीय सवारी साधनलाई सिमानामै नेपाल आउन रोकेको बताइएको छ । रासस
तस्वीर : केशव जोशीबाट
dainiknepal.com
झापा, १३ मंसिर । हतियार बोकेर नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा बल (एसएसबी)का १३ जना अधिकारीलाई नेपालस्थित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पहिलोपटक भारतको दादागिरी तोड्दै सशस्त्र प्रहरीले हतियारै बोकेर नेपाल छिरेका एसएसबीका १३ जना अधिकारीलाई नेपाल–भारत सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
झापाको केचना नाकाबाट नेपाल छिरेका उनीहरुलाई सशस्त्र प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ । तस्करलाई खेद्दै हतियारसहित नेपाल छिरेका उनीहरूलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
केचना नाकामा रहेको सशस्त्र प्रहरीको बेसक्याम्पमा उनीहरूलाई राखिएको छ । गृह मन्त्रालयको समन्वयमा उनीहरूलाई प्रक्रिया पुगाएर भारतीय उच्च अधिकारीको जिम्मा लगाइने छ ।
झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उनीहरू तस्करलाई लखेट्दै नेपाल छिरेपनि बाटो बिराएका हुन् वा नियोजितरुपमा छिरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।
यसअघि सुनसरीको भान्टाबारीमा पनि नेपाल छिरेर एसएसबीले चार जना नेपालीमाथि गोली हानेको थियो । त्यसैको बदला लिन पनि सशस्त्र प्रहरीले एसएसबीका अधिकारीलाई पहिलोपटक समातेको हो ।
dainiknepal
काठमाडौं – विहार चुनावमा सबैभन्दा बढी सिट जित्ने राष्ट्रीय जनता दल (आरजेडी) ले मधेसी जनताको ममिलामा चुप नबस्ने बताएको छ ।
लालू प्रसाद यादवको नेतृत्वमा रहेको पार्टी आरजेडीका उपाध्यक्ष रघुवंश प्रसाद सिंहले नेपालमा मधेसी जनतालाई समान नागरिकता दिलाउन नेपालको सीमावर्ती क्षेत्रमा गएर जनसमर्थन जुटाउन लाग्ने बताएका हुन् । भारतीय मिडिया न्युज २४ मा प्रकाशित समाचारका अुनसार सिंहले भारतको केन्द्र सरकार नेपाल नीतिमा असफल भएको बताउँदै नेपालको सीमा क्षेत्रमा रहेका सम्पूर्ण राज्यका मुख्यमन्त्रीहरुलाई यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न अपिल गर्ने समेत बताए । ‘नेपालमा नयाँ संविधान लागु गरिएको छ जसमा मधेसी जनतालाई दोस्रो दर्जाको नागरिक बनाइएको छ,’ सिंहले भने, ‘उनीहरुलाई समान नागरिकताको अधिकार दिइएको छैन ।’ उनले नेपाल भारत सम्बन्ध सुधार गर्नका लागि पनि पहल गर्ने बताएका छन् । सिंहले अनुसार नेपाल भारतबीच रोटी–बेटीको सम्बन्ध रहँदै आएको बताउँदै भारतका २० लाख छोराछोरीको नेपालमा विवाह भएको र ६० लाख नेपाली भारतमा बस्दै आएको दाबी गरे । उनले तराईका २२ जिल्लमा ५१ प्रतिशत नेपाली जनता बस्ने र पहाडमा ४९ प्रतिशत जनता बस्ने भए पनि पहाडी क्षेत्रमा १०० संसदीय क्षेत्र र मधेशमा ६५ क्षेत्र बनाइएको बताए । यसरी संविधानमा मधेसका जनतालाई दोस्रो दर्जाको नागरिक बनाएर राखेको बताए । ratopati
मधेस आन्दोलनका क्रममा सप्तरीमा मारिएका चार जनाको शवयात्रामा हजारौं सहभागी
 सप्तरी , १३ मंसिर । मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरीको गोलीले मारिएका चारजनाको शनिबार शवयात्रा निकालिएको छ । गत शनिबार र आइतबार मारिएका सप्तरीका नागेश्वर यादव, वीरेन्द्र राम, दिलीप साह र शिवशंकर दासलाई सहिद घोषणा तथा परिवारजनलाई उचित क्षतिपूर्तिका लागि जिल्लाबाट सर्वपक्षीय सर्वदलीय बैठकबमोजिम स्थानीय प्रशासनले गृह मन्त्रालयमा सिफारिस गरेर पठाएपछि चारैजनाको शव यात्रा निकालिएको हो ।
राजविराजस्थित गजेन्द्र चोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मृतकहरूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको छ ।
राजविराजबाट सुरु भएको शवयात्रा सिरहाको लहानसम्म पुगेर पुन: सप्तरी फर्किएको थियो । लहानमा करिब १० हजारभन्दा बढी सर्वसाधारणको सहभागिता थियो । सप्तरीको राजविराजबाट सुरु भएको शवयात्रा रूपनी, कल्याणपुर, कदमाहा हुँदै सिरहाको लहान आइपुगेको थियो । उनीहरूको शनिबार राति नै अन्त्येष्टि गरिने रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए । अाजकाे  नयाँ पत्रिकामा खबर  रहेकाे छ ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं – राजधानीको सुन्धारामा आइतबार  बिहानै गोली चलेको छ । भूमीगत समूहका छोटेलाल ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा सुन्धारामा ठाकुरले प्रहरीमाथि नै गोली प्रहार गरेका हुन् ।

प्रहरी माथि आक्रमण प्रयास भए पछि प्रहरीले गोली हानेर ठाकुरलाई नियन्त्रणमा लिएको छ । ठाकुरले गोली हानेपछि प्रहरीले जवाफमा हानेको गोली लागेर घाइते भएका ठाकुरको अहिले वीर अस्पतालमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । ठाकुरको घुँडामुनि दुई गोली लागेको छ ।

प्रहरीले ठाकुरबाट नेपाल प्रहरीको लोगो टाँस भएको एउटा चाइनिज पेस्तोल र अर्को एक थान  कटुवा बन्दुक  बरामद भएको जनाएको छ ।

प्रहरीले ठाकुरसँगै रहेका राजकुमार पट्टेललाई नियन्त्रणमा लिएको छ ।
तराईमा सक्रिय भूमिगत समूहमा संलग्न भएको बताइएको छ । उनी केही समयअघि रौतहटको प्रहरी हिरासतबाट प्रहरीको एसएलआर राइफल खोसेर भागेका थिए । उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।

ratopati
आइतबार, १३ मंसिर
काठमाडौं । चीनसँग इन्धन खरिदका लागि कर छूट दिन आग्रह गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीन सरकारलाई औपचारिक पत्र लेखेको छ ।
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले कर छूटका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत चीनलाई पत्र पठाइसकिएको जानकारी दिए ।
वाणिज्य मन्त्रालयका एक अधिकारीले भने गत बिहीबार नै कर छूटका विषयमा अर्थ र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको बताए ।
नेपाल आयल निगमले कात्तिक १५ देखि मंसिर ५ गतेभित्रको अवधिमा द्विपक्षीय व्यापार सम्झौता गरी चीनबाट इन्धन खरिद गर्ने योजना सार्वजनिक गरेको थियो ।
तर उक्त समयसीमा समाप्त भएको सात दिन बितिसक्दासमेत चीनसँग व्यापार सम्झौता हुनसकेको छैन । नेपाललाई इन्धन बिक्री गर्न चीनले आफ्नो निर्यात नीति नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh
हेल्लो  शुभ बिहानी सबैलाई आज  वि.सं. २०७२ साल मंसिर १३ गते। आइतबार। इश्वी सन् २०१५ नोभेम्बर २९ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– चतुर्थी, २४:१३ बजेउप्रान्त पञ्चमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविभिन्न उपहार प्राप्त हुने समय छ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन् भने प्रशंसकहरू पनि बढ्नेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। आत्म–विश्वासले ठूलो फाइदा उठाउन सकिनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। विशेष उपहार पाइने सम्भावना छ। स्वादिष्ट भोजनको आनन्द पाइएला। कामबाट फुर्सद मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoधेरै श्रम गर्दा पनि तत्काललाई कम मात्र मूल्य पाइएला। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने देखिन्छ। सामान्य आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। तर सञ्चित रकम खर्च हुने सम्भावना छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविशिष्ट व्यक्तित्वहरूसँग सम्बन्ध बढाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने अवसर प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविशेष योजनाहरू बन्नेछन्। आस मारेको कामले सकारात्मक मोड लिने सम्भावना छ। लगनशीलताले ठूलो काम सम्पादन हुन सक्छ। आफ़्नाका लागि गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक वा मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। पुराना सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। कठिन चुनौतीका बाबजुद गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusव्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसद्विचारले काम लिनेहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। पढाइलेखाइ र व्यवसायमा विशेष लाभ लिने समय छ। टाढाको यात्रा सम्भावना छ। घरमा सुख-सम्पत्ति प्राप्त हुने योग छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ भौतिक साधन प्राप्तिको योग छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।।उपप्रा. लक्ष्मीप्रसाद बराल


मानिसहरुलाई सबै भन्दा चासो हुने विषय हो भविष्यमा के होला । जो कसैलाई पनि भविष्यमा के हुन्छ भन्ने थाहा पाउने चाहाना हुन्छ ।

तर भविष्यको विषयमा अनुमान गर्न ज्यादै कठिन छ । ५ सेकेण्ड वा ५ मिनेट पछि पनि के हुन्छ भनेर ठोकुवा गर्न कसैले पनि सक्दैन ।

भविष्यको विषयमा थाहा नहुनु राम्रो पनि हो किन भने यदि भविष्यको विषयमा अहिले नै जानकारी हुन थाल्यो भने यो दुनियाँमा धेरै हंगामा हुने थियो ।

तर केही विद्वानहरु भने भविष्यको विषयमा जानकारी पाउन सकिने बताउँछन् । साधनामा सिद्धी प्राप्त भएमा भविष्यको विषयमा हुने घटनाबारे सजिलै बताउन सकिने रहस्यशास्त्रीहरुको दावी छ ।


यस्तो साधना निक्कै कठिन हुने र शरीर र मनलाई छुट्टाउन सक्ने यो विधीले भविष्यका हरेक कुरा जानकारी पाउन सक्ने बनाउने उनीहरुको भनाइ छ ।

यो साधाना सफल भएमा त्यस्तो ब्यकतिले भविष्यमा हुने जुनसुकै घटना र कुनै पनि कितावमा लेखिएको हरेक कुरा थाहा पाउन सक्ने बताइन्छ ।

कतिपय ब्यक्तिमा यस्तो शक्ति आफै पैदा हुने समेत हुन्छ । त्यस्तो शक्ति हुनेलाई छैटौं इन्द्रेय समेत भनिन्छ ।
काठमाडौं, मंसिर १२
बलिउड अभिनेत्री सन्नी लियोनी दोस्रोपटक नेपाल आउने भएकी छिन् । बिहान करिब १० बजे आधिकारिक ट्विटरमा पति डेनियल वेबरसँगको फोटो सेयर गर्दै नेपाल अाउन लागेको जनाउ दिएकी हुन् ।

त्यसो त, मंसिर ११ गतेका लागि एक फेसन सोमा भाग लिने बताइएको थियो । तर, आयोजकका अनुसार नेपालीहरुमा भारत विरोधी संवेदना बढेकाले सन्नीलाई ल्याउने कार्यक्रम रद्द गरिएको थियो ।

दुई वर्षअघि पहिलोपटक नेपाल आएकी सन्नीले ट्विटरमा लेखेकी छिन्,‘संसारमै सबैभन्दा बढी मन पर्ने देश नेपाल जाँदैछु । एकदमै उत्साहित छु ।’ उनका पतिले पनि ‘नेपाल जाँदैछु’ मात्र लेखेका छन् ।
setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १२ मंसिर । पाकिस्तानी चासोलाई बेवास्था गर्दै भारतलाई परमाणु आपूर्तिकर्ताहरुको समूह (एनएसजी)को पूर्ण सदस्यता दिने स्थितिमा चीनले भीटो पावर प्रयोग गर्दै त्यसलाई रोक्ने धम्की दिएको छ । बेइजिङले भनेको छ, ‘यदी भारतलाई एनएसजीको स्थायी सदस्यता दिन खोजियो भने हामी पाकिस्तानी दावीको समर्थन गर्नेछौं ।’


पाकिस्तानी राष्ट्रपति ममनून हुसेनको हालै भएको बेइजिङ यात्राका दौरान चीनले पाकिस्तानलाई भारतको प्रवेश रोक्न भीटो पावर प्रयोग गर्नसमेत पछि नपर्ने आश्वासन दिएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
चीनको यस्तो प्रतिक्रिया गुपचुपरुपमा एनएसजीको सदस्यता लिने भरतीय तयारीको खुलासा भएपछि आएको हो । सो रिपोर्टमा एनएसजीका अध्यक्षले भारतको भ्रमण गर्नसक्ने कुरा पनि उल्लेख थियो । भारतको यस्तो मनसाय रहेको सार्वजनिक भएपछि पाकिस्तानले पनि कुटनीतिक प्रयास तिब्र पारेको थियो ।

भारतलाई एनएसजीको सदस्यता दिन नहुने र यदि उसले पाउने भए आफूहरुले पनि पाउनुपर्ने पाकिस्तानको दावी छ । आफू पनि परमाणुलाई शान्तिपूर्ण रुपमा प्रयोग गर्ने नीतिको भरपुर सदुपयोग गर्नसक्ने अवस्थामा रहेको उसको जीकिर छ ।

चीन परमाणु आपूर्तिकर्ताहरुको समूह (एनएसजी)को पूर्ण सदस्य राष्ट्र हो । उसको साथमा भीटो पावर पनि छ । भीटो पावर यस्तो अधिकार हो जसले संगठनको जुनसुकै निर्णयलाई रोक्न सक्छ ।

भारतलाई गुपचुपरुपमा एनएसजीको सदस्यता दिँदा क्षेत्रीय शान्तिमा असर पर्ने पाकिस्तान र चीनको निष्कर्ष छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत् ११३६ प्रारम्भ भएको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

नेकपा एमाले जिल्ला कमिटीले शनिबार भृकुटीमन्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘नेपाल सम्बत्को नयाँ वर्ष प्रारम्भ भएको अवसरमा म यहाँहरुलाई धेरैधेरै शुभकामना व्यक्त गर्न चाहन्छु ।’

‘चिया खान बोलाएर आयोजक साथीले भाषण सुनाएर राखिरहनुभएको छ, आज भाषण नगरौं, साथीहरुलाई धेरै शुभकामना छ, आयोजकलाई धन्यवाद छ, चिया खानतर्फ लागौं, मेरो मन्तव्य सकियो धन्यवाद’– प्रधानमन्त्री ओलीले सो अवसरमा भने ।

लामो समयसम्म कुरेर प्रधानमन्त्रीको भाषण रेकर्डका लागि तम्तयार बन्दै गरेका सन्चारकर्मी भाषण टुंगिएको सुनेपछि छक्क परेका थिए ।

झन्डै दुई घन्टा लामो उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले एक मिनेट १५ सेकेन्डमात्रै मन्तव्य सके पनि अरु वक्ताले भने भाषणका लागि प्रशस्त समय खर्चेका थिए ।

यो समयभित्र उनले नेवारी भाषाबाटसमेत उपस्थित समुदायलाई शुभकामना व्यक्त गर्न भ्याएका थिए ।

सो अवसरमा बोल्ने वक्ताले नेपाल सम्बत्लाई सबै सरकारी कामकाजमा ल्याउन आग्रह गर्दै प्रयोगमा आइरहेको विक्रम सम्बत्को खारेजीको माग गरेका थिए ।

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सानु श्रेष्ठ, नेत्री सावित्रा भुसाललगायतले सम्बोधन गरेको उक्त समारोहमा नेपाली भेषभूषा र संस्कृति झल्कने गीत, संगीत र नृत्य प्रस्तुत गरिनुका साथै नयाँ वर्षको उपलक्ष्यमा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । imagekhabar
काठमाडौँ, १२ मङ्सिर । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले करिब दुई महिनादेखि तराईमा भएको बन्द, हडताल र नाकाबन्दीले निम्त्याएको समस्याप्रति चिन्ता व्यक्त गरेको छ ।
“देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियतामाथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको सङ्कटको भूमरीमा पारिएको छ”– पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ–‘राष्ट्रको सार्वभौमिकता र हाम्रो जनताको स्वतन्त्रता एवम् बाच्न पाउने आधारभूत मानवअधिकारमाथि भारतले नाकाबन्दी गरेर मानवता विरोधी गतिविधि गरेको छ ।’
हस्तक्षेपको प्रतिवाद गर्दै वैकल्पिक आपूर्ति व्यवस्था र दीर्घकालीन आन्तरिक व्यवस्थापनको दृष्टिकोण एवम् योजना बनाउनुपर्ने सो पार्टीको भनाइ छ ।
‘अझै भारतीय सीमा सुरक्षा बलले दिनदहाडै सुनसरीको भण्टाबारीमा नेपाली जनतालाई गोली ठोक्छ, तराईको भू–भाग भारतसँग मिसाउने खुल्ला अभिव्यक्ति भारतीय सांसदले दिन्छन्’–विज्ञप्तीमा भनिएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीको विरोध स्वरूप सो पार्टीले आइतबार नेपाल बन्द गर्ने समेत घोषणा गरेको छ ।
dainiknepal
विराटनगर, १२ मंसिर । संयुक्त लोकतान्त्रिकक मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले इटहरी घटनाको बदला लिने घोषणा गरेका छन् ।
राजमार्ग अवरूद्ध गर्ने क्रममा सप्तरीको रूपनी र भारदहमा प्रहरी कारवाहीमा मारिएका आफ्ना चार जना कार्यकर्ताहरूको राजबिराजमा निकालिएको शव यात्रामा सहभागी महतोले इटहरीमा मोर्चाको सभा बिथोलएको र मञ्चमा आगो लगाईएको प्रति आक्रोश पोख्दै आईतबार बिराटनगरमा हुने विरोध सभामा त्यसको बदला लिने घोषणा गरेका हुन् ।
इटहरीमा मधेसी मोर्चाको कार्यक्रमको मञ्चमा आगो लगाईदिएर सभा बिथोलेपछि अत्तालिएका महतोले त्यसको बदला लिने घोषणा गर्दै सुनसरी र मोरङबाट आफ्ना हजारौं कार्यकर्तालाई आईतवारको कार्यक्रमको लागि बिराटनगर आउन निर्देशन दिएका छन् ।
संघीय गठबन्धनको नाममा साम्प्रदायिक हिंसा मच्चाउने उद्देश्यले पहाडी बहुल क्षेत्रमा विरोधसभा गरिने र त्यसै क्रममा इटहरीको सभाको तयारी गरिएको थियो । जहाँ स्थानीय कांग्रेस, एमाले, एमाओवादी, राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरूसहित स्थानीय जनता प्रतिकारमा ओर्लिएका थिए ।
इटहरीको सभा बिथोलिएपछि त्यहाँ पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादव सभास्थलमै नपुगी बिराटनगर फर्किन बाध्य भएका थिए । यस कार्यक्रममा आउने हल्ला चलाएपनि महतो भने सप्तरीमै थिए ।
उनी बिराटनगरको सभामा सहभागी हुन शनिवार साँझ सुनसरी हुंदै बिराटनगर आईपुगेका छन् । बिराटनगरमा हुने सभामा महतोसहित उपेन्द्र र महेन्द्रले पनि समबोधन गर्ने कार्यक्रम रहेको छ ।
उता बिराटनगरमा भने एमाले, एमाओवादी सहितका अन्य सत्तारूढ गठबन्धनका दलहरूले मधेसी मोर्चाको सभा कुनै हालतमा हुन नदिने घोषणा गरेका छन् । स्थानीयवासीसंग मिलेर यी दलका विद्यार्थी र युवा संगठनहरूले मोर्चाको कार्यक्रम बिथोल्ने पूरा तयारी गरेर बसेका छन् । मधेसी मोर्चाको सभाको विरोधमा आईतबारै बिराटनगरमा प्रतिकार जुलुस निकाल्ने, मोर्चाको सभा स्थललाई आफ्नो नियन्त्रणमा लिने र मोर्चाका नेता राजेन्द्र महतो र उपेन्द्र यादवलाई बिराटनगर प्रवेश गर्न नदिने तयारी गरेका छन् । प्रतिकारको तयारी बीच मोर्चाका स्थानीय नेताहरूले कुनै हालतमा पनि कार्यक्रम गरेरै छाड्ने बताएका छन् ।
बिराटनगर सभाका लागि शनिवार नै राजेन्द्र महतोले बिहान सप्तरीको भारदह, रूपनी, हनुमाननगरमा सभा गरेर कार्यकर्ताहरू लाई बिराटनगरको सभामा आउन अपील गरेका छन् ।
बिराटनगरमा दोहरो भीडन्त हुने सम्भावना रहेपनि प्रहरी प्रशासन भने यसबाट अनभिज्ञ बनेको छ। मोरङका सिडिओ र एसपी दुबैले मोर्चाको कार्यक्रम बिराटनगरमा रहेको जानकारी आफूलाई नभएको बताएका छन् । तर, उनीहरुले भीडन्त जस्तो अवस्था आउन नदिन प्रशासन अर्लट रहेको बताए ।
dainiknepal
रौतहट, १२ मंसिर । आन्दोलनबाट आजित रौतहटका स्थानीयवासी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई लखेटेका छन् ।
रौतहटस्थित नेपाल–भारत सीमाक्षेत्रको दशगजा क्षेत्रमा शनिबार मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा आगजनी गरेपछि आक्रोशित स्थानीयले उनीहरुलाई लेखेटेका हुन् ।
शनिबार बिहान १० बजेको समयमा भारतीय बजारबाट समान किनेर फर्किने क्रममा धर्ना बसेका मोर्चाका कार्यकर्ताले रौतहट बिश्रामपुर गाविस–६ का श्यामबाबु प्रसाद शाहको ना२५प ५७३८ नम्बरको मोटरसाइकलमा आगजनी गरेका थिए ।
बहिनीको बिवाहका लागि भारतीय बजार बैरगनियाबाट सामान किनेर फर्किएका श्यामबाबुलाई कुटपिट गरी मोर्चाका कार्यकर्ताले मोटरसाइकल जलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजेन्द्र पोखरेलले मोटरसाइकलमा आगजनी भएको पुष्टि गरे । आगजनीपछि आक्रोशित स्थानीयले आन्दोलरत मधेसी मोर्चाका कार्यकर्ताले बनाएको टेन्ट भत्काएका छन् । धर्ना बस्न बनाएको टेन्ट, बिच्छ्याउने र सुत्ने सिरक, डसना, दरी लगायतका वन्दोवस्तीका सामान आक्रोशित स्थानीयले नजिकै रहेको बरहवा तालको पानीमा फालिदिएका छन् ।
आक्रोशित स्थानीय प्रतिकारमा उत्रिएपछि मधेसी मोर्चाका कार्यकर्ता भागेका थिए । उनीहरुलाई पाँच सयको संख्यामा सडकमा उत्रिएका स्थानीयले लखेटेका हुन् ।
dainiknepal
दमौली । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले  समर्थन गर्नुपर्ने बताएकाछन् ।
रिपोर्टर्स क्लब नेपाल तनहुँले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले आफुले लामो समय पार्टीमा रही धेरै त्याग गरेको र पार्टी कार्यकर्ता र शुभेच्छुकको समर्थन आफूप्रति रहेकाले दुई नेताले आफुलाई समर्थन गर्नुपर्ने बताए ।
उनले मुख अँध्यारो पार्दै भने, “सुशीलजी सभापति र प्रधानमन्त्री दुवै भइसक्नुभयो, शेरबहादुरजी तीन पटक प्रधानमन्त्री भइसक्नुभयो, त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो ।”
तीन शीर्ष नेताले अब सल्लाहकारमा बसेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि भन्ने जिज्ञासामा उनले भने “त्यसो भए म नै नयाँ हुँ, एक पटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुन्छ ।”
पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेसी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान हुने जिकिर गर्दै वर्तमान सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप लगाए ।
nepalsandesh
शनिबार, १२ मंसिर
चीनकालागि नेपाली राजदुत डा महेश मास्के र नेपालकालागि चिनियाँ राजदुत उ चुन्थाईले यतीबेला भन्ने गरेका छन् कि अब चीनबाट सहज रुपमा इन्धन आपुर्ति हुन्छ ।
तीन पटक नेपाल आउँदै जाँदै गरेका डा. मास्केले भनेजसरी अब नेपालले जती चाहो त्यती इन्धन आउने भाषणबाजी केवल हल्लामा सिमित मात्रै हुन लागेको छैन चुन्थाइले भनेजस्तै नेपाल सरकारको आग्रहलाई चीनले सहर्ष स्विकार गर्ने विषय पनि अन्यौलग्रस्त बन्दै जान थालेको छ ।
पछिल्लो समय भारतीय गृहमन्त्रीको चीन दौडधुप र भारतीय जनता पार्टीका नेता विजय जेलीको संकास्पद नेपाल भ्रमणले पनि यो विषयलाई गम्भिर बनाएको छ ।
अझ चीनकै केन्द्र सरकार र तिब्बत प्रशासनबीच पनि विवाद देखिएको छ । खास गरि पेट्रोलियम पदार्थमा लाग्ने स्थानीय कर लगाउने कि नलगाउने विषयमा चर्को विवाद छ । यो विवादका बारण चिनियाँ सरकारले कुनै पनि निर्णय दिन सकेको छैन ।
पेट्रो चाइनाले इन्धनको व्यापारिक सम्झौताकालागि बोलाएको दुई साता वित्दा पनि सम्झौता हुन नसक्नुका पछाडि यीनै दृश्य र अदृश्य कारणहरु रहेका छन् ।
अझ क्वालालम्पुरमा चिनियाँ प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीका बीचमा भएको गोप्य भेटवार्तापछि त चीन झनै सुस्ताएको छ ।
खास गरि नेपाल मामलामा चीनले अग्रास्थानमा आएर काम थाले आफुसँगको व्यापारमा पुनविचार गर्न मोदीले दिएको चेतावनीले चीन एक कदम पछि हटेको विश्लेषण गरिएको छ । चीनको स्वशासीत तिब्बत प्रशासनले पनि केन्द्रको निर्णय नमान्ने चेतावनी दिइरहेको छ ।
उस्ले आफुले पाउने कर बराबरको अनुदान सरकारले उपलब्ध गराएमात्र विना कर इन्धन पास हुन दिने अडान राखेको बताइन्छ ।
त्यसो त नेपाल सरकारले जसरी चीनबाट इन्धन ल्याउने विषयलाई हल्ला चलाएको छ, सोहै बमोजिम कुटनीतिक पहल भने गर्न सकेको छैन ।
सरकारले पहल नगर्नु र भारतीय उच्च अधिकारी चीन भ्रमणमा गएर शीर्ष नेताहरुसँग नेपाल मामलामा गोप्य छलफल गर्दा समस्या देखिएको हो ।
चिनियाँ काम्युनिष्ट पार्टीका बरिष्ठ नेताहरु पनि नेपालको भावि भुमिका कस्तो रहने हो भन्ने विषय निक्र्योल नगरि व्यापारिक सम्झौता गर्न नहुने पक्षमा छन् ।
चीनले प्रत्यक्ष रुपमा पहिलो पटक अर्को देशलाई इन्धन बेच्न लागेकाले उस्का कतिपय कानुन संशोधन गर्नुपर्ने हुन्छ ।
तर, नेपाल सरकारले दिर्घकालीन रुपमा इन्धन ल्याएन भने पछि आफुहरु नै हलुका हुने भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका केही नेताले पर्ख र हेरको नीति लिन परराष्ट्र र आपुर्ति मन्त्रालयलाई आग्रह गरेको बताइन्छ ।
यसरी चिनियाँ संस्थापन नै दुई धारमा विभाजीत हुनु, नेपाल सरकारले उच्चस्तरीय पहल नगर्नु जस्ता कारणले चीनसँग किन्ने भनिएको इन्धन हल्ला मात्र नहोला भन्न सकिदैन । पछिल्ला घटनाक्रमले पनि यस्तै देखाइरहेको छ ।
nepalsandesh
काठमाडौँ, १२ मङ्सिर । उपप्रधानमन्त्री भीमबहादुर रावलले तराई-मधेसमा हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण तुल्याएर वार्ताको वातावरणलाई सहज बनाउन मधेसकेन्द्रित दललाई आग्रह गर्नुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आन्दोलनरत दलले नेपाल र नेपाली जनताप्रति जिम्मेवार भएर प्रस्तुत भएर आफ्ना माग राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई मान्नुहुन्छ भने आन्दोलनका स्वरुप परिवर्तन गर्नुहोस्, भूकम्पले थिलथिलो भएका जनताप्रति अनुदार नबन्नुहोस् ।”
निरन्तरको बन्द र भारतको नाकाबन्दीबाट मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र जनताको दैनिक जीवनमा नकारात्मक असर परेको उल्लेख गर्दै रक्षामन्त्री रावलले आन्तरिक मामिला र मित्र राष्ट्रबीचको सम्बन्धलाई फरक फरक तवरले हेर्नुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री रावलले चीन र भारत दुवै देशले नेपालको भूपरिवेष्टित राष्ट्रको अधिकारलाई सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, “हामी भारतसँग सुमधुर सम्बन्ध कायम राख्न चाहन्छौँ, पारवहनमा परेको यो अप्ठ्यारो दुई देशबीचको सम्झौतासँग मेल खाँदैन ।”
देश र जनताको शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आफ्नो भूभाग र जनताको रक्षाका लागि सरकार प्रतिबद्ध छ, त्यसका लागि आवश्यकताअनुसार संविधान र कानुनबमोजिम सबै सुरक्षा निकाय परिचालन हुन्छ ।”
सरकारले वार्ताको वातावरण बनाउन आन्दोलनकारीका मागलाई पूरा गरेको स्पष्ट पार्दै उहाँले औषधि बोकेको ट्रक र बिरामी बोकेका एम्बुलेन्स चलाउने, जिउँदै पेट्रोल छर्केर आगो लगाउने र पारवहनमा अवरोध गर्ने काम बन्द गर्न आग्रहसमेत गर्नुभयो ।
अहिलेको अप्ठ्यारो अवस्था लामो समयसम्म नरहने उल्लेख गर्दै नेकपा(एमाले)का उपाध्यक्ष रावलले अब राष्ट्र, जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर निकर्षको बाटामा लागिने स्पष्ट पार्नुभयो ।
dainiknepal
शनिबार, १२ मंसिर

धुन्चे । आआफ्नो देशको नीतिनियम बमोजिम अवैध कारोबार पूर्ण रुपमा रोक्न नेपाल–चीनबीचको रसुवागढी नाकामा जाँचलाई कडाइ पारिने भएको छ ।
रसुवा र केरुङका प्रशासकबीच आज केरुङमा भएको समन्वयात्मक बैठकमा अवैध व्यापार नियन्त्रणका लागि सीमाक्षेत्रमा सुरक्षा व्यवस्था मजबुत पारी जाँच कडाइ गर्ने सहमति भएको प्रजिअ शिवराम गेलालले जानकारी दिए ।
व्यापार सहजीकरणका लागि एकदिने प्रवेश अनुमति दिनका लागि केरुङ पक्षले छिटोभन्दा छिटो आफ्नो तालुक निकायसँग अनुमति माग्ने, सीमाक्षेत्रमा आपराधिक क्रियाकलापसँग सम्बन्धित सूचना आदानप्रदान गर्ने, भूकम्पपछि भत्केका सीमास्तम्भ पुनःनिर्माणका लागि माथिल्लो निकायमा अनुरोध गर्ने र रसुवा र केरुङबीच मैत्रीपूर्ण सहरको अवधारणा लागू गर्ने सहमति भएको बताइएको छ ।
यस्तै अवैध वन्यजन्तुको अङ्ग ओसारपसार जस्ता क्रियाकलाप पूर्ण रुपमा नियन्त्रण गरी सीमा क्षेत्रको भूभागमा हुने आगलागी नियन्त्रण तथा वन्यजन्तु, वन वनस्पति, जैविक विविधता संरक्षण गर्ने दुवै देशका प्रशासकबीच सहमति भएको प्रजिअ गेलालले बताए ।
बैठकमा सुरक्षा निकायका प्रमुख, भन्सार, अध्यागमन, वन र राष्ट्रिय निकुञ्जलगायतबाट प्रतिनिधित्व भएको बताइएको छ ।
nepalsandesh
शनिबार, १२ मंसिर
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमन्त्रीहरुले पार्टीको नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
पूर्वमन्त्री, पूर्वसांसद र पूर्वजिल्ला सभापतिले आज यहाँ आयोजना गरेको ‘नेपाली काँग्रेसमा देखापरेका सङ्कट र हाम्रो भूमिका’ विषयको छलफल कार्यक्रममा पार्टीले पछिल्लो समयमा खेलेको भूमिकाप्रति असन्तुष्ट व्यक्त गरेका हुन् ।
काँग्रेसका केन्द्रीय सदस्य पद्मनारायण चौधरीले पार्टीले गुटको राजनीतिक अन्त्य गरेर अगाडि बढ्नु आवश्यक रहेको औँल्याए । उनले भने– “१२ औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनिए पनि पार्टीभित्र देखिएका मनमुटाव, विवाद र गुटबन्दी बढ्दै गयो, आगामी १३ औँ महाधिवेशनमा गुठबन्दीको अन्त्य गरी पार्टीलाई सशक्त ढङ्गले अगाडि लैजानुपर्छ ।”
पार्टीका अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारले पार्टीका गम्भीर विषयमा हुने छलफल पार्टी नेतृत्वले केन्द्रीय सदस्यको अनुपस्थितिमा एकलौटी ढङ्गले निर्णय गर्ने गरेको बताए ।
पूर्वमन्त्री मार्शलजुलुम शाक्यले जननायक बिपी कोइरालाको भनाइ ‘यदि तपाईलाई के गर्ने र के नगर्ने द्विविधा परे देशको माटो हातमा उठाएर सहिदलाई सम्झनुहोस् । अनि आफ्नो आत्मालाई सोध्नोस्, तपाईँको आत्माले जे भन्छ त्यही गर्नोस्, त्यही देश र जनतको हितमा हुनेछ’ लाई आत्मसात् गर्ने बेला आएको बताए ।
पूर्व राज्यमन्त्री सुशीलमान शेरचनले संविधान निर्माणपछि राष्ट्रपति, प्रधानमन्त्री निर्वाचनमा पार्टीले गरेको निर्णयप्रति आपत्ति जनाउँदै भने “पार्टीलाई थप उचाइमा पु¥याउनका लागि पार्टीमा नयाँ नेतृत्वको खाँचो छ ।”
पूर्वराज्यमन्त्री रेवती भुसालले नाकाबन्दीले देशमा महँगी, कालोबजारी, भ्रष्टचार मौलाउँदै गएकाले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले काँग्रेसले उचित जिम्मेवारी निर्वाह गर्नु आवश्यक रहेको बताए ।
पूर्वराज्यमन्त्री इन्द्रबहादुर गुरुङ, चन्द्रसिंह भट्टराई, रामबहादुर गुरुङ, पूर्वसहायकमन्त्री झलकनाथ वाग्ले, उदयपुरका पूर्वसभापति विदुर बस्नेत, बिपी कोइराला मेमोरियल ट्रस्टका उपाध्यक्ष श्रीहर्ष कोइराला, बिपी सङ्ग्रहालयका अध्यक्ष पशुराम पोखरेललगायतले पार्टी नेतृत्वले बिपीको आदर्श सिद्वान्तलाई बिर्सँदै गएको जिकिर गरे ।
भेलाले छलफलबाट निष्कर्षमा आएका कुरा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने भएको छ ।
nepalsandesh
१२ मंसिर, २०७२

‘अति भो’ भन्दै मोर्चा बिरूद्ध उत्रिए स्थानीय
रौतहट-मुख्य भन्सार नाका ठप्प पारेर धर्ना बसेका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले नेपाल भारत सीमाक्षेत्रको दशगजा क्षेत्रमा शनिबार पनि मोटरसाइकलमा आगजनी गरेका छन्।



बिहान १० बजेको समयमा भारतीय बजारबाट समान किनेर फर्किने क्रममा धर्ना बसेका मोर्चाका कार्यकर्ताले रौतहट बिश्रामपुर गाविस-६ का श्यामबाबु प्रसाद साहको ना२५प ५७३८ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन्।

बहिनीको बिवाहको सामान खरिद गर्न श्यामबाबु भारतको बैरगनिया बजार गएका थिए। उनले ल्याएको एक बोरा चामल, विवाहमा आउने पाहुना तथा जन्तीको भोज खुवान ल्याएको प्लाष्टिक गिलास, थाल सबै जलाएका हुन्।

'नेपाली बजार महिनौदेखी आन्दोलनले पूर्ण बन्द हुँदा समान पाउदैन' पीडित श्यामबाबुले नागरिकन्युजलाई भने 'बिवाहको सामान किनेर फर्कदै थिएँ दशगजा पुलमै १५–२० जनाले जवरजस्ती कुटपिट गर्दै आगो लगाए।'

आगजनीको कारण छेउमा राखिएको बि आर ०५ जे ०७१६ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा समेत आगो लागेको थियो। नजिकै रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेपछि आन्दोलनकारी भागेका र भारतीय नम्बरको मोटरसाइलमा लागेको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपि राजेन्द्र पोखरेलले बताए।

‘अति भो’ भन्दै उत्रिए अाक्रोशित स्थानीय

आगजनी पछि आक्रोशित स्थानीयले ‘अति भो’ भन्दै आनदोलरत मधेसी मोर्चाका कार्यकर्ताले बनाएको टेन्ट भत्काएका छन्। धर्ना बस्न बनाएको टेन्ट, बिच्छ्याउने र सुत्ने सिरक, डसना, दरी लगायतका वन्दोवस्तीका सामान आक्रोशित स्थानीयले नजिकै रहेको बरहवा तालको पानीमा फालिदिएका छन्। केहीबेर स्थानीय र मोर्चा कार्यकर्ताबीच तनाव भएको थियो।

आन्दोलनकारीले एम्बुलेन्स, औषधि, बिवाहको गाडीमा अवरोध नगर्ने निर्णय गरेपनि निर्णयको विपरितका गतिबिधि भएको भन्दै स्थानीय आक्रोशित भएका हुन्। गाउँकै मान्छे मोर्चाको अान्दोलनबाट पीडित भएका भन्दै अान्दोलनकारीमाथि उनीहरू खनिएका थिए। मोर्चा कार्यकर्ता भागेपछि स्थानीय अगुवा नेताहरू अाएर स्थानीयको अाक्रोश शान्त पार्ने प्रयास गरेका थिए।

मोर्चा कार्यकर्ताले शुक्रबार साँझ गरुडास्थित फरवाड बैँकका कर्मचारी अमृत चौधरीको को८प ८७२६ नम्बरको मोटरसाइकलमा भारतको बैरगनिया बजारबाट पेट्रोल भरेर फर्किने क्रममा आगजनी गरेका थिए।
nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भक्तपुर, १२ मङ्सिर । गोरखा भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको नेपालको पहिलो चिनियाँ इँटा उत्पादन गर्ने भक्तपुर इँटा तथा टायल उद्योग प्रालि सञ्चालनमा अर्थ मन्त्रालयले चासो नदिँदा ५०० मजदुर बेरोजगार भएका छन् ।
दुई सय पचास रोपनी क्षेत्रफलमा फैलिएको सो उद्योग सरकारले निजीकरण गरेपछि नेपाल सरकारसँग २०६० साल पुस २२ गतेदेखि वार्षिक रु ४० लाख भाडा तिर्दै सञ्चालनमा आएकामा उद्योग वैशाख १२ गतेको भूकम्पपछि भने पूर्णरुपमा बन्द भएको छ । उद्योग बन्द भएसँगै उद्योगमा कार्यरत स्थायी, अस्थायी तथा करारमा रहेका ५०० मजदुर बेरोजगार भएको उद्योग प्रालिका प्रबन्ध सञ्चालक दुर्गाप्रसाद मल्लले जानकारी दिनुभयो ।
चीन सरकारले २०३२ सालमा ६५ मि लामो प्रदूषणरहित होफ्मिन सिस्टम (ज्याबल पद्धति)मा निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको सो उद्योग सरकारले सञ्चालन गर्दा घाटामा गएर बन्द भएपछि निजीकरण गरी भाडामा सञ्चालन गर्न दिइएको थियो । सरकारले निजीकरण गरेको देशभरका उद्योगमध्ये सबभन्दा राम्रोसँग सञ्ंचालनमा आइरहेको र वार्षिक रु चार करोड राजस्व सरकारलाई बुझाउँदै आएकामा यस वर्ष भने सरकारकै कमजोरीका कारण सञ्ंचालनमै अन्यौल देखिएको छ ।
जिल्ला प्राविधिक कार्यालयको मूल्याङ्कनानुसार भूकम्पले चिम्नी, पर्खाल र भौतिक संरचना नष्ट हुँदा रु १० करोड नोक्सान र उद्योग सञ्चालनमा नआए पनि कर्मचारीलाई ५० प्रतिशत तलब दिनुपर्ने नियमले थप रु चार करोड नोक्सान भएको प्रबन्ध सञ्चालक मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सरकारको सम्पत्ति हो, भूकम्पले भत्काएपछि सरकारले पुनःनिर्माणमा सहयोग गर्नुपर्ने हो, पुनःनिर्माणका लागि पहल गरेकै सात महिना बितिसक्यो, सरकारले कि त चिम्नी बनाइदिनुप¥यो, कि त हामीलाई बनाऊ भन्नुप¥यो, हामी बनाएर चलाउँछौँ ।’
बजेटमा व्यवस्था भएको बजेट समेत अर्थ मन्त्रालयले निकासा नगर्दा उद्योग सञ्चालन अन्योलमा परेको छ ।प्रबन्ध सञ्चालक मल्लले भन्नुभयो, “विगतमा दैनिक एक लाख इँटा उत्पादन गर्दैै आएको यो उद्योगमा ५० लाख काँचो इँटा स्टक रहेको छ, इँटा पोल्न पुग्ने कोइला स्टक भए पनि सरकारले चिम्नी निर्माणमा ढिलाइ गरिदिँदा काँचो इँटा समेत पोल्न पाइएन, उद्योगको नोक्सान बढ्दै जाँदा निकै समस्या परेको छ ।”
dainiknepal
काठमाडौं– विप्लव नेतृत्वको नेकपा माओवादीको भोलिका लागि गरेको बन्दको चौतर्फी आलोचना भइरहेको बेला उसले त्यसको बचाउ गरेको छ ।
उसले एक विज्ञप्ती जारी गर्दै देश माथिको भारतीय हस्तक्षेप, आतंककारी नाकावन्दी, जनताको कहालीलाग्दो जनजीवन र नेपाली दलहरुको किकर्तव्यविमुढ, दास मनोवृति र अघोषित आत्मसमर्पणका विरुद्ध राष्ट्रिय प्रतिरोध संघर्षको प्रतिनिधिको रुपमा बन्द आह्वान गरेको बताएको छ ।
उसले बन्द गर्नुको कारणहरु यसरी खोलेको छ ।

– देश र नेपाली जनतालाई इतिहासमै सर्वाधिक राष्ट्रियता माथिको हस्तक्षेप, भारतीय नाकाबन्दी र जनताको चुलो बल्न बन्द भएको संकटको भूमरीमा पारिएको
– राष्ट्रको सार्वभौमिकता र हाम्रो जनताको स्वतन्त्रता एवं बच्न पाउने आधारभूत मानवअधिकारमाथि भारतीय विस्तारवादको भयानक आक्रमणसम्म हुँदा देशको सरकार, कथित स्वघोषित राष्ट्रवादी मानिने संसदवादी दलका नेताहरु मौन रहेको
– हस्तक्षेपको प्रतिवाद, वैकल्पिक आपूर्ति व्यवस्था र दिर्घकालीन आन्तरिक व्यवस्थापनको दृष्टिकोण एवं योजनाको कुरा गौण बनेको

– सरकार र संसदवादी दलका नेताहरुको रबैयाले राष्ट्रको अस्तित्व, स्वाधीनता र नेपाली जनताको स्वाभिमानका विरुद्ध डरलाग्दो आत्मसमर्पणको गोप्य डिजाइन भइराखेको

ratopati
एजेन्सी । शनिदेवतालाई खुशी राख्न चाहनुहुन्छ भने शनिवारका दिन यी बस्तुहरु खानबाट बच्नुहोस् । यी कुरामा ध्यान दिँदा सफल भइने शास्त्रमा उल्लेख छ ।
१) सादा दूध वा दहीको सेवन शन‌िवारका दिन गर्नुहुँदैन् । यदि खानैपरे हल्दी वा गुड म‌िलाएर पिउन सकिन्छ ।
२) आमको अचार खानबाट बच्नुहोस् । काँचो आम खट्टा र अमिलो हुन्छ । शास्त्रअनुसार शनि अमिलो बस्तुका विरोधी हुन् ।
३) पहेलो खुसार्नीको प्रयोग शन‌िवारका दिन नगर्नुस् ।
४) मासु, माछाको सेवन शन‌िवारका दिन नगर्नुस् । यदि शन‌िको दशा चलिरहेको छ भने त यो कुराको झनै ख्याल गर्नुपर्छ ।
५) शन‌िवारका दिन मद‌िरा उिादा कुण्डलीमा शुभ शन‌ि हुँदा पनि शन‌िबाट शुभ फल मिल्दैन् । दुर्घटनाको सम्भावना अत्यधिक हुन्छ ।
६) शन‌िवारका दिन चना, मोटर र मूमको दाल खान सक्नुहुन्छ तर सम्भव भएसम्म मसूर दाल खानबाट बच्नुस् । यो मंगलबाट प्रभाव‌ित हुन्छ जो शन‌िको प्रत‌िकूलतालाई बढ़ाउने काम गर्छ । (एजेन्सीको सहयोगमा)
dainiknepal
काठमाडौं, १२ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै देशका जनताको नजरमा गिरीसकेका छन् ।
भारतका विद्यार्थीले समेत अब उनको विरोध गर्न सुरु गरेका छन् । नाकाबन्दी गरेर नेपालको नजरमा ‘दूश्मन’ सावित भएका मोदीलाई भारतका विद्यार्थीले पनि ‘दूश्मन’ भन्दै माफी माग्न लगाउने निर्णयमा पुगेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार नयाँ दिल्लीको जामिया मिल्लिया इस्लामिया यूनिवर्सिटीको दीक्षान्त समारोहमा मोदीलाई नबोलाउन विद्यार्थीहरुले माग गरेका छन् । उनीहरुले विद्यालयलाई आतंकवादीको घर भन्ने मोदीलाई कुनै हालतमा नबोलाउन विश्वविद्यालयका कुलपतिसँग माग गरेका हुन् ।
उनीहरुले कुलपतिलाई एक पत्र लेख्दै मोदीले सन् २००८ मा यूनिवर्सिटीविरुद्ध बोलेको भन्दै विद्यालय प्रागंणमा पाइला राख्न नदिन माग गरेका हुन् । असद अशरफ र महताब आलम नामका विद्यार्थीहरुको दुई समुहका करिब एक सय जना विद्यार्थीले विद्यालय आउनुभन्दा पहिला सार्वजनिक माफी माग्नुपर्ने शर्त पनि अघि सारेका छन् ।
यद्यपी, यूनिवर्सिटीका प्रवक्ता मुकेश रञ्जनका अनुसार विश्वविद्यालयले मोदीलाई आमन्त्रण गरिसकेको छ । विद्यार्थीहरुले उक्त आमन्त्रण फिर्ता लिन माग गरेका हुन् । विद्यालयविरुद्ध मोदीसँगै उनका पार्टीका नेताहरुले पनि बोल्दै आएका छन् । गुजरातमा भएको दंगापछि मोदीले विद्यालयलाई झुटो आरोप लगाएका थिए ।
dainiknepal
१२ मंसिर, कोलम्बो ।

मालदिभ्समा त्यहाँको मुख्य विपक्षी दल मालदिभीयन डेमोक्रेटिक पार्टी (एमडिपी) ले सरकारका विरुद्धमा आन्दोलन सुरु गरेको समाचार छ । उनीहरुले शुक्रबार बिहानैदेखि सरकारका विरुद्धमा प्रदर्शन सुरु गरेका छन् ।

हजरौँको सङ्ख्यामा सुरु भएको सो प्रदर्शनमा प्रहरीले शुक्रबार अपरान्ह व्यापक हस्तक्षेप गरेको थियो । त्यस क्रममा निकै ठूलो भिडन्त पनि भएको अधिकारीहरुले जनाएका छन् ।

आन्दोलनसँगै उनीहरुले ७३ घन्टे अनशन पनि थालेका छन् । सो अनशनमा हजारौँको सङ्ख्याका नागरिक बसिरहेका छन् । उनीहरुले उक्त पार्टीका नेता तथा मालदिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नसिदको रिहाइको माग गरेका छन् ।


प्रदर्शनकारीहरुले सरकारले राजधानी मालेमा यस अघिदेखि नै घोषणा गरेको निषेधित क्षेत्र तोडेर अघि बढेका थिए । उनीहरुले उक्त निषेधित क्षेत्रमा प्रवेश गरी नाराबाजी गर्नुका साथै सोही क्षेत्रमा अनशन सुरु गरेका थिए ।


पछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो । त्यसपछि पनि प्रदर्शनकारीहरु त्यहाँबाट नहटेपछि रातिसम्म नै प्रहरीले पहरा दिइरहेको थियो । प्रहरीले शुक्रबार राति १२ बजेपछि त्यहाँ प्रदर्शन गर्न नदिने बताएको भएपनि प्रदर्शन भने जारी नै रहेको छ ।


विपक्षी दलका कार्यकर्ताहरुले ७३ घन्टासम्म नै धर्ना दिने बताएका छन् । उनीहरुले आफ्ना नेता मोहम्मद नसिदलाई रिहा गर्नुपर्ने मुख्य माग राखेका छन् ।

तर मालदिभ्स्का गृहमन्त्री उमार नसिरले भने आफूहरुले पूर्व राष्ट्रपति नसिदलाई रिहा गर्न नसक्ने बताएका छन । नसिद अदालतको फैसलाबाट जेल परेकोले न्यायिक निर्णयमा सरकारले केही गर्न नसक्ने धारणा उनले राखेका थिए ।

तर विपक्षी दलका कार्यकर्ताहरुले भने नसिदलाई न्यायिक निर्णयका आधारमा नभएर राजनीतिक प्रतिशोधका आधारमा जेल हालिएकोले उनलाई तत्कालै रिहा गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए ।

पूर्व राष्ट्रपति नसिद वर्षदिनदेखि जेलमा छन । उनलाई आतङ्कवादसँग सम्बन्धित निर्णयका आधारमा जेल हालिएको थियो । रासस/सिन्ह्वा

तस्विर: एपीnepaliheadlines
दमौली, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल तनहुँले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले आफूले लामो समय पार्टीमा रही धेरै त्याग गरेकोे र पार्टी कार्यकर्ता र शुभेच्छुकको समर्थन आफूप्रति रहेकाले दुई नेताले आफूलाई समर्थन गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुशीलजी सभापति र प्रधानमन्त्री दुवै भइसक्नुभयो, शेरबहादुरजी तीन पटक प्रधानमन्त्री भइसक्नुभयो, त्यसैले अब पार्टी सभापति हुने पालो मेरो हो ।”
तीन शीर्ष नेताले अब सल्लाहकारमा बसेर युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ नि भन्ने जिज्ञासामा उहाँले भन्नुभयोे, “त्यसो भए म नै नयाँ हुँ, एक पटक मलाई सभापतिका लागि काम गर्ने अवसर दिनुपर्छ, त्यसपछि नयाँ पुस्तामा स्वतः नेतृत्व हस्तान्तरण हुन्छ ।”
पौडेलले मुलुकको समस्या समाधान गर्न भारतका केही नेता र मधेसी मोर्चासँग वार्ता भइरहेकाले छिट्टै समाधान हुने जिकिर गर्दै वर्तमान सरकार मुलुकको समस्या समाधानतर्फ भन्दा समस्या बढाउनेतर्फ उन्मुख भएको आरोप
dainiknepal
काठमाडौं, १२ मंसिर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मधेस आन्दोलन भारतको इशारामा भइरहेको बताउनुभएको छ ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘वर्तमान सवैधानिक सवाल : चुनौती र समाधान’ विषयका बहसमा भाग लिएर सुझाव दिँदै उहाँले मुलुकभित्र र बाहिरका केही शक्तिले आन्दोलनलाई धु्रवीकृत गर्न खोजेपनि त्यसतर्फ होइन, मेलमिलापतिर केन्द्रित हुन आवश्यक छ भन्नुभयो ।
सचिव भट्टराईले भन्नुभयो– ‘वार्ता र संवादबाटै समाधान खोज्नुपर्छ । त्यसमा तौरतरिका मिलेका छैनन् भने सच्याएर जान सकिन्छ, मनाङ र मुस्ताङमा प्रतिनिधित्व हुनुहुँदैन भन्ने आन्दोलनरत दलले पक्कै पनि भनेका होइनन् होला ।’
dainiknepal
बजारमा ग्यासको चरम अभाव भइरहेका बेला जोगबनी नाकाबाट ठूलो परिमाणमा ग्यास भित्रिएको छ। भन्सार कार्यालयका अनुसार शुक्रबार साँझ २३ वटा ग्यास बुलेट जोगबनी नाकाबाट नेपाल भित्रिएका छन्।

अघोषित नाकाबन्दीपछि जोगबनी नाकाबाट भित्रिएको यो ग्यास अहिलेसम्मकै ठूलो परिमाणमा हो। यसअघि १७/१८ वटासम्म ग्यास बुलेट यहाँबाट भित्रिएका थिए।

‘पहिलेको तुलनामा धेरै उच्च परिमाणमा भित्रिएको हो,' भन्सार प्रमुख कृष्ण बस्नेतले सेतोपाटीसँग भने, ‘अन्य केही गाडीहरू पनि लाइनमा छन्।' यसैगरी, शुक्रबारै १४ वटा पेट्रोल र ३३ वटा डिलेजका ट्याङ्कर पनि भित्रिएका छन्। भन्सारका अनुसार अन्य मालबाहक गाडी आवतजावत सहज छ।

भन्सारका अनुसार ग्यास तेल आपूर्ति जोगबनी नाकाबाट धेरै सहज हुन थालेको छ। सिमामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध आन्दोलनकारीको अबरोध हटेसँगै नाका सहज भएको महसुस गरिएको छ।

शुक्रबार आएको ग्यास तेल राति नै क्षेत्रीय आयल निगम डिपो पठाइएको छ। राजधानीमा बढी पठाइने भएकाले यहाँका उपभोक्ताले भने ग्यास तेलका लागि संघर्षै गर्नुपर्ने अवस्था रहेको अधिकारीहरू बताउँछन् /     setopati
१२ मंसिर, इटहरी।

नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले काङ्ग्रेसको खुला अर्थनीतिकै कारणले आज टेलिकम, हवाई सेवालगायत क्षेत्रमा धेरै उन्नति भएको र धेरै ठूला उद्योग चलिरहेको बताइका छन् ।

नेता डा महतले आज सुनसरी जिल्लाको इटहरीमा नेपाली काङ्ग्रेस २ नं क्षेत्रीय समितिले आयोजना गरेको पार्टी अन्तक्र्रिया कार्यक्रममा काङ्ग्रेसले अघि सारेको अर्थनीतिकै कारणले आज नेपालको अर्थतन्त्र निकै उचाइमा पुगिरहेको जिकिर गरे ।

सरकारमा सहभागी हुँदा नेकपा (एमाले)ले महत्वपूर्ण विषयमा काङ्ग्रेसलाई नसघाएर धोखा दिएकाले काङ्ग्रेस सभापति सुशील कोइरालाले पुनःप्रधानमन्त्रीमा उम्मेदवारी दिन बाध्य हुनुभएको जिकिर गरे ।

वैदेशिक व्यापार अवरोध अन्तर्राष्ट्रिय कानुन विपरीत

पूर्वअर्थमन्त्री डा महतले वैदेशिक व्यपार अवरुद्ध पार्नु अन्तर्राष्ट्रिय कानुन विपरीत भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले भारतले गरेको नाकाबन्दीले तराईको आन्दोलनलाई सहयोग पुगेको भन्दै समस्या समाधानका लागि भारतसँग वार्ता आवश्यक रहेको बताए ।

नाकाबन्दीको विषयमा चर्का भाषण गरेर हल नहुने उल्लेख गर्दै उनले नाकाबन्दीको विषयलाई कूटनीतिक तरिकाले अन्तर्राष्ट्रियस्तरमा पुर्याउनुपर्ने बताए।nepaliheadlines
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home