• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सोमबार, ७ मंसिर
काठमान्डौ| आन्दोलनरत मधेसी मोर्चाको सहमतिमा प्रमुख दलहरु संविधान संशोधन विधेयक अघि बढाउन सहमत देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको  प्रमुख दलहरुको बैठकले अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
कांग्रेस नेतृत्वको अघिल्लो सरकारले समानुपातिक समावेशीको सुनिश्चितता र प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र नघट्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणसम्वन्धी संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । नयाँ सरकारले यो विधेयक अघि नबढाएको भन्दै कांग्रेसले संसदमा दबावमूलक आन्दोलन सुरु गरेको छ ।
दलहरु विच सम्पन्न सो बैठकले आन्दोलनकारीको ११ बुँदे माग सम्बन्धमा  सत्ता र प्रतिपक्ष दुबैले मधेसी मोर्चासँग छलफल र वार्ता मार्फत  साझा धारणा बनाउने निर्णय गरेको छ । साथै सो बैठकले मधेसी मोर्चालाई  आन्दोलनलाई भड्किन नदिई  शान्तिपूर्णरुपमा गर्न आग्रह गरेको छ ।
संविधानले जनतालाई दिएको अधिकार बारे जनतालाई भ्रम छरिएको भन्दै त्यो बारेमा प्रस्ट पार्न दलहरुले देशैभरि संयुक्त रुपमा कार्यक्रम गर्ने जानाएका छन् |
nepalsandesh
७ मंसिर, काठमाडौं ।

मधेश आन्दोलनले १०० दिन पुरा गरेको भन्दै अलग मधेश देश बनाउने भन्दै लागेका सीके राउतको संगठनले सरकारले दमन गरे चुप लागेर नबस्ने बताएको छ ।

मधेश आन्दोलन अराजक बन्दै सीके राउतको बाटोमा जाने चिन्ता भैरहेको समयमा सीके राउतको पार्टीले स्वतन्त्र मधेशका लागि लड्न पनि सबैलाई आग्रह गरेको छ ।

मधेश डा. सीके राउतको धारमा जानसक्ने: खगेन्द्र सङ्ग्रौला

सरकारले मधेश आन्दोलनमा दमन गरिरहेको र सेना परिचालन गर्न खोजेको भन्दै राउतको संगठनले मधेशी जनतालाई शरणार्थी बनाउन खोजिएको समेत आरोप लगाएको छ ।


मधेश आन्दोलनको मागलाई कदर गर्दै अविलम्ब माग पूरा गर्न नेपाल सरकार समक्ष अनुरोध गरिएको विज्ञप्तिमा अव चुप लागेर नबस्ने चेतावनी पनि दिइएको छ ।


यस अघि विश्लेषकहरुले मधेश आन्दोलन तत्काल साम्य नभए आन्दोलन अराजक हुँदै सीके राउतको बाटोमा लाग्न सक्ने चिन्ता ब्यक्त भैरहेको छ ।nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ७ मंसिर
भीमदत्तनगर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरबाट काठमाडौँ जाँदै गरेको महाकाली यातायात समितिको ना५ख ४०५७ नम्बरको बस नवलपरासीको गैँडाकोटमा साेमबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटना सोही बसका सहचालक भीमदत्तनगरपालिका–६ का सन्तोष शाह र एक सैनिक जवानको मृत्यु भएको महाकाली सेती यातायात व्यवसायी समितिका अध्यक्ष नवीन भट्टले जानकारी दिए ।
दुर्घटनामा घाइते दस जनाको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उक्त बस ट्रकसँग ठक्कर खादा दुर्घटनामा परेको बताइएको छ ।
nepalsandesh
सोमबार, ७ मंसिर
सप्तरी । सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए ।
शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ ।  सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
nepalsandesh
सप्तरी, ७ मंसिर । सप्तरी जिल्लाको विभिन्न स्थानमा प्रहरीले चलाएको गोलीबाट तीनजनाको मृत्यु भएको आक्रोशमा मधेसी मोर्चाका प्रदर्शनकारीहरुले आज बिहान एक प्रहरी चौकीमा आगजनी गरेका छन् ।
जिल्लाको कोलाडी बसाइन– १ मा रहेको प्रहरी चौकीमा प्रदर्शनकारीहरुले आगजनी गरेको राष्ट्रिय समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिनुभयो ।
शनिबार रातिदेखि तनाव रहेको सप्तरी आज बिहानबाट पुनः ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ । सदरमुकाम राजविराजमा आज बिहानदेखि आन्दोलकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेको मोर्चाले जनाएको छ ।
सप्तरी प्रशासनले सदरमुकाम राजविराज तथा पूर्वपश्चिम राजमार्गको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म अनिश्चितकालका लागि निषेधाज्ञा लगाएको छ ।
dainiknepal
रसुवा, मंसिर ७
चीनले केरुङबाट धादिङको खानीखोलासम्म ग्यास ल्याइदिने भएको छ । आफ्नै ग्यास बोक्ने बुलेटमा खानीखोलासम्म ग्यास ल्याइदिन चीन तयार भएको नेपाल आयल निगमले जनाएको छ । नेपाल सरकारले पनि ग्यास खानीखोलासम्म ल्याइदिन चीनसँग प्रस्तावमा गरेको थियो ।
केरुङभन्दा ५ किलोमिटर टाढा ग्यास डिपो रहेको र त्यहाँबाट चीनकै गाडीमा खानीखोलासम्म ग्यास ल्याउन लागिएको नेपाल आयल निगमका एक कर्मचारीले जानकारी दिए । चीनसँग इन्धन सम्झौता रोकिएकोले ग्यास ल्याउने काम पनि अड्किएको छ, ती अधिकारीले भने इन्धन सम्झौता भएको एक साताभित्र केरुङबाट खानीखोलामा रहेकाे अाेम ग्यासकाे डिपाेसम्म ग्यास आइपुग्छ ।
ग्यास ल्याउने विषयमा दुवै देशका अधिकारीले सडक र खानीखोलास्थित अाेम ग्यास डिपोको अवलोकन गरिसकेका छन् ।

.setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सप्तरी, मंसिर ७ । प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि आइतबार देखि अशान्त रहेको सप्तरी सोमबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।
मोर्चाका कार्यकर्ताले बिहानैदेखि स्थानीय प्रशासनले लगाएको कर्फ्युको उलंघन गरेर सदरमुकाम राजबिराज, रुपनी, भारदहसहित गाउँ गाउँमा प्रदर्शन चर्काएका छन् ।
प्रदर्शनकारीले सप्तरीको कोबरसाइन प्रहरी चौकीमा आइतबार राति आगजनी गरेपछि प्रहरी भागेर सदरमुकाम पुगेका छन् । प्रदर्शनकारीले ठाउँठाउँमा टायर बालेर घरेलु हतियारसहित प्रदर्शन गरिरहेका छन् । जिल्ला सदरमुकाम र राजमार्गमा भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
शनिबार राति प्रहरीको गोली लागि रुपनीमा नागेश्वर यादव, भारदहमा बिरेन्द्र राम तथा धरानमा उपचारको क्रममा हटियाका दिलिप साहको मृत्यु भएको थियो ।
आइतबार नै जिल्ला प्रशासन कार्यालय अगाडि लगाइएको काँडेतारमा प्रवाह गरिएको करेन्ट लागेर पर्साहीका शिवशंकर दासको मृत्यु भएको थियो ।
 स्थानीय प्रशासनले आइतबार बिहान ६ बजेदेखि सप्तरीको तीन स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले भारदह र रुपनीको पाँचसय मिटर आसपास र सरकारी कार्यालयहरु रहेको राजबिराजको अदालत रोडदेखि जिल्ला प्रहरी कार्यालयसम्म अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।
यात्रुबाहक बसको एस्कर्टिङ रोक्न भेला भएका आन्दोलनकारी प्रहरीमाथि नै जाइलागेपछि घटेको घटनाबाट अहिले पूरै जिल्ला आक्रान्त बनेको छ ।
यता, गृह मन्त्रालयले भने घटनामा राम्रो समन्वय गर्न नसकेको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अनिल मण्डललाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।
imagekhabar
७ मंसिर, रसुवा ।
चीनको केरुङ नाकाबाट नेपालका लागि व्यापारिक सामान आयात हुन थालेको छ । प्रमुख भन्सार अधिकृत केदार पनेरु र चिनियाँ अधिकारीबीच छलफलपछि केरुङमा थन्केको सामान ल्याउन खुला गरिएको हो ।

रेसुओ पोर्ट हुँदै केरुङबाट सामान निकासी गर्न गएका कन्टेनरहरु धमाधम नेपाल भित्रन थालेका छन् । चीनका विभिन्न सहरबाट केरुङमा सामान ल्याउन थालिएको छ । नाकाबाट स्याउ, ऊन, प्याज र तयारी पोसाक भित्रिने क्रम बढेको हो ।


व्यापारीलाई भने चीनले केरुङ प्रवेश गर्न दिएको छैन । तातोपानी नाकामा वर्षौंदेखि अध्यागमनले दिने एकदिने प्रवेश पास लिई खासा जाने गरिएको थियो । केरुङ भने यो व्यवस्था नभएपछि व्यापारीहरु सीमाबाटै फर्कने गरेका छन् । आजको कान्तिपुरमा खबर छन् ।
nepaliheadlines
सप्तरी, ७ मंसिर । सप्तरीमा प्रहरीको गोली लागेर रूपनीमा मृत्यु भएका नागेश्वर यादवको शव राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको हुनाले त्यहाँ आइतबार बिहानैदेखि सयौँको संख्यामा मोर्चा कार्यकर्ता र सर्वसाधारणको भीड जम्मा भएको थियो ।
सोही वेला अस्पताल आएका जिल्ला प्रहरी कार्यालयको ना१झ १३१६ नम्बरको भ्यानमा आक्रोशित उपस्थित भीडले आगजनी गरिदिएपछि राजविराजको स्थिति तनावग्रस्त बन्न पुगेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रहरी अस्पतालमै प्रवेश गरी स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठीचार्ज गरेकाले काम गर्ने अवस्था नभएको भन्दै आइतबार दिउँसोदेखि अस्पताल बन्द गरेको प्रमुख यादवले जानकारी दिइन् ।
सप्तरीको रूपनीस्थित राजमार्गमा शान्तिपूर्ण धर्ना बसेका मोर्चाका नेता–कार्यकर्तालाई त्यहाँबाट भगाउन प्रहरीले हस्तक्षेपसँगै अपमानसमेत गरेको मोर्चाका नेताहरूले आरोप लगाएका छन् ।
डिएसपी नारायणप्रसाद चिमोरियाको कमान्डमा रहेका सुरक्षाकर्मीले आफ्नै नागरिकलाई ‘मोदीपुत्रहरूलाई गोली ठोक’ भन्दै अन्धाधुन्ध गोली प्रहार गरेको संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले दाबी गरे ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । यदि भारतीय सत्ता पक्ष, मधेसी मोर्चा र डा. बाबुराम भट्टराई तथा पद्यरत्न तुलाधर समूहको योजना अनुसार आन्दोलन उठ्यो भने नेपालले अबको केही महिना अझ ठूलो संकट झेल्नुपर्नेछ । रोचक संयोग त के छ भने यो डिजाइनको पछाडि धेरै खाले स्वार्थहरु गाँसिएका छन् ।


यी स्वार्थ पूरा गर्नका लागि नेपालको राजधानी काठमाडौंमा कम्तिमा एक दर्जन मान्छेको ज्यान जानेगरी साम्प्रदायिक हिंसा चर्काउने भित्री खेल भइरहेको स्रोतको दाबी छ । उच्च स्रोतहरुका अनुसार काठमाडौंमा साम्प्रदायिक दंगा नहुन्जेल मधेसी मोर्चासँगको वार्ता सुल्झिने सम्भावना छैन । नेपाल इतिहासमै सबैभन्दा ठूलो संकटपूर्ण क्षणबाट गुज्रिरहेको अवस्थामा अबका दिनहरु झनै चुनौतिपूर्ण रहेको प्रमुख नेताहरुले देखिसकेका छन् ।


तर, जनतामा निराशा र भड्का आउन सक्ने भयले अहिले सबै नेताहरु तै चुप मैं चुपको अवस्थामा छन् । एउटा सत्य कुराचाँहि के हो भने भारतले लगाएको नाकाबन्दी अझै केही महिना हट्नेवाला छैन । मधेसी मोर्चासँगको वार्ता मोर्चाले मागेका सबै माग पूरा गरे पनि अहिले आन्दोलन रोकिनेवाला छैन । किनकी मधेस आन्दोलन नेपाललाई भुटानीकरण गर्ने भारतको अन्तिम प्रयत्न हो । यो प्रयत्न सफल बनाउन प्रमुख तीन दल र तत्कालीन संविधानसभाले सहयोगी भूमिका नखेलेका कारण रुष्ट भएको भारतले सुरुमा मधेसी र पछिल्लो समयमा असन्तुष्ट आदिवासी जनजाति तथा बाबुराम समूहलाई समेत नेपालविरुद्ध प्रयोग गर्न खोजेको छ ।


अहिले भन्नलाई जे भनिए पनि बिजेपी नेतृत्वको सरकारको एकमात्र चाहना नेपाललाई हिन्दु राज्य बनाउनुपर्छ भन्ने नै हो । यस मामिलामा नेपालका नेताहरुले आफूलाई धोका दिएको नरेन्द्र मोदीले केही ठाउँमा बताइसकेको चर्चा छ । नयाँ दिल्ली जाने नेताहरुर मोदीसँग नेपालमा भेट्ने नेताहरुले संविधानमा हिन्दु राज्य राख्ने आश्वासन दिएको उच्च  स्रोतहरुको दाबी छ ।


सिधै हिन्दु राज्यको कुरा गर्दा नेपालमा आफ्नो रणनीति सफल नहुने बुझिसकेको भारतीय सत्ताले चलाखीपूर्वक अब तीनवटा खेल खेल्न लागेको उच्च स्रोतहरुको दाबी छ । मधेस आन्दोलन अझै चर्काउन जति पैसा लगानी गर्नुपरे पनि नछाड्ने, नाकाबनदी अझै कडाई गर्ने र अन्तर्राष्ट्रिय समुदायलाई देखाउन केही नाकाबाट औषधी, प्याज र गोलभेडाका केही गाडी छिर्न दिने तर, इन्धन छिर्न नदिएर हाहाकार बनाउने भन्ने छ ।
तेस्रो रणनीति भनेको काठमाडौंमै मान्छे मार्ने खालको साम्प्रदायिक दंगा मच्चाउने भन्ने रहेको छ । यसका लागि बाबुराम भट्टराईको कथित नयाँ शक्ति, पद्यरत्न तुलाधर आङकाजी शेर्पा प्रवृत्तिका केही जनजाति समूह र अन्य असन्तुष्टहरुलाई ठूलो लगानी गरेर मान्छे उतार्ने र प्रहरीलाई दमन गर्न बाध्य पार्ने रणनीति बनेको सुरक्षा स्रोतहरुको दाबी छ ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ७ मंसिर
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले छिमेकी मुलुक भारतले नेपालसँग के खोजेको छ भन्ने बुझ्नै नसकेको बताएका छन् ।
तराई मधेसमा जारी आनन्दोलनका बिषयमा छलफल गर्न आइतबार साँझ सरकारी निवास बालुवातारमा भएको प्रमुख तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले समस्याको चुरो पत्ता लगाउन नसकेको बताए । आजको नागरिकमा समाचार छ ।
nepalsandesh
काठमाडौं – मधेसकेन्द्रित दलहरु ‘अराजक’ बन्दै गएको ठहर गर्दै सरकारले नेपाल–भारत सीमा नाका र राजमार्गमा सेना खटाउने तयारी गरेको छ । गृहमन्त्रालय मातहतको सुरक्षा संगठनले मात्रै अवरोध हटाएर राजमार्गमा आवागमन सञ्चालन गर्न सम्भव नदेखिएको तथा आन्दोलनरत मधेसी मोर्चासँग तत्काल सहमति नहुने निर्षर्ष निकाल्दै सरकारले अवरोध हटाउन सेना खटाउने तयारी गरेको हो ।

काठमाडौंलाई झुकाउने नाममा सीमा र राजमार्ग अवरोध गर्दै भइरहेको आन्दोलन थप अराजक भएपछि सरकारले सोही योजनाअनुरुप आइतबारबाट नयाँ सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ । यसअघि दुईपटक बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सेना परिचालनको मोडालिटीसम्बन्धी विस्तृत छलफलमा एकै पटक सेना खटाउँदा अनावश्यक विवाद हुन सक्ने निष्कर्ष निकाल्दै एकीकृत रणनीति कार्यान्यवयनमा ल्याई छोटो अवधिका लागि गृहमातहतका सुरक्षा संगठनलाई परिचालन गर्ने र दोस्रो चरणमा सेना खटाउने गरी सरकारले रणनीति कार्यान्वयनमा ल्याएको हो ।

आजको नागरिक दैनिकका अनुसार गृहले मधेस आन्दोलनपछि बढेको सुरक्षा चुनौतीबारे अध्ययन गर्न राष्ट्रिय अनुसन्धान विभागका एआइजी देवराज भट्टको संयोजकत्वमा गृहका अधिकारीसहित नेपाल प्रहरी र सशस्त्रका प्रतिनिधि रहेको समिति गठन गरेको थियो, आजको नागरिक दैनिकमा खबर छ ।

ratopati
वि.सं. २०७२ साल मंसिर ७ गते। सोमबार। इश्वी सन् २०१५ नोभेम्बर २३ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वादशी, १०:४६ बजेउप्रान्त त्रयोदशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। उपहारको प्रसंग चले पनि आशा नराख्नु वेश हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूले दिएको वचन पूरा नगर्न सक्छन्। काममा आफैं सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तर केही बाध्यतापूर्ण काममा समय बित्नेछ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हृुन सक्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर, विगतका समस्या बल्झिन सक्छन्। आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। काममा सानातिना चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ, सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ। मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोस्।

भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।
चाणक्य नीति भन्छः
वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।
यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।

अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन ।

यस्तो ब्यक्ति तन मनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ ।अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नु पर्छ ।
काठमाडौं, ६ मंसिर । आतंकवादी संगठन आईएसको धम्कीले सतर्क रहेको भारतलाई अर्काे खतरा परेको छ ।
आफ्नै देशका २० जना युवा आंतकवादी संगठन इश्लामिक स्टेट (आईएस)मा भर्ती भएपछि भारतमा खतरा बढेको हो । सुरक्षा एजेन्सीहरुले भारतीय गृहमन्त्रालयलाई बुझाएको प्रतिवेदनमा २० जना भारतीय युवा आईएसमा भर्ती भइसकेका छन् ।
उनीहरु अहिले सिरिया र इराकमा तालिम गरिरहेको एजेन्सीको प्रतिवेदनमा उल्लेख छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध लड्न विश्व समुदायसँग सँगसँगै जाने बताएपछि आक्रोशित आईएसले अब भारतमा हमला गर्ने सम्भावना बढेको बताइएको छ ।
प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय पत्रिका अमरउजालाले लेखेको छ-आतंकवादी अभियानमा सामेल हुन् २० जना भारतीय युवक आईएसमा भर्ती भएका छन् । पेरिस हमला पछि आईएसले भारतीय युवकलाई प्रलोभनमा पारेपछि गम्भीर चिन्ता व्यक्त गरिएको छ । भारतीय सुरक्षा एजेन्सीहरुले यिनीहरुका परिवारलाई निगरानीमा राखेका छन् । गृहमन्त्रालयले पनि आईएसको अबको हमला भारतमै हुन सक्ने आशंका गर्दै सुरक्षा व्यवस्था कडा बनाउन ध्यान दिएको छ ।’
गृहमन्त्रालयले २० जनामध्ये कोही पनि भारत फर्किएभने गोली हान्न वा गिरफ्तार गर्न निर्देश गरेको छ । आईएसमा सहभागी युवाहरु भारतको उत्तर प्रदेश, कर्नाटक, केरल र तेलंगाना सहरका छन् । समाचार अनुसार दक्षिण भारतका १५० युवा पनि आईएसतर्फ आकर्षित भएको र उनीहरुलाई रोक्न सुरक्षा एजेन्सीहरुले कोसिस गरिरहेको बताइएको छ । (एजेन्सीको सहयोगमा)
dainiknepal
काठमाडौं, ६ मंसिर । वर्तमान संकटको अवस्थामा मुलुकलाई निकास दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
बैठकबाट बाहिरिँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति राणाले प्रधानमन्त्री कडा रुपमा प्रस्तुत भएको जानकारी दिनुभयो । उहाँले सञ्चारकर्मीसँग भन्नुभयो- बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना कुरा राख्नुभयो । उहाँ आफ्नो एजेण्डामा कट्टर भएको मैले पाए । उहाँ पुरानै अडानमा केन्द्रीत हुनुहुन्छ ।’
राणाले भनेजस्तै बैठकमा प्रधानमन्त्री ओली मधेस आन्दोलन र भारतीय नाकाबन्दीसँग नझुक्ने प्रण गर्दै कडा रुपमा प्रस्तुत हुनुभएको हो । यसअघि पनि राष्ट्रघात हुनेगरी मधेस आन्दोलनका माग सम्बोधन नगरिने अडान प्रधानमन्त्री ओलीले राख्दै आउनुभएको थियो ।
बैठकमा ओलीले मधेस आन्दोलन र भारतप्रति कडा रोष प्रकट गर्नुभएको बताइएको छ । साथै उहाँले सरकारलाई यो अभियानलाई सफल पार्नका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई मनाउन अहिले बैठक जारी छ ।
आजको बैठकमा प्रधानमन्त्री ओलीका, कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि विज्ञान तथा प्रविधिमन्त्री विश्वेन्द्र पासवानसम्मका नेताहरूको सहभागिता छ ।
dainiknepal
काठमाडौं, ६ मंसिर । वर्तमान संकटको अवस्थाबाट मुलुकलाई निकास दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दी समस्या समाधानका लागि सबै दलको साँझा धारणा बनाउने सहमति भएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘मधेस आन्दोलन, संविधान शंसोधनको विषय र भारतबाट भएको पारवहन र आपूर्ति अवरोध लगायतका विषयमा छलफल भयो । सबै दलले आफ्नो धारणा राखे । अब मुलुकलाई निकास दिन साँझा धारणा बनाएर जाने सहमति भएको छ ।’
dainiknepal
काठमाडौं । शनिबार राति सप्तरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको राजविराजमा गोली चलेको छ ।
प्रहरीको गोली लागेर एक जनाकाे मृत्यु भएकाे छ भने एक बालिका घाइते भएकी छन् ।
गोली लागेर ३० वर्षीय दिलिप साहकाे मृत्यु भएकाे हाे भने उनकी ५ वर्षकी छोरी मुस्कान साह घाइते भएकी छन् ।
शनिबार मध्यरातमा राजमार्ग अवरोध गरेपछि खुलाउने क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो ।
त्यसलगत्तै राजविराजमा आन्दोलनकारी र प्रहरीबीच पटक पटक झडप भएको छ । उग्ररुपमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरी बिट जलाउनुका साथै भ्यानमा आगो लगाएका थिए ।
nepalsandesh
काठमाडौं, ६ मंसिर । सप्तरीमा प्रहरीसँग झडपमा परी मधेसी मोर्चाका तीन कार्यकर्ता मारिएपछि सदभावना पार्टीले विज्ञप्ति निकालेको छ ।
आइतबार अपराह्न एक विज्ञप्ति जारी गर्दै सदभावनाका अध्यक्ष राजेन्द्र महतोले आज भएको घटनालाई सरकारको निरंकुश र चरम दमनकारी कदम भन्दै भत्सर्ना गरेका छन् ।
उनले विज्ञप्तिमा आन्दोलनमा ज्यान गुमाएका शहिदको उच्च मुल्यांकन हुने बताएका छन् । ‘सदभावना पार्टी शहिद परिवारहरूप्रÞति गहिरो समवेदना प्रकट गर्दै शहिद आत्माको चिरशान्तिको कामना गर्दछ । मघेसको भावी सन्तति, सदभावना पार्टी परिवार र सिंगो समाजले अमर शहिदको यो बलिदानीलाई उच्च मूल्याकन गर्नेछ ।’
महतोले आफ्ना कार्यकर्ताको खुनको बदला लिएरै छाड्ने चेतावनी समेत दिएका छन् ।
उनले थप के–के भने ? हेर्नुस् विज्ञप्तिमा जस्ताको तेस्तैः
प्रेस बिज्ञप्ति
सदभावना पार्टी सम्मिलित संयुक्त लोकतांत्रिक मघेसी मोर्चाको आव्हानमा विगत ९९ दिनदेखि आयोजित शान्तिपुर्ण आम हड़तालको क्रÞममा पुर्व घोषित कार्यक्रÞम अनुरूप चालु राजमार्ग, भरू राजमार्ग अन्तर्गत राष्ट्रिय राजमार्गमा हिजो शान्तिपुर्ण प्रदर्शन गर्दा मध्यरातमा आन्दोलनलाई दबाउने कुत्सित योजना अनुसार नै राज्यले जारी राखेको हत्या श्रृंखलाको निरन्तरता अन्तर्गत आज सदभावना पार्टीका नेता नागेश्वर यादव सप्तरीको रूपनीमा, विरेन्द्र राम सप्तरीको भारदहमा प्रहरीको गोलीबाट तथा शिव शंकर दास प्रहरीले बिछाएको बिद्युतीय करेन्टयुक्त तार जालीद्घारा हत्या गरिई विरगति प्राप्त गरेका छन् । प्रहरीले निर्मम लाठी, अश्रुग्यास र गोली प्रहार गरी हिजो र आज ३० जना भन्दा बढ़ी आन्दोलनकारीलाई घाइते बनाएको त छ नै घाईतेलाई उपचाररत गजेन्द्र नारायण सिंह अंचल सगरमाथा अस्पतालका स्वास्थ्यकर्मीलाई अस्पताल परिसरभित्रै आक्रमण गरि घाइते बनाउने क्रुर कार्य गरेको छ । सदभावना पार्टी यस्ता निरंकुश घटनाको घोर निन्दा तथा भत्र्सना गर्दछ ।
सदभावना पार्टी सप्तरी घटनाका शहिदको यो अविस्मरणीय वलिदानलाई उच्च सम्मान गर्दै शोकलाई शक्तिमा बदल्न सम्पुर्ण नेता कार्यकर्तासँग आगह गर्दछ । प्रहरीको गोली लागी आज शहादत प्राप्त गर्ने विर शहिदहरू प्रती हार्दिक श्रद्धांजली व्यक्त गर्दै आन्दोलनमा घाइते सबैको शिघ स्वास्थ्य लाभको पार्टी कामना गर्दछ ।
सदभावना पार्टीका शहिद परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै शहिद आत्माको चिरशान्तिको कामना गर्दछ । मघेसको भावी सन्तति, सदभावना पार्टी परिवार र सिंगो समाजले अमर शहिदको यो बलिदानीलाई उच्च मूल्याकन गर्नेछ ।
dainiknepal
महेन्द्रनगर, ६ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आन्दोलनरत मधेसवादी दललाई कडा चेतावनी दिनुभएको छ ।
एमाले उपाध्यक्ष समेत रहनुभएका मन्त्री रावलले आईतबार नयाँ संविधान बारे कञ्चनपुरमा एमाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै मधेसवादी दलहरुले अधिकारमा नाममा आतंक फैलाएको भन्दै यसले राष्ट्रियता र समाजिक सदभाव खलबलिने खतरा रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो-‘जनताको चुलो बन्द गरेर आन्दोलन गर्नु अनैतिक हो । जसका कारण नागरिक मारमा परेका छन् ।’
सरकारले अब अपराधिक गतिविधी कानुनी तरिकाले र राजनीतिक गतिविधी वार्ताका माध्यमबाट सम्बोधन गर्ने समेत मन्त्री रावलले बताए । आन्दोलनरत पक्षलाई उहाँले वार्तामा आउन समेत आह्वान गर्नुभयो । मधेसवादी दलहरुको आन्दोलन युद्धको भन्दा पनि निरंकुश भएको संकेत गर्दै युद्धका बेला मानिका लागि चाहिले अत्यावश्यक बस्तुहरुमा छुट हुने गरेको बताउनुभयो ।
राष्ट्रियता र समाजिक सदभावमा खलल पु¥याउने गतिविधि गरे सरकारले बाध्य भएर बल प्रयोग गर्ने मन्त्री रावलले चेतावनी दिनुभयो । मन्त्री रावलले संविधानबारे आफुले बुझेर विषय गाँउ गाँउमा नागरिकहरुलाई जानकारी गराउन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
आन्दोलन फिर्ता लिन कैलाली–कञ्चनपुरका थारुलाई आग्रह
मन्त्री रावलले आयोगमार्फत कैलाली–कञ्चनपुरका थारु समुदायको समस्या हल गरिने बताउनुभएको छ ।
एमाले उपाध्यक्ष समेत रहनुभएका मन्त्री रावलले आईतबार नयाँ संविधान बारे कञ्चनपुरमा एमाले कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै थारु समुदायका माग आयोग मार्फत हल गर्न सरकार लागिरहेकाले आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो । कैलाली कञ्चनपुरका थारु समुदायलाई आयोगमार्फत विषेश अधिकार दिलाईने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नयाँ संविधानले मधेशी, आदिवासी, थारु, दलित सबै समुदायलाई समेटेको भन्दै संविधानको सबैले पालना गर्नमा समेत मन्त्री रावलले जोड दिनुभयो ।
dainiknepal
जनकपुरधाम : थारु कल्याणकारीणी सभाको जनआन्दोलन परिचालन समितिका संयोजक रहेका राजकुमार लेखीले मधेसी र थारुको माग १५ दिनभित्र पुरा नभए अलग मधेश देशको लागि लडाइ हुने चेतावनी दिएका छन् ।

थारु कल्याणकारीणि सभाले आइतबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लेखीले यस्तो चेतावनी दिएको हो । उनले भने, 'मधेसी मोर्चा र थारु मोर्चाको एउटै माग भएकोले अब अलग भएर होइन एकजुट भएर सशक्त रुपमा लड्नुपर्छ। माग पुरा नभए अलग मधेस देशका लागि लडाइ हुन्छ।'


उनले सिंमाकनमा मोर्चाले मधेसमादुई प्रदेशको मागमा थारु मोर्चाको पूर्ण समर्थन रहेकोले संगै भएर अधिकार प्राप्तीको लडाईको लागि एक हुन मधेसी मोर्चालाई आह्वान गरेका हुन् । सरकारमा रहेका तीन दलका शीर्ष नेता तथा विभिन्न जिल्लाका जनप्रतिनिधिलाई कारवाही गर्नका लागि समेत उनले आह्वान गरेका छन्।

उनले जनतामाथि तीन महिना देखि गोली प्रहार गराउने र गोलीप्रहार भइरहँदा पनि चुप वस्ने जनप्रतिनिधीहरुलाई जनताले कारवाही गर्नका लागि सार्वजनिक आवहन गरेका हुन् ।

उनले तीनदलका नेताहरु केपी ओली, प्रचण्ड र शुसिलले मुलुकलाई बन्धक बनाएको र उनीहरुले मुलुकका नाममा आफनो छुटै प्राइभेट लिमिटेड चलाइरहेको आरोप समेत लगाए ।अहिलेको वार्ता चिया र बिस्कुटमा मात्र सिमिति रहेको बताउँदै शीर्ष तहमा गम्भीर वार्ता आवश्यक रहेको बताए।

लेखीले विजय गच्छदारले विगत २७ वर्ष देखि सत्ताको लागि गिद्ध जस्तो प्रवृति देखाउँदै आउको र यस्ता गद्दार प्रवृतिका व्यक्तिलाई वहिष्कार अभियान चलाउनु पर्ने बताए ।। उनले मधेशवाट जितेका प्रचण्डसँग हिम्मत भए  साइकल चढेर सिरहा आउन र माधव नेपाललाई गौर आउन चेतावनी समेत दिए ।
annapurnapost
सप्तरी, ६ मंसिर । आइतबार अपराह्न सप्तरीमा प्रहरी कारवाहीमा परी थप एक जना आन्दोलनकारी मारिएका छन् ।
सप्तरीको सदरमुकाम राजविराजमा कारवाहीका क्रममा प्रहरीले चलाएको गोली लागेर मधेसी मोर्चाका कार्यकर्ता एवं स्थानीय प्रदर्शनकारी दिलीप साहको ज्यान गएको हो । बिहान भारदहमा भएको घटनाको विरोधमा आन्दोलनकारीले प्रदर्शनलाई ब्यापक बनाएपछि प्रहरीसँग दोहोरो झडप भएको थियो ।
झडपका क्रममा प्रहरीले गोली चलाउँदा साहको टाउकोमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । अहिले राजविराजको अवस्थान तनावग्रस्त छ । यसअघि सप्तरीमै प्रहरी कारवाहीमा परी दुई प्रदर्शनकारीको मृत्यु भएको थियो ।
dainiknepal
काठमाडौ, ६ मंसिर । नेकपा एमालेका सचिव भीम आचार्यले सम्पूर्ण मधेसलाई दुई प्रदेश बनाउने मधेसी मोर्चाको माग कुनै पनि हालतमा पुरा नहुने भन्दै यो नेकपा एमालेको बटमलाईन भएको स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ तराईमा दुई प्रदेश कुनै पनि हालतमा हुँदैन, यो नेकपा एमालेको बटमलाईन हो । मधेसलाई पहाडसँग पुरै छुट्याउने काम पनि हुँदैन । दुई चार प्रतिसतले विदेशीको बुई चढेर मुलुकलाई ९५ प्रतिसत जनताको घाटी थिच्नेकाम कुनै पनि हालतमा सहिदैन ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा आचार्यले सरकारले धेरै आन्दोलनकारी शक्तिहरुसँग विगतमा सभ्झौता गरेको र ती सम्झौताहरुले एकले अर्कोको माग काटेको सबै माग लागु हुन नसक्ने ठोकुवा गर्दै मधेसी मोर्चासँग भएको ८ र २२ बुँदे सम्झौता सम्पूर्ण रुपमा लागु भईसकेको दावी गरे । उनले भने,‘मधेसमा एक वा दुई प्रदेश बनाउने भनेर सम्झौता भएको छैन । समग्र तराईलाई मधेस प्रदेश बनाउने हो भने चुरे भावरसँग गरेको सम्झौता के गर्ने ? जनतालाई भ्रममा पारेर आफ्नो माग पुरा गर्ने माग मानिदैन ।’
आचार्यले नेपाली काग्रेस नेतृत्वको सरकारले ब्यवस्थापिका संसदमा दर्ता गराएको संविधान संसोधन प्रस्तावमा एमालेको समर्थन रहेको स्पष्ट पार्दै तर संविधान संसोधन भएपछि आन्दोलन रोकिनु पर्ने बताए ।
उनले भने,‘ संविधान संसोधन गरेपछि मधेस आन्दोलन रोकिनु पर्छ भन्ने पर्छ । संविधान संसोधन भएरपनि आन्दोलन रोकिएन भने सरकारले शक्ति प्रस्तुत गर्छ ।’
आचार्यले आन्दोलनकारीलाई भात खुवाउने, आफ्नो मान्छे आन्दोलनमा पठाउने छिमेकीको काम ठिक नभएको भन्दै अर्काको स्वार्थ पुरा गर्न संविधान संसोधन गर्न नसकिने स्पष्ट पारे ।
उनले सुनसरी मोरङ्ग र झापाका ९५ प्रतिसत जनताले अहिलेको एक नम्बर प्रदेशमा बस्न चाहेको दावी गर्दै दुई नम्बर प्रदेशमा हुनु पर्छ भन्नेहरु अहिले एक दुई सय कराई रहेपनि साच्चै दुई नम्ब प्रदेशमा राखे त्यसको विरुद्धमा दुई लाख जनता सडकमा आउने दावी गरे ।
आचार्यले सुनसरी मोरङ्ग र झापामा जनमत संग्रह गरे एक नम्बर प्रदेशका बस्ने गरी ९० प्रतिसत मत आउने दावी गर्दै त्यस्तो नभए आफूले राजनीति छाडिदिने घोषणा गरे । उनले भने,‘म १५ दिन गाँउ गाँउ घुमेर आएको छु । त्यहाँका मधेसी पहाडी कोही पनि दुई नम्बर प्रदेशमा जान चाहँदैनन । मधेसी बाहुल्य सुनसरीका दक्षिणी भेगका जनताहरुको मलाईअहिले पनि फोन आईरहेको छ । हामीलाई छुट्याउने कुरा हुँदैन भनेर ।’
यद्यपि उनले एउटा विषयमा जनमत संग्रह गर्दा भोली अन्य विषयमा पनि जनमत संग्रहको माग उठ्दा जातीय विभाजन हुने भएकोले त्यसको पक्षमा आफूहरु नरहेको स्पष्ट परो ।



dainiknepal
आइतबार, ६ मंसिर
काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा लागेका एमाओवादीका पुर्व नेता डा. बाबुराम भट्टराई यतीबेला संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवसँग निकै नजिकिएका छन् ।
स्रोतका अनुसार नयाँ शक्ति र समाजवादी फोरमकाबीच एकताको लगभग पक्का पक्की भएको छ ।
यस्तोमा आइतबार बाबुरामको नयाँ शक्तिको अधिवेशन उद्घाटन समारोहमा आकर्षणको पात्र थिए उनै उपेन्द्र । मधेस आन्दोलनका नाइके मध्येमा रहेका उपेन्द्र बाबुरामको उक्त अभियानमा पुगेनन् मात्र, प्रफुल्ल मुद्रामा बाबुरामसँग हाँसोको फोहरा छुटाए ।
उपेन्द्र यादवले पार्टी एकता लगभग पक्का भएको बचन दिएपछि बाबुराम हौसीएको बताइन्छ । उपेन्द्रकै चलखेलमा नयाँ शक्तिको उद्घाटन समारोह आयोजना गरिएको र मधेस मुद्दा समाधान लगत्तै दुई सक्तिकाबीच एकीकरण हुने पक्का भएको स्रोतको दाबी छ ।
भेलाको भट्टराईले ताली बजाएर स्वागत गरे । कार्यक्रममा भारतलाई नाकाबन्दी थप कडा पार्न आग्रह गर्दै आएका पद्यरत्न तुलाधर, लेखक खगेन्द्र संग्रोला, चैतन्य मिश्र, अशोक शर्मा, लगायतका व्यक्तित्वहरु सहभागि थिए ।
तर, उपेन्द्र यादवको उपस्थितिलाई भने निकै चासोका साथ हेरीएको थियो ।
www.nepalsandesh
सप्तरी, ६ मङ्सिर । गए राति बन्द राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भई जनाको मृत्यु भएको आक्रोशमा अहिले राजविराज र पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।
सप्तरी प्रशासनले आज बिहानैदेखि सदरमुकाम राजविराजसहित राजमार्ग क्षेत्रमा निषेधाज्ञा लगाएपनि झडप भइरहेको प्रहरीले जनाएको छ ।
राजविराजको मुख्य सडक खण्डअन्तर्गत दर्शन चौक र गजेन्द्र चौकमा हजारौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको बताइएको छ । सो क्रममा प्रहरीले सयौँ राउन्ड हवाई फायर गर्नुका साथै स्थिति नियन्त्रणमा लिन राजविराजको ठाउँठाउँमा अश्रु ग्यास प्रहार गरिरहेका छन् ।
यस्तै, पूर्वपश्चिम राजमार्गको रुपनी, भारदह, कन्चनपुरलगायतका ठाउँमा समेत मधेसी मोर्चा र प्रहरीबीच झडप भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुपनी मोडमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले आगजनी गरी क्षति पु¥याएका छन् । राजविराज–छिन्नमस्ता सडक छेउमा रहेको सशस्त्र प्रहरीको बिटमा समेत आक्रोशित आन्दोलनकारीले आगजनी गरेका छन् ।
यता, आन्दोलनकारीले राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पताल गएको ना१झ १३१६ नम्बरको प्रहरी भ्यानमा आगो लगाइदिएका छन् । आगजनीबाट भ्यान पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको छ । जलेको भ्यान जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक भीम ढकालले चढ्ने गाडी भएको बुझिएको छ ।
गए राति पूर्व पश्चिम राजमार्गको विभिन्न ठाउँ अवरुद्ध गरेर बसेका आन्दोलनकारीलाई हटाउन खोज्दा प्रहरी र आन्दोलकारीबीच झडप भएको थियो ।
यसैबीच प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकपछि जारी विज्ञप्तिमा भारदह, रुपनी तथा विसनपुर चौकमा सयाँैको सङ्ख्यामा आन्दोलनकारीले इलाका प्रहरी कार्यालय तथा काममा खटिएका सुरक्षाकर्मीमाथि चौतर्फी आक्रमण गरेपछि स्थिति असामान्य भएको जनाइएको छ ।
भारदह तथा रुपनीमा आन्दोलनकारीको तर्फबाट गोली तथा पेट्रोल बमसमेत प्रहार गरिएको विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal
काठमाडौँ, ६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित नेपाल, सुखी र सम्पन्न नेपाली बनाउने अभियानमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ ।
नागार्जुन नगरपालिका–९ रामकोटमा बद्रीनारायण धामको शिलान्यास तथा नारायण सत्सङ्ग भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘त्यसको अगुवाइ सरकारले गर्ने छ, प्रधानमन्त्रीको हैसियतले मैले अगुवाइ गर्ने कुरा म विश्वास दिलाउन चाहन्छु ।’
आफूले मुलुकलाई शीघ्र र तीव्र विकासको बाटोमा लैजान चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिलेको परिस्थितिभित्र रहेर गरिने सबै काम गरिनेछ, भारतसँग नझुकेरै देशलाई आत्मनिर्भर र स्वावलम्बन बनाउने बाटोमा मेरो ध्यान केन्द्रित रहेको छ ।’
ऋषिमुनि र विद्वान्का सन्तान, प्रकृतिले भरिपूर्ण उर्वर देशका जनता र मुलुक गरिब र पछाडि परेको छ भन्ने कुरा कहीँ कतैबाट पनि मिल्ने र सुहाउने कुरा होइन भन्दै उहाँले यो अवस्थालाई आफूले छिटोभन्दा छिटो बदल्न चाहेको उल्लेख गर्नुभयो ।
dainiknepal
अफगानिस्तान : अफगानिस्तानको दक्षिण प्रान्त हेलमान्डमा भएको एक हवाई आक्रमणमा कम्तीमा ४५ तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।

प्रहरी स्रोतले आइतबार सो जानकारी दिएको छ । हेलमान्ड प्रान्तको सङ्गीन जिल्लाको चोगहाक इलाकामा आतङ्ककारीको अखडालाई लक्ष्यगरी सो हवाई आक्रमण भएको थियो ।


यस आक्रमणमा ४५ जना सशस्त्र आतङ्ककारी माएिको प्रान्तीय प्रहरी विभागका प्रवक्ता साह मोहमुद असिनाले सिन्ह्वा समाचार समितिलाई बताएका छन्।

यस आक्रमणमा अज्ञात सङ्ख्या आतङ्ककारी घाइते भएका पनि असिनाले थप जानकारी दिनुभएको छ । हेलमान्ड प्रान्त तालिवान आतङ्ककारी समूहको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा रहेको छ ।

अफगानिस्तानमा युद्धरत तालिवान आतङ्ककारी समूहले भने यस आक्रमणको विषयलाई केही टिप्पणी गरेका छैनन । रासस /सिन्ह्वा
annapurnapost
काठमाडौं, ६ मंसिर । भारतको नाकाबन्दीमा इन्धनको हाहाकार भइरहेका बेला कालोबजारी गरेको आरोप लागेका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काको जागिर धरापमा परेको छ ।
सत्तारूढ र विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले खड्कालाई पदमुक्त गर्न माग गरेपछि उनको जागिर धरापमा परेको हो । आइतबार खड्काको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका एक दर्जनभन्दा बढी विद्यार्थी संगठनहरुले निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले निगमका प्रबन्ध निर्देशक खड्कामाथि पेट्रोलियम पदार्थमा कालोबजारी गरेको आरोप लगाएका छन् ।

संयुक्त विद्यार्थी आन्दोलनका नाममा निगम अगाडि प्रदर्शन गरेका विद्यार्थीहरुले निगमका प्रबन्ध निर्देशक खड्कामाथि भारतको इशारामा इन्धनको अभाव सिर्जना गरेको र तस्करहरुसँग मिलेर कालोबजारी गरेको आरोप लगाए । विद्यार्थीहरुले तस्करी र कालोबजारीलाई प्रोत्साहन गर्ने खड्कालाई एक छिन पनि पदमा नराख्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
विद्यार्थीहरुले खड्कालाई पदमुक्त नगरे तथा कालोबजारीमाथि नियन्त्रण नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएकाको अनेरास्ववियुका महासचिव नविना लामाले बताए ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, ६ मंसिर
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ समकक्षी लि छियाङसँग भारत चीनसँगको व्यापार घाटामा टाट पल्टने अवस्थामा पुगेकाले आफुलाई बचाइदिन हार गुहार गरेका छन् ।
आसियानको जारी सम्मेलनका क्रममा आमन्त्रीत सदस्यका रुपमा मलेसियाको राजधानी क्वालालम्पुर पुगेका मोदीले अर्को आमन्त्रीत मुलुक चीनका प्रधानमन्त्री छियाङसँग व्यापार घाटा कम गर्नकालागि सहयोग गर्न आग्रह गरेका हुन् ।
साइडलाइन भेटवार्ताका क्रममा दुई देश बीचको आपसी सम्बन्ध र छिमेकसँगको सम्बन्धका बारेमा छलफल भएको थियो । मोदीले पछिल्लो समय नेपाल र भारतका बीचमा देखिएको समस्या एकतफी भएको बताएका थिए ।
मोदीले नेपालको आन्तरिक राजनीतिका कारण नाकामा समस्या भएको बताएका थिए । लि छियाङले चीनले पनि नेपालको समस्या समाधान गर्न सहयोग गरिरहेको जानकारी गराएका थिए ।
चिनियाँ प्रधानमन्त्रीले नेपाललाई सहयोग गर्न लागेको जानकारी गराएपछि मोदीले आफ्नो देशसँगको व्यापार घाटा कम गराउन आग्रह गरेका थिए । भेटबारे भारतीय प्रधानमन्त्री कार्यालयले पुष्टी गरेको छ ।
nepalsandesh- भिडियो हेर्न तलको बाकस थिच्नुहोस
राजविराज : प्रहरीसँगको झडपमा तीनजना मारिएपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्व-पश्चिम राजमार्गस्थित सुन्दरीको खोलाको पक्की पुल भत्काइएदिएका छन् ।

शनिबार राति भारदह र रुपनीमा तीनजना मारिएपछि उग्र बनेका मोर्चाका कार्यकर्ताले सप्तरीको बरमझियास्थित सुन्दरी खोलामाथिको पक्की पुल आधा भत्काइदिएका हुन् ।


मोर्चाका उग्र कार्यकर्ताले पुल भत्काउन थालेपछि त्यहाँ पुगेको प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको छ । झडपका क्रममा दुबै तर्फ ६ जनाबढी घाइते भएका छन् ।

पुल भत्काइएपछि त्यहाँबाट सवारीसाधन एकतर्फीमात्र चलाउन मिल्ने भएको छ । त्यस्तै प्रदर्शनकारीहरुले सप्तरीकै रुपनी मोडस्थित प्रहरी बिटमा पनि आगो लगाएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले गरेको आगजनीबाट प्रहरी बिट क्षतिग्रस्त भएको छ ।

मोर्चा र प्रहरीबीच सदरमुकाम राजविराज तथा पूर्व-पश्चिम राजमार्गका ठाउँ ठाउँमा अहिले पनि झडप जारी रहेको छ । सदरमुकाममा भएको झडपमा प्रहरीले ६ सेल अश्रुग्यास हानेको छ ।
annapurnapost
काठमाडौं, ६ मंसिर । भारतीय नाकाबन्दी खोल्न माग गर्दै तराई मधेसमै अर्काे आन्दोलन सुरु भएको छ ।
सीमांकन परिवर्तनको माग राख्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत तीनमहिनादेखि आन्दोलन नाकाबन्दी गरिरहेका बेला त्यसका विरुद्ध नयाँ आन्दोलनको जन्म भएको हो । चुरे क्षेत्रमा चुरे भावर प्रदेश मागिरहेको चुरे भावर राष्ट्रिय एकता पार्टीले नाकाबन्दीविरुद्ध मधेसका जिल्लाबाट आन्दोलनको सुरुवात गरेको हो ।
चुरे भावरका अध्यक्ष बद्रीप्रसाद न्यौपानेका अनुसार मंसिर तिहारपछि सुरु भएको आनदोलन तीन जिल्लामा पुगिसकेको छ । जसअनुसार चुरे भावरले सर्लाही, रौतहट र तराई केही अन्य जिल्लामा प्रदर्शन गरिरहेको छ ।
यसैक्रममा आइतबार रौतहटको चन्द्रनिगाहपुरमा नाकाबन्दी खोल्न माग गर्दै विशाल प्रदर्शन गरेको छ । विभिन्न नारा लगाउँदै चुरे भावरले विशाल प्रदर्शन गरेको हो । उक्त अभियानमा मधेसका नागरिक समाज र सच्चा मधेसी जनताले साथ दिएको अध्यक्ष न्यौपानेले बताए ।
dainiknepal
काठमाडौँ : आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । रासस
annapurnapost
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home