• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
रसुवा, २३ मङ्सिर । नेपाल-चीनबीचको व्यापार व्यवसाय गर्ने उत्तरी रसुवागढी नाका क्षेत्रमा सुख्खा बन्दरगाहा बनाउन प्रक्रिया अगाडि बढेको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको सुख्खा बन्दरगाहाको नियमनकारी प्रमुख संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रबन्धक हेमेन्द्र मोहन शाहीका अनुसार रसुवागढी नाकाको लागि चीन सरकारले सुख्खा बन्दरगाहा बनाई दिने सम्झौता भइसकेको कारण टिमुरे गाविसमा जमिनको रेखाङ्कन गर्ने काम सम्पन्न भएको छ ।
टिमुरे गाविसको घट्टेखोलाको तल्लो डिलदेखि तातोपानी नजिकसम्म सडकबाट नदीतर्फको पूरै भाग, भोटेकोशी नदी किनारको करिब दुई किलोमिटर तटीय क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण हुने र अधिग्रहण गरिने निजी जग्गाका धनीलाई क्षेत्रको जानकारीसमेत गराइसकिएको बताइएको छ ।
सुख्खा बन्दरगाहाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनीको क्षेत्रफल ओगट्ने बताउँदै प्रबन्धक शाहीले सो बन्दरगाहामा तीन सय मालमाहक कन्टेनर व्यवस्थित ढङ्गले पार्किङ गर्न मिल्ने जानकारी दिनुभयो ।
स्थानीय वासिन्दाको स्वामित्वका जग्गा जमिन, जग्गा प्राप्ति ऐनबमोजिम र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा विभिन्न सरकारी स्वामित्वका जग्गाका लागि निणयार्थ सरकार समक्ष अनुरोध गरिने निमित्त प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी थापाले बताउनुभयो ।
dainiknepal
बुधबार, २३ मंसिर
काठमाडौ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग इन्धन आपुर्तिको व्यापारिक सम्झौतालाई पुर्णता दिने भएका छन् ।
प्रधानमन्त्री ओलीले एमाले उपाध्यक्ष समेत रहेका उपप्रधान एवं रक्षा मन्त्री भिम रावललाई चीन पठाउने तयारी गरे पनि अर्का उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाको अबरोधका कारण रोकीएको थियो ।
थापाले आफु मातहतमा उच्चस्तरिय राजनीतिक भ्रमण गर्नुपर्ने बताउँदै आएका थिए । अन्ततः ओलीले सत्ता गठबन्धनलाई असहज हुने अवस्था आएपछि थापालाई नै त्यता जान स्विकृति दिएका थिए । थापा पछिल्लो समय राजनीतिक हिरो बन्ने दाउमा छन् ।
भारत गएर आएलगत्तै उनले नाका खोल्ने तयारी भएको र तीन बुँदे प्रस्ताव भारतीय विदेश मन्त्री सष्मा स्वराजसँग स्विकृत गराएर आएका थिए । अहिले फेरि चीन गएर चिनियाँ उच्च अधिकारीसँगको सम्बन्धलाई बलियो बनाउने थापाको चाहना पुरा हुने भएको छ ।
थापाले अडान राखेपछि चीनसँग उच्च सम्बन्ध भएका रावललाई रोकेर ओलीले थापालाई नै पठाउने भएका हुन् । थापासँगै बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुन समेत चीन जाने तयारी भएको स्रोतले बतायो । थापाकै कारण इन्धन सम्झौता रोकीएको समाचार यस अघि आएका थिए ।
अब चीनसँग कर रहित इन्धन व्यापारकालागि चीनले नेपालको उच्च राजनीतिक पहल र सक्रियता चाहेको बताएको थियो । चीनले उच्च राजनीतिक प्रतिवद्धताका आधारमा मात्रै व्यापार गर्ने मनासय राख्दै आएको छ ।
संकट रहुन्जेल आफुलाई सम्झने सामान्य अवस्थामा भुल्ने नेपालको भूराजनीतिक अवस्था बुझेको चीनले अडान राखेपछि ओलीले पनि कम्मर कसेका हुन् ।
nepalsandesh
भारतका १३ सीमारक्षक थुनिए । पाकिस्तानमा ? चीनमा ? होइन नेपालमा । मोदीको छिमेकी नीतिले भारतलाई यो हालमा पुर्‍याएको छ ।

आशा गरिएको थियो, बिहारको चुनाव सकिएपछि, र नेपालको आन्तरिक मामलामा खुला हस्तक्षेप गरेर उत्तरी विहारको भोट कब्जा गर्ने मोदीको दाउ अन्त्य भएपछि नेपालीहरुले राहत पाउने छन् । तर, त्यस्तो भएन ।
हामी हाम्रो भुपरिवेष्ठीत छिमेकीमाथि भारतीय नाकाबन्दीको तेस्रो महिनामा छौं र यो संकट तत्काल अन्त्य हुने कुनै छाँट छैन ।
यस्तो लाग्छ, नेपालले हिन्दू राष्ट्रमा फर्किन अस्वीकार गरेको तथा २०१५ को बिहार चुनावलाई लक्षित गर्दै जनकपुरका मधेसी केटीहरुलाई १० हजार साइकल वितरण गरी उनीहरुको विहारमा रहेका आफन्तलाई खुशी बनाउने प्रयासमा कुठाराघात भएको प्रतिशोध लिइरहेका मोदी अझै अतृप्त छन् । फलस्वरुप हाम्रो सबैभन्दा महत्वपूर्ण छिमेकी देशसितको सम्वन्ध अहिले रसातलमा पुगेको छ ।
यता, चिनियाँहरु नेपालको सहायतामा हाजिर भएका छन् र भारतको कुटनीतिक महाभुल देखेर हाँसिरहेका छन् । सुहासिनी हैदर द हिन्दुमा लेख्छिन्, ‘एउटा आधारभूत प्रश्न सोध्नु आवश्यक छः किन ? किन भारतको कुटनीतिक क्षमता यति दयनीय रुपमा असफल बन्यो ?’ कुनै पनि भारतविरोधी नेपाली (जसको अनुपात इतिहासमै उच्च विन्दूमा पुगेको छ) ले भविष्यमा कहिल्यै भारतको हेपाइ र अत्याचारबाट सिर्जित राष्ट्रिय अपमानलाई बिर्सने वा क्षमा गर्ने छैन । कसले उनीहरुलाई सम्झाउने छ कि यो परिस्थितिमा सिंगो भारत नभएर मोदी मात्रै जिम्मेवार छन् ।
जर्ज बुसले इराकमा जे गरेका थिए त्यसलाई बिर्साएको छ नेपालमाथि भारतको व्यवहारले । यो कुटनीतिक प्रतिशोध होइन, यसको परिमाण नरसंहार जत्तिकै भयंकर छ ।
युनिसेफले भारतीय नाकाबन्दी जारी रहेको खण्डमा पाँच वर्षमुनिका तीस लाख नेपाली बालबालिकाहरु यो जाडोमा मृत्यू वा बिमारीको जोखिममा रहेको अनुमान गरेको छ । यूनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले नेपाल भ्रमणपछि ३० नोभेम्बरका दिन विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जीवनदायी औषधि र भ्याक्सिनहरुको अभावले यो हिउँदमा बालबालिकाहरुका लागि घातक परिणाम उत्पन्न गर्न सक्ने खतरा छ ।’
जर्ज बुसले इराकमा जे गरेका थिए त्यसलाई बिर्साएको छ नेपालमाथि भारतको व्यवहारले । यो कुटनीतिक प्रतिशोध होइन, यसको परिमाण नरसंहार जत्तिकै भयंकर छ ।
सबैभन्दा महत्वपूर्ण कुरा, यस्तो बेलामा हामी नेपाललाई दबाइरहेको छौं जब नेपाल भयानक भुकम्पबाट ब्युँतिनलाई प्रयास गरिरहेको थियो । त्यो एउटा प्राकृतिक विपत्ति थियो । यो पूर्णरुपमा मानवनिर्मित हो । यसलाई मोदीनिर्मित मान्नुपर्छ ।
नेपाल माथिको विपत्तिको आयतन यति ठूलो भयो कि नेपालीहरुले आफ्नो स्वाभिमानलाई निलेर आफ्ना उपप्रधानमन्त्री कमल थापालाई दिल्ली गएर नेपालको पीडा सुनाउन अनुमति दिए । हाम्रो सरकारले उनको भ्रमणमा भएको कुराकानीका विषयमा मुख खोलेको छैन ।
तर, मिडियामा आएका अनुमानअनुसार नेपालले आफ्ना प्रान्तिय सीमाहरु परिमार्जन गर्न र नेपालको संसदमा सामानुपातिक प्रतिनिधत्व सुनिश्चित गर्ने विषयमा यहाँका अधिकारीहरुलाई वचन दिएको छ । यो कुनै नयाँ कुरा होइन । नेपाली नेताहरु र नेपालको मन्त्रिपरिषदले यसअगाडी नै यो विषयमा संविधान संशोधन गर्ने निर्णय गरिसकेको हो ।
नेपालको तराईमा रहेका ११६ निर्वाचित प्रतिनिधिहरुमध्ये केवल ११ जनाले संविधानको विरुद्ध मतदान गरेका छन् । अन्य १०५ जनाले सात वर्ष लामो प्रयासपछि जारी भएको संविधानका पक्षमा मत जाहेर गरेर राष्ट्रियता भावना देखाएका छन् ।
हाम्रो अवाञ्छित चाहनाका सामुन्ने उनीहरुले घुँडा टेकेनन् भने हामीले नेपाललाई खाद्यान्न, औषधि, ग्यास र अन्य पेट्रोलियम पदार्थहरु रोकेर भोकभोकै मार्नुपर्ने हुन्छ ?
के तपाईं कल्पना गर्न सक्नुहुन्छ, २७ नोभेम्बर १९४९, भारतको संविधान सभाले संविधान ग्रहण गरेकोे दिन कुनै नेपाली नयाँ दिल्लीमा आएर हामीलाई यो संविधानमा आगामी ६५ वर्षमा एक सय २२ वटा संशोधन गर्नुपर्छ भन्दै २६ जनवरी १९५० का दिन संविधान घोषणा नगर्न आदेश दिएको होस ? ठ्याक्कै यहि भयो, जब मोदीले आफ्ना विशेष दूतलाई नेपालको संविधान रोक्नका खातिर काठमाडौं पठाए । मैले दिएको १२२ संख्या काल्पनिक होइन । यो भारतले अहिलेसम्म संविधानमा गरिसकेका संशोधनहरुको संख्या हो ।
यदि हाम्रो संविधान सयौं पटक संशोधन हुनसक्छ, त्यो पनि संविधानका आधारभूत अन्तुवस्तुमाथि कुनै असर नपर्ने गरी, भने हामीले नेपालको संविधानसभालाई यसको प्रतिवद्धतामा विश्वास नगरेर आजै यो काम गर्नलाई कसरी दबाव दिन मिल्छ ? जबकि तराईका १ सयभन्दा बढी सांसदहरु यही संविधानमा विश्वस्त छन् ।
हाम्रो अवाञ्छित चाहनाका सामुन्ने उनीहरुले घुँडा टेकेनन् भने हामीले नेपाललाई खाद्यान्न, औषधि, ग्यास र अन्य पेट्रोलियम पदार्थहरु रोकेर भोकभोकै मार्नुपर्ने हुन्छ ? हामीलाई स्वतन्त्र छाडिदेउ मात्रै भनेको कारणले हामी नेपालीहरुलाई यो हदसम्म प्रताडना दिन सक्छौं ? सबैभन्दा ठूलो अन्तरविरोध, हाम्रो देशले पञ्चशीलका पाँच सिद्दान्तमा प्रतिवद्धता जनाउँदै आएको छ । हामी लज्जित छौं ।
हाम्रो एउटा मात्रै आशा के हो भने अधिकांश नेपालीले मोदीले जे गरिरहेका छन् त्यो भारतले गरेको नसम्झिउन् । भारतीय नागरिकहरुको ठूलो हिस्सा नेपालीहरुको पीडाबाट दुखित छन् र भारतको नीति सच्चिएको हेर्न आतुर छन् ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, २३ मंसिर - भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन्।


मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीनबुादे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन्। नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो।

विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा तीनबुादे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन्। विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पनि त्यही सन्देश मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवलाई सुनाएका हुन्।

फर्केपछि मोर्चाले निर्णय गर्ने
महन्थ ठाकुरले भारतीय विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री कमल थापाको तीनबुादे प्रस्तावको एक प्रति उपलब्ध गराएको र बुधबार काठमाडौं फर्किएपछि सरकारसाग वार्ता गर्ने बताए। तर, माग पूरा नभई नाका खोल्दा भविष्यमा कहिल्यै आन्दोलन उठ्न नसक्ने हो कि भन्दै भेटघाटमा चिन्ता व्यक्त गरेका थिए।

काठमाडौं–दिल्ली–मधेसबीच सहमतिका ३ बुँदा
१. समानुपातिक समावेशितालाई मौलिक अधिकारअन्तर्गत राख्न सरकार तयार छ। सुरक्षा निकायबाहेकका सबै सरकारी अंगमा यो व्यवस्था गर्न सरकार सहमत छ। वैवाहिक अंगीकृत नागरिकताका विषयमा पनि सरकार मधेसीहरूको माग पूरा गर्न तयार छ।

२. ७५ जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र सुनिश्चित गर्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न सरकार तयार छ । भौगोलिक बनावट र विकासको आवश्यकताका कारण जनसंख्या मात्रै आधार बन्न सक्दैन, तर मधेसमा ८० सिट पुग्ने गरी व्यवस्था मिलाउन सकिन्छ।

३. सीमांकनका विषयमा संवैधानिक हैसियतको संघीय आयोग गठन गर्ने र त्यसले तीन महिनामा दिने रिपोर्टका आधारमा संविधान संशोधन गरिने, प्रदेशको संख्या बढाउन पनि सकिने। उपप्रधानमन्त्री थापाले मधेसको मुद्दा राजनीतिक भएको भन्दै समाधानका लागि तीनवटा बुँदाबारे भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग १६ मंसिरमा छलफल गरेका थिए। उनले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि यस विषयमा कुराकानी गरेपछि भारत पक्ष सकारात्मक भएको थियो।

भारतीय पूर्वकूटनीतिज्ञले सोधे– सत्तामा पुगेर के गर्नुभो ?
अन्तक्र्रियामा पूर्वभारतीय जर्नेल अशोक मेहता, पूर्वराजदूतहरू जयन्त प्रसाद, राकेश सुद, शिवशंकर मुखर्जीलगायत चार दर्जन विज्ञ सहभागी थिए। सुरुमा मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादव बोले। पछि उनीहरूसँग मधेस आन्दोलनबारे सोधिएको थियो।
dcnepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, २३ मंसिर– ‘मन्त्रीका लागि बिहे गर्न केटी चाहियो !’ यत्ति ६ वटा शब्द बोले पुग्छ, केटीको लस्कर टुँडिखेलले धान्दैन ।

तर, नेपाल सरकारका बहालवाला मन्त्रीका लागि दुलही माग्न गएका मान्छेले दुलही त ल्याएनन्, बरु महिलाकी आफन्तका कुरा सुनेर हिस्स पर्दै फर्किएका छन् । अहिलेको सरकारका एक मात्र अविवाहित मन्त्री हुन्, शेरधन राई ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सम्हालेका ४५ वर्षीय उनी अनुहार र जिउडाल परेका युवा हुन् । अचम्म लाग्दो हो, त्यस्ता हट्टाकट्टा मन्त्रीले दुलही नपाएको कुराले । तर, लमी एक त शेरधनलाई जानकारी नदि
ई, त्यसमाथि अर्कै पार्टीकी नेत्री हेर्न पुगेका थिए । फेरि माग्नु पनि मिल्दोसँग नि, कम्युनिस्ट पार्टी नै भए पनि एमालेसँग कहिल्यै कुरा नमिल्ने नेपाल मजदुर किसान पार्टीकी नेत्री थिइन्, उनीहरूले विवाह गराउन चाहेकी महिला । सोझै उनीसँग होइन, उनका नेतासँग कुरा भयो । ती नेत्री थिइन्, सांसद् अनुराधा थापामगर ।
तर, नेमकिपाका नेताले अनुराधाका अरुसँगै कुरा चलेका कारण आश नगर्न सुझाव दिए । ‘तैपनि’ भन्दै एमाले कुरा कोट्याउन खोज्दै थिए, ‘केको तैपनि ?’ भन्दै नेमकिपाका नेताको हप्की खाएपछि चुप लागेर फर्किए ।
तर, यो घटना शेरधन मन्त्री हुनुभन्दा अघिको हो । दोलखाली सांसद पार्वत गुरुङ, ओखलढुंगे यज्ञराज सुनुवारलगायत साथीले लमी बनेर यस्तो प्रयास गरेका थिए ।
अर्को रमाइलो कुरा त के हो भने, आफ्ना लागि साथीहरू दुलही खोज्दै हिँडेको कुरा मन्त्री बनिसक्दा पनि शेरधनले चाल पाएका रहेनछन् । लमीले नेपकिपाका नेता प्रेम सुवालसँग कुरा गरेका थिए । सुवालले ‘तपाईंहरुले कुरा गर्न ढिला गर्नुभयो । उहाँको अन्तै कुरा चलेको छ’, भने ।
पार्टी विभाजनका बेला भोजपुरका सबैजसो वरिष्ठ नेता एमालेमा लागेपछि अखिलको केन्द्रीय सदस्य छँदै ०५६ सालको आमनिर्वाचनमा शेरधनले सांसद् जिते । त्यसबेला उनी २७ वर्षका लक्का जवान थिए ।
उसैबेला गाउँमा शेरधनको बिहेको कुरा चलेको थियो । तर, पार्टी फुटेर जिल्लामा नेताको खडेरी लागी सांसद् हुनुपर्ने भएपछि बिहेको फुर्सद् भएन । मन बहलाउन र समय काट्नुपरेमा तोङवा तान्दै मादल बजाएर नाच्छन् उनी ।
आस्था साप्ताहिकबाट
kathmandutoday
बुधबार, २३ मंसिर
काठमाडौं । नेकपा एमालेका नेता एवं पुर्व मन्त्री लालबाबु पण्डितले चीनले नेपालको मधेस क्षेत्रमा पनि विशेष लगानी गर्नुपर्ने बताएका छन्।
उनले नेपाल र चीनबीचको सम्बन्ध स्थापीत गर्न मधेसको पनि महत्वपुर्ण योगदान रहेको बताउँदै मधेसमा चिनियाँ सहयोग बढाउनुपर्ने बताए ।
चीन भ्रमणमा रहेका पण्डितले नेपालका मधेसी माुलका विद्यार्थीहरु प्राविधिक शिक्षामा निकै अगाडी रहेको बताउँदै चीनले मधेसका विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ती दिनुपर्ने बताए ।
उनले भारतले नाकाबन्दी लगाउँदा सबैभन्दा बढी मधेसकै जनता पीडित भएको पनि बताए । उनले चीनसँग आम नेपालीले निकै आशा गरेको बताउँदै त्यसमा विपन्न मधेसी समुदायको बढी अपेक्षा रहनु स्वभाविक भएको बताए ।
पण्डितले नेपाल र चीनका विचमा प्राविधिक शिक्षा आदान प्रदान बढाउनुपर्ने बताए । पण्डितले भारतको नाकाबन्दीका कारण मधेसका जनताको जीवनस्तर उठ्नै नसक्ने अवस्थामा पुग्नै लागेकाले चीनले गर्ने सहयोग संजिवनी बुटी सरह हुने भन्दै मधेसलाई पुन उठ्नसक्ने बनाउन चिनियाँ सहयोग अपरिहार्य रहेको बताए ।
सेमिनारमा नेपाल र चीनका प्राविधिक शिक्षाका उच्च अधिकारीहरु सहभागि छन् ।
nepalsandesh
काठमाडौँ, २३ मंरि । मकवानपुरमा बुधबार एकाविहानै ट्रान्समिटर पड्किँदा २ जनाको मृत्यु भएको छ ।

विद्ययुत आर्पुती धेरै हुन थालेपछि ट्रान्समिटरले लोड थेग्न नक्दा ट्रान्समिटर जलेको हुन सक्ने प्रहरीले जनाएको छ ।

ट्रान्समिटर पड्किँदा ३० जना भन्दा बढी घाइते छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो समय भारतीय नाकाबन्दकिा कारण काठमडौँ उपत्यका लगायतका मुलुकका विभिन्न शहरी क्षेत्रमा आपूर्ति भएको विद्युयले भारत थेग्न नसक्दा ट्रान्सर्फमर पड्किने जल्ने क्रम बढेको छ ।

etajakhabar
काठमाडौं, २३ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारी पक्षसँगको वार्तामा लचकताका साथ बसेर समस्याको समाधान निकाल्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (बुधबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै महतोले आन्दोलनका मागलाई वार्ताबाट निकास दिनुपर्ने बताउनुभयो ।
‘हामी वार्ता र सम्वादबाट भागेका छैनौँ’, उहाँले भन्नुभयो, ‘हामी पनि वार्तामा लचकताका साथ जानन्छौँ । सरकारी पक्ष पनि लचकताका साथ आउनुपर्छ ।’
उहाँले सीमाङ्कनका विषयमा भने पूरानै एजेण्डा कायम रहेको बताउनुभयो । राजनीतिक समिति वा अन्य कुनै समिति बनाएर मान्ने पक्षमा आफूहरू नरहेको महतोको भनाइ छ ।
भारतले समस्या समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेल्नुपर्ने सद्भावना पार्टीका अध्यक्ष महतोको भनाइ छ ।
‘पहिलाको आठ बुँदे गर्न पनि भारतले मध्यस्थता गरेको हो’, उहाँले भन्नुभयो, ‘अहिलेको समस्या समाधानका लागि पनि भारतले मध्यस्थता गर्नुपर्छ ।’
dainiknepal
२३ मंसिर, दिल्ली ।
दिल्लीका उच्च पदस्थ व्यक्तिहसँगको भेटघाटपछि आज राती ९ बजे मधेशी मोर्चाका नेताहरु स्वदेश फर्किने भएका छन् । मधेश आन्दोलन र समस्या समाधानबारे दिल्लीमा छलफल र परामर्श गरेपछि उनीहरु आज स्वदेश फर्किन लागेका हुन् ।

स्वदेश फर्किनुपूर्व उनीहरु दुई कार्यक्रममा सहभागी हुने बताइएको छ । स्रोतका अनुसार आज दिउँसो १ बजे, भारतीय जनता पार्टीका महासचिव राम माधवद्वारा आयोजित लन्च छलफलमा सहभागी हुनेछ भने दिउँसो ३ बजे आरएसएसको सहयोगी संस्था अन्तर्राष्ट्रीय सहयोग परिषदद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी जनाइने छ ।


यी दुई कार्यक्रममा सहभागी भएपछि उनीहरु स्वदेश फर्किने बाइएको छ । मोर्चाका नेताहरु स्वदेश फर्किएपछि निर्णायक वार्ता हुने बताइएको छ ।   nepaliheadlines
काठमाडौं । समानुपातिक समावेशितालाई मौलिक अधिकारअन्तर्गत राख्न सरकार तयार छ । सुरक्षा निकायबाहेकका सबै सरकारी अंगमा यो व्यवस्था गर्न सरकार सहमत छ । वैवाहिक अंगीकृत नागरिकताका विषयमा पनि सरकार मधेसीहरूको माग पूरा गर्न तयार छ ।
७५ जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र सुनिश्चित गर्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न सरकार तयार छ । भौगोलिक बनावट र विकासको आवश्यकताका कारण जनसंख्या मात्रै आधार बन्न सक्दैन, तर मधेसमा ८० सिट पुग्ने गरी व्यवस्था मिलाउन सकिन्छ ।
सीमांकनका विषयमा संवैधानिक हैसियतको संघीय आयोग गठन गर्ने र त्यसले तीन महिनामा दिने रिपोर्टका आधारमा संविधान संशोधन गरिने, प्रदेशको संख्या बढाउन पनि सकिने । उपप्रधानमन्त्री कमल थापाले मधेसको मुद्दा राजनीतिक भएको भन्दै समाधानका लागि तीनवटा बुँदाबारे भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग १६ मंसिरमा छलफल गरेका थिए । उनले मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि यस विषयमा कुराकानी गरेपछि भारत पक्ष सकारात्मक भएको थियो ।
dainiknepal
काठमाडौं, मंसिर २३ । भारतको छत्तीसगढमा सुरक्षाकर्मीसँगको मुठभेडमा २० जना माओवादीको मृत्यु भएको छ ।
घटनामा सुरक्षाकर्मीका पाँच जना जवान घाइते भएका छन् । छत्तीसगढको सुकमा जिल्लामा सुरक्षाकर्मीले धावा बोल्दा मुठभेड भएको बताइएको छ ।
भारतीय माओबादीहरुले पिपुल्स लिबरेशन गुरिल्ला आर्मी गठन भएको १५ औं बार्षिकोत्सव मनाइरहेको बेला भएको मुठभेडका कारण माओवादीतर्फ ठूलो क्षति भएको हो ।
मारिएका केही माओवादीको शव उनीहरुले लिएर भागेको र केही शव सुरक्षाकर्मीले लगेको बताइएको छ ।
यसैबीच सुकमा जिल्लाको पोलमपल्लीमा २५ जना माओवादी कार्यकर्ताले सुरक्षाकर्मीसमक्ष आत्मसमर्पण गरेका छन् । (एजेन्सी)
imagekhabar
दाङ, २३ मंसिर । नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयअन्तर्गत सूचना विभागले दाङमा घुम्ती शिविरमार्फत दाङका ११४ जना पत्रकारलाई पत्रकार परिचयपत्र वितरण गरेको छ ।
विभागको एक टोलीले सोमबार र मङ्गलबार दाङमा गरिएको घुम्ती शिविरका क्रममा ११४ पत्रकारलाई परिचयपत्र वितरण गरेको हो । यसैगरी सातजनालाई व्यवस्थापकीय प्रमुख, स्टेसन म्यानेजर र प्रकाशकको परिचयपत्र वितरण गरिएको छ ।
यसैगरी प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मालाई सम्मानार्थ परिचयपत्र वितरण गरिएको छ । विभागका अनुसार शर्मा यो परिचयपत्र पाउने देशभरकै पहिलो पत्रकार हुनुहुन्छ । यस्तै दुईजनाको परिचयपत्र नवीकरण, तीनवटा पत्रिकाका लागि टेलिफोन महसुल छुट र एउटा पत्रिकाको स्थायी दर्ता सिफारिस गरिएको छ ।
जिल्ला तहमा सक्रिय पत्रकारलाई विभागको परिचयपत्र वितरणमा सहजता होओस् भन्ने उद्देश्यले सूचना विभागले दुई वर्षदेखि घुम्ती शिविर अभियान थालेको हो । यसैबीच मङ्गलबार बिहान दाङमा तयार पारिएका परिचयपत्र सूचना विभागका महानिर्देशक लक्ष्मी बिलास कोइरालाले नेपाल पत्रकार महासङ्घका अध्यक्ष सुदीप गौतमलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा महानिर्देशक कोइरालाले विभागको परिचयपत्र प्राप्त गरेका पत्रकारलाई परिचयपत्रको सही सदुपयोग गर्न आग्रह गर्नुभएको थियो ।
पत्रकार महासङ्घका अध्यक्ष गौतमले जिल्ला तहमै आएर विभागको परिचयपत्र वितरण गरेकोप्रति सराहना गर्दै विभागको टोलीलाई धन्यवाद दिनुभएको थियो ।
दाङमा परिचयपत्र वितरण गरेर यो टोली मङ्गलबार सल्यान हिँडेको छ । टोलीले सल्यान र रुकुम पुगेर परिचयपत्र वितरण गर्ने जनाएको छ ।
dainiknepal
रौतहट । मधेशी मोर्चाका धर्नामा बसेका कार्यकर्ता पिटिएका छन् । रौतहटस्थित नेपाल–भारत सिमाक्षेत्रको मितेरी पुलमा धर्नामा बसेका उनीहरुले धर्नामा बसेर आयात निर्यातमा अवरोध सिर्जना गरेको भन्दै कुटपिट गरिएको हो ।

कुटपिटका कारण चार जना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीले एउटा मोटरसाइकलमा समेत आगजनि गरेका छन् ।
रौतहटको गौर र भारतको बैरगनिया जोड्ने पुलमा आयात र निर्यात ठप्प पार्न धर्नामा बसेका आन्दोलनकारीको ज्यादती बढेको भन्दै गौरका स्थानीयबासिन्दाले आक्रमण गरेका हुन् ।
गौर नगरपालिका–२ का रोहित साहले विवाहका लागि भारतको बैरगनियाबाट सामान किनेर ल्याउने क्रममा आन्दोलनकारीले मोटरसाइकलको पेट्रोल खन्याएपछि विवाद भएको केहीबेरमा नै स्थानीय आन्दोलनकारीबिरुद्व लागेका हुन् ।
nepalsandes भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । भारतीय विदेशसचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले सीमा अवरोध हटाएर संवादमार्फत राजनीतिक सहमति खोज्न मधेसी मोर्चाका शीर्ष नेतालाई आग्रह गरेका छन् । मंगलबार बेग्लाबेग्लै भेटवार्तामा दुवैजनाले नेपाल सरकारद्वारा प्रस्तुत तीनबुदे प्रस्तावमा छलफल गरेर समाधान निकाल्न सुझाब दिएका छन् ।
नागरिकता, समानुपातिक प्रतिनिधत्वलगायतका मोर्चाका विषयमा भारत सरकारको सहानुभूति रहेको, तर नेपालमा उत्पन्न मानवीय संकटको अवस्थालाई मोर्चाले पनि मध्यनजर गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
विदेशमन्त्री सुष्मा स्वराजले आइतबार राति मोर्चाका शीर्ष नेतालाई हैदरावाद हाउसमा दिएको डिनरमा तीनबुदे प्रस्तावमा छलफल गरेर तुरुन्तै नाकाबन्दी हटाउन आग्रह गरेकी थिइन् । विदेशसचिव जयशंकर र सुरक्षा सल्लाहकार डोभालले पनि त्यही सन्देश मधेसी नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र यादवलाई सुनाएका हुन् ।
महन्थ ठाकुरले भारतीय विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री कमल थापाको तीनबुदे प्रस्तावको एक प्रति उपलब्ध गराएको र बुधबार काठमाडौं फर्किएपछि सरकारसग वार्ता गर्ने बताए । उनले भारतीय विदेशमन्त्री स्वराजलाई अवस्था हेरेर नाकाबन्दी हटाउने विश्वास दिलाएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
dainiknepal

वि.सं. २०७२ साल मंसिर २३ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर ९ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– त्रयोदशी, १३:४४ बजेउप्रान्त चतुर्दशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गर्दा मनग्य फाइदा उठाउन सकिने दिन छ। विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्, सचेत हुनुहाेला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। राेकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ याेजना शुभारम्भ गर्ने अवसर पाइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रारम्भमा कमजोरी अनुभव हुन सक्छ। काममा पनि ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आउने देखिन्छ। साँझदेखि स्वास्थ्य र परिस्थिति अनुकूल बन्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
घर–गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला। माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला। सामाजिक काममा राम्रै फाइदा होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सचेत हुनुहाेला

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विगतको श्रमबाट राम्रै लाभ हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। अाफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । साँझदेिख लेनदेनमा मनग्य फाइदा हुने देखिन्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कामबाट प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साँझदेखि भने साथ दिनेहरू बढ्नेछन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काममा लगानी बढाउने समय छ। बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ। अाफन्तबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
गरेका कामबाट प्रशस्त लाभ हुनेछ। पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा सामान्य फाइदै हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अाज परिश्रमपछि न्यून सफलता मिल्ने देखिन्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home