• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बुधबार, २७ असोज
काठमाडौ । नाकाबन्दीका कारण ग्यास अभाव भएर चुलो बल्न छाडेपछि काठमाडौं, ताहाचलका अमृत भुजेलले २७ वर्षअघि आफूले काम गरेको परियोजना सम्भ्किए।
मोरङको बाहुनी धारानगरमा तेल अन्वेषण कम्पनीको परियोजनामा उनले २०४५ सालमा काम गरेका थिए। ’त्यो परियोजना अधुरै रह्यो, नेपालले चाहेको भए यतिका वर्षमा त देशमै निकाल्न सकिन्थ्यो,’ भुजेलले भने।
उनी अहिले पनि झापास्थित घर जाँदा बाहुनी धारानगर पुग्ने गर्छन्। ’भारतलाई आफ्नो देशमा रहेको तेल खानी सुक्छ भन्ने डर थियो। कम्पनीका इन्जिनियरलाई नै भारतले लगेर तेल पत्ता लगाएको भन्ने हामीले त्यतिबेला सुनेका थियौं,’ उनले सुनाए।
खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजनल जियोलोजिस्ट दिनेशकुमार नापित भने त्यतिबेला ३ हजार ४ सय २० मिटर खन्दा पनि तेल नदेखिएपछि उक्त अन्वेषण परियोजनाको ठेकेदार नेदरल्यान्ड कम्पनी फर्किएको बताउँछन्।
अन्वेषण परियोजनाका जियोलोजिस्ट नापित नेपाल आफैंले सक्रिय नेतृत्व नलिएसम्म तेल पत्ता नलाग्ने र निकाल्न पनि नसकिने बताउँछन्। ’हालसम्मको अन्वेषण अनुभवका आधारमा मेरो अन्तरआत्माले भन्छ, नेपालमा तेल छ तर हामी आफैंले अन्वेषण गर्न र उत्खननका लागि नेतृत्व नलिए सफल हुन सकिँदैन।’ आजको नागरिकमा समाचार छ ।
www.nepalsandesh.com
काठमाडौं । तीन महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित अस्पतालमा उपचारत् चमत्कारिक क्षमताका धनी बालक आदित्य दाहालको रोग अझैसम्म पत्ता लाग्न सकेको छैन । तर उनले गरेका भविष्यवाणी भने मिल्दै गएको छ ।
उनले २०७२ सालमा संविधान जारी हुन्छ भनेर भविष्यावाणी गरेका थिए । ०७२ सालमै संविधान जारी भयो । त्यस्तै नेपालको भावि प्रधानमन्त्री को ? भन्ने विषयमा उनले लेखेका थिए – केपी ओली । त्यो पनि उनको भविष्यवाणी मिल्यो ।
तर एउटै उनले भनेको भविष्यवाणी एउटै मिलेको छैन । त्यो उनले आफ्नो रोग २०७२ साउन ३१ गते आफै निको हुने भविष्या वाणी गरेका थिए त्यो भने मिलेको छैन ।
नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ–संस्थाहरुको सहयोगमा गत श्रावण ११ गतेदेखि आदित्यको क्यालिफोर्नियास्थित स्टान्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ ।
शारीरिक दुर्वलतालाई लिएर अनुसन्धान गरिरहेका चिकित्सकहरुले आदित्यमा ‘एनबीआइ ए डिसअर्डर’ भएको अनुमान गरेका थिए । तर, तीन महिनाको अनुसन्धानले उक्त रोगका कुनै पनि लक्षणहरु पुष्टि हुन नसकेको चिकित्सकहरुले बताएका छन् ।
उनको रोग विश्वमा पत्ता लागेका १३ प्रकार एनबीआइए डिसअर्डरसम्बन्धी रोगहरुमासमेत नपरेपछि चिकित्सकहरु गम्भीर वैज्ञानिक अनुसन्धानका रुपमा लागेको आदित्य प्रतिष्ठानले जनाएको छ ।
अस्पतालले थप परीक्षण तथा अनुसन्धान सुरु गरेको र नयाँ अनुसन्धानको रिपोर्ट आउन अझै तीन महिना बताएको जनाइएको छ ।
यसैबीच, अमेरिकामै रहेर पनि आदित्यले स्वदेशको सम्बन्धमा धारणा व्यक्त गर्नेक्रम पनि जारी रहेको छ । पछिल्लोपटक उनले ‘सत्ता र शक्तिको लागि आफ्नो इमान, स्वाभिमान र आत्मसम्मानको मोल आफैं नराखौं, आत्मसम्मान पाउन आत्मनिर्भर बन्ने प्रयास गरे एकदिन अवश्य सफलता मिल्नेछ’ भनेका छन् ।
www.nepalsandesh.com
केपी शर्मा ओलीले प्रधानमन्त्री पदको सपथ ग्रहण गरेको दिन देखि नै नयाँ मन्त्रिमण्डल गठनमा विवाद र तानातान देखिएकोले ओलीलाई पहिलो गाँस मै ढुंगा लाग्न थालेको छ ।
एकातिर नयाँ गठबन्धनमा रहेका दलहरु एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र अन्य साना दलहरुबीच मन्त्री मण्डलका पदहरु बाँडफाँड नमिल्नु र समझदारी भएका पदीय बाँडफाँडमा समेत पनि सम्वन्धित दल भित्र तीब्र विवाद र तानातानको स्थिति पैदा भएको कारणले गर्दा अर्थ र गृह जस्ता अति महत्वपूर्ण पदमा समेत पनि मन्त्री नियुक्त हुन नसक्नुले ओली सरकारको भावी दिनहरु कठिन हुने आँकलन गर्न थालिएको छ ।
अर्थ मन्त्रालय एमालेको भागमा पर्ने समझदारी गठबन्धनका दलहरुबीच भएतापनि एमाले भित्रै उत्पन्न विवादले गर्दा अर्थमन्त्रीका रुपमा टुंगो लागिसकेको भनिएका विष्णु पौडेलको पनि सपथ भएन । संचारमाध्यममा उनको नाम व्यापक प्रचारमा आएतापनि अर्थमन्त्री पद खाली नै रहन गयो ।
एमालेमा अरु मन्त्रीहरुबारे पनि विवाद चर्कन थालेको समाचार श्रोतहरु वताउँछन् । त्यसैले सपथ नलिएसम्म कुनै पनि व्यक्ति मन्त्री वनिहाल्छ भन्ने पक्का नहुने भन्ने तथ्य यसपटकको मन्त्रिमण्डल गठनले पुनः प्रष्ट पारेको देखिन्छ ।
त्यसैगरी एमाओवादीको भागमा परेको गृह मन्त्रीको पदमा पनि पार्टी भित्रै विवाद उत्पन्न भएकोले गृहमन्त्रीमा कसैलाई तत्काल नपठाइएको वताइन्छ । कृष्णबहादुर महरा सभामुख हुने भएमा टोपवहादुर रायमाझी आफूले उपप्रधानमन्त्री र गृहमन्त्री पाउनु पर्ने दावी गरेको वताइन्छ । तर उनी विगतमा बाबुराम पक्षधर भएकोले उपप्रधानमन्त्री दिएपनि गृहमन्त्रीमा शक्ति बस्नेतलाई प्रचण्डले पठाउन सक्ने सम्भावना पनि कायम रहेको समाचार श्रोतहरुको भनाइ छ ।
मुख्य कुरा नमिलेको राष्ट्रपति पनि हो भन्ने एकथरी समाचार पनि आइरहेको छ । प्रचण्ड नै राष्ट्रपतिमा जाने वा नजाने भन्ने अन्तिम टुंगो नलागेसम्म अरु पदहरुको गठबन्धनमा बाँडफाँड नमिल्ने बताइन्छ । राष्ट्रपतिमा प्रचण्ड जाने भएमा एमालेले सभामुख लिने हुन्छ । यदि प्रचण्ड राष्ट्रपतिमा नजाने अन्तिम टुंगो दिएमा सभामुख एमाओवादीले लिएर राष्ट्रपतिमा एमालेले सुवास नेम्वाङ, विद्या भण्डारी वा झलनाथ खनाल मध्ये एक जनालाई पठाउन सक्ने बताइन्छ ।
जे भएतापनि ओली सरकारको पहिलो दिनबाट नै पार्टीहरुबीच तथा पार्टीहरु भित्रै पनि कुर्सीमा जानको लागि विवाद जसरी सुरु भएको छ । यसले आगामी दिनहरु राम्रो नहुने संकेत गरेको राजनैतिक विश्लेषकहरु बताउँछन् । आगामी दिनमा दलहरुबीच तथा दलहरु भित्र यसैको बहानामा समेत पनि टुटफुट आउन सक्ने, भारत र कांग्रेशले गठवन्धन फुटाउन तथा दलहरु फुटाउन गर्ने प्रयासको शिकार हुन सक्ने र आकस्मिक रुपमा सरकार अल्पायु मै ढल्न सक्ने सम्भावना बढ्ने पनि आँकलन हुन थालिसकेका छन् ।
www.nepalsandesh.com
आश्विन २७, २०७२- संविधान घोषणाका बेला अधिक उत्साहित कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला यतिखेर निकै खिन्न छन् । दलीय नेताहरुबीचको ‘भद्र समझदारी’ विपरीत अन्तिममा जसरी सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बन्न पुगे, त्यसबाट सिटौला अधिक असन्तुष्ट छन् । सँगै तीन दलबीचको कसिलो गठबन्धन पनि प्रधानमन्त्री निर्वाचनसँगै टुटेको छ । संविधान जारी भएपछि ‘एक मिनेट पनि पदमा रहन्नँ’ आफ्नै अभिव्यक्तिविरूद्ध उम्मेदवारी दिएपछि कांग्रेसमा निराशा मात्रा बढेको छ । कोइरालाले उम्मेदवारी दिनुको कारण, प्रमुख विपक्षी बन्दै गरेको कांग्रेसको भावी रणनीतिलगायतका सवालमा मंगलबार बिहान कान्तिपुरका लागि हरिबहादुर थापा र कुलचन्द्र न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

संविधान निर्माणमा कसिलो बनेको प्रमुख तीन दलबीचको एकता सरकार निर्माणसँगै तोडिनुको कारण के हो ?
दोष अर्कातिर पन्छाएर आफ्नो गल्तीको ढाकछोप गर्न म चाहन्नँ । हाम्रो पार्टीको केन्द्रीय कार्यसमिति त्यसमा पनि मभन्दा माथिको नेतृत्व तहको विश्लेषण गलत भएकै कारण यस्तो भएको हो ।

सुशील कोइरालालाई आफू प्रधानमन्त्री बन्न भन्दा पनि पार्टीभित्रै अर्को शक्ति केन्द्र खडा नहोस् भनी देउवा या पौडेललाई रोक्नका निम्ति उम्मेदवारी दिनुभएको हो भन्ने टीकाटिप्पणी पनि आएका छन्, यसमा कत्तिको सत्यता छ ?
यसरी सोच्नुभएको भए ठूलो गल्ती हो । मलाई यस्तो संकेत गर्नुभएको छैन । प्रधानमन्त्री चयन गर्ने अघिल्लो दिन रातिसम्म म बालुवाटारमा थिएँ । मलाई उहाँ उठ्नुहुन्छ कि भन्ने ठूलो चिन्ता थियो । राति ९ बजे प्रधानमन्त्रीमा उठ्दिनँ भनेपछि म घर आएको थिएँ । शेरबहादुरजी र रामचन्द्रजी कसलाई बनाउने त भनेर सोधेँ । त्यसको जबाफ उहाँले दिनुभएन । भोलिपल्ट एकैचोटि ११ बजे सुशील कोइराला उठ्ने भए भन्ने थाहा पाएको हो । ककसले उहाँलाई उठाएका थिए, उनीहरूले नै किन उठाएका हुन्, जबाफ दिनुपर्छ ।

महामन्त्रीभन्दा माथिको नेतृत्वले गलत गर्‍यो भन्नुभएको हो ?
सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले मिलेर गरेको निर्णयलाई पार्टीभित्र सबैका निम्ति मान्य हुने पद्धति बसालेका छौं । यसपटक पनि हामीले विश्वास गरी तीन नेतालाई जिम्मेवारी दियौं । पदाधिकारीबीच पनि छलफल नभएको होइन । पदाधिकारी बैठकमा मेरो, प्रकाशमान सिंह, पूर्णबहादुर खड्काको एउटा मत थियो ।

हामी सरकार निर्माणका बखत र संविधान निर्माण हुँदा भएको ‘भद्र समझदारी’ अनुसार एमाले नेतृत्वमा नै संयुक्त सरकार बनाउनु उपयुक्त हुन्छ भन्नेमा थियौं । तीन दलको सहमतिबाट संविधान आएपछि यसको कार्यान्वयन चरण झनै जटिल छ । जटिलता सहज बनाउन पनि संविधान ल्याउने राजनीतिक दलहरूबीचको एकता अनिवार्य हुनुपर्छ भन्ने हाम्रो मान्यता थियो । केन्द्रीय कार्यसमितिको बैठक र पदाधिकारीबीच मैले जसको नेतृत्वमा सरकार बनाए पनि बहुमतको बनाउनु हुन्न भन्नेमा जोड दिएको थिएँ । पार्टीमा हाम्रो विचार असफल हुन पुग्यो ।

म आफ्नै सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार बन्दा संविधान निर्माणमा सहयोग गर्छु, सरकारमा जान्नँ भनेरै संविधान निर्माणमा लागेको थिएँ । संविधान निर्माणको विभिन्न आरोह/अवरोह र भद्र समझदारीलाई सम्झेर नै हामीले एमाले नेतृत्वमा संयुक्त सरकार बनाउनुपर्छ भन्ने मान्यता अघि बढाएका थियौं । हाम्रो मान्यतामा नेतृत्व ल्याउन सकिएन । यो हाम्रो पनि कमजोरी रह्यो ।

भद्र सहमतिचाहिँ भएकै हो नि ?
लिखित त होइन । अब यो विषय धेरै उठाउन उपयुक्त हुन्न । यो विषय इतिहासको गर्तमा पुगिसक्यो ।

तपाईंले बुझेको नेताहरूको विश्लेषण कस्तो थियो त ?
नेपाली कांग्रेसको नेतृत्वमा सहमतिकै सरकार बन्न सक्छ भन्ने विश्वास थियो । तर त्यो विश्वासमा नभएर भ्रम सीमित हुन पुग्यो । सहमतिको होइन, बहुमतको पनि सरकार बन्न सक्ने अवस्था थिएन । यो परिस्थितिबारे हामीले राम्रोसँग कुरा राखेका थियौं । पदाधिकारी बैठकमा त खुलेरै धेरै प्रस्ट पारेका थियौं । तर, सुशील दा, रामचन्द्रजी ‘कन्भिन्स’ हुन सक्नुभएन । वरिष्ठ नेता शेरबहादुरजीले संसदीय दलको नेताको निर्वाचनकै माग गर्नुभयो । महामन्त्रीले सहमति भन्ने, सभापतिले भएको छैन भनेपछि समस्या पर्‍यो । म ठूलो समस्यामा परेँ पनि ।

सुशील कोइरालाले अहिलेको परिस्थिति नबुझ्नुभएको हो या उहाँलाई कुनै शक्तिले बाध्य पारेको हो ?
राम्रो हुँदा आफूले गरेको हुने, नराम्रो हुँदा अरूले गर्दा भनी दोष दिन म चाहन्नँ । जे निर्णय गर्दा पनि आफ्नो स्वविवेक, पार्टी र राष्ट्र हेरेर गर्नुपर्छ । कहिलेकाहीं गल्ती हुन्छ । इतिहासमा नेताहरूले यस्तो गल्ती गरेका छन् । तर, गल्ती गरिसकेपछि पार्टी र राष्ट्रलाई अब यस्तो गल्ती हुँदैन भनेर सच्याएर अघि बढ्नु बुद्धिमानी हुन्छ ।

असफल भएपछि निर्णयकर्ताले सामान्य नैतिकता पनि प्रर्दशन गर्नुपर्ने होइन र ?
मूल्यको राजनीति गर्ने सबै राजनीतिक दल र नेतालाई नैतिकता बहुमूल्य हुनुपर्छ । नैतिकताबिनाको राजनीतिले देशलाई अघि बढाउन सकिँदैन । राजनीतिमा नैतिकता छोडेपछि राजनीति नै रहन्न ।

त्यसो भए सुशील कोइरालाले पार्टी सभापति या संसदीय दलको नेताबाट राजीनामा दिनुहुन्छ त ?
यो विषयमा बोल्दा उपयुक्त हुँदैन । हामी छलफल गर्छौं । सभापतिजीले सोच्नुपर्ने विषयमा म नबोलौं । यही विषयका आधारमा राजीनामा दिनुपर्छ जस्तो मलाई लाग्दैन । अब हाम्रो तयारी १३ औं महाधिवेशनतिर हुने छ । गाउँदेखि नै महाधिवेशन सुरु हुन्छ । यतैतिर हामी सबैको ध्यान जान्छ ।

प्रधानमन्त्रीको उम्मदेवार बन्न कोइरालालाई कहाँबाट कस्तो खालको दबाब आएको थियो ?
पार्टीभित्र हामी केन्द्रीय तहका साथीहरूमा केही मतभेद रह्यो । कुन साथीले उहाँलाई उम्मेदवार बन्न उक्साए भनी मेरो मुखबाट भन्न चाहन्नँ । जसले उक्साए पनि यसको जिम्मेवारी अन्तत: सभापतिजीले लिनुपर्छ । सुशील दाले मेरो निष्कर्ष गलत थियो भन्दै यस्तो गल्ती नदोर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु माहनता हुन्छ । म आफैंलाई पनि उहाँलाई किन मनाउन सकिनँ भनी आश्चर्य लाग्छ । १२ बुँदे समझदारीदेखि संविधान घोषणासम्मको हरेक निर्णायक घडीमा नेताहरूलाई मनाउन सफल भएको थिएँ । तर, सत्ताको खेलमा मनाउन सकिनँ । यतिखेर मेरो सोच, लाइन हारेको महसुस गरिरहेको छु । मतदान गर्न जाँदा पनि यो गल्ती भयो भनेर मैले अनूभूति गरिरहेकै थिएँ । तर, पार्टीले निर्णय लिइसकेपछि त्यसको अनुशासन पालना गर्नु हरेकको दायित्व हो ।

सुशील कोइरालाले हारेपछि त तपाईंको लाइनको जित भएन र ?
त्यो त नेतृत्वले कसरी लिन्छ भन्नेमा भर पर्छ । ००७ सालको क्रान्तिदेखि संविधान जारी गर्दासम्मको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्‍यो । सुशील कोइरालको नेतृत्वमा संविधान जारी गर्न पाउँदा पार्टीकै लागि अत्यन्त गौरवको विषय भइरहेको थियो । तर, सत्ताको खेलमा आएपछि हामी निजी स्वार्थबाट माथि उठ्न सकेनौं ।

पहिला कांग्रेस कार्यकर्ता चुनाव हार्दा निराश हुन्थे, यसपालि उम्मेदवारी दिँदा निराश भए, के कारणले यस्तो भयो ?
चार दलका नेताबीचमा भद्र समझदारी भएपछि फास्ट ट्रयाकबाट संविधान आउँछ भनी नेताहरूले बोल्दै जानुभयो । स्वयं हाम्रा पार्टी सभापति सुशील कोइरालाले सार्वजनिक रूपमै संविधान जारी भएपछि एक सेकेन्ड पनि सरकारमा रहन्नँ भन्दै आउनुभयो । त्यसैले तमाम कार्यकर्तालाई संविधान कांग्रेसको नेतृत्वमा आउँछ र त्यसपछि उहाँ पुन: प्रधानमन्त्रीमा उठ्नुहुन्न भन्ने पर्‍यो ।

आम कार्यकर्तालाई पनि उहाँको पुन: उम्मेदवार अनपेक्षित र अप्रत्याशित भयो । मसमेत छक्क परें भने साथीहरूलाई पर्नु स्वाभाविक हो । अब त्यस्तो परिस्थितिमा बस्न हुन्न । यो सामान्य दुर्घटना भएको हो । सधैं खिन्न भएर बस्न पर्दैन । बिनाकांग्रेस देश अघि जान सक्दैन, यो सबैले बुझ्नुपर्छ ।

सुशील कोइरालाको व्यक्तिगत स्वार्थ हावी भएको हो कि संविधान घोषणासँगै बढेको उनको उचाइ समाप्त पार्ने कुनै शक्तिको खेल थियो ?
यसको विश्लेषण सुशीलदा’कै मुखबाट हुनु अत्यन्त उपयुक्त हुन्छ । उहाँलाई ककसले उठाए, यसमा कोको सहभागी छन् भन्नेमा म प्रवेश गरेको छैन । नीतिगत रूपमा मेरो फरक मत रहे पनि उम्मेदवारी बनाउने घेराभित्र बस्न मेरो नैतिकताले दिएन । त्रिशंकु संसद्मा पारदर्शी ढंगले बहुमत पुग्दैन भने अपारदर्शी ढंगले बहुमत पुर्‍याउने खेलमा लाग्न हुँदैन । यो मेरो मान्यता हो ।

संसदीय अभ्यासमा ०५२ देखि ०५५ सम्म अत्यन्त गलत अभ्यास भएको थियो । यसबाट मुलुकले ठूलो दु:ख बेहोर्नुपर्‍यो । लोकतान्त्रिक मूल्यमान्यतालाई ठूलो नोक्सान पुर्‍यायो । नेपाली कांग्रेसले बहुमत पुग्दैन भन्ने पारदर्शी तथ्य थाहा पाइसकेपछि अपारदर्शी रूपमा सामेल हुनुहुन्थेन । तथापि सभापतिलगायत उपसभापति र वरिष्ठ नेतै त्यो बाटोमा लागिसकेपछि सोच्ने परिस्थिति भएन । भोलिका दिनमा पनि पारदर्शी ढंगले सत्ताको खेल खोल्नुपर्छ भन्ने मेरो मान्यता छ ।

सुशील कोइरालालाई उठाउन दक्षिण छिमेक भारतको ठूलो भूमिका रहेको बाहिर प्रचारित भइरहेको छ । वास्तविक कुरा के हो ?
यसको उत्तर तिनैले दिनुपर्छ, जसले सुशील कोइरालालाई उठाउन पार्टीभित्रै प्रेरणा दिए । यतिबेला आएर मित्रराष्ट्रप्रति विष वमन गर्ने बेला होइन । सुशील कोइरालाकै कार्यकालमा मधेस आन्दोलन भयो । हिंसात्मक गतिविधि भयो । नाकाबन्दी भयो । जनताले ठूलो कष्ट बेहोर्नुपर्‍यो । तिनै प्रधानमन्त्री सुशील कोइरालालाई फेरि प्रधानमन्त्री बन्छन् भनी विश्वास गर्नु नै आश्चर्यचकित विषय हो । मैले बुझ्न नसकेको विषय यहीँनेर थियो । यो विषय मैले पार्टीमा पनि राखेको थिएँ ।

संविधानसभा बहिष्कार गरी आन्दोलनरत मधेस केन्द्रित दलहरूसमेत संसद्मा फर्केर मताधिकार प्रयोग गर्नुलाई तपाईं कसरी लिनुहुन्छ ?
यसमा नकारात्मक टिप्पणी गर्न हुन्न । संविधानसभाको अन्तिम चरणमा बहिष्कार गरेर आन्दोलनमा जानुभएको मधेसवादी दलका साथीहरू निर्वाचनमा भाग लिनु भनेको नयाँ संविधान स्विकारेको सन्देश हो । यो सकारात्मक छ । संविधानभित्र रहेका कतिपय व्यवस्था मलाई पनि चित्त बुझेको छैन । चित्त नबुझेका विषयमा भोलि संसद्को वैधानिक प्रक्रियामार्फत् समाधान हुँदै जान्छ । मधेसी दलहरूले मतदानमा भाग लिनेदेखि मन्त्रिपरिषद् बनाउने काममा सहभागी हुनुभएकोमा धन्यवाद दिनुपर्छ । अझ विजय गच्छदारजी त सरकारमै सहभागी हुनुभएको छ । उहाँलाई विशेष धन्यवाद छ ।

कांग्रेसको अबको भूमिका कस्तो रहन्छ ?
 हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । संविधान कार्यान्वयन र संघीय संरचना खडा गर्ने सवालमा हामी सहयोग गर्छौं । संविधान कार्यान्वयनमा हामी अप्ठ्यारो पार्दैनौं । संघीयता नेपालको नयाँ प्रबन्ध हो । धेरै कानुनहरू बनाउनुपर्छ । प्रहरी, प्रशासनका संरचना निर्माण गर्नु छ । संघीय आयोग बनाउनुपर्ने छ । आयोगले संसद्लाई सुझाव दिनुपर्छ । सुझावका आधारमा परिमार्जन गर्ने विषय संसद्को दुई तिहाई मतले पारित गर्नुपर्छ । यी सबै विषय सहज रूपमा अघि बढाउन हाम्रो भूमिकाबेगर सरकार एक्लै अघि बढ्न सक्दैन । विगतमा भएको सहमति कार्यान्वयन गर्न नसके पनि कांग्रेस राष्ट्रको स्वार्थमा एकताबद्ध भएर अघि बढ्छ ।

स्थानीय निकायको निर्वाचन, प्रदेशको निर्वाचन, संघीय संसद्, राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनु नयाँ संविधानको पहिलो चरणको कार्यान्वयन हो । पहिलो चरणको काम नहुँदासम्म सरकार जसको नेतृत्वमा बने पनि प्रतिपक्षले रचनात्मक सहयोग गर्नैपर्ने हुन्छ । हामी त्यही भूमिकामा रहन्छौं ।

यो सरकारलाई संविधान कार्यान्वयनको चरणमा काम गर्न अप्ठ्यारो छ भन्नुभएको हो ?
अप्ठ्यारो पर्छ । हामीले सहयोग गरेनौं भने त सरकार अघि बढ्न सक्दैन । संसद्मा एक तिहाईभन्दा बढी मत कांग्रेसको छ । दुई तिहाई नपुगी संविधनका वाक्य, अंश केही पनि परिवर्तन हुन सक्दैन । एमाले नेतृत्वलाई यो प्रस्ट जानकारी छ । कांग्रेसले पनि हामीसँग एक तिहाई छ भनी बाधा खडा गर्नु हुन्न । हामीले संविधान संशोधन र कार्यान्वयनका विषयमा एक भएर अघि जाने पद्धति निर्माण गर्न सक्नुपर्छ । अन्यथा राज्य कमजोर हुन्छ । दिगो शान्ति, सुशासन र विकास निर्माण अघि बढ्न सक्दैन । बलियो नेपाल निर्माण हुन सक्दैन । सजगकतासाथ कांग्रेसले सरकारलाई रचनात्मक सहयोग गर्छ । सरकारका खराब कामको त विरोध हुन्छ नै ।

अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेसको कस्तो भूमिका रहन्छ ?
प्रधानमन्त्रीको निर्वाचनमा त्रय नेताले गल्ती गर्नुभएको छ । त्यसपछि उहाँहरूसँग बसेर यस विषयमा छलफल भएको छैन । अब हामी यस्तो गल्ती गर्दैनौं । नेतृत्व तहले पनि गल्ती महसुस गरिसकेको हुनुपर्छ । पहिला हामी पार्टीकै नेतृत्वसँगै सल्लाह र समझदारी गर्दै अन्य दलसँग छलफल गर्छौं ।

कांग्रेसले राष्ट्रपति या सभामुखको दाबी लिने र त्यसका लागि समर्थन खोज्ने प्रयास पनि गर्छ कि ?
कांग्रेस संसद्मा ठूलो राजनीतिक दल हो । राष्ट्रका सामु देखिएका समस्या समाधान गर्न सहमतिसाथ अघि बढ्नुपर्छ । नयाँ निर्वाचन प्रणालीले भोलि आउने संसद् पनि त्रिशंकु नै हुन्छ । ओलीजीको नेतृत्वमा सरकार बने पनि संविधान कार्यान्वयन गर्ने कामको अग्रसरता लिने संविधान निर्माणको अगुवाइ गरेको कांग्रेसले लिनुपर्छ ।

यसको अर्थ राष्ट्रपति कांग्रेसले पाउनुपर्छ भन्ने हो ?
कांग्रेसले औपचारिक निर्णय गरेको छैन । तर मेरो मान्यता सहमतिबाटै अघि बढ्नुपर्छ । राष्ट्रपतिको उम्मेदवार दिने, नदिने विषय अहिल्यै पार्टीमा छलफल भएको छैन । एक, दुई दिनमा एउटा निष्कर्षमा पार्टी पुग्ला ।

एमाले र एमाओवादीबीच राज्यका सबै पदको भागबन्डा भइसकेको भन्ने छ नि त ?
प्रधानमन्त्री ओलीले के गर्दा ठीक हुन्छ भन्ने विश्लेषण गरेर नै अग्रसरता लिनुहोला । लिनु पनि पर्छ । शान्ति प्रक्रिया र सरकार निर्माणका महत्त्वपूर्ण पक्षको हैसियतले एमाओवादीको पनि यसमा ठूलो जिम्मेवारी छ । पद भागबन्डा गरिसकेको विषय हामीलाई थाहा छैन । हामीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख चाहिन्छ भनी पदीय आशक्ति राख्दैनौं । तर, ठूला तीन राजनीतिक दलहरू संक्रमणकालीन अवस्थामा एकसाथ भएर अघि बढ्न सकेन भने राष्ट्रले कष्ट बेहोर्नुपर्छ । जनताले कष्ट बेहोर्ने थाहा पाउँदापाउँदै सरकारमा रहेका दलहरू एक्लै अघि बढ्छन् भन्ने लाग्दैन । हामी पनि प्रतिपक्षमा बस्ने भएकाले निराश हुनुपर्ने कुनै अवस्था छैन ।

कांग्रेसलाई एक्ल्याएर गयो भने सरकार अप्ठ्यारामा पर्छ भन्ने तपाईंको धारणा हो ?
स्वाभाविक हो । त्यस्तो अवस्थामा सरकारले केही गर्न सक्दैन । यो सरकारले नेपाली कांग्रेसलाई साथमा लिएर हिंड्न सकेन भने कुनै पनि समस्याको समाधान गर्न सक्दैन । त्यसैले सरकारलाई अहिल्यैदेखि सजग हुन पनि म आग्रह गर्छु । सत्ता र सरकार केही समय चलाउनु कुनै ठूलो कुरा होइन । प्रधानमन्त्रीको कुर्सीमा बस्नु पनि ठूलो होइन । बरु थोरै समय बसेर पनि राष्ट्रिय समस्या हल गर्न ओलीजीले सक्नुभयो भने त्यसले उहाँको उचाइ बढाउँछ ।

ऐतिहासिक सफलता लिन ओलीजीले कांग्रेससँग निरन्तर संवाद, छलफल र समझदारी कायम गरेर अघि बढ्न सक्नुपर्छ । सक्नुभएन भने उहाँ आफैं असफलताको बाटोमा धकेलिनुहुन्छ । पहिलोपटक प्रधानमन्त्री बन्दा हरेक शासकलाई राष्ट्र आफ्नै मुठ्ठीमा भएजस्तो भान हुँदोरहेछ । त्यो गल्ती ओलीजीमा नहोस् । जति नम्र भएर अघि बढ्यो त्यति मुलुकले निकास पाउँछ ।

यो चुनावको प्रभाव पार्टीको आसन्न महाधिवेशनमा कतिको पर्ने देख्नुहुन्छ ?
यसको असर पर्छ । यसको मूल्यांकन साथीहरूले गर्नुहुन्छ । देशभरका साथीहरूमा यो चुनावले गर्दा मनोबल घटेको पाएको छु । मनोबल घट्नुको मूल कारण कांग्रेसको हातबाट सत्ता गुम्यो भनेर होइन । कांग्रेसले जुन निर्णय लिनुपथ्र्याे, त्यो गर्न सकेन र संविधानको कार्यान्वयन सहज ढंगले हुँदैन कि भनेर चिन्ता भएको हो । कांग्रेस सत्ताका लागि आसक्त पार्टी होइन । तल्लो तहका कार्यकर्ताले कांग्रेसले केही गरोस् भन्ने थियो । तर, अप्रत्याशित रूपमा सुशील कोइराला उठाउने जुन निर्णय भयो त्यसबाट साथीहरू आश्चर्यचकित भएका छन् ।

कार्यकर्ताहरूको मनोबल बढाउन तपार्इंहरू के गर्दै हुनुहुन्छ ?
ओलीजी प्रधानमन्त्री भएपछि यो सरकार निरन्तर रहन्छ । जेजे गरे पनि छुट हुन्छ भन्ने कांग्रेसका आम मानिसमा भ्रम छ । त्यस्तो होइन । ओलीजीले सबैलाई साथमा लिएर जान सक्नुभएन भने अहिलेको सरकार कुनै पनि बेला गिर्न सक्छ । नेपाली कांग्रेसको साथ विपरीत यो सरकार अघि बढ्नै सक्दैन । राम्रा काम गरुन्जेल साथ दिन्छ । नराम्रा काम गर्नलाई साथ दिंदैन । जुन दिन यो सरकारले गलत काम गर्छ, त्यसै दिन यो सरकार गिर्छ । नयाँ संविधानको संक्रमणकालीन व्यवस्थाअन्तर्गत प्रधानमन्त्रीले गल्ती गरेमा या बुहमत गुमाएको खण्डमा जुनसुकै बेला पनि अविश्वासको प्रस्ताव ल्याउन सकिने व्यवस्था छ ।

खालि एउटै अधिवेशनमा दुईपटक अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था हो । कतिपयलाई दुई वर्षसम्म अविश्वास राख्न पाइँदैन भन्ने भ्रम छ । त्यो होइन । आम निर्वाचनपछि बनेको संसद्बाट निर्वाचित प्रधानमन्त्रीलाई मात्रै दुई वर्षपछि  अविश्वासको प्रस्ताव ल्याउने व्यवस्था हो । त्यसमा पनि प्रधानमन्त्री निर्वाचित भएको दल फुटेमा या गठबन्धन दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत प्रधानमन्त्रीले अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था छ । विश्वासको मत प्राप्त भएन भने प्रधानमन्त्री पद मुक्त हुन्छ ।

देशभरका कांग्रेसका कार्यकर्ता र शुभेच्छुकले मनोबल गिराउनुपर्ने कुनै कारण छैन । सभापति उठ्ने विषयमा हतारिएर बोल्नु हुन्न । यतिबेला मेरो मूल दायित्व महाधिवेशनको वातावरण बनाउनु हो । antipur.ekantipur.com
हेल्लो शुभ बिहानी आज वि.सं. २०७२ साल असोज २७ गते। बुधबार। इश्वी सन् २०१५ अक्टोबर १४ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, ६:२४ बजेउप्रान्त द्वितीया । हेर्नुहोस आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सत्कार पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusद्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै बन्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoनयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। मान–सम्मान पनि बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornप्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। सामाजिक उत्तरदायित्व बढ्न सक्छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, स्वास्थ्य कमजोर रहनेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम अधुरै रहने सम्भावना छ। सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काम सुरु गर्न समय पर्खंनुहोला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सजग रहनुहोला।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

काठमाडौं, २६ असोज । राजधानीको सबैभन्दा सुरक्षित मानिएको बालुवाटारमा प्रहरीमाथि आक्रमण भएको छ ।
आक्रमण गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४ बालुवाटारमा महानगरीय प्रहरी बृत्त कमलपोखरीको गस्ती प्रहरी टोलीलाई मादक पदार्थ सेवन गरी केही युवाहरुले गालीगलौज तथा ढुङ्गामुढा प्रहार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रहरीमाथि आक्रमण गर्ने काठमाडौं चक्रपथ बस्ने कास्कीका २८ वर्षीय साहिल श्रेष्ठसमेत ६ जनालाई ५ वटा मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
काठमाडौ : प्रधानमन्त्रीको निर्वाचनपछि राष्ट्रपति चयनको प्रक्रियातर्फ मुख्य दलहरुको ध्यान केन्द्रित भएको छ।

कांग्रेस, एमाले र एमाओवादीबीचको सहमति तोडिएकोले अब राष्ट्रपति पदमा कांग्रेसले दाबी गर्न नपाउने विश्लेषण गर्दै एमाले र एमाओवादी नयाँ ढंगले सत्ता साझेदारीको रणनीतिमा जुटेका छन् । संविधान जारी भएपछि संसद् अधिवेशन बसेको एक महिनाभित्र राष्ट्रपति,उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने प्रावधान छ।


कांग्रेसले पनि राष्ट्रपतिको दाबी छोडेको छैन। कांग्रेसका दोस्रो तहका नेताहरुले प्रधानमन्त्री चयनमा केही कमजोरी भए पनि पनि राष्ट्रपति आफनो दललाई दिएर सहमतिको राजनीतिलाई निरन्तरता दिनुपर्ने र तीन दलको एकतालाई टुट्न दिन नहुने भन्दै लबिङ गरिरहेका छन् । यसबारेमा कांग्रेसका केही नेताहरुले प्रचण्डसँग भेटेर एक चरण छलफल गरिसकेका छन् ।

संसद्को प्रमुख दल कांग्रेसलाई राष्ट्रपति पद दिएर तीन दलीय एकतालाई पुनः बलियो बनाउने पर्ने पहल एमाले र एमाओवादीका एकथरी नेताबाट पहल भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएपछि प्रमुख तीन दलको ध्यान राष्ट्रपति पदमा केन्द्रित भएको छ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल समक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उपाध्यक्ष बिद्या भण्डारीलाई राष्ट्रपति उम्मेवारका रुपमा प्रस्ताव गरेका छन । दाहालसँग आफनै कार्यालय सिंहदरवारमा मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेका हुन । भण्डारी स्वर्गी मदन भण्डारीकी धर्मपत्नी हुन् र हाल उनी पार्टीको उपाध्यक्ष छिन्।

एमालेले राष्ट्रपति आफूले राख्ने,सभामुख एमाओवादीलाई दिने,उपराष्ट्रपति एमाओवादीलाई दिनेबारेमा छलफल थालेको छ । तर एमाओवादीका अध्यक्ष प्रचण्ड राष्ट्रपति पद पनि एमालेलाई सुम्पने विषयमा अझै सकारात्मक छैनन् । बुधबार दुई पार्टीका वरिष्ठ नेताहरु बसेर सत्ता साझेदार दलहरु वीच राष्ट्रपति,उपराष्ट्रपति,सभामुख,उपसभामुख र मन्त्रालयको बाँटफाँटलाई एकै साथ टुंग्याउने समझदारी भएको छ।

‘प्रधानमन्त्री एमालेको नेता भएपछि स्वभाविक रुपमा राष्ट्रपतिमा एमाओवादीको दावी हुन्छ। ,प्रधानमन्त्री निर्वाचनपछि तीन दलकै ध्यान अव राष्ट्रपतिमा केन्द्रित हुन थालेको छ’ कृषि मन्त्री समेत रहेका एमाओवादी कोषाध्यक्ष हरिबोल गजुरेलले अन्नपूर्णसँग भने ।

काँग्रेस,एमाले र एमाओवादी वीच १६ बुँदे सहमति हुँदा काँग्रेस सभापति सुशील कोइराला नेतृत्वमा संविधानसभाबाट संविधान जारी गर्ने,संविधान घोषणा भए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने,नयाँ राष्ट्रपति काँग्रेसलाई दिने र सभामुख एमाओवादीले दिने भद्र सहमति भएको थियो ।
annapurnapost.com
दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने भएको छ । मोर्चाको सदस्य घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको आपत्तिपछि  कात्तिक ३ गतेदेखि ९ गतेसम्म बन्द फिर्ता लिने निर्णयबाट मोर्चा पछि हटेको हो ।


मोर्चाले सोमबार पत्रकार सम्मेलन गरेर आफ्ना मागहरुको सम्बोधन नभएसम्म दसैं-तिहारमा पनि आन्दोलन जारी राख्ने जानकारी गराएको हो । मोर्चाले आफ्ना राजनीतिक मुद्दाहरू नछोडेको जनाउँदै 'प्रतिगामी संविधान' पनि स्वीकार नगरिएको मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको हो ।

‘हामीले आफ्ना राजनीतिक मुद्दाहरू छोडेका छैनौँ र प्रतिगामी संविधान स्वीकार गरेका पनि छैनौँ,' मोर्चाले भनेको छ, 'त्यसैले, यस प्रतिगामी संविधानको विरोधमा हामीले उठाएका मुद्दाहरूप्रति हाम्रो प्रतिवद्धता यथावतै छ ।’

मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा भोट हालेर मधेसी मोर्चाले संविधान स्वीकार गरेको हल्लाको पनि खण्डन गरेको हो । ‘मधेसी, थारु, आदिवासी जनजाति, शिल्पी-दलित, मुस्लिम, महिला, पिछडा वर्ग र सीमान्तकृत समुदाय लगायत सम्पूर्ण उत्पीडित वर्ग तथा समुदायहरूको हक अधिकारलाई संवैधानिक रूपले सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहने छ', उसले भनेको छ ।

दसैं-तिहारमा बन्द फिर्ता लिने निर्णयसहितको विज्ञप्ती पत्रकारहरुलार्इ सुनाउन तयार मोर्चाका नेतालार्इ महतोले फोन गरेर कुनै हालतमा बन्द फिर्ता नलिन चर्को दबाब दिएपछि मोर्चाले चाडपर्वमा पनि सीमानामा नाकाबन्दी जारी राख्ने भएको हो ।

बन्द फिर्ता गर्ने निर्णयसहितको विज्ञप्ती मोर्चाका नेताहरुले फोन गरेर सुनाएपछि महतोले त्यसमा कडा आपत्ति जनाउँदै बन्दका कार्यक्रम यथावतै राख्नुपर्ने अडान लिएका थिए ।

सोमबारको बैठक बहिष्कार गरेको सद्भावनाका तर्फबाट आजको बैठकमा लक्ष्मणलाल कर्ण सहभागी थिए । बन्द फिर्ता लिने कुरामा कर्णले पनि सहमति जनाएका थिए । तर राजेन्द्र महतो पड्किएपछि मोर्चाले दसैं-तिहारमा पनि आन्दोलन गरिरहने अप्रिय निर्णय लिएको हो ।

महतोले आपत्ति जनाएपछि अन्तिम समयमा बन्द फिर्ता लिने निर्णय हटाउँदै मोर्चाले अर्को विज्ञप्ती बनाएको थियो । जसमा राज्यले संकिर्ण राष्ट्रवादको कुरा गरिरहेको आरोप लगाउँदै छिमेकीहरुसँगको सम्बन्ध विगार्न पनि राज्य लागिरहेको उल्लेख गरिएको छ ।

‘देशभित्र जातीय विद्वेष फैलाउनु, छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई कमजोर पार्नु र आफ्नै देशका फरक अनुहार र नश्लका नागरिकहरूले गरेको आन्दोलनलाई दमन गरेर राष्ट्रवादको कुरा गर्नु सङ्किर्ण अन्ध राष्ट्रवाद हो', उसले भनेको छ, 'नेपाली जनताले पञ्चायत कालको जस्तो एकल जातीय राष्ट्रवाद होइन, सबै जातिको पहिचान सहितको वहुलतायुक्त राष्ट्रवाद चाहेका छन् ।’
annapurnapost.com
पाकिस्तान :  पाकिस्तानमा चार दाजुभाइसहित नौजना अपराधीलाई फाँसी दिइएको एक पाकिस्तानी कारागारका अधिकारीले बताएका छन् ।

मङ्गलबार सुनाइएको मृत्युदण्डको सजाय पाकिस्तानमा मृत्युदण्डको फैसला कार्यान्वयनमा लगाइएको रोक गतवर्ष तालिवान समूहबाट एक स्कुलमा आक्रमण गरी १५० मानिसको ज्यान लिएपछि उक्त घटनाका अभियुक्त उपर सुनाइएको मृत्युदण्डको फैसलापछिको २५५ औँ श्रृङ्खला हो ।

उक्त स्कुलमा भएको घटनाबाट ठूलो सङ्ख्यामा स्कुले बालबालिकाको हताहती भएको थियो ।


पाकिस्तानले मृत्युदण्डको सजायलाई वर्षौंलामो तालिवानी विद्रोहीका हिंसात्मक आक्रमणका अभियोगविरुद्ध पुनःस्थापित कानुनी सजाय भएको बताएको छ । तर यहाँका मानवअधिकारवादी समूहले भने धेरैजसो फाँसीका सजाय अपराधमा संलग्नमाथि गरिएको जनाएका छन् ।

काराबास अधिकारी खुराम इजाजले फाँसी सुनाइएका चारभाइसहित नौजना विभिन्न हत्या अभियोग लागेका अपराधी भएको जनाएका छन् ।

फाँसी दिइएका कोही पनि आतङ्कवादसम्बन्धी अभियोगी नभएको इजाजको दाबी छ ।
annapurnapost.com
 पटकमंगलबार, २६ असोज
विराटनगर । भारतबाट विराटनगर भन्सार कार्यालयको परिसरमा आज अपराह्नसम्ममा ८८ वटा इन्धनका गाडी भित्रिएका छन् ।
भन्सार परिसरमा भित्रिएका गाडीमा १२ वटा पेट्रोल, ६१ वटा डिजेल र १५ ग्यास बुलेट गरी ८८ वटा इन्धनका गाडी रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराए ।
भारतबाट गाडीहरु आउने क्रम जारी रहेकाले राति ९ बजेसम्म भित्रिने गाडीहरुको सङ्ख्यामा बढोत्तरी हुने कार्यालय प्रमुख बस्नेतले बताए । रासस
www.nepalsandesh.com
मंगलबार, २६ असोज
काठमाडौं । नयाँ संविधानको प्रावधानअनुसार प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि मधेसी मोर्चामा तिव्र विवाद देखिइरहेका बेला आन्दोलन खुकुलो बनाउने तयारी सुरु भएको छ ।
हिन्दूहरुको महान् पर्व बडादशैं दीपावली र छठ पर्वको समयमा आन्दोलन खुकुलो बनाउने विषयमा मोर्चामा छलफल चलिरहेको र दिउँसा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
मोर्चाको बैठकमा राजेन्द्र महतो भने सहभागी छैनन् । उनी मोर्चाको पछिल्ला निर्णयहरुप्रति असन्तुष्ट रहेको बताइएको छ ।
दशैको समयमा बजार, यातायात, वित्तीय संस्थाहरु खुला गर्ने तथा राजश्व कार्यलयहरुमा भने अवरोध गर्ने मोर्चाको तयारी रहेको बुझिएको छ ।
नयाँ संविधानको विरोधमा रहेका मधेसकेन्द्रीत दलहरुले सीमा नाकाहरुमा अवरोध गर्दै आएका छन् । तर, प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएपछि उनीहरुको विरोध र आन्दोलनको औचित्य सकिएको विश्लेषण गर्न थालिएको छ ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home