• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
अभिमन्यु
भारतले वीरगञ्ज नाका बाहेक अरु नाकाहरु खोल्ने भएको समाचार शनिवार र आइतवार संचारमाध्यमहरुमा छाइरहेको छ । यसरी भारतले नाकाहरु खोल्न थाल्नुको भित्री रहस्य भने गम्भीर रहेको उच्च श्रोतहरुले जानकारी दिएका छन् ।
नेपालमा भारत विरोधी भावना बढेकोले मात्र यसरी नाका खोल्न थालेको होइन भन्ने उच्च स्राेतकाे भनाई छ । भारत विरोधी भावना नाकावन्दी गरेपछि बढ्छ भन्ने कुरा भारतीय नेताहरुलाई थाहा नभएको विषय होइन । त्यो भन्दा पनि भारतीय नेताहरु र त्यहाँका उच्च अधिकारीहरु भारत विरोधी बन्न पुगेका ओली र प्रचण्डको गठवन्धन अझ मजवुत वन्न थालेको र ओली नै आगामी प्रधानमन्त्री बन्ने देखेर त्यसवाट भविश्यमा आउने गम्भीर परिणामबाट अझ सशंकित भएको बताइन्छ ।
त्यसैले एक कदम पछि हटेर भारतीय नेताहरु नाकाबन्दी अलि खुकुलो वनाएर ओलीलाई कुनै पनि हालतमा प्रधानमन्त्री हुन नदिने कसरतमा लागेको बताइन्छ । यसका लागि भारतीय नेताहरुले नेपाली कांगे्रशका शुशील कोइरालालाई नै प्रयोग गर्न सकिन्छ कि भनेर तीब्र प्रयास थालेको बताइन्छ ।
कोइरालाको पुख्र्यौली सत्ता मोह, प्रधानमन्त्री बनेर पार्टी भित्रको चुनाव लड्न पाए सभापतिमा जितिने आशा, अहिले पार्टी भित्रको चुनावमा देउवा पक्ष हावी हुन सक्ने डर, यसो भएमा कांग्रेसको चावी कोइराला परिवारबाट सदाका लागि गुम्ने खतरा आदिबाट त्रसित स्थितिको फाइदा उठाएर भारतीय नेताहरुले सुशील कोइरालालाई प्रधानमन्त्री पदमा समर्थन गर्ने सूचना पठाएपछि नेपाली राजनीतिको खेल पुनः भारतीय बाजाको तालमा नाच्न थालेको श्रोतले बताएको छ ।
यसका लागि कोइरालाले नाकावन्दी अलि खुकुलो वनाइदिन अनुनय विनय गरेको बताइन्छ । यसै बृहत योजना अनुसार नै नाकाबन्दी अलि खुकुलो गर्न थालिएको र काठमाडौंको लागि सबभन्दा नजिकको वीरगञ्ज नाका नखोलेर एउटा तरबार भने कोइरालाको टाउकोमा झुण्ड्याइरहेको बताइन्छ ।
अहिले नाकावन्दी खुकुलो गरि भारत समर्थक प्रधानमन्त्री वनाउने र चीनको बाटो इन्धन ल्याउने निर्णय सरकारी तवरमा नगराउने जाली झेली तरिका पनि भारतले अपनाउन थालेको समाचारमा जनाइएको छ । नाकावन्दी भएको यतिका दिन भैसक्दा पनि चीनवाट इन्धन ल्याउने निर्णय सरकारले नगर्नुको रहस्य जनताले खोज्नु पर्ने भएको छ ।
www.nepalsandesh.com
एजेन्सी । चिलीमा शनिबार शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक संस्थाका अनुसार शनिबार राति उत्तरी र दक्षिणी चिलीमा ६ र ६.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट केही भौतिक संरचनामा क्षति पुगेको र मानवीय क्षति भने नभएको समाचार एजेन्सीले जनाएका छन् ।
चिलीको लेबु शहरबाट १० किलोमीटर दूरीमा शनिबार विहान ३ बजेर ३ मिनेटमा पहिलो धक्का महसूस गरिएको थियो । भूकम्पको दोस्रो धक्का आइतबार राति ३ बजेर २७ मिनेटमा टोंगोय शहरबाट १७ किलोमीटरको दूरीमा महसूस गरिएको थियो ।
चिलीको सरकारी राष्ट्रीय विपद कार्यालयले बताएअनुसार दक्षिण अमेरिकी देशका केही भागमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
dainiknepal.com

भद्रपुर, १७ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीलाई छिचोल्दै पूर्वी प्रवेशद्वार काँकडभिट्टाबाट मालवाहक गाडी भित्रिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विविध सामान बोकेको ती गाडी हिजो साँझ १२७ वटा र आज बिहानदेखि अहिले सम्ममा १२ वटा गाडी भित्रिइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
इन्धन र ग्यासको कुनै पनि गाडी यो प्रवेशद्वारबाट नेपाल नभित्रिए पनि भारततर्फ  पाँच वटा ग्यासको गाडी रोकिएर रहेकाले साँझसम्ममा नेपाल भित्र्ने सम्भावना रहेको प्रहरीको भनाइ छ । रासस
ainiknepal.com
काठमाडौं–तराई मधेशमा जारी आन्दोलनले मधेशी मोर्चाको राजनीतिक चर्चामा छ । आन्दोलन, वार्ता र भारत मोर्चासँग जोडिएर आउने गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनमा छ तर ती भित्रका नेताहरुको मन अझै मिलेका छैन ।

फाइदा छैन, विवाद छ

२०६३/०६४ सालमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेर आन्दोलन गरेका मोर्चाले पछि त्यसबाट थुप्रै फाइदा लिएको छ । फाइदा नदेखेपछि विवाद पनि भएका छन् । अहिले फाइदा थोरै र विवाद धेरै देखिएका छन् ।

यो आन्दोलनमा मधेशमा तीनटा मोर्चा सक्रिय छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार संयोजक रहेको संघीय लोकतान्त्रिक मोर्चा, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा संयोजक रहेको संघीय मधेशी मोर्चा रहेका छन् । यी तीनटै मोर्चा आन्दोलनमा भएपनि एक अर्कासँग कुनै समन्वय छैन । समन्वय भन्दा एक अर्कालाई निषेध गरिरहेको देखिन्छ ।

यी मोर्चाहरुको बीचमा कार्यगत एकताका लागि मोर्चाहरुले छुट्टा छुट्टै कार्यदल पनि गठन गरेका छन् । तर, एक दुई पटक बैठक बस्नु बाहेक अरु कुनै प्रगति छैन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यो आन्दोलन आफूहरुको नेतृत्वमा भइरहेको र अरु मोर्चा घुसपैठ गरेको आरोप लगाएका छन् ।

विगतमा मोर्चाकै नामबाट मधेशवादी दलका नेताहरु पटक पटक सरकारमा गए । सरकारमा गएपछि मोर्चा सक्रिय हुन्थे । सरकारबाट बाहिरिने वित्तिकै मोर्चा निस्क्रिय हुन्थे । अहिले ती मोर्चा पुनः आन्दोलनमा गएका छन् । मधेशी मोर्चा गठन भएपछि नेताहरुले त्यसलाई आफ्नो शक्तिको रुपमा प्रयोग गरेपनि मधेशका जनताको हितमा कहिले पनि काम नगरेको आरोप लाग्ने गरेको छ ।
२०६३/०६४ को आन्दोलनमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र सद्भावना पार्टीले आन्दोलनका लागि मोर्चा गठन गरेका थिए । त्यसपछि महन्थ ठाकुरको अध्यक्षतामा गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टी पनि सो मोर्चामा समाहित भयो । तीन दलको सो मोर्चाले मधेशमा दोस्रो चरणको आन्दोलन गरेको थियो ।

मोर्चाको सरकारी यात्रा र विभाजन

madhesi morcha
आन्दोलनपछि सो मोर्चा मधेशवादी दलसँगै झन शक्तिशाली भएर आयो । सविधानसभाको चुनावपछि एमाओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा मधेशी मोर्चा प्रमुख हिस्सेदारीको रुपमा सहभागि भए । मोर्चाका तीनवटै दल सहभागि भएको सो सरकार रुक्मागंत कटुवाल काण्डपछि ढल्यो । एमाले नेता माधवकुमार नेपाल नेतृत्वमा अर्को सरकार गठन हुन लाग्दा उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल टुक्रियो ।

बहुमत सभासद् र केन्द्रीय सदस्य लिएर फोरम नेपालबाट निस्किएका विजयकुमार गच्छदार मोर्चामा पनि आफ्नो बर्चस्व कायम गर्यो । अब सो मोर्चा गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकसहित चार दलको भयो । शुरुमा उपेन्द्र यादवको बोलबाला रहेको सो मोर्चामा पार्टी विभाजन भएपछि अब गच्छदारको बोलबाला हुने भयो । माधवकुमार नेपाल नेतृत्वको सरकारमा मोर्चामा रहेका उपेन्द्र यादवको दलबाहेक अरु तीनटै दल सरकारमा गए । गच्छदारले आफ्नो तरिकाले मोर्चालाई चलाउन थालेपछि उपेन्द्र यादव मोर्चाबाट बाहिरिएका थिए ।

त्यसपछि माधव नेपालको सरकार ढलेपछि बनेको झलनाथको सरकारमा उपेन्द्र यादव गएपछि अरु मोर्चाका नेताहरु सहभागि भएन ।

गच्छदार त्यसबेला एमाओवादीको घोर विरोधी थिए । त्यसबेला माओवादीको क्रियाकलापलाई सबभन्दा बढी विरोध गर्ने गच्छदार नै थिए । तर त्यसको विपरित उपेन्द्र यादव एमाओवादीका समर्थक थिए । झलनाथ खनालको सरकार एमाओवादीको सहयोगमा बनेका कारण सो सरकारमा मोर्चामा रहेको गच्छदारसहित महन्थ ठाकुर र राजेन्द्र महतोको पार्टी पनि सहभागि भएन । तर संयोग त्यो सरकार धेरै दिनसम्म टिक्न सकेन । त्यसबीचमा उपेन्द्र यादव नेतृत्व गरेको फोरम नेपाल पुनः विभाजित भयो । जयप्रकाश गुप्ता त्यहाँबाट निस्केर फोरम गणतान्त्रिक गठन गरे र गच्छदारले नेतृत्व गरेको मधेशी मोर्चामा सहभागि भए ।

दुई पुराना खेलाडी एक ठाउँ

राजनीतिकका दुई पुराना खेलाडी एक ठाउँमा भएपछि दुईजनाले मोर्चालाई आफ्नो तरिकाले चलाउन थाले । गच्छदार र गुप्ताले जे जे भन्थे त्यही गर्थे महन्थ ठाकुर र राजेन्द्र महतो ।

गच्छदार र गुप्ता मोर्चाको आडमा झलनाथ खनालको सरकार ढाल्ने दौडधुपमा लागे । त्यसमा मोर्चाको तर्फबाट सबभन्दा बढी सक्रियता जेपी गुप्ताको थियो । अन्ततः गुप्ताले डा.बाबुराम भट्टराई अर्थात एमाओवादीसँग चार बुँदे सम्झौता गरी मधेशी मोर्चालाई लिएर भट्टराई नेतृत्वको सरकारमा सहभागि भए ।

त्यसबेला गच्छदार भए उपप्रधान तथा गृहमन्त्री, जेपी गुप्ता भए सञ्चार मन्त्री, राजेन्द्र महतो भए स्वास्थ्य मन्त्री, तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी भए भौतिक योजना तथा निर्माण मन्त्री । मोर्चाबाहिर रहेका अनिल झा सोही सरकारमा भए उद्योग मन्त्री र महेन्द्रराय यादव भए सिँचाई मन्त्री । ती दलका अन्य नेताहरु पनि मन्त्री भएका थिए ।

नेपालको राज्य सत्ताको इतिहासमा सबभन्दा बढी सँख्यामा मन्त्री बनेको त्यही थियो । मधेशी मोर्चाका नेताहरुले अर्थ र परराष्ट्र मन्त्रालयबाहेक सबै मन्त्रालय पाएका थिए । यी सबै मोर्चाको कमाल थियो । मोर्चाबन्दी नभएको भए काँग्रेस, एमाले र एमाओवादीले महत्व दिने थिएनन भन्ने उनीहरुले बुझेका थिए । मोर्चाकै आडमा उनीहरु लामो समयसम्म सरकारमा बसे तर मधेशतिर एकपटक पनि फर्केर नहेरेको उनीहरुमाथि आरोप लाग्यो ।

मोर्चाबाहिर रहेका महेन्द्र राय यादव र अनिल झाले आफूहरुलाई मोर्चामा सहभागी गराउन मोर्चाका नेताहरुलाई पटक पटक आग्रह गरे । अनिल झाले त मोर्चामा सहभागि हुन पाउँ भनि निवेदेन नै दिएका थिए तर मोर्चाभित्रका नेताहरुको व्यक्तिगत स्वार्थका कारण ती दुई दललाई सहभागि गराउन कहिले चाहेन । त्यसको कारण थियो, महेन्द्र राय यादव तमलोपाबाट अलग भएर तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल गठन गरेका थिए भने राजेन्द्र महतोको पार्टीबाट अलग भएर अनिल झाले संघीय सद्भावना पार्टी गठन गरेका थिए । महेन्द्ररायलाई महन्थ ठाकुरले र अनिल झालाई राजेन्द्र महतोले मोर्चामा आउन दिइरहेका थिएन ।

बाबुराम नेतृत्वकै सरकार रही रहेको बेला फोरम गणतान्त्रिकका जेपी गुप्ता भ्रष्टारचारको मुद्दामा जेल परे । अनि सोही पार्टीका सहअध्यक्ष राजकिशोर यादव सञ्चार मन्त्री भएर मोर्चामा इन्ट्री पनि पाए । लामो समयसम्म उनीहरु सरकारमा रहे । उनीहरुकै पालमा सविधानसभा विघटन भयो र खिलराज रेग्मीको नेतृत्वमा सरकार पनि गठन भयो ।

मोर्चामा ब्रेक

खिलराज रेग्मीको नेतृत्वमा सरकार गठन भएपछि त्यसमा मधेशी मोर्चाको खासै उपलब्धी मुलक उपस्थिति थिएन । त्यसपछि मोर्चा सेलाउँदै गए । मोर्चासँग नेताहरुले मतलब राख्न पनि छाडि दिए । दोस्रो सविधानसभाको चुनाव हुने प्रकृया शुरु भयो । मोर्चामा रहेका नेताहरुले आआफ्नै तरिकाले चुनावी तयारीमा लागे ।

सविधानसभा चुनावमा मोर्चाकै तर्फबाट सँगै चुनावमा जाने कुरा थियो तर त्यसलाई वेवास्ता गर्दै सबै दलहरु आआफ्नो तयारीमा लागे । आफ्नो दलले यति सीट जित्दैछन्, आफ्नो दलले त्यति सीट जित्दैछन् भनि सार्वजनिक गर्न थाले । त्यसमा सबभन्दा अगाडि थिए, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो ।

उनले आफ्नो राजनीतिक संगठन ६४ जिल्लामा विस्तार भएको छ र सयभन्दा बढी सीट आउने कुरा पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गरेका थिए । गच्छदार पनि के कम उनले त ‘आफ्नो पार्टी अब क्षेत्रीय पार्टी रहेन, राष्ट्रिय पार्टी भयो भन्दै सबभन्दा बढी सीट आउने’ दावी गरेका थिए ।

मोर्चामा रहेका तथा मोर्चा बाहिर रहेका दलहरुले आआफ्नो क्षमता अनुसार पाउने सीट सार्वजनिक गर्न थालेका थिए । तर, परिणाम उल्टो आयो ।सबभन्दा सीटको दावी गर्ने राजेन्द्र महतो स्वयं आफै चुनाव हारे । उनको पार्टीबाट एकजना मात्र प्रत्यक्षमा जिते । त्यो पनि जितेको केही दिनमै उनी जेल परे । सबै मधेशी दलले मिलाएर मधेशमा जम्मा १२ सीट प्रत्यक्षमा आयो । जसरी सरकारमा मोर्चाबन्दी गरेर गएका थिए त्यसरी नै चुनावमा गएको भए मधेशी दलको अवस्था यस्तो हुने थिएन ।

पेरिसडाँडाको दौड


चुनाव हारेपनि उनीहरु मोर्चा बनाउनेमा ध्यान दिएनन् किनभने सरकारमा जाने कुनै अवसर थिएन त्यतिबेला । पहिला जस्तो मधेशी मोर्चा शक्तिशाली थिएन । यसपटक काँग्रेस र एमाले मिले मात्र सरकार बन्ने अबस्था थियो । मधेशी मोर्चाको कुनै आवश्यकता नदेखेपछि मधेशवादी दलका नेताहरुले मोर्चा बनाउने कुनै आवश्यकता ठानेनन् । उनीहरु मोर्चा गठन गर्ने कुरा कता हो कता एक ठाउँमा बस्न पनि चाहेनन् ।
सविधानसभामा पहिलो स्थानबाट तेस्रो स्थानमा झरेका एमाओवादी पनि पीडामा थियो । सो पार्टीले पीडित मधेशवादी दललाई भेला गरेर संघीय लोकतान्त्रिक गठबन्धन बनायो । त्यस गठबन्धनमा उपेन्द्र यादव, विजयकुमार गच्छदार, महन्थ ठाकुर, महेन्द्र राय यादव सहभागि भए ।

जब कि त्यसबेला मधेशवादी दलको मोर्चा बनोस् भनि चारैतिरबाट दवाव आइरहेको थियो । अलग अलग रहेका मधेशवादी दल एकीकृत भएर आयोस् भने चाहना मधेशी जनताका थियो तर मधेशी नेताहरु आपसमा मोर्चा बन्दी गर्न सकेन बरु पेरिसडाँडामा एउटै टेबलमा बसेर गफ गर्थे । सँगै बसेर चिया खान्थे । तर मोर्चा गठन गर्न मानेन ।

दूतावासले मिलायो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको बेला सबै मधेशवादी दलका नेताहरुलाई भेटघाटका लागि एकै पटक बोलाए । त्यस भेटघाटमा अमरेशकुमार सिहदेखि लिएर जेपी गुप्तासम्मका नेताहरु थिए । तर यस्तो भेटघाटबाट भारतीय दूतावास खुसी थिएन । ‘कुनै भेटघाटमा एक्ला एक्लै बोलाउन सकिदैन, एकजना बोलाए अर्को छुट्छ । अर्कोलाई बोलायो भने अर्का छु्टछ त्यसले तपाईहरु मिल्नुस् । एकीकृत हुनुस् । त्यसपछि हामीलाई पनि बोलाउन सजिलो हुन्छ’ दूतावासले भनेको थियो ।

त्यसपछि भारतीय प्रधानमन्त्री मोदी सार्क सम्मेलनमा भाग लिन आएको बेला भेटघाटको अघिल्लो दिनमात्र विजयकुमार गच्छदार, राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र राय यादव र महन्थ ठाकुर मिलेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई जिवित गरे ।

त्यसकै भोलीपल्ट मोर्चाकै हैसियतमा मोदीलाई भेटेका थिए । मोदीसँगको भेट लगतै मोर्चाकै हैसियतमा एमालेका नेता केपी शर्मा ओलीसँग पनि वार्ता गर्न थाले । वार्ताको लक्ष्य थियो सरकार निर्माण गर्ने । ओलीले मोर्चाका नेताहरुलाई सिधै सरकारमा जाने अफर गरेका थिए । उपेन्द्र यादवले त्यसको विरोध नगरेको भए आज मधेशी मोर्चा यो अवस्थामा हुने थिएन । ओली र मोर्चाबीच भएको कुराकानी बाहिर आएपछि मोर्चाको सरकारमा जाने योजना तुहिएको थियो ।

एमाओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको ३० दलीय गठबन्धन र मधेशी मोर्चा आन्दोलनमा गए । सविधान निर्माणमा काँग्रेस र एमालेले गरेको गडबडीको विरुद्धमा आन्दोलन शुरु भयो । दुई तीन महिनासम्म यो गठबन्धनले लगातार आन्दोलन गर्यो । सविधानसभा बहिष्कार गर्नुदेखि लिएर सविधानसभामा तोडफोड, बन्द हड्ताललगायतका कार्यक्रमहरु घोषणा गरे । त्यसबीचमा अनिल झा, राजकिशोर यादव र शरत सिह भण्डारी पनि मधेशी मोर्चामा सहभागि भए । मोर्चामा सहभागि भएपनि उनीहरुलाइ कहिल्यै बैठकमा बोलाएनन् ।
गठबन्धनसँगै मोर्चा आन्दोलन गरिरहेका थिए तर सत्ताधारी दल टसमस भएन । अन्ततः अध्यक्ष प्रचण्डले आन्दोलन छाडेर काँग्रेस र एमालेसँग १६ बुँदे सहमति गरे । त्यसमा साथ दिएका थिए विजयकुमार गच्छदार । अरु बाहिर बसे ।

गच्छदारलाई कारवाही

१६ बुँदे सम्झौतासँगै मधेशी मोर्चा विभाजित भयो । गच्छदारका कारण मोर्चामा निस्कृय देखिएका उपेन्द्र यादव एका एक मोर्चामा सक्रिय भए । काँग्रेस, एमाले र एमाओवादीसाग मिलेर १६ बुँदेमा सम्झौता गर्यो भन्दै गच्छदारलाई मोर्चाबाट कारवाही गर्यो । तर, राजकिशोर, अनिल झा र शरतसिह भण्डारीलाई केही गरेनन् । यद्यपी राजकिशोर यादव र शरतसिह भण्डारीले गच्छदारलाई समर्थन गरेका थिए भने अनिल झा एक्लै बसेका थिए ।

त्यसपछि उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवले मोर्चालाई पुनःगठन गरे । यो मोर्चाले नै मधेशमा आन्दोलनका कार्यक्रमहरु शुरु गर्यो । विभिन्न कार्यक्रमहरु लिएर मधेश पसे । भदौ १ गतेदेखि अनिश्चितकालका लागि मधेश बन्द गर्यो ।

सिमांकन लिएर तीन दलसँग कुरा नमिलेपछि तीन दलको गठबन्धन छाडेर आएका गच्छदारले राजकिशोर यादव र शरतसिह भण्डारीलाई राखेर आफ्नै संयोजकत्वमा संघीय लोकतान्त्रिक मोर्चा गठन गरे भने अनिल झाले पनि मातृका यादवलगायतका दललाई राखेर संघीय समावेशी मधेशी मोर्चा गठन गरे । उपेन्द्र यादवको मोर्चा अन्दोलनमा रही रहेकै बेला अनिल झाको मोर्चा र गच्छदारको मोर्चाले पनि आन्दोलनको घोषणा गरे ।

उपेन्द्र –राजेन्द्र संघर्ष

यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा बर्चस्व कायमका लागि उपेन्द्र यादव र राजेन्द्र महतोबीच आन्तरिक संघर्ष शुरु भएको छ । दुईजनामध्ये मोर्चामा को बस्ने, को नबस्नेसम्मको स्थिति आएको छ । मोर्चामा कमजोर देखिएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो पक्ष बलियो बनाउन लागि अध्यक्ष गच्छदारलाई मोर्चामा ल्याउन चाहन्थे । त्यसका लागि उनले भदौ ८ गते गच्छदारसँग एकचरणका गोप्य वार्ता पनि गरिसकेको छ । जसलाई उपेन्द्र यादवले विरोध पनि गरिसकेका छन् । उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसीयाले गच्छदारसँगको सो बैठक उपेन्द्र यादवलाई एक्लाउने रणनीति तहत भएको बैठक हो भनेका छन् ।

यझै पनि मोर्चामा एक मत हुन सकेका छैन । एउटा मञ्चमा उनीहरु आउन मान्दैनन् । संयुक्त रुपमा आन्दोलनमा भएपनि एक अर्काको विरोध गर्ने सकभर एउटै मञ्चमा नआउने तय गरेका कार्यक्रमको विरोधमा पनि लाग्नु जस्ता कामहरु मोर्चाभित्र भइरहेका छन् । अहिले पनि अध्यक्ष महतोले मोर्चा बाहिर रहेका अन्य दलहरुलाई ल्याएर उपेन्द्र यादवलाई बाहिर राख्ने योजना बनाइरहेका छन् ।

www.ratopati.com
१७ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्ताहरुलाई मधेसको आन्दोलनबारे एउटा रोचक कथा सुनाएका छन् । नयाँ संविधानबारे जनतालाई ठीक ढंगले बुझाउन नसक्दा गलत मान्छेहरुले भ्रम छरेको भन्दै प्रचण्डले नयाँ संविधानलाई मीठो फलसँग तुलना गरेका छन् ।
मधेसमा भइरहेको आन्दोलनतर्फ संकेत गर्दै प्रचण्डले जनताका लागि मीठो फलका रुपमा आएको संविधानलाई डरलाग्दो भनेर प्रचार भइरहेको बताए । काठमाडौंमा सम्पन्न नेवा, ताम्सालिङ र तमुवान जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले ‘छप्ल्याङ’को कथा सुनाए ।
पञ्चायतविरुद्ध ०४६ साल आन्दोलनको बेला आफूले छप्ल्याङको कथा खुब भन्ने गरेको भन्दै प्रचण्डले कार्यकर्तालाई यसरी सुनाए :
‘छप्ल्याङ आयो, छप्ल्याङ आयो ‘

एउटा विशाल जंगलमा धेरै जनावरहरु चर्ने गर्थे । जंगलको बीचमा पोखरी थियो । पोखरी छेऊमा मृग चर्दै थियो । पोखरीकै आडमा भएको आँपको रुखबाट पोखरीमा आँप खस्यो । माथिबाट आँप खस्दा ‘छप्ल्याङ’ गर्‍यो । त्यो मृगले के हो भन्ने थाहा पाएन र छप्ल्याङ गरेपछि तर्सिएर भाग्यो ।
त्यो जोडतोडले भागेको देखेपछि अरुले पनि किन भागेको, किन भागेको भन्दा मृग छप्ल्याङ आयो, छप्ल्याङ आयो भन्दै दौडियो । अब छप्ल्याङले खान्छ, मार्छ भन्दै सबै भागे ।
पुरै जंगलभरिका जनावर छप्ल्याङ आयो भन्दै भागे । अन्तिममा सिंह राजाकहाँ पुगेपछि छप्ल्याङ आयो सरकार, सबै सकिने भइयो भनेर सबैले रोइकराइ गरे । सिंह राजा भएकाले कहाँ आयो, खै मलाई देखाउ त भनेर सबैलाई लिएर पोखरी भएको ठाउँमा गयो ।
एकैछिन बस्दा अर्को आँप खस्यो र छप्ल्याङ भयो । अनि सिंहले लाटाहरु, तिमीहरुलाई खाने कुरा झरेको हो । मार्ने आएको हो त ? ल टिपेर खाउँ भनेर आँप खुवाएपछि सबै जनावरहरु शान्तिपूर्वक बसे ।
प्रचण्डले कार्यकर्ताहरुलाई भने- अहिले पनि केही-केही ठाउँमा छप्ल्याङ आएको छ । (हलमा हाँसोको फोहोरा छुट्यो) यो संविधानले फल दिएको छ । तर, छप्ल्याङ जस्तो पारिदिएको छ । अनि दौडिएको छ, दौडिएको छ । खत्तम पारे, हामीलाई त सिध्यायो भनिदिएका छन् ।’
प्रचण्डले छप्ल्याङको कथामा जस्तै अब कोही सिंह बन्नुपर्ने भन्दै त्यो भूमिका एमाओवादीले खेल्ने दाबी गरे । उनले भने, अब यहाँ कोही सिंहले भनिदिनुपर्‍यो कि यो छप्ल्याङ मात्र हो । खसेको त आँप हो, खाए हुन्छ । यो भनिदिने काम पनि आखिरीमा एमाओवादीले गर्नु पर्नेछ ।’
संविधानबारे एमाओवादीले तयार पारेको बुकलेट देखाउँदै प्रचण्डले भने, यो पुस्तिकाले राम्रोसँग मधेसमा वा अन्य ठाउँमा राम्रोसँग बुझायौं भने यो छप्ल्याङ डरलाग्दो कुरा आएको होइन, यो संविधानमा धेरैभन्दा धेरै अधिकार संस्थागत गर्ने ढंगले जनताका लागि मीठो फल भएर आएको हो भन्नुपर्छ ।’
www.onlinekhabar.com
भर्खरै बौरिन लागेको नेपालको पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति थिएन । औपचारिक शिक्षाका लागि स्कुल कलेजको त कुरै नगरौं, त्यही समयमा नेपालमै पहिलोपटक पोखरामा नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेज खुल्यो ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सन् १९९९ मा यस कलेजले होटेल म्यानेजमेन्टको शैक्षिक यात्रा थालेको हो । दक्ष जनशक्ति उत्पादन गर्दै आएको यस कलेजका १३ ब्याचका सबै विद्यार्थी स्वदेशमा र विदेशमा रोजगारीमा लागिरहेका छन् । अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको यो कलेज अहिले ब्याचलर्स अफ बिजनेस एडमिनिस्टेटर (बीबीए) र ब्याचलर्स अफ बिजनेस एडमिनिस्टेटर बैंकिङ एन्ड इन्सुरेन्स (बीबीएबीआई) का लागि पनि प्रसिद्ध छ ।


पोखरामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले स्वदेशका विभिन्न सहरको साथै जर्मनी र स्विट्जरल्यान्डमा रहेका नेपालीको समेत लगानीमा सञ्चालित यस कलेजमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय प्रयोगात्मक ल्याब, पुस्तकालय र सुविधासम्पन्न रेस्टुरेन्ट रहेका छन् । विदेशी विद्यार्थीको समेत अध्ययन केन्द्रको रूपमा सञ्चालनका लागि कलेजले अध्ययनको गुणस्तरीयता कायम गरेको छ । यिनै सन्दर्भमा कलेजका अध्यक्ष अशोक पालिखेसँग अन्नपूर्णकर्मी कृष्णमणि बरालले गरेको कुराकानी

पोखरामा अन्तर्राष्ट्रिय स्तरको होटेल म्यानेजमेन्ट कलेज सञ्चालन गर्न केले प्रेरित गर्‍यो ?

शिक्षा लिएरमात्र हुँदैन, रोजगारको अवसर सिर्जना गर्ने र रोजगारी मिल्ने प्राविधिक शिक्षाको आवश्यकता हामीले महसुस गर्‍यौं । बेरोजगार उत्पादन गर्ने कलेजको विकल्पमा हामीले पर्यटकीय राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको होटेल म्यानेजमेन्ट कलेजको आवश्यकता महसुस गरेर पोखरा, काठमाडौं, धरान, स्विट्जरल्यान्ड र जर्मनीमा समेत रहेका नेपालीको लगानीमा नेपालमै पहिलोपटक होटेल म्यानेजमेन्ट कलेज खोल्ने निणर्यमा पुग्यौं । स्वदेशमै होटेल म्यानेजमेन्ट पढाइ हुने कलेज नहुँदा युवा विद्यार्थी चर्को शुल्क खर्चेर विदेशमा पढ्न जाने अवस्था थियो ।

यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थी कहाँ के गरिरहेका छन् ?

पोखराबाट हालसम्म करिब एक हजार विद्यार्थीले ब्याचलर एन्ड होटेल म्यानेजमेन्ट कोर्स उत्तीर्ण गरेका छन् । पोखरा १८ छिनेडाँडामा स्थापना भएको होटेल म्यानेजमेन्ट कलेजबाट उत्तीर्ण प्रायः सबै विद्यार्थी विभिन्न देशमा रोजगारीमा लागिरहेका छन् । कलेजले सन् २००२ बाट हालसम्म १३ ब्याच विद्यार्थी उत्पादन गरिसकेको छ । अध्ययनपश्चात् विद्यार्थी पोखरा, काठमाडौंलगायत विदेशमा समेत रोजगारमा गइरहेका छन् ।

कलेजमा अध्ययन गरेका विद्यार्थी अमेरिका, बेलायत, जर्मनी, नेदरल्यान्ड, स्पेन, जापान, हङकङ, सिंगापुर, अस्ट्रेलिया, भारतलगायतका देशमा कार्यरत छन् । कलेजमा अध्ययन गरेका विद्यार्थीको माग स्वदेशमा मात्र नभई विदेशमा समेत बढिरहेको छ । यहाँ उत्पादन भएका विद्यार्थीले मासिक दुई लाखसम्म पारि श्रमिक पाउने गरेका छन् ।

विद्यार्थीले नेपाल टुरिजम एन्ड होटेल म्यानेजमेन्ट कलेज नै किन रोज्ने ?

स्वदेशमै व्यावसायिक शिक्षाको अभावमा युवा बेरोजगारी भएर बस्नुपर्ने अवस्था छ । अबको पढाइ व्यावसायिक हुनुपर्छ । व्यावसायिक शिक्षाले नै रोजगारको अवसर सिर्जना गर्छ । अहिलेसम्म प्राविधिक शिक्षाको अभावमा पर्यटकीय राजधानी पोखरालाई प्राविधिक कलेजको स्थापना गरी शैक्षिक केन्द्रको रूपमा समेत विकास गर्नुपर्छ भन्ने सोचाइले हामीले प्रयास गरेका हौं । पोखरामा कलेज स्थापना हुनुअगाडि होटेल म्यानेजमेन्ट अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता थियो ।

पोखरामा कलेज स्थापना भएपछि अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता हटेको हो । नाफाभन्दा पनि गुणस्तरीय शिक्षा दिने उद्देश्य हाम्रो छ । यहाँको पढाइमा हामीले कुनै सम्झौता गरेका छैनौं । सैद्धान्तिक मात्र नभएर व्यावहारिकतामा बढी जोड दिने भएकाले बजारमा सहजै काम पाउन सकिन्छ । यसैका लागि हो हाम्रो कलेज ।

कलेजको भौतिक अवस्था कस्तो छ ?

पोखरालाई शैक्षिक नगरीको रूपमा स्थापना गराउन तथा पोखरामा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षाको विकास गर्ने उद्देश्यले शिक्षामा लगानी गरेका हौं । प्रशस्त प्रयोगात्मक ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, सभाहल, बास्केटबल कोर्ट, भलिबल कार्ट, सुविधा सम्पन्न रेस्टुराँलगायतका भौतिक संरचना कलेज परिसरमा छन् । यसैले कलेजमा देशका प्रायः सबै ठाउँबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् ।

बाहिरी मुलुकमा भएको प्रगति र त्यहाँको अवस्थाको बारेमा विद्यार्थीले कसरी थाहा पाउँछन् ?

कलेजले विद्यार्थीको आत्मविश्वास बढाउन तथा व्यावहारिक ज्ञान हासिल गराउन भारत, मलेसिया, दुबईलगायतका स्थानमा अध्ययन तथा अवलोकन भ्रमणमा लैजाने गरेको छ, जसका कारण विदेशको अवस्था र गुणस्तरीय सेवाका लागि भइरहेका प्रयोगका बारेमा उनीहरूले थाहा पाउन सक्छन् । त्यसो त इन्टरनेटको सहज पहुँचले विद्यार्थीलाई सजिलो बनाइदिएको छ तैपनि स्थलगत रूपमा भ्रमण गरेर अवालोकन गर्दा विद्यार्थीको सिकाइ प्रभावकारी हुन्छ ।

कलेजले होटेल म्यानेजमेन्टबाहेक अरू कक्षा पनि सञ्चालन गरेको छ ?

व्यवस्थापन संकाय भएकाले हामीले ब्याचलर्स अफ बिजनेस एडमिनिस्टेटर (बीबीए) र बयाचलर्स अफ बिजनेस एडमिनिस्टेटर बैंकिङ एन्ड इन्सुरेन्स (बीबीएबीआई) का कक्षासमेत सञ्चालन गर्दै आएका छौं । पोखरामा बैंकिङ संघसंस्था डेढ सयभन्दा बढी भएकाले तिनको माग पूरा गर्न बीबीए र बीबीएबीआईका कक्षा सञ्चालन गरेका हौं । यो समयको माग पनि हो । बजारमा जस्तोखाले जनशक्तिको माग हुन्छ त्यही अनुसार पढाइ सञ्चालन गर्दै आएका छौं ।

तपाईंको कलेजको शैक्षिक शुल्क चर्को होला नि ?

हामीले आफ्नै माटोमा खोलेको कलेज भएकाले चर्को शुल्क लिने त कुरै भएन । मैले अघि नै भनिसकें नि, हामीले यसबाट नाफा कमाउन खोजेका छैनौं । पोखरालाई शैक्षिक केन्द्र बनाउने हाम्रो प्रयास हो । यही विषय पढ्नका लागि नेपाली विद्यार्थीले चर्को शुल्क बुझाउनुपर्छ । यहाँ नै न्यूनतम शुल्कमा हामीले कक्षा सञ्चालन गर्दै आएका छौं । कलेजले उच्च माध्यमिक शिक्षा परिषद्बाट दुई र पोखरा विश्वविद्यालयबाट चारजनालाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

 हरेक सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई समेत निःशुल्क छात्रवृत्ति प्रदान गरिन्छ । यहाँका विद्यार्थी बाहिर जानबाट त रोकिएका छन् नै, अब हामीले विदेशी विद्यार्थीलाई समेत यहाँ ल्याएर पढाउने वातावरणको खोजीमा छौं ।

सुन्दर भविष्यका लागि भौतारिएका विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?

गुणस्तरीय र व्यावहारिक शिक्षाका लागि हामीले समयसमयमा नेदरल्यान्ड, स्विट्जरल्यान्ड, अमेरिकालगायतका देशबाट तालिम प्राप्त प्रशिक्षक ल्याई कलेजका शिक्षक तथा विद्यार्थीलाई तालिम दिने गरेका छौं । यसबाट शिक्षक, विद्यार्थीले नयाँ कुरा सिक्ने मौका पाउँछन् । हाम्रो कलेज पोखरा विश्वविद्यालयको हरेक दीक्षान्त समारोहमा डिनलिस्टमा पर्न सफल छ ।

पूर्ण प्राविधिक शिक्षा भएकाले विद्यार्थीको आकर्षण बढिरहेको छ । के विषय पढ्ने अनि भविष्यमा कस्तो जागिर खाने भनेर भौतारिएका युवा पुस्तालाई हामी स्वागत गछौं । तपाईं चाहना राख्नुस्, त्यसलाई हामीले पूरा गराएरै छाड्छौं ।
annapurnapost.com
काठमाडौं, १७ असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतले नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दी खोल्नुको कारण खुलासा गर्नुभएको छ ।
भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएको प्रदर्शनपछि बाध्य भएर नाका खोल्न बाध्य भएको राजदूत उपाध्यायको भनाइ छ । नेपालमा भारतविरुद्ध भएको प्रदर्शनको सानोभन्दा सानो जानकारी राखेको भारतीय पक्षले यस विषयमा आफूसँग गुनासो गरेको खुलासा गर्नुभयो ।
भारतीय पक्षले नयाँदिल्लीमा उपाध्यायसँग शनिबार गरेको भेटमा नेपालमा भारतविरुद्ध प्रदर्शन भएकामा चिन्ता जनाएको हो । नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आइतबार बिहान कुरा गर्दै नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘भारतीय पक्ष नेपालमा भारतविरुद्ध भएका विरोध प्रदर्शन र झण्डा जलाउनेलगायतका कार्यबाट चिन्तित बनेको पाएँ ।’ भारतले नेपालमा आफूविरुद्ध प्रदर्शन भएको र नेपाली जनताले भारतीयको आलोचना गरी विरोध गर्न थालेपछि त्यसबाट दीर्घकालीन असर पर्नेभन्दै अघोषित नाकाबन्दी खोलेको राजदूत उपाध्यायको भनाइ थियो ।
राजदूत उपाध्यायले अगाडि भन्नुभयो, ‘भारतीय पक्षले नेपालमा आफूविरुद्ध भएका सबै गतिविधिको भिडियो हेरेर बसेको रहेछ । एउटा सानो बालकले नेपालमा भारतीय झण्डा जलाएको भिडियो पनि भारतीय पक्षले नयाँदिल्लीमा बसेर हेरेको रहेछ । म त अचम्ममा परेँ । छक्क परेँ । अहिलेको इन्टरनेटको जमानामा सबै कुरा जहाँ पनि पुग्छ ।’
मधेस केन्द्रित दल र तिनका सीमित नेताका कारण भारतविरुद्ध नेपालमा जनमत बनेको निष्कर्षमा पुगेको भारतीय पक्षले वीरगञ्जबाहेकका सबै नाका सुचारु गराउने आश्वासन आफूले पाएको नेपाली राजदूत उपाध्यायले बताउनुभयो । ‘सीमित व्यक्तिका कारण नेपाली जनताले दुःख पाए’, उहाँले भन्नुभयो, ‘औषधि र पेट्रोलियम पदार्थलगायतका सामान नेपाल प्रवेश गर्न दिने भारतीय पक्षले आश्वासन दिएको छ ।’
भारतले अघोषित नाकाबन्दी खोले पनि नेपाल–भारतको प्रमुख व्यापारिक नाका वीरगञ्ज भने नखोल्ने भएको छ । नेपाली राजदूत उपाध्यायले भन्नुभयो, ‘६० प्रतिशत व्यापार हुने वीरगञ्जको रक्सौल भन्सार नाका भारतले अझै केही दिन नखोल्ने भनेको छ । रक्सौल नाका नखुलेपछि अझै जनजीवन सुचारु हुन केही समय लाग्नेछ ।’
नेपालको अवस्था सहज हुन अझै पनि केही समय लाग्ने देखिएको छ । नेपालमा भारतीय सीमाबाट दैनिक हुने कारोबारमध्ये वीरगञ्जबाट ६० प्रतिशत एक्लै हुने गरेको छ। यसअघि वीरगञ्ज भन्सार नाकाबाट मात्रै दैनिक तीन सय बढी ग्यास र तेल बोकेका सवारी साधन दैनिक भित्रिदै आएका थिए ।
जनतालाई दुःख दिएर राजनीति नहुने भन्दै राजदूत उपाध्यायले भारतीय पक्ष पनि आन्दोलनरत मधेसी दलहरूसँग रुष्ट भएको जनाउनुभयो । उहाँले आउँदा दिनमा यस्ता गम्भीर विषयलाई सम्वेदनशील रुपमा दुबै पक्षले लिनुपर्ने उल्लेख गर्नुभयो ।
अघोषित नाकाबन्दीका समाधान चीनसँग तत्काल व्यापार नाका खोलर समाधान हुन नसक्ने बताउनुभएका राजदूत उपाध्यायले चीनभन्दा भारतसँगकै व्यापार उचित रहेको बताउनुभयो ।
dainiknepal.com
हेल्लो शुभ बिहानी आज १७ आश्विन २०७२, आइतवार हेर्नुहोस आजको राशिफल
 मेष
   
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ ।

 बृष
 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

मिथुन
 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

कर्कट


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

सिंह
   
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

कन्या
   
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

तुला
   
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ ।

बृश्चिक
   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

धनु
 
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

मकर
   
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

कुम्भ
   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

    मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
पछिल्लो दुई सातादेखि नेपाल भारत नाकामा देखिएको अवरोध भोलिदेखि सहज भएर समान ओसारपसार सुचारु हुने भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयको ‘सहजीकरण’ पछि विदेश मन्त्रालयले सम्बन्धित भारतीय निकायहरुलाई नेपाल-भारत सीमा नाकाहरूमा आफ्नो तर्फबाट स्थिति सहज पार्न भनिसकेको अनौपचारिक जानकारी पाएको परराष्ट्रका एक उच्च अधिकारीले सेतोपाटीलाई बताए। ‘भोलिदेखिनै स्थिति सहज हुने अपेक्षा हामीले गरेका छौं,’ ती अधिकारीले भने, ‘अब ओभर टाइम गरेर भए पनि मेडिकल सामान, अक्सिजन, तथा इन्धन प्राथमिकताका आधारमा पहिले नेपाल ल्याउने सहमति भएको छ।’
वीरगंज नाका सहज हुन अरु केहि दिन लागेपनि अन्य नाका भोलिदेखिनै सहज हुने उनले बताए।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दिल्ली फर्के लगत्तै शुक्रबार मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोवललाई भेटेका थिए। उपाध्यायले डोवललाई नेपाल-भारत नाकामा सामानको आवजावत बन्द भएर नेपालमा आम नागरिकको जीवन कष्टकर भएको भन्दै सीमा तुरुन्त सहज बनाउन पहल गरिदिन अनुरोध गरेका थिए। शनिवार सेतोपाटीसँग फोनमा कुरा गर्दै उपाध्यायले भने, ‘मैले यहाँ आएपछि भारतीय नेता र सम्बन्ध अधिकारीहरुलाई भेटेर सीमामा देखिएको समस्या तुरून्त हल गर अनुरोध गरेको छु। सरकार बीच देखिएका मतभिन्नताको समाधान हुँदै गर्ला तर जनताले दुःख पाउनु भएन भनेको छु।’

भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै उनले भने, ‘हामीले नाकाबन्दी गरेको होइन, अनपेक्षित घटना घट्यो। नेपालीले जनताले दुःख पाउन भन्ने हाम्रो कुनै मनसाय थिएन। तर जनाताले दुःख पाए। त्यसमा हामी दुःखी छौं।’ सीमामा आवजावत कहिले सहज हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘छिटोभन्दा छिटो अहिलेको अवस्थाको अन्त्य हुन्छ र आपूर्ती पूर्ववत सहज हुन्छ।’ भारतीय प्रधानमन्त्री मोदीलाई पनि आफूले चाडैं भेटने उनले बताए। ‘उहाँसँग मेरो भेट नभए पनि प्रधानमन्त्री मोदी नेपालीले दुःख पाएकोमा धेरै दुःखी भएको मैले पाएको छु। कुनै पनि स्थितिमा नेपाली जनताले दुःख पाउनु हुदैन थियो भन्ने उहाँको मान्यता रहेको छ,’ राजदूत उपाध्यायले भने।

दिल्ली फर्किनु अघि राजदूत उपाध्यायले नेपालमा राजनीतक दल र मधेसी पार्टीका नेताहरूसँग परामर्श गरेका थिए। मधेसी नेताहरूसँगको आफ्नो छलफल उद्धृत गर्दै उनले भने, ‘मधेसी नेताहरुसँग मैले हातै जोडेर भने, हिजो हामी जनान्दोलनमा सँगै लडेका साथीहरु, जीवनभरि राजनीतिमा काम गरेका साथीहरूले मिलेर समस्याको समाधान गर्न सकेनौं भने भोलिको पुस्ताले हामीलाई धिकार्नेछ।’ सीमाङ्कनको मुद्दा बाहेक अन्य माग पूरा भएकोले मधेसी दललाई सहमतिमा आउन आफूले अनुरोध गरेको उपाध्यायले बताए। ‘दसमा नौ माग पुरा भएपछि त जनतालाई दुःख दिइराख्नु भएन। मधेसी दलका साथीहरुले पनि कम्तीमा नाका खोल्न सहयोग गर्नुपर्‍यो’, उनले भने।
ज्यानलाई तन्दुरुस्त बनाउनुपर्छ भनेर बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्नतिर लाग्ने धेरैको बानी हुन्छ । यसैपनि बिहानै केही खान मन नलाग्ने भएर एक्सरसाइज गरेर खाना खाने गरिन्छ । यसले दोहोरो हानी हुन्छ, एक त चाहे जति एक्सरसाइज नगरी ज्यान थाक्छ, अर्काे पेट पूरै खाली हुने भएकाले पछि धेरै खाना खाइन्छ । यसले ज्यान दुब्लाउनुको सट्टा मोटाउन पो सघाइरहेको हुन्छ ।

त्यसो भए ब्यायमअघि के खाने ?


दूधः एक गिलास तातो दूध घटुक्क पार्नुहोस्, पोष्टिक तत्व मात्रै होइन, पेटलाई शान्त बनाएको महशसु गर्न सकिन्छ ।

फलफूलः मौसमअनुसारको फलफूल खानहोस्, पेट भर्नुका साथ एक्सरसाइज गर्नका लागि ऊर्जा समेत प्राप्त हुन्छ ।

जौको सातुः पहाडी भेगमा पाइने जौ को सातु दुधसँग घोलेर खान सक्ने हो भने धेरै लाभदायी हुन्छ । एक्सरसाइज गर्दा शरीरलाई कार्बोहाइड्रेट्सको जरुरी पर्छ । जौको सातुमा धेरै कार्बाेहाइड्रेड्स हुन्छ । खाएको छोटो समयमै पच्ने मात्रै होइन,  परीरको तौल घटाउनसमेत मद्दत गर्छ ।

केराः  केराले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । केरामा छिट्टै पच्ने खालको कार्बोहाइड्रेट्स पाइन्छ । जुन व्यायाम गर्ने समयका लागि उत्तम मानिन्छ । तर, केरा नियमित खानुअघि फिटनेस ट्रेनरसँग परामर्श लिनु उचित हुन्छ ।

दहीः अमिनो एसिडको मात्रा अत्यधिक हुने भएकाले दहीले शरीरको मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । प्रोटिन र कार्बोहाइड्रेट्सको मात्रासमेत पाइने दहीले व्यायामका वेला चाहिने ऊर्जा शरीरलाई उपलब्ध गराउँछ ।
जेरुशलेममा शनिवार राती भएको सांघातिक हमलामा परी २ को मृत्यु भएको छ भने  २ जना घाइते भएका छन् ।
जेरुशलेमको वल्ड सिटीस्थित हाजिइत मार्गमा रहेको लायन्स गेट नजिकै एक अज्ञात व्यक्तिले गरेको सांघातिक आक्रमणबाट एक दुई बर्षिय बालक सहित एउटै परिवारका ३ सदस्यहरु घाइते भएका छन् भने अन्य एक २२ बर्षिया महिला घाइते भएकी छिन् ।

आक्रमणबाट वावु र आमा गम्भिर घाइते भएका छन् भने वालक सामान्य घाइते भएका छन् । एकै परिवारका सबै सदस्यहरु जेरुशलेमको वल्ड सिटीस्थित वेस्टर्न वालमा प्रार्थनाकोलागि जाँदै गर्दा उनीहरुमाथि हमला भएको बताइएको छ ।

घाइतेहरुलाई जेरुशलमस्थित सरिक सेदेक अस्पतालमा ल्याइएको छ । अस्पताल स्रोतले परिवारका वावु र आमा गम्भिर घाइते भएको बताएको छ भने वालक सामान्य घाइते भएको बताएको छ । त्यस्तै आक्रमणमा परेकी अर्की महिलाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताएको छ ।

इजरायली प्रहरीका अनुसार आक्रमण शनिवार राती सव्वात सकिएपछि करिवन साढे सात बजेको समयमा भएको थियो । आक्रमणकारी रमल्लाहको १९ बर्षिय मोहम्मद हलावी भएको इजरायली संचार माध्ययमहरुले बताएका छन्  ।

इजरायली सिमा प्रहरी र प्रहरीले आक्रमणकारीलाई तुरुन्तै जवाफ दिदै, उसलाई नियन्त्रणमा लिन  सुट आउट गरेको थियो भने तत्कालै घटनास्थललाई नियन्त्रणमा लिई आक्रमणकारीका संभावित  सहयोगीहरुको खोजि शुरु गरेको छ ।

www.a1khabar.com
काठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि भारतका राजदूत रणजित रायले आज अपराह्न भेटवार्ता गर्नुभयो ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल-भारत सम्बन्धका साथै भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीबारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो ।
भारतीय राजदूतले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा आज बेलुका र भोलिसम्म थप केही नाकाको अवस्था पनि सहज हुने जानकारी गराउनुभएको श्री अधिकारीले बताउनुभयो । रासस
dainiknepal.com
काठमाडौं, १६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्र बहादुर गुरुङको निधन भएको छ ।
विगत केही महिनादेखि विरामी गुरुङको शनिबार राति उपचारका क्रममा अमेरिकाको कोलोराडोमा निधन भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी गराउनुभएको छ ।
अध्यक्ष थापाले लेख्नुभएको छ- ‘ठूलो पीडाका साथ जानकारी गराउँछु कि राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गरुङको आज राति ८ अमेरिकामा निधन भएको छ । हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिवारप्रति हार्दिक समबेदना प्रकट गर्दछु । राष्ट्रले फेरि एक राष्ट्रबादी नेता गुमायो ।’
यसअघि महामन्त्री गुरुङलाई उपचारका लागि दिल्ली लगिएको थियो । दिल्लीमा उपचार सम्भव नभएपछि अमेरिका लगिएको थियो । गुरूङका १ छोरा एक छोरी र श्रीमती छन्।
यसैबीच राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादनको आकस्मिक बैठक भोलि आइतबार बिहान ८ बजे  पार्टी मुख्यालय धुम्बाराहीमा बस्दै छ।
dainiknepal.com
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दुई वर्षभित्र पार्टीलाईं एक नम्बरको बनाउने घोषणा गरेका छन् ।
चुनुवाङ बैठकको कार्यदिशासँगै सुरु भएको शान्ति र संविधानको यात्रा पूरा गर्दा पार्टी ७ टुक्रामा विभाजित भएपछि प्रचण्डको यस्तो भनाई आएको हो ।
उनले शान्ति प्रक्रियामा पार्टीमा विभिन्न खालको टुटफुट भएपनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गरे ।
जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा पदार्पण गर्दा तत्कालीन माओवादी हाल विभिन्न ७ धु्रवमा विभाजित छ ।
मातृका यादव नेतृत्वमा नेकपा (माओवादी), मणि थापा नेतृत्वमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा नेकपा माओवादी, मोहन वैद्य किरणको नेतृत्वमा नेकपा–माओवादी र प्रचण्ड नेतृत्वमा एकीकृत नेकपा माओवादी क्रियाशील रहेका छन् ।
संविधान जारी भएलगत्तै तराईको माग सम्बोधन नभएको भन्दै एमाओवादीका नेता डा.बाबुराम भट्टराई नयाँ शक्ति निर्माण गर्ने भन्दै पार्टीबाट बाहिरिएका छन् ।
एमाओवादी केन्द्रीय समितिले शनिबार आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले पाटीभित्र देखिएका समस्या र टुटफुटबाट बाहिर निस्केर नेपाली जनताको चाहना र भावना बमोजिम अगाडि बढ्ने र एक नम्बरको पार्टी बनाउने बताए ।
विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाउन आफूहरुले हदैसम्मको प्रयत्न गर्ने बताउँदै केही दिन पहिले मात्रै पार्टी परित्याग गरेका भट्टराईलाई समेत जिम्मेवारीमा फर्कन आग्रह गरे ।
अध्यक्ष दाहालले भने, ‘पार्टी परित्याग गर्नेवित्तिकै सत्तोसराप गर्नुपर्छ भन्ने छैन, उहाँलाई कोही कसैले पनि गाली नगरौँ । उहाँले उठाएका विषयलाई पार्टीले आत्मसात् गर्छ र पार्टीलाई रुपान्तरित गरेर अगाडि बढाइन्छ ।’
पार्टी केन्द्रीय समितिले डा भट्टराईलाई पुनः पार्टीमा फर्कन आग्रह गरिसकेको सन्दर्भमा उत्तेजनामा आएर गालीगलौज नगर्नसमेत उनले आग्रह गरे ।
उनले नयाँ संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै सत्ताको खेलमा लागेर बहुमतीय सरकार बनाउन नहुने धारणा राखे ।
संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना पूरा भएकाले संविधानका सकारात्मक विषयलाई जनतामाझ लैजान पार्टी कार्यकर्तालाई उनले निर्देशन दिए ।
नेपाल र भारतबीच विगत लामो समयदेखि सुमधुर सम्बन्ध रहेको भए पनि पछिल्लो समयमा आएर गलत निर्णय गरेको भन्दै अध्यक्ष दाहालले नेपालका लागि निर्णय गर्न नेपाली जनता र राजनीतिक दल स्वतन्त्र रहेको उल्लेख गरे ।
www.nepalsandesh.com
काठमाडौं, १६ असोज । नेपालको संविधानमा असन्तुष्टि व्यक्त गर्दै अघोषित नाकाबन्दी गरेको भारतले शनिबारदेखि नाका खुलाएको छ ।
भारतले दुई सातादेखि लगाएको अघोषित नाकाबन्दी खोलेको कुरा नेपाल सरकारलाई औपचारिक रुपमा जानकारी समेत गराएको छ । शनिबार अपराह्न भारतीय विदेश मन्त्रालयले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई नाकाबन्दी खुला गरेको जानकारी गराएको हो ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालका ६ वटा मूख्य नाकासहितका भन्सारमा लगाइएको अघोषित नाकाबन्दी खोलिएको जानकारी भारतीय विदेश मन्त्रालयले गराएको हो । साथै उसले सुरक्षा व्यवस्था मजबुत भएका सबै नाकाबाट सहजरुपमा गाडी नेपाल भित्रन दिन मातहतका निकायलाई पनि निर्देश गरिसकेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयलाई उद्धत गर्दै परराष्ट्र मन्त्रालयका एक अधिकारीले सुरक्षा व्यवस्था सहज भएका नाकामा भारतले शनिबार राति देखिनै आपूर्ति सूचारु गर्ने र वीरगञ्जस्थित रक्सौलसहितका सुरक्षा जटिलता भएका नाकामा केही दिनपछि आपूर्ति व्यवस्था सहज हुने जानकारी दिनुभयो ।
dainiknepal.com
राजविराज : संविधान विरुद्ध आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले शनिबार अर्धनग्न जुलुस निकालेका छन् ।

मधेसी युवा विद्यार्थी आन्दोलन परिचालन समितिको अगुवाईमा राजविराजमा मधेसी मोर्चा आवद्ध यूवा–विद्यार्थीहरुले अर्धनग्न जुलुस प्रदर्शन गरेका हुन् ।

सरकारविरुद्ध  गधा जुलुस, भैंसी जुलुस, सिठी जुलुस, लाठी जुलुस, घरेलु औजार जुलुस, पुतला जुलुस, शंख–घण्टी जुलुस र मशाल जुलुस गर्दै आएका प्रदर्शनकारीहरुले शनिबार अपरान्ह अर्धनग्न जुलुस प्रदर्शन गरे ।

शिव मन्दिरको प्राङ्गणबाट निस्किएको जुलुसले नगरपरिक्रमा गरे पश्चात सहिद दशन चोकमा कोण सभा समेत गरेको छ ।

समितिका संयोजक शम्भु यादवको अध्यक्षतामा आयोजित कोणसभामा वक्ताहरुले संघीयता, सिमांकन, समानुपातिक, समावेशी, निर्वाचन क्षेत्र, नागरिकतालगायतका विषयमा विभेद गरिएको भन्दै जारी संविधानको विरोधमा जुलुस प्रदर्शन गरेको बताए ।
अर्जेन्टिना — अर्जेन्टिनाका एक व्यक्तीले आफ्नी आमा र सौतेनी बाबुको हत्या स्विकारेका छन् । उनले आफ्नै सौतेनी बहिनीसँग मिलेर उनीहरुको लाशलाई व्यवस्थापन गरेको बताए ।
२५ वर्षिय लियोनादो अकोस्टाले ५० वर्षकी आफ्नी आमा मिरयाम कोवज्चुक र सौतेनी बाबु रिकार्डो क्लेनको हत्या मात्रै गरेनन् , हत्यापछि उनीहरुको लाशसँग यौन सम्बन्ध राखे र उनीहरुको शरिरको केही टुक्रा खाए । बाँकी शरिर काटेर उनले त्यसलाई सेकुवा बनाए र आफ्ना ६ वटा कुकुरलाई खुवाए । अकोस्टाका वकिलका अनुसार सौतेनी बाबु क्लेनले उनका ११ वर्षका दुई जुम्ल्याहा भाईहरुमाथि दुव्यवर्हार गरेका थिए । प्रहरीले अकोस्टालाई उनकै सौतेनी बहिनी केरेन क्लेनले सहयोग गरेको आशंका गरेको छ । २२ वर्षिया क्लेन अकोस्टासँगको प्रेममा छिन् । अकोस्टा र केरेन क्लेन दुबैले आफ्नी आमा र बाबुले आफूमाथि विगतमा जस्तो व्यवहार गरेपनि जुम्ल्याहा भाईमाथि त्यस्तो व्यवहार नगर्ने विश्वास रहेको बताए । तर जुल्याहा भाईहरुमाथि समेत बाबु आमाले दुव्यवर्हार गरेको र उनीहरुलाई मानसिक पिडा दिएको थाहा पाएपछि अकोस्टा र केरेनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कुनै कारबाही नगरेपछि आफैँले कानून हातमा लिएको उनीहरुको दाबी छ । www.ratopati.com

काठमाडौं, १६ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरिरहेको भारतले शनिबार अपराह्नदेखि नाका खोलेको छ ।
अमेरिकाको भ्रमण गरी स्वदेश फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली प्रतिनिधी मण्डलले शनिबार भेटरै फकाएपछि मोदीले ‘अघोषित नाकाबन्दी’ खोल्न विदेश मन्त्रालयमार्फत मातहतका निकायलाई निर्देशन दिएका हुन् ।
मोदीको निर्देशनपछि नेपालसँग जोडिएका सीमा नाका शनिबार अपराह्नदेखि नै खुलेका छन् । साथै भारतसँग जोडिएका नेपालका लागि ढुवानी तथा पारवहनमा मानिएका छ वटै मुख्य र अन्य सहायक ब्यापारिक नाकाहरुमा सहज आवागमनको व्यवस्था मिलाउन पनि निर्देश गरिएको छ ।
मोदीलाई प्रधानमन्त्री सुशील कोइराला तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपाली प्रतिनिधी मण्डल बनेर उद्यमी विनोद चौधरीले नेपालको संविधानमा अधिकतम सहमतिको सरोकारमा अघि बढेको र संशोधनको सहमति गरेर तत्काल लागू हुने तयारी गरिएको भनेर फकाएका थिए ।
भारतसँग जोडिएका नेपालका मुख्य नाकाहरुमा बीरगञ्ज, भैरहवा, विराटनगर, काँकडभिट्टा, कञ्चनपुरबाट शनिबार राति देखि नै आपूर्ति सूचारु हुने नेपालस्थित परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । ‘शनिबारदेखि सबै नाकामा आवातजावत सहज बनाउन भारतीय विदेश मन्त्रालयले निर्देशन दिएको छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
dainiknepal.com
गोरखा । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले अबको एक हप्तामा नेपाली राजनीतिमा पदका लागि शक्तिकेन्द्रसम्मको दौडधुपको अनेकौं नाटकको पटाक्षप हुने बताएका छन् ।
आज गोरखा बजारमा पूर्वप्रधानमन्त्री तथा गोरखा–१ का पूर्वसभासद्को रुपमा उनले नै आयोजना गरेको भेटघाट, शुभ–कामना आदान–प्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने– ‘मैले अहिले नै भन्दा अन्यथा अर्थ लाग्छ तर एक हप्ता पर्खिएर हेर्नुस् नाटक त अझ देख्नुहुन्छ तपाईंहरुले । पर्दापछाडि मञ्चन भइराखेको छ, मैले त देखिराखेको छु, तपाईंहरुले अझै देख्नुभएको छैन । एक हप्ता पर्खिएर हेर्नुस् अनि नाटक कसरी मञ्चन हुन्छ, कसरी पदका लागि चाकडी र दलाली गरिन्छ त्यो देख्नुहुन्छ ।’
उनले भने– ‘एकै पटकमा ५र१० जनालाई प्रधानमन्त्रीको र अहिले त झन् राष्ट्रपति लगायत थुप्रै पद विज्ञापनमा छन्, त्यसको निम्ति कसरी लोभ्याइन्छ, शक्तिकेन्द्रसम्म कसरी मान्छेहरु धाउँछन् र के हुन्छ त्यो नाटक मैले त अलिअलि देख्न पाएको छु तपाईंहरुले पनि देख्दै जानुहोला ।’
‘तराई–मधेश र थारुवान बाहुल्य क्षेत्र नेपालको अत्यन्त संवेदनशील क्षेत्र छ । उतापट्टि विशाल भारत छ र भारतसँग खुला सीमानामा जोडिएको क्षेत्रमा अशान्ति भयो भने त्यो अशान्तिको बहानामा छिमेकीले हस्तक्षेप गर्‍यो भने के हुन्छ ? नेपालको राष्ट्रिय अखण्डतामाथि असर गर्छ कि गर्दैन ? भनेर मैले सामाजिक सञ्जालमार्फत सचेत गराएको थिएँ । मैले स्थिति बिग्रिएर अर्काले खेल्ने परिस्थिति आउनुभन्दा पहिले हामी आफैंले बुझेर यसको समाधान गरौं भनें । तर त्यसो भन्दा बाबुरामले उक्साउन खोज्यो, देशलाई विखण्डनतिर लान खोज्यो भन्ने कुराहरु आए’ भट्टराईले भने ।
उनले– ‘अनि तिनै मान्छेहरुले बडो राष्ट्रवादका कुराहरु गरे । कसैले साइकल चढ्ने राष्ट्रवादका कुरा गरे, कसैले टुकी बाल्ने राष्ट्रवादका कुरा गरे । हेर्नुस्, उनीहरुका स्वर के हुँदै गएको छ अहिले ? जब पदका ललिपप देखाउन थालियो अनि ती राष्ट्रवादका स्वर कसरी मत्थर हुँदै गइराखेका छन्, तपाईंहरुले हेर्नुहोला । एक हप्ता पर्खनुहोस् अनि तपाईंहरुले देख्नुहुन्छ – कहाँ गएर विसर्जन हुँदो रहेछ ‘त्यो’ राष्ट्रवाद ।’
पार्टी परित्याग आश्चर्यको विषय होइन
सम्बोधनकै क्रममा उनले आफ्नो एमाओवादी पार्टी परित्याग कुनै आकस्मिक विषय नभएको पनि बताए । गत एक डेढ वर्षदेखि नै संविधानसभाबाट संविधान बनेपछि मूलतस् पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएर आर्थिक क्रान्ति र समृद्धिको चरण सुरुवात हुने र त्यो स्थितिमा नयाँ राजनीतिक शक्तिको आवश्यकता पर्ने कुरा भन्दै आएको र अहिले असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि पूँजीवादी राजनीतिक क्रान्तिको चरण पूरा भएको सन्दर्भमा नयाँ शक्ति निर्माणको छलफलका निम्ति सहज होस् भनेर नै आफूले पार्टी परित्याग गरेको स्पष्टोक्ति थियो ।
संविधानसभाको मुख्य समिति संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको रुपमा, पछि बनेको शीर्ष नेताहरु रहेको आफ्नै नेतृत्वको विशेष समिति, त्यसपछि मस्यौदा समितिका सभापतिसमेतको समिति र अन्त्यमा आनुषांगिक सुधार समितिमार्फत संविधानसभाको अन्तिम काम समेत आफ्नै नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै उहाँले अहिलेको संविधान निर्माणबाट सबैभन्दा सन्तोष र गर्वको महसुस आफूलाई भएको स्पष्ट पारे ।
उनले आफ्नै जोडबलमा नै पार्टीमा संविधानसभाको नारा स्थापित गरेर राष्ट्रिय एजेण्डा बनाउँदै अहिलेको संविधान निर्माणसम्म आइपुगेकोमा आफू सबैभन्दा खुशी भएको बताए ।
 मधेशी, थारु, मगर लगायतका असन्तुष्ट क्षेत्ररसमुदायको मागलाई समेत सम्बोधन गरेर जाँदा मात्रै संविधानको स्वामित्व सबैले ग्रहण गर्ने र संविधानको कार्यान्वयन सहज हुने र दीगो शान्ति स्थापना हुन्छ भन्ने कुरा गर्दा केही व्यक्तिहरुले ती समुदायका माग केही पनि होइनन् भनेर बेवास्ता गरेको उहाँले बताउनुभयो । त्यही कुरालाई लिएर आफूलाई संविधानविरोधीको रुपमा दुश्प्रचार गरिएको उल्लेख गर्दै  त्यस्तो भ्रममा नरहन पनि आग्रह गरे ।
www.nepalsandesh.com
काठमाडौँ : नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख तीनदलसहित अन्य दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताएका छन्।

नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चको १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले संविधान जारी गर्दाका सहयात्री प्रमुख दल र बाहिर रहेका दलसहित राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने धारणा राखे।

“अहिले पनि नेपाली काँग्रेस, एमाले र एमाओवादीबीचको एकता अत्यन्तै महत्वपूर्ण छ, जसरी एकताबद्ध भएर तीनपार्टी र अन्य दलले संविधान जारी गरे संविधान कार्यान्वयनका लागि र आउने निर्वाचनसम्म उनीहरुको एकता कायमै राख्नुपर्छ । तीन दलसहित विजयकुमार गच्छदार र मधेस केन्द्रित दलको समेत सहभागितामा राष्ट्रिय सहमति र एकताको सरकार गठन हुनुपर्छ,”उनले भने।

एक अर्को प्रसङ्गमा नेता नेपालले मधेस आन्दोलनप्रति लक्षित गर्दै भने, “मधेसी दलले जनताको मन जित्ने राजनीति गर्नुपर्छ, मधेसका जायज मागलाई सम्बोधन गर्न दलहरु तत्पर हुनुपर्छ, अहिलेको संविधानमा सबैभन्दा बढी मधेसी जनताले अधिकार पाएका छन्, तै पनि उनीहरुकै असन्तुष्टि किन बढिरहेको छ, तर मलाई विश्वास छ, उहाँहरु सहमतिमा आउनुहुन्छ ।”

कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर राना, सांसदद्वय वैझनाथ चौधरी, सोमप्रसाद पाण्डे तथा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेलगायतको सहभागिता थियो ।

सो अवसरमा मञ्चलाई सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो, भने मञ्चका पूर्वअध्यक्ष शम्भु श्रेष्ठसहितका अध्यक्षलाई प्रसंशापत्रद्वारा सम्मान गरिएको थियो । मञ्चले शान्ति प्रक्रियादेखि संविधान जारी हुँदासम्म महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता नेपाललाई पाल्पाली ढाका टोपी र प्रसंशापत्रद्वारा सम्मान गरेको थियो । रासस
annapurnapost.com
नेपाली नेताहरु भारतीय शासकसँग लम्पसार पर्छन्
गोरखा : एमाओवादीबाट छुट्टिएर नयाँ शक्ति निर्माणमा सक्रिय पूर्वधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई नाकाबन्दी गरेर भारतले अत्यन्तै अनधिकृत हर्कत गरेको बताएका छन् ।

नेपाल आफैँले समाधान गर्न सक्ने आन्तरिक मामिलामा भारतले हस्ताक्षेप गर्दै अनावश्यक दबाब  दिइरहेको उनको टिप्पणी छ । मतदाता भेट्न शनिबार गृहजिल्ला गोरखा आइपुगेका भट्टराईले नेपालको समस्या नेपाल आफैंले हल गर्न सक्ने र गर्नुपर्ने तर्क गरे ।

दिल्लीका शासक र काठमाडौंका शासकको जुँगाको लडाइँका कारण नेपाली जनताले दुःख पाइरहेको भट्टराईको भनाइ थियो ।

‘सार्वभौमसत्ता सम्पन्न भुपरिवेष्टित मुलुकलाई नाकाबन्दी गर्नु अत्यन्त गलत हो । अन्तर्राष्ट्रिय कानुनले दिएका अधिकार कुनै पनि बहानामा कुण्ठित गर्नुहुँदैन’, भट्टराईले भने, ‘तर दुर्भाग्य, भारतले यसअघि पनि पटक पटक यस्ता हर्कत गर्दै आएको छ । यसको निन्दा र भत्र्सना गर्छु ।’

नेता भट्टराईले नेपाली शासकहरु बाहिर–बाहिर बडो क्रान्तिकारी बन्ने र भित्र–भित्र भारतीय शासकसँग लम्पसार पर्ने गरेको आरोप पनि लगाए ।

गृहजिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले मधेसको समस्या समाधान गर्नु कुनै ठूलो कुरा नभएको बताउँदै त्यसतर्फ शासकहरुले चासो नदिइरहेको तर्क गरे ।

‘मुख्य माग भनेको सीमांकन हो । पूर्वमा पर्सादेखि सप्तरीसम्म जुन प्रदेश छ, त्यसमा सुनसरी र मोरङ थपिदिनुपर्छ’, ’ उनले भने ‘पश्चिममा थारुहरुलाई पनि अन्याय भएकै हो । कैलालीको खुट्टिया नदीदेखि पूर्वका चारवटा क्षेत्रलाई पाँच नम्बर प्रदेशमा गाभिदिएपछि त्यहाँको समस्या पनि समाधान हुन्छ ।’

उनले अन्तरिम संविधानबाट हटाइएको समानुपातिक प्रतिनिधित्वको प्रावधान थपिदिनु पर्ने र जनसंख्याको आधारमा निर्बाचन क्षेत्र छुट्याउनु पर्ने मागमा केही सम्बोधन भदए मधेसमा बलिरहेको आगो निभ्ने उनको तर्क छ ।

‘केही नाजायज मागहरु पनि छन् । जस्तो : अंगिकृत नागरिकता भएकाले मुख्य कार्यकारी पद पाउनु पर्ने भन्ने माग छ, त्यो बिल्कुल नाजायज माग हो’ उनी भन्छन् ‘यो कुनै पनि देशमा हुने अभ्यास छैन । यो माग पूरा गर्न सकिँदैन ।’

संविधानसभाबाट संविधान जारी गर्ने आफ्नो मुख्य माग भएकाले संविधान जारी गर्दा आफू असाध्यै हर्षित भएको उनको भनाइ थियो ।

‘यो संविधान आउँदा मलाई जति गर्व र हर्ष अरु कसलाई हुन्छ ? २०४६ देखि पार्टीभित्र र बाहिर पनि निरन्तर संविधानसभाबाट संविधानको कुरा उठाउने म नै हुँ । त्यसैले संविधान आउँदा म असाध्यै हर्षित छु ’ भट्टराईले भने, ‘संविधानको प्रस्तावनादेखि अन्तिम शब्दसम्म कण्ठ कि मलाई छ, कि कृष्ण सिटौलालाई छ । त्यस हिसाबबाट यो संविधान जारी हुँदा मलाई अत्यन्तै गर्व छ । म साह्रै खुशी छु ।’
www.annapurnapost.com
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि अहिले देखिएका समस्याहरु समाधान हुने बताएका छन् ।

शनिबार राजधानीमा युवा संघको बैठकलाई सम्बोधन गर्दै उनले सकेसम्म सहमतीय नभए बहुमतीय सरकार गठन गरेर अहिलेका सवै समस्याबाट मुक्त गराउने बताए ।

संविधानसभाबाट संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्दा जनजीवन प्रभावित भएको भन्दै उनले उक्त नाकाबन्दी वार्ताका माध्यमबाट छिट्टै अन्त्य हुने उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, “वार्ताका माध्यमबाट अघोषित नाकाबन्दी अन्त्य गर्ने प्रयत्न भइरहेको छ, धेरै आत्तिनु पर्दैन, नेपाल–भारतबीच छिट्टै मैत्रीसम्बन्ध अझ अगाडि बढ्नेछ ।”

नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उनले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गरे ।

अध्यक्ष ओलीले भने–“संविधानमा तराईका हकअधिकार सुनिश्चित नभएको हल्ला चलाएर भ्रम फैलाउने गलत काम भएको छ, त्यस्तो गलत शब्द प्रयोग गरेर संविधानको व्याख्या गर्नुहुँदैन ।”

उनले प्रतिक्रियावादीको चलखेलका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभामा उनीहरुको जोर नचलेपछि मधेसी जनतालाई उचाल्ने काम भएको बताए ।

कार्यक्रममा युवा सङ्घका इन्चार्ज शेरधन राईले सङ्घलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए ।
सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालका अनुसार सङ्घका अध्यक्ष निरुपालको अध्यक्षतामा बसिरहेको बैठकले संविधान जारी भएपछि उत्पन्न अवस्थालाई ध्यान दिँदै नयाँ कार्यक्रम तय गर्नेछ ।

www.ratopati.com
नाकाबन्दीबारे अनिर्णीत
नयाँदिल्ली: नेपालमा जारी भारतविरोधी भावनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले शुक्रबार नयाँदिल्लीमा नेपाली राजदूत दीपकुमार उपाध्यायसँग निराशा र अप्रसन्नता व्यक्त गरेका छन्।

उनले तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्न नसकेको भन्दै राजदूत उपाध्यायसँग असन्तुष्टि व्यक्त गरेका थिए।भारतीय प्रधानमन्त्री मोदी राष्ट्रसंघीय महासभाबाट फर्केको दुई दिन बितिसके पनि एक हप्तादेखि नेपालमाथि लगाइएको नाकाबन्दी फिर्ता र नेपालसँग चिसिएको सम्ंबन्धबारे भारत सरकारले कुनै निर्णय लिन सकेको छैन।

डोभलसँग भएको बैठकबारे राजदूत उपाध्यायले भने, ‘भारत अहिले देखिएको समस्या चाँडो हल होस् भन्नेमा छ। नेपाली जनतामाथि दुःख दिने कुनै नियत नभएको उहाँको भनाइ पाएँ। तर कहिले समस्या हल हुन्छ भन्ने कुनै मिति निश्चित छैन।' राजदूत उपाध्यायले नेपालमा पेट्रोल, औषधि र खाद्यान्न अभाव हुँदा जनजीवन कष्टकर बन्दै गएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरेका थिए।

राजदूत उपाध्यायले भारतले लादेको नाकाबन्दी लम्बिन सक्ने संकेत गरे। ‘भारतीय कूटनीतिक परिधिभित्र रहेर अहिलेको समस्याको निकास चाँडै हुन्छ भनेर परिभाषा गर्न मुस्किल छ,' उनले भने। राजदूत उपाध्यायसँगको भेटमा डोभलले भारतीय ट्रकहरूबाट सामान नेपालतर्फ जान नसक्नु दुर्भाग्यपूर्ण बताएर पन्छिए। तर उनले नाकाबन्दी कहिले हट्ने प्रस्ट बताएनन्।
annapurnapost.com
काठमाडौँ, १६ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको गठनसँगै विद्यमान समस्या समाधान भएर जाने बताउनुभएको छ ।
युवा सङ्घको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सकेसम्म सहमतीय नभए बहुमतीय सरकार चाँडै गठन भइ जनताले भोग्नु परेका समस्याहरु समाधान हुँदै जाने बताउनुभयो ।
संविधानसभाबाट संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्दा जनजीवन प्रभावित भएको भन्दै उहाँले उक्त नाकाबन्दी वार्ताका माध्यमबाट छिट्टै अन्त्य हुने उल्लेख गर्नु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “वार्ताका माध्यमबाट अघोषित नाकाबन्दी अन्त्य गर्ने प्रयत्न भइरहेको छ, धेरै आत्तिनु पर्दैन, नेपाल–भारतबीच छिट्टै मैत्रीसम्बन्ध अझ अगाडि बढ्नेछ ।”
नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उहाँले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो–“संविधानमा तराईका हकअधिकार सुनिश्चित नभएको हल्ला चलाएर भ्रम फैलाउने गलत काम भएको छ, त्यस्तो गलत शब्द प्रयोग गरेर संविधानको व्याख्या गर्नुहुँदैन ।”
एमाओवादी परित्याग गरेका बाबुराम भट्टराई तर्फ संकेत गर्दै उहाँले प्रतिक्रियावादीको चलखेलका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभामा उनीहरुको जोर नचलेपछि मधेसी जनतालाई उचाल्ने काम भएको बताउनुभयो ।
एमाओवादी परित्याग गरेका बाबुराम भट्टराई तर्फ संकेत गर्दै उहाँले प्रतिक्रियावादीको चलखेलका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभामा उनीहरुको जोर नचलेपछि मधेसी जनतालाई उचाल्ने काम भएको बताउनुभयो ।
युवा सङ्घमा देखिएको विवादलाई आन्तरिकरुपमा समाधान गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राष्ट्र निर्माणमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, विवादमा अल्झिनु हुँदैन ।”
कार्यक्रममा युवा सङ्घका इन्चार्ज शेरधन राईले सङ्घलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो । सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालका अनुसार सङ्घका अध्यक्ष निरुपालको अध्यक्षतामा बसिरहेको बैठकले संविधान जारी भएपछि उत्पन्न अवस्थालाई ध्यान दिँदै नयाँ कार्यक्रम तय
dainiknepal.com
काठमाडौं, असोज १६ । ग्वाटेमालाको पूर्वी सहर एल काम्ब्रे डोसमा भारी वर्षापछि आएको पहिरोमा परी धेरैजनाको मृत्यु भएको छ ।

उद्धारकर्मीहरुले कम्तिमा २६ जनाको शव निकालेको बताएका छन् । पहिरोमा परी ६ सय मानिस हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । रातको समयमा पहिरो जाँदा सुतिरहेका मानिस बगेर बेपत्ता भएका हुन् ।

पहिरोमा पुरिएकामध्ये जीवित रहेका केहीले भने आफ्ना आफन्तलाई फोन र मेसेज पठाएर सम्पर्क गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षा जारी रहेकाले खोज र उद्धार प्रभावित भएको बताइएको छ । (एजेन्सी) imagekhabar.com
गोरखा– पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूल हिमाल, पहाड र तराइबीचको विभेद र द्वन्द्व हटाएर एकता कायम गर्नका लागि पार्टी परित्याग गरेको बताएका छन् । उनले आफूमा कुनै पनि पदमा लोभ लालच नभएको बताउँदै अबको समय जनताको सेवामा खर्चने बताए ।
पार्टी परित्यागपछि पहिलो पटक शनिबार गृहजिल्ला आइपुगेका उनले मतदाताहरुसँग भेटघाट गर्न आयोजित कार्यक्रममा सम्बेधन गर्दै भने, ‘ प्रधानमन्त्री भइसेको मान्छे मलाई कुनैपनि पदको लोभ छैन जनताको सेवा गर्न पार्टी छाडेको हुँ ।’
यद्यपी उनले संविधान बनेर देश नयाँ युगमा प्रवेश गरिसकेको अवस्थामा नेतृत्व पनि नयाँ शक्तिले गर्नुपर्ने भएकाले त्यसैका लागि आफू लागिपरेको भने बताए । नयाँ शक्तिका लागि विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी, व्यापारीलगायतसँग छलफल चलिरहेको र सबैको सुझावको आधारमा अघि बढ्ने उनको भनाई थियो ।

सो क्रममा भट्टराईले सामाजिक संजालहरुमा आफूप्रति लगाइएको आरोपको कुनै सत्यता नरहेको समेत दाबी गरे ।
पहाड र मधेशसबीचको बढ्दो दूरी कम गर्नुपर्नेमा जोड दिँदै उनले तराईमा अशान्ति हुँदा छिमेकी ठुला देशले नेपाल विरुद्ध खेल्न सक्ने भएकाले समस्या यथासक्दो चाँडो समाधान गर्नमा जोड दिए ।
राष्ट्रिय एकता बलियो र भारतसँगको परनिर्भरता हटाउन नसक्दा अहिले तराई आन्दोलन र भारतको नाकाबन्दीले ठुलो संकट आईलागेको समेत उनले बताए ।

सम्बोधनका क्रममा केहि भावु देखिएका उनले मतदातबाट बिदाई माग्न आफू गोरखा आएको भन्दै अहिले जिल्लाबासी, सहयात्री साथीभाईको नाताले उपस्थित भएको बताए।

www.ratopati.com
एजेन्सी : भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाक हमिरपुरमा मन्दिरमा पसेको आरोमा एक ९० वर्षीय दलित वृद्धलार्इ आगो लगाएर जिउँदै जलाइएको छ ।

घटना हमिपरपुरको बिलगाउँमा भएको हो । बुधवार दिउँसो ९० वर्षीय खिमा अहिरवार पत्नी र भाइसँगै मन्दिरमा गएका थिए ।

उनीहरु मन्दिरमा पुगेपछि त्यहाँ रहेका सञ्जय तिवारी नामका एक व्यक्तिले मन्दिरमा पस्नका लागि दलित परिवारसँग पैसा मागेका थिए । दलित परिवारले पैसा दिन इन्कार गरेपछि ती वृद्धमाथि तिवारीले बन्चरोले हानेका थिए ।

बन्चरोले काटेर लडाएपछि ती वृद्धमाथि तेल खन्याएर उनलार्इ मन्दिरमै जिउँदै जलाइएको हो ।

प्रहरी वृद्धको हत्या अभियोगमा तिवारीलार्इ गिरफ्तार गरिसकेको छ । घटना हुँदा नशामा  रहेका  तिवारीले दलितसँग मन्दिर पसेको बदलामा पैसा मागेका थिए ।

घटनापछि तिवारीले भाग्ने कोशिस गरेका थिए । तर गाउँलेले उनलार्इ पक्रेर पुलिसको जिम्मा लगाइदिए ।

घटना भएको गाउँका दलित समुदायले आफूहरुलार्इ मन्दिर जान अनुमति नदिइएको बताउँदै आएका छन् । घटनापछि गाउँका दलित समुदाय त्रसित छन् ।

पुलिसले घटनाको पुष्टि गर्दै वृद्धको हत्यापछि तिवारी भाग्न खोजेपनि उसलार्इ पक्रेर आफूहरुलार्इ बुझाएको जानकारी दिएको छ । www.annapurnapost.com
पोखरा : एमालेका महासचिव ईश्वर पोखरेलले पूर्वसहमतिअनुसार नै प्रधानमन्त्रीले पद त्यागको घोषणा गरेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीले शनिबार बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले भने,  प्रधानमन्त्रीले

सहमतिअनुसार नै पद त्यागको घोषण गर्नु भएको छ । अब नयाँ सरकार निर्माणको प्रक्रिया सुरु भएको छ। उनले  सकेसम्म सहमति नभए बहुमतीय आधारमा सरकार बन्ने धारणा राखे ।


मुख्य पार्टीले नै सरकारको नेतृत्व गर्ने बताउँदै महासचिव पोखरेलले एमालेले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री लागि प्रस्ताव गर्ने बताए।

एमालेले दया र मायाका भरमा भन्दा पनि आफ्नो हैसियतले सरकारको नेतृत्व गर्ने बताउँदै उनले एमालेको नेतृत्वमा सरकार नबने संविधान कार्यान्वयनमा कठिनाई हुने तर्क पेस गरे।

पोखरेलले  नयाँ संविधानलाई विश्वले नै स्वागत गरिरहेका बेला भारत भने बेखुसी हुनु दुःखद भएको बताए।
annapurnapost.com
भैरहवा–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको जिल्ला स्तरिय नेता तथा कार्यकर्ताले गरेको प्रर्दशनका कारण अवरुद्ध बनेको रुपन्देहीस्थित बेहलिया नाका केहिबेर अघिदेखि फेरि सञ्चालनमा आएको छ ।
मोर्चाका कार्यकर्ताहरुले समानुपातिक प्रनिनिधित्व हनुपर्ने, सीमांकनको हेरफर हुनुपर्ने, आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क उपचार हुनुपर्नेलगायतका माग राख्दै गरेको प्रदर्शन र धर्नाका कारण सीमानाका ठप्प बनेको थियो । मोर्चाका कार्यकर्ताहरुले भारतसँग सीमा जोडिएको विभिन्न नाका ठप्प बनाएपनि तुलनात्मक रुपमा यो नाका हुँदै केहि सवारीसाधन भित्रिदै आएका थिए । अवरोध हटेसँगै जाँच पास भएर नेपाल भित्रिसकेका१६ ओटा पिकअप , ६ ओटा ट्यांकट, दुई ओटा एलपी ग्यास बोकेका बुलेट गन्तब्यतर्फ लागेका छन् भने अन्य सवारीसाधन पनि भित्रने क्रम जारी रहेको छ । यसैबीच मोर्चाले प्रदर्शनपछि गरेको विरोध सभालाई सम्बोधन गर्दै मोर्चाका स्थानीय नेताहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका छन् । उनीहरुले आफूहरुको आन्दोलनको वेवास्ता गरि सवारी साधनहरु नेपाल भित्रिएको भन्दै जलाइदिने सम्मको धम्की दिएका छन् । मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले सीमानाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जलाइदिने चेतावनी दिए । उनले देशभरका सीमानाका ठपप भएपनि बेहलिया नाकाबाट भने उलंघन हुने काम भएको भन्दै यस्तो धम्की दिएका हुन् । सीमा क्षेत्रमा नेपाली र भारतीय दुबै तर्फबाट सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । www.ratopati.com
गोरखा : मनास्लु हिमाल सफल आरोहण गरेर फर्केका एक अष्ट्रेलियन नागरिकको लडेर मृत्यु भएको छ ।

शुक्रबार हिमाल आरोहण गरेर फर्कँदै गरेका जोल्टन बेनेडेकको मनास्लुस्थित चौथो शिबिरबाट लडेर मृत्यू भएको पर्यटन बिभागका ज्ञानेन्द्र कुँवरले जानकारी दिए ।

सोही स्थानबाट लडेर अर्का आरोही घाइते भएका छन् । फ्रान्सका किन लुक घाइते भएका हुन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

राहदानी नम्बर ४८४४०६४ रहेका बेनेडेकको शव शनिबार साढे १२ बजे हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

गत सेप्टेम्बर ५ मा सेभेन सम्मिट ट्रेक्स प्रालिबाट १४ जनाको टोली मनास्लु आरोहणका लागि गएको थियो ।

उनीहरु अक्टोबर १ मा बिहान आठबजे मनास्लु आरोहण गरेर उनीहरु फर्केका थिए । सोही दिन बेनेडेकको मृत्यु भएको सेभेन सम्मिटका प्रबन्धक निभेष कार्कीले जानकारी दिए ।

मनास्लु हिमाल गोरखाको सामागाउँ गाविसमा रहेको छ । विश्वकै सातौं अग्लो आठ हजार एकसय ६३ मिटर उचाइको मनास्लु हिमाल ‘किलर माउण्टेन’ का रुपमा परिचित छ ।

गत बैशाखको भुइँचालोले पर्यटन पदमार्ग तहसनहस भएपछि आरोहीहरु हेलिकोप्टरबाट सामागाउँसम्म पुगेर हिमाल चढ्ने गरेको स्थानीय होटल ब्यवसायी वीरबहादुर लामाले जानकारी दिए  । annapurnapost.com
एजेन्सी । वास्तुशास्‍त्र एउटा यस्तो व‌िज्ञान हो जो द‌िशा एवं मानिसहरुको आस-पासका वस्तुबाट उत्पन्न हुने उर्जाको प्रभावलाई बताउँछ ।
वास्तु व‌िज्ञानका अनुसार यदि उर्जा अनुकूल छ भने मानिसको प्रगत‌ि हुन्छ र यदि प्रत‌िकूल उर्जा भयो भने अप्ठेराहरु आउँछन् । यो जीवनका हरेक क्षेत्रमा लागू हुन्छ चाहे त्यो मानिसको वैवाह‌िक सम्बन्ध होस् वा व‌िवाहको चाहना ।
तर पनि प्रतिकुल अवस्थालाई अनुकुल बनाउन योग्य पुरुषहरु प्रयास गर्छन् । खासगरी विवाह गर्न योग्य पुरुषले उर्जा अवस्था अनुकुल बनाउन यी सात वटा कुरा भुलेर पनि गर्नुहुँदैन् ।
१) वास्तु व‌िज्ञानका अनुसार व‌िवाहका लागि योग्य कुमार युवाहरुले दक्ष‌िण र दक्ष‌िण पश्च‌िम द‌िशामा सुत्नुहुँदैन् । यसले व‌िवाहमा बाधा आउँछ । यसकै कारण विवाहका लागि खान्दानी परिवारसँग सम्बन्ध पनि गाँसिदैन् ।
२) विवाह गर्न योग्य पुरुषहरुले कालो रंगको कपडा र अर्काको वस्तुको प्रयोग कम गर्नुपर्छ ।
३) विवाह गर्न योग्य पुरुषहरुले आफ्नो ब‌िस्तरा मिलाएर राख्नुपर्छ ताक‌ि सुत्ने समयमा उत्तर र स‌िर दक्ष‌िण द‌िशामा होस् ।
४) जून कोठामा एक भन्दा बढी ढोका हुन्छन् त्यस्ता कोठामा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुपर्छ । जून कोठामा हावा र उज्यालोको प्रवेश कम हुन्छ त्यस्ता कोठामा सुुत्नु हुँदैन् ।
५) विवाह योग्य पुरुषको कोठाको रंग अध्यारो अथवा गहिरो हुनुहुँदैन् । पर्खालको रंग चम्किलो, पहेलो र गुलाबी हुनुलाई शुभ मानिन्छ ।
६) यस्तो ठाउँमा विवाह गर्न योग्य पुरुषहरुले सुत्नुहुँदैन् जहाँ विजुलीको बीम झुण्ड्याइएको देखिन्छ ।
७) यदि विवाह गर्न योग्य पुरुषसँग कोही अरु पनि कोठामा सँगै बस्छ भने विवाह गर्न योग्य पुरुषले आफ्नो विस्तरा ढोका नजिक राख्नुपर्छ ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home