• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर
गौशाला, ९ पुस । तीन महिनादेखि मधेसमा आन्दोलनरत तराई मधेस लोकतान्त्रिक पार्टीका नगर अध्यक्ष नवोनाथ कुँवरको गएराति हृदयघातबाट मृत्यु भएको छ ।
महन्थ ठाकुरको नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी महोत्तरीका संस्थापक सदस्य एवम् जलेश्वर नगर पार्टी कमिटीका अध्यक्ष कुँवरको गएराति भारतको मुज्जफरपुर सहरस्थित अस्पतालमा मृत्यु भएको हो ।
२०१२ सालमा बाबु बालेश्वर कुँवर र आमा गुलाबदेवीको कोखबाट जलेश्वर नगरपालिका–११ खैरामा जन्मिनुभएका नेता कुँवरको ६० वर्षको उमेरमा मृत्यु भएको हो । २०६४ सालमा पार्टीको स्थापनाकालदेखि नै पार्टीको नगर अध्यक्षको भूमिकामा रहनुभएका नेता कुँवरलाई बुधबार बेलुका ५ बजे आफ्नै घरमा हृदयाघात भएको तथा परिवारजनले उपचारका लागि भारतको मुज्जफरपुर लगिएकोमा उहाँको गएराति मृत्यु भएको निजकी छोरी लक्ष्मी तिवारीले बताउनुभयो । सन्तानका रुपमा नेता कुँवरका चारजना छोरी मात्र छन् ।
नेता कुँवरको मृत्युबाट तमलोपा महोत्तरीलाई ठूलो क्षति भएको बताउँदै सो पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माले उहाँको पार्थिव शरीरलाई आज जलेश्वर नगरभरि शवयात्रा गराई उहाँको जन्मभूमि खैरामा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिँदै अन्तिम संस्कार कार्यक्रम गरिने बताउनुभयो ।
dainiknepal
९ पुस, बीरगञ्ज ।

नेपाल भारतको सिमाना दशगजाँ क्षेत्रमा धर्ना दिइरहेका मधेशी मोर्चाका कार्यकर्तालाई गएराति फेरी तस्करहरुले आक्रमण गरेको छन् ।

मधेशी मोर्चाले आफना प्रमुख मुद्दा सिमांकन हेरफेर गर्नुपर्ने माग राख्दै गरेको आन्दोलन विरोध सभा, आम हडताल, चक्का जाम, राजमार्ग अवरुद्ध हुदै नेपाल भारत सिमानाकाको प्रमुख नाकामा धर्ना दिन थालेको विहीबार ९३ दिन पुगेको छ ।
headlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मुम्बई । भारतको महाराष्ट्र सरकार सन् २००२ को हिट एन्ड रन मुद्दामा अभिनेता सलमान खानविरुद्द सर्वोच्च अदालत जाने भएको छ । स्थानीय पत्रकारका अनुसार महाराष्ट्र सरकारले बुधबार उच्च अदालतमा अपिल गरिसकेको छ ।
केही समयअघि सलमानलाई एउटा अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो । तर, केही दिनअघि मात्रै उच्च अदालतले सलमान निर्दोष भएको फैसला गर्दै उनीबिरुद्दका सबै मुद्दा खारेज गरिदिएको थियो ।
२८ सेप्टेम्बर २००२ मा फुटपाथमा सुतिरहेका मानिसमाथि गाडी चलाएको आरोपमा अदालतले उचित फैसला नगरेको महाराष्ट्र सरकारको आरोप छ । (नयाँ पत्रिकाबाट)
dainiknepal
९ पुस, काठमाडौं । रुस भ्रमणमा रहेका भारतीय प्रधानन्त्री नरेन्द्र मोदीमाथि राष्ट्रगानको अपमान गरेको आरोप लागेको छ ।
प्रधानमन्त्री मोदी मस्कोमा पुगेपछि विमास्थलमा रुसी सेनाले ‘गार्ड अफ अनर’ लिएको थियो । उक्त समयमा भारतको राष्ट्रगान ‘जनगणमन…’ बज्यो । तर, प्रधानमन्त्री मोदी हिड्न लागे ।
यो देखेपछि रुसी अफिसरले मोदीलाई रोके र अधिकारीले हात समातेर नै ताने । त्यसपछि मोदी सावधान मुद्रामा उभिए ।

राष्ट्रगान बज्दा सावधान मुद्रामा उभिएर बस्ने चलन छ । तर, यो घटनापछि मोदीको सामाजिक सञ्जालमा आलोचना भएको छ र राष्ट्रगानको अपमान गरेको आरोप लागेको छ ।
रुस र भारतबीचको वाषिर्क शिखर वार्तामा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी रुस पुगेेका हुन् । उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता भएको छ ।
onlinekhabar
बिहीबार, ९ पुष
वीरगन्ज । मधेस आन्दोलनका नाममा लामो समयदेखि वीरगञ्जको मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पार्दै आएका मधेसी मोर्चाका कार्यकर्तामाथि बुधबारराति आक्रमण भएको छ ।
वीरगञ्ज रक्सौलको मितेरी पुलमा तस्तकरहरुले आक्रमण गरेपछि झडप भएको हो । झडपका कारण बुधबारराति सो क्षेत्रको अवस्था तनावग्रस्त बन्यो ।
मधेसी मोर्चाका कार्यकर्ताले नाका अवरोधका लागि बनाएको बाँसको ढाट हटाएर तस्करहरुले सामान नेपाल भित्राउन खोजेपछि दुवै पक्षबीच झडप भएको हो ।
तस्करहरुले रक्सौलबाट ल्याएको सामान मोर्चाका कार्यकर्ताले रोक्न खोजेका थिए । त्यसलगत्तै थोरै संख्यामा रहेका आन्दोलनकारीमाथि तस्करहरुको समूहले आक्रमण गरेको थियो ।
लामो समयदेखि मोर्चाले नाका अवरुद्ध गर्दा नेपालमा अत्यावश्यक सामग्रीहरु तस्करी गरी भित्राउने क्रम बढेकोे छ ।
nepalsandesh
२०७२ पुष ९ गते
नेपाली पोर्नस्टारका रुपमा चर्चित बिन्दु परियारले आफ्नो श्रीमानमाथि हालेको मुद्दा जितेकी छन् । र, उनले ७२ लाख डलर (७२ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएकी छन् ।
उनलाई जबरजस्ती पोर्नस्टार बनाएको ठहर गर्दै अदालतले श्रीमान टम रान्डेल सेवेललाई उक्त रकम क्षतिपूर्ति दिन आदेश दिएको हो ।
बिन्दूलाई टमले झुक्याएर ब्रेस्ट इम्प्लान्ट (स्तन ठूलो बनाउने शल्यक्रिया) गराउनुका साथै उनको पासपोर्ट लुकाइदिएको र एउटा नग्न क्लबमा काम गर्न आदेश दिएको, अन्य पुरुषहरुसित यौन सम्वन्ध राख्न वाध्य पारेको र त्यसलाई भिडियोमा कैद गरेको डलासन्यून डट कममा प्रकाशित समाचारमा उल्लेख छ ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिहीबार, ९ पुष

कपिलबस्तु । जनकपुरको राम जानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अभद्र व्यवहारको बिरोधमा कपिलबस्तुको चन्द्रौटामा बिरोध प्रर्दशन भएको छ।
अन्तर पाटी महिला संजालको आयोजनामा विभिन्न संघ संस्थाहरूको सहकार्यमा बुधबार बिरोध प्रर्दशन भएको हो ।
बिरोध प्रर्दशनमा राष्ट्रपतिमाथि जनकपुरमा भएको दूव्र्यवहारले सम्पूर्ण नेपाली र सम्पुर्ण नेपाली महिलाहरुको अपमान गरिएको भन्दै बिरोध गरिएको थियो ।
बिरोध प्रर्दशनमा सयौ स्थानिय महिलाहरुको सहभागिता रहेको थियो ।
nepalsandesh
काठमाडौं, ९ पुस । ‘अदालतमा भ्रष्टाचार छ भन्यो भने भ्रष्टाचारीहरुलाई सजिलो हुँदो रहेछ, त्यसैले मेरो सवैलाई आग्रह छ न्यायालयमा भ्रष्टाचार हुँदैन भनिदिनस्, नत्र विचौलियाहरु सक्रिय हुँदा रहेछन्’, बुधबार न्यायमा पहुँच कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भने ‘मैले न्यायालयमा भ्रष्टाचार भएको देखेको छैन, तर सुनेको छु, प्रमाण फेला पारेमा कारवाही हुन्छ ।’
सर्वाेच्च अदालत र कानुन तथा संबैधानिक पत्रकार मन्चले आयोजना गरेको कार्यक्रममा पत्रकारहरुले पहिले कानुन ब्यवसायीले बिचौलियको काम गर्ने गरेका थिए तर अहिले न्यायाधीशले नै मुद्दाका पक्ष र विपक्षलाई भेटेर सोझै रकमको बार्गेनिड गरेको जनगुनासो प्रधानन्यायाधीश श्रेष्ठलाई सुनाएका थिए । पत्रकारहरुको जनगुनासो सुनेपछि आक्रमक हुँदै श्रेष्ठले भने ‘तपाईहरुले यो गम्भिर कुरा उठाउनु भयो, यति यस्तो सत्य हो भने भ्रष्टाचारी संस्था किन राख्ने यसलाई राज्यले भंग गरिदिए हुन्छ ।’

कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले १५ प्रतिसत नेपालीमा मात्र न्यायिक पहुँच भएको बताए । उनले १५ प्रतिसत नागरिकले मात्र न्याय सेवा पाएको तथ्य सत्य भएको बताए । तर कार्यक्रमका कार्यपत्र प्रस्तुता पत्रकार धर्मेन्द्र झाले कतिपय स्थानलाई हेर्नें हो भने ३ प्रतिसत नागरिकले मात्र न्याय सेवा पाएको बताए ।
न्याय महँगो, झन्झटिलो, र लामो समय लाग्ने भएका कारण न्यायाबाट नागरिक टाढा हुँदै गएको सहभागिहरुले बताएका थिए ।yeskathmandu
९ पुस , वासिङटनडिसी (अमेरिका)।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हालै पेरिसमा फलदायी भेटवार्ता भएको जलवायु परिवर्तन मामलासम्बन्धी अमेरिकी विज्ञ टोड स्टर्नले बताए ।

फ्रान्सको पेरिसमा हालै भएको जलवायु सम्मेलनको सेरोफेरोमा दुई देशका प्रसिद्ध नेताबीच भेट भएको र उक्त भेटका क्रममा उनीहरुले दुई देशका लागि दृढ एवम् लाभदायी सम्बन्ध विस्तारका बारेमा कुराकानी भएको स्टर्नले मङ्गलबार जानकारी गराएको एपीले बताएको छ ।

अमेरिकी राष्ट्रपति ओबामा र भारतीय प्रधानमन्त्री मोदीको भेट अमेरिका र भारतबीच जलवायु परिवर्तनले ल्याएका समस्या समाधान गर्ने प्रतिफलमूलक भएको बताए ।


भेटमा जलवायु परिवर्तनले उब्जाएका समस्या समाधान तथा भारत अमेरिकाबीच रहँदै आएको सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

चार महिनाको बीचमा दुई देशका राष्ट्र प्रमुखले दुवै देशको आलोपालो गरी भ्रमण गरे ।

पहिले भारतीय प्रधानमन्त्री सन् २०१४ सेप्टेम्बरमा अमेरिका गएलगत्तै जनवरीमा राष्ट्रपति ओबामा भारत भ्रमणमा आएका थिए । उनले थपे, यो दुई देशका नेताबीच भएको दुर्लभ यथार्थ थियो ।

अहिले पनि दुई नेता समयसमयमा नियमित भेट गरिरहेका छन् । उनीहरुले यूएनजीएको सेरोफेरोमा न्युयोर्कमा भेट गरे, पछि फेरी पेरिसमा भेट भएको छ ।

सबै भेट हार्दिक र सकारात्मक भएका थिए । यसले दुई देशको सम्बन्ध थप प्रगाढ हुने उनको ठहर थियो ।nepaliheadlines
नवलपरासी, पुस ९ । संविधान जारी सँगै चर्किएको मधेस आन्दोलनकै अवधिमा जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट एकसय बढी भारतीय महिलाहरुले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् ।
चार महिना अघिदेखि मधेसमा जारी भएको आन्दोलन मध्ये वैवाहिक अंगिकृत नागरिकता सम्बन्धिको व्यवस्थाको विरोध पनि एक हो ।
मधेसी दलहरुले संविधानको मस्यौदा माथि नागरिकको मत संकलन तयारी भएदेखि अहिलेसम्म पनि वैवाहिक अंगिकृत नागरिकताको अधिकार समेत कटौती भएको बताउँदै आएका छन् ।
आन्दोलन अन्र्तगत नवलपरासी सदरमुकामसहित दक्षिण भेग विगत चार महिनादेखि प्रभावित बन्दै आएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाका अनुसार संविधान जारी भएको असोज ३ देखि मधेस आन्दोलनको अवधिमा हालसम्म १ सय १८ जना भारतीय महिलाहरुले वैवाहिक अंगिकृत नागरिकता लिएका हुन् ।
अंगिकृत नागरिकता लिएका भारतीय महिलाबाट जन्मेका सन्तानले वंशजको नागरिकता पाउने प्रावधान छ । वैवाहिक नागरिकता सम्बन्धि मधेसीदलहरुले गरेको प्रचार गलत भएको प्रशासनले जनाएको छ ।
वैवाहिक नेपाली नागरिकता लिनेमा भारतको महाराजगञ्ज, देवरिया, सिसैनियादेखि गोरखपुर जिल्लाका भारतीय महिलाहरु बढी छन् ।
imagekhabar
बिहीबार, ९ पुष
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आज पुर्णता पाउने भएको छ ।
तीन जना सांसद रहेको नेकपा संयुक्तले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गरेका केही दलहरुलाई सरकारमा ल्याउन लागेका हुन्।
कुनै प्रभाव नभएका विश्वेन्द्र पासवानलाई सरकारमा सामेल गराएका ओलीले १२ सिट भएको राप्रपालाई सरकारमा ल्याउन सकेका छैनन् ।
उनले आज विवादकाबीच राप्रपाका दुवै खेमाकालाई सहभागि गराएर सरकार विस्तार गर्न लागेका हुन् । ओली सरकारमा दिपक बोहोरा र विक्रम पाण्डेले मन्त्री पाउने छन् भने लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द र अर्का एक लाई राज्य मन्त्रीमा ल्याउने तयारी भएको छ ।
यस्तै प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका केही प्रभावशाली नेताहरुलाई मन्त्री र राज्यमन्त्री बनाउने तयारी गरेका छन् । एमाले स्रोतका अनुसार रविन्द्र अधिकारीलाई सहरी बीकास र जनार्दन ढकाललाई सोहै मन्त्रालयको राज्यमन्त्रीमा ल्याउने तयारी भएको छ ।
यस्तै श्रम तथा रोजगारमा रामबीर मानन्धरलाई ल्याउने तयारी गरिएको एमाले स्रोतको दाबी छ ।
यस्तै केही प्रभावशाली एवं प्रत्यक्ष निर्वाचित सांसदहरुलाई राज्यमन्त्री बनाउने तयारी ओलीले गरेका छन् । थपीने राज्यमन्त्रीहकालागि आन्तरिक छलफल भैरहेको बालुवाटार स्रोतले बताएको छ ।
यस्तै अन्य साना दलहरुलाई विभिन्न राजनीतिक नियुक्ति दिनेगरि सरकारको समर्थनमै राख्ने तयारी समेत गरिएको छ । यसकालागि कस्लाई केमा नियुक्ति दिने भन्ने लिस्ट समेत तयार भैसकेको स्रोतको दाबी छ ।
nepalsandesh
२०७२ पौष ९ बिहीवार
मितेरी पुल रातभर तनावग्रस्त बन्‍यो
वीरगन्ज: आन्दोलनरत मधेसी दलले धर्ना दिएर नाका ठप्प पारेको वीरगन्ज रक्सौलको मितेरी पुलमा बुधबार राति आन्दोलनकारी र तस्करहरुबीच झडप भएको छ।



झडपका कारण मितेरी पुलको अवस्था बुधबार रातभर तनावग्रस्त बन्यो।भारतको रक्सौलबाट सामानको तस्करी गर्ने तस्करहरुले मितेरी पुलमा आन्दोलनकारीले नाका अवरुद्ध पार्न राखेको बाँसको ढाट हटाएर सामान भित्रयाउन खोजेपछि झडप भएको हो।

करिब सय जनाको संख्यामा आएका तस्करहरुले मितेरी पुलमा राखिएको बाँसको ढाट हटाउन खोजेपछि आन्द्योलनकारीहरुले प्रतिवाद गर्दा झडप भएको धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी पर्साका सचिव कृणा पटेलले बताए। तस्करहरुले रक्सौलबाट टाँगा, ठेला र रिक्सामा ल्याएको कपडा लगायतका सामान आन्दोलनकारीले रोक्न खोज्दा तस्करहरु हुल बाँधेर  लठठी भाटा बोकेर आन्दोलनकारीलाइ कुटन आएका थिए।

बुधबार बेलुकी धर्नामा १५-२० जना मात्र आन्दोलनकारी बसेका बेला कबिर सय जनाको संख्यामा आएका तस्करहरुले आक्रमण गर्न खोजेपछि स्थिती निक्कै तनाग्रस्त बनेको सचिव पटेलले बताए। आन्दोलनकारीलाइ तस्करहरुले कुटन खोजेको समाचार विभिन्न एफ एम रेडियोबाट प्रशारण भएको सुनेर बुधबार राति नै गाँउ-गाँउबाट मधेसी जनता मितेरी पुलमा पुगेपछि तस्करहरु भागेको र राति १२ बजे पछि स्थिती सामान्य बनेको उनले बताए।

अहिले मितेरी पुलमा करिब एक सय जना आन्दोलनकारीहरु धर्नामा रहेको सदभावनाका सचिव पटेलले बताए।संविधान निर्माण र सीमांकनको विरोधमा  साउन ३० गते देखि नै आन्दोलनरत मधेसी दलले वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा असोज ७ गते देखि धर्ना दिएर नाका पनि ठप्प पार्दै आएका छन्।

मधेसी दलका नेता कार्यकर्ताहरुले दिनरात २४ सै घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, पुस ९ । बुधवार राजधानीको तापक्रम शून्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार विहान ८ः४५ को न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस रेकर्ड भएको हो । यो हिउँदकै सबैभन्दा कम तापक्रम हो ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठले अझै न्यूनतम तापक्रममा गिरावट आउन सक्ने बताए । ‘अहिलेको मौसमी अवस्थामा परिवर्तन नआएसम्म न्यूनतम तापक्रम घटिनै रहने देखिन्छ’ श्रेष्ठले भने, ‘माईनसमा पनि झर्न सक्छ ।’ मंगलवार राजधानीको न्यूनतम तापक्रम १.५ डिग्री रेकर्ड भएको थियो ।
मौसमविद् राजेन्द्र श्रेष्ठका अनुसार हिउँदमा राजधानीको तापक्रम माईनस २.६ सम्म झरेको रेकर्ड छ । राजधानीमा केहीबेर अघिको अधिकतम तापक्रम भने १५.५ डिग्री सेल्सियस रेकर्ड भएको महाशाखाले जनाएको छ ।
बढ्दो वायू प्रदूषणका कारण सूर्यका किरण जमिनमा आउन नपाएको र हावा नचलेका कारण तापक्रममा पनि गिरावट आएको हो । कचौरा आकारको राजधानीको वायुमण्डलमा प्रदूषण तैरिएर बसेको धेरै भइसकेको छ ।
पानी परेमा यो प्रदूषण हट्ने र तापक्रममा पनि सुधार आउने मौसमविद्हरुको भनाई छ । अहिले तत्काल पानी पर्ने कुनै प्रणाली विकास हुने सम्भावनासमेत देखिएको छैन । नेपालसहित चीन र भारतमा पनि प्रदूषणका कारण चिसो बढेको छ ।
कान्तिपुर दैनिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ९ पुस । तराई मधेसमा विगत चार महिनादेखि जारी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज विराटनगर जाँदै हुनुहुन्छ ।
आन्दोलनको तयारी स्वरुप अध्यक्ष महतो विराटनगर जान लाग्नुभएको सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
‘हामी आन्दोलनमा छौँ’, उहाँले भन्नुभयो, ‘विराटनगरमा कसरी आन्दोलनमाथि उठाउने भन्ने विषयमा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्न अध्यक्ष राजेन्द्र महतो ज्यू त्यसतर्फ जान लाग्नुभएको छ ।’
अध्यक्ष महताले विराटनगरको आन्दोलन पछिल्लो समय कमजोर भएको भन्दै चिन्ता जनाउँदै आउनुभएको छ । उहाँले विराटनगरका साथै पूर्वी जिल्लाको आन्दोलन चर्काउन पहल गर्नु हुनेछ ।
वीरगञ्जबाट विराटनगर जाने क्रममा अध्यक्ष महताले भित्री सडकको प्रयोग गर्नु हुने स्रोतको भनाइ छ ।
dainiknepal
बिहीबार, ९ पुष
काठमाडौ  । काठमाडौ जिल्ला अदालतले बसन्तपुरमा दुइ किशोरीमाथि आक्रमण गर्ने जिवन बिकलाई १० वर्ष जेल समाज सुनाएको छ।
जिल्ला न्यायधीस हरि प्रताव केसीको इजालसले बिकलाई ज्यान मार्ने उद्योग ठहर गर्नै दश वर्ष कैद सजाय सुनाएको हो ।
बिकले ट्युसन पढदै गरेकी संगिता मगर र सिमा बस्नेतमाथि एसिड फ्याकेर घाइते बनाएका थिए । आजको नामगरिकमा समाचार छ ।
nepalsandesh
बिहीबार, ९ पुष
काठमाडौ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले तराईमधेसमा जारी आन्दोलनको बाहक शक्ति आफ्नो पार्टी रहेकाले सहमति टाढा नभएको बताएका छन् ।
पार्टी मुख्यालयमा बुधबार एमाओवादीको जारी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, तराईमधेसमा जारी आन्दोलनको बाहक शक्ति एमाओवादी रहेकाले सहमति टाढा छैन ।
उच्चस्तरीय राजनीतिक समितिको संयोजकका हैसियतमा आफूले मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग निरन्तर समस्याको निकासमा छलफल गरिरहेको उनले बताए ।
मधेसमा रहेका समस्यालाई निकास दिन पार्टी पुलको भूमिका निर्वाह गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । मधेसमा जे मागहरु उठेर आन्दोलन भइरहेको भने आफूले नेतृत्व गरेको पार्टी पनि ती मुद्दामा निटक रहेको जानकारी दिए । आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
बिहीबार, ९ पुष
काठमाडौ । इजरायल सरकारले केयर गिभरका लागि नेपालबाट लैजान खोजेको कामदार पठाउने काम तालिम दिने संस्थाका कारण अनिश्चित बनेको छ ।
केयर गिभरको तालिम दिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सूचीकृत गरेका संस्थाले तीनमहिने तालिम एक महिनामै सकेर तीनमहिने प्रमाणपत्र जारी गरेपछि इजरायलको रोजगारी अनिश्चित बनेको हो ।
इजरायल जाने केयर गिभरले अनिवार्य रुपमा तीनमहिने तालिम लिएको हुनुपर्ने नियम इजरायल सरकारले बनाए पनि नेपालका तालिम दिने संस्थाले एक महिनाको तालिम दिएर तीन महिने तालिम सकेको प्रमाणपत्र जारी गरेपछि समस्या आएको हो ।
वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीले इजरायल जान पहिलो चरणमा दर्ता भएका आठ सय १८ निवेदनमध्ये ६ सय २५ जनाले एकमहिने तालिम लिएर तीन महिने प्रमाणपत्र पेस गरेका छन् । आजको नागरिकमा समाचार छ ।
nepalsandesh

वि.सं. २०७२ साल पुस ९ गते। बिहीबार। इश्वी सन् २०१५ डिसेम्बर २४ तारिख। नेपाल संवत् ११३६ थिंलाथ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– चतुर्दशी, १७:५९ बजेउप्रान्त पूर्णिमा।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला। प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। उपहारको प्रसंग चले पनि आशा नराख्नु वेश हुनेछ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूले दिएको वचन पूरा नगर्न सक्छन्। काममा आफैं सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सोचेभन्दा बढी नै लाभ हुने योग छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
उत्साहमा अलि कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। तापनि प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, अनावश्यक ठाउँमा खर्च हुन सक्छ, सचेत रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। धेरैले तारिफ गर्नेछन्। कीर्तिमानी काम सम्पादन हुन सक्छ। प्रतिष्ठा कमाउने बेला छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले फाइदा हुनेछ

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ।

एजेन्सी– सत्तारुढ भारतीय जनता पार्टीले विवादास्पद अभिव्यक्ति दिएको आरोपमा आफ्ना सांसद् कीर्ति आजादलाई निलम्बन गरेको छ ।


केन्द्रीय अर्थमन्त्री अरुण जेटलीविरुद्ध उनले तल्लो स्तरको शब्द प्रयोग गरी सार्वजनिक रुपमा गाली गलौज गरेका थिए ।
अर्थमन्त्री जेटली दिल्ली क्रिकेट विकास बोर्डको अध्यक्ष रहेका बेला नक्कली कम्पनी खडा गरी रकम मुक्तानी गरेर भ्रष्टाचार गरेको आरोप आजादको थियो । भाजपाभित्र उनको अभिव्यक्तिको चर्को विरोध भएको थियो ।
भाजपा प्रवक्ता शाहनवाज हुसैनले आजादलाई निलम्बन गरिएको पुष्टि गरेका छन् । केही समयअघि मात्र आदाजले नेपालको सार्वभौमिकताविरुद्ध अभिव्यक्ति दिएका थिए ।
तराईका २२ जिल्ला भारतले बल प्रयोगमार्फत खोजेर लिनुपर्ने उनको अभिव्यक्तिको नेपाल र भारतमा समेत विरोध भएको थियो ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ८ पुस । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता सहमतिको नजिक पुगेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा मङ्गलबार सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सीमाङ्कन सच्याउनका लागि झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई विवादित जिल्ला भन्ने कि नभन्ने भन्ने विषयमा मात्रै सहमति हुन बाँकी रहेको बताउनुभयो ।
उहाँले आफ्नो पार्टी ती जिल्लालाई विवादित जिल्लाको रुपमा मान्न तयार भए पनि अन्य प्रमुख दलले अझै निर्णय गर्न नसकेको कारण समस्या भइरहेको बताउनुभयो ।
मधेसका मुद्दा सबैभन्दा पहिलो आफ्नो पार्टीले उठाएको र अहिलेका अधिकांश मुद्दा पनि आफूहरुकै रहेको उहाँको भनाइ थियो ।
अध्यक्ष दाहालले थारु, मधेसी, जनजातिलगायतले उठाएको जायज मागको पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पार्नुभयो ।
नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो दिँदै भारतले नाकाबन्दी गरेको र त्यो दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ थियो ।
नाकाबन्दीलाई आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीको मङ्सिर १५ गतेदेखि पुस ७ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि ११७ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए ।
बैठकले यसअघिको राज्य समितिको सङ्गठनात्मक संरचना परिवर्तन गर्दै सङ्घीयताको स्वरुपअनुसार सातवटा प्रादेशिक समिति बनाउने निर्णय गरेको छ ।
बैठकले प्रदेश नं १ मा राम कार्की, २ मा विश्वनाथ शाह, ३ मा कृष्णबहादुर महरा, ४ मा डिलाराम आचार्य, ५ मा चक्रपाणि खनाल, ६ मा जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई प्रादेशिक समिति इन्चार्जमा तोकेको छ ।
त्यसैगरी, बैठकले सन्तकुमार चौधरी, गौरीशङ्कर चौधरी, हरिनारायण चौधरी, विजय महतो, तपेश्वर चौधरी र मानपुर चौधरीलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।
‘माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका चुनौतीको सामना गर्न एकजुट होऔँ !, रुपान्तरणसहित पार्टी पुनःनिर्माणको अभियानमा दृढतापूर्वक अगाडि बढौँ !’ भन्ने मूल नारासहितको राजनीतिक तथा सङ्गठनात्मक प्रस्तावलाई बैठकले पारित गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले त्यस अनुसार रणनीति तथा कार्यनीति तय गर्ने र त्यसैअनुसारको पार्टी पुनःनिर्माणको प्रश्न महत्वपूर्ण हुने भएकाले त्यसैमा केन्द्रित रहने प्रस्तावमा उल्लेख छ ।
प्रतिवेदनमा एमाओवादीका पूर्व उपाध्यक्ष डा बाबुराम भट्टराईको पार्टी परित्यागका पछाडि रहेको वैचारिक, राजनीतिक प्रवृत्तिलाई दक्षिणपन्थी विसर्जनवाद र अराजकतावादी व्यक्तिवादका रुपमा संश्लेषण गरिएको छ । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी छाडेर मधेस आउन आग्रह गर्दै कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुलाई पत्र पठाएका छन् ।
मधेसी मोर्चाका नेता महतोले प्रमुख तीन दलका तराई मधेसबाट प्रतिनिधित्व गर्ने संसदहरुलाई पत्र पठाएका हुन् । ‘झण्डै १५० सांसदहरुलाई पत्र पठाएको छु’ वीरगञ्जमा रहेका महतोले अनलाइनखबरसँग भने ।
पार्टीमा रहेका आन्दोलनमा संलग्न हुन अफ्ठ्यारो भएकाले पार्टी छाडेर मधेस आन्दोलनमा आउन आग्रह गरिएको उनले बताए । ‘यो समय पार्टीको परिधिमा बााधी रहने होइन । काठमाडौंमा बस्ने होएन’ पत्रमा भनिएको छ-‘यो समय जनताको बीचमा आएर उनको आवाज बुलन्द पार्ने हो ।’
हिन्दीमा लेखिएको तीन पेजको पत्रमा ११ बुादे माग पुरा नभएसम्म पछि नहट्ने उल्लेख छ ।
यसअघि वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा मधेसका विषयमा सरकारले दोहोरो चरित्र देखाएको आरोप लगाए । साथै उनले सीमांकन बटमलाइन भएको भन्दै त्यसमा सहमति नभएसम्म आन्दोलन नरोक्ने बताए ।
onlinekhabar
काठमाडौं, ८ पुस । किर्तीपुरको चाल्नाखेलबाट हराएको नेपाल प्रहरीका डीएसपीको पेस्तोल फेला परेको छ ।
मंगलबार अपराह्न एभरेष्ट ग्यासमा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा डीएसपी टिकाबहादुर केसीको पेस्तोल गायब भएको थियो ।
उक्त पेस्तोल बुधबार साँझ ३१ घन्टापछि चाल्नाखेलका विकेश कार्की नामका युवकको घरमा फेला पारिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
चाल्नाखेलकै एक स्थानीय युवकले दिएको सुराकीका आधारमा कार्कीको घरबाट पेस्तोल बरामद गरिएको हो । घरमा प्रहरी आएपछि कार्कीले पेस्तोल प्रहरीलाई बुझाएका थिए ।
चाइनिज कम्पनीको उक्त मिनि पेस्तोलमा ७ राउण्ड गोली लोड भएको थियो ।
dainiknepal
८ पुस, काठमाडौं ।

मधेश आन्दोलनका क्रममा राज्य विरुद्ध उग्र अभिब्यक्ति दिएको भन्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सांसद् अमरेशकुमार सिंह बिरुद्ध राज्यद्रोहको मुद्दा पर्ने भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले उनीहरुमाथि मुद्धा चलाउने तयारी गरेको जानकारी दिएका हुन् ।


तीन नेताले देश विरुद्ध आपराधिक अभिब्यक्ति दिएको भन्दै उनले तीन नेतालाई राज्यद्रोहको मुद्धा सर्वोच्च अदालतमा हाल्ने तयारी गरेको जानकारी दिएका हुन् ।
nepaliheadline भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बुधबार, ८ पुष
काठमाडौँ, ८ पुस । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीको आज पद बहाली भएको छ ।
बोर्डमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोर्डका प्रमुख जोशीलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । प्रमुख जोशी गत पुस २ गते बोर्डको सिइओमा नियुक्त हुनुभएको थियो ।
कार्यक्रममा मन्त्रालयका सहसचिव साधुराम सापकोटा, बोर्डका सदस्यसचिव तथा सिइओ छनोट समितिका संयोजक घनेन्द्र श्रेष्ठ, बोर्ड सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटा तथा बोर्डका वरिष्ठ कर्मचारीलगायतको सहभागिता थियो ।
त्यस अवसरमा बोल्ने विभिन्न क्षेत्रका व्यक्तित्वले पर्यटन प्रवद्र्धनको मेरुदण्डका रुपमा रहेको नेपाल पर्यटन बोर्डलाई गति दिन सरकार र निजी क्षेत्रको सहयोग र समन्वय जरुरी भएको औँल्याए ।
साथै उनीहरुले भूकम्प र पछिल्लो नाकाबन्दीका कारण थलिएको मुलुकको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन एकीकृत ढङ्गले प्रवद्र्धनात्मक काम गर्न नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई सुझाए ।
अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न योजनाबद्ध कार्यक्रम ल्याइनुपर्नेमा जोड दिनुभयो ।
बोर्डका सदस्यसचिव घनेन्द्रबहादुर श्रेष्ठले समयको आवश्यकता र निजी क्षेत्रको सुझावका आधारमा बोर्डलाई पुनःसंरचनाको प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अहिलेको अवसर र चुनौतीलाई चिर्दै निजी क्षेत्रको ठूलो उत्साह र अपेक्षालाई साकार पार्न सरकार र निजी क्षेत्रसँग संयोजनकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजाल, वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्र, बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटालगायतले पर्यटन प्रवद्र्धनका लागि सरकार र निजी क्षेत्र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
nepalsandesh
ललितपुर, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसक्दो छिटो संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली काँग्रेसका नेता स्व कृष्णप्रसाद भट्टराई आश्रम प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सन्त नेता भट्टराईको शालिक अनावरण तथा ९२ औं जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै राजनीतिक दल एकताबद्ध भई संविधान कार्यान्वयन गर्नुपर्ने र देशलाई विकास पथमा लैजानुपर्ने बताउनुभयो ।
उहाँले आम नेपालीलाई साथमा लिएर राजनीतिक दल दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रियताको जगेर्नामा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो-  राष्ट्रियतालाई दाउमा राखेर आन्दोलनरत दलसँग कहिल्यै सम्झौता गर्दिन् ।
लोकतन्त्रलाई संस्थागत गर्न र देश विकासलाई गति दिन सरकारले अहम् भूमिका खेलिरहेको बताउँदै उहाँले गम्भीर रुपमा कूटनीतिक पहल अगाडि बढिरहेकाले छिट्टै नाकाबन्दी खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
सन्त नेता भट्टराईले देश र राष्ट्रियताका लागि सबैलाई साथमा लिई अगाडि बढेको स्मरण गर्दै उहाँले भट्टराई जस्ता नेता मुलुकका लागि खाँचो छ भन्नुभयो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले सन्त नेता भट्टराईको जीवनीबारे प्रकाश पार्नुभएको थियो । नेता भट्टराईको पालामा छ महिनाभित्र संविधान बनेको र कार्यान्वयन समेत भएको स्मरण गर्दै उहाँले भट्टराई नेपाली राजनीतिक इतिहासमा सफल नेताका रुपमा स्थापित भएको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता भट्टराईले देखाउनुभएको बाटोमा नेपालका राजनीतिक दल हिड्न सके देशले काँचुली फेर्ने बताउनुभयो ।
dainiknepal
बुधबार, ८ पुष
परासी, ८ पुस । मधेसी मोर्चाका कार्यकर्ताले आज दिउँसो नवलपरासीमा दुईवटा ट्र्यक्टरमा तोडफोड गरेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै सदरमुकाम परासीमा स्थानीय जेके इँटा उद्योगका लु २ त ८५६२ र लु २ त ९३६५ नम्बरको ट्र्याक्टरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरी क्षति पु¥याएका हुन् ।
यसैगरी जिल्लामा मध्य नेपाल यातायात व्यवसायी समितिअन्तर्गतका करिब दुईसयभन्दा बढी सार्वजनिक यातायात सञ्चालन बन्द भएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
केही दिनदेखि खुकुलो पारिएको बन्द मधेसी मोर्चाले आजदेखि पुनः कडाइ गरेका कारण जिल्ला सदरमुकाम परासीसहित ग्रामीण क्षेत्रमा सञ्चालन हुने सबै रुटका सवारी साधन नचलेपछि सर्वसाधारण मार्कामा परेका हुन् ।
सो समितिअन्तर्गतका सार्वजनिक सवारीसाधान नचलेपछि परासी, महेशपुर, बेलाटारी, त्रिवेणीलगायतका सबै रुटमा यातायात ठप्प छ ।
nepalsandesh
बुधबार, ८ पुष
साँखु ९काठमाडौँ०, ८ पुस । रामकृष्ण आश्रम नेपालले शंखरापुर वडा नं। ८, ९, १० र ११ का प्रति भूकम्प पीडित परिवारलाई २ थान म्याट्रेस र १ थान पाल सहयोग गरेको छ ।
सरकारीस्तरबाट मौसमी राहतस्वरुप न्यानो कपडा खरिद गर्न घोषणा गरिएको रु। १० हजारको सहयोग पाउन नसकेका यहाँ भूकम्पपीडितहरुले आज यो राहत पाएपछि खुसी भएका छन् ।
उक्त संस्थाले वैशाख १२ को भूकम्पपछि साँखुको धुल्लाटोलमा मात्रै राहत वितरण गर्दै आएको थियो । यसपटक भने यो संस्थाले साँखुका चार वटै वडामा राहत वितरण गरेको हो ।
उक्त संस्थाका साँखुस्थित प्रतिनिधि ताराचन्द्र श्रेष्ठका अनुसार साँखु बजार वरिपरि भूकम्पपीडितको बिजोगपूर्ण स्थिति देखेपछि राहत प्रदान गरिएको हो ।
सो राहत वितरण टोलीमा कृष्णमूर्ति महाराज, रामेश्वर महाराज, शशी सत्यार्थी, रेखा उपे्रती, टीका उपे्रती, अर्पणा पोखरेलका व्यक्तिहरु छन् ।
संस्थाले साँखुमा दुईहजार चारसय थान म्याट्रेस र करिब एकहजार दुईसय थान प्लाष्टिकको पाल वितरण गर्नेछ ।
nepalsandesh
८ पुस, बीरगञ्ज ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मन्त्रिपरिषद्बाट ल्याइएको ३ बुँदे प्रस्ताव आधारहीन, अपूर्ण र अविश्वसनीय भएको टिप्पणी गरेका छन् ।

बीरगन्जस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले सरकारको ३ बुँदे प्रस्तावले मधेशको कुनैपनि माग सम्बोधन नगरेको बताउँदै प्रस्ताव अस्वीकार गरेको बताएका हुन् ।

उनले सीमांकनबिनाको सहमतिले मधेश आन्दोलन समाप्त पार्न नसक्ने भन्दै सरकारलाई गम्भीर भएर सीमांकनसहितको प्रस्ताव ल्याउन आग्रह गरे ।

महतोले मधेसको माग पूरा नभएसम्म कुनैपनि हालतमा आन्दोलन नरोकिने र नाकाबन्दीलाई अझ सशक्त ढंगबाट देशव्यापी रुपमा अघी बढाउने चेतावनी दिए ।

उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहविरुद्ध मुद्धा हालिँदै

मधेश आन्दोलनको कारण देखाएर नाकाबन्दी गरिरहेको भारतले सरकारले ल्याएको प्रस्तावलाई स्वागत गरिसकेको छ ।

प्रचण्डलाई फेरि आयो प्रधानमन्त्रीको अफर

भारतले समर्थन गरेको प्रस्तावलाई केही दिन अघि दिल्ली गएर आएका महतोले अस्वीकार गर्नुलाई रोचक मानिएको छ ।nepaliheadlines
काठमाण्डु, ८ पुस– खसजातिका धेरै थरहरु छन् । ती थरहरु केही सरकारी दर्जाबाट, केही गाउँको नामबाट अपभ्रंश भएर बनेका हुन् । अधिकारी, कार्की, भट्ट जस्ता थर सरकारी दर्जाबाट उत्पन्न भएका हुन् भने कोइराला, रिजाल, पराजुली जस्ता थरहरु कर्णाली अञ्चलका गाउँहरुबाट उत्पति भएका हुन् । आफ्नो थर के हो र कसरी उत्पति भयो भन्ने जिज्ञासा छ भने तलको सूची पढ्नुहोस्
सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरू
अधिकारी – दराको हाकिम
कार्की – राजस्व अधिकृत
भट्ट – राज पुरोहित वा धर्मा्धिकारी
भण्डारी – राजकीय कोषको प्रमुख
लेखक – लेखक
महत – ग्राम प्रमुख
रोकाया – महतको सहयोगी
थापा – सैनिक दर्जा
खड्का – सैनिक दर्जा
राना – सैनिक दर्जा
बुढा – सैनिक दर्जा
बस्नेत – सैनिक दर्जा
कर्णाली अञ्चलका गाउँका नाउँबाट उत्पत्ति भएका थरहरू
जुम्ला
गाउँ– थर
धिता– धिताल
पाण्डुसेरा– पाण्डे
सिञ्जा– सिंजापति
चैडिलागाउँ –चौलागाई
प्याकुरी– प्याकुरेल
सिम्खाडा– सिम्खडा
अछाम
तिमिल्सैन– तिमिल्सिना, तिम्सिना
घमिराउँ– घिमिरे
देवकोट– देवकोटा
ढुङ्ग्रानी– ढुङ्गाना
ढाँकु– ढकाल
बजगाउँ– बजगाई
रिमा– रिमाल, रसाईली
स्वाँरा– स्वार
घोडासैन– घोडासैनी
पुरासैन– पुडासैनी
धमाली– धमला
दर्ना– दर्नाल
कुइका– कुइँकेल,
चाल्सा– चालिसे
बारला–बराल
लामिसाल– लम्साल
बझाङ
रेगम– रेग्मी
सोत– सोती
खार– खरेल, खराल
सुवाडा–सुबेडा, सुवेदी
बयाना– बनियाँ, बानियाँ
बाजुरा
जमकट्टी– जमरकट्टेल
छाती– छन्त्याल
कुँडी– कुड्याल
बेलकाटे– केलकाटिया
खातिवाडा– खाती
बैतडी
गाजरी– गजुरेल
डोटी
डोटेखेला– डोटेल
निरौली– निरौला
ओझाना– ओझा
बोगटान– बोगटी
मुडभरा–मुडभरी
मुगु
खनाया– खनाल
कालैगाउँ– कल्यान
खत्याड– खतिवडा
दैलेख
लामाछान्नी–लामिछाने
बाँस्कोट–बास्कोटा
बाँस्तोली–बास्तोला
सातला– सत्याल
लुयाटी–लुईटेल
चापागाउँ– चापागाईं
नेपा–नेपाल
रिजु्– रिजाल
पोखर– पोखरेल
लम्सु– लम्साल
लम्जी– लम्जेल
दह– दाहाल, दहाल
गैह्रा–गैह्रे, गैरे
भूर्ति– भूर्तेल
पराजुल–पराजुली
कोइराली–कोइराला
दवाडा– दवाडी
कट्टील–कट्टेल
भुषाकोट– भुषाल
सुइय–सुञेल
वड–वडाल
मोडासैन–मरासैनी,मरासिनी
गुरगाउँ– गुरागाईं
कालिकोट
खिट्किसैन– खिर्सिने
भुतौ– भुर्तेल
राँचु– रुचाल
गेला–गेलाल
वञ्जाडा–वञ्जाडे
बाँझकोट–बाझकोटा
रुकुम
सर्पुकोट–सापकोटा
दाङ
रजौरा– रजौरिया
kathmandutoday
बुधबार, ८ पुष
५ जिल्लालाई विवादित भन्ने वा नभन्ने मात्र विषयमा अहिले कुरो नमिलेको
काठमाण्डौं । एमाओवादी अध्यक्ष प्रचण्डले मधेशी मुद्दा आफुहरुले नै श्रृजना गरेको वताएका छन् ।
पार्टी केन्द्रिय समितिको वैठकका निर्णयहरु सार्वजनिक गर्न पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने–“मधेशमा अहिले जे माग उठेर आन्दोलन भइरहेको छ, ती हाम्रै कारण विगतमा उठेका हुन्, मधेशी मुद्दाका सर्जक र वाहक हामी नै हौं ।”
प्रचण्डले अरु कुरा मधेशी मोर्चा संग मिलि सकेको तर झापा, मोरङ, सुनसरी, कैलाली र कंचनपुर गरी ५ जिल्लाहरुलाई विवादित जिल्ला भनेर उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा मात्र कुरा नमिलेको वताए ।
५ जिल्लाहरुलाइ विवादित जिल्ला भनेर लेखेमा मधेशी मोर्चाले ३ महिना पछि नयाँ सीमांकन गर्न सहमत भैसकेको प्रचण्डले उल्लेख गरे ।
nepalsandesh
८ पुस, कठमडौं ।

भारतीय नाकाबन्दीका कारण सरकारले खास केही काम गर्न नसकिरहेका बेला सत्तासाझेदार दलहरूले नै सरकारको आलोचना गर्न थालेका छन् । जोसुकै प्रधानमन्त्री भए पनि उपप्रधानमन्त्री बनिहाल्ने छवि बनाएका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदारले पनि प्रधानमन्त्री केपी ओलीसँग निहुँ खोज्न थालेका छन् ।

कुनै पनि बेला सरकार कमजोर हुनासाथ नयाँ समीकरण बन्ने थाहा पाएका गच्छदारले मंगलबार प्रधानमन्त्री ओलीलाई उनको सरकारी निवास बालुवाटारमा भेटेरै ज्ञापनपत्र दिएर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । स्रोतका अनुसार, सरकारमा रहेका कमल थापा र गच्छदारसँग सम्बन्धित सूत्रहरूले सम्भावित नयाँ समीकरणका बारेमा कुराकानी अघि बढाइसकेका छन् ।

एकातिर प्रधानमन्त्री ओलीले नै केही गर्न सकिएन भनेर दिक्दारी बढाइरहेको र अर्कातिर दोस्रो ठूलो सत्तासाझेदार एमाओवादीका अध्यक्ष पुष्पमकल दाहालले पनि सरकारको आलोचना गरिरहेको बेला गच्छदारको यो अग्रसरतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सरकार गठनका बेला गरिएको आठबुँदे सहमति कार्यान्वयनका लागि भन्दै फोरम (लोकतन्त्रिक) का अध्यक्ष एवम् उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री गच्छादारको नेतृत्वको टोलीले आठबुँदेका केही विषयहरू व्यापक राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषद्को निणर्यबाट नै गर्न सकिने प्रकारका भएकाले दोस्रो प्रकृतिका विषय तत्काल सम्बोधन गर्न माग गरेको छ । मधेस आन्दोलनका कारण कुनामा परिन्छ कि भन्ने त्रासमा रहेका गच्छदारले ध्यानाकर्षण पत्रमा तराई, मधेस, थरुहट आन्दोलनमा मारिएकालाई सहिद घोषणा गर्न, झूटभा मुद्दा चलाइएका व्यक्तिहरूको मुद्दा फिर्ता गर्न, घरबार जलाइएका र सम्पत्ति लुटिएकाहरूलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । गच्छदारले संविधानलाई पूर्ण समावेशी, समानुपातिक, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, संघीयताको सीमांकनलगायतका विषय सम्बोधन गर्न पनि सरकारले तत्काल पहल थाल्नुपर्ने बताए । जबकि, उनी स्वयम् सरकारमा प्रधानमन्त्रीलगत्तैको मर्यादाक्रममा उपप्रधानमन्त्री छन् ।

प्रधानमन्त्री ओलीले पनि नकारात्मक जवाफ दिने कुरा भएन । उनले भने, ‘संविधान अनुसार तपाईंहरूका जायज माग पूरा गर्न म सकारात्मक छु । गच्छादार पार्टीभित्र आफूसँग असन्तुष्ट रहेका वरिष्ठ उपाध्यक्ष रामेश्वर
राय यादव, उपाध्यक्षहरू गोविन्द चौधरी, जीतेन्द्र देव, आशा चतुर्वेदी र सचिव रबीन्द्र ठाकुरलाई बोकेर बालुवाटार पुगेका थिए ।nepaliheadlines
८ पुस, काठमाडौं ।

नेपालमा बैशाख १२ को भन्दा ठूलो भूकम्प आउने भविष्यवाणी बैज्ञानिकहरुले गरेको याहू न्यूजले जनाएको छ ।

गत एप्रिल महिनामा आएको भूकम्पको तुलनामा अझै ठूलो भूकम्पको सम्भावना नेपालमा कायम रहेको बैज्ञानिकहरुलाई उद्धृत गरिएको समाचारमा उल्लेख छ ।

बैशाख १२ को भूकम्पको कम्पन सोंचे भन्दा कम रहेको गत डिसेम्बर १६ मा अमेरिकी जियोफिजिकल युनियनको बैठकमा बैज्ञानिकहरुले बताएको उक्त समचारमा उल्लेख छ ।nepaliheadline
काठमाडौँ, ८ पुस । नेपाल आयल निगमले एलपी ग्यास ढुवानी गर्ने अत्यावश्यक सवारी साधन ‘बुलेट’ खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।
निगमले बुलेट खरिद गर्न चाहने उद्योगीलाई प्रस्ताव लिएर आउन आह्वान गरेपछि निगममा एक हजार ७९ निवेदन परेको छ । निगमले करिब ४५० वटा बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेपछि देशभरका ५३ वटा ग्यास उद्योगी र अन्य कम्पनीले बुलेट खरिदका लागि आवेदन दिएका हुन् । हालसम्म मुलुकमा कुनै पनि स्वदेशी बुलेट छैन ।
हाल नेपालमा ग्यास ढुवानी गर्ने सबै बुलेट भारतीय कम्पनीका हुन् । सङ्कटको समयमा अप्ठ्यारो परेकाले बुलेट खरिद गर्न अनुमति दिन लागिएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । निगमले ग्यास उद्योगी सङ्घलाई कसले कति खरिद गर्न सक्ने भन्ने विषयमा स्पष्ट भएर आउन भनेको छ । सङ्घको धारणा आएपछि उक्त विषयमा निर्णय लिइने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।
कर तथा भन्सार छुट भएको अवस्थामा हाल सञ्चालनमा आएको जस्तै एउटा बुलेट खरिदका लागि रु ७० लाख देखि रु ८० लाखसम्म पर्ने अनुमान गरिएको छ । निगमले उद्योगीलाई ३५० वटा मात्र खरिदका लागि अनुमति दिने अरु बाँकी १०० वटा बुलेट अन्यलाई दिने तयारी गरेको एलपी ग्यास उद्योगी सङ्घका अध्यक्ष शिव घिमिरेले बताउनुभयो । उहाँले भन्सार एवम् कर छुटका साथ बुलेट खरिदका लागि पहल गरिएको जानकारी दिनुभयो ।
हाल ग्यास आयातकै लागि प्रतिवर्ष रु तीन अर्ब ५० करोड रकम भाडामै विदेशीने गरेको छ । विगत ४० वर्षदेखि नेपाली बुलेट नहुँदा हरेक वर्ष उक्त रकम खर्च हुने गरेको अध्यक्ष घिमिरले बताउनुभयो । उहाँका अनुसार कर र भन्सार छुट नदिने हो भने एउटा बुलेटको मूल्य रु एक करोड १५ लाख पर्नेछ ।
अध्यक्ष घिमिरेका अनुसार निगमले आह्वान गरेपछि सङ्घका तर्फबाट ७६८ वटा बुलेट खरिदका लागि निवेदन परेको छ । उद्योगीले रातो प्लेट राख्नेगरी खरिदका लागि अनुमति मागेका छन् भने निगमले भने कालो प्लेटको पनि बुलेट खरिदका लागि अनुमति दिने तयारी गरेको छ ।
dainiknepal
काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्णप्रसाद भट्टराईलाई दलको नेता भन्दामाथि राखेर हेर्नुपर्ने बताउनुभएको छ ।
ललितपुरको बाँडेगाँउस्थित भट्टराई आश्रममा पूर्व प्रधानमन्त्री भट्टराईको पूर्णकदको सालिक अनावरण गर्दै प्रधानमन्त्री ओलीले समाज परिवर्तनका लागि उहाँ कुनै दलमा आबद्ध भएपनि उहाँका योगदान देश र जनताका लागि भएकोले उहाँलाई राष्ट्रिय नेताका रुपमा सम्मान गर्नुपर्ने बताउनुभयो ।
‘कृष्णप्रसाद भट्टराई समाज रुपान्तरणको नेता हो’ प्रधानमन्त्रीले भन्नुभयो ‘उहाँ परिवर्तनको साक्षी किनारामा मात्र हैन सधैं अग्र भागमा रहनुभयो ।’ नख्खु जेलमा हुँदा भट्टराईसँग आफ्नो भेट भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले परिणाम जे जस्तो आएपनि सधैं सत्य बोल्ने नेताको रुपमाआफूले भट्टराईलाई चिनेकोे बताउनुभयो ।
‘राजनीतिक परिवर्तन गरेर जनतालाई सार्वभौम बनाउन उहाँले चालेका कदम र विचार सधैं असाधरण नै रहे’ प्रधानमन्त्रीले भन्नुभयो ‘नेपाली समाजलाई परिवर्तनका मुद्दामा सहमत गराउन उहाँको योगदान सदैव स्मरणीय रह्यो ।’
कृष्णप्रसाद भट्टराईका आफ्नै खाले मान्यता रहेको स्मरण गर्दै ओलीले भन्नुभयो– ‘ढाट्न भन्दा सत्य बोलेर जेल जान तयार हुने नेता र सेन्स अफहयुमर भएको नेताको रुपमा उहाँ हुनुहुन्थ्यो ।’
भट्टराईका केही स्वभावले आफूलाई पनि प्रभावित गरेको प्रधानमन्त्रीले बताउनुभयो । ‘उँहा जीवनलाई सधैं हाँसीखुसी राख्नुहुन्थ्यो । जस्तै दुःखमा पनि उहाँ दुःखी भएर बस्नु भएन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो स्वभाव म मा पनि छ । म जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि दःुख मनाउ गरेर बस्दिन ।’
भट्टराईको ९१ औं जन्मजयन्तीका अवसरमा कृष्णप्रसाद भट्टराईको सालिक निर्माणको कार्यको प्रशंसा गर्दै प्रधानमन्त्रीले आश्रमलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रधानमन्त्रीले आश्रमको अवलोकन पनि गर्नुभयो ।
dainiknepal
२०७२ पौष ८ बुधवार

फोटो :विरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो ।
विरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाका थुन्ने आन्दोलनमा सहभागी हुन मधेसका सांसदहरुलाई लिखित पत्र पठाएका छन्।

मधेस आन्दोलनमा पछिल्ला दिनमा जनताको सहभागिता न्यून हुँदै गएपछि महतोले लिखित रुपमा पत्र काटेर यस्तो उर्दी जारी गरेका हुन् । वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा महतोले  मधेस आन्दोलनमा सरिक हुन आग्रह गर्दै प्रमुख तीन दल तथा अन्य दलका मधेसी सांसदहरुलाइ पत्र पठाइएको बताए।

महत्तोले भने, तीन दलका सबै एक सय ५० जना मधेसी सांसदहरुलाइ आफुले लिखित रुपमै पत्र पठाएर मधेस आन्दोलनमा सहभागी हुन आग्रह गरेका छौं।

संसदीय दलमार्फत सबै सांसदको हातमा पुग्ने गरि पत्र पठाएको छु, उनले भने , तीन वटै दलका मधेसी सांसदहरु हिम्मत गरेर आ आफनो पार्टी परित्याग गरि मधेसीको अन्तिम लडाइमा आए मधेसी जनताले फुलमाला लगाएर स्वागत गर्छन् ।


उनले थपे , तर पार्टीको झण्डा बोकेर मधेस आन्दोलनमा आए भने जनताले मधेसमा छिर्न पनि दिदैनन्।  मधेसका माग पुरा गराउनका लागि जारी मधेस आन्दोलन मार्फत सरकार र तीन दललाइ अन्तिम धक्का दिने तयारी मधेसी मोर्चाले गरिरहेको उनले बताए।

चार महिना देखि जारी बन्दहडताल र तीन महिनाको नाकाबन्दीले सरकार र ठुला तीन दल गलिसकेको भन्दै अध्यक्ष महत्तोले भने ,‘सरकार र तीन दल भित्रभित्रै गलिसकेका छन् ,तर उनीहरुले बाहिर भने यो कुरा भन्न मात्र सकिरहेका छैनन्।'

काठमाण्डौ र पहाडका जनताले पनि मधेसको  माग जायज र उचित छ भन्न थालिसकेको भन्दै उनले भने ,‘ तर प्रधानमन्त्री केपी ओलीको खोकला राष्ट्रवादले समस्या झन जटील बनाएको छ ।'

सरकारले मधेस आन्दोलनसंग मुछेर भारतलाई बदनाम गराउने षडयन्त्र गरिरहेको भन्दै सदभावना अध्यक्ष महत्तोले भने ,‘ आन्दोलन मधेसीले गरेका हुन् , सामधान यहा खोज्नुको सट्टा  सरकार बार बार दिल्ली धाइरहेको छ । दिल्ली धाएर सरकारले मधेस आन्दोलनलाइ तुहाउने षडयन्त्र पनि गरिरहेको अध्यक्ष महत्तोले बताए ।

सरकारको पछिल्लो तीन बुँदे प्रस्ताव र संसदमा पेश संविधान संशोधन विधेयक दुवै काम न काजको भएको टिप्पणी उनले गरे । तीन बुँदे सरकारी प्रस्ताव र संशोधन विधयेक दुवैले मधेसको माग सम्बोधन गर्न नसक्ने भएको भन्दै अध्यक्ष महत्तोले भने ,‘संसदमा पेश भएको विधेयक अपुरो छ , यो ठग्ने काम बाहेक अरु केही होइन , यसको कुनै काम छैन ।'

सीमांकन बिनाको कुनै पनि सहमति मोर्चाले कसैसंग नगर्ने स्पष्ट पार्दै उनले मधेसका सबै माग प्याकेजमा सम्बोधन नभए सम्म आन्दोलन र नाकाबन्दी जारी नै रहने जिकिर गरे ।

सदभावना पार्टी पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाको वार्त टोली सदस्य एंव सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण , केन्द्रिय सदस्य निजामुद्धिन समानी र जिल्ला अध्यक्ष इमदाद गद्धी सुगाको पनि सहभागीता थियो ।annapurnapost
राजविराज–संघिय समावेशी मधेशी गठवन्धनका शीर्ष नेताहरुले भारतले दुई दिनअघि जारी गरेको प्रेस विज्ञप्तिलाई सत्ता पक्षिय नेताहरुले आफनो अनुकुल ब्याख्या गरेको भन्दै त्यस्तो गलत ब्याख्याको पछाडि नलागी अझ उत्साहका साथ आन्दोलनमा सहभागी हुन मधेशी जनतालाई आग्रह गरेका छन् ।

वुधवार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी गठवन्धन आवद्ध दल राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारीले भने– ‘भारतको विदेश मन्त्रालयद्वारा अग्रेजी भाषामा जारी प्रेस विज्ञप्तिलाई आफनो अनुकुल ब्याख्या गरेर सत्ता पक्षिय नेताहरुले मधेश आन्दोलन कमजोर वनाउने षडयन्त्रमा लागेका छन्, त्यसैले त्यस्तो भ्रममा नपरी निर्णायक आन्दोलनलाई लक्षमा पु¥याउन अझ उत्साहका साथ सहभागि हुन सवै कार्यकर्ता र मधेशी जनतालाई आग्रह गर्दछु ।’

नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिलकुमार झाले भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा स्पष्ट रुपमा मधेशमा जारी आन्दोलनलाई वार्तावाटै समाधान गर्नुपर्नेमा जोड दिदै वर्तमान सरकार उक्त समस्या समाधान गर्न सफल होस भनी कामना गरेको भन्दै विज्ञप्तिको मुलमर्म र सन्देश नै नवुझि सत्ता पक्षका नेताहरु मधेशमा जारी आन्दोलनलाई निस्तेज वनाउन भ्रामक प्रचारवाजीमा उत्रेको आरोप लगाए ।

त्यस्तै फोरम गणतान्त्रीकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले छिमेकी राष्ट्रले के के भन्यो भन्नेतिर लाग्नुभन्दा पनि वर्तमान सरकार मधेशमा जारी आन्दोलनको समधानतर्फ वढि केन्द्रित हुनुपर्ने वताए ।
उनले कसैको विज्ञप्तिलाई गलत ब्याख्या गरेर मख्ख पर्नुको सट्टा मुल समस्याको समाधानमा वढि समय खर्चिन सके मुलुकको हित हुने वताए ।
उनले मधेशको माग पुरा नएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै वुधवारै साझदेखि विराटनगरमा सुरु हुने गठवन्धनको वृहत वैठकले आन्दोलनको थप कार्यक्रम र आगामी रणनीति वारे ठोस निर्णय लिने जानकारी दिए ।
पत्रकार सम्मेलनको संचालन राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल (अनुराग) ले गरेका थिए ।
ratopati
जाडोमा न्यानो महशुस गर्न सामान्यतया हामी तातो पेय पदार्थ बढी लिन्छौँ । सबैले चिया–कफी पिउने गर्दछौँ । चियाकफी जस्ता पेय पदार्थले शरीरलाई क्षणिक आनन्द र न्यानो त दिन्छ । तर चियामा हुने क्याफिन पदार्थले चियाको लत बढाउँछ र दीर्घकालिन रुपमा शरीरलाइ हानी बाहेक अरु केही गर्दैन । UMESH
सामान्य दैनिक जीवनयापन परिवर्तन गर्न सके जाडोबाट शरीरलाई राहत दिन गाह्रो छैन । प्राकृतिक रुपमै कसरी जाडो छल्ने ? नेचुरल केयर हस्पिटल, रजहर नवलपरासीका प्राकितिक चिकित्सक डा.उमेश केसीको टिप्स यस्तो छ ।

१ जाडो मौसममा क्षणिक न्यानोको लोभमा चिया, कफि र रक्सी जस्ता पेय पदार्थ पिउनु हुँदैन । हरेक दिन बिहान सवेरै चिया– कफि पिउनुको सट्टा एक गिलास तातो पानीमा एक चम्चा मह एउटा कागतीको रस मिसाएर पिउने । यसले चिसोबाट हुन सक्ने रुघा खोकी ज्वरो जस्ता संक्रमणबाट बचाउँछ । साथै रोगसँग लड्न सक्ने क्षमताको बृद्धि गर्दछ ।
२ जाडोमा छालालाइ एकदमै स्याहार गर्नुपर्ने हुन्छ । चिसोले छाला कक्रक्क हुन्छन् । मोस्चराइज गरिरहनु पर्दछ । छाला चिल्लो बनाउने नाममा बजारिया क्रिमहरु दल्नु हुँदैन । बजारिया क्रिमहरुले बाहिरी आर्कषणका लागी मात्र हुन् । शरीरले भित्रैबाट पोषण खोजिरहेको हुन्छ । भित्रैबाट छालाको स्याहार गर्न विषेशत दैनिक खाने खानेकुराहरुमा ध्यान दिनु पर्दछ । दुध, बदाम र तरकारीका सुप मोस्चराइजीङ फुडहरु हुन् । प्रोटिनयुक्त खानेकुराहरु प्रशस्त खाइरहनु पर्दछ । यसले छालाको सौन्दर्य बचाइराख्छ र शरीरलाइ न्यानो पनि बनाउँदछ ।
३ शरीरको स्याहार केबल खाएर मात्र हुने होइन । जाडोमा शरीरलाई सक्रिय राख्नमा योग ध्यानको पनि उत्तिकै ठुलो भुमिका रहेको हुन्छ । विहानै योगा आसनमा बसेर अनुलोमविलोमको अभ्यास गर्ने । यस अभ्यासलाई दैनिक आधा देखि १ घण्टा गर्ने । यस्तो अभ्यासले शरीर भित्रैबाट प्रतिरोधी बन्दछ । शरीर न्यानो रहिरहन्छ । त्यस्तै प्रचलित योगा अभ्यास सुर्य नमस्कार पनि जाडोमा उत्तिकै प्रभावकारी हुन्छ । कपालभाँतीको अभ्यास गर्न सकिन्छ ।
४ कतिपयको विद्युतीय हिटर तापेर बसिरहने बानी हुन्छ । हिटरमा टासिरहनु पनि राम्रो होइन । न्यानो न्यानो कपडाले शरीर ढाकिरहनाले शरीरलाइ बढि फाइदा हुन्छ ।

ratopati
८ पुस, नवलपरासी।

मधेशी मोर्चाका कार्यकर्ताले मालपोत कार्यालय नवलपरासी चल्न नदिए पछि सर्वसाधारणलाई समस्या भएको छ । मोर्चाका कार्यकर्ताले कामकाज नगर्नु भन्ने धम्की दिए पछि कार्यालयमा कुनै काम नगरीएको खरीदार गणेश रेग्मीले बताए ।

प्रहरी प्रशासनले कार्यालय चलाउने आदेश दिए पनि कर्मचारीहरु त्रासका कारण कार्यालय नचलाएको बताएका छन । प्रशासनले मालपोत कार्यालयमा बाक्लो सुरक्षाकर्मी परीचालन गरे पनि कर्मचारी भने कार्यालय नचलाई चौरमा बसेका छन ।

सेवाग्रही भने कार्यालय चल्न पर्ने माग गरिरहेका छन् । आदेश र सुरक्षा दिदा पनि कार्यालय चलाउन नसक्नु कर्मचारीहरुको कमजोरी भएको सर्वसाधारणको आक्रोस रहेको छ।nepaliheadlines

इलाम, ८ पुस । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले भारतले केही समय नेपाललाई नाकाबन्दी गरेपनि अन्ततः फिर्ता लिन बाध्य भएको बताउनुभएको छ ।
इलाम क्षेत्र नं. १ को दानाबारीमा आज आयोजित मतदातासँगको कुराकानीमा उहाँले भारतीय नाकाबन्दीले नेपालको समग्र विकास निर्माण प्रभावित भएकाले नाकाबन्दी लामो समय टिक्न नसक्ने बताउनुभयो ।
दानाबारी क्षेत्रमा सञ्चालन भएका विभिन्न विकास निर्माणको अवलोकन गर्नुहुँदै उहाँले निर्वाचन क्षेत्रमा अपुरा रहेका विकास निर्माणका कामलाई चाँडै सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशनसमेत दिनुभयो ।
दानाबारी र चिसापानी गाविसमा निर्माण सम्पन्न भएको सानिमा माई हाइड्रोपावरको अवलोकनको क्रममा उहाँले खोलाहरूको सदुपयोग गरी नेपाललाई विजुलीमय बनाउन र यसबाटै देशमा आर्थिक उन्नति गर्नुपर्नेमा जोडदिनुभयो ।
एक फरक प्रसङ्गमा नेता खनालले नेपालको संविधानले सबै जातजातिलाई समान अधिकार दिएको र कसैलाई चित्त नबुझे प्रक्रियागतरूपमा संशोधन गर्न सकिने भएकाले आफ्नो देशको समस्या समाधान गर्न विदेशीलाई गुहार्न नहुने बताउनुभयो ।
उहाँले आफू प्रधानमन्त्री भएका समयमा इलामको गोदकस्थित राजदुवाली–चिसापानी–दानाबारी हुँदै झापाको दुर्गापुर जाने सडकको कालोपत्रे गर्न बजेट विनियोजन गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
dainiknepal
८ पुस, नवलपरासी।

नवलपरासीको सदरमुकाम परासीमा मोर्चाका कार्यकर्ताहरुले दुईवटा ईँटा बोकेका ट्या्क्टरमा तोडफोड गरेका छन । जेके इटा भट्टाको लु २ त ८५६२ र लु २ त ९३६५ नम्बरको ट्या्क्टरमा तोडफोड गरेका हुन ।


तोडफोडबाट ट्याक्टरको अगाडिको भागमा क्षेति पुगेको छ । मोर्चाका कार्यकर्ताहरुले पैसा खाएर ट्याक्टर छाडेको केहि ब्यापारीले आरोप लगाए पछि तोडफोड गरीएको हो ।

हाट बजार बाट मोर्चाका कार्यकर्ताले सम्झाई बुझाई ति ट्याक्टरलाई अब आइन्दा बन्दको अवज्ञा नगर्नु भनी छाडेको बेला मोर्चा माथि पैसा खाएको आरोप आए पछि मालपोत कार्यालय नजिकै पुगेको ट्या्क्टरमा तोडफोड भएको मोर्चाले जनाएको छ । ट्या्क्टर तोडफोड भए पछि केहि बेर सो क्षेत्र तनाव ग्रस्त भएको थियो ।nepaliheadlines
विराटनगर, ८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मुलुकको समस्या समाधानका लागि काँग्रेसले ठोस रुपमा पहल गरिरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको ११ बुँदे मागबारे काँग्रेस सकारात्मक रहेकाले चाँडै निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सीमाङ्कनमा हेरफेर हुनसक्ने उल्लेख गर्दै मधेसमा दुई वा तीन प्रदेश काँग्रेसको आधिकारिक धारणा रहेको जानकारी गराउनुभयो । उहाँले संविधान संशोधन विधेयक संसद्बाट पारित भएपछि जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र र राज्यको हरेक निकायमा समानुपातिक सहभागिताको मधेसी मोर्चाको माग पूरा हुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले सदनमा प्रस्तुत विधेयकको भाषामा मोर्चाको चित्त नबुझेको भए भाषा मिलाउन सकिने स्पष्ट पार्नुभयो ।
पार्टी तेह्रौँ महाधिवेशनको तयारीमा जुटेको उल्लेख गर्दै नेता निधिले वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिमा उठ्नका लागि जुटिसक्नुभएको र आफू पार्टी महामन्त्रीमा उठ्ने पनि सङ्केत गर्नुभयो ।
dainiknepal
नवलपरासी –मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम परासीमा दुई बटा इटा बोकेका ट्रयाक्टरमा तोडफोड गरेका छन् । जेके इटा भटटाको लु २ त ८५६२ र लु २ त ९३६५ नम्बरको टेक्टरमा तोडफोड गरेका हुन् ।

तोडफोड बाट टेक्टरको अगाडिको भागमा क्षेति पुगेको छ । मोर्चाका कार्यकर्ताहरुले पैसा खाएर टेक्टर छाडेको केहि ब्यापारीले आरोप लगाए पछि तोडफोड गरीएको हो ।
हाट बजार बाट मोर्चाका कार्यकर्ताले सम्झाई बुझाई ति टेक्टरलाई अब आएन्दा बन्दको अबज्ञा नगर्नु भनी छाडेको बेला मार्चा माथि पैसा खाएको आरोप आए पछि माल पोत कार्यालय नजिकै पुगेका टेक्टरमा तोडफोड भएको मार्चाले जनाएको छ ।
टेक्टर तोडफोड भए पछि केहि बेर सो क्षेत्र तनाव ग्रस्त भएको थियो ।

ratopati
काठमाडौं, ८ पुस । दिल्लीका मुख्यमन्त्री (सीएम) अरविन्द केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन् ।
दिल्ली विधानसभा(संसद)को बिशेष सत्रमा बोल्दै सीएम केजरीवालले झुटको खेती गरेर मोदीले राज्यका संयन्त्रबाट विपक्षीमाथि आक्रमण गरिरहेको आरोप लगाउँदै राजीनामा मागेका हुन् ।
केजरीवालले भनेका छन्– मोदीले दिल्लीमा व्यहोरेको लज्जास्पदको पीडा अझै विर्सन सकेका छैनन् । जब जब म उनको सामू देखिन्छु तब उनको शरीरमा रगत कैयौ डिग्री तापक्रमले उम्लिन्छ । र हामीलाई परास्त गर्न सिबिआई लगाएर आक्रमण गर्छन् ।’
उक्त बैठकमा प्रधानमन्त्री मोदी पनि सहभागी रहेको बताइएको छ । मंगलबारको यो बहसमा केजरीवालले मोदीमाथि निकै आक्रामक तरिकाले हमला गरेका थिए । उनले भने– मोदीले झूटो सीबीआईको पठाए र उनले केही पाएनन् । अब राजीनामा दिनुपर्छ ।
केही दिन पहिले सिबिआईले आफ्नो सचिवालयमा छापा हानेपछि केजरीवालले मोदीलाई कायर र मनोरोगी भनेका थिए । (एजेन्सीको सहयोगमा)
dainiknepal
अर्घाखाँची । श्रीमतीको अवैध सम्बन्धले हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना अर्घाखाँची जिल्लाको हो । जहाँ आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्पर्क राखेको भन्दै एक युवकले आफ्नै छिमेकीको हत्या गरे । उनको नाम हो जगत मुखिया । जसले खल्जी गाविस– ४ का हेमराज भण्डारीको हत्या गरेका हुन् ।
प्यूठान दाङवाङ– १ का २१ वर्षीय मुखियालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी कमलराज खरेलले मुखियाले ४ गते राति भण्डारीकै घरमा उनको हत्या गरेको जानकारी दिनुभयो ।
‘मुखियाकी श्रीमतीसँग भण्डारीले अनैतिक सम्बन्ध राखेपछि आक्रोशमा आएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ’ डीएसपी खरेलले भन्नुभयो । भारतमा जागिर गर्दै आएका मुखिया घर नभएको बेला उनकी श्रीमती र हेमराजको सम्बन्ध बसेको थियो ।
भर्खरै मात्र भारतबाट घर फर्किएका मुखियाले गाउँमा श्रीमती सल्किएको हल्ला चलेपछि भण्डारीकै घर गएर उनको हत्या गरेका हुन् ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home