• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले असोज ३ गते संविधानसभाबाट संविधान घोषणा गरेलगत्तै प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मस्यौदा समितिका सभापति कृष्ण सिटौलालगायत नेता तथा सभासद एकआपसमा बधाई साटासाट गर्दै रात्रिभोजमा सहभागी भइरहेका थिए ।
तर संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिका सभापति बाबुराम भट्टराई भने संविधानसभा निर्वाचन बहिष्कार गरेका नेकपा(माओवादीका अध्यक्ष मोहन बैद्यलाई भेटेर संविधान जारी भएकोमा पश्चताप र आत्मग्लानि गर्न आतुर थिए । संविधान घोषणालगत्तै संविधानसभा भवनपरिसरमा आतिसवाजी र मुलुकभर दीपावली गरेर खुसीयाली मनाइरहेका बेला भट्टराई बैद्यको धापासीस्थित निवासमा पुगेर आफूबाट गल्ती भएको गुनासो पोखिरहेका थिए ।
‘मलाई खुसीयाली मनाउन, दीपावली गर्न, रमाइलो गर्न र रात्रिभोजमा सहभागी हुन मन लागेन । संविधानसभाबाट बाहिर निस्कनेवित्तिकै तपाईंलाई फोन गरें । फोन लागिहाल्यो अनि म सीधै तपाईंकोमा आएको हुँ,’ भट्टराईले बैद्यसँग भने ।   संविधानसभामाफर्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न आफूसँग पार्टीभित्र संघर्ष गर्दै आएका भट्टराईको अभिव्यक्ति सुनेपछि वैद्य चकित खाए ।   ‘तपाईंको लाइन त संवैधानिक रुप्मा पास गराउनुभएको छ, तपाईं बेखुशी हुनुपर्ने के रह्यो र ?’ वैद्यले भट्टराईलाई सोधे ।
भट्टराईले जवाफ दिए ‘खै हुन त हो तर, मलाई चित्त बुझेको छैन । बहुमत अल्पमतमा संविधान बनाउने कुरा चित्त बुझेन ।   भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले वैद्यसँग माओवादी आन्दोलनको समीक्षा भएको बताए । उनले खासै नयाँ कुरा नभएको माओवादी आन्दोलनको समिक्षा भएको, धेरै लामोसमयदेखि भेट नभएकाले भट्टराई आफैंले फोन गरेर बैद्यलाई भेटेको बताए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
dainiknepal.com
काठमाडौं, १६ असोज । भारतसँग जोडिएका तराईका नाकामा अवरोध गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चिनियाँ नाका पनि बन्द गर्ने घोषणा गरेको छ ।
भारतीय नाकाबन्दीले आपूर्ति ठप्प हुँदा चीनसँग जोडिएको उत्तरतर्फको तातोपानी नाका खुलेसँगै मोर्चाले आइतबारदेखि चिनियाँ नाका बन्द गर्ने घोषणा गरेको हो । मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चिनियाँ नाका बन्द गर्न मोर्चाले तयारी गरेको बताए ।
‘अहिलेसम्म दक्षिणका बोर्डर र सरकारी कार्यालय बन्द छन्, अब उत्तरी बोर्डर पनि नाकाबन्द हुन्छ । हाम्रो तयारी पूरा भएको छ,’ उनले भने । सरकारलाई आर्थिक र राजनीतिक रुपमा असहयोग गर्ने आन्दोलन जारी रहने उनको भनाई छ ।
मोर्चाले एक सातादेखि भारतसँग सीमा जोडिएका भन्सार नाकामा धर्ना बसेर आवात जावत ठप्प पारेको छ भने भारतले नेपालमा अघोषित नाकाबन्दी नै गरेको छ । भारतीय नाकाबन्दीले आपूर्ति ठप्प भएपछि सबैको ध्यान चिनियाँ नाकातर्फ केन्द्रीत भएको थियो । शुक्रबार मात्रै चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ ।
dainiknepal.com
प्रधानमन्त्री नरेन्द्र मोदी साहेब !
म भारतीय सेनाको नवौँ गोर्खा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत–पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्‍यो भने मैले उसलाई खत्तम पार्नुछ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।


म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुुपर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै–सबै उतै छन् ।

सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । साल्पा पोखरीको मेला, इरखुवाको दुुवालीमा मेरो खुसी छ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो ।
सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
मलाई माफ गर्नुहोस् !
तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुुभएको राइफलले तपाईंका दुश्मनविरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छुु, कि मैले भारतीय सेनाको नवौँ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुुलेको छुु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नुु हुँदैन ।
मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासनविपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छुु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् । हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासनभन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छुु, त्यही देशले आफ्नो देशमाथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आउँदो रहेछ, आँशुु ।
यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ?
यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ?
हामी हजारौँ नेपाली तपाईंको सेवामा छौँ । हामी सबै गोर्खाली आज बेचैन छौँ, किनभने तपाईंले हाम्रो देशमाथि नाकाबन्दी गर्नुभएको छ । मेरा आफन्ता, परिवार, साथीभाइ र मेरा देशवासीले तपाईंको नाकाबन्दीका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस कारण हजुरलाई यो पत्र लेख्ने धृष्टता गरेको हुँ । यति लेख्दालेख्दै मलाई थाहा छ, मेरा देशका केही मधेशी, थारु, जनजातिहरू असन्तुष्ट छन् । उनीहरूको जायज मागको पक्षमा म पनि छु । तर, देशभित्रका असन्तुष्टिमाथि खेलेर तपाईंहरूले सन्तुष्टि लिइरहनुुभएको छ । हो, मेरो असन्तुष्टि तपाईंहरूको त्यही सन्तुष्टिको विरोधमा हो ।
प्रधानमन्त्री साहेब !

इतिहास लामो छ । कहानी धेरै छन् । दुई सय वर्ष पुग्यो, हामी गोर्खा सैनिकहरूले तपाईंहरूको भूमिको रक्षा गरेको । मेरो पुर्खाले भारतीय माटोका लागि रगत र पसिना बगाएका छन् । यो दुई सय वर्षमा लाखौँलाख नेपाली युवाले भारतीय माटोको रक्षाका लागि बेहिसाब खुन–पसिना दिएका छन् ।
हाल करिब ६५ हजारभन्दा बढी गोर्खाली सातवटा रेजिमेन्टमा कार्यरत छन् । हामीलाई थाहा छ, यी सातवटा रेजिमेन्टका ६० हजारभन्दा बढी गोर्खाली भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन् । जसले आबश्यक परे संसार हल्लाइदिन्छ । हल्लाएको पनि थियो । संसार हल्लाउनेले भारत हल्लाउँदैन र ?
इतिहासलाई फर्केर हेर्नुहोस्, साहेब !
करिब एक वर्षअघि तपाईं हाम्रो देश नेपाल भ्रमणमा जानुभएको बेला हामीलाई असाध्यै खुशी लागेको थियो । हामीले हाम्रो पल्टनमा नम्बरी साथीहरूसँग खुशी मनाएका थियौँ । अझ तपाईंले जब नेपालको संविसानसभामा हामी गोर्खा सैनिकका बारेमा बोल्नुुभयो, त्यसले त हामीलाई झनै गर्व लागेको थियो । हामीले गरिरहेको सेवाको सार्थकता महसुस भएको थियो । तपाईंले नेपालको संसद्मा भन्नुुभएको थियो, ‘भारत निर्माणमा गोर्खालीहरूको ठूलो बलिदान र योगदान छ । भारतले लडेको यस्तो कुनै पनि युद्ध छैन, जहाँ गोर्खालीको रगत नबगेको होस् ।’
हो, सत्य त यही हो । आज हामी गोर्खालीहरू जम्मु काश्मिरमा छौँ, लद्दाखमा छौँ । जहाँ–जहाँ भारतीय सिमाना छन्, त्यहाँ–त्यहाँ छौँ । भारतलाई सबैभन्दा बढी खतरा जहाँबाट छ, हामी त्यहीँ छौँ । सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
यति भनिसकेपछि म तपार्इंलाई इतिहासको सम्झना गराउन चाहन्छुु । भारतको सैनिक इतिहास एकपटक पल्टाएर हेर्न अनुरोध गर्दछुु । हामी नेपाली युवाले तपाईंको देशका लागि कति युद्धका मोर्चाहरू सम्हालेका छौँ । तपाईंलाई थाहा छ, समृद्धिको पहिलो शर्त शान्ति–सुरक्षा हो । शान्तिविना समृद्धि सम्भव नै छैन । हामी भारतको समृद्धिको पहिलो कारण हौँ, किनभने भारतको शान्ति र सुरक्षामा गोर्खालीहरूको ठूलो हात छ । देशभित्रको आन्तरिक व्रिदोह र विदेशीसँगको युद्धमा गोर्खा सैनिकले कति योगदान गरेका छन् ? संसार भलिभाँती जानकार छ ।
सम्झौता पढ्नुहोस्
हामी कसैले प्रचार गरिएजस्तो भाडाका सिपाही कदापि होइनौँ । ७ नोभेम्बर १९४७ मा ब्रिटेन, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा हामी भारतीय सेनामा भर्ती भएका हौँ । कसैलाई लागेको होला, गोर्खालीहरू भाडाका सैनिक हुन्, जसले नुन दिएको छ उसकैको सोझो गर्नुपर्छ । हामी सबै मोर्चामा भारतको नुनको सोझो गरौँला, तर नेपाल र भारतको बीचमा झगडा भयो भने हामी नुनको सोझो गर्न बाध्य छैनौँ ।
सम्झौताको ८ बुँदामा प्रस्ट लेखिएको छ, ‘नेपाल आफैँ युद्धमा संग्लन रहेको स्थितिमा ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई फिर्ता बोलाउने अधिकार नेपालसँग सुरिक्षत रहेको छ ।’ यस कारण हामी भाडाका सिपाही होइनौँ । देशलाई संकट पर्दा हामी देशको पक्षमा गएर बढो ढुक्कका साथ लड्न सक्छौँ । सम्झौताले यही भनेको छ ।
विशेष अवस्थामा यो सम्झौता तपाईहरुले पालन गर्नुपर्छ, नेपाललाई हेपेर यो सम्झौताको खिलाफमा उत्रिनुहोला तर, सम्झीनुहोस्, याद गर्नुहोस्, यो विश्वब्रमाण्डमा केवल भारत मात्रै छैन । छन् धेरै देशहरु । ती देशहरुले सम्झौता पालन गर भनेर दबाब दिएको बेला के गर्नुहुन्छ ? अवज्ञा गर्न सक्नुहुन्छ ?
होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र ?
मैले भारत र नेपालबीच युद्ध हुन्छ भन्न खोजेको कदापि होइन । यो कुनै उत्तेजना पनि होइन । यतिबेला युद्ध कल्पनाको विषय पनि होइन । तर, यी तथ्य र सम्झौताहरू पनि तपाईं-हामीले सम्झिरहँदा राम्रो हुन्छ भन्ने हो । हामी भारत र नेपाल यस्तरी आपसमा बाँधिएका छौँ कि चाहेर पनि भारतले नेपालविरुद्ध लड्न असाध्यै गाह्रो हुनजान्छ । यी सबै तथ्यलाई ध्यानमा राखेर दुवै देशले असल छिमेकी बनिरहनुभन्दा अर्को विकल्प छैन । होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र ?
तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
अन्त्यमा नेपालका नेताहरूलाई
नेपालमाथिको भारतीय नाकाबन्दी गलत हो । तर, नेपालका नेताज्यूहरूले पनि आफ्नो आन्तरिक समस्या आफैँ समधान गर्न नसक्नुु कमजोरी हो । कही न कही कमजोरी भएकै कारण त आज नेपालमा भारत पस्यो । मेरो विचारमा मधेशी, थारु, अन्य उत्पीडित समुदायको जायज मुद्दालाई पनि भारतसँग जोडिदिनुु नेपालका लागि घातक हुन्छ । नेपालका मधेशी, थारु लगायतलाई एकातिर राख्नुहोस् । भारतलाई अर्कोतिर राख्नुहोस् । समस्या समधान हुन्छ ।
बाहिरकासँग लड्न सजिलो होला, सकिएला तर घरभित्रै झगडा अरूले खेले गाह्रो हुन्छ । हामीले जानेको युद्धको नियमले पनि यही भन्छ । तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
मधेशीलाई पनि आफ्नै भन्नुहोस् । थारुलाई पनि आफ्नै सम्झिनुहोस् । सबै जाति–जनजातिलाई पनि आफ्नै भन्नुहोस् । तपाईंहरूले आफ्नो नभने अरू कसैले स्वार्थका लागि मेरो भनिदिन्छन् । मधेशी समृद्ध भए, थारु धनी भए, जनजाति धनी भए, भारत धनी हुँदैन, नेपाल नै धनी हुने हो । बस यति भनौँ । हिजो के थियो ? कसले के गर्‍यो ? त्यो मधेशी, थारु र जनजातिले खोजिहिँड्ने विषय हुँदै होइन ।
फेरि हिजोकै जस्तो हुनुपर्छ भनेर तपाईंहरूले रोजिहिँड्ने कुरो पनि होइन । हिजोलाई समीक्षा गरेर भोलिका लागि आज काम गर्ने हो सबैले । इतिहास र पुर्खालाई गाली गलेर देश बन्दैन । पुर्खाले जस्तै चलाउन खोजेर पनि देश बन्दैन ।हिजो जे भयो, भयो, जे थियो सकियो । हिजोको दोष कसैलाई आज दिनुु हुदैंन, हिजो जस्तो कसैले लिनुु पनि हुदैँन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । चीनतर्फको नाका खुले लगत्तै भारतीय गृहमन्त्री राजनाथसिंहले प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेर सिमानामा देखिएको समस्या समाधानको दिशातर्फ अघि बढ्न आग्रह गरेका छन् ।

नेपालले चीनसँगको तातोपानी नाका  खुलेको खबर आए लगत्तै भारतीय पक्षबाट यस्तो प्रतिक्रिया आएको हो । स्रोतका अनुसार भारतले आजभोलीमै नाका खोलि दिने संकेत गरेको एक मन्त्रीले बताए ।

प्रधानमन्त्री तथा ओलीसँगको टेलिफोन कुराकानीका क्रममा राजनाथले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे । भारतीय सञ्चारमाध्यमका अनुसार राजनाथले मधेसी मोर्चाका नेताहरुलाई हिंसा र आन्दोलन अन्त्य गरेर वार्तामा जान भनेको बताएका थिए ।

 टेलिफोन कुराकानीका क्रममा राजनाथले दुबै नेतालाई नेपाल र भारत युगौँदेखिको असल मित्र रहेको र सधैँ रहिरहने बताएका थिए ।नाकाबन्दीका विषयमा कुरा गर्न प्रधानमन्त्री शुशिल कोइरालाको बारम्वारको आग्रह अस्विकार गरेको भारत सरकारले चीनसँगको नाका खुलेको खबर आएसँगै आफनै समस्या हल गर्न अग्रसर भनि सकेको छ ।

भारत सरकारको दबाब आएसँगै मोर्चा लचिलो भएको छ । उसले पुर्व अडान छोड्ने संकेत देखाएको छ । वीरगन्ज रक्सौँल चेक प्वाइन्टमा अघोषित नाकाबन्दी सातौँ दिन पुग्दा काठमाडौँमा इन्धनको अभाव भएको छ । इन्धन अभावकै कारण विद्यालय, कलकारखाना लगायत थुप्रै क्षेत्र प्रभावित छन् ।

इन्धन अभावकै कारण नेपाल अस्पतालहरु समेत बन्द हुने अवस्थामा पुगिसकेका छन् भने अन्तर्राष्टिय उडानका लागि तेलको व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको छ । अभावकै बीच नेपालले तातोपानी नाका खुलाउने प्रयास थालेको छ ।

यहाँ नेपालमा सामान तथा इन्धन पठाउनका लागि ४ सय चिनियाँ टक लाईनमा छन् । यसअघि भूकम्पपछि आएको पहिरोका कारण यो नाका बन्द भएको थियो ।www.nayakhabar.com
काठमाडौं । चीनसँगको सबैभन्दा ठुलो तातोपानी नाकासम्म आजदेखि गाडी सन्चालनमा आउने भएका छन् । पुर्ण रुपमा अबरुद्ध रहेको नाका हिजो बेलुकी ६ बजेदेखि ट्रयाक खनेर चीनसंग जोडिएपछि आजदेखि साना गाडी सन्चालनमा कुनै अप्ठ्यारो नरहेको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ । डिभिजन

कार्यालयका इन्जिनियर रामबहादुर गुरुङले ठूला गाडी दुइतर्फी रुपमा आवत जावन गर्न केहि कठिनाइ भएपनि साना गाडी सन्चालनमा भने कुनै अप्ठ्यारो अवस्था नरहेको बताए । बाटो खुलेसँगै अब गाडी संचालनको तयारी भैरहेको कार्यालयले जनाएको छ । सडकको अवस्थाबारे सडक बिभागको प्राविधिक सहितको टोलीले अनुगमन गर्ने तयारी गरेको छ । गत बैशाख १२ गतेको भुकम्पपछि अबरुद्ध भएको नाका यसअघि चार पटक सन्चालनमा ल्याइएको भएपनि वर्षाका कारण पुर्ण रुपमा अवरुद्ध थियो । अहिले यो नाका भुकम्पपछि पाँचौ पल्ट चीनसँग जोडिएको हो । सिन्धुपाल्चोकको जुरे नजिक पर्ने घट्टे खोला भन्ने स्थान सहित ४ ठाँउमा सडक अझै थप मर्मत गर्नुपर्ने भएकोले आजदेखि त्यस क्षेत्रको मर्मतको काम गरिने इन्जिनियर गुरुङले बताए । यसअघि जनशक्तिको अभाब भएकोले समस्या भएपनि अहिले एमाले र एकीकृत माओवादीका विद्यार्थी संगठन त्यहाँ पुगेकाले उनीहरुलाई निमार्णमा परिचालन गरिने गुरुङले बताए । यसअघि जनशक्तिपनि कम भएको र अहिले विद्यार्थी पुगेपछि सहज भएको उनले बताए। सरकारले प्राथमिकताकासाथ निर्माण कार्य थालेको ७ दिनमा नै तातोपानी नाका सन्चालनमा आएको हो । यो नाका खुलेसँगै अब चीनबाट आपुर्ति शुरु गरे भारतीय नाकाबन्दीको असर कम हुने अपेक्षा गरिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी । महमा जुनसुकै औषधिसंग मिलेर काम गर्ने सक्ने गुण हुन्छ । यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।
यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन होस् वा खोकी कब्जियतजस्त रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ ।
अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हुँदै । माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ ।
गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनचतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मान्छि ।

मह खादाका फाइदा
१ अदुवाको रसमा या काढ़ामा मह मिसाएर खानाले खोंकि सन्चो हुन्छ ।
२. पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ । बच्चालाई चीनी चीनीको ठाउंमा मह दिन सकिन्छ ।
३. बान्ताको समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
४. शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यस्ले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
५. एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
६. मह नित्य सेवन निल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
७. प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
८. हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
९. पेट को स्यानो स्यानो घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
१०. सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
११. महले मांसपेशिहरु बलवती हुन्छ ।
१२. बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
१३. अदुवाको रस र मह बराबर मात्रामा मिसाएर चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
१४. सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ ।
१५. कब्जियतमा गोलभेडा वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।
महको सेवन गर्दा अपनाउनुपर्ने सावधानी
तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वे्दिकविज्ञहरु बताउँछन् । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ ।
–माछा, मासुसित मह खानु विष सरह हुन्छ ।
–महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।
–अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
–चिया र कफीको साथ मह विष समान हुन्छ ।
–महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।
– घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।
–चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।
–तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
–मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
–निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
–महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।
मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतोअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
–वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिको मह सबभन्दा राम्रो हुन्छ ।
–मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।
–मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
–एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
–बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
–यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक प¥याउँछ ।
www.nepalsandesh.com
काठमाडौं, १६ असोज । राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान गर्नुभएको छ ।
राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम उक्त आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
योसँगै नयाँ सरकारका लागि दलहरूले तयारी थालेका छन् । विशेष गरेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि आन्तरिक तयारी थालेको स्रोतको भनाइ छ ।
एमालेका नेताहरूले विभिन्न दलका नेताहरूसँग परामर्श गरी समर्थन माग्ने जनाइएको छ ।
dainiknepal.com
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) विगतमा गरिएको श्रमबाट भने राम्रै उपलब्धि हातलागी हुनेछ । बोलीको गलत अर्थ लाग्ने वा तपाईंको अभिव्यक्तिबाट विवाद उत्पन्न हुने सम्भावना छ, मान–सम्मानमा आघात पुग्न सक्छ, सचेत रहनुहोला । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । व्यावसायिक काममा अवरोध आउने देखिन्छ । खर्चको मात्रा बढ्ने र आर्थिक अभावले सताउने योग छ ।


बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) मौकाको फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ ।

 मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) धैर्यले काम लिने समय छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । केही मात्रामा खर्च बढ्नेछ । आलस्य जाग्नेछ । काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर प्राप्त हुनेछ।

 कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) नयाँ ज्ञान प्राप्त हुने योग छ । समय उत्साहवर्द्धक रहला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन समेत लाभ हुने समय छ । दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुनेछ ।

 सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । काममा मातापिताको सहयोग प्राप्त होला । उत्साहमा अलि कमी आउला । तापनि प्रतिष्ठित काम गर्ने मौका छ । तर, अनावश्यक ठाउँमा खर्च हुन सक्छ, सचेत रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

 तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ ।

 बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। रमाइलो यात्राको समेत मौका छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।


 धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला । सरकारी कडिकडाउको सिकार भइनेछ ।

 मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) सेवामूलक कामबाट धनलाभ हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला ।

 कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला । हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला । स्थायी सम्पत्तिमा केही विवाद आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।

 मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । काममा चुनौती देखिएलान् । आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ । आर्जित धन तत्काल खर्च हुन सक्छ । पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ ।
भनिन्छ, छिमेकी भनेको जिउँदाको जन्ति र मर्दाको मलामी हो । तर, हाम्रो छिमेकी ठीक बिपरित बन्दै आएको छ बिगतदेखि वर्तमानसम्म । नेपाल र नेपाली जनताको चाहनाअनुरुप निकै लामो संघर्ष र बलिदानी पछि प्राप्त उपलब्धिमा शुभकामनाका दुई शब्द समेत व्यक्त गर्न नसक्नु र संविधान घोषणाको अन्तिम
अवस्थासम्म आइपुग्दा बिभिन्न बहानामा त्यसलाई रोक्ने प्रयास हुनुले प्रष्ट हुन्छ कि हाम्रो छिमेकी मुलुक भारत हामीप्रति कति उदार रहेछ र उसले नेपाल र नेपाली जनताको कति हित चाहेको रहेछ भनेर ।
संविधानसभामार्फत संविधान बनाउने सदियौंदेखिको जनचाहना पूरा भएको खुसियालीमा देश रमाउँदै गर्दा उत्तरी छिमेकी मुलुक चीनले स्वागत गर्यो । अमेरिका लगायत शक्तिशाली र भौगोलिक रुपमा केहीपरका राष्ट्रहरुले समेत तत्काल शुभकामना दिए तर आफूलाई असली छिमेकी र बडे भाईको संज्ञा दिँदै आएको र भौगोलिक रुपमा सबैभन्दा नजिकको राष्ट्र भारत भने रिसले मुर्मुरिएर बस्यो । यतिमै सीमित रहन सकेन, धम्कीपूर्ण भाषामा ७ वटा मागहरु राख्यो ।
गुलामहरुले अरुलाइ पनि गुलाम नै सम्झिन्छ र गुलामी बनाउन पाए हुन्थ्यो भन्ने सोच राखिरहन्छ तर नेपालको सन्दर्भमा यो सोच साकार हुने छैन । यदि कसैले यो मुर्खतापूर्ण बिचार मनमा उब्जाउँछ भने त्यो पागल हो ।
असोजको पहिलो सातादेखि हालसम्मका उसका गतिबिधिलाई नियाल्दा लाग्छ कि भारत पनि नेपालकै कुनै एक हिस्सा हो र नेपालको संविधान बन्दै गर्दा जसरी देशका बिभिन्न क्षेत्रका मानिसहरुले आ–आफ्ना मागहरु राखे, त्यसैगरी भारतले पनि राख्दैछ । उसरी हेर्दा त भारत एउटा छुट्टै देश हो भनेर विश्वमा चिनिन्छ तर नेपालप्रति देखाएको व्यवहारले अब त्यो विश्वसामु खुल्ला रुपले भनिदिओस् कि हामी पनि नेपालकै एक हिस्सा भित्र पछौं र हामीलाई नेपालमा बनेको संविधानमा यो–यो माग चाहियो भनेर । तब उसका मागका बारेमा छलफल चलाऔला, हैन भने आफूलाई विश्वको उदाउँदो राष्ट्रका रुपमा परिचित गराउन खोजेको भारतले एउटा स्वतन्त्र, स्वाभिमान र विश्व मानचित्रमा विशिष्ठ पहिचान बोकेको मुलुकमाथि यसरी धावा बोल्न नैतिकताले मिल्छ ?

लेखकः सिद्धराज उपाध्याय
हो, केही दास, दलाल र दरिद्र मानसिकताका अवसरबादीहरुले आफ्नो स्वार्थसिद्धका निम्ति दिल्ली दरबार गुहा¥यो भन्दैमा सबै नेता र सबै नेपालीलाई त्यो स्विकार्य हुन सक्ला र ? जुन कुरा प्रचण्डजीले प्रष्ट पारिसक्नु भएको छ, यतिले पुग्नुपर्ने हो तर पुगेको रहेनछ । छिमेकी भएको नाताले देश र जनताको हितका लागि गाह्रो, अप्ठेरो र परिवर्तनका घडीमा सहकार्य गर्नु (जुन राणा शासनको अन्त्यका लागि राजालाई साथ दिनु र राजतन्त्र अन्त्यका लागि माओबादीलाई शरण दिँदै प्रजातान्त्रिक शक्तिलाई सघाउनु) ठीकै रुपमा लिन सकिएला । त्यसलाई सम्मानै गर्न सकिएला तर त्यसो भन्दैमा घरेलु र स–साना आन्तरिक मामिलामा समेत दखल पु¥याउदै राष्ट्र र राष्ट्रियतामाथि नै धावा बोल्न खोज्नु औला दिँदा हत्केलै निल्न खोज्नु जस्तै हो, जुन भ्रमबाट भारत मुक्त हुनैपर्छ । यो नेपाल र नेपालीका लागि मात्रै हैन्, उसको आफ्नै अस्थित्व र पहिचानका लागि बढी लाभदायी हुनेछ ।
गुलामहरुले अरुलाइ पनि गुलाम नै सम्झिन्छ र गुलामी बनाउन पाए हुन्थ्यो भन्ने सोच राखिरहन्छ तर नेपालको सन्दर्भमा यो सोच साकार हुने छैन । यदि कसैले यो मुर्खतापूर्ण बिचार मनमा उब्जाउँछ भने त्यो पागल हो । भारत आफै एउटा उदाहरण हो, अंग्रेजको गुलामबाट मुक्ति पाएको । यति हुँदा हुँदैपनि कसरी अरुलाई गुलामी बनाउँला भनेर सोच्नसम्म भ्याएको ? तर यो त्यति ठूलो कुरा होइन । किनकी रुघाखोकी लाग्यो भने त्यसको असर केही दिनसम्म रहन्छ हो यो पनि त्यस्तै हो, अझै उ मानसिक रुपमा पूर्ण स्वतन्त्र र स्वाभिमान हुन सकिरहेको छैन । त्यसैले बारम्बार यस्तो सोच आँउछ र छिमकी भएको नाताले हामीसम्म आइपुग्छ ।
सारा विश्वलाई थाहा छ, नेपाली न त कहिल्यै गुलामी बने, न त बन्न सक्छन् न त बन्ने नै छन् चाहे जति सुकै लेन्डुपहरुको जन्म भइरहोस् । हरेक देशमा यस्ता अपबादहरु हुन्छन् जसलाई हामीले सामान्य रुपमा लिनुपर्छ । किनकी नकरात्मक सोच भएका मानिसहरुको बीचबाट खराब किरणहरु आउनु नौलो कुरा होइन र त्यसबाट केही कमजोर मानिसहरु ग्रसित हुनु ठूलो कुरा होइन । स्वभावतः प्रभावित ति व्यक्तिहरुले अरुलाई पनि भाइरस फैलाउने हरदम प्रयास गरिरहन्छन् त्यो पनि राम्ररी बुझेका छौं । त्यो सफल हुदैन किनकी नेपालको वातावरणमा त्यो एकदमै कमजोर भाइरस हो । प्राकृतिक रुपमै त्यस किसिमको भाइरस धेरै दिन जीवित रहन सक्दैन किनकी लेण्डुप जातको भाइरसका लागि नेपाल अत्यन्तै अनुपयुक्त वातावरण भएको मुलुक हो सबै हिसावबाट ।
हामीले मान्दै आएका थियौं कि भाषा, संस्कृति र परम्पराका हिसावले नेपाल र भारतबीच धेरै कुराहरु मिल्छन् त्यसैले त हाम्रो तराईका केही जिल्लाहरुमा रोटी बेटीकै सम्बन्ध रहँदै आएको छ । दुई देशका जनता बीचको यहि सम्बन्धले बढाएको आत्मियताका कारण हामीले सम्मान दिँदै ठुलदाई पनि भन्दै आएका थियौं तर अब उ आफैले भाईलाई दुष्मन ठान्छ भने…।
उ अर्थात भारतबिना नेपाल चल्दैन भन्ने भ्रमबाट सायद उ सचेत भई सकेको हुनुपर्छ उत्तरतर्फको छिमेकी मुलुक चीनले देखाएको आत्मियता र यो बिषम परिस्थितिमा दिएको ढाडसबाट । भूपरिवेष्ठित मुलुक नेपाल र त्यसका केही अन्तराष्ट्रिय मुल्य र मान्यतालाई समेत लत्याउदै केही दिन यता गरेको अघोषित चर्को नाकाबन्दीले सबैभन्दा ठूलो घाटा भारतलाई हुनेछ त्यो कालान्तरले बताउला । अहिले सक्छौ भने घोषित रुपमै नाकाबन्दी गरे हुन्छ । जसले मुलुकको विकासमा ठूलै टेवा पुग्ने छ घाटा केही हुने छैन, अझै सकिन्छ भने चाइनाको ग्रेट वाल जस्तै सिमानामा पर्खाल लगाउँदा कैयौँ गुणा राहत मिल्नेछ सिमा क्षेत्रका जनतालाई ।
आजका दिनसम्म आइपुग्दा भारतले जे जहाँ सहयोग गरेको जस्तो देखियो, त्यहाँ सबै आफ्नो स्वार्थसिद्धका लागि मात्र भएको देखिन्छ । उसको आफ्नो स्वार्थबिना केही गरेको रहेनछ भन्ने उदाहरण हो नेपालको संविधान २०७२ । नेपाललाई अस्थिरताको भूमरीमा रुमल्याउँदै आफ्ना केही निहित स्वार्थ पूरा गर्नका लागि सदियौं देखि मिलेर बसेका समुदायबीचमा दरार उत्पन्न गराउँदै काटमारको अवस्थासम्म पु¥याई नेपाललाई घुँडा टेकाउने काल्पनिक सपना अब पुरा नहोला कि ?
dainiknepal.com
बागलुङ, १५ असोज । भारतले नेपालको सीमा नाकामा लगाएको अघोषित नाकाबन्दीप्रति यहाँ बस्ने भारतीयले विरोध जनाएका छन् ।
भारतका विभिन्न ठाउँबाट पेसा व्यवसायका सिलसिलामा बागलुङ आएका उनीहरुले नेपालमाथि भएको भारतीय हस्तक्षेप निन्दनीय भएको धारणा राखे । भारत र नेपालको मधेसबाट यहाँ आएका व्यवसायी अघोषित नाकाबन्दीविरुद्ध बिहीबार यहाँ भएको प्रदर्शनमा उनीहरु सहभागी भए ।
संयुक्त विद्यार्थी सङ्घर्ष समिति र राष्ट्रिय स्वाधीनताका लागि सामाजिक सञ्जाल बागलुङले आयोजना गरेको सद्भाव पदयात्रामा समेत भारतीय सरिक बने ।
भारतको उत्तर प्रदेश नौतुनाका जयकुमार शर्माले नेपालमाथिको नाकाबन्दी तुरुन्त फिर्ता लिन भारतसँग आग्रह गर्नुभयो । उहाँले सबैभन्दा नजिकको छिमेकी मुलुकले नाकाबन्दी गर्नु दुर्भाग्य रहेको टिप्पणी गर्दै भारतीय र नेपालीबीच असल सम्बन्ध कायम हुनुपर्ने बताउनुभयो ।
भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनमा सहभागी बारा जिल्ला निवासी महेन्द्र साहले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता कायम रहनुपर्ने बताउनुभयो ।
उहाँले नेपालको राष्ट्रिय स्वाधीनता कमजोर पार्ने काम कतैबाट पनि हुन नहुने उल्लेख गर्नुभयो । “हामी तराई मधेस, पहाड, हिमालमा बस्ने सबै नेपाली हौँ, हाम्रो एकता बलियो हुनुपर्छ”, साहले भन्नुभयो– “सीमा क्षेत्रमा भारतले गरेको अघोषित नाकाबन्दी बेठीक छ, यो हामीलाई सह्य छैन ।”
भारतीय तथा तराई मधेसका नागरिकले नाकाबन्दी हटाई असल छिमेकीको व्यवहार प्रदर्शन गर्न भारतसमक्ष आग्रह गरेका थिए । वीरगन्जका रमेश ठाकुरलगायत थुप्रै मधेसी समुदायका व्यक्ति पनि नाकाबन्दीविरुद्धको प्रदर्शनमा सहभागी बनेका थिए ।
संयुक्त विद्यार्थी सङ्घर्ष समिति र राष्ट्रिय स्वाधीनताका लागि सामाजिक सञ्जाल बागलुङले भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका हुन् । हस्तक्षेप नहटेसम्म सङ्घर्षका थप कार्यक्रम सञ्चालन गर्दै जाने विद्यार्थी नेता भीमसेन वनले बताउनुभयो ।
उहाँले सामाजिक सद्भावको सन्देश दिन भारतीय, मधेसी, पहाडी मिलेर संयुक्त रुपमा प्रदर्शन तथा सद्भाव पदयात्राको आयोजना गरिएको जानकारी दिनुभयो । उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष वसन्तकुमार श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि सबै नेपाली एक जुट हुनुपर्ने बेला आएको बताउनुभयो ।
राष्ट्रिय स्वाधीनताका लागि सामाजिक सञ्जालका अगुवा मुकेशचन्द्र राजभण्डारीले सानो देशको स्वाधीनता सानो हुने ठूलोको ठूलो हुने कुरा दुनियाँमा कहीँ नभएको विचार राख्नुभयो । रासस
dainiknepal.com
सिन्धुपाल्चोकः पाँच महिनादेखि लगातार बन्द रहेको अरनिको राजमार्गको बाह्रबिसे कोदारी खण्ड शुक्रबारबाट सुचारु भएको छ ।

डिभिजन सडक कार्यालय चरिकोटको अथक प्रयासले लिपिङ बजारको पहिरोसँगै आएको चट्टानमाथि नै सडकको ट्रयाक खुलाएपछि नेपाल चिन जोड्ने पहिलो नाकाको सडक सुचारु भएको हो ।

पछिल्लो समय भदौ १५ देखि राजमार्गको बाह्रबिसे कोदारी २६ किलोमिटर सडक सुचारु गराउन सडक डिभिजन कार्यालयले पहल थालेको थियो ।

उक्त खण्डको विभिन्न ठाउँमा गएको पहिरो पन्छाउँदै शुक्रबार साँझ करिब छ बजे सिमा क्षेत्रको लिपिङ बजार सम्म साना सवारी साधन चल्न सक्ने गरी सडक सुचारु गराइएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख रामहरी पोखरेलले बताए ।

पोखरेलका अनुसार शुक्रबार साँझ लिपिङ बजारको पहिरोको व्यवस्थापन गर्दै सडक निर्माण भएपछि साना सवारी साधन नेपाल चिन सिमाको मितेरी पुल पुगेको छ ।

सडकको ट्रयाक खुलेपनि व्यापारिक प्रयोजनका कन्टेनरका लागि केही ठाउँमा सडक साँघुरो भएकाले भोलीदेखि सडक सुधारको काम थालिने डिभिजन सडक कार्यालय अन्र्तगत अरनिको राजमार्ग हेर्दै आएका इन्जिनियर रामबहादुर गुरुङले बताए ।

गुरुङका अनुसार राजमार्गको काठमाडौबाट एक सय तीन किमी, घट्टे खोलो र लिपिङ बजारको पहिरोमा केही सुधार गरेपछि व्यापारिक प्रयोजनका कन्टेनर समेत सहज रुपमा सिमा पार गर्न सक्नेछन् ।

सडक कार्यालयले नौ वटा स्काभेटर, ब्रेकर लगायत औजारको प्रयोगले साता लाग्ने अनुमान गरिएको पहिरोबाट तीन दिनमै सडक सुचारु गराएको छ ।

सडक सुचारु गराएपछि सिमाक्षेत्रका बासिन्दाले व्यवसाय सञ्चालन हुनेमा आशावादी हुँदै खुसियाली मनाएका छन् ।

‘राष्ट्रिय चासोको विषय भएकाले हामीले विभिन्न कठिनाइसँग जुध्दै सडक मर्मतको काम अघि बढायौं’, इन्जिनियर गुरुङले भने, ‘अबको दुई दिनभित्र हामी कन्टेनर आवतजावत गर्नसक्ने गरी सडको स्तरोन्नति गर्न सक्छौं ।’

सडक मर्मतमा खटिएका गुरुङका अनुसार सडक सुचारु भए लगत्तै सिमामा रहेका चिनियाँ सुरक्षा अधिकारीलाई जानकारी गराइएको छ ।

भारतले अघोषित नाकाबन्दी गरेपछि गत बैशाख १२ को भुकम्प र त्यसपछिका वर्षादका करण लगातार बन्द रहेको तातोपानी नाका तत्काल सुचारु गराउन सरकारी निकायले बढि पहल गरेको थियो ।

भारततर्फका सबै नाका बन्दका कारण बजारमा दैनिक उपभोग्य सामान समेत पाउन नसक्ने अबस्थामा पुगेपछि सरकारी तबरबाटै तातोपानी नाका खुलाउने चटारो बढेको थियो ।

 भारतबाट आयात हुने केही सामाग्री तातोपानी हुँदै चीनबाट ल्याउन सकिने बिकल्पका रुपमा उच्च तहमै नाका छिटो सञ्चालनमा ल्याउने बारेमा छलफल चलेको थियो ।

सरकारका प्रतिनिधिका रुपमा प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले सडक डिभिजन कार्यालय र सम्वद्ध कर्मचारीलाई यथाशक्य नाका खुलाउन निर्देशन दिएका थिए ।

भुकम्पपछि अरनिको राजमार्गको बाह्रबिसे कोदारी खण्डको २६ किलोमिटर सडकको विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

सडक सुचारु भएसँगै सरकारबाट कुटनितिक पहल भएमा तातोपानी नाकाबाट तत्काल व्यवसाय सञ्चालन हुने वातावरण सिर्जना भएको छ ।

सिमामा रहेका चिनिया सुरक्षा अधिकारीका अनुसार खासादेखि सिगात्सेसम्मको सडकमा कुनै समस्या नभएकाले पनि चिन सरकारले बैशाख १२ को भुकम्पपछि असुरक्षाको कारण देखाउँदै स्थानान्तरण गरेको भन्सार र अध्यागमन लगायतका कार्यालय सिमामा सञ्चालन गराउनासाथ व्यवसाय सञ्चालन गर्न सकिने  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमल श्रेष्ठले बताए  ।

दक्षिणी नाकामा अघोषित नाका बन्दि भएका बेला उत्तरी नाका सहज रुपमा सञ्चालनमा आए पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामान पनि सहज रुपमा भित्राउन सकिने सर्वसाधारणको अपेक्षा छ ।
www.annapurnapost.com
धनगढी : कैलालीको दोदोधरा गाविस–७ कट्टीपुरमा शुक्रबार साँझ माटोको ढिस्कोमा पुरिएर ६ जना बालवालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार दोधरा गाविस–७ कट्टीपुरकी १० वर्षीया सीता प्याकुरेल, सोही गाउँका ६ वर्षीय दीपक प्याकुरेल, ९ वर्षीय मैना सुनार, ६ वर्षीय नतिपा न्यौपाने, ७ वर्षीय किरन सुनार र ७ वर्षकै सुसान्त सुनारको ज्यान गएको छ ।

सीताको ढिस्कोमै पुरिएर ज्यान गएको हो भने बाँकी पाँचजनाको बर्दगोरिया मेडिकलमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दशैंका लागि उनीहरु घर लिपपोत गर्न कट्टीपुरमा रहेको माटो निकाल्ने ठाउँमा गएका थिए ।

एक्साभेटर लगाएर ६ जनालाई निकालिसकिएको छ भने अन्य पनि पुरिएको हुनसक्ने भन्दै प्रहरीले उद्धार जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विश्वराज खड्काले जानकारी दिए ।

घटनामा २ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । कट्टीपुरकै ३० वर्षीया जमुना खतिवडा र सोही ठाउँकी ३५ वर्षीया रतना खतिवडाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुबै घाइतेको अवस्था चिन्ताजनक भएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको छ । annapurnapost.com
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेपालको संविधान निर्माण प्रक्रिया संसारकै उदाहरणीय भएको बताएका छन् ।
संसद बैठकलाई सम्बोधन गर्दै कोइरालाले नेपालमा संविधान निर्माणसँगै आफ्नो कार्यकालमा शान्ति प्रक्रियाका केही महत्वपूर्ण कामहरु पूरा भएको बताए ।
उनले आफ्नो कार्यकालमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता खोजविन आयोग बनेको तथा महाभूकम्पमाबाट क्षतिग्रस्त बनेको समयमा पनि उत्कृष्ठ कार्यसम्पादन गरेको दावी गरे ।
आफ्नो कार्यकालमा सुशासनको थालनी भएको, भूकम्पबाट भएको क्षतिपछि पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धि विधेयक संसदमा विचाराधीन रहेको तथा पुनःनिर्माणबारे दाता सम्मेलन सम्पन्न गरेको उल्लेख गरेका छन् ।
संसदमा उनले संविधान निर्माण प्रक्रियामा असन्तुष्ट बनेका दलहरुलाई वार्तामा आउन आग्रह गर्दै संशोधनको माध्यमबाट अघि बढ्न सकिने बताए ।
यस्तै कोइरालाले संविधान निर्माण प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरेकोमा राष्ट्रपतिलाई आभार प्रकट गर्नुका साथै, संविधानसभामा अध्यक्ष, उपाध्यक्ष, मन्त्रिपरिषदका सदस्यहरु, विभिन्न समितिहरुका सभापति, सभासद, सञ्चारकर्मीसहित सबैलाई धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री कोइरालाको संबोधनको पूर्ण पाठः
सम्माननीय सभामुख महोदय,
नेपाली जनताको लामो संघर्ष र अथक प्रयत्न पछि जनताका निर्वाचित प्रतिनिधिद्वारा लेखिएको नेपालको संविधान जारी गर्न हामी सफल भएका छौं । यो सुखद् अवस्थामा पुर्‍याउन आफ्नो जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति म श्रद्धा र सम्मान प्रकट गर्दछु । नेपालको लोकतान्त्रिक आन्दोलनलाई नेतृत्व गर्नुहुने समस्त नेताहरुको आज म सम्मानपूर्वक स्मरण गर्न चाहन्छु ।
सात दशकको संघर्ष र संविधानसभामा करिब ९ बर्षको निरन्तर प्रयास पछि नेपालको संविधान घोषणा भएको छ । यो संविधान लोकतान्त्रिक मूल्य र मानव अधिकारको विश्वव्यापी मान्यताप्रतिको हाम्रो प्रतिबद्धता अनुरुप छ ।
सभामुख महोदय,
संविधानसभाले पारित गरेको हाम्रो संविधान लोकतन्त्रको उच्चतम र सफल अभ्यासको परिणाम हो । यो अभ्यासले एक दशक लामो माओवादी द्वन्द्वलाई शान्तिपूर्ण निकास दियो । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा प्रारम्भ भएको शान्ति प्रक्रियालाई अन्तिम टुङ्गोमा पु¥यायो । जनताको सर्वोपरिता र गणतन्त्रलाई संस्थागत गर्‍यो, संघीयता र समावेशी लोकतन्त्रको सुदृढ आधार तयार गर्‍यो ।
यस संविधानले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक स्वरुप तथा विविधताका बीच एकता खोज्ने समावेशी लोकतन्त्रलाई संस्थागत गर्‍यो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको विद्यमान संरचना र बहुलवादमा आधारित हाम्रो संसदीय लोकतन्त्रले स्वस्थ प्रतिस्पर्धा र संविधान–स्थापित सकारात्मक विभेदको संयोजन गरी हिमाल, पहाड, तराई र मधेशका जनतालाई शासन केन्द्रमा पुर्‍याउने छ ।
सभामुख महोदय,
नेपाल अब पुराना सोंच, संस्कार र संरचनाबाट मुक्त भएर आधुनिक र वैज्ञानिक युगतर्फ लम्कदै छ । आफ्नो निर्णय आफै गर्ने स्वाधीन, स्वतन्त्र, सार्वभौम देश र जनताको पहिचान र इतिहास बोकेर नेपाल अझ सुदृढ राष्ट्रिय एकता, समावेशी लोकतन्त्र र समृद्धिको बाटोतर्फ अघि बढ्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको यो पहिचानले हाम्रा दुवै छिमेकी मित्र राष्ट्र भारत र चीन तथा अन्य मित्र राष्ट्रहरुसंग अझ प्रगाढ मैत्री एवम् पारस्परिक सहयोग सम्बन्ध बलियो बनाउन मद्दत पुर्‍याउने मैले विश्वास लिएको छु ।
हाम्रा सबै मित्र राष्ट्रहरुलाई ऐतिहासिक संविधानसभाका माध्यमबाट नेपालले हासिल गरेका उपलब्धि र अभ्यासलाई हार्दिकतापूर्ण साथ र समर्थन दिएकोमा म समस्त नेपाली जनताको तर्फबाट र स्वयं आफ्नो तर्फबाट धन्यवाद दिन चाहन्छु ।
सभामुख महोदय,
यस संविधानले संघीय लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्नका साथै सामाजिक न्यायका सन्दर्भमा थुप्रै सकारात्मक प्रावधानहरुको व्यवस्था गरेको छ ।
पहिलो पल्ट आवासको हक, खाद्यान्नको हक, दलितको हक, ज्येष्ठ नागरिकको हक, उपभोक्ताको हक र अपराध पीडितहरुको हकलाई संविधानले मौलिकहकका रुपमा स्थापित गरेको छ । हाम्रो संविधान मौलिक हकको संरक्षण र विस्तारका दृष्टिले पनि उच्चकोटीको छ ।
यस बाहेक,महिला,दलित,मधेशी,आदिवासी–जनजाति, थारु, मुस्लिम, र विभिन्न दृष्टिले पछाडि परेका सबै प्रकारका अल्पसंख्यक समुदायलाई यस संविधानले राज्यका संरचनामा सहभागिता र प्रतिनिधित्वको व्यवस्था गरेको छ ।
संवैधानिक रुपमै पहिलोपल्ट आदिवासी–जनजाती, मधेशी, मुस्लिम र थारु समुदायलाई संवैधानिक आयोगका माध्यमबाट समेत पहिचान, प्रतिनिधित्व र राज्ययन्त्रमा दह्रो पहुँचको विशेष व्यवस्था भएको छ । समावेशी लोकतन्त्रको यी बलिया र गहिरा आधार हुन ।
सभामुख महोदय,
यो संविधान एकातिर समावेशी र प्रगतिशील चरित्रले भरिएको छ भने अर्कोतिर जनआकाङ्क्षा अनुरुप उदार संशोधन प्रक्रियाका माध्यमबाट विकसित हुँदै जाने संभावना समेत यो संविधानले आफूमा अन्तरनिहित गरेको छ ।
संविधानमा समावेश भएका विषयवस्तुका दृष्टिले मात्र होइन संविधान निर्माणमा अंगालिएको विधि र प्रक्रियाका हिसाबले पनि हाम्रो संविधान निर्माण प्रक्रिया उदाहरणीय र प्रतिनिधिमूलक रह्यो ।
संविधानसभाको माध्यमबाट संविधान बनाउने प्रक्रिया आफैमा लामो र चुनौतिपूर्ण पनि हो । एकपटक संविधानसभा संविधान बनाउन असफल भएपछि दोहोर्‍याएर संविधानसभाको निर्वाचन भएको दृष्टान्त प्रायः देखिएको छैन । हामीले दोस्रोपटक पनि संविधानसभाको निर्वाचन गर्‍यौं र संविधानसभा मार्फत नै संविधान निर्माण गर्न सक्यौ ।
सभामुख महोदय,
यो डेढ बर्षभित्र संविधान निर्माणसंगै शान्ति प्रक्रियासंग संबन्धित थुप्रै कामहरु भएका छन । सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता पारिएकाहरुको छानवीन सम्बन्धी आयोगहरुको विधिपूर्वक गठन र काम प्रारम्भ भएको छ । द्वन्द्व पीडितहरुको लागि राहत र सहयोगका कार्यहरु थालिएका छन् ।
यसै बीच देशको पूर्वाधार र सामाजिक विकासका साथै सुशासनका क्षेत्रमा केही आधारभूत प्रयत्नहरुको थालनी भएका छन् । ऊर्जाको क्षेत्रमा, हवाई यातायातको क्षेत्रमा, सिंचाई, पूर्वपश्चिम रेलमार्ग र सडक यातायातका क्षेत्रमा महत्वपूर्ण आयोजनाहरु अगाडी बढेका छन् । जैविक विविधता र प्राकृतिक सम्पदाको संरक्षण र विधि निर्माणमा समेत महत्वपूर्ण उपलब्धिहरु भएका छन् । सार्क सम्मेलनको सफल आयोजनादेखि भूकम्पबाट क्षतिग्रस्त हाम्रा संरचना र जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने दिशामा सरकारले महत्वपूर्ण कार्य सम्पादन गर्न सक्यो ।
भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण र सुरक्षित आवासका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन नेपालको पुनर्निर्माण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ । पुनर्निर्माण कार्यलाई गति दिन अधिकार सम्पन्न प्राधिकरण बनाउने निर्णय अनुरुप यस सम्बन्धि विधेयक यसै व्यवस्थापिका संसदमा विचाराधीन छ ।
सभामुख महोदय,
केही राजनीतिक दलका साथीहरु संविधान निर्माणको प्रक्रियाका विभिन्न चरणमा संलग्न रहे पनि हाल प्रक्रियाभन्दा बाहिर हुनुहुन्छ । म उहाँहरुलाई वार्ता र संवादमा बसेर विवाद समाधान गर्न आह्वान गर्दछु । यस संविधानलाई थप सुदृढ बनाउने दिशामा हामी साझा मुद्दाको पहिचान र त्यसलाई संविधानको अंग बनाउने दिशामा काम गर्न सक्छौ ।
अन्तरिम संविधान २०६३ को भावना अनुसार समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका संरचनामा प्रतिनिधित्व र सहभागिताको हक वर्तमान संविधानमा सुनिश्चित गर्ने विषयलाई हामी सबैले आत्मसात गरेका छौं । त्यस्तै हिमाल पहाडका दुर्गम भौगोलिक जिल्लाको प्रतिनिधित्व सुनिश्चित गर्दै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषय प्रायः हामी सबै राजनीतिक दलले संबोधन गर्नुपर्ने भनी पहिचान गरिएका विषय हुन ।
सभामुख महोदय,
मैले प्रमुख राजनीतिक दलको सहमतिका आधारमा यिनै विषयलाई संविधान संशोधन गरेर समाधान गर्न सकिन्छ भनी संविधानसभालाई आश्वस्त पारेको कुरा स्मरण गराउन चाहन्छु । तीन प्रमुख राजनीतिक दलका तर्फबाट संयुक्त हस्ताक्षर गरी हाम्रो प्रतिबद्धता जनतामाझ समेत पुगीसकेको छ । आदिवासी,जनजाति,थारु मधेशी,मुस्लिम,दलित लगायत सबै आन्दोलनमा उठेको यो साझा विषयलाई संशोधन गर्न मन्त्रिपरिषद्ले संविधान संशोधन विधेयक तयार गरी संसदमा पेश गर्न कानून,न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई निर्देशन सहित स्वीकृति प्रदान गरेको छ ।
सभामुख महोदय,
तराई–मधेशमा अहिले भैराखेको आन्दोलनले देश अत्यन्त असहज र कठिन मोडमा आईपुगेको छ । हाम्रो सम्पूर्ण आयात निर्यातलाई प्रभावित गर्ने गरी सीमा नाका बन्द र अबरुद्ध छन् । नेपाली जनता जीवन धान्न आवश्यक सामग्रीको अभाव झेलिरहेका छन् । स्कूल, कलेज र विद्यार्थीको भविष्य प्रभावित भएको छ । उद्योग–धन्दा र व्यापार चौपट भएको छ । किसान र श्रमिकको जीवन कष्टकर बन्दै गएको छ । औषधी र अस्पतालको सेवा प्रत्येक दिन थप कष्टकर हुँदै गएको छ । सञ्चार गृहका प्रकाशन र प्रशारण कार्य प्रत्यक्ष रुपमै प्रभावित भएका छन ।
सभामुख महोदय,
आन्दोलनले हाम्रो सामाजिक सद्भाव, देशको सामथ्र्य र हाम्रो अन्तराष्ट्रिय सम्बन्धमा समेत असर पर्ने परिस्थिति नबनोस् भन्ने तर्फ हामी सबैले सजग रहनु जरुरी देख्दछु । म भारत सरकारसंग समेत नेपालको पारवहन अधिकार र सुविधा प्रयोग गर्न सीमा क्षेत्रमा कुनै किसिमको ढिलाई सिर्जना हुन नदिन हार्दिक आग्रह गर्न चाहन्छु ।
सभामुख महोदय,
आन्दोलनको यो विषम परिस्थितिमा पनि तराई–मधेश र थारु आन्दोलनमा संलग्न पक्ष र दलका नेताहरुसंग आन्दोलनमा उठेका मुद्दाहरुको सम्बोधन गर्न सरकार र तीनदलका प्रतिनिधिहरुले लगातार वार्ता गरिरहनु भएको छ । वार्ताको वातावरण बनाउन सरकारका तर्फबाट आन्दोलनका घाइतेहरुको उपचार,मृतकका परिवारलाई राहत, मुद्दा र गिरफ्तारी फिर्ता गर्ने, कफ्र्यू, दंगाग्रस्त क्षेत्र घोषणा फिर्ता गर्ने र सुरक्षा निकायलाई सामान्य जिम्मेवारीमा फर्काउने दिशामा सरकारद्वारा निर्णयहरु भएका छन । आन्दोलनमा उठेका राजनीतिक मुद्दालाई सम्बोधन गर्ने अग्रसरता पनि सरकार र तीन दलबाट लिइएको छ । मलाई विश्वास छ, वार्तामा विकसित पछिल्लो सकारात्मक परिस्थितिलाई परिणाममुखी बनाउन सरकार र आन्दोलनरत पक्ष दुवैको भूमिका महत्वपूर्ण हुनेछ । म आन्दोलनरत पक्षलाई हाम्रो समग्र आपूर्ति व्यवस्था, जनताको जीवन र जीविका तथा समग्र अर्थतन्त्रमा गम्भीर जोखिम पर्ने ढंगको वर्तमान आन्दोलन फिर्ता लिन आह्वान गर्दछु ।
सभामुख महोदय,
संविधानसभाबाट संविधान निर्माण गर्ने यस ऐतिहासिक दायित्व पूरा गर्ने कार्यमा सधै भरी अभिप्रेरित गरिरहनु हुने सम्माननीय राष्ट्रपति डा. रामवरण यादवप्रति आभार प्रकट गर्न चाहन्छु । संविधान निर्माणका कठिनतम् चुनौतिहरुलाई समाधान गर्न अहोरात्र क्रियाशील संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दलका नेतृत्व वर्ग, संविधानसभाका सम्माननीय अध्यक्ष र उपाध्यक्ष, संविधानसभाका विभिन्न समितिका अध्यक्ष एवम् सदस्यहरु, समस्त माननीय सभासद, संविधानसभाका महासचिव लगायत सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, संविधानविद्, मित्रराष्ट्र तथा अन्तराष्ट्रिय समुदाय, सञ्चारकर्मीहरु र समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।
मेरो नेतृत्वमा रहेको मन्त्रिपरिषद् र मातहतका सम्पूण निकायलाई यो ऐतिहासिक उपलब्धि सहित मुलुकमा सुशासन कायम राख्न गर्नुभएको सहयोगप्रति धन्यवाद दिन चाहन्छु । न्यायपालिका र संवैधानिक निकायहरुबाट प्राप्त सल्लाह, सुझाव र सहयोगप्रति पनि म आभार व्यक्त गर्न चाहन्छु ।
सभामुख महोदय,
अन्त्यमा,
संविधानसभाबाट संविधान जारी गर्ने कार्यलाई सबै दृष्टिले मद्दत पुर्‍याउने दायित्व बोकेर मैले प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालेको थिए तथा संविधानको घोषणा भएपछि पदीय जिम्मेवारीबाट मुक्त हुने सार्वजनिक प्रतिवद्धता समेत प्रकट गरेको थिए । संविधानको विद्यमान व्यवस्था र मेरो सार्वजनिक प्रतिबद्धता अनुरुप नयाँ प्रधानमन्त्री चयनको संवैधानिक प्रक्रिया अघि बढाउन सम्माननीय राष्ट्रपति महोदयलाई अनुरोध गर्न व्यवस्थापिका संसदको यो बैठक पछि जानेछु ।
धन्यवाद !
जय नेपाल !!
www.nepalsandesh.com
रबिना बोहरा
बागलुङ, १५ असोज । बागलुङमा एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन् ।
एक बर्षदेखिको प्रेम सम्बन्धमा विहे प्रस्ताव राख्दा अस्वीकार गरेपछि युवकले प्रेमिकाको हत्या गरेका हुन् । प्रेमिका हुग्दिशिर गाविसकी २७ वर्षीया तारा श्रीषको हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय इन्द्रबहादुर पुनलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
हत्याको आरोपमा पक्राउ परेका पुनले आफूले नै महिलाको हत्या गरेको स्वीकार गरेका छन् । अभियोग स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार साझ बागलुङमा पत्रकार सम्मेलन गरी पुनलाई सार्वजनिक गरेको हो ।
गत असोज ६ गतेदेखी वेपत्ता भएकी महिलाको असोज ११ गते हुग्दिशिर-३ भाटीको छेणास्थित फोहोर फाल्ने खोल्सामा किरा परेको अवस्थामा शव फेला परेको थियो । कुहिएको अवस्थामा महिलाको शव फेला परेपछि प्रहरीेले अनुसन्धान गर्दै जाँदा विहीबार पर्वतको फलेबासबाट शंकाको आधारमा ईन्द्र पुनलाई नियन्त्रणमा लिएको थियो ।
अभियुक्त पुनले मृतक महिलासंग आफ्नो लामो समयको प्रेम रहेको, समय समयमा शारीरिक सम्बन्ध हुने गरेको र विवाह प्रस्ताव राख्दा नमानेपछि ज्याकेटको डोरीले घाटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । मृतक महिला हुग्दिशर गाविसकै सर्वोदय उच्च माध्यामीक विद्यालयमा अध्यापन गराउदै आएकी थिईन् ।
शिक्षिका तारा श्रीष विवाहित महिला हुन् । केही समयअघि मात्रै उनले आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिईन् । त्यसपछि उनी इन्द्रबहादुर पुनसँग नजिएकी थिईन् ।
dainiknepal.com
शुक्रबार, १५ असोज
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले पदत्याग गर्दै नयाँ सरकार गठनका लागि राष्ट्रपति डा.रामवरण यादवलाई नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
शुक्रबार बेलुका बसेको संसद बैठकलाई सम्बोधन गर्दै कोइरालाले नयाँ संविधान जारी भएपछि आफू पदमुक्त हुने पूर्वप्रतिबद्धता अनुसार नै पदत्याग गरेको जनाएका हुन् ।
यससँगै अब नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रुपमा सुरु हुने भएको छ । कोइराला नेतृत्वको सरकार अब कामचलाउको हैसियतमा रहनेछ ।
कोइराला २०७० माघ २७ नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले यसअघि नै संविधान निर्माण गरेर आफूले पद छाड्ने बताएका थिए । उनले शुक्रबार नै राष्ट्रपति डा.रामवरण यादवसँग भेट गरी राजीनामा बुझाउने छन् ।
www.nepalsandesh.com
काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरि नेपालको पछिल्लो अवस्थाका बारेमा छलफल गरेका छन् ।
उनले नेपालमा भारतले नाकाबन्दी नगरेको र समस्या समाधान गर्न पहल गरिरहेको बताएका छन् । सिंहले प्रधानमन्त्रीलाई फोनमा भारत सरकार नेपाली जनतालाई परेको संकट प्रति क्षमा माग्दै सहजिकरणकालागि उपाय सोचिरहेको बताएका थिए ।
सिंहले मधेसमा आन्दोलनरत दलहरुसँग तत्काल वार्तामा वोलाउन आग्रह समेत गरे ।
उनले आफुले मधेसी दलका आन्दोलनरत नेताहरुलाई पनि वार्तामा जान आग्रह गर्ने र नेपालको समस्या नेपाल भित्र बाटै समाधान गर्न जोड दिएको भारतीय अनलाइन पत्रिका टाइम्स अफ इण्डीयाले जनाएको छ ।
www.nepalsandesh.com

 महिलालाई असाध्यै मनपर्ने यौन आसन यस्ता छन !
श्रीमान श्रीमती बिच हुने यौन सम्पर्कले कस्लाई बढि यौन आनन्द भएको होला ? पुरुष यौन साथीलाई रमाइलो हुँदा आफलाई दुई गुणा रमाइलो भएको अनुभूति श्रीमती अर्थात प्रेमीकाको हुन्छ ।
तर महिलाको यौन चाहना भने पुरा हुदैँन् । महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्नअनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन्


१, कुकुर आशन : कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन ।यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।
२, क्षेप्यास्त्र आसन: पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।
३,घोडचडी आसन : यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो।
यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।
४ ,चम्चा आसन : यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।
५,उठी उठी आसन: महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुमा समात्न पनि सक्छन् ।
– सुधासुमन ढकाल
दाङ, १५ असोज । नेपालमा नाकाबन्दी गरिरहेको भारतले अन्ततः नाका खोलेको छ ।
भारतले मध्य पश्चिमाञ्चलसँग जोडिएको रुपडिहा नाका खोलेको हो । नाका खुलेपछि दाङमा आगामी आईतबार पेट्रोलियम पदार्थ आउने भएको छ । नेपाल आयल निगम वितरण कार्यालय तुलसीपुरले रुपडिहा नाका खुलेकाले आईतबारदेखि भारतले पेट्रोलियम पदार्थ आपूर्ति गर्ने जनाएको छ ।
वितरण कार्यालय प्रमुख सुजित पोखरेलले पेट्रोल, डिजल र मट्टितेलका लागि आफूले विहीबार माग गरेर पठाएको र त्यो आइतबार (पर्सी) आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार यस पटक दाङमा एक सय २० हजार लिटर डिजल, ५२ हजार लिटर पेट्रोल र २४ हजार लिटर मट्टितेलको माग छ ।
सामान्य अवस्थामा दाङमा दिनमा ४० हजार लिटर डिजल, हप्तामा ४० हजार लिटर पेट्रोल र महिनामा २४ हजार लिटर मट्टितेल खपत हुने गरेको उहाँले बताउनुभयो । गएको आईतबारदेखि दाङमा पेट्रोलियम पदार्थ नभित्रिएकाले यो पटक धरै मात्रामा पेट्रोलियम पदार्थको माग भएको कार्यालयले जनाएको छ । पेट्रोलियम पदार्थको वितरण भने प्रशासनसंग समन्वय गरेर मात्र गरिने पोखरेलले बताउनुभयो ।
dainiknepal.com
'राष्ट्रिय सहमतिमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने'
काठमाडौँ, १५ असोज । सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख तीन दलका तर्फबाट यसअघि संविधानसभामा व्यक्त प्रतिबद्धताअनुसार संविधान संशोधनका लागि व्यवस्थापिका-संसद्मा प्रस्ताव पठाउने निर्णय गरेको छ । मधेसी मोर्चासहितले मुख्य मुद्दा बनाएका दुईवटा माग समेत पुरा गर्ने गरी संविधान संशोधनको प्रस्ताव संसद् बैठकमा लाने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले निर्वाचनसम्बन्धी संविधानको प्रावधान संशोधन गर्दै हरेक जिल्लामा एउटा निर्वाचन क्षेत्र कायम हुनेगरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्ताव संसद् बैठकमा लैजाने भएको छ । त्यस्तै, संविधानको सामाजिक न्यायको हक अन्तरगतको बुँदामा समानुपातिक समावेशी भन्ने शब्द थप्ने प्रस्ताव सरकारले संसद् बैठकमा लाने भएको हो ।

संविधान संशोधनका लागि आवश्यक काम सम्पादन गर्ने गृहकार्य गर्न कानुन मन्त्रालयलाई जिम्मेवारी दिइएको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
तत्कालीन संविधानसभामा प्रमुख तीन दलबीच भएको सहमतिका आधारमा प्रधानमन्त्री सुशील कोइरालाले निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशीलगायतका विषयमा संविधान संशोधनको प्रतिबद्धता जनाउनुभएको थियो ।

बैठकले नेपालको संविधानको धारा २९८ बमोजिम संविधानसभाबाट संविधान घोषणा भइसकेपछि राष्ट्रिय सहमतिका साथ प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्ने काम अघि बढाउन प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री डा रिजालले बताउनुभयो । रासस
- दैनिक नेपालबाट
विमल योगी
काठमाडौं, १५ असोज । प्रधानमन्त्री सुशील कोइरालाको राजीनामाको विषयलाई लिएर मन्त्रिपरिषद बैठकमा एमालेका मन्त्रीहरूले बबन्डर मच्चाएका छन् ।
बबन्डरसँगै मन्त्रिपरिषद बैठकमा झन्डै हात हालाहालको अवस्थामा पुगेको स्रोतको दाबी छ । सिंहदरबारमा आज आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री कोइरालाको राजीनामालाई लिएर चर्काचर्की भएको स्रोतले जनाएको छ । उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्रीले आजै राजीनामा दिनुपर्ने भन्दै अडान लिएपछि कांग्रेसका मन्त्रीहरू जंगिएका थिए ।
कोइरालाले राजीनामा नगर्ने तर नयाँं सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्ने बताएपछि एमाले मन्त्रीहरू आक्रोशित भएको स्रोतको भनाइ छ ।
नयाँं सरकार गठनको प्रक्रिया आरम्भ गर्न प्रधानमन्त्री कोइरालाले राष्ट्रपतिलाई आजै आग्रह गर्नुहुनेछ । प्रधानमन्त्रीले राजीनामा नदिए पनि नयाँ सरकार गठनका लागि भने आजैदेखि बाटो खुल्नेछ ।
एमाले मन्त्रीहरूले भने प्रमुख चार दलको पूर्वसहमति र संविधानको व्यवस्था अनुसार राजीनामा गर्नु उचित हुने बताएका छन् ।

स्रोतका अनुसार उद्योगमन्त्री बस्नेतले मन्त्रिपरिषद बैठकमा ‘एमाले मन्त्रीहरूलाई हटाउन मिल्छ भने संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले राजीनामा गर्नु उचित हने भन्न किन नहुने ?’ भन्दै जंगिएका थिए । एमालेका अन्य मन्त्रीहरूले पनि प्रधानमन्त्रीले राजीनामा गरेर संविधान कार्यान्वयन र तीन दलीय सहमतिको पक्षमा उभिनुपर्ने बताएका थिए ।
कांग्रेसका मन्त्रीहरूले राजीनामा गर्न आवश्यक नभएको र नयाँं सरकार गठनको प्रक्रिया आरम्भ गर्न सहयोग गर्न राष्ट्रपतिलाई अनुरोध गर्न सकिने भन्दै तर्क राखेका छन् ।
मन्त्रिपरिषद् बैठकमा कांग्रेस र एमालेका मन्त्रीहरूबीच प्रधानमन्त्रीको राजीनामालाई लिएर चर्काचर्की भएपछि बैठकको माहोल तात्तिएको थियो । घर फर्कने बेला कांग्रेस र एमालेका मन्त्रीहरूबीच भएको यो बिवादले अब बन्ने नयाँ सरकारलाई पनि केही समस्या पर्ने कांग्रेस मन्त्रीहरूको भनाई छ ।
dainiknepal.com
काठमाडौँ : नयाँबानेश्वरबाट एक थान कटुवा पेस्तोल, सोको चार राउन्ड गोली, एक थान खुकुरी र एक थान चक्कुसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नयाँबानेश्वरको आलोकनगरमा डेरा गरी बस्ने बैतडी देउलेख घर भएका भूपेन्द्र कार्कीलार्इ बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँ डेरा गरी बस्ने बैतडी घर भएका शरदचन्द्र जोशीका चारजना परिवारलाई मार्छु भनी हतियार लिएर गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस www.annapurnapost.com
रौतहट : पूर्व–पश्चिम राजमार्गमा अवरोध गर्न आएका मधेसी मोर्चा र थरुहटका कार्यकर्तालाई रोक्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरमा गोली चलेको छ ।

गौर राजमार्गतर्फबाट आएका करिब १ हजार प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि शुरु झडपका क्रममा प्रहरीले २० राउन्ड बढी गोली चलाएको छ ।

पूर्व–पश्चिम राजमार्गतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोकेपछि दिउँसो १ बजेबाट शुरु झडपले हिंसात्मक रुप लिएको हो ।

प्रदर्शनकारीलाई रोक्न खटिएका सशस्त्र र जनथपथ प्रहरीले अहिलेसम्म २० राउन्ड हवाई फायर गरिसकेका छन् ।

सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलार्इ चन्द्रनिगाहपुर बजारबा करिब २ किलोमिटर तलतिर रोकेपछि झडप भएको हो ।

त्यसैगरी १ दर्जन अश्रुग्यास हानिएको छ भने सोही संख्यामा रबरका गोली प्रहार गरिएको छ ।

सुरक्षा निकायले अहिलेसम्म दुबैतर्फ घाइते भएकाहरुको विवरण दिइसकेको छैन । झडप जारी रहेकाले घटनाको विस्तृत विवरण आएको छैन ।
www.annapurnapost.com
काठमाडौं । नेपालमा नयाँ सरकार गठनको चर्चा चल्न थालेदेखि नै अर्को चर्चा सुरु हुन्छ ‘भारतले समर्थन गर्छ त ।’ संसदबाट प्रधानमन्त्री चयन भएको आम नेपालीले देखेपनि त्यसकापछि ठूला षढ्यन्त्र, दोखाधडी र चलखेल भएको हुन्छ ।
अहिले मुख्य तीन दलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने सहमति गरिसकेका छन् । तर, ओलीलाई प्रधानमन्त्री बन्न नदिन भित्रभित्रै ठूलो ग्राइण्ड डिजाईन र चलखेलहरु चलिरहेको उच्च स्रोतले जनाएको छ ।
हामी जे देख्छौ त्यो हुँदैन र जे हुन्छ त्यो देखिदैन, त्यही भएर त यसलाई राजनीति भनिएको हो । अहिले ओलीलाई प्रधानमन्त्री बनाउने कुरा छर्लङग भएपनि ओलीलाई रोक्न र नेपालमाथि आफ्नो प्रभुत्व कायम राख्न दक्षिणी छिमेकी भारत लागिरहेको स्रोत बताउँछ ।
त्यसोत प्रधानमन्त्री बन्नका लागि वर्तमान प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेलपनि दावेदार रहेका छन् । अघिल्लो संविधानसभामा प्रधानमन्त्री बन्दका लागि पौडेल १७ पटकसम्म प्रधानमन्त्रीका लागि भिडेका थिए तर सफल भएका थिएनन् ।
एमाले नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने सहमति भएको बताइएपनि काँग्रेस र एमालेले एकअर्कालाई मन खोलेर सघाउने सम्भावना देखिइसकेको छैन । त्यस अवस्थामा एकीकृत माओवादीको भूमिका मुख्य हुनेछ ।
एकीकृत माओवादीसँग सरकारमा बहुमतको खेलका लागि साँचो हातमा रहेकोले पनि उनले जता फाइदा हुन्छ त्यतै लम्किन सक्छ । काँग्रेस एमालेलाई भिडाउन सके र चातुर्यता प्रयोग गर्न सके काँग्रेस वा एमालेलाई लिएर आफ्नै नेतृत्वमा सरकार गठनको कार्ड प्रयोग गर्न सक्छ । यस्तोमा प्रचण्ड प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ ।
भारतले नेपालमा प्रधानमन्त्रीका लागि सबैभन्दा उपयुक्त पात्रको रुपमा हेरेको एकीकृत माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले पार्टी र संसद छोडेपछि भारतले अहिले प्रधानमन्त्रीका लागि आन्तरिक रुपमा काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई अघि सारेको सुत्र बताउँछ ।
त्यसो त भट्टराईलाई प्रधानमन्त्री बनाउँनका लागि भारतलाई सजिलो भने थिएन । किनभने भट्टराईको पूर्व पार्टी एकीकृत माओवादी काँग्रेस एमालेभन्दा थोरै प्रतिनिधित्वसहित संसदमा तेस्रो पार्टीको रुपमा रहेको छ । त्यसले पनि भारतले आफू निकटको उपयुक्त पात्र खोजी गरिरहेको थियो ।
हुनत नेपालमा जसको सबैभन्दा कम सम्भावना भएको अथ्र्याइन्छ त्यही भइरहेको पाइन्छ । जस्तो अघिल्लो संविधानसभामा एमाले तेस्रो पार्टी भएपनि दुई÷दुई पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको थियो । त्यो कति आफ्नै बलबुँताले भएको थियो, पर्दा खुल्दै जाला ।
केही समयअघि भारतले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई भारत नै बोलाएर छलफल गरेको थियो । दुई नेता भारत भ्रमणबाट नेपाल फर्किएलगत्तै नेपालमा संविधान निर्माणको कामले तिव्रतामात्रै पाएन, प्रचण्ड र देउवाको भूमिका महत्वपूर्ण रह्यो ।
तर, नेपालमा संविधान जारी भएपनि भारत त्यसप्रति खुसी हुन सकेन र अनेक बहानामा अहिले नेपालमाथि अघोषित नाकाबन्दी थोपरिरहेको छ । यसबिचमा एमाओवादी अध्यक्ष प्रचण्ड भारतको नाकाबन्दीको कडा आलोचक देखिएका छन् भने देउवाले यसबारेमा औपचारिक रुपमा केही बताएका छैनन् ।
ओलीलाई प्रधानमन्त्री बन्नै नदिने खेल चल्नुको पछि पनि उनले पछिल्लो समयमा संविधान निर्माण र देशलाई निकास दिनका लागि लिएको राष्ट्रवादी अडान हो । ओली र प्रचण्डले संविधान निर्माण गर्ने क्रममा लिएको अडानले नै अहिले देशले संविधान पाएको छ ।
नेपालमा संविधान घोषणा हुने बेलामा भारतले जसरी त्यसलाई रोक्न आफ्ना सारा प्रयत्न गर्‍यो तर सफल हुन सकेन । अहिले प्रधानमन्त्री बनाउने सन्दर्भमा भारत सफल हुन्छ कि हुन्न राजनीतिक दलका नेताहरुको भूमिकाले प्रष्ट्याउला । तर, अहिले पनि नेपाली नेताहरुले नेपाललाई स्वाधीन राख्न र निकास दिनका लागि तत्परता देखाउनुका साटो प्रधानमन्त्रीको कुर्सीको लागि जोडघटाउको राजनीति गरेभने त्यो देशका लागि भने घातक हुने निश्चित छ ।
अहिले जसरी भारतले आफ्नो चाहाना अनुसारको संविधान नआएको भन्दै नेपालमाथि अघोषित नाकाबन्दी थोपरिरहेको छ, अहिले कुनैपनि नेता संसदको आवरणमा भारतको घोडा चडेर प्रधानमन्त्रीको कुर्सीमा पुग्छ भने नेपाल फेरि एक दशक भारतको गुलाम बन्ने सम्भावना छ ।
संविधान जारी हुने बेलामा नेपाल आएका भारतीय विदेश सचिव एस जयशंकरले नेपाली नेताहरुलाई थर्कांए, त्यो भनेको नेपालका नेताहरुले विगतमा आफ्नो हैसियत विर्सिएर भारतको एउटा तल्लो स्तरको कर्मचारी भेट्नका लागि लाइन लागेर जानु र नेपालमा एउटा सांसद, मन्त्री प्रधानमन्त्री वा कुनै पद वा ओहदामा पुग्नका लागि गरेको ज्युहजुरीको परिणाम नै हो ।
यसबेला पनि भारतसँग नझुकी आफैले जारी गरेको संविधान कार्यन्वयन गर्ने, आफ्नो आन्तरिक समस्या समाधान आफै गर्ने, संविधानमा नसमेटिएका क्षेत्र र जनतालाई आश्वस्त पार्दै विश्वासमा लिएर अघि बनढ्ने हो भने यो पुस्तामात्र होइन नेपालको आगामी पुस्ताले पनि धिक्कार्नेछ ।
www.nepalsandesh.com
आश्विन १५, २०७२- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई समस्या देखाएर भारतले अघोषित नाकाबन्दी गरेको भारतले सानो चित्त देखाएको टिप्पणी गरेका छन् ।

‘मधेसका साथीहरुलाई भारतीय आँखाले हेर्न मिल्दैन । उहाँहरुको चित्त दुखाउन मिल्दैन,’ उनले भने, ‘तर तराईको विषयलाई लिएर भारतले पनि सानो चित्त देखायो । ’

निजी क्षेत्रका संघसंस्थाका प्रतिनिधि तथा उद्योगी व्यवसायीसँग राजधानीस्थित अन्नुपूर्ण होटलमा छलफल गर्दै उनले भारतले सानो चित्त देखाउदा मधेसी नेताप्रति अविश्वासको वातावरण बनेको आरोप लगाए ।

उनले प्रमुख राजनीतिक दलहका नेताहरु तराई नगइरहेका बेला आफू जनकपुर गएको बताए । ‘केही सकारात्मक वातावरण पनि बनेको छ । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु डराइरहेका थिए,’ उनले भने, ‘म जनताको नेता हुँ भन्दै गएँ । सम्बोधन गरे । संबिधान नै जलायो भनेर अपबाह फैलाइयो । हैन ।’
‘राजनीतिबाट पलायन हुँदिन’

भट्टराईले आफू राजनीतिबाट पलायन नहुँने बताएका छन् । ‘मैले पार्टी छाडेपछि बाहिर केही तरंग ल्याएको छ । राजनीतिबाट पलायन हुन लाग्यो कि भन्ने जिज्ञासा छ,’ उनले भने, ‘मैले किन पार्टी छाडे विस्तारै तपाईहरुलाई बुझाउदै जाने छु । म नयाँ यात्रा सुरु गरेको मान्छे हुँ । हिचकिचाहटका साथ यात्रा शुरु गरेको हुँ । तपाईहरुको साथ चाहिएको छ ।’

उनले अध्यापन गराउने, लेख रचना लेखेर मात्रै नबस्ने बताए । उनले अबको राजनीतिक दलको ऐजेन्डा आर्थिक क्रान्ति हुनुपर्ने बताए । ‘अब आर्थिक विकास र सम्बृद्धिको दिशातिर जानै पर्छ,’ उनले भने, ‘पार्टीको निति र धारणा पनि सोही अनुकुल हुनुपर्छ ।’

‘मधेसीसँग केही दिनमै सहमति’
भट्टराईले मधेसी दलहरुसँग केही दिनमै समझदारी हुने बताएका छन् ।
उनले सरकार र मधेसी मोर्चाबीच वार्ता सुरु भएको देखाउदै केही दिनमै समझदारी जुट्ने बताएका हुन् ।
‘हामीले हिजोका दिनमा उठाइरहेका विषयबस्तु उठिरहेका छन् । कतिपय माग जायज छन्,’ उनले भने, ‘बेलामा बुद्धि नपुर्‍याउदा समस्या भएको हो । केही दिनमा सझदारी जुट्ने छ ।’

'नेपाल इकोनमिक पोलिसि फोरम निर्माण गरौ'
भट्टराईले निजी क्षेत्रका संघसंस्था र व्यक्तिहरुको सहभागीतामा ‘ईकोनमिक पोलिसि फोरम’ निर्माण गर्ने प्रस्ताब राखेका छन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स, गैर आबासिन नेपाली संघ (एनआरएनए) लगायत उक्त फोरम निर्माणको प्रस्ताब उनले गरेका हुन् । ‘यो समूहले निती बनाउने छ,’ उनले भने, ‘सोही नीतिको आधारमा अघि बढौला ।’

निजी क्षेत्रका प्रतिनिधिहरुले भने तराईको तत्कालको वाताबरण सल्टाउन आग्रह गर्दै त्यसपछि भट्टराईलाई साथ दिने बताए । ५० दिनदेखि तराईमा रहेका उद्योगधन्दा कलकारखाना बन्द रहेको देखाउदै निजी क्षेत्रका प्रतिनिधिहरुले समस्या सुल्झाउन भट्टराईलाई अनुरोध गरेका हुन् । छलफलमा करिब एक सय उद्योगी व्यवसायी सहभागी थिए ।

‘दाहालले राम्रै भयो भन्नुभयो’
उनले आफूले एमाओवादी छाडेपनि पार्टी नराम्रो भने नभएको बताए । ‘मैले पार्टी छाडे भन्दैमा खराब छ भन्न खोजेको हैन,’ उनले भने, ‘मैले दाहाललाई आज बिहान फोन गरे । पार्टी फरक भएपनि सहकार्य गरेर अगाडी बढ्नुपर्छ भने । उहाँले ठिकै छ । तपाईको कुरा राम्रै हो भन्नुभयो ।’ उनले आगामी दिनमा प्रचन्डसँग पनि सहकार्य गरेर अघि बढ्ने बताए ।kantipur.ekantipur.com
काठमाडौं, १५ असोज । अहिले सबैलाई चाँसोको विषय छ कि पूर्व प्रधामन्त्री बाबुराम भट्टराईले किन पार्टी छाडे ?
यसको सहि उत्तर पार्टी छाड्दा स्वयम् बाबुरामले पनि दिएका थिएनन् । तर, शुक्रबार राजधानीमा आयोजित एक समारोहमा पूर्व प्रधामन्त्री बाबुराम भट्टराईले पार्टी छाड्नुको अर्काे कारण खुलाएका छन् ।
उनले देशलाई आर्थिक विकासको एजेन्डामा केन्द्रित गराउन आफूले एमाओवादी छोडेको बताए । अब आफू राजनीतिक जीवनमा नफर्किने बताउँदै उनले आर्थिक विकासमा नयाँ शक्ति आवश्यक रहेको धारणा राखे ।
शुक्रबार निजी क्षेत्रका अगुवा तथा प्रतिनिधिसँगको छलफलमा बाबुरामले संविधान बनेकोले अब देश आर्थिक विकासमा केन्द्रित हुनुपर्ने भन्दै आफ्नो भूमिकालाई त्यही एजेन्डामा केन्द्रित गर्नका लागि एमाओवादी छाडेको बताए ।
पुरानो ढर्रा र ढाँचाको राजनीतिक अभ्यास र संरचनाबाट अब आर्थिक विकास सम्भव नभएको बाबुरामको भनाई छ । उनले पुरानै शैलीको पार्टी राजनीतिमा आफू नफर्किने जिकिर गरे ।
dainiknepal.com
काठमाडौं : अमेरिकी टापु सामुआमा गत भदौ १८ गते निधन भएका दाङ पुरन्धारा गाविस–९ रिमखोलीको पहाड निवासी विश्वकै होचा मानिस चन्द्रबहादुर डाँगीको शव एक महिनापछि काठमाडौं ल्याइएको छ ।

डाँगीको शव २९ दिनपछि उनका भतिज दोलखबहादुरले मलेसियन एयरको जहाजमार्फत शुक्रबार बिहान साढे ११ बजे ल्याइएको हो ।

कार्गो गरेर ल्याइएको डाँगीको शव त्रिभुवन विमानस्थल भन्सारमा हराएपछि डेढ घण्टासम्म खोजेर फेला पारिएको हो । निधन भएको १६ दिनपछि उनको शव अस्पतालबाट पश्चिमी सामुआ लगिएको थियो ।

उनका अनुसार चन्द्रबहादुरको शव लिएर भतिजा दोलखबहादुर फिजीबाट दक्षिण कोरिया हुँदै भारतबाट नेपाल पुग्नेछन् ।

चन्द्रबहादुरका सहयोगीका रुपमा उनीसँगै त्यहाँ पुगेका भतिजा दोलखको कुनै पनि देशको भिसा थिएन । भिसा नभएकाले उनलार्इ नेपाल फर्कन पनि समस्या भएको थियो ।

चन्द्रबहादुरलाई अनुबन्ध गरेको सर्कसले दोलखलाई फिजीबाट कोरिया अनि त्यहाँबाट भारतको मुम्बई हुँदै नेपाल पठाएको हो ।

उनको भिसा नहुँदा सर्कसले ६ महिनाअघि त्यसैगरी अमेरिकन सामुआ पुगाएको थियो । फिजी अमेरिकी मुलुक छिर्ने सजिलो बाटोमध्येको एक हो ।

चन्द्रबहादुरको उपचारार्थ खर्च करिब २० लाखभन्दा बढी रकम लामो ताकेतापछि सर्कसले तिरिदिएको थियो ।

तीन दिनपछिमात्रै चन्द्रबहादुरको मृत्यु भएको उनकी भाउजूले खबर पाएकी थिइन् । सानै छँदा बाबुआमा बितेपछि चन्द्रबहादुर भाउजूकै काखमा हुर्केका थिए । त्यसैले उनी भाउजूलाई आमा भनेर बोलाउँथे ।


तिलकका अनुसार भाउजू पनि शव कुर्दाकुर्दै थाकेकी छिन् । उनको शवलाई गाउँमै अन्त्यष्टि गर्ने पर्खाइमा आफन्त अनि गाउँलेहरु छन् । ‘शव आएपछि यतै संस्कार गरेर, काजकिरिया गर्ने परिवारको सल्लाह छ’ तिलकले भने ।

हालसम्मकै होचा जीवित मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं १९९६ मङ्सिर १५ गते सल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । उनी दाङको पुरनधारास्थित रिमखोलीमा स्थायी बसोबास गर्दै आएका थिए।

उनलार्इ २०६८ फागुन १४ गते गिनिज बुक अफ वर्ल्ड रेकर्डसले विश्वकै जीवित होचा व्यक्ति भएको पुष्टि गरेको थियो । लन्डनबाट आएका गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेन्टीमिटर भएको प्रमाणित गरेका थिए ।

गिनिज बुकको आधिकारिक साइटमा उल्लेख भएअनुसार १२ किलोग्राम भएका उनी विश्वमा भेटिएकामध्ये सबैभन्दा होचा प्रमाणित भएका थिए ।

यो कीर्तिमान यसअघि भारतका गुल मोहम्मदको नाममा थियो । जसको उचाइ ५७ सेन्टिमिटर थियो। जीवित व्यक्तिमध्ये सबैभन्दा होचाको कीर्तिमान यसअघि फिलिपिन्सका जुन्रे वालाविङ को नाममा थियो।
www.annapurnapost.com
गोली हानी झारेको तालिवानको दाबी
एजेन्सी : अफगानिस्तानको जलालाबादमा अमेरिकन सेनाको सि-१३० हर्क्युलस जहाज दुर्घटना हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार तालिबानले यो जहाज झारेको दाबी गरेको छ ।

तर पेन्टागनस्थित अेमरिकी रक्षामन्त्रलायले भने अहिलेसम्म जहाज दुर्घटनाको कारण खुलाएको छैन ।

यो घटना भएको जलालाबाद जिल्लाको पाकिस्तानसँगै सीमाना जोडिएको छ । यो जिल्लामा तालिवानले पछिल्लो वर्ष लगातार कयौं हमला गर्दै आएका छन् ।

यो दुर्घटना जलालाबाद हवाई अड्डामा नेपाली समयअनुसार शुक्रबार बिहन सवा २ बजे भएको हो ।

अमेरिकी सेनाका प्रवक्ताले बताएअनुसार यो दुर्घटनामा मारिनेहरुमा ६ अमेरिकी सेनाका सदस्य र पाँचजना यात्रु थिए । जहाज खसेको स्थानका पनि तीन स्थानीयबासीको ज्यान गएको छ ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्विटरमा उनका मुजाहिदीनले इन्जिन अमेरिकी जहाज झारेको जनाएका छन् ।

पेन्टागनले भने यो घटनाको जाँच जारी राखेको जनाएको छ ।

अमेरिकन सेनाले दुर्घटनामा परेको सि-१३० हर्क्युलसको प्रयोग अफगानिस्तानमा कार्गो र मानिस बोक्न प्रयोग भइरहेको थियो ।

अमेरिकी सेनाले हजारौंको संख्यामा यो जहाजको प्रयोग गर्दै आइरहेको छ । यो जहाज अवतण गर्न सानो रनवे भए पुग्छ ।
www.annapurnapost.com
फलेवास (पर्वत), १५ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न सकेमा १५ दिनपछि सोझै मालसामान ढुवानी गर्न सकिने देखिएको छ ।
पर्वतको मालढुङ्गादेखि कोरल्लासम्मको १९० किलोमिटर लामो मालढुङ्गा–जोमसोम– कोरल्ला सडकमा १५ दिनपछि सोझो यातायात सम्पर्क स्थापित गर्न सकिने भएकाले मालसामान तिब्बतबाट ढुवानी गर्न सकिने देखिएको हो । भारतले अघोषित नाकाबन्दी लगाइरहेको अवस्थामा सबैभन्दा छोटो दुरीमा र ठूलो क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन सकिने कोरल्ला नाका खोल्नका लागि अहिलेसम्म सरकारले ठोस पहल गर्न सकेको छैन ।
मुस्ताङको सदरमुकाम जोमसोममा कालीगण्डकी नदीमा पानीको सतह घटेपछि १५ दिनपछि कोरल्लासम्म सोझै यातायात सम्पर्क कायम हुने सडक डिभिजन कार्यालय बागलुङले जानकारी दिएको छ । “चीन र नेपालले कोरल्ला नाका खोल्ने हो भने १५ दिनभित्रमा सोझो यातायात सम्पर्क स्थापित हुन सक्छ”–डिभिजन प्रमुख राजेश पौडेलले भन्नुभयो–“दुई देशका बीचमा नाका खोल्न सहमति भएमा अहिले पनि एक ठाउँमा बाहेक सामान ढुवानी गर्न सकिन्छ ।”
पर्वतको मालढुङ्गादेखि जोमसोमसम्मको ९० किलोमिटरसम्म ठूला मालवाहक ट्रक जान सक्छन् भने कालीगण्डकी नदी तरेपछि ४० किमीमा सुसाङ्गसम्म सडकको सोझो पहुँच छ । सुसाङ्गमा हल्का सवारीसाधनलाई हाइग्रेड भएकाले कठिन भए पनि फोर ह्विल ट्रक जोमसोमबाट सोझै कोरल्लासम्म पुगिराखेको डिभिजन प्रमुख पौडेलले बताउनुभयो । कोरल्लादेखि तिब्बतको ढोङ्गबासेनसम्म पठारयुक्त सडक भएकाले तेलका ठूला ट्याङ्कर आउन सक्छन् ।
“यस वर्षपछि म्याग्दीको बेनीदेखि जोमसोमसम्म स्तरोन्नतिको काम हुने र जोमसोमदेखि कोरल्लासम्म पनि स्तरोन्नतिका लागि काम हुने भएकाले यो सडक बाह्रैमास सञ्चालनमा ल्याउन सकिन्छ”–उहाँले भन्नुभयो । व्यापारिक र धार्मिक दृष्टिकोणले नाका सञ्चालन गर्न आवश्यक देखेर गृह र परराष्ट्र मन्त्रालयमा यसका बारेमा जानकारी गराएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।
“सबै हिसाबले महत्वपूर्ण हुने यो नाका खुलाउनका लागि हाम्रो तर्फबाट पहल भइरहेको छ, केन्द्रले चीन सरकारसँग सहमति गर्नुपर्छ”– नेपालका परराष्ट्र सचिव र चीनका राजदूतका बीचमा सन् २००३ मा यो नाका सञ्चालन गर्नका लागि सम्झौता भएको थियो । सन् २०१२ मा पनि यस्तै सम्झौता भएपनि त्यसको कागजात आफूसँग नरहेको प्रजिअ बरालले बताउनुभयो । “दुई देशका बीचमा सम्झौता भइसकेकाले अब सञ्चालनका लागि कूटनीतिक पहल गरे मात्रै पुग्छ”–उहाँले भन्नुभयो–“चीनलाई सुरक्षाको प्रत्याभूति दिएर नाका खोल्न सकिन्छ ।” अहिले त्यहाँ धेरै समयपछि त्यहाँ सीमा प्रशासन कार्यालय र भन्सार कार्यालय राखिएको छ भने नेप्चुङ्गमा भन्सार कार्यालयसमेत सञ्चालनमा आइसकेको छ ।
नाका सञ्चालन गर्न र सुक्खा बन्दरगाह बनाउनका लागि अहिले सीमा क्षेत्रमा जग्गा अधिग्रहणको काम अघि बढाइएको मुस्ताङका प्रजिअ बरालले बताउनुभयो । भन्सार, सुरक्षा निकायका लागि ५०० रोपनीभन्दा बढी जमिन अधिग्रहणका लागि काम भइरहेको उहाँले बताउनुभयो । “यो नाका सञ्चालन भएमा धेरै फराकिलो पठारयुक्त जमिन भएकाले ठूलो सुक्खा बन्दरगाह बनाउन सकिन्छ”–उहाँले भन्नुभयो । मुस्ताङमा रहेका ५०० भन्दा बढी सुरक्षाकर्मीलाई पनि सडक मर्मतका लागि तयारी अवस्थामा राखिएको प्रजिअ बरालले जानकारी दिनुभयो ।
“नाका खुलाउने निर्णय भएमा सडक सञ्चालन गर्न तत्काल सुरक्षाकर्मीसमेत खटिने गरी बसेका छौँ”–उहाँले भन्नुभयो । विसं २०६२÷६३ अघिसम्म यो नाका खुला थियो । दुबै देशका सीमा क्षेत्रका नागरिक सजिलै आवतजावत गर्न र दैनिक उपभोग्य सामान किनबेच गर्न सक्थे । तर त्यसपछि चिनियाँ पक्षले सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएपछि नाका बन्द भएको मुस्ताङका पत्रकार तिलक विश्वकर्माले बताउनुभयो । चिनियाँ पक्षले सीमा क्षेत्रमा सेना नै परिचालन गरेर नेपालीलाई प्रवेशमा रोक लगाएको छ । धार्मिक पर्यटनका दृष्टिले पनि यो नाका महत्वपूर्ण रहेको छ । रासस
dainiknepal.com
मेरो भूमिमा अब आर्थिक एजेन्डामा केन्द्रित : बाबुराम
काठमाडौं : एमाओवादी छोडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक विकासको एजेन्डामा केन्द्रित हुनका लाग आफूले पार्टी राजनीतिक छोडेको बताएका छन्।


राजधानको अन्नपूर्ण होटलमा शुक्रबार निजी क्षेत्रका अगुवा तथा प्रतिनिधिसँगको छलफलमा भट्टराईले भने, 'संविधान बनेकोले अब आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । मैले आफ्नो भूमिकालाई त्यही एजेन्डामा केन्द्रित गर्नका लागि एमाओवादी छाडेको हुँ।'

भट्टराईले पुरानो ढर्रा र ढाँचाको राजनीतिक अभ्यास र संरचनाबाट अब आर्थिक विकास संभव नभएको बताउँदै भने, 'मैले आफ्नो भूमिकालाई त्यही रुपमा रुपान्तरण गर्न खोजेको छु । के गर्न सकिन्छ भनेर साथीहरुसँग छलफल गर्दैछु । उनले  पुरानै शैलीको पार्टी राजनीतिमा आफू नफर्किने उनले बताए ।

उनले तराई मधेसको असन्तुष्टी र आन्दोलन आन्तरिक समस्या भएकोले यसलाई सम्वादबाट आन्तरिक रुपमा समाधान खोजिनुपर्ने बताउँदै भने, 'यो आन्तरिक मामिला हो । यसलाई हामीले नै हल गर्नुपर्छ । संविधान संशोधन गरेर भए पनि मधेसी र थारुलगायतका समुदायको माग र मुद्दालाई सम्बोधन गर्नुपर्छ ।'

संविधान बनेकोमा आफू खुसी र सन्तुष्ट रहेको बताउँदै भने, 'मैले संविधान ल्याउनका लागि भूमिका निर्वाह गरे । म किन खुसी र सन्तुष्ट नहुने ?उनले संविधान जलाउनेप्रति आफ्नो कुनै समर्थन र सद्भाव नरहेको बताए।

शितयुद्धकालीन राष्ट्रवादको परम्परागत परिभाषा बदल्नुपर्ने र राष्ट्रवादलाई पुनपरिभाषित गर्नुपर्ने बताउँदै भने, 'राष्ट्रवाद कसैको निधारमा लेखिदैन । उसको व्यवहार र भूमिकाले देखिने हो । कोही राष्ट्रघाती प्रमाणित भए कारबाही गर्नुपर्छ, हल्ला गरेर राष्ट्रवाद बलियो हुँदैन ।'

उनले पार्टी छोडे पनि एमाओवादीसँग आर्थिक विकासलगायतका केही एजेन्डामा सहकार्य हुनसक्ने बताउँदै भने, 'प्रचण्डजीसँग आजै पनि मेरो टेलिफोनमा कुराकानी भएको छ। हामी आर्थिक विकासका एजेन्डामा सहकार्य गर्नसक्छौं ।'

उनले नाकामा देखिएको अवरोध तथा भारतले लगाएको अघोषित नाकाबन्दीको समस्यालाई कुटनीतिक तवरबाट समाधान खोजिनुपर्ने बताउँदै भने, 'उग्र कुरा गरेर समाधान निस्कदैन। कुटनीतिक तहमा सम्वाद गरेर समाधान खोजिनुपर्छ ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home