• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शुक्रबार, ८ माघ
विराटनगर । मधेसी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि प्रदर्शन र तोडफोडमा उत्रिएपछि मोरङको रंगेली शुक्रबारपनि बिहानदेखि पुनः तनावग्रस्त बनेको छ ।
बिहीबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको विषयलाई लिएर मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
बिहीबार प्रहरीसँग झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएपनि शुक्रबार बिहानै देखि हटाएपछि पुनः प्रदर्शन चर्किएको हो ।
प्रदर्शनकारीहरुले बिहानैदेखि मोरङको रंगेलीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् भने रंगेली चोकमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पको निर्माणधीन भवनमा समेत तोडफोड गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले निर्माण सामग्री र सयभन्दा बढी सिमेन्टका बोरा फुटाएर क्षति पुर्‍याएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिहीबार एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको आमसभामा मोर्चाका कार्यकर्ताहरुले अवरोध गर्न खोजेपछि भएको झडपमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको थियो ।
nepalsandesh
सप्तरी, ८ माघ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने चेतावनी दिनुभएको छ ।
सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उहाँले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो ।
नेता महतोले तीन ठूला दल नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी) ले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गर्नुभयो ।
मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन भएन भने देशमा कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने उहाँको भनाइ थियो ।
साथै उहाँले वार्ताको नाममा सरकारले आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको र अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने दाबी गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो ।
dainiknepal
काठमाडौं – ‘नेपालमा पढाइ सकियो, अव कहाँ जाने ?’ नेपालमा कुनै विषयमा बिज्ञता हासिल गरेरै जागिरका लागि विदेश जान खोज्ने अधिकांश शैक्षिक जनशक्तिको मनमा खेल्ने प्रश्न हो यो । र धेरै जसोले छान्ने देश, अष्ट्रेलिया, क्यानाडा, जापान वा अन्य युरोपियन राष्ट्रहरु हुन् । पढेलेखका मानिसहरु खाडी जाँदैनन् वा खाडी मुलुकमा अवसर छैन भन्ने भ्रम धेरैसँग छ । तर, यथार्थ यो भन्दा फरक छ । खाडी मुलुकहरु मध्येको एक युनाइटेड अरब ईमिरेट्स (युएई) मा शैक्षिक जनशक्तिले पाउने तलब लोभलाग्दो मात्र छैन कतिपय पेसाका शैक्षिक जनशक्तिको तलब त अपत्यारिलो नै छ । पढेलेखेका जनशक्तिको माग एकातर्फ बढिरहेको र उनीहरुलाई दिईने तलब निकै राम्रो हुँदाहुँदै पनि युएईतर्फ जाने शैक्षिक नेपाली जनशक्तिको संख्या निकै नै कम छ । विशेषगरी मजदुरीका लागि नेपालबाट उल्लेखनीय कामदार जाने मुलुक हो युनाइटेड अरब ईमिरेट्स । प्लम्बर, कार्पेन्टर, इलेक्ट्रीसियन, डकर्मी, ज्यामीजस्ता काम गर्न बर्षेनी राम्रो संख्यामा नेपालीहरु अरब जाने गरेका छन् । यिनीहरुको औसत तलब नेपाली २५००० देखि ८०,००० सम्म हुनेगर्छ । विशेषगरी होटल लाइनमा काम गर्ने बारटेन्डर, वेटर, कुकको तलब ३० हजार देखि डेढ लाख

नेपाली रुपैयाँसम्म हुने गर्छ । अरबमा शैक्षिक जनशक्तिको तलब कति ? युनाइटेड अरब ईमिरेट्समा शैक्षिक जनशक्तिको तलब लोभलाग्दो छ । विभिन्न देशमा कुन जनशक्तिको तलब कति हुन्छ भन्ने तथ्यांक विगत लामो समयदेखि बटुलीरहेको अमेरिकी कम्पनी पे स्केल इन्कर्पोरेशन’ का अनुसार युनाइटेड अरब ईमिरेट्समा डाक्टर, इन्जिनियर, होटल मेनेजमेन्ट पढेका व्यवस्थापक, र एकाउन्टेन्टहरुको तलब निकै राम्रो छ । उक्त कम्पनीका अनुसार युनाइटेड अरब ईमिरेट्समा मेकानिकल इन्जिनियरको बार्षिक तलब ३५८७० दिराम अर्थात् हालको विनिमयदर २९.६१ रुपैयाँले हिसाव गर्दा बार्षिक १० लाख ६१ हजार ९.७२ देखि ३५१७६८ दिराम अर्थात १०४१ ४४९८.४२ रुपैयाँ हुन्छ । त्यस्तै सिभिल इन्जिनियरको तलब ४२१६६ दिराम देखि ३०६५४५ दिरामसम्म हुनेगर्छ भने कम्प्युटर इन्जिनियरको तलब ३१३९४ दिराम देखि २३९५०९ दिरामसम्म हुने गरेको छ । यसैगरी डाक्टरको बार्षिक तलब ७०८४० दिराम देखि ६१३८३९ दिरामसम्म हुने गर्छ । चार्टड एकाउन्टेन्ट (सीए) को बार्षिक तलब १६ लाख नेपाली रुपैयाँसम्म छ भने एसीसीएको बार्षिक तलब १४ लाख नेपाली रुपैयाँ हाराहारीमा छ । अरबमा सामान्य एकाउन्टेन्टको तलब पनि निकै राम्रो छ । ‘ट्याली’ जस्ता एकाउन्टिङ

 सफ्टवेरको ज्ञान भएकाहरुले अरबमा बार्षिक ८ लाख नेपाली रुपैयाँसम्म कमाउँछन् । यता होटल मेनेजमेन्टमा कम्तीमा स्नातक पढेर गएकाहरुलाई पनि अरबमा कमाइ निकै राम्रो छ । होटल मेनेजमेन्ट पढेर गएकाहरुलाई मासिक ७० हजार देखि २ लाखसम्म तलब दिईने गरिन्छ । फोटो ग्राफरको तलब पनि अरबमा निकै नै राम्रो छ । पेस्केल इन्कर्पोरेशनका अनुसार अरबमा फोटोग्राफरको बार्षिक तलब ३६४९२ दिरामदेखि २१०८६१ दिरामसम्म छ । अरबी मिडियामा काम गर्ने प्राविधिकहरुको कमाइ पनि मासिक ८० हजार भन्दा बढी छ । ग्राफिक्स डिजाइनिङनै पढेका प्रेसमा काम गर्ने ग्राफिक्स डिजाइनरको तलब पनि मासिक एक लाख नेपाली रुपैयाँ भन्दा बढी छ । तर शैक्षिक जनशक्ति किन जाँदैन अरब ? राम्रो तलब सुबिधा हुँदाहुँदै पनि अरब जाने नेपाली शैक्षिक जनशक्तिको संख्या निकै नै कम छ । यसबारे विभिन्न व्यक्तिको विभिन्न तर्क छ । अरबमा नेपाली कामदार पठाउने म्यानपावर कम्पनीहरु आफ्नो कम्पनीमा शैक्षिक जनशक्तिको खासै माग नहुने बताउँछन् । काठमाडौँस्थित एक म्यानपावर कम्पनीका संचालक भन्छन्, ‘एकातर्फ नेपालका म्यानपावरलाई शैक्षिक जनशक्तिको माग कम हुने गर्दछ । अर्को तर्फ शैक्षिक जनशक्ति पठाउँदा आर्थिक हिसावले हामीलाई फाइदा पनि हुँदैन ।’

उनी अगाडी थप्छन्, ‘अर्कोतर्फ शैक्षिक जनाहक्तिले इमेल इन्टरनेटको माध्यमबाट रोजगारदाता कम्पनीसँग आफैं ‘डिल’ गर्छन् । जसका कारणले युएईमा शैक्षिक जनशक्तिको माग, र तिनीहरुलाई दिईने तलब सुबिधा पनि राम्रो छ भन्ने नै धेरैलाई थाहा छैन ।’ उता हाल दुबईमा कार्यरत एक चार्टड एकाउन्टेन्ट भन्छन्, ‘दुबईमा तलब सुबिधा निकै राम्रो छ । तर खाडी भन्ने बित्तिकै दुःख पाउने ठाउँ भन्ने भ्रम समाजमा रहेकाले अरब शैक्षिक जनशक्तिको रोजाईमा पर्दैन ।’ उनका अनुसार पहिला अन्यत्रै मुलुक गएपछी दुबई आउने नेपाली जनशक्तिहरु पनि छन् । ‘अरबको मौसम, समाजमा रहेको अरब प्रतिको भ्रम र यहाँको तलब सुविधा बारे जानकारी नहुनुले शैशिक जनशक्ति नेपालबाट अरब आउंदैनन्,’ युएईमा कार्यरत सिभिल इन्जिनियर रोशन बस्नेतले रातोपाटीसँग भने । शैक्षिक नेपाली जनशक्तिको माग उच्च अरबी कम्पनी ‘आर्डेन बि’ मा कार्यरत रविन्द्र महासेठ भन्छन् , ‘अरब भनेकै ज्याला मजदुरी गर्न आउने ठाउँहो भन्ने भ्रम नेपालमा छ । पढे लेखेकालाई झन् राम्रो तलब सुबिधा छ भन्ने थाहा नहुँदा वा अमेरिका, क्यानाडा लगायतका देशहरुमा जाने नेपाली परम्पराका कारण पनि शैक्षिक जनशक्ति अरब आउंदैनन् ।’ उनी अगाडी भन्छन्, ‘यहाँका कम्पनीहरुमा पनि नेपाली जनशक्तिको माग निकै राम्रो हुन्छ ।

नेपालका म्यान पावर कम्पनीहरुले मजदुरलाइ मात्र पठाउने हुनाले इन्टरनेटमा महँगो शुल्कमा बिज्ञापन गरेर समेत विभिन्न देशका शैक्षिक जनशक्तिको माग गरिएको हुन्छ । तर नेपालबाट त्यसका लागि आवेदन दिनेहरुको संख्या निकै नै कम छ । ’ अरब जाने शैक्षिक जनशक्ति के भन्छन् ? रातोपाटीसँग कुराकानी गर्दै गुल्मीका सन्तोष घिमिरे भन्छन्, ‘युएईमा कमाइ निकै नै राम्रो छ । तलब बाहेक गाडी र बस्नको सुबिधा समेत पाइएको छ ।’ यता एक कन्स्ट्रक्सन कम्पनीमा काम गरिरहेका सिभिल इन्जिनियर रमेश महतो भन्छन्, ‘म झन्डै २ बर्ष नेपालमै काम गरेर युएई आएको हुँ । यहाँको सबै व्यवस्था राम्रो छ । कमाइ र अन्य सुबिधा पनि राम्रो छ । तर इन्जिनियर भएर पनि दुबई गयो भनेर खिल्ली उडाउनेहरु पनि छन् ।’ ratopati
वीरगञ्ज – मोरङमा बिहिबार प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएपछि केही दिनदेखि शान्त रहेको वीरगञ्ज पुनः तनावग्रस्त बनेको छ । हिजोको घटनाको विरोधमा शुक्रबार बिहानैदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले बजार र यातायात बन्द गराएका छन् भने ठाउँ–ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
केही समयअघि प्रहरीको एसपीको गाडी मोर्चाका कार्यकर्ताहरुले रोक्न खोजेपछि तनाव बढेको थियो । मोर्चाका कार्यकर्ताहरुले गाडीमाथि ढुंगामुढा समेत गरेका थिए । त्यसपछि केही बेर झडपसमेत भएको थियो ।
वीरगञ्जको स्थिति अहिले पनि तनावपूर्ण रहेको छ ।
.ratopati
पोखरा, माघ ८ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीको बचाउ गर्दै नयाँ सरकार गठनको मुद्दालाई फेरि उठाएका छन् । उनले मधेसी मोर्चासँगको वार्तामा प्रधानमन्त्री बाधक नभएको बताए ।
क्रान्तिकारी पत्रकार संघ कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले मधेसका समस्या समाधान गर्न मन्त्रिपरिषद्बाटै निर्णय भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वार्ता विरोधी भन्न नमिल्ने बताएका हुन् ।
उनले संसदमा विचाराधीन रहेको संविधान संशोधन प्रस्ताव पारित भएपछि मधेस आन्दोलनले उठाएका विषय सम्बोधन हुने र त्यसपछि वीरगन्ज नाका पनि सुचारु हुने जानकारी दिए ।
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले मुलुकका सम्पूर्ण समस्या समाधानका लागि राष्ट्रिय सरकार गठनको आवश्यकता रहेको बताए । एउटा सरकार जाने र अर्को आउँदैमा समस्या समाधान नहुने भन्दै उनले राष्ट्रिय सरकार गठन भए सबै समस्या समाधान हुने बताए ।
दाहालले यसअघि पनि राष्ट्रिय सरकार गठनको खाँचो औंल्याएका थिए ।
imagekhabar
शुक्रबार, ८ माघ
जनकपुर । मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा समुक्त मधेसी मोर्चाका कार्यकर्ताले आन्दोलनमा उत्रिएका छन।
मोर्चाको आन्दोलनको कारण जनपुरकोको जनजीवन बिहानै देखि प्रभावित भएको छ
केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ ।
मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।
nepalsandesh
सप्तरी, माघ ८ । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसमा जारी शान्तिपूर्ण आन्दोलन असफल भए देश हिंसातर्फ उन्मुख हुनसक्ने चेतावनी दिएका छन् ।

सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले मधेस आन्दोलन राष्ट्रिय एकता र अखण्डता मजबुत गर्ने आन्दोलन भएकाले तत्काल माग सम्बोधन हुनुपर्नेमा जोड दिए ।
महतोले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीले अब पनि मधेसी जनताको भावनालाई बेवास्ता गरे देशमा ठूलो दुर्घटना हुने जिकिर गरे ।
मधेसमा जारी पाँच महिना लामो आन्दोलनको माग सम्बोधन नभएकै कारण देशमा कुनै ठूलो दुर्घटना भए त्यसको जिम्मेवार सरकार र ठूला दलहरुले लिनुपर्ने उनको भनाइ थियो । उनले वार्ताको नाममा सरकार आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रमा लागेको भन्दै अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई थप सशक्त बनाउने दाबीसमेत गरे ।
बिहीबार साँझ पार्टीका जिल्ला अध्यक्ष सुनिल झाको अध्यक्षतामा कार्यक्रम सम्पन भएको थियो । (रासस)
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शुक्रबार, ८ माघ
बारा । संयुक्त मधेसी मोर्चा बाराका कार्यकर्ताहरुले आज बिहान करिब ८ बजे भरत चोकमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् ।
भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखी पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै ना१०प २८२५ र लु१प ९५५० नं का दुईवटा मोटरसाइकल आगजनी गरी नष्ट पारेका छन् ।
सो घटनाका कारण अहिले भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भइरहेको छ ।
nepalsandesh
काठमाडौं: नेपालमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी भइरहँदा म्यानमारले भने यही प्रणाली कार्यान्वयन गर्न खोज्दा आफ्ना कामदार मलेसिया कामदार नपठाउने निर्णय गरेको छ।

बायोमेट्रिक प्रणालीबाट जाने कामदारको खर्च ह्वात्तै बढ्ने भन्दै म्यानमारका म्यानपावर एजेन्सीले मलेसियामा कामदार पठाउन रोक्ने निर्णय गरेका हुन् ।

बायोमेट्रिक प्रविधिबाट स्वास्थ्य परीक्षण निकै महँगो हुन्छ।

नेपालमा सामान्य प्रविधिबाट परीक्षण गर्दा २५ सय हाराहारीमा मात्र शुल्क लाग्ने गरेकामा बायोमेट्रिक परीक्षण गर्न थालेपछि स्वास्थ्य व्यवसायीले ४६ सयसम्म परीक्षण शुल्क लिन थालेको जाने कामदारको भनाई छ। बायोमेट्रिक लागू गर्नुअघि सरकारले परीक्षण शुल्क बढाउन अनुमति दिएको थियो।

बायोमेट्रिक कम्प्युटर प्रविधिबाट स्वास्थ्य परीक्षण गर्ने अत्याधुनिक प्रविधि हो। यसमा परीक्षणलगायतका सबै काम अनलाइन पद्धतिमा सञ्चालित हुन्छ।
म्यानमार टाइम्स दैनिकका अनुसार मलेसियाले 'वान स्टप सर्भिस सेन्टर' तथा ‘फरेन वोर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम' कार्यान्वयनमा ल्याएको छ।

यस योजना अनुसार म्यानमारबाट मलेसिया जाने कामदारको भिसा प्रोसेसिङ तथा सेवा शुल्क ६ अमेरिकी डलरबाट बढेर ५७ डलर पुगेको छ। वान स्टप सर्भिस सेन्टरअन्तर्गत बायोमेट्रिक प्रणालीको स्वास्थ्य परीक्षण, भिसा प्रोसिङलगायतका काम पर्छन्। फरेन वर्कर सेन्ट्रलाइज म्यानेजमेन्ट सिस्टम अन्तर्गत बायोमेट्रिक प्रणालीको स्वास्थ्य परीक्षण पर्छ।
नेपालमा बायोमेट्रिक लागू गर्ने वा नगर्ने भन्नेमा चर्को विवाद छ।
म्यानमार टाइम्सले लेखे अनुसार मलेसियाले बढेको शुल्क नघटाएमा त्यहाँ कुनै पनि हालतमा कामदार नपठाउने म्यानमारका एजेन्सीले निर्णय गरेका छन्। मलेसियाको सट्टा अन्य श्रम गन्तव्यको खोजी गरिने जानकारी दिएका छन्। मलेसियाले म्यानमारबाट दुई लाख कामदार लिने तयारी गरेको थियो।

मलेसियाले नेपाल, म्यानमार, इन्डोनेसिया, भारत तथा पाकिस्तानमा क्रमशः बायोमेट्रिक प्रणाली कार्यान्वयन गर्न खोज्दैछ । म्यानमार सरकारले मलेसियासँग शुल्क घटाउन कूटनीतिक पहल गर्ने तयारी गरेको छ।

नेपालमा बायोमेट्रिक लागू गर्ने वा नगर्ने भन्नेमा चर्को विवाद छ। केही ठूला मेडिकल व्यवसायी लागू गर्नुपर्ने पक्षमा छन् भने म्यानपावर कम्पनी र साना मेडिकल व्यवसायीले कुनै पनि हालतमा यो प्रणाली कार्यान्वयनमा ल्याउन नहुने भन्दै विरोधमा उत्रिएका छन्।

नेपाल सरकारले गत असारमा परीक्षण कालका रूपमा ६ महिनाका लागि बायोमेट्रिक प्रणाली लागू गर्न दिएको थियो । परीक्षण अवधि पुसमा सकिएको छ । अब नियमति कार्यान्वयन गर्ने वा नगर्ने भनेर निर्णय भएको छैन।

मलेसिया सरकारले छानेको ३९ वटा मेडिकलले मात्र जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाएका छन्। स्वास्थ्य परीक्षण गर्न दुई सय ८४ वटा मेडिकल सूचीकृत भएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालले कामदारको लागत खर्च बढ्ने भएपछि म्यानमारले मलेसियामा कामदार पठाउन रोक्ने निर्णय गरेको जानकारी दिए। 'नेपालबाट जाने कामदारको स्वस्थ्य परीक्षण शुल्क २५ सयबाट बढेर २६ सयसम्म पुगेको छ।

कामदारको लागत खर्च बढ्ने भएकाले यो प्रणाली कुनै पनि हालतमा लागू नगर्न हामीले बारम्बार आग्रह र विरोध गरे पनि सरकारले सुनेन,' उनले भने। नेपाल सरकारले हाल परीक्षणका रूपमा बायोमेट्रिक प्रणाली कार्यान्वयन गरेको भए पनि अब यसबाट पछाडि हट्न कठिन हुने उनले बताए।

सरकारले कूटनीतिक पहल बढाएर श्रम सम्झौता गर्न सकेमात्र कामदार मारमा पर्नबाट जोगिन सक्ने उनको भनाई छ।उता, बायोमेट्रिक प्रणालीको विरोध गरिरहेका मेडिकल व्यवसायीले आफ्नो यही प्रणालीका कारण आफूहरूको व्यापार चौपट्ट भएको बताएका छन्।

सरकारसँग बायोमेट्रिक सुरू गर्दा सहमति गरिएका विषय कार्यान्वयन नभएको उनीहरूको दाबी छ । सबै मेडिकलले बायोमेट्रिक प्रविधिबाट स्वास्थ्य परीक्षण गराउन पाउने मुख्य सहमति भए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। आठ हजार अमेरिकी डलर तिरेर बायोमेट्रिक प्रविधि उपलब्ध हुने व्यवसायी बताउँछन्।

नेपाल वैदेशिक रोजगार मेडिकल एसोसिएसनका अध्यक्ष खड्गबहादुर श्रेष्ठले दुई सय ८४ वटा स्वास्थ्य परीक्षण गर्ने मेडिकल सूचीकृत भए पनि ३९ वटाबाहेक बाँकीलाई अहिलेसम्म परीक्षण गर्ने अनुमति नदिइएको बताए।'जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नपाउँदा मेडिकल नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएको छ,' उनले भने।

मलेसिया सबैभन्दा धेरै नेपाली कामदार गएको मुलुकमा पर्छ । हाल त्यहाँ आठ लाख नेपालीले काम गरिरहेका छन्। सरकारले निःशुल्क टिकट र भिसामा मात्र मलेसिया कामदार पठाउन पाउने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन।

निर्णय गरे पनि नियमन गर्न नसक्दा जाने कामदारले अझै डेढ लाख रूपैयाँसम्म तिर्नुपरेको हो। पछिल्लो समय मलेसियाको अर्थतन्त्रमा आएको मन्दी तथा राजनीतिक अस्थिरताले त्यहाँको मुद्राको भाउ घट्दोक्रममा छ। नेपाल पठाउँदा सटही दर निकै घट्ने भएकाले त्यहाँ जाने कामदारको संख्या ह्वात्तै घटेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ।
annapurnapost
८ माघ, काठमाडौं ।

ओलीले केसम्म भने ?

२३ पुस ०७१ : ओलीले भने, ‘समथर जमिनजति मेरो भन्छन् मान्छेहरू । समथर त उता पनि छ । अब बिहार, युपीलाई पनि मधेस प्रदेशमा ल्याउने ?’ सोही दिन महतोले ओलीले आफूहरूलाई अपमान गरेको भन्दै भने, ‘हामीले भारतको भू–भागलाई पुनर्संरचना गर्न लागेको त होइन ? यस्तो आपत्तिजनक कुरा किन उठाउनुभयो ? यो हामीलाई ह्युमिलेसन गर्ने काम भयो ।’

६ असोज ०७२ : अंगीकृत नागरिकताको विषयमा ओलीले भने, ‘नेपालमा आएर बस्न पाएकै छ, अंगीकृत नागरिकता पनि दिएकै छ, घरजग्गा किन पैसा कमाऊ भनेकै छ । सांसद, मन्त्री पनि बन्न दिएकै छ ।

अब त्यसले नागरिकता लिएको भोलिपल्टै नेपालको राष्ट्रपति नै बन्न पाउनुपर्ने, प्रधानमन्त्री र मुख्यमन्त्री नै बन्न पाउनुपर्ने किन ?’

६ पुस ०७२ : एमालेको सुनसरी परिषद् उद्घाटनपछि ६ पुसमा ओलीले भने, ‘जोसुकै कराउँदै गरुन्, प्रदेश नम्बर १ बाट कुनै पनि ठाउँ तल–माथि हुने छैन । जनकपुरदेखि परतिरका मान्छेले सुनसरी, मोरङ र झापा मेरो भन्दै छन्, के भन्न खोजेका हुन् ? म बुझ्दिनँ ।’

दिल्लीमा महतोलाई ओलीको फोन



२५ पुस ०७१ : एक वर्षअघि चार दलको बैठकमा आफूमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै ओलीले माफी माग्नुपर्ने महतोको भनाइ थियो । ‘मलाई अपमान गरेको भए केही फरक पर्ने थिएन, उहाँले बिहार र युपीसाग मधेसमा राख्ने भनेर मधेसी जनताको अपमान गर्नुभयो, त्यसैले मधेसी जनतासँग ओलीले माफी नमागेसम्म एमालेसँग पनि सम्बन्ध सुध्रिँदैन,’ महतोले भनेका थिए ।

त्यसपछि ओली र महतो एउटै बैठकमा भेट भएनन् । महतो मधेस झरे, ओली प्रधानमन्त्री भए । विराटनगर–जोगबनीमा प्रहरीले कुटपिट गर्दा घाइते भएका राजेन्द्र महतो उच्च रक्तचापको समेत उपचार गर्न दिल्ली गएको वेला प्रधानमन्त्री ओलीले मधेसका मागप्रति आफूहरू अनुदार नरहेको भन्दै फोन गरेका थिए ।

महतोले ११ बँुदे माग सम्बोधन गरे मधेसी र ओलीको सम्बन्ध सुध्रिने जवाफ दिएका थिए । माग पूरा नभएसम्म काठमाडौंसमेत नआउने घोषणा गरेका महतो ओलीसाग सहमति भएपछि बालुवाटारसमेत पुगे ।

र, वार्तामा सहभागी भए । एक वर्ष १० दिनपछि ३ माघमा बालुवाटार पुगेका महतोलाई ओलीले सुरुमै ‘आपका सेहत अब कैसा हे ?’ भनेर सोधेका थिए ।

ओली र महतोको पछिल्लो सम्बन्ध

ओलीसँग एक वर्षपछि बालुवाटारमा भएको भेटबारे विभिन्न सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै महतोले भने, ‘उहाँले धेरैबेर मेरै स्वास्थ्यबारे जानकारी लिनुभयो । त्यसपछि हामीबीच राजनीतिक विषयमा कुराकानी भयो । हिन्दी, मैथिली र नेपाली भाषामा कुरा भयो । हामीबीच धेरैपछि भेट भएको, खुलेरै कुरा भयो ।’

महतोले भने, ‘उहाँले धेरै समय डिक्सनरी नै देखाएर मैले बोलेको अर्थ यो हो भनेर खर्चिनुभयो । प्रस्टीकरण दिन खोज्नुभयो ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
८ माघ, काठमाडौं ।

केपी ओली र राजेन्द्र महतोबीच एक वर्षदेखि वाक्युद्ध चलिरहेको थियो । जोगबनी नाकामा प्रहरी कारबाहीमा घाइते भएका महतो उच्च रक्तचापको समेत दबाबमा परेपछि दिल्लीमा उपचार गर्न गएका थिए । राजेन्द्र महतोको विषयमा देशले त्यति धेरै ध्यान दिएको थिएन । प्रधानमन्त्री केपी ओलीले सीधै फोन गरेर वार्ताका लागि काठमाडौं आउन आग्रह गरे ।

तर, उनकै युवा संघले भने विमानस्थलमा कालो झन्डा देखाएर प्रचार–प्रसार बटुल्ने कोसिस गर्‍यो । विमानस्थलमा एमाले युवा संघको कालो झन्डा हेरेर बालुवाटार पुगेका महतोलाई ओलीले भव्य स्वागत गरे । उनीहरूबीच परिवार र स्वास्थ्यका विषयमा अन्तरंग कुराकानी पनि भयो ।

प्रधानमन्त्री केपी ओली, सत्तारुढ दल एमाओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसले मधेसको मुद्दालाई राजनीतिक भन्दै दिनदिनै बालुवाटारमा वार्ता गरिरहेका छन् । तर, एमालेको युवा संघले भने मधेस आन्दोलनको एक मात्र शिखर पात्रका रूपमा राजेन्द्र महतोलाई प्रस्तुत गर्‍यो । महतोलाई देखाउन भन्दै युवा संघले मोरङको रंगेलीमा कार्यक्रम आयोजना गर्‍यो, जसको प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली हुनेछन् भनेर प्रचार गरियो ।

केन्द्रमा वार्ता चलिरहेको वेलामा ओलीलाई ल्याएर आमसभा गर्ने थाहा पाएपछि मधेसी मोर्चा कार्यकर्ताले आफूहरूलाई चुनौती दिन खोजेको भन्दै विरोध गरेका थिए । उनीहरूले आमसभा नगर्न र गरेमा बिथोलिदिने चेतावनी दिएका थिए । तर, युवा संघका नेता पर्शुराम बस्नेत, जिल्ला अध्यक्ष मुकेश बुढाथोकीसहितको टोलीले जसरी भए पनि कार्यक्रम गरेरै छाड्ने भन्दै प्रचारप्रसार तीव्र बनाएका थिए ।

युवा संघले बिहीबार गर्न लागेको आमसभा विफल पार्न मोर्चा कार्यकर्ताले रंगेली बजार दुई दिनका लागि बन्द गराएका थिए । दोहोरो झडपको आशंकाले रंगेली बुधबारदेखि नै तनावपूर्ण बनेको थियो । स्थानीय बासिन्दा त्रसित थिए ।

प्रधानमन्त्री ओलीकै उपस्थितिमा रंगेलीमा कार्यक्रम हुने भनेर व्यापक प्रचार गरिएको थियो । प्रमुख दल र मधेसीको वार्ता सहमतिमा नपुगेसम्म प्रधानमन्त्रीलाई मधेसमा कार्यक्रम गर्न नदिने भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्ने चेतावनी दिइरहेका थिए । यसैबीच उनीहरूले कार्यक्रमकै दिन आमहडताल आह्वान गरेका थिए ।

बिहीबार बिहानसम्म पनि प्रधानमन्त्री ओली नै जाने भन्ने प्रचार थियो । तर, अन्तिममा एमाले महासचिव ईश्वर पोखरेल रंगेली जाने कार्यक्रम बन्यो । उता पर्शुराम बस्नेतले कार्यक्रम सफल बनाउन व्यापक तयारी गरिसकेका थिए । युवा संघको आयोजना र मोर्चाको चेतावनीबीच सर्वसाधारण त्रसित थिए । कतिखेर के हुने हो भनेर सबै डराइरहेका थिए ।

युवा संघ र मधेसी मोर्चाले आ–आफ्नो शक्ति प्रदर्शन गरेर गाउँगाउँबाट कार्यकर्ता र सर्वसाधारण ओसारे । पाँच सय मिटरको दूरीमा प्रतिस्पर्धी सभा आयोजना भयो । युवा संघको कार्यक्रममा करिब एक हजार सहभागी थिए भने मोर्चाको सभामा गाउँगाउँबाट लाठी बोकेर आएका करिब पाँच सय कार्यकर्ता थिए ।


चेतावनी दिदा पनि कार्यक्रम नरोकेको भन्दै मोर्चा कार्यकर्ता उत्तेजित हुँदै युवा संघको आमसभास्थलतर्फ बढेका थिए । प्रहरीले रोकेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको र त्यसपछि हवाईफायर गरेको थियो । हिंसात्मक घटनापछि युवा संघले कार्यक्रम केही क्षणमै सकेको थियो । तर, त्यतिन्जेलसम्म तीनजनाको ज्यान जाने गरी गोली चलिसकेको थियो ।

गोली लागेर रंगेली–४ की द्रौपदी चौधरी (५८), बरडंगा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको छ । मोरङका सहायक प्रजिअ देवी कट्टेलका अनुसार विक्रम सहनी, सत्यनारायण साह, मुना मण्डल, जगन्नाथ साह, सुबोध मण्डल, मनोजसिंह राई, दिलीप धाडेवाल, प्रकाश ढकाललगायत घाइते छन् ।  नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
८ माघ, काठमाडौं ।

मोरङको रंगेलीमा बिहिबार तीनजनाको ज्यान जाने गरी भएको हिंसात्मक घटना राज्यआतंक भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले टिप्पणी गरेका छन् ।

‘प्रहरीबाट अन्धाधुन्द गोली प्रहार हुँदा तीनजनाको ज्यान गयो’ महतोले भने सुरक्षाकर्मीको आडमा युवा संघले सद्भावनाका केन्द्रीय नेता दिलीप धाडेवा र सन्तोष मेहतामाथी खुकुरी प्रहार गर्नु दुखद हो ।

पाँच महिनादेखि जारी मधेस आन्दोलनमा जुन कुराको गन्धसमेत मोर्चाले आउन दिएन त्यसको सुरुवात विराटनगर घटनाबाट राज्य पक्षले गराएको महतोको आरोप छ । बिहान आफूसँग प्रधानमन्त्री केप ओलीले वार्ता सफल बनाउँछु भनेर प्रतिबद्धता जनाए पनि दिउँसो खलनायक बनेको उनको टिप्पणी थियो ।

‘मसँग मिठो कुरा गर्ने ओलीज्यु नै बिहिबारको वार्तामा खलनायक बन्नुभयो,’ उनले भने अब उहाँमाथी कुन आधारमा विश्वास गर्ने ? नागरिक दैनिकमा खबर छ ।nepaliheadlines
८ माघ, काठमाडौं ।

तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका अग्रज नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या समाधानका लागि बाहिर उदार धारणा राखेपनि भित्र सधैं असहयोगी र नकारात्मक रहेको बताएका छन् ।

स्वास्थ्योपचारका क्रममा आइतबारदेखि मेदान्त अस्पतालमा भर्ना भएका नेता ठाकुरले काठमाडौंमा तीन राजनीतिक दल र मधेसीमोर्चाका शीर्षस्थ नेताबीच बिहिबार जारी वार्ता फेरि असफल भएपछि प्रतिक्रिया दिंदैं भने, ‘विषय र मुद्दामा सहमति आइसकेकै अवस्थामा पनि प्रधानमन्त्री ओलीको असहयोगी र नकारात्मक कार्यशैलीले काम बिगारेको छ ।’

मधेसी समस्या समाधानमा कार्यदल र अरु शीर्षस्थ नेता समझदारीमा आइसकेपनि हरेकपटक प्रधानमन्त्री ओलीको नचाहिँदो अडानले सहमति बिगार्ने गरेको ठाकुरको भनाइ छ । ‘सीमांकनको विषयमा राजनीतिक समिति बनाउने र यसका लागि ‘टर्म अफ रिफरेन्स’ बनाउने कुरा सहमति भैसकेको हो,’ ठाकुरले भने, ‘यसलाई संसदबाट अनुमोदन गराउने अथवा संविधानको राजनीतिक समितिको अनुसुचीमा राखिने कुरा भएको हो । तर एकाएक अहिले सहमतिभन्दा बढी विरोधको माहोल बनाएर प्रधानमन्त्री ओलीले मधेसी आन्दोलनलाई जारी राख्न सन्देश दिएका छन् ।’

काठमाडौंको वार्ता अवरुद्ध भएकोबारे आफूले मधेसी मोर्चाका नेताहरुबाट ‘ब्रिफिङ’ पाइसकेको भन्दै ठाकुरले संवाद र सहमतिको बाटो अझै बाँकी रहेको बताए । राजनीतिक दलहरुले सहमति जनाइसकेको र संविधानको संशोधनमा पेश भएको ‘समानुपातिक समावेशी सहभागिता’ बारेमा प्रधानमन्त्री ओलीले फेरि असहमतिको स्वर निकाल्नु आफैंमा अनौठो कुरा रहेको ठाकुरले बताए ।

अस्पतालको कार्डियोलोजी विभाग अन्तर्गत भर्ना गरिएका नेता ठाकुरको देब्रे घुँडामा समस्या देखिएपनि तत्काल अपरेसन गर्नु जरुरी नरहेको अस्पतालले जनाएको छ । ‘मलाई केही दिन अस्पताल आएर फिजियोथेरापीको अभ्यास सिक्न भनिएको छ,’ ठाकुरले भने ।

तीन महिनापछि फेरि फलो–अप उपचारमा अस्पताल आउन भनिएको उनले बताए । बिहिबार अस्पतालबाट डिस्चार्ज पाएपछि नेता ठाकुर केही दिन दिल्लीमा बस्नेछन् ।nepaliheadlines
८ माघ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देश टुक्र्याउनका लागि देशी विदेशी शक्तिबाट आफूलाई दबाब आइरहेको खुलासा गरेका छन् ।

नेकपा एमाले काठमाडौं जिल्ला संगठन कमिटीको भक्तपुरमा भएको आवासीय प्रशिक्षणलाई बिहीबार सम्बोधन गर्दै ओली देश टुक्राउने षड्यन्त्र घनीभूतरुपमा भइरहेको दाबी गरेका हुन् ।

देशभित्र र बाहिरबाट पहाड र तराई अलग गरेर देश टुक्र्याउन आफूलाई तीब्र दबाब आएको बताउँदै तर त्यसलाई कदापि नस्वीकार्ने धारणा राखे ।

‘देश टुक्राउने षड्यन्त्र घनीभूतरुपमा भइरहेको छ । यसलाई जबरजस्ती स्वीकार्न बाध्य पारिँदैछ’, उनले भने, ‘यसको पहिलो पाइलाकारुपमा पहाड र तराई सर्लक्क छुट्याउन लागिपरेका छन् । यति भयो भने अरु स्टेप आउनेछन् । तर हामीलाई यो स्वीकार्य छैन ।’


उनले तराईमा हिंसा जारी रहे त्यसविरुद्ध सरकार कडारुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । हिंसालाई नियन्त्रण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

सरकारले अघि सारेका योजनालाई हावादारी गफमात्रै भनेर विरोध गर्नु स्याल हुइँयामात्रै भएको बताएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारले सक्ने भएर विभिन्न महत्वाकांक्षी योजना अघि सारेको बताएका हुन् ।

‘एक वर्षमा लोडसेडिङ अन्त्य हुने गरी काम भइरहेको छ, हावा र सूर्यबाट बिजुली निकालिसक्यौं । हावाबाट बिजुली निकाल्छु भन्दा हावादारी गफ गर्नुको पनि हद हुन्छ भनेर उडाए ।

सबैतिरबाट विरोध भयो’, उनले भने, ‘यी सबै स्याल हुइँया हुन् । एउटाले ठाडो घाँटी लगाएर हुइँया भनेपछि सबैले त्यसै गर्छन् । अहिले त्यस्तै भएको हो । यो अस्वाभाविक होइन ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।nepaliheadlines
काठमाडौं, ८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भावी योजना बनाउन थाइल्याण्ड पुगेका छन् । उतैबाट भारत र चीनका राजनीतिज्ञसँग भेट गर्ने चाँजोपाँजो मिलाउँदै पूर्वराजा ज्ञानेन्द्र आफ्ना निजी सचिव सागर तिमिल्सिनाका साथ थाइल्याण्ड पुगेका हुन् ।
शाह बुधवार थाई एअरलाइन्सको नियमित उडानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड उडेका हुन् । नेपाल समाचार पत्र दैनिकले लेखेको छ ।
करिव एक महिना लामो बसाईका लागि थाइल्याण्ड गएका पूर्वराजा शाहले उतैबाट भारत जाने सम्भावना रहेको स्रोतले जनाएको छ ।
करिब डेढ महिनादेखि पूर्वरानी कोमल थाइल्याण्डमा बस्दै आएकी छिन् । भावी योजना बनाउन पूर्वराजाले यसअघि नै आफ्नो बालसखा प्रभुशमशेरलाई थाइल्याण्ड पठाइसकेका छन् ।
dainiknepal
शुक्रबार, ८ माघ
काठमाडौ। धादिङ र नुवाकोटको सीमाक्षेत्र साल्मेनजिकै केन्द्र बनाएर मध्यरातमा ४.६ रिक्टर स्केलको पराकम्प गएको छ ।
बिहान १ बजेर ७ मिनेट जाँदा ४.६ रिक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
पराकम्पको झड्का राजधानीका बासिन्दाले पनि अनुभव गरेका थिए ।
गत वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्प जाने क्रम रोकिएको छैन ।
अहिलेसम्म ४ रिक्टर स्केलभन्दा माथिको क्षमताका ४२७ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर,शाके १९३७,विक्रमसम्वत २०७२ साल माघ ८ गते शुक्रवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी २२ तारिक शुक्लपक्ष त्रयोदशी तिथि विहान ८ वजेर १३ मिनेटसम्म, आद्र्रा नक्षत्र राती ८ वजेर १९ मिनेटसम्म, वैधृतियोग राती १२ वजेर ७ मिनेटसम्म, तैतिलकरण विहान ८ वजेर १३ मिनेटसम्म, आनन्दादियोग पद्म, सूर्य मकर राशीमा,चन्द्रमा मिथुन राशीमा ।
मेषः– वैदेशिक कार्यबाट लाभान्वित हुनु हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

वृषः– आफन्तबाट पराईको व्यवहार हुन सक्छ सतर्क रहनु होला । कामलाई हल्का रुपमा नलिनु होला । प्रयत्नपूर्व गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

मिथुनः– घरको वातवरण अनुकुल बन्नेछ । परिवारजनको सहयोगमा काम बन्ने छन् । देश,प्रदेश यात्राको योग बनिरहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ ।

कर्कटः– पारिवारिक समस्या बढ्ने छन् । आलस्यता पनि बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला ।

सिंहः– हतारमा काम नगर्नु होला । आय आर्जन बढ्नेछ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने देखिन्छ । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

कन्याः– नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग पनि देखिन्छ । गरेका काम काजमा सफलता मिल्ने छ । खर्चमा नियन्त्रण आउने छ । व्यापार बढ्ने छ ।

तुलाः– ऋणको चिन्तले छोड्ने छैन । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । घर छोडेर हिड्न मन लाग्ने छ । आम्दानी खर्च बरावरै जस्तो होला

वृश्चिकः– मानसिक चिन्ता बढ्नेछ । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापार घटनेछ ।

धनुः– सोचे जस्तै नभए पनि निरासा भने हुनु पर्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । लेनदेन कारोवारमा सुधार आउने छ । कुनै पनि काममा हेलचक्रयाई नगर्नु होला ।

मकरः– कामको चिन्ताले छोड्ने छैन । घर परिवारबाट सहयोग त्यति पाईने छैन । काम गर्दा कत्ति पनि दुविधा नभई गर्नु होला । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिने छ ।

कुम्भः– कहि कतैबाट आरोप लाग्न सक्छ सतर्क भई काम गर्नु होला । अनावस्यक काममा धन लगानी हुन सक्छ । समयले पनि कम साथ दिने देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउने छ ।

मिनः– आफुले गरेका कामले अरुलाई पनि फाइदा पुग्न सक्छ । भुलभुलैयामा परेर आफ्नो कामलाई लत्याएर अगाडि बढेमा दुख पाइनेछ । काम गर्ने उत्साहा बढ्नेछ । व्यापारबाट लाभ हुनेछ ।

एजेन्सी । सार्वजनिक बैठकमा पोर्न भिडियो हेर्दाहेर्दै एक उच्च अधिकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् ।
घटना भारतको मध्य प्रदेशको हो । जहाँ भोपाल नगर निगमका हाकिमलाई पोर्न भिडियो हेर्दाहेर्दै सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
भोपालका मेयर आलोक शर्माले अभियुक्त अधिकारीलाई निलम्बन गरिएको बताए ।
जनवरी १८-१९ मा भोपाल नगर निगमले पानीको मुद्दामा एक उच्चस्तरीय बैठक डाकेको थियो । यसैक्रममा नगर आयुक्तसहित सबै अधिकारी सहभागी थिए ।
यसैबीचमा जोन अधिकारी अनिल शर्मा आफ्नो मोबाइलमा पोर्न भिडियो हेरिरहेको अवस्थामा फेला परे । उनको यो हर्कतको सदनको कारवाहीको भिडियो रेकर्डिंगमा रेकर्ड भयो ।
नगर निगमका अधिकारीको यो हर्कतको खुलासा भएपछि हंगामा मच्चिएको छ । आनन-फाननमा आयुक्त र मेयरले घटनाबारे छानविन गर्न सुरक्षा निकायलाई आदेश दिएका छन् ।
पक्राउ परेका जोन अधिकारीले भने आफूले पोर्न भिडियो नहेरेको तर, मोबाइलमा एक्कासी पोर्न चलेको दाबी गरेका छन् ।
dainiknepal
सिरहा, ७ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मोरङको रंगेलीमा तीन जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै भर्त्सना गरेका छन् ।
विरामी परेर हाल सिरहाको लहानमा उपचार गराइरहेका महतोले विहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै रंगेलीको हिंसात्मक घटनालाई राज्य आतंक भनेका छन् ।
उनले मधेस र पहाडको सामप्रदायिकता भड्काउने कार्यको सुरुवात रंगेली घटनाबाट भएको आरोप लगाए । आफूहरुले सामप्रदायिकता नभड्कोस भन्ने चाहेको तर राज्यको रबैयाले यो कुरालाई प्रोत्साहन गरिरहेको उनको आरोप छ ।
उनले रंगेलीको हिंसात्मक घटनामा सरकारले माफी माग्नुपर्ने बताए । ‘राज्य पक्ष अहिले पनि सम्बेदनशील र गम्भीर बनेर बिराटनगर घटनामा दुःख व्यक्त गरोस । हामीलाई वार्तामा अल्झाएर हाम्रा नेता कार्यकर्तामाथि गोली बर्साउने कार्य अब सह्य हुदैन,’ उनले घोषणा गरे ।
स्वास्थ्य अवस्था अनुकुल नहुँदा आफू तत्काल रंगेली जान नसकेको दुःख व्यक्त गर्दै उनले स्वास्थ्यले साथ दिए शुक्रबार बिहानै घटनास्थल पुगेर अवलोकन गर्ने बताए ।
यसअघि महतो विराटनगर नाकामा धर्ना बस्दा प्रहरीको कुटाईबाट घाइते भएका थिए । त्यो बेला पनि उनले सरकारले माफी माग्नुपर्ने घोषणा गरेका थिए ।
dainiknepal
काठमाडौँ, ७ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको वर्तमान समस्या समाधानका निम्ति नेपालका वामपन्थी शक्तिबीच एकताको आवश्यकता औँल्याउनुभएको छ ।
कृष्णदास श्रेष्ठद्वारा लिखित ‘भौतिकवादको विकासको इतिहास र माक्र्सवादी सौन्दर्य चिन्तन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै नेता दाहालले नेपाली कम्युनिस्टले जनता र राष्ट्रप्रति निष्ठाका साथ नयाँ धरातल खडा गर्नुपर्छ भन्नुभयो ।
“नयाँ धरातलमा टेकेर कम्युनिस्टलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता छ, हामी एउटै धाराबाट विकसित भएका र एउटै स्कुलिङ भएकाले नै दायाँ र बायाँतिर हेर्ने कमजोरी गर्‍यौँ । हामीले गल्ति गर्यौं” -दाहालले भन्नुभयो ।
मात्रात्मक रुपमा कम्युनिस्ट आन्दोलनको विकास भए पनि गुणात्मक हिसाबले ह्रास आएको भन्दै उहाँले कम्युनिस्ट आन्दोलनभित्र पुँजीवादको बोलवाला भएको बताउनुभयो ।
अध्यक्ष दाहालले विगतमा गरिएका मनोगतवादी कमजोरीलाई सच्चाएर एकताबद्ध भई वर्ग सङ्घर्षलाई नयाँ शिराबाट उठाउन जरुरी भएको समेत बताउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य, साहित्यकार निनु चापागार्इं, अमर गिरी र जगदीशचन्द्र भण्डारी, बुद्धिजीवी हिरण्यलाल श्रेष्ठलगायतले कृति कम्युनिस्ट आन्दोलन जान्न चाहनेका लागि उपयोगी हुने बताउनुभयो ।
dainiknepal
काठमाडौं, ७ माघ । विहीबार मोरङको रंगेलीमा भएको घटना नेपालका ज्योतिषको भविष्यवाणीसँग मेल खाएको छ ।
ज्योतिष सुनिल सिटौला
ज्योतिषहरुले माघ पाँच गते मंगलबार एउटा भविष्यवाणी गरेका थिए । त्यो हो ठूलै अप्रिय घटना हुने । नभन्दै त्यसको तेस्रो दिन विहीबार रंगेलीमा हिंसात्मक घटना भयो । ज्योतीषहरुका अनुसार यसको कारण पृथ्वीमा मंगलबार साँझदेखि सुरु भएको चन्द्रमा पाप कर्तरी तथा गुरुचन्डाल योग हो ।
चर्चित ज्योतिष सुनिल सिटौलाले मंगलबार दिउँसो ३ बजेदेखि विहीबार(आज) साँझ ७ बजेर १२ मिनेटसम्म गुरुचन्डालको योग रहेको बताए । उनका अनुसार चन्द्रमा पाम कर्तरी एवं गुरुचन्डाल योगले गर्दा भुलोक (पृथ्वी)मा अप्रिय घटना बढछन् । समान्यतयाः यस्तो अवस्थामा सवारी दुर्घटना बढ्ने, कुनै प्राकृतिक आपतविपत आउन सक्ने सम्भावना एकदमै हुन्छ ।
गुरुचन्डाल योग रहेकै बेला विहीबार दिउँसो रंगेलीमा तीन जनाको ज्यान जाने गरी हिंसात्मक घटना भएको हो । ज्योतिष सिटौलाले भने-‘हाम्रो भविष्यवाणी केही हदसम्म सत्य सावित भएको छ । वार्ता भइरहेका बेला यति ठूलो घटना हुनुमा गुरुचन्डाल योग नै प्रमुख कारण हो ।’
dainiknepal
बिहीबार, ७ माघ
काठमाडौं । आन्दोलन नछाड्ने हो भने किन संविधान संशोधनको नाटक गर्नुपर्यो, भन्दै प्रधानमन्त्री ओली आफैंले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई थर्काउन थालेपछि फाइनल भनिएको वार्ता तिक्ततापुर्ण ढंगले सकिएको छ ।
यती मात्रै हैन मधेसी मोर्चाका नेता उपेन्द्र यादवले सरकारको हैसियत माथि नै प्रश्न उठाउका छन् । बिहीबार बैठक सुरु गर्नेबेला निकै सकारात्मक वातावरण थियो ।
तर, अन्तिममा भने प्रधानमन्त्रीको सन्कीका कारण मोर्चाका नेताहरु पाखुरा सुर्काउदै बाहिरिए । बैठक आरम्भ गर्दै प्रधानमन्त्री ओलीले दिर्घकालिन समाधानको उपाय खोजौं भनेका थिए ।
तर, अन्तिममा उनकै कारण समस्या आयो भन्दै उपेन्द्र यादवले पनि ओली सन्कने हो भने आफुहरुले पनि पाखुरा सुर्काउन जानेको जस्तै प्रतिक्रिया दिए ।
बैठकमा आजै लिखित सहमति गर्ने वाताबरण बनाऔं भन्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोल्दा निकै सकारात्मक भएको थियो ।
उपप्रधानमन्त्री भिम रावलले कार्यदलमा भएको प्रगतिका बारेमा ब्रिफ गर्दा पनि सकारात्मक अवस्था थियो । रावलले सहमतिकालागि लिखित विषय तयार पार्न लागौं न त उपेन्द्र जी भनीरहेका थिए ।
यतीकैमा ओलीले रावललाई रोक्दै सहमति गर्ने अनि आन्दोलनपनि कायम राख्ने तरीका सोच्नुभएको छ भने संविधान संशोधन हुन्न भन्दै अडान लिन थालेपछि उपेन्द्र उठे । उनी ओलीलाई घुर्काउदै बाटो लागे भने उनको पछिपछि मोर्चाका अन्य नेता ।
एमाओवादी र कांग्रेसका शीर्ष नेताहरुले पनि ओलीलाई रोक्न खोजे । ओलीले आफु सहमतिको पक्षधर भए पनि आन्दोलन रोकीने ग्यारेन्टी मात्रै मागेको बताए ।
अन्तिममा तीन दलका शीर्ष नेताहरुले शीर्ष वार्ता कायमै राख्ने र शुक्रबार फेरि मोर्चाका नेतालाई बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै बाहिरिए । अब आम जनताले शुक्रबारसम्म सहमति बन्ने आशा गरिरहेका छन् ।
nepalsandesh
मोरङ, ७ माघ । मोरङको रंगेलीमा प्रहरी प्रदर्शनकारीबीच झडप हुँदा दुई महिलासहित तीन जनाको मृत्यु भएको छ ।
झडपमा परी थुप्रै घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
एमालेसम्बद्ध युवा संघ नेपालले आमसभा गर्दा मधेसी मोर्चाका आन्दोलनकारीले रोक्न खोज्दा रंगेली तनावग्रस्त बनेको हो । झडपमा प्रहरीले चलाएको गोली लागेर दुई महिलाको मृत्यु भएको छ । रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर रंगेली ४ की ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ ।
यसैगरी डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको खुकुरी प्रहारबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
dainiknepal
२०७२ माघ ७ बिहीवार

काठमाडौं : प्रहरीले गुन्डा नाइके सुकबहादुर लामा ‘बाघे’ लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका टोलीले बाघेलाई राजधानीबाटै केही दिनअघि पक्राउ गरेको हो ।

काठमाडौंको स्वयम्भू र बालाजु क्षेत्रका घरजग्गा कारोबारी र अन्य व्यापारीहरुलाई धम्की दिएर रकम असुल्न सक्रिय लामा प्रहरीको खोजीको सूचीमा थिए ।

आफूहरुलाई धम्की दिएर रकम असुलेको गुनासो व्यापारीहरुले गुनासो गरेपछि प्रहरीले बाघेलाई लामो समयदेखि खोजिरहेको थियो ।


पक्राउ परेका लामाविरुद्ध प्रहरीले केही सार्वजनिक अपराध अभियोगमा मुद्दा चलाएको छ ।

बाघेले गत पुस १४ गते स्वयम्भूको नामग्याल चोकमा एक तिब्बतीयनलाई दिउँसै निर्घात कुटपिट गरेर ११ लाख रुपैयाँ लुटेकासहित आरोप लागेका थिए ।
annapurnapost
७ माघ, बर्दिबास ।

उपप्रधानमन्त्री कमल थापाले आन्दोलन गरेकै भरमा संविधान संशोधन हुने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

विहीबार महोत्तरीको बर्दिबासमा सीमा क्षेत्र विकास कार्यक्रमको शुभारम्भ गर्दै पराष्ट्रमन्त्री थापाले विगत ५ महिना अघिदेखि जारी आन्दोलनलाई रोकेर वार्ता र सम्वादबाट समाधान खोज्न उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई आग्रह गरे ।

सरकारमा मन्त्री थापाले जनसंख्या र समानुपातिक समावेशीमा मोर्चा, सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति नजिक रहेको समेत मन्त्री थापाले जानकारी दिएका छन ।

स्थानीय विकास मन्त्रीसमेत रहेका मन्त्री थापाले सीमांकनको विषय जटिल रहकाले संवैधानिक आयोगबाट समाधान गर्न सकिने उनले बताए ।nepaliheadlines
काठमाडौं, ७ माघ । नेपाली सेनाले रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ ।
विहीबार सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डालेसार्वजनिक सूचना जारी गरी एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो ।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ । जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् ।
आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन् । इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने बताइएको छ ।
उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ । उम्मेदवारहरुका लागि आवश्यक शैक्षिक योग्यता मागको भएपनि उमेर हद तोकिएको छैन् ।
dainiknepal
काठमाण्डु, ७ माघ– प्रमुख राजनीतिक दलले राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चासँगको शीर्षस्थ तहको वार्तालाई निरन्तरता दिने निर्णय गरेका छन् ।
प्रमुख प्रतिपक्षीसहित सत्तारूढ दलबीच बिहीबार भएको वार्ताले शीर्षस्तरको वार्ता जारी राख्दै व्यवस्थापिका–संसद्मा प्रस्तुत भएको संविधान संशोधन विधेयकका आधारमा सहमतिको मिलन बिन्दु पहिल्याउन अधिकतम सहमति गर्ने निर्णय गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज मोर्चासँग भएको वार्तामा सहमति नजुटेपछि पुनः प्रमुख दलको बैठकले सहमतिका लागि वार्ता र संवादलाई निरन्तरता दिने निर्णण गरेका छन् । बैठकमा प्रमुख पाँच दल नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्षस्थ नेताहरुको सहभागिता थियो ।
संशोधनमा परेका विषयलाई सहमति खोज्ने र त्यसको भाषामा समस्या भए कार्यदल र शीर्षस्तरमै बसेर टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।
त्यसअघि मधेसी मोर्चासँग भएको वार्तामा प्रधानमन्त्री जंगिएपछिमोर्चाका नेता वार्ताबाट बाहिरिएका थिए ।
मोर्चा बाहिरिए लगत्तै बसेको प्रमुख दलको बैठकले सहमतिका सबै विकल्पमा छलफल र वार्तालाई अघि बढाउने निर्णय गरेको हो ।
kathmandutoday
विराटनगर, माघ ७ । मोरङको रंगेलीमा आन्दोलनरत् मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच विहीबार भएको झडपमा प्रहरीले चलाएको गोली लागी एकजना महिलाको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । शवलाई कोसी अञ्चल अस्पतालमा राखिएको छ ।

युवासंघ नेपालले आयोजना गरेको कार्यक्रम मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्ने प्रयास गरेपछि झडप भएको हो ।

स्थित नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ७ जना घाइते भएका छन् । imagekhabar
बिहीबार, ७ माघ
मोरङ ।  एमालेको भातृ संगठन  युवा संघ नेपालको मधेस जागरण अभियान विथोल्न जम्मा भएका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच मोरङको रंगेलीमा गोली चलेको छ ।
युवा संघको कार्यक्रम बिथोल्न मोर्चाका कार्यकर्ताले उग्र प्रदशन गरेपछि प्रहरीले उनीहरुलाई रोक्न गोली चलाएको हो ।प्रहरीले गोली चलाउँदा एक ६२ वर्षीया वृद्धाको ज्यान गएको छ ।
मोर्चाका कार्यकर्ताहरु लाठी र घरेलु हतियारसहित उत्रेपछि तनाव बढेको हो । मोर्चाका कार्यकर्ताहरुले प्रहरीको घेरा तोडेर युवा संघको कार्यक्रमस्थलमा आक्रमण गर्न खोजेपछि प्रहरीले करिब ५० राउन्ड बढी गोली चलाएको हो ।
प्रहरीले मोर्चाका कार्यकर्ताहरुलाई रोक्ने क्रममा दर्जनौ सेल अश्रुग्यास पनि हानेको थियो । झडपका क्रममा एकजना प्रहरी घाइते भएका छन् भने मधेसी मोर्चाका अर्का कार्यकर्तालाई पनि गोली लागेको छ ।
प्रहरीको गोलीबाट मारिएका ती वृद्धाको नाम र ठेगाना भने अहिले सम्म खुल्न सकेको छैन ।
nepalsandesh
काठमाडौं – नेपाल आयल निगमले ३१ देखि ५० लटसम्मका निजी मोटरसाइकल र स्कुटरलाई शुक्रबार तेल वितरण गर्ने भएको छ ।

निगमले तोकेको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु गर्ने निगमले जनाएको छ । प्रत्येक मोटरसाईकल/स्कुटरलाई ५ (पाँच) लिटर पेट्रोल उपलब्ध गराइने छ । हरेक उपभोक्ताले पेट्रोल भर्न आउँदा नविकरण भएको ब्लु–बुक साथमा लिई आउनुपर्ने छ । तोकिएको लट नम्बर अनुसार लाईनमा बसे नबसेकोर विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने जनाएको छ । नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लाको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरी विक्री वितरण गरिने जनाएको छ । ratopati
काठमाडौं– नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिष्टहरुबीचको एकता अहिलेको आवश्यकता रहेको बताएका छन् । राजधानीमा कृष्णदासले श्रेष्ठद्वारा लिखित भौतिकवादको विकासको इतिहास र माक्सवादी सौन्दर्य चिन्तन नामक दुई पुस्कत विमोचन कार्यक्रममा बोल्दै उनले क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्नेमा सबैको एक मत भएपनि विभिन्न समस्या भने कायमै रहेको बताए । ‘एकता आवश्यकता हो भन्ने कुरा हामी सबैको मिल्छ । तर यो भन्दा बढी कुरा गर्न मलाई अलि अप्ठेरो छ ’, उनले भने । एमाओवादी अध्यक्ष प्रचण्डको समेत सहभागिता रहेको उक्त कार्यक्रममा वैद्यले प्रचण्डको खुलेर प्रशंशा गरेका थिए ।

दुई माओवादीबीच एकताको प्रक्रिया चलिरहेको बेला वैद्यले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सो क्षमता प्रचण्डमा रहेको बताए । प्रचण्डको प्रसंशा गर्दै उनले भने, ‘प्रचण्ड सक्षम भएको कुरा मैले बारम्बार भनेको र लेखेको पनि छु , अहिलेसम्म पनि सक्षम नेताको रुपमा मैले पाएँ । ’ उनले प्रचण्डसँग विशष अनुरोध गर्दै एकताका लागि वैचाकिरता मिलाउन आग्रह समेत गरे ।

वैद्यले कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरबादीको प्रभाव बढेर गएको भन्दै अहिले ६ टुक्रामा रहेको माओवादीलाई एक गर्न गम्भीर चुनौति रहेको र त्यसका लागि मेहनत पनि गरेका गरिरहेको बताए ।

बाबुराम भट्टराईको कडा आलोचना गर्दै वैद्यले उनले भनेको नयाँ शक्ति भ्रमको खेती मात्रै भएको बताए । ‘अहिले नयाँ भन्ने प्रचलन छ, नयाँ भन्दाभन्दै बाबुरामजीले पनि नयाँ शक्तिकै नाममा पार्टी खोल्न लागेको सुनिएको छ तर यो नयाँसयाँ होइन पुरानै हो।’ उनले यसो भन्दा मञ्चमा हाँसोको फोहरा समेत छुटेको थियो ।

सो क्रममा प्रचण्डले मात्रात्मक रुपमा कम्युनिष्ट आन्दोलनको विकास भएपनि गुणत्मकतामा ह्रास आएको स्वीकार गरे । उनले सच्चा कम्युनिष्ट एकता हुनु अहिलेको आवश्यकता रहेको भन्दै भने, हिजो दायाँबायाँ बसेर एकअर्कालाई संकाको गर्यौकि ? तर, हिजो एउटै एउटै भएकाले हाम्रो रगत एउटै रहेको छ । त्यसैले अब मनोगतवादी कमजोरीको समिक्षा गरेर आन्दोलनलाई एकताबद्ध बनाउने बेला आएको छ ।’
उनले राष्ट्र र जनता अप्ठेरोमा भएकाले यसलाई पार लगाउन नयाँ विकल्प खोजी गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।

पुस्तक विमोचन प्रचण्ड र वैद्यले संयुक्त रुपमा गरेका थिए भने पुस्तकमाथि बोल्दै उनीहरुले कम्युनिष्ट आन्दोलनमा बुर्जुवा संस्कृतिको बोलाबाला रहेको बेला असली माक्र्सवाद बुझ्न पुस्तक सहयोगी बन्ने विस्वास व्यक्त गरे ।

ratopati
७ माघ, एजेन्सी ।

एक अमेरिकी संसदीय समितिले पाकिस्तानले भारतबाट हुने सम्भावित आक्रमण रोक्नका लागि हतियार बढाइरहेको प्रतिवेदन सार्वजनिक गरेपछि भारतीय मिडियामा तरंग देखिएको छ ।

पाकिस्तानसँग रहेका मिसाइल र वारहेड भारतबाट हुने सम्भावित आक्रमण निरुत्साहित गर्नका लागि भएको उल्लेख गरेपछि भारतमा यसबारे ब्यापक चर्चा भएको छ ।


भारतले कुनै सैन्य कारवाही गर्न खोजे यी हतियार देखाएर निरुत्साहित पार्ने पाकिस्तानको रणनीति रहेको उक्त समितिको प्रतिवेदनमा उल्लेख छ ।

भारतको सम्भावित आक्रमण रोक्नका लागि नै पाकिस्तानले आफ्नो आणविक क्षमता बढाइरहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।

पाकिस्तानसँग हाल ११० देखि १३० वटा सम्म परमाणु हतियार रहेको र यो संख्या अझै बढी हुन सक्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।nepaliheadline
काठमाडौं, माघ ७ । संविधान संशोधन विधेयकमाथि विभिन्न सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावहरुमाथि व्यवस्थापिका–संसदमा विहीबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ ।

विधेयकमा २४ ओटा संशोधन परेका छन् । ती २४ ओटै संशोधनकर्तालाई बैठकमा बोल्न समय दिइएको छ ।

यसअघि, बैठकले नियमावली मस्यौदा समितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको थियो ।

संशोधनमाथिको छलफल सकिएपछि कानुनमन्त्री अग्नि खरेलले प्रश्नहरुको जवाफ दिनेछन् भने त्यसपछि संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा जानेछ ।

प्रमुख दलहरुबीच शनिबारसम्म विधेयकमाथि छलफल चलाएर सहमतिको प्रयास गर्ने र सहमति नभए सोही दिन विधेयक पारित गर्ने सहमति भएको छ ।

संसदको विहीबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

तराई–मधेस समस्या समाधान, भूकम्प प्रभावित जनतालाई राहत र कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको उनीहरुको आरोप थियो ।

बैठकमा कांग्रेस सांसदहरुले कृष्णप्रसाद भट्टराई आमसन्चार प्रशिक्षण प्रतिष्ठानबाट भट्टराईको नाम हटाउन खोजेको भन्दै आपत्ति जनाएका थिए ।

संसद बैठक सुरु भएलगत्तै मधेसी मोर्चासहित ६ ओटा दलले बहिस्कार गरेका थिए ।

संशोधन विधेयकले सबै समस्याको समाधान नगर्ने भन्दै संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, थरुहट तराई पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीले बैठक बहिस्कार गरेका हुन् imagekhabar
काठमाडौं, ७ माघ । तराईमा चार महिनादेखि जारी मधेस आन्दोलनबारे ज्योतिषहरुले नयाँ भविष्यवाणी गरेका छन् ।
विहीबार सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गरेसँगै ज्योतिषहरुले आन्दोलन र नाकाबन्दीबारे नयाँ भविष्यवाणी गरेका हुन् ।
उनीहरुले सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गर्दा लाभ प्राप्त हुने बताएका छन् । चर्चित ज्योतिष डा सुनील सिटौलाले आज दिउँसो १२ बजेर ३४ मिनेट पछाडी सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गरेको बताए । उनले भने- अहिले १२ बजेर ३४ मिनेटमा सूर्य कुम्भ राशी मण्डलमा प्रवेश गरेको छ । नेपाल लाभको स्थान परेको छ । अब लाभै लाभ हुन्छ ।’
उहाँका अनुसार लाभको स्थानमा नेपाल परेकाले तराईमा जारी मधेस आन्दोलन पनि समाधान हुने सम्भावना निकै बढी छ । ‘यो लाभको स्थानले तराईमा जारी समस्या पनि निष्कर्षमा पुग्ने हामीले देखेका छौं । ज्योतिष शास्त्रले यही बोल्छ,’ उनले भने ।
ज्योतिषहरुले यस्तो भविष्यवाणी गरिरहँदा यता प्रमुख दलहरुले माघ ९ गते संविधान संशोधन विधेयक अगाडि बढाउने तयारी गरेका छन् । संशोधन विधेयक पारित हुनेवित्तिकै भारतले नाकाबन्दी खोल्ने भनिसकेको छ ।
dainiknepal
काठमाडौं ।

हरेक कार्यक्रम होस वा बैठक वार्तामा प्रस्तुत हुँदा देशका प्रधानमन्त्री उखान टुक्का र हासि मजाकबाट कुराकानी सुरुवात गर्छन । देशको परिस्थिति गम्भीर र जटिल बन्दा समेत प्रधानमन्त्री ओली र उखान टुक्काबाट भन्ने शैलीलाई परिवर्तन गर्न सकेका छैनन ।

देशको कार्यकारी प्रधानमन्त्रीले बोल्ने भाषा, भारण र कुराकानी निकै महत्पूर्ण हुन्छ । तर पदिय मर्यादाको ख्याल नै नगरी ओली भने दिनहुजसो उखान टुक्का भन्ने गर्छन् ।
प्रमुख तीन दल र मधेसी मोर्चा सहभागी कार्यदलले जुटाउनकै लागेको सहमति जुटन सकेन । मस्यादौ तयार हुँदा समेत सहमतिले पूर्णता पाएन । अहिले त्यो सहमति सरकार र प्रमुख तीन दलको हातलमा पुगेर थन्किएको छ । मधेसको समस्या समाधान गर्नको लागि प्रधानमन्त्री ओलीले प्रमुख दलका शीर्ष नेता सहित मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाए ।

बिहान नौं बजे नै सबै प्रमुख दलका नेताहरु वार्तामा वालुटार पुगि सकेका थिए । सुरुमा कार्यदलका सदस्यहरुले आफ्नो धारणा राखेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति सुशील कोइराला, मधेसी मोर्चाका उपेन्द्र यादव, लगायतका नेताहरुले आ–आफ्नो धारणा राखेपछि बोल्ने पालो ओलीको आयो ।
ओलीले सुरुमा नै बोलेको भनाई उदृत गर्दै मोर्चाका एक नेताले भने,‘सबै कुरा सुने, सहमति गर्दा केही दिने र केही लिने कुरा हुन्छ तपाईहरु हाताहाति भन्नु हुन्छ यो हाताहाती भनेको के हो ?’ झण्डै आधा घण्टा ओलीले उखान टुक्का र मधेसी मोर्चाका नेताहरुलााई प्रशिक्षण दिएका थिए ।

तीन नेताले भने, ओलीको उखान टुक्कका प्रसंग सुनाउदै भने,‘सीमाकंन के व्यापार हो, भैसी किनवेच हो, यसलाई टुंगो लगाउन त समय लाग्छ, समिति बनाउने भनेका छौ, यसैबाट पनि निकास खोज्न सकिन्छ, समिति बनाउने भन्यो, फेरी मधेसमा दुई मधेस प्रदेशको कुरा उठाउनु भो, माग माथि माग थप्ने जाने अनि कसरी हुन्छ सहमति ?’nepaliheadlines.
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home