• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शुक्रबार, ३ पुष

भारतले नाकाबन्दी अहिले सम्म हटाएको छैन । नेपालसँग इन्धन व्यापार हुने मुख्य नाका वीरगञ्ज हो । यहाँवाट नै ७० प्रतिशत भन्दा वढी इन्धन आयात हुने गर्दछ । तसर्थ वीरगञ्ज नाका पूर्ण रुपमा सुचारु नभएसम्म नाकाबन्दी खुलेको हुने छैन ।
भारतले नाकाबन्दी खुलाउँदैछ भनेर धरै पटक हल्ला आएपनि व्यवहारमा नाकाबन्दी खुलेको छैन । भारतमा प्रमुख प्रतिपक्ष भारतीय कांग्रेश र अरु दलहरुले आफ्नो राजनैतिक स्वार्थका लागि नाकाबन्दीको विरोध गर्न थालेकोले मोदीले लामो समयसम्म नाकाबन्दी लगाइ रहन सक्ने छैनन् ।
भारतका अरु विपक्षी दलहरु मोदीलाई कमजोर पार्न, बदनाम गर्न र आगामी नयाँ चुनावमा मोदीलाई हटाएर आफ्नो दललाई विजयी वनाउन नेपालमाथिको नाकाबन्दीको विरोधमा उत्रेका छन् । त्यो विरोध नेपालीहरु प्रतिको मायाले भन्दा पनि आफ्नो स्वार्थ प्रेरित छ । किनभने भारतीय कांग्रेशका नेता राजीव गान्धीको पालामा पनि नेपालमाथि नाकाबन्दी लगाइएको थियो ।
राजीव गान्धीको बेला विपक्षीहरुको पनि समर्थन भएको कारणले गर्दा नाकाबन्दी लामो समय रहन गयो । तर अहिले मोदीलाई विपक्षीहरुको समर्थन नहुनाले तथा नेपालको चीन संगको वढ्दो सम्वन्धको कारणले नाकावन्दी लामो समय लग्न कठिन हुनेछ ।
तर अहिले नाकाबन्दी नहटाउनुमा भने मोदीले आफ्नो नेपाल रणनीति कार्यान्वयन गर्न कार्यनीतिमा ल्याएको परिवर्तन हो भन्ने देखिन्छ । मोदीको नेपाल रणनीति भनेको नेपाललाई आफ्नो प्रभावक्षेत्रमा राखिरहने हो र नेपालको नदी नाला सहितको प्राकृतिक श्रोत आफ्नो स्वार्थको लागि उपयोग गर्ने तथा नेपाललाई आफ्नो अधिनस्थ बजार बनाइरहने हो ।
मोदी सरकारले नाकाबन्दी गरेर नेपालको राजनैतिक मामिलामा दिल्ली दरबारको भूमिका पुनस्थापित गर्न सफल भएका छन् । नाकाबन्दी पछि भारत विरुद्ध ठूला कुरा गरेका प्रचण्ड र ओलीले समेत पनि कमल थापालाई दिल्ली पठाएर दिल्लीमा नेपालको आन्तरिक मामिला बारे चार बुँदे सम्झौता गर्न वाध्य बनाउनुलाई दिल्लीले आफ्नो सफलता ठानेको छ ।
त्यसैले पनि मोदी नाकावन्दीको कार्यनीति फेरेर अरु तरिकावाट नेपालका दलहरु माझ खेल्न चाहिरहेको छ ।
तर मधेशी मोर्चाका नेताहरुले यसपालीको आन्दोलनमा सीमांकनलाई नै वटमलाइन बनाएर ‘अभि नहिं तो कभि नहिं’ भन्ने नारा सहित आन्दोलनलाई अन्तिम वनाउने ढंगले जनतालाई उचालेका थिए । मधेशी नेताहरु यहि नारामा अहिले फँसेका छन् ।
मधेशी नेताहरुलाई सीमांकन नटुंग्याइकन सम्झौता गर्नु मृत्युपत्रमा हस्ताक्षर गर्नु जस्तै भैरहेको छ । आफैले उचालेका युवाहरुको आक्रोशको सामना गर्न उनीहरु डराइ रहेका छन् । त्यसैले उनीहरुले भारत माथि नाकावन्दी नहटाउन ठूलो दबाब दिंदैछन् र सीमांकन उधारो नगर्न भनिरहेका छन् ।
मधेशी मोर्चामा आबद्ध दलहरुका अलवा अरु दलहरु पनि मधेश आन्दोलनमा छन् र उनीहरुले फाइदा नउठाउन भन्नेमा पनि मोर्चा सतर्क रहेको छ । यसले गर्दा पनि अहिले उधारो सम्झौताको प्रचण्ड ओली र गच्छदारको लाइनमा जान उनीहरु डराइ रहेका छन् ।
भारतले मधेशी मोर्चा र सत्ताधारी दलहरुबीच सम्झौता गराउन खोजेतापनि मधेशी मोर्चाको विरोधका कारण नाकाबन्दी हटाउन भारत हिचकिचाइ रहेको छ । भारतलाई मधेशी मोर्चा पनि चाहिएको छ र अरु दलहरु पनि चाहिएको छ ।
तसर्थ भारतले अहिले दोहोरो भूमिका खेल्दै एकातिर नेपालका सत्ताधारी दलहरुलाई नाकाबन्दी हटाइदिने र मधेशी मोर्चालाई सम्झाइवुझाइ दिने आश्वासन दिइरहेको छ भने अर्को तिर मधेशी मोर्चालाई नाकाबन्दी पुरै नहटाउने आश्वासन पनि दिइरहेको देखिन्छ ।
भारतले यस्तो बेला के गर्छ ? सके केही समय लगाएर मधेश आन्दोलनलाई कुल डाउन गर्छ र सम्झौता गराउँछ, नसके जताबाट बढी फाइदा पाउने देख्छ, उतै लागेर अर्को पक्षलाई चुप लाग्न र आफ्नो आदेश मान्न भन्छ । यदि अर्को पक्षले आफ्नो कुरा मानेन भने उसलाई दबाउन पनि भारत पछि पर्ने छैन ।
भारतले श्रीलंकामा पनि यस्तै गरेको थियो । सुरुमा श्रीलंकाका तामिलहरुलाई भारतले सबै खालका सहयोग र समर्थन गरेको थियो । श्रीलंकाका सत्ताधारी दलहरु चीन, युरोप र अमेरिका नजिक हुन थालेको र भारतीय प्रभाववाट मुक्त हुन खोजेको भारतीय सत्ताधारीहरुलाई लागेपछि यस्तो कदम चाल्न सुरु भएको थियो ।
पछि भारतीय सत्ताधारी दलहरुले दिल्ली समक्ष भारतीय प्रभाव मै रहेर काम गर्ने वचन दिएपछि भारत सरकारले श्रीलंकाली तामिल नेताहरु माथि दिल्ली र श्रीलंका सरकारबीच भएको गोप्य सम्झौता अनुसार नै तामिल स्वायत्तता मात्र मानेर जान दबाब दिए ।
तर तामिल नेताहरुले नमानेपछि भारतीय सेना नै श्रीलंकामा गएर ती नै तामिलहरुलाई दबाउने हिंसात्मक अपरेशन समेत पनि भारत सरकारले गरेको थियो ।
अहिले मधेशका नेताहरुले भारतको यो दोहोरो स्वार्थी खेलको कलंकपूर्ण राक्षसी इतिहासबाट पाठ सिक्नु पर्ने वेला आएको छ । भारत सरकारले कुनै पनि बेला मधेशी नेताहरुलाई उचालेर पछार्न सक्दछ भन्ने कुरा दिल्लीमा कमल थापासँग उधारोमा सीमांकन हेरफेर गर्ने सम्झौता गरेर त्यसलाई मान्न दिएको आदेशले पनि स्पष्ट गर्दछ ।
भारतको विगतका विस्तारवादी कलंकपूर्ण इतिहासवाट सत्ताधारी एमाले, एमाओवादी र कांग्रेशले पनि पाठ सिकेको देखिन्न । भारतलाई नेपालको आन्तरिक मामिलामा सामेल नगराइ देशलाई भारतीय पञ्जावाट स्वाधीन बनाउन पर्नेमा यी दलहरुले पनि अहिले दिल्ली संग गोप्य सम्झौता गरेर मधेश आन्दोलन र नाकावन्दी समस्या हल गर्न खोजे ।
अहिले पनि समय बाँकी छ, विगतका गल्ती कमजोरी सुधार्ने । नाकावन्दीका विरुद्ध अन्तराष्ट्रिय कूटनीति तीब्र वनाउने र भारतमाथि दबाब दिने, चीन र अन्य देशवाट तत्काल इन्धन अलि महंगै भएपनि ल्याउन सुरु गर्ने, मधेशी मोर्चासँग वार्ता जारी राख्ने र विदेशी मध्यस्थ अस्वीकार गर्ने काम सरकारले गर्न सक्दछ ।
मधेशी मोर्चाले फेरी आन्दोलन चलाउने घोषणा गरेको स्थितिमा तथा भारतको दोहोरो चालबाजीलाई चाल्न थालेको अहिलेको स्थितिमा सरकारमा रहेका दलहरुले तथा विपक्षी कांग्रेसले पनि स्वाधीन राजनीति र आत्मनिर्भर अर्थतन्त्र तर्फ देशलाई अघि लग्न नेतृत्व गरेनन् भने नेपालमा अर्को आन्दोलन जनताको बाध्यता हुनेछ ।
मधेशी मोर्चाले पनि विदेशी सहयोग र समर्थनमा भन्दा नेपाल भित्रै आफ्नो कुरा राख्नु र जनताको समर्थनमा राजनीति अगाडि बढाउन तर्फ जोड दिनु उसकै लागि हितकर कुरा हुनेछ । भारतले श्रीलंकाली तामिलहरुलाई जस्तै कुनै बेला पछार्ने कुरामा मधेशी मोर्चाले सोच्नु पर्दछ ।
भारलते पनि छिमेकीको मामिलामा अनावश्यक हात हाल्दा आफै फँस्दै समस्यामा पर्ने विगतका पाठवाट सिकेन भने यसपाली नेपालमा भारत नराम्रो संग फँस्दै जाने सम्भावना विकास भैरहेको छ ।
nepalsandesh
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु
काठमाडौं । भारतले नेपालको संसदमा मंगलबार पेश भएको संविधान संसोधनसम्बन्धी विधयेकलाई ‘महत्वपूर्ण उपलब्धी भन्दै आन्दोलनरत पक्षलाई सहमति र समझदारीमा आउँन आग्रह गरेको छ ।
मधेस आन्दोलनसँगै सीमावर्ती नाका अवरोधमा उत्रिएका दलहरुलाई चाँडो समाधान पहिल्याउन समेत भारतले आग्रह गरेको छ ।
नेपालको राजनीतिक स्थितिबारे विदेश मन्त्रालयका जिम्मेवार अधिकारहरुको बैठकले यस्तो निष्कर्ष निकाल्दै भनेको छ‘मधेसी नेताहरुलाई हामीले सम्झाएका छौं । दलहरुले ल्याएको साझा अवधारणामा सहमति पहिल्याउन पनिप भनेका छौं । यसमा पनि अटेर भएमा दलगत सहमतिलाई सर्वोपरी मानेर अघि बढ्न सकिने स्थिति रहन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ
dainiknepal
ठाँउ-ठाँउमा प्रदर्शन, मोटरसाइकलमा आगजनी
वीरगन्ज: मधेसका माग पुरा गराउन सरकार र प्रमुख तीन दललाइ अन्तिम धक्‍का दिने बताएका मधेसी दलहरुले वीरगन्जमा शुक्रबार देखि आन्दोलनलाई अझ चर्काएका छन्।

नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन शुक्रबार पुष ३ गते देखि मधेसी दलहरुले आन्दोलनलाइ थप शसक्त बनाएका हुन्। मधेसी दलका कार्यकर्ताहरुले पर्सा र बाराका विभिन्न स्थानमा शुक्रबार बिहानै देखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन्।

वीरगन्जको पावरहाउस , मुर्ली , घण्टाघर , माइस्थान , घडीअर्वा , भिस्वा होटल चोक लगायतका स्थानमा मधेसी दलका कार्यकर्ताहरुले टायर बालेर सडक अवरुद्ध पारेका छन्। यस्तै परवानीपुर बजारमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन्।

 मधेसी दलका कार्यकर्ताहरुले वीरगन्जमा शुक्रबार बिहानै देखि टाँगा, इरिक्सा , टयाम्पु , कार , जिप समेत चल्न दिएका छैनन्। प्रदर्शनका कारण वीरगन्जको बजार र पसलहरु पनि बिहानै देखि बन्द छन्।

 बाराको कलैया , सिसहनीया र भलही चोकमा पनि मधेसी दलका कार्यकर्ताहरुले बिहानै देखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। मधेसी दलको प्रदर्शनका कारण कलैयाको बजार पनि शुक्रबार बन्द भएको छ।

बन्दको अवज्ञा गरेको भन्दै कलैयामा शुक्रबार बिहान मधेसी दलका कार्यकर्ताहरुले दुइ वटा टयाक्टर र एउटा मारुती भ्यानमा तोड फोड गरेका छन्। यस्तै बन्दको अवज्ञा गरेको भन्दै कलैयामा शुक्रबार बिहान मधेसी मोर्चाका कार्यकर्ताहरुले टायरगाडा , टयाम्पु र टाँगा गरि तीन वटा सवारी साधन नियन्त्रणमा लिएका छन्।

बाराको सिम्रौनगढमा शुक्रबार बिहान मधेसी मोर्चाका कार्यकर्ताहरुले भारतबाट इन्धनको तस्करी गरेको भन्दै एउटा मोटरसाइकलमा आगजनी गरेका छन्। भारतबाट एक सय ६० लिटर डिजेल र ४० लिटर पेट्रोल लिएर आउदै गरेको नम्बर प्लेट नभएको टिभिएस मोटरसाइकलमा मधेसी मोर्चाका कार्यकर्ताहरुले सिम्रौनगढको रानीवास बजारमा आगजनी गरेका हुन्।

आगजनीबाट मोटरसाइकल पुर्ण रुपमा जलेर ध्वस्त भएको छ। मोर्चाका कार्यकर्ताहरुले डिजेल र पेट्रोल पनि खन्याएर नष्ट गरिदिएका छन्।तिहार र छठ पर्ब पछि आन्दोलनलाइ खुकुलो बनाएका मधेसी मोर्चाले शुक्रबार ठाँउ ठाँउमा प्रदर्शन गर्दै आन्दोलन चर्काएपछि यहाको जनजीवन फेरि कष्टकर बनेको छ।

संविधान निर्माण र सीमांकनको विरोधमा मधेसी दलहरुले गत साउन ३० गते देखि बन्द हडताल गर्दै आएका हुन्। यस्तै वीरगन्ज रक्सौल नाकाको मितेरी पुलमा ८७ दिन देखि मधेसी दलले धर्ना दिएर नाका ठप्प पार्दै आएका छन्।

मधेसी दलका नेता कार्यकर्ताहरुले असोज ७ गते देखि दिनरात २४ सै घण्टा मितेरी पुलमा धर्ना दिएर नाका ठप्प पारेका कारण तीन महिना देखि रक्सौलबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज प्रवेश गर्न सकेको छैन।  मितेरी पुलको धर्नामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय समावेशी मधेसी गठबन्धनका नेता कार्यकर्ताहरु बसेका छन्।  annapurnapost
काठमाडौं । बलिउडका स्टार अभिनेता शाहरुख खानको फिल्म दिलवाले शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ ।
क्रिशमस डे को अवसर पारेर फिल्म दिलवाले प्रदर्शनमा आउन लागेको हो । उक्त फिल्मले अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ ।
तर, नेपालमा भने शाहरुखलाई टक्कर दिन मैदानमा उत्रिएका नेपाली निर्देशक निरञ्जन थापा । राष्ट्र, राष्ट्रियता र नेपाली खेलकुदमा हुने गतिविधीलाई समेटेर तयार पारिएको फिल्म मिशन खेलाडीले दिलवालेलाई टक्कर दिने भएको हो ।
फिल्म मिशन खेलाडी शुक्रबारबाट अल नेपाल रिलिज हुँदैछ । दिलवालेसँग किन भिड्नुभयो भन्ने प्रश्नमा निरञ्जन भन्छन्– नेपाली फिल्मको आफ्नै पब्लिसिटी छ, त्यसमा पनि अहिले राष्ट्रियताको विषय उठेको छ जून हामीले देखाउन खोजेका छौं । त्यसकारण हाम्रो फिल्म चल्छ ।
पछिल्लो समय भारतको नाकाबन्दीले नेपाली फिल्म हेर्ने दर्शक बढेका छन् भने भारतीय फिल्म हेर्न छाडेको बताइन्छ ।
दिलवाले फिल्ममा शाहरुखका साथै काजोल, वरुण धवन र कृति सेसनको मुख्य भुमिका रहेको छ । त्यसैगरी मिशन खेलाडीमा सुष्मा कार्की, निरञ्जन थापा लगायको अभिनय रहेको छ ।
भोलीबाट प्रदर्शनमा आउने दुबै फिल्ममा को सफल हुन्छ त्यो बाँकी नै छ ।
dainiknepal
पुस ३, २०७२- कञ्चनपुरको दक्षिणी क्षेत्रको दशगजा क्षेत्रमा भारतीय पक्षले वन्यजन्तु रोक्ने बहानामा एकतर्फी ढंगले संरचना निर्माण गरिरहेको छ । जिल्लाको दक्षिणी भेगको पुनर्वास नगरपालिका १ बीचफाँटासँग सीमा जोडिएको दुधुवा नेसनल पार्कको घोला भन्ने ठाउँमा भारतको वन विभागले वन्यजन्तु आउजाउ रोक्ने बहानामा डोजर प्रयोग गरेर माटाको कच्ची बाँध बनाउन लागेको हो ।


भारतीय वन विभागले १९१ नम्बर सीमा स्तम्भदेखि १९४ नम्बरसम्म करिब ३ किलोमिटर लामो माटाको बाँध बनाउन थालेको हो । उक्त बाँधको उचाइ ३ देखि साढे ५ फिटसम्म छ । गत शनिबार प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायका प्रमुखहरूले समेत उक्त क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा दशगजामै बाँध बनेको भन्दै भारतीय पक्षलाई भत्काउनसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले बताए ।

‘भारतीय पक्षले वन्यजन्तु रोक्नकै लागि आली खनेर उक्त बाँध बनाएको भनिरहेका छन्,’ खनालले भने, ‘हामीले तत्काल भत्काउन आग्रह गर्‍यौं ।’ उनका अनुसार उक्त बाँध दशगजा क्षेत्रमै निर्माण भइरहेको छ । उक्त क्षेत्रमा वन्यजन्तु रोक्ने नाममा वन विभागले ०६३/०६४ देखि नै माटाको आली बनाएको थियो ।

 ‘अहिले डोजर लगाएरै ठूलो बाँधजस्तै अग्लो बनाइएको छ,’ प्रजिअ खनालले भने । उनका अनुसार सीमा स्तम्भ नम्बर १९४ आसपास ५ फिटभन्दा बढी उचाइमा बाँध निर्माण गर्न थालेपछि स्थानीयवासीहरू आशंकित भएका हुन् ।

सुरक्षा निकायको टोलीले उक्त क्षेत्रमा नाप गर्दा दशगजामै डोजर लगाएर बाँध बनेको पुष्टि भएको छ । ‘दशगजा क्षेत्र सीमा स्तम्भबाट दुवैतिर ९.१ मिटर दूरीसम्म पर्छ,’ प्रजिअ खनालले भने, ‘त्यहाँ ७/८ मिटरमा बाँध बनाइएको छ ।’ उनले कुनै ठाउँमा दशगजालाई नछोए पनि अधिकांश ठाउँमा अतिक्रमण गरेर बाँध बनाएको बताए ।



 उक्त क्षेत्रमा भारतीय वन विभागले बाँध बनाइरहेको बारे यसअघि स्थानीय प्रशासन र सुरक्षा निकायसमेत अनभिज्ञ थियो । करिब १० वर्षदेखि नै वन्यजन्तु रोक्ने बहानामा दशगजामा खनेर आली बनाउने र अहिले त्यसैमा माटो थुपारेर बाँध निर्माण गर्ने काम भइरहेको हो । ‘यसअघि यसबारे हामीलाई जानकारी थिएन,’ सशस्त्र प्रहरीको सीमा सुरक्षा बल मझगाउँका एसपी तारा पन्तले भने, ‘भारतीय पक्षले हामीलाई यसबारे कुनै जानकारी गराएको पनि छैन ।’

टोलीले भारतीय वन विभागका कर्मचारी र सीमा सुरक्षा बल (एसएसबी) लाई समेत बाँध भत्काउन आग्रह गरेको जिल्ला प्रहरी प्रमुख तुलसीप्रसाद अधिकारीले बताए । वन कर्मचारीले माथिल्लो निकायमा बाँध भत्काउन आवश्यक पहल गर्ने आश्वासन दिएको उनले बताए । ‘यसबारे एसएसबीले समेत जानकारी नभएको प्रतिक्रिया दियो,’ उनले भने, ‘हामीले दशगजा क्षेत्रमा बनेको संरचना तत्काल हटाउन आग्रह गर्‍यौं ।’

स्थलगत अनुगमनपछि माथिल्लो निकायमा समेत आवश्यक जानकारी गराइएको सुरक्षा निकायका प्रमुखहरूले बताए । उनीहरूले भारतीय पक्षले नेपाली पक्षसँग समन्वय र जानकारी बिनै बाँध बनाउनु नियम विपरीत भएको बताए । भारतीय पक्षले विगतका वर्षहरूदेखि नै सीमा क्षेत्रमा एकतर्फी ढंगले यस प्रकारका संरचना निर्माण गर्न थालेपछि यस क्षेत्रमा पटकपटक विवाद हुँदै आएको छ ।

ekantipur भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शुक्रबार, ३ पुष
काठमाडौँ । जारी व्यवस्थापिका–संसद्को बैठक पुस ८ गतेसम्म स्थगित गरेर मधेसी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा शुक्रबार बसेको नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र राप्रपा नेपाललगायतका दलको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेकाे हाे ।
तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।
बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले) का नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।
nepalsandesh
विर्तामोड, ३ पुस । बैदेशिक रोजगारको क्रममा विदेश गएका महिलाको अवस्था चिन्ताजनक रहेको पाइएको छ ।
दक्षिण कोरियामा विवाह गरि गएका नेपाली चेलीको अवस्था दर्दनाक रहेको झापा मिलन समाज कोरियाका पूर्व अध्यक्ष मीनप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।
मेरिज व्युरोले नेपाली चेलीलाई प्रलोभनमा पारी कोरियनबाट मोटो रुपैयाँ लिइ कोरिया पठाउने गरेको जानकारी दिदै उप्रेतीले हालसम्म कोरियामा ७ सय धेरै चेलीहरु गएको र गएकामध्ये ९८ प्रतिशतको अवस्था दर्दनाक रहेको बताउनुभयो ।
नेपाली महिलाहरुले कोरियामा रामै्र आम्दानी गर्न सकिने मिठो सपना देख्ने गरेको तर कोरियामा नेपाली चेलीहरुलाई सन्तान जन्माउने मेशिनको रुपमा प्रयोग गर्ने गरेको उप्रेतीको अनुभव छ । आफूहरुले कोरियामा विचल्लीमा परेकालाई उद्दार जारी राखिएको तर कोरियामा रहेको नेपाली दूतावासले कुनै सहयोग नगरेको उप्रेतीको गुनासो छ ।
पोल्टिकल ड्यामोक्रेटिभ एलायन्स पार्टी कोरियाका राज्य समिति सदस्य यज्ञराज सुवेदीले समेत यस्ता गतिविधी गर्ने उपर कडा कारवाइको माग गरिरहे पनि नेपाली चेलीहरु नै आफूहरुको सम्पर्कमा नआइपुगेको कारणले समेत उनीहरुले निकै चुनौती खेप्दै आएको र केहीलाई भने उद्दार गरि कारियाको कार्ड समेत बनाउन सकिएको बताउनुभयो ।
हालसम्म कोरियामा ७ सय बढी नेपाली महिलासहित ३५ हजार बढी नेपाली कार्यरत छन् । कोरिया मात्रै होइन अफ्रीका, चीन, ताइवान लगायतका देशमा समेत मेरिज व्युरोको माध्यमबाट ठगिने गरेको र विचल्लीमा पर्दे आएको पाइएको छ ।
बैदेशिक रोजगारमा जाने महिलाको आर्कषण बढेको त छ तर गैरकानुनी बाटो हुँदै जानेको संख्या ह्वात्तै बढेकोले पनि विकराल समस्या आएको बैदेशिक रोजगार व्यावसायी सघले जनाएको छ । एकातिर सरकारले बैदेशिक रोजगारमा नेपाली महिलाको विषयमा स्पष्ट कानुनको व्यावस्था नगरिएका कारणले पनि समस्या विकराल बन्दै गएको बैदेशिक रोजगार व्यावसायी सघ झापाका अध्यक्ष भानु सिवाकोटीले बताउनुभयो ।
बैदेशिक रोजगारमा जानेले पनि नजिकको चिनेजानेको मेनपावरबाट वुझेर, श्रम कार्यालय र श्रम कार्यलयसँग सम्वन्धित सस्थाहरुसँग जानकारी लिएर मात्रै बैदेशिक यात्रामा जानुपर्नेमा, हालसम्म सबैले यस्तो गर्न नसकेको कारणले असजिलो अवस्थामा परेको, ज्यान गएको पाइएको शिवाकोटीले जानकारी दिदै बेरोजगारको कारणले नेपाली चेलीहरु ठगिदै गएको र अब सरकारले समेत सजिलो गरि बैदेशिक रोजगारमा जान सकिने कानुनी बाटोको लडाइ गरिरहेको बताउनुभयो ।
बैदेशिक रोजगारको प्रलोभनमा पर्दै हजारौ नेपाली चेलीहरु विदेशमा विचल्लीमा पर्दै आएको छन् । नेपाल सरकारले बैदेशिक रोजगार ऐन २०६४ ले समेत यस्ता गतिविधी गर्ने र गैरकानुनी तरिकाले बैदेशिक रोजगारमा पठाउनेलाई कडा कारवाइको व्यवस्था गरेको छ तर, हालसम्म यस्तो कारवाही नभएको पाइएको छ । यो विषयमा सरकारले कडा कदम चाल्नुको विकल्प नभएको सरोकारवाला बताउँछन् ।
dainiknepal
काठमाडौं, ३ मंसिर । सशस्त्र प्रहरीका महानिरीक्षक कोशराज वन्त भ्रष्टाचार आरोपमा निलम्बनमा पर्ने भएपछि सशस्त्र प्रहरीको कार्यबाहक महानिरीक्षकलाई लिएर सत्तारुढ दलहरूबीच विवाद उत्पन्न हुन थालेको छ ।
अहिलेको कार्यबाहक महानिरीक्षक नै भावी महानिरीक्षक बन्ने भएपछि एमाओवादी र एमालेले आफू निकटलाई कार्यबाहक दिने तयारी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिरीक्षक वन्तलाई निलम्वन गर्न मन्त्रिपरिषदलाई लिखित पत्र पठाइ आग्रह गरेपछि भावी कार्यबाहक महानिरीक्षकलाई लिएर बिवाद भएको हो ।
भावी आइजीपीका विषयमा एमाले र एमाओवादीबीच कुरा नमिल्दा आजको मन्त्रिपरिषद बैठकसमेत अचानक स्थगित हुन पुगेको छ । स्रोतका अनुसार एमाले र एमाओवादीले आफू निकटकालाई आइजीपी बनाउन खेल सुरु गरेका छन् ।
अख्तियारले निलम्बन गर्न बिहीबार पत्र लेखेको थाहापाएपछि वन्त राजनीतिक दौडधुपमा लागेका छन् । स्रोतका अनुसार वन्त आफूलाई कारबाहीबाट बचाउन हारगुहार गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालदेखि प्रधानमन्त्री केपी ओली र अन्य नेताहरूको घर धाउँदै छन् । आज बिहानै पनि उनले विभिन्न शक्तिकेन्द्रमा गइ आइजीपी पद जोगाइदिन हारगुहार गरिरहेको स्रोतले उल्लेख गरेको छ ।
यतिसम्मकि निलम्बनका लागि सिफारिसमा परेका वन्तले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफूसँगै बालुवाटार लगेर बिहीबार राति प्रधानमन्त्री केपी ओलीसँग भेट गर्न भ्याएका छन् ।
चाकडी, चाप्लुसी र सेटिङ मिलाउन खप्पिस वन्त २०६८ चैत २७ गते सशस्त्र प्रहरीको महानिरीक्षकमा बढुवा भएका हुन् । उनले चैत २९ गते दर्ज्यानी चिन्ह पाएका थिए । महानिरीक्षक हुनुभन्दा अगाडिसम्म उनको उपत्यकाभन्दा बाहिर कुनै पनि जिल्लामा पोष्टिङ भएको छैन ।
बाहिरी जिल्लामा नगइ महानिरीक्षक हुने वन्त पहिलो व्यक्ति हुन् । उनी प्राविधिकतर्फका भएर पनि महानिरीक्षक पाए ।
आर्थिक लेनदेन गरेर वन्तलाई तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र गृहमन्त्री विजय गच्छदारले सशस्त्र प्रहरीको महानिरीक्षक बनाएको स्रोतले जनाएको छ ।
वन्त कारबाहीमा परेपछि भावी महानिरीक्षकका लागि तीनजना प्रतिस्पर्धी देखिएका छन् । सशस्त्रका एआईजीत्रय दुर्जकुमार राई, कृष्णकुमार तामाङ र जीवन थापा आईजीपी हुने दौडमा छन् ।
स्रोतका अनुसार सबैभन्दा वरिष्ठतम् राईलाई नै सरकारले कार्यबाहक महानिरीक्षक दिनुपर्ने हुन्छ । तर सरकारले कार्यदक्षता र अन्य विविध पक्षलाई ध्यानमा राखेर बहालवाला अतिरित्त महानिरीक्षकहरूमध्येबाट एक जनालाई जिम्मेवारी दिने सशस्त्र प्रहरीको नियमावलीमा उल्लेख छ ।
सशस्त्र प्रहरी बलमा अब्बल ठहरिएका डीआईजी दुर्गा कुँवरले वन्तकै कार्यशैलीमाथि प्रश्नचिह्न उठाउँदै पदबाट राजीनामा दिएका थिए ।
पछिल्लो समय भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनाबारे छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य दोषी’ ठहर गरेपछि उनको चौतर्फी आलोचना भयो ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले आईजीपी वन्तको निषेधात्मक आदेशका कारण भीडद्वारा बल प्रयोग भई प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलगायतको ज्यान खतरामा परेपछि पनि फिल्डमा भएका सशस्त्र प्रहरीले प्रतिकारात्मक कारबाही नगरेको र नौजनाको ज्यान गएको ठहर गरेको थियो ।
सरकारले उक्त प्रतिवेदन अहिलेसम्म गोप्य राखेको छ। प्रधानमन्त्री केपी ओलीले कैलाली प्रतिवेदन अध्ययनका लागि तिहारअघि नै मगाए पनि त्यसबारे अहिलेसम्म सरकार बोलेको छैन ।
तत्कालीन गृहसचिव सूर्यप्रसाद सिलवालले प्रधानमन्त्री ओलीलाई तिहारअघि प्रतिवेदन दिएका थिए । उनको चेन अफ कमान्ड यतिसम्म बिग्रियो कि आफ्नै एआईजीहरूलाई जथाभाबी गाली गर्न पुगे र त्यसको परिणाम एआईजी जीवनकुमार थापासँग पचासौं प्रहरी अधिकृतहरूको बैठकमा भनाभन भयो र थापाले उनीमाथि प्रहारको प्रयत्नसमेत गर्न पुगे ।
यो घटनापछि तत्कालीन सचिव सिलवालले वन्तलाई गृह मन्त्रालयको चेन अफ कमान्डमा नबसेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
dainiknepal
भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार अप्ठेरोमा परेको छ ।
सरकारले गरेका कामकारवाही र गर्नुपर्ने कार्यहरुको लागि संसदमा पेस गरिएका विधेयकहरु पास नभएपछि मोदी सरकार संकटमा परेको हो । संसदको अवरोधले मोदी सरकारले आफ्नो लक्ष्यअनुसार कुनै पनि गर्न पाइरहेको छैन् ।
भारतको माथिल्लो संसद राज्यसभामा प्रमुख प्रतिपक्षी दल कांग्रेस आई र अन्य दलले निरन्तर संसद अवरोध गर्दै आएका छन् । जसका कारण कामकारवाही अगाडि बढ्न सकेको छैन् । उक्त संसदमा नेपालबारे पनि कुरा उठेको थियो ।
यसैबीच संसद नखुल्ने अवस्था देखिएपछि भारतीय प्रधानमन्त्री मोदी उपराष्ट्रपति तथा राज्यसभा(संसद)का सभापति हामिद अन्सारीको शरणमा गएका छन् । विहीबार अन्सारीलाई भेटेर मोदीले संसद चलाउनका लागि पहल गर्न तथा प्रतिपक्षी कांग्रेसलाई सम्झाउन अनुरोध गरेका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार मोदीले अन्सारीसमक्ष कांग्रेसलाई सम्झाउन विन्ति गरेका थिए र शीतकालीन सत्रका बाँकी काम फटाफट अगाडि बढाउन आग्रह गरेका थिए ।
राज्यसभामा कांग्रेस र अन्य प्रतिपक्षी दलको बहुमत छ जसका कारण मोदी सरकारले आफ्ना कारवाहीका विल संसदबाट पास गराउन सकिरहेका छैनन् ।
dainiknepal
शुक्रबार, ३ पुष
एजेन्सी । मृत्यु दण्ड पाएका एक युवकले आफनो अन्तिम इच्छाको रुपमा आफनो जन्म दिने आमालाई सम्बोधन गरेर चिठी लेखेका छन् ।
मुत्युदण्ड पाउनै लाग्दा त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाइ दिनु भनेर दिए ।
जुन चिठी संसार मन दुखाउन बाध्य बनाएको छ ।
यस्तो चिठी थियो
आदरणिय आमा !
यदी यो संसारमा यो भन्दा पनि बढी न्याय छ भने, म मात्र नभएर हामी दुवैजनालाई मृत्यु दण्ड दिइनु पर्छ ।
मैले जुन किसिमको जीवन अंगाले,त्यसमा तिम्रो पनि त्यतिकै दोष छ्र मैले एकजना केटाको साइकल चोरेर घरमा ल्याएको तिमीलाई याद छ ?
बाबुले नदेखोस् भनेर तिमीले त्यो साइकल लुकाउन मलाई मदत् गरेका थियौ मैले हाम्रो छिमेकिको गोजिबाट पैसा चोरेको तिमीलाई सम्झना छ ?
त्यो पैसा लिएर मसंगै तिमी पनि शपिंग मल गएका थियौ  मैले बाबुसंग झगडा गरेको पनि तिमीलाई याद होला । उ मलाई सपार्न चाहन्थ्यो, कारण मैले प्रतियोगिताको अन्तिम नतिजा नै चोरेर लगेको थिए र म निष्काषनमा परेको थिए ।
शुरुमा म अरु जस्तै साधारण बच्चो त थिएँ, त्यसपछि म फटाह किशोरमा परिणत भए अहिले म असाध्यै बिक्रित ब्यक्ति भाको छु ।
आमा, म त त्यतिबेला बच्चै थिए म सप्रिन सक्थें, तर तिमीले मेरो कुक्रित्यमा सहमति जनाउँदै गयौ । जे हुनु भैगयो तिमीलाई माफ दिन्छु संसारभरिकै आमा बाबुहरुको हातमा यो चिट्ठी पुगोस भन्ने म चाहन्छु ।
nepalsandesh
काठमाडौं, ३ पुस । मन्त्रालयका नियमित एजेन्डामा अहिले बिहानका लागि बोलाइएको मन्त्रिपरिषदको बैठक स्थगित भएको छ ।
यसअघि बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक आजका लागि बोलाइएको थियो । बैठकमा भारतीय अघोषित नाकाबन्दी र आपूर्ति व्यवस्थाका विषयमा छलफल हुने बताइएको थियो ।
प्रधानमन्त्री केपी ओली कैलाली जानु पर्ने भएकाले मन्त्रिपरिषद बैठक स्थगित गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली आज कैलालीको अत्तरिया जाँदै हुनुहुन्छ ।
अत्तरियमा हुने आमसभालाई प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
dainiknepal
काठमाडौं, ३ पुस । झण्डै चार महिनादेखि तराई मधेसमा आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
सरकारसँगको वार्ताले उपयुक्त निकास दिन नसकेको ठहर गरेको मधेसी मोर्चाले आन्दोलनलाइ अझै शसक्त बनाउने जनाएको हो । आन्दोलनको तयारीका लागि मधेसी मोर्चाको बैठक बस्दैछ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार धर्ना, घेराउ, नाकाबन्दी, सडक अबरोधलगायतका कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको बताउनुभयो । ‘अब आन्दोलन शसक्त बनाउनुभन्दा अर्को बिकल्प रहेन’, उहाँले भन्नुभयो, ‘अब सरकारलाई आन्दोलनबाट घुँडा टेकाउँछौँ ।’
यथाअवस्थामा वार्ताको औचित्य समाप्त भएको बताउनुभएका महासचिव सुमनले सरकारले मधेसी मोर्चाका मागका विषयमा बुँदागत धारणा नल्याए वार्तामा नबस्ने चेतावनी दिनुभयो ।
दिउँसो दुई बजे राजधानीमा पत्रकार सम्मेलन गरेर मधेसी मोर्चाले आफ्ना संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ । पत्रकार सम्मेलन गर्नुअघि मधेसी मोर्चाको बैठक बस्नेछ ।
dainiknepal
३ पुस-
भ्रष्टाचार आरोपमा सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त निलम्बित भएका छन् । करोडौँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन्तसहित चारजना प्रहरी अधिकृतलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेलगत्तै बिहीबार सरकारले उनलाई निलम्बन गरेको हो । मन्त्रिपरिषद्को बैठक अचानक स्थगित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वन्तलाई निलम्बन गरेको हो ।


मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले वन्तलाई निलम्बन गरिएको निर्णय पारित गर्नेछ । बिहीबार साँझ ५ बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओली गोरखाको बारपाक जाने कार्यक्रम तय भएपछि स्थगित भएको थियो । अख्तियारले प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेर निलम्बन गर्नु भनेकाले निलम्बनको आवश्यक प्रक्रिया थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । शुक्रबार मन्त्रिपरिषद् बैठकले वन्तलाई निलम्बन गरेको मन्त्रिपरिषद्को निर्णय अनुमोदन गर्ने प्रवक्ता खत्रीले बताए । त्यसका लागि शुक्रबार नै मन्त्रिपरिषद् बैठक बोलाइनेछ ।

सरकारले वरिष्ठताका आधारमा एआइजी दुर्जकुमार राईलाई सशस्त्रका कामु महानिरीक्षकको जिम्मेवारी दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । राईलाई कामु महानिरीक्षकको जिम्मेवारी दिइएको निर्णयसमेत मन्त्रिपरिषद्बाटै अनुमोदन गराउनुपर्ने हुन्छ । अख्तियारले लामो छानबिनपछि वन्तसहितका प्रहरी अधिकृतले पाँचदेखि सात करोड रुपैयाँसम्म अनियमितता गरेको पाइएकाले थप अनुसन्धानका लागि उनीहरूलाई निलम्बन गर्न सरकारसमक्ष सिफारिस गरेको थियो । वन्तसँगै नायब उपरीक्षकद्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापासमेत निलम्बनमा परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ३ पुस । चार भन्दा बढि भ्रष्टाचारजन्य अभियोग लागेका शसस्त्र प्रहरीमहानिरीक्षक कोषराज वन्तलाई निलम्बनबाट जोगाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुप सुरु गरेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फर्जी कम्पनीका नक्कली बिल भर्पाई तयार गरी करोडौं भ्रष्टाचार गरेको आरोपमा सशस्त्र प्रहरीमहानिरीक्षक कोषराज वन्तसहित चारजना सुरक्षा अधिकारीलाई निलम्बन गर्न विहीबार सरकारलाई निर्देशन दिएको थियो ।
अख्तियारले निर्देशन दिएलगत एमाओवादी अध्यक्ष दाहाल वन्तलाई लिएर विहीबार राति प्रधानमन्त्री केपी ओलीलाई दवाव दिन बालुवाटार पुगेका थिए । वन्तलाई तत्काल वारवाही नगर्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिएको स्रोतले बताएको छ ।
अख्तियारले सशस्त्र प्रहरी प्रमुख वन्तसँगै सशस्त्र प्रहरी नायब उपरीक्षकद्धय सुमनजंग थापा, रामकृष्ण महर्जन र प्रहरीनिरीक्षक बिनबहादुर थापालाई पनि निलम्बन गर्न पत्राचार गरेको थियो। अख्तियारले विहीबारदेखि नै लागु हुनेगरी निलम्बन गर्न सरकारलाई निर्देशन दिएको थियो । तर प्रचण्डको दवावका कारण सरकारले वन्तलाई निलम्बन गर्न सकेन । अख्तियारको निर्देशन  कार्यान्वयन हुनुपूर्व  वन्तलाई बचाउने चलखेलले दाहालले गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग निलम्बन रोकी कानुनी उपचारपछि मात्र थप निर्णय गर्न दाहालले आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वन्तका बीच रातिको बैठकपछि प्रधानमन्त्रीले राति नै केही मन्त्रीसँग परामर्श गरेका थिए । स्रोतका अनुसार शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय लिनेछ।
छानबिनका क्रममा अस्तित्वमै नभएको झोले कम्पनीलाई विभिन्न सामान खरिदको जिम्मा दिइएको तथा सम्बन्धित युनिटसम्म त्यस्ता सामग्री नपुगेका कारण करिब ६ करोड हानिनोक्सानी भएको तथ्य फेलापरेपछि उनीहरूलाई निलम्बन गर्न सरकारलाई पत्र पठाइएको थियो ।yeskathmandu
शुक्रबार, ३ पुष
काठमाडौ । चीनको चिन्ता उच्च कूटनीतिक स्रोतका अनुसार चीन अझै नेपालसँग इन्धनको व्यापार दीर्घकालसम्म हुने विषयमा आश्वस्त हुन सकेको छैन ।
भारतसँगको नाका सुचारु भइसकेपछि मूल्य र सहज यातायातका कारण नेपालले व्यापारमा अनिच्छा देखाउने हो कि भन्ने चिनियाँ पक्षको चिन्ता छ ।
‘चीन इन्धन कारोबार नगर्ने पक्षमा छैन, तर आपत्कालीन अवस्थाको परिपूर्तिका लागि मात्रै हो भने त्यहीअनुसार समझदारी निर्माण गरौँ भन्ने सोचाइ चिनियाँहरूको छ,’ कूटनीतिक स्रोतले भन्यो ।
‘नेपालले मूल्य तिर्न तयार हुने वचन दिने हो भने पनि चीन तयार हुन्छ, बाटो र स्टोरेज क्षमता बढाइदिने पनि आश्वासन उसले दिएको छ ।’ आजको नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh
शुक्रबार, ३ पुष
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले आज देखि लागु हुने नयाँ लोडसेडिङ तालिका सार्बजनिक गरेको छ ।
पानीको जलस्तर घट्न गएको र भारतबाट आपूर्ति गरिँदै आएको विद्युतको आपूर्तिमा कमी भएकोले आज देखी हरेक दिन १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले
जनाएको छ ।
यस्तै विद्युत प्रणालीमा लोड बृद्धि र पहिरोबाट क्षति भएको विद्युत गृह हालसम्म सन्चालनमा आउन नसकेको कारण पनिे लोडसेडिङ बढ्न गएको जनाएको छ ।
nepalsandesh
काठमाडौं – नेपाल आयल निगमलाई आफ्नो बपौती ठानेर लूट धन्दा चलाएका गोपालबहादुर खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निगम प्रमुख प्रदीप यादव र निगमका अर्का गोइत थरका निर्देशकलाई कालोबजारीको सञ्जाल चलाएको भन्दै नेपाल प्रहरीले पक्राउ गर्ने अन्तिम तयारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धन आयोगको डर देखाएर कारबाही हुनबाट बचेका खड्काले कालोबजारीको ¥याकेट नै चलाएका छन् । उनले आफूले तोकेका पम्पलाई मात्रै इन्धन दिने गरेका छन् । खड्काको कालो धन्दालाई विमानस्थल प्रमुख प्रदीप यादव र निगमका निर्देशक गोइतले सहयोग गरेका छन् । नेपाल प्रहरीको महानगरीय प्रभागका एक उच्च अधिकृतका अनुसार कालोबजारी सञ्जाल बनाएर जनता ठग्ने खड्का, यादव र गोइत केही दिनभित्रै पक्राउ पर्छन् । केही दिन पहिले पक्राउ परेका थानकोट डिपो प्रमुख रविन शर्माले खड्काको आदेशमा धन्दा चलाएको प्रहरीलाई बयान दिएपछि खड्का पक्राउ पर्न लागेका हुन् ।

‘बरु मलाई हटाइदिए हुन्थ्यो, प्रहरीले पक्राउ ग¥यो भने त बर्बाद हुन्छ’ बुधबार मात्रै खड्काले आफ्नै कार्यकक्षमा रूपन्देहीतिरका एक राप्रपा नेतालाई सुनाएका थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

ratopati
शुक्रबार, ३ पुष
काठमाडौँ । काठमाडौँ–पोखरा १७१ किमी विद्युतीय रेलमार्ग निर्माण सम्बन्धमा चीनको सरकारी कम्पनीले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
चाइना सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले बिहिबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसँग भेट गरी आजदेखि सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको हो ।
तीन महिनामा सम्भाव्यता अध्ययन गरी प्रतिवेदन बुझाइने सो अवसरमा जानकारी गराएको मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णुओम वादेले बताए ।
काठमाडौँको टोखाबाट गल्छी–कुरिन्टार–आँबुखैरेनी–डुमे्र–दमौली–दुलगौँडा हुँदै पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन हुन लागेको हो ।
“२४ स्थानमा गरी ६१ किमी सुरुङसहितको १७१ किमी रेलमार्गको सम्भाव्यता अध्ययन शुक्रबारदेखि चीनको सरकारी कम्पनीले सुरु गर्दैछ, रेलमार्गमा ३४ वटा पुल हुनेछ, १६.८ किमीको पुल निर्माण गर्नुपर्ने देखिएको छ”–रेल विभागका महानिर्देशक अनन्त आचार्यले बताए ।
तीन महिनामा सम्भाव्यता अध्ययन सम्पन्न गरी कम्पनी र सरकारकाबीचमा समझदारीपत्रमा हस्ताक्षर भएपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरिने मन्त्रालयले जनाएको छ ।
“दोस्रो चरणमा आँबुखैरेनी–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि पनि कम्पनीले इच्छा देखाएको छ, यो रुटमा रेलमार्ग निर्माण गर्नसके धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ”–वैदेशिक महाशाखा प्रमुख वादेले बताए ।
अध्ययनका लागि आर्थिक र प्राविधिक लगानी चिनियाँ कम्पनीले नै गर्नेछ । सो अवसरमा उपप्रधान मन्त्री गच्छदारले टोलीले नेपालको सन्दर्भमा उपयोगी एवम् दिगो रेल सेवा विकासको खाकासहितको प्रतिवेदन बनाउने विश्वास व्यक्त गरेका छन।
हाल काठमाडौँ–पोखरा बस यात्राका लागि साढे पाँच घन्टा समय लाग्छ । यो रेलमार्ग निर्माण भएमा दुई घन्टामा सुरक्षित र वातावरणमैत्री यात्रा गरी पोखरा पुग्न सकिने विभागले जनाएको छ । र
nepalsandesh
हेल्लो शुभ बिहानी सबैलाई वि.सं. २०७२ साल पुस ३ गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर १८ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– सप्तमी, ०८:५१ बजेदेखि अष्टमी ३०:३६ बजे उप्रान्त नवमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने समय छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुने सम्भावना छ। सोचेको फाइदा उठाउन अलि नसकिएला। खर्चको मात्रा बढ्न सक्छ। परिस्थिति अन्योलमय बन्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusप्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiभाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesचुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। बलमिच्याइँले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ फेला पर्नेछन्। लामो यात्रा सम्भावना छ। अनजानको गल्तीले हानि पुर्याउन सक्छ।

भोलिबाट नाका र सडक ठप्प पार्छौं : महतो
वीरगन्ज : मधेसी दलहरुले जारी मधेस आन्दोलनलाई शुक्रबारदेखि अझ चर्काउने उदघोष गरेका छन् । नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन शुक्रबार पुस ३ गतेदेखि आन्दोलन अझ चर्काउने उद्घोष मधेसी दलका नेताहरुले गरेका हुन् ।

जारी आन्दोलनमार्फत सरकार र प्रमुख तीन दललाई अन्तिम धक्का दिने बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्जमा बिहीबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ ।

संविधान जारी भएको ३ महिना पुगेको दिन शुक्रबार पुस ३ गते अन्तिम धक्का दिने तयारीस्वरुप मधेसी मोर्चाले बिहिबार साँझ वीरगञ्जमा मशाल जुलुश निकालेको हो ।

संघीय समावेसी मधेसी गठबन्धनले पनि मधेस आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।

वीरगन्जमा बिहिबार बसेको गठबन्धनको बैठकले नाकाबन्दीलाई सशक्त बनाउनका लागि नाकास्थलमा आमजनताको सहभागिता बढाउन र ग्रामिण नाकाहरुबाट भइरहेको तेल तस्करी नियन्त्रण गर्न कडाईका साथ पहल गर्ने निर्णय गरेको हो  ।

गठबन्धनका नेता एवं नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले तस्करहरुले नाकाहरुको प्रयोग गरी दिनँहु राजधानी लगायत देशका बिभिन्न ठाँउहरुमा डिजल, पेट्रोल र ग्यास पैठारी गरेकोले मधेस आन्दोलन लम्बिएको  बताए  ।

तस्करहरुका कारण मधेसको जनता बदनाम भएको बताउँदै उनले त्यस्ता तस्करहरुलाई नछोडिने चेतावनी दिए । सदभावना पार्टीका राष्टिय अध्यक्ष राजेन्द्र महत्तोले पनि शुक्रबारदेखि बन्द हडताल र नाकाबन्दीलाई अझ सशक्त पार्ने बताएका छन् ।

वीरगन्जको माइस्थान चोकमा बिहिबार आयोजित सभामा बोल्दै उनले मधेसीको माग पुरा गराउन अन्तिम धक्का दिने चेतावनी दिए ।

वर्तमान सरकार मधेसको समस्या समाधान गर्ने पक्षमा नदेखिएको आरोप लगाउँदै उनले शुक्रबारदेखि अन्तिम चरणको निर्णायक आन्दोलन चर्काउने बताए  ।

‘चार महिनादेखि आनदोलन जारी रहेपनि सरकारले समस्या समाधान प्रति चासो देखाएन’, उनले भने, ‘शुक्रबारदेखि अन्तिम चरणको आन्दोलन चर्काउँछौ ।

मधेस आन्दोलनलाई तुहाउन सरकार र प्रमुख दलहरुले चलखेल गरिरहेको भन्दै महतोले यथास्थितिमा वार्ताको औचित्य समाप्त भइसकेको दाबी पनि गरे ।

‘वीरगञ्ज बाहेकका नाकालाई खुकुलो बनाउँदा समेत सरकारले वास्ता गरेन,’ उनले भने, ‘अब कति दिनसम्म कुर्ने ? ’

यसअघि बुधबार वीरगन्जमै आयोजित पत्रकार सम्मेलनमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि मधेसका माग पुरा गराउन जारी आन्दोलनकै माध्यमबाट अन्तिम धक्का दिने बताएका थिए ।

तिहार र छठ पर्ब पछि मधेसमा जारी आन्दोलन खुकुलो भएको थियो । बजार, पसलहरु दिनभर सहजरुपमा खुल्न थालेका थिए । ठूला मालवाहक सवारी सधानहरु नचले पनि साना तथा हलुका सवारी सधानहरु सजहरुपमा चलेका थिए ।

शुक्रबारदेखि भने फेरि बन्द हडताललाई अझ कडा बनाउने संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

‘खेतीको सिजन र बिहेबारीको लगनको समय भएकाले अनौपचारिक रुपमा आन्दोलनलाई केहि खुकुलो बनाएका थियौँ’, उनले भने, ‘तर शुक्रबारदेखि बजार, पसल र सवारी साधन फेरि ठप्प पार्छौँ ।’

वीरगन्जमा  रातको समयमा डाइपोर्ट र टान्सपोर्टबाट मालसामान लोड गरेर पठाउने कामलाई पनि बन्द गराउने उनले दाबी गरे । ‘अब चौथो मधेस आन्दोलन हुदैन’, उनले थपे, ‘यही  आन्दोलनले नै मधेसको माग लिइ छाड्छ ।’

संविधान निर्माण र सीमांकनको विरोधमा गत साउन ३० गतेदेखि निरन्तर बन्द हड्ताल गर्दै आएका मधेसी दलले गत असोज ७ गतेदेखि सीमानाकामा धर्ना दिएर नाकाबन्दी गर्दै आएका छन् ।  annapurnapost
बिहीबार, २ पुष
काठमाडौं । बेलायतले नेपालको संविधान लोकतन्त्रको संस्थागत गर्न कोशेढुंगा सावित भएको बताएको छ ।
नेपाल बेलायत सम्बन्धको २ सयौं वर्षगाँठका अवसरमा भारतीय विदेश मन्त्रालयमा आयोजित विशेष समारोहमा बोल्दै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले नेपालको संविधान दक्षीण एसियाकै उत्कृष्ठ मध्येमा एक भएको र एसियामा पसिन नेपालको जस्तो लोकतान्त्रिक संविधान अन्य देशमा नभएको बताए ।


केही समय पहिले भारतीय प्रधानमन्त्रीसँगको संयुक्त वक्तब्यमा सुधार गर्नुपर्ने बताएको बेलायतले अहिलेभने सुधारीएको वक्लब्य दिएको हो । उक्त कार्यक्रममा उपप्रधानमन्त्री कमल थापा पनि सहभागि थिए । कार्यक्रम बुधबार राति भएको थियो ।
क्यामरुनलाई नेपालमा निम्तो

उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले बेलायतका विदेशमन्त्री फिलिप हेम्ससँग भेटघाट गरेका छन् ।
थापाले भेटका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती प्रधानमन्त्री क्यामरुनलाई नेपाल भ्रमणकालागि पठाएको निमन्त्रण पत्र हस्तान्तरण गरे ।
जवाफमा हेम्सले सकेसम्म प्रधानमन्त्री नभए पनि उच्चस्तरीय भ्रमणको लागि आफुहरु सकारात्मक भएको बताए । उनले अर्को वर्ष उच्चस्तरीय भ्रमण हुने बताएका हुन् ।
भेटमा बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको रिहाइका विषयमा पनि छलफल भएको थियो । हेम्सले कानुन मन्त्रीसँगको परामर्शमा थप काम गर्ने बताएका थिए ।
nepalsandesh
काठमाडौं, २ पुस । तीन महिनादेखि आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ ।
शीर्ष नेता भारतको दिल्ली भ्रमणमा गएपछि आन्दोलन केही खुकुलो बनाएको मोर्चाले संविधान संशोधनका विषयमा सरकारसँग कुरा नमिलेको र अवरोध गर्दा पनि संसदले नटेरेपछि अब फेरि आन्दोलन सशक्त बनाउने निर्णय गरेको हो ।
विहीबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसेको बैठकको निर्णयअनुसार मोर्चाका शीर्ष नेताहरुले काठमाडौं छाड्ने भएका छन् । त्यसैगरी सीमा नाकामा धर्नासहितको आन्दोलन यथावत राख्ने र त्यसलाई झन सशक्त बनाउने, सबै जिल्लामा आमसभा, लाठी जुलुस प्रदर्शनलगायतका कार्यक्रम समेत घोषणा गरेको छ ।
यी निर्णयहरु भोलि शुक्रबार बस्ने बैठकबाट अन्तिम रुप दिएर पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘अबको आन्दोलन कि वार कि पार हुन्छ ।’
यस्तै, मोर्चाले व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन विधेयक नस्वीकार्ने र अवरोध जारी राख्ने निर्णय समेत गरेको छ ।
dainiknepal
२ पुस, बीरगंज।

सदभावना पार्टीका अध्यक्ष तथा मोर्चाका नेता राजेन्द्र महतोले मधेसीको मतले जितेका नेता माधव नेपाल, पुष्पकमल दाहाल र सुशिल कोइरालाले मधेसीले पाइसकेको अधिकार पनि छिनेको आरोप लगाएका छन् ।

स्वतन्त्र मधेसी समुदायले बीरगंजमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता महतोले मधेसीकै मतले जितेर काठमाडौ पुगेका नेताहरुले भोट माग्दा मधेसी भाषा बोलेर र धोती लगाएर मागे अहिले सबै कुरा बिर्सेको आरोप लगाउँदै, आफ्नो मतदाताको अवस्था बुझ्न मधेसमा आउन चुनौती दिएका छन् ।

एक अर्को प्रसंगमा नेता महतोले माधव नेपाल, पुष्पकमल दाहाल र सुशिल कोइरालाले ब्राह्मणबादी संविधान बनाएको आरोप लगाउँदै बाँकी हिमाल, पहाड, तराई मधेसको लागि संविधान नबनाएको आरोप लगाएका छन् ।

नेता महतोले आफुहरुलाई मधेसको नामको लंगोटी दिएको बताउदै, धोतीलाई झापादेखि कञ्चनपुरसम्मको धोती दिन सरकारसंग आग्रह गर्दै, यदि नदिए छिनेर लिने चेतावनी दिएका छन् ।nepaliheadlines
२ पुस, रुपन्देही ।

मधेश आन्दोलनलाई सघाउन भन्दै नेकपा एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य सहित १ हजार ३ सय जनाले पार्टी परित्याग गरेका छन् ।

रुपन्देहीको धकधईमा पत्रकार सम्मेलनको आयोजना गरि एमाले जिल्ला कमिटि सदस्य ताहिर अली सहित एमालेका मधेशी संगठनका जिल्ला सदस्य ओम प्रकाश यादव, नेकपा एमालेका अन्नान अहमद भाट, धकधईका अमरनाथ त्रिपाठी, महेश गौड लगायत १ हजार ३ सय जनाले पार्टी परित्याग गरेको जानकारी दिए ।

सो अवसरमा अलीले आफु सहित १ हजार ३ सय जना कार्यकर्ताले एमालेको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिए । पार्टी परित्याग गरेर मधेशी र मधेश आन्दोलनमा सहयोग गरे पनि तत्काल स्वतन्त्र रुपमा मधेश आन्दोलनलाई सहयोग गर्ने अलीले बताए ।nepaliheadlines
बिहीबार, २ पुष
चौतारा । चौताराबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ४८१५ नंको यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । बाह्र जनाको अवस्था चिन्ताजनक रहेको छ ।
घाइते सबैलाई चौतारा अस्पताल तथा काभ्रेको धुलिखेल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताए ।
सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट बिहीबार अपराह्न ४ बजे छुटेको उक्त बस साँगाचोक गाविसको जनजागृति उमावि नजिकको घुम्तीमा ४.४५ बजे दुर्घटना भएको थियो ।
घटनास्थलमा उद्धारकार्य सकिएको र अन्य यात्रुलाई अर्को बसमार्फत बाह्रबिसे पठाउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
बसमा भित्र र छतमा समेत करिब ७० जना यात्रु रहेको र ओरालोतर्फ जाँदै गरेको सो बस तीव्रगति र क्षमताभन्दा बढी यात्रु भएकाले सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
nepalsandesh
बिहीबार, २ पुष
काठमाडौं । पत्रकार ऋषि धमलाले लिएको अन्तरवार्तामा सद्भावना अध्यक्ष राजेन्द्र महतोले कडा जवाफ दिने त भैहाले । त्यहाँमाथि धमलाले जनता जान्न चाहन्छन् भन्दै उत्तेजित प्रश्न सोधेपछि त्यसको जवाफ पनि त्यसरी नै आउने भयो ।
अझ मधेस आन्दोलन सुरु भएपछि मधेसमानै बसिरहेका महतो आन्दोलनकारीलाई उत्तेजित पार्ने नेताका रुपमा चिनिएका पनि छन् ।
उनै महतोको सामाजिक सद्भाव खलल पुग्ने अन्तरवार्ता तयार पारेर प्रशारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले न्यूज २४ टेलिभिजनसँग स्पष्टिकरण माग गरेको छ ।
काउन्सीलले प्रशारण भएको सामग्री सहित आउन न्युज २४ टेलिभिजनलाई निर्देशनसहितको पत्र पठाएको हो । काउन्सीलको आचारसंहीता उपसमितिले तीन दिन भित्र उपस्थित हुन पत्र काटेको हो ।
मंसिर २७ गते बेलुकी ९ बजे प्रशशारीत कार्यक्रम उज्यालोमा प्रशारीत सामग्रलिे सामाजिक सद्भाव र जात जातीबीचमा खलल पुगेको र पत्रकार आचारसंहिता २०६० विपरित सामग्री प्रशारण भएको भन्दै काउन्सीलले प्रश्न उठाएको हो ।
काउन्सीलले सरोकारवाला निकायहरुसँग पौष १२ गते छलफल गर्ने भएको छ ।
www.nepalsandesh
बिहीबार, २ पुष

काठमाडौं । चीनसँग उच्चस्तरीय राजनीतिक संवाद मार्फत इन्धन लगायतका व्यापारिक सम्झौता गर्न सरकारले आलटाल गरिरहेको आरोप लागेका बेला उच्चस्तरीय भ्रमण हुने लगभग पक्का भएको छ ।
बेलायत भ्रमणमा रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा स्वदेश फर्कीए लगत्तै इन्धन व्यापार सम्झौता गर्न चीन जाने तयारी सुरु भएको छ । थापा नेतृत्वको टोली यही पुस ८ गते चीन जानेछ ।
चीनमा चिनियाँ सरकारका प्रधानमन्त्रीसम्मलाई भेट गर्ने र इन्धन लगायतका व्यापारिक सम्झौता गर्ने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
थापासँगै बाणिज्य तथा आपुर्ति मन्त्री समेत जाने बताइएको छ । त्यस्तै अर्थ र कानुन मन्त्रालयका उच्च अधिकारीहरु पनि थापासँगै चीन जानेछन् । इन्धन र अन्य व्यापारिक सम्झौता गर्ने तयारी भए पनि उर्जा सम्झौताको सम्भावना भने नरहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षा मन्त्री भिम रावलको नेतृत्वमा टोली पठाउन खोजे पनि कमल थापाले आफैं जाने इन्छा व्यक्त गरेकाले उनकै नेतृत्वमा टोली जान लागेको हो ।
nepalsandesh
बिहीबार, २ पुष
दिल्ली । भारतले आन्दोलनरत मधेसी मोर्चा सहमतिमा नआए पनि नाका सहज पार्ने संकेत गरेको छ ।
भारतीय विदेश मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा भारतीय विदेश मन्त्रालयले चार बुँदे रोडम्याप अनुसार नेपाल सरकार सकारात्मक भएको र संसदमा संविधान संशोधन विधेयक समेत दर्ता भएकाले अब नाका सहज बन्ने संकेत गरेको हो ।
सहमति र समझदारीका माध्यमबाट देखिएका समस्या समाधान गर्न नेपाल सरकारले प्रयास गरिरहेको र थप लचक बनेको खण्डमा नाकाहरुको अबरोध हट्ने विदेश मन्त्रालयमा भएको छलफलमा नेपाल डेस्क प्रमुख अभय ठाकुरले बताए ।
छलफलका क्रममा भारतस्थित नेपाली राजदुत दिपकुमार उपाध्यायले मधेसी मोर्चाले भनेभन्दा बढी सरकार लचक एको र तीन महिना भित्र सीमांकन संशोधन अनिवार्य गर्नेगरि सम्झौता गर्न तयार रहेको अवस्थामा सबै समस्या समाधान हुने बताएका थिए ।
उपाध्यायले मधेसी मोर्चाका नेताहरुसँग सरकारले निरन्तर संवाद गरिरहेको छ । अब छिटै निश्कर्ष निस्कने विश्वास व्यक्त गरेका थिए ।
राजदुत उपाध्यायकै आग्रहमा नेपालबारे विदेश मन्त्रालयमा छलफल भएको थियो भने छलफल निकै सकारात्मक भएको बताइएको छ ।
पछिल्लो समय भारतले रणनीति परिवर्तन गरेसँगै नाका सहज हुन थालेको छ भने केही दिन भित्रै विरगञ्ज नाका पनि सुचारु हुने बताइएको छ ।
nepalsandesh
बिहीबार, २ पुष
एजेन्सी । सर्च इञ्जिन गुगलले यो वर्ष सबैभन्दा धेरै खोजी भएका भारतीय सेलिब्रेटीहरुको सूची सार्वजनिक गरेको छ ।
गुगलले सार्वजनिक गरेको सूचीको एक नम्बरमा पोर्नस्टारबाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोन रहेकी छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १० औं नम्बरमा झरेका छन् ।
सन्नीले बलिउडका चर्चित अभिनेत्रीहरु कट्रिना कैफ, प्रियंका चोपडा, दीपिका पादुकोण, बलिउडस्टार सलमान खान, शाहरुख खानलगायतलाई समेत पछि पारेकी हुन् ।
गत वर्ष पनि सन्नी सबैभन्दा बढी सर्च हुने भारतीयको एक नम्बरमा थिइन । यस वर्ष भारतका पूर्व राष्ट्रपति स्व.एपीजे अब्दुल कलाम तेस्रो नम्बरमा रहेका छन् ।
सन्नी लियोनमाथि यस वर्ष अश्लिलता फैलाएको भन्दै एक गृहिणीले मुद्दा दर्ता गराएकी थिइन् भने कण्डोमको विज्ञापनमा खेलेको भन्दै एक नेताले समेत कडा आलोचना गरेका थिए ।
यसवर्ष सन्नी अभिनित फिल्म ‘एक पहेली लीला’ ले सेन्सर बोर्डमा धेरै समय रोकिएर प्रदर्शन अनुमति पाएको थियो ।
गुगलले जारी गरेको सबैभन्दा धेरै सर्च हुने भारतीयको सूचीको एक नम्बरमा सन्नी लियोनी छन् भने दोस्रो नम्बरमा सलमान खान, तेस्रो नम्बरमा एपिजे अब्दुल कलाम, चौथो नम्बरमा कट्रिना कैफ, पाँचौ नम्बरमा दीपिका पादुकोण, ६ नम्बरमा शाहरुख खान, सात नम्बरमा यो यो हनी सिंह, आठ नम्बरमा काजल अग्रवाल, नौ नम्बरमा आलिया भट्ट र दश नम्बरमा नरेन्द्र मोदी रहेका छन् ।
nepalsandesh
बिहीबार, २ पुष

काठमाडौं । भारतीय सरकार यतीबेला आफ्नो फेस सेभ हुनेगरि नेपालमा लगाइएको नाकाबन्दी हटाउन आतुर देखिएको छ । यस क्रममा भारतीय विदेश मन्त्री सुष्मा स्वराज निरन्तर नेपालका नेताहरुसँग सम्वादमा छिन् ।
अझ आफ्नै समकक्षी कमल थापासँग त उनको घनिष्टता हुने नै भयो । थापा यतीबेला नेपाल बेदायत कुटनीतिक सम्बन्ध स्थापनाको २ सयौं उत्सव मनाउन बेलायत पुगेका छन् ।
यस्तोमा स्वराजले बेलायतमा रहेका थापाको नम्वर पत्ता लगाइकन फोन गरिन् र चार बुँदे रोडम्यापलाई एस भन्दै यसकै आधारमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन आग्रह समेत गरिन् ।
यता सुष्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि निरन्तर चारबुँदे रोडम्यापको प्रगतिका बारेमा संवादमा छिन् । बुधबार पनि भारतीय राजदुत रणजित राय ओलीलाई भेटी यसै अनुसार अघि बढ्दा राम्रो हुने भन्दै मोर्चालाई आफुले मनाइदिने बचन दिन पुगे ।
यता मधेसी मोर्चाका नेताहरुसँग पनि भारतीय उच्च निकायको निरन्तर सम्पर्क रहेको छ । सुष्माको फोन पछिट उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले भारतसँगको नाका अवरोध छिट्टै सहज हुने बताएका छन् ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन लन्डन पुगेका थापाले भारतीय समकक्षी सुष्मा स्वराजसँग फोन वार्तापछि नाका सहज हुने बताएका हुन् ।
भारतले चारबुँदे रोडम्याप फलो गर्न मोर्चालाई पनि दवाव दिइरहेको छ । यसरी भारतीय विदेश मन्त्री नै लागिपरेपछि समस्याको समाधान हुनेमा आशा व्यक्त गर्न सकिने आधारहरु तयार भएका छन् ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home