• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
कपिलवस्तु, कार्तिक २९ । नेपाल–भारत सीमा अन्तर्गत सदरमुकाम तौलिहवा भित्रने मर्जादपुर सीमा नाकामा भारततर्फबाट उच्च कडाइ गरिएको छ ।
सीमा नाकाको भारततर्फको खुनुवामा खटिएका भारतीय सुरक्षा बलले चारचक्के सवारी साधनमा पूर्ण रोक लगाएको छ । त्यस्तै मोटरसाइकल र पैदल यात्रुलाई निकै कडाइका साथ आवतजावत गर्न दिइएको छ ।
style="text-align: justify;">आपूहरुलाई माथिको आदेश आएका कारण सीमा नाकाबाट चारचक्के सवारी साधन आवतजावतमा रोक लगाइएको भारतीय सीमा सुरक्षा बलको खुनुवा कार्यालयले जनाएको छ । कृष्णनगर सीमा नाकाबाट भने निर्बाध रुपमा चार चक्केलगायत सवारी साधन सञ्चालनमा छन् । रासस
imagekhabar
काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न चार बजे देश र जनताका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्री ओलीले देश र जनताका नाममा आज दिउँसो चार बजे सम्बोधन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि राजनीतिक संयन्त्रले नै खाका तयार पारेको बालुवाटार स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्री ओलीले तिहारको अघिल्लो दिन सम्बोधन गर्ने कार्यक्रम तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।
dainiknepal
काठमाण्डु, २९ कात्तिक– चिनियाँ उच्च अधिकारीहरुको एक टोलीले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी क्षेत्रको सडकको अवस्थाबारे निरीक्षण गरेका छन् ।

गत १० वैशाखमा गएको भूकम्पका कारण अवरुद्ध उक्त सडक तत्काल सुचारु गराउन सकिने वा नसकिनेबारे प्राविधिक सहितको चिनियाँ टोलीले निरीक्षण गरेको हो ।
भूकम्पका कारण कोदारी राजमार्गको तातोपानीदेखि बाह्रबिसेसम्म २६ किलोमिटर सडक जिर्ण बनेको थियो । चीन सरकारकै सहयोगमा केही दिन सञ्चालनमा ल्याएको उक्त सडक ठाउँठाउँमा पहिरो खस्दा पुनः अवरुद्ध भएको हो ।
नेपाल र चीनबीच व्यापारिक सम्झौताका लागि बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन बेइजिङमा रहेकाबेला भाइटीकाका दिन (शुक्रबार) चिनियाँ टोली हवाई मार्गबाट काठमाण्डु ओर्लिएर तातोपानी पुगेको थियो ।
गत बुधबार मन्त्रालयका उच्च अधिकारीलाई समेत सुइँको नदिई चीन उडेका मन्त्री पुनले तातोपानी नाका सञ्चालनमा आउन सक्ने अवस्थामा रहेको बताएपछि चीनले टोली नेपाल पठाएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दिव्य पोखरेलले चिनियाँ टोलीलाई काठमाण्डुबाट तातोपानी लगेका थिए ।
चिनियाँ टोलीको स्थानीय व्यवसायी र भन्सार कर्मचारीले भव्य स्वागत गरेका थिए ।
सडकको दुरावस्थाका कारण रसुवागढी नाकाबाट सामान आयात गर्न कठिनाइ भएपछि नेपालले तातोपानी नाका प्रयोगमा ल्याउन चीनलाई आग्रह गरेको थियो ।
ट्रक तथा कन्टेनर व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अर्जुन सापकोटाका अनुसार चिनियाँ टोलीले तातोपानी नाका सुचारु गराउन सकिने अवस्थामा रहेको बताएको छ ।
सापकोटाका अनुसार सापकोटाका अनुसार टोलीले बेइजिङ फर्केपछि इन्धनसहित अत्यावश्यक वस्तुको आयातका लागि तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सकिने विषयमा चीन सरकारलाई जानकारी गराउने छ ।
kathmandutoday. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । नेपालको ‘माइक्रो म्यानेजमेन्ट’ गर्दै आइरहेको भारत पछिल्लोपटक भने लगातार असफल भईरहेको विश्लेषण कुटनीतिक क्षेत्रमा हुन थालेको छ ।



भारतमा कांग्रेस आइको १० वर्ष लामो सत्तारोहणलाई परास्त गरि उदाएको भारतीय जनता पार्टी (बिजेपी) र प्रधानमन्त्री नरेन्द्र मोदी लगातार नेपाल रणनीतिमा लगातार पराजित हुनुपर्र्यो । मोदी रणनीतिको पराजय नेपाली राजनीतिक नेतृत्वको कार्यकुशलतामात्रै होइन नेपालमा काम गर्ने भारतीय संयन्त्रहरुको अन्तरद्वन्द्व पनि उत्तिकै सहायक कारण रहेको भारत मामलाका कुटनीतिज्ञहरु बताउँछन् ।
मुख्यतः संविधान निर्माणसँगै चुलिएको नेपाल भारत द्वन्द्व अहिले नाकाबन्दीको हदसम्म पुगेको मात्रै छैन, नेपाल नीतिमा भारतीय संस्थापन पक्षले गम्भीर समीक्षा गर्दासमेत सुख नपाउने अवस्थामा पुगेको छ । नेपाली नेताहरुलाई आफ्ना पार्टीका तल्ला तहका सदस्यजस्तो व्यवहार गर्ने भारतलाई संविधान निर्माणसँगै नेपाली नेताहरुले बदला लिएका अनुभूति यतिबेला भारतले गरिरहेको छ भन्दा अतियुक्ति नहोला ।


नेपाल गम्भीर संकटमा छ । नाकाबन्दीले अरबौंको घाटा बेहोर्नु परिरहेको छ भने जनजीवन एकदमै पीडादायी छ । इन्धन, ग्यास लगायत अतिआवश्यक वस्तुको अभाव चरम छ । ३ महिनादेखि मधेस आन्दोलित छ । तर नेपालीहरु अझै भारतीय नाकाबन्दीसँग झुक्ने मुडमा छैनन् । यो भारतीय पक्षको सबैभन्दा ठूलो पराजय हो ।

वर्षौको प्रयासपछि संविधानसभाबाट संविधान बनाइएकोमा नै भारतको विमति रह्यो । उसले संविधान नआउने गरी रोक्न दुत पठाउनेसहितका हर्कत देखायो । तर, नेपाली स्वाभिमान यसपटक रोकिएन । संविधान रोक्ने भारतको प्रयास रोकिएको मात्रै होइन, त्यसयता उसले गरेको नाकाबन्दीको सामना पनि नेपालीहरुल्े गर्दै आए । निम्न ५ विषयमा भारतको ठुल्दाई व्यवहारलाई नेपालीले परास्त गरिदिएका छन् । जसले अभाव व्याप्त भएपनि नेपालीहरुको शिर उच्चो भएको छ ।

१. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै चरम अतिहिन्दुवादी नेता हुन् । उनले नेपालमा हिन्दु राष्ट्र कायम गर्न नेपाली नेताहरुलाई सुझाएका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई भारत भ्रमणको क्रममा र एमाले अध्यक्ष ओलीलाई विभिन्न सन्देशहरुमार्फत ‘हिन्दु राष्ट्र’को बारेमा प्रस्ताव गरेको थियो । जसलाई नेताहरुले अवज्ञा गरिदिए ।


२. भारत मुख्यत मधेसका भूभागहरु जोडिएका क्षेत्रहरुमा आफूले भनेको जस्तो सिमाकंन गर्न चाहन्थ्यो । त्यो सिमाकंन मधेसी स्वार्थमा भन्दापनि नेपालको पानीको स्रोतमा उसको स्वार्थ रहेको थियो । पश्चिम नेपाल कैलाली, कन्चनपुर र पूर्वी नेपालको कोशी नदीको पानीमा भारतीय आँखा गढेको थियो । यि दुवै भूगोलहरु मधेस प्रदेश अन्तर्गत राख्दा उसले भोलिका दिन आफू अनुकूल निर्णय गराउन सजिलो हुने ठानेको थियो । यसलाई नेपाली नेताहरुले मानेनन् ।



३. अंगीकृत नागरिकताको सवाल अर्को महत्वपूर्ण पक्ष हो । भारत अंगीकृत नागरिकले नेपालको सबै ओहदामा जान पाउने अधिकार संविधानमा सुरक्षित गर्न चाहन्थ्यो । जसबाट भोलि नेपालको राजनीति तथा सत्ता आफ्नो चंगुलमा राख्ने भयंकर योजना सफल होओस् । नेपालका राजनीतिक पार्टीहरुले यसलाई ठाडै अस्वीकार गरिदिए ।
४. माथि उल्लेखित ३ वटा भारतीय स्वार्थ पूरा नहुने देखेपछि भारतले अन्तिममा संविधान जारी गर्न केही समय रोक्न चाह्यो । भारतीय उद्देश्य बुझेका नेपाली नेताहरुले संविधान जारी नगरी नछोड्ने अडान राखेर भारतका सबै योजना चकनाचुर बनाए । नेपालमा संविधान जारी भयो ।

५. संविधान जारी गर्न नदिन तथा लागू हुन नदिन भारतले अन्तिम विकल्प स्वरुप पार्टीहरुमा विभाजनदेखि लिएर आफ्ना तथा आफू अनुकूलका नेपालका सबै संयन्त्र परिचालन गर्र्यो तर नेपाली नेताहरु यतिबेलासम्म भारतबाट धेरै पर पुगिसकेका थिए । संविधान निर्माणपश्चात सरकार तथा महत्वपूर्ण निकायहरुमा हस्तक्षेप गरी आफू अनुकूलको बनाउन प्रयत्न गर्र्यो तर यी सबै योजनामा एकपछि अर्को गर्दै पराजित हुन पुग्यो ।


माथि उल्लेखित यी पाँच स्वार्थमा असफल भएपछि भारत अहिले नाकाबन्दीको सहारामा नेपालीहरुको शिर झुकाउने कसरतमा छ । तर नाकाबन्दीबाट नेपालीहरु झन् एकताबद्ध मात्र भएका छैनन् । वर्षौदेखि नेपालसँगको इन्धन व्यापारको भारतीय एकाधिकार तोड्दै नेपालले अर्को छिमेकी राष्ट्र चीनसँग इन्धन व्यापारको सैदान्तिक सम्झौता गरेको छ ।

भारतले आफ्नो हस्तक्षेपको अन्तर्यमा मधेस आन्दोलनलाई देखाईरहेको वस्तुगत अवस्थाप्रति नेपाली नेताहरुले ध्यान दिए अझै भारत नांगो हुने अवस्था आउँछ । मधेसको जायज मागहरु पूरा गरेर आफ्नो भूगोलको अवस्था शान्त राखेपछि भारतलाई आन्दोलन देखाएर नाकाबन्दी गर्न ठाउँ नदिन भारत विरोधी मोर्चाको नेतृत्व गरिरहेका एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओली तयार भए भने भारत नेपालबाट सम्पूर्ण रुपमा पराजित हुने छ ।


अब भारतसँग रहेको अन्तिम विकल्प भनेको मधेस आन्दोलनलाई देखाएर नाकाबन्दी झन् कडा बनाउने र नेपाललाई बेच्दै आएको २५० मेगावाट विद्युत बन्द गर्ने हो । तर भारतभित्रै तथा अन्तराष्ट्रिय मन्चहरुमा भारतको यस्तो रवैयाको विरोध मात्रै भएको छैन । सयुक्त राष्ट्रसंघले समेत नाकाबन्दी खोल्न आग्रह गरिसकेको यो अवस्थामा भारतलाई आगामी बाटो सहज अवश्य छैन ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, २९ कात्तिक– बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भारतीय नाकाबन्दीपछि चीनबाट इन्धन आयात गर्न अवरोध सिर्जना गर्ने काममा लागेका केही कर्मचारी हटाउने भएका छन् ।

इनधन आयातसम्बन्धी व्यापारिक सम्झौताका लागि हाल चीनमा रहेका उनले स्वदेश फर्केलगत्तै कर्मचारी सरुवाको तयारी गरेका हुन् ।
श्रोतका अनुसार त्यसका लागि मन्त्री पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत मनाइसकेका छन् । पुनले सामान्य प्रशासनसँग समेत कर्मचारी सरुवाका लागि अनुमति मागेका छन् । मन्त्री रेखा शर्मासँग अनौपचारिक कुराकानी भइसकेको र पुन फर्केपछि औपचारिक प्रक्रिया सुरु हुने श्रोतले बतायो ।
‘मन्त्रीज्यू नेपाल फर्कने बित्तिकै चीनबाट इन्धन ल्याउन नदिन सक्रिय रुपमा लागेका कर्मचारी सरुवाको प्रक्रिया सुरु हुन्छ’, मन्त्रीनिकट श्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘प्रधानमन्त्री पनि मुलुक गम्भीर संकटमा रहेका बेला राष्ट्रिय हितविपरीत विदेशीको निर्देशनमा चल्ने कर्मचारीलाई माया गर्नुहुन्न भन्नेमा सहमत हुनुहुन्छ ।’
बाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका उच्च कर्मचारीको असहयोगका कारण चीनसहित तेश्रो मुलुकबाट इनधन आयात गर्ने सरकारी निर्णय कार्यान्यवनमा ढिलाइ भइरहेको छ ।
मन्त्रालय र निगमका उच्च अधिकारी नै भारतीय दूतावासमार्फत नियमित तलब बुझ्ने गरेको सूचना पाएपछि मन्त्री पुन आक्रोशित भएको श्रोत बताउँछ ।
‘जसले चीनबाट इनधन ल्याउन सरकारलाई असहयोग गरेका छन् ती सबैले दिल्लीको तलब खाने गरेका रहेछन्’, उनले भने, ‘बर्खास्त गर्दा अदालतमा जाने र फेरि पुनर्बहाली भएर आउने सम्भावना रहेकाले हाललाई त्यस्ता कर्मचारीलाई सरुवा गर्न लागिएको हो ।’
यद्यपि मन्त्रालयका कुनकुन र निगमका कुनकुन कर्मचारी सरुवामा पर्न लागेका हुन् भन्ने मन्त्री पुनले गोप्य राखेका छन् ।
चीनबाट इन्धन ल्याउन कर्मचारीले असहयोग गरेपछि मन्त्री पुन आफैं मन्त्रालयका सचिवलाई समेत सुइँको नदिई चीन गएका थिए । हाल उनी बेइजिङमा छन् ।
kathmandutoday
परासी, २९ कात्तिक । नवलपरासीमा जारी अन्तर्राष्ट्रिय पुरुष दगंल (कुस्ती) प्रतियोगिताको उपाधि भारतका दुई पहलमानले संयुक्त रुपमा कब्जा गरेका छन् ।
फाइनल खेलमा भारत कुसीनगरका बच्चन यादव र भारत महाराजगन्जका जीतेन्द्र यादवबीच भएको प्रतिस्पर्धात्मक खेल बराबरीमा टुङ्गिएपछि उपाधिलाई दुवैले संयुक्त हासिल गर्न सफल भएका हुन् ।
यसैगरी, द्वितीय र तृतीयका लागि भएको प्रतिस्पर्धात्मक खेल पनि बराबरीमा टुङ्गिएको थियो । द्वितीय पुरस्कार भारत गोरखपुरका शैलेन्द्र यादव र भारत विहारका निकुञ्ज यादवले संयुक्त रुपमा हात पार्न सफल भएका थिए ।
यसैगरी तृतीय पुरस्कार भारत अयोध्याका शर्वेस त्रिपाठी र भारत महाराजगन्जका सन्तोष यादवले संयुक्त रुपमा हात पार्न सफल भएका छन् ।
शनिबार सम्पन्न प्रतियोगितामा सबै पुरस्कार भारतीय पहलवानले कब्जा गर्न सफल भएका थिए । प्रतियोगितामा नेपाल र भारतका गरी २५ जोडी पहलवानले प्रतिस्पर्धा गरेका थिए ।
जिल्लाको गुठीप्रसौनीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । विजयी पहलवानहरुलाई नवलपरासी क्षेत्र नं ६ का सांसद देवकरण कलवारले पुरस्कार वितरण गर्नुभएको थियो । रासस
dainiknepal
२०७२ कार्तिक २९
काठमाडौं, २९ कात्तिक । फ्रान्सको राजधानीमा पेरिसमा शुक्रबार राति भएको श्रृंखलाबद्ध हमलाको जिम्मेवारी लिएको आतंकवादी संगठन इश्लामिक स्टेट(आईएस)ले अब भारत कब्जा गर्ने योजना बनाएको छ ।
संसारमा ७० भन्दा बढी देशमा प्रभाव पारिसकेको आईएसले अब दक्षिण एसियाको लोकतान्त्रिक मुलुक भारतलाई आफ्नो कब्जामा पार्ने योजना बनाएको हो । मुश्लीम समुदायका लागि विभिन्न देशका सहरहरु कब्जा गरेर छुट्टै राज्य घोषणा गर्दै हिडेको आईएसले भारतमा धेरै संख्या मुश्लीम रहेकाले कब्जामा लिने योजना बनाएको बेलायतका सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपी एसियाका चीन र भारत आइएसको प्रत्यक्ष विरोधमा देखिएका छैनन् । तर, पाकिस्तान र भारतलाई आएइएसले धम्की दिँदै आएको छ । अहिले आईएसको निशानामा पाकिस्तान भन्दा पनि भारत परेको छ । हालै बेलायतबाट प्रकाशित एक रिपोर्टमा आइएसले २० वर्षभित्र भारतलाई नियन्त्रणमा लिन सक्ने दाबी गरिएपछि भारतमा यसले हंगामा मच्चाएको छ ।
अघिल्लो महिना बंगलादेशमा आइएसको आक्रमणमा परी क्रिश्चियन मिसनका विदेशी नागरिक मारिएपछि यो घटनालाई दक्षिण एशियामा आइएसको पहिलो प्रवेशका रुपमा लिइएको छ ।
हाल नेपालमाथि नाकाबन्दी लगाइरहेको भारतले आइएसको धम्कीपछि हरेक सहरमा सुरक्षा व्यवस्था कडा बनाएको बताइएको छ । मुश्लीम समुदायको अधिकार लागि आईएस विश्वसँग लडिरहेको छ । शुक्रबार मात्रै आइएसले पेरिसमा आक्रमण गरेर १२८ जनाको ज्यान लिएको थियो । (एजेन्सीको सहयोगमा) भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कार्तिक २९, २०७२- भारत र बेलायतले ‘नेपालमा दिगो र समावेशी संवैधानिक व्यवस्थापनको पक्षमा’ जोड दिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणमा क्रममा आएको द्विदेशीय विज्ञप्तिमा ‘नेपालले सरोकारमा आएका बाँकी विषय तत्काल सम्बोधन गर्न’ आग्रह गरिएको छ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र भारतीय प्रधानमन्त्री मोदीले जारी गरेको संयुक्त विज्ञप्तिमा सांकेतिक रूपमा अधिकतम सहमतिसहित उठेका सरोकारमा सम्बोधन गर्न सकेको अवस्थामा मात्रै नेपालमा राजनीतिक स्थिरता र आर्थिकवृद्धिका पक्षमा नतिजा देख्न सकिने जनाइएको छ। दुवै देशका प्रधानमन्त्रीले श्रीलंका, माल्दिभ्ससहितका दक्षिण एसियाली मुलुकमा उब्जिएका सरोकारमा सम्बोधन गर्दै ‘नेपालमा भूकम्पपछि गठन गर्ने भनिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि छिट्टै कार्यरूपमा देखा पर्ने’ आशा व्यक्त गरिएको छ।
भारतले दुई महिनायता जारी राख्दै आएको अघोषित नाकाबन्दी राष्ट्रसंघ र मातहतका निकायबाट समेत ध्यानाकर्षण भएर पनि भारतले भने बेलायतमा जारी भएको संयुक्त विज्ञप्तिमा यसबारे केही चासो राखेको छैन।

यसअघि राष्ट्रसंघले समेत भारतले गरेको ‘ब्रिफिङ’ मा आधारित रहेर नेपालको संविधान जारी हुँदा स्वागत जनाउन चाहेको थिएन। तर, दोस्रो चरणमा जारी भएको विज्ञप्तिमा मात्रै नेपालको संविधानलाई राष्ट्रसंघले स्वागत गरेको थियो। यसैबीच, भारतीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार लन्डनमा नेपाली समुदायले गरेको विरोध प्रदर्शन र भारतविरोधी नाराजुलुसबारे प्रधानमन्त्री मोदी स्वयंले चासो राख्दै ‘बेलायतमा नेपालीको प्रभावबारे’ अध्ययन गर्न लन्डनस्थित भारतीय उच्चायोगलाई निर्देश गरेका छन्। बिहीबार अपराह्न दुई देशका प्रधानमन्त्रीले लन्डन स्क्वायरस्थित महात्मा गान्धीको सालिकमा माल्यार्पण कार्यक्रम हुँदा नेपाली समुदायले मोदीविरुद्ध नाराजुलुस गरेका थिए।

यसैबीच, भारतीय जनता पार्टीले शुक्रबार र शनिबार आयोजना गरेको पार्टीको आन्तरिक समीक्षा बैठकमा ‘छिमेकीसँगको सम्बन्धमा आएको खटपट स्थिति र भाजपाको बिग्रँदो छवि’ बारे छलफल भएको उच्च स्रोतले जनाएको छ। जारी अघोषित नाकाबन्दी र नेपाल नीतिका बारेमा भाजपा अध्यक्ष अमित साहसमक्ष पार्टीका वरिष्ठ पदाधिकारीले आ–आफ्ना धारणा राखेका थिए।



kantipur.ekantipur
काठमाडौं, २९ कात्तिक । शनिबार मधेसी मोर्चाका नेताहरू कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा लस्कर लागेर पुगे । त्यहाँ लामो वार्ता पनि भयो । वार्ताका क्रममा कांग्रेस र मधेसी मोर्चाका नेताहरू मज्जाले घोँचपेच पनि भए ।
कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलो पटक मधेसी मोर्चाका माग र आन्दोलनका विषयमा मोर्चासँग पहिलो पटक औपचारिक वार्ता गरेको हो ।
वार्ताका क्रममा सवाल जवाफ हुनु स्वभाविक थियो । बैठक चलिरहेका बेला कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी मोर्चासँग नाकाबन्दी फिर्ता लिएर जनतालाई दुःख नदिने आग्रह गर्नुभयो ।
देउवाको आग्रह सक्किन नपाउँदै मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठट्यौली शैलीमा भन्नुभयो, ‘नाकाबन्दी हामीले कहाँ गरेका छौँ र ? कुन नाकामा अवरोध गरेका छौँ । भारतसँगै कुरा गर्नुस् नाकाबन्दी खोल्ने विषयमा । हामीसँग त्यो कुरा नगरौँ ।’ यादवले नाकाबन्दी आफूहरूले भन्दा पनि भारतीय पक्षले गरेको भनाइ थियो ।
उपेन्द्र यादवको यस्तो जवाफ आएपछि एकछिन कांग्रेस नेताहरूले मुखामुख गरे । उनीहरूले फेरि मधेसी मोर्चासँग भने आन्दोलनले जनतालाई धेरै दुःख दिएको भन्दै मागलाई राजनीतिक रुपमा सदन र सडकबाट शान्तिपूर्ण रुपमा दबाव दिँदा त्यो बढी फाइदा हुने बताएका थिए ।
अध्यक्ष यादवले सरकारले कुटनीतिक पहलबाट नाकाबन्दी खोल्न कमल थापालाई भारत पठाएको प्रशङ्ग कोट्याउँदै व्याङ्ग्यसमेत गर्नुभएको थियो ।
तर मधेसी मोर्चाका नेताहरूले आफूहरू सिमाङ्कनको विषयमा अडिग रहेको भन्दै सो विषयमा स्पष्ट हुन कांग्रेसलाई आग्रह गरेका थिए ।
कांग्रेसले सिमाङ्कनको विषय जटिल रहेकाले यसलाई अहिल्यै नै समाधान गर्न नसकिने र राजनीतिक सहमति आवश्यक पर्ने जवाफ दिएको स्रोतको भनाइ छ ।
dainiknepal
नाकाबन्दीले लिँदै छ नेपालीको ज्यान
कात्तिक २९

काठमाडौँ- सिरहाका नेविसंघ जिल्ला कमिटी सदस्य कमलेशकुमार यादवले मोटरसाइकलका लागि केही पेट्रोल जोहो गरेर घरमा राखेका थिए । तर, त्यही पेट्रोल उनको मात्र होइन, श्रीमतीको पनि काल बन्न पुग्यो ।

पेट्रोलका कारण घरमा लागेको आगोले गम्भीर घाइते भएका दुवैजनाको शनिबार उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
सिरहाको महादेवा पोर्तहा–७ गाविसमा अवस्थित यादवको घरमा गत १७ कात्तिकमा आगो लागेको थियो । पेट्रोल पोखिएको कोठामा आगो बाल्न खोज्दा त्यसरी यादवदम्पतीको मृत्यु भएको हो । घरको आगो निभाउने क्रममा गम्भीर घाइते भएका २७ वर्षीय कमलेश्वर र उनकी २४ वर्षीया श्रीमती पूजा यादव चौधरीको मृत्यु भएको हो । पूजाका भाइले पेट्रोल बल्छ कि बल्दैन भनेर सल्काउँदा पूरै घर नै जलेको थियो । भारतको अघोषित नाकाबन्दीले निम्त्याएको इन्धन समस्याका कारण उनले घरमा पेट्रोल राखेका थिए ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार पूजाका १० वर्षीय भाइले बल्छ कि बल्दैन भनेर पेट्रोल पोखिएको स्थानमा आगो बाल्दा उक्त दुर्घटना भएको हो । त्यसवेला पूजा घरभित्र सुतेकी थिइन् । उनलाई जोगाउँदा कमलेश घरभित्र पसेका थिए, आगो निभाउन खोज्दा दुवैजना गम्भीर घाइते भएका थिए ।
भारतको अघोषित नाकाबन्दीले नेपालमा मानवीय संकट सुरु भइसकेको छ भने अन्य दुर्घटना र विपत् पनि निम्त्याउन थालेको छ । नाकाबन्दकी कारण सिर्जित ती दुर्घटनाले धेरै नेपालीले ज्यान गुमाउन थालेका छन् ।
सिरहाकै प्रकृतिको घटना गत २४ असोजमा काठमाडौंको कोटेश्वरमा पनि भएको थियो । जोहोका लागि ग्यालिनमा राखिएको पेट्रोलकै कारण एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । रामेछाप लखनपुरका लेखराज श्रेष्ठ, उनकी श्रीमती देउकी र छोरी जेनिशा श्रेष्ठको पेट्रोलबाट सल्किएको आगोले मृत्यु भएको थियो । लेखराज ट्याक्सीचालक हुन् । उनले आफ्नो डेरामा जोहो गरेर पेट्रोल राखेका थिए । एउटा भाडोबाट अर्काे भाडामा पेट्रोल खन्याउने क्रममा आगो लागेको थियो । लोडसेडिङका कारण डेरामा मैनबत्ती बालेकाले पेट्रोल पोखिएर सल्किएको थियो ।
यसरी पेट्रोलमा आगो लागेर हुने मृत्युका साथै नाकाबन्दीको अप्रत्यक्ष प्रभाव सडक दुर्घटनामा पनि पर्न थालेको प्रहरी अधिकारीहरू बताउँछन् । इन्धनको अभावका कारण सवारीसाधनहरूले क्षमताभन्दा तेब्बरसम्म यात्रु बोकेका छन् । जसले दुर्घटनाको जोखिम बढाएको छ ।
गत ३ कात्तिकमा यात्रुसँगै इन्धन बोकेको बस बाँकेको खासकुस्मामा दुर्घटना हुँदा आठजनाले ज्यान गुमाएका थिए । बसमा पेट्रोल राखिएकाले दुर्घटनापछि आगो लागेर धेरै जलेका थिए । उक्त घटनापछि प्रहरीले यात्रुबाहक बसमा इन्धन ओसारपसार गर्न कडाइ गरेको थियो ।
गत वर्षको तुलनामा यो वर्षको दसैँ–तिहारमा कम दुर्घटना भए पनि कतिपयमा इन्धन अभावको अप्रत्यक्ष कारण रहेको प्रहरी प्रवक्ता डिआइजी कमलसिंह बम बताउँछन् , नया पत्रिका दैनिकमा खबर छ ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, कार्तिक २९ । फ्रान्सको राजधानी पेरिसमा आतंककारी आक्रमणमा १ सय २९ जना मारिएपछि मुलुकभर संकटकाल लगाउँदै तीन दिने शोक घोषणा गरिएको छ । इस्लामिक स्टेटले जिम्मेवारी लिएको गोली प्रहार र विस्फोटका श्रृंखलाबद्ध आक्रमणमा तीन समूह परिचालित भएको फ्रान्स प्रहरीले जनाएको छ ।
आतंकवादी कुन बाटो भएर पेरिस पसेको तथा क–कस्ले पैसा लगानी गरेको थियो भन्ने पनि पत्ता लागेको दावी गर्दै प्रहरीले आक्रमणकारी मध्ये एक जना फ्रान्सेली नागरिक रहेको पनि जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा बेल्जियममा तीन जना पक्राउ परेका छन् ।
तीन सय ५० भन्दा बढी घाइते भएको घटनाको विश्वभरबाट निन्दा गरिएको छ । राष्ट्रपति फ्रास्वाँ ओलान्दले आक्रमणलाई इस्लामिक अतिवादी समुह आइएसले गरेको युद्धजन्य कार्य भएको बताएका छन् ।
आठ जना बन्दुकधारी र आत्मघाती आक्रमणकारीले गराएको आक्रमण फ्रान्स बाहिरबाट संगठित र योजनाबद्ध ढंगबाट भएको बताए । ओलान्दले आतंकवाद विरुद्धको संघर्षमा कुनै दया नदेखाइने दृढता पनि व्यक्त गरेका छन् । अरु मुलुकसंगको सबै सीमा बन्द गर्न आदेश दिइएको छ ।
स्थानीय समयअनुसार शुक्रवार रातको नौ बजे बन्दुकधारीले १५ सय सिट क्षमताको बताक्लान कन्सर्ट हलमा आक्रमण गर्दा ८० जना मारिएका थिए ।
आक्रमणमा संलग्न चार मध्ये तीन जनाले आफैंलाई विष्फोट गराएका थिए भने अर्को एक जना प्रहरी कारवाहीमा मारिएको थिए । यस्तै पेरिसस्थित एक रेष्टुरेण्ट र अरु पाँच स्थानमा रहेका बारमा पनि बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ४० जना मारिए ।
आक्रमणका संलग्न आठ आक्रमणकारी मध्ये सात जनाले आफैलाई विष्फोट गराएका थिए भने एक जना सुरक्षा कारवाहीमा मारिएका छन् । यस्तै नेशनल स्टेडियमको बाहिर कम्तिमा दुई वटा विस्फोट गराइएको थियो ।
आक्रमणमा संलग्न तीन जना सुरक्षा कारवाहीमा मारिएका छन् । बिस्फोटको बेला ८० हजार दर्शकका माझ जर्मनी र फ्रान्सको मैत्रिपूर्ण फुटबल खेल चलिरहेको थियो ।
उक्त समयमा रंगशालामै खेल हेरिरहनु भएका राष्ट्रपति ओलान्दलाई बिस्फोटलगतै सुरक्षित बाहिर निकालिएको थियो । पेरिसका बासिन्दालाई घर बाहिर ननिस्कन सुचित गरिएको छ भने स्थानीय सुरक्षाकर्मीलाई सहयोग गर्न १५ सय सेना परिचालन गरिएको छ ।
सन् २००४ को मड्रिड बम विष्फोटपछि यूरोपमा भएको यो सबैभन्दा भीषण आतंककारी आक्रमण हो । पेरिसमा गत जनवरीमा इस्लामिक बन्दुकधारीले सार्ली हेब्दो पत्रिकाको कार्यालय र सुपरमार्केटमा आक्रमण गरि १८ जना मारेका थिए ।
घटनाको अमेरिकी राष्ट्रपति बाराक ओबामा, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलगायत विश्व नेताले निन्दा गर्दै फ्रान्सलाई जुन कुनै प्रकारको सहयोग गर्न तयार रहेको जनाएका छन् । (एजेन्सी)
imagekhabar
वि.सं. २०७२ साल कात्तिक २९ गते। आइतबार। इश्वी सन् २०१५ नोभेम्बर १५ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– चतुर्थी, २४:५४ बजेउप्रान्त पञ्चमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। फाइदाका लागि सहयोगी जुटाउने प्रयत्न गर्नुहोला। आँटेका काम पूरा नभए पनि आंशिक सफलता मिल्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
ईर्ष्या गर्नेहरूले केही बाधा पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अवरोध पन्छाउँदै काम सम्पादन गर्न सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
केही चुनौती देखिए पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने सन्तान वा सहयोगीका माध्यमबाट लाभ मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। बेसुरमा दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। सामाजिक अवसरबाट वञ्चित भइने समय छ, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। एक्लो प्रयासबाटै धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न अवसरले पछ्याउन सक्छन्। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। लगनशीलताले थप फाइदा दिलाउनेछ, प्रसन्नता मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
उठ्नुपर्ने रकम हातलागी हुनाले तत्कालका समस्या टर्नेछन्। व्यवसायमा सामान्य फाइदा प्राप्त हुन सक्छ। अरूका लागि उपयोग भइनेछ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। लगानीको कम प्रतिफल पाइनेछ भने अरूको भरण–पोषणमा खर्च हुन सक्छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कीर्तिमानी कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ।

काठमाडौं, २९ कात्तिक । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशभरका आमनागरिकलाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताएको कान्तिपुर दैनिकले छापेको छ ।
देउवाले चित्त नबुझेका कुरामा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गरे ।
भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै उनले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह समेत गरे ।
dainiknepal
आइतबार, २९ कार्तिक
काठमाडौ । तराई मधेसमा दुई प्रदेश बनाउने कुरा आफूहरूको बटमलाइन भएको मोर्चाका नेताहरूले बताएका छन्।
पश्चिम नेपालको ६ नम्बर प्रदेशमा पहाडी जिल्ला मिलाउने अनि २ नम्बर प्रदेशलाई एउटा समुदायको मात्रै बनाउनुको नियत के हो भन्ने प्रश्न पनि मोर्चाका नेताहरूले कांग्रेसलाई राखेका थिए ।
कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले जातीय राज्य माग्नु गलत भएको प्रसंग निकालेपछि मोर्चाका नेताहरूले यस्तो बताएका हुन् ।
सुरुमै मधेस आन्दोलनको निष्कर्ष सीमांकनमा गएर टुंगिने भन्दै धारणा राखेका तमलोपा अध्यक्ष महन्थ ठाकुरले दुई प्रदेश बटमलाइनका रूपमा राखेका थिए ।
उनलाई साथ दिँदै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि सीमांकनसहितको प्याकेजमा वार्ता हुने विचार राखेका थिए । अाजकाे नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh
छातिबाट स्तन फुत्तै बाहिर आउँछ कि जस्तो जालीदार हरियो पोशाकमा बस्तीपुर आई पुगेकी लोक क्षेत्रकी ग्ल्यामर गायीका ज्योती थापा मगरले दर्शकलाई ‘लो एङगल नगर्न’ आग्रह गरेकी छिन् ।

हरियो वानपिस पहिरनमा आएकी ज्योती आतिथ्यताका लागि मञ्चमा आउँदा निकै असजिलो गरी बसेकी थिइन् । ‘सेक्सी गर्ल’ भन्न रुचाउँने ज्योतीले साउन लागेझै हरियो पहिरन पहिरेकी थिइन् । तिघ्रा सम्म पनि नढाकिने पोशाकमा बसामाडी आएकी ज्योतीले सागितीक कोसेली प्रस्तुतीका लागि मञ्चमा पुगेसँगै लो एङगन नगर्न आग्रह गरेकी थिइन् । हरियो वान पिसले ढाकेको अंगमा उनले लगाएको भित्री बस्त्र समेत देखिएको थियो । उनले लगाएको ‘ब्रा’ लाई धकेल्दै स्तनका केही भाग उम्कन खोज्दै गरेको थियो ।
युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा भएको केशबलाल श्रेष्ठ स्मृती राष्ट्रिय पुरुष तथा मैत्रीपुर्ण महिला भलिबल प्रतियोगितामा आएकी ज्योतीले पिरतीमा दम छ, जाली रुमाल मायालाई बैना भो, उहि मुलाको सिन्की लगायतका सागितीक कोशेली प्रस्तुत गरेकी थिइन् ।nepalese भिडियो हेर्न तलको बाकस थिच्नुहोस
किड्नीमा भएको पत्थरीबाट हप्ता दिनमैै छुटकारा पाउन सकिने प्राकृतिक उपचार

किड्नीमा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धतीद्धारा एक हप्तामै बाहिर ल्याउन सकिन्छ, तर कसरी रु


आज हामी किड्नीमा जम्मा भएको पत्थरीलाई प्राक्रितिक उपचार पद्धती अपनाएर पूर्ण रुपले सफाया पार्न सकिने बिधिका बारेमा जानकारी गराउँदै छौं । तर यदि किडनीको पत्थरी ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि त्यस्ता ठूला पत्थरीबाट छुटकारा पाउने बेलामा केही अप्ठ्यारो पनि हुन सक्छ ।

आज हामीले जानकारी गराउन लागेको यो घरेलु प्राक्रितिक ओखतीले तपाईको किडनीमा भएको पत्थरीलाई प्राक्रितिक रुपले एक हप्तामै बिदा गर्ने छ । यसले किडनीमा जम्मा भएको बालुवा तथा अनावश्यक थुप्रोलाई पनि बाहिर निकाल्न मद्धत पुग्छ ।

ूगहुँको दाना भन्दा ठूलो पत्थरीलाई मैले कसरी बाहिर निकाले भन्ने बारेमा यहाँ म जानकारी गराउँदै छुंू, किडनीमा पत्थरी भएका एक जना बिरामी जसले यो प्रबिधि अपनाएर समस्याबाट छुटकारा पाउन सफल भए उनको अनुभव यस्तो रहेको छ ।

आवश्यक सरदामहरु:

१.  १०० मिलीलिटर कागतीको जुस

२.  १०० मिलीलिटर शुद्ध ओलिभ (जैतुन) को तेल

३.  १०० मिलीलिटर बीयर

ओखती तयार पार्ने बिधि:

सबै सरदामलाई एउटा ग्लास बोटल तथा जगमा खन्याउनुहोस् । अनि मीश्रण घोलिने गरि यसलाई केही बेर सम्म हल्लाउनुहोस् ।

ओखती सेवन गर्ने बिधि:

प्रत्येक बिहान ५० मिलीलिटर मीश्रण (ओखती) सेवन गर्नुहोस् । ओखती प्रयोग गर्नुभन्दा पहिले बोतललाई राम्ररी हल्लाउनुहोस् । किडनीमा जम्मा भएको पत्थरी एक हप्ता भित्रमा र बालुव चाँही चार दिन भित्रैमा बाहिर आउन थाल्नेछ ।

यो ओखती सेवन गरेपछि मात्र तपाईले यसको शक्तिका बारेमा जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।

सुझाव : कागती जैबिक (अरग्यानिक) हुनुपर्छ । बजारमा पाइने बनाबटी अशुद्ध कागतीको रस नकिन्नुहोस् । यदि पत्थरी १५ एमएम भन्दा ठूलो छ भने सावधानी अपनाउनु पर्छ किनकि ठूलो पत्थरी बाहिर निस्किने बेलामा च्यानेल (बाटो) मा घाउ हुन सक्छ ।
बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय:

बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् ।

यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।


शरीरको अनावश्यक तौल घटाउने यो अचुक बिधिको विशेषता भनेको उपचारको अवधि भर तपाईले जति बेला भोक लाग्छ आफुले चाहे जति बन्दाको सुप खान सक्नुहुन्छ ।

जति धेरै यो सुप सेवन गर्नु हुन्छ त्यति नै मात्रामा शरीरको क्यालोरी घट्छ किनकि यो सुपमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । वास्तवमा यो सुपले भोजनको काम गर्छ जसमा क्यालोरीको मात्रा शुन्य बराबर हुन्छ । अनि यसका कारण तपाईको मेटाबोलिज्ममा बृद्धि हुन्छ र परिणामसरुप तपाईले प्राप्त गरेको क्यालोरी भन्दा तपाईको शरीरको क्यालोरी घटेर जान्छ । अझै तपाईले आफ्नो शरीरको विषादी नाश गर्न सक्नुहुन्छ र शरीरलाई चाहेको आकारमा ढाल्न सक्नुहुन्छ ।

यो उपचार अवधि भर दिन बिराउन भने हुँदैन । यदि तपाई कतै यात्रा गर्दै हुनुहुन्छ वा दिनमा कतै जानुहुन्छ भने थरमसमा यो बोसो पगाल्ने सुप भर्न नबिर्सनुहोस् र आफुलाई आवश्यक परेको बखत सुप बिधि प्रयोग गर्नुहोस् ।

यो बिधिलाई सेकरेड हार्ट मेमोरियल हस्पिटलमा शरीरको तौल धेरै भएका मुटुका बिरामीहरुमा प्रयोग गरिएको थियो । तौल नियन्त्रण भए पछि मात्र अपरेशन गर्नु पर्ने भएकाले यो तौल घटाउने बिधि अपनाईएको थियो जसमा बिधि सफल प्रमानित भयो । यो बिधिलाई एड कास्पर एल एस, अकुपंचरीस्ट तथा हर्बलिस्टले समेत आफ्नो क्याबेज सुप फर सेभन डेज टु बर्न फ्याटमा उल्लेख गरेका छन् ।

अनि यो बिधि अपनाएको अवधि भर प्रसस्त पानी पिउन बिर्सिनु हुँदैन । साथै लामो अबधि सम्म यो सुप मात्र पिउने गर्नाले शरीरमा कुपोषण लाग्न सक्ने संभावना हुन्छ ।

सुपका लागि चाहिने सरदामहरु :

- एउटा ठूलो बंदा, मसिनो पारेर काट्नुपर्छ

- आधा किलो छोडाएको हरियो मटरकोसा

- २ वटा हरियो खुर्सानी, काटेको

- ६ वटा हरियो प्याज, मसिनो काटेको

- आधा किलो गाजर, मसि काटेको

- एक पाउ टमाटर, गोलो पारेर काटेको

- थोरै नुन

- थोरै मात्र मसला

सुप तयार पार्ने बिधि:

सब्जीको मीश्रणलाई एउटा भाँडामा खन्याउनुहोस् । यसमा थोरै मसला मिसाउनुहोस् । यसमा आवश्यकता अनुसार पानी मिसाउनुहोस् र यसलाई चुलोमा दश मिनेट सम्म मधुरो आगोमा उमाल्नुहोस् । तरकारी मज्जाले नपाके सम्म उमाल्नुपर्छ ।

सात दिने डायट प्लान:

पहिलो दिन:

सुप र फलफुल मात्र खानुहोस् । पानी तथा कालो चिया चिनि थोरै राखेर पनि सेवन गर्न सकिन्छ । केरा बाहेक सबै प्रकारका फलफुल खान सकिन्छ किनकि केरामा क्यालोरीको मात्रा बढी हुन्छ ।

दोस्रो दिन:

अन्य हरियो सब्जी र सुप मात्र सेवन गर्नुहोस् । सुखेको सिमि, भटमास, मकैको सट्टामा हरियो सागसब्जी खानुहोस् । राती सुप सँगै उसिनेको आलु खानुहोस् तर रातको समयमा फलफुल भने खान हुँदैन ।

तेस्रो दिन:

बिभिन्न प्रकारका सुप, सागसब्जी तथा फलफलुल खान सक्नुहुन्छ । तर राती आलु खान हुँदैन । तपाईले यो सात दिने तौल नियन्त्रण बिधि तिन दिन सम्म उपयुक्त तरिकाले अपनाउनु भएको छ भने तपाईको शरीरको तौल ४-५ किलो घटेको हुनुपर्छ ।

चौथो दिन :

चौथो दिनमा केरा र दुध खाने दिन हो । यी दुबै केरा र दुधमा प्रसस्त मात्रामा क्यालोरी तथा कार्बोहाईड्रेट लुकेको हुन्छ । तर यो चौथो दिनमा तपाईको शरीरलाई पोटासियम, कार्बोहाईड्रेट, प्रोटिन र क्याल्सियमको आवश्यक पर्छ जसले शरीरको प्रक्रियामा गडबड हुनदिदैन । सुपका साथै तीन वटा केरा तथा चाहे जति दुध पिउनुहोस् ।

पाँचौ दिन :

६-७ वटा टमाटर, छाला नभएको कुखुराको मासु तथा माछा अवश्यकता अनुसार तयार पार्न सक्नुहुन्छ । पानी कम्तीमा पनि ६-८ ग्लास पिउनुहोस् । यसले युरिक एसीडलाई सफा पार्छ । सुप कमसेकम दिनको एक पटक पिउनुपर्छ ।

छैठौं दिन :

तपाईले चाहे जति छाला नभएको कुखुराको मासु, सिमि, केराउ, माछा लगायतको सागसब्जी यो छैठौं दिनमा खान सक्नुहुन्छ । तर तारेको आलु भने खान हुँदैन । बंदाको सुप भने यो दिनमा पनि कमसेकम एक पटक पिउन बिर्सिनुहुँदैन ।

सातौं दिन :

हरियो सागसब्जी तथा खैरो चामलको भात । फलफुल तथा हरियो सागसब्जी जति खाए पनि हुन्छ । अनि सुप यो दिनमा पनि कमसेकम एक पटक पिउनु पर्छ ।

डायट प्रोग्राममा सुझाए अनुसारको सल्लाह तपाईले अपनाउनु भएकोले तपाईको शरीरको तौल ७(९ किलो घटेको हुनुपर्छ ।

यदि तपाईको तौल ७ किलो भन्दा बढी घटेको छ भने यस्तो अवस्थामा तपाईले २ दिन पछि डायट प्रोग्राम पुन सुरुवात गर्न सक्नुहुन्छ ।

व्यक्ति पिच्छे पाचन प्रक्रिया फरक हुने भएकोले यो डायट प्रोग्राम कसैका लागि अनुपयुक्त पनि हुन सक्छ ।

यो बिधि तपाईले उपयुक्त तरिकाले अपनाएका खण्डमा, बंदाको सुपले तपाईको पाचन प्रक्रियामा भएको समस्यामा एकरुपता ल्याएर तपाईको शरीरमा फुर्ती प्रदान गर्नुका साथै शरीरमा जम्मा भएको बोसोलाई पगाल्न ठूलो भूमिका खेल्छ । अनि तपाईले आफुलाई पहिला भन्दा हलुंगो, अझै फुर्तिलो र स्वस्थकर महसुस गर्नुहुनेछ ।  यो बिधिको विशेषता भनेकै तपाईले चाहेको अवधिमा प्रयोगमा ल्याउन सक्नुहुन्छ ।

तसर्थ मानसिक तथा शारीरिक रुपमा स्वस्थ महसुन नगरे सम्म यो प्रक्रिया अपनाउनुहोस् र जीवन सुखमय बनाउनुहोस्
भुँडी बढेर बाहिर निस्कन थालेपछि शारीरिक सुन्दरताको पतन सुरु हुन्छ। यसले जन्माउने भित्री समस्या त कति छन् कति, हिसाबै छैन। यो पंक्तिकारलाई धेरैले भन्छन्९ योग शिक्षकज्यू१ अरु त त्यस्तै हो, यो भुँडीचाहिँ घटाइ दिनुपर्यो । हतोत्साही हुन नदिन उनीहरूलाई शिष्टतापूर्ण सुझाव त दिनैपर्ने हुन्छ। तर, ३०९४० वर्षमा बढेको भुँडी ३०९४० मिनटमै ठिक पार्ने जादुको छडी कहाँ हुन्छ र। हामी खानपानमा यति लापरबाही गर्छौ, जसले गर्दा भुँडी बढ्छ।
बढ्दै मोटोपन
दसमा तीनजना व्यक्ति मोटोपनको सिकार भएका छन्। राम्रो र हृष्टपुष्ट देखिने हुनाले त्यस्तो व्यक्ति मक्ख पर्छ। अरुले पनि खाएको कति मज्जाले जीउमा लागेको भनेर उसलाई उकास्छन्। मोटोपन गम्भीर शारीरिक समस्या हो भन्ने उसले पछि मात्र थाहा पाउँछ।
ब्रिटिस मेडिकल एशोसिएसनको रिपोर्टअनुसार अत्याधुनिक जीवनशैली र तनावले अचेल अनेक मनोशारीरिक रोग फैलिरहेका छन्। त्यसमध्ये मोटोपनको रोग खतरनाक विकृति हो। हाम्रोजस्तो विकासशील देशमा जति मानिस यो रोगबाट पीडित छन्, त्यसको तीन गुणा विकसित देशमा छन्। अमेरिका, क्यानडा, जर्मन, अस्टे्रलिया लगायत मुलुकमा वयस्कमा यो समस्या विकराल बनिसकेको छ। ती मुलुकमा बालबालिकासमेत यो समस्याबाट पीडित छन्।
विकसित मुलुकमा यो समस्या विशेषतः फास्टफुड, जंकफुड, डब्बाबन्द र प्रशोधित खानपान तथा सुखसयलपूर्ण जीवनशैलीका कारण बढेको हो। नेपाली समाजमा पनि यी कारण लागू हुन्छन्। खानपान लापरबाही र अतिमांसहारी प्रवृत्तिले पनि मोटोपन समस्या बन्दै गएको छ। भोजभतेर, चाडपर्व, उत्सवमा घाँटीसम्म आउने गरी खाने चलनले पनि भुँडी लागेको पाइन्छ।
अतिभोजनबाट सही भोजन
भद्दाभुँडी र मोटो शरीरको मुख्य कारण अतिभोजन हो। एक आहारविशेषज्ञले भनेका छन्९ तपाई जति खाना खाँदै हुनुहुन्छ, त्यसको ३०(३५ प्रतिशतले तपाईको जीवन चलाएको हुन्छ, बाँकी ६५(७० प्रतिशतले अरुको डाक्टरी पेसा र अस्पतालको व्यापार चलाएको हुन्छ।
अतिभोजन अर्थात् चाहिनेभन्दा धेरै खाने बानी मोटोपन मात्र होइन, सबै रोगको जड हो। आयुर्वेदका अनुसार अतिभोजन भन्नाले शरीरले धान्न र पचाउन सक्नेभन्दा धेरै मात्रामा खानु हो, जसले गर्दा खाना पचाउने शारीरिक अग्नि मन्द हुन जान्छ। पेटको अग्नि क्षीण भएको बेला नरम मेवाको टुक्रा पनि अपाच्य हुन्छ। यसको कारण पेट लगायत शरीरका अन्य स्थानमा विकार थुप्रिन थाल्छ। त्यही मल९विकारको मात्रा बढेपछि शरीरको आकार र वजन बढ्न थाल्छ। वास्तवमा मोटोपन भनेको मासु र बोसो बढेकाले जीऊको वजन बढेको भन्ठान्नु एक किसिमको भ्रम हो। तपार्इंको शरीर यदि मोटो छ भने मक्ख नपर्नुहोस्, तपाई केवल मल(विकार, विष र फोहोरमैला बोकेर हिँड्दै हुनुहुन्छ।
अतिभोजनबाट बच्न
३ भोकभन्दा दुई चार गाँस कम खाने
३ हतार गरेर कहिल्यै नखाने
३ खानाको सुरुमा अलिकति प्राकृतिक गुलियो वस्तु जस्तैः मह, खजुर, सख्खर, छोगडा, किसमिस खाने
३ अरुको करकापभन्दा आफ्नो क्षमता र रुचिलाई ध्यानमा राखेर खाने
३ उभिएर होइन, बसेर खाने बानी बसाउने
३ खानेकुरा मज्जाले चपाएर खाँदा राम्ररी पच्छ। सुपाच्य खानाले शरीरको वजन सन्तुलित राख्छ।
पेटको सूचना
खाना खाँदै जाँदा पेट भरिएपछि संकेतको रूपमा पहिलो डकार ९ढ्याउ० आउँछ। पहिलो डकार आएपछि क्रमशःखाना घटाउँदै जानु राम्रो हुन्छ। दोस्रो ढ्याउ पेटको तीन चौंथाइ भाग भरिन लागेको सूचना हो। दोस्रो डकारसम्ममा पेट लगभग अघाइसकेको हुन्छ र शरीरलाई चाहिने आवश्यक मात्राको खाना पुगिसकेको हुन्छ। यदि तपार्इं दोस्रो डकारलाई बवोस्ता गरी अझै खाँदै हुनुहुन्छ भने अब तपाई आहार होइन रोगव्याधि खाँदै हुनुहुन्छ। तपाईंलाई मोटो, भद्दा र रोगी हुनबाट कसैले रोक्न सक्दैन।
अद्भूत सूत्र
खानाको थालबाट अर्को गाँस तबसम्म नउठाउनुहोस् जबसम्म तपाईंको मुखको गाँस सकिएको हुँदैन। हात या चम्चामा अर्को गाँस तयार राख्नु भनेको तपाई अस्वस्थकर गतिमा खाँदै हुनुहुन्छ र उचित मात्राभन्दा धेरै खाँदै हुनुहुन्छ। छिटो खाने बानीले पक्कै पनि धेरै मात्रामा खाइन्छ, किनकि पेटबाट अघाएको सूचना प्राप्त गर्न मस्तिष्कलाई कम्तीमा दस मिनेट लाग्छ। दस मिनटभन्दा अगावै खाइसक्नु भनेको बेसूरमा खानु र छद्मतृप्ति महसुस गर्नु हो। त्यसैले बिहान९बेलुकाको खानालाई कम्तिमा पनि १५(२० मिनेट समय दिनुपर्छ।
थोरै मिहिनेत र सानो प्रयासले मोटोपन र भुँडी घटाउन चाहनुहुन्छ भने आयुर्वेद विज्ञानका इन्साइक्लोपेडिया मानिने आयुर्वेदज्ञ राजीव दीक्षितको सुझाव अत्यन्त उपयुक्त छ। उनको भनाइमा पेटमा जति अधिक मात्रामा क्षार तत्व पुर्‍याइन्छ, त्यतिनै मात्रामा शरीरको अनावश्यक बोसो, मासु र मलविकार बाहिर निकाल्न सकिन्छ। दैनिक खानपिनबाट तपाईंले प्राप्त गर्ने क्षारीय तत्वको मात्रा अचेल खानामा निकै कम भएको छ। त्यसले शरीरको अत्यावश्यक माग त पूरा गर्न सक्दैन, मोटोपन घटाउने काम कसरी गर्न सक्छ रु
यस्तो परिस्थितिमा तपाईंलाई एउटा सजिलो उपाय छ। त्यो भने राति मुखमा उत्पन्न हुने क्षारीय र्यावललाई बिहान उठ्नेबित्तिकै पानी पिएर पानीसँगै पेटमा पुर्या उने। आयुर्वेदज्ञ दीक्षितका अनुसार बिहान उठेपछि हलुका मनतातो पानी मुखमा एक घुट्की राख्नुहोस् र मुखभित्रको र्यााल पखालिने गरी कुल्ला गरेजस्तै चलाउनुहोस् र घुटुक्क निल्नुहोस् । १०९१५ पटक यसरी मुखको सबै र्यातल पानीसँग निलेर पेटमा पुर्यालउनुपर्छ। त्यो र्या ल सबैभन्दा उत्तम क्षार हो। कम्तिमा तीस९चालीस दिन नियमित रूपमा यसो गर्दै जाँदा निश्चित रूपमा शरीरको अनावश्यक तौल र बढेको पेट घटाउन सकिन्छ।
लेखक मानवउत्कर्ष नेपाल, बाँसबारीसँग आबद्ध छन्।
purbelinews
हतियार उठाए ५० लाख दिन्छु भन्नुभयो । २० रुपैया दिएर बालबालिकाहरुलाई ढुङगा मुढा गर्न तथा कालो झन्डा बोक्न लगाउनुभयो । अधिकारको कुरा गर्नुहुन्छ के यो बाल अधिकारको हनन होईन ? के ति बालबालिकाहरु लाई थाहा छ कि उनीहरुले ढुङगा हान्दा कसलाई हानेको हो र किन हानेको हो अथवा कालो झन्डा कसलाई र किन देखाएको हो ? कदापी थाहा छैन । प्रजातन्त्रको कुरा गर्नुहुन्छ के तपाइहरुलाई थाहा छ प्रजातन्त्रको अर्थ ? यदी छ भने आन्दोलन अप्रजातान्त्रिक किन ?
म यही देशमा बस्ने मधेसी मुलको नागरिक हु र म तपाइहरुलाई सोध्न चाहन्छु कि मेरो मुल्य तोक्ने अधिकार तपाइहरुलाई कसले दियो ? आन्दोलन जारी छ र ४० भन्दा धेरैले ज्यान गुमाइसकेको छ र घाइते कती छ्न कती । अनि मर्नेहरुमा नेताको सङ्ख्या चाही कती छ ? सायद एउटा पनि होईन होला । त्यसैले हामी जनताको रगत बगाएर जुन मुख्यमन्त्रीको मुकुट लाउने सपना देख्नुभएको छ त्यो नदेखे नि हुन्छ किनभने त्यसको लागि जनमत चाहिन्छ रगतको खोला होईन । म तपाईंहरुलाई एकचोटी फेरी स्पष्टिकरण दिन चाहन्छु कि हामीले निर्वाचनको बेला नै तपाईंहरुको बहिष्कार गरिसकेका छौ ।
सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ । मधेसबाट लखेट्नुपर्ने अवस्था आउँछ ।
सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै
तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ ।
हो सरकार पक्षबाट पनि हतार देखियो संविधान जारी गर्ने बेला तर त्यो भन्दा धेरै हतार देखाउनुभयो तपाईंहरुले आफ्नो अहङ्कार र घमन्डलाई वार्ता र तपाइहरुको बिचमा उभ्याउन । त्यसैले हठ छोड्नुस र राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै वार्तामा बस्नुस र मधेस तथा देश दुबैको फाइदा हुने मध्यमार्गी बिकल्पको खोजी गर्दै राष्ट्रलाई निकास दिने प्रयास गर्न सादर अनुरोध गर्न चाहन्छु । देश रहे मात्र हामी रहनेछौ ।
धन्यवाद ।
निवेश कुमार/मधेसी छोरा
गौर, रौतहट ।
dainiknepal
भक्तपुर, २८ कात्तिक । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले देशमा हाल देखापरेको इन्धनको सङ्कट धेरै समय नरहने बताउनुभएको छ ।
नेकपा (एमाले) सूर्यविनायक नगर कमिटीले आज सिपाडोलमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै उहाँले भारतको नाकाबन्दी दुई साताभन्दा बढी नजाने बताउनुभएको हो ।
बिहानको उज्यालोका लागि रातलाई कुर्नुपर्ने बताउँदै सचिव ज्ञवालीले भन्नुभयो, “रात जति लामो भए पनि बिहान हुन्छ, त्यो बिहानले उज्यालो लिएर आउँछ, अहिलेको भारतीय नाकाबन्दी रात हो, लामै रात भएपछि उज्यालो लिएर बिहान पक्कै आउँछ ।”
नाकाबन्दीबाट पाठ सिकेर अब नेपाल कृषि, ऊर्जा र यातायातका क्षेत्रमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै उहाँले यसका लागि एमाले नेतृत्वको वर्तमान सरकारले योजनाअघि बढाइरहेको बताउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अब भारतसँगको सम्बन्ध पुनः परिभाषित गर्नुपर्ने बताउँदै सरकारले आत्मनिर्भरमुखी नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य सानु सुवालले भारतले हजारौँ वर्ष नाकाबन्दी गरे पनि नेपाल भारतको गुलाम बन्न नहुने बरु स्वाभिमानलाई जोगाउँदै आर्थिक क्रान्ति र पुनःनिर्माणमा लाग्नुपर्ने औँल्याउनुभयो ।
पूर्व उद्योग मन्त्री महेश बस्नेतले मधेसवादी केही नेताले मधेसलाई टुक्र्याउन खोज्दा राष्ट्रिय एकता र अखण्डताका पक्षमा एमाले चट्टानी अभियानका साथ लाग्दा पनि काँगे्रसले विगतको सहमति तोडेर भारतीय उक्साहटमा लागेर धोका दिएको बताउनुभयो । रासस
dainiknepal
शनिबार, २८ कार्तिक
काठमाडौँ । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई मधेसमा आन्दोलनरत मधेस केन्द्रित दलका नेतासँगको छलफललाई निरन्तरता दिएका छन् ।
उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष प्रचण्डले शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग तराई मधेसको समस्या समाधान गर्ने विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको तीन दलको बैठकले मधेसवादी दलसँग सार्थक वार्ता गर्ने जिम्मा एमाओवादी अध्यक्ष दाहाललाई दिएको थियो ।
लामो समयदेखि आन्दोलन र असन्तुष्टि जारी रहँदा नागरिकको दैनिकी कष्टकर भएको र आपूर्तिलगायतका विषयमा विकराल अवस्था सिर्जना भएको भन्दै संवादमार्फत तत्काल समस्याको समाधान खोज्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।
शनिवार सामान्य छलफल भएको र आइतबार थप छलफल गर्ने सहमति समेत अध्यक्ष दाहाल र अध्यक्ष ठाकुरबीच भएको जनाइएको छ ।
एमाओवादी अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले शनिबारकाे वार्ता सकारात्मक भएको सङ्क्षिप्त प्रतिक्रिया दिए ।
“आजको छलफल गम्भीर र सकारात्मक दिशामा केन्द्रित रहेको छ, आइतबार पुनः छलफल गरेर वार्तालाई निर्णायक तहमा पुर्‍याउने समझदारी भएको छ”– अध्यक्ष दाहालका स्वकीय सचिव खड्काले बताए ।
आजको छलफलमा सरकारले गठन गरेको वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाको पनि उपस्थिति रहेको थियो ।
एमाओवादी अध्यक्ष दाहालले दुई/चार दिनभित्रैमा तराई मधेस केन्द्रित दलका नेतासँग सार्थक संवाद हुने र समस्याको निरोपण हुने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । रासस
nepalsandesh
एकातिर विश्वमा जनसंख्या नियन्त्रणको लागि काम भैरहेको छ भने अर्कोतर्फ केही देशहरु भने कसरी जनसंख्या बढाउने भन्ने विषयमा लागिरहेका छन् ।
डेनमार्कमा पनि सरकारले नै देशको जनसंख्या बढाउने विभिन्न उपाय अपनाउँदैछ र मानिसहरुलाई सन्तान पैदा गर्न प्रोत्साहन गरिरहेको छ ।
समाचार अनुसार देशको घट्दो जनसंख्याबाट चिन्तित बनेको सरकारले मानिसहरुलाई सन्तान प्राप्तिको ध्येयले यौन सम्पर्क गर्न उत्प्रेरित गर्दैछ । सरकारले मानिसहरुलाई यौन सम्पर्कका लागि सरकारी विदा दिने योजना समेत बनाएको छ ।
डेनमार्कको जन्मदर घटेर १.७ मा झरिसकेको छ । जन्मदर बढाउनका लागि त्यहाँका टेलिभिजनमा विभिन्न खालका विज्ञापन समेत देखाइन्छ । जसमा मानिसहरुलाई भावनात्मक अपिल गरिएको हुन्छ । एउटा विज्ञापनमा महिला पुरुषहरुलाई बच्चा जन्माउनका लागि प्रोत्साहित गर्दै आफ्नी आमाका लागि वा देशका लागि बच्चा जन्माइदिन आग्रह गरिएको छ । एजेन्सीको सहयोगमा
onlinekhabar
काठमाडौं, २८ कात्तिक । ‘प्रष्ट छ कि बिहारका जनता बढी सजग भएका छन् । उनीहरु लोकसभा र विधान सभाको चुनावलाई अलग अलग दृष्टि र प्राथमिकतामा राख्दछन् । त्यसैले यस पटक उनीहरु केन्द्र सरकारका बाबजुद राज्य सरकारलाई ध्यानदिए । प्रधानमन्त्रीले प्याकेजको घोषणा त गरेका थिए तर उनको दलले नितिश सरकारले भन्दा राम्रो प्रशासन दिनसक्छ भनेर भरोसा जगाउन सकेनन् ।’
बिहारमा बिधान सभाको निर्वाचन सम्पन्न भएपछि भारतको एक चर्चित दैनिक पत्रिका नवभारत टाइम्सको यसै हप्ताको सम्पादकीय हो यो । उसले बिहारमा भारतीय जनता पार्टी, बिजेपीले हारेपछि उसलाई भारतीय राजनीतिमा अर्काे धक्का लागेको आसय सो सम्पादकीयमा व्यक्त गरेको छ ।
प्राय निर्वाचनको मौसममै रहने भारतमा यतिखेर पनि बिहारको निर्वाचनको व्यापक चर्चा छ । बिहारका नेताहरु नितिशकुमार र लालु यादवले नेतृत्व गरेको गठबन्धनले दुई तिहाई नै बहुमत ल्याई मोदीको दललाई धुलो चटाइदिएपछि यो निर्वाचनको चर्चा भारतभर व्यापक बन्दैछ । साथै यसलाई भारतमा मोदीको घटदो लोकप्रियताको पछिल्लो उदाहरणका रुपमा पनि बहसमा ल्याइएको देखिन्छ ।
उसले सम्पादकीयमा अघि लेख्छ— निर्वाचनको समयमा भारतीय जनता पार्टीले गाई र पाकिस्तानको मामिला जसरी उठायो कि त्यो निर्वाचनको परिणाम आफ्नो हातमा पार्ने दाउ हो भनेर बिहारका जनताले लिनपुगे । यो निर्वाचनको मसला हो र यसको सन्देश यो हो कि बिजेपीलाई बिहारको विकास भन्दा पनि बढी चिन्ता आफ्ना एजेन्डा स्थापित र लागू गर्नुमा छ ।
सम्पादकीयको पेटबोलीमा रहेको यो अंशले भन्छ— निर्वाचनका समयमा प्रधानमन्त्री मोदीको अति सक्रियताले बिहारका जनतामा निकै नै सन्देह जगाइदिएको थियो । यो अस्वभाविक सक्रियता बिजेपीको आत्मबलको कमीले हो भन्ने चिसो पनि जनताका मनमा पसेको थियो । यसबाट जनतामा यो धारणा बन्यो कि मोदी केवल चुनावी फाइदाका निम्ति जनतालाई जबर्जस्त ‘कन्भिन्स्’ गर्दैछन् ।
बिजेपी र प्रधानमन्त्रीले नै नयाँ कार्यक्रम र बिकल्प दिन सकेन र नत नितिशकुमारका कामकाजप्रति प्रश्न नै उठाउन सके । मोदीले आफ्नो धेरै समय बिहारमा लालु यादवको जङ्गलराजको संज्ञा दिएर त्यसको विरोध गर्नमै समय बिताए । अब त्यसको कुनैपनि अर्थ थिएन । किनभने बिहारमा जनताले नितिशको भरपर्दाे नेतृत्व भोगिसकेका थिए र अहिले पनि गठबन्धनले उनलाई नै मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो । बरु बिजेपीले अघि सारेको व्यक्तिप्रति उनीहरुको विश्वास थिएन किनभने नितिश कुमारका अघि उनी फिका थिए— सो निर्वाचनलाई केन्द्रित गरी उक्त पत्रिकाले सम्पादकीयमा लेखेको छ ।
भारतको बिहारमा हालैसम्पन्न बिधान सभाको निर्वाचनमा भारतको प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी, बिजेपीले व्यहोरेको दोस्रो पटकको धक्का हो यो । यसअघि बिजेपीले गत करिब वर्षदिनअघि अर्थात यसै बर्षको जनवरी महिनामा नयाँ दिल्ली राज्यमा पनि यस्तै अप्रत्यासित परिणाम ब्यहोर्नुपरेको थियो । त्यो यो भन्दा पनि अझै अकल्पनीय थियो र यो पनि त्यसको निकटमै आइदिएको छ । सो निर्वाचनमा भारतीय जनता पार्टीले जम्मा ५८ स्थान हात पारेको छ । जबकि नितिश कुमारको नेतृत्वको गठबन्धनले १७८ स्थानमा विजय हासिल गरेको हो । त्यहाँ २४३ स्थानका लागि निर्वाचन भएको थियो ।
भारतीय काँग्रेसको दुई कार्यकाल निरन्तरको शासनपछि करिब डेढवर्षअघि सत्तामा उदाएको भारतीय जनता पार्टीले त्यसपछिका यी क्षेत्रीय निर्वाचनहरुमा भने निरन्तर नै यस्ता पराजयहरु भेग्दै आएको छ । गत जनवरीमा भएको नयाँ दिल्लीको सो निर्वाचनमा प्रधानमन्त्री मोदीले आमआदमी पार्टीका नेता अरबिन्द केजरीवाललाई जङ्गलीको संज्ञा दिएका थिए । उनले सो समयमा पनि उनलाई शासनमा बस्ने व्यवहार उनको नभएको आरोप लगाउदै बरु नक्सलाईटसँग एकता गरी जङ्गलमा जान चेतावनी दिएका थिए ।
अहिले पनि भारतीय प्रधानमन्त्रीको आक्रोस बिहारका पूर्व मुख्यमन्त्री लालु यादवप्रति त्यो भन्दा कम थिएन । उनले बिहारमा गर्ने भाषणहरुमा बारम्बार लालुलाई जङ्गलराजको नाइके भन्ने गरेका थिए । यस पटक उनी बिगतका निर्वाचनहरुका तुलनामा बढी मात्रामा नै बिहारमा धाएका थिए । मोदीले बिहारमा ३० वटा निर्वाचन सभाहरु र बैठकलाई सम्बोधन गरेका थिए । उनका विश्वासपात्र अमित साहले पनि ७२ वटा सभा र बैठकलाई सम्बोधन गरेका थिए । र यसलाई बिहारका नागरिकले बढी अस्वाभाविक पनि भनेका छन् ।
हुनत बिजेपीले बिहारमा युवा बर्गका लागि राम्रो रोजगारीका अवसरका साथै अन्य आर्थिक तथा बिकासको प्याकेजको पनि कुरा नउठाएका होइनन् । तर पनि यी सबै आस्वासनलाई बिहारका नागरिकले मोदीका चुनावी नाराका रुपमा मात्र बुझे । यसअघि पनि समग्र भारतकै बिकासका लागि मोदीले गत आमनिर्वाचनमा गरेका प्रतिबद्धताहरुको सुरुवात नै नभएकोले यसलाई पनि चुनावी रणनीतिकै रुपमा उनीहरुले बुझेको अवस्था यस निर्वाचन परिणामले नै देखाएको छ ।
प्राय निर्वाचनको मौसममै रहने भारतमा यतिखेर पनि बिहारको निर्वाचनको व्यापक चर्चा छ । बिहारका नेताहरु नितिशकुमार र लालु यादवले नेतृत्व गरेको गठबन्धनले दुई तिहाई नै बहुमत ल्याई मोदीको दललाई धुलो चटाइदिएपछि यो निर्वाचनको चर्चा भारतभर व्यापक बन्दैछ । साथै यसलाई भारतमा मोदीको घटदो लोकप्रियताको पछिल्लो उदाहरणका रुपमा पनि बहसमा ल्याइएको देखिन्छ ।
यतिमात्र नभएर उनका प्रतिबद्धता र भाषणहरुलाई नै पछिल्लो समयमा आम भारतीय नागरिकले आशंकाको रुपमा लिन थालेको विभिन्न सञ्चारमाध्यमहरुको विश्लेषण छ । अबका दिनमा पनि प्रधानमन्त्री मोदीको नाम अघि सारेर भारतमा भारतीय जनता पार्टीले कुनैपनि निर्वाचन जित्न सक्दैन भन्ने धारणा उनका दलले पनि बनाएको देखिन्छ । भारतीय राजनीतिमा राजधानी नयाँ दिल्ली तथा ठूलो र धेरै जनसंख्या भएको बिहारलाई महत्वपूर्ण राज्यका रुपमा लिइन्छ । यी दुवै राज्यमा मोदीकै अतिवादका कारण निर्वाचन हार्नुपरेको चर्चा पार्टीभित्र पनि सुरु भएको विभिन्न सञ्चारमाध्यमहरुमा देखिन्छ ।
उनले गुजरातमा गरेको बिकासलाई देखाएर यसअघिको आमनिर्वाचनमा मत तान्न सकेको भएपनि उनी सत्तामा उक्लिएपछि भने निरन्तर रुपमा अलोकप्रिय बन्दै गएका यतिखेरका भारतीय विश्लेषणहरुमा आउने गरेको छ । खासगरी जातीय र धार्मिक मुद्दालाई बढी चर्काएको, किसानलाई चिढाएको, गरिबी तथा व्याप्त भ्रष्टाचार रोक्न कुनै प्रभावकारी पहलकदमी चाल्न नसकेको, चुनावका बेला सार्वजनिक गरेका प्रतिबद्धताहरुको कार्यान्वयनमा कुनै काम नथालेको, छिमेकी देशहरुसँग मैत्रीपूर्ण व्यबहार गर्न नसकेकोजस्ता कैयौँ कमी कमजोरीहरुका बारेमा पछिल्लो समयमा उनीबिरुद्ध भारतीय छापाहरुमा व्यापक समाचारहरु आएका छन् ।
अर्कातार्फ आमनिर्वाचनबाट थला परेको काँग्रेस अmभै तङ्ग्रिन नसक्नुले पनि बिहारमा स्थानीय दलहरुकै बर्चस्व कायम हुन पुगेको देखिन्छ । त्यसो त विश्लेषकहरु बढी दोष भाजपा र मोदीकै देख्छन् । धार्मिक र जातीय नारालाई अत्यधिक मात्रामा उठाउने र सत्तामा पुगेका मन्त्रीहरुले अल्पसंख्यक तथा गैर हिन्दूहरुलाई होच्याएर अभिव्यक्ति दिने गर्नुलाई उनीहरु मुख्य कारक ठान्ने गर्दछन् । बिहारकै निर्वाचनको प्रचारका क्रममा केन्द्रीय मन्त्री भिके सिंहले बिहारका दुई स्थानीय नेतालाई कुकुरको संज्ञा दिँदै कुकुरलाई बाटोमा कसैले ढुंगाले हान्छ भने त्यसको जिम्मेवारी सरकारले लिन सक्दैन भनेर बोलेका थिए । उनको सो अभिव्यक्तिको व्यापक आलोचना पनि भएको थियो ।
भारतमा राष्ट्रिय काँग्रेसले लगातार दश वर्षसम्म शासन गरेको थियो । त्यस समयमा देशमा भ्रष्टाचार अधिक मात्रामा मौलाएको थियो । त्यसैले गर्दा पनि लामो समयको शासकपछि जनताले अर्को दललाई नयाँ अनुहारका रुपमा विकल्प बनाए । सोही बिकल्पका रुपमा आम निर्वाचनपछि मोदी उदाएका हुन् । त्यति नै बेला उनले कैयौँ प्रतिबद्धताहरु पनि अघिसारे र बिकल्पको खोजीमा रहेका जनताले पत्याए ।
तर अहिलेको अवस्था अब त्यस्तो रहेन । उनी सत्तामा पुग्नासाथै जनताको माग र आवश्यकताभन्दा पनि आफ्नो दलगत एजेन्डामा नै बढी केन्द्रित हुनपुगे । आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरुको कार्यान्वयन भन्दा पनि उनले धार्मिक र जातीय मुद्दालाई प्राथमिकतामा राख्नथाले । सचेत भारतीय नागरिकले यो चाल पाएपछि नयाँ दिल्लीको विधान सभाको निर्वाचनबाटै मोदी बिरुद्ध खनिन थालेका हुन् ।
राजधानीका सचेत र शिक्षित नागरिक नै प्रधानमन्त्रीलाई यो लाजमर्दो रुपमा पराजय गर्नेगरी किन जाइलागे भन्ने चासो र चर्चाले भारतमा निकै स्थान पाउन थाल्यो । र त्यसको पछिल्लो परिणामका रुपमा बिहारको यो निर्वाचन देखिएको छ । प्रधानमन्त्री मोदीको प्रतिदिन घट्दो लोकप्रियतालाई यो निर्वाचनले पनि राम्रैसँग पुष्टि गरिदिएको छ ।
यसले अबका अरु निर्वाचनहरुमा पनि मोदी र उनको दलको पराजयलाई अहिले नै अनुमान लगाउन सजिलो बनाइदिएको छ । यसमा झन प्रमुख प्रतिपक्षी दल विस्तारै तङ्ग्रिने र उसको विकल्पका रुपमा उभिनसक्ने अवस्थामा आइदियो भने त त्यसले मोदीको हारको यात्रालाई अझ सहज बनाइदिन पनि सक्छ । रासस/विभिन्न एजेन्सीहरुको सहयोगमा
dainiknepal
वीरगन्ज, २८ कात्तिक । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान वीरगन्ज उपमहानगरपालिका रामगढवास्थित नेकपा(एमाले) पर्साको कार्यालयमा आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले एमाले पार्टीले मधेस आन्दोलनको विरोधमा केन्द्रको निर्देशनानुसार अञ्चलस्तरीय चियापान कार्यक्रम आयोजना गर्न लागिएको जनाई त्यसको प्रतिकारस्वरुप आगजनी गरेको बताइएको छ ।
शुक्रबार मोर्चाका नेता राजेन्द्र महतोद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा एमाले पर्साले शनिबार गर्ने चियापान कार्यक्रमलाई बिथोल्ने चेतावानी दिएको थियो । तिहार र छठ पर्वको अवसर पारेर एमालेको भ्रातृ सङ्गठन युवा सङ्घ पर्साले शनिबार बिहान पार्टी कार्यालयमा अञ्चलस्तरीय चियापान कार्यक्रम राखेको थियो । आगजनीपछि चियापान स्थगन भएको छ । आगजनी गरेपछि मोर्चाका कार्यकर्ताले पार्टी कार्यालय अगाडि टायर बालेर केही बेर प्रदर्शनसमेत गरेका थिए । सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतो तराईमा बस्दै आएका छन् ।
एमाले पर्साले भने तिहार र छठ पर्वको उपलक्ष्यमा पार्टीले कुनै चियापान कार्यक्रम नराखेको जनाएको छ । पार्टीका जिल्ला सचिव गङ्गा खड्काले पार्टी कार्यालयमा आज चियापान कार्यक्रम गर्ने पार्टीको कुनै निर्णय नभएको जनाउँदै पार्टी कार्यालयमा आगजनी गर्नु ज्यादै दुःखद् घटना भएकोे बताउनुभयो । रासस
dainiknepal
काठमाडौँ, २८ कात्तिक । मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा नेपाली काँग्रेस र मधेसकेन्द्रित दलबीच शनिबार पहिलोपटक छलफल भएको छ ।
सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलपछि सञ्चारकर्मीलाई जानकारी दिँदै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी मोर्चाले उठाएका मुद्दामा सकारात्मक छलफल भएको बताए ।
उनले भने– ‘छलफलमा दुबै पक्षले आ–आफ्ना धारणा राख्यौ, कांग्रेसका नेताहरुले माग सम्बोधनका लागि संसदमा मिलेर जाने प्रस्ताव राख्नुभयो । हामीले सहमति जनाएका छौं । तर, तत्कालै आन्दोलन फिर्ता हुँदैन् ।’ उनले सरकारले मधेसका मागलाई गम्भीरता साथ दिनुपर्ने समेत बताए ।
बैठकमा काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र सचेतक ईश्वरी न्यौपाने सहभागी थिए ।
त्यसैगरी मधेसी मोर्चाका तर्फबाट तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र नेता अशोककुमार राई, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठी तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी थिए ।
काँग्रेसले तराई मधेस समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव अविलम्ब पारित हुनुपर्नेमा जोड दिँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल काँग्रेसबिनाको सरकारी वार्ता टोलीले मात्र निकास ननिकाल्ने सार्वजनिक अभिव्यक्ति आन्दोलनरत दलले दिँदै आएका छन् ।
dainiknepal
काठमाडौ, २८ कार्तिक । उपप्रधान तथा सहकारी एवम् गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मधेसलाई पहाडबाट अलग गरेर प्रदेश बनाए नेपाल नै नरहने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ तराई पहाड र हिमाल एक अर्कासँग निर्भर भूमि हुन । तराईलाई पहाडबाट अलग नगरी नहुने, सुनसरी, मोरङ, झापा, कैलाली कञ्चनपुर नभई नहुने कुराले समथर भु–भाग किन छुट्याउन खोजिदैछ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ के गर्न खोजेको भनेर ?’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उपप्रधानमन्त्री केसीले तराई पहाडबाट अलग गरिए नेपाल नरहने भन्दै त्यो कुरा कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारे । केसीले भने,‘एउटा प्रदेश पहाडबाट अलग हुँदा त त्यसैलाई आधार बनाएर दानापानी रोके भने अरु पनि अलग गरे के हुन्छ ?’
उनले २०४५ सालको तेह्र महिने नाकाबन्दीपछि नेपालीहरु अब यस्तो गर्दैन भनेर ढुक्क भएर उद्योग धन्दा मरेको भेडाको मुल्यमा बिक्री गर्दा अहिलेको अवस्था आएको भन्दै नेपालीहरु चारो हाल्दा खाने ब्यावाईलर कुखुरा जस्तो भएको बताए । उनले भने,‘भएका कलकारखाना आर्थिक उदारिकणको नाममा मरेको भेडाको मोलमा बेचेर नेपाल आत्मनिर्भर पनि हुँदैन, यहाँ गरिबी निवारण पनि हुँदैन ।’
उपप्रधानमन्त्री केसीले भारतले घोषित रुपमा नाकाबन्दी लगाउन नसक्ने भएकोले नै अघोषित रुपमा लगाएको दावी गर्दै यस्तो अघोषित नाकाबन्दीमा भारतले लामो समयसम्म ढिप्पी गर्न नसक्ने भएपनि तत्कालै भने यो खुल्ने संकेत नदेखिएको बताए । उनले भने,‘आफू खुर्सानीको ढिडी र आलु फलाउन नसक्ने, प्राकृतिक स्रोतको खोजी गर्न नसक्ने, खोर्सानीको ढिडी देखि हवाईजहाजसम्म अरुले फलाई दिने र हामी बसेर खाने ब्यवहारले अहिलेको अवस्था आएको हो ।’
उनले आफू संघीय प्रणालीको विरोधी नभई नेपालमा यो अनुपयूक्त हुन्छ भनेर मात्रै भनेको उल्लेख गर्दै भने,‘संघीय प्रणाली धेरै मुलुकमा असफल भएकोले यहाँ ठिक हुँदैन भनेर भनेको हो । कोही रिसाउलान भनेर अरुले भन्न नसकेका हुन । राष्ट्रिय अखण्डता, राष्ट्रियता र सार्वभौमिकतामा कसैसँग सम्झौता गर्दिन ।’
मधेसको समस्या नेपालको समस्या भएकोलेलाई यो अन्य मुलुकले टुङग्याउने विषय नभएको स्पष्ट पार्दै उनले. नेपालीको समस्या नेपाल भित्रै आफ्नो ढंगले टुङग्याउने बताए ।
उपप्रधानमन्त्री केसीले भने,‘ कसैको स्वार्थ अनुसार सार्वभौमिकतामा आँच आउने गरी संघीयताको सीमांकन टुङगिदैन । २०६२÷६३ देखिकै योजनामा अहिलेको समस्या हो । राज्यको पुर्नसंरचना हाम्रो अधिकार हो । कसैको चाहना पुरा गर्न सीमांकन गर्न सकिदैन । अखण्डता र सार्वभौमिकतामा आँच पूग्ने गरी केही गर्दैनौ ।’
उनले थपे,‘ नेपाली जनताको चाहना अनुसारको संविधान बनाएको सजाय भोगिरहेका छौ । सरकार प्रमुख पनि स्वतन्त्र रुपले चुन्यौ मुलुकले त्यसको परिणाम नाकाबन्दी हो । भारतका जनता र मिडियाले पनि यसको विरोध गर्न थालिसकेका छन त्यसैले यो धेरै दिन टिक्दैन ।’
उपप्रधानमन्त्री केसीले पारवहन अधिकार अन्तर्राष्ट्रिय अधिकार भएपनि हाम्रो अधिकार रोकेर अप्ठ्यारोमा पार्ने काम भईरहेको भन्दै भारतले नाकाबन्दी नभनि लगाईरहेको दावी गरे । उनले भने,‘नाकाबन्दी लगाएको छैन, नेपालको आन्तरिक राजनीतिक कारण भन्छन फेरि तत्काल नाकाबन्दी खुल्दैन भन्छन । यो कस्तो नियत हो ।’ केसीले छिमेकीका कुनै सुरक्षा चासो भए त्यसमा भने छलफल गर्न सकिने स्पष्ट पार्दै भारतसँगको सम्बन्ध कुटनीतिक बाटोबाट सुमधुर बनाउनु पर्ने बताए ।
dainiknepal.com

२९ कात्तिक, एजेन्सी ।

बेलायतमा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनले जारी गरेको संयुक्त वक्तब्यमा नेपालको विषयमा समेत चर्चा भएको छ ।

नेपालमाथि नाकाबन्दी कायमै राखेर लण्डन पुगेका मोदीमाथि त्यहाँ रहेका नेपालीहरुले लण्डनमै विरोध गरेर नराम्रो झट्का दिएका थिए ।

मोदीको विरोधमा लण्डनमै प्रदर्शन भएपछि मोदी र क्यामरुनले आफ्नो बक्तब्यमा नेपालको विषयमा कुरा राखेका छन् । यद्यपी यहाँ नाकाबन्दीको विषयका कुनै चर्चा गरिएको छैन ।


क्यामरुन र मोदीले जारी गरेको संयुक्त बक्तब्यमा नेपालको संविधान तथा शान्ति प्रक्रियाबारे बोलिएको छ । भारत र बेलायतले नेपालमा दीर्घकालीन र समावेशी संबैधानिक ब्यवस्था चाहेको र राजनीतिक स्थायित्व र आर्थिक उन्नतीको समेत सुभेच्छा ब्यक्त गरिएको छ ।

ब्रिटिश मिडियाले छोडेन मोदीलाई, पुर्व अछुत, प्रतिबन्धित व्यक्ति भन्दै छापिए समाचार

मोदी लण्डन पुग्दा ब्रिटश गोर्खा भूतपूर्व सैनिक संघ, गैरआवासीय नेपाली संघ लगायत करिब ४० वटा नेपाली संस्थाहरुले विभिन्न मानव अधिकारका कुरा उठाउँदै नाकाबन्दी गर्ने मोदीविरुद्ध प्रदर्शन गर्ने जानकारी सहित प्रधानमन्त्री क्यामरुनको कार्यालयमा विरोध पत्र बुझाएका थिए ।

नेपालीहरुले लण्डनमै दवाव दिएपछि लण्डनस्थित भारतीय उच्च आयुक्तको कार्यालयले नेपालीहरुको लण्डनमा रहेको प्रभावबारे जानकारी लिएको बताइएको छ ।

प्रधानमन्त्री मोदीको कार्यालयले उच्च आयुक्तको कार्यालयसँग नेपालीहरुको प्रभाव बारे जानकारी मागेको इण्डियन एक्सप्रेसले जनाएको छ ।
नेपालले नाकाबन्दीबारे औपचारिकरुपमा कुनै पनि मित्र राष्ट्रलाई जानकारी दिएको छैन ।
काठमाडौँ : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संयोजक रहेको उच्चस्तरीय राजनीतिक समन्वय समितिले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता थालेको छ।

प्रचण्ड र वार्ता समितिका संयोजक रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका महन्थ ठाकूरलगायतका नेताहरुसँग शनिबार बिहान छोटो वार्ता गरेका हुन्।दाहालका स्वकीय सचिव चुडामणी खड्काले मधेसी मोर्चासँगको वार्ता सकारात्मक भएको जानकारी दिए।

उच्चस्तरीय संयन्त्रको  बैठकले मधेसकेन्द्रित दलसँगको वार्तालाई सार्थक तुल्याउनका लागि प्रयत्न गर्ने निर्णय गरेपछि प्रचण्डले पहल थालेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले वार्ता प्रक्रियालाई परिणाममुखी बनाउने प्रयत्नका निम्ति सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापा र समितिका संयोजक एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको थियो ।

बैठकले वार्ता सफल पार्न आवश्यक प्रयत्न गर्नका लागि सरकारी वार्ता टोली संयोजक र समितिका संयोजलाई जिम्मेवारी दिइएको समितिका सदस्य एवम् एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन्।

उप्रपधानमन्त्री थापा र अध्यक्ष दाहालले आवश्यक परेमा प्रधानमन्त्रीसहित, प्रतिपक्षीदल काँग्रेससँग  छलफल गर्ने र मधेसी मोर्चाका नेतासँग छलफल गरी वार्तालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी दिइएको छ । केपी ओली प्रधानमन्त्री भएपछि  थापाले मधेसी मोर्चासँग गरिरहेको वार्ता वीरगञ्ज घटनापछि भाँडिएको थियो ।

सरकारी तथा मधेसी मोर्चाको वार्ता टोलीबीच विभिन्न चरणमा छलफल भए पनि मुख्य मुद्दाको रुपमा उठाइएको सिमांकनमा बारेमा केही सहमति भएको छैन ।

सरकारी पक्षले अहिले राजनीतिक तहमा असहमति गरेर समस्यालाई सम्बोधन गर्ने र सिमांकनलाई संघीय आयोगमार्फत टुंगो लगाउनुपर्ने प्रस्ताव राखेको छ भने मोर्चाले अहिले नै संविधान संशोधन गरेर सिमांकन पुनरावलोकन गर्नुपर्ने र तराईमा कम्तीमा दुई प्रदेश हुनुपर्ने माग राख्दै आएका छन् । यही माग राखेर साढे दुई महिनादेखि उनीहरु आन्दोलनमा छन् ।
annapurnapost
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home