• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं: मधेशमा आन्दोलनरत संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको जनकपुरमा जारी बैठकमा चीनको बिरोधलाई लिएर विवाद उत्पन्न भएको छ। बैठक स्थलमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई छिरे पछि मोर्चाका नेताहरूबीच चर्काचर्की नै भए थियो।

जनकपुरको स्टार सिटी होटलमा शनिबार साँझ देखि जारी बैठकको शुरूमै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकांश जिल्लामा चीनको विरोधमा प्रदर्शन भएको र केही ठांउमा चीनको झण्डा समेत जलाइएको प्रकरणमा विरोध गर्दै यस्तो कार्यको कडा आलोचना समेत गरेको बैठकमा सहभागी एक नेताले बताएका थिए। मोर्चाको बैठकमा चीनको पक्षमा उपेन्द्र यादवले बोलेपछि मोर्चाका अन्य घटकहरू तमसपाका महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यसको प्रतिवाद गरेका थिए।


नाकाबन्दी असफल पार्न चीनले इंधन आपुर्ति गर्न लागेको भन्दै मधेशको अधिकांश जिल्लामा ब्याक अफ चाईना भन्दै चीनको विरोधमा प्रदर्शन भएको थियो।
चीनले काठमाण्डौंलाई ईंधन दिने सहमति गरे पछि मोर्चामा आबद्ध महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले पत्रकार सम्मेलन गरेरै चिनियां सरकारको विरोध गरेका थिए। बिरगंजमा रहेका तीनै नेताले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर चिनियां सरकारको विरोधमा वक्तव्य दिएका थिए।

शनिवार सांझ जनकपुरमा शुरू भएको मोर्चाको बैठकमा अन्य एजेण्डा छोडेर शुरूमै चिनियां विरोधको प्रसंग उठेपछि बैठकमा केही बेर निकै तनाव भएको थियो।

फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मोर्चाको तर्फबाट चीनको विरोध भयो भने आफ्नो पार्टी मोर्चामा नबस्ने चेतावनी दिएको जनाएका थिए। राईको कुरामा पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो समर्थन जनाएको बैठकमा सहभागी एक नेताले बताए।

उपेन्द्र यादव र अशोक राईको कुरामा पहिले महेन्द्र यादव र पछि राजेन्द्र महतोले विरोध गरेका थिए। यी दुबै नेताले मधेशमा चिनियां विरोधलाई स्वाभाविक रूपमा लिन र यस विषयलाई बैठकको एजेण्डा नबनाउन बारम्बार आग्रह समेत गरेका थिए। बैठक पछि महेन्द्र यादवले 'मधेशमा चीनको विरोध हुनु स्वाभाविक भएको र मधेशी जनताले आफ्नो आक्रोश व्यक्त गरेको प्रतिक्रिया दिए'। तर उपेन्द्र र अशोक राई नमाने पछि मोर्चाको बैठक शनिवार बिना औपचारिक एजेण्डामा प्रवेश गरि स्थगित भएको थियो।

बैठकमा सहभागी तमलोपा महासचिव जितेन्द्र सोनलले पनि विरोधको नाममा कुनै देशको झण्डा जलाउने कार्यको पक्षमा आफ्नो पार्टी नरहेको सपष्ट पारेका थिए। बैठकमा तमलोपा पनि फोरम नेपालको पक्षमा उभिएको सोनलले बताए।
annapurnapost.com
वीरगञ्ज, १५ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तीन जिल्लास्तरीय नेता प्रहरी फन्दामा परेका छन् ।

आन्दोलनका नाममा चीनको झण्डा जलाएको आरोपमा आइतबार प्रहरीले संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य संजय यादव, सदभावनाका पर्सा जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफलाई वीरगञ्जबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
वीरगञ्ज-रक्सौल नाकाको मितेरी पुलमा धर्नामा बसेर घर फर्कने क्रममा उनीहरु पक्राउ परेका हुन् ।  एसपी श्रेष्ठले चीनको झण्डा जलाएको विषयमा उनीहरुमाथि अनुसन्धान भइरहेको बताउनुभयो ।
अघोषित नाकाबन्दीकाबीच चीनले नेपाललाई अनुदानमै इन्धन दिएपछि मधेस आन्दोलन तुहाउन खोजेको भन्दै मधेसी मोर्चाका नेताहरुले चीनको झण्डा जलाएका थिए भने व्याक अफ चाइना भन्दै प्रदर्शन गर्दै आएका छन् ।dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आफूले भनेजस्तो संविधान नबनाएको भन्दै अघोषित नाकाबन्दी गरी नेपाली जनतालाई दुःख दिइरहेको भारतको नयाँ योजना सार्वजनिक भएको छ ।

नाकाबन्दीकाबीच चीनले नेपाललाई इन्धन सहयोग गर्ने घोषणा गरेसँगै नेपालविरुद्ध भारतको नयाँ सार्वजनिक भएको हो । उस्तै पनि भारतको आडमा मधेसमा आन्दोलन गरिरहेको आरोप लागेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाटै भारतको नयाँ योजनाको खुलासा भएको हो ।
मोर्चाका एक नेताले दिएको जानकारी अनुसार चीनको ग्यास र तेल नाकामै रोक्न भारतले मधेसी मोर्चालाई नै जिम्मेवारी लिन प्रस्ताव गरेको छ । चीनबाट तेल र ग्यास आउने रसुवागढी केरुङ नाका अवरोध पार्न भारतले मोर्चालाई प्रस्ताव गरेको हो । तत्काल यो नाका र त्यसपछि अन्य नाकामा मधेसी मोर्चाका कार्यकर्ता खटाउन भारतको ठूलै व्यक्तिबाट प्रस्ताव आएको ती नेताले जनाए ।चीनबाट आउने इन्धन रोके मोर्चालाई १ अर्ब दिने भारतको प्रस्ताव, जनकपुर बैठकमै
तर, मधेसी मोर्चाले भारतको प्रस्तावमा अहिलेसम्म जवाफ दिन सकेको छैन् । भारतको प्रस्तावमा असहमति जनाएपनि जवाफ भने पठाउन बाँकी छ । चिनियाँ नाकामा आन्दोलन अवरोध असम्भव देखिएपछि मधेसी मोर्चा दोधारमा परेको ती नेताले बताए । ‘भारतको प्रस्ताव आएको छ तर, अधिकांश नेता प्रस्तावको विपक्षमा छन् । केही नेता भने चीनबाट आउने तेल र ग्यास जसरी पनि नाकामै रोक्नैपर्ने अडानमा छन्,’ ती नेताले भने ।
नेपाललाई सहयोग गरेको भन्दै यसअघि नै मधेसी मोर्चाले चीनविरुद्ध मधेसमा कडा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । साथै स्वतन्त्रताको नारा दिएर तिब्बतलाई चीनबाट टुक्राउने चेतावनी पनि दिइसकेको छ ।epalpaonline भिडियो हेर्न तलको बाकस थिच्नुहोस
जनकपुर, १५ कात्तिक । मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको जनकपुरमा जारी बैठकमा चीनको बिरोधलाई लिएर विवाद उत्पन्न भएको छ ।
बैठक स्थलमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राई छिरेपछि मोर्चाका नेताबीच चर्काचर्की नै भयो । जनकपुरको स्टार सिटी होटलमा शनिवार साँझदेखि जारी बैठकको शुरूमै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकांश जिल्लामा चिनको विरोधमा प्रदर्शन भएको र केही ठाउँमा चीनको झण्डा समेत जलाईएको प्रकरणमा विरोध गर्दै यस्तो कार्यको कडा आलोचना समेत गरेको बैठकमा सहभागी एक नेताले बताएका थिए ।
मोर्चाको बैठकमा चीनको पक्षमा उपेन्द्र यादवले बोलेपछि मोर्चाका अन्य घटकहरू तमसपाका महेन्द्र राय यादव र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यसको विरोध गरेका थिए ।
नाकाबन्दी असफल पार्न चीनले इन्धन आपूर्ति गर्न लागेको भन्दै मधेशको अधिकांश जिल्लामा ब्याक अफ चाईना भन्दै चीनको विरोधमा प्रदर्शन भएको थियो । चीनले काठमाडौंलाई ईन्धन दिने सहमति गरेपछि मोर्चामा आबद्ध महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवले पत्रकार सम्मेलन गरेरै चिनियाँ सरकारको विरोध गरेका थिए । बिरगंजमा रहेका तीनै नेताले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर चिनियाँ सरकारको विरोधमा भाषण गरेका थिए ।
शनिवार साँझ जनकपुरमा सुरू भएको मोर्चाको बैठकमा अन्य एजेण्डा छोडेर शुरूमै चिनियाँ विरोधको प्रसंग उठेपछि बैठकमा केही बेर निकै तनाव भएको थियो । फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मोर्चाको तर्फबाट चीनको विरोध भयो भने आफ्नो पार्टी मोर्चामा नबस्ने चेतावनी दिएका थिए । राईको कुरामा पार्टी अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नो समर्थन जनाएको बैठकमा सहभागी तमसपाकी रानी शर्माले बताए ।
उपेन्द्र यादव र अशोक राईको कुरामा पहिले महेन्द्र यादव र पछि राजेन्द्र महतोले विरोध गरेका थिए । यी दुबै नेताले मधेशमा चिनियाँ विरोधलाई स्वाभाविक रूपमा लिन र यस विषयलाई बैठकको एजेण्डा नबनाउन बारम्बार आग्रह समेत गरेका थिए । बैठक पछि महेन्द्र यादवले ुमधेसमा चीनको विरोध हुनु स्वाभाविक भएको र मधेसी जनताले आफ्नो आक्रोश व्यक्त गरेको प्रतिक्रिया दिए । तर उपेन्द्र र अशोक राई नमानेपछि मोर्चाको बैठक शनिवार बिना औपचारिक एजेण्डामा प्रवेश गरि स्थगित भएको थियो ।
बैठकमा सहभागी तमलोपा महासचिव जितेन्द्र सोनलले पनि विरोधको नाममा कुनै देशको झण्डा जलाउने कार्यको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका थिए । बैठकमा तमलोपा पनि फोरम नेपालको पक्षमा उभिएको सोनलले बताए ।
dainiknepal.com
वीरगन्ज । मधेशी दलका नेता कार्यकर्ताले वीरगन्ज रक्सौल नाकाको दसगजा क्षेत्रमा डेढ महिना देखि धर्ना दिएर नाकाबन्दी गरेका छन्। तर शुक्रबार राति त्यही धर्नास्थल हुँदै हतियार र बर्दी सहितका भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन्।
शुक्रबार बेलुकी आठ बजेतिर बी आर ३३ एम ७६१६ नम्बरको बोलेरो र बि आर ०९ आर ३९५३ नम्बरको स्कार्पियो गाडीमा सवार डिएसपी सहितका भारतीय प्रहरीहरु नेपाल छिरेका हुन् ।
वीरगन्ज र रक्सौल नाका बीचको मितेरी पुलमा दिनरात २४ सै घण्टा धर्ना दिएका आन्दोलनकारीहरुले सवारी सधानको आवागमन ठप्प पारे पनि शुक्रबार बेलुकी हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुवै गाडी धर्ना जारी रहेकै मितेरी पुल पार गरेर वीरगन्ज प्रवेश गरेका हुन्।
धर्नामा बसेकै दिन देखि आन्दोलनकारीले मितेरी पुलबाट साइकल, मोटरसाइकल र रिक्सा बाहेक अन्य कुनै पनि सवारी साधन आउजाउ गर्न दिएका छैनन् । तर शुक्रबार बेलुकी भने धर्नामा बसेका आन्दोलनकारीहरुले भारतीय प्रहरी सवार दुवै गाडीलाइ कुनै अवरोध र रोकटोक नगरि नेपाल छिर्न दिएका थिए।
मितेरी पुल पार गरेर इनर्वा स्थित शंकराचार्यद्धारमा पुगेका भारतीय प्रहरीका दुवै गाडीलाइ नाकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँचका क्रममा नेपाली प्रहरीले भारतीय प्रहरीको बर्दि खोल्न लगाएका थिए।
नेपाली प्रहरीले गाडी भित्र भने चेकजाँच नगरेका कारण भारतीय प्रहरीहरु हतियार सहित नै वीरगन्जको आदर्शनगर तर्फ गएका थिए । भारतीय प्रहरीको गाडी भित्र एसएमजी सहितका हतियार राखिएको थियो । इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक पुरुषोत्तम सुबेदीले भने डिएसपी सहितका भारतीय प्रहरी सवार दुइ वटा गाडी शुक्रबार बेलुकी मितेरी पुल हुदै वीरगन्ज भित्रिएको बताए।
एउटा गाडीमा जम्मुका र अर्को गाडीमा मध्यप्रदेशका प्रहरी थिए ,उनले भने , उनिहरुसंग हतियार भने थिएन ,बर्दि लगाएकाहरुलाइ खोल्न लगाएर सिभिल ड्रेसमा आदर्शनगर तर्फ पठाइदियौ । नेपाल प्रवेश गरेका भारतीय प्रहरीहरु वीरगन्जको आदर्शनगरमा किनमेल गरेर शुक्रबार राति नै भारत फर्किएको पनि उनले बताए ।
पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले पनि शुक्रबार बेलुकी भारतीय प्रहरी सवार गाडी वीरगन्ज प्रवेश गरेको स्वीकारे । तर उनले भारतीय प्रहरीले हतियार भने नबोकेको बताए ।एउटा गाडीमा सिभिल ड्रेसका र अर्को गाडीमा बर्दिधारी प्रहरी थिए , उनले भने , बर्दि लगाएकाहरलाइ सीमा नाकाबाटै भारत फर्काइ दियौ , सिभिल ड्रेसमा रहेकाहरुलाइ मात्रै  वीरगन्ज छिर्न दियौं।
चेकजाचका क्रममा नेपाली प्रहरीले सोधपुछ गर्दा भारतीय प्रहरीहरुले आफुहरु वीरगन्ज बजार घुम्न र किनमेलका लागि आएको बताएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । यसअघि शुक्रबार बिहान पनि हतियार र बर्दि सहितका भारतीय प्रहरी सवार दुइ वटा गाडी मितेरी पुल भएरै वीरगन्ज प्रवेश गरेका थिए ।
भारतको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)का दुइ जना डिएसपी सहितका चार जना भारतीय प्रहरी सवार दुवै गाडी मितेरी पुल पार गरेर वीरगन्ज प्रवेश गरेको इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सुबेदीले बताए।
उनिहरुको साथमा एके ४७ र एमकेपी गरि दुइ वटा अत्याधुनिक हतियार पनि रहेको प्रनानि सुबेदीले बताए । शुक्रबार बिहान हतियार र बर्दि सहित नेपाल छिरेका भारतीय प्रहरीलाइ दुइ घण्टा नियन्त्रणमा लिएर राखिएको र सोधपुछ गरेर भारत फर्काइदिएको उनले बताए । भुलवश नेपालको सीमामा छिरेको भन्दै आत्मआलोचना गरे पछि उनिहरुलाइ भारत फर्काइएको प्रनानि सुबेदीले बताए ।
धर्ना र नाकाबन्दी जारी रहेकै बेला गत असोज २ गते राति पनि भारतीय सुरक्षाकर्मी सवार भ्यान सीमापारी रक्सौलाबाट मितेरी पुलबाट वीरगन्ज छिरेको थियो ।
मध्यप्रदेशका एसपी अरबिन्द प्रसाद वरकडे सहित पाँच जना बर्दिधारी प्रहरी सवार एम पी ओ ३ ए १९१५ नम्बरको जिप धर्ना जारी रहेको नाका हुदै वीरगञ्ज प्रवेश गरेको खबर पाएपछि नेपाल प्रहरीले गण्डक चोकमा चेकजाँच गर्दा उक्त गाडीबाट एक  थान एके ४७ राइफल र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद भएको थियो ।
त्यसपछि नेपाल प्रहरीले उक्त गाडीलाइ त्यही राति वीरगन्जबाट भारत फर्काइ दिएको थियो ।मधेशी मोर्चाका नेता एंव संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष यादवले भने नाकाबन्दी र धर्ना शुरु भएका दिन देखि मितेरी पुल पार गरेर कुनै पनि भारतीय गाडी नेपाल प्रवेश नगरेको दाबी गरे । अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainiknepal.com
‘चीनसँग व्यापार गर्न सहज छैन’
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मधेस आन्दोलन व्यापारिकरण भएको विवादास्पद अभिव्यक्ति दिएका छन् । आइतबार एक दैनिक पत्रिकालाई दिइएको अन्तर्वार्तामा उनले मधेस आन्दोलन आन्दोलनकारीका लागि कमाउने माध्यम बनेको समेत आरोप लगाए ।


‘यो आन्दोलन व्यापारमा परिणत भइरहेको छ । ठोरी नाकाबाट मात्रै दैनिक ५० हजार तेल भित्रिरहेको सुनिन्छ । यस्ता नाका नै ५० औं छन् । तराईमा एकसय ५० रुपैयाँमै डिजेल खुलेआम पाइन्छ । यसबाट राज्यले न कर पाउँछ, व्यवसायीको लागत बढिरहेको छ र त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा यो नाफा कसले कमाइरहेको छ ?’ अध्यक्ष मुरारकाले भनेका छन्, ‘दिनको एकलाख लिटर मात्रै भित्रियो भने पनि ५० लाख रुपैयाँ नाफा कमाइरहने भएपछि कसले आन्दोलन रोक्छ ? आन्दोलन कमाउने बाटो भइरहेको छ भने उनीहरुले रोक्न दिँदैनन् । ट्रकको स्कर्टिङ गर्नेसमेत आन्दोलनकारी नै छन् भन्ने सुनिएको छ । आन्दोलनकारीले नै स्कर्टिङ गरिदिए भने त्योभन्दा सुरक्षित त अरु केही हुँदैन ।’

अध्यक्ष मुरारका व्यवसायिक जीवनमा यति लामो बन्द कहिल्यै नदेखेको बताए । उनले यति लामो समयसम्म आन्दोलनजारी रहे पनि राज्य भने निदाइरहेको आरोप लगाए । ‘बन्द हुनु एउटा कुरा हो भने राज्य यसरी निदाइरहेको छ । नयाँ संविधान बनेको थियो, नयाँ सरकार बनेको थियो । तर, अहँ, सरकार निजी क्षेत्र र व्यवसायप्रति यति उदासिन होला भन्ने हामी कल्पना नै गर्न सक्दैनौ,’ उनले भनेका छन् ,‘यस्तै भए केही समयपछि बिहारमा जस्तै राज्य र गुन्डालाई कर तिरेर व्यापार गर्नुपर्ने अवस्था आउन सक्छ ।’
अध्यक्ष मुरारकाले भारतले पारवहन सुविधामा अवरोध नगरेको समेत बताएका छन् । उनले चीनसँग व्यापार गर्दा निजी क्षेत्रले सहज महसुस नगर्ने पनि बताए ।‘चीनसँग व्यापार गर्न हामी निजी क्षेत्रले त्यति सहज महसुस गर्दैनौं, चिनियाँहरुले काम गर्ने तरिका र हाम्रोबीच अन्तर छ,’ उनले भनेका छन्, ‘हाम्रै मुलुकको अनुभवले पनि त्यस्तै देखाएको छ ।’

मधेसीको अनुहारको रंग हेरेर मात्रै राष्ट्रियताको विषयमा प्रश्न गर्ने हो भने पहिचानको मुद्दा संकटमा पर्न सक्ने उनको भनाइ छ । उनले नेपालमा अलिकति उग्र राष्ट्रवाद हाबी भएको बताए । ‘राजनीतिक रुपम सही वा गलत जे होला, तर नेपालमा अलिकति उग्र राष्ट्रवाद हाबी भएको छ, नेपालका लागि यो तत्कालका लागि मात्र नभई दीर्घकालका लागि पनि राम्रो होइन ’, उनको भनाइ छ, ‘नेपालमा आम मानिसलाई भारतले नाकाबन्दी गर्यो भन्ने छ, तर भारतमा कति जनालाई यो समस्याबारे थाहा होला र !’

www.ratopati.com
१५ कात्तिक, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता गर्नुअघि उच्चस्तरीय राजनीतिक समितिको बैठक बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री निवासमा जारी बैठकमा मधेसी मोचाले उठाएको राजनीतिक मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।
आइतबारको बैठकलाई निर्णायक बनाउन उच्चस्तरीय समितिले मधेसको समस्या समाधानका लागि सरकारले चाल्नुपर्ने कदम, आजको वार्तामा हुने छलफलका एजेन्डा लगायतका विषयमा छलफल गरिरहेको छ ।
उच्चस्तरीय राजनीतिक समितिको बैठक पछि सरकारी टोली र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको टोलीबीच वार्ता हुनेछ ।
www.onlinekhabar.com
काठमाडौँ, १५ कात्तिक । नेपाली काँग्रेसले एक बिज्ञप्ति प्रकाशित गरी पार्टीका दुइजना प्रजातान्त्रिक योद्धाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
उहाँहरुको निधनबाट पार्टीले कुशल योद्धा गुमाएको भन्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं १२ निवासी सुनबहादुर गुरुङको ७१ वर्षको उमेरमा शनिबार आफ्नै निवासमा निधन भएको पार्टी मुख्य सचिव ऋषिकेश तिवारीद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
विसं २०२८ सालदेखि काँग्रेसमा आबद्ध भई काँग्रेसद्वारा सञ्चालित हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रियताका साथ उहाँ संलग्न हुनुहुन्थ्यो ।
यसैगरी पर्वत जिल्ला निर्वाचन क्षेत्र नं २, उराम गाविस निवासी पूर्णचन्द्र भुसालको ८१ वर्षको उमेरमा कात्तिक २ गते निधन भएको पार्टीले जनाएको छ ।

विसं २००७ को क्रान्तिदेखि काँग्रेसमा संलग्न रहनुभएका स्वर्गीय भुसाल काँग्रेस जिल्ला कार्यसमिति पर्वतको सदस्य, निर्वाचन क्षेत्र नं २ को पूर्व क्षेत्रीय उपसभापति, उराम गाउँ कार्यसमितिका पूर्व सभापति हुनुहुन्थ्यो । स्वर्गीय भुसाल राजनीतिक क्षेत्रमा संलग्न रहनुका साथै सामाजिक सङ्घसंस्थामा पनि आबद्ध रहँदै आउनुभएको उल्लेख गरिएको छ । काँग्रेसद्वारा सञ्चालित हरेक लोकतान्त्रिक आन्दोलनमा उहाँ सक्रिय रुपले सहभागी हुनुभएको थियो ।

www.etajakhabar.comf
कार्तिक १५, २०७२- चीनसँगको तातोपानी नाका भूकम्पपछि खुलेको तीन साता बितेको छ। व्यापारिक कारोबार सञ्चालन गर्न त्यहाँ भौतिक तथा प्रशासनिक अवस्था दुरुस्त छ। सवारी साधन दोहोरो आवज–जावत गर्न सक्ने सडक चालू अवस्थामा छ। केरुङको तुलनामा तातोपानी राजधानीसँग जोडिएको सहज र छोटो नाका हो। जुन नाकाबाट तीन दशकदेखि बर्सेनि अर्बौंको आयातनिर्यात व्यापार हुँदै आएको छ।
तर उत्तरी छिमेकी चीनले अनुदानमा उपलब्ध गराउने इन्धन ल्याउन यो नाका प्रयोग नगरी किन केरुङ छान्यो? यो अहिले धेरैको चासोको विषय बनेको छ। केरुङ तातोपानीको विकल्प होइन तर त्यसलाई पूरक नाकाका रूपमा दुवै मुलुकले प्राथमिकतामा राखेका छन्। चीनले अहिले उपलब्ध गराउने इन्धन तातोपानीबाट ल्याउन सकिएको भए काठमाडौंसम्मको दूरी छोटो पर्थ्यो । ठूला ट्यांकरसमेत सहज आवत–जावत गर्न सक्थे। केरुङ तत्कालका लागि त्यति सहज छैन। तर पनि चीनले केरुङलाई महत्त्व दिएकामा भने सरकारी अधिकारी नै आश्चर्यमा परेका छन्। ‘यसअघि बाटो खुलाउने विषयमा तातोपानीलाई महत्त्व दिइयो, अहिले इन्धन ल्याउन केरुङलाई महत्त्व दिइयो। कुरा बुझ्नै सकिएन,’ परराष्ट्र मन्त्रालयका एक अधिकारी भन्छन्। वैशाख १२ को भूकम्पपछि दुवै नाका अवरुद्ध भएका थिए। भूकम्पलगत्तै नेपालको भन्दा खासातर्फको अवस्था नराम्रो भएकाले त्यो नाका सञ्चालनमा ल्याउन नसकेको जानकारी चिनियाँले दिँदै आएका छन्। तातोपानी नाका सञ्चालनबारे छलफल भइरहेको जानकारी चिनियाँले दिएका छन्,’ परराष्ट्र स्रोतले भन्यो। तातोपानीसँग जोडिएको सरकारी भवन भत्केकाले खासाबजारबाट व्यापार गर्न असहज भएको दाबी उनीहरूको छ। उनीहरूले त्यसभन्दा अलि माथि खासाको प्रशासनिक केन्द्र न्यालोमको छेउमा रहेको छ्यासोम भन्ने स्थानमा खासा जस्तै बजार स्थापना गर्ने तयारी गरेको स्थानीयहरू बताउँछन्। नेपाल सरकारले पनि उनीहरूलाई औपचारिक रूपमा भन्सारको कार्य सबै त्यहीं पूरा गरेर सिल गर्दै नेपालको तातोपानी सुख्खा बन्दरगाहमा ल्याउन दिन आग्रह गरेको छ। त्यसमा उनीहरू सकारात्मक छन्। राजदूत डा. महेश मास्के नेतृत्वको टिमले पनि उनीहरूसँग त्यो विषयमा छलफल गरेको एक सहभागीले बताए। ल्हासाका लागि महावाणिज्य दूत रहेका हरि बस्यालले कान्तिपुरसँग टेलिफोनमा भने, ‘हामीले तिब्बत सरकारलाई विभिन्न विकल्प दिएका छौं। उनीहरूले भूकम्पले खासाका घरहरूमा क्षति पुर्‍याएकाले पुनर्निर्माण हुनेबित्तिकै तातोपानी नाका सञ्चालन हुने जनाएका छन्।’ सरकारले न्यालोमसम्म पुगेर सुख्खा बन्दरगाह ल्याउँदा सबै समस्या समाधान हुने बताएका छन्। टोलीले तातोपानीबाट इन्धनको ट्यांकर ल्याउन पनि आग्रह गरेका छन्। त्यसो गर्दा त्यहाँ ठूला ट्यांकरहरू जान सक्ने जानकारी उनीहरूलाई दिएको अधिकारीले बताए। खासाको बजारलाई व्यवस्थित बनाउने तयारी गरिरहेको तिब्बत सरकारलाई भूकम्प एक माध्यम बनेको स्थानीयवासी बताउँछन्। ‘त्यहाँका घरहरू चर्किएकाले बजार सार्ने तयारी गरेको होला’, तातोपानी गाविसका पुर्वअध्यक्ष अमृतकुमार खडकाले भने। नेपाल–तिब्बत जोड्ने मितेरी पुल नजिकको क्षेत्र जोखिमपूर्ण भएकाले विकल्पमा बाटो सिधा बनाउने तयारीसमेत भएको छ। खासाका भवन भूकम्पले भत्केको भन्दै त्यहाँका कर्मचारी, व्यवसायी र स्थानीयलाई त्यतिबेलै सिगात्से लगिएको थियो। अहिले खासा बजारमा सुरक्षाकर्मी मात्र छन्। त्यहाँबाट लगिएका धेरैले तिब्बत सरकारकै सहयोगमा सिगात्सेमै व्यवस्थित आवास पाइसकेका छन्। उनीहरूलाई व्यवसायमा समेत संलग्न गराइसकिएको छ। राजधानीबाट खासा १ सय २४ किमि र रसुवागढी १ सय ७४ किलोमिटर दूरीमा पर्छ। तातोपानीबाट सिगात्सेभन्दा केरुङबाट सिगात्से ३० किलोमिटर बढी छ। त्यस्तै केरुङ नाका भौतिक र प्रशासनिक रूपमा पनि विकास भइसकेको छैन। रसुवा भन्सारबाट व्यापारिक कारोबार सञ्चालन हुन आसिकुँडा प्रणाली, इन्टरनेट, बिजुली, कम्प्युटर नेटवर्क सबै चालू अवस्थामा हुनुपर्छ। जाडो मौसममा केरुङ खण्डमा तीन महिनाभन्दा बढी हिउँले ढाक्ने हुनाले यातायात सञ्चालन हुन कठिनाइ हुने अधिकारीहरू बताउँछन्। अहिले पनि भूकम्पपछिको पहिरोले केरुङतर्फ भत्केको सडक राम्रोसँग बनिसकेको छैन। तातोपानी नाकामा भने खासाभन्दा करिब २७ किमि टाढा नेलाम नजिकै कुनै कुनै वर्ष हिउँ पर्ने गरेको छ। ‘केरुङ नाका खोल्नु राम्रो हो,’ नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष अशोककुमार श्रेष्ठ भन्छन्, ‘तर वर्षौंदेखि सञ्चालन भएको तातोपानी नखोल्दा चाहिँ अचम्म लागेको छ।’ भूकम्पअघि खासामै थन्केको नेपालीको करोडौंको व्यापारिक सामानसमेत ल्याउन नसकिएको भन्दै उनले अस्थायी रूपमा भन्सार सञ्चालन गरेर भए पनि रोकिएको सामान ल्याउने व्यवस्था मिलाउनुपर्ने बताए।

kantipur.ekantipur.com


२०७२ कार्तिक १५ आईतवार

विराटनगर : ट्यांकर चालकले सुरक्षाको ग्यारेन्टी नहुन्जेलसम्म भारततर्फ पेट्रोलियम लिन नजाने अडान लिएका छन् । चालकले शनिबार नेपाल आयल निगमको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरअगाडि एक घन्टा धर्ना बसेर यस्तो अडान लिएका हुन् ।

शनिबार चालक भारत नगएपछि जोगबनी नाका भएर एउटा पनि इन्धन बोकेका ट्यांकर नेपाल आएनन् । भरतको बरौनी डिपोमा तेल भर्न गएका चालक र सहयोगीलाई भारतीय प्रहरीले तीन दिनअघि जोगबनीमा कुटपिट गरेको थियो । शान्तिसुरक्षाको प्रत्याभूत गर्न चालकले माग गरेका छन् ।

अखिल नेपाल यातायत मजदुर संगठन विराटनगरका सचिव सन्तोषकुमार बुढाथोकीले ढुवानी नरोक्न पहल भइरहेको जानकारी दिँदै भने, ‘सुरक्षा नहुने हो भने भारततिर तेल लिन जान सक्ने अवस्था भने छैन । तर हामीले जान चालकलाई मनाउने काम गरिरहेका छौं ।’


मजदुरको समस्या समाधानका लागि छलफल भइरहेको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले बताए । उनले भने, ‘असुरक्षित भएकैले चालकले जान मानेका छैनन् ।’

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले भारतीय सुरक्षा निकायसमक्ष कुटपिटमा संलग्न भारतीय प्रहरीको पहिचान गरेर कारबाही गर्न माग गरिएको जानकारी दिए । जोगबनी नाकाबाट शनिबार इन्धन नआए पनि औद्योगिक कच्चा पदार्थसहित ८० भन्दा धेरै गाडी नेपाल भित्रिएका छन् ।

भारतीय प्रहरीले चालकलाई कुटपिट गरेको विषयमा प्रशासनले समेत गम्भीरता प्रकट गरेको छ । शुक्रबार भने विराटनगरमा एक सय २५ इन्धन बोकेका ट्यांकर आएका थिए ।
www.annapurnapost.com
काठमाडौं, १५ कात्तिक । जनकपुरमा बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दीसहितका आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउन अन्य घटकले ध्यान नदिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
जनकपुरमा शनिबार राति अबेलासम्म बसेको मोर्चाको बैठकमा अध्यक्ष महतोले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्टि जनाउनु भएको हो ।
अध्यक्ष महतोलाई उदृत गर्दै स्रोतले भन्यो, ‘तपाईहरूले नाकाबन्दी गर्नका लागि लिएको जिम्मेवारी राम्रोसँग बहन गर्नुभएन । म लगातार वीरगञ्ज नाकामा बसेर नाकाबन्दी लगाएको छु । तपाईहरूको यस्तो कार्यले आन्दोलन कमजोर हुन्छ ।’
अध्यक्ष महतोको आरोपपछि ठाकुर र यादवले आफूहरूको बचाउ गर्नुभएको थियो । उहाँहरूले आगामी दिनमा आ–आफ्ना पार्टीले पाएका जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको स्रोतको भनाइ छ ।
बैठकमा हालसम्म भएको आन्दोलनको समीक्षा, थाप आन्दोलन, सरकारसँगको वार्ता र कसरी अगाडि बढ्ने विषयमा पनि छलफल भएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो । उहाँले मोर्चाको बैठक आज पनि बस्ने र वार्ता सकारात्मक रुपमा अगाडि बढ्न नसके आन्दोलन चर्काउनु बताउनुभयो ।
उपेन्द्र यादवले विराटनर र महन्थ ठाकुरले भैरहवा भन्सार नाका बन्द गर्ने पूर्वघोषित कार्यक्रम थियो । तर वीरगञ्ज नाकाबाहेक अन्य नाकामा मधेसी मोर्चाको खासै प्रभाव छैन ।
मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले अषोषित रुपमा नाकाबन्दी लगाउँदै आएको छ । भारत र मधेसी मोर्चाको नाकाबन्दीले नेपाली जनताले झण्डै तीन महिनादेखि सास्ती व्यहोर्दै आएका छन् ।
जनताले सास्ती वेहोरे पनि सरोकारवाला निकायले खासै ध्यान नदिएको गुनासो बढ्दै गएको छ । सरकारले जनतालाई दिनुपर्ने आफ्नो दायित्व मधेसी मोर्चाको टाउकोमा थोप्रै आएको छ ।
dainiknepal.com
आइतबार, १५ कार्तिक
काठमाडौ । निवर्तमान राष्ट्रपति डा. रामवरण यादवसहित अवकाशप्राप्त विशिष्ट व्यक्तिलाई सरकारले विशेष निर्णय गरी सुविधा दिने तयारी गरेको छ ।
गृह मन्त्रालयको छलफलमा पूर्वराष्ट्रपतिलाई मात्र निवास सुविधा दिने तय भएको छ ।पूर्वराष्ट्रपति डा. यादव, उपराष्ट्रपति परमानन्द झा, पूर्वसभामुख सुवास नेम्वाङलाई विशेष निर्णय गरी सुविधा दिन लागिएको हो ।
गृहको प्रस्तावमा पूर्वराष्ट्रपति डा. यादवलाई निवास निर्माण नभएसम्म घरभाडा, एउटा गाडी, मासिक दुई सय लिटर इन्धन, गाडी मर्मत खर्च, मसलन्द तथा अतिथि सत्कार खर्च दिने उल्लेख छ।
त्यस्तै, निजामती कर्मचारीबाट एक अधिकृत, एक नासु र दुई कार्यालय सहयोगी पूर्वराष्ट्रपतिको निवासमा खटाइनेछ । अतिथि सत्कार खर्च कति दिने भन्ने निश्चित भइसकेको छैन । डा. यादव बिहीबार नै शीतलनिवासबाट बागडोल सरिसकेका छन् ।
निवर्तमान उपराष्ट्रपति परमानन्द झालाई अवकाशपछि घर मर्मत खर्च, गाडी, मसलन्द खर्च, मासिक एक सय ७५ लिटर इन्धन सुविधा दिने प्रस्ताव गृहको छ । त्यस्तै, एक अधिकृत र एक कार्यालय सहयोगी खटाइनेछ ।
पूर्वसभामुख सुवास नेम्वाङलाई पनि एउटा गाडी, मासिक एक सय ७५ लिटर इन्धन, केही अतिथि सत्कार खर्च, गाडी मर्मत खर्च दिने प्रस्ताव गरिएको छ ।
पूर्वसभामुखका लागि पनि एक नासु र एक श्रेणीविहीन कर्मचारी खटाइनेछ । नेम्वाङलाई मात्र यो सुविधा दिने प्रस्ताव गृहले अघि बढाउन लागेको छ ।
पूर्व विशिष्ट व्यक्तिको सुविधासम्बन्धी कानुन नभएकाले तीनजनाको सुविधाका लागि विशेष प्रस्ताव मन्त्रिपरिषद् लैजान लागिएको गृहका एक अधिकारीले बताए । अाजकाे नयाँ पत्रिकामा समाचार छ।
www.nepalsandesh.com
१५ कात्तिक, काठमाडौं । ग्यास उद्योगीले शुक्रबार राजधानीका सर्वसाधारण उपभोक्तालाई शनिबार ग्यास बाँड्ने ‘ललिपप’ देखाए । दुई महिनादेखि ग्यास सकिएर यताउता भौतारिरहेका उपभोत्ता शनिबार बिहान तीन बजेदेखि नै नजिकको डिपो पुगेर सिलिन्डरसहित लाइन बसे ।
१२ घन्टा लाइन बस्दा पनि उनीहरुले ग्यास भने पाएनन्, कोही टोकन लिएर त कोही रित्तो सिलिन्डर मात्रै बोकेर फर्किए ।

दिउँसो तीन बजेमात्र उपभोत्ताले थाहा पाए- डिपोमा ग्यासै रहेनछ, उद्योगीले बाँड्ने भनेर पंगु पो बनाएछन् । काठमाडौंमा भएका करिब एक दर्जन ग्यास उद्योगले शुक्रबार २० बुलेट ग्यास आफ्नै उद्योग भित्र छिराएका थिए । त्यही ग्यास एक सिलिन्डरमा आधा भरेर उपभोक्तालाई बाड्ने निर्णय उनीहरुको थियो ।
उनीहरुको यो निर्णयले उपभोक्तालाई धेरै आशा जगाएपनि उद्योगीहरुले रातारात अर्बौ कमाउने लोभमा उक्त ग्यास प्रतिसिलिन्डर आठ देखि १० हजार रुपैयाँ लिएर तारे होटल र अन्य होटल रेस्टुरेन्टमा बेचेको खुलासा भएको नागरिक दैनिकमा खबर छ । ग्यास उद्योगीले कालोबजारी गरेको रहस्य खोल्दै ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भने ‘एकैरातमा अर्बो कमाउन सकिन्छ भने किरोडमा किन आँखा लगाउँथे’ उनले भने ‘यो सर्वसाधारण उपभोत्तामाथि ठूलो धोका हो । राज्यले यसबारे तुरुन्त छानबिन गरेर दोषी उद्योगीमाथि कारबाही गर्नुपर्छ ।’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
टिओके विश्लेषक ।
नेपाली जनतालाई दुख दिने थप धेरै योजना कार्यान्वयन गर्नसक्छ ।

सुरुमा अघोषित भएपनि अन्तत -भारतीय नाकाबन्दी घोषित नै हुन पुगेको छ । दुई देशका उच्च अधिकारीले नाकाबन्दीका विषयमा पटक–पटक वार्ता गरे पछि यो स्वतह घोषित भएको हो ।


भर्खरै प्राप्त समाचार अनुसार भारतले आफ्नै विदेश मन्त्रालयको युटुव अकाउन्टवाट नेपालको विखण्डन गर्ने लगायतका प्रचार सामाग्री पोष्ट गरेको छ । मधेस आन्दोलनको प्रत्यक्ष रुपमा वकालत गर्दै आएको भारतले आफूलाई समग्र मधेसको सारथीको रुपमा चित्रण गर्दै आएको छ । र, आजका मितिसम्म आइपुग्दा उसले घुमउरो भाषामा मधेसलाई नेपालवाट स्तन्त्र गराउने इच्छा प्रदर्शन गरेको छ । खुला सीमाना, नेताहरुको भारत भक्ति र भारतीय हेपाहा, पेलाहा र निर्रलज्ज नीतिका कारण उसले धेरै हदसम्म नेपाल र नेपालीलाई दुख दिन सक्छ ।

दैनिक उभोग्य बस्तु रोक्ने कार्यलाई संसारले मानिस माथिको अपराधको रुपमा परिभाषित गर्दै आएको छ । यसअर्थ नाकाबन्दी गरेर भारतले नेपाली जनताको बाँच्न पाउने अधिकार माथि नाकाबन्दी गरेर अपराध मच्चाइरहेको छ । प्रश्न उठ्न थालेको छ, भारतले अव केसम्म गर्न सक्छ नेपालमाथि ? टिओके डेस्कले यही प्रश्नको जवाफ खोज्ने जमर्को गरेको हो ।

भारतले नाकाबन्दी अझ कडा बनाउन सक्छ । मधेसी नेताहरुलाई उकासेर स्वतन्त्र राज्यको माग गराउन सक्छ । सीमा मिच्ने कार्यलाई अहिलेको तुलनामा अझ बढाउँदै लानसक्छ । उसको पक्ष नलिने नेताहरुलाई भौतिक रुपमा सकाउन सक्छ । र नयाँ संविधान कार्यान्वयन हुन नदिने र भयानक अराजक स्थिति निर्माण गराउन सक्छ । भारतको शक्ति र नियतले गर्नसक्ने ५ कार्य यिनै हुन् ।

भारतले दक्षिण एसियाका कुनैपनि देशसँग सुमधुर संवन्ध स्थापित गर्न सकेको छैन । अझ धेरैजसो देशसँग उसको संवन्ध चिसो छ । छिमेकी देश, मित्र राष्ट्र, स्वतन्त्र राष्ट्र आदिसँग कसरी र कस्तो संवन्ध राख्नु पर्छ भन्ने हेक्का भारतीय सरकारले राख्न सकेको पाईदैन । पेल्ने, छल्ने, झुक्याउने, हेप्ने, मनपरी गर्ने, सके खाने प्रकारको छवी भारतले स्थापित गरेको छ । नेपाल माथि भारतले अहिले जारी राखेको ज्याजती यिनै गुणको परिणाम मात्र हो ।

यसका बावजुद पनि हाम्रो नेतृत्व र सरकार सही रुपमा चल्न सकेको खण्डमा भारतलाई संसारभरी नांगेझार पार्न सकिन्छ । यही कारण उसलाई घुँडा पनि टेकाउन सकिन्छ ।

यस्तो गर्नसक्छ
१. नाकाबन्दी अझ कडा बनाउँदै लान सक्छ ।
२. मधेसी नेताहरुलाई उकासेर स्वतन्त्र राज्यको माग गराउन सक्छ ।
३. सीमा मिच्ने कार्यलाई अहिलेको तुलनामा अझ बढाउँदै लानसक्छ ।
४. उसको पक्ष नलिने नेताहरुलाई भौतिक रुपमा सकाउन सक्छ ।
५. नयाँ संविधान कार्यान्वयन हुन नदिने र भयानक अराजक स्थिति निर्माण गराउन सक्छ ।timesofkathmandu भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
निकै उत्साहदायक दिन रहनेछ,पुराना साथी संगको भेटघाटले नंया उर्जाको प्रबाह हुनेछ,आर्थिक कारोबारमा उल्लेख्य सुधार आउनेछ, प्रितिकारक समय रहनेछ भने मनोरन्जनात्मक रुपमा समय व्यतित हुनेछ,आजको लागि शुभ अंक ६,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब इष्टदेबको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
संचित धनको नोक्सानि हुन सक्छ,बोलीको शक्ति भने यथावत रहनेछ,छोटा र महत्वपूर्ण यात्राको अवसर मिल्नेछ,कृषिजन्य ब्यबसायमा मनग्य लाभ उठाउन सक्ने अबस्था आउनेछ,नहड्बडाइ काममा लागे सफलता मिल्नेछ,आजको लागि शुभ अंक ५,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब लक्ष्मी नारायणको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
मनोरंजानात्मक कार्यमा समय व्यतित हुनेछ,मिष्ठान्न भोजन संगै रमाइलो यात्राको अवसर जुट्नेछ,पराक्रमी काम गर्ने प्रेरणा मिल्नेछ,पढाई लेखाइमा सकारात्मक सुधार हुने समय छ,सहोदरमा खटपट आउन सक्छ आजको लागि शुभ अंक १,शुभ रंग छिर्केमिर्के हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नम शिवाय योमन्त्र जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
सर-सामान हराउन सक्नेछ भने बहुमुल्य बस्तुको क्षति हुन सक्छ,आफन्त संगको सम्बन्धमा कमजोरी आउन सक्नेछ,हात लागेको सफलता आफ्नै हेल-चेक्र्याईले फुत्कन सक्ने देखिन्छ,जरुरि काम बाहेक यात्रामा ननिस्कनु उचित हुनेछ,आजको लागि शुभ रंग रातो,शुभ अंक २ हो भने कामको सुरुवात गर्नु पुर्ब ॐ बृं बृहस्पतये नमःयो मन्त्र उच्चारण गरेर अगाडी बढे सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
विशिष्ट व्यक्ति संगको भेटघाट र सामिप्यताले दिर्घकालिन योजनाको थालनी गर्न बिशेष सहायता प्रादान गर्नेछ,माता पिताको लागि समय खर्चिनु पर्ने देखिन्छ,ब्यबसायिक क्षेत्रमा सुधारको संकेत देखिनेछ,आजको लागि शुभ अंक ९,शुभ रंग कलेजी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सों सोमाय नमः यो मन्त्र १६ पटक स्मरण गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
धार्मिक कार्यमा समय बित्नेछ,समाजको लागि बिशेष महत्वपूर्ण भूमिका निर्बाह गर्नु पर्ने समय आएकोछ,इज्जत प्रतिष्ठाको वृद्धि हुनेछ भने तपाइको कामको सबैले प्रशंशा गर्नेछन,हतारो पनले काममा बिध्न ल्याउन सक्छ,आजको लागि शुभ अंक ७,शुभ रंग हरियो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कुलदेबताभ्यो नमः यो मन्त्र सम्झेर अगाडी बढे सफलता हात लाग्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
शरीरमा चोटपटक लाग्न सक्छ,सहकर्मी मित्रहरुबाट असहयोगका साथै बिस्वासघात  हुनसक्छ,रिस बढ्नाले काममा अबरोध ल्याउन सक्छ,संयमित भएर चलाखी पूर्ण रुपमा अगी बढ्नुपर्ने समय छ,आजको लागि शुभ अंक ५,शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ रां राहबे नम: यो मन्त्र जपेर अगाडी बढे सफलता हात लाग्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
बहुमुल्य रत्न तथा उपहार हात लाग्न सक्ने समय छ,प्रेम सम्बन्धमा सकारात्मक उर्जा प्राप्ति हुने देखिन्छ,लामो र फाइदा जनक यात्राको सम्भाबना देखिन्छ,पशु जन्य व्यवसायमा निकै सफलता हात लाग्नेछ आजको लागि शुभ अंक ४,शुभ रंग घ्यु रंग हो भने,कुनै काम सुरुवात गर्नु पहिले ॐ नमो भगवते बासुदेबाय यो मन्त्र १२ पटक जप गरेर अगाडी बढे उत्तम फल हात लाग्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
शत्रु परास्त गर्न सकिनेछ,विरोधीहरु तपाइको सहयोगी बनेर आउनेछन्,बिग्रेको स्वास्थ्यमा क्रमिक सुधारको लक्षण देखिनेछ, बिपरित लिंगी संग साबधानी पुर्बक गरिएको सहकार्यले ब्यापार व्यवसायमा फाइदा पुर्याउने देखिन्छ,आजको लागि शुभ अंक ७ शुभ रङ्ग निलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ शं शनिश्चराय नमः यो मन्त्र २३ पटक जपेर अगाडी बढे शुभ हुनेछ।
मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पढाइ लेखाइमा बिशेष अवसर मिल्नेछ,साहित्यिक लेखनमा रुची बढ्नुको साथै त्यस्ता कार्यक्रमहरुमा सहभागी भइएला,सन्तानको उन्नतिमा मन रमाउनेछ, खानपान र यात्रामा कमजोरी आउनाले स्वास्थ्य केहि बिग्रन सक्ने देखिन्छ आजको लागि शुभ अंक २,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुमार कार्तिकेय भगवानको स्मरण दर्शन पूजा गरेर अगाडी बढे राम्रो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
मनमा चंचलता बढ्नेछ भने बिभिन्न किसिमका खराब सोचाइहरु बढ्न सक्ने अवस्था छ,पारिवारिक स्वास्थ्यमा खराबी आउनेछ, आफन्त संग झैँ-झगडा हुन सक्ने देखिएकाले बिबादबाट टाढा रहनु होला,आजको लागि शुभ अंक १ शुभ रंग हल्का रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब भगवती देबीको दर्शन पूजा गरेर अगाडी बढे सफलता हात लाग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
प्रशस्त धनार्जन गर्ने अवसर मिल्नेछ,साथि संगी संगको महत्वपूर्ण भेटघाटमा समय बित्नेछ,सहयोगीहरुको संख्या बढ्नेछ भने सामाजिक र राजनैतिक रुपमा बिशेष ख्याती कमाइनेछ,पढाइ लेखाइमा सुधार आउनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग खैरो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ कें केतवे नमः यो मन्त्र २७ जप गरेर अगाडी बढे सफलता हात लाग्नेछ।

पटकआइतबार, १५ कार्तिक
काठमाडौ । सरकारले शनिबारदेखि आधा सिलिन्डर ग्यास वितरण गर्ने भने पनि अधिकाश उपभोत्ताले ग्यास पाएनन् ।
सरकार र उद्योगले उचित व्यवस्थापन गर्न नसक्दा लाइनमा बसेका उपभोक्त्ता रित्तै घर फर्किन बाँध्य भए । गयस उद्योगीले शनिबार डिलर मार्फत बिक्रि गर्न सुचनासार्वजनिक गरेकोले अधिकांश ठाँउमा बिहानै देखि डिपोको अडगाडी खाली सिलन्डरको लाइन थियो ।
तर मध्यान्नतिर वितरण ग्यास वितरण नगर्ने भएपछि लाइनमा बसेकाहरु निरास भएर फकिएका थिए । आजको नागरिकमा समाचार छ ।
ww.nepalsandesh.com
महेन्द्रनगर, १४ कात्तिक । थरुहट/थारुवान संघर्ष समितिले कञ्चनपुरको वेदकोटमा विरोधसभा आयोजना गरेको छ ।
कञ्चनपुर, कैलाली सहितको चितवनसम्म थरुहट राज्य हुनुपर्ने माग राख्दै थरुहट तराई पाटी नेपालका केन्द्रिय सदस्य कृति बहादुर थापामगरको नेतृत्वमा आयोजना गरिएको सभामा कैलाली–कञ्चनपुर कब्जा गर्ने चेतावनी दिइएको छ ।
विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य थापाले नयाँ बनेको सविधानमा थारुहरुको माग सम्बोधन नगरेको भन्दै अब वारपारको आन्दोलन गर्ने चेतावनी दिए ।
सभाका प्रमुख अतिथि थरुहट तराई पार्टी नेपालका केन्द्रिय अध्यक्ष भानुराम थारुले आफूहरुको माग पुरा नभए, कञ्चनपुर र कैलालीका गाउँ,सहर कब्जा गर्ने चेतावनी दिए । कञ्चनपुरदेखि झापा सम्मका २२ वटा जिल्लामा ४३ प्रतिशत थारु मात्र रहेको र ५७ प्रतिशत भने गैर थारु रहेको थारुले दाबी गरे ।
dainiknepal.com
टोकियो (जापान) – जापानमा भएको सवारी दुर्घटनामा एकजना नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला कल्लेरी–२ का ३० वर्षीय मनोज खतिवडा रहेका छन् ।

एहिमे प्रान्तको माचुयामा सहरमा रहेको आना होटलमा कार्यरत खतिवडा छ वर्षअघि अध्ययनका लागि जापान आएका थिए । काम सकेर घर फर्कदा सडक पार गर्ने क्रममा गएराति १२ः५० मा एहिमेको माचुयामा सहरमा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो । गम्भीर अवस्थामा उपचारार्थ लगिए पनि स्थानीय अस्पतालले राति १ः३० बजे मृत घोषणा गरेको थियो ।

जापानको मध्यपश्चिम क्षेत्रअन्तर्गत ओसाका र फुकुओकाबीचमा पर्ने एहिमे प्रान्तको माचुयामा सहरमा बस्दै आएका खतिवडाले दुई वर्षे भाषा अध्ययन र दुई वर्ष प्राविधिक शिक्षा पूरा गरी ओसाकाको हायात होटलबाट एक वर्षअघिमात्र आना कम्पनीमा प्रवेश गरेका थिए ।

www.ratopati.com
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय नाकामा जारी राखेको बन्दका कारण नेपाली बजारमा उपभोग्य वस्तु पाउन छाडिएको छ ।

मोर्चाका कार्यकर्ताले दैनिक उपभोग्य सामग्री भारतबाट ल्याउन नदिएको आम जनताले गुनासो गर्न लागेका छन् ।

खाद्य सामग्री भारतीय प्रहरीले सीमामा रोक्ने गरेको तथा नेपालमा आन्दोलनकारीले नाकाबन्दीका नाममा जबर्जस्ती सामान खोस्ने र पैसा माग्ने गरेको सर्वसाधारणले बताएका छन् । मोटरसाइकलको पेट्रोल मोर्चाका कार्यकर्ताले निकाल्ने गरेका छन् ।



भारतबाट मालसमान ल्याई कालोबजारी गर्न लागेको भन्दै नाकाबन्दी कडा बनाएको मोर्चाका एक नेताले जानकारी दिए । केही मानिसले भारतबाट मोटरसाइकलमा पेट्रोल र मालसमान ल्याई दोब्बर मूल्यमा बेच्ने गरेकाले सीमा नाकामा कडा पारिएको मोर्चाले जनायो ।

यता बन्द र हडतालको नाममा मधेसी मोर्चाका कार्यकर्ताले सर्वसाधारणलाई अनाहकमा दुःख दिने गरेको पनि देखिएको छ । मोर्चाका कार्यकर्ताले चन्दा असुली गरेर आफूलाई दुःख दिएको उल्लेख गर्दै विद्युतीय रिक्सा चालकले जनकपुरमा प्रदर्शन गरेका छन् । उनीहरूले रिक्सासहित जनक चोकमा धर्नासमेत दिएका थिए ।

मधेसी मोर्चाले आह्वान गरेको हडतालमा जनकपुरबाट सीमावर्ती जटहीसम्म यात्रु ओसारपसार गर्ने विद्युतीय रिक्सा चालकसँग बाटोमा प्रतिखेप रु १०० देखि २०० असुली गर्ने गरेको आरोप सम्बद्ध चालकले लगाएका छन् । रु १०० बुझेको ‘सङ्घीय मधेसी मोर्चा’ को रसिद देखाउँदै लोहनाका चालक मोहम्मद बेचनले भने, “रुपैयाँ असुली गर्ने युवकलाई रसिदमा सही गरेर दिनुभन्दा उल्टै गालीगलौज गरे ।”

मोर्चा कार्यकर्ताको नाममा पछिल्लो करिब दुई महिनादेखि निरन्तर चन्दा असुली गरिँदै आएको आरोप उनीहरूको छ ।

यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध सद्भावना पार्टीका केन्द्रीय सदस्य लालकिशोर साहले विद्युतीय रिक्सा चालकले उठाएको विषयमा मोर्चाभित्र गम्भीर छलफल गरिने प्रतिक्रिया दिएका छन ।nepaliheadline भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पर्सा । नेपाल–भारतबीच पर्ने रक्सौल नाका आजदेखि ४८ घन्टाका लागि सिल गरिएको छ । विहारमा जारी विधानसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिने उद्देश्यका साथ भारतीय पक्षले नाका सिल गरेको बताइएको छ ।
विहार राज्यको मोतिहारी, मुजफ्फरपुर, सीतामढी, बेतिया र बगहालगायत ४९ सिटका लागि  आइतबार मतदान हुनेछ । मतदान सम्पन्न भएपछि सोमबार बिहानैदेखि सीमालाई सञ्चालन गरिने भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
रक्सौल नाका सिल भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनुका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
यसैबीच, विहारको निर्वाचनलाई दृष्टिगत गर्दै वीरगन्ज भन्सारको बेरियरसमेत खसाइएको छ ।
विहारमा हुन लागेको चौथो चरणको मतदानका लागि बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासी जिल्लासँग जोडिएका भारतीय सम्पूर्ण नाकालाई समेत ४८ घन्टाका लागि सिल गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।
www.nepalsandesh.com
काठमाडौं । निकै लामो समय पश्चात् मुलुकको सबै कायृकारी र प्रमुख पदहरु कम्युनिष्टले हात पारेका छन् । बिक्रम सम्वत् २००४ सालमा सुरु भएको कम्युनिष्ट आन्दोलनको इतिहाँसमा सबैभन्दा ठुलो उपलब्धी हात लागेको हो ।
राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, उपराष्ट्रपतिमा एमाओवादी नेता नन्दबहादुर पुन निर्वाचित भएका छन् । उनीहरु दुवै कम्युनिष्ट हुन् र विचार पनि लगभग मिल्छ ।
यस्तै देशको कायर्कारी प्रमुखमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् र उनी पनि कम्युनिष्ट हुन् । यस्तै देशको गृह, उर्ज, रक्षा, स्थानीय विकास लगायतका महत्वपुर्ण मन्त्रालयमा पनि कम्युनिष्ट नेताहरुले नै राज गर्दैछन् ।
संविधान जारी पश्चात् नेपाली कांग्रेसले सहमतिय राजनीति नगर्ने संकेत दिएपछि दुई ठुला कम्युनिष्ट दलहरु एक ठाउँमा आएर राज्य शक्ति बाँडफाँड गरेका हुन् ।
आम नेपाली जनतालाई मुक्तिको नारा दिने कम्युनिष्टहरुको सत्ता भएका बेला जनताले पनि राम्रै आश गरेका छन् । हेरौं, जनताले भने के के पाउने हुन् ।
www.nepalsandesh.com
लुम्बिनी (रुपन्देही) : देशका अन्य नाकाको अवरोध जारी रहे पनि रुपन्देहीको बेलहिया नाकाबाट भने निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेका छन् ।

मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेका छन्।


रुपन्देहीको बेलहियाका नाकाबाट मात्रै बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको तथा २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिए।

उनका अनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् ।

उनका अनुसार आज बिहानैदेखि गाडी नेपाल आइरहेका छन्। भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले जनाएको छ ।

भारतीय नाका सुनौली हुँदै ठूलोमात्रामा डिजेल तथा पेट्रोलका गाडी रुपन्देही आए पनि जिल्लामा पेट्रोलियम पदार्थको हाहाकार यथावत् छ ।

सरकारले सम्बन्धित नाकाबाट आएको पेट्रोलियम पदार्थ सम्बन्धित जिल्लामा २५ प्रतिशत राखेर बाँकी काठमाडाँै पठाउन गरेको निर्देशनप्रति पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एसोसिएसनका महासचिव हरिराम कसौधनले विज्ञप्ति जारी गर्दै बेलहिया नाकाबाट आएको पेट्रोलियम पदार्थमध्ये ५० प्रतिशत रुपन्देहीमा राख्नुपर्ने जनाएको छ । रासस
annapurnapost.com

सप्तरी, १४ कात्तिक । सप्तरीको राजविराज नगरपालिकामा केही दिनयता चौरीको घटनामा वृद्धि भएको छ । पछिल्लो पटक गए राति राजविराज नगरपालिका–५ स्थित सदभावना पार्टीका केन्द्रीय सदस्य तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता हरेकृष्णप्रसाद सिंहको घरमा चोरी भएको छ ।
घरमा कोही नभएको मौका छोपी चोरले घरभित्र रहेको नगद जिन्सी, गरगाहना तथा भडाकुडा गरी करिब रु १० लाख बराबरको चोरी गरेका पीडित सिंहले बताउनुभयो ।
प्रहरीले भने चोरी गर्नेको तीव्र रुपमा खोजी भइरहेको जनाएको छ । रासस
dainiknepal.com
नेपाललाई गर्न सकिने सहयोगबारे छलफल हुँदै 
काठमाडौं, १४ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरी मानवीय अधिकारको हनन गर्दै आइरहेको भारतलाई संयुक्त राष्ट्रसंघले कारवाही गर्ने तयारी गरेको छ ।

नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे चासो राख्दै संयुक्त राष्ट्रसंघले आगामी सुरक्षा परिषद् बैठकमा भारतलाई कारवाही गर्ने विषयमा छलफल हुने जनाएको हो । हाल आफूलाई सुरक्षा परिषदमा स्थायी सदस्य दिनुपर्ने माग गरिरहेको भारतलाई अस्थाई सदस्यबाट समेत हटाउने बारेमा राष्ट्रसंघले तयारी गरेको हो ।
यद्यपी त्यसका लागि नेपालले आधिकारिक रुपमा भारतले नाकाबन्दी गरेको भनेर सुरक्षा परिषद बैठकमा जानकारी गराउनुपर्नेछ । यस विषयमा राष्ट्रसंघका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टमेनले प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार टेलिफोन संवाद गर्नुभएको छ ।
राष्ट्रसंघद्धारा जारी वक्तव्यमा सुरक्षा परिषद् बैठकमा नेपालको मानवीय संकट र भारतीय नाकाबन्दीका विषयमा छलफल हुनुअघि उपमहासचिव फेल्टमेनले नेपालसँग सम्पर्क गर्नुभएको हो । फोनवार्तामा प्रधानमन्त्री ओली र निवर्तमान प्रधानमन्त्री कोइरालाले स्पष्ट जवाफ दिन नसकेको र पछि नेपालले आधिकारिक धारणा पठाउने कुरा राष्ट्रसंघलाई जानकारी गराउनुभएको थियो ।
यसपटकको सुरक्षा परिषद बैठकमा अहिलेको विषम परिस्थितीमा नेपाललाई गर्न सकिने सहयोग बारे समेत छलफल हुने जनाइएको छ ।

सुरक्षा परिषद् बैठकमा यस्ता संकटबारे छलफलहरु हुने गरेपनि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भारतीय नाकाबन्दीका कारण परेको मानवीय समस्याबारे केही बोल्न सकेको छैन । पारवहान असहज भएको र छिमेकी भारतसँग छलफल भइरहेको मात्र भनिरहेको छ ।
यसअघि युरोपेली संघले पनि भारतलाई नाकाबन्दी खोल्न र नेपालको असहज परिस्थितीलाई सहज बनाउन निर्देशन दिइसकेको छ ।दैनिक नेपाल
काठमाडौं:  दुईसय भन्दा बढी यात्रु बोकेको रसियन जहाज बेपत्ता भएको छ।

एजेन्सीका अनुसार २ सय १२ जना यात्रु बोकेर इजिप्टबाट रुसका लागि उडेको जहाज शनिबार सम्पर्कबिहिन भएको छ । जहाजमा रुसी पर्यटक छन् ।


जहाज इजिप्ट क्षेत्रमा दुर्घटनामा परेको आशंका गरिएको छ । तर आधिकारिक रुपमा पुष्टि भएको छैन। विस्तृत विवरण आउन बाँकी छ ।
annapurnapost.com
आदरणीय उपेन्द्र यादवजी तपाइले भन्नुभएछ हामिलार्इ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको धोती चाहियो । हुनत तपार्इं म भन्दा धेरै बौद्धिक मान्छे म सामान्य कलाकार मात्रै हूँ । तर तपार्इंको भनार्इमा तपार्इं कहाँ चुक्नु भो भने २२ जिल्लाको धोति मात्रै होइन ७५ जिल्लाको सिरक नै तपार्इंकै होइन ? केहि अबुझहरूलार्इ छोडने हो भने अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाइ पर राष्ट्मन्त्री हुँदा हाम्ले मधेसको परराष्ट्र मन्त्रिको हिसाबले बुझेनौं ।
रामवरणजी, परमान्नद जी लार्इ राष्ट्रपतिकै हिसाबमा झुकेर सलाम गर्यौ, मेरो र मेरो छोरीको कति साथिहरू मधेसी छन् घरमा आउँदा कहिले मधेसी आको होइन आफन्त नै आको व्यवहार प्रस्तुत गर्ने गर्छौ । तपार्इंका कतिपय आन्दोलन हॉक्नेहरूले पहाडीया केटी बिहे गर्नु भएको छ, सोध्नुस् उहॉहरूलार्इ काठमान्डौले उहॉहरूलार्इ ज्वॉइको आतिथ्यता दिन कहिले कन्जुसी गरेको छ ? अहिले राज्य बॉडफाडमा पनि लगभग सबैका भागमा ७, ८ जिल्ला नै परेको अवस्थामा तपार्इंलाइ यो ८ जिल्ला कछाड लाग्यो ? हामि पहाडका लागि पनि सुरूवाल होइन, कट्टु नै भागमा परेको छ । सबै मधेसीलार्इ एउटै मधेस, सबै पहाडियालार्इ एउटै पहाड चाहिएको थियो भने संघीयतामा जाने निर्णय किन गर्नु भो एउटै नेपाल (सिरक र डस्ना) नै थियो नि । आफ्नो पबवत्र भूमि जहॉ जानकी मन्दिर पनि पर्छ त्यसलाई कछाड र लगौटी जस्ता तुच्छ वस्त्रसंग तुलना नगर्नुस् । राज्यको गहना भनिने तर कुनै पनि सरकारी ठॉउमा हैसियत नराख्ने कलाकारीता गरेर हिँडेको सानो मान्छेको दिमागमा जे आयो त्यो लेखेँ । दाउरामा पकाको अधकल्चो भात खाएर हिँडेका, बसको छतमा झुन्डिँदा झुन्डिँदा थकित जनतालार्इ देख्दा जे महसुस भो त्यो विचारलाइ यहाँ पोखेँ । यस्तो अवस्थालार्इ देख्दा थाम्न सकिएन र लेख्न बाध्य भएँ । के संविधान यी दुःख पाउने जनताले लेखेका हुन् ? तपार्इंहरूले नै लेख्नु भाको हो, असफल हुनु भाको भए पनि तपाइ नेताहरू नै भाको हो । असफल हुने तपार्इंहरू सजायँ पाउने जनता ? यो कस्तो बिडम्बना हो ? त्यलैले एक चोटी विचार गरिदिनुहोला गल्ति भए माफि चाहन्छू । जय मधेस, पहाड, हिमाल । जय नेपाल ! www.etajakhabar.com
बुखारेष्ट, १४ कात्तिक । रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको बताइएको छ ।
गएराति खचाखच भरिएको एक रात्रि क्लबमा अकस्मात आगलागी भएको थियो । अधिकारीहरुले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् । सो क्लबमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । जसका रकाण मृत्यु हुने व्यक्तिको सङ्ख्यामा पनि बृद्धि हुन सक्नेछ । रोमानियाको गृह मन्त्रालयले दिएको जानकारीअनुसार घाइतेहरलाई नजिकैका अस्पतालहरुमा भर्ना गरिएको छ ।
शुक्रबार राति एक नयाँ गिती एल्बम बिमोचन गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रममा खचाखच मात्रामा सहभागी रहेका थिए । कतिपयले सो आगलागी अगाडि एक विस्फोट पनि भएको बताएका छन् । तर उद्वारको कार्यमा खटिरहेको प्रहरीले भने त्यस्तो विस्फोट नदेखिएको बताएको छ ।
प्रहरीले आफ्नै कारणले रात्रि क्लबमा आगलागी मात्र भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताएको छ । उक्त एल्बम एक लोकप्रिय ब्यान्डको रहेकोले सो समयमा उक्त क्लबमा ३०० देखि ४०० जनासम्मको उपस्थिति रहेको बताइएको छ ।
ती मध्ये केही व्यक्तिमात्र भाग्न सफल भएका थिए । क्लबमा नाचगान चलिरहेका बेला अकस्मात आगलागी सुरु भएको थियो । रासस/एपी
dainiknepal.com
सप्तरी–जिल्लाका एक पुरुषले आफ्नी १५ वर्षिय छोरीलाई वन्दुक देखाई वलात्कार गरेका लासा भएको छ । रक्सीले मातेका ती पुरुषले १५ वर्षिया छोरीलाई वन्दुक देखाई कोठा वाहिर निकालि घर पछाडिको झाडीमा लगेर बलात्कार गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय कंचनपुरका अनुसार पीडितको वयान र पीडित वालिकाको आमाको जाहेरीको आधारमा अनुसन्धान गर्दा वलात्कार भएको खुलासा भएको हो । करणी गरिरहेको वेला वुवाको हातमा वन्दुक भएकाले डरले प्रतिवाद गर्न नसकेको पीडित वालिकाले वयान दिएकी छिन् । डिएसपी नारायण चिमरीयाले पीडित वालिकाको मेडिकल जाँच तथा स्वास्थ्य परिक्षण पश्चमत वलात्कार भएको पुष्टि भएको वताए । घटनाले स्थानीय समाजमा सनसनी फैलिएको छ । ‘रक्सीले मातेको अवस्थामा राती कोठमा छोरीलाई एक्लै देखेपछि उनले वन्दुक देखाई छोरीको मुख थुनेर जवरजस्त करणी गरेको खुलेको हो’, डिएसपी चिमरीयाले भने, ‘ वलात्कारको क्रममा प्रयोग गरिएको कटुवा पेस्तोल सहित पीडकलाई पक्राउ गरिएको छ ।’ छोरीलाई वन्दुक देखाई वलात्कार गर्ने ती ब्यक्तिलाई कडा कारवाही गरिनुपर्ने स्थानीयले माग गरेका छन् । वन्दुक सहित पक्राउ परेका उनीमाथी जवरजस्ती र हाडनाता करणी अन्तर्गत मुद्दा चलाईने डिएसपी चिमरीयाले वताएका छन् । उनलाई विहिवार सप्तरी जिल्ला अदालतवाट अनुसन्धानका लागि म्याद थप गर्री आवश्यक कारवाही प्रकृया थालिएको छ । घटना ५ दिनअघि भएपनि ढिलागरि खुलासा  भएको हो । www.ratopati.com
काठमाडौँ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको साझा उम्मेदवार नन्दबहादुर पुनलाई मतदान गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित सत्तारुढ दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई लामो समयसम्म कायम राख्न पनि साझा उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेको बताउनुभयो ।
दशवर्षे सशस्त्र सङ्घर्ष संविधानसभामार्फत शान्तिपूर्ण रुपान्तरणको प्रक्रियामा अगाडि बढेको र मुलुक शान्ति, समृद्धिको मार्गमा अगाडि बढेकाले यसलाई संस्थागत गर्नु आजको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभयो । उहाँले गठबन्धनमा समस्या आए लोकतन्त्र, शान्ति र समृद्धिको प्रक्रियासँगै जान अप्ठ्यारो पर्ने भएकाले इमान्दारितामा दरिद्रपन नदेखाउन आग्रह गर्नुभयो ।
सशस्त्र सङ्घर्षको कमाण्डर भएर होइन, पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको संविधान लेखन र शान्तिप्रक्रियामा उहाँले पु¥याउनु भएको योगदानलाई संस्थागत गर्न हो प्रधानमन्त्री ओलीले भन्नु भयो ।
उपराष्ट्रपति जस्तो गरिमामय पदमा रहेर संविधानको पालना र रक्षाका लागि पुनले महत्वपूर्ण भूमिका खेल्नुहुने र विगतमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उहाँले देखाउनुभएको सकारात्मक भूमिका अतुलनीय रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
हाल कायम भएको गठबन्धन भावना, सङ्ख्या विचारका हिसाबले विशिष्ट खालको रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शान्तिलाई माथि उठाउने सङ्कल्पका साथ साझा उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
निर्वाचनका सबै प्रक्रिया पूरा भएपछि भूकम्पपछिको पुनःनिर्माण र नवनिर्माणमा सरकार केन्द्रित हुने र सरकारभन्दा बाहिर रहेका दललाई सरकारमा सहभागी गराउने तथा आन्दोलनमा रहेका दललाई समेत विश्वासमा लिएर अगाडि बढ्ने उहाँको भनाइ थियो ।
सशस्त्र सङ्घर्ष, शान्ति प्रक्रिया संविधान लेखनलगायत घटनाक्रम विश्वका लागिसमेत अनुकरणीय र असाधारण दृश्य भएकाले यसलाई अझ समृद्ध पार्नु प्रमुख कार्यभार रहेको ओलीको भनाइ थियो ।
बैठकमा एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया, संविधान लेखनलगायत काममा महत्वपूर्ण योगदान पु¥याएको व्यक्तित्वलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएकाले सबैको सहयोग प्राप्त हुने धारणा राख्नुभयो ।
उहाँले नेपालको राजनीतिक परिवर्तन विश्वले अनुकरण गर्न लायक भएकाले त्यसलाई संस्थागत गर्न पनि साझा उम्मेदवारको विजय आवश्यक रहेको बताउनुभयो ।
नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले कमाण्डरको रुपमा मात्रै नभई शान्ति प्रक्रियालाई पूर्णतामा पु¥याउन देखाउनुभएको सक्रियता र इमान्दार प्रयत्न नै उपराष्ट्रपतिका साझा उम्मेदवार पुनको विशेषता भएको बताउनुभयो । सत्तारुढ गठबन्धनमा १५ दलको सहभागिता रहेको र सांसद्को सङ्ख्या ३३६ रहेकाले पुनको विजयी भइसकेको भएपनि निर्वाचनको परिणाम कुर्नुपर्ने नेता खनालको भनाइ थियो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले राष्ट्रपतिको निर्वाचनमा देखिएको गल्ती तथा कमजोरी नदोहो¥याउन सांसदलाई निर्देशन दिनुभयो ।
राष्ट्रपतिको निर्वाचनमा एउटै उम्मेदवारलाई दुई–दुई स्थानमा मत दिएको, हस्ताक्षर गरेको, अनावश्यक स्थानमा रेजा लगाएको पाइएकाले त्यस्तो नगर्न आग्रह उहाँले गर्नुभयो । मन्त्री खरेलले ‘अशक्त अवस्थामा पनि मुलुकभित्रै उपचार गराउँछु, विदेश जान्न’ भनेर उपराष्ट्रपतिका उम्मेदवार पुनले देखाउनु भएको राष्ट्रिय भावना हामी सबैको लागि अनुकरणीय रहेकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
पुनको प्रस्तावकमा एमालेका वरिष्ठ नेता खनाल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरी रहनु भएको छ । रासस
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home