• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
2०७२ मंसिर २६ गते १२:३६    \
यूएई । पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्योजकत्वमा व्यापक रुपमा अघि बडेको नयाँ शक्ति निर्माण अभियानले बिदेशमा पनि ब्यापकता पाएको छ ।
यसैक्रममा ‘समृद्धि ,सदाचार र सुसासन हाम्रो मुख्य पहिचान’ भन्ने नारा सहित हिजो युएईमा  भएको नयाँ शक्ति निर्माणको भेलाले विभिन्न महत्वपूर्ण निर्णय गर्दै उत्तम अधिकारीको संयोजकत्वोमा नयाँ शक्ति निर्माण अभियान यूएई  गठन गरेको छ ।
साथै यहि डिसेम्बर २५ मा हिसिला यमिको प्रमुख आतिथ्यमा बिशेश प्रशिक्षक तथा अन्तरक्रिया कार्यक्रम पनि राख्ने भेलाले निर्णय गरेको छ । कतार, मलेसिया, कुवेत बहराइन मा यस अघिनै  समितिहरु निर्माण भैसकेका छन ।
यूएईमा पनि यसैको महसुस गरि हिजो साझको विशेष बैठकले नयाँ शक्ति निर्माण समिती बनाएको छ।
संयोजक – उत्तम अधिकारी
सदस्यहरु –
२) सुरेश ढकाल
३) पबन अधिकारी
४) बिनोद श्रेष्ठ
५) दामोदर गिरी (मध्यपुर्वको युवा समयोजक)
६) दिनेश पाण्डे
७) बुद्धि कुमार श्रेष्ठ
८) ध्रुब भट्ट
९) शिशिर योगी
१०) भूबन शिंह लिम्बु
११) मधुकर बेलबासे
१२) राजन श्रेष्ठ
१३) सन्दिप बिस्ट
१४) दिनेश डी बि
१५) राम दर्नाल
१६) मोदनाथ न्यौपाने
१७) शंकर सुनार
१८) प्रेम सापकोटा
१९) प्रकाश बन्जारा
२०) बिष्णु सुनार
२१) ज्ञानेन्द्र अमगाई
२२) मुन्ना समसुल हक मियाँ
२३) तिर्थ राज पाण्डे
२४) राजेश गुरुङ
२५) हरि भट्टराई
२६) रामजी पौडेल
२७) नियाज खान
२८) रबिन हुड
२९) मोहम्मद मसलाम मिया
३०) राजकुमार बि क
३१) लाल मोहम्मद मियाँ
३२) इजराएल मियाँ
३३) मुताज राएंन
३४) जम्रुक मियाँ
३५) इजरुक हक
३६) अरुण कुमार शाह
३७) सुनबिर सुनार
३८) बाबाजी शाह
३९) बाबुराम अधिकारी
४०) खालिद राएन
४१) मोहम्मद कमाल
४२) मनोज कुमार गुप्ता
४३) माया श्रेष्ठ
४४) बलेस प्रशाद शाह
४५) बिनोद पासवान
४६) महेस यादब
४७) सुरेश मण्डल
४८) अहमद मिया
४९) भुबल परियार
५०) अयूब खान
५१) फिरोज खान
५२) किसु दाहाल
५३) कम्लेश्वोर सदा
५४) बिनोद पन्थ
५५) सत्रुद्धन पासवान
५६) एक नारायण भण्डारी
५७) उस्मान राएन
५८) मोहम्मद सागिर अहमद
५९) कपिलेश्वोर राम
dainiknepal
काठमाण्डु,२६ मंसिर– विश्व खाद्य कार्यक्रमले भारतीय नाकाबन्दीका कारण खाद्यन्न सामग्रीमा बढेको अस्वभाविक मूल्यवृद्धिले नेपालमा अकल्पनीय संकट निम्तिन सक्ने चेतावनी दिएको छ । विश्व खाद्यले शुक्रबार खाद्य सामग्रीमा भइरहेको मूल्यवृद्धिप्रति चिन्ता व्यक्त गर्दै यस्तो चेतावन दिएको हो ।
भारतसागको दक्षिणी सीमामा खाद्यन्न सामग्री र इन्धन आपूर्तिमा जारी व्यवधानले नेपालको आपूर्ति व्यवस्थामा गम्भीर प्रभाव पर्न गई ख ाद्य सामग्रीको मूल्इ अकासकिएको विश्व खाद्यको भनाइ छ । kathmandutoday
काठमाडौं, २६ मंसिर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी तीन नातिनीसहित आफ्नी दुई छोरीलाई भूकम्प पीडितको कोटामा चीन भ्रमण पठाएपछि गृहमन्त्री शक्तिबहादुर बस्नेतको पद धरापमा परेको छ ।
प्रचण्डकी नातिनी र आफ्नै दुई छोरीलाई गृहमन्त्री बस्नेतले भूकम्प पीडितको नाममा चीन भ्रमण पठाएपछि एमाओवादीभित्र निकै आलोचना भएको छ । चौतर्फी आलोचना भएपछि एमाओवादी स्थायीक कमिटीको शनिवार विहान आकस्मिक बैठक बोलाइएको थियो । आकस्मिक बैठकमा बोल्ने अघिकाँस नेताहरुले बस्नेतलाई गृहमन्त्रीबाट फिर्ता बोलाउन अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
महासचिव कृष्णबहादुर महरा बाहेक सवै स्थायी कमिटी र पदाधिकारहरुले आलोचना गरेपछि प्रचण्ड पनि फिर्ता बोलाउने मनस्थितिमा पुगेको लाजिम्पाट स्रोतले बताएको छ । ‘नातिनीहरु चीन भ्रमण गएको कुरा मलाई थाहा थिएन’ प्रचण्डले स्थायी समिति बैठकमा भने ‘तर जे भयो गलत भयो, यसलाई सहजरुपमा लिन सकिँदैन ।’
प्रचण्डलाई अन्य स्थायी कमिटी सदस्यहरुले तत्काल मन्त्री बस्नेतलाई फिर्ता बोलाउन माग गरेका छन् । शनिवार बसेको स्थायी कमिटी बैठकले तत्काल लिखित स्पष्टीकरण दिन गृहमन्त्री बस्नेतलाई आग्रह गरेको छ । ‘लिखित स्पष्टीकरणपछि बस्ने स्थायी कमिटी बैठकले फिर्ता बोलाउने वा नवोलाउने बिषयमा निर्णय लिनेछ’
स्थायी कमिटीका एक सदस्यले भने ‘यो पार्टीभित्र र बाहिर भएको ठुलो बद्नामीबाट जोगाउन पनि फिर्ता वोलाउनु उपयुक्त हुने तर्क सवैतिरबाट आएको छ ।’
yeskathmandu

काठमाण्डु, २६ मंसिर– गृहमन्त्री शक्ति बस्नेतले आफ्ना दुई छोरी, एमाओवादी अध्यक्ष प्रचण्डका चार नातिनी र नातागोताका मानिसहलाई चीन भ्रमणमा पठाउनु गल्ती भएको स्वीकार गरेका छन् ।
शनिबार अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकमा एमाओवादी स्थायी समिति सदस्यसमेत रहेका बस्नेतले गल्ती स्वीकार गरेका हुन् ।
बस्नेतले चीन भ्रमणमा जानेहरुको नाम आफूले छनोट गरेको र यति धेरै विरोध र आलोचना होला भन्ने अनुमान गर्न नसकेको बताए ।
‘चीन भ्रमणमा जानेहरुको नामावली म आफैंले तयार पारेको हुँ’, बस्नेतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यति धेरै विरोध होला भन्ने सोच्दै सोचेको थिइन, अन्जानमा गल्ती भयो ।’
सत्तामा टिक्न बस्नेतले प्रचण्डका चार नातिनीलाई एकैपटक चीन पठाएर चाकडी गरेको आरोप लागेका बेला उनले प्रचण्ड परिवारको सिफारिसमा नभई आफैंले उनीहरुलाई चीन पठाएको प्रष्टीकरण दिएका हुन् ।
 चीन भ्रमण प्रकरणबारे सदस्यहरुले शुक्रबारको केन्द्रीय समिति बैठकमा कुरा उठाएपछि प्रचण्डले शनिबार बिहानै स्थायी समिति बैठक बोलाएका थिए ।
यसअघि बस्नेत पत्नि सत्या पहाडीले शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै पार्टी मुख्यालय पेरिसडाँडामा त्यस्तै बिलौना पोखेकी थिइन् ।
उनले आफूहरुले जीवन हत्केलामा राखेर जनयुद्ध लडेको भन्दै ठाउँमा पुगेका बेला छोरीहरुलाई विदेश पठाउँदा पार्टीभित्रैका व्यक्तिहरुलाई असह्य भएको भन्दै आक्रोश पोखेकी थिइन् । सरकारमा बसेर मनपरी गरेको भन्दै बस्नेतलाई मन्त्रीबाट फिर्ता बोलाउन पार्टीभित्र दबाब परेको छ ।
kathmandutoday

मंसिर २६, २०७२- २०७२ वैशाख १२ गतेको महाभूकम्पले गर्दा हाम्रो देशले जुन विपत्ति भोग्नुपर्‍यो, यस्तो जनधनको क्षति सायद पहिले कहिल्यै भोग्नुपरेको थिएन । यस लेखमा खासगरी वैशाख १२ गतेको प्राकृतिक विपत्तिबाट क्षति भई नयाँ बन्ने घरहरू र खासगरी ती नयाँ घरका शौचालयहरूको निर्माणबारे चर्चा गर्न चाहन्छु ।

धेरैतिरबाट क्षतिग्रस्त घरहरूको पुनर्निर्माणबारे प्रस्तावहरू आइरहेको कुरा विभिन्न सञ्चार माध्यमबाट प्राप्त भइरहेका छन् । कुनै उद्योगपतिबाट एक हजार नयाँ घर निर्माण गरिदिने, कुनै आईएनजीओबाट दुई हजार घर निर्माण गरिदिने वा कुनै दाता राष्ट्रहरूबाटै एक लाख घर निर्माण गरिदिने आदि, इत्यादि । अनि यस्तैगरी हाम्रो देशमै कार्यरत विभिन्न संघ/संस्थाहरूले पनि पुनर्निर्माणमा भाग लिने कुरा आइरहेका छन् ।

यसै सन्दर्भमा विपत्तिलाई वरदानमा बदल्न सकिन्छ भन्ने अठोटका साथ विगत १२ वर्षदेखि झापा जिल्लाको विर्तामोडमा कार्यालय स्थापना गरी विभिन्न प्रकारका सामाजिक गतिविधिका साथै स्थानीय स्तरका विकास निर्माणमा सहयोग र पहुँच पुर्‍याउँदै आएको आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले एउटा सोच बनाई राष्ट्रिय पुनर्निर्माणमा भाग लिने अवसरको खोजीमा रहेको छ ।

पाँच लाख घर पूर्ण क्षति भई पुनर्निर्माण गर्नुपर्ने विषय नै यस संस्थाको चासोको विषय बनेको छ । ती नयाँ बन्ने घरहरूमा शौचालयको निर्माण यस संस्थाको मुख्य चासोको विषय बनेको छ । जुन शौचालयको निर्माणले व्यक्तिदेखि विश्वलाई नै फाइदा पुग्ने भनी मुख्य नारा तय गरी झापामा यस संस्थाको अगुवाइमा ५०० वटाभन्दा बढी घर, स्कुल, कलेज, होटल, अस्पताल, सार्वजनिक शौचालय आदि ठाउँमा वैकल्पिक ऊर्जा प्राप्त गर्न सकिने खालको वातावरणमैत्री शौचालयको निर्माण गरी दसौं वर्षदेखि प्रयोगमा आई सफलता प्राप्त गरी सम्बन्धित व्यक्ति तथा संस्थाहरूले लाभ हासिल गरेका छन् ।

पालमा संस्थागत रूपले यस प्रकारको मानव मलमूत्रद्वारा वैकल्पिक ऊर्जा प्राप्त गर्न सकिने तथा वातावरणमैत्री शौचालय बनाउन सामाजिक अभियानको रूपमा परिचालन गर्ने, गराउने पहिलो संस्था आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र विर्तामोड, झापा हो भन्दा अत्युक्ति नहोला ।

संसारको कुनै पनि राम्रो सहरको परिचय वा मूल्यांकन गर्दा त्यस सहरमा उपलब्ध सार्वजनिक शौचालयको सुविधालाई पनि एउटा मापदण्ड वा कडीका रूपमा लिइन्छ । त्यसरी नै कुनै मानिस कति सभ्य छ भन्ने कुरा उसको घरमा चर्पीको व्यवस्थापनले पनि आँकलन गर्ने गरिन्छ । हामीले परिकल्पना गरी व्यवहारमा ल्याएको यस वातावरणमैत्री शौचालयबाट ऊर्जासमेत प्राप्त गर्न सकिनेछ ।

साथै मानव मलमूत्रद्वारा तयार गरिने वैकल्पिक ऊर्जाको फाइदाबारे निम्न बुँदामा व्यक्त गर्न सकिन्छ । यस प्रविधिद्वारा निर्माण गरिएको शौचालय सेफ्टी ट्यांकवाला शौचालयभन्दा ५० प्रतिशत सस्तो हुन्छ । वातावरणमैत्री साथै स्वस्थकर हुन्छ । वैकल्पिक ऊर्जा प्राप्त गर्न सकिन्छ । ऊर्जा प्राप्त गर्न थालेको २ वर्षमा लगानी बराबरको ऊर्जा प्राप्त हुन्छ । घरभित्रै गर्न सकिने हुँदा ठाउँको बचत हुन्छ ।

शौचालयबाट निस्किएको ढल नगन्हाउने हुँदा गाउँ, छरछिमेकमा समेत प्रदूषण हुँदैन । कार्बन विस्थापन गरेबापत राष्ट्रले यथेस्ट फाइदा प्राप्त गर्छ । यसको आयु एउटा आरसीसी घरको आयु बराबर हुन्छ । यस शौचालयलाई कहिल्यै सफाइ गर्ने मजदुर (मेहत्तर) को आवश्यकता पर्दैन । यो प्रविधिद्वारा (मानव मलमूत्रद्वारा) निर्माण गरिएको शौचालयबाट ९८ प्रतिशत मिथेन लगायत विभिन्न प्रकारका ग्यास प्राप्त हुन्छ । तर यस्तै प्रविधिबाट बनाइएको चौपायाको मलमूत्रबाट भने १० प्रतिशतमात्र मिथेन ग्यास बाँकी अरू सेलुलाइज र अनडाइजेष्टेबल फुड प्राप्त हुन्छ ।

वैकल्पिक ऊर्जा भन्नाले खाना पकाउन, ग्यास गिजरद्वारा पानी तताउन वा बत्ती बाल्न सकिने ऊर्जा प्राप्त गर्न सकिन्छ । यस प्रविधिको शौचालयको व्यापक प्रयोगले वनजंगलको संरक्षण भई पर्यावरण सन्तुलनमा सकारात्मक योगदान पुग्छ । यस शौचालयबाट प्राप्त ऊर्जाको कारणले एलपीजी ग्यासको आयातमा कटौती भई वैदेशिक मुद्राको बचत हुने हुनाले राष्ट्रलाई फाइदा पुग्नेछ ।

यस प्रविधिद्वारा निर्माण गरिएको पाँच लाख घरको शौचालयबाट नयाँ नेपालको निर्माणमा विशेष प्रकारको आर्थिक योगदान हुनेछ । यस प्रविधिद्वारा निर्माण गरिएको शौचालय न्युनतम १२ डिग्री सेन्टिग्रेड र अधिकतम ४५ डिग्री सेन्टिग्रेड तापक्रम भएको ठाउँमा बनाउन सकिने र मिथेन ग्यास प्राप्त गर्न सकिने हुनाले नेपालको सम्पूर्ण भूभागमा प्रयोग गर्न सकिन्छ ।

यस प्रविधिद्वारा निर्माण गरिएको शौचालय बनाउन गोबर ग्यास प्लान्ट बनाउने कुनै पनि प्राविधिकले एक दिनको प्रशिक्षण पाएपछि बनाउन सक्छन् । त्यसकारण प्राविधिकको खाँचो हुँदैन । यस प्रविधिद्वारा निर्माण गरिएको शौचालयको ग्यास प्लान्टको डुम २, ४, ६, ८, १०, २० र ३० घनसम्मको आवश्यकता अनुसार बनाउन सकिन्छ ।

एउटा सेफ्टी ट्यांकवाला चर्पी बनाउँदा कम्तीमा रु.८०,००० (असी हजार) खर्च लाग्छ । तर यस प्रविधिद्वारा बनाउँदा रु.४०,००० (चालिस हजार) मा दुई घनको डुम तयार भई सम्पूर्ण प्लान्ट बन्छ । जसमा दिनमा ५० जनासम्मले दिसा—पिसाब गर्न सक्छन् । यसरी एउटा घरबाट रु. ४०,००० (चालिस हजार) बचत गर्न सकिन्छ ।

यसरी पाँच लाख घरबाट रु. २० अर्बको बचत हुने देखिन्छ । अनि उक्त पाँच लाख घरबाट कार्बन विसर्जन गरेबापत प्रत्येक वर्ष हाम्रो देशले यथेष्ट रकम पाउने कुरा पनि छँदैछ । साथै यस कार्यले विश्वमै कार्बन विस्थापन गर्ने अग्रणी मुलुकभित्र हाम्रो देश पर्नेछ । यसरी राष्ट्रिय विपत्तिलाई वरदानमा बदल्ने हाम्रो यस संस्थाको सोचलाई पूर्णता दिई राष्ट्रिय पुनर्निर्माणमा भाग लिन पाएमा हामी अझ जिम्मेवारीसाथ बढ्ने थियौं ।

अब राष्ट्रले हामीलाई के दिन्छ होइन, अब राष्ट्रलाई हामीले के दिन सक्छौं भन्ने हाम्रो अठोट रहेको छ । अन्त्यमा मानव मलमूत्रलाई वैकल्पिक ऊर्जाका रूपमा प्रयोग गर्ने यस उत्तम विधिलाई नेपाल सरकारले आफ्ना सम्बन्धित निकायद्वारा
अनिवार्य रूपमा प्रयोग गर्ने/गराउने विधि अपनाओस् भन्ने हाम्रो चाहना छ ।
kantipur.ekantipur



मंसिर २६, २०७२- नेपाली फुटबललाई एकपछि अर्को ‘स्क्ल्यान्डल’ ले छोप्नु अगाडिसम्म सागर थापा ‘खुसी’ बाट गुज्रिरहेका थिए । आफ्नो खेल जीवनको अन्तिम केही वर्षका योजना बुनिरहेका थिए उनी । आफ्नो व्यक्तिगत जीवन व्यवस्थित पार्ने पनि उनका केही योजना थिए, पत्नी विद्यासँग मिलेर सोचेका । त्यसै सेरोफेरोमा उनले एक शनिबार विहान आफ्नो गैह्रीधारास्थित ‘फ्लायट’मा चिया खान निम्तो दिएका थिए ।

सागरको क्लब थ्री स्टार राष्ट्रिय लिग जित्ने संघारमा थियो । नजिकै साफ च्याम्पियनसिप पनि थियो । उनी यसलाई आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउन चाहन्थे । त्यसैले उनी त्यसमा ज्यान फालेर खेल्ने दाबी गर्दै थिए । उनी नेपाली फुटबलमा इतिहास बनाउने संघारमा पनि थिए । साफ च्याम्पिनसिप खेल्नु पथ्र्यो, नेपालका लागि सबैभन्दा बढी खेल्ने खेलाडी सागर नै हुन सक्थे । सबैभन्दा बढी कप्तानी गर्ने खेलाडी उनकै नाममा आउन सक्थ्यो ।

नेपाली फुटबललाई लिएर पनि सागरका धेरै गुनासा थिए । सायद उनको भन्दा बढी गुनासो, विद्याको थियो । विद्या पटक्कै खुसी थिइनन्, नेपाली फुटबललाई लिएर । उनको निचोड थियो, त्यत्रो वर्ष श्रीमानले लागतार फुटबल खेले, अन्त्यमा खेल्न छाड्दा पाउने केही थिएन । हुर्किएका दुई बच्चा थिए, तर घर हेर्ने जिम्मा उनकै थियो ।

भूकम्प नआएको भए, घर बनाउने योजना थियो । आखिरमा एन्फाले पुरस्कारमा दिने भनेको ‘फ्लायट्’ को कुनै टंगो थिएन ।

अझ भनौं, उनीहरूले त्यो पाउने आश पनि मारिसकेका थिए । ‘नेपालमा फुटबल खेलेर के–के न हुन्छ भनेर अरुले सोचेका होलान, तर यो दुनिया बाहिरबाट हेर्दा रंगिन मात्र छ, भित्र केही छैन् । मैले बुझेको नेपाली फुटबल यही हो,’ विद्याले भनेकी थिइन । सागरले त्यसको प्रतिक्रियामा खालि हाँसेर टारे । बरु एउटा तथ्य के माने भने नेपालमा फुटबल खेल्ने हो भने श्रीमती आर्थिक रूपमा बलियो भए, धेरै राम्रो । नत्र गाह्रो छ ।

त्यसै बेला सागरले सानो छँदाको एउटा घटना सुनाए, आफू हुर्केको विराटनगरतिरको । सानोमा पनि साथी भाइसँग उनी फुटबल खेल्थे । यस्तै फुटबल खेल्नेक्रममा के बहस चल्यो भने, तुरुन्तै प्रधानमन्त्री भेट्न पाए के माग्ने थियौ त ? कसले के भने कसले के, सागरका एक साथीले भनेछन्, ‘मलाई त नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलाइदिनु भन्थे, अझ कप्तान बनाइदिनु भन्थें ।’ त्यति बेला आफूले के भनें भन्ने सागरलाई अहिले हेक्का छैन । तर यति याद छ, त्यतिबेला उनले मनमनै भनेका थिए, ‘म एक दिन राम्रो राम्रो फुटबल खेलाडी बन्छुं । कति राम्रो भने नेपाली राष्ट्रिय टिमबाटै खेल्छु । नेपालकै कप्तान पनि बन्छु ।’ उनले ती सबै इच्छालाई वास्तविकतामा परिणत पनि गरे । नेपाली फुटबललाई उनले धेरै दिए, नेपाली फुटबलले पनि उनलाई धेरै दियो ।

तर, दसैंको साता दिन अगाडि सागरमाथि एकप्रकारले वज्रपात नै पर्‍यो । उनलाई म्याच फिक्सिङको आरोपमा समातियो । समातिनेमा उनका अरु चार साथी पनि थिए । त्यसपछि के भयो, त्यो सबै समाचार बनेको छ । हालै मात्र एसियाली फुटबल महासंघ (एएफसी) ले उनीमाथि आजीवन प्रतिबन्ध लगायो । यो समाचार उनीमाथि अझ ठूलो वज्रपात थियो । यसपल्ट भने उनी नराम्रोसँग गले ।

उनले आफू नजिकका साथीभाइलाई सुनाएका थिए, ‘यो त ठूलै सजाय भयो, मरे बराबरकै । तर मलाई विश्वास गर्नु, मैले नराम्रो केही गरेको छैन ।’ जुन दिन एएफसीले उनलाई आजीवन प्रतिबन्ध लगाएको थियो, त्यो दिन सागरले आफूलाई रोक्न सकेका थिएनन् । उनी त्यस दिन खुबै रोए, त्यो रोएको आवाज उनका धेरै साथी भाइले सुने ।

उनी सन् २००३ को साफ च्याम्पिनसिप अगाडि पनि रोएका थिए । त्यति बेला प्रतियोगिता बंगलादेशको ढाकामा हुने तय थियो र प्रशिक्षक थिए, दक्षिण कोरियाली यु कि ह्योङ । सागरको खेल उनलाई खुबै मन परेको थियो । त्यसैले सागरले ढाकामा खेल्ने तय थियो । तर टिम ढाका उड्न अगाडि सागरलाई जन्डिसले छोयो । टिमको बिदाइको दिन सागर एन्फा कम्प्लेक्सको होस्टेलमै थिए । खेलाडी एयरपोर्टतर्फ जान के बसमा बसे, त्यसलाई टाढाबाट हेरिरहेका सागरले आफूलाई रोक्नै सकेनन् । त्यस बेला उनी खुबै रोएका थिए । उनी भर्खरका केटा थिए, किशोर अवस्था चढ्दै गरेका ।

दुई वर्ष अगाडि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा रोकिएको थियो । नेपाललाई अफगानिस्तानले एक गोलले हराएको थियो । दशरथ रंगशालामा खेल सकेपछि नेपाली खेलाडीले त्यो हारको पीडा नै सहन सकेनन् । धेरै खेलाडी मैदानमै लामो समय ढले ।

धेरै समय यसरी नै बिताएपछि बल्लतल्ल टिम ड्रेसिङ रुममा छिरेको थियो । त्यहाँको माहौल पनि बिजोग थियो । एक कुनामा गोलरक्षक किरण लिम्बू थिए, उदास मुख छोपेर पल्टिरहेका । आखिरमा उनले नै गोल खाएका थिए । यस्तै स्थिति रोहित चन्दको पनि थियो । एकपल्ट होइन, दुईपल्ट पेनाल्टीमा चुक्ने, अरु कोही होइन, उनी नै थिए ।

अर्को कुनामा विमल घर्तिमगरले आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । त्यो दिन ड्ेरसिङ रुमको अवस्था कस्तो थियो भने सायद परिवारमा कोही निकै माया गर्ने गुमाए जस्तो । सबै खेलाडी, प्रशिक्षकबाट घेरिएर सागर बीचमा बसे र केही शब्द बोल्न खोजे । तर अहँ केही शब्द निस्केन । उनलाई एक्कासी रुन आयो । उनले आफूलाई सम्हाल्न सकेनन् । उनी डाँको छाडेर रोए । उनी यसरी रोए कि, पूरा कोठा नै रुन थाल्यो । अर्को एक खेलाडी पनि रुनेबित्तिकै सबै एकपछि अर्को गरी रुन थाले । यो स्थिति रोकिन, एक घन्टाभन्दा बढी समय लागेको थियो ।

अहिले फेरि एकपल्ट सागर रोएका छन् । तर, यो रुवाइभित्र गर्वले सुनाउने कुनै कथा छैन । धेरैका लागि उनी नेपाली फुटबलका खलनायक भइसकेका छन् । सागरका पुराना दिनका योगदानलाई लिएर ‘ओहो’ भन्नेहरू पनि अब उनको सामु आउन पनि सायद तयार छैनन् ।

तिहारअघि जमानत पाएदेखि सागरले अधिकांश समय आफ्नो घरमै बिताएका छन् । खासै बाहिर गएका छैनन् । सागर अहिले परिवारमै रमाउने खोज्ने भलाद्मी बनेका छन् । पछिल्लो समय उनमा आएको यो ठूलो परिवर्तन हो ।

सायद पछिल्लो दस वर्षमा उनी यस्ता थिएनन् । उनी बरालिएका थिए । उनी बढी मोजमस्ती गर्नेखालका बनेका थिए । उनले बिताउने रातको चर्चा मिडियामा त छापिन्न थियो, तर त्यसबारे धेरैलाई थाहा थियो । त्यो अनुशासित जीवन थिएन, सागरले रोजेको । उनले त्यसमध्ये धेरै रात दरबारमार्गमा पनि बिताए, जहाँको जीवनशैली कति महँगो छ, सबैलाई थाहा छ ।

उनी मात्र होइन, पछिल्ला समय खास–खास केही फुटबल खेलाडीको जीवनशैली यस्तै बनेको थियो । सबैको मुखमा गुनासो हुन्थ्यो, क्लबले समयमा तलब दिंदैन । त्यति मात्र होइन, क्लबले तलब नै दिन खोज्दैन । उल्टो पचाउँछ । सागरसँग यस्ता धेरै गुनासा थिए । तर यो पनि सबैलाई थाहा थियो, केही खेलाडीको जीवन शैली फिल्मी पाराको थियो । त्यो कस्तो भने त्यस्ता पात्रको हातमा महँगा रक्सीले भरिएका गिलास हुन्थे । वरीपरी मनारोञ्जन लिने र दिने पनि धेरै हुन्थ्यो । लगाइ र खुवाइ कोही भन्दा कम हुँदैन थियो । चिल्ला गाडीबाट आउने जाने भइरहन्थ्यो । सागरले केही समय यस्तै जीवन बिताए ।

अहिले उनी फेरि त्यही समय र परिस्थितिमा फर्केका छन्, जहाँबाट उनले सुरुआत लिएका थिए । सागर अहिले शून्यमा झरेका छन् । उनमा आकुलता ब्याकुलता पर्याप्त छ । जुन प्रतियोगितालाई लिएर सागर उत्साहित थिए, अब केही दिनमै त्यो सुरु हुनेछ । भारतको त्रिवन्दपुरममा यसपल्टको साफ च्याम्पियनसिपको साइत जुरेको छ । त्यसै प्रतियोगितामा ठूलो भूमिका खेल्ने मानिएका सागर भने सायद यसका लाइभ अथवा हाइलाइट्सहरू घरमै बसेर हेरिरहेको हुनेछन् ।

एएफसीले उनीमाथि आजीवन प्रतिबन्ध लगाइसकेको छ । म्याच फिक्सिङलाई लिएर कुनै दिन अदालतले निर्णय पनि दिनेछ । यो उनीहरूको काम हो । यो सारा प्रकरणले धेरै उत्तर दिनेभन्दा धेरै प्रश्न उब्जाएको छ । के यो सागर र उनका केही साथीबाट मात्र सम्भव भएको हो त ? कि यसमा अरु पनि संलग्न छन् ? केहीलाई दोषी देखाएर अरु उम्कन खोजेका त छैनन् ?

नेपाली फुटबलले अहिलेसम्म पाएका निकै उम्दा खेलाडीमा एक हुन्, सागर । अबका उनका दिन पुरानो समय जस्ता हुने छैनन्, यसमा शंका छैन ।
 अहिले पनि बजारमा धेरै उडन्ते गफ सुन्न पाइन्छ, म्याच फिक्सिङलाई लिएर । कसले के गरे र कस्तो कस्तोसम्म गरे भनेर ? त्यहाँसम्म पनि पुग्ने हो कि ?
 एउटा तथ्य के मानौं भने सागरले नेपाली फुटबलले लगाएको गुन चटक्कै पनि बिर्सेका छैनन् । उनले भनेका छन्, ‘कम्तीमा हामीलाई सम्झेर नेपाली फुटबललाई माया गर्न नछाड्नु ।kantipur.ekantipur.


शनिबार, २६ मंसिर
ठमाडौं । सत्ता साझेदार एकीकृत नेकपा माओवादीले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्न नसकेको निश्कर्ष निकालेको छ।
शनिबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले वर्तमान सरकारले जारी मधेस आन्दोलन समाधान गर्न र नाकाबन्दी खोलेर जनजीवन सामान्य पार्नेतर्फ ध्यान दिन नसकेको निश्कर्ष निकालेको हो।
सरकारका प्रधानमन्त्रीले राष्ट्रियताको खोक्रो भाषण मात्र गरेको तर, काम गर्न नसकेको एमाओवादी निश्कर्ष रहेको छ। संवाददाताहरुसँग कुराकानी गर्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यहि अवस्थामा सरकारमा मिर्ती बनेर बस्ने, केही गर्ने वा विकल्प खोज्ने भन्नेबारे आगामि बैठकमा समिक्षा गरि निर्णय लिइने बताए ।
यस अघि पनि एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको मधेसप्रति गलत धारणा भएकैले समस्या बल्झीएको बताउँदै आएका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरि कांग्रेसले पहल थालेको हल्ला चलीरहेका बेला एमाओवादी स्थायी समितिको यो निर्णयले सरकारको भविश्यमाथि प्रश्न उब्जीएको छ ।
एमाओवादीले आफ्ना मन्त्रीहरुले समेत काम गर्न नसकेको निश्कर्ष निकालेको छ ।
बैठकमा गृहमन्त्री शक्तीबहादुर बस्नेतले पदको दुरुपयोग गरि चीन भ्रमणमा आफन्तलाई पठाएको भन्दै उनका कारण सरकार र पार्टी बदनाम भएको भन्दै नेताहरुले आवाज उठाएका थिए ।
नेताहरुले मन्त्री बस्नेतलाई फिर्ता बोलाउन समेत माग गरेपछि अर्को बैठकमा समिक्षा गर्ने भन्दै बैठक सकिएको थियो ।
nepalsandesh
शनिबार, २६ मंसिर
काठमाडौं । मधेस आन्दोलनको समर्थनमा अभिव्यक्ति दिदै आएको भारतीय दूतावासले अचानक बोली फेरेपछि आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई पर्नु सम्मको पीर परेको छ ।
केही दिन अघिसम्म आफुहरुलाई आन्दोलन गर्न उक्साउने राजदुतले लत्तो छाडेको मधेसी मोर्चाको नेताहरुको विश्लेषण छ । राजदुत रणजित रेले नेपालको आर्थिक प्रगतिलाई मुख्य मुद्दा बनाएर आफ्नो दृष्टिकोणमा परिवर्तनको संकेत दिइसकेका छन् ।
शुक्रबार भारत खान बोलाइएका मधेसबाट निर्वाचन जितेका सांसदहरुलाई रायले प्रष्टसँग अब आफुहरु नेपालमा झिना मसिना कुरामा नअल्झने संकेत गरेपछि मोर्चाका नेताहरुमा रुवाबासी नै चलेको छ ।
शुक्रबार राजदूत रेले भारतीय दुतावासमा विभिन्न दलका नेतालाई दिएको भोजमा त्यस्तो दृष्टिकोण परिवर्तनको आभास दिएका छन्, जस्ले जारी मधेस आन्दोलनलाई प्राथमिकता दिइएको छैन ।
रेले भूकम्प पछिको पुन निर्माणलाई सबैले प्राथमिकता दिनुपर्ने बताएका थिए भने नेपालले उर्जा विकासमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
राजदुतले भारत सरकारले नेपालमा जारी आन्दोलनमा कुनै दृष्टिकोण नबनाएको र आन्तरिक मामलामा कुनै हस्तक्षेप पनि नगर्ने बताएपछि त झनै मधेसवादी दलका नेताहरलाई समस्या परेको छ ।
अझ रोचक त भारतले मधेसी मोर्चाको आन्दोलनका कारण विश्वमै भारतको बेइज्यत भएको भन्दै नाकामा सीमा सुरक्षा बल एसएसबी खटाएर मधेसी मोर्चाका कार्यकर्ताको ढाड फुस्काउने काम गर्ने संकेत दिएको छ ।
मोर्चाका नेताहरुलाई भारत बोलाइनुको खास रणनीति नाकाको अबरोध भारतले हैन नेपालबाटै भएको हो भन्ने प्रष्ट पार्नु थियो र भारतले त्यो विश्वलाई नै देखाइदिइसकेको छ ।
उग्र बन्दै गएका मोर्चाका कार्यकर्ताका कारण मधेसमा समस्या परेको र भारतको समेत बदनाम भएको बुझेको भारत सरकारले नाका सहज गर्नकालागि सुरक्षा प्रबन्ध मात्रै थालेको छैन, राजदुतलाई अभिव्यक्ति र गतिविधि परिवर्तन गर्न निर्देशन समेत दिएको छ ।
राजदुत रायको पछिल्लो गतिविधिले मोर्चाका नेताहरुको साख गिर्ने र गिराउने काम भएकाले मोर्चाका नेताहरु अत्तनलीदै दौडन थालेका छन् ।
उनीहरु संसदमा पुननिर्माण विधेयक पारित गराउन सहयोगि बन्नु भनेको भारतले लत्तो छाडिदिएपछिको सहज प्रकृया हो र अब मधेसी मोर्चाका नेताहरु भारतले नाकाबन्दी खोलीदिने अवस्था आएकाले जती सक्दो चाँडो सहमति गर्न लागिपरेका छन् ।
नाका खोल्ने वित्तीकै उनीहरुको आन्दोलन कमजोर बन्ने छ र यसकालागि भारतले नै गृहकार्य थालेको मोर्चाको निश्कर्ष छ ।
nepalsandesh
काठमाडौं, २६ मंसिर । भारतीय सीमानाकामा रोकिएका मालबहाक सवारी साधनहरु ठुलो रकम घुस खुवाएर ब्यापारीहरुले सामान नेपाल भित्राउन थालेका छन् ।
सीमानाकामा रोकिएका प्रति मालबहाक ट्रकको एक लाख भारतीय रुपैया प्रहरीलाई घुस खुवाएर नेपाल ल्याउने गरेका छन् । प्रति ट्रक एक लाख रकम दिए भारतीय प्रहरीले स्कटिड गरेर नेपाल नाका प्रवेश गराउने गरेको एक ब्यापारीले बताए ।
एक साताअघि सुनौली नाकामा रोकिएका जगदम्वा कम्पनीका १८ ट्रक भारतीय प्रहरीले स्कटिड गरेर नेपाल भित्राएको थियो । सीमा नाकाभन्दा करिव ४० किलो मिटर टाढा रहेका जगदम्बा कम्पनीका १८ वटा ट्रक भारतीय प्रहरीले १८ लाख भारतीय रुपैया लिएर स्कटिड गरेको कम्पनीका एक कर्मचारीले बताए ।
भारतीय प्रहरीले घुस रकम लिएर नेपाली ठुला कम्पनीका सामानहरु नेपाल भित्राउन थालेको छ । जसले उनीहरुलाई प्रति ट्रक एक लाख भारतीय रुपैया दियो उसका ट्रकहरु नाकामा रोकिएका छैनन्, ती ब्यापारीले भने तर रकम नदिनेका भने ठाउँमा हलचल पनि गर्न पाएका छैनन् ।
घुस रकम लिएर सवैभन्दा बढि सुनौली नाकाबाट मालबहाक ट्रकहरु भित्रेका छन् । विराटनगर र वीरगञ्ज भन्सारमा रोकिएका ट्रकहरु पनि रिरुट गरेर सुनौली नाकाबाट नेपाली ब्यापारीले घुस रकम दिएर नेपाल भित्राउने गरेका छन् ।yeskathmandu

एजेन्सी । साउदी अरेबियाका महिलाहरु आज पहिलोपटके निर्वाचनमा मतदान गर्दैछन् ।
साउदी अरेविया बिश्वको एक मात्र महिलाले मददान गर्न नपाउने देखको नाम आजबाट हटेको छ । यस चुनाबमा महिलाहरुले भेट मात्र दिने काम गरेका छैन । उनीहरु नगरपरिषदको उमेद्धारमा पनि उठेको बिबिसीले जनाएको छ ।
चुनाबमा ९७८ महिला सहित ५९३८ जना पुरुष उमेद्वारी लिएका छन् ।
आज हुने नगरपरिषदको निर्वाचनमा २१०० सिटको लागि चुनाब हुदैछ भने १०५० परिषदको मनोनयद्वारा गरिने बताइएको छ ।
आजको निर्वाचन साउदी अरबको इतिहासमा तेस्रो निर्वाचन हो।
nepalsandesh
बैतडी, २६ मंसिर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भारतले अघोषित रुपमा नाकाबन्दी गर्दैमा नेपालीले स्वाभिमानले उठाएको सिर नझुकाउने बताउनुभएको छ ।
बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेसमा भईरहेको आन्दोलनको भारतमा नभईकन देशमै बसेर निकास खोज्नुपर्ने बताउनुभयो । भारतले गरेको अघोषित नाकाबन्दीले भारतमै विवाद भएकाले अब नाकाबन्दी धेरैदिन नटिक्ने उहाँको भनाई थियो ।
संविधान नेपाली जनताको भएको र नेपाली जनताले आफ्नो फैसला आफै गर्न सक्ने भएकाले यसमा भारतले अखुसी जनाउनुको कुनै अर्थ नरहने समेत उहाँले बताए ।
महासचिव पोखरेलले नेपालीले अब स्वाभिमानको रक्षाका लागि आत्मनिर्भर पनि जरुरी रहेको र नेकपा एमाले संविधान र स्वाभिमानको पक्षमा हुने जोकोही संग पनि मिलेर अघि बढ्ने बताए ।
dainiknepal
इलाम, मंसिर २६ । के तपाईं मादकपदार्थ सेवन गरेर सार्वजनिक सवारीसाधन त चलाउँदै हुनुहुन्न  अब ख्याल गर्नुहोस् । पहिलेजस्तो मापसे गरेर जरिवानामा मात्र छाडिने होइन्, तपाईंलाई सार्वजनिक मुद्दा पनि लाग्दैछ ।
मापसे गरेर सार्वजनिक भाडाका सवारीसाधन चलाउने सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले पक्राउ गरी केही सार्वजनिक मुद्दा चलाउन सुरु गरेको छ । ट्राफिक प्रहरीले मङ्सिर पहिलो सातादेखि इलाममा यो प्रक्रिया सुरु गरेको हो । यो प्रक्रिया सुरु गरेपश्चात् १० जनाभन्दा बढी मापसे गर्ने चालकलाई सार्वजनिक मुद्दा दायर गरी कानुनी कारबाही अघि बढाएको छ ।
ट्राफिक इन्चार्ज पदमबहादुर राईका अनुसार मापसे गरी सवारी चलाउने चालकलाई केही सार्वजनिक अपराधअन्तर्गत जिल्ला प्रशासन कार्यालय इलाममा मुद्दा दायर गरिन्छ । ‘मापसे गरेर भाडाका सवारीसाधन चलाउनेलाई पक्राउ गरी मुद्दा चलाउन थालिएको छ’, राईले भने ‘पहिलेजस्तो जरिवाना तिरेर छुट्छु भन्ने अब हुँदैन, पक्राउ परेपछि अनिवार्य सार्वजनिक मुद्दा लाग्छ ।’ मुद्दा दायर भइसकेपछि २५ दिन थुनामा र रु २८ हजारसम्म जरिवाना हुनसक्छ ।
मापसे गरी सवारीसाधन चलाउँदा दुर्घटना हुने बढी सम्भावना भएकाले दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले यस्तो अभियान सुरु गरेको राईले बताए । ‘मापसे गरेर सवारीसाधन चलाउँदा यसअघि रु एक हजारसम्म जरिवाना हुने र लाइसेन्समा प्वाल पार्ने काम हुन्थ्यो अब भने त्यसका अतिरिक्त सार्वजनिक अपराधअन्तर्गत मुद्दा पनि सँगसँगै चलाइन्छ’, राईले भने, ‘यसले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मेचीराजमार्गअन्तर्गत कोल्बुङ, फिक्कल, तीनघरे, गोदक, गोलाखर्क, इनपा, बरबोटे, रक्सेलगायतका स्थानमा ट्राफिक प्रहरीले छड्के जाँच गर्दै आएको छ ।
imagekhabar
मंसिर २६, २०७२- सरकारले पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई कानुनविपरीत आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि अर्बौं रुपैयाँको सुविधा दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन विलासी सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

गृहले कानुन र स्पष्ट मापदण्ड नबनाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने निर्णयका लागि प्रस्ताव गर्न आनाकानी गरिरहेका बेला प्रधानमन्त्री कार्यालयले लिखित निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले प्रस्ताव गरेअनुसार पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिँदा बर्सेनि ३ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । त्यति रकमले हरेक वर्ष २० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना बन्छ । त्यति विद्युत्ले हरेक वर्ष २ घण्टाभन्दा बढी लोडसेडिङ घटाउन मद्दत पुग्नेछ ।
स्रोतका अनुसार गृहले कानुनी व्यवस्थाबिना पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने प्रस्ताव गर्न अस्वीकार गर्दै आएको छ । गृहको प्रस्तावबिनै सरकारले कानुनविपरीत पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसभामुख सुवास नेम्वाङलाई सुविधा दिइसकेको छ । यादवलाई विलासी गाडीसहित आवाससहितको सुविधा, पूर्वउपराष्ट्रपति झालाई २ करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी र पूर्वसभामुख नेम्वाङलाई ६० लाख रुपैयाँको गाडीसहितको सुविधा दिइएको छ ।

यसअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमको पालामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएर आजीवन गाडी, इन्धन, मर्मत, चालक र स्वकीय सचिवालयसहितको आकर्षक सुविधा दिने प्रस्ताव गरी विधेयक संसद् सचिवालयमा पेस गरेको थियो । विधेयकको चौतर्फी विरोध भएपछि तत्कालीन सभामुख नेम्वाङले तत्कालीन गृहमन्त्री गौतमलाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विधेयक फिर्ता लिन दबाब दिएपछि सरकारले फिर्ता लिएको थियो । निवर्तमान सभामुख नेम्वाङले अहिले आएर पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा ६० लाख रुपैयाँको विलासी गाडी सुविधा लिइसकेका छन्, जबकि सरकारको प्रस्तावमा पूर्वराष्ट्रपतिलाई ६० लाख, पूर्वउपराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई ५० लाख रुपैयाँबराबरको गाडी सुविधा दिने प्रस्ताव छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकाले उनकै पार्टीका नेता नेम्वाङलाई ६० लाख रुपैयाँको गाडी खरिद गरी सुविधामा आजीवन चढ्न दिइएको हो ।

स्रोतका अनुसार पूर्वराष्ट्रपतिलाई आजीवन घरघाडा मासिक १ लाख ३० हजार, मासिक वृत्ति ५० हजार, स्टेसनरी खर्च मासिक २४ हजार, मर्मत खर्च २५ हजार रुपैयाँ तथा उपसचिव, नासु, चालक, भान्सेसहित चार जनाको स्वकीय सचिवालय सुविधा दिइनेछ । साथै पूर्वराष्ट्रपतिलाई इन्धन मासिक २ सय लिटर पेट्रोल उपलब्ध गराइनेछ । निवर्तमान राष्ट्रपति रामवरण यादवलाई १ लाख ३० हजार रुपैयाँको आवाससहित सचिवालयको सुविधा दिइसकिएको छ, अरू सुविधा दिन बाँकी छ । तर, कानुन नबनाइएकाले यादवलाई दिइएको सुविधा कानुनविपरीत छ ।

प्रधानमन्त्री कार्यालयको प्रस्तावमा पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन घरभाडा ५० हजार, मासिक वृत्ति ४० हजार, स्टेसनरी खर्च १२  हजार, गाडी मर्मत खर्च २५ हजार तथा ५० लाख रुपैयाँसम्मको गाडी, इन्धन मासिक १ सय ५० लिटर र मोबिल खर्च दिइने उल्लेख छ । पूर्वउपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसम्मलाई स्वकीय सचिवालयमा शाखा अधिकृत, चालक/भान्से र कार्यालय सहयोगी गरी तीन जना दिने प्रस्तावमा उल्लेख छ ।

आजीवन विलासी सुविधा पाउनेमा पूर्वराष्ट्रपति यादव, पूर्वउपराष्ट्रपति झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, सुशील कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, कीर्तिनिधि बिष्ट, खिलराज रेग्मी, तुलसी गिरीलगायत छन् । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई क्रमश: ६० लाख र ५० लाख रुपैयाँको गाडी सुविधामा दिने प्रस्तावमा उल्लेख भए पनि यादव र झालाई २ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ल्यान्डक्रुजर प्राडो गाडी चढ्न दिइएको छ ।

आजीवन विलासी सुविधा पाउनेमा पूर्वप्रधानन्यायाधीशहरूमा अनिरुद्धप्रसाद सिंह, नयनबहादुर खत्री, सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय,
केदारनाथ उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी, अनुपराज शर्मा, रामकुमार श्रेष्ठ, दामोदर शर्मा, केदारप्रसाद गिरी आजीवन सुविधा पाउने पूर्वसभामुखमा दमननाथ
 ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, केबी गुरुङ छन् । उनीहरूलाई २ गाडीसहितको अगुवा र पछुवा (स्कर्टिङ) सहितको कम्तीको ३० जनाको सुरक्षाकर्मी उपलब्ध गराइनेछ ।
तीन दर्जनभन्दा बढी पूर्वविशिष्ट पदाधिकारीलाई ३० जना सुरक्षाकर्मी र दुइटा गाडीसहिको सुरक्षा सुविधा दिँदा बर्सेनि अर्बौं रुपैयाँ खर्च हुनेछ ।
kantipur.ekantipur

याँ दिल्ली, २६ मंसिर । जापानी प्रधानमन्त्री सिन्जो अबे औपचारिक भ्रमणका लागि शुक्रबार भारत पुग्नुभएकोे समाचार छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी समकक्षी अबेलाई भारतमा स्वागत गर्दै भन्नुभयो, –“अवे एक ‘असाधारण नेता’ भएको र उहाँको भ्रमणले भारत–जापानबीचको सम्वन्धका थप सुधार हुनेछ ।”
जापानी प्रधानमन्त्री अबेको यस भ्रमणका समयमा करीब रू. ९८ करोड जापानी सहयोगमा निर्माण हुने भनिएको बुलेट रेलका साथै केही अन्य सम्झौता हुनसक्ने चर्चा छ ।
यस विषयमा दुवै तर्फबाट रेल सेवा निर्माणका लागि औपचारिक सम्झौताका बारेमा भने केही सार्वजनिक भने भएको छैन ।
अबे सिन्जोले एक पत्रिकामा जनाए अनुसार भारत–जापानबीच अत्यन्तै गहिरो तथा सांस्कृतिक सम्बन्ध रहेको भनी गरेको टिप्पणीलाई भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी प्रसंसा गर्नुभएको छ ।
प्रधानमन्त्री अबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबारमात्र औपचारिक भेटवार्ता हुनेछ । अबे शनिबारै प्रधानमन्त्री मोदीसँग गृहनगर बनारस जाने कार्यक्रम पनिे रहेकोे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गतवर्ष प्रधानमन्त्री भएलगत्तै जापानको भ्रमण गर्नुभएको थियो । यी दुई देशका प्रधानमन्त्रीले आफ्नो सम्बन्धमा नयाँ पन दिन खोजिरहेका विश्लेषकहरूको भनाई छ ।
जापानी प्रधानमन्त्री अबे जापानबाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुअघि भन्नुभयो– एसियाको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रकाबीचको सम्बन्धमा नयाँरूप दिने प्रयास जारी हुने छ ।
भारतीय प्रधानमन्त्री मोदीले जापान सरकारसँग रेलसेवाको विस्तारका क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो ।
एसियाका यी दुई अर्थतन्त्रबीचको भेटवार्ताका क्रममा आर्थिक लगानीका अरूपनि कैयौँ क्षेत्रका बारेमा छलफल हुने बताइएको छ । –
dainiknepal
पेरिस (फ्रान्स), २६ मंसिर । पेट्रोलियम पदार्थको माग विश्व बजारमा कम भएको भन्दै इन्टरनेसनल इनर्जी एजेन्सी (ओईईए) यसको मूल्यमा थपप गिरावट हुनसक्ने जनाएको छ ।
अमेरिकी मूल्य मापदण्ड दर प्रति ब्यारेलमा शुक्रबार २१ सेन्टले कमीआई प्रति ब्यारेल ३६.५५ अमेरिकी डलरमा कारोबार भएको बताइएको छ ।
यो मूल्य यस पहिले सन् २००९ मा देखिएको मन्दीका कारण विश्व अर्थतन्त्रमा परेको सङ्कटका कारण पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटपछि कै सबैभन्दा कमी हो ।
आईईएको मासिक रिपोर्ट अनुसार पेट्रोलियम पदार्थको मागअनुसार अर्को वर्षसम्ममा यस वर्षको प्रतिदिन १.८ मिलियन ब्यारेल अमेरिकी डलरबाट १.२ मिलियन ब्यारेलमा पुग्नेछ ।
पेट्रोलियम पदार्थ उत्पादन मागको तुलनामा वृद्धि भएका कारण मूल्यमा थप कमी भएको बताइएको छ । खासगरी पेट्रोलियम पदार्थ आपूर्ति गर्ने मुलुकका कारण नै मूल्यमा गिरावट देखिएको हो ।
प्रमुख पेट्रोलियम पदार्थ उत्पादन गर्ने सदस्य राष्ट्रहरू इरान तथा इराकले आफ्नो देशमा भएका द्वन्द्वका कारण परेको अर्थतन्त्र उकास्न उत्पादनमा गरेको वृद्धिको असर मूल्य निर्धारणमा परेको जनाइएको छ ।
पेट्रोलियम पदार्थको अत्यधिक आपूर्तिका लागि उत्पादक मुलुकले मूल्यमा पुनः वर्तमान अवस्थामा ल्याउन आगामी वर्ष भरी सङ्घर्ष गर्नुपर्ने आईईए को प्रतिवेदनमा बताइएको छ ।
dainiknepal
काठमाडौ । अध्ययनबिना नै शिक्षा मन्त्रालयले लागू गर्न लागेको प्रवेशिका परीक्षा (एसएलसी)मा ‘लेटर ग्रेडिङ’ प्रणाली कार्यान्वयनमा समस्या आउने शिक्षा क्षेत्रका विज्ञहरु बताउँछन् ।
शिक्षा मन्त्रालयले बिहीबार ‘लेटर ग्रेडिङ’ प्रणाली लागू गर्ने निर्णय गरेको थियो । ‘लेटर ग्रेडिङ’ प्रणाली शैक्षिक सुधारका लागि विश्व बैंकले ल्याएको अवधारणा हो ।
शिक्षाविद् डा विद्यानाथ कोइरालाले शैक्षिक गुणस्तर सुधार गर्ने बहानामा नेपालको शैक्षिक पद्धति अध्ययन नै नगरी विश्व बैङ्कको दबाबमा उक्त प्रणाली लागू गर्न लागेको बताए ।
उनले तल्लो श्रेणीमा परीक्षा पास गर्ने विद्यार्थीले आफूले चाहेको विषय पढ्न नपाउने हो भने ग्रेडिङ प्रणालीको कुनै मान्यता नहुने बताए । उनले भने –“कि विद्यार्थीले चाहेको सबै विषयमा प्रवेश परीक्षा लिनुपर्ने र मेरिट लिस्टको आधारमा भर्ना हुन पाउने व्यवस्था गर्नुपर्छ । अनि मात्र यो प्रणाली मान्य हुन्छ ।”
उच्च माध्यमिक शिक्षा परिषद्का कामु परीक्षा नियन्त्रक सन्तोष अर्यालले श्रेणी विभाजनका कारण यदि विद्यार्थीले ‘सी’ भन्दा मुनिको अङ्क प्राप्त गरेका विद्यार्थीलाई विज्ञान विषयमा भर्ना लिने कि नलिने भन्नेजस्ता विषयमा समस्या हुने निश्चित रहेको बताए ।
उनले यस प्रणालीले कोही विद्यार्थी पनि परीक्षामा असफल नहुने भएकाले उनीहरुलाई विज्ञान, व्यवस्थापन, मानविकी वा अन्य कुन विषयमा भर्ना गर्न उचित हुन्छ भन्ने विषयमा मन्त्रालयलाई पत्र पठाएको बताए ।
विश्वका १४६ मुलुकमा उक्त प्रणाली लागू भए पनि कतिपयमा यो प्रणाली असफल भएका छन् ।
‘लेटर ग्रेडिङ’ प्रणालीअन्तर्गत नौ श्रेणी छुट्याएको छ । जसअन्तर्गत एं, ए, बीं, बी, सीं, सी , डि, इ र एन हुन्छ । ९० देखि १०० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई एं को श्रेणी दिइन्छ ।
८० देखि ८९ अङ्क प्राप्त गर्ने विद्यार्थीलाई ए, ७० देखि ७९ सम्म अङ्क प्राप्त गर्नेलाई बीं, ६० देखि ६९ सम्मकालाई बी, ५० देखि ५९ सम्मकालाई सीं, ४० देखि ४९ सम्मकालाई सी, ३० देखि ३९ सम्मलाई डी, २० देखि २९ सम्मलाई इ र १ देखि १९ सम्मलाई एन अर्थात् ‘नो ग्रेड’ श्रेणी राखिएको छ ।
nepalsandesh
काठमाडौं, २६ मंसिर । विगत दुई हप्तादेखि राजाधनीमा जारी सत्तारुढ एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा सांगठनिक र भावी कार्यदीशाका विषयमा छलफल हुनेछ । बैठकमा पार्टीलाई कसरी नयाँ ढङ्गले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पनि छलफल हुँदै आएको छ ।
बाबुराम भट्टराई र उहाँको समूहले एमाओवादी परित्याग गरेर नयाँशक्ति निर्माणको अभियानमा लागेपछि केन्द्रीय समितिको बैठक बसेको हो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुँदै आएको छ ।
केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।
एमाओवादीको केन्द्रीय समितिको बैठक बिहान एघार बजेपछि पार्टी मुख्यालयमा बस्ने कार्यक्रम छ ।
dainiknepal
निबार, २६ मंसिर
भारतलाई बुलेट ट्रेन निमार्णमा ९८ करोड सहयोग गर्ने
एजेन्सी । जापानी प्रधानमन्त्री सिन्जो अबे औपचारिक भ्रमणका लागि शुक्रबार भारत आएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जापानी समकक्षी अबेलाई स्वागत गरेका हुन् । स्वागत समारोहमा प्रधानमन्त्री मोदीले अबे ‘असाधारण नेता भएको भन्दै यो भ्रमणले भारत–जापानबीचको सम्वन्धका थप सुधार हुने बताएका छन।
जापानी प्रधानमन्त्री अबेको यस भ्रमणका समयमा करीब ९८ करोड जापानी सहयोगमा निर्माण हुने भनिएको बुलेट रेलका साथै केही अन्य सम्झौता हुने बताइएको छ ।
यस विषयमा दुवै तर्फबाट रेल सेवा निर्माणका लागि औपचारिक सम्झौताका बारेमा भने केही सार्वजनिक भने भएको छैन ।
भारत–जापानबीच अत्यन्तै गहिरो तथा सांस्कृतिक सम्बन्ध रहेको भनी गरेको टिप्पणीलाई भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गरी प्रसंसा रगेका छन् ।
प्रधानमन्त्री अबे र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अाज औपचारिक भेटवार्ता हुनेछ । अबे अाज प्रधानमन्त्री मोदीसँग गृहनगर बनारस जाने कार्यक्रम पनिे रहेकोे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गतवर्ष प्रधानमन्त्री भएलगत्तै जापानको भ्रमणगरेका थिए । यी दुई देशका प्रधानमन्त्रीले आफ्नो सम्बन्धमा नयाँ पन दिन खोजिरहेका विश्लेषकहरुको भनाई छ ।
जापानी प्रधानमन्त्री अबे एसियाको दोस्रो र तेस्रो ठूलो अर्थतन्त्रकाबीचको सम्बन्धमा नयाँरुप दिने प्रयास जारी रहने बताएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले जापान सरकारसँग रेलसेवाको विस्तारका क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताए । एसियाका यी दुई अर्थतन्त्रबीचको भेटवार्ताका क्रममा आर्थिक लगानीका अरुपनि कैयौँ क्षेत्रका बारेमा छलफल हुने बताइएको छ ।
nepalsandesh
सरकारले पूर्वविशिष्ट पदाधिकारीहरू पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई कानुनविपरीत आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्सेनि अर्बौं रुपैयाँको सुविधा दिने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन विलासी सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

गृहले कानुन र स्पष्ट मापदण्ड नबनाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने निर्णयका लागि प्रस्ताव गर्न आनाकानी गरिरहेका बेला प्रधानमन्त्री कार्यालयले लिखित निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयले प्रस्ताव गरेअनुसार पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिँदा बर्सेनि ३ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । त्यति रकमले हरेक वर्ष २० मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना बन्छ । त्यति विद्युत्ले हरेक वर्ष २ घण्टाभन्दा बढी लोडसेडिङ घटाउन मद्दत पुग्नेछ ।

स्रोतका अनुसार गृहले कानुनी व्यवस्थाबिना पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा दिने प्रस्ताव गर्न अस्वीकार गर्दै आएको छ । गृहको प्रस्तावबिनै सरकारले कानुनविपरीत पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा र पूर्वसभामुख सुवास नेम्वाङलाई सुविधा दिइसकेको छ । यादवलाई विलासी गाडीसहित आवाससहितको सुविधा, पूर्वउपराष्ट्रपति झालाई २ करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी र पूर्वसभामुख नेम्वाङलाई ६० लाख रुपैयाँको गाडीसहितको सुविधा दिइएको छ ।

यसअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमको पालामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई कानुन बनाएर आजीवन गाडी, इन्धन, मर्मत, चालक र स्वकीय सचिवालयसहितको आकर्षक सुविधा दिने प्रस्ताव गरी विधेयक संसद् सचिवालयमा पेस गरेको थियो । विधेयकको चौतर्फी विरोध भएपछि तत्कालीन सभामुख नेम्वाङले तत्कालीन गृहमन्त्री गौतमलाई पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विधेयक फिर्ता लिन दबाब दिएपछि सरकारले फिर्ता लिएको थियो । निवर्तमान सभामुख नेम्वाङले अहिले आएर पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा ६० लाख रुपैयाँको विलासी गाडी सुविधा लिइसकेका छन्, जबकि सरकारको प्रस्तावमा पूर्वराष्ट्रपतिलाई ६० लाख, पूर्वउपराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मलाई ५० लाख रुपैयाँबराबरको गाडी सुविधा दिने प्रस्ताव छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएकाले उनकै पार्टीका नेता नेम्वाङलाई ६० लाख रुपैयाँको गाडी खरिद गरी सुविधामा आजीवन चढ्न दिइएको हो ।

स्रोतका अनुसार पूर्वराष्ट्रपतिलाई आजीवन घरघाडा मासिक १ लाख ३० हजार, मासिक वृत्ति ५० हजार, स्टेसनरी खर्च मासिक २४ हजार, मर्मत खर्च २५ हजार रुपैयाँ तथा उपसचिव, नासु, चालक, भान्सेसहित चार जनाको स्वकीय सचिवालय सुविधा दिइनेछ । साथै पूर्वराष्ट्रपतिलाई इन्धन मासिक २ सय लिटर पेट्रोल उपलब्ध गराइनेछ । निवर्तमान राष्ट्रपति रामवरण यादवलाई १ लाख ३० हजार रुपैयाँको आवाससहित सचिवालयको सुविधा दिइसकिएको छ, अरू सुविधा दिन बाँकी छ । तर, कानुन नबनाइएकाले यादवलाई दिइएको सुविधा कानुनविपरीत छ ।

प्रधानमन्त्री कार्यालयको प्रस्तावमा पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखलाई आजीवन घरभाडा ५० हजार, मासिक वृत्ति ४० हजार, स्टेसनरी खर्च १२ हजार, गाडी मर्मत खर्च २५ हजार तथा ५० लाख रुपैयाँसम्मको गाडी, इन्धन मासिक १ सय ५० लिटर र मोबिल खर्च दिइने उल्लेख छ । पूर्वउपराष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसम्मलाई स्वकीय सचिवालयमा शाखा अधिकृत, चालक/भान्से र कार्यालय सहयोगी गरी तीन जना दिने प्रस्तावमा उल्लेख छ ।

आजीवन विलासी सुविधा पाउनेमा पूर्वराष्ट्रपति यादव, पूर्वउपराष्ट्रपति झा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, सुशील कोइराला, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, झलनाथ खनाल, कीर्तिनिधि बिष्ट, खिलराज रेग्मी, तुलसी गिरीलगायत छन् । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई क्रमश: ६० लाख र ५० लाख रुपैयाँको गाडी सुविधामा दिने प्रस्तावमा उल्लेख भए पनि यादव र झालाई २ करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने ल्यान्डक्रुजर प्राडो गाडी चढ्न दिइएको छ ।

आजीवन विलासी सुविधा पाउनेमा पूर्वप्रधानन्यायाधीशहरूमा अनिरुद्धप्रसाद सिंह, नयनबहादुर खत्री, सुरेन्द्रप्रसाद सिंह, ओमभक्त श्रेष्ठ, मोहनप्रसाद शर्मा, केशवप्रसाद उपाध्याय, केदारनाथ उपाध्याय, गोविन्दबहादुर श्रेष्ठ, हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी, अनुपराज शर्मा, रामकुमार श्रेष्ठ, दामोदर शर्मा, केदारप्रसाद गिरी आजीवन सुविधा पाउने पूर्वसभामुखमा दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, केबी गुरुङ छन् । उनीहरूलाई २ गाडीसहितको अगुवा र पछुवा (स्कर्टिङ) सहितको कम्तीको ३० जनाको सुरक्षाकर्मी उपलब्ध गराइनेछ । तीन दर्जनभन्दा बढी पूर्वविशिष्ट पदाधिकारीलाई ३० जना सुरक्षाकर्मी र दुइटा गाडीसहिको सुरक्षा सुविधा दिँदा बर्सेनि अर्बौं रुपैयाँ खर्च हुनेछ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

ratopati
शनिबार, २६ मंसिर
काठमाडौे । भारत भ्रमणमा पहिलो असफल भएपछि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यसपालि निजी भ्रमण भन्दै भारततिर लागेका थिए ।
भम्रणमा प्रधानमन्त्री मोदीसँग भेट भएन । तर, बिहान स्वराजको निवासमै पुगेर उपप्रधानमन्त्री थापाले कुराकानी गरे । त्यहीँबाट प्रधानमन्त्री केपी ओलीसँग स्वराजको कुराकानी भयो । तीनबुँदे प्रस्ताबबारे स्वराज सम्भवत आश्वस्त भइन् ।
मोर्चाका शीर्ष नेतालाई बोलाएरै कुराकानी गर्ने आश्वासन भारतीय पक्षले दियो । त्यही बिहान थापा काठमाडौं फर्किए । जाँदाजाँदै उनले भने, ‘भारत सकारात्मक भयो, नाकाबन्दी खुल्छ ।’ मधेसीसँग वार्ता हुने र सहमति हुने थापाले अगाडि नै भारतीय मिडियामार्फत सार्वजनिक गरिदिए ।
सहमतिपत्र पहिले नै सार्वजनिक गरेर आफूहरूलाई भूमिकाविहीन बनाएको भन्दै मधेसीहरू आक्रोशित भए । उता, दिल्ली भने मधेसी नेतालाई फकाउने र दबाब दिने रणनीतिमा लाग्यो । आजको नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh
शनिबार, २६ मंसिर
काठमाडौं । मधेस आन्दोलनमा केन्द्रित देखिँदै गएको भारतीय दूतावासले अचानक नेपालको आर्थिक प्रगतिलाई मुख्य मुद्दा बनाएर आफ्नो दृष्टिकोणमा परिवर्तनको संकेत दिएको छ।
शुक्रबार राजदूत रञ्जित रेले आफ्नो निवासमा विभिन्न दलका नेतालाई दिएको भोजमा त्यस्तो दृष्टिकोण परिवर्तनको आभास दिएका हुन्।
भोजका क्रममा राजदूत रेले नेपालका दर्जनौं राजनीतिक मुद्दालाई निकास दिँदै आर्थिक विकासमा जुट्न सुझाव दिएका थिए।
’वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट पुगेको क्षति एवं मधेसमा जारी आन्दोलनका कारण भएको क्षतिले नेपालको आर्थिक अवस्था धाराशायी हुँदै गएकाले सरकार र दलले राजनीतिक मुद्दालाई साता(दस दिनभित्रै छिनोफानो गरी नेपालको आर्थिक विकासमा जुट्न’ दलका प्रतिनिधिलाई सुझाएको स्रोतले जनाएको छ।
परराष्ट्रमन्त्री कमल थापा तथा मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेता भारत भ्रमणबाट फर्केको दुई दिन नबित्दै भारतीय दूतावासले शुक्रबार संविधानसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलका प्रतिनिधिका लागि दिवाभोज आयोजना गरेको थियो।
दिवाभोजमा कांग्रेस, एमाले, एमाओवादी, मोर्चा सम्बद्ध र साना दलको समेत प्रतिनिधित्व थियो। दिवाभोजमा उपस्थित सभासद्लाई रेले समूह र एक्लाएक्लै भेटेका थिए। आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh
काठमाडौं, २६ मंसिर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शुक्रबार चार महिना पुगेको छ ।
साउन ३० देखि सुरू भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा तराइका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।
महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्ता निरास छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
वीरगन्ज रक्सौल नाकाको मितेरी पुल, रौतहटको सदरमुकाम गौर बैरगनिया नाकाको मितेरीपुल र सर्लाहीको मलंगवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सै घण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।
dainiknepal
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर २६ गते। शनिबार। इश्वी सन् २०१५ डिसेम्बर १२ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– प्रतिपदा, १६:१४ बजेउप्रान्त द्वितीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसानातिना काममा अल्झनुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। फाइदाका लागि सहयोगी जुटाउने प्रयत्न गर्नुहोला। धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। आँटेका काम पूरा नभए पनि आंशिक सफलता मिल्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले केही बाधा पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। अवरोध पन्छाउँदै काम सम्पादन गर्न सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। साथीसंगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। काममा अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraसजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। एक्लो प्रयासबाटै धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविभिन्न अवसरले पछ्याउन सक्छन्। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका छ। मानसम्मान पाइनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। लगनशीलताले थप फाइदा दिलाउनेछ र प्रसन्नता मिल्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसमयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusउठ्नुपर्ने रकम हातलागी हुनाले तत्कालका समस्या टर्नेछन्। व्यवसायमा सामान्य फाइदा प्राप्त हुन सक्छ। अरूका लागि उपयोग भइनेछ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला। लगानीको कम प्रतिफल पाइनेछ भने अरूको भरण–पोषणमा खर्च हुन सक्छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकीर्तिमानी कामले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

सर्लाही, २५ मंसिर । मधेशलाई छुट्टै देश मागेर पर्चा बाँडदै गरेको अवस्थामा पक्राउ गरेकोे ५ जनालाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत कारबाही प्रकृया अगाडी बढाएको छ ।
सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठन्धनका केन्द्रीय सहसंयोजक नवलपरासी जिल्ला परासी नगरपालिका–५ निवासी कैलाश महतो नुनिया, सर्लाही संयोजक धर्मलाल राय, जिल्ला संघर्ष


समितिका संयोजक सुरेश यादव, प्रचार प्रसार विभाग प्रमुख अखिलेश्वर प्रसाद राय कुर्मी र मधेश मुक्ति अभियानका संयोजक हृदयनारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।
पक्राउ गरेका ५ जनालाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक रमेश खड्काले जानकारी दिए ।
विहिबार दिनभर सदरमुकाम मलंगवाका विभिन्न स्थानमा मधेशलाई छुट्टै देश बनाउनुपर्ने लगायत विभिन्न माग अंकित पर्चा बाँड्ने, विचार अभिव्यक्त गर्ने गरिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको र जसमध्ये ६ जना सामान्य कार्यकर्तालाई भने छाडिएको प्रहरीले जनाएको छ ।
राज्य विरुद्धको अपराध अन्तर्गत मुद्धामा कारबाही गर्ने तयारी गरिएपनि म्याद थप, बयान लगायत प्रकृयामा सर्लाहीबाट पटक–पटक विशेष अदालत पठाउन समस्या भएकाले सार्वजनिक अपराध मुद्धामा कारबाही बढाईएको प्रनाउ खड्काले जानकारी दिए ।
dainiknepal
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु
महोत्तरी, २५ मङ्सिर । भारत भ्रमणमा गएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष चार नेताको मधेसमै आलोचना सुरु भएको छ ।
यसैक्रममा आलोचना गर्दै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले नेपालको आन्तरिक समस्याको हल देश बाहिरबाट हुन नसक्ने बताउनुभएको छ ।
धनुषाको सबैलामा आयोजित विरोधसभालाई सम्बोधन गर्न हिँड्नुभएका संघीय समावेशी मधेसी गठबन्धनका नेता भण्डारीले आज दिउँसो महोत्तरीको बर्दिवासमा पत्रकारसँग कुरा गर्दै नेपालको आन्तरिक समस्या लिएर नेपाली जनता आन्दोलित भएकाले देशभित्रको समस्या देशभित्रै समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal
भैरहवा, २५ मंसिर । हुँदै नभएका घटनालाई अतिरञ्जित गर्दै नेपालको बारेमा भ्रम फैलाउने केही भारतीय मिडियालाई नेपालमा बिक्री वितरण तथा प्रसारणमा रोक लगाउनुपर्नेमा सीमा क्षेत्रका अगुवा पत्रकारले सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासघ रुपन्देहीले बुधवार भैरहवामा राखेको मधेस आन्दोलन र नाकाबन्दी सम्बन्धित पत्रकार सुझाव संकलन कार्यक्रममा आफ्ना सुझाव राख्दै वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले नेपाल र भारतबीचको सदियौँदेखिको सम्बन्ध बिगार्नेगरी केही भारतीय मिडियाले अफवाह फैलाएको जनाउँदै सो कार्यलाई केन्द्रिय स्तरमा नेपाल सरकारले र स्थानीय स्तरमा स्थानीय प्रशासनले पत्रिकाको बिक्री वितरणमा रोक लगाउनुपर्नेमा जोड दिए ।
राससका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका चापागाईले विदेशी डलर र आपराधिक तत्वले सुनियोजित ढंगले साम्प्रदायिकता फैलाएको जनाउँदै भने “बाह्र वर्ष अगाडि गोरखपुरबाट आएको खाटी मधेसी हुने हामी सयौँ वर्षदेखि यहीँ बस्दा पनि मधेसी नभई पहाडिया भईराख्ने यो कस्तो न्याय हो ?” । प्रेस चौतारीका पूर्व केन्द्रिय अध्यक्षसमेत रहेका चापागाईले पत्रकार भएपछि विषयवस्तुमा मात्रै सम्बन्ध राख्नुपर्ने, अनावश्यक रुपमा कसैसँग निकटता र कसैसँग दुरी राख्दा सुरक्षा चुनौती हुने जनाए ।
अर्का वरिष्ठ पत्रकार दिलिप भट्टराईले भारतीय मिडियाले उत्तेजक र भ्रमपूर्ण समाचार प्रकाशन तथा सम्प्रेषण गरेर नेपाली समाजमा विखण्डन ल्याउन खोजेको जनाए । भट्टराईले भने “स्थानीय प्रशासनले विगतमा भारतले नाकाबन्दी गरीरहँदा भारतीय मिडियाहरुले अहिलेजस्तै गरी भ्रम फैलाएका थिए, त्यो अवस्थामा स्थानीय प्रशासनले भारतीय पत्रपत्रिका नेपाल प्रवेशमा रोक लगाएको थियो । अहिले पनि त्यो गर्नु जरुरी छ किनकी भारतीय मिडियाले आगोमा घिऊ थप्ने काम गरेका छन्, द्वन्द्वलाई बढावा दिएका छन् र नेपालको सामाजिक सद्भाव बिथोलिरहेका छन् ।”
सोही अवसरमा अर्का वरिष्ठ पत्रकार नारायण सापकोटाले अतिरञ्जित, भ्रमपूर्ण र कपोकल्पित समाचार प्रकाशन तथा प्रसारण गरेर भारतीय मिडियाहरु नेपालमा साम्प्रदायिक द्वन्द्व मच्चाउन उद्धत रहेको जनाए । सम्पादक समाजका केन्द्रिय उपाध्यक्ष समेत रहेका सापकोटाले कोअर्डिनेसन र कोअपरेशनको खाँचोे रहेको जनाउँदै सीमावर्ती भारतीय पत्रकारहरुलाई नेपालमा निमन्त्रणा गरी वस्तुस्थितिको बारेमा नेपाल पत्रकार महासंघद्वारा तत्काल जानकारी गराउनुपर्नेमा जोड दिए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका रुपन्देहीका निर्बतमान सभापती दिपक ज्ञवालीले पत्रकार कुनै जाति, धर्म र सांप्रदायिकको पक्ष लाग्न नहुने कुरामा जोड दिएका थिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य समेत रहेका ज्ञवालीले जोखिमपुर्ण क्षेत्रबाट रिपोर्टिङ गर्दा आफै सुरक्षित भएर पत्रकारले काम गर्न आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति शेरबहादुर केसीले सीमावर्ती क्षेत्र सँधै असुरक्षित रहेको जनाउँदै पछिल्लो समय लामो समयदेखि तराई मधेस बन्द हुँदा स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न नपाएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
मधेसका २२ जिल्लाका पत्रकार महासंघका शाखा अध्यक्षहरुको चितवनमा हुनलागेको भेलाको पुर्बसन्ध्यामा आन्दोलन र नाकाबन्दीको बिषयमा सिमाक्षेत्रका पत्रकारहरु संग छलफल गरिएको हो । उक्त कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुुंगानाले स्वतन्त्र पत्रकारिताको आचारसंहिताभित्र रहेर पनि समाचार लेख्न नसकिएको, सत्य समाचार लेख्दा धम्की खेप्नुपरेको जनाएका थिए ।
सो अवसरमा सीमावर्ती धकधई, भैरहवा, मर्चवार, लुम्बिनी कार्यक्षेत्र भएका पत्रकारहरु नरेश केसी, शंकर पाण्डे, उषा किरण कँडेल, गोपाल बन्जाडे, टिपी भुषाल, शम्भुप्रसाद शर्मा, सम्झना शर्मा, श्यामशंकर पाण्डे, सलमान खान, प्रल्हाद यादव, कमल रायमाझी, राधेश्याम विश्वकर्मा, विरेन्द्र मिश्र, कृष्ण ढकाल, विवेक विश्वकर्मा, संजय गुप्ता, माधव न्यौपाने, सरिना मरासिनी, दिपक घिमिरे, सिपी खनाल लगायतले करिब साढे तीन महिनादेखिको बन्द हड्तालका कारण पत्रकारहरु मारमा परेको, स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न नसकेको, उद्योगधन्दा बन्द हुँदा स्थानीय सञ्चारगृह रेडियो, पत्रिका बन्द हुने अवस्थामा पुगेको, इन्धनको सहज आपूर्ति नहुँदा सहजै आवतजावत गर्न नसकेको तथा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तामा नेपाली मिडियाप्रति सिर्जना भईरहेको नकारात्मक भावनालाई चिर्न नसकिएको जनाएका थिए ।
dainiknepal
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँस गरेर स्थगन भएको छ ।

आज अपराह्न ३ बजेका लागि तय भएको बैठकमा भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक मात्रै पेस गर्ने कि संविधान संशोधनसम्बन्धी विधेयक पनि सँगै पेस गर्ने भन्ने विषयमा कुरा मिल्न नसक्दा बैठक बस्न नसकेको हो ।

व्यवस्थापिका–संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले यही मङ्सिर २७ गते अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।

बैठक सञ्चालन गर्ने विषयमा सत्तारुढ, प्रमुख प्रतिपक्षी र मधेसकेन्द्रित दलका नेतासँग संसद् भवन नयाँ बानेश्वरमा नै छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेन ।

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आइतबार बस्ने बैठकमा संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनः निर्माण प्राधिकरण गठनसम्बन्धी दुवै प्रस्ताव पेस गर्ने गरी बैठक स्थगन भएको जानकारी दिए ।annapurnapost
भक्तपुर, २५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले मधेस आन्दोलनको समस्या लिएर मधेसकेन्द्रित नेताले भारत गुहार्नु गलत भएको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले मधेसको समस्या समाधान भारतसँग नभई नेपालमै खोज्नुपर्नेमा जोड दिनुभयो ।
नेता राणाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालका मामलामा कूटनीतिक मर्यादाभन्दा बाहिर गएर बोल्ने गरेको आरोप पनि लगाउनुभयो ।
dainiknepal


भैरहवा : नेपालको दोस्रो मुख्य व्यापारिक सीमानाका सुनौलीमा करिब तीनलाख एलपी ग्यासका सिलिन्डर र ११ लाख लिटर पेट्रोल, डिजेल अडकिएको छ ।

असोजदेखि नै मधेशी मोर्चाको आन्दोलन एवं धर्ना नभएको सुनौली नाकामा भारतीय पक्षले समेत रक्सौलबाट रि–रुट गरि पठाएका विभिन्न ३४ कम्पनीका खाना पकाउने ग्यासका बुलेटहरु नाकामा अडकिएका छन् ।

काठमाडौं, धादिङ, चितवन, पर्सा तथा लुम्विनी अञ्चलमा स्थापित तीन दर्जन कम्पनीका प्लान्टहरुको ग्यासका बुलेटले नेपाल प्रवेश पाएका छैनन ।


नेपाल आयल निगम क्षेत्रिय कार्यालय भलवारीका भन्सार क्लिलिएरिङ कर्मचारी युवराज शर्माले नाकामा एलपी ग्यासका १०७ वटा बुलेट र डिजेल ६३ ट्यांकर, पेट्रोल ७ ट्यांकर र मट्टीतेल एक ट्यांकरसहित ७१ वटा ट्यांकरहरु हप्तौदिनदेखि सुनौलीमा अड्किएको जानकारी दिए ।

सानो एक ट्यांकरमा १२ हजार, मझौलामा १७ हजार र ठूलोमा २० हजार लिटर इन्धन बोकेका सबै प्रकृतीका टेन्करहरु नाकामा रहेको नेपाल आयल निगमका कर्मचारीले बताए ।

यसैगरी सिलन्डर भरीदिँदा एक बुलेटबाट एकहजार दुईसय ५० सिलिन्डर भरिन्छ । तर यतिबेला भारतको नाकावन्दीको प्रभावले ग्यास निर्वाधरुपमा आयत रोकिएपछि सरकारकै निर्देशनमा कम्पनीहरुले आधा सिलिन्डर ७.१ किलोग्राम ग्यास दिने निर्णय गरेका छन् ।

उक्त बुलेटबाट कम्पनीहरुले आधा सिलिन्डर दिँदा उपभोक्ताका २ लाख ६७ हजार ५०० सिलिन्डर धनी लाखबढी सर्वसाधारण र होटल व्यवसायीहरुले राहत पाउने देखिन्छन ।

नाकामा सवैभन्दा बढी त्रिशुल कम्पनीको १० वटा, सिद्धार्थको ७, स्वस्तिक, मनकामना, नेपाल, बाबा, गृहलक्ष्मी, आरती र बुटवललगायत ३४ वटा कम्पीका १०७ वटा ग्यासका बुलेट ग्यास रहेका छन् ।

स्वस्तिक ग्यास कम्पनीका सञ्चालक एवं उद्योग व्यापार संगठनका निर्वतमान अध्यक्ष मनिषकुमार जोशीले नाकामा रोकिएका ग्यासका वुलेटहरु भित्र्याउन पाए हजारौँ नागरिकको चुल्हो बली राहत पाउने वताए ।

भारतीय सीमावर्ती अधिकारीहरुले शुक्रबार दिउँसोसम्म सुनौलीनाकाबाट इन्धन र ग्यास नेपाल छिर्न दिएका छैनन् । अन्य मालवहाक गाडीहरु भने ५० बढी छिरेको बेलहिया प्रहरी इलाका कार्यालयका प्रहरी निरीक्षक अभय विक्रम शाहले बताए ।

भारत सुनौली प्रहरी चौकीका प्रमुख भरत यादवले गाडीहरुको जामले ट्यांकर र ग्यासका बुलेड धेरै पछाडि परेकाले लाइनबाट आउँदा ढिलाई भएको बताए ।

सिमापारि २ हजारबढी मालवाहक गाडी, ४०० जति कन्टेनर र औषधिका दर्जनौ गाडी र इन्धनका करिब दुईसय गाडी रहेको भन्सार एजेन्ट संघ भैरहवा अध्यक्ष कृष्ण्प्रसाद घिमिरेले बताए ।

ती गाडीहरुको लाइन करिश २५ किलोमिटर परसम्म पुगेको छ । पार्किङको समस्याले सडक किनारमा गाडीहरु रोकिएका छन् ।  
annapurnapost
पालगन्ज, २५ मंसिर । बाँकेमा पर्ने नेपाल–भारत नाका विहीबारदेखि खुलेको छ । नेपालगन्ज नाका भएर शुक्रबार ९ ट्यांकर डिजल, १ ट्यांकर पेट्रोल र ३३ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।
भारतीय नाकाबन्दीका कारण करिव दुईसातादेखि सीमा बजार रुपईडिहामा रोकिएका मालबाहक र इन्धन लगायतका गाडी नेपाल भित्रिने क्रम जारी छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीका अनुसार हिजो बेलुकासम्म ३४ ट्यांकर डिजल, ५ ट्याङ्कर पेट्रोल, ४ ट्यांकर हवाई इन्धन र ७ बुलेट खाना पकाउने एलपी ग्याँस भित्रिएका थिए ।
हिजो नै १८९ वटा मालबाहक गाडी नेपाल भित्रिएको गिरीले जानकारी दिनुभयो । भारतीय पक्षले हिजोको तुलनामा आज केही कडाई गरेको छ । एसएसविले आज हरेक १५ मिनेटमा एउटा गाडी नेपाल प्रवेश गर्न दिएको छ ।
अहिले ४० वढि मालबाहक र १३ वटा इन्धनका गाडी सीमापारी रुपईडिहामा रहेको जमुनाहा प्रहरीले जनाएको छ ।
 dainiknepal
शुक्रबार, २५ मंसिर ।विश्व भरिका फिरन्ते पर्यटकहरुका लागि घुम्नै पर्ने देशहरुमा नेपाल ५ औं नम्बरमा परेको छ ।
पर्यटकहरुका लागि सेवा दिंदै आईरहेको द ट्राभलर्सले यो जानकारी दिएको हो । द ट्राभलर्सका अनुसार नेपालमा हाल सालै भुकम्प गएको थियो तर अहिले त्यहाँ निर्माणको काम भैरहेको छ । भुकम्पले केहि क्षति गरे पनि नेपालमा घुम्ने ठाउँ धेरै छन् ।
जस्तै अन्नपूर्ण र सगरमाथाको ट्रेकिङको लागि नेपाल सुरक्षित छ र त्यहाँ जानको लागि खान पान र बसोबासको पनि राम्रो व्यवस्था गरिएको छ । द ट्राभलर्सले नेपाल भ्रमणको क्रममा छुटाउनै नहुनेमा एभरेष्ट बेस क्याम्पको ट्रेकिङलाई लिएको छ ।
द ट्राभलर्सले घुम्नै पर्ने पहिलो दोस्रो र तेस्रो देशहरुमा क्रमश नामिबिया ,क्युवा ,अमेरिकालाई घोषणा गरेको छ ।
nepalsandesh
काठमाडौँ, २५ मङ्सिर । भारतले अघोषितरुपमा जारी राखेको नाकाबन्दीको विरोधमा व्यवस्थापिका-संसद्मा छलफल गर्न माग गर्दै केही सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।
व्यवस्थापिका-संसद् सचिवालयमा सांसदहरु लक्ष्मण राजवंशी, शिवलाल थापा र जयदेव जोशीले सो प्रस्ताव आज संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।
भूपरिवेष्ठित राष्ट्रले पाउने पारवहन सुविधाको उल्लङ्घन हुने गरी विगत तीन महिनादेखि भारतले इन्धन, औषधिलगायतका अत्यावश्यकीय सामग्रीको आयातमा रोक लगाएको उल्लेख गर्दै सांसदले नेपाली जनताको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतामाथि ठाडो हस्तक्षेप भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ ।
उहाँहरुले सचिवालयमा दर्ता गराउनुभएको सो प्रस्तावलाई अविलम्ब सदनको कार्यसूचीमा समावेश गरी पारित गराउनसमेत आग्रह गर्नुभएको छ ।
स्मरण रहोस्, राससले बिहीबार नै सदन नखुल्दा भारतको अघोषित नाकाबन्दी संसद्मा प्रवेश पाएन भन्ने समाचार प्रकाशित गरेको थियो ।
dainiknepal
 मंगलबार, १२ असोज
अभिमन्यु
भारतीय आर्थिक नाकावन्दी विरुद्ध नेपालले पनि जवाफी नाकाबन्दी गरी भारतलाई घुँडा टेक्न वाध्य पार्ने क्षमता राख्दछ । तर नेपाल सरकारको दास मानसिकता र सत्ताधारी दलहरुका केही प्रमुख नेताहरुको भारतीय सरकार प्रतिको विगतको दलाली मानसिकताले गर्दा भारतीय सरकारको अति निकृष्ट नाकावन्दी विरुद्ध जवाफी नाकाबन्दीको कुनै कदम चालिएको छैन ।
नेपाल सरकारले तत्कालै केही गम्भीर कदमहरु चाल्न सक्दछ । भारतको प्रतिकृयावादी विस्तारवादी सरकारले अन्तराष्ट्रिय सन्धि सम्झौताहरु पालना नगरेपछि नेपालले पनि मानिराख्न पर्छ भन्ने छैन । त्यसैले नेपाल सरकार मन्त्रिपरिषदले यी कामहरु तुरुन्त गरेर भारतीय विस्तारवादी प्रतिकृयावादी सरकार विरुद्ध पनि काउन्टर नाकावन्दी थालिहाल्नु पर्दछ ।
१) भारतले अरु सामानमा नाकावन्दी गरेपनि कुहिने सामानहरु जस्तै तरकारी, केरा, फलफुल आदि नेपाल निर्यात गरिरहेको छ । नेपाल सरकारले तुरुन्तै ती वस्तुहरु पनि भारतवाट आयात गर्न अघोषित प्रतिवन्ध लगाइ हाल्नु पर्दछ । तरकारी र फलफुल खान नपाउँदैमा नेपालीहरु सबै मर्ने हुँदैन । भारतीय ती सामानहरु भारतमैं जे गर्न मन लाग्छ गरोस । यसवाट दैनिक करोडौं रुपैयाँ भारतमा जानवाट पनि वच्ने हुन्छ र नेपाल कै किसानहरुलाई उत्पादन गर्न प्रोत्साहन हुन्छ ।
२) अघोषित नाकावन्दी विरुद्ध भारत स्थित हाम्रो राजदूत फिर्ता बोलाउने र भारतीय राजदूतलाई नेपालवाट निस्कासन गर्नु पर्दछ । विराटनगर स्थित भारतीय अबैध अफिस वन्द गर्नु पर्दछ । वीरगञ्ज स्थित भारतीय वाणिज्य कार्यालय पनि बन्द गराउनु पर्दछ । यसले अन्तराष्ट्रिय प्रचार पाउने हुन्छ र भारतीय दादागिरी विरुद्ध विश्व जनमत वन्ने हुन्छ ।
३) भारतीय ठेकेदारलाई अरबौ नाफा हुने गरि दिइएका जलविद्युत आयोजनाहरु, वाटो निमार्ण, अन्य विभिन्न ठेक्काहरु सबै खारेज गर्नु पर्दछ । यसवाट नेपाली व्यवसायीहरुले नै ती कामहरु गर्ने अवसर पाउनेछन् र नेपालको विकास निर्माण नेपालीहरुले नै गर्ने आर्थिक नीति लागु हुन थाल्नेछ । अरबौं रकम भारतले नेपालबाट शोषण गर्न पनि पाउने छैन ।
४) भारतवाट ल्याइने अरबौं रुपैयाँ बराबरका सामानहरुको ठेक्का पनि खारेज गर्नु पर्दछ । यसवाट भारतीय पुँजीपतिहरु मथि ठूलो दबाब पर्ने छ र उनीहरुले भारतीय सरकार माथि दबाब दिन वाध्य हुनेछन् । ती सामानहरु हामी अलि ढिला भएपनि चीनवाट ल्याउन सक्ने हुन्छौं र कयौ सामान नेपाल मै उत्पादन गर्न सक्ने हुन्छौं तथा कयौं सामान नेपालमा बने पनि भारतीय प्रतिस्पर्दा र दबाबमा भारतीय सामान ल्याइने गरेकोमा नेपाल मै उत्पादित सामान प्रयोग गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन दिन सक्ने हुन्छौं ।
५) हामीले भारतसँग सामान सित्तैमा मागेर लिने गरेको होइन रगत पसिना वगाएर कमाएको पैसाले किन्ने हो । बजारमा बिक्रेताले ग्राहकलाई फकाउन पर्नेमा यहाँ उल्टो भैरहेको छ । यसो हुनाको कारण भूकम्पले गर्दा चीनको नाका नचलेको अवस्था र भारतसँग पेट्रोल डिजेल ग्याँस आदिमा अत्यधिक निर्भरता र भारतीय एकाधिकार हो । यसलाई अब दीर्घकालीन योजना वनाएर तोड्न पर्दछ भन्ने प्रष्ट भैसकेको छ ।
६) त्यसैले देशको जलविद्युत शक्ति को तीब्र विकासका लागि विश्वमा छरिएर रहेका नेपालीहरु मध्ये विकसित देशहरुमा रहेकावाट ५ लाखका दरले शेयर उठाउने र अरब तथा मलेशिया आदि देशमा गएकाबाट एकलाखका दरले शेयर उठाउने हो भने दुई देखि तीन वर्षमा साना तथा निम्न मध्यमस्तरका आयोजनावाट तीन हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने पूँजी जम्मा हुन्छ ।
७) राजा वीरेन्द्र र उनको वंशको नाममा रहेको सम्पति मात्रै राम्रो सदुपयोग गर्ने हो भने पनि पाँचलाख नेपालीलाई रोजगारी दिन सक्ने सयौं उद्योग स्थापना गर्ने पूँजी छ । भ्रष्ट नेताहरु र भ्रष्ट कर्मचारीहरुको सम्पति राष्ट्रियकरण गर्ने हो भने दशलाख नेपाली युवाहरुलाइ स्वदेश मै रोजगारी दिने हजारौं उद्योगहरु खोल्न पुग्ने लगानी जम्मा हुन्छ ।
८) सामन्ती राजतन्त्रले त १३ महिनासम्म भारतीय नाकाबन्दी सामना गरेको थियो भने अहिलेको गणतान्त्रिक सरकारले कम्तिमा एक वर्ष भारतको नाकावन्दीको सामना गर्ने र भारतमाथि पनि उपरोक्त तरिकावाट काउन्टर नाकावन्दी गर्ने हो भने नेपालमा आर्थिक क्रान्तिको एेतिहासिक सुरुवात हुनेछ र नेपाल विकास पथमा लम्कने छ ।
nepalsandesh
शुक्रबार, २५ मंसिर
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा सहमतिकालागि सकारात्मक बनीरहेका बेला संविधानको सहयात्री दल सहमतिको विपक्षमा उभियो भने के होला ?
राजनीतिमा रात रहे अग्राख पलाउँछ भन्ने उखान चरितार्थ हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतीबेला मोर्चासँगको सहमतिय राजनीतिबाट अलग हुने तयारीमा पुगेको छ ।
शुक्रबार दिउँसो १ बजेकालागि बोलाइएको बैठकमा नेपाली कांग्रेसका शीर्ष नेताहरु आएनन् । लाग्ला, सुचना नपाएर नआए होलान् ।
तर होइन, प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति एवं संविधान जारी गर्दाको सरकारका प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरे । कोइराला हिजोसम्म ठिकै थिए ।
विभिन्न बैठकहरु र विभिन्न विवाहको रात्री भोजसम्ममा पुग्न सकेका थिए । तर, वार्ताको खबर पाएलगत्तै उनी बिरामी भए ।
त्यती मात्र हैन, रामचन्द्र र शेरबहादुरलाई पठाइदिनुस् भन्ने प्रधानमन्त्रीको आग्रहमा तपाईंले गरे भैगो भनेर फोन नै काटीदिए । बिहीबार पनि संसद चल्न दिने सहमति गरेर संसद भवन भित्र पुगेपछि मोर्चा भन्दा पनि क्रान्तिकारि बनेर कांग्रेसले नै संसद बैठक रोक्यो ।
रामचन्द्र पौडेलले रोक्न खोज्दा अरुले मानेनन् । कांग्रेस नआएपछि मोर्चा र सत्तारुढ दलहरुको बैठक मन्थनमै सिमित बन्यो । कांग्रेसले भाउ खोज्दा सहमति टाढा बन्दै गएको छ ।
र सहमतिकालागि मोर्चा र सरकार गम्भीर बन्दा प्रमुख प्रतिपक्षी कांग्रेस गैर जिम्मेवार बन्नु देशकै लागि घातक हुनेछ ।
nepalsandesh
ललितपुर, २५ मङ्सिर । अर्थमन्त्री विष्णु पौडेलले भारतले लगाएको नाकाबन्दी छिट्टै खुल्ने बताउनुभएको छ ।
बाह्रवर्षे गोदावरी सिंहस्थ महामेला आयोजकले आज आफ्नो खर्च विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा उहाँले इन्धन अभावले पैदा भएको समस्या समाधानतर्फ गएको बताउनुभएको छ । मधेसी मोर्चासँगको वार्ता सकारात्मक हुँदै गएको उहाँको भनाइ रहेको थियो ।
चक्रपथदेखि गोदावरीसम्मको बाटोलाई फराकिलो पार्ने कार्यमा सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो । यसैगरी, उहाँले वहुप्रतिक्षित ललित घुम्ती (सडक) निर्माण तथा गोदावरी करिडोर सडक निर्माणमा समेत सहयोग गर्ने आश्वासन दिनुभयो ।
गोदावरी कुण्डको जिर्णोद्धारलगायत नवनिर्माणमा पनि सरकारको सहयोग रहनेछ, उहाँले भन्नुभयो ।
महामेलामा रु एक करोड छ लाख ९६ हजार १२७ आम्दानी भएकोमा ४८ लाख ५८ हजार ५५७ रुपैयाँ बचत भएको आयोजकका सहसंयोजक मधुसुदन पौेडेलले बताउनुभयो । गोदावरी मेला गत भाद्र महिनाभरि सञ्चालन भएको थियो ।
dainiknepal
काठमाडौं । भारतले लगाएको अधोषित नाकाबन्दीको विषय फ्रान्सको संसदमा प्रवेश भएको छ । फ्रान्सका सभामुख क्लाउड बार्तोलोनले भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालमा मानविय संकट उत्पन्न हुन लागेको बारे आफुहरु पनि जानकार रहेको बताए ।
उनले संकट समाधानकालागि नेपालीबीचमा देखिएको एकताले सबैलाई उर्जा मिलेको बताउँदै नआत्तीकन संकट समाधानमा लाग्न समेत आग्रह गरेका छन् ।
सभामुख क्लाउडलाई एनआरएन फ्रान्सका तर्फबाट भारतीय नाकाबन्दीका बारेमा जानकारी सहितको ज्ञापन पत्र बुझाउँदै गर्दा उनले यस्तो बताएका हुन् ।
फ्रान्समा भएको आतंककारी हमला पश्चात् नेपालीहरुले प्रदर्शन भने गरेनन् । उनीहरुले सभामुखलाई एक सार्वजनिक समारोहमा भेटेर ज्ञापन बुझाएका थिए ।
नेपालीहरुको नेतृत्व एनआरएन फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्यालले गरेका थिए । नेपालीहरुले भारतले अन्तर्राष्ट्रिय कानुन विपरित नेपालमा नाकाबन्दी लगाएको र आम नेपालीले औषधि उपचार समेत गर्न नसकेको जानकारी गराएका थिए ।
क्लाउडले नेपालीहरुले भनेका कुरा ध्यान दिएर सुनेपछि आफुहरु नेपालकै साथमा रहेको बताएका थिए । उनले यो बारेमा संसदलाई समेत जानकारी गराउने बताएका थिए ।
nepalsandesh
काठमाडौ, २५ मंसिर । राजसंस्था र हिन्दू अधिराज्य स्थापनाको माग राख्दै आन्दोलन गरिरहेको राष्ट्रिय जनसंघर्ष मोर्चाले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
विभिन्न धार्मिक संस्था र राजतन्त्रबादी पार्टीहरुको संयुक्त मोर्चाको रुपमा रहेको जनसंघर्ष मोर्चाले आगामी मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म दैनिक रुपमा रत्नपार्क शान्ति बाटीका मध्यान्ह १२ बजे जम्मा भएर बसन्तपुर पुगेर विरोधसभा गर्ने शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषण गरेको हो ।
पत्रकार सम्मेलनमा मोर्चाका संयोजक श्याम तिमल्सिनाले पहिलो चरणमा धर्ना लगायतका आन्दोलनका कार्यक्रम सरकारले नसुनेका कारण आफूहरु थप आन्दोलनको कार्यक्रम गर्न बाध्य भएको भन्दै अब पनि सरकारले नसुने मुलुकनै ढप्प पार्ने गरी आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
शिव सेना नेपालका बरिष्ठ नेता विक्रम बमले आफूहरुको आन्दोलन राष्ट्र र राष्ट्रियताको संबद्र्धन गर्दै जनभावना समेटिएको संविधान लेखनको उपायको खोजी लागि आन्दोलन थालिएको बताए । उनले अधिकांश जनताको भावना विपरित धर्म र राजसंस्थालाई बलात फालिएको भन्दै त्यसलाई पुनस्र्थापित गर्नु आफूहरुको लक्ष्य भएको बताए ।
राष्ट्रिय एकता पार्टीका अध्यक्ष शरदचन्द्र दाहालले मुलुकको सार्वभौमसत्ता अप्ठ्यारोमा परेको र जनता विहान बेलुकाको छाक टार्ने चिन्ताले आक्रान्त बनेको बेला सरकार कुम्भकर्ण झै निदाएको भन्दै यस्तो अवस्थामा विवेकशिल नेपालीले टुलुटुलु हेरेर बस्न नसकेकोले आफूहरु आन्दोलनमा उत्रिएको बताए ।
उनले अख्तियारको कामकारवाहीमा सरकारले गरेको हस्तक्षेपको विरोध गर्दै भ्रष्टाचार नियन्त्रण गर्ने सस्थामाथि राज्य असहिष्णु गर्दा मुलुकमा शुसासन धरापमा पर्ने तर्फ सचेत गराए । मोर्चामा विभिन्न राजबादी राजनीतिक दल र धार्मिक गरी २४ दल र संघ सस्थाहरु रहेका छन ।
dainiknepal
काठमाडौं, २५ मंसिर । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच भएको वार्ता निष्कर्षविहिन बनेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसविनै शुक्रबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको वार्ता विना निष्कर्ष टुंगिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– वार्तामा कांग्रेस आएन् । ठोस निर्णय केही भएन् । हामीले मानवीय हिसाबले भूकम्प पीडितको राहतका लागि पुनर्निर्माण गठन सम्बन्धि विधेयक अगाडि बढाउन संसद चल्न दिएका हौं । यदि हाम्रो सदासयतालाई कमजोर ठानेर कांग्रेसले भनेको संशोधन प्रस्ताव अगाडि बढाउने प्रयत्न गरिए फेरि संसद अवरुद्ध पार्छाै । कांग्रेस र एमालेले संसद चल्ने विषय टुंगो लगाउनुपर्छ ।’
नेता यादवले यदि मधेसी मोर्चालाई झुक्याएर सरकारले भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण विधेयक छाडेर संसदमा कांग्रेसको संशोधन विधेयक अगाडी बढाए मोर्चाले संसद अवरुद्ध गर्ने चेतावनी समेत दिनुभयो ।
वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मोर्चाका अर्का नेता एवं सदभावना पार्टीका महासचिव मनीष सूमनले मोर्चाको बटमलाईन सीमांकन भएकाले त्यो नटुंगिदासम्म आन्दोलन नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो- सरकार वार्तामा गम्भीर देखिएन् । राज्य पुनःसंरचना नभई समस्या समाधान हुँदैन् ।
आजको वार्तामा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका महासचिव मनीष सूमन लगायतको सहभागिता रहेको थियो ।

dainiknepal
२५ मंसिर, काठमाडौं ।

सत्तारुढ दल र मधेशी मोर्चाबीच सिंहदरवारमा भएको आजको वार्ता विना निष्कर्ष सकिएको छ । मधेशी मोर्चाका नेताहरुले सीमङ्कन पुनरावलोकनबारे तीन दलको संयुक्त धारणा नआए सम्म कुरा मिल्न नसक्ने अडान लिएपछि वार्ता विना निष्कर्ष सकिएको हो ।

सत्तारुढ तथा कांग्रेसको तर्फबाट संविधान संसोधन सहितको तीन बुँदे प्रस्ताव प्रस्तुत गरिएको थियो । तर मोर्चाले पुरानै अडान दोहोर्‍याउने र सीमाङ्कनको विषयमा चुप लाग्ने भए अव वार्ता नगरे हुने समेत बताएको छ ।

वार्तामा उपेन्द्र यादवले अव वार्ताका लागि वार्ताको आह्वान नगर्न सरकार पक्षका नेताहरुलाई आग्रह गरेका थिए ।


बैठकबाट बाहिरिँदै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधान मन्त्री विजय कुमार गच्छदारले भने वार्ता सकारात्मक रहेको र अर्को वार्ता बसेर सहमतिको प्रयास हुने जानकारी दिए ।

मोर्चासँग यो १९ औं पटक भएको असफल वार्ता हो । मोर्चाका नेता भारतबाट फर्किएपछि कुरा मिल्ने अनुमान गरिएपनि वार्ताले अवस्था झनै अनिश्चित हुने देखाएको छ ।

मोर्चाका नेता भारतबाट फर्किएपछि नाकबन्दी खूल्ने भनिएपनि केही नाकाको सहजताबाहेक बीरगञ्ज लगायतका नाकामा जारी नाकाबन्दी कायमै छ । वार्तामा देखिएको अलमलले नाकबन्दी र मधेश आन्दोलन लम्बिने देखिएको छ ।

राष्ट्रिय जनसंघर्ष मोर्चाद्धारा दोस्रो चरणको आन्दोलनको घोषणा

उता मोर्चासँग कुरा मिल्न नसकेपनि नेपाली कांग्रेसले आज संसद बैठक अवरुद्ध नगर्ने जानकारी सत्तारुढ दलहरुलाई गराएको छ ।
 कांग्रेसको अवरोधका कारण रोकिएको विधेयक अहिले दिउसो ३ बजेको संसद बैठकमा प्रस्तुत हुने छ ।
nepaliheadlines
काठमाडौं, २५ मंसिर । नेपालमाथि नाकाबन्दी लगाएर दुःख दिइरहेको भारतको नेपालस्थित लैनचौरमा रहेको राजदूतावासले विभिन्न पार्टीका नेताहरुलाई भोज खान (डिनरमा) बोलाएको खुलासा भएको छ ।
अहिले साढे १२ बजे लैनचौरमा भोज राखिएको स्रोतले जनाएको छ । जनता नाकाबन्दीको मारले खान नपाइरहेका बेला नेपालका नेताहरु भने लाइन लागेर भारतीय राजदूत रञ्जीत रेले दिएको भोज खान लैनचौर पुगेका हुन् ।
यसरी जानेमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, एमाओवादीबाट कृष्णबहादुर महरा, नेकपा एमालेबाट सुरेन्द्र पाण्डे रहेका छन् । कांग्रेसका सांसद अमरेशकुमार सिंह पनि लैनचौर पुगेका छन् । यसैगरी आन्दोलनरत मधेसी मोर्चा अधिकांश नेता तथा सांसद पनि भोज खान दूतावास पुगेको स्रोतले जनाएको छ । भोज खान नेपाली नेताहरु मात्रै दुई दर्जन भन्दा बढी लैनचौर पुगेका छन् ।
डिनरपछि भारतीय दूतवासमा  समसामयिक राजनीतिक परिस्थिती र नाकाबन्दी हटाउनेबारे छलफल हुने बताइएको छ ।
dainiknepal
काठमाडौं, २५ मंसिर । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच भएको वार्ता निष्कर्षविहिन बनेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपस्थित नभएपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठक विना निष्कर्ष टुंगिएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
dainiknepal
काठमाडौँ– सङ्घीय समावेशी मधेसी गठबन्धनले आज सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ ।

ती मुख्य मागहरुमा सीमाङ्कनका विषयमा तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकता, सामानुपातिक र समावेशीका बारेमा अन्तरिम संविधानमा भएको व्यवस्थाअुनसार नै हुनुपर्ने र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेलगायत रहेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगी आफ्ना मागहरु पेस गरेको गठबन्धनमध्येका एक तराई मधेस राष्ट्रिय अभियानका विदेश विभाग प्रमुख देवेश झाले जानकारी दिए । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागका विषयमा यही मङ्सिर २९ गते बालुवाटारमा बसेर पुनः छलफल गर्ने बताएको समेत झाले जानकारी दिए ।

आफूहरुले बुधबार र बिहीबार संसद् अवरुद्ध गरेको हुनाले सरकारले वार्ताका लागि बोलाएकाले आज आफूहरु मागसहित आएको विदेश विभाग प्रमुख झाको भनाइ थियो । सो गठबन्धनमा राजकिशोर यादव अध्यक्ष रहेको फोरम गणतान्त्रिक, अनिलकुमार झा अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी, जेपी गुप्ता अध्यक्ष रहेको तराई मधेस राष्ट्रिय अभियान र शरद्सिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेसी समाजवादी पार्टी रहेका छन् ।

ratopati
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home