• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं – रिसेप्सन डिनर भनेर बोलाइएको कार्यक्रममा डिएसपी र सांसद बेहुलीका रुपमा सजिएर बसेको देखेपछि कांग्रेस नेताहरु नै चकित भए । ०७२ मंसिर १० गते शुक्रबार नयाँ बानेश्वरको आनन्द बैंक्वेटमा निम्ता गरिएका भीआइपी नेता र प्रहरी अधिकृतहरु कांग्रेस सभासद् ओमदेवी मल्ललाई बेहुली र डिएसपी केदार ढकाललाई बेहुलाका रुपमा देखेपछि आश्चर्यमा परे । यी दुईजनाको लिभिङ टुगेदर सम्बन्ध रहेको समाचार पहिले नै प्रकाशमा आएको आजको साँघु साप्ताहिकमा खबर छ ।

चार बजे अतिथिहरुलाई बोलाइए पनि बेहुला बेहुली साँढे चार बजेतिर बैंक्वेटमा पुगेको थिए । उमेरले ५० कटिसकेकी सांसद् र डिएसपी दुवैले दोस्रो बिहे गरेका हुन् । ओमदेवी मल्लकी छोरीको बिहे ०७२ वैशाख महिनामा भएको थियो । बिहेको पार्टीमा प्रायः कांग्रेसका वरिष्ठ नेताहरु र सांसदहरु सहभागी थिए । एमालेका केशव बडाल सहकारी संघको अध्यक्ष भएकाले निम्त्याइएका थिए । ओमदेवी बडाल अध्यक्ष रहेको संघको उपाध्यक्ष हुन् ।

श्रीमान् किरण जोशीसँग पारपाचुके गर्नु अघि नै धेरै पुरुषसँग नाम जोडिए पनि उनले रोज्ने बेलामा चाहिँ डिएसपी ढकाल नै रोजेको चर्चा पनि बिहेमा चल्यो । सन्दर रुप र आकर्षक जीउडालका कारण ओमदेवी कांग्रेसका केही सभासद्को आँखामा पर्न सफल सांसद् हुन् । त्यही कारण उनी सांसद् सम्म बनिन् ।

www.ratopati
महोत्तरी, १४ मंसिर । संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालका कारण महोत्तरीलगायत तराईका अधिकांश क्षेत्रका विद्यालय बिहानीपखको समयमा सञ्चालन भएपछि विद्यार्थी मर्कामा परेका छन् ।
पछिल्लो केही समययता तराईमा क्रमिक रुपमा बढ्दै गएको चिसोमा यस क्षेत्रका स–साना विद्यार्थी कठ्याङ्ग्रिदै विद्यालयसम्म पुग्न बाध्य भएका छन् ।
मधेसी मोर्चाको आन्दोलनका कारण तीन महिनाको अन्तरालपछि मधेसका जिल्लामा बिहान विद्यालय सञ्चालन भएपछि यस क्षेत्रका स–साना स्कुले विद्यार्थी आँखा मिच्दै किताब बोकी विद्यालय गइरहेका दृश्य हेर्न पाइन्छ ।
प्रायः सरकारी विद्यालयमा अध्ययन गर्दै आएका न्यूनस्तर एवम् दलित परिवारका विद्यार्थी न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर विद्यालयसम्म जान बाध्य भएका छन् ।
तराईका क्षेत्रमा स–साना बालबालिकालाई बिहानपखको समयमा पठनपाठन गराउन एवम् स्याहार सुसार गर्न निकै नै सास्ती भएको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राउतको भनाइ छ ।
बिहानको समयमा कक्षा सञ्चालन भएपछि अभिभावकले आफ्ना बालबालिकालाई बिनातयारी नै विद्यालय पठाउने गरेको मावि निगौलकी शिक्षिका हरिमाया क्यापछाकीले बताउनुभयो ।
विद्यालयमा बेन्च डेस्कको अभाव भएकाले भुइँमा बसाएर पढाउनुपर्ने विद्यार्थीलाई बाहिर चौरमा पढाउँदै आएको जनता निमावि भरतपुरकी शिक्षिका सुनिता महतोको भनाइ रहेको छ ।
वार्षिक परीक्षा नजिकिँदै आएकाले आ–आफ्ना बालबच्चालाई बाध्य भएर विद्यालयसम्म पठाउँदै आएको विजलपुराका अभिभावक गणेशी साहको भनाइ रहेको छ ।
संयुक्त मधेसी मोर्चाको आह्वानमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत तराईका अधिकांश जिल्लामा बिहानीपखको समयमा कक्षा सञ्चालन हुँदै आएको छ । जसका कारण अबोध बालबालिका चिसोसँग सामना गर्दै पढ्न बाध्य भएका छन् ।
सीमाङ्कनको विरोधमा अनिश्चितकालीन आमहडतालमा उत्रेको संयुक्त मधेसी मोर्चाको आन्दोलन तथा क्रमिक रुपमा बढ्दै गएको चिसोका कारण विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाको जनजीवन प्रभावित भई उनीहरुको स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पुग्ने स्थानीय शिक्षाविद्हरुको अनुमान रहेको छ ।
राजनीतिक क्षेत्रमुक्त रहेको विद्यालयलाई मौसमानुसार सञ्चालन गर्न सरोकारवाला निकायले समयमै ध्यान दिनु आवश्यक रहेको छ । रासस
dainiknepal
काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईदिने भारत भ्रमणमा आज नयाँदिल्ली जान लागेका छन् ।
सोमबार दिल्ली हुँदै उनी बैंग्लोरमा एउटा आध्यात्मिक कार्यक्रममा सहभागी हुने र मंगलबार दिल्ली फर्केर उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि १ कात्तिकमा थापाले भारत भ्रमण गरेका थिए । उनले २ कात्तिकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले सिमानामा भएको आपूर्ति अवरोध खुलाउन आग्रह गरेका थिए ।
भारतले आफूसँग गरेको वचनबद्धता पूरा नगरेको भन्दै आएका उपप्रधानमन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग पुन त्यही आग्रह गर्ने बुझिएको छ । थापाले यसपटक प्रधानमन्त्री मोदी तथा अन्य उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छैन ।
nepalsandesh
काठमाडौं, १४ मंसिर । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसी मोर्चाले उठाएका सम्पूर्ण माग पूरा हुन नसक्ने बताउनुभएको छ ।
उहाँले मधेसी मोर्चाका केही माग जायज भए पनि अन्य माग मुलुकलाई दीर्घकालसम्म असर पार्नेखालका रहेको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (सोमबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष श्रेष्ठले सीमाङ्कन र नागरिकताको माग पूरा नहुने बताउनुभयो । ‘मधेसी मोर्चाका सबै माग पूरा हुँदैनन्’, उहाँले भन्नुभयो, ‘केही माग मुलुक र मधेसी जनताको हितमा छैन ।’
भारतले नेपालमा नाकाबन्दी लगाएर उसैलाई बेफाइदा भइरहेको श्रेष्ठले बताउनुभयो । ‘भारतले हामीले नाकाबन्दी गरेको होइन भन्यो भने दुनियाँ हाँस्छ’, उहाँले भन्नुभयो, ‘नाकाबन्दी लगाएर भारत अन्तर्राष्ट्रिय जगतमा आफै नाङ्गिएको छ ।’
भारतको अनावश्यक हस्तक्षेप र मधेस आन्दोलनमा अनाहक संलग्नताले मधेसको विषय सम्बोधन गर्न समस्या भएको उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो । उहाँले मधेसी जनताका माग पूरा गर्ने विषयमा भारतीय पक्ष बाधक भएर आएको बताउनुभयो ।
‘भारतले नेपालमा अनावश्यक हस्तक्षेप गर्न छाड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चालाई उचालेर, नाकाबन्दी लगाएर हामीलाई होइन, भारतलाई नै समस्या पर्छ ।’
dainiknepal
काठमाडौं, १४ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतीय अर्ध सुरक्षा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेपाल सरकारले कुटनीतिक रुपमा निकास खोज्नु पर्ने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (सोमबार) बिहान कुरा गर्दै अध्यक्ष महतोले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मी कहिले काहीँ नेपाली भूमि आउँछन् । कहिले नेपाली सुरक्षाकर्मी उता जान्छन् । यो कुरा कुटनीतिक रुपमा मिलाउनु पर्छ ।’ अध्यक्ष महतोले कुनै समस्या देखिए त्यसलाई नेपाल र भारतबीच कुटनीतिक रुपमा समाधान खोजिनुपर्ने उल्लेख गर्नुभयो ।
मधेसीले अधिकार नपाउँदासम्म काठमाडौं फिर्ता नहुने बताउनुभएका सदभावना पार्टीका अध्यक्ष महतोले अधिकार माग्दा राष्ट्रघातिको आरोप लगाएकोमा चिन्ता जनाउनु भयो । ‘मधेसीले आफ्नो अधिकार माग्दा राष्ट्रघाति भन्नु गलत मानसिकता हो’, उहाँले भन्नुभयो, ‘अधिकार राज्यले दिनैपर्छ । अन्यथा आन्दोलन रोकिँदैन ।’
नाकाबन्दी भारतले नभइ आफूहरूले गरेको भन्दै अध्यक्ष महतोले भारतको बचाउ गर्नुभएको छ । उहाँले आफूहरूले अबरोध गर्न नसकेको सीमानाकाहरूबाट तेल, ग्यास र अन्य सामाग्री आइरहेको बताउनुभयो । ‘यो सरकार छिमेकी भारतको बद्नाम गर्न लागेको छ । भारतको बद्नाम गर्न पाइँदैन’, उहाँले भन्नुभयो, ‘आफूले गर्न नसक्ने भारतलाई दोष दिन मिल्छ ?’
सरकारले जनतालाई राम्रोसँग दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन नसकेको आरोप उहाँले लगाउनुभयो । सरकार तस्करी र भ्रष्टाचारीको संरक्षणमा लागेर कमाउन सक्रिय रहेको महतोले उल्लेख गर्नुभयो ।
अध्यक्ष महतोले मधेसीहरूको आन्दोलनमा भारतको पनि समर्थन रहेको दोहराउनु भयो । ‘मधेसीको अधिकारको यो आन्दोलनमा भारतको पनि समर्थन छ’, उहाँले भन्नुभयो ।
मधेसीहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुपैठ गराएको उहाँले आरोप लगाउनुभयो । ‘यो सरकारले शान्तिपूर्ण मधेस आन्दोलन बद्नाम गराउन घुपैडियाहरूलाई घुसाएको छ’, अध्यक्ष महतोले भन्नुभयो, ‘आन्दोलन बद्नाम गराउन घुसपैठिया गराएको हामीसँग प्रमाण छ ।’ उहाँले आन्दोलन अझै पनि आफूहरूको नियन्त्रणमा रहेको दाबी गर्नुभएको छ ।
राजधानी केन्द्रित खसबादी मिडियाले मधेस आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको सदभावना अध्यक्ष महतोको आक्रोश थियो ।
‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक प्रचार भएको छ ।’
मधेस आन्दोलन निष्कर्षमा नपुग्दासम्म राजधानी नफर्कने बताउनुभएका सद्भावना अध्यक्ष महतो तीन महिने आन्दोलनका क्रममा एक पटक मात्रै काठमाडौं आउनु भएको छ ।
dainiknepal
सोमबार, १४ मंसिर
काठमाडौं । नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम ुतरल र अप्ठ्यारोु अवस्था रहेको विश्लेषण गरेको छ।
झन्डै एक सय दिनदेखि तराई(मधेसमा भइरहेको आन्दोलनबारे सेनाले तयार पारेको प्रतिवेदनमा मधेसमा जारी आन्दोलन झन्झन् जटिल बन्दै गइरहेको र तत्काल समस्या समाधान नभए अरू जटिल रूप लिन सक्ने उल्लेख छ।नेपाली सेनाको गुप्तचर निकाय डिरोक्टोरेट अफ मिलेटरी इन्टेलिजेन्स ९डीएमआई० ले तयार पारेको प्रतिवेदनमा सुरुआती दिनमा तराई(मधेसमा चलेको आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा रहे पनि अहिले मोर्चाको नियन्त्रणबाहिर रहेको पनि उल्लेख छ।
कतिपय स्थानका विरोध र आन्दोलनका कार्यक्रमको नेतृत्वसमेत नभएको र प्रदर्शन अराजक एवं हिंसात्मक बन्दै गएको सेनाको निष्कर्ष छ।तराई(मधेसको स्थिति काबुमा लिन प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने कुनै पनि निर्णय कार्यान्वयन गर्न नेपाली सेना तयारी अवस्थामा रहेको स्रोतले बतायो। तराई(मधेसका समस्या नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे सरकारकै मन्त्रीहरूबीच फरकफरक धारणा आइरहेका बेला आइतबार सैनिक मुख्यालयमा मुलुकको पछिल्लो अवस्थाबारे पूर्वप्रधानसेनापति र अवकाश प्राप्त सैनिकका उच्च अधिकारीसँग सैनिक नेतृत्वले छलफल गरेको छ।
यस्तै तरल अवस्था जारी रहे सेनाको भूमिका के हुने भन्ने सन्दर्भमा समेत सैनिक अधिकारीहरूबीच छलफल भएको थियो।छलफलमा पूर्वसैनिक अधिकारीहरूले मुलुकको राष्ट्रियता र सार्वभौमिकताबारे कुनै पनि सम्झौता मान्य नहुने बताएका थिए । स्रोतका अनुसार उनीहरूले राष्ट्रिय एकता र अखण्डता जोगाउन नेपाली सेना जस्तोसुकै मूल्य चुकाउन तयार हुनुपर्ने सुझाव पनि दिएका थिए। अाजकाे अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
काठमाडौं, १४ मंसिर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली जान लाग्नु भएको छ ।
परराष्ट्रमन्त्री थापा नयाँदिल्ली हुँदै बैंग्लोरमा एउटा आध्यात्मिक कार्यक्रममा सहभागी हुने र मंगलबार दिल्ली फर्केर उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि कात्तिक १ गते थापाले भारत भ्रमण गर्नुभएको थियो । उहाँले कात्तिक २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो ।
त्यसक्रममा मन्त्री थापाले सिमानामा भएको आपूर्ति अवरोध खुलाउन आग्रह गर्नुभएको थियो । भारतले आफूसँग गरेको वचनबद्धता पूरा नगरेको भन्दै आउनुभएका उपप्रधानमन्त्री थापाले समकक्षी सुष्मा स्वराजसँग पुनः त्यही आग्रह गर्ने स्रोतले जनाएको छ ।
थापाले यसपटक प्रधानमन्त्री मोदी तथा अन्य उच्चस्तरीय नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छैन । अघिल्लो भेटमा मोदीले नेपालको आन्तरिक समस्या सुल्झाउन सुझाब दिँदै आपूर्ति अवरोध हटाइदिने वचन दिएका थिए ।
dainiknepal
काठमाडौं, १४ मंसिर । काठमाडौंको सुन्ताखान केन्द्रबिन्दु बनाइ आज (सोमबार) बिहानै भूकम्पको पराकम्पन गएको छ ।
बिहान ६ बजेर १० मिनटको समयमा ४ दशमलव १ म्याग्नेच्युको भूकम्पको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्कापछि राजधानीमा भागदौड भएको थियो । विशेषगरेर काठमाडौंको पूर्वी उत्तर क्षेत्रमा भूकम्पको ठूलो धक्का महशुस गरिएको थियो ।
सुन्ताखानका साथै चपालीभद्रकाली, गोकर्णेश्वरलगायतका स्थानका सर्वसाधारण घर बाहिर निस्किएको स्थानीयको भनाइ छ ।
dainiknepal
वि.सं. २०७२ साल मंसिर १४ गते। सोमबार। इश्वी सन् २०१५ नोभेम्बर ३० तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– पञ्चमी, २४:२१ बजेउप्रान्त षष्ठी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विगतको सफलताले काममा झन् उत्साह बढ्नेछ। उद्योग र व्यापारमा निकै फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषि तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छन्। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ अलि नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम, नाम, इनाम हातपार्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको उपासना गर्नाले फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत जुट्न सक्छ। संगत र खानपानमा भने असm सावधान रहनुपर्ने समय छ।

काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बालुवाटारमा बोलाएको त्रिपक्षीय निर्णायक बैठक पनि औपचारिकतामै सिमित हुने देखिएको छ ।
प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डको दुई दिनको दौडधूप र कैयौ पटकको संवाद र छलफलपछि तय गरिएको निर्णायक वार्ता असफल हुने संकेत आईसकेको छ ।
भोलि सोमबार हुने निर्णायक वार्तामा मधेसी मोर्चाका शीर्ष नेताहरूले सहभागी नहुने बताएका छन् । मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र यादव अहिले विराटनगरमा छन् । मोर्चाको विरोधसभाको कार्यक्रममा सहभागी हुन बिराटनगर आई पुगेका यी तीनै नेता भोलि सोमवार पनि त्यही बस्ने कार्यक्रम छ ।
ती मध्येका एक नेता महेन्द्र यादवले भने- ‘हामी सबै बिराटनगरमा छौं र भन्ने बित्तिकै काठमाडौं गई हाल्ने अवस्था छैन् । मोर्चाका शीर्ष नेताहरूले बेलुकी ४ बजेतिर खबर पाएका थिए । उता काठमाडौंमा रहेका तमलोपा अध्यक्ष महन्थ ठाकुर अस्वस्थ छन् । उनको पनि जाने सम्भावना निकै कम छ ।
बालुवाटारको निर्णायक वार्तामा मोर्चाका शीर्ष नेता नजाने भएपछि दोस्रो तहका नेताहरूको सहभागिता हुनेछ ।
dainiknepal
पथरी (मोरङ), १३ मङ्सिर । सङ्घीय गठबन्धनका नेताले मधेसको आन्दोलन हिमाल र पहाडका सबै भागमा पु¥याउने बताएका छन् ।
आज विराटनगरमा आयोजित जन प्रदर्शनलाई सम्बोधन गर्दै सङ्घीय गठबन्धनका नेताले मधेसको आन्दोलन जायज भएकाले आन्दोलनलाई हिमाल र पहाडका सबै भागमा पुर्याउने उनीहरुले बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको मधेसको आन्दोलन अधिकारको आन्दोलन भएकाले आन्दोलनबाट कोही तर्किने अवस्था नरहेको उल्लेख गनुभयो । उहाँले सबै निकायमा समान अवसर सिर्जना गर्नु राज्यको दायित्व भएकाले मधेसी जनतालाई हेर्ने दृष्टि परिवर्तन अझै हुन नसकेको बताउनुभयो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधानसभाबाट जारी भएको संविधानले मधेसीको अधिकार सुरक्षित गर्न नसकेकाले राज्यसत्ताको हरेक अङ्गमा मधेसीको आधा सहभागिता खोजेको बताउनुभयो । उहाँले तराईको आन्दोलनलाई मधेसी–पहाडीको आन्दोलनको रुपमा गलत प्रचार गरिएको आरोप पनि लगाउनुभएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले वार्ताको नाममा सरकारले आन्दोलनरत पक्षलाई थकाउन खोजेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा बोल्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र्र राय यादवले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नहुँदासम्म आन्दोलन नरोकिने बताउनुभयो ।
कार्यक्रम सङ्घीय गठबन्धन मोरङका संयोजक राजकुमार यादवको सभापतित्वमा सम्पन्न भएको थियो ।
dainiknepal
काठमाडौँ, १३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत रणजीत रायबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा प्रधानमन्त्रीले भारतद्वारा गरिएको अघोषित नाकाबन्दीका कारण नेपालले असहज स्थिति भोग्नुपरेको भन्दै नाकाबन्दी फिर्ता लिन राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राजदूतसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिँदै छलफल सकारात्मक भएको बताउनुभयो ।
dainiknepal
झापा, १३ मंसिर । हतियारसहित नेपाल प्रवेश गरेका भारतीय सशस्त्र सीमा (एसएसबी)का जवानहरुले नेपाली महिलामाथि बलात्कारको प्रयास गरेको खुलासा भएको छ ।
बलात्कार प्रयास गरेका एसएसबीका १३ जवानलाई नेपाली प्रशासनले कारवाही गर्नको साटो विनाशर्त भारतीय सुरक्षाकर्मीलाई बुझाइएको छ ।
घटना सामान्य भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला, जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी भिमबहादुर दाहाल र सशस्त्र प्रहरीका डिएसपी प्रेम प्रसाईले भारतीय सुरक्षा अधिकारीलाई दशजगामा पुगेर अंकमाल गर्दै बुझाएका हुन् ।
शनिवार मध्य रातमा नेपाल प्रवेश गरेका एसएसबीका १३ जवानले केचनामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टसँगै जोडिएको घरमा छिरेर बलात्कारको प्रयास गरेको स्थानीयले जानकारी दिएका छन् । लाल मियाँको घरमा पसेर एसएसबीका जवानले उनीकी श्रीमतीलाई लछार–पछार गर्दै श्रीमानमाथि कुटपिट समेत गरेको पीडितको भनाई छ । सशस्त्र प्रहरी बलसँग टाँसिएको घरमा आएर एसएसबीका जवानले दुव्र्यवहार गर्नु सशस्त्र प्रहरीको कमजोरी भएको स्थानीयवासीले अरोप लगाएका छन् ।

पक्राउ परेका एसएसबीका जवानसँग सोधपुछ गरिदै
लामो समयदेखि सीमा क्षेत्रमा नेपालीमाथि दुव्र्यवहार गरिरहेको एसएसबीले सीमादेखि डेढ किलोमिटरभित्र नेपाली भूभागमा छिरेर यस्तो हर्कत गर्नु सामान्य नभएको स्थानीय नेता खड्ग लिम्बूले बताएका छन् । उनले स्थानीय सुरक्षाकर्मीको लापरवाही गरे गर्दा एसएसवीको मनोवल बढेको अरोप लगाएका छन् । तीन दिनअघि भएको सुपारी काण्डले सिर्जना गरेको अवस्था शान्त हुन नपाउँदै एसएसबीले हतियारसहित नेपाल प्रवेश गर्दा स्थानीय त्रसित बनेका छन् ।
हतियारसहित नेपाल प्रवेश गरेर बलात्कार प्रयास गर्ने, कुटपिट गर्ने एसएसवीलाई बिना कारवाही भारत फिर्ता गर्दा यस्तो घटना फेरि दोहोरिन सक्ने भन्दै स्थानीयले सुरक्षाको मजबुत व्यवस्था गर्न माग गरेका छन् ।
राति १२ बजे नै एसएसबीका जवानहरु नकाव लगाएर नेपाली भूमिमा छिरेका थिए । स्थानीय भन्छन्– ‘सधैं बाँसघारीमा लुकेर बस्छन् । समय पायक हुँदा नेपालीको घरमा पुगेर खान तलासी गर्ने, हप्कीधप्की गर्छन् ।’ मध्यरातमा नेपाल प्रवेश गरेका एसएसबीका जवानले मियाँको घरमा बलात्कार प्रयास गरेपछि होहल्ला भएको थियो । होहल्ला हुनासाथ स्थानीयबासी र सशस्त्र प्रहरीले एसएसबीका जवानलाई नियन्त्रणमा लिन सफल भए । आइतबार बिहान ६ बजे उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ । नियन्त्रणमा लिइएका जवानलाई नेपाल–भारतका सुरक्षा निकायका उच्च अधिकारसँग छलफल गरेर सात घण्टापछि दशगजा पुगेर जिम्मा लगाइयो । किसनगञ्ज एसएसबीका सहायक कमाण्डर डिबी नेगीले १३ जवानलाई बुझेका छन् । उनले जवानलाई सुरक्षित जिम्मा लगाएकोमा धन्यवाद दिँदै नेपालका अधिकारीहरुलाई फर्काइ दिएका थिए ।
स्थानीय नागरिकले अनुसन्धान गरी कारवाही गर्न माग गर्दा–गर्दै उनीहरुलाई भिआइपी स्कटिङसहित दशगजा पुर्याइएको थियो । पक्राउ पर्नासाथ स्थानीयले सशस्त्र प्रहरी बल अगाडि नारावाजी समेत गरेका थिए । उनीहरुले एसएसबीको दमन बन्द गर्न माग गर्दै नारावाजी गरे । नाकाबाट तेल तस्करी गरेर ल्याउनेलाई लखेट्दै नेपाल प्रवेश गरेको बताइए पनि स्थानीयले सो कुरा झुटो भएको बताए । प्रशासनले एसएसबीको बचाउ गर्न तेल तस्करीलाई लखेट्दै आएको बताएको थियो ।
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भारतीय सुरक्षा अधिकारीले घटना नदोहोरिने बताएपछि उनीहरुलाई बुझाइदिएको बताएका छन् । उनले दुई देशबीचको सम्बन्ध सुधार गर्न समेत सामान्य प्रक्रियाबाट फिर्ता पठाइएको बताए । उनले भने – ‘सीमा सुरक्षा समस्या छ सहकार्य गरेर सुरक्षा व्यवस्था मिलाउँछौं ।’
जिल्ला प्रशासन कार्यालयले १३ जना एसएसबीको नाम समेत उपलब्ध गराएन । एक हप्ताअघि केचना-५का कृष्णप्रसाद यादवको घरमा आएर एसएसबीका जवानले श्रीमती र छोरालाई कुटपिट गरेर भागेका थिए । उनीहरुले यादवको भाईको ट्याक्टरमा रहेको तेलसमेत झिकेर लगेका थिए । यादवले एसएसबीको दमन सहन नसक्ने बताउँदै सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन् । नेपालीले भारत प्रवेश गर्दा सीमामा काँधमा साइकल बोकेर हिँड्नुपर्ने टिका तिम्सिना बताउँछन् । एसएसबीले दिइरहेको दुःख नेपाली सुरक्षाकर्मीले नदेखेपछि झापा दक्षिणी भेगका नागरिक कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । स्थानीयवासीका अनुसार मित्तलको चिया बगानसम्म आएर एसएसबीले चेकजाँच गर्ने गरेका छन् । धेरैले सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिन नसकेको अरोप लगाएका छन् । उनीहरुले सीमानामा नेपाली सेना राख्न माग गरेका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाका इञ्चार्ज प्रहरी निरीक्षक भिमलाल चौधरीको लापरवाहीले दक्षिणी भेगमा सुरक्षा कमजोर भएको बताइएको छ । बेलाबेला एसएसबीका जवान तीन किलोमिटर भित्रसम्म प्रवेश गरेर फर्किदा समेत कुनै ‘एक्सन’ नलिएको बुझिएको छ । घटनास्थल पुगेका सञ्चारकर्मीलाई नजिकै रहेको सशस्त्र प्रहरी बल प्रवेश गर्न समेत रोक लगाइएको थियो ।
– स्थलगत रिपोर्ट
dainiknepal
काठमाडौँ, १३ मङ्सिर । गृह मन्त्रालयले नेपाल कम्युनिस्ट पार्टी माओवादीले भारतीय नाकाबन्दीविरुद्ध आज गरेको नेपाल बन्दको प्रभाव काठमाडौँ उपत्यकामा नपरेको र कुनै पनि अप्रिय घटना नभएको भए पनि उपत्यका बाहिर भने सामान्य प्रभाव परेको जनाएको छ ।
मन्त्रालयका अनुसार बन्दका क्रममा ४८ जना माओवादी कार्यकर्ता पक्राउ परेका छन् । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले धनगढी र कञ्चनपुरमा बन्दका क्रममा अवरोध गर्ने, जबर्जस्ती बन्द गराउन खोज्ने तथा सार्वजनिक सम्पत्ति तोडफोड छ जनालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
प्रहरी नायब महानिरीक्षक हेमन्त पालले बन्दमा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेलाई कानुनी कारबाही गरिने र शान्तिपूर्ण तरिकाले गतिविधि गरेका तथा बन्दको समर्थनमा समातिएकालाई प्रक्रिया पु¥याएर छाडिनेछ भन्नुभयो ।
यसैबीच सोही पार्टीले आज नाकाबन्दीका कारण मुलुकमा उत्पन्न भएको असहज परिस्थिति तथा जनतालाई परेका मर्कालाई समाधान गर्न सरकालाई अविलम्ब विकल्प खोज्न माग गर्दै रत्नपार्कस्थित शान्तिवाटिकाबाट शान्तिपूर्ण जुलुस निकालेको थियो ।
जुलुस भद्रकाली, सहिदढोका, नयाँसडक हुँदै बागबजार चोकमा आएर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागीले भारत सरकारकाविरुद्ध नाराबाजी गरेका थिए ।
नेकपा माओवादीका केन्द्रीय सदस्य तथा पूर्व सभासद् शरदसिंह भण्डारीले नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले उसको पारवहन अधिकारलाई भारतले नियम विपरीत नाकाबन्दी गरेका कारण जनताले दुःख पाएकाले चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले अहिलेको समयमा ग्यास, पेट्रोल तथा औषधिलगायत उपभोग्य वस्तुमा कालाबजारी गर्ने व्यवसायीलाई नियन्त्रण गरी कारबाहीका लागि सरकारलाई बुझाइने जानकारी दिनुभयो ।
dainiknepal
सिन्धुली : सिँचाइ मन्त्री उमेश यादवले सिँचाइ सुविधाका लागि कालिगण्डकी–तिनाउ, सुनकोसी–मरिण र सुनकोसी–कमला नदी ड्राइभर्सनको काम तत्काल थालिने बताएका छन् ।

एमाओवादीका नेतासमेत रहेका यादवले आइतबार दिउँसो सिन्धुलीमा कार्यकर्ताहरुसँग कुरा गर्दै मध्यतराईका सर्लाही, धनुषा, महोत्तरी, रौतहट लगायतका जिल्लामा सिँचाई सुविधाका लागि सुनकोसी–मरिण उदयपुर तथा सिन्धुली जिल्लाको सिँचाइका लागि सुनकोसी–कमला नदी ड्राइभर्सन गरिने बताए ।


यस्तै उदयपुरको पुर्वीभाग, सिरहार सप्तरी जिल्लाको सिँचाइका लागि सुनकोसी नदीकै पानी चतारा सुनसरी डाइभर्सन गर्ने योजना अनुसार आवश्यक पहल थालि सकिएको उनले जनाए ।

‘पुर्वमा कन्काइ र दाङ उपत्यकामा पनि विभिन्न नदीको पानी डाइभर्सन गरेर हिमालमा पानी रहेसम्म दिर्घकालीन सिँचाइको प्रबन्ध मिलाइने छ,’उनले भने ।

सिँचाइको विकासका लागि आफु कृषी र बन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न तयार रहेको जनाए ।

सिँचाइका क्षेत्रमा दिर्घकालिन काम गर्नका लागि सिँचाई मन्त्रालयलाई जलमन्त्रालय नाम दिनु पर्ने पनि उनको तर्क थियो ।  जलचर, जलमार्ग, जलप्राणीको संरक्षणसँगै जलस्रोतको विकासका लागि पनि जलमन्त्रालय आवश्यक रहेको उनले तर्क गरे ।

मन्त्री यादवले जिल्लाको कमालामाई नगरपालिका–४ स्थित ढकाल गाउँमा रहेका खहरे नियन्त्रणका लागि आवश्यक रकम सहयोग गर्ने भन्दै दीर्घकालिन योजना बनाउन सुझाव दिए ।annapurnapost
काठमाडौं, १३ मंसिर । मधेसी मोर्चाको आन्दोलन र मागका विषयमा वार्ता गर्न प्रधानमन्त्री केपी ओलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुलाई बालुवाटार बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयबाट वार्ताका लागि निम्तो दिन आज (आइतबार) फोन गरेको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्री कार्यालयबाट भोलि सोमबार एघार बजे वार्ताका लागि भनेर मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बालुवाटारमा बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘सायद मधेसी मोर्चासँगको वार्ता र मागका विषयमा छलफल गर्न बोलाइएको हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भोलि सोमबार एघार बजे बालुवाटार आउन निम्तो पठाउनु भएको हो ।
वार्तामा कुन कुन दल सहभागी हुने हुन् त्यस विषयमा स्पष्ट केही बताइएको छैन । स्रोतका अनुसार प्रधानमन्त्रीका साथै एमाले, एमाओवादी, नेपाली कांग्रेस र मधेसी मोर्चाबीच वार्ता हुनेछ ।
सोहीअनुसार तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।
वार्ताका लागि सरकारी पक्षको निम्तो आए पनि मधेसी मोर्चाले सोमबारको वार्तामा जाने की नजाने भनेर कुनै निर्णय गरिसकेको छैन ।
यस विषयमा विराटनगरमा रहेका मधेसी मोर्चाका शीर्ष नेताहरुले बैठक गरेर प्रधानमन्त्री ओलीलाई खबर पठाउने सन्देश दिइएका छन् ।
आमसभाका लागि मधेसी मोर्चाका तीन शीर्ष नेताहरु विराटनगर पुगेका छन् । विराटनगरमा रहने नेताहरुमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव हुनुहुन्छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर भने बिरामी भएकाले भक्तपुरस्थित निवासमा बस्दै आउनु भएको छ ।
dainiknepal
काठमाडौँ १३, मङ्सिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच आज सम्झौता भएको छ ।
नेपाल ओलम्पिक कमिटीको भवनमा आज आयोजित कार्यक्रममा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनका तर्फबाट अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार अबदेखि नेपालमा चलिरहेको ओलम्पिक अभियानको साझेदारका रुपमा गैरआवासीय नेपाली सङ्घ रहनेछ । सो अवसरमा एनआरएन स्थापना दिवस अक्टोबर ११ तारिखका दिन ओलम्पिक कमिटीले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी समेत दिइएको थियो ।
यसैगरी, गैरआवासीय नेपाली सङ्घले क्षमतावान् केही खेलाडीको वैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धाका आवश्यक सामग्री उपलब्ध गराउने, दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुद प्रतिस्पर्धामा सहभागी खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने, नेपाली खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि दाता तथा बहुराष्ट्रिय कम्पनीको खोजी गर्नेलगायत सहमती भएको छ ।
सङ्घका अध्यक्ष घलेले एनओसीसँगको सम्झौताले नेपाली र दोस्रो पुस्ताका गैरआवासीय नेपालीबीचको सम्बन्ध सुमधुर बनाउने बताउँदै नेपाली खेलाडीले क्षमता नभएरभन्दा पनि उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो ।
कार्यक्रममा कमिटीका अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमार्फत राष्ट्रको शिर उँचो बनाउने आफूहरुको अभियानमा गैरआवासीय नेपाली सङ्घले साथ दिएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा एनआरएनका अध्यक्ष घलेलाई नेपाल ओलम्पिक कमिटीको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
dainiknepal
मुगु, १३ मंसिर । मुगुमा चार दिनअघि हराएका चार बालबालिकाको शव फेला परेको छ ।
उनीहरुको शव खाल्डोभित्र पुरिएको अवस्थामा फेला परेको हो । उनीहरुलाई आफ्नै आमाबुवाले हत्या गरेको खुलासा भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै २ छोरी र २ छोराको हत्या गरेको अभियोगमा हाग्लु–६ बस्ने नन्द बहादुर रोकाया, उनको श्रीमती बाचु रोकाया र आमा असारी रोकायलाई प्रहरीले पक्राउ गरेको छ ।
मंसिर ९ गतेबाट रोकायका छोरीहरु ९ बर्षीया सुन्तली रोकाय, ४ बर्षीया बिपना रोकाय, छोराहरु ६ बर्षीय युवराज रोकाय र २ बर्षीय दिप बहादुर रोकाय हराएको खबर इलाका प्रहरी कार्यालय रातापानीमा प्राप्त हुनासाथ आइतबार खटिएको प्रहरी टोलीले रोकायको घरदेखि १ सय मिटर टाढा बारीमा खाल्डो खनी ४ वटै लास गाडी माथिबाट ढुंगाको पर्खाल लगाई राखिएको अवस्थामा फेला पारेको थियो ।
चारै छोराछोरी हत्या गर्नुको कारण खुल्न सकेको छैन् । घटनाको प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।
dainiknepal
अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका नेपाल भारतबीचको सम्बन्ध नमुना सम्बन्धका रुपमा हेरीएको थियो ।
तर, अहिले नेपाल र भारतकाबीच शत्रुवत् सम्बन्ध कायम भैरहेको छ । यस्तो अवस्थामा नेपालमा भारतले नाकाबन्दी गरेको छ कि, नेपालमा लामो प्रतिक्षापछि संविधान जारी भएको छ ।
भारतीय राजदुत रणजित रायले पनि नेपाल भारतबीचको असल सम्बन्ध सिवस्तारै खराब हुँदे गएको बताएका छन् । राजदुत रायले खराब भएको सम्बन्ध पहिलाकै अवस्थामा फर्काउन आफुले प्रयत्न गरिरहेको पनि बताएका छन् ।
उनले भारतको नीति पुरै नेपालकालागि भएको र कुनै एक समुदायसँग सम्बन्धीत नभएको पनि प्रष्ट पारिसकेका छन् । रायले नेपालमा स्थिरता र शान्ति भारतको पहिलो शर्त भएको बताएका छन् ।
उनले नेपाल विविधतापुर्ण देश भएकाले पनि केही भाषीक र प्राविधिक समस्याले गर्दा नेपालमा समस्या देखिएको बताएका छन् ।
यस्तो अवस्थामा अब नेपालको राजनीतिक सम्बन्ध सुधार गर्न सकेमा नेपाली जनताको हित हुने उनको तर्क छ ।
भारतले नेपालमा संविधान जारी भएको भोलिपल्टदेखि लगाएको नाकाबन्दी अझै जारी छ र उस्ले आफ्नो स्वार्थ पुरा नभएसम्म नाकाबन्दी लादिरहन्छ भन्ने विश्लेषण पनि गरिएको छ ।
तर, राजदुत राय भने नेपालको आन्तरिक मामलाका कारण समस्या भएको र भारतको नेपालमा कुनै स्वार्थ नरहेको दाबी गरिरहेका छन् ।
हुनत आलोचकहरुले आरोप लगाएका छन् कि भारतले नेपालको आन्तरिक मामलामा नराम्रोसँग दख्खल लगाउन खोजेको छ र भारत राजनीतिक रुपमा एक समुदायलाई समर्थन गरेर बाँकी नेपालसँग दुश्मनी साँध्न खोज्दै छ ।
तर, राजदुतले भारत कहिल्यै यस्तो गर्ने मुडमा नरहने दाबी गरिरहेका छन् । करिब ८७ प्रतिशत मतकासाथ पारित संविधान भारतले नमान्नुको खास कारण संविधानमा हिन्दु शब्द नराखिनु नै भएको विश्लेषकहरुको दाबी छ ।
तर, राजदुत राय यो कुरा पनि मान्न तयार छैनन् । भारतले हरेक किसिमले नेपाललाई आफ्नो प्रभावमा पार्ने दाउ खोजीरहेको तर, वर्तमान वली सरकारले राष्ट्रियताको सवालमा टसकोमस नहुने संकेत गरेपछि भारत बाटो बिराइएछ भन्ने मुडमा पुगेको बताइन्छ ।
अनि भारतको संस्थापनले राजदुत रायलाई कुनै यस्तो बाहना खोज्न लगाएको बताइन्छ कि, नाकाबन्दी हटाउने महत्वपुर्ण कडी बनोस् ।
नत्र, नेपालले आफ्नो व्यापार चीनतिर लम्काउन सक्ने छ । भारतले, आफ्नै उक्साहटमा उचालेको मधेसवादी दलहरुलाई संसदमा फर्काउको र अअब, सानै भएपनि सहमति गराएर नाका अबरोध हटाउन लगाएर नाका खोल्ने दाउ खोजिरहेको छ। यसकालागि राजदुत राय आफैं लागिपरेका छन् ।
उनी भारतलाई नेपालमा असफल बन्न नदिनकालागि घुँडा टेकेर भएपनि ओली सरकारसँग सम्झौता गर्ने मुडमा पुगेका छन् र मधेसवादी दलका नेताहरुलाई पनि यही सन्देश प्रवाह गरेको बताइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राजदुत रायलाई नेपालसँग बाहना खोजेर सहमति गराउन दवाव दिएका छन् ।
उनले नेपाल नझुक्ने देखिएकाले नेपालमा भारतीय प्रभाव कायम राख्ने हो भनेपनि नेपालसँगको विग्रदो सम्बन्ध कम्तीमा यतीमै सिमित राख्ने उपाय खोजी गरि जानकारी गराउन राजदुतलाई निर्देशन दिएको स्रोतको दाबी छ । परिणाम आउन भने अझै दुइचार दिन कुर्नुपर्ने छ ।
nepalsandesh
काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मन्त्रीलाई आन्दोलनरत क्षेत्रमा पठाउने तयारी गरेका छन् । ‘जनताको संविधान जनताको माझ’ कार्यक्रम बनाएर सवै मन्त्रीलाई आन्दोलनरत क्षेत्रमा जान प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन् ।
प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँगको अनौपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले सवै मन्त्रीलाई जिल्ला पठाउने निर्णयमा पुगेका हुन् । मन्त्रीहरुसँग सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका सांसदहरु पनि जिल्ला जाने कार्यक्रम तय गरिएको छ ।
‘जनताको संविधान जनता माँझ कार्यक्रम प्रधानमन्त्रीज्यूले बनाउनु भएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ‘को मन्त्री कुन जिल्ला जाने अहिले तय भएको छैन तर अब छिट्ट निर्णय होला ।’ कुन जिल्लामा कुन मन्त्री जाने बिषयमा मन्त्रीहरुबीच अहिले छलफल चलिरहेको छ ।
मधेस केन्द्रीत केही राजनीतिक दलले संविधानमा भ्रम छरेपछि त्यसलाई चिर्न पनि मन्त्री र सांसदहरु जिल्ला जाने भएका छन् । मधेसी मोर्चाको आन्दोलनलाई लक्षित गरी प्रधानमन्त्री ओलीले ‘जनता बुझाउने’ अभियान ल्याएका हुन् । केही दिनअघि बसेको मन्त्रीपरिषदको बैठकले पनि जनता माँझ जाने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्री ओलीको यस अभियानलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि साथ दिने भएको छ । हिमालदेखि तराईसम्मका सबै सांसदहरुलाई प्रधानमन्त्रीको अभियानमा सहयोग गर्न कांग्रेस सभापति सुशील कोइरालाले निर्देशन दिने तयारी पनि गरेका छन् ।yeskathmandu
आइतबार, १३ मंसिर

काठमाडौं । स्थानीय सुन्धारामा खटिएको प्रहरी टोलीले आज बिहान सुन्धारा नजिकै भगौडा प्रहरी छोटेलाल ठाकुरमाथि गोली प्रहार गरेको छ ।
अपराध महाशाखाबाट खटिएको टोलीले सुन्धाराको एक गेस्ट हाउसमा बसेका बारा जिल्लाका ठाकुरलाई चिनियाँ पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग थापाले जानकारी दिए ।
तराईका जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न भएकाले पहिलेदेखि नै निगरानीमा रहेका ठाकुरसँगै बाराकै राजकुमार पटेललाई समेत शङ्का गरी पक्राउ गरिएको छ ।
सूचनाका आधारमा गेस्ट हाउसमा पुगेर ठाकुरलाई नियन्त्रणमा लिन खोज्दा मुठभेड भए पनि गोली चलाइएको र ठाकुरको घुँडामुनि गोली लागेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । घाइते ठाकुरलाई उपचारका लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ ।
nepalsandesh
फोटो :पूर्वको सुरक्षा बैठकमा सहभागी हुँदै गृहमन्त्री शक्ति बस्नेत । तस्बिर : रत्नप्रसाद आचार्य


मधेसको राजमार्गमा दिउँसै गाडी चलाउने तयारी
सुनसरी : गृहमन्त्री शक्ति बस्नेतले नेपाल सरकार भारतसँग कुनै पनि हालतमा नझुक्ने बताएका छन् ।

सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको पूर्वक्षेत्रिय कार्यालयमा आयोजित पूर्वक्षेत्रको सुरक्षा बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री बस्नेतले भारतीय हस्तक्षेप कुनै हालतमा नस्विकार्ने बताएका हुन् ।

‘भारतीय नाकाबन्दीको सरकारले डटेर सामना गर्छ’, गृहमन्त्री बस्नेतले भने, ‘भारतसँग झुकेर राष्ट्रहित विपरितका सम्झौता गर्दैनौं ।’

गृहमन्त्री बस्नेतले तराई–मधेसमा जारी आन्दोलन राष्ट्र हितविपरित भएको जनाउँदै कानुन कार्यान्वयन गरेर शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

‘मधेसमा आन्दोलन जारी रहेपनि अब राजमार्गमा दिउँसै गाडी सञ्चालनको तयारीमा छौं’, उनले भने, ‘सुरक्षाव्यवस्था बलियो बनाएर अब राजमार्ग सुचारु गरिन्छ ।’

गृहमन्त्री बस्नेतले भारतीय सीमा सुरक्षा बलले नेपालमै आएर नेपालीमाथि गोली हानेको घटनालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने बताए ।

‘नेपालीमाथि नेपालमै आएर भारतीय प्रहरीबाट भएको गोली प्रहारको घटना सहन सकिन्न’, उनले भने, ‘यो घटनालाई सरकारले गम्भीरतापूर्वक अन्तर्राष्ट्रिय कानुनको ध्यानाकर्षण गराउँछौ ।’

मन्त्री बस्नेतले कानुनविपरित काम गर्ने कसैलाई पनि सरकारले नछाड्ने बताउँदै जनता र देशको सुरक्षामा सरकार सक्षम रहेको पनि दाबी गरे ।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले हिन्दी न्युज च्यानल बन्द गराएपछि भारतभर हंगामा मच्चीएको छ ।
भारतीय सञ्चार माध्यमहरुले नेपाल सरकारकै नेतृत्वमा च्यानल बन्द गराइएको दाबी गरेका छन् । विप्लव नेतृत्वको माओवादीले केवल सञ्चालकहरुलाई पत्र पठाएर हिन्दी न्युज च्यानल बन्द गर्न चेतावनी दिएको थियो ।पत्रपछि च्यानलहरु बन्द भएका छन् ।
तर, भारतमा भने नेपाल सरकारले हिन्दी च्यानलले नेपालबारे भ्रामक समाचार दिएको भन्दै च्यानल बन्द गराउन लगाएको आरोप लगाएका छन् । सञ्चार मन्त्रालयले भने च्यानल बन्द गर्न सरकारले कुनै निर्देशन नदिएको बताएको छ ।
nepalsandesh
१३ मंसिर, सुनसरी ।

सरकारले राजमार्ग खुलाउन विशेष योजना ल्याउन लागेको जानकारी गृहमन्त्री शक्ति बस्नेतले दिएका छन् ।

मधेश आन्दोलनका कारण अवरुद्ध सडक मार्ग खुलाउन सरकारले विशेष प्रथमिकतामासहित नयाँ योजना ल्याउन लागेको जानकारी उनले दिएका हुन् ।


सुनसरीको पकली स्थित शसस्त्र प्रहरी बलको बराहबाहिनीमा आयोजित क्षेत्रीय सुरक्षा गोष्ठीपछि बोल्दै गृहमन्त्री बस्नेतले सरकारले राजमार्ग खुलाउन विशेष योजना ल्याउनले र छिट्टै सवारी साधनहरु निर्वाध रुपमा सञ्चालन हुने वातावरण बन्ने दावी गरे ।

गृहमन्त्रीले रातिमा मात्र नभएर दिउँसोमा पनि निर्वाध रुपमा सवारी सञ्चालन हुने वातावरण बनाउने दावी गरेका छन् ।

सुरक्षासम्बन्धी बैठकमा गृह मन्त्रालयका सचिव नारायणगोपाल मलेगु, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी लगायतको सहभागिता थियो ।
nepaliheadlines
काँकडभिट्टा (झापा), १३ मङ्सिर । केचना नाकाबाट हतियारसहित नेपाल प्रवेश गरेपछि आज बिहान पक्राउ परेका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का १३ जवान पाँच घन्टापछि रिहा भएका छन् ।
‘भूलवश नेपाल पसेको’ भन्दै क्षमायाचना गरेपछि एसएसबीका बटालियन कमान्डर जिबी नेगीलाई पक्राउ परेका भारतीय सुरक्षाकर्मी जिम्मा लगाइएको झापाका सहायक प्रजिअ डमरु निरौलाले जानकारी दिनुभयो । भारतीय पक्षले नेपालसँग माफी मागेको यो पहिलोपटक हो ।
सुपारी तस्करलाई पछ्याउने क्रममा बिहान चार थान हतियारसहित १३ जना एसएसबीका जवान सीमा छिचोलेर केचना–४ स्थित नेपाली बस्तीसम्म आइपुगेका थिए । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
“उनीहरुले गल्ती स्वीकारे”–पक्राउलगत्तै सदरमुकाम चन्द्रगढीबाट केचना पुगेका सहायक प्रजिअ निरौलाले भारतीय सुरक्षाकर्मीको रिहाइपछि भन्नुभयो, “हामीले उनीहरुको कमान्डरलाई जिम्मा लगाएर पठायौँ ।”
घटना भएको केचना भारतसँग सीमा जोडिएको झापाको दक्षिणपूर्वी सीमान्त गाविस हो । दुई दिनअघि सुपारी तस्करलाई लखेट्ने भन्दै सोही क्षेत्रमा सीमा नजिक एसएसबीले आधा दर्जन राउन्ड फायरसमेत गरेको स्थानीय बासिन्दा बताउँछन् ।
dainiknepal
काठमाडौं, १३ मंसिर । पछिल्लो समय नेपालविरुद्ध गतिविधी गरिरहेको आरोप खेपिरहेका भारतीय राजदूत रञ्जीत रेले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।
भर्खरै अमेरिकाबाट फर्किएका कोइरालासँग राजदूत रेले आइतबार विहान महाराजगञ्जमा भेटवार्ता गरी मधेस आन्दोलन सुल्झाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समस्या समाधानमा ढिलाई गरेको बताउँदै समस्या समाधानको नेतृत्व लिन कोइरालाई आग्रह गरेको कोइराला निकट एक नेताले बताए ।
त्यसका लागि राजदूत रेले मधेसमा दुई प्रदेश बनाउनु उपयुक्त हुने र सबै मधेसीलाई समान अधिकार दिनुपर्ने सुझाव दिएका छन् । यद्यपी यो नेपालको मामिला भएको र भारतले दिएका सुझावले छिटो समस्या समाधान हुने विश्वास राजदूत रेले कोइरालासँग गरेका छन् ।
कोइराला निवास महारागंजमा एकघण्टा बढी भएको भेटवार्तामा भारतीय नाकाबन्दी, मधेस आन्दोलन र समाधानका विषयमा छलफल भएको थियो ।
जवाफमा कोइरालाले मधेसका जायज माग सम्बोधन गरिने बताए । आन्दोलनले देशभरिको जनजीवन कष्टकर बनेको भन्दै कोइरालाले समस्याको निकास खोज्न आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दल र सत्तारुढ दलसँग अमेरिकाबाट फर्के लगत्तै छलफल अघि बढाएका थिए ।
dainiknepal
काठमाडौं, १३ मंसिर । पछिल्लो समय नेपालविरुद्ध गतिविधी गरिरहेको आरोप खेपिरहेका भारतीय राजदूत रञ्जीत रेले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालासँग भेटवार्ता गरेका छन् ।
भर्खरै अमेरिकाबाट फर्किएका कोइरालासँग राजदूत रेले आइतबार विहान महाराजगञ्जमा भेटवार्ता गरी मधेस आन्दोलन सुल्झाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले समस्या समाधानमा ढिलाई गरेको बताउँदै समस्या समाधानको नेतृत्व लिन कोइरालाई आग्रह गरेको कोइराला निकट एक नेताले बताए ।
त्यसका लागि राजदूत रेले मधेसमा दुई प्रदेश बनाउनु उपयुक्त हुने र सबै मधेसीलाई समान अधिकार दिनुपर्ने सुझाव दिएका छन् । यद्यपी यो नेपालको मामिला भएको र भारतले दिएका सुझावले छिटो समस्या समाधान हुने विश्वास राजदूत रेले कोइरालासँग गरेका छन् ।
कोइराला निवास महारागंजमा एकघण्टा बढी भएको भेटवार्तामा भारतीय नाकाबन्दी, मधेस आन्दोलन र समाधानका विषयमा छलफल भएको थियो ।
जवाफमा कोइरालाले मधेसका जायज माग सम्बोधन गरिने बताए । आन्दोलनले देशभरिको जनजीवन कष्टकर बनेको भन्दै कोइरालाले समस्याको निकास खोज्न आन्दोलनरत मधेसकेन्द्रित राजनीतिक दल र सत्तारुढ दलसँग अमेरिकाबाट फर्के लगत्तै छलफल अघि बढाएका थिए ।
dainiknepal
आइतबार, १३ मंसिर
ग्रिस । मेसेडोनियाले आप्रबासीको प्रवेशमा नियन्त्रण गर्ने प्रयासस्वरुप सिमानालाई २.५ मिटर अग्लो काँडेबार लगाइ आवागमनमा प्रतिबन्ध लगाएपछि सिमानाकामा झडप भएको छ ।
मेसेडोनियाले शरणार्थीको प्रवेशको चाप आफ्नो देशले धान्न नसक्ने जनाउँदै सिमानामा शरणार्थीलाई प्रवेश गर्नबाट रोक लगाउन शुरु गरेको हो ।
मेसेडोनियाको प्रहरीले शरणार्थी प्रवेशमा रोक लगाए पनि शरणार्थीको एक समुह प्रवेश गर्ने प्रयास गरेको र प्रवेशमा प्रहरीले कडाइ गरेपछि भएको झडपमा १८ प्रहरी घाइते भएको मेसेडोनियाको गृह मन्त्रालयले बताइको हो ।
ग्रिस र मेसेडोनियाको सिमाना गभ्गेलिजामा भएको यक्त झडपमा परेका प्रहरीमध्ये दुईजना गम्भीर घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिंदै भएको मन्त्रालयले जनाएको छ ।
झडपका क्रममा आप्रबासी शरणार्थीले प्रहरी तथा सेनाका कैयौं गाडीहरूलाई तोडफोड समेत गरेको जनाइएको छ ।
ग्रिसको समाचार संस्था आनाका अनुसार, मेसेडेनियाली प्रहरीले झडप नियन्त्रण गर्न ग्रिनेडको समेत प्रयोग गर्नु परेको थियो ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home