• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
चाणक्य वा कौटिल्य एक भारतिय शिक्षक, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए।उनी राजनीति र कूटनीति का साक्षात् मूर्ति थिए। उनको अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिको महान ग्रन्थ छ। पुरातन हिन्दु मान्यता अनुसार चाण्क्य लाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ ।
चाणक्य नीति १ः
आफुले योजना गरेका कुराहरु कसैलाई नभन्नुस । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन ।आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।

चाणक्स नीति २ः
जीवनको सबै भन्दा ठुलो मित्र शिक्षा हो । शिक्षा लाई कहिलै पनि पैसा संग तुलना नगर्नुहोस । एक शिक्षित व्यक्तिले पुरै देश बदल्न सक्छ । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।

चाणक्स नीति ३:
ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको भिडमा विद्वानको निकै बेइज्जत हुने गर्दछ ।

चाणक्स नीति ४:
जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।

चाणक्स नीति ५:
मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।

www.etajakhabar.com
टेलिभिजन, टेलिफोन, टेलिस्कोप आदि शब्द सुनेको अनि बुझेकै शब्द हुन। तर ‘टेलिप्याथी’ भन्ने सुनिएपनि निकै कम बुझिएको शब्दमा पर्छ।

अङ्ग्रेजी डिक्स्नेरी अनुसार ‘टेलिप्याथी’, ‘दिमागहरु बीच बिना कुनै इन्द्रिय सञ्चार हुनु’ बुझिन्छ। अर्थात हाम्रा पाँच इन्द्रियको प्रयोग नभइ अन्यको मष्तिस्कसंग सिधा सम्पर्क गर्ने कार्य नै टेलिप्याथी हो। सिधा बुझ्दा बिना कुनै माध्यम अन्यको दिमागको विचार पढ्न सक्ने वा आफ्नो विचार अन्यको दिमागमा पनि ल्याउन सक्ने खुबी नै टेलिप्याथी हो।  तपाईले अन्य व्यक्तिको दिमाग पढ्ने कोसिस गर्नु भएको छ र?

कहाँ बाट आयो टेलिप्याथी शब्द?

भन्नाले ‘टाढा’ र  भन्लाने ‘अनुभुति’ वा ‘अनुभव’ बुझिन्छ। टाढाको दृश्य हेर्न मिल्ने उपकरण टेलिभिजन भएझै टाढा वा अन्यको दिमाग अनुभव गर्न सकिने कार्य नै टेलिप्याथी हो।

अमेरिकी मनोवैज्ञानिक फ्रेडेरिक मियर्सले पहिलो पटक सन् १८८२ मा प्रयोग गरेको यो शब्द अहिलेसम्मनै निकै चर्चित रहदै आएको छ।

साइन्स फिक्सन चलचित्रमा ‘सुपरहिरो’ अनि ‘सुपरभिलेन’ का शक्ति देखाउन टेलिप्याथी व्यापक प्रयोग गरिने गरेको छ।

टेलिप्याथीसंगै टेलिपोर्टेसन पनि निकै चर्चित छ। एक ठाउँबाट बिलाएर अर्को ठाँउमा उत्पन्न हुने कार्यलाई टेलिपोर्टेसनले व्याख्या गर्छ। निकै चर्चा भएता पनि टेलिप्याथीको भने कुनै वैज्ञानिक आधार भेटिएको छैन, जहाँ कि टेलिपोर्टेसन भने विज्ञानले सम्भव बनाइसकेको छ तर केही समय भने अवस्य कुर्नुपर्नेछ।

के एउटा दिमागले अर्को दिमागमा संकेत पठाउन सक्छ?

टेलिप्याथी सम्बन्धि विषयले सधै अचम्मित नै पार्दै आएको छ। के यो साच्चै सम्भव छ? के तपाइले अर्को कोही मानिसको मस्तिष्क पढ्न सम्भव होला? विचार विचारमै अन्यसंग कुराकानी गर्न सकिएला?

टेलिप्याथीमा विश्वास गर्ने भन्छन्, जब कुनै मानिसले अर्को व्यक्तिबाट ‘विचार’ पाउँछ, प्राप्त गर्ने व्यक्तिले बोलेरै जवाफ पनि दिने अवस्था पनि आउँछ। यस्तो घटना सोचेभन्दा बढी घट्ने बताइन्छ। तर कुनै वैज्ञानिक आधार नहुँदा यस्ता घटना कल्पनामात्रमा सिमित भएका छन्।

टेलिप्याथीमा कस्तो अनुसन्धान हुदैछ?

टेलिप्याथीसंग सम्बन्धित रहेर बिभिन्न खोज तथा अनुसन्धान नगरिएका हैनन, तर कुनै पनि अनुसन्धानले यस्तो शक्ति साँच्चै छ भनि निर्क्योल गर्नसकेको छैन। १९ औं शताब्दीमै सोसाइटी फर साइकिकल रिसर्चले पाँच दिदीबहिनीमा टेलिप्याथीको शक्ति छ भनि रिसर्च गर्न सुरु गरेको थियो। वर्षौं सम्म अध्ययन गरे तर पछिल्ला अध्ययनको क्रममा ती दिदीबहिनीहरु कोड संकेत गरेर कुराकानी गर्ने गरेको र रिसर्च गर्ने व्यक्तिहरुलाई नै झुक्याएको थाहहुन आएको थियो।

अझ विशेष गरि जुम्ल्याह व्यक्तिहरुमा टेलिप्याथीको शक्ति हुने विश्वास गरिएको थियो। एकै समयमा एकै खालका विचार आउने, एकै खालका सामान मन पराउने आदि जुम्ल्याहमा देखिने गरेको भन्दै विभिन्न अनुसन्धान पनि गरिए तर कसैले पनि टेलिप्याथीलाई वैज्ञानिक आधार दिन सकेन। संगै बस्ने अनि संगै हुर्कने हुनाले जुम्ल्याहमा एकआपसमा टेलिप्याथी गरेझै व्यवहार देखिने तर साच्चैको टेलिप्याथी भने नभएको निष्कर्षमा अनुसन्धानकर्ता पुग्ने गरेका छन्।

आध्यात्मिक अनि केही वैज्ञानिक सिद्धान्त र टेलिप्याथी

खप्तड बाबाको एक पुस्तक छ, ‘विचार विज्ञान’, जसमा विचारको शक्तिको बारेमा निकै राम्रो संग बयान गरिएको छ। विज्ञान पनि भन्छ, शक्ति नष्ट हुदैन केवल परिवर्तन गर्न मिल्छ। हाइड्रोपावरमा पानीबाट टर्वाइन घुमाइन्छ। पानीको शक्ति टर्वाइन घुमाउन प्रयोग गरियो, टर्वाइनले सोही घुम्ने कार्यबाट विजुली निकाल्छ, सोही विजुली तार हुदै तपाइको घरसम्म आइपुग्छ, मोबाइल वा कम्प्युटरको ब्याट्री चार्ज गर्नुहुन्छ। सोही ब्याट्रीको शक्ति प्रकाशमा परिवर्तन गर्छ मनिटर वा स्क्रिनले। यसरी शक्ति एक रुपबाट अर्कोमा परिवर्तन हुदैँ विभिन्न अन्य कार्य हुने गरेको छ।

मानिसले शक्ति भने खाना, पानी अनि हावा बाट पाउँछ। शरिरमा भएको केही शक्ति तपाइले विचार वा सोच्नमा लगाउनुहुन्छ। बिना शक्ति कुनै कार्य सम्भव छैन। अर्थात शक्ति छ भने कार्य अवस्य हुन्छ। यसको अर्थ तपाइको विचारले पनि अवस्य कुनै न कुनै कार्य गर्छ। अठोट भएमा कुनै कार्य असम्भव छैन भनि त्यसै भनिदैन। तपाइको विचारले पनि तपाइको वरिपरिको वातावरणलाई अवश्य असर पार्छ। सकारात्मक विचार छ भने सकारात्मक नत्र नकारात्मक प्रभाव पर्छ। अब कुनै तरिकारले आफुमा भएको विचार शक्ति अन्यमा पठाउने कसरी मात्र थाह पाउँदा टेलिप्याथी सम्भव देखिन्छ। तर पठाउने कसरी समस्या त्यहाँ आउँछ। यसको भने विज्ञानले जवाफ खोजीसकेको छ।

प्रविधिको प्रयोग गरेर टेलिप्याथी

चर्चित खगोलविद् स्टेफन हकिङ्स बोल्न सक्दैन, न त हिडडुल गर्न नै सक्छन। तर शताब्दीकै सबैभन्दा तेज दिमाग भएका खगोलविद् हुन उनी। ‘एमियोट्रोफिक ल्याटेरल स्क्लेरोसिस’ नामक एक दुर्लभ रोगको कारण उनी दशकौ देखि पक्षाघातले थलिएका छन्। बोल्न र लेख्न नसक्दा स्टेफनको तेज दिमागको विचार र धारणा चाँहि उनकै दिमागमा मात्र सिमित हुने भयो। कि त टेलिप्याथी सम्भव भएको भए बताउन सकिन्थो स्टेफन कुन सिद्धान्त दिमागमा सोच्दैछन्, तर त्यो सम्भव भएन। तर विज्ञानले यी तेजवी वैज्ञानिकका विचार विचारमै सिमित नहोस् भन्नको लागि एक नौलो प्रविधि भित्र्यायो, दिमाग पढ्नमिल्ने प्रविधि। टेलिप्याथीको कथा झै सारा दिमागमा के चलिरहेको छ भनि पुरै वृतान्त अहिलेसम्म थाहा पाउनसक्ने नभएपनि स्टेफन के बोल्न खोज्दैछन् भन्ने यो प्रविधिले थाहा पाउँछ।

अन्यसंग कुराकानी गर्न सुरुमा उनको अगाडी अक्षरहरु लेखिएको ‘स्पेलिङ कार्ड’ राखिदिनु पर्थो। आँखीभौं उचालेर उनले अक्षर छान्थे अनि अन्यले उनले भन्न खोजेको शब्द बुझ्ने गर्थे। एउटै वाक्य भन्न यसरी मिनेट भन्दा बढी लाग्थो। आफ्नी सासुको यस्तै समस्या हल गर्न ‘वर्ल्डस् प्लस’का प्रमुख वाल्टर वल्टोजले बनाएको एक कम्प्युटर प्रोग्राम ‘इक्वलाइजर’को परिमार्जित संस्करण सन् १९८६ देखि स्टेफनले प्रयोग गर्न थाले। यो कम्प्युटर उनको ह्वीलचियरमै जडित थियो।

यो प्रोग्रामको मद्धतले औलाको सहायताले बटन थिचेर उनले कम्प्युटरको स्क्रिनमा देखिने शब्दहरु छान्थे। उनले १ मिनेटमा करिब १५ वटा शब्द छान्ने सक्थे। छानिएका शब्द सोही प्रोग्रामले पढ्न सक्थ्यो। विस्तारै स्टेफनको हातका औलाले पनि काम गर्न छाड्यो। सन् २००५ पछि उनले गालाको तन्तुहरुको हलचलबाट शब्द छान्न थाले। तर यसरी एक मिनेटमा केवल एउटा शब्द छान्ने सक्थे। सन् २००९ पछि उनी आफैले ह्वीलचियर पनि चलाउन सक्ने अवस्थामा रहेनन। स्वासफेर्न कठिन हुनाले भेन्टीलेटरको आवश्यकता पर्न थाल्यो।
सन् १९९७ पछि उनको कम्प्युटरको यो प्रविधिलाई इन्टेल कर्पोरेशनले सहयोग गर्न थाल्यो। गालाको हलचलले उनले कम्प्युटरको स्क्रिनमा भएको माउसको कर्सर चलाउन सक्थे। स्क्रिनमा किबोर्ड हुन्थ्यो, कर्सर लगेर उनले स्क्रिनको किबोर्डबाट ‘कि’ छान्न सक्थे।

केही समययता दिमागमा उत्पन्न हुने तरंग अध्ययन गरि सोचेको कुरा पत्ता लगाउन सक्ने प्रविधि भित्रिदै गएको पाइन्छ। स्टेफनको दिमागमा पनि एक ‘चिप्स’ राखेर उनले सोचेको कुरा पत्ता लगाउने कोसिस गरिएको थियो। तपाइले कुनै फुल सोच्नु भयो अनि मानौ निलो आकाश सोच्नु भयो, यी दुवै अवस्थामा तपाइको दिमागमा फरक फरक काम हुने गर्छ, दिमागको फरक फरक हिस्सा सक्रिय हुने गर्छ अनि दिमागबाट फरक फरक तरङ निस्कने गर्छन।

दिमाग भित्र वा बाहिर पनि राख्न सकिने सो चिप्स वा सेन्सरले दिमागबाट उत्पन्न हुने तरङ्गको अध्ययन गरि सोचेको कुरा अनुमान गर्ने गर्छ। नयाँ प्रविधि भएकाले स्टेफनले यो भन्दा आफुले प्रयोग गर्दै आएको कर्सर सारेर अक्षर छान्न मिल्ने कम्प्युटर प्रोगाम नै सजिलो भएको प्रतिक्रिया दिएका थिए।

 केही वर्ष पछि यो प्रविधिको राम्रो विकास हुनेछ, अनि दिमागमा चेल्ने सोच अनि विचार कम्प्युटरले सबै पत्ता लगाउन सक्ने हुनेछ। साथै कम्प्युटरबाट दिमागमा विचार पठाउन पनि मुसामा विभिन्न अध्ययन गरिएका छन्, जसमा सकारात्मक नजिता प्राप्त हुदै गएको बताइन्छ। अबका केही वर्ष वा दशक पछि तपाईले सोच्नु भएको तपाइको कम्प्युटर वा मोबाइलले थाह पाउन सक्ने हुनेछ, अनि इन्टरनेट मार्फत ती डाटा अर्को मोबाइलमा पठाइनेछ जहाँ डाटा पाउने मोबाइलले व्यक्तिको दिमागमा ती डाटालाई पठाइदिनेछ। तपाईले सोचेको कुरा प्रविधिको सहयताले अर्को दिमागमा पुग्ने देखिन्छ। तर यस्तो हुन अझै समय भने कुर्नु पर्ने देखिन्छ। यसरी मनौविज्ञानले वैज्ञानिक आधार खोज्न नसकेको टेलिप्याथीलाई विज्ञानले प्रविधि प्रयोग गरि सम्भव बनाउन खोज्दैछ।
काठमाडौं । प्रकृतिले प्राणीहरूलाई प्रशस्त मात्रामा अनमोल खाद्यान्‍न तथा फलफूलहरू उत्पादन गरिदिएको छ। तर, सबै अन्न तथा फलफूलका आआफ्ना विशेषता छन्। कुनै प्रोटिनप्रधान छन् त कुनै भिटामन, कार्बोहाइडे्रट वा बोसोप्रधान छन्। त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक छन्।

चामल, गहुँ, मुँग, मकै आदि अन्नस लौका, फर्सी, करेला, लसुन, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारीस सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूल सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हुन्। यिनमा प्रोटिन, कार्बोहाइडे्रट, फ्याट, भिटामिन तथा मिनरल्स उपलब्ध हुन्छन्।
बालबालिकादेखि वृद्धसम्मलाई चाहिने भोजन पनि यिनै हुन्। तर, यी भोजनमध्ये केही यस्ता अन्न तथा फलफूलहरू छन् जसले मानिसको शरीर तथा मस्तिष्कलाई ताकत दिन्छन्, स्मरणशक्ति बढाउँछन्। यस्ता मस्तिष्कमैत्री अन्न तथा फलफूल गाउँघरका बगैंचा, करेसाबारी तथा वरपरका जंगलमै उपलब्ध हुन्छन्। त्यसैले यहाँ यस्ता खाद्यपदार्थका बारेमा उल्लेख गरिएको छ।जमुनास्जमुना त सबैले देखेको तथा खाएको फल हो। तर, जमुना मस्तिष्कवर्द्धक फल हो भन्ने कुरा धेरै कम मानिसलाई थाहा छ।
वास्तवमा वर्षा ऋतुमा नेपालमा पनि प्रशस्त पाइने जमुना मानिसका लागि ज्यादै उत्तम फल हो। जमुनाले रक्तशोधन गरी चेहरालाई चमकदार बनाउँछ, चिडचिडापन हटाउँछ। यसले पेटको विकार हटाउँछ, मेमोरी बढाउँछ, बुद्धिलाई तीव्र बनाउँछ।बिहान र साँझ खाजाका रूपमा जमुना खानु ज्यादै उत्तम हुन्छ।पालुंगोस्बुद्धि तीव्र पार्ने तथा दिमागलाई दुरुस्त राख्ने खाद्यान्नका रूपमा पालुंगो त प्रकृतिको वरदान नै हो। मस्तिष्कका लागि योभन्दा उपयुक्त अर्को हरियो सागतपात छैन।
पालुंगोमा भिटामिन ए, बी, सी, क्लोरोफिल, बिटा कैटोरिन, राइवोफ्लेबिन तथा सोडियम आदि हुन्छन्। माछामासुमा झैं प्रोटिन हुन्छ।कतिपय बालबालिकालाई पालुंगो त्यत्ति स्वादिलो लाग्दैन तर यसको सेवनले मनलाई ताजा बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ। यो एउटा महत्त्वपूर्ण ब्रेन टनिक हो भन्‍ने कुरा पोषणविद्हरूले हालसालै प्रमाणित गरिदिएका छन्। त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ। पालुंगो लाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ।
सलादका रूपमा, तरकारी र सुप बनाएर पनि यसलाई खान सकिन्छ। बेलाबेलामा पालुंगोको तरकारी वा सुप बनाएर खानु निकै उत्तम हुन्छ। तर, अक्जेलिक एसिड हुने भएकाले किड्नीका रोगी तथा किड्नीमा पत्थरी जम्ने समस्या भएकाहरूले पालुंगो खान हुँदैन।अमलास्फलहरूमा अमला एक सर्वोत्तम फल हो। यो भिटामिन सीको भण्डार हो।यसले हाड, दाँत र गिजा बलियो बनाउँछ। अनुहारको कान्ति बढाई कपाल फुल्न दिँदैन। नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ।
मस्तिष्कशक्ति तथा स्मरणशक्ति बढाउँछ। बुद्धि तीव्र बनाई शरीरमा बल(वीर्य वृद्धि गराउँछ। यसले हाई ब्लड प्रेसर, हृदयरोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जन्डिस, टीबी, पिसाब तथा हड्डीका रोगहरू ठीक पार्न सहयोग गर्छ। अमला त्रिदोषनाशक फल हो, अर्को बे्रन टनिक। अमलामा पाइने एन्टी अक्सिडेन्ट इन्जाइमले बूढोपन रोक्छ।अमलामा जति रोगप्रतिरोधक, रक्तशोधक तथा बल(वीर्यवद्र्धक तत्त्वहरू पाइन्छ, त्यति तत्त्व संसारका कुनै पदार्थ तथा औषधिमा पाइँदैन।
प्रतिदिन कुनै न कुनै रूपमा दुईचारवटा अमला खानु निकै राम्रो हुन्छ। अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ। जस्तैस् काटेर सलादका रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि खान सकिन्छ। तर, बिहानको खाजामा दुईचारवटा अमलाको मुरब्बा (जाम) सेवन गर्नु सर्वोत्तम हुन्छ।स्ट्रबरीस्अमलाजस्तै स्ट्रबरी अर्को महत्त्वपर्ण फल हो।
रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्तदुरुस्त राख्छ। सम्भव भएसम्म बेलाबेलामा स्ट्रबरी खानु राम्रो हुन्छ।बदामस्बदाम (आलमन्ड) ब्रेन फुडको राजा हो। यसमा शरीरलाई आवश्यक सबै पोषक तत्त्व हुन्छन्।यो मस्तिष्कका लागि निकै लाभदायक छ। बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तीतो मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ।
बदाम बालक, जवान तथा वृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ। बदामलाई पानीमा भिजाएर, बोक्रा हटाई पिसेर लेप बनाई दूधसँग खानु उत्तम हुन्छ। बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्रज्योति बढाउँछ। बदाम आई टनिक पनि हो।
ओखरस्बदामजस्तै ओखर पनि बे्रन टनिक हो। ओखरको त रूपरंग नै ब्रेनजस्तै हुन्छ। तर, बदाम र ओखर नेपालमा उत्पादन हुँदैन। सम्भव भएसम्म नास्ताका रूपमा बदाम तथा ओखर खाने गर्नुपर्छ।अंकुरित गेडागुडीस्अंकुरित गेडागुडी त अमृत भोजन नै हो।
शरीरशास्त्री भन्छन्, जबसम्म शरीरका कोषहरूकोनिर्माण तथा पुनर्निर्माण ठीकठीक रूपमा भइरहन्छ तबसम्म बुढ्यौली आउँदैन, शरीर स्वस्थ र बलियो बनिरहन्छ। तर, जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा विघ्नबाधा पर्छ तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति मन्द हुन्छ। यसो भएपछि शरीर बूढो तथा कमजोर हुन थाल्छ। तर, भिटामिन ई, भिटामिन सी र कोलिनको पर्याप्त मात्रा प्रत्येक दिनको भोजनमा समावेश गरियो भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट हुन्छ।
जबसम्म यो प्रक्रिया ठीकसँग चल्छ, तबसम्म बुढ्यौली आउँदैन। प्रकृतिको नियमअनुसार बुढ्यौली आउँछ तर यी भिटामिन सेवन गर्ने हो भने ढिलो आउँछ। जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवानजस्तो देखिन्छ।
यस्ता भिटामिन अंकुरित गेडागुडीमा पाइन्छ। त्यसैले बिहानको खाजामा अंकुरित गेडागडी खानु सुनमा सुगन्ध नै हुन्छ। अन्य ब्रेन फुड्सस्स्याउ, लसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दागोभी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्छ।
पीपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ। पीपलको मौसममा पीपलको फल खानु निकै राम्रो हुन्छ। यसका साथै काँक्रो, लौका, फर्सी तथा खरभुजाको बीउ पनि ‘ ब्रेन फुड मानिन्छ। आयुर्वेदका अनुसार लसुन तामसिक पदार्थ हो तर यसको औषधीय गुण धेरै छ। लसुन खाँदा ब्लड प्रेसर घटाउँछ। रगत सफा गरी कोलोस्ट्रोल घटाउँछ। कग्निटिभ क्रिया प्रभावकारी बनाउन सहयोग गर्छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
गायिका कोमल ओलीलाई अमेरिकाले फेरि पनि भिसा दिएन । यसअघि पटक–पटक रिजेक्ट भएकी कोमल अहिले कडा भएकी छन् । यसअघि तीनपटकसम्म उनलाई अमेरिकी दूतावासले भिसा दिएको रहेनछ । यसपटक तीज विशेष कार्यक्रमका लागि कोमल अमेरिका जाने योजना रहेछ । तर, के गर्नु, अमेरिकी सरकारले उनलाई भिसा नै दिएन ।

भिसाका लागि अमेरिकी दूतावसामा पुगेकी उनलाई सोधिएछ – बिहे भएको छ ? उनले उत्तर दिइछन्, ‘छैन ।’ फेरि उनलाई सोधिएछ –व्वायफ्रेन्ड छ ? कोमलले उत्तर दिइन् रे – छैन ।
प्रेमी पनि छैन । अनि यो उमेरसम्म बिहे पनि नगरेकी कोमल फेरि अमेरिका जानबाट बञ्चित भइन् । अमेरिकी दूतावासमा अन्तरर्वार्ताकारको आशंका थियो होला – कोही नभएपछि फेरि के–का लागि कोमल देश फर्किएलिन् ? आजको नयाँ पत्रिकामा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हुन त पूर्व राजा ज्ञानेन्द्र शाहको योग भनेको तीन पटक राजा हुने योग हो । तर उहाँले म कहिले राजा हुन्छु भनेर भने सोध्नु भएन । 
काठमाडौँ , १० भदौ पूर्वी नेपालको धनकुटामा २३ वर्ष अघि जन्मिएर हाल जावलाखेल ललितपुरमा बस्ने युवा ज्योतिष सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन् । उनले अहिलेसम्म पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी नेतृ पम्फा भुषाल, नायीका रेखा थापा लगायतका चर्चित अनुहारको भूत, भविष्य र वर्तमान हेरिसकेकी छिन् । सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै ११ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् । प्रस्तुत छ उनै माताजीसंग हरेकपल डट कमको घुम्ने मेचमा गरिएको सवाल जवाफको सम्पादित अंश ।

तपाईलाई के भनेर सम्बोधन गरौं ?
जे भने पनि हुन्छ, भविष्यबाणी हेर्ने पेशा हो मेरो । मैले ज्योतिष विद्या अध्ययन गरेको होइन । मलाई स्वतः अलौकिक शक्ति आएको हो । मलाई यो सवै भगवानका कृपाले प्राप्त भएको हो । अध्ययनको कुरा गर्नुपर्दा मैले स्नातक तह अध्ययन गर्दै थिए । कारणबस म यही भविष्यबाणी हेर्ने क्रममै व्यस्त भएर पढाईलाई निरन्तरता दिन सकिन । तर अध्ययनलाई मैले पुरा गरेरै छाड्छु ।

ज्योतिष विद्या पढ्ने रहर छ की यसैले पुग्छ ?
ज्योतिष विद्या पढ्ने भन्दा पनि, मलाई अझै बढी अलौकिक शक्ति प्राप्त हुन्छ की भन्नेमा म छु ।

कसरी प्राप्त हुँदोरैछ अलौकिक शक्ति भन्न मिल्छ ?
मैले मिडियामा भने मात्र त हो मेरो बारेमा अरुले जान्ने । मैले यो कुरा नभन्नु भनेको म भित्र रहेको कललाई लुकाएर राख्नु जस्तै हो । मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । मैले हेर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो ।

 अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ । यो सबै पोजेटिभ थिङ्किङ् र पवित्र मन भयो भने आउने हो । पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो । बोलीकै भरमा मैले साढे ४ लाख बढी मान्छेको भविष्यबाणी गरिसकेको छु । आवाजबाटै मान्छे नदेखिकनै । यसैगरी ६ लाख जतिसँग मैले प्रत्यक्ष भेटिसकेकी छु ।

सबै कुरा अलौकिक शक्तिले पनि हो । ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु पनि मैले भेट्ने अवसर पाएँ । उहाँहरु चाही जन्म कुण्डली नक्षेत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो । चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन । मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु । मैले यसैको माध्यमबाट धेरै व्यक्तिहरुसँग भेट गर्ने अवसर पाए । म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु ।

अब राजनीतिका कुरा गरौँ है त ?
(हाँस्दै) हुन्छ ।

तपाईंले २०६४ को संविधानसभाले संविधान दिँदैन भनेको कुरा हामीले पहिलानै थाहाँ पाएका थियौँ अहिलेको संविधानसभाले संविधान दिन्छ कि दिँदैन ?
मैले २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । तर अहिलेको संविधानसभाबाट संविधान बन्ने संम्भावना भने म देख्दिन् । यो २०७२ साल सम्म यस्तै हुन्छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु । संविधान सभाका अध्यक्षको भविष्यबाणी गर्ने हो । अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ । त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन ।

त्यहाँ त बस्ने मात्रै हो अरु सबै काम त सिंहदरबारमा हुन्छ नी ?
कुनै पनि कामको निर्धारण गरिनुलाई महत्वपुर्ण मानिन्छ । त्यो स्थान त्यति राम्रो देखेको छैन । अफिस र घरमा धेरै फरक छ नी । अफिसमा आएर बिमको मुनि बस्नु भयो र नकारात्मक दोष रहेछ भने तपाई घर पुग्दा तनाबमा हुनुहुन्छ । त्यसैले कार्यालयको बास्तु मिलेको हुनुपर्छ । जुन अहिले रहेको संविधानसभा भवनमा छैन । जुन व्यक्ति जहाँ बसेर काम कुराको निर्धारण गर्छ त्यो नै प्रमुख रहन्छ ।

तपाईसँग त उग्र क्रान्तिकारिताका कुरा गर्ने नेता नेतृहरु पनि पुग्नु भएछ है ?
मेरो एउटा भावनाको नाताले मेरो निम्ति सबै मान्छे बराबर हो । मान्छे मार्ने व्यक्ति हुन चाहे गुण्डागर्दी गर्ने व्यक्ति हुन् । राजनीतिमा धेरै राम्रो नाम कमाउने व्यक्ति हुन् चाहे पूर्व राजा हुन् सबै मेरा भक्तजन हुन् । सबै क्षेत्रका व्यक्तिहरुको भविष्य फल हेर्दा सबैलाई समान ठान्छु । मेरो सबै जनालाई भेट्ने अबसर मिलेको हो मेरो पनि भाग्य हो । मसँग आउनेहरुले माताजी म यो बन्छु की बन्दैन भन्दै आउनु भने भएको छैन ।

पूर्व राजा ज्ञानेन्द्रको भविष्य फल हेर्दा के सोध्नुभयो त उहाँले ?
उहाँलाई मैले डेढ बर्षदेखि भेट्न चाहेको थिए । त्यसैक्रममा एक जना पत्रकारको सहायताले पूर्वराजाका सचिब फणिन्द्रराज पाठकसँग भेट भयो र उहाँले पूर्वराजासँग भेट्ने समय मिलाई दिनुभयो । पूर्व राजासँग निर्मल निवासमा भेट भएको हो । देशमा के कारणले यो भयो भन्ने कुरा मलाई थाहाँ छ तर अहिलेनै भने यो सार्वजनिक गर्दिन् । पूर्वराजा केही बोल्नु भएन मुसुमुसु मात्रै हाँसी राख्नुभयो । मैले के देखे भने अझै फेरि एक पटक देशमा राजसंस्था आयो भने देशमा शान्ति छाँउछ ।

 ए राजतन्त्र फर्किन्छ भन्नेमा तपाईको भविष्यबाणी ? हजुर हो । यो कुरा त मैले पहिला पनि भनिनै रहन्थे । हुन त पूर्व राजा ज्ञानेन्द्र शाहको योग भनेको तीन पटक राजा हुने योग हो । तर उहाँले म कहिले राजा हुन्छु भनेर भने सोध्नु भएन । तीन पटक राजा हुने योग भन्नुभयो ? एक पटक त्रिभुवनले राजगद्दि छोडेर दिल्ली जाँदा, एक पटक दरवार हत्याकाण्ड पछाडि र अब फेरि राजा बन्दै हुनुहुन्छ भनेको ? यो विषयमा एक जना पत्रकारले माताजी ज्ञानेन्द्र त तीन पटक राजा भइसक्नु भयो भनेर भन्नु भएको थियो उहाँ कतिपटक हुनुभयो भन्ने त मलाई थाहाँ भएन । तर बास्तबमा उहाँको तीन पटक राजा बन्ने योग त मैले देखे ।

 प्रधानमन्त्री सुशील कोइरालाको भविष्य हेर्नुभयो ?
उहाँलाई प्रत्यक्ष त भेट गर्न पाएको छैन, तर उहाँको भविष्य कसैको माध्यमबाट हेरेको छु ।

कोइरालाको नेतृत्वमा संविधान बन्छ ? 
गाह्रो छ ।

कोइराला पछिको प्रधानमन्त्री को त ?
मेरो भविष्यबाणी अनुसार के.पी ओली प्रधानमन्त्री रहनै पर्छ । ओलीको प्रधानमन्त्री बन्ने योग छ । पछिल्लो समय दैबि प्रकोपका घटनाहरु भए यसमा पनि अलौकिक शक्ति हो त ? सिन्धुपाल्चोकको पहिरोको कुरा हो । विभिन्न व्यक्तित्वको ज्यान गयो । मैले पनि हात हेरेका २ जना व्यक्तिहरु त्यसमा पर्नुभयो । उहाँहरुको मृत्यु भएको मैले सपनाको माध्यमबाट थाँहा पाए । कसैसँग बुझ्दा खेरि उहाँहरुको मृत्यु भइसकेको रहिछ । तर मैले आज भन्दा ४ महिना अगाडि भविष्यबाणी गर्दा तपाईलाई पूर्व दिशामा बस्दा राम्रो हुन्छ त्यहाँ तपाईलाई अफाप छ भनेकी थिएँ । त्यहाँ पनि नागले बास गरेको ठाँउ नाग पञ्चमीका दिनमा ठूलै अजिंगर मारिएको थियो भन्ने कुरा पनि छ ।

देशका अन्य ठाँउमा पनि दैवि प्रकोप आउँछ अँझै ?
२०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७१ साल देशकालागि एक दमै डरलाग्दो साल हो ।

साहित्यीक कुरा गरौं, त्यो र यो काम गर्न त अप्ठेरो होला नी त ?
 भविष्य हेर्ने काम मेरो पेशा बनाएकी छु भने साहित्य भनेको कुनै बेला कसैलाई भेट्दाखेरि कुरा गर्दा मात्रै फुर्ने विधा हो मेरा लागि । म कहाँ हात हेराउन आउनेहरुको प्रेम देख्दा खेरि यो गजल भन्ने गर्छु । कति धेरै सम्झनाको तरेलीमा आयौ तिमी निदाइन रातैभरी, परेलीमा आयौ तिमी ।

घर परिवार तर्फ फर्कौ, घरमा को को हुनुहुन्छ ?
मेरो घरमा बुवा मम्मी हामी चार जना दिदी बहिनी र एक जना भाइ छौ । भाइ बिराटनगरमा पढ्दै छन् । बहिनीहरु तीन जना उतै धनकुटामै छन् । म घरेको जेठी छोरी हुँ । मेरो पेशाले नै गाँउमा बुवा मम्मीदेखि विराटनगरमा भाइ पढाउने गरेकी छु । मेरो मम्मी तीन बर्षदेखि विरामी हुनुहुन्छ उहाँको पनि उपचार गर्ने गर्छु ।

अरुको भाग्य हेर्ने मान्छे तपाई कसरी दुःखी ?
यसमा ज्योतिषका छोरी विधुवा भन्ने उखान जस्तै हो । यसरी बुझ्नुस् न तपाईको घरमा एकदमै धेरै साग टमाटर रोप्नुभयो भने ती चिजहरु त तपाईलाई विलकुलै मन पर्दैन । ती भन्दा फरक चिज खान मन लाग्छ नी । भनेपछि जुन छ त्यो चीजको वास्ता हुँदैन । मैले अरुको भविष्य हेर्दा आफ्नो बारेमा हेर्ने फुर्सद पनि हुँदैन । अझ कर्म भएपछि मात्रै भाग्यको कुरा हुन्छ । तपाई यस्तो हुनुहुन्छ भन्दा खेरि तपाईले त्यस्तो काम नगरी यस्तो हुन सक्नुहुन्न नी त । अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ । अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन ।

तपाईसँग दोहोरिएर आउने मान्छे कति छन् ?
म कहाँ दाहोरिएर आउने पनि हुनुहुन्छ । कतिले त माताजीलाई भेटेपछि मेरो बुढाले जाँड रक्सी छोड्नुभयो, मलाई यस्तो फलिफाप भयो भन्ने कुराहरु सुनाउनु हुन्छ । मेरो यस्तो प्रगती भयो भन्ने कुराहरु सुनेकी छु । अहिलेसम्म माताजीलाई भेटेर यस्तो गलत भयो भन्नेहरु छैनन् ।

तपाई कहाँ कसरी पुग्ने ?
म विजनेस गर्ने गरि बसेकी छैन । जे जति दिन चाहनुहुन्छ दिन सक्नुहुन्छ । नहुनेले नदिँदा पनि हुन्छ । मेरो मोवाईलमा फोन गरेर म रहेको ठाँउमा आएर भेट्न सक्नुहुन्छ । सामग्रीहरु केहि लिएर आउनुपर्ने हुन्छ । विधी पूजाका सामग्रीहरु । चाहिनकोलागि एक मानो चामल, एक बट्टा अबिर, पूजा गर्ने कपुर अनि फलफुल अनि आफ्नो इच्छाले भेटी । कसैको घरको माटो हेराउन चाहने हो भने माटो पनि लिएर आउनु पर्छ । तिलको तेल चाहिन्छ । मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ । मेरो वेभसाइट www.nepalimata.com मा पनि हेर्न सक्नुहुन्छ । साभार : हरेक पल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२ भदौ, काठमाडौं ।

पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ ।

पारसले अहिले पनि पूर्व प्रेमिकालाई पैसा पठाउने गरेको खुलासा नेपाल समाचारपत्र दैनिकले आफ्नो समाचारमा गरेको छ ।

पारसकी प्रेमिकाले आफ्नो फेसबुकमा राखिन् हिमानीको तस्विर



पारस र उनकी प्रेमिकाबीच यस्तो दोहोरी भएको थियो

लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको छ ।

पारसकी प्रेमिकाको प्रश्नः ‘को हो हिमानी र पारस साह भन्ने ?’

प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमय रहेको छ ।

दरवार प्रवेशका लागि पारसलाई ज्ञानेन्द्रले राखे कठोर शर्त  nepaliheadlines.com
आज वि.सं. २०७२ भाद्र ०२ गते बुधबार तदनुसार ई. सं. २०१५ अगस्ट १९ तारिख
श्रावण शुक्ल पञ्चमी, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, साध्य योग, बब करण
आजको व्रत/पर्व : नाग पञ्चमी, नाग टाँस्ने, ललितपुरको दानघाट, धापाखेल, नागदह, नक्सालको नागपोखरी, टौदह र विभिन्न नागपोखरीमा मेलापर्व,
आजको मूहुर्त : अन्नप्राशन(पास्नी),
भोलिको व्रत/पर्व : कल्की जयन्ती

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । मित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्च बृद्धि हुने समय चल्दैछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । बौद्धिक क्षेत्रमा सफलता आर्जन गर्न उज्यालो, सफा र स्वच्छ लुगा लगाएर प्रयास गरेमा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जा

ज्वानो हरेक नेपालीको भान्छामा पाइने एक मसला हो । यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी  भएका महिलालाई खुवाउन  र बिभिन्न रोगको औषधिको रुपमा प्रयोग गरेको पाईन्छ ।
आमा र बच्चा  दुबैको स्वास्थ्यकोलागि यसको प्रयोग बढीलाभदायक मानिएको छ । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइनेगर्दछ  ।  सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र  दूध बढाउँछ । आमाकोदूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ ।
यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायु-विकार हटाउँछ । गर्मी, जाडो दुबै मौसममा अनुकुलरुपमा ज्वानोले फाइदा गर्छ । पेट दुखाइ कम गर्न, पेटका कृमिहरुनाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ ।  पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ ।
पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बिरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातोपानीसँग खानाले  पेट फूल्ने ठिक हुन्छ ।  महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउनेगर्दा सुधार हुन्छ । ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदिपनि गर्न सकिन्छ ।

काठमाडौं । हामीले दैनिक खानामा प्रयोग गरिने सागशब्जी मात्रै होइन अन्न तथा मरमसला कत्तिको स्वास्थ्योबद्र्धक छ छैन ख्याल गर्दनौं । तर, ख्याल गर्ने र सही तरिकाले उपभोग गर्ने हो भने त्यसले औषधिको काम पनि गर्छ । आज हामीले चर्चा गर्न लागेको विषय हो – मसलामा प्रयोग गरिने जीरा, अदुवा अनि दालचिनी कत्तिको स्वास्थ्योवद्र्धक छ ? यिनीहरुमा मानव शरीरमा लाग्ने विभिन्न रोगलाई टाढै राख्ने क्षमता रहेको छ ।
जीराको फाइदा

जीराको सेवनले भोक नलाग्ने, पेट फुल्ने, अपच हुने, हाछ्यूँ लाग्ने समस्यालाई रोक्ने काम गर्छ । भोक नलाग्ने, पेट फुल्ने तथा अपच आदीको समाधानको लागि जीरा रामे मानिन्छ । अझ भुटेको जीरालाइ लगातार सुँघ्ने गर्नाले चिसोले गर्दा लागेको हाछ्यूँ पनि बन्द हुने गर्छ । यसले गर्भाशयको सफाइ अनि एसिडिटीलाइ पनि परै राख्न मद्दत गर्छ ।
घरमा नै सजिलै उपलब्ध हुने जीरा अलि अलि गरेर दिनमा ५–६ पटक थोरै खाने गर्नाले एसिडिटीमा कमी आउँछ ।
अदुवाको फाइदा
श्वास गन्हाउने समस्याले हिजोआज निकै जना पीडित भएका छन् । यस्तो समस्याबाट पीडित हुनुहुन्छ भने अदुवा खाने गर्नुहोस् श्वास गन्हाउने समस्याबाट छुटकरा पाउनुहोस् । साथै अदुवा खानाले हाडजोर्नीहरुमा आउने समस्या र कब्जियतबाट बचाउँछ ।
सुपको दाना २ चम्चा अनि ५ ग्राम अदुवालाइ १ ग्लास पानीमा राखेर १ चौथाइ पानी बाँकी हुने बेलासम्म उमाल्ने अनि दिनमा ३–४ पटक यस्तो पानी पिउनाले कब्जियतको समस्या कम हुने गर्छ ।
यस्तै राती सुत्ने बेला लगभग ४ ग्राम सुकेको अदुवा खाने गर्नाले जोर्नीहरुको समस्या कम हुने गर्छ ।
दालचिनीको फाइदा
जीरा, अदुवाको जस्तै दालचिनी पनि फाइदाजनक रहेको छ । यसले पिसाबको संक्रमण हुनबाट मात्रै बचाउँदैन कोलस्टोर कम गर्नमा उत्तिकै भूमिका निर्वाह गर्दछ । छाला धेरै चिलाइरहने समस्या हटाउने काम गर्ने दालचिनीको बाक्लो लेदो बनाएर निधारमा लगाउनाले चिसोको कारण टाउको दुखेको कम गर्छ ।
पिसाबमा संक्रमण देखिएको छ भने, १ गिलास मनतातो पानीमा १ चम्चा मह अनि २ चम्चा दालचिनीको धुलो मिलाएर खानाले आराम मिल्छ । यस्तै १ कप पानीमा २ ग्राम मह अनि ३ ग्राम दालचिनीको धुलो मिलाएर दिनमा ३ पटक सेवन गर्नाले कोलस्टोरमा पनि कमी आउँछ । छालाको रोगको लागि पनि दालचिनी राम्राो मानिन्छ । मह र दालचिनीको धुलो समानरुपामा मिलाएर पेस्ट बनाइ दाद तथा चिलाएको ठाँउमा लगाउनाले आराम मिल्छ ।
medianp.com

कार दुर्घटनामा परी दुबइमा दुई नेपाली महिलाको ज्यान गयो

कुमार बस्नेत, न्युज ऐरावती । युएई, साउन ३२- संयुत्त अरब एमिरेट्स युएईको सारजाहमा दुई नेपाली महिलाको ज्यान गएको छ  उनीहरुको सारजाह शहरको नेशनल पेन्ट्स नजिकै बिहिबार   भएको कार दुर्घटनामा परी ज्यान गएको हो ।

ज्यान जानेमा शनीस्चरे ७ मोरङकी २३ वर्षकी मुना थापा र भरतपुर ११ चितवनकी ४३ वर्षकी कृष्ण माया गुरुङ रहेका छन् । ज्यान गुमाउने दुवै जना सारजाहको हमारिया फ्रिजोनमा रहेको तानजिफ्को क्लिनिङ कम्पनीमा क्लिनरको रुपमा काम गर्ने कामदारका साथै एउटै कोठामा बस्ने साथी समेत भएको बुझिएको छ।

घटनामा ज्यान गुमाएकी थापा १० महिना अगाडि र गुरुगँ १९ महिना अगाडि रोजगारका शिलसिलामा युएइ पुगेका थिए।बिहिबारकोसाँझ    अफिसको डिउटि सकाएर  ब्लोड जाँच गराउनका लागि नजिकै रहेको  फार्मेसीमा जान  लागेका बखत  सडक पार गर्ने क्रममा गाडीले ठक्कर  दिएर    उनीहरु दुइ जनाको घटनास्थलमै ज्यान गएको हो।

ब्लड चेक गराउन गुरुगँले आफनो साथी मुनालाइ साथै लिएर गएकी थिइन। जेब्रा क्रस र नजिकै भएको ट्राफिक सिग्नल छोडेर अर्कै ठाउँबाट सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको उनीहरु सँगै एउटै कम्पनीमा कार्यरत गुल्मि घर भै हाल दुवइमा रहेकी घटनाकी प्रत्यक्षदर्शी  निर्जला जिसिले जानकारी दिनुभयो ।

सडक पार गर्न लाग्दा कारले ठक्कर दिएको हो,उहाँले भन्नुभयो हामीले अस्पताल लैजाने मौका नै पाएनौ।किनकी उहाँहरुको घटनास्थल मै ज्यान गैसकेको थियो।घटनामा ज्यान गुमाएकी थापा अबिबाहित रहेको र गुरुगँका दूइ वटि छोरी रहेको पारिवारिक श्रोतले बताएको छ

नेपाली दूतावास आवुधाबीले जनाए अनुसार ,कार दुर्घटनामा परी दुई जना नेपालीको ज्यान गएको सम्बन्धी    स्थानीय प्रशासनको प्रारम्भिक रिपोर्ट दूतावासलाई प्राप्त भई सकेको  छ । कम्पनीले आवाश्यक कानूनी प्रकृया पुरा गरेर शव जती सक्दो चाडो नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको दूतावासका द्वितिय सचिव कृष्ण अर्यालले जानकारी दिनुभयो ।source taja khabar
काठमाडौँ : पश्चिमाञ्चल विकास क्षेत्रबाट प्रतिनिधित्व गर्ने अधिकांश नेता तथा सभासद्ले देश सङ्घीयतामा जाँदा आफ्नो क्षेत्रलाई एउटै प्रदेशमा राख्नुपर्नेमा जोड दिएका छन्।

नेपाली काँग्रेसको संसदीय दलमा मंगलबार भएको भेलामा उनीहरुले सो क्षेत्रमा विकासका लागि चाहिने सामथ्र्य र पहिचान दुवै मिलेकाले क्षेत्र टुक्र्याउन नहुने अडान राखे । उनीहरुले त्यस क्षेत्रमा सिद्धार्थ गौतम जन्मिएको लुम्बिनी, धार्मिकस्थल मुक्तिनाथ र पर्यटकीयस्थल पोखरालगायत ऐतिहासिक, धार्मिक तथा आर्थिक हिसाबले सम्भावना बोकेको प्रदेश भएकाले त्यसलाई कायम राख्नुपर्नेमा जोड दिएका छन्।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पश्चिमाञ्चल क्षेत्र दुई विमानस्थल भएको तथा जलस्रोतमा पनि प्रचुर सम्भावना बोकेकाले यदि एउटै प्रदेश भएमा देशकै समृद्ध प्रदेश हुने सम्भावना रहेको बताए । “पश्चिमाञ्चलसँग सिमाना मिल्ने केही जिल्ला मिसाउन सकिन्छ, यदि आउनुहुन्छ भने स्वागत छ, तर पश्चिमाञ्चल चाहिँ एउटै हुनुपर्छ” – उनले भने।

काँग्रेस नेता गोपालमान श्रेष्ठले पनि उपसभापति पौडेलकै कुरामा समर्थन गर्दै भने – “पश्चिमाञ्चल एउटै प्रदेशमा बस्ने अठोट गरौँ, अरु जिल्ला पनि थपिन चाहन्छन् भने स्वागत छ ।”

नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले पश्चिमाञ्चल टुक्रिन नहुने भन्ने जनताको चाहना भएकाले आफूहरुले सोही माग राखेको बताए। “एकाध अरु जिल्ला थपेर पश्चिमाञ्चल कायम राख्ने सम्भावना छ” – उनले भने।

एकीकृत नेकपा (माओवादी)का सचिव टोपबहादुर रायमाझीले पश्चिमाञ्चल अखण्ड राख्दा एकाध जिल्लाबाहेक असन्तुष्टि नरहेको बताउँदै भने – “साझा मनोविज्ञान, सामथ्र्य र सम्भावना मिलेको छ, नाम जे राखे पनि केही फरक पर्दैन । ”

भेलामा शङ्कर भण्डारी, धनराज गुरुङलगायतले पनि पाँच विकास क्षेत्रलाई नै सङ्घीय प्रदेश मानेर पाँच प्रदेशमा जानुपर्नेमा जोड दिएका छन्। रासस
annapurnapost.com
कहिले काँहि तपाइँलाई लाग्छ कि जीवनको सबैभन्दा राम्रो समय वितिसक्यो अव अफ्ठेरो र झन्झटिलो समय बढ्दै गएको छ । कतिपयले भन्छन् जीवनको शुरुवात ४० वर्ष पछि मात्र हुन्छ । अहिलेको ६० वर्षको उमेर पहिलेकको तुलनामा ५० वर्ष जस्तै मात्र हो ।

खासमा सत्य चाँहि के हो त ? जीवनको सबैभन्दा राम्रो समय कुन हो ?

बिबिसी फ्यूचर भन्ने बिबिसीको शोधमुलक सृंखलामा अध्यनकर्ताहरुले मानिसको जीवनको सबैभन्दा उत्कृष्ठ उमेरबारे नयाँ रहस्य पत्ता लगाएका छन् । खासमा यो अध्यनको नतिजा साँच्चिकै अचम्मित तुल्याउने खालको छ ।

शारीरिक तन्दुरुस्तीः
शारीरिक तन्दुरुस्तीको कुरा गर्दा मानिसको शरीर सबैभन्दा तन्दुरुस्त २० देखि ३० वर्षको उमेरमा हुन्छ । यतिबेला मानिस खेलकुद लगायतका अभ्यासमा लाग्दा थकान महसुस समेत गर्दैन । तर यसपछि भने शारीरिक क्षमतामा गिरावट आउन थाल्छ । यो उमेरपछिका फुटवल खेलाडीमा पनि यही कुरा देखिन्छ ।

दिमागी क्षमताको पाटोः
२० वर्ष पछि मानिसको दिमागमा स्मरण क्षमता कमजोर बन्न थाल्छ । नयाँ कुरा सम्झिने क्षमता २० वर्ष सम्मको उमेरमा सबैभन्दा बढी हुन्छ । तर चाहिने जानकारी सम्झिने क्षमता भने ४० वर्षको उमेर सम्म पनि कायम हुन्छ । यस पछि भने सम्झिने क्षमता ह्रास भएर जान्छ ।

रचनात्मक कुरामा पनि युवाअवस्था सबैभन्दा राम्रो उमेर हो । अधिकाँश नोवेल पुरस्कार पाएका बैज्ञानिकहरु ४० वर्ष उमेर समूहका छन् । उमेर बढ्दै जाँदा दिमाग पनि ढिलो हुन थाल्छ । पछि पछि चाहिने कुरा सम्झिने क्षमता समेत ह्रास भएर जान्छ । तर मध्यम उमेरमा तर्कशीलता बने बढ्ने अध्यनको निष्कर्ष छ ।

समस्याको समाधान पत्ता लगाउने क्षमता पनि पाको उमेरमा बढी राम्रो हुन्छ । शोधमा सहभागी हाभर्ड विश्वविद्यालयका जोश हार्टशोर्न भन्छन्’ यस्तो कुनै उमेर हुँदैन जहाँ सबै कुरा उत्कृष्ठ होस्- या अधिकाँश कुरा राम्रो होस् ।’

यौन सम्बन्ध र यौन चाहाना
यौन चाहाना र यौन सम्बन्धबारे यो अध्यनको नतिजा भने धेरैलाई खुसी तुल्याउने खाले छ । यो अध्यनका अनुसार ६५ देखि ७४ वर्ष सम्मका ३० प्रतिशत स्वस्थ ब्यक्तिले हप्तामा एक पटक यौन सम्बन्ध राख्न सक्छन् । सबैभन्दा बढी यौन क्षमता भने २० वर्ष देखि ४० वर्षको उमेरमा हुन्छ । अधिकाँश पुरुष र महिलामा ५० वर्ष पुग्दा सम्म यौन चाहाना नघटेको पाइयो ।

यौन जीवनको आयुबारे अध्यन गरिएको एक शोधका अनुसार ५५ वर्षका पुरुषमा थप १५ वर्ष सम्म यौन सम्बन्ध राख्ने चाहाना पाइयो । सोही उमेरका महिलाले भने थप १० वर्ष सम्म यौन सम्बन्ध राख्न चाहन्थे । यौन सम्बन्ध राख्ने दर घटेपनि ६५ देखि ७४ वर्ष उमेर सम्म ३० प्रतिशत स्वस्थ मानिसले यौन सम्बन्ध राख्न सक्छन् । यौन सम्बन्धको चाहाना घट्ना जीवनमा भने उत्साह थपिने अध्यनको निष्कर्ष छ ।

३० देखि ४० वर्ष सम्मको उमेरमा यौनिक जीवन सबैभन्दा सक्रिय हुने अध्यनले देखाएको छ । मानसिकरुपमा भने मानिस ४० वर्ष देखि ६० वर्ष सम्ममा सबैभन्दा राम्रो अवस्थामा हुने देखिन्छ । तर अध्यनकर्ता भन्छन् कुनै पनि समय सबै कुराको लागि राम्रो समय हुन सक्दैन ।

यौन जीवन र आयु
जीवनमा शारीरिक अभ्यास गर्नु अमृत समान रहेको विश्लेषकहरुले बताएका छन् । जीवनमा अन्य भन्दा ५ वर्ष बढी यौनिकरुपमा सक्रिय हुने मानिसको आयु समेत बढी हुने अध्यनको निष्कर्ष छ । हाम्रो मानसिक अवस्था जीवनमा सबैभन्दा महत्वपूर्ण हुने र कुन मानिसको जीवन कस्तो हुने भन्ने कुरा त्यसैले निर्धारण गर्ने मनोबैज्ञानिकहरुको भनाइ छ । जुन मानिसले आफ्ना सीमा बुझेर जीवनमा कदम चाल्छ त्यही मानिस नै सबैभन्दा सुखी हुन्छ ।

बिबिसी फ्युचरको फिचरमा आधारित ।nepaliheadlines.com
काठमाडौं, । नेपाल टेलिकमले भदौ १ गतेदेखि लागु हुने गरी जीएसएम प्रिपेड मोबाइल ग्राहकका लागि नयाँ डाटा प्याकेज सार्वजनिक गरेको छ । टेलिकमले ब्रोञ्ज प्याक, सिल्भर प्याक र गोल्ड प्याक गरी तीन प्रकारको प्याकेज सार्वजनिक गरेको हो ।
ब्रोञ्ज प्याकका लागि २ सय र ५ सय एमबी डाटा प्याकेज उपलब्ध गराउने छ भने दुई सय एमबी प्याकको १ सय ३० रुपैयाँ र ५ सय एमबी प्याकको ३ सय रुपैयाँ तोकिएको छ । यो सुविधा एक महिनाभित्र उपयोग गरिसक्नुपर्नेछ ।
त्यस्तै गोल्ड प्याकका लागि टेलिकमले ५ र १० जीबी डाटा उपलब्ध गराउँनेछ । ५ जीबी डाटाको लागि १८ सय र १० जीबी डाटाको लागि २८ सय रुपैयाँ तिर्नुपर्ने छ । यसको सेवा अवधि भने अलि बढी रहेको छ ।
५ जीबीको प्याक तीन महिनासम्म र १० जीबीको प्याक ६ महिनासम्म प्रयोग गर्न सकिने छ । यसैगरी सिल्भर प्याक अन्तर्गत १ जीबी र ३ जीबी डाटा उपलब्ध गराइने छ । एक जीबीको ५ सय रुपैयाँ र ३ जीबीको १२ सय ९० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
१ जीबी प्याक एक महिना र ३ जीबी प्याक २ महिनाभित्र सिध्याउनुपर्छ । डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । दुई सय एमबी डाडा ल्याउनु पर्यो भने (DATA200MB) लेखि १४१५ मा एसएमएस गर्नुपर्नेछ । त्यस्तै प्रयोग गर्न बाँकी रहेको डाटा भोलुम थाहा पाउनका लागि (VL) लेखि १४१५ मा एसएम गर्न सकिनेछ ।
dainiknepal.com
२०७२ भदौ १ गते
इन्डोनेसिया, १ भदौं । उद्धारकर्ताहरुले गत आइतबार हराएको इन्डोनेसियाको विमानका ५४ यात्रुको शव सुदुरपूर्वी प्रान्त पपुआमा फेला परेको बताएका छन् ।

सो विमानको उद्वारको काम आइतबारदेखि नै जारी रहेको र सो क्रममा मङ्गलबार उद्वारकर्मीहरुले यात्रुको शव भेट्न सफल भएको यातायात मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
स्थानीय समयाअनुसार मङ्गलबार मध्याह्न १२ः३० बजे उद्धारकर्ताले इन्डोनेसियाली त्रिगङ्गा हवाई कम्पनीद्वारा सञ्चालित सो विमानका सबै यात्रुको शव निकालेको मन्त्रालयका प्रवक्ता जे.ए बरातले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।
इन्डोनेसियाली त्रिगङ्गा हवाई बाहक कम्पनीद्वारा उडान भरिएको एटीआर ४२¬–३०० टर्बोप्रप विमान पपुआ प्रान्तको बिनताङ्ग जिल्लाको माउन्ट तानगोकमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
सो विमान आइतबार स्थानीय समयानुसार दिउँसो ३ बजेदेखि हराएको थियो । विमानको खोजी कार्य तदारुकताका साथ जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार चालक दलका सदस्यसहित ५४ यात्रु लिएर जयपुराबाट अक्सिविलका लागि उडेको विमान खराब मौसमका कारण सम्पर्कविहीन भएको थियो ।
इन्डोनेसियाको पूर्वी प्रान्तका गरिब नागरिकलाई राहत वितरण गर्नका लागि साढे ६ अर्ब इन्डोनेसियाली रुपैयाँका साथ पठाइएको सो विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।
करिब पैँतालिस मिनेटको यात्रापछि अवतरण गर्नेगरी उडेको उक्त जहाज अवतरण हुनुभन्दा १० मिनेट अगाडि सम्पर्कबिहीन भएको थियो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रेममा धोका दिएको भन्दै एक युवतीले आफ्नै प्रेमिकाको गुप्ताङमा आगो लगाएकी छिन् । सुतिरहेका प्रेमीको गुप्ताङमा आगो लगाइएको भिडियो हालै मात्र सार्बजनिक भएको छ ।

सुतिरहेका प्रेमीको गुप्ताङमा नेल पोलिस पुछ्ने केमिकल छर्केर आगो लगाएको डेलिमेलले लेखेको छ । आफ्नै सहकर्मीसँग प्रेम गर्न थालेको थाहा पाएपछि आफुलाई धोका दिएको रिसमा ती महिलाले आगो लगाएको बताइएको छ ।

३० सेकेन्डको भिडियोमा आगो लगाउने महिलाको अनुहार भने देखिएको छैन । आगो बल्नसाथ सुतिरहेका युवक अत्तालिदै ब्युझेर आगो निभाएको भिडियोमा देख्न सकिन्छ ।


एक दिन अघिमात्र यूट्युबमा भिडियो अपलोड भएको भएपनि घटना कहाँ र कहिले भएको भने समाचारमा उल्लेख छैन ।
annapurnapost.com

उनका गीतले बेलाबेलामा एउटा-एउटा तरङ्ग ल्याउँछन्। उच्च शिक्षा हासिल गरेर बेरोजगार बसेका र देशमा केही हुन्न भनेर विदेश लाग्नेका लागि 'मलाई अमेरिका एई,मलाई जापान पनि एई' होस या जातपातका विरूद्ध 'हामी नेपाली' होस् लोकदोहरी गायक पशुपति शर्माले समाजका कुरा आफ्ना गायनबाट धारणा राख्ने गरेका छन्। विगतमा पनि महिला लोक गायिकाको एकाधिकार रहेको तीज गीत गाएर पनि उनले आफ्नो बेग्लै स्थान बनाए। अहिले तीज नजिकिदै गर्दा केही तीजगीतका आपत्तिजनक शव्द र भिडियोका कारण कम चर्चामा रहने गरेको लोकदोहोरी गीत अहिले फेरि फ्रन्टलाइनमा आएको छ।
२०६४ सालबाट तीजगीत गाउन सुरु गरेका पशुपतिले यस वर्ष पनि करिब एक दर्जन गीत सार्वजनिक गर्दैछन्। एकातिर उनी मस्त गीत गाइरहँदा अर्कातिर उनको क्षेत्रमा अश्लिलता र विकृति बढ्यो भन्ने आरोप झन् झन् चुलिँदो छ। कुनै बेला विकृति बढाएको भन्ने आरोप खेपेका पशुपति पनि यसलाई सहर्ष स्विकार्छन् र विकृति बढ्नुमा आफ्नो पनि कमजोरी देख्छन्। विकृतिको जड यही हो भनेर ठ्याक्कै किटान गर्न नसके पनि विकृति जन्मिएका ठाउँ र विकृतिलाई केही हदसम्म निमिट्यान्न पार्न सकिने उपायहरु भने उनले देखेका छन्।
‘पहिलो समस्या समाजको हो’। उनी भन्छन् ,‘मेरै उदाहरण लिने हो भने नै मैले गीत गाउने पेशा रोज्न ठूलो संघर्ष गर्नु पर्‍यो। अझ यो क्षेत्रमा आउन चाहने युवतीहरुका लागि त सकस कसो नहोला ! हामीले अझै पनि आफ्ना सन्तानलाई लोकसंगीत र सँस्कृतिको महत्व बुझाउन सकेका छैनौ। नपढ्नेले मात्र गीत गाउने हो भनिदिँदा राम्रो कला भएको मानिस कसरी आओस् ? समाजलाई ‘कला’ पढाउन नसक्नु राज्यको ठूलो गल्ती हो।’
त्यसपछि, लोकगीतलाई हेर्ने दृष्टिकोणमा पनि ठूलो कमजोरी भेट्छन् उनी। उनलाई लाग्छ, नेपाली फिल्म र लोकगीतका दर्शकश्रोता एकै वर्गका हुन्। तर, राज्यले यी दुई क्षेत्रलाई बराबर ठान्दैन्। उनका विचारमा लोकगीतमा  विकृति निकाल्ने कारण पनि त्यही विभेद हो। उनी एउटा चित्र प्रस्तुत गर्छन्,‘एउटै स्टेजमा चढेर हात हल्लाएको भरमा नायिकाले एक लाख लिन्छिन्, गायिकाको हातमा जम्मा बीस हजार परेको हुन्छ।
त्यसो हुँदा गायिकाको दिमागमा के पर्दो हो ? के यस्तो प्रवृत्तिले गायिकाको मनोबल घटाउँदैन ?’ पशुपतिलाई लाग्छ, यस्तै कारणले आफूलाई सम्हाल्न नसक्ने गायिकाहरुको मनोदशा बिग्रँदै जाँदा डिप्रेसनसम्म पुग्छन् र चर्चाको लागि सस्तो लोकप्रियता रोज्न सक्छन्। शर्मा गायिका ज्योती मगरले उठाएको अश्लिलताको बहसलाई पनि यसै कोणबाट हेर्छन्। उनी भन्छन्,‘कलाकारमा यो सबैभन्दा ठूलो कमजोरी हो। कलाकारमा धैर्यता र अनुशासन चाहिन्छ।’
‘अर्को कुरा, नेपाली फिल्मका नायिकाचाहिँ चैं कति अनुशासित छन् भन्ने प्रश्न पनि आउँछ। लोकगीत मात्र अनुशासित भएर मात्र त पुग्दैन होला? हाम्रा सञ्चारमन्त्रीलाई दशजना नायिकाको नाम सोध्दा खरर भनिदिनुहुन्छ। गायिकाको नाम सोध्दा दुई जनाको मात्र आउँछ होला ! लोकगीतमा यी र यस्तै हेय गरिएका छन्। जसले लोकगीतलाई माथि उकास्न सकेको छैन।’

उनी विकृति बढ्नुको अर्को कारण देख्छन्, राम्रोको चर्चा नगरिनु। पशुपति तर्क गर्छन्,‘बिमाकुमारी दुरा, सावित्री शाह, लक्ष्मी न्यौपाने, माया गुरुङ, बिष्णु माझीहरु खोई हामीले खोजेको ? राम्रा गायिका होइनन् ती ?’ पछिल्लो समय सिमित गायक र गायिकाको मात्र चर्चा गरिने सँस्कृति बढ्दै गएकोमा उनको चित्त दुखाई छ।
यसो हुँदा अन्यमा पनि चाँडै चर्चा पाउने महत्वाकांक्षा पलाउँछ र गलत बाटो रोज्छन्। उनी भन्छन्,‘हामीसँग लोकगीतमा जम्मा पाँच जना गायिका र पाँच जना गायक चर्चामा रहन्छन्। तिनीहरु विदेश पनि पुगिरहन्छन्। उनकै चर्चा बढी हुन्छ। हामी त्यस्ता कलाकार खोजौं न जो अहिलेसम्म दिल्ली पनि पुगेका छैनन् ?’
राज्यले पनि लोकगीतमा जीवन दिने व्यक्तिलाई सम्मान गर्न नजान्दा लोकगीतको असली रुप हराउँदै गएको जस्तो लाग्छ पशुपतिलाई। राज्यले दिने कुनै ठूलो पदक अहिलेसम्म कुनै लोकगीतकर्मीले नपाउनु सबैभन्दा ठूलो धोका हो भन्ने उनलाई लाग्छ।
धर्मराज थापा, लोकबहादुर क्षेत्री, नारायण रायमाझी लगायतको कामलाई उनी सम्मान गर्छन्। तर, उनलाई लाग्छ, नेपाली लोकसंगीतको मियो नै छैन। ‘कोही कसैलाई आदर्श मानेर यो क्षेत्रमा आउने आँट कसैले गर्न सक्दैन। लोकगीतको क्षेत्रमा केही नामबाहेक सबै आफ्नो व्यक्तिगत स्वार्थ मात्र पुरा गर्न आउँदा यस्तो भएको छ।’ उनी भन्छन्,‘म पनि त्यस्तै हूँ। पहिलो समस्या अग्रज भनाउँदामै हो। जसले नयाँलाई सिकाउनुको साटो बिगार्‍यो भनेर विरोध मात्र गरेर बसे।’
त्यसपछिको कमजोरी आफ्नै पुस्तामा देख्छन् पशुपति।
उनको अहिलेको पुस्ताका अधिकांश पनि पुराना स्वार्थी संगीतकर्मीकै शैली पछ्याउने जमातमा पर्ने तर्क गर्छन् उनी। ‘के भइरहेको छ, अब कसरी जाने ? भन्ने बहस गर्न कोही अघि सर्दैन।’ यो समस्या बोकेर बस्ने पुस्ताका एक प्रतिनिधि आफैंलाई पनि देख्छन् पशुपति। भन्छन्,‘सबैलाई कसरी चर्चा कमाउँ र कसरी विदेश घुमौं भन्ने मात्र छ।’ यस्तो रोग विस्तारै नयाँ पुस्तामा पनि सर्दै गइरहेको उनी देख्छन्। नयाँ आएका र आउनेहरुले पनि नेपाली लोकसंगीतमाथि बहस चलाउलान् भन्ने विश्वास उनमा छैन।
पशुपति अर्को गम्भिर समस्या भन्दै कुरा खोल्छन्,‘हामीमा आत्मसमिक्षा छैन। मैले कस्तो गीत लेखेँ, यो गीत परिवारसँग बसेर सुन्न मिल्छ कि मिल्दैन ? कसले सुन्ने हो ? कसैले विचार गर्दैन।’ पशुपतिलाई लाग्छ, नेपाली लोकगीतकर्मीहरु आत्मसमिक्षाको कुरामा खुम्चिँदै गइरहेका छन्। उनलाई त अझ लाग्छ,‘गीत लेख्नेलाई समेत त्यसको भाव थाहा हुँदैन। लय हाल्ने र गाउनेले समेत भाव बुझ्न चाहँदैनन्।
म्युजिक भिडियो निर्देशन गर्नेले त झन् शब्द पनि ख्याल नगरी मोडललाई नचाइदिन्छ। मोडलको मात्र के दोष ? युट्युबमा भ्यु बढाउन भिडियो खिच्ने निर्देशकका कारण झन् विकृति बढेको छ।’ तर पनि शर्मालाई लाग्छ, प्रबिधि विकृतिको कारण होइन। प्रबिधिसँग जुधेर जानुपर्ने उनको तर्क छ।
पशुपतिको विचारमा गीत लेख्नेले आफूलाई श्रोता सम्झेर गीत लेख्नुपर्छ। उनी आफ्नै समाजमा चलिरहेकै गतिबिधिलाई हेरेर कथा बनाउँछन्। बाटोमा हिँड्दै गर्दा सजिलो सजिलो हुने शब्द सोच्छन् र लय पनि टप्प टिपिहाल्न मिल्ने खालको गम्छन् र स्टुडियोमा गएर गीत लेख्छन् र आफैं स्वर भर्छन्। उनले गीत लेखेको श्रीमतीलाई समेत पत्तो हुँदैन। पशुपतिको सुझाव छ,‘आफ्नै घरभित्रको कुरा टिप्ने हो भने पर जानै पर्दैन। परिवारभित्रकै कुराले देश नै बोलिरहेको हुन्छ भने द्विअर्थी लाग्ने शब्द किन बनाइ रहनुपर्‍यो ?’
मैले के गर्दैछु भन्ने प्रश्नको उत्तर थाहा हुनेले लोकगीतलाई कहिल्यै हानी नपुर्‍याउने तर्क छ उनको। आफ्नो भित्री मनलाई आफूले इमान्दार छु भन्ने जस्तो लागे कसैलाई नसोधि गीत बनाउँदा पनि केही बिग्रँदैन। लगभग ८० गीत आफैं लेखेर रेकर्ड गराएका पशुपतिले अहिलेसम्म आफूले लेखेको गीत कसैलाई पनि देखाएका छैनन्। उनलाई आफू शब्दमा कमजोर छु भन्ने लाग्छ रे ! त्यसैले, अक्षर बिग्रेला कि भन्ने डरले फेसबुकमा स्ट्याटस समेत राख्दैनन्।
कुनै समय तीजगीत गाउँदा गीत बिगार्‍यो भन्ने आरोप खेपेका पशुपति विकृतिको मापन चाहिँ के हो त भन्ने प्रश्नसमेत गर्छन्। ‘हामीले सतही रुपमा बुझेको, तीजमा महिलालाई सम्मान दिनुपर्छ भन्ने हो। गीतबाट नारीको आत्मबल बढाउनुपर्छ भन्ने हो। तर, यसपालीको तीजमा हामीले नारीलाई नै गाली गर्‍यौं।’ उनलाई लाग्छ,‘यस समस्याको मुल जड भनेको आफ्नै सँस्कृति नबुझ्नु हो। तीजगीतमा कतिसम्म गाउने भन्ने सिमा पनि त हामीसँग छैन। आफ्नो सँस्कृति बुझेर गाउने हो भने सिमा पनि आफैं बन्छ।’
विकृति निकाल्ने अर्को जड गीत प्रस्तुतिमा पनि देखेका छन् उनले। उनलाई कहिलेकाहीँ फोन आउँछ,‘पशुपतिजी स्टेज उचाल्न सक्ने गायिका चाहियो।’ पशुपति भन्छन्,‘मिठो स्वर भएको गायिका भनेर कसैले सोधेका थाहा पाएको छैन। म आफैं पनि कार्यक्रममा जाँदा दर्शकलाई नचाउनै पर्ने दबाब हुन्छ। दर्शकलाई ताली बजाउन लगाउनैपर्छ। कसैले ताली नबजाई पनि त गीत सुन्न सक्छ नि ! जति दर्शक उफ्रे, कार्यक्रम त्यति सफल भएको मान्छन् आयोजकहरु।’
पशुपतिको भनाईमा यी सबै समस्या हटाउने सबैभन्दा सजिलो उपाय हो, सेन्सर बोर्ड। लोक दोहोरी संगीत प्रतिष्ठानका सचिवसमेत रहेका शर्मालाई लाग्छ,‘गीत बजारमा जानुअघि सेन्सर गरिदिने हो भने शब्द र भिडियोले बोक्ने विकृति हट्छ। शब्दमा अश्लिलता नभएपछि स्टेजप्रस्तुतिमा समेत विकृति हट्छ।’
अन्त्यमा, उनी तितो पोख्दै भन्छन्,‘सम्बन्धित निकायमा हामी पटकपटक सेन्सर बोर्डको माग राख्न गयौं। बिडम्बना, सँस्कृतिको जगेर्ना गर्न भनेर बसेका माथिका ठूला भनाउँदाहरु लोकगीत नै सुन्दा रहेनछन्। सम्पुर्ण गीतसंगीतको आधार र आफ्नै माटोबाट उब्जेको संगीतलाई समेत वास्ता गर्दैनन्।’
काठमाडौं, भदौ १– एमाओवादी नुवाकोटका उर्लेनी गाविस सचिवतथा स्थानीय व्यवसायी राजेश्वर मोक्तानको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ परेका छन् ।  प्रहरीले घटनमा संलग्न रहेको आशंकामा सोहि गाविस वडा नं-२ काल्चेका ३४ वर्षीय अमर भन्ने ध्रुव बहादुर स्याङतानलाई पक्राउ गरेको हो । महानगरिय प्रहरी अपराध महाशाखाले आज पत्रकार सम्मेलनको आयोजना गरि स्याङतानलाई ईलाका प्रहरी कार्यालय खरानीटार नुवाकोटको सहयोगमा महाशाखाबाट खटी गएको प्रहरी टोलीले उनकै घर काल्चेबाट पक्राउ गरि ल्याइएको जानकारी दियो ।
प्रहरी अनुसन्धानबाट हाल काठमाडौंको नेपालटार बस्दै आएका मृतक मोक्तान र तामाङसँग पहिले निकट सम्बन्ध रहेको खुल्न आएको छ । तर, मृतकले विगत २ बर्ष अगाडीदेखि नै पटक पटक गरी अभियुक्त ध्रुव बहादुरले आफ्नै श्रीमती सिता थिङलाई राख्न दिएको झण्डै २ लाख रकम मोक्तानले ब्याजमा पैसा चलाईदिएको र मृतक मोक्तानको अभियुक्तको श्रीमतीसंग अनैतिक सम्बन्ध समेत रहेको भनि स्थानिय गाउँमा हो-हल्ला भएपछि दुस्मनी सुरु भएको प्रहरीको भनाई छ ।

दुस्मनी सुरु हुँदै गर्दा गत श्रावण महिनाको पहिलो सातातिर मृतक मोक्तान सँग अभियुक्तको श्रीमतीले ब्याजमा दिएको रकम फिर्ता माग गरेपनि मोक्तानले अभियुक्तको श्रीमतीसंग ‘ मैले तेरो पैसा ब्याजमा लगाएको छु, म संग भागी बिवाह गरिनस् भने पैसा दिन्न’ भन्दै सोही समयमा अभियुक्तकी श्रीमतीलाई करणी गर्ने मनसायले घांटीमा समाती लडाएका थिए ।

सीतामार्फत अभियुक्तले सो कुरा थाहा पाएपछि र ब्याजमा दिएको रकम समेत नपाएका अभियुक्त र मृतकबीच फोनबाट समेत भनाभन हुने गरेको थियो । विवाद बढ्दै जाँदा गत साउन २० गते दुई पक्षाीबच काठमाडौंमा भेटेर छलफल गर्ने विषयमा फोनबाटै सहमति भएको तर रिसको झोँकमा मोक्तालाई मार्नु पर्छ भनि अभियुक्तले नेपालटास्थित कोठाबाट रांगोको मासु काट्ने गरेको दाप सहितको खुकुरी कम्मरको पछाडीपट्टी घुसारी बालाजुस्थित माछापोखरी पुगेका थिए ।

भेटपछि माछापोखरीबाट साँझ काभ्रेस्थली तर्फ दुबै काठमाडौंको तारकेश्वर नपा ५ स्थित काभ्रेस्थली भेडीगोठ नजिक हाईटको एकान्तमा पुगेका थिए । सो स्थानमा दुई पक्षीय छलफलको क्रममा मृतकले ‘जे हुनु भैगो म तेरो श्रीमतीलाई राख्न परे पनि राख्छु, तर म पैसा तिर्दिन’ भनि अभियुक्तलाई भनेपछि अभियुक्तले ‘मैले ज्याला मजदुरी गरी कमाएको पैसा हो, श्रीमतीलाई जे गर्छस् गर् तर पैसा चाहीं मलाई चाहिन्छ ।’ भनेकोमा दुवैजना विच हात हाला-हाल भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

हात हाला(हालकै क्रममा घांटी थिचा(थिच गरि एकले अर्कोलाई पछार्ने क्रममा अभियुक्तले आफ्नो साथमा रहेको खुकुरीले मृतक मोक्तानको घांटीमा प्रहार गरि हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

बैशाख १२ गतेको विनाशकारी भुकम्पपछि जमिन चिरिएर पहिरोको उच्च जोखिन भएपछि उर्लेनी गाविस १ र २ का बासिन्दालाई स्थानन्तरण गर्ने अभिप्रयायले त्यतिबेला उनी काठमाडौं आएका थिए । हत्यापछि स्थानीय जंगलमा अभियुक्तले मोक्तानको शब गाडेर हिडेको र खोजतलासको क्रममा गत साउन ३० गते शब भेटिएको थियो ।
मोक्तानको हत्या गर्ने स्याङतानलाई अहिले आबश्यक कानुनी कारवाहीको लागी महानगरिय प्रहरी बृत्त बालाजुमा राखिएको प्रहरीले जनाएको छ ।
www.ratopati.com
भदौ १, म्याग्दी । म्याग्दीको पवित्र धार्मिक स्थल गलेश्वरधाममा भक्तजनबाट सङ्कलन भएको भेटी गन्दै ।
उक्त धाममा साउन महिनामा ९ लाख ५७ हजार १ सय ७५ रुपैयाँ भेटी सङ्कलन भएको छ । म्याग्दीमा खिचिएको यो तस्विर राससका कमल खत्रीले खिच्नु भएको हो । तस्बिर : कमल खत्री, म्याग्दी, रासस
व्यक्तित्व विकासमा हाउभाउ अर्थात बडी ल्याङ्ग्वेजको ठूलो महत्व हुन्छ । व्यक्तिले जति नै राम्रो बोलोस्, उसको व्यवहार जति नै उत्कृष्ट होस्, तर हाउभाउ र बडी ल्याङ्ग्वेजमा खोट छ भने ऊ प्रति नकारात्मक प्रभाव नै बढी पर्छ । हामी जे बोलिरहेका हुन्छौं, हाम्रो बडी ल्याङ्वेज र हाउभाउले पनि त्यही व्यक्त गर्नुपर्छ । तपाईंले मुखबाट जति नै राम्रो कुरा किन व्यक्त नगर्नुस्, त्यसमा आँखा र तपाईंको हाउभाउले साथ दिएन भने त्यो मेल खादैन र राम्रो हुँदैन ।
एकलकाटे प्रवृति 
तपाईं धेरै राम्रो काम गर्नुहुन्छ, तर अन्य सहकर्मीहरुको वास्ता गर्नुहुन्न, एकलकाटे बन्नुहुन्छ भने यसलाई पनि राम्रो मानिन्न । त्यसैले आफूलाई ग्रुपमा सामेल गर्नुस् । उनीहरुको कुरा पनि सुनिदिनुस्, आफ्नो पनि सुनाउनुस् । जसले एकअर्काबीच सम्बन्ध सुमधुर बनाइराख्न मद्दत गर्छ । जुन सम्बन्ध तपाईंलाई जिन्दगीभर काम लाग्नसक्छ ।
धेरै नजिक
कुराकानीका क्रममा धेरै नजिक पनि नजानुस् । अधिक निकटतालाई राम्रो मानिँदैन । त्यसैले आवश्यक दुरी कायम राख्नुस् ।
हातखुट्टा क्रस गरेर नबसौ 

कतिपयको हात बाँधेर बस्ने स्वभाव हुन्छ, भने कोही खुट्टा क्रस गरेर बस्छन् । तर, शारीरीक भाषाका विशेषज्ञहरु यसलाई विलकुल गलत मान्छन् । तपाईं हातखुट्टा बाँधेर कसैसँग कुरा गर्दै हुनुहुन्छ भने, तपाईं उसको कुरामा सिरियस हुनुहुन्न । केही कुरा लुकाइरहनुभएको छ भन्ने अर्थ लाग्छ ।

बेढंगी र भद्दा व्यवहार 
बेढंगी र भद्दा अन्दाजलाई अनादर मानिन्छ । यसले तपाईं आफ्नो अघि रहेको मानिसको कुरामा कुनै मतलव नै गरिरहनुभएको छैन भन्ने अर्थ लाग्छ । यस्तो व्यवहारले तपाईंलाई जिन्दगीभर बेरोजगार बनाउन सक्छ । कुनै पनि बोस ढंग नभएको र बेमतलवी मानिसलाई काममा राख्न चाहँदैन । त्यसैले कसैले केही भन्दैछ भने त्यसलाई धेर्यतापूर्वक सुन्नुस् र अन्तिममा मात्रै प्रतिक्रिया जनाउनुस् । साथै आफू जिम्मेवार रहेको आभास पनि दिलाउनुस् ।

अनुहारको हाउभाउमा नियन्त्रण 
तपाईं जे बोल्दै हुनुहुन्छ, त्यो कुरा तपाईंको अनुहारमा देखिनुपर्छ । दु:खको कुरा गर्दै हुनुहुन्छ भने अनुहार सिरियस हुनैपर्छ र खुसीमा एक्साइटेड पनि । अन्यथा तपाईंको कुरामा विश्वास नहुन सक्छ । त्यसैले फेसियल एक्सप्रेसनमा सधैँ ध्यान दिने गर्नुस् ।

बढई-चढाई गर्ने स्वभाव
साना-साना कुरालाई पनि बढाईचढाई गर्ने कतिपयको स्वभाव हुन्छ । साना कुरालाई पनि ठूलो बनाएर धाक लगाउने बानीले कसैलाई फाइदा गर्दैन । यसले तपाईंको छवीलाई खराबमात्रै पार्छ । तपाईंले गरेको सही कुरामा पनि मानिसले विश्वास गर्न छोड्छन् । त्यसैले कुनै पनि कुरामा बढाईचढाई गरेर प्रस्तुत हुन छाड्नुस्, अनि हत्केला देखाएर कुरा पनि कहिल्यै नगर्नुस् ।

खुसी रहनुस्, अनुहारमा ताजापन 
कुनै पनि काम गर्दा फ्रेस रहने कोशिस गर्नुस् । तपाईंले झुम्म परेर काम गरिराख्नु भएको छ भने कसैले तपाईंको काममा विश्वास गर्दैनन् । त्यसैले सधैँ खुसी रहनुस् र फ्रेस भएर काम गर्नुस् ।

कपाल तथा पोशाक पटक-पटक नमिलाउनुस्
कुराकानीका क्रममा कहिल्लै पनि आफ्नो कपाल वा पोशाकलाई बारम्बार मिलाउने काम नगर्नुस् । यसले तपाईं आफ्नै कुरामा मात्रै बढी ध्यान दिँदै हुनुहुन्छ, अरुको कुरामा कुनै मतलव नै छैन भन्ने अर्थ लाग्छ ।

आई-कन्ट्याक
आई कन्ट्याकलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ । कुरा गर्दा आँखा नचाउनुभयो, कुरा गरिरहेको व्यक्तिको आँखामा आँखा जुधाउनु भएन भने तपाईंको विश्वसनीयतामा शंका उब्जिन्छ । आई-कन्ट्याकले तपाईंको आत्मविश्वासलाई पनि झल्काउँछ । त्यसैले आँखामा आँखा जुधाएर कुरा गर्ने बानी बसाल्नुस् ।

टाउको हल्लाउने बानी
कुनै पनि कुरामा सहमति वा असहमति जनाउने सबैभन्दा सहज उपाय भनेकै टाउको हल्लाएर प्रतिक्रिया दिने हो । तर तपाईंले आवश्यकता भन्दा बढी नै टाउको हल्लाउन थाल्नुभयो भने राम्रो मानिँदैन । त्यसैले सकेसम्म आवाजबाटै प्रतिक्रिया जनाउने गर्नुस् । टाउको हल्लाउने बानी हटाएकै राम्रो ।

घुरेर नहेरौ 
आँखा जुधाएर कुरा गर्ने भन्दा घुरेर हेर्नुस् भन्न खोजिएको हैन । तपाईंले कुराकानीका क्रममा एकपटकमा ७ देखि १० सेकेण्डसम्म आँखा जुधाउनुस्, अनि परेला झिम्क्याएर फेरि हेर्नुस् । यसो गर्दा तपाईंले उसको कुराप्रति चासो दिइरहेको भन्ने संकेत मिल्छ र तपाईंको विश्वसनीयता पनि बढ्छ ।

आंखालाई दायाँबायाँ नघुमाउनुस्
कतिपय मानिस कुराकानीका क्रममा दायाँबायाँ तलमाथि घुमाइराख्छन् । यसरी आँखा नचाइराख्नु राम्रो मानिँदैन । आंखालाई पटक-पटक तलमाथि र दायाँबायाँ गर्ने बानी तुरुन्तै हटाउनुस् ।

मुठ्ठी बाँधेर नबस्नुस्
कुराकानीका क्रममा मुठ्ठी कसेर बस्नु पनि राम्रो मानिँदैन । यसो गर्दा हातखुट्टा बाँधेको बेलामा जस्तै संकेत जान्छ । तपाईं खुलेर कुरा गर्न चाहनुहुन्न भन्ने बुझिन्छ ।

हात मिलाउँदा ध्यान दिनुस्
तपाईंले हात मिलाउँदै गर्दा बेफिक्र अन्दाज देखाउनु भयो भने पहिलो इम्प्रेसन नै नकारात्तमक पर्न जान्छ । साथै लथ्रक पर्नुभयो भने तपाईंको आत्मविश्वासमा कमी भएको बुझिन्छ । त्यसैले हात मिलाउँदा स्फूर्ति र आत्मविश्वास देखाउनुस् ।

पटक-पटक घडी नहेर्नुस्
कुराकानी र कुनै कामका दौरान बारम्बार घडी हेर्नुलाई पनि राम्रो मानिन्न । यसले तपाईं त्यो कुरा अथवा कामप्रति इन्ट्रेस्टेड हुनुहुन्न । तपाईं कुरालाई छिट्टै सकाउन चाहनुहुन्छ, अथवा तपाईंको ध्यान अन्तै कतै छ भन्ने अर्थ लाग्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ १

काठमाडौं, १ भदौं । संविधानसभाको आजको बैठकमा सभासद्ले आ–आफ्ना माग र धारणाहरु राखेका छन् ।
सांसद गङ्गाप्रसाद यादवले सप्तरीको भारदहमा प्रहरीको गोलीले एकजनाको मृत्यु भएको र अन्य केही घाइते भएकाले घाइतेको उपचार र मृतकको परिवारलाई क्षति पूर्ति दिन माग गर्नुभयो ।

सांसद लक्ष्मण लाल कर्णले देशका चार नेताले पूरै देशमा आगो लगाएको र यस्ता अदूरदर्शी नेताको ठेकेदारीले यस्तो घटना भएको आरोप लगाउँदै प्रश्न गर्नुभयो – सप्तरीवासीले के अपराध गरेका थिए र गोली हान्न ?
थारु समुदायलाई सभा गर्ने अधिकार पनि काँग्रेस र एमालेका कार्यकर्ताबाट रोक्न लगाएर तानाशाही व्यवस्था लादेको आरोप लगाउँदै उहाँले यी घटनाको गृहमन्त्रीबाट जवाफ नआए आगामी बैठक चल्न नदिने चेतावनी दिनुभयो ।
सांसद गोपाल दहितले हिजो धनगढीमा शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भए पनि थारु समुदायको प्रदर्शनमा दमन गरिएको, कैलालीमा कर्मचारीको मिलेमतोमा अखण्ड सुदूरपश्चिमको पक्षमा कार्यक्रम गर्न लगाएको, सुदूरपश्चिमविरुद्ध जाति विशेषलाई भड्काइएको र केही मधेसी सभासद्ले दिएको अभिव्यक्तिविरुद्ध गृहमन्त्रीले पनि सदनमा भड्काउने काम गरेको भन्दै आपत्ति जनाउनुभयो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ १ गते
वातावरण सफा राख्ने अभियान पनि काइदा काइदाका हुँदा रहेछन् । भारतमा फोहोरको उचित थान्को लगाएवापत सित्तैमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने लोभलाग्दो अभियान सुरु भएको छ ।
वाणिज्यशास्त्रमा स्नातक दुइ युवाले भारतको मुम्बइमा ‘वाइफाइ ट्रयास बिन’ अभियान सुरु गरेका छन् । यस अनुसार फोहोर फाल्ने भाँडो अर्थात् ट्रयास बिनमा फोहोर फालेमा निशुल्क रुपमा वाइफाइ चलाउन पाइन्छ ।
मुम्बइका प्रतिक अग्रवाल र उनका साथी राज देसाइले यो अभियान सुरु गरेका हुन् । प्रतिकका अनुसार जब भाँडोमा फोहोर फालिन्छ तब उक्त स्मार्ट भाँडोमा एउटा कोड चम्किन थाल्छ । उक्त कोड वास्तवमा वाइफाइ कोड हो र सो कोडबाट निशुल्क वाइफाइ चलाउन सकिन्छ ।

हालै डेनमार्क, फिनल्याण्ड, सिंगापुर जस्ता देशको भ्रमण गरी त्यहाँको फोहोर व्यवस्थापनको गहन अध्ययन गरेका ती दुइ युवाले वातावरणीय स्वच्छताका लागि मानिसको व्यवहारमा परिवर्तन ल्याउनुपर्ने ठहर गर्दैै यस्तो उदाहरणीय अभियान सुरु गरेका हुन् ।
आफुहरुले फिनल्याण्ड, सिंगापुर जस्ता देशहरुबाट पर्याप्त सहयोग लिएर त्यसका लागि एउटा प्रणाली स्थापित गर्ने निर्णय गरेको प्रतिक बताउँछन् । एक संगीत समारोहमा गएको बेला उनमा वाइफाइ फोहोर भाँडोको आइडिया फुरेको रहेछ । फोहोर फाल्ने भाँडोमै वाइफाइको हट स्पट तयार गर्ने र सोहीबाट कोड उपलब्ध गराएर वाइफाइ निशुल्क उपलब्ध गराउन सकिएमा मानिसहरुमा खुल्ला ठाउँमा फोहोर नफ्याँकेर भाँडोमै फोहोर फ्याँक्ने बानीको विकाश हुने अपेक्षा उनीहरुले गरेका छन् ।
पछिल्लो सयमा दिल्ली, कलकत्ता तथा बैंगलोर लगायतका सहरहरुमा यी दुइ युवाले आफुहरुको नयाँ आविष्कारलाई विभिन्न समारोहहरुमा प्रदर्शनीमा राखेका छन् । उनीहरुको प्रयासले राम्रो प्रसंसा पनि बटुलेको छ र सरकारी तवरबाट समेत सहयोगको प्रत्याभूति मिलेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ १ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई चाँडोभन्दा चाँडो कारवाही गर्नका लागि गृहमन्त्री बामदेव गौतमलाई आफूले नै टेलिफोनबाट भनेको जनाएका छन् ।
कैलालीको टिकापुरमा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सदभाव खल्बल्याउन खोजेको भन्दै संसद बैठकमा गृहमन्त्री बामदेव गौतमले अडियो टेप प्रस्तुत गरेपछि आफूले गृहमन्त्रीलाई फोन गरेर ‘चाँडो कारवाही गर्नुस्’ भनेको उनले बताए ।


ईमेजखबर डट कमसँग मंगलबार कुरा गर्दै अध्यक्ष यादवले भने, ‘मैले सामाजिक सदभाव भड्काउने काम गरेको लाग्छ भने मलाई कारवाही गरे हुन्छ, मैले नै गृहमन्त्रीलाई फोन गरेर चाँडो कारवाही गर्न भनिसकेको छु ।’
आफूहरुले जनताको आवाजलाई उठाएको प्रतिक्रिया दिदैं उनले भने, ‘जबर्जस्ती संविधान निर्माण गर्न खोज्नेहरुबाट नै यतिबेला सामाजिक सदभाव खल्बल्याउने काम भएको छ ।’
यादवसँगको विस्तृत कुराकानी ईमेजखबर डट कमको अन्तरवार्ता पृष्ठमा प्रकाशित गरिनेछ ।

कमल थापाबारे संसदलाई गृहमन्त्री गौतमको जवाफ
२०७२ भदौ १ गते १३:२५
काठमाडौं, १ भदौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सङ्घीय प्रदेशको सीमाङ्कनको खाकाका विषयमा असहमति राखी मुलुकका विभिन्न जिल्लामा बन्द, हडताल र विरोधका कार्यक्रम भए पनि शान्ति सुरक्षालाई मजबुत बनाई धनजनको सुरक्षा गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री गौतमले विरोधका कार्यक्रमबाट जनजीवनलाई कष्टकर बनाउने र जनताको सामान्य असन्तुष्टिलाई भड्काउन उद्यत शक्तिले संविधान जारी गर्न नदिने र संविधान जारी भएपछि समानान्तर सरकार र संविधान ल्याउने आत्मरति लिइरहेको पनि बताउनुभयो ।
गृहमन्त्री गौतमले लोकतान्त्रिक आन्दोलनका क्रममा आफू स्वयम्ले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रहार गरेर आफू ढल्न पुगेको सन्दर्भ उल्लेख गर्दै कानुन पालनाका क्रममा पूर्वगृहमन्त्रीसमेत रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेतृत्व गरेको जुलुसलाई संविधानसभा भवनमा जुलुस प्रवेश गर्ने क्रममा नियन्त्रण गरिएको स्पष्ट गर्नुभयो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
यो संसदमा हामी नेपालीमात्र छैनौं-चित्रबहादुर केसी

१ भदौ, काठमाडौं । नेपालको तराई भूभागलाई पाकिस्तानबाट बंगलादेश अलग गरेझैं अलग पार्ने उत्तेजक अभिव्यक्ति दिएका कांग्रेस सभासद अमरेश कुमार सिंहले आफूलाई गोलघरमा थुन्न सरकारलाई चुनौति दिएका छन् ।

संसदको राज्य व्यवस्था समितिको मंगलवारको बैठकमा सभासद सिंहले आफ्नो भाषणको अडियो भिडियो हेर्ने होइन सिधै गोलघरमा थुन्न चुनौति दिए ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम उपस्थित बैठकमा सिंहले भने, ‘गृहमन्त्रालयले सक्छ भने यस्तो देश बिखण्डन गर्नुपर्छ भनेर बोल्ने सभासदलाई जेलमा हालोस् । जेल पनि अरु होइन गोलघरमा हालोस् सक्छ भने ।
मधेसवादी नेता उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले कैलालीको टिकापुरमा गएर पहाडेलाई लेखट्ने र देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै सरकारले उनीहरुको भाषणको टेप र अडियो उतार संसदमा पेश गरेको थियो ।
सभामुखको निर्देशन अनुसार सो अडियो भिडियो हेरेर कारवाही प्रक्रिया अघि बढाउन बसेको राज्य व्यवस्था समितिको बैठकमा सभासद सिंहले उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरेर राज्यलाई चुनौति दिएको समितिका सदस्य यज्ञराज सुनुवारले बताए ।
बैठकमा कैलालीको उत्तेजक भाषणबारे कुरा उठ्नासाथ समिति सदस्य समेत रहेका सभासद सिंहले यस्ता उत्तेजक भाषणका टेप आफूहरुसँग पनि रहेको बताए ।
सिंहले भने, ‘जनताले अधिकार माग्दा लाठी हान्ने, दमन गर्नेहरुका टेप हामीले पनि राखेका छौं ।’
प्रशासनले कारवाही नगरे जनताबाट कारवाही
सभासद सिंहले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै तत्कालै समितिका अर्का सदस्य मानप्रसाद खत्रीले आपत्ति जनाए । खत्री सुदूरपश्चिमको बझाङका निर्वाचित सभासद हुन् ।
एमाले सभासद खत्रीले अब सुदूरपश्चिममा गएर बिखण्डनको भाषण गर्ने र साम्प्रदायिक दंगा भड्काउन खोज्नेलाई प्रशासनले कारवाही नगर्ने भएकाले जनताकै तहबाट कारवाही गर्ने चेतावनी दिए ।
सिंहलाई लक्षित गर्दै खत्रीले भने, ‘अब त्यस्ता मान्छे सुदूरपश्चिम गएर बिखण्डनका धम्की दिए भने प्रशासनलाई भन्दैनौं, राज्यसँग गुहार माग्दनौं, हामी जनताको बल प्रयोग गरेर लखेट्छौं ।’
‘नेपालको संसदमा नेपालीमात्र नभएकाले अराजकता’
समितिका अर्का सदस्य राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले नेपालको संसदमा नेपाली मात्र नभएकाले यस्तो अराजकता उत्पन्न भएको बताए ।
केसीले भने, ‘यो संसदमा हामी नेपाली मात्र छैनौं । भारतको गाजियावादमा स्थानीय चुनाव हारेका व्यक्ति नेपालको सभासद बनेका छन् । त्यसैले सरकारले केही कारवाही गर्न सक्दैन ।
समितिमा यादव, महतो र सिंहको भाषणको भिडियो तथा अडियो पेश भए पनि समय अभावका कारण त्यो हेर्न नसकिएको समितिका सदस्य कांग्रेस सभासद हृदयराम थानीले बताए ।
सभापति दिलबहादुर घर्तीले सो प्रकरणबारे भदौ ५ गते बैठक बसेर टुंगो लगाउने जानकारी दिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दीपालाई दिपकले विहे गर्लान ?
दिपकलाई ऋषिको प्रश्नः दिपालाई कहिले भित्र्याउने ?
दिपालाई विहा गर्नै पर्ने भनेर ऋषिले अड्डी कसेंपछि दिपकले दिए यस्तो जवाफ
१ भदौ, काठमाडौं ।
वास्तविक जीवनमा जोडी नभएपनि टेलिभिजनको पर्दामा सँधै जोडी बनेका दिपकराज गिरी र दीपाश्री निरौलालाई विवाह गर्ने सुझाव प्राप्त हुनु नौलो कुरा होइन । कैयौं फ्यानहरुले उनीहरुलाई विवाह गरेर बस्न सुझाव दिएका छन् ।


केही समय अघि नेपाली हेडलाइन्ससँग कुरा गर्दै नेपालको कानूनले छुट दिने भए दिपकसँग घरजम गर्ने बताएकी दीपाले मात्र होइन दिपकले पनि कानूनी अड्चनले गर्दा आफूहरु विवाह गर्न नसकेको बताउने गरेका छन् ।

दिपकले कहिले काँही आफूहरुको जोडी १७ वर्ष देखि चलिरहेको कुटनीतिक जवाफ समेत दिने गरेका छन् ।

यस्तो जवाफ दिने दिपकले आफ्नो एक टेलिभिजन कार्यक्रममा बोलाएका पत्रकार ऋषि धमलाले पनि दीपालाई छिटो भन्दा छिटो विवाह गर्न सुझाव दिए ।

उनले दिपालाई कहिले भित्र्याउनु हुन्छ भनेर मिति नै मागे दिपकसँग ।

दिपकले भने यो कार्यक्रममा पनि २ वटा विवाह गरेर दुःख पाउन नचाहेको र कानूनीरुपमा पनि विवाह गर्न नहुने जवाफ दिए । उनले दीपाले जस्तो भन्यो त्यस्तै केटो पाउने र जो भन्यो त्यही पछि लाग्ने भएकाले पिर नभएको समेत बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
इटहरी : लगातारको बन्दले व्यापार व्यवसाय चौपट भएको भन्दै इटहरीका व्यापारी तथा  व्यवसायीहरुले बन्दको प्रतिकार गरेका छन् ।बन्दको अवज्ञा गर्दै बजार खुलाइएको छ भने सवारी साधन पनि सडकमा चलेका छन्।
मंगलबार उद्योग वाणिज्य संघ इटहरीको कार्यालयमा बसेको बैठकले बन्दको अवज्ञा गर्दै बजार खोल्ने निर्णय गरेको हो । निरन्तरको बन्दले व्यवसाय नै संकटमा परेको भन्दै व्यवसाय संचालन गर्ने निर्णय गरेका हुन् । स्थानीयले बन्दको प्रतिकार गरेका छन् ।

उद्योग बाणिज्य संघ इटहरकिाअध्यक्ष रोहित प्रसाईले बन्दको अवज्ञा गरेर बजार खुलाउने निर्णय भएको बताए । उनले भने, बन्द भन्दै कति दिन व्यापार व्यवसाय ठप्प पारेर बस्ने । अब जनता आफैले बन्द खोल्छन् र आफ्नो व्यापार व्यवसाय गर्छन । व्यवसायीहरुले बजार खोल्ने निर्णयसँगै सरकारसँग सुरक्षाको माग पनि गरेका छन् ।

जुनसुकै पार्टी र समुहको बन्द, हट्ताल अबज्ञा गर्ने सहमति भएको पनि प्रसाईले बताए। पछिल्लो समय सुनसरीको इटहरी पूर्वाञ्चलकै व्यपारीक केन्द्र भएका कारण बन्द र हड्तालको असर पूर्वाञ्चलका १६ वटै जिल्ला प्रभावित हुन्छन् र करौडौको कारोवार ठप्प हुने गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले इटहरीका व्यापारीले शान्ति सुरक्षा माग गर्दै बजार खुलेर व्यवसाय संचालन गर्नु स्वागतयोग्य भएको बताउँदै सरकारले सक्दो सुरक्षा प्रदान गर्ने स्पष्ट पारे। बन्दकर्ताहरुलाई स्थानीय व्यवसायी तथा मधेस प्रदेशको मागगर्दै मधेसी मोर्चाले आव्हान गरेको बन्द सुनसरीको धरान इटहरी तरहरा , झुम्काबासीले प्रतिकार स्वरुप व्यवसाय संचालन गरेका छन् ।

धरान, इटहरी, तरहरा महेन्द्रनगर बजार पूर्ण रुपमा खुल्ला गरिएका छन् ।सवारी साधन संचालनमा आएका छन् । त्यस्तै मोरङको गछिया, गाठगाऊ, विराटचोक, बेलवारी, पथरी, उर्लावारीमा समेत बजार तथायातायातका साधन संचालनमाआएका छन् ।
annapurnapost.com
भदौ १, काठमाडौं । निरन्तर ओरालो लागिरहेको सुनको भाउ पछिल्लो समएमा फेरि उकालो लग्न थालेको छ । सोमबार प्रतितोला ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ४ सय रुपैयाँले बढेर प्रति तोला ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ । हिजो पनि ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो । www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home