• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सरकारले अब सञ्चालनमा ल्याउन लागेको चिनियाँ विद्युतीय ट्रली बस
काठमाडौं, १९ असोज । विज्ञान तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पोखरेलले नेपालमा विद्युतीय सवारी सञ्चालनका लागि तयारी भइरहेको बताउनुभएको छ ।
मंगलबार बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै सचिव पोखरेलले पेट्रालियमको विकल्पमा सरकारले विद्युतीय सवारी सञ्चालनको तयारी गरिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो- विज्ञान प्रविधिको युगलाई आत्मसात गर्दै नेपाल सरकारले छिट्टै नै विद्युतीय सवारी सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । पहिलो चरणमा सबै मन्त्रालयमा विद्युतीय गाडीहरु प्रयोग गर्ने तयारी छ भने सबै कार्यालयका कर्मचारीलाई साइकल चढ्न निर्देश गरिँदैछ । त्यसका लागि चीनसँग डिल गर्ने योजना छ ।’
उहाँले सार्वजनिक यातायातमा पनि विद्युतीय सवारी नै सञ्चालन गर्न विज्ञान तथा वातावरण मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभयो । ‘विगतमा चीन सरकारको सहयोग भक्तपुरदेखि त्रिपुरेश्वरसम्म ट्रली बस सञ्चालन थियो । त्यो सञ्चालनमा ल्याउन अब सम्भव छैन् किनकि सडकहरु गाभिएका छन् । पोलहरु पनि सारिएका छन् । अब नयाँ रुटबाट सञ्चालन गर्न अध्ययन गरिरहेका छौं ।’ सचिव पोखरेलले बताउनुभयो ।

विगतमा चीन सरकारको सहयोगमा सञ्चालित ट्रली बस
नेपालीहरु समस्या पर्दा मात्रै विकल्प खोज्ने र अरु बेला नेतृत्व र सरकारले वास्ता नगर्ने परिपाटीका कारण अहिले समस्या आएको उहाँको भनाई थियो । भारतले नाकाबन्दी गरिरहँदा आफू पैदलै मन्त्रालय पुग्ने गरेको बताउँदै सचिव पोखरेलले विज्ञान मन्त्रालयका अधिकांश कर्मचारीले साइकल र विद्युतीय सवारी मात्रै प्रयोग गर्ने गरेको सुनाए । ‘सबै कर्मचारीहरुले साइकल चढ्ने हो भने मन्त्रीज्यूहरुले विद्युतीय गाडीमात्रै चढ्ने भने नेपाल पेट्रोलियम पदार्थमा पुरै परनिर्भर हुने अवस्था आउँदैन् ।’ उहाँको भनाई छ ।
अबको केही वर्षभित्रै नेपालमा विद्युतीय सवारीको विकास भएरै छाड्ने दृढता व्यक्त गर्दै सचिव पोखरेलले त्यसका लागि सरकारले कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । यसअघि २०४५ सालमा चीन सरकारले काठमाडौंको त्रिपुरेश्वरदेखि भक्तपुरसम्म विद्युतीय ट्रली बस सेवा सञ्चालन गरिदिएको थियो ।
dainiknepal.com
– नारायण न्यौपाने/रमेश लम्साल
काठमाडौँ, १९ असोज । नेपाली राजनीतिमा अहिले सरकारको नेतृत्व कुन राजनीतिक दलका कुन नेताले गर्छन् भन्ने विषयमा जोडतोडका साथ बहस र छलफल भइरहेको छ ।
सरकारको नेतृत्व कसले नेतृत्व गर्छ भन्ने बहस र छलफलसँगै तीन दलबीचको एकता सरकार बनाउने खेलमा टुट्नुहुन्न भन्ने आम जनताको चासो र चिन्ता पनि उत्तिकै देखिएको छ ।
संविधान जारी गर्ने सन्दर्भमा प्रमुख दलबीच देखिएको बृहत् एकता कम्तीमा पनि अरु पाँच वर्षसम्म कायम रहनुपर्ने र त्यसका लागि सहमतिकै आधारमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता पदको बाँडफाँड हुनुपर्ने तर्क बलियो रुपमा प्रस्फुटित हुँदै आएको छ ।
दलबीच पछिल्लो समयमा सुरु हुन थालेको सरकार गठन र राष्ट्रिय महत्वका महत्वपूर्ण पद प्राप्त गर्ने जोड घटाउले कतै मुलुकलाई फेरि समस्या त पार्दैन भन्ने आशङ्कासमेत पैदा गरिदिएको छ ।
दलबीचको अहिलेको एकतालाई बिथोल्न अनेकौँ षड्यन्त्र र तानाबाना बुन्नसक्ने पाटोलाई प्रमुख दलका शीर्ष नेताले गहिरोसँग हेक्का राख्न जरुरी रहेको आवश्यकता औँल्याइएको छ । मुलुकलाई अप्ठ्यारो परेका बेलामा अभूतपूर्व एकता प्रदर्शन गर्दै आएका दल सरकार गठनकै विषयमा चुक्ने छैनन् भन्ने विभिन्न कोण प्रतिकोणबाट भनाइ सार्वजनिक भइरहेका छन् ।
प्रधानमन्त्रीको विषय बढी चर्चामा आएको देखिए तापनि प्रधानमन्त्री को हुने भन्ने सुनिश्चिततासँगै बाँकी पदको निक्र्यौल हुने भएकाले पनि सो विषयलाई राजनीतिक वृत्तमा स्वभाविक रुपमा हेरिएको छ ।
दलगत रुपमा नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघिसारी स्थायी समितिको बैठकले अनुमोदनसमेत गरिसकेको छ । प्रमुख दलबीच संविधान जारी गर्ने सम्बन्धमा भएको १६ बुँदे सहमति हुँदाकै बखत आगामी सरकारको नेतृत्व एमालेलाई दिने भद्र सहमति भएको जनाउँदै ओलीको नामलाई सो पार्टीले अनुमोदन गरेको जनाएको छ ।
सरकारको नेतृत्व नपाए एमाले प्रतिपक्षमा बस्ने बताउँदै आएको छ । व्यवस्थापिका–संसद्मा रहेका दोस्रो र तेस्रो वरियातमा रहेका दल एमाले र एमाओवादीले काँग्रेसको आधिकारिक धारणाको पर्खाइमा रहेको बताउँदै आएका छन् ।
व्यवस्थापिका–संसद्मा रहेको ठूलो दल नेपाली काँग्रेसका नेताले सरकार गठनको विषयमा सहमति भएको कुरा प्रष्ट रुपमा सार्वजनिक गर्नुभएको छैन । यसले गर्दा काँग्रेस र एमालेबीच सरकार गठन र अरु महत्वपूर्ण पदको बाँडफाँडका विषयमा अनेकौँ अड्कलबाजी गर्न थालिएको छ । संसद्मा रहेको सङ्ख्या सरकार गठन गर्ने सन्दर्भमा को कता भन्ने पाटोबाट अड्कलबाजी गरी जोड घटाउको राजनीति एकपटक पुनःसतहमा देखापर्न थालेको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको सर्वदलीय बैठकमा भने राष्ट्रिय सहमतिको सरकार नै गठन हुनुपर्ने संसद्मा रहेका १८ दलले प्रमुख तीन दलका नेतालाई सुझाव दिएका छन् ।
नेपाली काँग्रेसका नेता रमेश लेखकले सरकार गठनलगायतका महत्वपूर्ण विषयमा पार्टीको अवधारणा तय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइसकिएकाले त्यो बैठकले गर्ने निर्णय नै आधिकारिक हुने राससलाई बताउनुभयो ।
दलबीच १६ बुँदे सहमति हुँदा यसपछिको नेतृत्वमा कसको दाबी हुने भन्ने विषयमा सहमति भएको वा सहमति नभएको भन्ने दुवै कोणबाट विचार आएकाले बैठकमा पार्टी सभापतिले यस विषयमा प्रष्ट पार्नुहुने र त्यसपछि पार्टीले सो विषयको आधिकारिक धारणा सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– “संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो पार्टीको हैसियत, संविधानसभाबाट काँग्रेसकै नेतृत्वमा संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेको र सबै दललाई मिलाएर लानसक्ने भएकाले पार्टीले भावी प्रधानमन्त्रीको दाबी गर्नसक्ने प्रशस्त आधार छन् ।”
एकीकृत नेकपा (माओवादी)ले भने एमाले अध्यक्ष ओलीले नै राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्दा उपयुक्त हुने धारणा सार्वजनिक गर्दै आएको छ । एमाओवादी अध्यक्ष दाहालले त सर्वदलीय बैठकमा समेत सो कुरा उठाउनुभएको थियो ।
नेकपा(एमाले)का नेता भानुभक्त ढकालले संविधान जारी गर्ने समयमा देखिएको चुनौती हाल पनि विद्यमान रहेकाले राष्ट्रियता र राष्ट्रिय सङ्कटप्रति उठेका विभिन्न खाले चुनौतीलाई परास्त गर्न प्रमुख तीन दल सहभागी भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले काँग्रेस र एमालेबीचको सात बुँदे, प्रमुख चार राजनीतिक दलबीचको १६ बुँदे सहमतिसँगै सरकारको नेतृत्व गर्ने विषयमा भएको भद्र सहमति अदृश्य र नलुकेकाले हिजोको सहमति र अहिलेको सङ्कट समाधान गर्न आफ्नो पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुनुपर्ने तर्क पेस गर्नुभयो ।
राष्ट्रपति काँग्रेस, प्रधानमन्त्री एमाले र सभामुख एमाओवादीको रहन्छ भन्ने विषय जसरी आयो त्यो नै भद्र सहमतिको उपज भएको नेता ढकालको भनाइ छ ।
एमाओवादीका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले आन्तरिक तथा बाह्य रुपमा आउनसक्ने चुनौतीलाई सामना गर्न राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने र त्यो अहिले मुलुकको आवश्यकता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “भूकम्पपछिको पुनःनिर्माण, संविधानको सहज कार्यान्वयन, संविधान संशोधन गर्न नयाँ आधारमा नयाँ राष्ट्रिय एकता कायम गर्नुपर्छ । त्यसका लागि सहमतिको सरकार आवश्यक छ ।”
प्रमुख दलबीच १६ बुँदे सहमति हुँदा नै नयाँ सरकार एमालेको नेतृत्वमा गठन हुने कुरा सुनिएको बताउँदै उहाँले राष्ट्रपति र प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी नहुने र सभामुखको विषयमा एमाओवादीले पाउनुपर्छ भन्ने चर्चालाई अस्वभाविक रुपमा नलिएको उल्लेख गर्नुभयो । रासस
dainiknepal.com
काठमाडौं : आन्दोलनरत संयुक्त मधेसी मोर्चा र तीन दलबीच औपचारिक वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित संसद् सचिवालयमा मंगलबार बिहान सबा एघार बजेदेखि मोर्चासँग वार्ता सुरु भएको हो । करिब दुई महिनादेखि संयुक्त मधेसी मोर्चा आन्दोलनमा सहभागी हुँदै आएको छ।

वार्ता टोलीमा सद्भावना पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्ल , संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश राय छन्। तीन दलको तर्फबाट वार्ता टोलीमा नारायणकाजी श्रेष्ठ, महेश आचार्य र अग्नी खरेल छन्।

मोर्चाले यसअघि वार्ताको पहल तथा वातावरण बनाउन महन्थ ठाकूरलाई जिम्मा दिएको थियो । ठाकुर र तीन दलको वार्ता टोलीबीच विभिन्न चरणमा अनौपचारिक वार्ता भएपछि औपचारिक वार्ताका लागि मधेसी मोर्चाले चार सदस्यीय टोली गठन गरेको हो।

संविधान जारी भएपछि मधेसी मोर्चाले सिमा केन्द्रित आन्दोलन थालेर नाका ठप्प बनाएको छ। नाकानाकामा धर्ना दिएर भारतीय पक्षको अघोषित नाकाबन्दीलाई सहयोग गरेपछि अापूर्ति व्यवस्था ठप्प भएको छ। अान्दोलनकारीका मागलाई सम्बोधन गर्न सरकारले संविधान संशाेधनको प्रकिया अघि बढाइसकेको छ।

annapurnapost.com
काठमाडौं, १९ असोज । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज वार्ता भएको छ ।
सिंहदरबारमा जारी वार्तामा मधेसी मोर्चाले अघि सारेका मागका विषयमा छलफल हुनेछ । मधेसी मोर्चाले वार्ताका लागि विभिन्न माग पेस गर्ने सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभएको छ ।
मधेसी मोर्चाले संघीय प्रदेशको सिमाङ्कन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, भाषा, न्यायालयको पहुँचलगायतका मागलाई वार्तामा राख्ने जनाएको छ ।
मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्न आइतबार चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । संविधानको विषयलाई लिएर मोर्चाले विगत ५१ दिनदेखि तराईमा आन्दोलन गर्दै आएको छ ।
ainiknepal.com
काठमाडौँ, १९ असोज । नेपालको उत्तरी भेग तथा चीनसँगको नाका तातोपानी खुलाउन अखिल क्रान्तिकारीको एक टोली त्यसतर्फ गएको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको नेतृत्वमा एक सय विद्यार्थी घरेलु औजारसहित तातोपानी नाका खुलाउन हिजो त्यसतर्फ लागेको हो ।
भूकम्पपछि भत्किएका तथा बिग्रिएका बाटो पन्छाएर नाका सञ्चालनमा ल्याउन सो टोलीले काम गर्ने महासचिव दीपेन्द्र चलाउनेले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाबाट ५० जना र सिन्धुपाल्चोक र आसपासका जिल्लाबाट गरी एक सयजना विद्यार्थीले नाका खुलाउन श्रमदान गर्ने छन् । सङ्गठनका केन्द्रीय सचिवालय सदस्य भारत मल्लको नेतृत्वमा गएको टोली एक हप्तासम्म नाका खुलाउन खटिने छन् । रासस
dainiknepal.com
रविन्द्र घिमिरे

१९ असोज, काठमाडौं । काठमाडौंका कतिपय सुनचाँदी पसलले चाँदीमा अत्यधीक मात्रामा क्याडि्मएम नामक धातु प्रयोग गरेको भेटिएको छ । यो धातुले क्यान्सरको खतरा बढ्ने विज्ञहरु बताउँछन् ।

वाणिज्य विभागले गत असोज ६ गते केही सुनचाँदी पसलमा अनुगमन गरी संकलन गरेको चाँदीको नमुनामा हानीकारक पनि मानिने क्याडिमएम धातु अत्यधीक मात्रामा प्रयोग गरेको पाइएको हो ।
यस्तै सुन पसलहरुले चाँदीमा मापदण्ड भन्दा बढी जिंक समेत प्रयोग गरेको भेटिएको विभागमा निर्देशक हरिनारायण बेल्बासेले बताए । ‘हानिकारक धातुको प्रयोग मात्रै भएको छैन, जिंक मिसाउँदै गहना बनाएर बेचिरहेको पुष्टि पनि भएको छ,’ बेल्बासेले भने, ‘कतिपय पसलले झण्डै २० प्रतिशतसम्म हानिकारक क्याडि्मएम प्रयोग गरेको भेटिएको छ ।
के हो क्याडि्मएम ?

क्याडि्मएम सुनचाँदीमा घुल्ने एक प्रकारको हानिकारक धातु हो, जुन मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ । युरोपमा गरगहनामा क्याडि्मएमको प्रयोग निषेध गरिएको छ ।
क्याडि्मएम भएका गरगहना प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग लाग्ने सम्भावना हुन्छ । तर, त्यही क्याडि्मएमको प्रयोग अहिले नेपाली सुनचाँदी ब्यवसायीले गरगहनामा गरिरहेको भेटिएको छ ।
पानीमा समेत घुल्ने भएकाले यो धातु मानव स्वास्थ्यका लागि हानिकारक मानिएको बाणिज्य विभागका अधिकारी बताउँछन् ।
चाँदी भन्दा निकै सस्तो हुने भएकाले यसलाई गहनामा मिसाउँदा व्यवसायीलाई फाइदा हुन्छ । त्यसैको लोभमा सुनचाँदी पसलेले त्यसको अत्यधीक प्रयोग गर्ने गरेको भेटिएको छ ।
बदमासी गर्ने पसल कुन-कुन ?

बाणिज्य विभागले गत असोज ६ गते न्युरोड र बानेश्वर क्षेत्रका विभिन्न पाँचवटा गहना पसलमा अनुगमन गरेर सुनचाँदीको नमुना संकलन गरेको थियो । जसमध्ये ३ वटा पसले उपभोक्तालाई ठगी गरेर हानी पुर्‍याइरहेको भेटिएको निर्देशक बेल्बासेले बताए । न्युरोडको सिल्भर प्यालेस र बानेश्वरको कर्माचार्य गहना पसलले चाँदीमा अत्यधीक क्याडि्मएम प्रयोग गरेको विभागले जानकारी दिएको छ ।
त्यस्तै विश्वसनीय मानिने न्युरोडकै चाँदी पसलले आफ्ना गरगहनामा १९ प्रतिशत क्याडि्मएम मिसाएको दाबी नापतौल तथा गुणस्तर विभागले गरेको छ ।
यस्तै कर्माचार्य गहना पसलले पनि चाँदीका गहनामा क्याडि्मएमसहित जिंक प्रयोग गरेको भेटिएको छ ।
यसैगरी न्युरोडकै सिल्भर क्वीन पसलले पनि चाँदीका गहनामा अत्यधीक जिंक प्रयोग गरेको भेटिएको बेल्बासेले बताए ।
जिंक मानव स्वास्थ्यका लागि त्यति धेरै हानिकारक नभए पनि चाँदीको तौल बढाउन धेरै प्रयोग गरिएको विभागको निश्कर्ष छ । जिंक मिसाए पनि उनीहरुले त्यसबारे उपभोक्तालाई जानकारी नदिई ठगी गर्ने गरेको विभागका अधिकारी बताउँछन् ।
विभागले अनुगमन गरेका मध्ये कोटेश्वरको पाथीभारा सुनचाँदी पसल र बानेश्वरको सिंगापुर-हङकङ सुन चाँदी पसलले भने बदमासी नगरेको जाँचमा पुष्टि भएको विभागले बतायो ।
सुनमा पनि मिसावट

बाणिज्य विभागले गत भदौमा गरेको अनुगमनमा पनि केही सुन पसलले २४ क्यारेट दाबी गरेको गहनामा १२ प्रतिशतसम्म मिसावट गरेको भेटिएको थियो । त्यसबेला कतिपय पसलले गहनामा ८८ प्रतिशत मात्रै सुन राखेको पुष्टि नापतौल विभागले गरेको थियो ।
चाँदीमा मात्रै नभएर सुनमा पनि रसायन, चाँदी र तामा मिसाउने गरिएको पाइएको छ । २४ क्यारेटको सुनमा ९८ प्रशिततसम्म शुद्धता हुनुपर्छ । तर, अनुगमनमा अधिकांश पसलले मापदण्डभन्दा कम शुद्धता भएका गहना बेच्ने गरेको पुष्टि भएको थियो ।
ठग्नेलाई के कारवाही हुन्छ ?

बाणिज्य विभागले चाँदीका गहनामा हानीकारक धातु प्रयोग गरेको र अन्य धातु मिसाएर उपभोक्ता ठगी गर्नेलाई कडा कारवाही गर्ने बताएको छ । ‘हामी उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नेहरुलाई नियन्त्रणमै लिएर कारवाही गर्छौं,’ निर्देशक बेल्बासेले भने,’ उनीहरुलाई विभागमा वयानका लागि बोलाएका छौं ।’
विभागले उपोक्तालाई ठग्ने विरुद्ध कालोबजारी र उपभोक्ता हित संरक्षण ऐनअनुसार कारवाही हुने जनाएको छ ।

काठमाडौं, १९ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमण जाने भएका छन् ।
भारतले नेपालमा नाकाबन्दी गरिरहेको अवस्थामा चीनसँग थप सम्बन्ध विस्तार गर्नका लागि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्न प्रचण्ड आगामी अक्टोबर १५ मा राजधानी बेइजिङ जान लागेको स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिनुभयो ।
भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाटका साथै प्रचण्डले नेपालको संविधान निर्माण र त्यसपछिका राजनीतिक घटनाक्रमबारे चिनियाँ नेतृत्वलाई जानकारी गराउने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागद्वारा आयोजित ‘सिल्क रोड’ सम्बन्धी एसियाली राजनीतिक दलहरूको विशेष सम्मेलनमा पनि प्रचण्डले सहभागिता जनाउने खड्काले बताउनुभयो ।
dainiknepal.com
न्यूयोर्क, असोज १९ । अमेरिकन एयरलाइन्सको एक विमान उडाइरहेको अवस्थामा मध्य आकाशमै पाइलटको मृत्यु भएको छ । फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अवस्थामा अमेरिकी एयरलाइन्सका पाइलटको मृत्यु भएको हो ।
अचानक पाइलटको मृत्यु भएपछि सहायक पाइलटले विमानलाई नियन्त्रणमा लिएका थिए । अधिकारीहरुका अनुसार सहायक पाइलटसमेत एक्लै विमान उडाउन दक्ष रहेका कारण मूख्य पाइलटको निधनका बाबजुद विमानलाई सुरक्षित अवतरण गराउन कुनै कठिनाइ भएन ।
एकसय ४७ जना यात्री र पाँचजना चालक दलका सदस्य रहेको एयरबस ए ३२० लाई न्यूयोर्कमा आकस्मिक अवतरण गराइएको थियो ।
सो विमानमा सवार एक यात्रीका अनुसार पाइलटको स्वास्थ्य अवस्था बिग्रिएको कारण दर्शाउँदै उडानका क्रममा यात्रीहरुलाई विमान न्यूयोर्कमा अवतरण गराउन लागिएको जानकारी दिइएको थियो ।
पाइलटको मृत्यु हुनका कारणबारे विस्तृतमा केही खुलाइएको छैन ।
अमेरिकन एयरलाइन्सले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘दुर्भाग्यवस् हाम्रो पाइलटको मृत्यु भएको छ । हामी यो घटनाबाट धेरै दुःखी छौं ।’ (एजेन्सी)  imagekhabar.com
वि.सं. २०७२ साल असोज १९ गते। मंगलबार। इश्वी सन् २०१५ अक्टोबर ६ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– नवमी, १९:२१ बजेउप्रान्त दशमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। विगतका निर्णयले काममा चुनौती आउन सक्छ। अरूको सुझावभन्दा स्वकीय निर्णय फलदायी हुनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। शोख तथा महत्वाकांक्षी योजनाले पछिसम्मलाई असर गर्न सक्छ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiविचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपारिवारिक जमघटमा मन रमाउनेछ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। तर, भेटघाटमा अलमलिनाले प्रतिफलको समय गुज्रनछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रयत्न गर्दा सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनुका साथै गरेका कामबाट प्रशस्त लाभ हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि तथा पशुपालनमा सामान्य लाभ भए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विभिन्न भौतिक साधन जुट्नेछन् भने व्यापारमा पनि प्रशस्त फाइदा हुने योग छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपरे पनि लगनशीलताले अवसर दिलाउनेछ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। सहयोगी जुटाउन नसकिएला। आँटेका काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसमस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornएकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। र, मनग्य धनलाभ हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम बनाउन सकिने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। ठूला व्यक्तिबाट काममा बाधा हुनेछ भने लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। सन्तान वा सहयोगीका माध्यमबाट फाइदा जुट्नेछ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
निन्द्रालाई प्राथमिकतामा राख्नु र ७ देखी ९ घण्टासम्म आँखा बन्द गरेर पल्टनु फरक विषय हो । समयमा सुत्नसक्ने क्षमता, निदाउन सक्ने बानी र निदाएको समयमा निकै आनन्द महसुस गर्ने र बिहान उठ्दा निन्द्रा पुगेको प्रत्याभूमि गर्ने बानी विकास गर्न तपाईले अपनाउने तरिकाहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । कसैले आनन्द दायक निन्द्रा बिताएका हुन्छन् त कोही निदाउनकै लागि संघर्ष गरेका हुन्छन् । तपाईलाई राम्रो निन्द्रा लाग्दैन भने यि ९ कारण त्यसका दोषी हुनसक्छन् ।

तपाई खाना खाँदा कहिले बढी र कहिले कम खानुहुन्छ । हरेक रात समयमै खाना खाने लक्ष्य बनाउनुस् । कहिले बढी र कहिले कम खादाँ समस्या देखिनसक्छ । त्यसैले निद्रा लाग्दैन भने ठिक्क खाने गर्नुस् । स्वस्थ्य खानपिन गर्नुस् ।
तपाईलाई कार्यालयको कामको चिन्ता हुनसक्छ । कार्यालयबाट हाकिमले म्यासेज गर्लान् भनेर आफ्नो स्मार्टफोनमा म्यासेज कुर्ने बानी छ भने तत्काल त्याग्नुहोस् गहिरो सास लिएर सोच्नुहोस् आजको काम भोली पनि हुनेछ । रातीको समय केवल तपाईका लागि हो । फोन साइलेन्स गर्नुहोस् र आफ्नो समय बिताउनुहोस् ।
दिनभरको कामबाट थकान मार्न कक्टेल सेवन गर्नुहुन्छ भने याद राख्नुहोस् धेरै रक्सी खादा तपाई निदाएजस्तो देखिएपनि तपाईको निद्रा पुगेको हुदैँन । बरु तपाईको निन्द्रा उल्टो बिग्रिएको हुन्छ । अल्कोहलको सट्टा बरु प्रत्येक स्न्याक्ससँग पानी सेवन गर्नुहोस् ।
आफ्नो माया गरेको मानिससँग झगडा गरेर सुत्न जानुहुन्छ भने निद्रा अवश्य पर्दैन किनकी रिसका साथ आनन्दले सुत्न सकिन्न । धेरै सोच्दा तनाव बढ्छ । तपाईको शरिरले निन्द्रा मागिरहेका बेला तपाई गहिरो सोचमा हुनुहुन्छ भने त्यतिबेला मानसिक रुपमा तपाई निदाउन सक्नुहुन्न । त्यसैले समस्याहरु समाधान गर्दै लैजानुहोस् । त्यस्तो हुनसके तपाई बिहान आरामले उठ्न सक्नुहुन्छ ।

टिभी हेर्ने बानीले पनि निन्द्रा पर्दैन । तपाई ३० मिनेट टिभी हेर्छु भन्दा ३ घण्टा लाग्नसक्छ । कहिलेकाँही निश्चित समयको सिरियल हेर्नु अलग विषय रह्यो । तर बेडरुममा आफ्नो ध्यान भंग गर्ने त्यस्ता आर्कषित सामान नराख्दा राम्रो ।
कफी सेवनले तनाव हटाउने भएपनि राति कफी सेवन गर्दैमा निद्रा लाग्दैन । बरु रातीको समयमा हर्बल चिया वा पानी सेवन गर्दा राम्रो । कफिको स्वाद मिठो भएपनि यसले तपाईलाई निन्द्रा नपर्न सक्छ ।
तपाईलाई सामाजिक सञ्जाल वा अनलाईनमा आएका सामाग्री राम्रो लाग्नसक्छ । तर रातीको समय त्यस्तो विषयमा सोच्दा निन्द्रामा प्रत्यक्ष असर गर्नेछ । विशेषगरी टिनएजका मानिसमा देखिने समस्या हो यो । पछिल्लो सर्वेक्षणले बेडरुममा स्मार्टफोन प्रयोग नगर्नेहरुले मिठो निन्द्रा निदाउन सक्ने जनाएको छ ।

तपाईले अचम्मलाग्दो उपन्यास पढ्दा पढ्दै निदाउन सक्नुहुन्छ भने राम्रो विषय हो । तर केही उपन्यास विषेशगरी थ्रिलर, इमोशन र विचारोत्तेजक सामाग्रीहरु समेटिएका उपन्यासले त्यसैमा सोच्न बाध्य बनाउन सक्छ । जसका कारण तपाईले आनन्द पाउनुको सट्टा त्यसैमा डुबेर आफ्नो निन्द्रा गुमाउन सक्नुहुन्छ ।

भिटामिनको सेवन गर्नु नराम्रो नहोला । तपाईको शरिरले भिटामिन सेवनबाट पर्याप्त फाइदा लिइरहेको हुनसक्छ । तर तपाईको प्राकृतिक रुपमा सुत्नेचक्रलाई यसले असर गर्नसक्छ । बरु तपाईले सुत्नका लागि र विभिन्न तनाव हटाउन ध्यानको सहायता लिदाँ राम्रो होला ।

www.ratopati.com
काठमाण्डु, १८ असोज– झण्डै एक साता नेपालमा चलखेल गरेर दिल्ली पुगेका भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारी एबी माथुर प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा फेरि काठमाण्डु आएका छन् ।

नेपालको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजलाई ‘ब्रिफिङ’ गरेर पुनः नेपाल फर्केका हुन् ।
उच्च स्रोतका अनुसार मोदीसहित भारतीय अधिकारीले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीलाई हुन नदिने ‘टास्क’ सुम्मिएर माथुरलाई दोश्रोपटक नेपाल पठाएका हुन् ।
बहुमतीय प्रधानमन्त्री चयन नहुँदासम्म माथुर काठमाण्डुमा डेरा जमाएर बस्नेछन् । माथुर काठमाण्डुमा रहेकोबारे कमै मात्र राजनीतिक नेतृत्व र सुरक्षा अधिकारी जानकारी छन् ।
नेपालको जासुसी संयन्त्रले समेत माथुर नेपाल आएको दुई दिनपछि मात्र चाल पाएको थिथो । राजधानीको एक पाँच तारे होटलमा बसेर राजनीतिक चलखेल गरिरहेका छन् ।
माथुरले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, हालै एमाओवादी छाडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई तथा मधेसवादी नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र विजयकुमार गच्छदारलाई बारम्बार भेट्ने गरेका छन् ।
अघिल्लो पटकको बेनाप बसाइमा माथुरले सबै नेतालाई प्रधानमन्त्री बनाइदिने भन्दै लोभ्याउन खोजेका थिए ।
तर शेरबहादुर देउवाबाहेक दिल्लीको ‘फुटाऊ र राज गरको चालबाजी’ बुझेका नेताहरु कोही पनि उनको झुठो आश्वासनका पछि लागेनन् ।
यो पटक भने उनी मधेस मुद्धालाई दिल्लीको चाहनाअनुसार सम्बोधन गराउने र आफू अनुकुलको प्रधानमन्त्री नियुक्ति गराउन प्रयासरत छन् । कतिपय नेतासँग उनले केपी ओलीलाई कुनै हालतमा प्रधानमन्त्री बन्न नदिने प्रष्ट बताउन थालेका छन् ।
kathmandutoday.com
मधेसको एक इन्च भूमि पहाडलाई नदिने
राजविराज : द्वापर युगमा रामले तीर धनुषको सहायताले रावणको संहार गरी हरण भएकी धर्मपत्नी सीतालाई फर्काएझैँ आफ्नो अधिकार फिर्ता गर्ने भन्दै मधेसी मोर्चा सप्तरीले राजविराजमा सोमबार तीर धनुष प्रदर्शन गरेको छ ।

मोर्चाले मधेस र मधेसीको अधिकार हरण भएकोले फिर्ता गर्न सरकारको हतियारविरुद्ध तीर धनुष उठाएको बताए । जिल्लाको विभिन्न गाउँबाट आएका बालकदेखि बृद्धसम्म सबैले हातमा तीर धनुष बोकेका थिए ।


स्थानीय शिव मन्दिरबाट तीर धनुषसहित निस्किएको जुलुस राजविराज नगर परिक्रमा गरी सहिद दशन चोकमा विरोधसभामा परिणत भएको थियो ।

विरोधसभामा वक्ताहरुले तीन दलका शीर्ष नेताहरुलाई रावणको संज्ञा दिदै जारी आन्दोलन आरपारको रहेको बताए ।

मोर्चाका संयोजक रामपृत यादवको अध्यक्षतामा भएको विरोध सभामा नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी, सदभावना पार्टीका दिनेश यादव, तमलोपाका रन्जित झा, रामसपा भुपेन्द्र यादव, फोरम लोकतान्त्रिकका उमेश साह, नेकपा माओवादी मात्रृका समूहका भगवती यादवलगायतले मधेसको एक इन्च भुमि पनि पहाडमा गाभिन नदिने जिकिर गरे ।

केपी ओलीलगायत ठूला दलका शीर्ष नेताप्रति खनिएका उनीहरुले मधेशमा आउन चुनौती दिदै मधेशी नेताहरुलाई कुनै पनि हालतमा नझुक्न आग्रह गरे ।
annapurnapost.com
साधु र प्रहरीको झडपमा गोली चलेपछि कर्फ्यू

एजेन्सी : साधु-सन्तको प्रतिकार यात्राका भएको हिंसक झडपले भारतीय प्रधामनमन्त्री नरेन्द्र मोदीको चुनाव क्षेत्र बाराणसीमा बबाल मच्चिएको छ ।

सोमबार दिउँसो भएको झडपले हिंस्रक रूप लिएपछि पुलिसले वाराणसी शहरका चारवटा पुलिस स्टेशन अन्तर्गतका पूरै इलाकामा कर्फ्यू लगाइदिएको छ ।

कर्फ्यू लगाइएका पुलिस स्टेशनमा कोतवाली, दशाश्वमेध, लक्सा र चौक रहेका छन् । गोदौलिया, गिर्जाघर, चौक, दशाश्‍वमेधघाट मार्ग, मदनपुर र बाँस फाटक जस्ता इलाकामा प्रहरी तैनाथ गरी मानिसलार्इ प्रवेशमा रोक लगाइएको छ ।

पुलिसले शहरका मानिसलार्इ घरबाट निस्कन प्रतिबन्ध लगाएको छ ।  पुलिस र प्रदर्शनकारीबीच सोमबार रातिसम्म ढुंगामुढा र गोलीबारी गर्ने क्रम जारी छ ।

यस क्रममा साधु-सन्तसहित एक दर्जन बढी प्रहरी घाइते भएका छन् । भीडन्तको समाचार संकलनका क्रममा केही पत्रकार पन घाइते हुन पुगेका छन्।

मूर्ति विसर्जनका क्रममा भएको लाठीचार्जको विरोध

केही दिनअघि मूर्ति विसर्जनका क्रममा भएको लाठीचार्जको विरोधमा सोमबार प्रतिकार यात्रा निकालिएको थियो । यो यात्रामा हजाराैं मानिस सहभागी भएका थिए ।

जुलुसका सहभागीहरू गोदौलिया पुग्नेवित्तिकै केही व्यक्तिहरूले पुलिसमाथि ढुंगा बर्साएपछि दंगा शुरू भएको हो । प्रदर्शनकारीले पुलिसको जीप र ४ वटा मोटरसाइकल पनि जलाइदिएका छन् ।

प्रदर्शनले उग्ररूप लिएपछि पुलिसले लाठीचार्ज गरेको थियो । यस क्रममा भीड नियन्त्रण गर्न पुलिसले दिनभर अश्रु ग्यास रबरको गोली फायर गरेको थियो ।

भीडन्तपछि पुलिसले १२ जनाबढी प्रदर्शनकारीलार्इ नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जालमाथि प्रशासनको निगरानी

बाराणसीका पुलिस कमिश्नर नितिन रमेश गोकर्णले बताए अनुसार यात्राका क्रममा असामाजिक तत्वले  शान्ति र कानुन-व्यवस्था बिगार्ने कोशिश गरेका थिए ।

उनका अनुसार शहरमा अमनचैन बनाइराख्नका लागि कर्फ्यू लगाइएको छ । उनले शहरवासीलार्इ कुनै पनि प्रकारको अफवाहमा नलाग्न अपिल गरेका छन् ।



उनले अहिले बाराणसीको परिस्थिति प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिएका छन् । प्रहरीले प्रदर्शनपछि सामाजिक सञ्जाल, वेबसाइट, व्‍हाट्सएप र फेसबुकमा कडा निगरानी राखिरहेको छ ।

यदि यी माध्यमबाट कुनै पनि प्रकारको गलत सूचना या अफवाह फैलाएको पाइएमा त्यस्ता मानिसविरूद्ध मुद्दा चलाइने चेतावनी प्रहरीले दिएको छ ।

प्रतिकार यात्रामा देशभरका साधु-सन्त
प्रतिकार यात्रामा भारतभरका साधु-सन्तका साथै साध्वी प्राची र चक्रपाणि महाराज पनि सहभागी भएका थिए ।

यस क्रममा विश्व हिन्दु परिषद्का साध्वी प्राचीले प्रशासनले मूर्ति विसर्जन घटनाबारे समाधानको कुनै विकल्प ननिकालेको बताए । उनले जबसम्म मुख्यमन्त्री अखिलेश यादव स्वयम् साधु-सन्तमाथि भएको लाठीचार्जबारे माफी माग्दैनन्न तबसम्म आन्दोलन जारी रहने बताए ।



दादरी मामिलालार्इ लिएर उनले भने, 'एक तर्फ काशीमा सन्तमाथि लाठी बर्साइन्छ, अर्कातिर मूख्यमन्त्री गार्इ काट्नेलार्इ ४५ लाख रूपैयाँ दिन्छन् ।'

चक्रपाणिले भने- गोली खान काशी आएँ
चक्रपाणि महराजले सबै साधु सन्त मोदी सरकारबाट गोली खान काशी आएको प्रतिक्रिया दिए । अयोध्या, मथुरा, दिल्ली र महाराष्ट्रबाट पनि साधुहरू आन्दोलन चर्काउन काशीमा जम्मा भएका छन् ।

समाचार अनुसार यो प्रतिकार यात्रा वाराणसी विद्यामठका स्वामी अभिमुक्तेश्वरानन्दको अपिलमा निकालिएको हो ।

प्रतिकार यात्रा वाराणसीको टाउनहलबाट मैदागिन चौराहाबाट अघि बढेर चौक र गोदौलिया चौराहाबाट दशाश्वमेध घाटसम्म गएको थियो । अभिमुक्तेश्वरानन्द वाराणसीको विद्यामठका स्वामी तथा स्‍वामी स्‍वारूपानन्दका मूख्य चेला हुन् ।

www.annapurnapost.com

भारतीय जनता पार्टीको बैठकमा मोदी
काठमाडौं, १८ असोज । नेपालमा नाकाबन्दी लगाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ठूलो संकटमा फसेका छन् ।
नेपालको संविधानमा असन्तुष्टि जनाएर संशोधन गर्न सुझाव दिने मोदी आफ्नो गृहनगर गुजरातमा भड्किएको हिंसा रोक्न असफल हुने चिन्ताले पद नै शंकटमा परेको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।

गुजरातमा भड्किएको हिंसाकै कारण मोदीका एक नेताको उनको घर नजिकै हत्या भएको छ । स्थानीय युवाहरुले भारतीय जनता पार्टीका महामन्त्री ४५ वर्षीय कपूरचन्द ठाकरेलाई कुटेर हत्या गरेको समाचारमा जनाइएको छ ।
मध्यराति दुई युवाको कुटपिटबाट घाइते ठाकरेको आइतबार उपचारका क्रममा नागपुरको निजी अस्पतालमा मृत्यु भएको थियो । यो घटनापछि गुजरातको सिवनीको जिल्लाको बरघाट सहर तनावग्रस्त बनेको छ ।
आफ्ना नेताको हत्या भएपछि सिवनी जिल्लाका गाउँ गाउँबाट कार्यकर्ता बरघाट पुगेर प्रदर्शनमा उत्रिएका छन् । आक्रोशित कार्यकर्ताले सिवनी जिल्ला कलेक्टरको कारमा तोडफ़ोड गरेर जलाइदिएका छन् । स्थिती नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले बरघाट बजारमा सोमबार बेलुकादेखि अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ ।

नेताको हत्यापछि बारघाटमा प्रदर्शन गर्दै कार्यकर्ता
बरघाट पुलिस थाना प्रमुख गनपत सिंहले बरघाटदेखि उत्तर-दक्षिण, पूर्व पश्चिममा २२ किलोमिटर दुरीमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको बताए । आफ्ना नेताको हत्या भएपछि आक्रोशित कार्यकर्ताले सडकमा उत्रिएर सोमबार साँझै बरघाट नगरको पुरै बजार बन्द गराएका थिए ।
सिवनी जिल्लाका प्रहरी प्रमुख अधिक्षक आरपी सिंहले भाजपा महामन्त्री ठाकरेको हत्यामा संलग्न दुई युवालाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । र स्थिती सामान्य बनाउन सार्वजनिक आम नागरिकलाई सार्वजनिक रुपमै प्रशासनले अपील गरेको बताए ।
यो विषयमा मोदी केही बोलेका छैनन् । यसअघि पनि गुजरातमा पटेल समुदायले आन्दोलन गरेको थियो । जसका अगाडि मोदी सरकार झुकेको थियो । (एजेन्सीको सहयोगमा)

नेताको हत्यापछि बारघाटमा प्रदर्शन गर्दै कार्यकर्ता
dainiknepal.com
काठमाडौँ, १८ असोज । अषोघित नाकाबन्दी नेपाललाई दुःख दिइरहेको भारतलाई अब अर्काे झट्का लाग्ने भएको छ ।

नेपाल र चीन सरकारको पहलमा दुई वटा चिनियाँ नाका खोल्ने तयारी अन्तिम चरणमा पुगिसकेकाले अब भारतीय नाकाबन्दीसँग जुध्न सकिने र आपूर्ति सहज हुने भएको हो । सोमबार वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग जोडिएका खासा र केरुङ नाका केही दिनमा सुचारु हुने जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता ध्रुव घिमिरेबाट जारी गरिएको विज्ञप्तिमा भूकम्पका कारण बन्द भएका उक्त नाका खुलाउन हरसम्भव प्रयास भइरहेको तथा त्यहाँबाट उपभोग्य बस्तुको पैठारीका लागि कूटनीतिकस्तरमा पहलसमेत भइरहेको उल्लेख छ ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई नियमित गर्नका लागि प्रयत्न गरिरहेको अहिलेको अवस्थामा केही सञ्चारमाध्यममा सरकारले चीनबाट पेट्रोलियम पदार्थको आयात गर्न नदिएको भन्ने समाचार आएकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

ग्यासलगायत अत्यावश्यक इन्धनको विकल्प चाँडो खोज्न माग

ग्यास बिक्रेता महासङ्घ नेपालले ग्याँसलगायत अत्यावश्यक इन्धनको विकल्प चाँडो खोज्न सरकारसँग माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतले गरेको अघोषित नाकाबन्दीका कारण लामो समयदेखि ग्याँस आयात हुन नसकेकाले अधिकांश उपभोक्ता अहिले मारमा परेको हुँदा इन्धन ल्याउनका लागि तेस्रो मुलुकसँग प्रक्रिया सुरु गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष निर्मला श्रेष्ठले दसैँ, तिहारलगायत महत्वपूर्ण पर्व नजिकिँदै गरेको अहिलेको अवस्थामा बजारमा ग्याँसको अभाव देखा परेकाले सरकारले आवश्यक उपाय तथा अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

देशभर प्रतिमहिना व्यापारिक र उपभोक्ता क्षेत्रमा गरी करिब १२ लाख सिलिन्डरको प्रयोग हुने गरेको बताइएको छ । रासस  dainiknepal.com
सुशीलले भने, गलत हल्ला फैलाइयो

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले सोमबार बोलाएको सर्वदलीय बैठकमा संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने बारेमा भद्र सहमति भएको खुलासा भएको छ।

बैठकमा सहभागी अन्य दलका नेताहरुले तीन दलबीचको भद्र सहमतिबारे वास्तविकता के हो भन्दै निरन्तर चासो राखेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमालेलाई सरकारको नेतृत्व दिने समझदारी भएको खुलासा गरेको बैठकमा सहभागी एक नेताले बताए। प्रचण्डले ती दलका तीन शीर्ष नेताहरुबीच त्यस्तो भद्र सहमति बनेको र त्यो समझदारी हुँदा विजय गच्छदार र बाबुराम भट्टराईसमेत उपस्थित रहेको स्पष्ट पार्दै त्यसमा प्रधानमन्त्री पनि प्रतिवद्ध रहेको बताएका थिए।


दाहालले तीन दल मिलेर जारी गरेको संविधानको कार्यान्वयन तीन दल मिलेर गर्नुपर्ने बताउँदै कम्तीमा तीन वर्षमा मुख्य तीन दलबीचको एकता अपरिहार्य रहेकोमा जोड दिएका थिए। बैठकमा साना दलका नेताहरुले कुर्सीका लागि झगडा नगर्न र संविधानको कार्यन्वयन तथा सरकार गठनमा तीन दल मिलेर अघि बढ्न सुझाव दिएका थिए। संसद्‍मा रहेका ३१ दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा सहमतीय सरकार गठन प्रयासबारे पनि छलफल भएको थियो।

स्रोतका अनुसार बैठकमा सहभागी दलका प्रतिनिधिहरुले कोइराला फेरि प्रधानमन्त्री हुन चाहेको हो भनी बाहिर आएको चर्चाबारे जिज्ञासा राख्दा कोइरालाले आफ्नो बारेमा गलत हल्ला फैलाइएको भन्दै आक्रोश पोखेका थिए। उनले आफू विगतमा भएका सहमतिप्रति प्रतिवद्ध रहेको बताएका थिए।

कोइरालाले भद्र सहमति भएको हैन भनेर आफूले कतै नभनेको स्पष्ट पार्दै कोइरालाले यसबारेमा पार्टीमा छलफल भएर निर्णय लिने बताएका थिए। उनले संविधान जारी भएपछि उत्पन्न अहसज परिस्थितिलाई सहज बनाउन आफूले अन्तिम क्षणसम्म पनि प्रयास जारी राखेको बताएका थिए।

बैठकमा कम बोलेका एमाले अध्यक्ष केपी ओलीले विगतमा भएको सहमतिप्रति तीनै दलको शीर्ष नेतृत्वको प्रतिवद्धतामाथि आफूलाई शंका नरहेको बताएका थिए। उनले संविधानलाई असफल बनाउन सत्ताको हतियार प्रयोग गरेर तीन दलको एकता टुटाउने षडयन्त्र भइरहेको बताउँदै यसमा तीन दल सचेत हुनुपर्ने र संविधानको कार्यान्वयन मिलेर गर्नुपर्ने बताए।

सबै दललाई समेटेर सर्वदलीय सरकार गठन गर्न सम्भव नदेखिएपछि मुख्य तीन दलहरुबीच सहमति जुटाएर बहुमतीय सरकार गठन गर्ने गृहकार्य सुरु भएको छ। एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरिसकेको छ।

दोस्रो संविधानसभाको निर्वाचनपछि २०७० माघ २६ गते कांग्रेस एमालेबीच भएको सात बुँदे सहमति गर्दा पनि संविधान जारी भएपछि सरकारको नेतृत्व एमालेलाई दिने भद्र समझदारी भएको कुरा सार्वजनिक भएको थियो।

संविधान निर्माणबारे कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच भएको १६ बुँदे सहमति हुँदा पनि संविधानपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएको नेताहरुले बताउँदै आएका छन्।

सर्वदलीय बैठकमा सहमतीय सरकार, अघोषित नाकाबन्दी र तराई मधेसको आन्दोलनबारे छलफल भएको थियो। अघोषित नाकाबन्दीलाई पूर्ण रुपमा खुलाउन उच्चस्तरमा कुटनीतिक पहल गर्न सरकारलाई सुझाव दिएको छ।
www.annapurnapost.com
सोमबार, १८ असोज
दाङ । थरुहट–थारुवान संघर्ष समिति दाङले राजमार्ग बन्दको कार्यक्रम फिर्ता लिएको छ । संघर्ष समितिले अब विभिन्न स्थानमा जनसभा र जनजागरणको कार्यक्रम गर्ने बताएको छ ।
साउन अन्तिम साताबाट सुरु भएको संघर्षको कार्यक्रम विगत एक साता देखि राजमार्ग बन्द गराउने तर्फ उन्मुख भएको थियो ।
संघर्ष समितिले सोमबार विज्ञप्ती जारी गर्दै अबदेखि सडक बन्न नगर्ने बताउको हो । संघर्ष समिति दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले आन्दोलनको स्वरुप परिवर्तन भएको बताए ।
उनले बन्दका कारण सर्वसाधारणलाई असर परेकोमा माफी समेत मागेका छन् ।
उनले सरकार वार्ताकालागि सकारात्मक भएकाले आन्दोलनको स्वरुप फेरिएको बताएका छन् ।
www.nepalsandesh.com
सुनसरी, १८ असोज । नाकाबन्दी गरेर नेपालीलाई दुःख दिइरहेको भारतले सीमा क्षेत्रका नागरिकलाई धम्की दिन थालेको छ ।
भारतसँग सीमा जोडिएका नेपाली गाउँहरुमा पस्दै भारतीय नेता कार्यकर्ताले तराई मधेसमा चलिरहेको मधेस आन्दोलनमा सहभागी नभए घरभित्रै आक्रमण गर्ने धम्की दिएका हुन् ।
आइतबार राति भारतका नेपाली गाउँमा पसेको एक टोलीले एमाले नेता महेश्वर यादवको खेत बाली नष्ट गरिदिएका छन् । उनीहरुले आन्दोलनमा सहभागी हुन समेत गाउँभरी उर्दी जारी गरेका छन् ।

भारतमा खाना खाँदै मधेसी मोर्चाका नेता कार्यकर्ता
भारतको विहार राज्यको अररिया जिल्लाका भारतीय नागरिकहरु नेपालको सुनसरीको दक्षिणी क्षेत्रका गाउँमा छिरेर नेपालीलाई धम्क्याएका हुन् । भारतीयको धम्कीपछि सर्वसाधारण त्रसित भएका छन् ।
भारतबाट नेपाली सीमा गाउँहरुमा पसेर मधेस आन्दोलनमा उपस्थित नहुनेहरुका घरमा आक्रमण गर्ने र बालीनाली मासिदिने धम्की भारतीयहरुले दिएको सुनसरीका एमाले नेता महेश्वर यादवले बताउनुभयो । उहाँले भन्नुभयो- ‘राति राति पारीबाट आएर हामीहरुलाई आन्दोलनमा नआए हातखुट्टा भाँचिदिने सम्मको धम्की दिएका छन् । धम्की दिएपछि गाउँभरी स्थानीय दाजुभाई त्रसित छन् ।’
यस विषयमा प्रहरीले भने कुनै जानकारी नआएको जनाएको छ । यसअघि भारतीयहरुले आन्दोलनमा सहभागी नभएको भन्दै एमाले नेता यादवको खेतमा लगाइएका दुई सय रुख काटिदिएका थिए ।
dainiknepal.com
काठमाडौं । सशस्त्र प्रहरीमा एक डीआइजीको यौनकाण्डका कारण महानिरीक्षक कोषराज वन्त यतिखेर निकै तनावमा छन् ।
क्षेत्रीय कार्यालय पोखराका डिआइजी जानकीराम भट्टराई त्यहीं कार्यरत एक महिला प्रहरीसँग यौन सम्पर्क राखेको तथ्य खुलेसँगै उनीमाथि कारवाहीको लागि दबाब परेपछि वन्त तनावमा परेका हुन् ।
पोखरा गएको एक वर्ष पनि नभइकन उनले महिला प्रहरीमाथि यौन सम्पर्क गरेको र प्रहरी कार्यालय कास्कीमा उजुरीसमेत परेपछि भट्टराईलाई कारवाही गर्ने की स्पष्टीकरणमात्र सोध्ने भन्ने दोधारमा वन्त परेका छन् । पूर्व महानिरीक्षक वासुदेव ओलीको समयमा पनि भट्टराई यौनकाण्डमा मुछिएका थिए । त्यतिबेला उनी एसपी थिए । आजको तरुण साप्ताहिकमा खबर छ ।
dainiknepal.com
श्रीनर (भारत), १८ असोज । भारत र पाकिस्तान सीमा क्षेत्रमा संदिग्ध विद्रोहीद्वारा काश्मिरमा तीनजना भारतीय सैनिकको गोली हानी हत्या गरेका छन् ।
भारत प्रशासित काश्मिरी क्षेत्रमा रातभरी गरिएको गोली प्रहारमा परी तीन भारतीय सेनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
भारतीय सेनाका एकजना प्रवक्ताले सोमबार सो जानकारी दिएको बताइएको छ । उत्तरपश्चिमी प्रमुख सहर श्रीनगरबाट १४० किलोमिटर टाढा पर्ने हफ्रुदा जङ्गलमा आफ्ना सहकर्मीहरुले ती तीन सैनिकको शव फेला पारेका जनाइएको छ ।
विद्रोहीले गरेको गोली प्रहारमा तीन सैनिकको मृत्यु भएको सैनिक प्रवक्ता एन.एन जोसीले एएफपी समाचार समितिलाई बताएका छन् । जोसीका अनुसार लोलाब मैदान नजिकैमा आतङ्ककारी र सेनाबीच भएको मुठभेडमा आतङ्ककारीहरु पनि मारिएका भारतीय सेनाले जनाएको छ ।
तर मारिने आतङ्ककारी के कतिजना छन् भन्ने बारेमा भने केही पनि खुलाइएको छैन । रासस/एएफपी
dainiknepal.com
गुल्मी–गुल्मी सदरमुकाम तम्घास नजिकै यात्रुवस दुर्घटना भएको छ । वुटवलबाट तम्घास तर्फआउँदै गरेको लु १ ख ४१६१ नम्वरको वस सोमबार दिउँसो उर्लेनीको बिश्वकर्मा मन्दिर नजिकै घुम्तीमा दुर्घटना हुँदा ५ जनाको घटना स्थलमैं मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक नाबालक रहेका छन् । नाबालकसँगै यात्रारत उनीकी आमा भने गम्भीर घाइते भएकी छन् । स्थानीय खुमबहादुर खत्रीका अनुसार बालक घाइते आमाको काँखमा मृत फेला परेका थिए । प्रत्यक्षदर्शी खत्रीले बस तिव्र गतीमा रहेको र अनियन्त्रित भएर सडकबाट खसेको बताए । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक रामप्रसाद पौड्यालका अनुसार मृत्यु हुनेमा तम्घासको भुजेलखर्क निवासी सडक विभागका सुपरभाईजर अन्दाजी ५० वर्षिय रोहित मरासीनी , भुजेलखर्ककै अन्दाजी २५ वर्षिय कर्णबहादुर चुँदारा , दुविचौरका ५० वर्षिय टामबहादुर बिश्वकर्मा रहेका छन् । नाबालक अर्का एकजनाको सनाखत हुन बाँकी रहेको छ । पौड्यालले घटनामा १९ जना घम्भीर घाईते भएको जानकारी दिए । उनिहरुलाई उपचारका लागि तम्घास पठाइएको छ । प्रहरीले पनि दुर्घटना तीब्र गतिकै कारण भएको अनुमान गरेको छ । घाइतेहरुका अनुसार तीब्र गतिमा रहेको बसका चालकलाई आफूहरुले विस्तारै चलाउन भनेपनि दुई वजे तम्घास पुग्नै पर्ने भन्दै मानेका थिएनन् । www.ratopati.com
सोमबार, १८ असोज

काठमाडौं । नेपालमाथि लगाएको अघोषित नाकाबन्दी हटाएको घोषणा गरेको भारतले दुई दिन नबित्दै बोली फेरेको छ ।
भारतले नेपालको संविधान संशोधन नभएसम्म नाकाबन्दी नहटाउने चेतावनी दिएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भएको छलफलमा भारतीय विदेश मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
भेटवार्ताका क्रममा भारतले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने कुराको पनि विरोध गरेको छ ।
राजदूत उपाध्यायले आइतबारमात्रै आफूहरुलाई भित्तामा पु¥याउने कोशिस भए अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन बाध्य हुने बताएका थिए ।
सो कुराप्रति भारतीय विदेश मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले शीर्ष नेतृत्वको आदेश भन्दै तत्काल नाकाबन्दी नहटाउने चेतावनी दिएको हो ।
यो सँगै भारतले नेपालमाथि थप संकट खडा गर्न खोजेको प्रष्टिएको छ । भारतले आफू पनि पेट्रोलियम पदार्थ नदिने र अन्यत्रबाट ल्याउन पनि नदिने दोहोरो रणनीति लिएको देखिएको हो ।
www.nepalsandesh.com
वीरगन्ज, १८ असोज । मुलुककै प्रमुख भन्सार नाका वीरगन्जवाट आज पनि आयात निर्यात ठप्प रहेको छ ।
यो नाका सञ्चालन नभएसम्म मुलुकमा इन्धनको आपूर्ति सहज हुने सम्भावना न्यून देखिएको छ । मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल डिजेल यही नाका भएर भित्रिने गरेका छन् ।
त्यस्तै खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको नेपाल आयल निगम अमलेखगन्ज डिपोले जनाएको छ । डिपोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानका लागि आवश्यक पर्ने इन्धन पनि रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोबाट मात्र आपूर्ति हुँदै आएको छ ।
पोखरा, सिमरा र जनकपुरका विमानस्थलमा चाहिने हवाई इन्धन पनि यही नाका भएर आपूर्ति हुने गरेको छ । काठमाडौँको आवश्यकतालाई धान्ने सम्पूर्ण इन्धन यही नाका भएर आपूर्ति हुने गरेको छ । तर नाका बन्दका कारण सीमावर्ती रक्सौल डिपोबाट इन्धन ढुवानी हुन नसक्दा काठमाडौँलगायत सिङ्गो मुलुकको जनजीवन प्रभावित भएको छ ।
नेपाल–भारत द्विपक्षीय भन्सार अधिकारीबीच वार्ता भएपछि आइतबार साँझदेखि विराटनगर–जोगवनी भन्सार नाका सञ्चालन भए पनि सबैभन्दा बढी इन्धन भित्रिने वीरगन्ज रक्सौल नाका आज पनि सञ्चालन हुन सकेको छैन । विगत ११ दिन दिनयताको नाकाबन्दीले दुई हजारभन्दा बढी मालवाहक ट्रक सुरक्षा जाँच नभएकै अवस्थामा सीमावर्ती भारतीय सहर रक्सौलतर्फ अड्किएका छन् ।
इन्धन आपूर्ति सहज बनाउनका लागि छलफल गर्न रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको कार्यालयतर्फ जानेक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रका प्रमुख अशोक साहलाई नेपाल भारत सीमामा पर्ने मितेरी पुलबाट आफ्नो नियन्त्रणमा लिई केही बेर धर्नामा बसाएर छोडिएको छ ।
ना.३ प ७१६६ नम्बरको मोटरसाइकलमा चढेर एक सहयोगीसहित रक्सौलस्थित आइओसीका पदाधिकारीसँग छलफलका लागि जाने क्रममा आफूलाई नियन्त्रणमा लिई जबर्जस्ती धर्नामा बसाएको केन्द्र प्रमुख साहले बताउनुभयो ।
भारतबाट इन्धन ढुवानी गरेर काठमाडौँ पठाउन खाजेकाले प्रमुख साहलाई सम्मानपूर्वक धर्नामा बसाएर केही बेरपछि छोडिएको मोर्चाका नेता प्रदीप यादवले बताउनुभयो । नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै आन्दोलनकारी धर्नामा बसेपछि यस नाकावाट विगत ११ दिनदेखि आयात निर्यात ठप्प रहेको छ ।
मधेस केन्द्रित राजनीतिक दलको नाका ठप्प पार्ने आह्वानसँगै असोज ७ गतेदेखि मितेरी पुलमै आन्दोलनकारीले धर्नामा बसेको कारण उद्योगजन्य कच्चापदार्थ र इन्धन लगायतका कुनै पनि मालवाहक गाडी नेपाल भित्रिन पाएको छैन ।
बन्दका कारण सीमावर्ती भारतीय सहर रक्सौलतिर औद्योगिक कच्चापदार्थ बोकेका ट्रक तथा कन्टेनर, इन्धन र ग्यास बोकेको बुलेट तथा दैनिक उपभोग्य वस्तु बोकेका ट्रकको लाइन २०÷२२ किलोमिटरसम्म पुगिसकेको छ । बन्दले ६०० भन्दा बढी खाना पकाउने एलपीजी ग्यास बोकेको बुलेट पनि सीमावर्ती भारतीय सहर रक्सौलदेखि १० किलोमिटर टाढा लक्ष्मीपुरमा थन्किएको अवस्थामा रहेको छ ।
“इन्धन भर्न वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल पुगेकामध्ये ६३ वटा ट्याङ्कर सीमामा जारी अवरोधका कारण नेपाल भित्रिन सकेको छैन्,” नेपाल आयल निगम अमलेखगन्ज डिपोका क्षेत्रीय प्रमुख भानु खनालले भन्नुभयो– “आन्दोलनकारीले नेपाल भारत सीमामा अवरोध गर्नुअघिसम्म रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी)को डिपोमा इन्धन भर्न पुगेका २०० ट्याङ्करमध्ये ६३ वटा ट्याङ्कर रक्सौलमै अड्किएको छ ।”
प्रमुख खनालका अनुसार सामान्य अवस्थामा यो नाकाबाट दैनिक ६०० केएल पेट्रोल, ५०० हवाई इन्धन र एक हजार ६०० देखि एक हजार ८०० केएल डिजेल नेपाल भित्रिने गरेका थिए । तीमध्ये अधिकांश इन्धन काठमाडौँ पु¥याउँदै आएको छ ।
यसअघि बन्दका कारण सुरक्षा स्कर्टिङ्गमा दैनिक पेट्रोलियम पदार्थसहित ८०÷९० वटा मालवाहक गाडी यहाँबाट निस्कने गर्दथ्यो तर आन्दोलनकारीले सीमामा पर्ने मितेरी पुलमै धर्नामा बस्न थालेपछि यस नाकाबाट हुने आयात निर्यात पूर्ण रुपमा ठप्प भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशीलप्रसाद शर्माले बताउनुभयो ।
नाका ठप्प हुँदा मुलुककै सर्वाधिक राजस्व सङ्कलन गर्ने यो भन्सारको राजस्व असुलीसमेत गम्भीर रुपमा प्रभावित भएको छ । सामान्य अवस्थामा दैनिक रु ३० करोड राजस्व असुली गर्ने यो भन्सार नाकाबाट अहिले सरदर दैनिक रु सात लाख राजस्व असुली मात्र भइरहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै ५१ दिनदेखिको जारी बन्द र हडतालले गन्तव्यसम्म जान नपाएपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आयातीत सामान ठूलो परिमाणमा थन्किएका छन् । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एक मात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालवाहक रेलमार्फत आइपुगेका सामान बन्दका कारण गन्तव्यसम्म जान नपाएपछि थन्किएका हुन् । विगत डेढ सातादेखि यो बन्दरगाहबाट निकासी पूर्ण रुपमा ठप्प भएको हो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार अहिले बन्दरगाह परिसरमा एक लाख ५० हजार मेट्रिक टनभन्दा बढी सामान थन्किएका छन् । यसरी थुप्रिएका मालवस्तुमा फलाम उद्योगका लागि आवश्यक पर्ने कच्चापदार्थ, बोराबन्द सामान र कन्टेनर रहेका छन् ।
“सामान गन्तव्यसम्म जान नसकेपछि बन्दरगाह परिसरमै थन्किएका छन्”, बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले भन्नुभयो– “आयातीत मालसामानले बन्दरगाह परिसर भरिएका छन्, अब भित्रिने मालसामान राख्नका लागि खाली ठाउँ छैन ।”
“दैनिक रु पाँच करोड राजस्व सङ्कलन गर्ने यो बन्दरगाहमा भारतबाट आएक कन्टेनर फिर्ता जान नसक्दा दैनिक रु एक करोड अतिरिक्त घाटा व्यहोर्नुपरेको छ” सुक्खा बन्दरगाह कार्यालयका भन्सार प्रमुख देवी भण्डारीले बताउनुभयो । रासस
dainiknepal.com
काठमाडौं । नयाँ संविधान अनुसार संसद अधिवेशन सुरु भएको एक सातामा नयाँ प्रधानमन्त्री चयन हुनुपर्छ । दलहरुबीच यसअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको खबरहरु आएका थिए ।
तर दलहरुबीच भद्र सहमति भएको भनिएपनि सत्तारुढ नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले आफू फेरि प्रधानमन्त्री बन्ने चाहाना व्यक्त गरिसकेका छन् । यस अवस्थामा यसअघिको भद्र सहमति घाममा सुकाउने षढ्यन्त्रको तानाबान बुनिइसकेको खुट्याउन गाह्रो नपर्ला ।
सत्ताको नेतृत्व गरेपनि भारतले अहिले नेपालमाथि थोपरिरहेको नाकाबन्दीबारे एक शब्द पनि उच्चारण गरेको छैन । यसले शंका उब्जाइरहेको छ की कतैबाट ‘लड्डु’ को आश्वासन आइरहेको छैन ?
तीन दलबीच भएको सहमति भत्काउन र आफू अनुकुलको राष्ट्रपति र प्रधानमन्त्री बनाउँन भारत सुक्ष्म रुपमा लागि परेको स्रोत बताउँछ । यस्तो अवस्थामा भारतले आगामी प्रधानमन्त्रीमा वर्तमान प्रधानमन्त्री कोइराला र राष्ट्रपतिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अघि सारेको उच्च स्रोतले जनाएको छ ।
कोइरालाको विकल्पमा काँग्रेसकै वरिष्ठ नेता शेरबहादुर देउवालाई अघि सारिरहेको छ । यदी अहिले यो समिकरण मिलाउन सकेमा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमै सीमित हुनेछन् भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमिकाविहीन बन्नेछन् ।
यतिमात्रै होइन भारतको चाहाना अनुसार नेपालमा अस्थिरता मच्चाइरहन पनि कोइराला उपयुक्त पात्र भएको भारतको बुझाइछ । किनकी कोइरालाको पछिल्लो १८ महिने कार्यकाल विवादित नभएपनि कहिल्यै देश गतिशील बन्न सकेन ।
भारतको अहिलेको रणनीति तीन दलको सहमति भत्काएर ओलीलाई प्रधानमन्त्री बन्नुबाट रोक्नुमात्रै होइन एमाओवादीलाई अझै कमजोर बनाउनु पनि हुनेछ ।
किनकी एमाओवादीबाट वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बाहिरिइसकेको अवस्थामा प्रचण्डलाई राष्ट्रपति बनाएर भूमिकाविहीन अवस्थामा पुर्‍याउन सकियो भने एमाओवादी तत्काल नेपाली राजनीतिमा हावी हुनेछैन ।
यस्तै अहिले नेतृत्व नपाए एमाले सरकारमा जाने अवस्था रहने छैन त्यसो हुन सकेमा ओली प्रतिपक्षी दलको नेतामा सीमित हुनेछन् । नेपालमा संविधान निर्माणका लागि निर्णायक भूमिका निर्वाह गरेका प्रचण्ड र ओलीलाई फुटाउने र कमजोर बनाउने अनी भारतको दबदबा कायम राख्ने उनको पहिलो उद्देश्य हो ।
यदी अहिले तीन दललाई फुटाउन सकेमा भारत सत्ता राजनीतिमा खेल्नमात्रै पाउनेछैन भर्खरै जारी भएको संविधानको कार्यन्वयन पनि कमजोर हुनेछ । संविधान कार्यन्वयनका लागि तीन दलीय एकता आवश्यक रहेको तथ्यलाई नजरअन्दाज गरेर कुनै दलले पद लोलुपताको प्रदर्शन गरेमा देशका लागि घातक बन्ने निश्चित छ ।
www.nepalsandesh.com
इनरुवा : सुनसरीको सीमाना जोडिएको बिहारका भारतीयले तराई–मधेसमा जारी आन्दोलनमा सहभागी नभए घरैमा आएर आक्रमण गर्ने धम्की दिन थालेका छन् ।

विहार राज्यको अररिया जिल्लाका भारतीय नागरिकहरु सुनसरीको दक्षिणी क्षेत्रका गाउँमा छिरेर नेपाली नागरिकलाई धम्क्याउन थालेका हुन् ।

सुनसरीका दक्षिणी क्षेत्रका ग्रामीण बस्तीमा छिरेर भारतीयहरुले मधेस आन्दोलनमा सहभागी हुनउर्दी जारी गरेपछि सर्वसाधारण त्रसित भएको स्थानीय बासिन्दाले बताएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले आन्दोलनमा उपस्थित नहुनेहरुका घरमा आक्राणण गर्ने र बालीनाली मासिदिने धम्की दिन थालेपछि सर्वसाधारण थप आतंकित भएको सुनसरीको राजगञ्ज सिनवरी गाविस निवासी एमाले नेता महेश्वर यादवले जानकारी दिए ।

मोर्चाकाका कार्यकर्ताहरुले आन्दोलनमा समर्थन नगर्ने र संविधानको सवागत गर्नेहरुका बालीनाली तथा रुख काटिदिन थालेपछि राजगन्ज सिनवारीका सर्वसाधारण आतंकित भएका छन् ।

संविधान बनेपछि घरमा दीपावली गरी खुसियाली मनाएको रिसमा सुनसरीको राजगन्ज सिनुवारी गाविसका एमाले नेता महेश्वरप्रसाद यादवको जग्गाका दुई सय रुख मधेसी मोर्चाका कार्यकर्ताले काटिदिएपछि यस क्षेत्रका बासिन्दा आतंकित भएका छन् । nnapurnapost.com
लुम्बिनी (रुपन्देही), १८ असोज । नेपाल–भारत सिमाना बेलहिया नाकामा तनाव सिर्जना भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । अहिले बेलहिया नाकाको अवस्था तनावग्रस्त छ ।
आन्दोलनकारीले गुलेलीमा गुच्चा राखेर प्रहरीतर्फ प्रहार गर्दा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीसहित करिब दशजना प्रहरी घाइते भएका छन् । आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर पत्रकार शारदा मल्ल घाइते भएकी छिन् ।
मधेसी मोर्चाका कार्यकर्ता नाराबाजी गर्दै भारततर्फ लागेका छन् भने दुई–तीनजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले भारतीय भूमिबाट ढुङ्गा प्रहार गरिरहेका छन् । केही दिनयता अवरोध हटेको बेलहिया नाकामा आइतबारदेखि मोर्चाले फेरि अवरोध सिर्जना गरेको छ । रासस
dainiknepal.com
– दशरथ घिमिरे
देउखुरी, १८ असोज । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजमार्ग केन्द्रित बन्द हड्ताल आन्दोलन फिर्ता लिएको छ ।
बन्द, हड्ताल नगरी अबदेखि कोणसभा, आमसभा, अन्तरक्रिया, छलफल लगायत जनजागरण अभियान सञ्चालन गर्ने समेत जनाएको छ ।  आज वेलुकी ५ बजेदेखि स्थानीय यातायात, बजार, सरकारी तथा गैर सरकारी कार्यालय सहित सबै खुला गरिएको संयुक्त संघर्ष समितिका प्रवक्ता प्रकाश कुमार चौधरीले विज्ञप्ती निकालेर जानकारी दिनुभएको हो ।
एक साता देखी थरुहटले सरकारले आफूहरुको माग नसुनेको भन्दै राजमार्ग केन्द्रित आन्दोलन गर्दै आएको थियो । विज्ञप्तीमा आन्दोलनको स्वरुप परिवर्तन गर्दै बन्द, हड्ताल नगरी कोणसभा, आमसभा, अन्तरक्रिया, छलफल लगायत जनजागरण अभियान जारी राख्ने उल्लेख गरिएको छ ।
साथै हाल सम्म जारी आन्दोलनका क्रममा भएका असहजताप्रति क्षमा याचना गर्दै सहयोग गर्नेहरु प्रति धन्यवाद ज्ञापन गरिएको छ ।
गत साउन २७ गते देखी थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आम हड्ताल गर्दै आएको थियो ।
थारुहरुको बाहुल क्षेत्रलाई समेटेर अलग प्रदेश लगायत जातीय जनसंख्याको आधारमा हरेक निकायमा पूर्ण समानुपातिक समावेशीको सुनिश्चितताको माग गर्दै आएको छ ।

काठमाडौँ, १८ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।

घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,” अध्यक्ष गौतमले भन्नुभयो ।


फाइल तस्वीर

कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पार्नुभएको छ । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उहाँले जानकारी दिनुभयो ।

विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।

दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ ।

यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो ।

चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ ।

दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकाले झैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रुपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराउनुभएको छ । रासस

काठमाण्डु, १८ असोज भर्खरै दोलखामा भूकम्पको ठूलो पराकम्पन महसुस गरिएको छ । बैशाख १२ र २९ गतेयता सयौं पराकम्पन खेपेका दोलखालीले यो पटकको झड्का ठूलै महसुस गरेका थिए ।
पराकम्पनले घर र गाडीहरु हल्लाएको थियो । पराकम्पनको झड्कापछि सर्वसाधारण घर छाडेर आत्तिदै बाहिर निस्केका थिए । athmandutoday.com
काठमाडौँ  –प्रधानमन्त्री तथा काग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको वैठक बसेर भावी सरकारवारे ठोस धारणा बाहिर ल्याउने बताएका छन् । आज बिहान बसेको तीन दलको   वैठकमा प्रधानमन्त्री कोइरालाले यस्तो धारणा राखेका हुन् ।
सहमतियको सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गरेको तेस्रो दिन प्रधानमन्त्री कोइरालाले सर्बदलीय छलफल गर्नुअघि तीन दलको बैठकमा बोलाएका थिए ।

१६ बुँदे सहमति हुँदा भएको भद्र सहमति अनुसार काग्रेस अगाडि बढछ कि बढदैन भन्ने एमाले र एमाअ‍ोवादीको चासो रहदा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।

वैठकमा प्रधानमन्त्री कोइरालाले संविधान कार्यन्वयनका लागि प्रमुख दलहरुको सरकार गठन उपयुक्त हुने धारणा राख्दै यसविषयमा आफ्नो पार्टीले आन्तरिक छलफल गरेर ठोस धारणा बाहिर ल्याउने बताएको वैठकमा सहभागी एक नेताले बताए ।
वैठकमा एकीकृत माअ‍ोवादीका अध्यक्ष प्रचण्डले संविधान जारी गर्ने बेलाजस्तै कार्यन्वयनका लागि पनि दलहरुवीचको सहकार्य टुटन नहुने धारणा राखेका थिए ।

www.ratopati.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home