• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२ पुस, काठमाडौं ।

एमालेले केन्द्रीय विभागहरूको संख्या बढाएर ३१ पुर्‍याएको छ । एउटा विभागमा कम्तीमा २५ नेता सदस्य हुन्छन् । विभागहरूले पूर्णता पाउादा सात सय ७५ नेताले काम पाउँथे ।



तर, महाधिवेशन भएको १७ महिना बित्दा पनि विभागहरूलाई पूर्णता दिइएको छैन । पार्टीभित्र दुई खेमाको लडाइाका कारण सदस्यहरू नियुक्त हुन सकेका छैनन् । यद्यपि, विभागीय प्रमुखहरू भने तोकिएका छन् । सबैजसो विभागले सम्भावित सदस्यको नामावली संकलन गरेर राखेको छ । तर, नेताहरू ‘पर्ख र हेर’को रणनीतिमा छन् ।

१६ अञ्चल कमिटी पनि अझै अपूर्ण पार्टीको उपत्यका र प्रवाससहित १६ अञ्चल कमिटी छन् । तर, कसैले पनि पूर्णता पाएका छैनन् । अञ्चल कमिटीमा ६५ सम्म सदस्य रहन सक्ने व्यवस्था छ । यस हिसाबले अञ्चल कमिटीमा एक हजारभन्दा धेरै नेतालाई व्यवस्थापन गर्न सकिन्थ्यो ।

तर, अहिले स्वत: सदस्य हुने सम्बन्धित अञ्चलअन्तर्गतका जिल्ला अध्यक्षहरूको मात्र अञ्चल कमिटी छ । तत्काल अञ्चल कमिटीलाई पूर्णता दिने योजना नरहेको नेताहरू बताउाछन् । प्रान्तीय ढाँचाको व्यवस्थाअनुसार अञ्चल कमिटीको सट्टा एकैचोटि प्रान्तीय कमिटी गठन गर्ने तयारी भइरहेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।nepaliheadlines
काठमाडौं, २ पुस । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गर्न निगम सञ्चालक समितिले सरकारलाई सिफारिस गरेपनि शक्ति केन्द्रको पहुँचका कारण खड्कालाई चोख्याउन लागिएको छ ।
निगम सञ्चालक समितिको बैठकले खड्काले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नभको भन्दै थप कारबाही अगाडि बढाउन बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
खड्कालाई जोगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंक कार्की र आयुक्त दिप बस्नेत नै लागि परेको हुँदा सरकारले चाहेर पनि केही गर्न नसकेको अख्तियार स्रोत बताउँछ ।
खड्कालाई अख्तियारमा केशव भट्टराई सचिव हुँदा प्रमुख आयुक्त कार्कीसँग भेट गराएपछि उनीहरुबीचको सम्बन्ध बढेको थियो ।
त्यसो त आयुक्त बस्नेतसँग पनि खड्काको नाता जोडिएको छ । बस्नेतका दाजु हरिबहादुरकी छोरी र खड्काको छोरा श्रीमान श्रीमती हुन् ।
यसरी खड्काले एकातिर प्रमुख आयुक्त कार्कीसँग भट्टराई मार्फत भेट गरेपछि भट्टराईको फोन रिसिभ गर्न छाडेर सिधै कार्कीसँग सम्बन्ध जोडे भने अर्कोतिर आयुक्त बस्नेतले पनि उनलाई संरक्षण दिइरहेको स्रोतको भनाई छ ।
तत्कालीन आपुर्तिमन्त्री सुनिल थापाको प्रस्तावमा उनलाई मन्त्रीपरिषदले ४ बर्षका लागि नियुक्त गरेको थियो ।
भारतीय नाकाबन्दीले इन्धनको अभाव चुलिदै गएपछि खड्काले वितरण प्रक्रिया प्रभावकारी नबनाएको, इन्धन आयातका लागि निजी कम्पनीलाई अनुमति दिंदा पक्षपात गरेको, चीनबाट इन्धन ल्याउन तदारुकता नदेखाएकोलगायतका आरोपमा निगम संचालक समितिले स्पष्टिकरण मागेको थियो ।
खड्काले इन्धन वितरणमा मनपरी र कालोबजारीलाई प्रोत्साहन दिंदै आएका छन् । त्यसैगरी विभिन्न पेट्रोलपम्ममा डिभाईस राखी रिमोटबाट कम तेल बिक्रि वितरणमा सघाउ पुराउदै संस्थागत रुपमा उपभोत्तालाई ठगी गरेको आरोप पनि खड्का माथि छ ।
उनले विराट पेट्रोलियमलाई इन्धन आपुर्तिको जिम्मा दिन ठूलो चलखेल गरेका थिए । निगमले नै कालोसुचिमा राखेको कम्पनीलाई ठेक्का र पेश्की रकम दिंदा प्रक्रिया र मापदण्ड मिचेको थियो ।
भारतकै कम्पनीबाट ल्याउने प्रस्ताव गरेको विराटले प्रस्ताव गरेको मूल्य हालको भाउभन्दा दोब्बर तोकिएको थियो ।
त्यसो त कालोबजारीको आरोपमा नेपाल प्रहरीको अपराध महाशाखाले नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रबिन शर्मालाई पक्राउ गरेर अनुसन्धानमा गर्दा यसमा खड्को पनि संलग्नता रहेको खुलिसकेको छ ।
शर्मा पक्राउ परेपछि निगमका कार्यकारी निर्देशक गोपाल खड्का पनि पक्राउ पर्ने सम्भावना बढेर गएको छ । तर, अख्तियार र भारतसँग नजिक रहेका खड्कालाई पक्राउ गर्न भने त्यति सहज छैन ।
शर्माले कार्यकारी निर्देशक खड्काकै निर्देशनमा आफूले इन्धन वितरण गरेको प्रहरी समक्ष स्वीकार गरिसकेको महाशाखा स्रोत बताउँछ ।
वाणिज्य तथा आपूर्ति मन्त्रालयको आन्तरिक छानविनले पनि निगमबाट नै इन्धनमा कालोबजारी भइरहेको जनाएको थियो ।
त्यसैको आधारमा खड्कालाई बर्खास्त गर्ने तयारी भएपनि विभिन्न व्यक्तिको दबाबमा उनलाई सरकारले हटाउन सकेको छैन ।
dainiknepal
आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।  आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ ।  तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रणयसम्बन्ध र रतिराग बढाउने समय हो, तर जीवनसाथी वा प्रेमी÷प्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा भने असन्तुष्टि नै रहने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन, परिश्रम निरर्थक हुनसक्छ । बेलुका रमाइलोतिर झुकाव बढ्न सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । महत्वाकाङ्क्षी योजनामा हात हाल्नु राम्रो हुँदैन । कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ ।  आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्ययस्थानमा चन्द्रमा रहेकाले काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मुम्बई, पुस २ । भारतको मुम्बईस्थित विमानस्थलमा विमानको इन्जिनमा फसेर एयर इन्डियाका एक कर्मचारीको मृत्यु भएको छ ।
मुम्बईबाट हैदरावादका लागि उडान भर्ने तयारीमा रहेको एयर इन्डियाको जेट विमान एआई ६१९ को इन्जिनमा फसेर विमानका प्राविधिक रवि सुब्रमण्यमको मृत्यु भएको हो ।
विमानका सहचालकले ‘सिग्नल’लाई गलत बुझेका कारण यो दुर्घटना भएको एयर इन्डियाले जनाएको छ । ‘पुस ब्याक’ सिग्नललाई सहचालकले इन्जिन स्टार्ट गर्ने सिग्नल मानेर इन्जिन चालु गर्दा सो दुर्घटना भएको एयर इन्डियाका अधिकारीले बताएका छन् ।
सहचालकले इन्जिन स्टार्ट गर्दा प्राविधिक सुब्रमण्यम विमानको नजिकै थिए । उनलाई इन्जिनले तानेपछि त्यसैमा फसेर उनको ज्यान गएको हो ।
इन्जिनमा फसेका कारण सुब्रमण्यमको शव क्षतविक्षत भएको छ । भारतको उड्ययन निर्देशनालय र एयर इन्डियाले घटनाको अनुसन्धान गर्न आदेश दिएका छन् । (एजेन्सी)
imagekhabar
काठमाडौं — पूर्व मन्त्री हरि प्रसाद पराजुलीले दुग्ध विकास संस्थानको खर्चमा आफ्नो छोरालाई अस्ट्रेलिया भ्रमणमा पठाएको खुलासा भएको छ । दुग्ध विकास संस्थानलाई आर्थिक व्ययभार पारेको भन्दै अख्तियारले पूर्व मन्त्री पराजुलीसँग २ लाख साठी हजार असुल उपर समेत गरेको छ । कृषि विकास मन्त्री रहेका पराजुलीले पदको दुरुपयोग गरी आफ्नो छोरा गिर्वाण विक्रम पराजुलीलाई गैह्रकानूनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशितरप्रसारित समाचार एवं आयोगमा पर्न आएको उजुरी सम्बन्धमा अयोगले अनुसन्धान गरेको थियो । जसमा मन्त्री पराजुलीले आफै मन्त्रीस्तरीय निर्णय गरी बनकटवा दुग्ध उत्पादक सहकारी संस्था लि।, बांकेमा शेयर सदस्य रहेका आफ्ना छोरा गिर्वाण विक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा असार २९ देखी साउन ४ गते सम्म अध्ययन भ्रमण टोलीमा सहभागी गराई अष्ट्रेलिया भ्रमणमा पठाएको पाईएका थिए । उक्त भ्रमणबाट दुग्ध विकास संस्थानलाई दुई लाख साठी हजार आर्थिक व्ययभार पर्न गएको आयोगले उल्लेख गरेको छ । पराजुलीले मंििसर २८ गते दुग्ध विकास संस्थानको हिमालयन बैङ्क लि। मा रहेको खातामा उक्त रकम जम्मा गरेका छन् । विभिन्न विवादमा पर्दै आएका मन्त्री पराजुलीलाई उनको पार्टी नेकपा एमालेले राजीनमा गर्न लगाएका थिए । ratopati
यसवर्षकी सीएनएन हिरो म्यागी डोयनले आफूले पाएको अवार्ड नेपाल र नेपाली जनताप्रति समर्पण गरेकी छिन्।
सीएनएन हिरोको अवार्ड लिएर नेपाल फर्किएको भोलिपल्ट बुधबार काठमाडौमा पत्रकार सम्मेलन गरी डोयनले नेपाली जनताले उल्लेख्य रुपमा भोट दिएका कारण नै आफू अवार्ड जित्न सफल भएको भन्दै आफूले पाएको अवार्ड  नेपाल र नेपाली जनताको भएको बताइन्।
१९ वर्षको उमेरमा १० वर्ष पहिले नेपाल आएकी डोयनले सुर्खेतको वीरेन्द्रनगरमा कोपिला भ्याली नामक विद्यालय स्थापना गरी मध्यपश्चिम क्षेत्रका टुहुरा तथा सडक बालबालिकाहरुलाई आवासीय सुविधासहित शिक्षा प्रदान गर्दै आएकी छिन्।
कोपिला भ्यालीमा अहिले साँढे तीन सय बालबालिका अध्ययनरत छन्। डोयनले नेपाल आफ्नो घर भएको भन्दै  आफूले गरेको कामका बारेमा समाचार लेखिदिएकामा संचारकर्मीहरुलाई धन्यवाद दिइन्।
सीएनएन हिरो डोयनले आफूले पाएको पुरस्कारको रकम अनाथ बालबालिकाहरुको शिक्षामा खर्च गर्ने बताइन्। उनले पुरस्कारको रकमबाट सुविधा सम्पन्न विद्यालय भवन बनाउने पनि बताइन्।
डोयनले सीएनएन हिरोको उपाधीसँगै २ लाख ५० हजार अमेरिकी डलर रुपैयाँ पाएकी थिइन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १ पुस । उपप्रधान एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले सामुदायिक ग्रामीण विद्युतीकरणमा लागेका संस्थाले प्रसारण र वितरणमा मात्रै ध्यान नदिई सहकारीको अवधारणामा विद्युत् उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरण, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ र जर्मन सहयोग नियोगले आज ललितपुरमा आयोजना गरेको ‘नेपालमा सामुदायिक ग्रामीण विद्युतीकरण, नीति, प्रयोग तथा चुनौती’ विषयक कार्यशाला उद्घाटन गर्दै उहाँले हालको प्रमुख आवश्यकता विद्युत् उत्पादन भएकाले त्यसमा जोड दिनुपर्ने बताउनुभयो ।
प्राकृतिक स्रोत तथा साधनले धनी भएर पनि मुलुक पछाडि पर्नुको खास कारण व्यक्तिवादी सोच तथा ‘खुद्रे चिन्तन’ रहेको उल्लेख गर्दै उहाँले ऊर्जा क्षेत्रमा देखिएको तमाम नीतिगत, प्रशासनिक समस्या समाधान गरेर अगाडि बढ्न सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
परम्परागत तवरले ऊर्जा सङ्कट समाधान हुन नसक्ने स्पष्ट पार्दै उहाँले आगामी एक वर्षभित्र जनताले अनुभव गर्ने गरी विद्युत्भार कटौती कम गरिने विश्वास दिलाउनुभयो ।
भारतको अघोषित नाकाबन्दीपछि मुलुकभर विद्युत्को माग एक हजार ८०० मेगावाट रहेको जानकारी दिँदै उहाँले जलविद्युत्, सौर्य ऊर्जा, वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत्भार कटौती कम गरिने स्पष्ट पार्नुभयो ।
ऊर्जा मन्त्रालय र प्राधिकरणबीचको समस्या, मन्त्रालय–मन्त्रालयबीचको समस्यालाई द्रुतमार्गबाट समाधान गर्न सरकार लागिपरेको बताउँदै उहाँले सबै समस्या एकाध दिनमा समाधान गर्ने बताउनुभयो ।
पछिल्लो दिनमा प्राधिकरणमा कार्यकारी प्रमुखको विवादका कारण गत भदौ १० गतेदेखि बोर्ड बैठक बस्न सकेको छैन । उपप्रधानमन्त्री रायमाझीको सङ्केत थियो, “प्राधिकरणको कार्यकारी प्रमुखको विवाद पनि केही दिनभित्रै समाधान हुन्छ ।”
सरकार ग्रामीण सामुदायिक विद्युतीकरणलाई अगाडि बढाउन तयार रहेको स्पष्ट पार्दै उहाँले जनताको प्रत्यक्ष सहभागिता बढाउन, उनीहरुको क्षमता वृद्धि गर्न, चुहावट नियन्त्रण गर्न र रोजगारीको वृद्धि गर्ने भएकाले सरकार यो प्रणालीलाई अगाडि बढाउन तत्पर रहेको बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का नेता एवम् ऊर्जा विभाग प्रमुख लीलामणि पोखरेलले भारतको अघोषित नाकाबन्दीपछि काठमाडौँमा मात्रै १४८ मेगावाट थप विद्युत् माग बढेको भन्दै उहाँले प्राधिकरणलाई वैज्ञानिक आधारमा विद्युत् मागको प्रक्षेपण गर्न आग्रह गर्नुभयो ।
आयोजना कब्जा गरेर राख्ने प्रवृत्ति भारतीय लगानीकर्तामा देखिएको भन्दै उसको ध्येय विद्युत् नभई पानी भएकाले नीतिगत रुपमा देखिएका समस्या समाधान गरेर महत्वपूर्ण आयोजना नेपाली लगानीमै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालमा बृहद् पानी प्रयोग रणनीति नै नभएको उल्लेख गर्दै नेता पोखरेलले सरकारको गलत नीतिका कारण नेपालमा ऊर्जा सङ्कट बढेको बताउनुभयो ।
नेकपा (एमाले) का नेता एवम् पूर्व सांसद् वसन्त नेम्वाङले ग्रामीण क्षेत्रमा सहज रुपमा विद्युत् सेवा उपलब्ध गराउन सामुदायिक संस्था नै उपयुक्त भएकाले यसको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । विद्युतीकरण मात्रै होइन उत्पादनलाई पनि ध्यान दिन आग्रह गर्दै उहाँले प्राधिकरणले बोझको रुपमा लिने प्रवृत्तिको तत्काल अन्त्य गरेर सेवा पनि हो भन्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले सामुदायिक विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले दूरदराजका क्षेत्रका सहजरुपमा सेवा दिँदै आएका सहकारी संस्थालाई सबल बनाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
जर्मन सहयोग नियोग (जिआइजेड)का प्रमुख प्राविधिक सल्लाहकार वर्ट जानभान वेजेकोनले सामुदायिक विद्युतीकरणमा नेपालले अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । ग्रामीण विद्युतीकरणको क्षेत्रका सहकारी संस्थाहरुको भूमिका प्रभावकारी रुपमा अगाडि बढेको भएपनि केही नीतिगत तथा व्यवस्थापकीय समस्या भने कायम नै रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा विद्युत् तथा ऊर्जा क्षेत्रमा क्रियाशील तथा सरोकार भएका व्यक्तिको सहभागिता रहेको थियो । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १ पुस । मंगलबार व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित हुनेवित्तिकै भारतले नाकाबन्दी हटाउने भएको छ ।
कांग्रेसले ल्याएको उक्त संशोधन प्रस्तावमा समानुपातिक समावेशीता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी दुई वटा महत्वपूर्ण विधेयक रहेका छन् ।

उक्त संशोधन विधेयकले मधेसी जनताले थप अधिकार पाउने भएपछि भारतले नाकाबन्दी हटाउन लागेको स्रोतको दाबी छ । यसअघि दिल्ली पुगेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चारबुँदे समझदारी गरेका थिए । जसमा मुख्य सीमांकन र संविधान संशोधनको विषय रहेका छन् ।
सीमांकनको टुंगो भने तीन महिनाभित्र लगाउने समझदारी भएको थियो । उक्त समझदारी कार्यान्वयनमा आएपछि भारतले नाकाबन्दी खोल्ने भएको हो ।
तर, आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक अधुरो भएको भन्दै विरोध गरेका छन् । यता भारतीय राजदूत रञ्जीत रेले भने संविधान संशोधन प्रस्ताव मान्न र आन्दोलन फिर्ता लिन मधेसी नेताहरुलाई दबाब दिइरहेका छन् ।
‘दिल्ली अब पनि अल्झिरहने पक्षमा छैन । चारबुँदेलाई आधार बनाएर अघि बढ्न दुबै पक्षलाई सुझाव दिएको छ’ स्रोतले भन्यो ।
मधेसी नेताहरु भने सीमांकन टुंगो नलागेसम्म आन्दोलन फिर्ता नलिने अडानमा छन् । तर, भारतले नाका खोलिदिए मधेस आन्दोलन कमजोर हुने निश्चित छ । मंगलबार संसदमा पेश भएको संशोधन प्रस्ताव यसैहप्ताभित्र पास गर्ने सरकारको तयारी छ ।
आज बस्ने संसद बैठकमा भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण पास गरिदैछ । संसद सचिवालय स्रोतका अनुसार शुक्रबारसम्ममा संविधान संशोधन विधेयक पास हुनसक्छ । यसअघि सरकारले नाकाबन्दी छिट्टै अन्त्य हुने दाबी गरेको थियो ।
सरकारले दाबी गरे जस्तै संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास भएपछि सीमा नाकाको अवरोध हट्ने देखिएको छलफलमा सहभागी मधेसी नेताहरु बताउँछन् ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बुधबार, १ पुष
काठमाडौं । भारतले चारबुँदे रोडम्यापमा आधारीत भएर सहमति गर्न आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएपछि मोर्चा समस्यामा परेको छ । मधेसी मोर्चाका नेताहरुले दिल्ली जानु गल्ती भएको बताउन समेत थालेका छन् ।
परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका बेला प्रस्तुत गरेको रोडम्यापकै आधारमा अघि बढ्न भारतले मोर्चालाई दवाव दिएको छ । भारतको यस्तो आग्रह पछि मोर्चामा समस्या देखिएको छ ।
भारतले सीमांकनको मुद्दा तीन महिना भित्र समाधान गर्नकालागि उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउउने र संयन्त्रको सुझाव जस्ताको तस्तै संसदबाट पारित गर्ने व्यवस्था गर्नेगरि सरकारले दिएको रोडम्याप नै मोर्चालाई मान्न बाध्य पार्ने रणनीति लिएको छ ।
तर, मोर्चाले संघीयताको सीमांकनकै लागि भन्दै यती कडा आन्दोलन उचालेका हुन् । यसकारण पनि मोर्चामा समस्या आएको हो । उस्ले सीमा नाका अबरोध गर्ने आन्दोलनलाई कडा पार्ने तयारी गरिरहेका बेला भारतले भने सीमा नाका खुकुलो पार्ने तयारी गरिरहेको छ र यसकै प्रमाण स्वरुप वीरगञ्ज बाहेकका नाका सहज बन्दै गएको छ ।
मोर्चा र भारतकै बीचमा नाका खोल्ने वा रोक्ने भन्ने विषयमा विवाद बढ्ने अवस्था आएको छ । मोर्चाले भनेअनुसार भारत पर्खने अवस्थामा देखिदैन । भारतलाई नाकाबन्दी लगाएको आरोपमा विश्वभार पखाल्ने काम भएकाले पनि भारत चोखो हुने रणनीतिमा छ ।
भारतको रणनीति परिवर्तन भएपछि मोर्चाको आन्दोलन भने विचल्लीमा पर्ने पक्का छ । भारतले सामान नरोकेपछि र दशगजामा आन्दोलनकारीलाई जान नदिएपछि आन्दोलन स्वत फितलो बन्ने छ ।
यसकारण मोर्चामा पनि दवाव परेको छ । तर मोर्चाका नेताहरुका बीचमै आन्दोलनलाई सहमतिमा लाने बारेमा चर्को विवाद सुरु भएको छ ।
आन्दोलन सुरु भएपछि राजधानी नै नआएका सद्भावनाका अध्यक्ष राजेन्द्र महतो सीमांकनको मुद्दा अहिल्ये समाधान गरिहाल्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर पनि लगभग यस्तै अडानमा छन् ।
उपेन्द्र यादव आन्दोलनको चाँडो समाधान खोज्नुपर्ने पक्षमा छन् । आन्दोलन अनियन्त्रीत बन्ने बुझेका मोर्चाका नेताहरुमा नै सहमति गर्ने विन्दुबारे मत नमिल्दा सरकार लचक भएपनि सहमति गर्न समस्या पर्ने देखिएको एक विश्लेषक बताउँछन् ।
अझ मधेसमा जन्मीएको अर्को मोर्चालाई पनि सहमति गराउनुपर्ने बाध्यता छ र अहिले आन्दोलन चर्काइरहेको मोर्चाका नेताहरुलाई अर्को मोर्चाको डरले सताएको छ ।
आन्दोलन आफु गर्ने र अन्तिममा स्वामित्व ग्रहण अर्कैले गर्ने पो होकी भन्ने डरका कारण पनि मोर्चामा मारामार सुरु भएको हो । र यसको समाधान झनै जटील बन्ने देखिन्छ ।
nepalsandesh
जाडोमा ओठ फ्टनु वा सुख्खा हुनु सामान्य मानिन्छ । साधारणयता, यदी ओठ धेरै नै फुट्न थाल्यो भने यसले थप बिमारी बढाउन सक्ने संभावना पनि रहन्छ । तर प्राय घरेलु औषधीकै प्रयोगले ओठ फुट्ने र सुख्खा हुने समस्याबाट मुक्त पाइन्छ ।

१ झोल पर्याप्त पिउनुहोस् :

दैनिक आठदेखी १० ग्लास

पानी पिउनु निकै राम्रो हुन्छ । तपाईको शरिर सुख्खा भएपछि त्यसको पहिलो असर ओठमा देखिने हो ।


२ ओठ कहिल्यै नचाट्नुहोस् :

मानिसहरु ओठ सुख्खा भएपछि त्यसलाई जिब्रोले चाट्ने गर्छन् । तर त्यस्तो गर्दा ओठ अझै फुट्छ । तत्कालका लागि यसो गर्नाले केही सहज हुनसक्छ । तर बिस्तारै तपाईको ओठमा रहेको चिल्लोपना पनि यसरी जिब्रोले चाट्दा हराउन थाल्छ र तपाईको ओठ थप सुख्खा हुन्छ । तपाईको ओठलाई छालामा रगड्नु भयो भने त्यसले उल्टै इन्फेक्सन गर्छ । बरु त्यसको सट्टा तपाई ओठमा लगाउने विभिन्न क्रिमहरु प्रयोग गर्न सक्नुहुनेछ ।

३ ओठ सफा गर्नुहोस् :

कुनै पनि क्रिम प्रयोग गर्नुअघि ओठको फुटेको भागमा डेड अवस्थामा रहेको छाला हटाउनुहोस् । यसो गर्नाले ओठको घघाउ राम्ररी देखिन्छ । तर तपाईको ओठलाई रगड्ने काम भने नगर्नुहोस् । आफैँ जान लागेको छाला छ भने मात्रै हटाउनुहोस्, जर्बजस्ती गर्दा उल्टै इन्फेक्सन हुनसक्छ । त्यसपछि क्रिम लगाएर आफ्नो ओठमा त्यसलाई बिस्तारै दल्नुहोस् । त्यस्तै तपाईले चिननी वा नूनको रसलाई पनि ओठमा दल्न सक्नुहुन्छ । त्यसमा ओलिभको तेल मिसाएर दल्दा पनि राम्रो हुन्छ । त्यस्तै, तपाईले मन्जनको प्रयोग गरेर पनि ओठलाई सफा गर्न सक्नुहुन्छ । यसले पनि तपाईको ओठको बिग्रिएका छालाहरु हटाउन महत्वपूर्ण भूमिका खेल्छ । तर साबुनको प्रयोग नगर्नुहोला किनकी साबुन वा फेसवासले तपाईको ओठलाई थप सुख्खा पार्छन् ।

४ क्रिम प्रयोग गर्नुहोस :

तपाईले ओठलाई ठीक राख्नका लागि त्यसलाई सफा गरेपछि चिपस्टिक वा अन्य क्रिम प्रयोग गर्नुहुन्छ होला । तर याद गर्नुहोस्, त्यसमा राखिएको च्याम्फोर र पेटोलियम जेली जस्ता पदार्थहरुले तत्कालका लागि ओठलाई ठीक बनाएपनि पछि फेरि सुख्खा बनाउने र त्यसैका कारण तपाईले पटक पटक त्यसको प्रयोग गरिरहनुपर्ने अवस्था आउँछ । त्यसैले नरिवलको तेल, मह, बटर, आलमण्डको तेल र अन्य प्राकेृतिक चिल्लो पदार्थयुक्र क्रिम प्रयोग गर्नुहोस् । प्राकृतिक नौलीको प्रयोगले पनि तपाईको ओठ ठीक पार्नसक्छ ।


५ तेल मिसाउनुहोस :

तपाईको ओठको उपचारका लागि केही तेल तपाईको ओठमा लगाउदाँ हुन्छ । तर तपाईले तेल लगाउँदा त्यस्तो तेल स्वच्छ हुन भने जरुरी छ । जस्तै, नरिवलको तेल, आलमण्ड तेल, जोजोवा तेल, ओलिभ तेल, रोसिहिप तेल वा नौली लगाउँदा राम्रो हुन्छ ।

६ यदी चर्याउने छ भने त्यसलाई ठीक गर्न यसो होस् ;

यदी तपाईको ओठ चर्याएर तपाईलाई हाँस्न समेत समस्या भइरहेको छ भने त्यसका लागि तपाईले यि उपाय अपनाउनुस् ।

क) तपाईको ओठमा दैनिक रुपमा काँक्राको रस दलेर त्यस १० मिनेटसम्म राख्नुहोस् । यो निकै प्रभावकारी हुन्छ ।
ख) तपाईले थोरै मह लगाएर ओठलाई केही ठीक बनाउन सक्नुहुन्छ ।

७ केमिकल नभएको लिपिस्टीक र टुथपेस्ट प्रयोग गर्नुहोस् :

कस्मेटीक सामान जस्तै लिपिस्टिकको प्रयोगले पनि ओठ सुख्खा हुनसक्छ । त्यस्तै ओठमा लगाउने अन्य क्रिमहरुले पनि उल्टै अ‍ोठलाई सुख्खा बनाउँछन् । फ्लूराइडयुक्त मन्जनको प्रयोगले पनि ओठलाई सुख्खा बनाउँछ । त्यसैले मन्जन प्रयोग गर्दा फलूराईड फ्रि मन्जन मात्रै प्रयोग गर्नुहोस् । न्यानोमा बस्नुहोस् ।

बुधबार, १ पुष
काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको सरकारी समझदारी अनुसारको चार बुँदे रोडम्याप स्विकार गर्न भारतले आन्दोलनरत मधेसी मोर्चालाई दवाव दिएको छ ।
भारतले चारबुँदे रोडम्यापकै आधारमा सहमति गर्न सरकार र मधेसी मोर्चालाई दवाव दिएको हो । यसकालागि भारतीय राजदुत रणजिवत रायको गौप्य दौडधुप सुरु भैसकेको छ ।
सरकार र मधेसी मोर्चाबीचको वार्ता असफल भैरहेका बेला भारतीय राजदुत चारबुँदे रोडम्याम हातमा लिएर दौडाहा सुरु गरेका हुन् । रोडम्याम परराष्ट्रमन्त्री कमल थापा भारत गएका बेला तयार भएको हो ।
दौडका क्रममा राजदुत रायले प्रधानमन्त्री केपी शर्मा ओलीसँग करिब पौने दुई घण्टा संवाद गरेका छन् । त्यस्तै मधेसी मोर्चाका नेताहरुसँग पनि छलफल गरिरहेका छन् भने मधेसमा अर्कै गठबन्धन बनाएका जेपी गुप्ता समुहका नेताहरुसँग पनि राजदुतले छलफल गरेका छन् ।
बुधबार राजदुत व्यस्त भएसँगै सहमतिको सम्भावना बढेको एक नेताले बताए । राजदुत रायले भारत सरकारको चार बुँदे रोडम्यापमा सहमत भएको संकेत गर्दै सोहै अनुसार अघि बढ्न बताएका छन् ।
मोर्चाका नेताहरुलाई संविधान संशोधन विधेयक पनि पारित गर्न सहयोग गर्न आग्रह गरेका छन् । राजदुत रायण् दिल्लीकै आदेशमा गौप्य दौडाहामा लागेका हुन् ।
nepalsandesh
नेपालसँग सम्बन्ध बिग्रिएकोमा पछुतो लागेको छ ।
मंगलबार भारत ‘अप्ठ्यारो’ छिमेकमा रहेको भन्दै मोदीले छिमेकीसँग सम्बन्ध सुधारका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।

दक्षिण भारतमा रहेको कोची शहर नजिकै एक जहाजमा सुरक्षा प्रमुखहरु उपस्थित कार्यक्रममा मोदीले भारतले आफ्नो छिमेकीहरूसँग सौहाद्रपूर्ण सम्बन्ध स्थापना गर्न प्रयासरत रहेको बताए ।
उनले भने- ‘हाम्रो छिमेक हाम्रो भविष्य र संसारमा हाम्रो स्थानका लागि महत्वपूर्ण छ । तर हाम्रो छिमेक अप्ठ्यारो छ र यहाँ धेरै प्रकारका सुरक्षा चुनौतिहरु छन् ।’ मोदीको भनाईअनुसार सबैभन्दा नजिकको छिमेकी नेपालसँग सम्बन्ध विग्रिएपछि भारत अप्ठेरोमा परेको बुझिन्छ ।
अर्काे छिमेकी देश पाकिस्तानसँग धेरै पहिलेदेखि भारतको सम्बन्ध राम्रो छैन् । माल्दिभ्सदेखि श्रीलङ्कासम्म समुद्रमा र नेपालदेखि भुटानसम्म हिमालमा हामी आफ्नो राष्ट्रिय स्वार्थलाई र छिमेकीसँगको सम्बन्धलाई जगेर्ना गर्न लागिपरेको उनले बताए ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बुधबार, १ पुष
5काठमाडौं । महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ । के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ।
महिनावारीको अनियमितता हुनु , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन ।यस्ता समस्याहरुको चाहेको बेलामा तत्काल उपचार पनि सम्भव हुँदैन।
हरेक महिना झेल्नु पर्ने अनेक समस्याहरुबाट केहि हदसम्म छुटकारा पाउन निम्न ७ खानेकुरा महिनावारी भएको समयमा नखानु फाइदाजनक हुन्छ ।
१. प्रशोधन गरिएका खानेकुराहरु सजिलो र सुविधाजनक अनि स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स, चीजबल्स आदि खानु उपयुक्त हुँदैन ।यस्ता खानेकुरा मध्ये पनि अधिकमात्रामा नुनको प्रयोग भएको छ भने त्यसबाट टाढा रहनु ।सोडियमको मात्रा बढी भएको खाना महिनावारीको समयमा कम खानु उपयुक्त हुन्छ ।
२. बोसो युक्त मासु महिनावारीको समयमा पोल्ने, चिडचिडापन महसुस हुने समस्या छ भने बोसो युक्त मासु खाँदै न खानु राम्रो हुन्छ। मासु खानै पर्ने अवस्थामा कम बोसो भएका वा माछा जन्य खानेकुरा खानु उत्तम हुन्छ ।
३. बेकिंग गरिएका खानेकुरा बजारमा पाइने बेकिंग गरिएका खानेकुरा जस्तै केक, पाउरोटी, क्रिम रोल आदि नखादा स्वास्थ्यलाई फाइदा पुग्छ । यी खानेकुराको सट्टामा फाइबरको मात्र बढी भएको रोटि खाने गर्नु उत्तम हुन्छ ।
४. चिनीजन्य खानेकुरा केक कुकिज क्यान्डी जस्ता चिनीजन्य खानेकुरा कम खानु पर्छ ।गुलियो पदार्थ नै खाने इच्छा भयो भने फलफूल खानु उपयुक्त हुन्छ ।चिनीको मात्र बढी भएका खानेकुराले महिनावारी चक्रमा समेत प्रभाव पर्ने गर्छ ।दुखाई बढ्नुका साथै, लामो समय पिडा दिन सक्ने हुन्छ।
५. आइसक्रिम, क्रिम र चिज डेरी उत्पादन सबैलाई मन पर्छ ।मन पर्ने कुरा छोड्ने चाहना कसलाई हुन्छ र रु आइसक्रिम, क्रिम र चिज जस्ता डेरी उत्पादनमा हुने चिल्लो पदार्थ महिनावारीको समयमा खादै नखानु वा कम खानु राम्रो हुन्छ ।अधिकमात्रामा चिनी पाइने खानेकुरा फाइदाजनक नहुन सक्छन ।
६. कफी महिनावारी नियमित नहुने समस्या छ भने कफि नपिउनु राम्रो हुन्छ ।कफिले महिनावारीको नियमित चक्रमा प्रभाव पार्छ ।कफिमा पाइने क्याफिन यसको कारक तत्व हो । कफी सट्टामा तपाई चिया पिउन सक्नुहुन्छ अथवा अरु कुनै इनर्जी ड्रिंक्स ।
७.अल्कोहल तपाइंको पिरियड जारी छ र अझ अनियमितता समेत छ भने अल्कोहल जन्य पेय पदार्थ बाट टाढा रहनुहोस । अल्कोहलले रगतलाइ पातलो बनाउने हुँदा महिनावारीको समयमा अधिक रगत बग्ने समस्या समेत देखिन सक्छ। स्वास्थ्यलाइ फाइदा पुग्ने अल्कोहल नामिसिएका पेय पदार्थ , फ्रेश जुस आदिको प्रयोग गर्नु उपयुक्त हुन्छ।
nepalsandesh
बुधबार, १ पुष
काठमाडौं । तीन ठूला दलका नेताहरूले भारतप्रति नतमस्तक रहेर आत्मसमर्पण गर्ने गरेको भन्ने आरोप लगाएर नथाक्ने पात्र, उपप्रधानमन्त्री कमल थापाले दिल्लीमा गएर भारतीय शासकसँग गोप्य सम्झौता गरेको आशंका यसबेला ब्याप्त छ । त्यसैकारण पनि मधेशी मोर्चासँग वार्ता मिल्ने भने भन्दै बालुवाटारमा हर्ष छाएको थियो ।
अन्तराष्ट्रिय स्तरमा नै आफुहरुको बदनाम भएको भन्दै नेपालका लागि भारतीय राजदुत रन्जीत रेले मोर्चाका नेताहरुलाई सम्झौता गर्न दवाव दिएपछि सरकार पक्षमा खुशीयाली छाएको थियो । तर मोर्चाले रेको भनाई नमानेपछि मोर्चाका नेताहरुलाई दिल्ली बोलाएर सम्झाउने प्रयास गरिएको छ ।
मोर्चाका माग पुरा नभए पनि दिल्ली भ्रमणको बेला उपप्रधानमन्त्री थापाले केही गोप्य सम्झौता गरेको र यसले नेपाली स्वाधीनतामाथि आँच आएको भन्ने आशंका बढेको छ । भारतीय अधिकारीहरुले मधेस आन्दोलनसँग भारतलाई जोड्दै नेपाल सरकारले भारतबिरुद्ध गरेको प्रचारबाजीका बिषयमा थापासँग स्पष्टिकरण लिएको रहस्य खुलेको छ ।
संयुक्त मधेशी मोर्चाका नेताहरुसँग शुक्रबार साँंझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रंजीत रेले यसको खुलासा गरेका हुन् । राजदूत रेसँग शुक्रबार साँंझ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रामनरेश रायले लामो परामर्श गरेका थिए । स्रोतका अनुसार राजदूत रेले उक्त भेटमा थापाको चार दिने यात्राका क्रममा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सूरक्षा सल्लाहकार अजित डोभल लगायतका अधिकारीहरुसँग भेट गर्दै नेपालमा लागेको नाकाबन्दी फुकाउन आग्रह गरेको जानकारी दिएका थिए ।
थापाको आग्रहप्रति भारतीय अधिकारीहरुले नेपालको नाकाबन्दीमा आफ्नो देशको कुनै हात नरहेको र आफूले नाकाबन्दी नगरेको जानकारी दिदै यसको नाममा नेपाल सरकारले भारत बिरुद्ध गरेको प्रचारवाजीबारे स्पष्ट पार्न भनेका थिए । भारतीय अधिकारीहरुले नेपालका प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायत जिम्मेवार नेताहरु मधेस आन्दोलनका कारण बन्द रहेका सीमा नाका भारतले बन्द गयो भन्ने आरोपको प्रमाण दिनसमेत उपप्रधान तथा परराष्ट्रमन्त्री थापासँग माग गरेको जानकारी मधेसी नेतालाई रेले दिएको स्रोतले बतायो ।
मधेसी नेताहरुले संविधान निर्माणमा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीले गरेको उपेक्षा, संविधानमाथि कांग्रेसको तत्कालिन सरकारले ल्याएको संशोधन प्रस्ताव आन्दोलनरत पक्षसँगको सहमति बिनानै भएको जानकारी रेलाई दिएका थिए । आफुहरुलाई नेपालको नागरिकसम्म स्वीकार्न नसक्ने मधेस बिरोधी चरित्र बोकेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारबाट अहिलेसम्म मधेस आन्दोलनका क्रममा ७० भन्दा बढी मधेसी शहीद हुन पुगेको, करिब एक हजार अंगभंग भएको जानकारी मोर्चाका नेताहरुले राजदूत रेलाई दिएका थिए ।
मधेस आन्दोलनको उपयुक्त विकल्पका रुपमा आफूहरुले राखेको ११ वुँंदे अवधारणा रहेको दाबी मधेसी नेताहरुले राजदूतसँग गरेका थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका राजदूत रेले थापाको चार दिने भारत भ्रमण समग्रमा सकारात्मक नभएको संकेत दिएको दावी स्रोतले ग¥यो । राजदूत रेले मधेसी नेताहरुले पनि भारत भ्रमण गर्नु पर्ने प्रस्ताव राखेका थिए । भारत सरकार मधेसी नेताहरुसँग मधेसमा जारी रहेको आन्दोलनका विविध पक्षमा वार्ता गर्न चाहेको जानकारी रेले दिएको स्रोतले बतायो । रुपरेखा साप्ताहीकबाट
nepalsandesh
काठमाडौं, १ पुस । भारतीय राजदूत रञ्जीत रेले नयाँ संविधान संशोधन गर्दा मधेस आन्दोलन के हुन्छ भनेर प्रश्न गरेका छन् ।
सरकारले मंगलबार संसदमा संविधान संशोधन विधेयक पेश गरेपछि बुधबार विहानै मधेसवादी दलका नेताहरुसँग छलफल गर्दै रेले मधेसको माग सम्बोधन हुन्छ कि हुँदैन् भनेर प्रश्न गरेका हुन् ।
राजदूत रे लाई भेट्न गएका संघीय समावेशी मधेसी गठबन्धनका नेताहरुले जवाफमा आफूहरुको नौ बुँदे मागका विषयमा राजदूतलाई जानकारी गराएका थिए । ९ बुँदे माग पुरा गर्न सरकार सकारात्मक देखिएको र संशोधन विधेयकबारे आफूहरुलाई जानकारी नभएको उनीहरुले बताए ।
साथै नेताहरुले मधेसको माग पुरा नभएसम्म आन्दोलन तुहाउने खेल हुन नदिन राजदूत रेलाई आग्रह गरेको भेटमा सहभागी नेता अनिल झाले जानकारी दिए ।
उनका अनुसार राजदूत रेले वार्ताको माध्यमबाटै सबै समस्याको निकास खोज्न सुझाव दिएका थिए । भेंटमा नेताहरू शरद सिंह भण्डारी, जेपी गुप्ता, अनिल झा र राजकिशोर यादव थिए ।
dainiknepal
बुधबार, १ पुष
भारतीय सेनालाई मोदीको प्रश्न, छिमेकी फेर्न मिल्छ की मिल्दैन ?
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरुका कारण भारत समस्यामा परेको बताएका छन् । उनले भारत ‘अप्ठ्यारो’ र असहज छिमेकीहरुका बीचमा रहेकाले अति समस्या परेको बताएका छन् ।
भारतका जल, स्थल र वायु सेनाका प्रमुखहरुसमेतको उपस्थितिमा भएको एक कार्यक्रममा मोदीले छिमेकीहरूसँग सौहाद्रपूर्ण सम्बन्ध स्थापना गर्न कोसिस गरिरहेको तर, बिभिन्न कारणले समस्या बढ्दै गएको बताएका छन् ।
कार्यक्रम मंगलबार साँझ भाररतको कोची नजिकै भए जहाजमा भएको थियो । कार्यक्रममा निकै भाबुक भएर प्रस्तुत भएका मोदीले हाम्रो छिमेक, हाम्रो भविश्य भए पनि पछमेकीहरुको बांगो व्यावहारका कारण समस्या भएका छन्, त्यसको न्युनिकरणकालागि छलफल पनि जारी रहेको छ भनेका छन् ।
उनले छिमेकी फेर्न नमिल्ने भएकाले जस्ता व्यावहार पनि सहनै पर्ने भन्दै नेपालमा भारत विरोधी गतिविधि बढेको प्रति सांकेतीक विरोध जनाएका थिए । छिमेकी फेर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका मोदीले यो सम्भव नभएकाले सम्बन्ध नै सुधार गर्नुपर्छ भन्दै आफैंले जवाफ दिएका थिए ।
मोदीले नेपाल र भुटानजस्ता छिमेकीहरु हिमालसम्म फैलनु, श्रीलंका र माल्दीभ्स समुद्रको बीचमा रहनु र पाकिस्तानसँगको सम्बन्धमा उतार चढाव आइरहनु समस्या भएको बताए ।
पाकिस्तानसँग भैरहेको वार्ता पनि प्रगतिउन्मुख भएकाले सम्झौता हुने तर, भारतको हति विपरित अघि नबढ्ने बताए ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home