बिराटनगर, माघ ६ । मोरङको रंगेलीमा आज(बुधबार) मधेसी मोर्चाका कार्यकर्ताले सरकारको विरोधमा प्रर्दशन गरेका छन् । भोली(बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओली रंगेली आउने भएपछि मोर्चाले रंगेली केन्द्रीत विरोध कार्यक्रम गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले आज रंगेली र बसपार्क चोकमा टायर बालेर विरोध प्रर्दशन गरेका हुन । मोर्चाको प्रर्दशनको कारण रंगेलीको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।
युवा संघले रंगेलीमा संविधान जागरण अभियान चलाउन भोलि आमसभा गर्ने भएपछि मोर्चाले त्यस क्षेत्रमा आमहड्ताल घोषणा गरेको छ ।
मोर्चाका कार्यकर्ताले रंगेली विराटनगर सडक खण्डमा आज विहानैबाट मोटरसाइकलसहितका यातायातका साधन संचालनमा रोक लगाएका छन् । यता, प्रधानमन्त्री ओलीको सचिवालयले उनी रंगेली जाने नजाने तय भइनसकेको जनाएको छ ।
imagekhabar

अधिकाँश पुरुषहरुले आफूले प्रेमिका वा पत्निका कुरा बुझ्न नसकेको भन्ने गर्छन् । यसो हुनुको कारण वास्तवमा महिलाहरुले एउटा कुरा बोलेर अर्कै इसारा गरिरहेका हुन्छन् ।
जव एक स्त्रीले ‘केही होइन’ भन्छे यसको अर्थ हो उनलाई रिस उठेको छ वा चित्त बुझेको छैन । यसको अर्थ पुरुषले आफै बुझ्नु पर्ने हुन्छ । यदि तपाइँले उनको असन्तुष्टीलाई बुझ्नु भएन वा वेवास्ता गर्नु भो भने तनाव घट्ने होइन थपिनेवाला छ ।
पुरुषले गलत बुझ्ने महिलाका १० कुरा
‘के म मोटी देखिएकी छु?’
यदि कुनै पनि केटीले ‘के म मोटी देखिएकी छु’ भनेर सोधेमा हो भन्ने जवाफ नदिनुस् । यसको सकारात्मक जवाफका लागि केटीले प्रश्न सोध्ने गर्दैनन् । हो देखिएको छ भन्नु भयो भने उनलाइ नराम्रो देखिएको छ भन्नु बराबर हो तपाइँ फस्नु भो ।
‘तिम्लाई जे मन लाग्छ गर’
कुनै पनि कुरामा तपाइँकी प्रेमिका वा पत्निले मन लागेको गर भनिन् भने तपाइँले यसलाई यसकै अर्थमा नबुझ्नुस् । महिलाहरुले रिसाएपछि मात्र यस्तो जवाफ दिन्छन् ।
‘ठिक छ’
कुनै पनि बहस वा झगडाका क्रममा महिलाले ठिक छ भन्छे भने बुझ्नुस् ठिक छैन । तपाइँको कुरामा सहमत भएको ठान्नु भो भने तपाइँ फस्नु भो ।
‘तिमी सुन्दै छौ’
यदि कुनै पनि स्त्रीले तपाइँसँग बोल्दा बोल्दै ‘तिमी सुन्दै छौ’ भनेर सोध्छे भने बुझ्नुस् उनी रिसाइन् । अव तपाइँले उनलाई फकाउनु पर्छ किन भने उनले वेवास्ता भएको महसुस गरिसकिन् ।
‘एक्कै छिन’
यदि तपाइँ बाहिर जाने तयारीमा हुनुहुन्छ र तपाइँकी स्त्रीले तयारीका लागि ५-१० मिनेट वा एक्कै छिन् भनेर समय मागिन् भने बुझ्नुस् आधा घण्टा वा त्यो भन्दा धेरै समय लाग्ने वाला छ । यदि एक्कै छिनलाई साँच्चिकै बुझ्नु भो भने तपाइँको झगडा हुने निश्चित छ ।
‘तिमी जहाँ जान्छौ म पनि त्यहीँ जान्छु’
कुनै पनि स्त्रीले तपाइँलाई ‘तिमी जहाँ जान्छौ म पनि त्यहीँ जान्छु’ भनिन् भने आफूले मन लागेको ठाउँमा जान पाएँ भनेर मख्ख नपर्नुस् किन भने उनले तपाइँलाई मन परेको होइन उनलाई मन परेको ठाउँमा लैजाओस् भन्ने चाहेकी छिन् ।
‘अहिले नै गर्नु पर्छ ?’
कुनै काम गरिरहनु भएको छ वा ल्यापटपमा काम गर्दै गरेको बेला तपाइँकी स्त्रीले ‘अहिले नै गर्नु पर्छ ?’ भनिन् भने प्रश्न गरेको नठान्नुस् । यो त तपाइलाई अहिले रोकि हाल भनेर दिएको आदेश जस्तै हो ।
‘केही कुरा गर्नु पर्ने भो’
कुनै पनि स्त्रीले ‘केही कुरा गर्नु पर्ने भो’ भनेर तपाइँलाई भन्दैछिन् भने बुझ्नुस् तपाइँ समस्यामा पर्दै हुनुहुन्छ । या त तपाइँ लामै लेक्चर भेट्ने वाला हुनुहन्छ वा सम्बन्ध नै धरापमा पर्न सक्छ ।
‘मलाई केही भएको छैन’
कुनै पनि स्त्रीले तपाइँले सोधेको बेला ‘मलाई केही भएको छैन’ भन्छिन् भने बुझ्नुस् उनलाई केही भएको छ । समस्या बुझेर मात्र अघी बढ्नुस् नत्र समस्यामा पर्ने निश्चित छ ।

सिरहा, ६ माघ । मधेसी जनताका लागि छरिएर लडिरहेका हरेक शक्तिलाई एक जुट हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले आह्वान गरेका छन् ।
सिरहाको लहानमा आज मधेसी मोर्चाद्धारा आयोजित ९ औं बलिदानी सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो आह्वान गरेको हो । छरिएर रहेका मधेसका हरेक शक्ति एक नभएसम्म मधेसको मुक्त अब नहुने धारणा मोर्चाका नेताहरुले राखेका छन् ।
सभाका प्रमुख अतिथि तथा सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पनि मधेसका हरेक शक्ति एक हुनुपर्नेमा जोड दिए । उनले भने– राज्य मधेसको माग सम्बोधन नगर्ने प्रष्ट भईसक्यो । त्यसैले अब मधेसका हरेक शक्ति एक हुनुको विकल्प छैन् ।
अध्यक्ष महतोले बार्ता भंगको घोषणा गरिसकेकोले अगामी दिनमा प्रमुख तीन दलका शिर्षस्थ नेताहरुसँग मात्र बार्ता गर्ने पनि बताए । उनले भने– मधेसका २२ जिल्लाको एक इन्च जग्गा पहाडमा गाभ्न दिदैनौं । मधेस प्रदेशमा बस्ने इच्छा नभएका पहाडी समुदाय पहाड फर्के हुन्छ ।
यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेसका हरेक राजनीतिक दलसँग मधेस महागठबन्धन बनाउन आह्वान गरे । उनले भने– काँग्रेस, एमाले, एमाओवादी लगायतका सबै पहाडी राजनीतिक दल विचार र सिद्धान्त छाडेर एक भयो । त्यसैले अब हामी मधेसका हरेक राजनीतिक दल पनि एक हुन आवश्यक छ ।
सभामा यूूवा नेता सत्यनारायण यादब, तमलोपाका केन्द्रिय सदस्य सुरेश मण्डल, तमसपाका केन्द्रिय सदस्य डा. महादेव साह, पूूर्वमन्त्रीद्धय राजलाल यादब र सत्रुधन प्रसाद सिंह लगायतका वक्ताहरुले पनि मधेसवादी सबै दल मिलेर महागठबन्धन बनाउनुपर्नेमा जोड दिएका थिए ।
०६३ सालको पहिलो मधेस आन्दोलनका क्रममा माघ ५ गते लहानमा आन्दोलन गरिरहेका तत्कालिन फोरम र माओवादी कार्यकर्तासँगको झडप भएको थियो । सो झडपमा माओवादीले चलाएको गोली लागेर विद्यार्थी रमेश महतोको मृत्यु भएको सम्झनामा मधेसवादी दलहरुले हरेक बर्ष बलिदानी दिवस मनाउँदै आएका छन् ।
ainiknepal

काठमाडौं : मधेसी मोर्चाले राखेका मागका सम्बन्धमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
अपरान्ह तीन बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु सहभागी हुनेछन्।
मधेसी मोर्चाका माग र संसद्मा विचाराधिन संविधान संशोधनका बारेमा छलफल गर्न बैठक डाकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग बताए।
सहमतिका लागि मधेसी मोर्चालाई माघ ९ गतेसम्म पर्खिने समझदारी बनेपछि संविधान संशोधन विधेयकलाई केही दिन पेन्डिङमा राखेर दलहरु निकास खोज्न थप छलफलमा जुटेका हुन्। मोर्चाका मागमा तीन दलबीच साझा अवधारणा बनेपछि मधेसी मोर्चासँग थप छलफल हुनेछ।
संसद् बैठक बस्नुअघि संसद् भवन नयाँ बानेश्वरमा मंगलबार अपरान्ह बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा माघ ९ सम्म पर्खिने सहमति भएको हो। मोर्चासँग थप वार्ता गरेर सहमति जुटाएर अघि बढ्ने कि विचाराधिन संविधान संशोधन विधेयकलाई पारित गर्ने भन्ने बारेमा तीन दल नै एकमत हुन सकेका छैनन्।
प्रधानमन्त्री ओली र एमालेका नेताहरु मोर्चाले एकपछि अर्को माग थप्दै सहमतिलाई जटिल बनाउँदै लगेकोले अब संविधान संशोधन विधेयकलाई रोक्न नहुने अडान राखेका थिए।
त्यसैगरी नेपाली कांग्रेस र एमाओवादीका नेताहरु मोर्चासँग थप छलफल गरेर सहमति जुटाउनुपर्ने, केही दिन संसद् स्थगित गर्नुपर्ने र सहमतिकै आधारमा संविधान संशोधन विधेयक पारित गर्नुपर्ने पक्षमा देखिएका छन्।
मधेसी मोर्चासँग सोमबार भएको वार्ता निश्कर्षबिहिन भएपछि सहमतिको वातावरण फेरि बिथोलिएको हो। प्रदेशहरुको सिमांकनमा पुनरावलोकन गरेर राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र यसलाई टुंगो लगाउन तीन दल सहमत भए पनि सम्पूर्ण तराईलाई दुई प्रदेश बनाउने लिखित प्रतिबद्धता मोर्चाले मागेपछि सोमबारको वार्ता विफल भएको थियो।
मोर्चासँग सहमति जुटाउने प्रयास स्वरुप संसद्मा सैद्धान्तिक छलफल भइसकेको संविधान संशोधन विधेयकलाई अड्काएर राखिएको छ। सहमतिका लागि दलहरुलाई मौका दिन पन्ध्र दिनसम्म संसद् स्थगित गरिएको थियो। यसबीचमा कार्यदल स्तर र शीर्ष तहमा भएका छलफल सकारात्मक भए पनि सोमबारको बैठकमा एकाएक सहमतिको वातावरण बिथोलिएको हो।
तीन दलले मोर्चाले नयाँ माग थप्दै सहमतिको संभावनालाई जटिल बनाउँदै लगेको आरोप लगाएका छन् भने मोर्चाले तीन दल पुरानै अडान फर्किएकोले सहमति हुन नसकेको प्रतिक्रिया दिएको छ।
annapurnapost

अवकाशप्राप्त उपरथी टीका धमलासँग राजा वीरेन्द्रका अनगिन्ती संस्मरण छन् । एडिसीका रूपमा २० वर्ष राजा वीरेन्द्रसँगै रहेका उनी दरबार हत्याकाण्ड हुने दिन ०५८ जेठ १९ गते शुक्रबार साँझसम्म वीरेन्द्रसँगै थिए । कूटनीति, सुरक्षाका विषयमा स्वयं जानकार पूर्वउपरथी धमलाले राजा वीरेन्द्रका राजनीतिक, कूटनीतिक र निजी प्रसंग नयाँ पत्रिकालाई सुनाए :
०२८ सालमा राजा वीरेन्द्रले गद्दी सम्हाल्नुभयो । नेपाल र भारतबीच १९५० को सन्धि हुँदा नेपालमा राणाहरूको हुकुमी शासन थियो । २००७ सालमा प्रजातन्त्र आएपछि सन्धि रद्द हुनुपर्छ, नयाँ सन्धि हुनुपर्छ भन्ने आवाज नेपालमा उठिरहेको थियो । कम्युनिस्टले त वेला–वेलामा त्यसका बारेमा कराइरहेका थिए । सन्धि असमान हो भन्ने कुरा राजा महेन्द्र र वीरेन्द्रलाई पनि लागेको हो, तर उहाँहरूको शैली हल्ला गर्ने खालको थिएन ।
राजा वीरेन्द्रलाई अन्तिमसम्म लागेको थियो– भारतसँग नेपालको विशेष सम्बन्ध रहनैपर्छ । यो नभएसम्म नेपालमा शान्ति र आर्थिक विकास हुँदैन । वीरेन्द्र सरकार ‘क्लियर’ हुनुहुन्थ्यो ।
१९५० को सन्धि, ०२२ को गोप्य सम्झौता उहाँलाई सहज लागेन । त्यसले नेपालको स्वतन्त्रतामा आँच आएको भान भयो । हुन त, सन्धिको दफा १० मा एक वर्षको सूचना दिएर कुनै देशले अर्कालाई सन्धि खारेजीका लागि चिठी पठाए एक वर्षपछि स्वत: रद्द हुने व्यवस्था पनि छ । तर, त्यो निवेदन दिँदा भारतसँग ‘डाइरेक्ट कन्फ्रन्टेसन’ हुन्छ भन्ने राजालाई लाग्यो । त्यसकारण, राजाले शान्ति क्षेत्रको प्रस्ताव ल्याएर ती दुवै विषयको औचित्य समाप्त भएको संकेत दिनुभएको हो । कूटनीतिक रूपमा १९५० को सन्धि र ०२२ को गोप्य सम्झौतालाई माइनस गरेर नेपालको स्वतन्त्र छवि स्थापित गर्न राजाले ०३१ सालमा शुभराज्याभिषेकका समयमा शान्ति क्षेत्रको प्रस्ताव गर्नुभयो । ५७ देशका प्रतिनिधिसामु राजाले टुँडिखेलबाट यो घोषणा गर्नुभयो । चीन, रसिया, पाकिस्तानलगायत देशले समर्थन गरे । संयुक्त राष्ट्रसंघको सदस्यता लिएका मुलुकमध्ये दुईतिहाइ अर्थात् ११६ मुलुकले राजाको प्रस्तावलाई समर्थन गरे । भारतले समर्थन गरेन । भारतसँगको सम्बन्धका कारण रसियाले समर्थन लामो समयसम्म कायम राखेन । शान्ति क्षेत्रको प्रस्तावका बारेमा राजा वीरेन्द्रले भारतसँग विभिन्न चरणमा कुराकानी गर्नुभयो, तर ऊ ‘कन्भिन्स’ भएन ।
राजीव गान्धी नेता थिएनन्, इन्दिरा गान्धीको दुर्घटनामा मृत्यु नभइदिएको भए राजीव पाइलट नै रहन्थे, बरु सञ्जय गान्धी नेतृत्वमा आउनेवाला थिए । सञ्जयलाई इन्दिराले नै अघि बढाइरहेकी थिइन् । तर, संयोगले राजीव राजनीतिमा अगाडि आए । राजीवसँग राजा वीरेन्द्रको सम्बन्ध राम्रो भएन ।
सार्कको दोस्रो सम्मेलन बैंग्लोरमा जाँदा राजा वीरेन्द्रले नेपालको जलस्रोत विकास नेपाल भारत, बंगलादेशसँग मिलेर गरौँ भन्ने प्रस्ताव गर्नुभयो । तीन देशले बराबरी लगानी गरौँ, ‘एक्स्प्लोर’ गरौँ भन्ने प्रस्तावलाई राजीव गान्धी र बंगलादेशका राष्ट्रपतिले समर्थन गरे । गान्धीले त यतिसम्म भने, ‘राजा वीरेन्द्रको प्रस्ताव स्वागतयोग्य छ, भारत सरकार आफैँले ६ महिनाभित्र यससम्बन्धी स्वेतपत्र जारी गर्नेछ ।’ तर, अहिलेसम्म भारतले स्वेतपत्र जारी गरेको छैन ।
मैले ‘महाराजाधिराज वीरेन्द्र सरकार’सँग २० वर्ष नजिक बसेर काम गरेँ । नेपालीहरू आफ्नो पाखुरीमा स्वाभिमानीपूर्वक बाँच्नुपर्छ भन्ने उहाँको चाहना थियो ।
बंगलादेशका राष्ट्रपति सेख मुजिबर रहमानको पहिलो स्टेट भिजिट नेपालमा भयो । त्यही वेला राजा वीरेन्द्र र रहमानबीच कुराकानी हुँदा सार्कको परिकल्पना भयो । राष्ट्रपति रहमान यस्तो इमानदार र राष्ट्रवादी हुनुहुन्थ्यो कि उहाँले सरकारी मोटरमा कहिल्यै श्रीमती राख्नुभएन । सार्कको छलफल भए पनि भारत र पाकिस्तानले कसरी मान्लान् भन्ने भयो । सुरुमा भारत र पाकिस्तान दुवैले मानेनन् । भारतलाई लाग्यो, ‘सार्क भयो भने साना देश मिलेर भारतलाई कर्नरमा पार्छन् ।’ पाकिस्तानलाई लाग्यो, ‘सार्क भयो भने भारतको डोमिनेसन हुन्छ, हामीलाई अप्ठ्यारो हुन्छ ।’ त्यसपछि राजा र रहमानको कुरा भयो । राजाले पाकिस्तानलाई मनाउने, रहमानले भारतलाई मनाउने । दुई पक्षीय मामिला सार्कमा छलफल नहुने भन्नेमा भारत र पाकिस्तान सहमत भए । अन्तत: सार्क जन्मियो । परिकल्पनाकार राजा हुनुहुन्थ्यो ।
टीका धमला
०३८ सालमा अल्पविकसित मुलुकका तर्फबाट राष्ट्रसंघले पेरिस कन्फरेन्समा राजालाई पमुख अतिथि बनायो । त्यहाँ राजाले मर्मस्पर्शी भाषण गर्नुभएको छ, ‘मैले यहाँ बोलिरहेका वेला एसियाका बच्चाहरू रोग, भोकले खान नपाएर रोइरहेको कानमा गुन्जिइरहेको छ । तर, बच्चाहरूलाई गोली दिइँदै छ, यो कुन तत्त्व हो ?’
अमेरिका भ्रमणमा जाँदा राजालाई अमेरिकी प्रेसले घेरे । एट्लान्टाको घटना हो, नारायणप्रसाद श्रेष्ठ पनि थिए । मिडियाले भने, ‘मिस्टर वीरेन्द्र ।’ बेलायतीहरूले राजालाई सम्मान गर्न जानेका हुन्छन्, अमेरिकीहरू जान्दैनन् । तर, राजाले यसलाई अन्यथा लिनुभएन । हामीले अमेरिकी प्रेसलाई रोक्न खोज्यौँ, तर राजाले भन्नुभयो ‘नरोक । आई नो हाउ टू डिल इट ।’ राजाले मिडियासँग खुलेर कुराकानी गर्नुभयो । भोलिपल्ट अमेरिकी अखबारमा उहाँको राम्रो ‘कभरेज’ भयो ।
नेपाली सेनाका सुप्रिम कमान्डर राजा हुनुहुन्थ्यो । उहाँ सुरक्षा निकायलाई सकेसम्म आत्मनिर्भर बनाउनुपर्छ भन्नुहुन्थ्यो । उहाँकै पहलमा जर्मनबाट मेसिन ल्याएर सुन्दरीजलमा हतियार मर्मत भइरहेको छ । जर्मन हेक्लर एन्ड कोक कम्पनीले नेपालमा हतियार एसेम्बल गर्ने र दक्षिण एसियामा बेच्ने, जसले गर्दा नेपाली सेनालाई आवश्यक हतियार यहीँ तयार हुने, यो प्रसंग अगाडि बढेको थियो । कम्तीमा हामीलाई मात्रै हतियार पुर्याउन सक्यौँ भने पनि राम्रै हुन्थ्यो । नेपाली सेनाले लगाउने पोसाक हेटौँडाबाट उत्पादन हुन्थ्यो । हेटौँडा गएका वेला राजाले भन्नुहुन्थ्यो, ‘सेनालाई लगाउने लुगा यहीँ बनाउनुपर्छ ।’ राजा पनि यहीँ बनेको युनिफर्म लगाउनुहुन्थ्यो ।
०४७ पछिको कुरा । त्यतिवेला एकजना मेजर जनरललाई भ्रष्टाचार अभियोगमा सात वर्ष जेल हालियो । राजा भ्रष्टाचार सहनुहुन्नथ्यो । संवैधानिक राजा हुँदाहुँदै पनि सेनाको कमान्डरका हिसाबले मेजर जनरललाई जेल हाल्नु ठूलो कुरा थियो । त्यसपछि त्यो तहको को जेल परेको छ ?
भारतका व्यापारी, धार्मिक व्यक्तित्वसँग राजा वीरेन्द्रको असाध्यै राम्रो सम्बन्ध थियो । उहाँले ‘ट्रयाक टु डिप्लोमेसी’को प्रयोग गर्नुभएको थियो । दक्षिण भारतको उद्विपीमा गीता मन्दिरको उद्घाटनमा राजा वीरेन्द्रको सवारी भयो । म साथमै थिएँ । मन्दिरका मठाधीशले उद्घाटनका लागि वीरेन्द्र सरकारलाई पटक–पटक आग्रह गर्दै आएका थिए । राजासँग उनको डाइरेक्ट ‘एप्रोच’ थियो । राजा भन्नुहुन्थ्यो– म त हेड अफ स्टेट हुँ । म आफैँ जान मिल्दैन, सरकारमार्फत आउनुपर्छ ।’ भारतको औपचारिक निमन्त्रणाविना राजा जान मिल्दैनथ्यो, तर मन्दिरका मठाधीश मान्दैनथे । राष्ट्रपति शंकरदयाल शर्मा थिए । उनको निमन्त्रणामा राजा जानुभयो । औपचारिक भ्रमणका क्रममा दुई रात दिल्ली बसेर राजा उद्विपी भ्रमण गर्नुभयो र गीता मन्दिरको उद्घाटन भयो ।
भारतीय नेताहरूले मठाधीशलाई जुत्ता फुकालेर साष्टांग दण्डवत् गर्दा रहेछन् । लालकृष्ण आडबाणी पनि गएका थिए, उनले लम्पसार परेरै मठाधीशलाई ढोगे । गीता मन्दिरका मठाधीशले भने, ‘नेपाल र भारत राजनीतिक रूपमा दुईवटा हुन्, तर सांस्कृतिक, धार्मिक रूपमा एउटै हुन् । भारतवर्षको उत्तराखण्ड तपोभूमि हो नेपाल । तपोभूमिमा क्षेत्रीय वंशका राजाले राज्य गरेको हुनुपर्छ भनेर वेदमा लेखिएको छ । भारतवर्ष कर्मभूमि हो । कर्मभूमिमा कसैले पनि तपोभूमि नेपालप्रति कुदृष्टि राखेमा भलो हुँदैन ।’ भारतसँग सम्बन्ध चिसिँदै थियो, त्यही वेला मठाधीशले त्यसो भन्दा राजाले अप्ठ्यारो मान्नुभयो । राजाले नै सिकाएर मठाधीशले बोलेजस्तो भयो ।
तीन वर्षअघि म रामेश्वर मन्दिर गएको थिएँ । त्यसअघि म राजा वीरेन्द्र र ज्ञानेन्द्रसँग पनि गएको थिएँ । रामले लंकामा आक्रमण गर्दा शिवजीको स्थापना गरेर सेतु राखिएको र लंकाको विजय भएको भनिन्छ । नेपालका राजा र मन्दिरका पुजारीले मात्रै त्यहाँको शिवलिंग छुन पाउँछन्, भारतका राष्ट्रपति, प्रधानमन्त्री कसैले पनि पाउँदैनन् । पशुपतिनाथको मन्दिरको शिवलिंगचाहिँ नेपालका राजाले पनि छुन पाउँदैनन्, बाहिरैबाट पूजाआजा गर्ने हो, भट्टले लगेर राखिदिने । म रामेश्वर जाँदा त्यहाँका मठाधीशले भने, ‘राजा हुँदा उनी आएर यहाँ पूजा गर्थे । १२ वर्षभित्र राजा आएर दर्शन हुन्थ्यो, अब नेपालमा राजा छैनन्, कसले आएर दर्शन गर्ला ?’
एकपटक भारतीय राष्ट्रपति कलामउद्दिनको निम्तामा दिल्ली गएको क्षण सम्झिन्छु । राष्ट्रपति मुस्लिम भए पनि गीताको गहिरो ज्ञान रहेछ । गीताका विषयमा राजासँग कुराकानी भयो । कुनै ठाउँमा गीतामा भनिएको छ– राजा भगवान् विष्णुको मानवीय स्वरूपमा हुनुहुन्छ । राजा बेस्सरी हाँस्नुभयो, हामी पनि दंग पर्यौँ । वीरेन्द्रले जवाफ दिनुभयो, ‘नो, तपाईं पनि त्यस्तै हो, जस्तो म हुँ । राजालाई विष्णुको अवतार भनेको सबैभन्दा उच्च स्थानमा भन्ने अर्थमा हो । तपाईं पनि त्यही ठाउँमा हुनुहुन्छ ।’ त्यसपछि ठूलो हाँसो भयो ।
राजा वीरेन्द्रको अन्तिम सवारी मैले नै चलाएको थिएँ, जेठ १९ गते साँझ डिल्लीबजारस्थित बडागुरुज्यू केशरीराज पाण्डेको घरमा । त्यही दिन राति घटना भयो । म स्पष्ट छु– तत्कालीन युवराज दीपेन्द्रको हातबाट गोली चलाइएको हो । बाहिरका संस्थाहरू लागे भनेर अनेक प्रचार–प्रसार भए । युवराज दीपेन्द्र सरकारले राक्षसी प्रवृत्ति देखाएकै हुन् । र, त्यो घटना मानव समाजमा हुने नै चिज हो । नेपालीको धरोहर भएका हिसाबले त्यो घटनाप्रति कुतूहल हुनु स्वाभाविक हो ।
घटनापछि ज्ञानेन्द्र सरकार धेरै नै चिन्तित हुनुभयो । उच्चस्तरीय आयोग गठन भयो । माधव नेपालजी बस्छु भनेर पनि बस्नुभएन । बाँचेकाहरूको पनि बयान आयो । स्पष्ट भइसकेको पनि छ । त्यो केसमा राजपरिवारका कोही पनि संलग्न छैनन् । उनीहरूको संलग्नता कहिल्यै पनि पुष्टि हुनेछैन । युवराज दीपेन्द्रले हतियार राख्नुहुन्थ्यो । यो सुरक्षा सिद्धान्तविपरीत थियो । छोराले बाबुलाई त्यसरी गोली हान्लान् भन्ने सोचेका थिएनौँ । पारिवारिक पार्टीमा त्यस्तो होला भन्ने कसले सोचेको थियो र ? बुबाप्रति उहाँ बफादार हुनुहुन्थ्यो ।
भूतप्रेत आदि विविध वास्तुजन्य कारणले हत्याकाण्ड भएको स्थान त्रिभुवन सदन भत्काइयो । त्रिभुवन सदन देख्नेबित्तिकै मन खिन्न हुन्छ । दिनदिनै कति हेरेर बस्ने ? त्यही भएर भत्काइयो । (नयाँ पत्रिका दैनिकबाट)
dainiknepal

मानिस विज्ञान र प्रविधि क्षेत्रको प्रगतिबाट उत्पन्न खतरालाई सामना गर्न आउँदो १०० वर्षमा निकै सावधान हुनुपर्नेछ, खगोलविद् तथा भौतिकशास्त्री स्टेफन हकिङ्ग्स भन्छन्।
७४ वर्षका क्याम्ब्रिजका प्रोफेसर हकिङ्ग्सले विश्व स्वभाविक रुपले समाप्त हुनेछ वा मानिसद्वारा नष्ट गरिनेछ भन्ने प्रश्नको जवाफमा रेडियो टाइम्ससंग एक साक्षात्कारमा टिप्पणी गरेका थिए।
परमाणु युद्ध, ग्लोबल वार्मिङ र जेनेटिक्ल्ली इन्जिनियर्ड भाइरस लगायत पृथ्वीको विनाशको कारण बन्ने उनी बताउँछन्। तर यी कारणले ठुलो क्षति र विनाश गर्न १,००० देखि १०,००० वर्ष लाग्ने उनको अनुमान छ।
सो बेलासम्म मानिस अन्तरिक्षमा फैलिसक्ने उनी विश्वास गर्छन्। मतलब अहिले मनुष्य जातिको विनाशलाई जसरी देखिएको छ, अवस्था सो भन्दा फरक हुनेछ। हकिङ्ग्सको अनुमानमा, हामी इन्टरस्टेलर हुन १०० वर्षमात्र पछाडी छौँ, अर्थात पृथ्वी बाहिर अन्तरिक्षमा बसोबास गर्नसक्ने प्रविधिको लागि अब १०० वर्ष काफि हुने उनी अनुमान लगाउँछन्।
‘हामीले सामना गर्ने अधिकांस खतरा विज्ञानले आजसम्म गरेको विकास र प्रगतिबाटै आएको छ। हामी विकास गर्न छोड्दैनौ, न त यसलाइ उल्ट्याउँछौ। खतरा चिनेर त्यसलाई नियन्त्रण तर्फ लाग्नु पर्छ’, उनी भन्छन्, म आशावादी छु, हामीले गर्न सक्छौ।
हकिङग्स प्रख्यात भौतिकशास्त्ती तथा खगोलविद् हुन। उनी युनिभर्सिटी अफ क्याम्ब्रिजमा ‘सैद्धान्तिक खगोलशास्त्र’ विभागका रिसर्च डाइरेक्टर पनि हुन। ब्ल्याक होलबाट निस्कने रेडियसन ‘हकिङ्ग्स रेडियसन’को सिद्धान्त उनको सबैभन्दा चर्चित छ। आइन्स्टाइनको सामान्य सापेक्षता वादको सिद्धान्त र क्वान्टम मेकानिक्सलाई संयोजन गरि खगोलिय सिद्धान्त अघि सार्ने उनी पहिलो भौतिकशास्त्री हुन। उनलाई यो शताब्दीकै सबैभन्दा तेज वैज्ञानिकको रुपमा चिनिनेगर्छ।nepaliheadlines

काठमाडौं । मानव जीवन रोगबाट ग्रसित हुन्छ । र यो विभिन्न कारणले हुने गर्दछ ।
केही यस्ता बानी छन् जसलाई छाड्यो मानिस सजिलै निरोगी बन्न सक्छ । हामीले यहाँ निरोगी हुने डाक्टरका ३३ उपाय उल्लेख गरेका छौं ।
1. दैनिक ८ गिलास पानी पिउने
2. दैनिक रूपमा साग खाने
3. खानामा सलाद समावेश गर्ने
4. टुसा उम्रेका अनाज खाने
5. बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
6. मौसमअनुसारका फलफूल खाने
7. चिसो पेयपदार्थ नपिउने
8. चिया÷कफी धेरै नपिउने
9. रेसायुक्त तरकारी खाने
10. नुन कम खाने बढी गुलियो नखाने
11. तारेको र डढेको नखाने
12. तरकारीको बोक्रा नफाल्ने
13. भुटेको भटमास, मकै, चना खाने
14. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
15. खाना खानेबित्तिकै नसुत्ने
16. चाँडै सुत्ने र चाँडै उठ्ने
17. ८ घण्टा मस्त सुत्ने
18. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
19. बिहान कम्तिमा ३० मिनेट हिड्ने,
20. व्यायाम गर्ने तनावमा काम नगर्ने
21. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
22. प्रार्थना, पुजापाठ गर्ने
23. जंकफुड, फास्टफुड सेवन नगर्ने
24. बेलाबेलामा मनोरञ्जन गर्ने
25. हरेक कुरामा चित्त बुझाउने
26. धेरै नमोटाउने
27. ६/६ महिनामा शरीर चेकअप गराउने
28. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
29. शाकाहारी खानपान शैली अपनाउने
30. दिनहुँ एकपटक मजाले हाँस्ने
31. आफूलाई कमजोर नसम्झने
32. सकारात्मक सोचाई राख्ने
33. ध्यान गर्ने

काङ्ग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सकिने बताएका छन् । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता देउवाले इच्छा नहुँदा नहुँदैपनि आफु धर्मनिरपेक्षतामा गएको बताए ।
उनले भने,‘ संसदमा हाम्रो पार्टीको दुइ तिहाई बहुमत भएन । यही भएर धर्मनिरपेक्ष घोषणा गर्न बाध्य भएँ ।’
८० प्रतिशत जनताको हिन्दुधर्म कायम राख्नुपर्ने चाहाना भएकाले कांग्रेसको बहुमत भएमा हिन्दु राष्ट्र घोषणा गर्न सकिने बताए । पार्टीको१३ औं महाधिवेशनमा सभापतिका दावेदार देउवाको यो भनाई अर्थपूर्ण मानिएको छ ।यस अघि कांग्रेसका केही नेताले हिन्दु राष्ट्रको पक्षमा लविङ गर्दै आएका थिए ।
त्यसैगरी उनले आफु सभापति भए पार्टी बहुमत प्राप्त र बलियोे हुने बताएका छन् । देउवाले आफु सभापति भए सदाका लागि पार्टी भित्रको गुटबन्दीको अन्त्य हुने दाबी गरे । गिरिजाबाबु र आफुले दुई कांग्रेसलाई एक गराएको भन्दै देउवाले पार्टीलाई एक गराउने दायित्व र कर्तव्य आफनो भएको बताए । त्यसैगरी उनले धनी र गरिबवीचको खालड पनि पुरिदिने बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले मधेसी मोर्चाले राखेका सबै माग पुरा भइसकेको भन्दै अझै पनि सहमतिका लागि सिमाङ्कनका विषयमा लचिलो हुन तयार रहेको बताए । उनले कमैयाँ मुक्तिको नेतृत्व गरेको आफूलाई थारु बिरोधी भनेर गलत प्रचार गरेको बताए ।
ratopati

काठमाडौं, ६ माघ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ ।
नेविसंघका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको हो ।
नेविसंघले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा पाँच तथा डिजेल र मट्टितेलमा प्रतिलिटर छका दरले मूल्य घटाएको थियो ।
निगमका डिपोमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन पनि आग्रह गरिएको छ ।

ताप्लेजुङ, माघ ६ । मौसममा अचानक आएको बदलीका कारण काठमाडौंलगायत देशका पहाडी भेगमा चिसो बढेको छ । मंगलबार राति काठमाडौंमा फाट्फुट वर्षासमेत भएको छ । मौसम बदली भएसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।
हिमपातका कारण हिमाली क्षेत्रका जिल्लाको जनजीवन प्रभावित भएको छ । दुई फिटसम्म भएको हिमपातका कारण ताप्लेजुङका ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।
यस्तै जिल्लाका अन्य गाविस फाकुम्बा, साँघु, याम्फुदिन, कालीखोला, इखाबु, मामाङ्खे लगायतका उच्च भेगका गाविसमा समेत चिसो बढेको स्थानीयले बताएका छन् । चिसोको असर वृद्धवृद्धा र बालबालिकामा बढी परेको छ । डाँडातिर हिउँ परिरहँदा तल्लो भेगमा चिसो अधिक बढेको छ ।
ताप्लेजुङमा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । उता, बाजुरामा पनि भारी हिमपात भएको हाम्रा संवाददाताले जनाएका छन् । हिमपातसँगै बढेको चिसोले दैनिक जनजीवन प्रभावित भएको छ ।
यसैबीच लामो समयको खडेरीपछि हिमाली जिल्ला हुम्लामा आज विहानबाट हिमपात शुरु भएको छ । हिउँदे बाली सुक्न लागेको बेला हिमपात भएकाले किसानलाई राहत भएको छ ।
हिमपात सुरु भएपछि जिल्ला सदरमुकाम सिमिकोटको तापक्रम माईनस ७ डिग्रि सेल्सियस पुगेको छ । खानेपानीका धाराहरुमा बरफ जमेकाले पानी आउन छाडेको छ । चिसो बढेका कारण बजारमा मानिसहरुको चहलपहल कम भएको छ । सिमिकोट विमानस्थलमा हिउँ जमेकाले हवाईसेवासमेत बन्द भएको छ ।

पिनास भनेको साइनसहरुको संक्रमण हो ।
साइनस भनेका टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो ससाना प्वालहरुको माध्यमबाट नाकको श्वासमार्गसंग जोडिएका हुन्छन् ।
लक्षणहरु
१. नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने
२. नाक बन्द भइरहने
३. टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहन
४. सुघ्ने शक्तिमा कमि आउने
५.कसैकसैमा ज्वरो आउने जीउ दुख्ने पनि हुन्छ ।
६. विशेष गरी टाउको अगाडी झुक्दा दुख्ने भारी भएको जस्तो लाग्ने हुन्छ ।
७. साधारण रुघाबाट शुरु भएर पछि पिनास हुनसक्छ
यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दति अपनाउनु वा औषधि सेवन गर्नु उचित हुन्छ । पिनास चिकित्सकले समान्यतया लक्षण् हेर्दा नै थाहा पाए पनि कुनै अवस्थामा पत्ता लगाउनका लागि एक्सरे, सिटि स्क्यान, रगतको जाँच, साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्ने हुनसक्छ ।
यसको उपचारमा घरेलु औषधिहरु पनि प्रभावकारी हुने गर्छन ।
१. प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ ।
२. पानी मात्रको वाफ वा पानीसँग भिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गई आराम महसुस हुन्छ ।
३. मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहि राहत मिल्छ ।
४. मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनि यसको दुखाइ कम हुन्छ ।
साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
२. नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ ।
३. धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ ।
४. चुरोटको धुँवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ ।

६ माघ, काठमाडौँ।
नेपाल आयल निगमले आज १ देखि ३० लटसम्मका निजी मोटरसाइकल र स्कुटरलाई पेट्रोल बाँड्दैछ ।
तोकिएको पम्पहरूबाट पेट्रोल वितरण गर्ने कार्य बिहान ९ बजेदेखि सुरु भएको निगमले जनाएको छ । तेल प्राप्त गर्न ब्लु–बुक नविकरण हुनुपर्नेछ । निगमले प्रत्येक बाइक र स्कुटरलाई पाँच लिटर पेट्रोल उपलब्ध गराउने छ ।
तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र विक्रि वितरण सम्बन्धमा वाणिज्य विभाग, नेपाल आयल निगम तथा नेपाल प्रहरीबाट अनुगमन गर्ने निगमले जनाएको छ ।nepaliheadlines

६ माघ, काठमाडौं ।
संस्थापन पक्षका नेता तथा कार्यकर्ताको चौतर्फी दबाबपश्चात् कांग्रेसका युवा नेता गगन थापाले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । थापाको उम्मेदवारीलाई कांग्रेसमा पुराना नेताविरुद्दको विद्रोहको रुमा लिइएको छ ।
तर, उनको उम्मेदवारीले वरिष्ठ नेता शेरबहादुर देउवाभन्दा सुशील कोइराला र रामचन्द्र पौडेललाई सकसमा पार्न सक्ने देखिएको छ । यसअघि सुशील कोइरालाको विशेष सहयोगीको भूमिकामा देखिँदै आएका आमोदप्रसाद उपाध्यायसमेत गगनको पक्षमा उभिएका छन् र उपाध्यायको यस्तो निर्णयले कोइराला पक्षलाई स्तब्ध बनाएको छ ।
गगन थापालाई उनका ससुरासमेत रहेका अर्जुननरसिंह केसीसँग जोडेर हेर्नेहरु गगनको पछिल्लो गतिविधिबाट चकित परेका छन् । गगनको साथ पाएर महामन्त्री बन्ने अपेक्षा गरिएका केसी पनि आफ्नो ज्वाइँको भूमिकाबाट सशंकित बनेको बताइन्छ ।
यद्यपि गगनले अहिलेसम्म तेह्रौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका छैनन् । घटना र विचार साप्ताहिकमा खबर छ ।nepaliheadlines

काठमाडौं: सरकारको नेतृत्व गरेको एमालेभित्रको खिचातानीपछि नेपाल-भारतबीचका सन्धिसम्झौता पुनरावलोकन गर्न प्रस्तावित प्रबुद्ध समूहमा आबद्ध व्यक्तित्वहरू विवादमा तानिएका छन्।
गत साता मन्त्रिपरिषद्मा समूहमा रहने व्यक्तित्वहरूको नाममा छलफल भएको तर अनुमोदन नभएको व्यहोरा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री शेरधर राईले सार्वजनिक गरेपछि ती व्यक्तित्वहरू विवादमा तानिएको बुझिएको छ। झन्डै पाँच दशकभन्दा बढी राजनीतिक र कूटनीतिक दायित्व निर्वाह गर्दै आएका डा. भेषबहादुर थापाको नेतृत्वमा चार सदस्यीय प्रबुद्ध समूह गठन प्रस्ताव परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो।
समूहमा प्रस्तावित संयुक्त राष्ट्रसंघका लागि पूर्वसहायक महासचिव कुलचन्द्र गौतम र अख्तियारका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको नाममा खासै विवाद नरहे पनि एमाले सभासद् डा. राजन भट्टराईको नाममा भने एमालेभित्रै मतभेद देखिएको स्रोतले बतायो।सरकारी स्रोतका अनुसार एमालेको एउटा खेमाले सभासद् लालबाबु यादवको नाम प्रस्ताव गरेको थियो। तर अन्तिम क्षणमा डा. भट्टराई सभासद् यादवलाई विस्थापित गर्न सफल भएका थिए।
स्रोतका अनुसार प्रधानमन्त्री ओली र उनका सल्लाहकारहरूले यादवलाई भन्दा भट्टराईलाई प्रबुद्ध समूहमा राख्नुपर्ने अडान लिएका थिए। गत साताको मन्त्रिपरिषद् बैठकले प्रबुद्ध समूह गठनबारे कुनै निर्णय गर्न सकेन।बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा अनुपस्थित भएका कारण समूह गठनबारे निर्णय हुन नसकेको एक मन्त्रीले जानकारी दिए।
'प्रबुद्ध समूहबारे बैठकमा विवाद भयो । परराष्ट्रमन्त्रीसमेत बैठकमा सहभागी थिएनन्', ती मन्त्रीले भने।प्रधानमन्त्रीका विदेश मामिला विज्ञ गोपाल खनालले प्रबुद्ध समूह गठन प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको तर औपचारिक निर्णय भइनसकेको बताए।
'परराष्ट्रको प्रस्तावअनुसार चारजनाको नामबारे मन्त्रिपरिषद्मा छलफल भएको हो। तर औपचारिक निर्णय भइसकेको छैन', उनले भने।खनालले अन्य व्यक्तित्वभन्दा सभासद् भट्टराई नै उपयुक्त भएका कारण उनको नाम प्रस्ताव गरिएको बताए।
प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रबुद्ध समूह गठन गरी त्यसले दिने सुझावहरू भारतसँगको सम्बन्ध सुधारका लागि उपयोगी हुने विश्वास सरकारको छ।
भारतले प्रबुद्ध समूहमा रहने व्यक्तित्वहरूको नाम हालसम्म पनि सार्वजनिक गरेको छैन । कूटनीतिक स्रोतका अनुशार नेपालले प्रबुद्ध समूहमा रहने चार व्यक्तित्वहरूको नाम दिएपछि भारतले पनि नाम उपलब्ध गराउनेछ।
'नेपालले प्रबुद्ध समूह गठन नहुँदै अनावश्यक प्रचार र अपरिपक्वता देखाएका कारण प्रस्तावित सबै व्यक्तित्वहरूलाई त्यसले असर गरेको छ', एक कूटनीतिज्ञले भने।नेपाल र भारतबीच विगतमा एकैचोटि प्रबुद्ध समूह गठनबारे सार्वजनिक गर्ने मौखिक सहमति भएको जानकारहरू बताउँछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा पनि प्रबुद्ध समूह गठनका विषयमा छलफल भएको थियो। त्यसअघि नेपाल-भारत संयुक्त आयोगको तेस्रो बैठकमा नेपाल र भारतका तर्फबाट प्रबुद्ध समूहमा चार-चारजना सदस्य राख्ने सहमति भएको थियो।
नेपाल-भारतबीच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विवादमा रहेका अन्य द्विपक्षीय सन्धिसम्झौता पुनरावलोकन, प्रतिस्थापन या आवश्यक परे खारेजीका विषयमा दुवै देशका सरकारलाई सुझाव दिने उद्देश्यले प्रबुद्ध समूह बनाउने अवधारणा अघि सारिएको थियो।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको २०६८ कात्तिकमा सम्पन्न भारत भ्रमणमा प्रबुद्ध समूह गठन गर्ने विषय पहिलोपटक प्रस्तावित भएको थियो।

बुधबार, ६ माघ
काठमाडौं । जीपी कोइराला श्वास–प्रश्वास उपचार केन्द्रमा कार्यकारी निर्देशक र बोर्ड सदस्यबीच बेमेलमै हात हालाहालको स्थिति उत्पन्न भएको छ ।
आफूलाई काँग्रेस नेतृ सुजाता कोइरालाको घनिष्ठ सहयोगी दावी गर्ने र सुरासुन्दरी भनेपछि भुतुक्क हुने काँग्रेस महासमिति सदस्य राम भण्डारीले कार्यकारी निर्देशक डा.यज्ञबहादुर भण्डारीलाई खल्तीको झैं गरी हल्लाउन खोजेपछि विवाद भएको बताइन्छ ।
सोही कारण अहिले दुवै भण्डारी तनावमा परेको र दुईबीचको झगडाले बोर्डले गति लिन नसकेको बताइन्छ । एमालेकामे स्वास्थ्यमन्त्री भएको बेलामा काँग्रेसकै पावरमा कार्यकारी निर्देशक डा.यज्ञबहादुर भण्डारीलाई राम भण्डारीकै पहलमा नियुक्ति गरिएको थियो ।
चार वर्षे कार्यकालका लागि भर्ती भएका उनलाई अहिले भने राम भण्डारी र्नै जसरी हुन्छ केन्द्रबाट हटाउने अभियानमा लागेको बताइन्छ । केन्द्रमा अध्यक्ष नभएर गति लिन नसकेको बेला सरकारले अहिले डा.किरण रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
तर उनले पनि कुनै परिवर्तनको अनुभूति दिन सकेकी छैनन् । बोर्ड सदस्य र कार्यकारी निर्देशकको द्वन्द्वका कारण केन्द्रमा सुधारको पहल हुन नसकेको बताइन्छ । आजको बुधबार साप्ताहिकमा समाचार छ ।
nepalsandesh
काठमाडौं । जीपी कोइराला श्वास–प्रश्वास उपचार केन्द्रमा कार्यकारी निर्देशक र बोर्ड सदस्यबीच बेमेलमै हात हालाहालको स्थिति उत्पन्न भएको छ ।
आफूलाई काँग्रेस नेतृ सुजाता कोइरालाको घनिष्ठ सहयोगी दावी गर्ने र सुरासुन्दरी भनेपछि भुतुक्क हुने काँग्रेस महासमिति सदस्य राम भण्डारीले कार्यकारी निर्देशक डा.यज्ञबहादुर भण्डारीलाई खल्तीको झैं गरी हल्लाउन खोजेपछि विवाद भएको बताइन्छ ।
चार वर्षे कार्यकालका लागि भर्ती भएका उनलाई अहिले भने राम भण्डारी र्नै जसरी हुन्छ केन्द्रबाट हटाउने अभियानमा लागेको बताइन्छ । केन्द्रमा अध्यक्ष नभएर गति लिन नसकेको बेला सरकारले अहिले डा.किरण रेग्मीलाई अध्यक्षको जिम्मेवारी दिएको छ ।
तर उनले पनि कुनै परिवर्तनको अनुभूति दिन सकेकी छैनन् । बोर्ड सदस्य र कार्यकारी निर्देशकको द्वन्द्वका कारण केन्द्रमा सुधारको पहल हुन नसकेको बताइन्छ । आजको बुधबार साप्ताहिकमा समाचार छ ।
nepalsandesh
बुधबार, ६ माघ
काठमाडौं । नेपाली सेनाले आफ्ना जवानका लागि चाहिने हाईइनर्जी बिस्कुट र कन्डेन्स मिल्क सिधै उत्पादक कम्पनीसँग खरिद गर्ने निर्णयविरुद्ध पुनरावेदन अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
ठेकेदार कम्पनीसँग बिस्कुट र दूध खरिद गर्दा तीन वर्षमा ४१ करोड रुपैयाँ बचत हुने भएकाले सबै प्रक्रिया पूरा गरेर ठेकेदार कम्पनीसँग खरिद सम्झौता गरिसकेपछि पुनरावेदन अदालत पाटनले रोक लगाएको छ ।
प्रधानन्यायधीस कल्याण श्रेष्ठले अदालतमा हुने कुनै पनि विकृति हटाएर छाड्ने प्रतिबद्धता व्यक्त गरेको भए पनि पुनरावेदन सो मुद्दामा गरेको फैसलाले भने गम्भीर प्रश्न उठाइदिएको छ ।
सेनाले सोझै उत्पादक कम्पनीसँग खरिद गर्ने निर्णयविरुद्ध मार्क सप्लायर्स प्रालीको तर्फबाट पेम्बा शेर्पाले मुद्दा दायर गरेका थिए । आजको जनाआस्था साप्ताहिकमा समाचार छ ।

आजको पञ्चाङ्ग:
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर,शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ ६ गते बुधवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी २० तारिक शुक्लपक्ष एकादशी तिथि विहान १० वजेर ५९ मिनेटसम्म, रोहिण नक्षत्र राती ९ वजेर २५ मिनेटसम्म, ब्रह्मयोग राती ४ वजेर २० मिनेटसम्म, भद्राकरण विहान १० वजेर ५९ मिनेटसम्म, आनन्दादियोग शुभ, सूर्य मकर राशीमा, चन्द्रमा वृष राशीमा ।
आजको राशिफल:
मेषः–
7
दिन मध्यम खालको छ । प्रयत्न विना काम सफल हुने देखिन्न । नयाँ बस्तु खरिद हुनेछ । पारिवारिक खर्च बढ्नेछ । तपाईको भरोसा अरुले पनि गर्नेछन् । अल्छि नगर्नु होला ।
वृषः–
8
समयले साथ दिनेछ । काम काजमा प्रगति हुनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।
मिथुनः–
10
प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । नचाहादा नचाहादै खर्च गर्नु पर्ला । आज गरेको लगानीबाट मुनाफा लिन सकिने छैन । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन ।
कर्कटः–
11
काममा विलम्व नगर्नु होला आफैलाई घाटा हुनेछ । आय आर्जनका दृष्टिले आजको दिन पनि अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट पनि आम्दानी बढ्नेछ ।
सिंहः–
12
आर्थिक कारोवारमा सजग रहनु होला । व्यवसायिक लगानी बढ्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । प्रयत्न गरेमा कामको नयाँ अवसर आउन सक्छ ।
कन्याः–
9
काममा अरुची बढ्नेछ । अरुको काम गरेर जश कमै मिल्नेछ । धर्म कर्म तिर मन जानेछ । पढाई लेखाईमा पनि अभिरुची बढ्नेछ । भलाईका काम बढि हुनसक्छन् ।
तुलाः–
4
समयले कम साथ दिनेट । आवस्यकता अनुसारको काम गर्न सकिने छैन । गरेका काम पनि अधुरा रहनेछन् । मानसिक तनाव बढ्नेछ । स्वास्थ्य कमजोर बन्नेछ ।
वृश्चिकः–
3
आफन्तको सहयोगमा काम बन्नेछन् । काममा विलम्ब नगर्नु होला हानी हुनेछ । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्ययवसायबाट आय बढ्नेछ ।
धनुः–
2
विवादित कामको टुङ्गो लाग्नेछ । सामान्य खटाईबाट काम सम्पादन हुने छैनन । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । शत्रु परास्त हुनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।
मकरः–
1
यात्रा सहज हुने छैन । मनमा कुरा खेल्नेछन् । प्रेमिका बाट सहयोग पाईनेछ । काममा आलटाल गर्दा फाइदा अरुले लिनेछन् । व्यापारबाट आंशिक लाभ हुने देखिन्छ ।
कुम्भः–
6
धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । आलस्यता बढि काम काज कम हुनेछन् । अरुको काम गरेर जश पाईने छैन । आफन्तमा वैरभाव उत्पन्न हुनसक्छ ।
मिनः–
5
सामन्तया दिन अनुकुल देखिन्छ । निर्णय क्षमता बढ्नेछ । अधिकाँश काम आफ्नै बाहुबलबाट सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काममा विलम्व नगर्नु होला ।

रियाद (साउदी अरब), ५ माघ । चिनियाँ राष्ट्रपति सी जिनपिङ आफ्नो पाँच दिन लामो मध्यपूर्वी तीन राष्ट्र साउदी अरब, इरान र इजिप्ट भ्रमणका क्रममा मङ्गलबार साउदी अरब आइपुग्नुभएको छ ।
चीन अर्थतन्त्रका हिसाबले विश्वको दोस्रो शक्तिशाली राष्ट्र भएको र यसको विश्वका अन्य मुलुकसँगको कूटनीतिक सम्बन्ध थप मजबुत पार्ने उद्देश्यका साथ उहाँको भ्रमण तय भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
चीनका राष्ट्रपति सीको मध्यपूर्वको भ्रमण सिरियामा जारी युद्धका कारण यो क्षेत्रमा परेको तनावका बीच हुने भएको हो ।
साउदी अरबमा सिया धर्मगुरुलाई हालैका दिनमा दिइएको फाँसीको सजायपछि सिया समुदाय आफ्ना धर्मगुरुलाई फाँसी दिएपछि यसको प्रतिक्रियास्वरूप सिया धर्मावलम्बीले तेहरानस्थित साउदी अरबको राजदूतावास लुटपछि आगो लगाएका थिए । यसबाट साउदी अरब र तेहरानबीचको सम्बन्धमा समस्या उत्पन्न भएको वेला राष्ट्रपति सीको मध्यपूर्वको भ्रमण महत्वका साथ हेरिएको छ ।
चीनमा मध्यपूर्वी मुलुकबाट खासगरी तेल आपूर्ति हुने गरेकोले बेइजिङ इन्धनका लागि मध्यपूर्वमा आश्रित रहँदै आएको छ । बेइजिङले यस क्षेत्रमा कूटनीतिक एवम् अन्य खालका विवाद समाधानमा लामो समयदेखि सहयोगीको भूमिका खेल्दै आएको छ ।
अहिले विशेषगरी सिरियामा जारी युद्ध र सङ्कटलाई समाधान गर्न चीनको भूमिका महत्वपूर्ण भएको र यसमा बेइजिङले आफ्नो पहल थाल्ने बताइएको छ ।
चीनको अर्थतन्त्र वृद्धिसँगै चीन इन्धन (तेल तथा ग्यास) आयातमा मध्यपूर्वी मुुलुकसँग निर्भर बन्दै त्यहाँबाट इन्धन आपूर्तिमा वृद्धि गरेको छ ।
यसका लागि चीनले ‘एक क्षेत्र एक सडक’ को नीति लिँदै यसलाई सीको पहलमा बेइजिङको प्रभाव विस्तार गर्न चीन अग्रसर भएको छ ।
सीले सन् २०१३ मा ल्याउनुभएको विदेश सम्बन्ध विस्तारसम्बन्धी नीतिद्वारा बेइजिङ मध्य एसियादेखि युरोपसम्म भौतिक संरचना तथा यातायात सञ्जाल निर्माणका लागि ऋण प्रवाह गर्दै यस क्षेत्रमा आफ्नो अस्तित्व देखाउने लक्ष्य लिँदै आएको छ ।
सीको मध्यपूर्वको भ्रमण र छलफल यस क्षेत्रको राजनीतिक सङ्कट समाधान गर्न पनि महत्वपूर्ण रहने विश्वास लिइएको छ ।
यद्यपि चिनियाँ कूटनीतिज्ञले यसै हप्ता साउदी अरब र इरानबीच पछिल्लो समय विकसित भएको सम्बन्धलाई शान्त एवम् संयमित रूपमा हल गर्नुपर्ने बताएका छन् । रासस/सिन्ह्वा

अर्घाखाँची, ५ माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापा मंगलबार निकै आक्रोशित देखिएका छन् ।
कांग्रेसको आगामी १३ औं महाधिवेशनको तयारीका लागि देशदौडाहमा रहेका थापा अर्घाखाँची पुगेर आक्रोशित बनेका हुन् । उनी पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको नयाँ शक्ति अभियानबारे सञ्चारकर्मीको प्रश्नमा एक्कासी आक्रोशित बनेका हुन् ।
नेपाल प्रेस यूनियन अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले नयाँ शक्तिको नाममा बाबुरामले आफूलाई दुःख दिएको आरोप लगाए । उनले चर्काे स्वरमा भने- ‘युवा नेता, बुद्धिजीविहरुसँग छलफल भइरहेको छ, सबै पार्टीका युवा नेता नयाँ शक्तिमा आउँछन भनेर बाबुरामले मेरो नाम जोडेर बदनाम गर्न खोजेका छन् । यसलाई तुरुन्त रोक्न आग्रह गर्दछु ।’
उनले कांग्रेसमा आफूले वर्षाैदेखि पसिना बगाएको भन्दै कांग्रेस भन्दा अरु सोच्न पनि नसक्ने बताए । बाबुरामलाई हावादारीको संज्ञा दिँदै नेता थापाले अबदेखि आफ्नो नाम नजोड्न चेतावनी दिए । ‘बाबुराम जी, तपाईंले मेरो नाम जोडेर चर्चा नकमाउनुस्, म कांग्रेस मै छु, नयाँ शक्तिमा आउने कल्पनासम्म नगर्नुस्’ चेतावनी दिँदै उनले भने ।
उनले १३ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताए । यसअघि बाबुरामले नयाँ शक्तिका अभियानमा गगन थापादेखि एमाले नेतृ रामकुमारी झाक्रीसम्म आउन लागेको बताएका थिए ।

नयाँदिल्ली–अभिनेता नवाजुद्धिन सिद्धिकीको विरोधमा वर्सोवा पुलिस स्टेशनमा एक युवतीले हात हालाहाल तथा छेडछाडको मुद्दा दायर गरेकी छन् । सञ्चारमाध्यमका अनुसार मुम्बईको यारी रोडमा रहेको एक अपार्टमेन्टको पार्किङमा उनको एक युवतीसँग विवाद भएको थियो । अहिलेसम्म नवाजले यस विषयमा मुख खोलेका छैनन् ।
कस्तो थियोे घटना
सञ्चारमाध्यमका अनुसार अपार्टमेन्टको तल्लो तलामा नवाजुद्धिनको अफिस छ । त्यहाँ उनले गैरकानूनी रुपमा निमार्णको काम गरे । नवाजुद्धिनका कारण कार पार्किङलाई अफ्ठेरो भयो । त्यसैकारण कार पार्किङ सोसाइटीका अध्यक्ष तथा महासचिवले नवाजुद्धिनलाई यस सम्बन्धी ध्यानाकर्षण समेत गराएका थिए ।
कसले गर्यो उजूरी
नवाजको विरुद्धमा उजुरी गर्ने २४ वर्षीया युवती महासचिवकी छोरी हुन् । उनी नवाजलाई मिटिंगको विषयमा बताउन गएकी थिइन् । तर नवाजले गाली गरेको र उल्टै हातपात गरेको उनको आरोप छ । नवाजसँगको विवादपछि उनले प्रहरी थानामा पुगेर उजुरी गरेकी हुन् ।
लन्चबक्स चलचित्रका लागि जितेका थिए फिल्मफेयर अवार्ड
तलाश, कहानी, ग्यांग्स् अफ वासेपुर र देख इन्डियन सर्कस चलचित्रका लागि नवाजुद्धिन सिद्धिकीलाई सन् २०१२ मा नेशनल फिल्म अवार्डस्अन्तर्गत स्पेश ज्यूरी अवार्ड प्रदान गरिएको थियो । सन् २०१३ मा आएको चलचित्र लन्च बक्सका लागि उनलाई उत्कृष्ट सहअभिनेताको फिल्मफेयर अवार्ड मिल्यो ।
थुप्रै हिट फिल्ममा छन् नवाज
सलमान खानको पछिल्लो वर्षको चलचित्र बजरंगी भाईजानमा नवाजले गरेको अभिनयको सबैले तारिफ गरेका छन् । चलचित्र मांझी द माउन्टेन म्यान, बदलापुर, किक, ग्यांग्स् अफ वासेपुरलगायत चलचित्रले उनलाई बलिडमा अलग पहिचान दिलाएका छन् । अहिले उनी कोलकत्तामा अमिताभ बच्चनको साथ फिल्म तीन को सूटिंंगमा व्यस्त छन् ।

काठमाडौ – मधेस आन्दोलनसँगै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको चर्चा व्यापक छन् । आन्दोलनका क्रममा वीरगञ्ज नाकामा डटेर बसेको अवस्था होस्, काठमाडौंको दानापानी बन्द गर्ने अभिव्यक्ति होस् या विराटनगरमा प्रहरीबाट कुटाईको खाएको अवस्था किन नहोस् कुनै नकुनै रुपमा उनी सधै चर्चामै रहे ।
तर, उनी चर्चामा रहनुको अर्को पनि कारणहरु छन् । त्यो हो, उनी गरेका राजनीतिक प्रतिवद्धता तथा निर्णयहरु । उनले पटक–पटक पार्टीबाट निर्णय गराएका विषयलाई आफै उल्टाएर चर्चामा आउने गरेका छन् ।
भदौं १ गतेदेखि हालसम्म उनले पाँचवटा राजनीतिक प्रतिबद्धता तथा अडान लिए तर कुनै पूरा गर्न सकेन ।
निर्णय नं. १ : सविधानसभाबाट राजिनामा
मधेसी जनताले चाहेको जस्तो सविधान बन्ने अवस्था नरहेका भन्दै सविधानसभाबाट आफ्ना पार्टीका सभासद्ले राजिनामा दिएको घोषणा महतोले गरेका थिए । संविधानसभाबाट राजीनामा दिएकालाई मधेस आन्दोलनमा लाग्न निर्देशन दिएपछि महतो एकाएक चर्चामा आए ।
तर, उल्ट्याईयो निर्णय
सविधानसभाबाट राजीनामा दिने घोषणा गरेपनि उनका पार्टीका सभासद्हरुले भदौं ६ गते राजीनामा पत्र तत्कालिन सविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका थिए । त्यसमा पनि छ जना सभासद्मध्ये चारजनाले मात्र बुझाएका थिए । नरसिंह चौधरी र माधवी रानीले भने आफ्नो राजीनामा बुझाएका थिएनन् । तर डेढ महिना नपुग्दै असोज २४ गते भएको प्रधानमन्त्रीको चुनावमा राजीनामा दिइसकेका सभासद्ले समेत सुशिल कोइरालाको पक्षमा मतदान गरे । र त्यो दिनदेखि आजसम्म नियमति संसदमा सहभागि हुँदै आएका छन् ।
निर्णय नं. २ : केन्द्रीय कार्यालय मधेसमा सार्ने
अध्यक्ष महतोले आफ्ना पार्टीका सभासद्लाई राजीनामा दिन लगाएर मधेस आन्दोलनमा जाने घोषणा गरेसँगै काठमाडौमा रहेको पार्टी केन्द्रीय कार्यालय मधेसमा सार्ने निर्णय पनि गरेका थिए । उक्त निर्णयलाई पनि आन्दोलनको मुडमा रहेको मधेसमा स्वागत गरियो ।
तर, उल्टाइयो निर्णय
मधेसमा पार्टी कार्यालय सार्ने निर्णय गरेर केन्द्रीय कार्यालय रहेको ठाउँमा सम्पर्क कार्यालयको बोर्ड झुण्ड्याईयो । तर पाँच महिना बितिसक्दा पनि मधेसमा कतै केन्द्रीय कार्यालय खोलिएको छैन । सबै काम यतै काठमाडौकै कार्यालयबाट भइरहेको छ । सो पार्टीको लेटरप्याडदेखि लिएर अन्य सबै ठाउँमा केन्द्रीय कार्यालय काठमाडौनै उल्लेख गरेको छ ।
निर्णय नं. ३ : आन्दोलन सफल नभएसम्म काठमाडौ नफर्किने
भदौं १ गते काठमाडौ छाड्ने बेलामा अध्यक्ष महतोले मधेस आन्दोलन सफल नभएसम्म काठमाडौ नफर्किने घोषणा गरेका थिए । र, आफ्ना कार्यकर्तालाई पनि मधेस आन्दोलन सफल नभएसम्म काठमाडौ नफर्कन निर्देशन दिएका थिए ।
तर, उल्टाइयो निर्णय
आन्दोलन सफल नभएसम्म काठमाडौं नफर्किने घोषणा गरेका अध्यक्ष महतो हालसम्म दुई पटक काठमाडौ आएर फर्किसकेका छन् । असोज ८ गते आएर उनी ९ गते फर्केका थिए । रअका पूर्व प्रमुख अवेश विहारी माथुर नेपाल आएको बेला उनलाई भेट्नका लागि काठमाडौ बोलाएका थिए । त्यो दिन विराटनगरबाट साँझ सौर्य एयरलाइन्सबाट काठमाडौं आएका थिए । यद्यपि उनले विरगन्ज जान अप्ठ्यारो भएर काठमाडौंबाट प्लेन चढेर जान आएको रातोपाटीसँग कुरा गर्दै बताएका थिए । हालै उनी दिल्लीबाट उपचार गराएर माघ ३ गते सिधै काठमाडौ आएर आजै जनकपुर हुँदै लहान गएका छन् ।
निर्णय नं. ४ः सरकारले माफी नमागेसम्म वार्तामा नबस्ने
पुस ११ गते विराटनगरको जोगवनीमा प्रहरीको कुटाइबाट आफ्ना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि सरकारले माफी नमागेसम्म सरकारसँग वार्ता नगर्ने निर्णय पुस १२ गते पार्टीले गरेको थियो । पार्टीले मधेसी मोर्चालाई पनि सरकारले माफी नमागेसम्म वार्तामा नबस्न दवाव दिएको थियो । यहाँसम्म कि पार्टीले मोर्चाले गठन गरेको कार्यदलमा पनि आफ्नो प्रतिनिधि राखेन ।
तर, उल्टाइयो निर्णय
पुस ११ गते गरेको निर्णय एक महिना पनि टिक्न सकेन । मधेसी मोर्चाको कार्यदल र तीन दलको कार्यदलबीच माघ २ गते सिंहदरवारमा भएको वार्तामा लक्ष्मणलाल कर्ण सहभागि भएका थिए । जब कि सो कार्यदलमा सद्भावना पार्टीका कोही प्रतिनिधि पनि थिएन । त्यसपछि पनि कर्ण ३ र ४ गते पनि सरकारसँगको वार्तामा सहभागि भए ।
निर्णय नं. ५ : ओलीले माफी नमागेसम्म वार्ता नगर्ने
२०७१ पुस २३ गते बालुवाटारमा बसेको तीन दल र मधेसी मोर्चाको बैठकमा सिमांकनको विषयमा मधेसी मोर्चाका राजेन्द्र महतोले कुरा उठाउँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समथर भूभाग देख्नै नहुने ? मधेसलाई पनि युपी विहारमा मिलाउ’ भने अभिव्यक्ति दिएर महतोलाई होच्याएका थिए । आक्रोशित अध्यक्ष महतोले सोही दिन पार्टी कार्यालयमा आएर अध्यक्ष ओलीले माफी नमागेसम्म वार्तामा नबस्ने निर्णय गरेका थिए ।
उनले मधेसी मोर्चाका नेतालाई समेत ओलीसँग वार्ता नगर्न दवाव दिएका थिए तर मोर्चाले भने मानेन । त्यसपछि सो पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण पार्टीको प्रतिनिधि भएर ओलीसँग पटक पटक वार्ता गरे । तर राजेन्द्र महतो ओलीसँग कहिले वार्ता गरेनन् ।
तर, उल्टाइयो निर्णय
पुस २३ गते निर्णय लिएका राजेन्द्र महतो ठीक एक वर्षपछि ०७२ माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै सरकारी निवासमा गएर भेटे । दिल्लीमा उपचार गराएर मधेसमै बस्ने भनिएपनि उनी दिल्लीबाट काठमाडौ आएर सोही दिन साँझ भेटेका थिए । ‘प्रधानमन्त्रीको आग्रहमा मात्र काठमाडौं आएको हुँ,’ उनले विमानस्थलमा पत्रकारहरुसँग स्पष्टिकरण दिए ।ratopati

माघ ५, काठमाण्डौं ।
बंगबन्धु गोल्डकप फुटवलको सेमिफाईनलमा नेपालले माल्दिभ्सको अण्डर २३ टीम बिरुद्ध २–० को अग्रता लिएको छ । ढाकामा जारी खेलमा नेपालले ३१ औं र ५२ औं मिनेटमा गोल गरेको हो ।
खेलको ३१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । बिमल घर्ती मगरको प्रहार पोष्टमा लागेर फर्किएपछि नवयुगले वललाई पोष्टको दिशा दिएका हुन् । यस्तै खेलको ५२ औं मिनेटमा बिशाल राईले अर्को गोल गरे । रबिन श्रेष्ठको पासमा बिशालले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन् ।
पहिलो हाफको अन्त्यतिर माल्दिभ्सका खेलाडिको ससक्त प्रहार गोलरक्षक बिकेस कुथुले पञ्च गर्दै बचाएका थिए ।
खेलमा नेपाल माल्दिभ्समाथि हावी भएको छ । पहिलो हाफमा ६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको नेपालले दोस्रो हाफमा समेत आफ्नो नियन्त्रण कायमै राखेको छ ।
माघ ५, काठमाण्डौं ।
बंगबन्धु गोल्डकप फुटवलको सेमिफाईनलमा नेपालले माल्दिभ्सको अण्डर २३ टीम बिरुद्ध अग्रता लिएको छ । ढाकामा जारी खेलको पहिलो हाफको समाप्तिमा नेपाल १–० ले अघि छ ।
खेलको ३१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् । बिमल घर्ती मगरको प्रहार पोष्टमा लागेर फर्किएपछि नवयुगले वललाई पोष्टको दिशा दिएका हुन् । पहिलो हाफको अन्त्यतिर माल्दिभ्सका खेलाडिको ससक्त प्रहार गोलरक्षक बिकेस कुथुले पञ्च गर्दै बचाएका थिए ।
पहिलो हाफमा भने नेपाल माल्दिभ्समाथि हावी भएको छ । नेपालले ६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको छ भने ९ वटा ससक्त प्रहार गरेको थियो ।
.....................................................................................................................................................................
वंगवन्धु गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । वंगलादेशमा जारी प्रतियोगितामा नेपाल विगत तीन खेलमा अपराजित रहेको छ । ढाकाको वंगवन्धु स्टेडियममा बेलुका शुरु हुने खेलमा नेपाल फाइनल पुग्ने लक्ष्य सहित मैदान उत्रने प्रशिक्षक वालगोपाल महर्जनले बताए ।
नेपाल समुह एको उपविजेता बन्दै अन्तिम चारमा प्रबेश गरेको थियो । आज जित हात पारे नेपालले उपाधीका लागि बहराइनको अन्डर २३ टिमसंग प्रतिस्पर्धा गर्नेछ । हिजो पहिलो सेमिफाइनलमा बहराइनले आयोजक वंगलादेशलाइ १–० गोल अन्तरले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेको हो ।
नेपाली टोलीका कप्तान विराज महर्जनले माल्दिभ्सका खेलाडी तिब्र गतिमा खेल्ने भएकाले रक्षापंतिले बढी मेहनत गर्नुपर्ने बताएका छन । नेपालले समुह चरणमा मलेसियाको फेल्डा युनाइटेड र वंगलादेशसंग गोलरहित वरावरी खेलेको थियो भने श्रीलंकालाइ १–० ले पराजित गरेको थियो ।
ekantipur

काठमाडौं, माघ ५ । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले अहिले माल्दिभ्ससँग खेलिरहेको छ । मध्यान्तरसम्म नेपाल १–० ले अगाडि रहेको छ ।
मध्यान्तरअघि नै नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाएका हुन् ।
प्रतियोगिताको समूह ‘ए’को उप–विजेताकारूपमा नेपालले समूह ‘बी’को विजेता माल्दिभ्सलाई प्रतिद्वन्द्वी पाएको हो ।
नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो ।
यो खेलको विजेताले फाइनलमा शुक्रबार बहराइनसँग खेल्नेछ । सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले स्तव्ध पार्दै बहराइन फाइनलमा पुगेको हो । imagekhabar

काठमाडौं, ५ माघ । पृथ्वीमा आजदेखि चन्द्रमा पाप कर्तरी तथा गुरुचन्डाल योग सुरु भएको छ ।
ज्योतिषहरुका अनुसार आज दिउँसो ३ बजेदेखि विहीबार साँझ ७ बजेर १२ बजेसम्म गुरुचन्डालको योग रहेको छ ।
यो बेला पृथ्वीमा ठूलै अप्रिय घटना घट्न सक्ने ज्योतिष सुनील सिटौलाले बताए ।
उनी भन्छन्- चन्द्रमा पाम कर्तरी एवं गुरुचन्डाल योगले गर्दा भुलोक (पृथ्वी)मा अप्रिय घटना बढ्न सक्छ । समान्यतयाः यस्तो अवस्थामा सवारी दुर्घटना बढ्ने, कुनै प्राकृतिक आपतविपत आउन सक्ने सम्भावना एकदमै हुन्छ ।
ज्योतिष शास्त्रमा पाप कर्तरी तथा गुरुचन्डाल योग भनेको मानव तथा अन्य प्रजातिका लागि खराब समय मानिन्छ ।

काँकरभिट्टाः भारतले गरेको अघोषित नाकाबन्दीको असर पूर्वी नाका काँकरभिट्टामा हटेको छ । नाकाबन्दी हटेसंगै भारतबाट आउने मालबाहक सवारी साधन निर्वाध नेपाल आउन पाइरहेका छन् ।
पूर्वी नाका काँकरभिट्टाबाट असोज ५ गते अगाडिको अवस्था जस्तै मालबाहक ट्रक तथा कन्टेनर भित्रिन थालेपछि सामान ढुवानी अवस्था पूर्णरुपमा सहज भएको हो ।
भारतको पानीट्याङ्कीबाट सबै खाले सवारी साधन भित्रिरहेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
दैनिक २ सयको हाराहरीमा सबै प्रकृतिका मालबाहक सवारी भित्रिरहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुख भीप्रसाद अधिकारीले जानकारी दिए । अधिकारीले भने, ‘अहिले नाकामा कुनै रोकावट छैन ।’
सोमबार दुईसयको संख्यामा मालबाहक सवारी भित्रिएको भन्सार कार्यालयले जानकारी दिएको छ । जुन नाकाबन्दी हुनुअघि पनि सोही मात्रामा सवारी भित्रने गरेको थियो ।
मंगलबार अपरान्हसम्ममा दुईसय १० मालबाहक सवारी साधन नेपाल आएका छन् । इन्धनका २१ वटा ट्यांकर नेपाल आएका छन् ।
केहि समययता नाका सहज भएपछि जनजीवन सामान्य बन्दै गएको छ । विशेष गरी पेट्रोलियम पदार्थको अभावले दैनिकी चलाउन समस्या परिरहे पनि पुर्वी नाकाबाट पर्याप्त मात्रामा पेट्रोलियम पदार्थका ट्याङ्कर आउन थालेका छन ।
इन्धन आपूर्ति सहज हुन थालेपछि अत्यावश्यक सेवाका सवारी साधनका लागि व्यवस्था गरिएको कुपन प्रणाली पनि खारेज गरिएको छ ।

काठमाडौं, माघ ५ । छोरीलाई पढाउन शहर पसेकी रामेछापकी एक महिला नाबालक छोरीलाई एक्लै पारेर अर्कैसँग भागेकी छिन् । मलेसीयामा कायरत श्रीमान् दिपक थापामगरको माया र सपनालाई लत्याउँदै श्रीमती सबिनाले आफ्नै घरमा डेरागरी बस्ने सिन्धुपाल्चोक घर भएका युवकसँग दोस्रो विहे गरेपछि छोरीलाई सहरमा पढाउने दिपकको सपना अधुरै भयो ।
श्रीमती अर्कैसँग भागेपछि भक्कानिदै नेपाल आएका दिपक भन्छन् मसँग अहिले न श्रीमती छिन्, न पैसा नै । सबिनाले भाग्ने बेलामा दिपकले पठाएको साडे ३ लाख रुपैयाँ समेत सँगै लिएर फरार भएकी छिन् । दिपकले हाल ४ वर्षे छोरीलाइबुबा आमाको साथ लगाएर पुन मलेसीया फर्केका छन् ।
etajakhabar
धरान: खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको अभियोगमा सुनसरीमा प्रहरीले एक ब्यापारीलाई पक्राउ गरेको छ ।
मधेशी मोर्चाको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको अभाव भैरहेको मौकामा चर्को मुख्यमा ग्यास बिक्रि गरिरहेको अबस्थामा प्रहरीले सुनसरी भादगाउ सिनुवारी ४ का टंक कोइरालालाई पक्राउ गरेको हो ।
प्रहरीले सोमबार राति झुम्का बजारमा संचालनमा आएको गंगा ट्रर्डसमा विभिन्न कम्पनीका खाना पकाउने एलपी ग्यास तोकेको मुल्य भन्दा बढी रकम लिएर बिक्रि गर्दै गरेको अवस्थामा कोइरालालाई रंगेहात पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन् ।
कोइरालाले ३ हजार ७ सय पर्ने खाना पकाउने एलपी ग्यासलाई ६ हजार लिएर सर्वसाधारणलाई बिक्रि वितरण गर्ने उजुरीका आधारमा पलसमा छापा मार्दा कालोबजारी गरी ग्यास बिक्रि गरीरहेको भेटिएपछि पक्राउ गरिएको पोखरेलले बताए ।
- See annapurnapost

काठमाडौं : संसद् बैठक बस्नुअघि संसद् भवन नयाँ बानेश्वरमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ।
सभामुख ओन्सारी घर्तीको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु सहभागी छन्।
बैठकमा मोर्चासँग थप वार्ता गरेर सहमति जुटाएर अघि बढ्ने कि विचाराधिन संविधान संशोधन विधेयकलाई पारित गर्ने भन्ने बारेमा छलफल भइरहेको छ।
प्रधानमन्त्री ओली र एमालेका नेताहरु मोर्चाले एकपछि अर्को माग थप्दै सहमतिलाई जटिल बनाउँदै गएको बताउँदै अब संविधान संशोधन विधेयकलाई रोक्न नहुने अडान राखेका छन् ।
त्यसैगरी नेपाली कांग्रेस र एमाओवादीका नेताहरु मोर्चासँग थप छलफल गरेर सहमति जुटाउनुपर्ने, केही दिन संसद् स्थगित गर्नुपर्ने र सहमतिकै आधारमा संविधान संशोधन विधेयक पारित गर्नुपर्ने पक्षमा देखिएका छन्।
संसद्को बैठक मंगलबार दिउँसो एक बजे बोलाइए पनि अहिलेसम्म सुरु भएको छैन। दलहरुबीच सहमति नहुँदा बैठकको कार्यसूची पनि तय भएको छैन।
मधेसी मोर्चासँग सोमबार भएको वार्ता निश्कर्षबिहिन भएपछि सहमतिको वातावरण फेरि बिथोलिएको हो। प्रदेशहरुको सिमांकनमा पुनरावलोकन गरेर राजनीतिक संयन्त्रमार्फत तीन महिनाभित्र यसलाई टुंगो लगाउन तीन दल सहमत भए पनि सम्पूर्ण तराईलाई दुई प्रदेश बनाउने लिखित प्रतिबद्धता मोर्चाले मागेपछि सोमबारको वार्ता विफल भएको थियो।
मोर्चासँग सहमति जुटाउने प्रयास स्वरुप संसद्मा सैद्धान्तिक छलफल भइसकेको संविधान संशोधन विधेयकलाई अड्काएर राखिएको छ। सहमतिका लागि दलहरुलाई मौका दिन पन्ध्र दिनसम्म संसद् स्थगित गरिएको थियो। यसबीचमा कार्यदल स्तर र शीर्ष तहमा भएका छलफल सकारात्मक भए पनि सोमबारको बैठकमा एकाएक सहमतिको वातावरण बिथोलिएको हो।
तीन दलले मोर्चाले नयाँ माग थप्दै सहमतिको संभावनालाई जटिल बनाउँदै लगेको आरोप लगाएका छन् भने मोर्चाले तीन दल पुरानै अडान फर्किएकोले सहमति हुन नसकेको प्रतिक्रिया दिएको छ।
मधेस आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन कांग्रेस सरकारले दर्ता गराएको संविधान संशोधन गर्ने विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले गत पुस ५ गते तीन बुँदे निर्णय गरेको थियो।
सरकारले पारित गरेको तीनबुँदेमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने उल्लेख छ।
त्यसैगरी प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलहरुले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुसार संविधानमा उपयुक्त व्यवस्था गरिने र यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिने र उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवदेन दिने र नागरिकता लगायतका अन्य मागहरुलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने तीनबुँदेमा उल्लेख छ।

वीरगञ्ज– रातिको समयमा गस्ती गर्न निस्किएका बेला पर्सामा एक प्रहरी सहायक निरिक्षक (असई) को मृत्यु भएको छ ।
पर्साको प्रहरी चौकी धोरेमा दरबन्दी भइ बहुअर्वाभाठा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरिक्षक राजेन्द्र प्रसाद कुर्मीको गएराति डयुटिमै खटिएकै बेला मृत्यु भएको हो । कुर्मीको हृदयघातका कारण मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकले बताएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सर्लाही मुल घर भएका ४६ वर्षिय कुर्मी रौतहटको गौरमा सपरिवार बस्दै आएका थिए । गएराति १० बजे तिर प्रहरी चौकीबाट गाँउमा गस्ती गर्न निस्किएका बेला अचानक हृदयघात भएर बेहोश भएका प्रहरी सहायक निरिक्षक कुर्मीलाइ उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक कुर्मीको शव नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान पोष्टमार्टम गरि दाहसंस्कारका लागि गौर पठाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए ।ratopati

झापा, माघ ५ । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट भारतले गरेको अघोषित नाकाबन्दीको असर पूरै हटेको छ ।
पूर्वी नाकाबाट पूर्ववत् अवस्थामै सवारी भित्रन थालेपछि अवस्था पूर्णरुपमा सहज भएको हो ।
भारतको पानीट्यांकीबाट सबैखाले मालबाहक सवारी भित्रिरहेको मेची भन्सार कार्यालयले जनाएको छ ।
दैनिक दुई सयको हाराहारीमा सबै प्रकृतिका मालबाहक सवारी पूर्वी नाकाबाट भित्रिरहेको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले राससलाई जानकारी दिए ।
‘नाकामा अहिले कुनै रोकतोक छैन’–उनले भने-‘पूर्ण रुपमा सहज भएको छ ।’
नेपाल भित्रिएका सवारीलाई भन्सार परिसरमा यार्डको व्यवस्था गरी पार्किङ गरिँदै आएको छ ।
‘अहिले पार्किङको पनि समस्या छैन’–अधिकारीले भने–‘यार्ड विस्तार गरेपछि सबै सवारी अटेका छन् ।’
केही समययता पूर्वी नाका खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ । विशेष गरी पेट्रोलियम पदार्थको अभावले दैनिकी चलाउन अप्ठ्यारो परिरहे पनि पूर्वी नाकाबाट पर्याप्त मात्रामा ट्यांकर नेपाल प्रवेश गर्न थालेपछि पेट्रोल पम्पमा तेल प्रशस्त पाइन थालेको छ ।
यद्यपि, पूर्णरुपमा भने सहज हुन नसकेको पेट्रोलियम व्यवसायीले बताए । धेरै दिनको नाकाबन्दीको असरले गर्दा पूर्ववत् अवस्थामा फर्किन केही समय लाग्ने व्यवसायी बनाउँछन् ।
पूर्व क्षेत्रका धेरैजसो पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण गरिरहेका छन् तर पनि तेल भर्न लाइन बस्नुपर्ने बाध्यता हटेको छैन । प्रशासनले पनि अवस्था सहज भएको भन्दै पेट्रोलियम पदार्थमा लागू गरेको कुपन प्रणाली बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले दुई साताअघिदेखि कुपन प्रणाली हटाएको हो । नाकाबन्दीका कारण तेल अभाव हुँदा मौज्दातमा राखिएको पेट्रोलियम पदार्थ आवश्यकता हेरेर सिफारिस दिने गरिएको थियो ।
अत्यावश्यक सेवालाई प्राथमिकतामा राखेर तेलको कुपन दिने गरिएपनि अहिले अवस्था सहज भएकाले कुपन प्रणाली हटाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले करिब तीन महिना अत्यावश्यक सेवाका लागि पेट्रोलियम पदार्थमा कुपन प्रणाली लागू गरेको थियो । त्यसबेला प्रशासनले दैनिक दुईदेखि चार हजार लिटर तेलको सिफारिस दिने गरेको थियो ।
आवश्यकता हेरेर पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रशासनले पम्पलाई सिफारिस गर्ने गरेको थियो । imagekhabar

इस्लामिक विद्रोही संगठन आइएसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री मनोहर परिकारलाई मार्ने धम्की दिएको छ।
पत्रमा प्रधानमन्त्री मोदी र रक्षामन्त्री परिकारलाई मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्। पत्रको अन्त्यमा आइएसको छाप रहेको गोवा प्रहरीले जनाएको छ।
गतसाता गोवा राज्यको सचिवालयमा प्राप्त भएको पत्रमाथि छानबिन गर्ने जिम्मा प्रतिआतङ्कवादी एकाइको जिम्मा लगाइएको छ।
पत्रमा भारतमा गोवध निषेध गरिएकोमा आक्रोश व्यक्त गरिएको जनाइएको छ।
गाईको मासु खान निषेध गरिएको भन्दै त्यसको जवाफ दिने पत्रमा उल्लेख भएको गोवा प्रहरीले जनाएको छ।setopati

काठमाडौं, माघ ५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा गठित वार्ता टोलीले तीन दलद्वारा गठित वार्ता टोलीसितको वार्ता औचित्यहीन भएको भन्दै सो वार्ता टोलीसित वार्तामा नबस्ने जनाएको छ ।
सो वार्ता टोलीले नेपालको संविधान जारी गर्ने समयकै जस्तो हठ सरकारी वार्ता टोलीले देखाएको हुँदा अबको वार्ता मोर्चामा आवद्ध राजनीतिक दलका शीर्ष र तीन दलका शीर्ष नेतृत्वका तहमा हुने जनाएको छ ।
मोर्चाद्वारा गठित टोलीले तराई–मधेस लोतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा तीन दलसितको वार्ताको औचित्य भने समाप्त नभएको स्पस्ट पारेको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेतासहित ती दलबाट गठित वार्ता टोली र मोर्चाका वार्ता टोलीबीच सोमबार साँझ प्रधानमन्त्री निवासमा भएको वार्ताक्रममा भएका कुराकानीबाट आफूहरु तीन दलद्वारा गठित वार्ता टोलीसित वार्तामा नबस्ने निर्णयमा पुगेको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले भने–‘तीन दलका शीर्ष नेता र ती दलका वार्ता टोली सोमबारको वार्तामा जुन भाव र शैलीमा प्रस्तुत भए, जे कुरा त्यहाँ राखे, यसले हामीलाई नराम्री मन दुखाउने काम गर्यो । यसैले उनीहरुसित हामीहरु वार्तामा नबस्ने निर्णयमा पुग्यौं ।’
मोर्चाको आह्वानमा तराई–मधेसमा जारी आन्दोलनका ११ बुँदे माग र व्यवस्थापिका–संसदमा प्रस्तुत संविधान संशोधनमा ती मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर तीन दलले एक/एकजना रहने गरी कार्यदल गठन गरेका थिए ।
सो कार्यदलमा कांग्रेसका नेता महेश आचार्य, एमालेका उपाध्यक्ष भीमबहादुर रावल र एमाओवादीका महासचिव कृष्णबहादुर महरा छन् ।
यसैगरी, मोर्चाका तर्फबाट तमालोपाका उपाध्यक्ष त्रिपाठी, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण, संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठलगायत छन् ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष त्रिपाठीले कार्यदल तहमा मोर्चाले उठान गरेका भाषा, नागरिकता, न्यायालय, राज्यको पुनःसंरचना, सीमांकन जस्ता महत्वपूर्ण विषयमा अन्तिम चरणमा पुगिसकेको तर तीन दलका शीर्ष तहमा पुग्दा सहमतिमा पुग्न लागेका ती विषय एकाएक भाँडिएको आरोप लगाए ।
‘सीमांकनका लागि राजनीतिक संयन्त्र गठन गर्ने र यसको वैधता र विश्वासमात्र खोजिरहेका थियौं, यहीमामात्र कुरा मिल्न बाँकी थियो’–उनले भने ।
उपाध्यक्ष त्रिपाठीले अबको वार्ता शीर्ष तहमै हुने र आफूहरु वार्तामा नजाने जानकारी दिए ।
मोर्चाका तर्फबाट वार्ता टोलीका सदस्य कर्णले ‘आफूहरुले संविधान संशोधनमार्फत् नै समस्याको समाधान खोजिरहेको तर तीन दल यसमा लचक देखिएन’–भने । उनले अब समस्याको समाधान शीर्ष तहले नै खोज्ने बताए । imagekhabar

माघ ५, २०७२- नयाँ दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका नेता अरविन्द केजरिवालले शाहरुख खान, अजय देवगनलगायतका बलिउड स्टारहरुलाई चिठी लेखेका छन् । उनले सुर्तीजन्य उत्पादनको प्रवद्र्धन नगरिदिन अनुरोध गर्दै शाहरुख, अजय, गोविन्दा, सैफअलि खान र अरबाज खानलाई उनले चिठी लेखेका हुन् ।
यी स्टारहरुले गुट्खा, पान मसलालगायतका उत्पादनको टेलिभिजन र अरु माध्यममा विज्ञानपनमा अभिनय गरेको र प्रवद्र्धनमा सघाएको भन्दै उनले यस्तो चिठी लेखेका हुन् । यस्ता चिजले मुखको क्यान्सर हुने भन्दै उनले स्टारहरुलाई चिठी लेखेका हुन् ।
kantipur.ekantipur

५ माघ, काठमाडौं ।
आन्दोलनरत मधेशी मोर्चाले प्रमुख तीन दल र आफ्नो कार्यदलस्तरीय वार्ता समाप्त भएको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी मोर्चाले यस्तो घोषणा गरेको हो ।
तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजारमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाको तर्फबाट कार्यदलमा रहेका तमलोपा उपाध्यक्ष ह्रृदयेश त्रिपाठीले कार्यदल स्तरमा वार्ताको औचित्स समाप्त भएको बताए । अव शीर्ष नेतातहमा वार्ता हुन सक्ने उनको भनाइ छ ।
सोमाबर साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको तीन दल र मोर्चाका नेता सहभागी बैठकमा मोर्चाले कार्यदलको औचित्स सकिएको घोषणा गर्ने जानकारी दिएको थियो ।
प्रमुख तीन दलले मधेसमा दुई मधेस प्रदेश मान्न नसक्ने बताएपछि हुनै लागेको तीन दल मधेसी मोर्चाको वार्ता भाँडिएको छ । सरकार र मोर्चाबीच पाँच महिनाको बीचमा २७ पटक भन्दा बढी वार्ता र कार्यदलममै पनि आठ पटक वार्ता भएको थियो ।
तराई मधेस आन्दोलनको क्रममा ५६ जनाले ज्यान गुमाउदा समेत सरकार र मोर्चा वार्ता मार्फत समस्याको समाधान गर्न जिम्मेवार देखिएका छैनन्।nepaliheadlines