• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, १० भदौ ।
कैलाली हत्याकाण्डमा नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक गणेश राईको भूमिका सन्देहास्पद देखिएको छ । गत सोमबार जातिय राज्य माग गर्दै एकथरी मानिसले आक्रामक प्रदर्शन गर्न थालेपछि नेपाल प्रहरी भीड नियन्त्रणका निम्ति परिचालन हुँदै थियो ।


त्यसक्रममा कार्यविभाग सम्हालिरहेका एआईजीपी गणेश राईले एसएसपी लक्ष्मण न्यौपानेलाई बिनाहातहतियार आफँै फिल्डमा जान र सम्झाइबुझाई मात्र गर्न निर्देशन दिएको सुदूरपश्चिमाञ्चलको कमाण्ड सम्हालिरहेका डीआईजी रामकुमार खनालनिकटको सूत्रले जनाएको छ । हातहतियारसहित एसएसपी प्रदर्शन स्थलमा पुगका भए उनी बाँच्न सफल हुने ठानिएको छ ।

प्रदर्शनकारीहरु आक्रामक ढंगले अगाडि बढेको र उनीहरुसँग हातहतियारसमेत रहेको जानकारी गराउँदा गराउँदै पनि एआईजी राईले एसएसपीसमेतलाई बिना हातहतियार फल्डमा जान किन निर्देशन दिएका हुन् रहस्यको विषय बनेको छ ।
यसलाई रहस्यपूर्ण मानिनुको कारण गणेश राई एमाओवादी कोटमा परेर एआईजीपी बनेकाले मात्र होइन, एमाओवादी सैद्धान्तिक रुपले जातीय राज्यका पक्षमा रहनु, थारुहरुले चलाएको आन्दोलनप्रति एमाओवादीको साथ सहयोग हुनु र एमाओवोदी कोटाबाट एआईजीपी बनेका कार्य विभाग प्रमुख राईले एसएसपी तहका प्रहरी अधिकृतलाई बिनाहातहतियार फिल्डमा जान बाध्य तुल्याउनुले घटनालाई रहस्यपूर्ण बनाएको हो ।
सहमति समितिका सभापतिसमेत रहेका डा।बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत थँरु आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनलाई थप उचाइमा पु¥याउन आह्वान गर्दै थिए ।
प्रहरीले बल प्रयोग गर्दा आन्दोलन शिथिल हुने चिन्ता एमाओवादीका नेताहरुमा थियो, त्यसैले उनीहरु बल प्रयोग नहोस् भन्ने चाहन्थे । माओवादीको चाहनाभन्दा फरक आदेश एआईजीपी गणेश राईबाट नजानुले स्थितिलाई अर्थपूर्ण बनाएको हो । कैलाली घटनाले नेपालीहरु कतिसम्म अमानवीय हुन्छन् भन्ने सन्देश विश्वव्यापी रुपमा दिएको खबर घटना र विचारमा छापिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
धनगढी, भाद्र १० । डेढ वर्षीय बालक टेकबहादुर बुबा नेत्र साउदसहितका आफन्त भएतिर निस्किए। फुरुंग हुँदै राम्ररी तंग्रिनसकेका खुट्टाले यताउता दौडँदै खेल्दै थिए। ड्याम्म बन्दुक पड्केको आवाज आयो।

छोराको दिसा पखालेर कट्टु लिन घरभित्र पसेकी आमा यशोदा हत्तपत्त बाहिर आइन्। ‘गोली चलेको सुनेपछि अरू घरभित्र पस्दै थिए, म छोरा खोज्न बाहिर निस्केँ,’ गला अवरुद्ध पार्दै यशोदाले सुनाइन्, ‘छेउमा श्रीमान्लाई राम्रै देखेँ तर बाबु रगतमा लतपतिएको थियो।’ छोरालाई देखेपछि उनी त्यहीँ ढलिन्।

केही छिनअघि सुरक्षाकर्मीमाथि आक्रमण भएकाले आफन्तजन १४–१५ जना आँगनमा बसेर त्यहीबारे कुरा गर्दै थिए। गोली चलेपछि भने भागाभाग भयो। टेकबहादुर राम्ररी हिँड्नसम्म नसक्ने बालकको निधारमा गोली लाग्यो। ‘निधारमै गोली लागेकाले उसले रुनसम्म भ्याएनछ,’ यशोदाले भनेको खबर आजको नागरिकमा छ ।

छोरा गुमेदेखि उनले खाना खाएकी छैनन्। ‘मुनाजस्तो छोरो खोसियो,’ भन्छिन्, ‘म कसरी बिर्सन सक्छु?’

रक्ताम्मे हुने गरी छोरालाई गोली हानिएको घरमा बस्न नसकेर उनी टीकापुर–९ स्थित माइतीघर पुगेकी छन्। ‘दुब्लो थियो तर फूर्तिलो र ज्ञानी,’ उनले सम्भि्कइन्, ‘खानेकुरा हात पर्दा दिदी–बहिनी सबैलाई बाँडेर मात्रै खाने गर्थ्यो।’

सोमबार बिहान ढिलो उठेको थियो। बिहान चिया र रोटी खायो, दिउँसो दाल–भात। खाना थोरै खान्थ्यो। ‘खानाभन्दा मेरै दूधमा निर्भर थियो,’ उनले भनिन्, ‘त्यो दिन पनि दूध चुसेर आँगनमा निस्केको थियो।’ चार वर्षीया छोरी नृवती पनि भाइसँगै थिइन्। आँखैअगाडि भाइ ढलेको देखेयता उनी भयभित छिन्।

त्यतिबेला नेत्र फोनमा कुरा गर्दै थिए। हाँस्दै, खेल्दै वातावरण रमाइलो पारिरहेको छोरो रक्ताम्मे हुँदै ढलेको देखेका नेत्रका आँखा ओभाएका छैनन्।

‘धेरै टाठो र बुझ्ने थियो, ठूलो मान्छे बनाउने सपना बोकेको थिएँ,’ ३५ वर्षीय सशस्त्र प्रहरी हवल्दार उनले भने, ‘तर उसैमाथि दैवको आँखा लाग्यो।’

‘२० मिटर पर पर्खाल छ, पर्खालको छेउबाट ताकेरै थरुहट आन्दोलनकारीले गोली हाने, गोली निधारमा लागेपछि छोरो ढल्यो,’ उनले भने।

एसएसपी लक्ष्मण न्यौपानेसहितका सात प्रहरीको हत्या गरेको करिब एक घन्टापछि थरुहट आन्दोलनकारीले टेकबहादुरलाई गोली हानेका थिए। झाडीमा लुकेर बसेका ४–५ जना थरुहट समर्थक सशस्त्र आन्दोलनकारीले अबोध बालकलाई निशाना बनाएको नेत्रले बताए।

कार्यालयको कामले बैंक गएका उनले प्रहरी–प्रदर्शनकारी झडपको समाचार बैंकमै सुनेका थिए। ‘भिड तितरबितर भइसकेको थियो, घरभन्दा करिब ५०–१०० मिटर दुरीमा एसएसपी न्यौपानेलगायत प्रहरीको शव देखिन्थ्यो,’ उनले भने, ‘घटनास्थल सुनसान थियो।’

आफन्तसहित उनी आँगनमा कुरा गर्दै थिए, उनको फोन निरन्तर बजिरहेको थियो। ‘एक घन्टापछि घरनजिकै पर्खाल छेउबाट अचानक गोली चल्यो, चार–पाँच राउन्ड गोली हानेपछि थरुहट आन्दोलकारी भागे,’ उनले भने।

मारिएका प्रहरी अधिकारीको पेस्तोल खोसेर प्रदर्शनकारीले योजनामुताविक अबोध छोरालाई गोली हानेको उनको ठम्याइ छ।

www.etajakhabar.com
काठमाडौं, १० भदौ । थारु नेताले मुख्य तीन दलसँग वार्ता निम्ति पुर्वसर्त राखेका छन् । बुधबार बिहान थारु र मधेसीसँग वार्ता गर्ने कांग्रेस, एमाले र एमाओवादीको निर्णयपछि सिंहदरबारमा बसेको  संयुक्त थारु संघर्ष समितीको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
थारु सभासद, थारु कल्याणकारिणी सभा र संघर्ष समितिका पदाधिकारीको बैठकले झापादेखि कञ्चनपुरसम्म ‘थरुहट÷थारुवान संयुक्त संघर्ष समिति’ को आहवानमा जारी आन्दोलनका क्रममा गरिफतार कार्यकर्ता र समर्थक छाड्नुपर्ने, मुद्दाहरु फिर्ता  हुनुपर्ने, सेना परिचालन फिर्ता लिनुपर्ने बेपत्ता थारुहरु सार्वजनिक गर्नुपर्ने, कफ्र्यु लागेका बेला घर र पसलमा भएका टोडफोडको क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, टिकापुर घटनाको निष्पक्ष छानबिन हुनुपर्ने पुर्वसर्त राखेको हो ।
‘यि सर्तहरु पुरा नभएसम्म वार्तामा बस्नुको कुनै चौचित्य छैन,’ थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले बताए । समितिले वार्ताका लागि सर्तका रुपमा चार मुद्दाहरुअघि सारेको छ ।
ति मध्य पहिचानका पाँच र सामथ्र्यका चार आधारमा सिमंकन हुनुपर्ने, राज्यको हरेक तह रसंयन्त्रमा सम्बन्धित प्रदेशको जातीय जनसंख्याका आधारमा समानुपनतिक समावेशी प्रतिनिधित्व र रोजगारीको संवैधानिक व्यवस्था गरिनुपर्ने, संघिय व्यवस्थापिकामा जनसंख्याको अनुपातमा सदस्य संख्या र निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, आदिवासी थारु संवैधानिक राष्ट्रिय आयोगको व्यवस्था हुनुपर्ने, आदिवासी थारुको प्रथाजनित कानुन र अभ्यास गर्ने निकायलाई कानुनी मान्यता प्रदान गरिनुपर्ने उल्लेख छन् । कान्तिपुर दैनिकमा खबर छ ।
dainiknepal.com
बिहीबार , १० भदौ

-केशव राना, बाँके
घाइते चाैधरी

एसएसपीसहित ८ जनाको ज्यान जानेगरी भएको टीकापुर आन्दोलनमा घाइते भएका आँशुराम चौधरीले जरिवानाको डरले आन्दोलनमा सहभागी भएको बताए ।

प्रहरीले चलाएको गोली लागेर घाइते बनेका मनुवा–१, कैलालीका चौधरी अहिले नेपालगञ्जस्थित मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारत छन् । देब्रे खुट्टामा गोली लागेपछि घाइते बनेका चौधरीले भने, “आन्दोलनमा नगए डाँड (थारु भाषामा जरिवाना) तिर्नुपर्ने उर्दी जारी भएपछि आन्दोलनमा गएको थिए ।”
उनका अनुसार आन्दोलनमा नजाने परिवारले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने उर्दी गरिएको थियो । “शुरुमा प्रहरीले ग्याँस हान्यो । आँखा पोल्यो । त्यसपछि गोली चलायो ।”, चौधरी भन्छन्, “मलाई गोली लागेपछि म फर्किहाले ।”
गोली लागेर घाइते हुनासाथ घर फर्किएका चौधरीले घटनाबारे थप जानकारी नपाएको बताए । उनी भन्छन्, “प्रहरीले पक्रने डरले आफूलाई चोट मात्रै लागेको भन्दै घर फर्किए ।” उनी ८ साउन विहानदेखि अस्पतालमा उपचार गराइरहेका छन् ।
मानवअधिकार आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले उनको अवस्थाबारे जानकारी लिइदै गर्दा चौधरीले असुरक्षित महशुस गरिरहेको बताए ।
himalkhabar

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२०७२ भदौ १० गते
काठमाडौं, १० भदौ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ र दिनेश अधिकारी ‘चरी’ को प्रहरी इन्कान्टरमा मृत्यु भएपछि राजधानीमा सक्रिय गुण्डाहरुको खोजी शुरु भएको छ ।
गुण्डागर्दीविरुद्ध महानगरीय प्रहरी अपराध महाशाखा आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरुबीच भागदौड मच्चिएको समाचार यूनाइटेड पोष्टले छापेको छ । खासगरी प्रहरी सूचिमा वान्टेड रहेकाहरुको सातो गएको हो ।
दर्जनौं गुण्डाका नाइकेहरु प्रहरीको वान्टेड सूचिमा छन् । गत वर्षमात्र जेलबाट छुटेका बैंक लुटेरा टासी लामा अर्का वान्टेड गुण्डाका नाइके हुन् ।

पछिल्लो समय उनले व्यापारीलाई अपहरण गरेर पैसा असुल्दै आएका छन् । चरी र घैंटेको इन्काउन्टरपछि ठूला डनहरु भागिसकेका छन् भने टोलेहरु पनि तर्सिएका छन् । विभिन्न मुद्दाका वान्टेडहरुले उपत्यका छाडिसकेका छन् ।
ठूला डनहरु दीपक मनाङे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रे, साजन महर्जन, बाघे लामा, माइला लामा, रोज राणा, मिनकृष्ण महर्जन, बिश्वक्रान्तिहरु पनि आतंकित छन् इन्काउन्टरको डरले । रोज राणा भर्खरै विदेशबाट नेपाल आएका छन् ।
आफूहरु सुध्रिन पाउने र सुध्रिएको तर्क गर्ने यी डनहरुले गोप्य रुपमा व्यापारीलाई धम्काउने काम अझै छाडेका छैनन् । सम्पत्ति शुद्धीकरण मुद्दाबाट छुटेपछि मनाङे व्यापारमा केन्द्रीत छन् ।
ठमेलमा उनको राज अझ कायमै छ । ठमेलमा विभिन्न रेष्टुरेन्टमा लगानी गरेका उनको हेटौंडामा क्रसर तथा नवलपरासीमा जडिबुटीसम्मको व्यवसाय छ ।
मनाङ्गेले सहयोगि उमेश लामाको फर्म मार्फत दरबारमार्ग प्रहरीको भवन समेत निर्माण गरेका छन् । केही समय राजनीतिमा लागेपनि पछिल्लो सयम उनी त्यती सक्रिय छैनन् ।
त्यसो त काभ्रेली समूहका गणेश लामासँग थोरै व्यक्तिहरु मात्र रहेको बताइन्छ । लामाका सबैभन्दा नजिकका सहयोगी विष्णु लामा हुन् ।
लामामाथि नै डन घैंटेले गोंगबुको एक रेष्टुरेन्टमा गोली प्रहार गरेका थिए । जसलाई काभ्रेमा छोटे डनका रुपमा सर्वसाधरणहरुले चिन्ने गर्छन् ।
उनी पछिल्लो समय काभ्रेली समूहकै दाबा लामा लागुऔषध मुद्दामा जेल परेपछि सक्रिय छन् । गुण्डागर्दी र असुलीमा विष्णुलाई गणेशका अलवा मनाङ्गेले पनि प्रयोग गर्ने गरेको ठमेलमा चर्चा हुने गर्दछ ।
दुई वर्षअघि युवासंघमा प्रबेश गरेका साजन महर्जन पद नपाएपछि एमालेमा सक्रिय छैनन् । यतिबेला उनी निर्माण सामाग्रीको व्यवसाय चलाएर बसेका छन् ।
त्यस्तै नुवाकोटका कांग्रेस नेताहरुसँगको छत्रछायाँमा आतंक मच्चाउँदै आएका बालाजुका माइला लामा सो क्षेत्रका ठेक्कापट्टामै केन्द्रीत छन् ।
ललितपुरका मिनकृष्ण महर्जनको पनि प्रमुख काम ठेक्कापट्टा नै हो । ललितपुरको चापागाउँ क्षेत्रमा सञ्चालित अवैध ढुङ्गाखानी र क्रसरमा उनको लगानी छ । ललितपुरका सरकारी ठेक्कामा उनको दबदबा छ ।
सडक ठेक्काको कमिसन नमिल्दा नै रमेश बाहुनसँग उनको झगडा भएको थियो । त्यही झगडाको क्रममा शुरुमा महर्जनले बाहुनको तिघ्रामा गोली हानेपछि बाहुनले जवाफमा उनलाई गोली हानेका थिए ।
गत बर्ष पक्राउ परेका बाहुन यतिखेर केद्रिन्य कारागार सुन्धारामा छन् । घैंटे समूहका समिरमानसिंह बस्नेतसको चरीका दुश्मन राधे भण्डारीसँग दोस्ती छ ।
बस्नेतसँग सानुभाई भन्ने युबराज गुरुड र चाबहिलका हबल्दार भन्ने प्रतिक श्रेष्ठले मिलेर काम गर्दै आएका छन् । यि सबैका संरक्षक काग्रेस नेता जगदिशनरसिंह केसी हुन् ।
उनीहरुलाई एक डीएसपीले प्रहरीको सूचना चुहावट गर्दै आपराधिक क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका छन् । बस्नेतले बाफल देखी धादिडसम्म ठेक्का पट्टामा गुण्डागर्दी गर्दै आएका छन् । बस्नेत समूहकै नेपालगञ्जका गुण्डा नाइके रिगल ढकालले अदालतसमक्ष आत्मसमर्पण गरिसकेका छन् ।
अर्का डन राजु गोर्खालीले रेष्टुरेन्ट चलाउँदै आएका छन् । उनले चाबहिल क्षेत्रका अस्पताल देखी पोलिक्लिनिकसम्म हप्ता असुल्दै आएका छन् । हेम्पीङ हेण्डन्स अस्पतालका सटरको टेण्डरमा गोर्खालीको बोलकबोल छ ।
यता चक्रपथका डन मिलन चक्रेको कुमार घैंटेसँग पुरानो दुस्मनी थियो । चरीलाई लगाएर घैंटेलाई आक्रमण गर्ने योजना बनाएका चक्रे भने चरी र र घैंटे दुबै मारिएपछि खुशीका साथ तनावमा छन् ।
उनका भाई तेजेन्द्र गुरुङलगायतको समूहले पछिल्लो समय पनि महाराजगञ्ज क्षेत्रमा नियमित असुली गर्दै आएको प्रहरीको आरोप छ ।
त्यस्तै बारम्बार अपराधमा संलग्न भएका भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ पनि अहिले जेलमा छन् । सिन्धुुपाल्चोका ठेकदार जीवन श्रेष्ठलाई अपहरण गरेको अभियोगमा उनी जेलमा पुगेका हुन् ।
श्रेष्ठ नेपाली कांग्रेस निकट मानिन्छन् । भक्तपुरमा हुने अधिकांस निमार्णको ठेक्का, अबैध बालुवा खानी, ढुंगा खानीबाट असुलेको रकम नै श्रेष्ठको आम्दानीको स्रोत हो ।
कुन समूहमा को–को ?
काठमाडौं उपत्यकामा प्रहरी तथ्यांकले गुण्डाहरुको संख्या करिव दुई सय देखाएको छ । प्रहरीका अनुसार उनीहरु विभिन्न समूहमा आबद्ध रहेर आपराधिक गतिविधिमा संलग्न छन् ।
हत्या अभियोगमा दुई वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खालीमातहत सबैभन्दा बढी तीन दर्जन गुण्डा संगठित छन् । गोर्खालीको महानगरिय आयुक्त कार्यालयका प्रमुख एआईजी विज्ञानराज शर्मासँग राम्रो सम्बन्ध रहेका कारण उनको भित्री असुली धन्दाका बारेमा प्रहरी जानकार भएपनि शर्मासँगको सम्बन्धले प्रहरीले केही गर्न सकेको छैन ।
गोर्खालीको समूहमा पहिलो नम्बरमा विनोद थापा छन् । जेलबाट छुटेपछि पनि गोर्खालीले संगठन चलाइरहेका छन् । जतिसुकै सजाय भुक्तान गरेर छुटे पनि अधिकांश आपराधिक गतिविधिमै लाग्छन् र सुध्रिएको नाटक गर्छन् ।
गोर्खालीको समूहमा विनोद थापा, प्रदीप थापा, मधुकर, विष्णु मानन्धर, साजन महर्जन, भीम गुरुङ, कुमार गिथ्ही, सञ्जय डंगोल, डल्लुसिंह गुरुङ, सन्ते राना, खड्ग रायमाझी, प्रतीक श्रेष्ठ, विनोद श्रेष्ठ, सुदीप श्रेष्ठ, सुरज श्रेष्ठ, नीतेश केसी, सन्तोष कँवर, निकेश थापा, सन्नी श्रेष्ठ, राकेश श्रेष्ठ, रोहित सुनुवार, सुनील लामा, रवि कपाली, राजेन्द्र अधिकारी, धिरेन, रवि कार्की, सानो बाबु, गोपाल, सागर तामाङ, पारस लामा, सुनील तामाङ, रामकृष्ण श्रेष्ठ, भीम राई, भूषण राईलगायत छन् ।
राजनीतिक संरक्षण पाएका काभ्रेली समूहका नाइके गणेश लामा सदस्यका आधारमा दोस्रो नम्बरमा छन् । उनको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय रहेका छन् । तथ्यांकअनुसार उनको समूहमा काम गर्नेमध्ये पहिलो नम्बरमा विष्णु लामा छन् ।
शुरुमा दावा लामाले पनि गणेशकै निर्देशनमा काम गर्दथे । विष्णुपछि गणेशको समूहमा अभिमानसिंह बस्नेतको नाम आउँछ । तर यतिबेला बस्नेतले छुट्टै समूह बनाएका छन् ।
बस्नेत समूहमा कृष्ण पाण्डे, विनय मगर, अजय थापा, विजय लामा, बाला लामा, आशीष श्रेष्ठ रहेका छन् । गणेशको काभ्रेली समूहमा स्याल भन्ने सञ्जीब लामा, मिलन लामा, सूर्य लामा, अशोक लामा, खगेन्द्र लामा, अदीप लामा, चन्द्र लामा, केशव लामा, दीपेन्द्र लामा, कांग्रेस सभासद् तीर्थ लामा, अमृत लामा, दावा लामा, जित लामा, कान्छा लामा, धनबहादुर लामा, दुर्गा तामाङ, विनोद पंन्त, जीवन लामा, फुर्वा लामा छन् ।
मनाड्गे निकट उमेश लामा समूहमा श्री शाही, कमल भण्डारी, कुमार गुरुङ, सञ्जय लामा, माइला लामा, मिलन गुरुङ, र फायर क्लबका बाउन्सर वकिल बम सक्रिय रहेका छन् । चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् ।
उनका सदस्यमध्ये पहिलो नम्बरमा भाइ तेजेन्द्र नै पर्छन् । चक्रेको समूहमा तेजेन्द्र गुरुङ, सुनील अमात्य, अनिल अमात्य, रमेश बस्नेत, अखिल खड्का, रामु श्रेष्ठ, राजन थापा, राजेश महर्जन, धने विशाल, देवराज गुरुङ, नारायण तामाङ, लालबहादुर आले, शेर्पा मलको जन्जिर बारका विश्व गुरुङ, नवराज गुरुङ, धनबहादुर लामा, नीराजन लामा, अमृत केसी, दावा गोले, भीमदेव कार्की, प्रसन्न तामाङ, रोशन मगर, किसमत गुरुङ, जितबहादुर तामाङ, निर्मल लामा, जित गुरुङ, शंकर लामा, गल्भु गुरुङ, रमेशप्रताप शाह, निर्मल गुरुङ, सूर्यमान तामाङ, रीतेश थापा, सुमन रम्तेल, दिनेश रम्तेल, श्यामकृष्ण महर्जन, सुमन लामा रहेका छन् ।
त्यस्तै संख्याका आधारमा बाघे लामा चौथौ नम्बरको नेतृत्वकर्ता देखिन्छन् । उनको समूहमा ११ सदस्य छन् । अनिल थापा, दीपक श्रेष्ठ, कुमार लामा, अर्जुन कुटवार, अकुल थापा, रुपक र दीपक पाण्डे उनका सदस्य हुन् ।
पाँचौँ नम्बरको नेतृत्वकर्ता डाक्टर भनिने प्रवीण प्रधान छन् । उनको समूहमा निरज चित्रकार, रोमिन श्रेष्ठ, रघु राजभण्डारी, प्राचीन श्रेष्ठ, काजीमान श्रेष्ठ, राजन लामा, निरज श्रेष्ठ, सन्जु श्रेष्ठ र महेन्द्र रन्त शाक्य गरी १० सदस्य छन् ।
छैटौँ नम्बरको नेतृत्वकर्ता मिननकृष्ण महर्जन हुन् । उनको क्षेत्र पाटन हो । उनी हाल निकै सक्रिय छन् । उनको समूहमा दधि महर्जन, राकेश महर्जन र विक्रम गुरुङ सक्रिय छन् ।
समूहमा धेरै सदस्य नभएका डनको संख्या ५० भन्दा धेरै रहेको प्रहरीको दाबी छ । त्यसपछि चरीकै नामले चिनिने अर्का डन हुन्, विज्ञान श्रेष्ठ ।
मनोज तुलाधर, महारानी डंगोल, मनोज श्रेष्ठ, सोल्टी गुरुङ, भरत श्रेष्ठ, सुनील कामी, दीपेन्द्र अधिकारी, आकाश श्रेष्ठ, सुमनरत्न शाक्य, समिर बस्नेत, सुदर्शन थापामगर, सुजन गुरुङ, सागर श्रेष्ठ पनि गुण्डागर्दीमा सक्रिय रहेको प्रहरी स्रोत बताउँछ ।
यसबाहेक काजी शेर्पा, प्रदीप खत्री, साजन महर्जन र सुरेश तामाङको छुट्टटै समूह रहेको पनि प्रहरी तथ्यांकमा उल्लेख छ । काजी शेर्पा, गोकुल शिवाकोटी, चाइनिज गुरुङले घैंटेलाई सहयोग गर्दै आएका थिए । यीमध्ये काजीले छुट्टै समूह बनाई अपराधमा सक्रिय छन् ।
प्रहरी स्रोतका अनुसार एउटा यस्तो समूह छ कि, जसले प्रहरीबाट सुचना लिएर गुण्डा नाईकेसम्म पुर्‍याई आपसमा जुधाएर फाईदा लिर्दै आएको छ । यो समूहका नाईके हुन रोज राणा ।
दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पोखरा, १० भदौ, नेपाली काँग्रेसका नेता रामजी पौडेल बादलको हत्यामा संलग्न थप दुईजनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले  जानकारी दिएको छ  । गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडा निवासी पौडेलको हत्यामा संलग्न लेखनाथ–१२ का विश्वास गौतमलाई भारतको देहरादुन र लेखनाथ–१३ का प्रकाश गुरुङलाई पोखराबाटै पक्राउ गरिएको हो । हत्यामा संलग्न अर्का रबिन केसी भने अभैm फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


गौतम भारतको देहरादुनमा रहेको सूचना पाएपछि भारतबाट पक्राउ गरी रुपन्देही हुँदै पोखरा ल्याइएको हो । प्रहरीले यसअघि उक्त घटनामा संलग्न नेपाली काँग्रेस लेखनाथ नगर समितिका सभापति राजेन्द्रमणि लामिछाने र तरुण दलका कार्यकर्ता राजु रानाभाटलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले पौडेलको हत्यामा संलग्न आरोपीलाई आज पत्रकारसम्मेलनको आयोजना गरी सार्वजनिक गरिने बताएको छ । राससwww.annapurnapost.com

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: कैलाली घटनामा घाइते भएका प्रहरी हबल्‍दार जनक नेगीको निधन भएको छ। उनको काठमाडौंको महाराजगञ्‍जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। योसँगै कैलाली घटनामा मृत्‍यु हुनेको संख्‍या नौ पुगेको छ। (सुरक्षाकर्मीमाथि नियोजित आक्रमण)

यसअघि थरुहट कार्यकर्ताले कैलालीको टीकापुरमा सोमबार गरेको हिंसात्मक आक्रमणमा परि एसएसपी लक्ष्मण न्यौपानेसहित ७ र एक जना बालक गरी आठजनाको हत्‍या गरेको थियो। ('कमजोर सूचना संयन्त्रको परिणाम')
www.annapurnapost.com
काठमाडौं, १० भदौ । गत साता काठमाडौंको कपुरधारामा गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैटे’ प्रहरीसँगको मुठभेडमा मारिएपछि घैंटेका दुस्मन चक्रे मिलन भनिने मिलन गुरुङ भने तनावकाबीच खुसी मनाउन रिसोर्ट पुगे ।
गत भदौ तीन गते विहान घैंटे प्रहरी इन्काउन्टरमा मारिएको समाचार यूनाइटेड साप्ताहिकले छापेको छ । घैंट मारिए लगत्तै आफ्नो फेसबुक पेजमा पुराना गुण्डा नाइके चक्रेले ‘फिलिङ फ्रेस एट रिभर साइड स्प्रिङ रिसोर्ट, कुरिनटार’ स्टेटस लेख्दै फोटो समेत पोष्ट गरेका थिए ।
त्यसपछि उनी गोरखा पुगेको स्रोत बताउँछ । भूकम्पपछि घैंटेका झैं चक्रेले पनि गोरखा र सिन्धुपाल्चोकमा राहत भन्दै चेक मार्फत पैसा बाँडेको तस्विर फेसबुकबाट सार्वजनिक गरेका थिए ।
चक्रेमाथि २०६५ सालमा यादब ढंगोल हत्या गरेको आरोप लागेपछि फरार भएका थिए । फरार चक्रेलाई तत्कालिन आईजीपी रमेशचन्द ठकुरीको बिशेष टोलीले लागूऔषधसहित पक्राउ गरेको थियो ।
एक दर्जन भन्दा बढी अपराध गरेको अभियोग लागेका चक्रे अन्य अभियोगबाट भने सफाई पाइसकेका थिए । जेलभित्रबाटै चक्रेले हाउजीङ व्यवसायीले पैसा नदिएको भन्दै डोजरमा आगो लगाइ डोजर भित्रका व्यक्तिलाई समेत मार्न खोजेका थिए ।
लागूऔषध मुद्दामा मात्र ५ बर्ष कैद सजाय भोगी चक्रे बाहिर निस्केका थिए । जेलमै कैद भुक्तानी गरिसकेका चक्रेमाथि अबैध सम्पत्ति थुपारेको मुद्दा समेत रहेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो र सम्पत्ति शुद्धीकरण बिभागले सात करोड अबैध सम्पत्ति थुपारेको अभियोगमा बिशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
उक्त मुद्दामा अदालतले चक्रेसँग एक करोड धरौटी माग गरेको थियो । स्रोतका अनुसार पछिल्लो समय हङकङ जाने तयारीमा रहेका चक्रे र इन्काउन्टरमा मारिएका घैंटेबीच सम्बन्ध सुधार गर्न हङकङमा रहेका उनीहरुका साथी विशाल गुरुङले पहल गरेका थिए ।
dainiknepal.com
महेन्द्रनगर, भाद्र १० । रौतहट घटना पछि तराइ क्षेत्र लगायत विभिन्न ठाउँको सुरक्षा सतर्उकता उच्च बनाइएका बेला महेन्द्रनगरमा सशत्र प्रहरी नै लुटीन पुगेको छ । कञ्चनपुरको दोधारा–चाँदनीस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टबाट खटिएको टोली तस्करबाट लुटिएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयहरुका अनुसार दोधारा–चाँदनी नगरपालिका–१ स्थित पिपलचौतारा नजिक तस्करबाट अवैध कुखुराका चल्ला बरामद गरेर पोस्टमा लैजाँदै गरेको सशस्त्र प्रहरीको टोली बाटोमै तस्कर समुहबाट लुटिएको हो । सशस्त्र प्रहरीले तस्करबाट बरामद गरेका कुखुराका चल्ला तस्कर समुहले नै प्रहरीबाट लुटेर लगेका छन्
www.etajakhabar.com
धनगढी: म थाकिसकें, मलाई छोडिदिनुस्, अलिकता दया गर्नुस्, मेरो फौज तितरबितर भइसक्यो। मैले हारें, तपाईंहरूले जित्नुभयो भन्दा पनि कसैलाई दया पलाएन।

घरभित्र पसिसक्नुभएका सर (एसएसपी लक्ष्मण न्यौपाने) को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो । सर त ड्याम्म ढल्नुभयो, उहाँको मुखमा, टाउकोमा हान्दै थिए, त्यसपछि मेरो पालो आउँछ भनेर ज्यान जोगाउन म भागें।


बडो यातना दिएर मारे सबैलाई। मेरो एउटा आँखामा ढुंगा लागेपछि एउटा आँखालाई हातले छोपेर सरलाई जोगाइरहेको थिएँ, तर सकिनँ। त्यो दिन प्रहरी निरीक्षक बलराम बिष्टको कमान्डको टोली टीकापुर नगरपालिका-६ शंकरपुर आससासमा खटिएको थियो। प्रहरी निरीक्षकसहित १२ जनाको निःशस्त्र टोली लठ्ठी बोकेर परिचालित थियो।


तर बलराम सरको टोलीलाई प्रदर्शनकारीले निषेधाज्ञा तोडेर पाँच सय मिटर वर धकेलेपछि, सापको वाकीटकी बज्यो, त्यहाँबाट बलराम सापले ‘सर हामीलाई च्यापिसक्यो, थप मद्दत चाहियो' भनेको सुन्दै थिएँ। त्यतिबेला एसएसपी साप, सशस्त्रका एसपी लक्ष्मण सिंह सँगै हुनुहुन्थ्यो।

केहीबेर सल्लाहपछि दुवैजना एकै पिकअपमा चढ्नुभयो। अगाडिको पिकअपमा एसएसपी साप र सशस्त्रका एसपी साप, पछाडिको वानटनमा सशस्त्रका थप १६-१७ जना शंकरपुरका लागि मुभ भयो।


त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारी थिए, झन्डै ५ हजारभन्दा बढी। पिकअप भीड नजिकै रोकियो। त्यसको पछाडि कभरमा वानटनमा सशस्त्र थियो। त्यसमा एसएलआर बोकेका ६-७ जना सशस्त्र प्रहरी थिए। एसएसपी साप ओर्लिनुभयो, अनि भीडलाई सम्झाउनमात्र के सुरु गर्नुभएको थियो, भीडले सी आकारमा प्रहरी टोलीलाई घेरा हाल्यो।

उता बलराम सापको त त्यसअघि नै हत्या भइसकेको रैछ। अनि हामीलाई पनि भीडले लखेट्दालखेटदै अझ पाँच सय मिटर टाढा पुर्‍यायो। एसएसपी साप मोटो जिउ भएको मान्छे, थाकिहाल्नुभयो, हिँड्नै सक्नु भएन।

त्यसपछि मैले नजिकै रहेको एकजनाको घरमा सरलाई लगें। सरलाई यहाँ चुपचाप बसौं भनें। बाहिर भीड र अरू प्रहरीबीच भिडन्त भइरहेको थियो। सरको वाकीटकी बजेपछि एकजनाले यहाँ भित्र पुलिस छ भन्यो। अनि हुलका हुल घरवरिपरि आए।

घरको ढोका तोडेर केही मान्छे भित्र पसे। सरको कठालो समातेर बाहिर ल्याए। त्यो घरका मानिस पनि ‘अब नहान्नुस्' भन्दै रोकिरहेका थिए तर कसैले सुनेन। केहीबेरको कुटाइपछि खेतमा लगेर एकजनाले भाला हानिहाल्यो। कसैले बन्चरोले हाने त कसैले लट्ठीले हाने।

सबैभन्दा मलाई सशस्त्र प्रहरीले फायर नखोलेकोमा नराम्रो लागेको छ। 'भीड अनियन्त्रित भयो एसपी साप फायर खोलौं' भनेर सापले धेरैपटक सशस्त्रका एसपी सापलाई भन्नुभयो तर उहाँले आदेश नआएकाले गोली हान्न नसकिने बताउनुभयो।

एकजना एसएलआर बोकेको सशस्त्र प्रहरीको जवान सरको छेउमै थियो। सरले भन्नुभयो, 'ए भाइ फायर खोल, हामीसँग केही छैन, तिमीहरूले पनि फायर नखोले कसरी बाँच्ने हामी ? छिटो फायर खोल।' तर ती जवानले आदेश नआएकाले गोली चलाउन नमिल्ने भन्दै टारे। त्यहाँ चारपाँचजना मात्रै हतियार भएका प्रहरी गएको भए भीड नियन्त्रणमा आउने रैछ।

माओवादी सशस्त्र युद्धको बेला जस्तै छापामार शैलीमा प्रहरीमाथि आक्रमण भएको थियो । प्रहरीलाई लखेट्ने, एक्ल्याउने एक समूह हुन्थ्यो, घेर्न, हतियार हान्ने, भाला रोप्ने समूह अर्कै थियो। सबैलाई एक्ल्याएर मार्दै गए। प्रहरी निरीक्षक केशब बोहरा पनि सापसँगै जानुभएको हो । सबैलाई सी आकारमा घेर्दै भाला रोप्दै, आगो लगाउँदै मारे।

सर ढलेपछि म भागें। नजिकै एउटा नाला थियो, त्यो नाला पार गर्न सकिरहेको थिइनँ। मेरो एउटा आँखा बन्द भइसकेको थियो भने खुट्टामा पनि दर्जनौं लाठी खाइसकेको थिएँ।

धेरै प्रयासपछि म त्यो नाला पार गर्न सफल भएँ। अनि धेरै टाढाको धान खेतमा गएर पल्टिराखें। धेरैबेरसम्म होस थिएन। पछि होस आएपछि यताउता सुनसान थियो। केही साथीहरू घाइते देखिन्थे, केहीका शव देखिन्थे। एकैछिनपछि थप फौज आयो। अनि हामीलाई अस्पताल लगियो।
(सेती अञ्चल प्रहरी कार्यालय कैलालीका तत्कालीन प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेका अंगरक्षक मानबहादुरसँग अन्नपूर्णकर्मी शिवराज भट्टले गरेको कुराकानीमा आधारित)
www.annapurnapost.com
आज वि.सं. २०७२ भाद्र १० गते बिहीबार तदनुसार ई. सं. २०१५ अगस्ट २७ तारिख
श्रावण शुक्ल द्वादशी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, सौभाग्य योग, तैतिल करण
आजको व्रत/पर्व : प्रदोष व्रत, नेवारी पर्व बहिद्यवोये
भोलिको व्रत/पर्व : श्री शिवजीमा पवित्रारोपण गर्ने दिन, सिञ्जामा कुलायन पूजा प्रारम्भ

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मदतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मातापिताका चाहाना पूरा गनै आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नसक्छ । करकुटुम्बको आगमन हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । व्यवसायमा अप्ठ्यारा र असजिला पक्षको चिन्तनमा एकाबिहानै मन रुमल्लिए पनि फाइदा नै हुनेछ, तर साझेदारले साथ दिन पाउँदैनन् । जीवनसाथीलाई समय दिनु र सानो घरायसी भ्रमणमा निस्कनु राम्रो हुन्छ । सन्ततिपक्षमा राम्रै छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नजिकैका साथीभाइ र आत्मीयजनले सकेको मदद गर्नेछन्, तर चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । अड्डाअदालत वा राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तफैबाट खुसीको समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको तपाईंको निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ । कुनै नयाँ काममा मन जानेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धेरैजसो पुरुषहरुलाई महिलाको बारेमा त्यत्तिमात्र थाहा हुन्छ जति उनीहरुले देखे तथा सुनेका हुन्छन् । सतहमा देखिने आचरण, व्यवहार तथा जिउडालको बारेमा जानकार भएपनि धेरैलाई महिलाहरुका अन्तरंग रहस्यहरुका बारेमा थाहा नहुन सक्छ । महिलाहरुको बारेमा मनोविज्ञहरुले समेत भन्ने एउटा कुरा के हो भने उनीहरु वास्तवमै रहस्यमयी हुन्छन् । उनीहरुको मनमा यस्ता रहस्यहरु लुकेका हुन्छन् की जो अरु कसैलाई भन्दैनन् ।
कुनै पुरुषले महिलाको बारेमा आफुलाई सबैकुरा थाहा छ भनेर घमण्ड गर्छ, चाहे त्यो आफ्नै जिवनसंगिनीको किन नहोस्, भने त्यस्तोे पुरुषको तुजुक पूर्णतः मिथ्या सावित हुनसक्छ । किनकी आम महिलाहरुसँग यस्ता रहस्य हुन्छन् जो उनीहरुलाई कसैलाई पनि बताउँदैनन् ।
त्यस्ता ७ रहस्य यस्ता छन् :
महिलाले अर्को महिलालाई पनि माया गर्छन् । प्रायः महिलाले अर्को महिलालाई आफ्नो प्रतिस्पर्धी तथा दुस्मन ठान्ने गर्छन् भनिन्छ । तर विभिन्न सर्वेक्षणले के देखाएका छन् भने एक नारीले अर्को नारीलाई पनि खुबै माया गर्छन् । महिलाहरुलाई अर्को कुनै स्टाइलिस महिलालाई हेर्न निकै मज्जा लाग्छ ।
महिलाहरुले खुबै चियोचर्चो गर्छन् । त्यस्तो चियोचर्चो आफ्नो वर्तमान जिवसाथी तथा सरोकारको मान्छेको बारेमा मात्र हुँदैन । आफ्नो भुतपूर्व प्रेमीको बारेमा पनि उनीहरु खुबै चियोचर्चो गर्छन् । आफ्नो भुपु अहिले को सँग छ ? उसकी नयाँ प्रेमिका कस्ती छे ? उनीहरुको जीवन कसरी चलिरहेको छ ? भन्ने बारेमा कुनैपनि महिलालाई निकै ठूलो चासो हुन्छ ।
विभिन्न अध्ययन अनुसार पोर्न सामाग्री हेर्ने मामिलामा महिलाहरु पनि पुरुष जत्तिकै पारखी हुन्छन् । तर आफ्नो त्यो इच्छा तथा बानीलाई उनीहरुले अरुसामु खुलासा गर्ने तथा स्वीकार गर्ने काम पनि सित्तिमित्ती गर्दैनन् ।
महिलाहरुलाई आफ्नो जिउको माया अति नै हुन्छ । एक्लो हुँदा वा काम नहुँदा महिलाहरु आफ्नो जिउका अंग अंग हेरेर त्यसको रहस्य पत्ता लगाउने धूनमा भुल्दछन् ।
एक्लो हुँदा महिलाहरुलाई निकै अनौठो शोख चल्दछ । सर्वेर्क्षणका अनुसार आफ्नो गोप्य अंग नियाल्ने देखि लिएर विकिनी लगाएर नाच्ने तथा थरीथरीका पोज दिने गर्छन् उनीहरु ।
महिलाहरु आफ्नो महिनावारीको विषयलाई ठूलो बोझ ठान्दछन्, खासगरी बिहेपछि । आफ्नो पुरुष पार्टनरले यस्तो मासिक चक्रको झण्झट बेहोर्नु नपर्ने तर आफुले मात्र त्यो दुख झेलिरहनुपर्ने कुराले गर्दा उनीहरुमा पुरुषप्रति एउटा इष्र्या पलाउँछ । पुरुषले पनि यस्तो महिनावारीको जस्तै पीडा खप्नुपरोस् भन्ने भित्री इच्छा हुन्छ उनीहरुमा ।
महिलाहरुमा आफ्नो पुरुष पार्टनरप्रति धेरथोर शंकाले सधै गाँजिरहेको हुन्छ । आफ्नो पार्टनरले केही न केही कुरा आफुसँग लुकाइरहेको छ भन्ने लाग्छ । र त्यो कथित लुकाएको कुरा जान्नका लागि उनीहरु सदैव उत्सुक रहेर अनेक प्रयास गर्दछन् ।
www.onlinekhabar.com
श्रोत अनलाइन खबर => गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहाल उपचारका लागि अमेरिका जाने बेला उनले नेपालमा अनिष्ट हुने भविष्यवाणी गरेका थिए ।
उनी साउन ७ मा अमेरिका गएका थिए । भदौ ७ मा कैलाली घटनाले मुलुकलाई स्तब्ध बनाएको छ ।शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव नभएपछि उनलाई अमेरिका लगिएको थियो ।

उनकै इच्छामा परिवारले अमेरिका लगेको हो । सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ । google-boy-aadityaआदित्यका बाबु शेषराज दाहालले क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार भइरहेको छ । आदित्यले अमेरिका उड्नुअघि आफू पूर्ण रुपमा स्वस्थ हुने वा नहुनेबारे केही बताएका थिएनन् । पाँच वर्षीय आदित्य बोल्न सक्दैनन् । यद्यपि उनी नेपालीसहित अंग्रेजी, हिन्दी, कोरियान, जापानीज भाषामा लेख्न सक्छन् । ‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, ठ्याकै आज उनले बोलेको कुरा पुरा हुदै छ तर यिनै आदित्य अहिले आफुलाई नेपाल लैजान भन्दै रोइकराइ गरिरहेका छन् यिनले भने अनुसार आफु नेपालमा पाइला नटेकुन्जेल अझै ठुलो रक्तपात हुने भन्दै आशु झारेको शेषराजले बताए ।

www.zoomnp.net
काठमाडौँ:  संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले संयुक्त रुपमा दायर गरेको उक्त रिटमा सेना परिचालनले त्यहाँका नागरिकको मौलिक हकमा आघात पर्ने र शान्ति सुरक्षा अझ बिग्रने जिकिरसहित सेनालाई छावनीमा फिर्ता बोलाउन आदेश माग गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रालय, व्यवस्थापिका संसद सचिवालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा सोमबार बसेको सुरक्षा परिषद्को बैठकले कैलालीको टीकापुर, रौतहटको गौर र सर्लाहीको मलङ्गवामा सेना परिचालनको निर्णयले नेपाली नागरिकको हकअधिकारमा आघात पुग्ने दाबी गरिएको छ ।

सरकारले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्दा आन्दोलनकारीको मनोबल थप उत्तेजित बन्न जाने र अझै ठूलो अपूरणीय क्षति हुनसक्ने रिटमा उल्लेख छ ।
annapurnapost.com
कैलालीको घटनाप्रति दुःख व्यक्त गर्दै देश विदेशमा रहेका नेपाली नागरिकले थारू कल्याणकारीणी सभाका अध्यक्ष धनिराम चौधरीलाई कारबाही गर्न माग गरेका छन्।
राज्यकोषबाट तलब खाएर देशमा वितण्डा मच्चाउँदै हिड्ने चौधरीलाई कारबाही गर्न सामाजिक सञ्जाल मार्फत नेपाली नागरिकले सरकारलाई आग्रह गरेका हुन्।

चौधरी सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हुन्। सरकारी कर्मचारी रहेका चौधरी कार्यालयको काम नगरी एउटा समुदायको पक्षमा सरकारका विरुद्ध उत्तेजक अभिव्यक्ति दिने गरेको र चौधरी अध्यक्ष रहेको सभाले नेतृत्व गरेको हिंशात्मक भीडले एक नावालक र सुरक्षा अधिकारी सहित ८ जनाको हत्या गरेको भन्दै उनलाई कारबाही गर्न माग गरेका छन्।
सरकारी कर्मचारीले सरकारलाई नै चुनौती दिँदै हिंशा भड्काउने खालका अभिव्यक्ति दिंदा समेत सरकारले कारबाही गर्न नसकेको भन्दै सरकारको समेत आलोचना गरेका छन्।
सरकारको आधिकारिक निकायमा कार्यरत ईन्जिनियर जस्तो व्यक्तिले जनताको काम गर्ने बेला जातीय सद्भाव भड्काउने खालको आन्दोलनमा सामेल हुनु गलत भएको भन्दै सर्वसाधारणले आक्रोश पोखेका छन्।
थारु कल्याणकारीणी सभाका अध्यक्ष र कैलालीको जातीय आन्दोलनको नेतृत्व गर्ने व्याक्ति एउटै भएकाले उनलाई कारबाही गरेर सामाजिक सद्भाव कायम गर्नुपर्ने आवाज उठ्न थालेको हो।
एउटा सरकारी कार्यालयको कर्मचारी सरकारकै विरुद्व हातहतियार सहित सडकमा उत्रन नपाईने सर्वसाधारणले बताएका छन्।
राज्यकोषको तलव खाएर आफ्नो कार्यालयमा काम नगरी देशमा वितण्डा मच्चाउंदै हिड्नेलाई सरकारले कारबाही गर्नुपर्छ।
तर कैलाली आन्दोलनको नेतृत्व गरेका धनिराम चौधरीले उल्टै सरकारलाई दोष लगाउँदै कैलालीमा भएको घटनाको जिम्मा सरकारले लिनुपर्छ भन्दै हिड्दा पनि सरकार मौन रहेको छ।
चौधरीले सरकार र राजनीतिक दलहरुको गलत रवैयाका कारण कैलालीको आन्दोलनमा घुसपैठ भएकाले घटना घटेको बताउँदै घटनाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। चौधरीले उल्टै सरकारका र दलहरुप्रति आचलोचना गर्दा पनि सरकार मौन देखिनुले शान्ति सुरक्षाप्रति प्रश्न चिन्ह खडा भएको छ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
महन्थ र महतोबाट अलगअलग पत्रकार सम्मेलन
जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संलग्न दलहरुबीच मतभेद देखिएको छ। वार्तामा जाने नजाने र संविधान छोड्ने विषयमा विषयमा नेपाल सद्‌भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरबाट फरकफरक अभिव्यक्ति आएको छ। महन्थ वार्ताको पक्षमा छन् भने महतो विपक्षमा छन्।


महतो र ठाकूरले बुधबार जनकपुरमा अलगअलग पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न मुद्दामा फरकफरक अभिव्यक्ति दिएका छन्।तमलोपाका अध्यक्ष ठाकूरले सरकारले औपचारिक रुपमा बोलाए वार्तामा सहभागी हुनसक्ने बताएका छन् भने सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले अब वार्तामा जानुको कुनै औचित्य नरहेको बताएका छन्।


महतोले मधेशीसँग गरिएको सम्झौता र अन्तरिम संविधानको जगमा संविधान निर्माण नगरिए वर्तमानको आन्दोलन नरोकिने र सरकारसंग कुनै पनि वार्ता नगर्ने चेतावनी दिएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रील औपचारिक रुपमा पत्र पठाए आफुहरुले वार्तामा जाने विषयमा विचार गर्न सक्ने धारणा राखेका छन्।

ठाकुरले भने, सरकारले मधेशी जनतामाथि गरिराखेको दमन बन्द गरी अन्तरीम संविधानअनुरुप संविधानबनाउने प्रतिबद्धता व्यक्त गरे हामी वार्तामा जाने विषयमा विचार गर्छौ। सद्भावना पार्टीका अध्यक्ष् महतोले संविधान सभाको वर्तमान प्रक्रियाबाट मधेशको अधिकार सुनिश्चित हुने अब कुनै संम्भावना नरहेकोले त्यहाँ मधेशी सभासदहरुले विरोध गर्नुको साटो विद्रोह गर्दै राजीनामा दिनुपर्ने बताएका थिए। महतोले भने, मोर्चाका घटक सबै नेताहरुले संविधान सभाबाट राजिनामा दिए भने २४ घण्टामै आन्दोलन निर्णायक बन्छ ।’

ठाकुरले भने यो महतोको निजी विचार रहेको र संविधान सभाबाट राजिनामा दिने निर्णय समेत उनको पार्टीको मात्र रहेको बताए। ठाकुरले भनेर्, मोर्चामा यस विषयमा कुनै छलफल भएको छैन र अहिलेनै संविधान सभाबाट राजिनामा दिने बेला आएको छैन ।’ तमलोपाका सभासदहरुले संविधान सभा र सडक दुवै ठाउँमा संघर्ष गरिराखेको र राजिनामा दिने बेला आयो भने त्यो निर्णय लिन पनि पछि नहट्ने ठाकुरको भनाइ छ।


महतो र ठाकुरले वर्तमान सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गरिराखेको र यसले आन्दोलन अझ बढि सशक्त हुने चेतावनी दिएका छन्। सरकारले मधेशी, थारु, जनजाती सहित उपेक्षितवर्गहरुसंग भएको विगतका सम्झौताहरुलाई कार्यान्वयनमा ल्याउनुको साटो आफ्नो अधिकारका लागि शान्तिपूर्ण संघर्षमा रहेका जनताको आवाजलाई लठ्ठी र गोलीका बलमा दबाउन खोजेको महतोको भनाइ रहेको थियो।

वर्तमान सरकारका गृहमन्त्रीवामदेव गौतमले कैलाली र रौतहटमा भएको घटनाका सन्दर्भमा संसद्मा भ्रमपूर्ण र सद्भावबिग्रिने खालको अभिव्यक्ति दिएर जारी आन्दोलनलाई अझ बढि उग्र बनाउने कार्य गरेको भन्दै नेता महतोले यस्ता मन्त्रीलाई प्रधानमन्त्रीले तुरुन्तै पदच्यूतगरि कार्वाही गर्नुपर्ने बताए ।

मधेशका जिल्लाहरुमा सेना परिचालन गरी जनतालाई दमन गराउन खोज्ने प्रयास अतिनै निन्दनीय रहेको भन्दै महतोले यस्ता क्रियाकलापबाट जनताले यो देश हाम्रो हो वा होइन भन्ने कुरा सोच्न बाध्य हुने बताएका थिए। ठाकुरले पनि सेना परिचालनको निर्णय फिर्ता लिनुपर्ने मात्रै बताए ।
annapurnapost.com
झडपमा तीनजनाको ज्यान गयो
एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहर गुजरातको अहमदाबादमा मंगलबारबाट शुरु विरोधले उग्ररुप लिएपछि तीनजनाले ज्यान गुमाएका छन् ।

गुजरात प्रहरीका डिजीपी पिसी ठाकुरले बताएअनुसार अहमदाबादमा पटेल समुदायले थालेको आन्दोलन उग्र भएपछि गोली चलाउँदा तीनजना मारिएका हुन् ।


उनका अनुसार उग्र भएका प्रदर्शनकारीले बनासकान्ठा जिल्लामा रहेको गढ पुलिस कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण गरेका छन् । प्रहरी चौकीमा आक्रमणका क्रममा एक प्रदर्शनकारी मारिएका छन् ।

गुजरातको अहमदाबादको नौवटा प्रहरी कार्यालयको क्षेत्र, सुरतको दुर्इवटा प्रहरी कार्यालयको क्षेत्रसहित राज्यका १७ वटा सहरी इलाकामा कर्फ्यू लगाइएको छ ।


राज्यमा हिंसा भड्केर स्थिति नियन्त्रण बाहिर जाने अवस्था आएपछि सेनालार्इ बोलाइएको छ । डिजीपी ठाकुरका अनुसार गुजरातका सबै दलका वरिष्ठ नेता र धर्म गुरुहरुलार्इ मानिसलार्इ कानुन व्यवस्था कायमका लागि अपिल गर्न भनिएको छ ।

हिंसाले उग्ररुप लिन थालेपछि गुजरातमा सबै शैक्षिक संस्थाहरु बन्द गरिएको छ । पटेल समुदायले बुधबारै गुजरात बन्दको अपील गरेको थियो ।

मुख्यमन्त्री आनन्दीबेन पटेलले गुजरातबासीलार्इ शान्ति कायम गरिराख्न अपील गर्दै राज्यमा कानुनी व्यवस्था कायम राखिराख्न पनि सबैसँग सहयोग मागेका छन् ।

आरक्षणको माग लिएर आन्दोलन गरिरहेका गुजरातका पटेल समुदायले मंगलबार राति उग्र बनेर कयौं स्थानमा आगजनी गरेका छन् ।

आन्दोलनको नेतृत्व गरिरेहका २२ वर्षीय हार्दिक पटेललार्इ मंगलबार राति पुलिसले हिरासतमा लिएपछि उनका समर्थक उग्र भएका थिए ।

उनका समर्थकले करिब ४० वटा बस र अन्य गाडी जलाएका छन् । हिंसा बढ्दै गएपछि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरिदिएको छ ।

मंगलबार काटिएको मोबाइल र इन्टरनेट सेवा बुधबार अपरान्हसम्म पनि सुचारु गरिएको छैन ।

पटेल समुदायले आरक्षण माग गर्दै आन्दोलनमा उत्रेको छ । यसको नेतृत्व २२ वर्षीय हार्दिक पटेलले गरिरहेका छन् ।

उनको नेतृत्वमा मंगलवार अहमदाबादको जिएमडीसी मैदानमा र्‍याली गरिएको थियो । यो र्‍यालीमा लाखौंको संख्यामा मानिसहरु सहभागी भएका थिए ।
/www.annapurnapost.com
काठमाडौं ।

कैलालीमा गत सोमबार भएको हिंसात्मक घटना पछि प्रहरीको अत्याधिक खोजिको सूचिमा रहेका पात्र हुन् रेशम चौधरी । घटनाको मुख्य योजनाकार भएको भन्दै प्रहरीले खोजि कार्य जारी राखेको छ तर उनी हाल नेपालमा नभएको र भारतको मोवाइल नम्बरबाट फोन गर्ने गरेको उनका साथीहरुले बताएका छन् ।

कैलाली घटनापछि कोइरालालाई मोदीको फोनः भने ‘वार्ता गर्नुस्’

यस्तो छ कैलाली घटनाको पृष्ठभूमि
कैलालालीमा प्रहरी माथि आक्राण हुनु केही समय अघि टिकापुरमा आमसभा आयोजना गरियो । जसमा अतिथिको रुपमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस केन्द्रिय सदस्य एवं सभासद् अमरेस कुमार सिंहलाई बोलाइएको थियो ।


कार्यक्रममा उनीहरुले निक्कै उत्तेजित भाषण गरे । पहाडियाहरुलाई तराईबाट लखेट्नु पर्ने र घरेलु हतियार सहित प्रदर्शनमा उत्रनु पर्ने गरी निक्कै उत्तेजित र विवादाष्पद अभिव्यक्ति दिए । जसको संसदमा निक्कै आलोचना भयो ।

गृहमन्त्री बामदेव गौतमले त्यसको अडियो टेप संसदलाई उपलब्ध गराएर राज्य व्यवस्था समितिमा पठायो । र राज्य व्यवस्थाले उपसमिति गठन गरेर अहिले त्यसको छानविन गरिरहेको छ । त्यसरी भाषण गर्ने पात्र आम सभामा बोलाउने र उनीहरुलाई उत्तेजित भाषण नगरे जनता आन्दोलनमा सहभागि नहुने भन्दै उकास्ने पात्र उनै रेशम चौधरी भएको श्रोतको दावी छ । जुन आमसभाको अध्यक्षता चौधरी आफैले गरेका थिए ।

टिकापुर घटना घट्नु अघिल्लो दिनसम्म उनी आफ्नै फूलबारी रिसोर्टमा थिए । श्रोतका अनुसार आन्दोलनको सबै योजना त्यही रिसोर्टबाट बनेको थियो । प्रहरी श्रोतका अनुसार एस एस पी लक्ष्मी न्यौपाने माथि पहिलो प्रहार गर्ने व्यक्ति पनि उनै रेशम चौधरी थिए ।

को हुन रेशम चौधरी ?
देखावटी पेशाका हिसावले उनी मिडिया मालिक र व्यवशायी हुन् । उनले कैलालीमै फूलवारी एफ एम र फूलवारी रिसोर्ट सञ्चालन गरेका छन् । तर उनको पृष्ठभूमि त्यति मात्र होइन ।

दरवार हत्याकाण्ड अघिसम्म उनी दरवारका मान्छे थिए । दरवारमा खेल सिकाउने र बेलाबेला गीत गाएर मनोरञ्जन दिलाउने पात्र हुन उनी । २०६२÷०६३ को आन्दोलन अघि राजाले शासन हातमा लिएको बेला हुने नागरिक अभिनन्दनको चाँजोपाँजो मिलाउने काम गर्थे उनी । त्यही अभियानका क्रममा उनले धेरै जिल्ला घुमेका छन् र राजाका हरेक जसो कार्यक्रममा उनको उपस्थिती हुन्थ्यो ।

जनआन्दोलन सफल भए पछि उनी माओवादी भएको भनेर लागे तर माओवादी भने भएनन् । फाइदा लिन खप्पिस चौधरी माओवादीबाट त्यो सम्भावना नदेखे पछि दोस्रो संविधानसभा चुनावको केही दिन अघि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गरे ।

कैलाली घटना कसले गरायोः भरत दाहालको दावी यस्तो छ

उनी सदभावनामा प्रवेश मात्र गरेनन्, राजेन्द्र महतो पछिको दोस्रो ठूलो पद अर्थात केन्द्रीय उपाध्यक्ष पनि हात पारे ।

त्यति मात्र होइन, दोस्रो संविधानसभा चुनावमा टिकट पनि पाए र कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ९ भदौ । ‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त !’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट दोहो¥याएर कराए, ‘च्याप्यो हजुर च्याप्यो, भीडले च्याप्यो, थप मद्दत, थप मद्दत…!’


अस्ति सात गते सोमबार अपराह्न थरुहट संघर्ष समितिका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच कैलालीको टीकापुरमा झडप हुँदाको वृत्तान्त हो यो । कस्तो दुःखको कुरा भने मद्दत माग्ने र मद्दत दिने दुबै हाकिम एकै ठाउँ बञ्चरो र भालाको आक्रमणबाट मारिए । विचराहरु ‘ऐय्या–आत्थु’ केही भन्नै नपाई रगत पिउने तानाशाही इदी अमिनले मान्छे सोतर पारेकै शैलीमा एकैचिहान भए ।
तीनजना इन्स्पेक्टरको कमाण्डअन्तर्गत तीन फरक फरक नाकामा ड्युटी लगाई इप्रका अगाडि कमाण्ड पोष्ट खडा गरेर बसेका थिए, लक्ष्मण न्यौपाने । प्रदर्शनकारीले निषेधित क्षेत्र नतोडुन् भन्नका लागि भएजतिका फौज ठाउँठाउँमा तैनाथ थिए ।
न्यौपानेसँग अञ्चल गुल्मका इन्स्पेक्टर केशब बोहराको कमाण्डमा थोरै फौज त थियो, तर कमाण्ड पोष्टका रुपमा बसेपछि त्यसकै सुरक्षाका लागि पनि त्यति जनशक्ति चाहिन्थ्यो । धनगढीस्थित जिप्रकाबाट टोली मगाऔं भने १ सय १४ किलोमिटरको दूरी छिचोल्नै दुई घण्टा लाग्ने ।
भीडले च्यापेर अर्को इन्स्पेक्टरलाई अप्ठेरै पारेपछि सँगै बसेका सशस्त्र एसपी लक्ष्मणबहादुर सिंहसँग उनकै गाडी चढेर टिकापुरको पश्चिमी नाकामा तैनाथ इन्स्पेक्टर बलराम भएतिर पुगे ।
उत्तरतिर तैनाथ किलो वन थ्री कलसाइन भएका इन्स्पेक्टर जगन्नाथ खनाल र उत्तर–दक्षिणतिरका किलो वन टु कलका एकीन्द्र खड्काको टोलीलाई पश्चिमतिर सामेल हुन आदेश दिए ।
अघि–अघि न्यौपाने पछि–पछि फौज दौडियो । भीडले सुरक्षाकर्मीलाई च्याप्यो भनिएको पश्चिमी नाकामा एसएसपीको टोली पुग्दा प्रदर्शनकारी पूर्व फर्किएका थिए । न्यौपाने पश्चिम फर्किएर प्रदर्शनकारी अगुवा (फोरम सभासद्) रामजनम चौधरीसँग भन्दै थिए, ‘यस्तो गरिदिन भएन हजुर !’ भन्दाभन्दै पछाडिबाट पिठ्युँमा बञ्चरो र भाला प्रहार भयो । उनी भुक्लुक्क ढले । उनलाई छोप्न खोज्दै थिए, इन्स्पेक्टर केशव बोहरा र बलराम विष्टले ।
तर, उनीहरु पनि बञ्चरोकै प्रहारमा ढालिए । प्रहरीहरु ढालिँदा सशस्त्र प्रहरीले थप मद्दत दिन्छ भन्ने न्यौपानेको आशा थियो । तर, जब भीडले प्रहरी टोलीलाई च्याप्न थाल्यो, न्यौपानेलाई त्यहाँबाट छाडेर सशस्त्र एसपी लक्ष्मण सिंह घटनास्थलबाट बाहिरिए ।
उनले थरुहट अगुवा रमेश चौधरीलाई साथमा लिएर गए । प्रहरी कमाण्डहरुहरु ढलेसँगै प्रदर्शनकारीले एसएसपीका बडीगार्डसँग रहेको अत्याधुनिक एसएलआर राइफल खोसे । एसएलआर नियन्त्रणमा लिएपछि भिड लम्कियो नजिकै साउद परिवारको घरतिर ।
सशस्त्रका जागिर खाने त्यो परिवारका वरिष्ठ हवल्दार ललित साउद प्रदर्शनकारीको पहिलो निशाना बने । उनीहरु अछामबाट बसाईं सरी त्यहाँ गएका हुन्  र भीम रावलका आफन्त पनि ।
जेठा पूर्णबहादुर साउद सशस्त्रका डिएसपी हुन् भने कान्छा नेत्रबहादुर सशस्त्रकै हलव्दार र लेखा सहायक पनि । डेढ क्विन्टलका ललित सशस्त्रका घुमुवा हुन् ।
तीन दाजु भाईलाई एकैचिहान बनाउने गरी प्रदर्शनकारी त्यहाँ पुगेका थिए । तर, घरको बरण्डामा डिएसपी पूर्ण एक्लै थिए, भाइ नेत्रको छोरा खेलाउँदै । भीड देखेपछि उनी भागे, तर बालक मारिए ।
सशस्त्र-थरुहट कनेक्सन
सशस्त्र साथमा थिएन भने सायद एसएसपी न्यौपाने अर्को रणनीतिका साथ भिड नियन्त्रणमा जुट्थे वा अश्रुग्याँस र रबर बुलेटको सहाराले भीडलाई तितरबितर पार्थे ।
तर, सशस्त्रले आफ्नो गाडी चढाई–चढाई भीडको बीचमा लगेर छाड्ने र हमला भएपछि सर्लक्क पछाडि हट्ने कारण उच्च पदस्थ प्रहरी अधिकृतसहितका मारिए ।
भीडन्तमा घाइते भई हाल नेपालगञ्जमा उपचाररत एक सशस्त्र जवानले बयान दिइसकेका छन् । ‘झडप सुरु भएपछि हामीलाई विथ ड्र हौ (फर्कनु) भनेका थिए । सोहीअनुसार फर्कंदै थियौं ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडाैं, भदाै ९ । गत बिहीबार प्रहरीको इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार घैँटेको व्यावसायिक पार्टनर राजेश कार्की पक्राउ परेका छन् ।

घैँटेको सम्पत्ति अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाले घैंटेका सहयोगी कार्कीलाई सोमबार पक्राउ गरेको हो । कार्कीलार्इ प्रहरीले अाजै सार्वजानिक गर्ने बताएकाे छ ।


घैँटेसँग मिलेर उनले विभिन्न व्यवसाय गर्दै आएका थिए । लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक रहेका कार्कीले नै घैँटेको आर्थिक कारोबार मिलाउने गरेको सूचनाका आधारमा महाशाखाले उनलार्इ पक्राउ गरेको हो ।

उनकै फ्राइडे रेस्टुरेन्टमा घैँटेले ठेकदारहरूलाई बोलाएर धम्क्याउने गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

कार्कीले ट्राभल एजेन्सीका नाममा १०/१२ करोडको अस्वाभाविक कारोबार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

करिब १० वर्षअघि सामान्य जागिर गर्ने कार्कीको हाल करोडौँको सम्पत्ति भेटिएको छ । महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान अघि बढाएको छ । घैँटेले चलाउँदै आएको गजुरमुखी कन्स्ट्रक्सनमा भने कार्कीको आफ्नै नाममा सेयर भेटिएको छैन ।

कांग्रेस सभासद् जगदीश्वरनरसिंह केसीकी श्रीमतीलगायत सातजनाको नाममा सो कम्पनीमा सेयर रहेको खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानमा आबद्ध प्रहरीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भए पनि आफ्नै नाममा भने कमै मात्र भेटिएको छ ।

सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको आशंकामा महाशाखाले छानबिन थालेको छ ।

(उल्लेखित तस्विर इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेकाे हाे) भिडियो हेर्न तलको बाकस थिच्नुहोस
परासी : नवलपरासी सदरमुकाम परासीमा बुधवार दिउँसो मधेसी दलका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा एक प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् ।

सदरमुकाम परासीमा जारी निषेधाज्ञा तोडेर अघि बढ्ने क्रममा प्रदर्शनकारीमाथि प्रहरीले दर्जनौ अश्रु ग्यास र केही राउण्ड हवाई फायर गरेको छ ।

प्रदर्शनकारीले महेशपुर चोकस्थित बाईपास रोडमा राखिएको निषेधाज्ञा लेखिएको सूचना बोर्ड फ्याकेपछि झडप सुरु भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

प्रदर्शनकारीहरु बाइपास रोडको दुईतिरबाट अघि बढेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न गोली प्रहार गरेको बताएको छ ।

ढाडमा गोली लागेका बिहडी धोकको उपचार हुँदै । तस्बिर : हरि शर्मा
गोली लागेर सनई–९ पडरीका बिहडी धोवी घाइते भएका छन् । उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज पठाइएको छ ।
प्रदर्शनका क्रममा गोलीको छर्रा लागेर रामग्राम नगरपालिका–५ की मुन्नी जयसवाल घाइते भएकी छन् ।

आन्दोलनकारीहरु सदरमुकाम प्रवेश गर्ने स्थान महेशपुर चोकस्थित बाईपास रोड, मञ्जरिया चोक र शान्ति चौरमा जम्मा भएर निषेधाज्ञा तोड्ने प्रयास गरेपछि झडप भएको थियो ।

अहिले जिल्ला सदरमुकामको स्थिति तनावपूर्ण छ । स्थानीय प्रशासनले सोमबार साँझदेखि एक हप्तासम्म परासी सदरमुकामसहित बर्दघाटको भूताहासम्मका लागी निषेधाज्ञा जारी गरेको छ ।  


निषेधित क्षेत्रतर्फ अघि बढेका प्रदर्शनकारीलार्इ बन्दुक ताक्दै सशस्त्र प्रहरी । तस्बिर : हरि शर्मा

गोलीको छर्रा लागेर घाइते मुन्नी जैसवाल। तस्बिर : हरि शर्मा

अश्रुग्यासले आँखा पोलेपछि पत्रकारसँग पानी माग्दै सशस्त्र प्रहरीका जवान । तस्बिर : हरि शर्मा

परासीमा प्रदर्शन गरिरहेका मधेसी दलका कार्यकर्ता । तस्बिर : हरि शर्मा
www.annapurnapost.com
एजेन्सी : बलिउड अभिनेता अक्षय कुमार केही त्यस्ता अभिनेतामा पर्छन्, जो फिल्ममा धेरैजसो स्टन्ट आफैं गर्छन् ।

खतारनाका दृश्यमा पनि आफैंले स्टन्ट गर्दा उनी जल्न पुगे । अक्षयको आउन लागेको फिल्म सिंह इज ब्लिङ्गको सुटिङका क्रममा स्टन्ट स्टन्ट गर्दा अक्षयको शरीरमा आगो लाग्न पुग्यो । यो घटना मुम्बईमा भएको हो । आगो लागेपछि तत्कालै निभाएकाले उनी बाँच्न पुगे ।

अघिल्लो साता सिंह इज ब्लिङ्गको एउटा गीत रिलिज गरिएको थियो । यो गीतमा अक्षय धेरै स्टन्ट गरिरहेका देखिएका थिए । यही गीतमा एक सिनको सुटिङ गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।

 सुटिङका क्रममा अक्षयले बलेको आगो बीचबाट कुद्नुपर्ने थियो । यसका लाग अक्षयले पूर्वअभ्यास पनि गरेका थिए ।

तर जब सुटिङ शुरु भयो तब उनको खुट्टाको पछिल्लो भाग आगोमा ठोक्किन पुग्यो । त्यसपछि अक्षयको जिउमा आगो लाग्यो र उनी जमिनमा लड्न पुगे ।

आगोले जलेर अक्षय ढलेपछि फिल्मका सदस्यहरुले तत्कालै निभाएर ठूलो दुर्घटना टर्न पुग्यो । आगोले जलेपछि पनि अक्षयले सुटिङ जारी राखे अनि फिल्मको सुटिङ सके ।

प्रभु देवाको फिल्म सिंह इज ब्लिङ्ग २ अक्टोबरमा रिलिज हुँदैछ । यो फिल्मा अक्षयसँगै हिरोइन एमी ज्याक्सन पनि एक्सन सिनमा देखिनेछिन् ।
annapurnapost.com
विजय गच्छदारका जिल्ला नेता पनि समातिए
बाँके : कैलालीको मनुवा गाविस–६ सिमल चौराहमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ प्रहरीको हत्यामा संलग्न १० जनालाई प्रहरीले मंगलबार शंकास्पद अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरेकाहरुमा कैलालीको जोशिपुर–४ का३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख-६ नारायणपुर का १७ वर्षीय रामजनम चौधरी रहेका छन् । (कैलालीमा प्रहरीमाथि आक्रमण, एसएसपीसहित आठको मृत्यु)

त्यसैगरी कैलालीकै मनुवा-१ का २० वर्षीय रामकुमार खठरीया, २७ वर्षीय सन्दरलाल कठरिया, २० बर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया मनुवा-४ का २२ वर्षीय हरिनारायण चौधरी र भजनी-५ बस्ने ४१ वर्षीय प्रेम बहादुर चौधरी रहेका छन् ।

प्रदर्शनका क्रममा सोमबार प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्याम बहादुर खड्का र प्रहरी जवान लोकेन्द्र बहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको उनीहरुसहितले हत्या गरेका थिए । (यी हुन् टिकापुरमा मारिएका एसएसपी न्यौपाने)

थरुहटका कार्यकर्ताले गोली हानेर २ वर्षीय बालक टेकेन्द्र साउदको पनि हत्या गरेका थिए । टीकापुरमा नगरपालिका–६ शंकपुरमा थरुहट-थारुवानका कार्यकर्ताले निषेधाज्ञा तोड्ने क्रममा प्रहरीमाथि आक्रमण गर्दा एक सशस्त्र प्रहरीका छोरा टेकेन्द्रको ज्यान गएको थियो । (हबल्दार रामबिहारीको गाउँ शोकमा)

सशस्त्र प्रहरीका सहायक हवल्दार नेत्र बहादुर साउदका २ वर्षीया छोरा टेकेन्द्र साउदको घरमै बसिरहेको अवस्थामा ज्यान गएको थियो । (थरुहट कार्यकर्ताको आक्रमणमा नाबालक मारिए)

प्रहरीले यसअघि मंगलबारै प्रहरी र नाबालकको हत्यामा संलग्न चारजनालार्इ प्रहरीले कैलालीबाटै पक्राउ गरिसकेको थियो । (रोकिएन आँसु (फोटो फिचर)
annapurnapost.com
पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजा बनाउन ज्ञानेन्द्र सक्रिय भएको कुरामा सहमत हुनुहुन्छ कि हुनुहुन्न ?????? हुनुहुन्छ भने शेयर गर्न नभुल्नुहोला !!!! हुनुहुन भन्ये पनि शेयर गर्न नभुल्नुहोला!!!!!


काठमाडौं, ९ भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया कम्यूनिष्ट पार्टीका नेताहरुसँग पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गरेका छन् । नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा  तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्। हिन्दु राज्य र आफ्न अस्तित्व जोगाउने पक्षमा पूर्वराजाले भारत भ्रमण गरेको हुनसक्ने आशंका  गरिएको छ। पूर्वयुवराज पारसको समेत सहमतिमा छोरा हृदयेन्द्रलाई स्थान दिन पूर्व राजपरिवारको भारत भ्रमण भएको हुनसक्ने निर्मल निवास स्रोतले जनाएको छ। अति गोप्य भेटघाटमा भएको कुरा सार्वजनिक हुनसक्ने भन्दै सरकारी सुरक्षाकर्मीलाई नलिइ आफूमात्रै भ्रमणमा  गएका पूर्वराजा केही दिन अझै थाइल्याण्डमै बस्ने भएका छन्।‘खै कहिले आउनुहुन्छ थाहा छैन, हामीलाई अनिश्चित भनिएको छ,’निर्मल निवासका एक कर्मचारीले भने। थाइल्याण्डबाट पुनः भारत जाने सम्भावना रहेको भन्दै ति कर्मचारीले भने,‘केही निचोड निस्किएपछि मात्रै उहाँ नेपाल आउने सम्भावना छ।’ १२ वर्ष पुगेका नाती हृदयेन्द्रको पक्षमा लबिङ गर्न भारत पुगेका पूर्वराजा ज्ञानेन्द्र र हिमानीले नेपालको पछिल्लो अवस्थाबारे पनि त्यहाँको उच्च स्रोतलाई जानकारी गराएका थिए।
पूर्वराजाले भारतमा उच्च तहको भेटघाट गरेका थिए। नेपालबाट भारत प्रस्तान गर्दा राजनीतिक रूपमा चहलपहल हुने भएकाले उनी थाइल्याण्डबाट सुटुक्क भारत गएका थिए। अति गोप्य राजनीतिक  भ्रमणमा उनले बुहारी हिमानीलाई पनि सँगै राखेका थिए। करिब एक साता अघि उनी थाइल्याण्डबाट गएर पुनः थाइल्याण्ड फकिएको नेपाल समाचारपत्रमा समाचार छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ९ भदौ । कैलालीको टीकापुरमा सोमबार ड्युटीमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी कर्मचारीको हत्यामा संलग्न शंकास्पद १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले गोप्य सूचनाका आधारमा मंगलबार हत्यामा संलग्न दश जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा जोशिपुर-४ बस्ने ३५ वर्षीय सुन्दरलाल चौधरी, ५५ वर्षीय खड्कबहादुर चौधरी, मधेसी जनअधिकार लोकतान्त्रिक फोरमको क्षेत्रीय अध्यक्ष ४४ वर्षीय रामप्रसाद चौधरी, दरख–६ नारायणपुर बस्ने १७ वर्षीय रामजनम चौधरी, मनुवा–१ बस्ने २० वर्षीय रामकुमार खठरिया, २७ वर्षीय सन्दरलाल कठरिया, २० वर्षीय दिलबहादुर चौधरी, २४ वर्षीय राजकुमार कठरिया, मनुवा–४ बस्ने २२ वर्षीय हरिनारायण चौधरी, भजनी–५ बस्ने ४१ वर्षीय प्रेमबहादुर चौधरी रहेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनका क्रममा सोमबार टीकापुरको मनुवा गाविस-६ सिमल चौराहमा प्रहरी बरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशब बोहोरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र प्रहरी जवान लोकेन्द्रबहादुर चन्द तथा सशस्त्र बरिष्ठ हवल्दार ललित सावद र सशस्त्र हवल्दार रामबिहारी थारुको हत्या गरिएको थियो ।
दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा ....
फेरि अको नयाँ खुलासा अलौकिक ज्ञान शक्ति कि धनि नेपाली माता –सबिता सरु शर्मा आचार्य को भबिष्यबाणी ....पढ्नुहोस पुरा समाचार

सुर्य चन्द काठमाडौँ – धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।


सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।

उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार  २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।
उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।
माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।source taja khabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि हटस्पट वाइफाइको सुविधा ल्याएको करिब डेढ वर्ष भइसकेको छ। तर पनि हामीमध्ये धेरैले यसको सुविधा लिन सकेका छैनौ। हामीमध्ये कतिपयलाई यो हटस्पट वाइफाइ कसरी चलाउने भन्ने बारे जानकारी छैन।  यस्तै कतिपयलाई यो कुन कुन स्थानमा उपलब्ध छ भन्ने बारे जानकारी नभएर टेलिकमले ग्राहकका लागि दिएको यो सुविधा धेरैले उपभोग गर्न सकेका छैनन्।
नेपाल टेलिकमको हटस्पट वाइफाइबाट नेपालका विभिन्न स्थानमा इन्टरनेट चलाउन सकिने टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले बताए।

ती स्थानमा वाइफाइ मार्फत इन्टरनेट चलाउनको लागि जिएसएम तथा सिडिएमए पोष्टपेड वा प्रिपेड मोवाइलको म्यासेज बक्समा गई wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्छ।त्यसपछि आफूलाई प्राप्त हुने पासवर्ड प्रयोग गरेर इन्टरनेट चलाउन सकिन्छ।
यो सेवा प्रयोग गरे वापत ग्राहकहरूको मोबाइलबाटै १० रुपैयाँ ब्यालेन्स काटिन्छ। उक्त ब्यालेन्सबाट २४ घन्टा भित्र एक घन्टासम्म इन्टरनेट चलाउन सकिन्छ। यो ६० मिनेटको समयलाई २४ घण्टा भित्र जतिखेर र जसरी चलाएपनि हुने टेलिकमले जनाएको छ।
उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा कहाँ कहाँ छन् हटस्पट वाइफाई पाइने स्थानहरू?
काठमाडौः

१. कलेज/कार्यालयहरुः
काठमाडौँ इन्जिनियरिङ कलेज, फिटनेस स्टुडियो लाजिम्पाट, सञ्चार मन्त्रालय, एक्मि इन्जिनियरिङ कलेज, सूचना विभाग, महानगरपालिकाको कार्यालय, कम्फर्ट हाउजिङ सानो भर्‍याङ, आन्तरिक र बाह्य एयरपोर्ट, एड्भान्स इन्जिनियरिङ कलेज, एमाले पार्टी कार्यालय, अरविन्दाश्रम, नेपाल प्रहरी प्रशिक्षण केन्द्र, कान्तिपुर इन्जिनियरिङ कलेज, केशर महल, त्रिभुवन विश्वविद्यालय।
२. अस्पतालहरुः
हेल्पिङ ह्याण्ड्स चावहिल,  टिचिङ अस्पताल, बि.पी. कोइराला मेमोरियल अस्पताल, वीर अस्पताल, छाउनी अस्पताल, कान्ति बाल अस्पताल, गंगालाल अस्पताल, प्रसुति गृह थापाथली, ब्लु क्रस अस्पताल, मनमोहन मेमोरियल अस्पताल, नेपाल मेडिकल कलेज, स्टार हस्पिटल, वयोधा अस्पताल बल्खु।
३. स्थानहरुः
नारायणहिटी र नागार्जुन आर्मी ब्यारेक, गोंगबु बसपार्क, भृकुटी मण्डप, दक्षिणकाली, बानेश्वर चोक, ठहीटी चोक, जनसेवा मार्ग डल्लु, मखन, ठमेल ख्वाःबहाल, विजेश्वरी, असन, कालिकास्थान, महाराजगञ्ज, फर्पिङ, नरसिंह चोक, ठमेल, सिनामंगल।
४.नेपाल टेलिकमका कार्यालयहरुः
सुन्धारा काउण्टर –२, केन्द्रीय कार्यालय भद्रकाली, पुल्चोक काउण्टर, बलम्बु, कीर्तिपुर, ग्वार्को, छाउनी, गोंगबु, चावहिल, इन्द्रायणी, जोरपाटी, सुन्दरीजल, कपन, बबरमहल, कोटेश्वर, नक्साल।
भक्तपुरः
१. काठमाडौँ फन भ्याली पलाँसे।
२. स्थानहरुः भक्तपुर दरबार स्क्वायर, दत्तात्रेय मन्दिर, कौशलटार, बहाख बजार ठिमी, लोकन्थली।
३. जनस्वास्थ्य भक्तपुर
४. नेपाल टेलिकमका कार्यालयहरुः भक्तपुर, थिमी, तेलकोट, खरीपाटी।
ललितपुरः
१. कलेज/कार्यालयहरुः
पाटन मालपोत, साझा बस यातायात कार्यालय र ललितपुरका साझा बसहरूमा, अशोक हल, नेपाल विद्युत प्राधिकरण, नेपाली कांग्रेस पार्टी कार्यालय।
२. अस्पतालहरू
किस्ट मेडिकल हल, सुमेरु सिटी र सुमेरु सामुदायिक अस्पताल, वि एण्ड वि, अल्का, पाटन अस्पताल।
३.पाटन दरबार र मंगल बजार दुपट।
४. नेपाल टेलिकमका कार्यालयहरुः लुभु, सैँबु, ठेचो, पाटन।
यसप्रकार  उपत्यका अन्य पनि केही स्थानमा नेपाल टेलिकमको हट–स्पट प्रयोग गर्न सकिने अधिकारीले बताए।source taja khabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमडौँ , भदौ ९ । हिजोआज तनाव नभएको मानिस भेट्न मुस्किल नै पर्छ । तनाव त अब मानिसको साथी नै भइसक्यो भन्दा फरक नर्पला । अब तनाव त भयो अब कसरी हटाउने रु तनावका कारण टाउको अत्यधिक दुख्छ ।

त्यसैले पहिले टाउकोको पिडा कर्म गर्ने उपाय सोच्नुहोस् । जसका लागी प्रशस्त पानी पिउनुहोस् । त्यसको लगत्तै कफीले माइग्रेन र टाउको दुखाइ जस्ता रोगहरूलाई कम पनि गर्दछ, त्यसैले बिहानीपख एक कप कफी खाँदा ह्याङ्गोभरबाट भएको टाउको दुखाइ पनि कम गर्दछ।

कसै कसैले भन्ने गर्छन् ‘टाउको दुखाइलाई कम गर्न एक पेग चढाए ठिक हुन्छ । त्यसो नगरी तातो कागती पानी खाँदा उत्तम हुन्छ। बिहानको ह्याङ्गोभरबाट मुक्ति पाउन चाहनुहुन्छ भने तातो कफीसँग टोस्ट पनि सामेल गरेर खान सकिन्छ ।

टाउकोको दुखाइ अति नै बढी र असह्य छ भने सिटामोल अथवा कुनै पनि पेनकिलर लिन नबिर्सिनुहोस्, र एकछिन आराम गर्नुहोस्। यौन सम्पर्क कुनै पनि अनुसन्धानबाट यो कुराको तथ्य पत्ता लाग्न सकेको छैन कि यौन सम्पर्कबाट ह्याङ्गोभरको असर कम हुन्छ, तर समय बिताउने राम्रो उपाय चाहिँ पक्कै हो।

बिहान यौन सम्पर्क गर्नु स्वास्थ्यको लागि राम्रो पनि हो।सम्भव छ भने नियमित एउटा जिवनजल र एक दुई दादा स्याउ वा अनार खानुभयो भने तपाइको ह्यागं ओभर धेरै मत्रामा कम हुन्छ । एजेन्सीको सहयोगमा

पोखरा, भदौ ९ । अविवाहित कलाकारलाई विहेको प्रश्नले सदाबहार हैरान पार्ने गर्छ । त्यस्तै भएको छ कोमल वली, दिपाश्री निरौला, नन्दिता केसी, लगायतका कलाकारहरुलाई । जुन हैरानीबाट राजेश हमालले हालसालै छुट्टी पाएका छन् भने अहिले यस्तै विषयमा हैरानी खेपीरहेकी छिन् दिपाश्री निरौला ।

निरौला स्पष्ट वक्ता भएकाले पनि उनी नहिचकिचाइ भन्छिन् कसैले दिपक तपाइको पति हो भन्यो भने पनी अस्थायी हो, पर्दामा मात्रै हो भन्न उनलाई कुनै आपत्ति नै छैन । यस्तै भयो मंगलबार पोखरामा । बर्षैदेखि सँगै एउटै पर्दामा काम गर्दै आएको यो जोडी आफ्नो लगानीको नयाँ फिल्म वडा नम्बर छको प्रमोशनका लागि पोखरा पुगेका बेला यही प्रश्नको उत्तरमा दीपकले हामी दुई अस्थायी पति पत्नी हौ भन्न सम्म भ्याए ।

दुवैले सम्बन्धका कारण उब्जिने प्रश्नलाई सामान्य रूपमा लिए। साथै आएका निर्देशक दिनेश डीसीले विगत सम्झाइदिएपछि कुरा गर्न सहज भयो। दुवैको ब्यानरको अघिल्लो फिल्म ‘छ एकान छ’ को निर्देशन दिनेशले नै गरेका थिए, जसलाई दुवैले गुरुका रूपमा सम्बोधन गरे। दीपक विवाहित हुन् भने दीपा अहिलेसम्म पनि अविवाहित छिन्। टेलिसिरियल ‘तीतो सत्य’ बाट लोकप्रियता हासिल गरेका यी जोडी पछिल्लो क्रममा ठूलो पर्दामा अभिनयसँगै सिनेमा निर्माणमा समेत जुटेका छन् ।

www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home