• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नवराज पथिक
२४ साउन, रामेछाप । रामेछाप नगरपालिका ४ डुमि्रबोटकी २९ वर्षीया इन्द्रा खत्री विकको हत्या गरेको अवस्थामा शनिबार दिउँसो शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शनिबार दिउँसो मन्थली नगरपालिका १ स्थित सुकाजोर खोला नजिकै जंगलमा हत्या गरेको अवस्थामा उनको शव फेला परेको हो ।
उनकी १४ महिनाको छोरीको भने जिवितै उद्दार गरिएको छ । शनिबार दिउँसो बस्तु चराउन गएका गोठालाहरुले जंगलमा बच्चा रोएको सुनेपछि हेर्न जाँदा बालिकालाई जिवितै फेला पारेका थिए ।
त्यसपछि उनीहरुले प्रहरीमा खबर गरेकोमा प्रहरी टोली जंगलमा पुगी खोजी गार्दा बालिका रहेको स्थानभन्दा १५ मिटरमाथि महिलाको शव फेला पारेको थियो । उनको अनुहार र टाउकोमा ढुंगाले हिर्काएको चोटहरु छन् भने घाँटिमा सल बाँधिएको थियो ।
शव बाटो छेउमा नै घोप्टो पारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । १४ महिने बालिका रोजिना विकको पनि दाहिने आँखा माथि हिर्काएको चोट छ । चोटको कारण उनको आँखामा रगत जमेको छ ।
बालिकालाई उद्धार गरी मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचारको लागि राखिएको छ ।
घटना शंकास्पद
सुर्खेतको छिन्चु १ सुर्खेत माइती भएकी गहरसिंह खत्रीकी छोरी इन्द्राले रामेछापको रामेछाप नगरपालीका ४ डुमि्रबोटका २६ वर्षीय रमेश विकसँग २०७० असार १३ गते बिबाह गरेकी थिइन् । नेपाली सेनामा कार्यरत उनले सुर्खेतमा जागिरमा गएको बेला बिबाह गरेको खुलेको छ । परिवारका सदस्यहरुलाई जानकारी नदिइ उनले खत्रीसँग दोस्रो बिबाह गरेका थिए । उनीबाट २०७१ जेठ ११ गते छोरी समेत जन्मिएकी थिइन् ।
उनको विबाह र जन्मदर्ता २०७२ साउन १४ गते रामेछाप नगरपालीमा भएको फेला परेको छ । बुधबार छिन्चुबाट रामेछाप आएकी ती महिला सो रात मन्थलीको भैसेसुरस्थित खड्ककुमारी श्रेष्ठको होटलमा बास बसेकी थिइन् । रामेछापस्थित सेनामा रहेका पतिलाई भेट्न भनि उनी विहीबार विहान होटलबाट रामेछाप बजार पुगेकी थिइन् ।
शुक्रबार दिउँसो पुनः होटलमा फर्किएकी इन्द्रा अपरान्ह ४ बजेतिर पतिले फोन गरेर बोलाएको भन्दै होटलबाट निस्किएको होटल मालिक खड्गकुमारी श्रेष्ठले बताइन् । ‘छोरीलाई सातु घोलेर खुवाएर श्रीमान्को फोन आयो भनि निस्किएकी थिइन् । श्रीमानको सरुवा छिन्चु तिरै मिल्ने भयो । सामान लिन आउनु भनि बोलाएका छन् । म गएँ भनेर निस्किएकी थिन् । आजत लाश पो भेटिएछ । यो के अचम्म,’ उनले भनिन् ।
घटनाको प्रकृति हेर्दा उनको शुक्रबार रातिल नै हत्या भएको अनुमान गरिएको छ । मृतकको शव प्रहरीले शनिबार अपरान्ह मन्थली ल्याएको छ । हत्या कसले गर्‍यो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।
www.onlinekhabar.com
काठमाडौं, श्रावण २४ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर आइतबार बिहानै भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान ७ बजेर ५५ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शनिबार राति  ९ बजेर २५ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्युटको पराकम्पन गएको थियो ।
राजनीतिक दलहरुले शनिबार मध्यराती नेपाललाई ६ प्रदेश बनाउने सहमती गरेपछि अहिले विभिन्न क्षेत्रबाट आफ्नै खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि संघियताको बिषयमा आफ्नो धारणा राखिरहेका छन् ।
चर्चित हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले संघियता घोषणा भएपछि मधेसवादी दलहरुलाई विशेष वधाई दिएका छन् । उनले पुराना ५ विकास क्षेत्रमा मधेस क्षेत्र जोडेर ६ प्रदेश बनाइएको फेसबुकमा लेखेका छन् ।
फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दिपकले मेची र कोशी टास्सिएको भन्दै बाग्लुङ भने भास्सिएको लेखेका छन् । उनले लेखेका छन्-‘मधेसवादले यस्को पाए कि पाएनन् पत्तो, अझै कुर्लिने हुन् कि बीर राजेन्द्र महत्तो ।’
५ विकास क्षेत्रलाई ६ बनाउन र मधेसीहरुलाई मनाउनु अझै गाह्रो भएको भन्दै दिपकले अब जनताले धेरै नेता पाल्नुपर्ने दाबी गरेका छन् । ‘महत्तोजीहरुले भन्न सक्छन्, पुगेन तराइमा आगो बाल्नु पर्छ, छुटेका दुई तिन जिल्ला पनि यतै हाल्नु पर्छ ।’, दिपकले फेसबुकमा लेखेका छन् ।
उनले सबैले इमान्दार बनेर देश विकासको बाटोमा जाओस् भन्दै आफूलाई ६ अंक फापेको जनाएका छन् । उनले यो अंक देशलाई पनि फापोस् भन्दै मधेसी दललाई विशेष बधाई दिएका छन् ।
www.onlinekhabar.com
काठमाडौ, श्रावण २४ - वैवाहिक खटपटपछि लामो समय बलिउडबाट ओझेल परेकी मनीषा कोइराला सम्बन्धविच्छेदसँगै पुन: फर्किइन्। उनका हितैषी निर्देशक रामगोपाल बर्माले मनीषालाई फिल्म ‘भूत रिटर्नस्’ बाट रिटर्न गराउन खोजेको प्रयास बक्सअफिसमा असफल सिद्ध भएको थियो। त्यसपछि मनीषा पुन: ओझेल परिन्। क्यान्सरका कारण पनि केही समय बलिउडबाट बेपत्ता भइन्। यति बेला केही दक्षिण भारतीय फिल्ममा काम थालेकी उनको शनिबार नयाँ फिल्म ‘चेहरे’ को ट्रिजर आएको छ।

ब्ल्याक एन्ड हाइट उक्त फिल्मलाई पनि यति बेला मनीषाको कमब्याकका रूपमा हेरिएको छ। जुन फिल्ममा मनीषा ज्याकी श्राफसँगै देखिनेछिन्। फिल्म ३०, ४० र ५० को दशकको समयलाई आधार मानि कथा वाचन गरिएको छ। जुन बेला फिल्ममा अहिलेको जस्तो स्टारडम वा अनुहार बिक्ने बेला थिएन र फिल्म पनि रंगीन भइसकेको थिएन। त्यसैले पनि मनीषाले हरेक मुहारको भूमिका गरेको बताइएको छ। रोहित कौशिकको निर्देशन रहेको फिल्ममा ज्याक्कीसहित उनका अर्का हितैषी मानिने गुलसन ग्रोबर, ऋषिता भट्ट, दिव्या दत्त पनि मनीषासँगै देखिनेछन्।

पुरानो दिनको याद गराउनका लागि फिल्मको अधिक भागलाई श्यामश्वेतमा खिचिएको बताइएको छ। केही महिनाअघि दक्षिण भारतीय फिल्म ‘गेम’ कै सुटिङ सकाएकी मनीषा यति बेला तामिल/कन्नड फिल्म ‘ओरु मेलिया कोडू’ को छायांकनमा पनि व्यस्त छिन्। महाभूकम्पका बेला नेपाल आएकी मनीषा अहिले भने काममा फर्किसकेकी छन्। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२४ साउन, काठमाडौं ।

सुनको मूल्य विश्वमा हरेक सेकेन्डमा उतारचढाव भइरहेको हुन्छ । अहिले विश्व बजारमा सुनको मूल्य पाँच वर्षकै न्यून विन्दुमा आएको छ । सुनका मूल्यका विषयमा विश्वभर धेरै खालका अड्कलबाजी छन् । अमेरिकी डलरको बढ्दो मूल्य र चीनमा सुनको मागमा आएको कमी मूल्य घट्नुको मुख्य कारण हो ।

सुनको डलर र अमेरिकी मूल्यबीच जहिले पनि विपरीत सम्बन्ध हुन्छ अर्थात सुनको मूल्य बढ्दा डलरको मूल्य घटेको हुन्छ भने डलरको मूल्य बढ्दा सुन घटेको हुन्छ । अहिले अमेरिकाको केन्द्रीय बैंकले व्याजदर परिवर्तन गर्न लागेको सामाचार आएको छ ।

अमेरिकी केन्द्रीय बैंकले व्याजदर बढाएमा अमेरिकी ऋणपत्रबाट आउने व्याजदरबाट सुनको तुलनामा बढी आम्दानी हुन्छ । यसले लगानीकर्ता सुनमा कम आकर्षित छन् । सन् २००६ को पहिलो ६ महिनामा चीनको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । सबैभन्दा बढी सुन खरिद गर्ने चीनमा २४ प्रतिशत माग घटेको छ ।

मौज्दातमा राख्ने व्यापारीले पनि सुन बिक्रीका लागि राखेको हुँदा मूल्य घट्न मद्दत पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
शुभप्रभात आज वि.सं. २०७२ श्रावण २४ गते आइतबार तदनुसार ई. सं. २०१५ अगस्ट ०९ तारिख
श्रावण कृष्ण दशमी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, ध्रुव योग, बब करण
भोलिको व्रत/पर्व : कामिका एकादशी व्रत

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय बुझ्नु होला । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता मिल्दैन । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मिहिनेत, परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । पारिवारिक र घरायसी काममा धेरू समय व्यतीत हुनसक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन, त्यस्तै न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा भने जस्तो सफलता नमिल्ला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउने छ । नजिकैको आफन्त वा नातेदारसँग मनमुटावको सम्भावना छ । बाह्रौं चन्द्रमा रहेकाले आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । तर आफूले गरेका परिश्रमको प्रतिफल अरुले नै प्राप्त गर्ने सम्भावना छ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध बनाउने कोसिस गर्नुपर्छ । पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आज अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नैपर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, तर कुनै किसिमको नेतृत्व वहन नगर्नु होला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शरीरमा आलस्यले डेरा जमाउने छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकाबिहानै मनमा चिन्ता शंका र छटपटी सिर्जना हुनसक्छ, कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । ठूलो लाभ लिन नसकिए पनि व्यावसायिक यात्राको सम्भावना छ । घरायसी परिबन्दका लागि चाहिने धनको जोहो हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, आज । घरपरिवार र साथीभाइको राम्रो साथसहयोग प्राप्त हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ । मानसिक रूपमा सबल भइने छ, उत्साह र जाँगरमा बृद्धि हुनेछ । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना समेत छ । बन्दव्यापारमा सोचेजस्तो लाभ प्राप्त हुन गाह्रो छ । मानसिक दबाब बढेको महसुस हुनसक्छ । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ तर आर्थिक रूपमा तनाव हुनेछ । सहयोगीहरूको साथ पाए पनि गर्न खोजेको काममा सफलता प्राप्त गर्न धौधौ पर्नेछ । पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ । तर प्रतिस्पर्धीले दुःख दिन सक्छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

ब्रेन ट्युमर भन्‍ने शब्द नेपाली जनमानसमा नौलो हुन छाडेको छ। फलानो मान्छेलाई बे्रन ट्युमर भयो रे भन्‍ने कुराकानी प्रशस्त सुन्‍न पाइन्छ। के हो त ब्रेन ट्युमर ? ब्रेनको अर्थ मानव मस्तिष्क हो भने ट्युमरको अर्थ अंगमा मासु पलाउनु हो। ट्युमर विभिन्‍न किसिमका हुन्छन्। सुन्दाखेरि ट्युमर भन्‍ने बित्तिकै डरलाग्दो भए पनि सबै ट्युमर नराम्रो हुँदैनन्।

राम्रो ट्युमरलाई अंग्रेजीमा बिनाइन ट्युमर भनिन्छ। यस्तो ट्युमर एकचोटी निकालेर फालेपछि अथवा उपचार गरेपछि फेरि कहिल्यै आउँदैन अर्थात् ८,१० वर्षपछिमात्रै फर्केर आउने सम्भावना हुन्छ। नराम्रो ट्युमर म्यालिगनेन्ट ट्युमर एक चोटी निकालेर फालेपछि अथवा उपचार गरेपछि फेरि तुरुन्त फर्केर आउँछ। त्यस्तो ट्युमरलाई क्यान्सर भनिन्छ।

मस्तिष्कमा विभिन्न किसिमका कोष तथा तन्तु हुन्छन्। तीमध्ये कुनै एक तन्तु आवश्यकभन्दा बढी पलाउन गई मासुको डल्लोजस्तो रूप लिई मस्तिष्कलाई असर पार्दछ। त्यसलाई ब्रेन ट्युमर भनिन्छ।

किन आउछ ब्रेन ट्युमर ?
ब्रेन ट्युमर के कारणले हुन्छ यकिन साथ भन्‍न सकिँदैन। वातावरणीय तत्त्वलाई बे्रन ट्युमरको एक प्रमुख कारक तत्त्वका रूपमा लिइन्छ। वातावरणमा हुने विभिन्न किसिमका तत्त्वहरूमध्ये विकिरण अर्थात् रेडिएसनलाई पनि बे्रन ट्युमरको कारक पाइन्छ। कुनैकुनै बे्रन ट्युमर वंशानुगत कारणले पनि हुन सक्दछ।

ब्रेन ट्युमरको वास्तविक कारण स्पष्ट नभए पनि यो के ले गर्दा हुँदैन भन्ने चाहिँ लगभग स्पष्ट छ। जस्तै खानापिनाले गर्दा ब्रेन ट्युमर हुँदैन। सामान्यतया माछा, मासु, दूध अन्डा, फलफूल, सागसब्जी आदि ब्रेन ट्युमर भएको बिरामीले राम्ररी खाना मिल्छ। चिन्ता या मानसिक तनावले पनि ब्रेन ट्युमर गराउँदैन। चोटपटक या कुनै प्रकारको ब्रेनको संक्रमण भाइरस या ब्याक्टेरियाले पनि ब्रेन ट्युमर गराउँदैन।

यसका लक्षणहरु
- टाउको दुख्‍नु : टाउको दुख्यो भन्दैमा सबैलाई ब्रेन ट्युमर नै हुन्छ भन्ने होइन। तर टाउको दुखिरहने, अथवा पहिलाभन्दा टाउको दुखाइको प्रकृति परिवर्तन भएमा आवश्यक जाँच गरेर ब्रेन ट्युमर छैन भन्ने कुरा निश्चित गर्नु राम्रो हुन्छ।

-उल्टी हुनु: सामान्यतया वान्ता हुनु ब्रेन ट्युमरको लक्षण होइन। तर टाउको दुखाइका साथै बान्ता भइहाल्नुको पछाडि ब्रेन ट्युमरजस्तो ठूलो समस्या पनि हुन सक्छ। तसर्थ धेरै लामो समयसम्म टाउको दुखाइ र बान्ताको समस्या भइहालेमा सम्बन्धित चिकित्सक अर्थात् न्युरो सर्जनलाई भेटी आवश्यक जाँच गरेको राम्रो हुन्छ।

-प्यारालाइसिस हुनु : प्यारालाइसिसको समस्या आउनु निश्चय पनि मस्तिष्कको कारण हो। तर ब्रेन ट्युमर नै हो वा अन्य कुनै कारण हो त्यो चाहिँ लक्षणबाट मात्रै थाहा हुँदैन। तर प्यारालाइसिस भएपछि सकेसम्म चाँडो विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गराइहाल्नु राम्रो हुन्छ।

- छारेरोग: छारेरोग भन्नाले शरीरको एक मात्र भाग वा पूरै शरीर कम्पन भई बेहोस अथवा अर्धचेत अवस्थामा पुग्ने रोग बुझिन्छ। छारेरोग आफैंमा एउटा रोग हुन सक्दछ। अर्कोतर्फ छारेरोग लक्षण पनि हुन सक्दछ। छारेरोग ब्रेन ट्युमरको एक प्रमुख लक्षण हो। तसर्थ छारेरोग हुनेबित्तिकै आवश्यक जाँच गरी यो आफैंमा एउटा रोग हो कि अथवा मस्तिष्कको अन्य खराबीले भएको हो भनी पत्ता लगाउनु जरुरी हुन्छ।

सामान्यतया लक्षणकै आधारमा ब्रेन ट्युमरको पहिचान तथा निदान गर्न सकिँदैन। सिटी स्क्यान, अथवा एमआरआई नगरेसम्म ब्रेन ट्युमरको ठोकुवा गर्न सकिँदैन।

कोही बिरामीहरूमा सामान्य मानसिक कमजोरीमात्रै देखिन सक्दछ। त्यस्ता बिरामीहरू आवश्यक जाँच नगरी मानसिक औषधिमात्र सेवन गरी राखेको देखिन्छ। कहिलेकाहीँ लामो समयसम्म मानसिक समस्या भएको मानिसलाई आवश्यक जाँच गरी न्युरोसर्जनलाई देखाउनु राम्रो हुन्छ।

त्यस्तैगरी कोही केही ब्रेन ट्युमरका बिरामी आँखा अथवा कानको समस्या लिएर पनि आउने गर्दछन्।

अन्य कोही बिरामी हर्मोनको समस्या लिएर पनि आउन सक्छन्। जस्तै महिलामा महिनावारी गडबड हुने अथवा अप्राकृतिकरूपमा स्तनबाट दूध आउने आदि। लोग्नेमानिसमा यौनजन्य लक्षण देखा पर्न सक्दछ। ब्रेन ट्युमरका अन्य कतिपय बिरामीहरूमा कुनै विशेष लक्षण ब्रेन ट्युमर पलाउँदै आउने सम्भावना पनि हुन्छ।

ब्रेन ट्युमरका प्रकार
अन्तराष्ट्रिय स्वास्थ्य संगठनले विभिन्न प्रकारका ब्रेन ट्युमरको उपचारमा एकरूपता आओस् भन्नाका लागि ब्रेन ट्युमरलाई विभाजन गरेको हो। यसमा ट्युमरमा चारवटा ग्रेड छुट्ट्याइएको छ। जति ग्रेड बढ्दै जान्छ ट्युमरको प्रकृति त्यत्तिकै नराम्रो हुँदै जान्छ।

रूपमा ग्रेड एक र दुईको ट्युमरलाई राम्रो ट्युमर भनिन्छ भने ग्रेड तीन र चारको ट्युमरलाई नराम्रो। यसको अर्को नाम क्यान्सर हो।

यसको उपचार गर्ने उपाय
ब्रेन ट्युमरको वास्तविक उपचार शल्यक्रिया नै हो। तर शल्यक्रिया कहिले गर्ने, तुरुन्तै गर्ने वा पछि गर्ने त्यो ट्युमरको प्रकृतिमा भर पर्दछ। कुनै कुनै ट्युमरलाई शल्यक्रिया गर्नु नपर्ने पनि हुन्छ। ब्रेन ट्युमरको शल्यक्रिया भन्नाले टाउकोको हड्डी खप्पर खोलेर ट्युमर निकाल्ने हो। सम्भव भएसम्म अपरेसन गर्नु अगाडि आवश्यक सिटी स्क्यान, एमआरआई तथा अन्य सबै जाँच पूरा गर्नुपर्छ। साथै सम्भव भएसम्म ट्युमर पूरै निकाल्ने कोसिस गर्नुपर्दछ। तर कहिलेकाहिँ ट्युमर सबै पूर्णरूपमा निकाल्न नसक्ने अवस्था पनि आउँदछ। जबर्जस्ती सम्पूर्ण ट्युमर निकाल्न खोजेमा बिरामी अझ गम्भीर बन्न सक्छ।

कहिलेकाहीँ ब्रेन ट्युमर शल्यक्रियाका लागि आवश्यक सम्पूर्ण जाँच तयारी गर्न सक्ने समय र परिस्थिति नहुने अवस्था पनि हुन सक्दछ। आकस्मिक शल्यक्रिया गर्नुपर्ने बाध्यता हुन सक्दछ। त्यस्तो अवस्थामा अपरेसन त सफल भयो तर बिरामी राम्रो भएन भन्ने परिस्थिति त्यस्तै अवस्थामा आउँदछ।

शल्यक्रियापछि ट्युमर कति बाँकी छ, प्रकृति कस्तो छ, अनुसार थप उपचारको जरुरत पर्दछ। थप उपचारमा रेडियोथेरापी र केमोथेरापी पर्दछ। रेडियोथेरापी भन्नाले विकिरणको सहायताले ट्युमरलाई सेक्ने भन्ने बुझिन्छ। ट्युमर र ट्युमरको वरिपरिको भागलाई विकिरणले राम्ररी सेकेपछि फेरि ट्युमर पलाउने सम्भावना कम हुन्छ। त्यस्तै केमोथेरापी भन्नाले क्यान्सरलाई मार्ने औषधिको प्रयोग गरी बाँकी ट्युमर र वरिपरिको भागमा रहेको क्यान्सर हुन सक्ने सम्भावना भएको कोष मार्ने प्रविधि बुझिन्छ।

अब नेपालमै उपचार
नेपालमा ब्रेन ट्युमरको उपचार सम्भव छ। नेपालका विभिन्‍न अस्पतालमा बे्रन ट्युमर उपचारको लागि आवश्यक दक्ष तथा अनुभवी न्युरोसर्जन तथा उपकरण उपलब्ध छन्। लामो समयदेखि विभिन्न किसिमका ब्रेन ट्युमरका शल्यक्रिया पनि भइराखेका छन्। नेपाली दक्ष जनशक्ति माथि विश्‍वास गरौं र हौसला दिऊँ।

लेखक: डा प्रवीण श्रेष्ठ
नर्भिक इन्टरनेसनल हस्पिटलक
सुन्दर र चम्किलो छालाको चाहना हरेक महिलालाई हुन्छ। तर, अनुहारमा आउने डन्डीफोरले तपाईंको सुन्दरतामा दाग लगाइदिन्छ। डन्डीफोर छिटै निको पनि हुँदैन। केही घरेलु उपाय अपनाएर डन्डीफोरबाट छुटकारा पाउन सकिन्छ।
ल्वाङ
डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ गुणकारी छ। यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। एक कप पानीमा ल्वाङ उमाल्ने। पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र अनुहारमा डन्डीफोर भएको ठाउँमा लगाउने। आधी घण्टासम्म राख्ने। सुखेपछि चिसो पानीले अनुहार धुने। यसो गर्दा डन्डीफोर हटेर जान्छन्।
मह
धेरै कम मानिसलाई थाहा छ कि महले अनुहारमा भएका डन्डीफोरलाई हटाउने काम गर्छ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने। १५ मिनेटपछि चिसो पानीले धुने। चिसो दूधले पनि अनुहार धुन सकिन्छ। यसले डन्डीफोरको समस्याबाट छुटकारा त दिलाउँछ नै तपाईंको छाला चम्किलो पनि बनाउँछ।
केराको बोक्रा
केराको प्याकले छालालाई कोमल बनाउनका साथै छालाको भित्री भागमा पोषण पनि पुर्यािउँछ। केराको साथसाथै त्यसको बोक्रा पनि त्यति नै लाभकारी छ। यसले डन्डीफोरको समस्या हटाउन मद्दत गर्छ। केरालाई मुछेर यत्तिकै वा महसँग मिसाएर लगाउँदा अनुहारका छिद्र खुल्छन्। जसले गर्दा अनुहारलाई भरपुर अक्सिजन मिल्छ। दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।
कागतीको रस
डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।
गोलभेँडा
गोलभेँडामा पाइने तत्व छालाका लागि लाभकारी हुन्छन्। गोलभेँडामा पनि कागतीजस्तै धेरै फाइदाजनक तत्व पाइन्छन् जसले डन्डीफोर हटाउन मद्दत गर्छन् र छालालाई चम्किलो बनाउँछन्। गोलभेँडाको रस अनुहारको छालाभित्रैसम्म पुग्ने गरी लगाउनुपर्छ। आधी घण्टा अनुहारमा राखेर चिसो पानीले पखाल्दा यसले छिट्टै फाइदा दिन्छ।

चन्दन पाउडर
चन्दन पाउडरबाट पनि डन्डीफोर हटाउन सकिन्छ। बेसनमा अलिकति दही, चन्दन पाउडर र कागतीको रस मिसाउने। डन्डीफोर भएको भागमा यो पेस्ट दल्ने। कागती केही थोपामात्रै राख्ने। धेरै राख्न यसले पोल्न सक्छ। यो हुँदा दहीको मात्रा बढी राख्न सकिन्छ। सुखेपछि चिसो पानीले अनुहार धुने। र, डन्डीफोरबाट छुटकारा पाउने।
बाफ लिने
बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।
काठमाडौं, २३ साउन । मालीको राजधानीमा रहेको एक होटलमा अज्ञात बन्दुकधारीले हमला गरी कम्तीमा पनि १२ जनाको हत्या गरेको समाचार छ । शुक्रबार राति सो होटलमा हमला गरी ती व्यक्तिको हत्या गरेको समाचारमा जनाइएको छ । मालीका अधिकारीहरुले दिएको जानकारीअनुसार सो होटलमा अज्ञात बन्दुकधारीले त्यहाँ रहेका पाहुनामाथि अन्दाधुन्ध गोली चलाएका थिए । मारिनेमा पाँचजना सैनिक पनि परेका बताइएको छ ।
सो होटलमा उनीहरुले कब्जा गरी हतियारको माध्यमबाट कयौँलाई कब्जा गरेका थिए । नियन्त्रणमा लिएकामध्ये चार जनालाई भने प्रहरीले मुक्त गराएको थियो । मध्य मालीको बिब्लोस नामको सो होटलमा उक्त दुर्घटना भएको मालीका सैनिक अधिकारीहरुले जनाएका छन् । उनीहरुको कब्जाबाट मुक्त गर्ने क्रममा सैनिकले गरेको कारबाहीमा परी कम्तीमा पनि चार जना हतियारधारी पनि मारिएका छन् । मालीको सेनाले सो होटल र नजिकैको स्थानबाट भागेका हतियारधारीहरुको खोजी अभियान जारी राखेका बताइएको छ । माली सरकारका प्रवक्ता चोगुल कोकलाले सो होटलमा आक्रमण गर्ने हतियारधारीको खोजी अभियान जारी रहेको जानकारी दिनुभएको छ । आक्रमणमा कसको संलग्नता छ भन्ने बारेमा केही नखुलेको जानकारी पनि उहाँले दिनुभएको छ ।
२३ साउन, काठमाडौं । निकै लामो गलफत्तीपछि प्रमुख राजनीतिक दलहरुले सीमांकनसहितको ६ प्रदेशमा सहमति गरेका छन् । तर, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई मनाउने प्रयास जारी छ ।
दलहरुले गरेको ६ प्रदेशको सीमांकनमा बाग्लुङ र नवलपरासी जिल्ला टुक्रिएको छ । प्रदेशहरुको नाम राखिएको छैन । यो प्रदेश सभाले नै राख्नेछ ।
एमाओवादीले झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे फरक मत राखेको छ । सप्तरीलाई पूर्वी प्रदेशमा राख्नु पर्ने माग गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गर्न मानेका छैनन् । उनलाई मनाउने प्रयास जारी छ ।

दलहरुबीच भएको सहमति अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ र ओखलढुंगाको एउटा प्रदेश बन्नेछ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको अर्को प्रदेश हुनेछ । गच्छदारले सप्तरीलाई पूर्वमा बन्ने प्रदेशमा राख्नु अर्ने अडान लिएका छन् ।
मकवानपुर, चितवन, सिन्धुली, रामेछाप, दोलखा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङलाई मिलाएर तेस्रो प्रदेश बन्नेछ ।
गोरखा, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ (पूर्वी भाग) मनाङ, मुस्ताङ, म्याग्दी, स्याङ्जा, पर्वत, नवलपरासी -दाउन्नेदेखि पूर्वकोको चौथो प्रदेश बन्नेछ ।
यस्तै कपिलवस्तु, रुपन्देही, नवलपरासीको (पश्चिमी भाग) पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ (पश्चिम भाग) दाङ, प्युठान, सल्यान, रुकुम, रोल्पा, बाँके, बर्दियाको अर्को प्रदेश बन्नेछ ।
छैटौं प्रदेशमा कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट सुर्खेत, दैलेख, जाजरकोट रहने भएका छन् ।
शीर्ष तहमा सहमति भएकोलाई सम्वाद समितिको बैठकमा लैजाने तयारी भइरहेको छ ।
www.onlinekhabar.com
काठमाडौं, साउन २३ । प्रहरी भर्नाको विषयलाई लिएर एसएसपी रमेश खरेल फेरी विवादमा तानिएका छन् ।
पहिला नियमवाली विपरीत परिक्षामा नम्बर दिएको भनेर केही महिनाअघि विवादमा तानिएका उनी पछिल्लो समय प्राविधिक विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकालाई असई भर्नामा प्रबेश निषेध गरेर विवादमा तानिएका हुन् ।
नेपाल प्रहरीमा यतीबेला असईको भर्ना खुलेको छ । प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुले असईमा प्रतिस्पर्धा गर्न सक्छन् । तर भरतपुर तालिम केन्द्रले सिटिईभिटीबाट परिक्षा उत्तिर्ण गरेकाको फर्म लिन अस्वीकार गरको छन् । जसकारण प्रहरीमा भर्ना हुन चाहेका दर्जनौं युवा मर्कामा परेका छन् । सिटिईभिटीबाट प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुको पनि प्लसटु सरहै मान्यता हुन्छ ।
तर वास्तविकता नबुझी भरतपुर तालिम केन्द्रले प्राविधिक विषय पढेकाहरुलाई भर्ना नलिएको हो । खरेल तालिम केन्द्रको प्रमुख तथा समादेशक हुन् । यसअघि प्रहरी नियमावलीविपरीत असईको अन्र्तवार्तामा नम्बर दिएको कारण उनी विवादमा तानिएका थिए । लोक सेवा आयोगले उनले लिएको परिक्षा नै रद्द गराएको थियो । जसकारण दोस्रो पटक परिक्षा संञ्चालन गर्नुपरेको थियो ।
खरेल गत वर्ष काठमाडौं परिसरमा रहदा विवादमै तानिएर सरुवामा परेका थिए । एआईजी बढुवामा आर्थिक चलखेल भएको कुरा सार्वजनिक रुपमा बोलेपछि कारबाही स्वरुप उनलाई सरुवा गरिएको थियो । भरतपुर तालिम केन्द्रबाट पनि उनको सरुवाको तयारी भइरहेको छ । खरेलसहित दर्जनौं एसएसपीहरुको सरुवाको तयारी भइरहेको छ ।
तर गृहमन्त्री वामदेव गौतम र आईजीपी उपेन्द्रकान्त अर्यालबीच कुरा मिल्न नसक्दा सरुवा लम्बिएको छ । डिएसपी, एसपी र एसएसपीको सरुवामा गृहमन्त्री र आईजीपीबीच कुरा मिल्न सकेको छैन । एआईजीहरुको पनि जिम्मेवारी हेरफेरको तयारी भइरहेको छ । दृष्टि साप्ताहिकबाट
dainiknepal.com

ज्योतिषः कुन राशी भएकालाई साथी बनाउने ? हरेक व्यक्ति आफ्नो लागि एउटा यस्तो साथी चाहन्छ जसले उनको दुख सुखमा साथ दिन सकोस्
। हुन त धेरै मानिसहरुले निकै सोचर नै साथी बनाउने गर्दछन् तर पनि थुप्रै पटक गलत साथीहरुले जीवनलाई नर्क तुल्य बनाएको हुन्छ । आउनुहोस्, कुन राशी भएका महिलालाई साथी बनाउँदा तपाईंले पछुताउनुपर्छ ? मेष राशी (चू, च, चो, ला, ली, लू, ले, लो, आ) यो राशीका साथीहरु हुन त आफ्नो जीवनसाथीमा अधिकार जमाउने किसिमका हुन्छन् तर उनीहरु जसलाई साथ दिन्छन्, उनीहरुलाई लामो समयसम्म साथ दिन्छन् ।
वृष राशी (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो) यदि तपाईंको वृष राशी भएको महिला वा पुरुषसँग साथीको सम्बन्ध छ भने तपाईं ती मानिसहरुको सूचीमा पर्नुहुन्छ जसको एक सच्चा साथी छ । वृष राशी भएकी महिला आफ्नो साथीहरुलाई सम्मान गर्छिन् भने उनको लागि जे पनि गर्न तयार हुन्छिन् । मिथुन राशी (का, की, कू , घ, ड, छ, के, को, हा) हुन त मिथुन राशी भएका मानिसहरु आफ्नो साथीबाट निकै आशा राख्छन् तर आवश्यक पर्दा यी व्यक्तिहरु साथीको लागि जे पनि गर्न तयार हुन्छन् । जब तपाईं आफ्नो जिन्दगीको सबैभन्दा नराम्रो स्थितीबाट गुज्रिरहेको अवस्थामा मिथुन राशीका मानिसहरुले नै तपाईंलाई साथ दिनेछन् । ककर्ट राशी (ही, हू, हे, हो, डा, डी, डू, डे, डो) यो राशी भएका मानिसहरुलाई साथी बनाउनु सानो बच्चालाई साथी बनाउनु जस्तो हुन्छ । कर्कट राशी भएका महिला पुरुष आफ्नो सम्बन्ध निभाउँदा कहिले पनि आफ्नो स्वार्थ हेर्दैनन् । उनीहरु पूरा इमान्दारीताका साथ सम्बन्धमा रहिरहन्छन् । सिंह राशी (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) यो राशी भएका मानिसहरु आफ्नो आदर्श र सिद्धान्तका लागि बाँच्ने गर्छन् । उनीहरुका लागि साथीहरुलाई साथ दिनु नै सबैभन्दा ठूलो कुरा हो । यी व्यक्तिहरु आवश्यक पर्दा आफ्नो सबैकुरा दाउमा लगाउन पनि पछि पर्दैनन् । कन्या राशी (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) सम्बन्धमा इमान्दारीता देखाउनु छ भने कन्या राशीका व्यक्तिभन्दा राम्रो तरिका अरु कसैले देखाउन सक्दैनन् । सम्बन्धमा तपाईं कन्या राशी भएका महिला पुरुषलाई आँखा चिम्लेर विश्वास गर्न सक्नुहुन्छ । तुला राशी (रा, री, रू, रे, री, ता, ती, तू, ते) तुला राशीलाई भावनाप्रधान राशी मानिन्छ । यो राशी भएका मानिसहरु जीवनमा एउटा सन्तुलन बनाएर हिँड्ने गर्दछन् तर पनि आवश्यकता पर्दा यी मानिसहरु आफ्नो पार्टरनलाई भावनात्मक सहयोग गर्न पछि पर्दैनन् । वृश्चिक राशी (तो, ना, नी, नू, ने, नो, या, यी, यू) यो राशी भएका मानिसहरुको सम्बन्ध स्थाई हुँदैन । यो राशीको महिला पुरुष मित्र आफ्नो शर्तको आधारमा नै सम्बन्ध बनाउँछन् र आफ्नै शर्तमा सम्बन्धबाट बाहिर निस्कने गर्दछन् । तपाईंले यी राशी भएका साथीहरुलाई कहिले पनि विश्वास गर्नुहुँदैन । तर यदि तपाईं अस्थाई मित्रता बनाउन चाहनुहुन्छ भने यी व्यक्तिहरुलाई साथी बनाउनुहोस्, यद्यपी यसमा पनि तपाईंलाई हानी नै हुनसक्छ । धनु राशी (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) आफ्नो साथी र जीवनसाथीका लागि समर्पण यी व्यक्तिबाट सिक्नुहोस् । यी व्यक्तिहरु न त कहिले आफ्नो साथीलाई धोका दिन्छन् न त उनीहरुबाट केही विशेष आशा राख्छन् । यी राशी भएका मानिसलाई साथी बनाउनु तपाईं भाग्य बलियो छ भनेर बुझ्नुहोस् । मकर राशी (भो, जा, जी, खी, खू, खे, खो, गा, गी) मकर राशी भएका व्यक्तिहरु मुडी हुन्छन् । यी व्यक्तिहरुले कहिले के भन्छन् अथवा के गर्छन् कसैले भन्न सक्दैनन् । यी मानिसहरु धेरैजसो अवस्थामा अरुको भावना पनि बुझ्न सक्दैनन् जसले उनको साथीहरुलाई भावनात्मक रुपमा ठेस् पुगेको हुन्छ ।
 कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) यदि तपाईंको साथी अथवा पार्टनर कुम्भ राशीको हुनुहुन्छ भने निश्चित रुपमा तपाईं आँखा बन्द गरेर उनलाई विश्वास गर्न सक्नुहुन्छ । यी व्यक्तिहरु आदर्श र सिद्धान्तको पक्का हुन्छन् र आफ्नो साथीहरुलाई सहयोग गर्नको लागि जुनसुकै हदसम्म पनि जान सक्छन् । मीन राशी
(दी, दु, थ, दे, दो, चा, ची) मीन राशी भएका व्यक्तिहरु सम्बन्ध निभाउने बेला आफ्नो अरु केही हेर्दैनन्, तत्काल त्यागको सबै सिमा पार गर्ने गर्दछन् । तर यति सबै गर्दा पनि उनको साथीहरुको भने उनलाई साथ दिँदैनन् । एकप्रकारले मीन राशी भएका व्यक्तिलाई साथी बनाउनु भाग्यमानीको निशानी हो । source zoomnp.com
संसार जित्न हिँडेका हामी आफैंसँग हार्‍यौं
दाङ : उनले आजको मितिमा मलेसियामा हुन्छु भन्ने सपनामा पनि सोचेका थिएनन् रे । ‘कि हार्‍यो अब यही एउटा जीवन, कि जित्यो संसार’ बोलको गीत गाउँदै मृत्युपत्रमा हस्ताक्षर गरी जनयुद्धमा होमिएका उनी आफूलाई मलेसियामा पाउँदा सपना हो कि विपनाजस्तो लाग्छ रे १

बागलुङको गल्कोट घर भएका इन्द्रमणि न्यौपाने “इन्द्रजीत” वैदेशिक रोजगारीका क्रममा हाल मलेसियाको क्वालालम्पुरमा छन् । संविधान निर्माणको प्रक्रिया उत्कर्षमा पुगेका बेला उनले  मलेसियाबाटै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्र लेखेका छन् ।

जनआन्दोलन र जनयुद्धको उपलब्धी गुम्दै गएको, जनयुद्धका बेला जनतासमक्ष गरेका बाचाहरु नेतृत्वले भुल्दै गएको, आलिशान बंगला, चिल्ला गाडी र सत्ता स्वार्थमा चुर्लुम्म डुबेको र पहिलो संविधानसभाबाट दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरेका विषय पनि धमाधम उल्टिँदै गएको गम्भीर विषयहरु पत्रमा उठाइएको छ ।

उनले पार्टीका सहकर्मीहरु पाँच चिरामा चिरामा विभाजित भइ झुन्डमा परिणत हुनुमा नेतृत्व अडानबाट चिप्लिएको र चोचोमोचो मिलाउने आसेपासे जिम्मेवार रहेको बताएका छन् ।

आफू एउटा प्रतिनिधि पात्रमात्र भएको बताउने इन्द्रमणिले पत्रको अन्त्यमा अन्नपूर्णकर्मीलाई भनेका छन्, ‘सम्भव भएसम्म अन्नपूर्ण पोष्ट्मा प्रकाशित गरिदिएर अध्यक्ष प्रचण्डको कानसम्मै कुरा पुगोस् ।”

पत्रको पूर्ण अंश

श्रद्धेय अध्यक्ष तथा पार्टी केन्द्रमा रहनुभएका नेतागणहरु !
म पूर्वजनमुक्ति सेनाको तर्फबाट क्रान्तिकारी जोशिलो अभिवादन !
आरामै हुनुहुन्छ । संविधान निर्माणको चटारोमा मेरो पत्र पढ्न त तपाईंलाई समय हुँदैन होला तर पनि फुर्सद मिलाएर पढ्दा राम्रो । संविधान निर्माणको अन्तिम चरणमा तपाईंलाई म एउटा अनुरोध गर्न चाहन्छु । नेपाली जनताको २००७ सालदेखिको संविधानसभाको चाहना अहिले आएर पूरा हुँदैछ ।

यसमा हामीले जनयुद्धताका जनताका नाममा गरेका बाचाहरु यति छिट्टै तपाईँहरु भुल्नुहोला भन्ने मलाई लागेको थिएन तर आज जनयुद्ध र जनआन्दोलनका उपलब्धि गुम्दै गइराखेको छ । २०५२ फागुन १ गते जनयुद्ध सुरु गर्दाको अवस्था र अहिले हामी भिन्न परिवेश छौं । पहिला भूमिगत थियौं, अहिले शान्ति प्रक्रियाको चरणमा छौं ।

फरक यति हो हामीले जनयुद्धका बेला सर्वहारा जनताको नाममा गरेका बाचाहरु एकपछि अर्को गर्दै तिलान्जली दिँदै गएको मलाई भान भइराखेको छ । यसरी जनताको नाममा गरिएका बाचाहरु भुल्दै जानुले माओवादी पार्टीप्रति नैराश्यता र आस्था गुम्दै गइराखेको छ । परिणाम दोस्रो संविधानसभामा भोगिहाल्नु भयो ।

अझै पनि केही बिग्रेको छैन । जङ्गल पसेकाहरु शहर पसे र उतै आलिशान बङ्गला, चिल्ला गाडीमा र सतास्वार्थमा लिप्त हुनु दुःखको कुरा हो । जनयुद्धका हामीले उठाएका मुद्दाहरुले गर्दा नै जनताले साथ दिएका हुन् । यो हेक्का हुनु जरुरी छ । पहिलो संविधान सभामा गरिएका निर्णयहरु थोरै भएपनि जनताको प्रत्यक्ष सरोकारका बिषयहरु केही भएपनि समेटिने आशा थियो ।

फेरि अर्को घटनाको स्मरण गराउँछु । यो पनि चितवनकै हो । जनयुद्धको उपलब्धिमाथि दिनानुदिन बज्रपात भएको देखेर एकजना महिला कमरेडले आत्महत्या गरिन् । तपाईँहरुको एक कासनका भरमा आफ्नो प्राण दिन तयार हुने घाइतेको बिचल्ली भएको छ ।
दुर्भाग्यवश संविधानसभा नै भङ्ग भयो । मैले भन्न के खाजेको भने हाम्रो नेतृत्व आफ्नो अडानबाट चिप्लियो । त्यसकारण जनयुद्ध र जनआन्दोलनका उपलब्धि गुम्ने अबस्था सिर्जना भएको छ । अडानमा चिप्लिँदा आफ्ना सहकर्मीहरु एकपछि अर्को गर्दै झुण्डझुण्डमा अलग भइ ५ चिरामा विभाजित हुनुमा तपार्इँ र तपाईँको चोचोमा मोचो मिलाउनेहरु जिम्मेवार छन् ।

सेना समायोजनमा लिइएको गलत निर्णयले गर्दा पार्टी विभाजित भयो । सेना समायोजनको बेला म नवलपरासीको झ्याल्टुङडाँडा शिविरमा थिएँ । सेनाको तर्फबाट हामीलाई अपमानित गरियो । बाहिर जाँदा उनीहरुलाई सोधेर जानुपर्ने र हामीलाई नजरबन्द गरे जस्तो महसुस भयो । पछि कुरा उठाएपछि त्यो बन्द भयो । गणतन्त्र नेपाल घोषणा भइसकेको देशमा अन्तरिम संविधानमा उल्लेख भइसकेका र संविधान सभाले स्वामित्व  ग्रहण गरिसकेका बिषयहरु फेरि उल्टिँदै छन् ।

धर्मनिरपेक्षता, शासकीय स्वरुप, आमा वा बाबुको नामबाट नागरिकता पाउने ब्यवस्था, आदिवासी-जनजाति, सिमान्तकृत, थारु, मधेसी मुस्लिम महिला आदिको अधिकारको ग्यारेण्टी नयाँ संबिधानमा हुन्छ कि हुँदैन ? यसैगरी सबै त्याग गर्दै जाने हो भने आगामी १० बर्षमा माओवादीको नामनिसाना मेटिने निश्चित छ ।

नेपालमा जनयुद्ध भए’थ्यो रे भन्ने दिन आउने निश्चित छ । जनयुद्धका हजारौं घाइते-अपांग, बेपत्ताा पारिएका, द्वन्द्व प्रभावित व्यतिहरुको बारेमा नयाँ संविधानमा के सम्बोधन गरिएको छ । मैले एक महिना अगाडि चितवनमा अपाङ्ग जनसेनाको अन्तर्वार्ता स्थानीय एफएममा सुने । उहाँले जनयुद्धमा बेकारमा लडिएछ भनेर गुनासो पोख्दै हुनुहुन्थ्यो । उहाँ गाउँमा पुन:स्थापित हुने अवस्था छैन ।

फेरि अर्को घटनाको स्मरण गराउँछु । यो पनि चितवनमा नै हो । जनयुद्धको उपलब्धिमाथि दिनानुदिन बज्रपात भएको देखेर एकजना महिला कमरेडले आत्महत्या गरिन् । तपाईँहरुको एक कासनका भरमा आफ्नो प्राणको प्रवाह नगर्ने जनसेना घाइतेको बिचल्ली भएको छ । साथीहरु न गाउँमा गएर पुन:स्थापित हुने अवस्था छ न त राज्य र माओवादी पार्टीले नै उनीहरुको बारेमा सोचेका छन् ।

त्यसैले नयाँ संविधानमा जनयुद्धका सहिद, घाइते, अपांग र बिस्थापितहरुबारे स्पष्ट व्यवस्था गरियोस् । अर्को कुरा, सङ्गै लडेका तपाईँहरु विभाजित हुँदा जनयुद्ध र जनआन्दोलनका मुद्दा कमजोर भएका छन् । मजस्ता हजारौं कार्यकर्ता अरब र मलेशियामा भौतारिरहेका छौं । जनयुद्धका उपलब्धि रक्षा र जनजीविकाको ग्यारेन्टी नयाँ संविधानमा गरियोस् ।

अभिवादनसहित !
इन्द्रमणि न्यौपाने “इन्द्रजीत”
बाग्लुङ, गल्कोट । हाल : क्वालालम्पुर, मलेसिया
annapurnapost.com
बुटवल, २३ साउन । सिद्धार्थ राजमार्ग बुटवल–पाल्पा सडकखण्डमा पर्ने दोभान नजिकै सिद्धबाबामा अपराह्न २ बजेतिर पहिरो खस्दा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ५७७१ नंको बस तिनाउ नदीमा खसी दुर्घटनामा परेको छ ।
बसमा सवार २६ जनामध्ये अहिलेसम्म दुई जनाको शव भेटिएको छ । करिब १५ जना जति यात्रु बस एकै छिन रोकिँदा ओर्लिएकाले सुरक्षित रहन सफल भएका छन् । बसमा अझै करिब आठ जना रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल उद्धारमा खटिएका छन्। www.etajakhabar.com
केहिदिन आघि नासाले सार्वजनिक गरेका तस्बिर अहिले विश्वभरि भाइरल बनेको छ । नासाले अन्तरिक्षबाट खिचेका तस्बिरको अध्ययन गरेर केही वैज्ञानिकहरुले मंगल ग्रहमा महिला भेटिएको दाबी गरेपछि ती तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । वैज्ञानिक उक्त तस्विरमा देखिएकी महिला शुक्र ग्रहबाट आएको दाबी गरेका छन् ।
लामो समय अघि बाट नै वैज्ञानिकहरुले मंगल ग्रहमा जीवको बसोबास हुनसक्ने बताएपनि अहिलेसम्म जीवित प्राणी फेला पार्न सकेका थिएनन् । तर, यस्तो तस्विर सार्वजनिक भएपछि धेरै मानिसहरु मंगल ग्रहमा जीवको बसोबास हुनसक्ने कुरामा विश्वस्त हुन पुगेका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको क्युरियोसिटी रोवटले खिचेको दुर्इ तस्बिरमा महिलाको आकार प्रस्ट रुपमा देख्न सकिन्छ । आझ सामाजिक सञ्जालका प्रयोगकर्ता र केही वैज्ञानिकले त ती महिलाको छाती र पाखुरासमेत प्रष्टसँग देखिएको बताएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भने अहिलेसम्म यी तस्बिरमा देखिएका आकृतिबारे मुख खोलेको छैन । नासाले ति सामाजिक सञ्जालमा भाइरल बनेका तस्विर हरुको आधिकारिक पुस्टि गरेपछि मात्रै मंगल ग्रहमा साचिकै महिला भेटिएकी हुन् त ? भन्ने कुराको आधिकारिक पुस्टि हुनेछ । एजेन्सी । www.etajakhabar.com
बुद्धिमान हुनु सफलताको सुत्र हो। तर बुद्धिमान हुनलाई कुन सुत्र प्रयोग गर्ने?

परिवर्तन भइरहने समय अनुसार नै बुद्धिको उपयोग गरिएन भने बुद्धिमान भइदैन। बुद्धिमान हुनको अचुक सुत्र हो ‘लगातार अभ्यास’। पढाइ होस् या कुनै काम, जति धेरै अभ्यास त्यति नै बढी अनुभव।

अभ्यासको समयमा ध्यान केन्द्रित नगर्ने हो भने अभ्यासको कुनै अर्थ रहदैन। आँखा जता हुन्छ ध्यान पनि त्यतै भए दिमाग केन्द्रित हुन्छ। दिमागले कुनै काम प्रति आफ्नो पुरा शक्ति लगाउन सके काम छिटो अनि ठिक ढङ्गबाट सम्पन्न हुन्छ। पढ्दा पनि छिटो सम्झन सकिन्छ, किनकी दिमागले सहि ढङ्गले ध्यान पुर्याउन पाएको हुन्छ।

दिमागमा धेरै कुरा खेल्नाले ध्यान पुर्याउन भने गाह्रो हुन्छ। धेरै विचार दिमागमा अनावश्यकरुपमा ल्याउन दिन हुँदैन।

दिमागको ध्यान पुर्याउन के के गर्न सकिन्छ?

पढ्दा निकै ‘सुनेको झै’ लाग्ने यी उपाय सोचेभन्दा बढी जीवन उपयोगी छन्। ‘सुने झै’ लाई ‘जानेको’ झै लाग्ने बनाउने हो भने उपयोगी छन् छैनन् थाह पाउन पनि सकिन्छ।

रिस कम गर्ने

रिस उठ्दा शारिरीक शक्ति खर्च हुन्छ। दिमाग अशान्त हुन्छ। दिमागमा कुरा धेरै खेल्नाले आफ्नो नियमितकाममा ध्यान पुर्याउन सकिदैन। दोस्रो व्यक्तिमा निरासी आउँछ।

ध्यान गर्ने

दिनको केही घण्टा वा मिनेट ध्यान गर्दाले दिमाग कुनै काम प्रति केन्द्रित गर्न सकिन्छ। ध्यान गर्नाले दिमागमा आउने अनावश्यक विचारहरुलाई कम गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। ‘ध्यान गर्नु’ साथै शारीरिक दृष्टीबाट निकै फाइदाकारी हुन्छ।

सकारात्मक कुरा गर्ने, सोच्ने

सकारात्मक हुनाले आफु अनि विश्वको कुरा सिक्न, बुझ्न सजिलो हुन्छ। नकारात्मक सोचले अनावश्यक कुरा दिमागमा उब्जाउँछ। जसले काम प्रतिको ध्यान भंग हुन्छ।

सत्य बोल्ने

सत्य बोल्दा सबैलाई फाइदा हुन्छ। सत्य बोल्दा कम शक्ति खर्च हुन्छ भने झुठो बोल्दा धेरै। सत्य बोल्नाले दिमागमा शान्त विचारहरु आउँछन् जसले काम प्रतिको लगाव बढाउँछ, धेरै सम्झन सकिन्छ। सत्य बोल्नाले सकारात्मक भइन्छ। सामाजिक नियम स्वतः राम्रो पनि बन्छन। सबैलाई भलो गर्ने अनि दिमागलाई पनि सजिलो काम किन नगर्ने?

यी सबैकुराले जीवनमा खुसी ल्याउँछ। आखिर खुसी हुन धैर्य र सन्तुष्ट हुन जान्नु पनि त पर्छ। दिमाग शान्त nepaliheadlines.comहुँदा नै तेजिलो हुन्छ।
नयाँदिल्ली, साउन २३ । भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले सेनाको प्यारा ब्रिगेड आगरामा प्यारासुटको प्रशिक्षण लिइरहेका छन्।
धोनीले आगरामा भारतिय सेनासंग दुई हप्ताको लेफ्टिनेन्ट कर्नलको मानक पदको लागी प्रशिक्षण लिइरहेका छन् । भारतिय रक्षा मन्त्रालयका प्रवक्ता सितांशु कारका अनुसार २ हप्ताको ट्रेनिङ्ग सकिएपछि धोनीले प्यारासुटबाट पाँच पटक हाम फाल्ने छन् । धोनीले क्रिकेटपछि सबै भन्दा मन पर्ने सैनिक क्षेत्र भएकोले सेनाको तालिममा सहभागी भएका हुन् । एजेन्सी ।
काठमाडौं । चर्चित एसिड काण्डका दोषी जीवन वि.क. ले महानरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतभित्रैबाट दुईवटा पत्र लेखेका छन् । खबरडबलीले प्राप्त गरेका दुई पत्रमध्ये एउटामा चैत १५ को मिति उल्लेख छ भने त्यसको दुईदिन पछि अर्को पत्र लेखेका छन् । पत्रमा कसैलाई सम्बोधन गरिएको छैन । तर, भाषा पत्र लेखिएजस्तै छ ।
 प्रस्तुत छ, उनले लेखेका दुई पत्र जस्ताको तस्तै: पहिलो पत्र जब हामी मिति २०६९–२–२२ गते झोँछे अर्थात संगिताहरु बसेको कोठामा आइपुग्यौँ त्यसपछि हाम्रो चिनजान सुरु भयो भेटेको ५–७ दिनपछि नै हामी नजिकियौँ अनि संगिताकी आमा चमेली मगरले मलाई संगितालाई ट्युसन पढाउन अनुरोध गरिन् त्यसपछि मैले संगितालाई गणित, अंग्रेजी, विज्ञान आदि विषयहरु निःशुल्क पढाउन थालेँ । एक महिनापछि हामी बिच माया गाढा हुँदै गयो । हामी सँगै खाने, सँगै बस्ने, संगिता र म एक अर्काप्रति धेरै माया गर्ने भयौँ । हामीबिच शारिरिक सम्पर्कबाहेक अरु सबै भयो ।

 ६–७ महिना पछि मेरो जात दलित भनेर थाहा पाएपछि संगितालगायत उसको परिवारले मलाई कामी दमाई भनेर हेप्ने जिस्काउने अनि अभद्र व्यवहारसमेत गरे । त्यहि पनि संगिता र मेरो प्रेमसम्बन्ध गोप्य रुपले अगाडि बढिरह्यो ।

 जुनदिन संगिता र उसको परिवारले मेरो जातको बारेमा थाहा पाए, त्यहिबेलादेखि हाम्रो प्रेममा तुसारापात भयो । २०७०–७–१२ गते राती मलाई कुटियो, ज्यान मार्ने धम्की दिइयो र प्रहरीलाई खबर गरेँ तर प्रहरीले जर्बजस्ती मुद्दा मिलायो र जातिको कुरा गरेन । चमेली आन्टीको प्रेमीले मलाई बाहिरै मार्छु भन्यो । म पिडितलाई प्रहरीले पनि न्याय नदिएकाले र समाजले जातीय भेदभाव गरेकाले मैले आवेगमा आएर बदला लिएको हुँ । मैले संगितालाई मार्न होइन, उसको घमण्ड तोड्न मात्र यस्तो गरेको हुँ तर यसले ठूलो रुप लियो । मैले जिन्दगीमा दुखैदुःख पाएँ, मलाई समाजले अपराधी बनायो । म एक राम्रो विद्यार्थी थिएँ । त्यहि पनि अब फेरि कानुन पढेर राम्रो वकिल बनेर मजस्तो जातीय पिडितका लागि वकालत गर्न चाहन्छु ।

अनि मैले संगितालाई मात्र एसिड हान्या छु तर सीमा बस्नेतलाई पनि परेकोमा क्षमा माग्न चाहन्छु । सीमा, म माफीको लायक त छैन तर तिमिलाई नखाएको विष लागयो मलाई माफ गर सीमा । तीन घण्टाको फिल्मलाई २ मिनेटको प्रोमोबाट संक्षीप्तमा लेख्ने कोसिस गरेको छु । अरु विस्तृत रपमा पछि सेन्टर जेलबाट लेखौँला । म पब्लिक युथ क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत छु । नामः जीवन वि.क. हनुमानढोका कारागार कोठा नः ४ मेरो बारेमा बाँकी विस्तृत रुपमा पछि लेखौँला ।

 दोस्रो पत्र मेरो नाम जीवन वि.क. हो मेरो घर रामेछाप, फूलासी–८ मा पर्छ । म काठमाडौंमा सानैदेखि आएर परिवारका साथ बस्दै पढ्ने गर्ने विद्यार्थी हुँ मैले २–३, झोँछेको विदोदय मा.वि. र ४–१२ सम्म कुपोण्डोलको प्रगती शिक्षा सदन उमाविबाट पास गरेको हुँ बिबिएस पब्लीक युथ क्याम्पसमा पहिलो वर्षमा पढ्दै छु म एक होनहार विद्यार्थी हुँ ।

 मेरो एसएलसीमा (७०.७५) र प्लस टु मा ५८ प्रतिशत अंक आएको छ मसँग २४ वटा खेलकुदको सर्टिफिकेट र ८ वटा अतिरिक्त सर्टिफिकेट अनि बाँकी ४ वटा शिल्ड र ६ वटा मेडल प्रगती स्कुल र घरमा छन् । म एक राम्रो विद्यार्थी थिएँ तर मलाई एक्कासी समाजले र मेरो आफ्नो जातिले त्यहाँ पुर्यायो । मिति २०६९–२–२२ गते हामी संगिता भएको कोठामा डेरा सर्यौँ त्यसपछि मैले संगिताको आमाको अनुरोधमा संगितालाई गणित, विज्ञान, अंग्रेजीको निःशुल्क ट्युसन पढाएँ त्यसपछि हामीबिच मायाप्रेम चल्यो जुन एक वर्षसम्म राम्रो चल्यो । संगिता बिग्रिएकी केटी थिइ अनि त्यसको भाइ पनि तर मैले सुधारेँ, माया गरेँ । पछि मेरो जात वि.क भनेर थाहा पाएपछि मलाई धेरै हेँला गरी संगिताले त्यसको आमाले गर्दा । त्यहि प्रेम जातको कारणले हामीबिच मात्र नभई परिवारै बिच पनि झगडा पर्यो

। संगिता र म सँगै खाने, सँगै सुत्ने, सँगै हिँड्ने गर्थ्यौँ । तर एक्कासी मेरो जातले गर्दा मलाई उसको आमा, बाले काले कामी, कामीदमाई भएर आफ्नो ठाउँमा बस भनेर हेपे । तर तर संगिताले पनि आमा, बाकै पक्ष लिएर मलाई रुपको घमण्ड गरी । मिति २०७०–७–१२ गते राति ७ः३० मा संगिताको भाइ र मेरो झगडा पर्यो । जात र प्रेमको कारणले संतोषले मलाई दिदीसँग प्रेम परेको परिवारलाई भन्दिन्छु भनेर दिनदिनै चुरोट खानलाई पैसा माग्थ्यो । मैले उसलाई एक वर्षसम्म दिनको २० देखि ४० रुपैयाँ दिन्थेँ । पछि पैसा दिन बन्द गरेकाले झगडा भयो । संगिता र मेरो पवित्र प्रेममा त्यसको परिवार मेरो जातकै कारण हावि भए ।

पहिला चाँही वास्तै नगर्ने पछि वि.क भनेर थाहा पाएपछि सबै हेप्न थाले । मिति २०७०–७–१२ गते झगडामा मलाई नराम्ररी संगिताको आमा, बुवा, भाइ, संगिताको आमाको प्रेमी भएर कुटे, समाजमा बेइज्जत गरे । मैले प्रहरीको सहयोग लिएँ तर प्रहरीले पनि उल्टै मलाई नै थुन्यो र सन्तोषलाई पनि । म पिडित थिएँ तर पुलिसले जातिको आधारमा नभएर झगडाको आधारमा मुद्दा मिलायो, मलाई डर देखाएर । हो, त्यहि दिनदेखि मैले न्याय नपाएर अब मैले बदला लिने निर्णय गरेर परिवारबाट छुटर बसेँ । मैले २०७१ साल फागुन १० गते एसिड हानेँ तर मैले संगितालाई मार्न चाहेको भने होइन । उसको रुपको घमण्ड तोड्न मात्र एसिड हानेको थिएँ ।

 तर यसले ठूलो रुप लियो । समाजमा जातिका कारणले मलाई समाजले यस्तो अपराधी बनायो । सीमा बस्नेतलाई पनि एसिड परेकाले मलाई दुःख लाग्यो । सीमा तपाईंलाई नखाएको विष लाग्यो त्यसका लागि म माफी चाहन्छु । माफीको लायक त छैन त्यहि पनि तपाईंको उज्जवल भविष्यको कामना गर्न चाहन्छु ।
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home