• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
म्याग्दी (बेनी), २८ कात्तिक । म्याग्दीको बरङ्जाबाट बेनीतर्फ आउँदै गरेको ग १ ख ५३६६ नम्बरको यात्रु बाहक बस थामडाँडाँको रत्नेखोलामा विहान १०ः४५ बजे दुर्घटना हुँदा बसमा रहेका ६० जनाभन्दा बढी यात्रु घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भिर रहेको छ ।
तीब्र गतिमा बेनीतर्फ आइरहेको सो बस सडकदेखि करिव एक सय मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शी लिला गुरुङले जानकारी दिनुभयो ।
बसमा करिव ८० जना रहेका र केही व्यक्ति छतमा रहेका प्रत्यक्षदर्शी गुरुङले जानकारी दिनुभयो ।
घटनास्थल सदरमुकाम बेनीबजारदेखि करिव एक घन्टाको दुरीमा रहेको छ । सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  स्थानीयले घाइतेलाई सडकसम्म ल्याएर राखेका छन् । रासस
dainiknepal
काठमाडौं, कात्तिक २८ ।  बेल्जियममा एक महिलाले ट्रेनको लिगमा उभिएर सेल्फी खिच्न खोज्दा उनले छोरी गुमाएकी छिन् । कारला नंज नाम गरेकी ति महिलाले आफ्नी छोरीलाई लिगमानै छाडेपछि रेल दुर्घटनामा छोरी गुमाएको पिडा भुल्न नपाउँदै ति महिलासँग स्थानीय बेल्जियम रेल अपरेटर एसएनसीबी ले १४ हजार पाउन्ड उनीबाट असुलउपर गर्ने निर्णय गरेको मिरर दैनिकले जनाएको छ ।

उक्त पत्रिकाका अनुसार ति महिलाकी १४ वर्षीया छोरी चारलोट आमाले सेल्फी खिचिरहेको हेर्न ट्रेनको लिगमा अकस्मात आउँदा दुर्घटना भयो । जबकी उक्त समय आमा कारलाले सेल्फी खिच्दै रमाइरहेकी थिइन् । एजेन्सीको सहयोगमा

etajakhabar
नाकाबन्दी गरेकोमा, म यति खुसि छु आज ……….. कसरि यो पानामा लेखिसकु म तर,………ढिलै भएपनि मेरो आखा खोलिदियेउ ……
कुरा के भने मेरो ग्यास सिद्दियो अब कसरि खाना पकाउने मलाई ठुलो समस्या भो सारा डिपो, साथीहरु सग ग्यास को खोजि मा निस्किए तर मेरो हात खाली नै भो … अब के गर्ने दाऊरा बालुम घरबेटी रिसाउने, अनि अन्तिममा मेरो छिमेकि साथीले बिजुली चुलोमा खाना पकाएको कुरा थाहा भो अनि मैले पनि किन्ने निधोगरे ….
अहिले मेरो घरमा बिजुली बाट खान पाक्न थालो, मैले किनेको धेरै भाको छैन तर योमन किन सन्तोष हुन्थियोर, मैले किनेको कुरा मेरो इस्टमित्र लाइ पनि थाहा भो मैले ले किनेको कुरा सेयर पनि गरे … प्रतिक्रिया आउन थाले बिजुलीको बिल कति आउछ ? कसैले महिनाको ५ हजार नाग्छ पनि भने ..अब के गर्ने ? बाफरे तेत्तिका बिल आयो भनेता बर्बादै हुन्छ नि ?
अनि मैले पख म एक दिन को चेक गर्छु अनि त महिना भरिको लगभग मिलिहाल्छ भन्ने निधो गरे .. बुडिलै भने हेर बुडी आज म बिजुली चेक गर्दैछु आज टन्न बिजुली बाट मात्र बिहान बेलुकी खान दिन म खाजा, पानि सबैकुरा बिजुली बाट मात्र गर्नु है भनेर बिहानै बिजुली यूनिट चेक गरेर ब्याड मिण्टन खेल्न हिने … अनि बेलुकी आएर सुत्ने बेलामा सोदे बुडिलाइ आज सबै कुरा बिजुली बाटनै हैन त ? बुडिले हो भनि ल म अब चेक गर्छु हित बिजुली यूनिट .. …………….
जम्मा बिजुली यूनिट आयो ३ यूनिट, म त्यो बेला कति खुसि भए ……….. अनि मोदीलाइ सम्झे …..बस येति भने धन्यबाद मोदी तिमीलाई ढिलै भएपनि आखा खोलिदिएकोमा ………..
अब मलाई कसैले ग्यास आयो लिन आउनुस भनेमा पनि म आउदिन त्यो मेरो खाली सिलिन्डर बेचिदिनु त्यो पैसा मोदीको खातामा जम्मा गरिदिनु भन्नेवालामा छु ।
धन्यबाद मोदी एक पल्ट फेरी यसै गरि सारा हामी नेपालीको आखा खोल्दै जाउ ……गोविन्द घिमिरे/स्वाभिमानी नेपाली
dainiknepal
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा लण्डनमा भएको प्रदर्शनको विषयलाई लिएर भारतीय प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको छ ।
प्रधानमन्त्री कार्यालयले मोदीले नै सुन्ने गरि भएको सो प्रदर्शनबारे चासो व्यक्त गर्दै बेलायतमा नेपालीको प्रभावबारे जानकारी माग समेत गरेको छ ।
भारतीय प्रधानमन्त्री कार्यालयले लन्डन स्थित कुटनीतिक अड्डा भारतीय उच्च आयुक्तको कार्यालयलाई नेपालीको प्रभावबारे जानकारी माग गरेको हो ।

शनिबार भारतीय अंग्रेजी दैनिक इन्डियन एक्स्प्रेसले लेखेको छ, ‘लन्डन प्रदर्शनमा कति नेपाली सहभागी थिए, वेलायती समाजमा नेपालीको प्रभाव कति छ समेटेर प्रतिवेदन तयार पार्न प्रधानमन्त्री कार्यालय (पीएमओ)ले भनेको छ।’
मोदी वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपाली प्रदर्शनकारीले उनीविरुद्ध नाराबाजी चर्काएका थिए। लन्डन स्क्वायरमा महात्मा गान्धीको शालिकमा फूलमाला अर्पण गर्दा प्रदर्शनकारीले नजिकैबाट लगाएका नारा उनले सुनेका थिए। उनीहरुले मोदीविरुद्व ‘ब्याकअफ इन्डिया’ , ‘रिमुभ ब्लकेड’ जस्ता नारा लगाएका थिए ।
नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेप तथा नाकाबन्दीबारे अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन वेलायत स्थित गैरआवासीय नेपाली संघ लगायत करिब चार दर्जन संघसंस्थाको सक्रियामा नेपालीहरुले प्रदर्शन गरेका थिए ।
यो क्रममा नेपालीको प्रदर्शनसँगै भारत सरकारसँग असन्तुष्ट भारतीय शिखहरुले पनि मोदीविरुद्ध नाराबाजी गरेका थिए।

गुजरात घटनाको विषयलाई लिएर शिखहरु पनि मोदीसँग रुष्ट छन् । तर, भारतीय अधिकारीहरुले शिखहरुको प्रदर्शन स्वभाविक भएपनि नेपालीहरुको प्रदर्शनले चकित भएको बताएका छन् ।

ratopati
काठमाडौं, २८ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा भएको सिलसिलाबद्ध आंतककारी आक्रमणको विश्वभर निन्दा गरिएको छ ।
विश्वका थुप्रै नेताहरुले आफूहरु फ्रान्सको साथ रहेको बताएका छन् । आतंकवादी संगठन आईएस–आईएसले यो आक्रमणको जिम्मा लिएको छ । अन्तर्राष्ट्रिय जगतमा यो आक्रमणको निन्दा गरिएको छ र फ्रान्सलाई जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत आएका छन् ।
आक्रमणको बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले निन्दा गरेका छन् । उनले भनेका छन्– ‘पेरिसमा आज भएको घटनाबाट म स्तब्ध छु । हामी बेलायतका नागरिक पूरै फ्रान्सका नागरिकको साथमा छौं । हामीले जे मद्दत गर्न सक्छौं, त्यो हामी गर्नेछौं ।’
घटनाको अमेरिकी राष्ट्रपति बराक ओबामाले पनि निन्दा गरेका छन् । ओबामाले घटनालाई कायरतापूर्ण कारवाही भनेका छन् । ओबामाले भनेका छन्– ‘यो मानवतामाथिको हमला हो र अमेरिका जुनसुकै तरिकाबाट पनि फ्रान्सको साथमा छ ।’
घटनाको चीनका राष्ट्रपति सी जिनपिङ, जापानका प्रधानमन्त्री, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले निन्दा गरेका छन् ।
dainiknepal
काठमाडौं, २८ कात्तिक । फ्रान्सको राजधानी पेरिसमा सिलसिलाबद्ध आतंकवादी हमलामा १५८ जनाको मृत्यु भएको छ । राजधानी पेरिसमा भएको अन्धाधुन्ध गोलाबारी र विस्फोटमा परी अहिलेसम्म १५८ जनाको मृत्यु भएको समाचार एजेन्सीले जनाएका छन् ।
शुक्रबार राति भएको यो आक्रमणलाई विश्वयुद्ध पछिकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ । पेरिसका विभिन्न ठाउँमा एक-साथ गरिएको हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसआईएसले लिएको छ । सो आक्रमण पेरिसको स्थानीय समयानुसार रातको ९ बजे भएको थियो । प्राप्त समाचार अनुसार पेरिसको बैटाकलां कन्सर्टमा मात्रै एक सय मानिस मारिएका छन् । बन्दुकधारीले कैयौ मानिसलाई बन्धक समेत बनाएका थिए । उनीहरुलाई प्रहरीले कारवाही गरी मुक्त गराएको थियो ।
सबैभन्दा खतरनाक हमला बैटाकलां आर्ट्स सेन्टर नजिकै भएको थियो । दोस्रो हमला बैटाकला सेन्टरबाट केही टाढा रहेको एक रेस्त्रा पेटाइट कम्बोज नजिकै भएको थियो । फ्रान्सको सरकारी टेलिभिजन फ्रेन्चका अनुसार बन्दुकधारीले अटोमेटिक राइफलले पेटाइट कम्बोज रेस्त्रामा फायरिङ गरेका थिए ।
तेस्रो हमला पेरिसको नेशनल स्टेडियम बाहिर भएको थियो । यहाँ लगातार तीन वटा विस्फोट भएका थिए । स्थानीय प्रहरीका अनुसार हमला गर्ने पाँच आतंककारी समेत मारिएका छन् ।
फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्दले राष्ट्रका नाममा गरेको सम्बोधनमा देशमा आपतकाल घोषणा गरेका छन् । घटनापछि फ्रान्सका सबै सीमा नाका बन्द गरिएका छन् । पेरिसका नागरिकलाई घरबाट बाहिर नआउन भनिएको छ । स्थानीय प्रहरीको मद्दतका लागि सेनालाई समेत तयारी अवस्थामा राखिएको छ ।
त्यो समय स्टेडियममा फ्रान्स र जर्मनीबीच फुटबल खेल चलिरहेको थियो । त्यहाँ भएको आत्मघाती आक्रमणमा तीन जना मारिएका छन् । उक्त समय फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द पनि खेल हेरिरहेका थिए । तर, उनलाई सुरक्षितसाथ बाहिर निकालिएको थियो ।
dainiknepal.com
लन्डन, २८ कात्तिक । मानवअधिकारवादी संगठन एम्नेष्टी इन्टरनेशनले ब्रिटेनको औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक भारतमा दिनप्रतिदन बढ्दै गरेको मानवअधिकार उल्लघंनका घटनामा ध्यान नदिएको भन्दै गम्भीर चासो र चिन्ता जनाएको छ ।
यस विषयमा मोदीसँग कुरा गर्न बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई एम्नेष्टीले सचेत गएको छ ।
एम्नेष्टी ब्रिटेनका नीति प्रमुख एलेन होगार्थले भारतमा मोदीका कारण मानवअधिकार संगठनहरूले काम गर्न नसकेको बताएका हुन् ।
होगार्थले भारतमा मोदी सरकारले मानवअधिकारवादी संघ–संगठनहरूलाई काम गर्न नदिए अबरोध गरिरहेको बताए ।
मोदीले भारतमा विदेशबाट रकम लिएर मानवअधिकारको क्षेत्रमा काम गर्दै आएका १० हजारभन्दा बढी संस्थाको नवीकरण नगरेको भन्दै एम्नेष्टी इन्टरनेशनले चिन्ता जनाएको छ ।
मोदी सरकारले एनजिओ र आइएनजिओहरूका गतिविधिमा कडा निगरानी गर्दै आएको छ ।
एम्नेष्टी इन्टरनेशनले भारतमो विग्रदै गएको मानवअधिकारको अवस्था र मोदी सरकारले लगाएको कठिनाइका विषयमा क्यामरुनलाई कुरा गर्न सुझाव दिएको छ ।
एम्नेष्टीले मोदीलाई ब्रिटेनका प्रधानमन्त्री क्यामरुनले रातो कार्पेट बिच्छ्याएर गरेको स्वागतले धेरै चिन्तात भएको जनाएको छ ।
– एजेन्सी
dainiknepal
बेलायती सरकारले तामझाम सहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रेड कार्पेट ओछ्याए पनि बेलायती मिडियाले भने राज्य अन्दा ३६० डिग्री फरक समाचार पस्किएका छन्।

बेलायतका प्राय जसो समाचार पत्रिकाहरुले नरेन्द्र मोदीको बिगत कोट्याउँदै उनीमाथी कुनै सहानुभुति दर्शाएनन्।

द देलिग्राफले मोदी र ब्रिटिश प्रधानमन्त्रीको ठुलो फोटो राख्दै हेडलाइन बनायो- ‘पुर्व अछुतलाई भब्य र शान्दार स्वागत’

पत्रिकाले नरेन्द्र मोदीको बिगत खोतल्दै स्षप्ट हमला बोलेको थियो। सन २००२ मा भएको गुजरात दंगा र त्यसै दंगामा परि १ हजार भन्दा बढि मानिसको ज्यान गएको प्रसंग यतिकै उठाइको होइन। त्यस दंगा हुँदा मोदी गुजरातका मुख्य मन्त्री थिए। त्यही दंगाका कारण बेलायत सहित अमेरिकाले १० वर्ष मोदीलाई आफ्ना देशमा प्रतिबन्ध नै लगाए।

पुर्व पर्सोना नन ग्राटा जस्ता शब्दमामा मात्र ब्रिटिश मिडिया रोकिएनन। द टाइम्समा लेखिएको एक कोलममा त मोदीसंग हात मिलाउनु अघि नाक थुन्न समेत सुझाव दिइयो।

” हिन्दु धर्ममा भगवान विष्णुका अनेका अवतार छन्। ती मध्ये धेरे मानव अवतार नै छन्। पछिल्लो विष्णुको अवतार स्यवम नरेन्द्र मोदी हुन्। ” द गार्डियनमा ब्रिटिश इण्डियन मुर्तिकार अनिश कपुरले लेखे। कपुरले स्षप्ट भाषामा लेखेका छन्-मोदीको भारतमा झूण्डिएका ठुला तस्विरभित्र मोदीले नेतृ्त्व गरेको हिन्दु दबदबा सहितको भारतको डरलाग्दो वास्तविकता छोपिएको छ। ”

ब्रिटिश मिडियाले मोदीलाई कहिँ कतै बाँकी राखेको छैन्-द टाइम्स अफ लण्डनले पहिलो पृष्ठमा छापेको कोलममा लेख्छन्-बेहत खराब प्रधानमन्त्री ती व्यक्ति होइनन जसको हाम्रो जस्तो मुल्य मान्यता राखुन। तर ब्रिटेन र भारतको सम्वन्ध एउटा मान्छे भन्दा ठुलो छ।’

इन्डेपेनडेन्टले छापेको कार्टुन त झनै आक्रामक र मोदीलाई बिझाउने छ।
कार्टुनमा मोदीले भन्छन,-टिका ? उप्स, यो त मात्र मेरो हातमा भएको रगतको दाग हो।’
कार्टुनले मोदी माथि लागेको कुन आरोप प्रष्ट्याउन खोजेको हो चाहिने भन्दा बढि प्रष्ट छ।

डेभिक क्यामरुनसंगको संयुक्त प्रेस कन्फ्रेरेन्समा पनि मोदीमाथि तिखा प्रश्नहरुको वर्षात भयो। भारतमा बढिरहेको असहिष्सुणताको विषयमा सोधीएका प्रश्नहरुमा मोदी मौन रहे। बेलायती मिडियाहरुले उनको विरोधमा भएका प्रदर्शनलाई समेत राखेर मोदीका समाचार प्रकाशित गरेका थिए ।nepaliheadlines
२८ कात्तिक, रत्ननगर (चितवन) ।

पूर्वी चितवनको राप्ती नगरपालिकास्थित राजमार्गमा कारको ठक्करबाट शुक्रबार साँझ दुईजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–३ स्थित भण्डाराको मार्ताल पुल नजिक भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको ना१३च ३२१५ नंको कारको ठक्करले दुई पैदलयात्रीको ज्यान गएको हो ।



उक्त दुर्घटनामा कारको ठक्करबाट राप्ती नगरपालिका– ८ का १७ वर्षीय असीम पौडेल र सोही ठाउँकी २० वर्षीया जस्मिना उप्रेतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुरज कार्कीले जानकारी दिए ।

ठक्करबाट घाइते भएकी सोही ठाउँकी ३२ वर्षीया जानुका कोइरालाको भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक भने नरहेको प्रहरीले बताएको छ ।

ठक्कर दिने कार प्रहरी नियन्त्रणमा रहे पनि चालक भने फरार छन् ।nepaliheadlines
२८ कार्तिक, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारिक सम्झौताका लागि उत्तर छिमेकी चीनलाई पत्र लेखेका छन् ।भारतीय नाकाबन्दी तत्काल नहट्ने संकेत पाएपछि ओलीले चीनलाई पत्र लेखेका हुन् । ओलीको पत्र सुटुक्क चीन पुगेका बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको हातमा परेको छ । मन्त्री पुनसँगको भेटमा चिनियाँ अधिकारीले व्यापारिक सम्झौताका लागि उच्चस्तरबाटै औपचारिक पत्र आउनुपर्ने सर्त राखेपछि ओलीले तत्कालै पत्र लेखेका थिए ।

पत्रमा ओलीले नेपाल इन्धनसहित अत्यावश्यक वस्तुको आयातका लागि चीनसँग व्पापरिक सम्झौता गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । ‘चिनियाँ पक्षको आग्रहअनुसार प्रधानमन्त्रीले पत्र लेख्नुभएको छ’, प्रधानमन्त्री निकट एक एमाले नेताले  भने, ‘पत्र मन्त्री गणेशमान पुनमार्फत सायद चिनियाँ पक्षको हातमा परिसकेको हुनुपर्छ ।’ बुधबार राति हवाई मार्गबाट सुटुक्क चीन पसेका मन्त्री पुन शुक्रबार बेइजिङ पुगेका छन् । प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सल्लाहमा मन्त्री पुन मन्त्रालयका उच्च अधिकारीलाई समेत सुइँको नदिई सुटुक्क चीन गएका थिए ।

संविधानमा असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी गरेपछि सरकारले चीनसहित तेश्रो मुलुकबाट इन्धन भित्र्याउने प्रक्रिया अघि बढाएको छ । पुनसँगै चीनसँग विशेष सम्बन्ध रहेको भनिएका नरेन्द्र उलक र एमाओवादी युवा नेता तथा पूर्वसभासद् राजकाजी गुरुङ पनि चीन पुगेका छन् ।

म्याग्दी, २८ कात्तिक । सूचना प्रविधिमा नमुना बनेको म्याग्दीको राम्चे गाविसको वडा नं १ र २ मा पर्ने नाँगी गाउँमा पर्यटकको चहलपहल बढेको छ ।
सन् २००८ मा ‘रोमन म्यागासेसे पुरस्कार’ जितेका महावीर पुनको जन्मगाउँ नाँगीमा सूचना प्रविधिको विकासका लागि उहाँबाट भएका गतिविधिबारे जानकारी लिन र प्राकृतिक सौन्दर्यमा रमाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।
अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत पर्ने नाँगी गाउँमा विश्वका विभिन्न देशका साथै राजधानी काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँबाट शिक्षक, विद्यार्थी र अनुसन्धानकर्ताको आगमन बढेको स्थानीय हिमाञ्चल उच्च माविका प्राचार्य रमन पुनले बताउनुभयो ।
जिल्ला सदरमुकाम बेनीदेखि एक दिनको पैदलयात्रापछि पुगिने नाँगी गाउँमा अहिले मासिक एक हजारजनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विद्यालय र कलेजका शिक्षक र विद्यार्थीका लागि नाँगी शैक्षिक भ्रमणको आकर्षक गन्तव्य बनेको छ ।
ताररहित इन्टरनेटको सहयोगमा सञ्चालित कम्प्युटर कक्षा, टेलिमेडिसिन सेवा, इन्टरनेटले स्थानीयवासीको जीवनमा ल्याएको परिवर्तन, हिमशृङ्खलाको दृश्यावलोकन, नाँगीबाराही ताल, जडीबुटीको नर्सरी र नेपाली कागज उद्योग नाँगी गाउँका मुख्य आकर्षण हुन् ।
चिसो हावापानी पाइने नाँगीको सुन्दर मगर बस्ती, न्यानो आतिथ्यता, संस्कृति र जैविक खेती पर्यटकका लागि थप आकर्षण बनेको प्राचार्य पुनले बताउनुभयो ।
कम्प्युटर शिक्षा हासिल गरेका नाँगीका अधिकांश बासिन्दालाई आधुनिक सूचना प्रविधिको माध्यम इन्टरनेटबाट देश विदेशमा रहेका आफन्तसँग सञ्चार सम्पर्क गर्न र कृषि, घरेलु तथा पशुजन्य उत्पादनको पनि बजार खोज्न पनि सहज भएको छ ।
नाँगीमा परम्परागत शैलीका गोलघरहरु पनि छन् । गाउँमा भित्रने पाहुनालाई आवास सुविधाका लागि सामुदायिक विश्राम गृह सञ्चालन गरिएको छ । विश्राम गृहको आम्दानी गाउँको शिक्षा र स्वास्थ्यमा परिचालन गरिँदै आएको छ । गाउँमा आउने पाहुनालाई फूलमाला लगाएर स्वागत गरिन्छ ।
प्रविधिको पहुँच, मगर बस्ती र उनीहरुको संस्कार संस्कृति, शान्त वातावरण नाँगी गाउँको मुख्य विशेषता भएको स्विडेनका सातजना पर्यटकको साथमा हालै नाँगी पुगेकी पोखराका हिमालयन एड्भेन्चर गल्र्सकी पथप्रदर्शक सीता थापाले बताउनुभयो ।
दुर्गम ग्रामीण क्षेत्रमा पनि आधुनिक सूचना प्रविधिको सुविधासँगै न्यानो आतिथ्यता र मनोरम वातावरणमा रमाउन पाउँदा निकै रमाइलो भएको स्विडेनका पर्यटक एट्लसले नाँगी भ्रमणको अनुभव सुनाउनुभयो ।
पर्वतको बाँसखर्कबाट सुरु हुने अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग भएर नाँगी पुग्ने धेरैजसो विदेशी पर्यटक मोहरेडाँडाको भ्रमणमा जाने गर्छन् ।
आन्तरिक पर्यटकले भने बेनी–माझफाँट–लेकफाँट–फलामेडाँडाको मार्ग प्रयोग गर्छन् । नाँगी गाउँमा सडक सुविधा पनि पुगेकाले पर्यटकलाई सहज भएको छ । रासस
dainiknepal
आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाहबाट फाइदा हुनसक्छ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ । तपाईंको कडा परिश्रमले बेलुकीसम्म राम्रो परिणाम दिन सक्छ ।  आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि शैक्षिक र बौद्धिक क्षेत्रमा पनि कमजोरी देखिन्छ । गरेका कार्यहरूमा ढिलोमात्र सफलता मिल्नेछ । दिनभरि पारिवारिक सम्बन्धमा तिक्तताको अनुभूति भए पनि बेलुका घरायसी वातावरणमा केही सुधार आउने छ । प्रणय र रोमान्सका लागि समय निस्कने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, तर धेरै टाढा जानु पर्दैन । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । माया प्रेमको लागि रमाइलो छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक सहयोग बढ्ने छ । आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुरुवातमा मन खिन्न भए पनि आज गरिएको प्रयासमा ढिलो गरी सफलता पाउनु हुनेछ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साथीभाइको जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने छ, तर पाचनप्रणालीमा समस्या देखिनसक्छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना समेत छ । खर्च बृद्धिको योग छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यवसायिक क्षेत्र सफल रहने छ, आम्दानीमा कमी आउने छैन । झैझगडा र विवादमा विजयी बन्नु हुनेछ तर बोली एवं व्यवहारमा सक्दो नियन्त्रण राख्नुहोला । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । सानातिना कुरामा अल्मलिने समय छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपान वा काममा नियन्त्रण गर्नु राम्रो हुन्छ । मित्र, परिवार र सहयोगीले तपाईंको काममा सरसहयोग गर्न सक्दैनन् । यात्राबाट उल्लेखनीय लाभ हुने सम्भावना छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमा अनुकूल छैन, तर अन्य ग्रहको शुभ बल छ, त्यसैले आत्मबल र हौसला नत्यागे सफलता पाउनु हुनेछ । वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक तथा साँस्कृतिक कार्यक्रममा सहभागी बन्नु पर्ने भएकाले गर्नै पर्ने र विशेष काममा बाधा पुग्नसक्छ । दैनिक कामकाजमा बाधा आउने छ । शत्रुहरूको गतिविधिले असर पार्नसक्छ । साँझपख अझ प्रतिकूल छ । गरेका काममा अवरोध आउने एवं अपमान वा अपजस सहनु पर्ने हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । व्यापार÷व्यवसायमा सोचेजति लाभ पाइने छ । आफ्नो क्षेत्रमा साख रहनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारमार्थिक काममा खटिनु पर्ने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी बढ्नसक्छ । झैझगडाबाट टाढै बस्नु उचित हुनेछ । अरुको कामको लागि समय र धनको उपयोग हुनसक्छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

शनिबार, २८ कार्तिक
एजेन्सी । फान्सको राजधानी पेरीसमा आकंतवादी हमला भएको छ ।
फ्रान्स प्रहरीका अनुसार पेरीस्मा रहेको बैटाकला कन्सर्ट हलमा भएको बिष्पोटमा १०० जना मानिसको ज्यान गएको छ भने सयौ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार हलमा रहेका मासिहरुलाई बन्धन बनाएर विष्पोट गराइएको बिबिसीले जनाएको छ।
यसैबिच फ्रान्सका राष्ट्रपति प्रान्स्वा ओलान्दले राष्ट्रको नामा सम्बेधन गर्दै आपतकालको घोषण गरेका छन् । भने सिमा क्षेत्रमा सील गर्न निर्दैशन दिएका छन् ।

अहिले सम्म विष्पोटको जिम्मा कसैले लिएको छैन । तर विष्पोट चरमपन्थी संगठन इस्लामिक स्टेटले गरेको अनुमान गरिएको छ।
nepalsandesh
२८ कार्तिक,काठमाडौ । जापानको दक्षिण पश्चिमी समुन्द्रि तटमा ७ रेक्टर स्केलको भुकम्प गएको छ। भुकम्पपछि सानो सुनामी पनि आएको अधिकारीहरुले बताएका छन्।

जापान मेटेरोलोकिकल एजेन्सीले १ फिट उचाईको सुनामि नाकानोशिमा टापुमा आएको जनाएको छ। भुकम्प र सुनामीपछी कुनै क्षतिको खबर प्राप्त भएका छैनन्।

कागोशिमा र सातसुनान प्रान्तमा पनि सुनामीको चेतावनी जारी गरिएको थियो तर पछि त्यसलाई फिर्ता लिइएको थियो।j

युएस जिओग्राफिकल सर्वेले भुकम्तप माकुराजाकी शहर नजिकै केन्द्र नजिकै करिब १६० किलोमिटर पर केन्द्र गरेर गएको जनाएको छ।

सन २०११ मा आएको विध्वशंकारी भुकम्प र सुनामीमा जापानको उत्तर पुर्वी क्षेत्रमा १८ हजार भन्दा बढि मानिस मारिएका थिए ।
सन २ लाख भन्दा बढि मानिसहरु अहिलेसम्म घर फर्किएका छैनन्।nepaliheadlines
सिन्धुपाल्चोक, २७ कात्तिक– बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्धभूमि भएको गलत दाबी गरेका छन् ।

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत बुद्धभूमि भएको दाबी गरे ।
भारतले नेपालमा नाकाबन्दी गरिरहेका बेला आएको मोदीको यस्तो गलत र विवादास्पद अभिव्यक्तिलाई गम्भीर रुपमा लिइएको छ ।
राजधानी दिल्लीमा गाईको मासु खाएको आरोपमा एक मुस्लिम युवकलाई कुटेर हत्या गरिएपछि फैलिएको धार्मिक असहिष्णुताबारे बेलायती सञ्चारकर्मीको एक जिज्ञाशामा मोदीले भने, ‘भारत महात्मा गान्धी र बूद्धको भूमि हो । हामी हाम्रो धार्मिक मान्यताविरुद्धका व्यवहार स्वीकार गर्न सक्दैनौं ।’
भारत बुद्धभूमि भएको दाबीपछि उनको बेलायतमा रहेका नेपाली र भारतीयले व्यापक विरोध गरेका छन् । सामाजिक सञ्जालमा उनको व्यापक विरोध भएको छ ।
गत वर्ष प्रधानमन्त्री निर्वाचित भएलगत्तै काठमाण्डु आएका उनले नेपालको संसदलाई सम्बोधन गर्दै बुद्धको पवित्र भूमि नेपालमा पाइला टेक्न पाउँदा आफू गौरवान्वित भएको अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिको स्वागत गर्दै कतिपय सभासदले तालीसमेत बजाएका थिए । त्यसपछि नेपालमा उनका समर्थक बढेका थिए ।
kathmandutoday
काठमाडौं, २७ कात्तिक । संसारकै नम्बर वान सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेञ्जरमा नयाँ प्रविधि भित्र्याएको छ ।
फेसबुकले आफ्नो म्यासेन्जरमा आफै ‘डिलिट’ हटाउन सकिने म्यासेज प्रयोगमा ल्याएको हो । यो फिचरको हाल फ्रान्सका केही प्रयोगकर्ता प्रयोग गरिरहेका छन् । केही समयमै विश्वभर उपलब्ध गराउने म्यासेन्जरका प्रमुख डेविड मार्कसले बताएका छन् । उनका अनुसार यो म्यासेज फिचरमा पठाइएको म्यासेज डिलिट गर्न एक घण्टासम्म अप्सन दिइएको छ ।
म्यासेञ्जर एप लाइनले पनि यस्तै फिचर हिडन च्याट (Hidden Chats)को सुरुवात गरेको छ । जसमा टाइम सेट गरेर पठाइएको म्यासेजलाई हाइड(लुकाउन) सकिन्छ । केही यस्तै फिचर चीनको प्रख्यात च्याटिङ उई च्याट (WeChat)मा दिइएको छ । जसका कारण प्रयोगकर्ताले २०१४ सम्म गरिएको थ्रपै म्यासेज फेरि हेर्न सक्छन् ।
फ्रान्सका केही फेसबुकका प्रयोगकर्ताअनुसार यो फिचरको लोडिंग (Hourglass) आइकनमा क्लिक गरेर यसलाई अन वा अफ गर्न सकिन्छ । यद्यपी यस्तो फिचर ‘स्नैप च्याट’मा पहिलादेखि नै उपलब्ध छ जहाँ पठाइएको म्यासेज एकपटक पढिसकेपछि म्यासेज फिचर सुविधा दिईन्छ ।
समाचार एजेन्सीका अनुसार यो फिचर अहिले प्रयोग (टेस्टिंग फेज)मा छ, तर छिट्टै संसारभर सार्वजनिक यो नयाँ फिचरलाई प्रयोगकर्ताले मन पराउने फेसबुक म्यासेञ्जरले विश्वास लिएको छ । (एजेन्सीको सहयोगमा)
dainiknepal
शुक्रबार, २७ कार्तिक

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दलहरुसँगको वार्ता सफल हुने संकेत आफूले पाइसकेको बताएका छन् ।
शुक्रबार रिपोटर्स् क्लबले दाहाल निवास लाजिम्पाटमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले आफूले मधेसी दलका नेताहरुसँग अनौपचारिक रुपमा वार्ता गरिरहेको जानकारी पनि दिए ।
उनले मधेसवादी दलका नेताहरुसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दावी गरे । अबको दुई/र दिनभित्रै मधेसमा देखिएको समस्या समाधान गर्नेगरी छलफल अघि बढेको उनले बताए ।
भारतले नेपालमाथि गरिरहेको नाकाबन्दीबारे बोल्दै उनले यो नाकाबन्दीको कूटनीतिक ढंगले छलफल गरेर समाधान गर्ने बताए । अहिलको अवस्थालाई अवसरको रुपमा लिएर चीनसँगका नाकाहरु खोलेर व्यापार सम्झौता गर्नुपर्ने उल्लेख गरे ।
nepalsandesh
लेबनानमा शक्तिशाली बम विस्फोट, ४३ को मृत्यु
बेरुत—शुक्रबार भएको बम हमलामा परी कम्तिमा पनि ४३ जनाको ज्यान गएको छ। सो आक्रमणमा परी थप करिब २४० जना घाइते भएका छन्। शक्तिशाली दुइ बम एकै पटक विस्फोट गराइएको थियो।


उक्त हमलाको जिम्मेवारी मुस्लिम जिहादीहरुको समूह आइएसले लिएको छ। बुर्ज अल बारिजा नगरमा रहेको एक व्यस्त बजारमा सो विस्फोट भएको थियो। बम विस्फोटमा परी घाइतेभएका मध्ये अधिकांशको अवस्था अत्यन्त गम्भीर छ । रेडक्रसले अस्पताल भर्ना भएकामध्ये कैयौँको अवस्था नाजुक रहेको जनाएको हो।

सिया मुस्लिम समुदायका नागरिकको बाहुल्यता रहेको भनिएको सो घटनाको जिम्मेवारी आइएसले लिएको हो। यस बारेमा सरकारले केही बताएको छैन।

लेबनानमा भएको हमलाको जिम्मेवारी पहिलो पटक आइएसले लिएको हो। यसअघि लेबनानमा आइएसको प्रभाव रहेको बारेमा कुनै चर्चासम्म हुने गरेको थिएन। यति ठूलो सङ्ख्यामा नागरिक हताहति भएको लेबनानमा सरकारले शुक्रबारलाई शोकको घोषणा गरेको छ। रासस/एएफपी भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २७ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय नाकाबन्दीलगायतका विषयमा छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन र उसले उठाएका मागको सम्बोधनका विषयमा छलफल हुने बुझिएको छ । शीर्ष नेतृत्वमा मधेसी मोर्चासँग अनौपचारिक छलफल भइरहेका बेला उच्चस्तरीय समितिको बैठक बसेको हो ।
समितिले तयार पार्ने ठोस योजना र नीतिमा रहेर मधेसी मोर्चाको माग सम्बोधन गरिनेछ । त्यसै गरी नाकाबन्दीका विषयमा पनि कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल हुने बुझिएको छ ।
उच्चस्तरीय राजनीतिक समितिको बैठक यो समाचार तयार पार्दासम्म जारी छ । बैठकमा समितिका संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री केपी ओली तथा अन्य सत्तारुढ दलका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
dainiknepal
महासचिव वानद्वारा नाकाबन्दीबारे चिन्ता व्यक्त
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि–मुनले नेपाली सीमामा भएको अवरोधबारे चिन्ता व्यक्त गरेका छन् ।


महासचिव बानले पूर्वप्रधानमन्त्री सुशील कोइरालाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बानसंग बुधबार गर्नुभएको भेटवार्ताको अवसरमा सो चिन्ता व्यक्त गरेका हुन् ।

कोइरालाद्वारा बुधवार प्रकाशित एक वक्तव्यमा जनाइएअनुसार महासचिव बानले सो अवसरमा कोइरालाले संविधान निर्माण तथा नेपालको प्रजातान्त्रिकरणमा खेलेको भूमिकाको पनि सराहना गरे ।

बानले पुनःनिर्माण प्राधिकरण गठनमा भएको ढिलाईबारे चासो व्यक्त गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट असन्तुष्ट दलहरुको मागबारे समाधान गर्न पनि सुझाव दिएका छन् ।

भेटका अवसरमा पूर्व प्रधानमन्त्री कोइरालाले महासचिव वानलाई नेपाल संविधानसभाको माध्यमबाट एउटा समावेशी तथा प्रजातान्त्रिक संविधान जारी गर्न सफल भएको बताए ।

कोइरालाले सो भेटमा बानलाई विगतमा हिंसात्मक र अप्रजातान्त्रिक व्यवहार भएका राजनीतिक दललाई पनि प्रजातान्त्रिक छातामुनि ल्याउन सफल भएकोमा सन्तोष व्यक्त गरे ।

नेपाली कांग्रेसका सभापति पनि रहेका कोइरालाले बानलाई संयुक्त राष्ट्रसङ्घले गत वैशाखको विनाशकारी भूकम्पपछि नेपाललाई पुर्‍याएको समर्थन र सहयोगका लागि धन्यवाद पनि दिए ।

पूर्वप्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नेपालमा समावेशी संविधान जारी भएपछि अहिलेको अवान्छनीय मोडमा पुगेकोमा अत्यन्त दुःखित भएको पनि उनलाई बताएका छन् ।

गत वैशाखको भूकम्पको केही घण्टामा नै हाम्रो उद्धारमा आउने अत्यन्त उदार छिमेकी राष्ट्र् भारत अहिले नेपाल–भारत सीमामा अत्यन्त जरुरी आपूर्तिमा अवरोध हुँदासमेत मौनदर्शक भएर बस्नु अकल्पनीय भएको पूर्वप्रम कोइरालाले मुनसँग बताएका छन् ।

भारतीय नाकाबन्दीबाट नेपालको अर्थतन्त्रलाई क्षतविक्षत बनाएको, सामाजिक जीवन अस्तव्यस्त बनाएको, विद्यालयहरु बन्द भएका र भूकम्पपीडितको व्यवस्थापन र पुनःनिर्माणलाई अवरुद्ध पारेको कोइरालाले मुनसँग बताएका छन् ।

सीमामा भएको नाकाबन्दीले भूकम्पबाट भएको सात अर्ब डलर बराबरको क्षतिभन्दा पनि धेरै बढी र व्यापक क्षति भएको र यसले नेपाललाई मानवीय सङ्कटको अवस्थामा धकेल्नु कसैको हितमा पनि नहुने कोइरालाले उल्लेख गरे

जनतालाई पीडा र कष्ट दिनुले देशमा उग्रवादलाई बढावा दिने भएकाले दक्षिण एसिया आतङ्कवादको तारो बनिरहेको सन्दर्भमा यो अवस्थाले यस क्षेत्र र वरपरको स्थितिलाई नाजुक बनाउने र यो कसैको हितमा पनि नहुने पनि उनले बताए ।

कोइरालाले पहाडी र मधेसी भनी विभिन्न जातजातिबीच विभाजनको रेखा कोरिनु ज्यादै चिन्ताजनक भएको पनि बानलाई बताए ।

पूर्व प्रधानमन्त्री कोइराला आफ्नो स्वास्थ्य परीक्षणको सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहेका छन् । रासस
annapurnapost
काठमाडौं, कार्तिक २७ । प्रधानमन्त्री केपी ओलीले आफ्ना दिदी र बहिनीबाट भाइटीका ग्रहण गरेका छन् ।

शुक्रबार बालुवाटारमा प्रधामन्त्री ओलीलाई उनकी दिदी विष्णुमाया शिवाकोटी र बहिनी विष्णुमाया ढकालले टीका लगाइदिएका हुन् ।


त्यसक्रममा प्रधानमन्त्री ओलीले पनि दीदी र बहिनीलाई टीका लगाइदिएका थिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २७ कात्तिक । बेलायत भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा भारतको बचाउ गरेका छन् ।
आफ्नो भ्रमणका क्रममा नेपाली तथा भारतीय समुदायले विभिन्न मुद्दामा विरोध गर्दै बेइज्जत गरेपछि उनले भारत बुद्ध भुमि, गान्धि भुमि भएको भन्दै बचाउ गरेका हुन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालयको अगाडि हजारौं नेपाली र भारतीयले मोदीविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।
अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा नेपालको नाकाबन्दीको कुरा भने उठेन् । तर मोदीमाथि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारले भारतमा बढ्दै असहिष्णूता र मोदी सरकारको विरोधका बारेमा थुप्रै प्रश्न राखेका थिए । मोदीलाई गुजरात दंगामा १ हजार मानिस मारेको आरोपको पनि सामना गर्नुपरेको थियो ।
बेलायती प्रधानमन्त्री क्यामरुनसँगको वार्तापछि आयोजित दुई देशको अन्तर्राष्ट्रिय प्रेस कन्फ्रेन्समा मोदीले सम्वाददाताहरुको जवाफ दिँदै भनेका छन्- ‘भारत बुद्धको धरती हो, गान्धीको धरती हो र हाम्रो संस्कृति समाजको मूल्यमान्यता विरुद्ध कुनैपनि कुरा भारतले स्वीकार गर्दैन् ।’ मोदीलाई दिल्लीमा भएको (गाइको मासु घरमा राखेको आरोप एक मुश्लीमलाई कुटिकुटि मारेको) दादरी हत्याकाण्डबारे पत्रकारहरुले कडा प्रश्न गरेका थिए ।
बेलायतको द गार्डियन समाचारपत्रका अनुसार मोदीलाई सोधिएको एक प्रश्नमा उनले आफूलाई व्रिटेनले प्रतिबन्ध नलगाएको दाबी गरे । उनले आफूबाट केही गल्ति भएको हुनसक्ने भन्दै आफ्नो आगमनमा भएको प्रदर्शन स्वभाविक भएको बताए । समाचार अनुसार मोदी मुख्यमन्त्री हुँदा गुजरातमा एक हजार मुश्लीमको ज्यान जानेगरी भएको दंगाको दोषीलाई मानिँदै आइएको छ । जसका कारण त्यसबेला मोदीलाई बेलायत र अमेरिकाले प्रतिबन्ध लगाएका थिए ।
मोदीले आज बेलायतको वेम्बली स्टेडियममा भारतीय समुदायलाई सम्बोधन गर्दैछन् । जहाँ अधिकांश भारतीयले मोदीले विरोधको तयारी गरेका छन् ।
dainiknepal
इस्लामावाद, २७ कात्तिक-चीन र पाकिस्तानबीच आपसी सैन्य सहयोगमा जोड दिइएको छ । चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष र पाकिस्तानी प्रधानमन्त्रीबीच सो सहयोग समन्वयको प्रतिबद्धता आएको हो ।
चिनियाँ केन्द्रीय सैन्य परिषदका उपाध्यक्ष फान चान्लोङ् र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच बिहीबार पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता भएको थियो । सो भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै सैन्य सहयोगमा जोड दिइएको थियो । गएको अप्रिल महिनामा चिनियाँ राष्ट्रपति सि जिनपिङले पाकिस्तानको भ्रमण गरेपछि चीन पाकिस्तान सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको धारणा उपाध्यक्ष फानले राखेका थिए । पाकिस्तानले आतङ्कवादका विरुद्धमा गरिरहेको कारबाहीका लागि चीनले हाल दिँदै आएको सहयोगलाई निरन्तरता दिने उनले बताए । यस अवसरमा पाकिस्तानी प्रधानमन्त्री शरिफले चीन र पाकिस्तानको आपसी समन्वय र सहयोगबाटै क्षेत्रीय शान्ति र एसियाली स्थायित्वमा योगदान गर्नसक्ने धारणा राखे । रासस/सिन्ह्वा kathmandutoday

शुक्रबार, २७ कार्तिक
पर्सा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा एक ट्रकमा आगजानी गरेका छन् ।
बन्दअवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले आज बिहान दुई बजेको समयमा वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले गरेको आगजनीमा परी ट्रकका चालक बस्ने क्याबिन पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुईवटा मोटरसाइकलमा आएका चार युवाले रोकिराखिएको उक्त ट्रकमा आगजनी गरेको प्रहरी नायब उपरीक्षक यादव घर्तिमगरले बताउनुभयो । घटनामा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
epalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home