• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं : मुख्य तीन दलका शीर्ष नेताहरुले आजै अपरान्ह संयुक्त पत्रकार सम्मेलन गरेर असन्तुष्ट मधेस केन्द्रित दल तथा अन्य पक्षहरुलाई वार्तामा बोलाउने भएका छन्।

कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुको शनिबार बिहान बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। अपरान्ह चार बजे तीन दलले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन्।

१६ बुँदे सहमति गराएर संविधान निर्माणमा तीन दललाई एकै ठाउँमा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका गच्छदारलाई संविधानको घोषणा प्रक्रियासम्म भए पनि  समेट्ने र अन्य असन्तुष्ट दलहरुलाई सम्बोधन गर्ने उद्देश्यले दलहरुले अन्तिम प्रयास गरेका हुन्।तराई मधेस शब्द राख्न तीन दलका केही नेताहरुले नमानेपछि गच्छदार मोर्चासँग हुने लागेको सम्झौता विथोलिएको थियो । यसमा तीन दलका नेताहरु लचिलो भएर गच्छदारसँग छलफल गर्न तयार देखिएका छन् ।


बालुवाटार बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत तीन दलका नेताहरुको उपस्थिति थियो।


बैठकमा प्रधानमन्त्रीको न्युयोर्क भ्रमण भारतीय विदेश सचिव एस जयशंकरको भ्रमण, आइतबार हुने नयाँ संविधानको घोषणा र सुरक्षा व्यवस्थापन, विजय गच्छदार नेतृत्वको मधेसी मोर्चालाई समेट्ने वार्ता र प्रयासबारे छलफल एव समीक्षा भएको छ। प्रधानमन्त्री राष्‍ट्रस‌ंघीय महासभामा भाग लिन न्यूयोर्क जानुपर्ने भएकोले स‌ंसद् अधिवेशन पनि स्थगित गर्ने र प्रधानमन्त्री फर्किनसाथ तत्काल डाक्ने सहमति भएको छ। संसद् अधिवेश डाकेको सात दिनभित्र नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने व्यवस्था छ
annapurnapost.com
पोखरा, २ असोज- नयाँ संविधानमा तमु लगायत आदिवासी जनजातिको अधिकार सुनिश्चित नगरिएको र पहिचानसहितको तमुवान प्रदेश घोषणा नगरिएको विरोधमा पोखराका तमुहरुले विरोध गरेका छन् । उनीहरुले शुक्रबार सिस्नुपानी र्याली निकाले भने आज शनिबार संविधानको शवयात्रा निकाल्दैछन् ।
उनीहरुले  संविधानको शवयात्रासहित जलाउने तयारी गरेका छन् ।  धर्म निरपेक्षता कायम, पुर्ण समानुपातिक प्रतिनिधीत्वको सुनिश्चितता, बहुभाषिक निति, पहिचान र अस्तित्वको सुनिश्चितता हुनुपर्ने लगायतका माग गर्दै र अधिकार, पहिचान विहिन संविधानको विरोध गर्दै शवयात्रा निकाल्न लागिएको हो । तमुवान संयुक्त संघर्ष समितिको दोश्रो चरणको आन्दोलन अन्र्तगत तमु लगायत आदिवासी जनजातिलाई अधिकार विहीन संविधान जारी गर्न खोज्नेहरुलाई सिस्नो पानी लगाउने उद्घोष गर्दै संघर्ष समितिले पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकबाट सिस्नो पानी जुलुस गरी भिमसेनचोकमा कोणसभामा परिणत भएको थियो । संविधान जारी गरिने भनिएको असोज ३ गते विभिन्न पार्टीहरुले आयोजना गरेको बन्दमा तमुवान संयुक्त संघर्ष समितिले ऐक्यवद्धता जारी गर्दै बेलुका कालो झण्डासहित बृहत मसाल जुलुस वगर पिएन क्याम्पस गेट, सितलादेवी र लखनचोकबाट शुरु गर्ने र असोज ४ गते पश्चगामी संविधान विरुद्ध तमुवान प्रदेश बन्द गर्ने उनीहरुका भनाई छ ।
वि.सं. २०७२ साल असोज २ गते। शनिबार। इश्वी सन् २०१५ सेप्टेम्बर १९ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– षष्ठी, २०:४७ बजेउप्रान्त सप्तमी। नक्षत्र– अनुराधा, २६:२५ बजे उप्रान्त ज्येष्ठा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। आजको प्रयत्न निष्फल जस्तै रहला। काम बिग्रने भयले पनि सताउन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। आश्वासन दिनेहरूको भरमा नबस्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। जिम्मेवारीबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै पारिवारिक सुख प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा हुनेछ। व्यापारमा सामान्य र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालीन रूपमा फाइदा हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयको सही निर्णयले विभिन्न अवसर दिलाउनेछ। तर, काम समयमा सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना देखिन्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्, सजग रहनुपर्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सामाजिक नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम बिस्तारै बन्नेछन्।

नयाँ संविधानप्रति शुभेक्षा
सोल : तीन महिनाअघि मात्र रोजगारीका लागि दक्षिण कोरिया आएका एक नेपाली युवाले आत्महत्या गरेका छन् ।

खजेदोस्थित पानीजहाज बनाउने डीएसएमइ कम्पनीमा कार्यरत बोरलांग–७ गोरखाका २५ वर्षीय प्रदीप भट्टले शुक्रबार बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् ।

तीन महिनाअघि कोरिया आएका भट्ट काम सुरु नगर्दै कम्पनी बन्द भएपछि अर्को कम्पनीमा स्थानान्तरण भएका थिए ।

उनका सहकर्मी पोखराका मनोज भण्डारीका  अनुसार भट्टले कोरियामै रहेका सहोदर दाजुलाई सम्बोधन गरी लेखिएको ‘सुसाइड नोट’ फेला परेको छ ।

सुसाइड नोटमा उनले दाजुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आफुले सहयोग गर्न नसकेमा दुःख व्यक्त गरेका छन् ।

उनले झुन्डिनुअघि लेखेको सुसाइड नोटमा नेपालमा संविधानप्रति पनि शुभेक्षा व्यक्त गरेका  छन् ।

पित्तथैलीमा समस्या भएपछि भट्टले यसअघि १५ दिन आराम गरेको सहकर्मी पोखराका मनोज भण्डारीले जानकारी गराए ।

नेपाली दूतावासका श्रम सहचारी अनिल गुरुङले घटनाबारे अनौपचारिक जानकारी आएको बताउँदै पोस्टमार्टमपछि शव नेपाल पठाउने प्रक्रिया थालिने जानकारी दिए ।

मृतक भट्टको परिवारमा  बुबाआम, दुइ दाइ र एक बहिनी छन् । भट्टका एक दाजु कोरियामै रोजगारीको क्रममा रहेका छन्  ।
annapurnapost.com
इस्लामाबाद, १ असोज । पाकिस्तानको उत्तरपश्चिमी आदिवासी इलाका दक्षिणी वाजिरिस्तानमा शुक्रबार अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमणमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको समाचार छ ।

स्थानीय सञ्चारमाध्यम उर्दुले सो जानकारी दिएको छ । दक्षिणी वाजिरिस्तानको सोनक्राई नराई क्षेत्रमा आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी सो आक्रमण भएको जनाइएको छ ।

पाकिस्तानको यो क्षेत्र अफगानिस्तानको सीमा क्षेत्रमा जोडिएर रेहेको छ । एक सवारी साधनलाई लक्ष्यगरी दुई वटा क्षेप्यास्त्र आक्रमण गरिएको जनाइएको छ ।

सो इलाकामा हुने गरेको हवाई आक्रमणबाट स्थानी बासिन्दालाई त्रास पैदा गर्ने गरेको जनाइएको छ । यस आक्रमणमा मारिएका व्यक्तिहरुको परिचय भने हालसम्म खुलेको छैन । वाजिरिस्तानमा पाँच महिनापछि अमेरिकी चालकरहित विमान आक्रमण भएको जनाइएको छ ।

प्रायः उत्तरी वाजिरिस्तानमा गर्ने गरिएको यो अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमण गएको करिब पाँच महिनायता रोकिएको थियो ।

यस वर्षको सुरुदेखि हालसम्ममा आदिवासी क्षेत्रमा भएको यो १३ औँ चालकरहित विमान आक्रमण हो । यस अवधिभर यस इलकाहरुमा ८५ भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ । रासस÷सिन्ह्वा
www.etajakhabar.com
गोरखा : आफन्तलाई भर्ती गर्न नपाएको भन्दै गोरखा ठिगुरेस्वाँराका बासिन्दाले नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेका छन् ।

स्थानीयले आक्रमण गर्दा ड्युटीमा रहेका सिपाहीँ चेतन थापा घाइते भएका छन् । उनको टाउकोमा तीनवटा टाँका लगाइएको ठिगुरेस्वाँरास्थित भैरवी दल गणले जनाएको छ ।

आक्रोशित स्थानीयले गणको बाहिरी सुरक्षापोष्टको पर्खाल भत्काइदिएका छन् । संचार उपकरण (इन्टरकम) पनि चुँडाइदिएको सैन्य स्रोतले बताएको छ ।

आक्रोशित स्थानीयको भींडमाथि सेनाले लाठीचार्ज गरेको थियो । लाठी लागेर स्थानीय गोविन्द सुनार घाइते भएका छन् । उनको गोरखा अस्पतालमा उपचार भएको छ ।

शुक्रबार अपरान्ह ४ बजे भर्ना छनौटको लिखित परीक्षाको नतिजा सार्बजानिक भएको थियो । ‘रिजल्ट टाँस्नेबित्तिकै ब्यारेक परिसरमा भेला भएका स्थानीयबासीले आफन्त युवाहरु पास नभएको भन्दै विरोध गर्न थाले’, एक सैनिक अधिकृतले भने, ‘त्यसपछि हाम्रो पोष्टको पर्खाल भत्काए । इन्टरकमको तार चुँडाइदिए । पोष्टमा ड्युटी गरिरहेका सिपाहीमाथि ढुंगा प्रहार गरे ।’

आक्रोशित स्थानीयबासीले पोष्टमा टायर राखेर जलाउने प्रयास पनि गरेको उनले बताए । स्थानीय एकराज उपाध्यायका अनुसार यसअघि भर्ना खुल्दा पनि स्थानीय भर्ना हुन पाएका थिएनन् ।

यसपटक आशवासन दिएर पनि लिखितमा अनुत्तीर्ण गराइदिएपछि स्थानीयबासी आक्रोशित भएका हुन् ।

‘स्थानीयबासीलाई अहिलेसम्म पास गराइदिएन । यसपटक आस्वासन दिएका थिए, तर कसैको नाम ननिस्केपछि सबै आक्रोशित भए’ उनले भने ‘मसँग प्रमाण त छैन तर ठूलामान्छेको भनसुनको आधारमा पक्षपातपूर्ण रिजल्ट निकालेको बुझेर स्थानीयबासी आक्रोशित भएका हुन् ।’

बिबाद बढ्दै गएपछि साँझ सात बजे थप प्रहरी घटनास्थल पुगेपछि घटना साम्य भएको छ ।

शनिबार फेरि छलफल गरिने गणपति प्रेम थापाले बताए । लोकसेवाका कर्मचारीले नियमानुसार परीक्षा लिई नतिजा प्रकाशित गरेकाले अनियमितता भएको भन्ने आरोप झुठो रहेको उनको भनाइ छ । annapurnapost.com
काठमाण्डु, १ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एवं विदेश सचिव जयशंकरको नेपाल भ्रमण समय सान्दर्भिक नभएको बताएका छन् ।

आफूलाई भेट्न लाजिम्पाटस्थित निवास पुगेका जयशंकरलाई उनले भ्रमणका लागि अहिलेको समय गलत भएको बताए ।


स्रोतका अनुसार प्रचण्डले भ्रमण दुई साताअघि वा संविधान भएको दुई सातापछि भएको भए स्वभाविक हुने धारणा राखेका थिए ।


‘तपार्ईंको भ्रमणको समय मिलेन’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कि दुई साताअघि नै आएको भए हुन्थ्यो, कि दुई सातापछि आउनुपथ्र्यो ।’


भेटमा जयशंकरले सकेसम्म आन्दोलनरत मधेस केन्द्रित दलका माग संविधानमा समेटेर जान सुझाव दिएका थिए ।

अध्यक्ष प्रचण्डले संविधानको टुंगो लागिसकेकाले मधेस केन्द्रित दलका माग तत्काल सम्बोधन गर्न नसकिने स्पष्ट गर्दै तत्काल राजनीतिक प्रतिबद्धता जनाउने र केही समयपछि तराईसहित थरुहट र जनजाति आन्दोलनका माग संशोधन मार्फत मिलाउन सकिने जवाफ दिएको उनका स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेलाई बताए ।

खड्काका अनुसार जयशंकरले तराई–मधेसमा जारी आन्दोलन लम्बिँदा सिमा क्षेत्रमा सुरक्षा चुनौती बढेको उल्लेख गरेका थिए ।

प्रचण्डले भने तराई र सिमा क्षेत्रको मात्र नभई समग्र नेपालको हितमा सोच्न आग्रह गरेका थिए । साँझ ५ बजेबाट सुरु भएको भेटवार्ता करिब ४५ मिनेटसम्म चलेको छ ।

भारतले मधेस केन्द्रित दललाई समेत सहमतिमा ल्याएर संविधान जारी गर्न दिएको दबाब अस्वीकार गर्दै दलहरुले संविधानको विधेयक पारित गरेपछि मोदीले नेपालको अवस्था बुझ्न जयशंकरलाई काठमाण्डु पठाएका हुन् ।

दुई दिने भ्रमणमा आएका जयशंकर शुक्रबार दिनभर राजनीतिक भेटवार्तामा व्यस्त रहे ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं :  रामेछापमा आज अपरान्ह यात्रुबाहक बस दुर्घटना भएको छ ।

मन्थलीबाट गोठागाउँतर्फ जाँदै गरेको बा ४ ख ५२४८ नम्बरको  बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।

७० जना भन्दा बढी यात्रु सवार रहेको बस भिरबाट खसेको प्रहरीले जनाएको छ ।


पुरानो बस र क्षमताभन्दा बढी यात्रु बोकेको कारण दुर्घटना भएको अनुमान गरिएको छ । घाइतेको उद्धारको लागि उद्धार टोली र ४ वटा एम्बुलेन्स घटनास्थलमा गएको पनि बताइएको छ ।
annapurnapost.com
असोज ३ मा धमाका गर्न कैलालीमा थारु युवा दस्ता सार्वजनिक, यसरी हुनेछन् परिचालन

थारु नेताले भने- राज्यको दमनविरुद्ध लड्न युवा दस्ता बनायौं
 पहलमानपुर (कैलाली), १ असोज । थरुहट÷थारुवान संघर्ष समिति कैलालीले आन्दोलन सशक्त बनाउन र राज्यको दमनविरुद्ध लड्न भन्दै युवा दस्ता सार्वजनिक गरेको छ ।

 शुक्रबार कैलालीको पहलमानपुर गाविस ९ नक्फोर्वा गाउँमा जिल्लास्तरीय युवा भेला आयोजना गरी सो दस्ता गठन गरेको हो । भेलास्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य होरिलाल चौधरीले युवा दस्ताले थरुहट थारुवान आन्दोलनलाई सशक्त, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने बताए । उनले आन्दोलनमा सुरक्षाको काम पनि दस्ताले गर्ने बताए ।
५१ सदस्य रहने दस्ताले संबिधान जारी हुने असोज ३ गतेका दिन कालो झण्डा सहित प्रदर्शन गर्ने र माग सम्बोधन नभएका धारा उपधारा सबै असोज ३ र ४ गते जलाउने र व्लाक आउट गर्ने आन्दोलनको अग्रमोर्चामा रहने एकीकृत नेकपा माओवादीका जिल्ला ईञ्चार्ज कृष्ण चौधरीले बताए ।
 थारु नेताहरुले ३ दलको हेपाहा प्रबृति र निरंकुश निर्णयका कारण थारुहरुको मुद्दा ओझेलमा परेको आरोप लगाउदै अब निर्णायक आन्दोलनको तयारी स्वरुप युवा दस्ता गठन गरेको बताएका छन् । उनीहरुले आज ५१ सदस्यीय युवा दस्ताको समिति गठन गरिएकोमा त्यसलाई बढाएर एक लाख सदस्यीय बनाउने योजना रहेको बताएका छन् ।
 तर थरुहट युवा दस्ता भुमिगत हुने हिंसात्मक क्रियाकलाप गर्ने अथवा हतियार उठाउने कुनै योजना नरहेको नेताहरुले बताएका छन । उनीहरुले थारुको मुद्धा सम्बोधन नगरेको संबिधान जारी गर्ने खोजिएको भन्दै त्यसलाई जलाउने चेतावनी दिएका छन् ।
 पत्रकार सम्मेलन चलिरहदा उपस्थीत थार युवाहरुले थरुहट÷थारुवानका पक्षमा चर्का नाराबाजी पनि गरेका थिए । युवा भेलामा थरुहट आन्दोलनका लागि तयार पारिएका गीतहरुमा सांस्कृतिक नृत्य पनि देखाईएको थियो । नेताहरुले युवाहरुलाई बिशेष प्रशिक्षण दिएको जनाएका छन् ।
 दैनिक नेपाल

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : संविधान निर्माण प्रक्रियामा असन्तुष्ट भएर आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चाका नेताहरुलाई भारतीय दूतावासमै बोलाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस जयशंकरसँग भेटवार्ताका लागि मोर्चाका नेताहरुलाई शुक्रबार दिउँसो लाजिम्पाटस्थित ईन्डिया हाउसमा बोलाइएको हो ।

विशेष दूत जयशंकरलाई भेट्न मधेसी मोर्चाका संयोजक उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका नेता लक्षमणलाल कर्ण र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव दूतावास पुगेका थिए ।

विशेष दूत जयशंकरसँगको भेटमा मोर्चाका नेताहरुले नेपालको जारी संविधान निर्माण प्रक्रियामा भारतको भूमिका कम्जोर भएको गुनासो गरेका थिए ।

संविधान निर्माणका क्रममा ठूला दलले पेलेर अघि बढ्दा पनि भारतले समयमा पहलकदमी लिन नसकेको कुरा मधेसी दलहरु राखेका थिए ।

भारतले समयमा हस्तक्षेप गर्न नसक्दा मधेसी, दलित, आदिवासी जनजाति र थारुहरुको मागको सुनुवाइ नगरी तीन ठूला दलले एकपक्षीय संविधान ल्याएको उनीहरुको भनाइ थियो ।

‘भेटवार्तामा सामान्य कुराकानी भयो, हामीले हाम्रो आन्दोलन र देशमा विकसित घटनाक्रमबारे जानकारी गरायौं’, मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्नपूर्णसँग भने, ‘राज्यले हाम्रा आवाज नसुनेकाले हामी अहिले पनि आन्दोलमा छौं, यसबारे जयशंकरले विशेष चासो व्यक्त गर्नुभयो ।’

भारतीय विदेश सचिव जयशंकरले सबै समुदायको आवाज समेटेरमात्रै संविधान ल्याउँला दिगो हुने भएकाले त्यसतर्फ अग्रसर हुन मधेसी दललाई सुझाव दिएका थिए । आन्दोलनरत दल र समूहका आवाज संविधानमा समेटिन नसकेकोमा उनको विशेष चासो थियो ।

‘राज्यले हाम्रो आन्दोलन र हाम्रा आवाज संविधानमा सम्बोधन गरेन’, यादवले भने, ‘आन्दोलन जारी रहने कुरा हामीले अवगत गरायौं । हाम्रा कुरा सम्बोधन नभएसम्म हामी रोकिन्नौं ।’ annapurnapost.com
संविधान निर्माण प्रक्रियामा सहभागी हुने सम्भावना अन्त्य


२०७२ असोज १ गते १५:१३ मा प्रकाशित



राजकुमार श्रेष्ठ

१ असोज, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउने प्रयास असफल भएको छ ।

बिहीबार राति १ बजेसम्म भएको वार्तामा सहमतिको मस्यौदा तयार भएको थियो । सहमतिको प्रस्तावलाई पार्टीमा छलफल गर्ने भन्दै गच्छदारले हस्ताक्षर गरेका थिएनन् ।

शुक्रबार गच्छदार सम्झौताका लागि तयार भएर पार्टी महासचिव जितेन्द्र देवसहित बालुवाटार पुगेका थिए । तर, सीमांकनबारे सहमतिमा उल्लेख गर्ने भाषामा विवाद भएपछि सम्झौता हुन सकेन ।

स्रोतका अनुसार प्रदेशको विषयलाई लिएर देशका विभिन्न भागमा भइरहेका आन्दोलनलाई राजनीतिक समस्याको रुपमा लिई समाधान गर्ने र संविधानमा व्यवस्था गर्ने भन्ने उल्लेख थियो ।

गच्छदारले विभिन्न भागमा भन्ने शब्दको अगाडि तराईर् मधेस लगायत भन्ने शब्द राख्न प्रस्ताव गरे । तर, कांग्रेस र एमालेका केही नेताहरुले त्यसलाई नमानेपछि सहमति हुन सकेन ।

एक नेताले अनलाइनखबरसँग भने-‘विजयजी र जितेन्द्र देवजी सहमति गर्ने गरी आउनु भएको थियो । तर, केही नेताहरुको हठका कारण हुन सकेन । यो राम्रो होइन ।’

बालुवाटार स्रोतका अनुसार सहमतिका लागि हदैसम्म लचिलो हुँदा पनि नभएको भन्दै बैठकमा गच्छदार र देव निकै भावुक भएका थिए ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
श्रीमानले उपहार नदिएकोमा नायिकाको चित्त दुख्यो

२०७२ भदौ ३०

चिरञ्जीवी पौडेल
 नायिका करिश्मा मानन्धरलाई मनपर्ने पर्व हो तीज । त्यसो त उनलाई जूनसुकै पर्वहरु मन पर्छन् । भन्छिन्, ‘मलाई रमाइलो गर्न मन लाग्छ, त्यसैले जुनसुकै चाडपर्वमा रमाउँछु ।’

जब सानी थिइन् करिश्मा, तीजको दिन राति दुई बजे उठेर पशुपतिनाथको मन्दिरमा लाइन लाग्न पुग्थिन् । आधा दिन व्रत पनि बस्थिन् ।


किन आधा दिन मात्रै ? बाँकी आधा कसले बसिदिन्थ्यो ?

‘ब्रत बस्न रहर लागेर बिहान केहि नखाइ बस्थेँ । तर दिउसो भएपछि भोकले पेट बटार्न थाल्थ्यो । अति तीज न सिज, बर्त न सर्त भनेर कापकुप खाइदिन्थेँ,’ उनी सुनाउँछिन् ।

तीजमा मिसावट आयो

करिश्माको नजरमा अहिलेको भन्दा पहिलेका तीजहरु रमाइला थिए । ‘पहिले तीजको महत्व बेग्लै हुन्थ्यो । बिहे गरेर टाढा टाढा पुगेका दिदीबहिनीहरु माइती आउने, सुखदुख साट्ने अवसर यही थियो । त्यतिबेलाको तीजमा प्यूरिटी -शुद्धता) हुन्थ्यो । अहिले त चाडवाडमा पनि मिसावट छ ।’

हो नि त । आजकालको तीजमा खानादेखि गानासम्ममा मिसावटै मिसावट छ । दरका नाममा महिलाहरुले दारु खान थाले । साँच्ची करिश्माको दरमा दारु हुन्छ कि नाई ?

‘नाई,’ उनले जवाफ दिइन्, ‘आजकाल प्राय दिउसै दर खाइन्छ । दर खाइसकेर ड्राइभ गर्नुपर्छ । फेरि म ड्रिङ्स भनेपछि हुरुक्क हुने पनि होइन ।’

करिश्मालाई दरमा के खान मन पर्छ ?

‘भोक लाग्दा त जे पनि मन पर्छ,’ उनले जवाफ दिइन्, ‘तर मेरो बेस्ट आइटम चैं माछा हो ।’

श्रीमानको गोडा ढोग्दिँन

तीजमा एक थोपा पानी नखाइकन श्रीमानका लागि ब्रत बस्ने ‘पतिव्रता’ नारीहरु अझै पनि छन् । तर, करिश्मा ती नारीमा पर्दिनन् । ‘म पनि तीजमा व्रत बस्छु । तर भोको पेट लिएर होइन, टन्न खाएर बस्छु ।’

‘टन्न खाएर’ व्रत बस्ने करिश्माले तीजको दिन श्रीमानको खुट्टा ढोग्दिहुन् कि नाई ?

‘अहँ ढोग्दिनँ,’ उनले एक महिलावादीको भाकामा भनिन्, ‘श्रीमान र श्रीमतीको सम्वन्ध भनेको समानताका आधारमा हुनुपर्छ । यदि श्रीमतीले ढोग्ने हो भने श्रीमानले पनि ढोग्नुपर्छ ।’

(कल्पना गरौं, करिश्माको गोडामा विनोदले ढोगेको दृश्य कस्तो देखिँदो हो ? पत्नीको गोडाको पानी खाइरहेका माधव नेपाल कस्ता देखिँदा हुन् ?)

करिश्मा थप व्याख्या गर्न थालिन्, ‘श्रीमान र श्रीमतीको सम्वन्ध भनेको सीमारहित हुन्छ । माया-प्रेम छ भने जहाँ-जहाँ ढोग्दा पनि भयो, नत्र ढोगेर मात्रै सम्वन्ध गाढा हुने होइन ।’

त्यसो त उनले आजसम्म श्रीमानको खुट्टै नढोगेकी भने होइनन् । दशैंमा टीका लगाउँदा अन्य मान्यजनलाई जस्तै श्रीमानको पाउमा पनि शीर राख्ने गरेको उनले बताइन् । ‘तर तीजमा चाहिँ आजसम्म ढोगेकी छैन,’ उनले भनिन् ।

‘तीजमा राम्रा पक्ष र नराम्रा पक्ष के हुन् ?’ एउटा परम्परागत प्रश्न करिश्मालाई । जवाफका लागि सायद पहिल्यै तयार थिइन् ।

‘राम्रो पक्ष भनेको आफ्नो परिवार र साथीभाइसित जमघट हो । म त खानाको भन्दा पनि भेटघाटको बढी मज्जा लुट्छु । नराम्रो पक्ष चाहिँ….’ उनी अड्किइन् । एकछिनपछि भनिन्, ‘त्यस्तो केही छैन ।’

नाच्न जाँगर चल्दैन

तीजगीतको सन्दर्भ निस्कियो । ‘आजकालका तीजगीतहरु अर्कै-अर्कै खाले छन्,’ करिश्माले भनिन् । अर्कै-अर्कै भन्या के ?

‘पहिलेभन्दा डिफरेन्ट क्या,’ उनी उही शब्दलाई अंग्रजीमा भनिन्, ‘पहिलेका तीज गीतमा सासु-बुहारीका कुरा हुन्थे । छोरीचेलीका गन्थन हुन्थे । अचेल समय पनि फेरिएको भएर होला, तीजगीत पनि त्यस्तै छन् ।’

करिश्मालाई मनपर्ने तीजगीत हो उही पुरानो ‘तीजको रहर आयो बरिलै… ।’ फिल्म कन्यादानको यो गीत उनी जति सुने पनि अघाउँदिनन् रे । यो गीतको रिमिक्समा करिश्मा नाचेकी पनि छिन् ।

‘यसमा छुट्टै मेलोडी छ क्या । मलाई त तीज भन्नासाथै यही गीत याद आउँछ ।’

‘भनेपछि करिश्मालाई अहिलेका तीजगीत कुनै पनि मन पर्दैन ?’ ऋषि धमला स्टाइलमा सोधियो ।

‘मैले अहिलेका मन पर्दैन भनेँ र ?’

कुन छ त मन पर्ने ?

‘ठ्याक्कै याद भएन । तर धेरै छन्,’ उनले टुंग्याइन् ।

गानापछि नाचको कुरा । तपाइर्ं सोच्नुहुँदो हो, तीजमा करिश्मा कसरी उफ्री उफ्री नाच्दिहुन् । तर करिश्मालाई तीजमा नाच्न अल्छी लाग्छ पर्दैन । तर, ननाचिकन सुख देलान् त अरुले ?

‘त्यहि भएर त म आजकाल तीजका धेरै कार्यक्रम अभोइड गर्छु नी, यसपाली अहिलेसम्म दुईपटक मात्रै दर खाएकी छु । त्यो पनि नाचगानवाला दर होइन । सामान्य गेट टुगेदर मात्रै ।’ उनी एउटा आफन्तहरुको र अर्को साथीभाइको जमघटमा सहभागी भएकी हुन् ।

नाच्न किन नाँच्न जाँगर मरेको हो ? कि बुढेसकाल लाग्यो ? (यो प्रश्न सोधिएन)

त्यसो त उनी केहि दिनयता डान्सको रिहर्सल गरिरहेकी छिन् । तर यो तीजको लागि होइन । भूकम्पपिडितको सहयोगार्थ अक्टोबरमा हङकङमा आयोजना हुने कार्यक्रमको तयारी गरिरहेको उनले बताइन् ।

माइती र घर आमने-सामने

यसपालिको तीजमा करिश्मालाई खासै उल्लास छैन । परिवारमा शोक परेकाले घरमा दर खुवाउने कार्यक्रम भएन । ‘मेरो सिस्टर इन लको हसबेन्ड एक्सपायर हुनुभएकाले यसपालि घरमा दर भएन,’ उनले सुनाइन् ।

उनको माइती र घर छेउछाउमै छन् । त्यसैले चाडवाडमा मेरीबास्सैकी सुन्तलीकै जस्तो अवस्था हुन्छ उनको । ‘हिजो आमाले दर खान आउदिनस् भनेर सोध्दै हुनुहुन्थ्यो । तर, यत्तिकै भयो ।’

श्रीमानले दिएनन् उपहार

करिश्मालाई रातो साडी लगाएर झमझम् गर्दै हिँड्न मन पर्छ । गरगहनामा चाहिँ धेरै ‘इन्ट्रेस्ट’ छैन । ‘विभिन्न कलरको छड्कै तिलहरी र चुरा टीका लगाउँछु । झ्याप्पै गहनाले पुरिएर हिँड्न चाहिँ मन पर्दैन,’ उनले भनिन् ।

तीजलाई भनेर खासै सपिङ गर्ने चलन पनि खासै छैन करिश्माको । ‘म त तीजमा आफ्नो लागि खासै सपिङ गर्दिन,’ उनले भनिन्, ‘लुगाफाटो सधैं किनिएकै हुन्छ । तीजमा लगाउन खाँचो हुँदैन ।’
 विनोद दाईले किनिदिन्छन् होला नी त ?

‘अहँ’ करिश्माले चित्त दुखाइ गर्दै भनिन्, ‘आजसम्म यो त झन् रेकर्ड नै छैन । तीजमा मात्रै होइन, कहिल्यै पनि गिफ्ट दिनुहुन्न । उहाँलाई गिफ्ट दिँदा श्रीमती कति खुशी हुन्छन् भन्ने फिलिङ्स नै छैन । नपत्याए उहाँलाई नै सोध्नुस त एकचोटि ।’

यति राम्री श्रीमतीलाई कहिल्यै उपहार नदिनु भनेको त माल पाएर चाल नपाएको जस्तो भएन र ? भनेर सोधेको भए विनोदले के जवाफ दिँदा हुन् कुन्नि ?
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिरामीको मृत्यु कहिले हुन्छ ?अब कम्प्युटरले बताइदिनेछ

२०७२ असोज १ गते ८:११ मा प्रकाशित

अब कम्प्युटरले नै मानिसको मृत्यु हुने दिनको भविष्यवाणी गरिदिने भएको छ । अमेरिकामा एउटा यस्तो सुपर कम्प्युटरको विकाश गरिएको छ जसले कुनैपनि मानिसको मृत्युको सम्भावनाका विषयमा भविष्यवाणी गर्न सक्छ । मिडिया रिपोर्टका अनुसार उक्त सुपर कम्प्युटरले गर्ने भविष्यवाणी शतप्रतिशत सही हुने गरेको छ ।

बेलायती संचार माध्यम दी मिररका अनुसार अमेरिकाको बोस्टनस्थित बेथ इसरायल डिकोन्सेन्स मेडिकल सेन्टरमा यो सुपर कम्प्युटर स्थापना गरिएको छ । यो कम्प्युटरमा झण्डै ३० वर्ष लगाएर अढाइ लाख भन्दा बढि मानिसका विभिन्न जानकारीहरु संग्रहित गरिएको छ ।


हस्पिटलका प्रमुख डाक्टर स्टिभ हर्ग भन्छन् : यदि तपाइँ यहाँ आउनुभयो भने हामी तपाइँको विषयका सबै जानकारीहरु हाँसिल गर्छौँ । ती जानकारीहरुको तुलना हामी समान लक्षणवाला अन्य रोगीहरुसँग गर्न सक्छौँ र भविष्यमा तपाइँको उपचार कस्तो हुनेछ यसको विषयमा पनि जानकारी दिनसकिन्छ । यो असाधारण खोजमा पहिलो पटक बिग डाटा सिद्धान्तको प्रयोग गरिएको छ ।

उनका अनुसार यो सुपर कम्प्युटरले हरेक तिन मिनेटमा विरामीका विभिन्न खाले तथ्य तथा जानकारीहरु संकलन गर्दछ, जसमा रगतमा रहेको अक्सिजनको मात्रा देखि रक्तचाप सम्म सामेल हुन्छन् । अस्पताल प्रमुख हर्गका अनुसार यसका कारण डाक्टरहरुमा विरामीहरुको उपचार तथा रेखदेख गर्ने क्षमतामा वृद्धि हुन्छ ।

विरामीको बारेमा संकलन गरिएका तमाम विस्तृत डाटाहरुकै विश्लेषणका आधारमा सुपर कम्प्युटरले उक्त विरामीको मरणको अधिक सम्भावना कहिले हुन्छ भन्ने कुराको घोषणा गरिदिन सक्छ । उनका अनुसार यदि कम्प्युटरले कुनै विरामीको मृत्यु हुने घोषणा गरिदियो भने उक्त विरामीको एक महिनाभित्रमै मृत्यु हुने गरेको अस्पतालका प्रमुख डाक्टर हर्ग बताउँछन् ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुवास गोतामे |
२०७२ आस्विन १ शुक्रबार



फोटो :आगो लागेको जहाजको चक्का मर्मत गर्दै प्राविधिकहरु ।


काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबार बिहान अवतरण गर्ने क्रममा थाई एयरको जहाजको चक्कामा आगो लागेको छ ।

 बैंककबाट आएको थार्इ एयरको विमान त्रिभुवन विमानस्थलम अवतरण गर्ने क्रममा पछाडिको दायाँ चक्कामा आगो लागेर धुवाँ निस्केको हो ।

 एक सय भन्दाबढी यात्रु बोकेर काठमाडौं आएको विमान अवतरण गर्ने क्रममा एक्कासी चक्कामा आगो लागेको थियो ।

 चक्कामा आगो लागेको थाहा पाएपछि विमानस्थल प्रशासनले तत्कालै सबै यात्रुलाई ओरालेको थियो ।

 विमानस्थलका प्राविधिकले जाँच गरेर चक्कामा लागेको आगो निभाएका थिए ।

 विमानस्थल स्रोतका अनुसार जहाजको चक्कामा आगो लागेपछि केहीबेर विमानस्थलमा खैलाबैला मच्चिएको थियो ।

 चक्कमा लागेको आगो प्राविधिकहरुले नियन्त्रणमा लिइसकेको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।

 विमानका सबै यात्रु सकुशल रहेका विमानस्थल सुरक्षास्रोतले जनाएको छ ।
annapurnapost

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home