• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लागु हुने गरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणले तपाईंको घरमा कति बेला बत्ति जान्छ भनेर सूचना निकालेको छ । दैनिक १३ देखि १५ घण्टासम्म लोडसेडिङ हुने उसको सूचनामा छ । अर्थात् बत्ति आउने भन्दा जाने समय धेरै छ । प्राधिकरणको तालिका हेरेर आम मानिसलाई आफ्नो घरमा बत्ति कतिबेला आउँछ भनेर ठम्याउनै मुस्किल पर्छ । वहाँहरुको सहजताका लागि रातोपाटीले बिजुली आउने समय तालिका तयार पारेको छ । हेर्नुहोस् तपाईंको घरमा बत्ति आउने तालिका । (तस्विरलाई ठूलो बनाउन तस्विरमै क्लिक गर्नुहोला) ratopati
काठमाडौं : मधेसलाई सम्बोधन गर्नका लागि संसद्मा पेस गरिएको संविधान संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिदैछ। मोर्चासँग निर्णायक वार्ता नभए पनि विधेयकको प्रकिया नरोकिने भएको छ।

;संसद्को सोमबारको बैठकमा सैद्धान्तिक छलफलमा उठेका प्रश्‍नहरुको जवाफ दिएपछि विधेयकलाई संशोधनको प्रकियामा लगिनेछ। विधेयकमा संशोधनका लागि ७२ घन्टाको समय दिनुपर्ने प्रावधान छ। संसद्को बैठक सोमबार एक बजे बोलाइएको छ। बैठकको तयारी र संशोधन प्रकियाबारे सभामुखले मुख्य दलका प्रतिनिधिहरुसँग परामर्श गरेकी छिन्।

संशोधनका लागि उपलब्ध हुने ७२ घन्टाभित्र मधेसी मोर्चासँग छलफल गरेर सहमति जुटाउने कसरतमा दलहरु लागेका छन्। आइतबार बेलुका मोर्चासँग भएको त्रिपक्षीय वार्तामा ठोस् सहमति केही नभएपछि अहिले मोर्चासँग अनौपचारिक तहमा छलफल भइरहेको छ। प्रमुख तीन दल कार्यदल बनाएर सहमतिका लागि आन्तरिक छलफलमा जुटेका छन्।

मधेसी मोर्चाले घेराउ तथा नाराबाजी गरेर अवरोध गर्दै आए पनि सरकारले विधेयकमाथिको छलफल रोकेको छैन।संविधान संशोधनमा मधेसी मोर्चा सकारात्मक भए पनि  सरकारले वार्ता नगरीकन एकपक्षीय रुपमा विधेयक अघि बढाएको भन्दै औपचारिक रुपमा विरोध गरिरहेको छ।

मधेस आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन कांग्रेस सरकारले दर्ता गराएको संविधान संशोधन गर्ने विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले गत पुस ५ गते तीन बुँदे निर्णय गरेको थियो।

सरकारले पारित गरेको तीनबुँदेमा राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र कायम रहने गरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसदमा पेश भएको विधेयक पारित गर्न प्रक्रिया अघि बढाइने उल्लेख छ।

त्यसैगरी प्रदेश सीमांकन सम्बन्धमा आन्दोलनरत दलहरुले उठाएको मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुसार संविधानमा उपयुक्त व्यवस्था गरिने र यस्तो राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिने र उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवदेन दिने र नागरिकता लगायतका अन्य मागहरुलाई समेत वार्ता र सहमतिका आधारमा उचित समाधान खोज्न सकिने तीनबुँदेमा उल्लेख छ।
annapurnapost
प्रचण्डले २७ अर्ब भ्रष्टाचार गरेको आरोप
सिन्धुली : एमाओवादीबाट छुट्टिएका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियानले आगामी बैशाख १ गते नयाँ पार्टीको घोषणा गर्ने भएको छ ।


सोमबार बिहान सिन्धुलीमाढीमा उक्त अभियानका अभियान्ता तथा डाक्टर भट्टराई निकट नेता गंगानारायण श्रेष्ठले नयाँ वर्षको अवसर पारेर नयाँ शक्तिको नयाँ पार्टी घोषणा गर्ने बताएका हुन् ।

‘अबको केही दिनमै केन्द्रमा सचिवालयको गठन गरिनेछ’, स्थानीय कार्यकर्तासँगको भेटघाटका क्रममा श्रेष्ठले भने, ‘आगामी बैशाख १ गते नयाँ नेतृत्व सहितको नयाँ पार्टी घोषाणा गरिने छ ।’

पचहत्तरै जिल्लाको स्थानीय तहदेखि केन्द्रीय संरचनासहितको पार्टीको घोषणा हुने उनको भनाइ छ । श्रेष्ठले नयाँ शक्ति पार्टीको नाम भने के हुने भन्ने विषयमा खुलाएका छैनन् ।

कम्युनिष्ट या कांग्रेस भन्ने शब्द नयाँ शक्तिको पार्टीमा नरहने प्रष्ट पार्दै परिर्वतन र समृद्धिका लागि सबै क्षेत्र, वर्ग र समुदायको प्रतिनिधित्व हुने गरी जनताबाटै आएको सुझावका आधारमा पार्टीको नाम समावेश गर्ने श्रेष्ठले जनाए ।

नयाँ शक्ति पार्टीमा पूर्व माओवादीहरु, माओवादी समर्थक, सामाजिक क्षेत्रका विशिष्ठ व्यक्ती, कर्मचारी, बुद्धिजीवि लगायतको सहभागिता रहने पनि श्रेष्ठले उल्लेख गरे ।

नयाँ पार्टीमा झण्डै दुई करोड नेपालीको आवद्धता रहने पनि श्रेष्ठको दाबी छ । उनले भने, ‘समृद्ध समाज, आर्थिक र सामाजिक विकास लागि निर्माण हुने नयाँ पार्टीमा झण्डै दुई करोड नेपालीको समर्थन र संलग्नता हुने छ ।’

श्रेष्ठले पार्टीको नेतृत्वमा एक व्यक्ति एक पदको अवधारणा अनुसार चयन हुने बताए । ‘नयाँ शक्तिको बलमा निर्माण हुने पार्टीको नेतृत्व प्रतक्ष निर्वाचित र प्रजातन्त्रीक पद्धतीको हुने छ,’ श्रेष्ठले भने, ‘एक व्यक्ति एक पदमा मात्र बस्न पाउने छ । उसको कार्यअवधिमा बढीमा दुई कार्यकाल रहने छ ।’

पार्टीको अध्यक्ष सबै जिल्लाबाट नयाँ शक्तिमा आबद्ध हुनेहरुबाट निर्वाचन गरेर चयन गरीने भन्दै उनले भ्रष्ट, नैतिक पतन भएका र राष्ट्रघातीहरुले भने पार्टीमा प्रवेश गर्ने कुनै अवसर नपाउने बताए ।

श्रेष्ठले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका संस्थागत उपलब्धीलाई जोगाउँदै अव आर्थीक क्रान्तीका लागि नयाँ पार्टीको आवश्यकता भएको पनि प्रष्ट पारे ।

नयाँ पार्टीले राजनीतिक परिवर्तनका लागि भन्दा पनि समृद्ध समाज निर्माणका लागि आर्थीक विकास सहितको राजनीति गर्ने जनाइएको छ ।

नयाँ पार्टीको निर्माणसंगै रोजगारका लागि दिनदिनै विदेशीने सबै युवालाई उत्पादनमुलक क्षेत्रमा लगाइने योजना बनाएको उनले जनाए । पार्टीमा अबद्धहरुले केन्द्रीय तहदेखी स्थानीय तहसम्म उत्पादनमुलक कार्य गर्ने र वेरोजगारहरुलाई रोजगारदिँदै सम्मृद्धीतर्फ अग्रसर पार्ने बताइएको छ ।

पार्टीको नीतिका आधारमा उत्पादन सिल क्षेत्रलाई विकसित गर्दै आगामी २५ वर्षभित्रमा देशलाईनै विकसीत गर्दै लैजाने श्रेष्ठले जनाए ।

‘यसका लागि आगामी पाँच वर्षभित्रमा योजना बनाउने १५ वर्षसम्म कार्यान्वयन गर्ने र बाँकी दश वर्ष अर्थात २५ वर्षभित्रमा नेपाललाई मध्यम विकसीत राष्ट्रको रुपमा रुपान्तरण गरिने छ,’ उनले भने ।

एमाओवादी छाड्नु परेको एक प्रसंगलाई कोट्याउँदै श्रेष्ठले प्रचण्डको नेतृत्व मोह र पार्टी नेतृत्वमा भ्रष्टाचार मौलाउँदै गएपछि आफुहरु गनाएको सिनोलाई पन्छाउन नसक्दा आफै पन्छनु परेको तर्क गरे ।

उनले भने, ‘हामीले एमाओवादीलाई सुधार्न धेरै पटक अर्जाप्नने कोसीस गर्यौं‍, तर, सम्भावना भएन विकल्पमा हामीहरु अर्कै नयाँ खुकुरी बनाएर दंगदंग गनाएको सिनोलाई फ्याक्न लागि परेका हौं ।’

उनले एनसेल बाट लिएको २० अर्व र पुर्व लडाकुको सात अर्व रुपैयाँमा अध्यक्ष पैचण्डले पारदर्शिता गर्न नसक्नुनै पार्टी भित्र द्धन्द्धको मुख्य कारण भएको खुलसा गरे ।

कसले उक्त रकम लिएको भन्ने विषयमा भने नाम नखुलाई श्रेष्ठले २७ अर्व रुपैयाँको दुरुपयोगका विषयमा छानविन गर्न पार्टी भित्र आयोग गठन गरेको भएपनि अध्यक्ष प्रचण्डले त्यसको कुनैपनि जानकारी दिन नमानेपछि आफुहरुको सैद्धान्तिक अुहमति बढेको बताए ।

उनले पार्टीको नेतृत्व सत्तामा पुगेपछि भ्रष्ट बन्दै गएपछि  अपराधको साक्षी नबन्ने निर्णय गर्दै डाक्टर भट्टराइको नेतृत्वमा पार्टीबाट अलग भएको उनको भनाइ थियो ।

श्रेष्ठले नयाँ शक्तिको पार्टीको नेतृत्वपंक्तिको हरेक वर्ष सम्पत्ति सार्वजनीक गर्ने र जनताबाट पारदर्शिता हुने कुरालाई विधि बनाउने भन्दै प्रचण्डजस्तो भ्रष्ट नेता नबनाउने भन्दै प्रचण्डमाथि अरोप लगाए ।
annapurnapost
काठमाडौँ, २० पुस । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना हुनुभएको छ ।
उहाँलाई मधुमेह, उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव ओसिम आलमले जानकारी दिनुभयो ।
अस्पतालका प्रमुख डा बिमल थापाको समूहले अहिले उहाँको उपचार गरिरहेको छ । नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।
मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उहाँको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिनुभयो ।
dainiknepal
काठमाडौं, २० पुस । अहिले भारत प्राकृतिक प्रकोप र मानवीय आतंकवादी आक्रमणको सिकार बनेको छ ।
दुबै प्रकोपले एक साथ भारतलाई आफ्नो सिकार बनाएका छन् । सन्दर्भः आज विहान गएको शक्तिशाली भूकम्प र शनिबारदेखि जारी आतंकवादी हमला र भीडन्तको हो ।
भारतको शनिबार पञ्जाबस्थित पठानकोठ एक एयरफोर्स शिविरमा आतंकवादी हमला भएको थियो जून अहिले पनि जारी छ । दुबैतर्फबाट दोहोरो भीडन्त जारी छ । घटनामा ७ जनाको मृत्यु भइसकेको छ । जसमा चार जना भारतीय सेनाका अधिकारी परेका छन् । उनीहरुमध्ये एक जना सिनियर अधिकारी रहेका छन् ।
यो हमलाले भारतभरी त्रासको अवस्था सिर्जना भएको छ । यसका साथै बेला बेला आतंकवादी संगठन इश्लामिक स्टेटले पनि बम हमला गर्ने धम्की दिँदै आएको छ । जसका कारण पनि भारतका जनता थप त्रसित भएका छन् ।
यसैगरी सोमबार विहानै भारतमा ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । जसमा परेर १० जना भन्दा बढीको मृत्यु भइसकेको छ । सयौं घाइते छन् । सयौं भौतिक संरचना ध्वस्त भएका छन् । यी दुबै प्रकोपको सिकार भएको भारतमाथि नेपाली जनताले विभिन्न खाले टिप्पणीहरु गरेका छन् ।
धेरैले भारतलाई पशुपतिनाथको सराप लागेको भनेका छन् । नेपालमा नाकाबन्दी लगाउँदा पाप धुरीबाट कराएको पनि टिप्पणी गरिन् थालिएको छ ।
पत्रकार विश्वमणी सुवेदी लेख्छन्- मोदीलाई पशुपतिको सराप लागेको छ, भूकम्पको दुःख चाहिँ त्यो पापीलाई होइन, निर्दोष भारतीय जनताले भोग्नु परेको छ । यस्तो बेला भूकम्प प्रभावित भारतीय जनताको साथमा तमाम नेपाली जनता छौं, रहनुपर्छ, रहिरहने छौं ।
त्यस्तै अर्का एक पाठक भीम ओली लेख्छन्– नेपालमाथि लगाएको नाकाबन्दी, नेपाली जनताले पाएको दुःख सराप भारत र मोदीलाई लागेको छ । भगवानले अपराधीलाई सजायँ दिएका छन् ।
सुमिना घिमिरे लेख्छिन्– पाप धुरीबाट कराउँछ भन्ने सुनेको थिए । आज महसुस हुँदैछ । भारतले अझै सजायँ पाउँनुपर्छ ।
धेरैले भारतमाथि आक्रोश पोखेर टिप्पणी गरेका छन् ।
भारतले ४ महिनादेखि नेपालमा अघोषित नाकाबन्दी गर्दा भूकम्पपीडितले राहत पाएका छैनन् । जनताले तेल र ग्यास पाएका छैनन् । कष्टकर जीवन विताउन बाध्य छन् । यी कारणले भारतलाई पशुपतिनाथको श्राप लागेकै हो त ? यो कुराको जवाफ पाउन गाह्रो छ । तर, धेरैले यसलाई नै विश्वास गरेका छन् ।
dainiknepal
मुम्बई । गत वर्षजस्तै यो वर्ष पनि भारतमा गुगलमा खोजिने व्यक्तिको सूचीमा एक नम्बरमा परिन्, अभिनेत्री सन्नी लियोन । अहिले उनको भारतमा ठूलो ‘चार्म’ छ ।
भारतीय मूलकी क्यानेडियन अभिनेत्री हुन् उनी । भारतीयहरूले गत वर्ष पनि, यो वर्ष पनि गुगलमा उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई भन्दा बढी खोजेका थिए । त्यति मात्र होइन, शाहरुख खान, सलमान खानजस्ता बलिउडका हस्तीलाई पनि उनले पछाडि पारेकी थिइन् ।
गुगलमा जति खोजिए पनि सन्नीको प्रशंसाभन्दा आलोचना बढी सुनिन्छ । तर, अहिलेको कामका लागि होइन, विगतमा उनले अपनाएको पेसाका कारण । तर, उनी सानी छँदा पोर्न स्टार बन्छु भन्ने कल्पनासमेत गर्दिनथिइन् । ‘सानी छँदा मेरो चाहना अर्कै थियो । म नर्स अथवा डाक्टर बन्न चाहन्थेँ । पोर्न स्टार बन्छु भनेर चिताएकी पनि थिइनँ,’ सन्नी भन्छिन्, ‘डाक्टर र नर्सले बिरामीको सेवा गरेको देख्दा मलाई पनि त्यसै गर्न मन लाग्थ्यो ।’
किशोरवयमै उनले क्यालिफोर्नियामा रहेको एउटा अस्पतालमा ‘भोलेन्टियर’ भएर काम गरिन् । ‘त्यहाँ काम गर्दा भित्रैदेखि आनन्द आएको थियो,’ उनी सम्झिन्छिन् । सन् २००२ मा उनको जीवनको मोड पूरै बदलियो । एक दिन एकजना साथीले सन्नीलाई भनिन्, ‘तिम्रो लुक यति राम्रो छ, ज्यान पनि खाइलाग्दो छ । तिमी मोडलिङ किन गर्दिनौ ?’ साथीको प्रस्तावबारे सन्नीले एकान्तमा सोचिन् ।
कुरो ठिकै होजस्तो लाग्यो । मोडलिङ गरेर नाम र दाम कमाउने लालसाले उनको मनमा डेरा जमायो । ती साथीले सन्नीलाई ‘ल्याड्स’ म्यागजिनका फेसन फोटोग्राफरसँग भेट गराइन् । ती फोटोग्राफरले सन्नीका अनेक पोजलाई तस्बिरमा उतारे । सन्नी मोडलिङमा डुब्दै गइन् । मोडलिङ हुँदै उनी पोर्नस्टारको दुनियाँमा प्रवेश गरिन् । (नयाँ पत्रिकाबाट)
dainiknepal
काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खबर दिए- चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन ।
भारतले नाकाबन्दी नै गरेको छैन, तैपनि किन झुठो प्रचार ? भारतले होइन, चीनले चाहिँ नाकाबन्दी गरिरहेको सप्रमाण भारतले होइन चीनले चाहिँ नेपाललाई नाकाबन्दी गरिरहेको सप्रमाण भारतले दावी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो ।
भारतले स्पष्ट सन्देश दियो- अरु नाका खुकुलो पार्छौं तर रक्सौल नाकाचाहिँ खोल्दै खोल्दैनौं । नेपालको मुख्य नाका नै रक्सौल हो । रक्सौलबाट नेपालको सत्तरी प्रतिशत आयात-निर्यात हुन्छ । रक्सौल नखुल्नु भनेको नाकाबन्दी यथावत रहे सरह हो । रक्सौल नखोलेर अन्य नाका खोल्ने हो भने के अर्थ भयो ?
नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया चलिरहेको , मन्त्रिपरिषद्ले तीन बुँदे निर्णय गरेको, सो निर्णयको भारतले औपचारिक रुपमै स्वागत गरेको, नाका केही खुल्ला भएको अवस्थामा भारतीय संस्थापनले यस्तो अनौठो सन्देश पठाएपछि प्रधानमन्त्री ओली आत्तिए ।
भारतले मन्त्रिपरिषद्को तीन बुँदे स्वागत गरेपछि पनि रक्सौल नाका नखोल्नेपछि प्रधानमन्त्री ओलीले भारतले धोका दिएको अभिव्यक्ति दलीय बैठकमा दिए । साँघु साप्ताहिकमा खबर छ ।
dainiknepal
काबुल, पुस २० । अफगानिस्तानको मजार ए शरीफस्थित भारतीय वाणिज्यदूतको कार्यालयमा आतंकवादी हमला भएको छ ।
वाणिज्य दुतावासमा रहेका एक कर्मचारीले एएफपी समाचार एजेन्सीसँग भने, ‘हामीमाथि हमला भएको छ, लडाई चलिरहेको छ ।’
वाणिज्य दुतावास नजिकैको एक घरमा लुकेर हमलाकारीले आक्रमण गरेको जनाइएको छ । हमलामा अत्याधुनिक हतियारका अतिरिक्त विस्फोटक पदार्थसमेत प्रयोग गरिएको बताइन्छ ।
स्थानीय गभर्नरका प्रवक्ताले जनाएअनुसार हमलाकारी भारतीय वाणिज्य दुतावासमा प्रवेश गर्ने कोसिस गरेका थिए । आइतबार राति अबेर भएको सो हमलामा भएको मानवीय क्षतिको विवरण भने आएको छैन ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपका अनुसार दुतावासमा रहेका सबै कर्मचारी सकुशल छन् ।
सो हमलाको जिम्मेवारी कसैले पनि लिएको छैन । (एजेन्सी)
imagekhabar
२० पुस, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार र उपाध्यक्ष विद्या भण्डारी शीतल निवास प्रवेश गरेपछि ओली समूहमा सन्तुष्टी होइन असन्तुष्टी बढ्न थालेको छ ।

ओली समूहका लागि ज्यानको बाजी थाप्दै आएका राजनीतिक सांगठनिक रुपमा सक्रिय, जनाधार भएका सिद्धान्तनिष्ठ, केही युवा नेता तथा कार्यकर्ताहरु अहिले बालुवाटार दरबार र शीतलनिवास दरबारबाट आउट भएको खबर प्राप्त भएको छ । उनीहरुको टिप्पणी छ, ओली र विद्याले हामीलाई लौरोको रुपमा प्रयोग गरे, खोलो तरेर पदमा पुगेपछिचाँहि बिर्सिए ।

एमालेभित्र ओली समूहका लागि दिलोज्यान दिएर लागेका युवाहरु युवराज बास्कोटा, देवराज घिमिरे, दिपक कार्की, शम्भु श्रेष्ठ (बरिष्ठ पत्रकार) घनेन्द्र बस्नेत, विनोद ढकाल, भानुभक्त ढकाल, गोकुल बास्कोटा, हिक्मत कार्की, दयालबहादुर शाही लगायतकाहरु अहिले उपेक्षाको शिकार भएका छन् ।

ओली समूहका लागि मर्न भने पनि तम्तयार यी व्यक्तित्वहरुलाई बालुवाटार शीतलनिवासबाट कुनै खोजखबर समेत नगरिएको गुनासो अन्तरकुन्तरबाट छरपष्ट हुँदैछ । साँघु साप्ताहिकमा खबर छ  ।nepaliheadlines
लहान, पुस २० । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीन जनाविरुद्ध सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
सिरहाको लहान नगरपालिकाबाट शनिबार पक्राउ परेका गठबन्धनका तीनजनामाथि इलाका प्रहरी कार्यालय, लहानले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाहीका लागि विशेष अदालत काठमाडौँ पठाएको जिप्रका, सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए ।
प्रहरीले सिरहाको धनगडीमाई नगरपालिका विष्णुपुरकट्टी निवासी ४० वर्षीय चन्देश्वर महतो, लहान नगरपालिका– ८ निवासी ३० वर्षीय विष्णुदेव चौधरी, २२ वर्षीय सन्तोष महतो, लहान नगरपालिका– २१ निवासी २० वर्षीय रमेश महतो र सोही नगरपालिका– १३ निवासी २६ वर्षीय सुदीपराज कुशवाहालाई पक्राउ गरेको थियो ।
पक्राउ परेकामध्ये चन्देश्वर महतो, विष्णुदेव चौधरी र सुदीपराज कुशवाहा राष्ट्रिय अखण्डतामाथि आँच आउने गतिविधिमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएकाले उनीहरुमाथि राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी उपरीक्षक ज्ञवालीले बताए ।
उनीसँगै पक्राउ परेका सन्तोष महतो, रमेश महतोलाई तत्काल निर्दोष देखिएकाले छाडिएको प्रहरीले जनाएको छ ।
imagekhabar

काठमाडौं, २० पुस-
आज बिहानैदेखि उल्काबर्षा भैरहेको छ । नेपाल खगोल समाजका अनुसार अँग्रेजी यो बर्षको पहिलो उल्का बर्षा आज भैरहेको हो । बिहान पौने ४ बजेदेखि पौने ८ बजेसम्म अत्यधिक बर्षा हुने र त्यसपछि केही कम हुँदै जाने नेपाल खगोल समाज (नासो) का अध्यक्ष सुरेश भट्टराईले बताए ।
यसपटकको उल्का वर्षाको स्रोत बुटिज अर्थात्, भूतप तारामण्डल भएको र प्रतिघण्टा ५० भन्दा बढी तारा खसेमा त्यसलाई उल्का वर्षा भनिने भट्टराईले बताए ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ ।

www.etajakhabar
काठमाडौं – प्रधानमन्त्री केपी ओलीलई केही च्यानलहरुले भारतीय संस्थापनको तर्फबाट अनौठो खबर दिए – चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन ।
भारतले नाकाबन्दी नै गरेको छैन, तैपनि किन झुठो प्रचार ? भारतले होइन, चीनले चाहिँ नाकाबन्दी गरिरहेको सप्रमाण भारतले होइन चीनले चाहिँ नेपाललाई नाकाबन्दी गरिरहेको सप्रमाण भारतले दावी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो । भारतले स्पष्ट सन्देश दियो – अरु नाका खुकुलो पार्छौं तर रक्सौल नाकाचाहिँ खोल्दै खोल्दैनौं । नेपालको मुख्य नाका नै रक्सौल हो । रक्सौलबाट नेपालको सत्तरी प्रतिशत आयात–निर्यात हुन्छ । रक्सौल नखुल्नु भनेको नाकाबन्दी यथावत रहे सरह हो । रक्सौल नखोलेर अन्य नाका खोल्ने हो भने के अर्थ भयो ?

नेपालको संविधान २०७२ संशोधनको प्रक्रिया चलिरहेको , मन्त्रिपरिषद्ले तीन बुँदे निर्णय गरेको, सो निर्णयको भारतले औपचारिक रुपमै स्वागत गरेको, नाका केही खुल्ला भएको अवस्थामा भारतीय संस्थापनले यस्तो अनौठो सन्देश पठाएपछि प्रधानमन्त्री ओली आत्तिए । भारतले मन्त्रिपरिषद्को तीन बुँदे स्वागत गरेपछि पनि रक्सौल नाका नखोल्ने नेपछि प्रधानमन्त्री ओलीले भारतले धोका दिएको अभिव्यक्ति दलीय बैठकमा दिए । आजको साँघु साप्ताहिकमा खबर छ ।

ratopati
एजेन्सी : भारतको मणिपुरलार्इ केन्द्रबिन्दु बनाएर सोमबार बिहान गएको भूकम्पबाट तीनजनाको ज्यान गएको छ ।

भारत-म्यान्मार सीमा नजिकै बिहान ४ बजेर ५१ मिनेटमा ६.८ गएको भूकम्पले अहिलेसम्म तीनजनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


भूकम्पको झट्काले उत्तर-पूर्वी भारतलार्इ हल्लाएको छ । भूकम्पको धक्का पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म महुसुस भएको छ ।

मणिपुर, अरुणांचल प्रदेश, पश्चिम बंगाल र झारखन्डमा भूकम्पले घर भत्काएको छ । समाचार अनुसार मणिपुरको इम्फालमा दुर्इसहित चारजनाको ज्यान गएको छ ।

भूकम्पले कम्तिमा पनि ५० जना मानिस घाइते भइसकेका छन् । भूकम्पको केन्द्रबिन्दु इम्फालबाट ३३ किलोमिटर टाढा पृथ्बीको सतहबाट ३५ किलोमिटर तल रहेको बताइएको छ ।

भूकम्पका कारण मणिपुरको राजधानी इम्फालको विद्युत सेवा अवरूद्ध हुन पुगेको छ।

भूकम्पपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले असमका मुख्यमन्त्री तरुण गोगोई कुरा स्थितिबारे जानकारी लिएका छन् । उनले ट्विटरमा यसबारे जानकारी दिँदै अरुणांचल प्रदेशका मुख्यमन्त्री नाबाम तुकीसँग पनि कुरा गरेको जनाएका छन् ।

भूकम्प प्रभावित असममा राहत र बचाउका लागि भारतीय सुरक्षाकर्मीको टोली परिचालित भइसकेको छ। यो टोलीले गुहावटीमा उद्धार  थालेको छ ।
annapurnapost
सोमबार, २० पुष
काठमाण्डौं । प्रधानमन्त्री केपी ओलीलाई केही च्यानलहरूले भारतीय संस्थापनको तर्फबाट अनौठो खबर दिए –‘चीनले नेपाललाई नाकाबन्दी गरिरहेको छ तर नेपाल बोल्दैन, भारतले नाकाबन्दी गरिरहेको छैन, तैपनि किन झुठो प्रचार ?
भारतले होइन चीनले चाहिँ नेपाललाई नाकाबन्दी गरिरहेको ‘सप्रमाण’ भारतले दाबी गरेपछि उच्च सरकारी तहमा खैलाबैला मच्चियो ।
भारतले स्पष्ट सन्देश दियो, अरु नाका खुकुलो पार्छौँ तर रक्सौल नाका चाहिँ खोल्दै खोल्दैनौँ । नेपालको मुख्य नाका नै रक्सौल हो, रक्सौलबाट नेपालको सत्तरी प्रतिशत आयात–निर्यात हुन्छ ।
रक्सौल नखुल्नु भनेको नाकाबन्दी यथावत रहे सरह हो । रक्सौल नखोलेर अन्य नाका खोल्ने हो भने के अर्थ भयो ? नेपालको संविधान–२०७२ संशोधनको प्रक्रिया चलिरहेको, मन्त्रिपरिषद्ले तीन बुँदे निर्णय गरेको, सो निर्णयको भारतले औपचारिक रुपमै स्वागत गरेको, नाका केही खुल्ला भएको अवस्थामा भारतीय संस्थापनले यस्तो अनौठो सन्देश पठाएपछि प्रधानमन्त्री केपी ओली आत्तिए ।
भारतले मन्त्रिपरिषद्को तीन बुँदे स्वागत गरेपछि पनि रक्सौल नाका नखोल्ने भनेपछि प्रधानमन्त्री ओलीले भारतले धोका दिएको अभिव्यक्ति दलीय बैठकमा दिए ।
रक्सौल नाका नखोल्ने र नेपालले नाकाबन्दी पनि भन्न नसक्ने अवस्थामा पुर्योउनका लागि भारतले दिएको तर्क हो– ‘नेपाललाई चीनले पनि नाकाबन्दी गरिरहेको छ ।’ चीनसँगको नेपालको मुख्य नाका तातोपानी हो ।
भूकम्पपछि सो नाका बन्द छ । भारतले नाकाबन्दी लगाएपछि पनि चीनले तातोपानी नाका खोलेन । चीनले मुख्य नाका नखोल्दा चाहिँ नाकाबन्दी नहुने, हामीले रक्सौल नाका नखोल्दा कसरी नाकाबन्दी हुने रु भारतीय तर्क लगभग आधिकारीक च्यानल मार्फत प्रधानमन्त्री ओलीको कानमा पु¥याइएको नयाँ दिल्ली स्रोत बताउँछ । आजको साँघु साप्ताहिकमा समाचार छ ।
nepalsandesh
अहिले मधेश आन्दोलनले उठाएको सीमांकनका मागहरु तत्काल सम्वोधन हुने सम्भावना छैन । तराईका जिल्लाहरु मात्र राखेर दुई प्रदेश वनाउने र तराईलाई पहाडवाट अलग गर्ने मागहरु कांग्रेश एमाले एमाओवादी लगाएतका दलहरुले तत्काल मान्ने सम्भावना छैन ।
त्यसैले तीन महिनाको समय दिएर राजनैतिक समिति वनाउने र त्यसको सिफारिसमा सीमांकन मिलाउने र संविधान संशोधन गर्ने प्रस्ताव तीन दलहरुले राखेका हुन् ।
यी तीन दलहरुले मधेशका मागहरु नमान्ने र मधेशी मोर्चाले पनि आफ्ना अडान नछाड्ने हो भने नेपालको राजनैतिक गत्यावरोध(डेडलक) कायमै रहन्छ । मधेश आन्दोलन र नाकावन्दी जारी रहने हो भने नेपाल असफल राष्ट्र बन्ने मिति नजिकिने पक्का छ ।
सीमांकन नयाँ ढंगले मिलाउने भन्ने विषय सहज छैन । कैलाली कंचनपुरलाई मधेश प्रदेश मै मिलाउने गरे भने अखण्ड सुदूर पश्चिमवाला आन्दोलन चर्किने हुन्छ भने झापा मोरङ सुनसरी मधेशमा मिलाए भने लिम्बुवान र ती तीन जिल्लामा पनि आन्दोलन चर्किने हुन्छ ।
मधेशलाई अलग प्रदेश दुई वटा दिए पछि पहाडमा पनि सबै जातिले आ आफ्ना जातीय प्रदेशको माग गर्दै आन्दोलन चर्काउने हुन्छ ।त्यसैले सीमांकनमा सर्व सम्मति गर्ने कुरा असम्भव प्रायः छ ।संघियतामा देश लगेपछि सीमानाको विषयमा प्रदेशहरु र केन्द्र विच सधैं समस्या आइरहने भएको छ ।
अहिलेको मधेश आन्दोलन र नाकावन्दीको समाधान भनेको सीमाना मिलाउनु मात्र होइन । एक ठाउँको सीमाना मिलाउँदा अर्को ठाउँमा आन्दोलन चर्किने हुन्छ ।तसर्थ अरु कुराहरु मिलाएर संघिय, प्रादेशिक र स्थानिय चुनावमा जानु एक उत्तम विकल्प हुन सक्दछ । सीमाना मिलाउने र प्रदेशहरु थपघट हुने कुरा यो अनन्तकाल सम्म चल्दै गर्दछ ।
सीमाना नमिलाई देश अगाडि जान दिन्नौं भनेर आन्दोलनकारी मधेशी दलहरुले अडान लिइ रहनु भनेको उनीहरुलाई नै घाटा हुन जाने परिस्थितिको निर्माण गर्नु मात्र हुन्छ ।आन्दोलन र नाकावन्दी अतिमा पुगेको स्थितिले यसलाई निरन्तरता दिनु भनेको मधेशमा उनीहरुको साख गुम्दै जाने स्थिति आउन सक्दछ ।
मधेशवादी दलहरुले मधेशमा पाइरहेको जनसमर्थनलाई संगठित गर्ने उपाय भनेको चुनाव हो ।अहिले चुनाव भएमा मधेशमा मधेशवादी दलहरुले वहुमत जित्ने हुन्छ । तर चुनाव ढिलो भयो भने र आन्दोलनको ताप सेलाउन थाल्यो भने पछि हुने चुनावमा के हुन्छ भन्न सकिन्न।
अहिलेको संसदमा मधेशवादी दलहरुको प्रतिनिधि निकै कम छ । यो संसद सके सम्म छिटो विस्थापित गरि आफ्नो राम्रो प्रतिनिधित्व सहितको नयाँ संघिय संसदको चुनाव गराउनु मधेशवादी दलहरुको लागि राम्रो उपाय हुन सक्दछ ।
जनतालाई दुख दिएर गरिने नाकावन्दी र अरु आन्दोलन भन्दा संसदमा राम्रो प्रतिनिधित्व सहितको संसदिय संघर्ष गरेमा त्यो राम्रो र परिणाम मुखी पनि हुन्छ र लोकप्रीय पनि हुन्छ ।
अहिले सीमाना जति सकिन्छ लिएर सोही अनुसारको प्रादेशिक चुनावमा जाने हो भने पनि मधेशवादी दलहरुको मधेशमा वहुमत हुने अवस्था आउँछ । तर ढिलो चुनाव भयो भने अहिलेको आन्दोलनको राप र ताप सेलाइ सकेको स्थितिमा वहुमत नआउन पनि सक्दछ ।
तसर्थ अब देशलाई चुनाव तर्फ लग्नु सबैको लागि राम्रो उपाय हो । बरु चुनावको लागि स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार वनाउनु राम्रो हुनेछ । यसमा मधेशवादी दलहरु पनि सामेल हुनु पर्दछ । कांगेस, एमाले, एमाओवादी राप्रपा आदि सबै सामेल हुनु पर्दछ ।
nepalsandesh
सोमबार, २० पुष
मोरङ। विराटनगरमा गएरागी भारतीय लहरीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर–१७ का ४५ वर्षीय पवन यादव र पछाडि सवार सप्तरीका ६० वर्षीय सर्जु यादव छन् ।
मोरङ प्रहरीका अनुसार दक्षितर्फ आउँदै गरेको भारतीय एमएल ०१ डी ३३३० नंको लहरीले को१०प ९६५२ नंको मोटरसाइकललाई सोही दिशाबाट ठक्कर दिएको थियो ।
स्थानीयवासीले घटनापछि लहरीको सिसा फुटाइदिएका छन् । चालक र सहचालक फरार छन् । बे्रक फेल भई अनियन्त्रित भएको लहरी टेलिफोनको पोलमा ठोक्किएको थियो ।
nepalsandesh
सोमबार, २० पुष
काठमाडौ । आन्दोलनरत मधेसी दलका करिब एक दर्जन नेताहरुको चीन भ्रमण तयारीबारे भारतिय विदेश मन्त्रालयका सहसचिब अभय ठाकुले चासो देखाएका छन् ।
अरुनै कामको शिलसिलामा शनिबार काठमाडौ आएका बिदेश सचिब ठाकुरले मधेसी दलका नेताहरु चीन भ्रमणमा जान लागको थाहा पाएपछि चासो दिएका हुन।
स्रोतका अनुसार चीन भ्रमणमा जाने नेताहरुको सुचीमा उपेन्द्र यादब नेतृत्वको संघिय फोरमा नेताहरु धेरै रहेका छन ।
बिहारका मुख्य मन्त्री नितेश कुमारसंग घनिष्ठ सम्बन्ध भएका लालबाबु राउतको नेतृत्वमा नै जनाको टाेली आगामी साता चीन भ्रमणमा जान लागेको हो ।
उक्त टालीमा बिदेश बिभागका प्रमुख अर्जुन थापा, तपलोपाका नेता सर्बेन्द्रनाथ शुक्ला पनि जादै छन् । आजको तरुणमा समाचार छ ।
nepalsandesh
केही समयअघि बलिउड अभिनेता सलमान खानलाई अदालतले ‘हिट एन्ड रन’ मुद्दामा सफाइ दिएपछि उनको विवाहबारे चर्चा चुलिएको छ ।
केही समयअघि नै उनले गर्लफ्रेन्ड लुलिया बन्तोरसँग ‘इनगेजमेन्ट’ गरेको समाचार आएको थियो । यसबारे सलमानले कुनै प्रस्टीकरण त दिएका थिएनन्, तर उनले लुलियालाई परिवारसँग भेटाएका थिए । ५०औँ जन्मदिनमा लुलियालाई केक खुवाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । तैपनि, उनीहरूको विवाह कहिले हुने भन्ने निश्चित छैन । उता, ज्योतिषीहरूले भने यो वर्ष पनि सलमानको विवाह नभए कहिल्यै नहुने अड्कलबाजी गरेका छन् । भारतीय सेलेब्रिटी न्युमेरोलोजिस्ट सञ्जय जुमानीले भाष्करलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सलमानले यसपटक पनि बिहे गरेनन् भने उनका लागि बिहेको योग अब छैन ।’ नयाँ पत्रिकाबाट ratopati
सोमबार, २० पुष
काठमाडौ । छाउनीस्थित सरकारको नाममा आउनु पर्ने करोडौं मूल्य बराबरको करिब १५ रोपनी जग्गासम्बन्धी विवाद अझै टुंगिएको छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा सिंहले दाइजोस्वरुप सो जग्गा आफ्नो भएको दाबी गरेपछि त्यससम्बन्धी विवाद अदालतसम्म पुगेको थियो ।
१० जेठ ०६२ मा दाइजोका रुपमा बाबु ज्ञानेन्द्र शाहबाट सो जग्गा र त्यसमा बनेको दरबार पाएको, तर नेपाल ट्रस्टले सरकारीकरण गर्न खोजेको भन्दै प्रेरणाले सर्वोच्च अदालतसम्म पुगेपछि विवाद उत्कर्षमा पुगेको हो । आजको नयाँ पत्रिका समाचार छ ।
nepalsandesh
काठमाडौं, २० पुस । कतारको क्रिमिनल अदालतले रोजगारदातालाई हत्या गरेको अभियोगमा एक नेपालीसहित पाँच जना कामदारलाई मृत्युदण्डको सजाय दिने फैसला गरेको छ ।
अदालतले गत बिहीवार नेपाली नागरिक साहताज शेख समेतलाई मृत्युदण्ड दिने फैसला गरेको हो ।
उनको पूरा विवरण खुलेको छैन । मृत्युदण्ड दिइएका चार अन्य बंगलादेशी रिबोन खान, दिन इस्लाम अजिज अल रहमान, मुहम्मद रसिद मुहम्मद र मुहम्मद रुसिल हुन् ।
अदालतमा पेस गरिएको विवरणअनुसार उनीहरुले आफ्नै रोजगारदातालाई निर्माणाधीन भवनको एउटा कोठामा हत्या गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
dainiknepal
काठमाडौं, पुस २० । भारतमा आज(सोमबार) बिहानै भूकम्प गएको छ । त्यसको धक्का नेपालसम्म पनि महशूस गरिएको छ । नेपाली समयअनुसार बिहान ४ बजेर ५० मिनेट जाँदा भारतको मणिपुरमा ६ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भूकम्प भारतको  मणिपुर इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो । भूकम्पको धक्का काठमाडौंसहित पूर्वी नेपालमा धेरै महशूस गरिएको थियो । बंगलादेशको राजधानी ढाकासम्म पनि धक्का पुगेको खबर छ ।
भूकम्पबाट भएको क्षतिको जानकारी आइसकेको छैन । भारतको असम, बंगाल, अरुणाञ्चल प्रदेश, विहार, झारखण्डसहितका राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पको ठूलो झड्का महशुस गरेका पूर्वी नेपाल ईलाम, झापा, पाँचथर  लगायत क्षेत्रका वासिन्दा घरबाहिर निस्किएर बसेको झापाका स्थानीय वासिन्दा राम सुवेदीले जानकारी दिएका छन् ।
यता, आज बिहानै नुवाकोटमा पराकम्प गएको छ । बिहान ३ बजेर ४३ मिनेटमा ३ दशमलव ५ म्याग्नेच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । बैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिमा ४ सय २० भन्दा बढी पराकम्प गैसकेको छ ।
imagekhabar
२० पुस, काठमाण्डौं ।
छिमेकी भारतले तराई मधेशको आन्दोलनको समाधान गर्नका लागि सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन विधेयकलाई अन्तरिम संविधान २०६३ अनुसार संशोधन गर्न सुझाव दिएको छ ।

संविधान संशोधन विधेयकलाई थप परिमार्जनसहित सहमती जुटाउने गृहकार्यमा लागेका बेला भारतले यस्तो सुझाव दिएको हो ।दलहरुबीच सहमती नजिक पुगिरहेको बताइरहेका बेला भारतले संविधान संशोधन विधेयकलाई थप परिमार्जन सहित समाधान गर्नका लागि सुझाव दिएको हो ।

नेपालका लागि भारतीय राजदूत रञ्ति रेले उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटघाट गरी यस्तो सुझाव दिएको स्रोताले बतायो ।



स्रोतका अनुसार प्रचण्डले पहिलो सहमती निर्माणका लागि भन्दै कांग्रेसका नेता अमरेशकुमार सिंहसँग छलफल गरेपछि रेलाई निवासमै बोलाएका थिए । दाहालले सहमती कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको बताइएको छ ।

राजदूत रेले प्रचण्डकै भरमा सरकार चलेको र मधेशी मोर्चासँग यसअघि आबद्ध भएको नाताले भारतको सुझावलाई समेट्न अधिकतम पहलकदमी लिन रेले आग्रह गरेको थियो ।

भारतले सीमांकनको बारेमा उच्चस्तरीय राज्य पुर्नसंरचना आयोग र राज्य पुर्नसंरचना समितिले दिएको सुझावलाई पनि आधार मानेर तीन महिनाभित्र टुंगो लगाउन सुझाव दिएको बताइएको छ ।

समानुपातिक समावेशी र जनसंख्याको आधारमा सैद्धछानितक सहमती गरेर सीमाकंनको विषयमा पछि टुंगो लगाउने गरी पनि सहमती गर्न सुझाव दिएको स्रोतले बतायो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।nepaliheadlines
वि.सं. २०७२ साल पुस २० गते। सोमबार। इश्वी सन् २०१६ जनवरी ४ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– दशमी, २७:४२ बजेउप्रान्त एकादशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
वसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मनग्य धनलाभ पनि हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। अतिथिको रूपमा सत्कार पाइने समय छ। तर, असंयम व्यवहारले अविश्वास जगाउन सक्छ। जमघटका क्षणमा प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने आँट दिलाउन सक्छ। संगत र खानपानमा विवेक नपुर्याउँदा दुःख पाइने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट चिताएको काम बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिने सम्भावना देखिन्छ। लेनदेनको विषयमा विवाद हुने समय छ। विगतको पहिले गरिएको श्रमबाट भने फाइदै हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिने सयम छ। सदाचारमा रहनेहरूलाई मात्र फाइदा हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काम सुरु गर्न समय पर्खंनुहोला। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सजग रहनुहोला।

काठमाडौं : सोमबार बिहानै नेपाल र भारतको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का  महसुस भएको  छ ।

भारतको  पश्चिमबंगालस्थित मैनपुरलाई केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ५३ मिनेटमा ६.८ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको  छ ।

पृथ्वीको सतहबाट १० किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश  भाग  तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।


भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा र मध्य नेपालका काठमाडौं  उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।

समाचार अनुसार यो भूकम्पले पश्चिम बंगालका केही  भूभागमा भौतिक क्षति पु¥याएको छ । क्षतिको विवरण भने आइसकेको  छैन।


सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।

तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।


महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

२.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

३.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ ।
काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल सोमबार भारत भ्रमणमा जानुहुने भएको छ ।

पतञ्जली योग पिठका योग गुरु रामदेवको निमन्त्रणमा पौडल सोमबार बिहानै नयाँ दिल्ली जानुहुने भएको हो । बिहान ८.४० बजे भारत जान लाग्नुभएका पौडेलको धार्मिक साथै राजनीतिक भेटघाट हुने कार्यक्रम छ ।
चारदिने भ्रमणका क्रममा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भेट्ने कार्यक्रम छ ।
यसअघि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा गुरु श्री श्री रविशंकरको निमन्त्रणमा भारत भ्रमणमा गएका थिए ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१९ पुस, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता प्रसंग फेरि एकपटक चर्चामा आएको छ । एमालेको भातृ संगठन युवा संघ नेपालले गृहमन्त्री शक्ति बस्नेतलाई शनिबार ज्ञापनपत्र नै बुझाएर महतोको नेपाली नागरिकता नक्कली रहेको दावीका साथ छानविन माग गर्‍यो ।
नेपालमा करिब-करिब २५ वर्षदेखि राजनीति गरिरहेका र पटक-पटक मन्त्रीसमेत भएका महतोको नागरिकता विवादमा तानिएको यो पहिलोपटक भने होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत हात हालेर छोडेको विषय हो यो । ०६८ सालमा अख्तियारले गृह मन्त्रालयलाई महतोको नागरिकता सम्वन्धमा पत्राचार गरेको थियो ।

अख्तियारको पत्र आएपछि गृहमन्त्रालयले सर्लाही जिल्ला प्रशासन कार्यालयसित राजेन्द्र महतोको नागरिकता सम्बन्धी विवरण माग्दै पत्रसमेत लेखेको थियो, जतिबेला महतो बहालवाला मन्त्री थिए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका तत्कालीन प्रमुख जिल्ला अधिकारीले ०६९, जेठ २९ मा गृह मन्त्रालय, नागरिकता तथा हातहतियार शाखा, सिंहदरवारलाई पत्रको जवाफ पठाए । प्रजिअले महतोको नागरिकतासम्वन्धी छानविन गर्नका लागि हाल कुनै अभिलेख फेला नपरेको र मन्त्रिपरिषदको सदस्यलाई सिडिओ कार्यालयमा बोलाई छानविन गर्न बाधा परेको जवाफ दिएका थिए ।
हेर्नुहोस् सर्लाही जिल्ला प्रशासनको पत्र

शनिबार गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएको युवा संघले ०६८ सालमा पनि महतोको नागरिकताका विषयमा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । सोही साल महतोको नागरिकताबारे अख्तियारमा समेत उजुरी परेको थियो ।
‘उहाँका धेरैजसो आफन्तहरु भारतमै छन्,’ महतोलाई नजिकबाट चिन्ने एक सर्लाहीवासीले भने, ‘महतोका बुबाले चाहिँ नेपालमै बसेर उन्नति गर्नुभयो र यतैको नागरिकता लिनुभयो ।’
युवा संघका अध्यक्ष राजीव पहारीले महतोको नागरिकता नक्कली भएको ठोकुवा गर्दै यसलाई रद्द गरेर कानूनबमोजिम कारवाही गनुपर्ने बताए । ‘नेपालको सामाजिक सदभाव बिथोल्न र आन्दोलन भड्काउन उद्यत भएका महतो नेपाली नागरिक नै होइनन्,’ पहारीले अनलाइनखबरसित भने, ‘झूटो विवरणका आधारमा नेपाली नागरिकता हत्याएका व्यक्तिले मधेस आन्दोलनको नेतृत्व गर्नु हास्यास्पद छ ।’
सन् २०१० देखि १३ सम्म लाखौंको संख्यामा भारतीयहरुलाई नागरिकता बाँडिएको भन्दै पहारीले त्यसको पनि छानविन हुनुपर्ने बताए ।
छानविन गर्न चुनौति
सदभावना पार्टीका प्रवक्ता एवं उपेन्द्र महतोका नातेदार उपेन्द्र महतोलेे नागरिकताका विषयमा छानविन गर्न सरकारलाई चुनौति दिएका छन् ।
उनले राजेन्द्र महतोसित वैधानिक प्रमाणका आधारमा लिएको जन्मसिद्ध नागरिकता रहेको दाबी गरेका छन् । युवा संघलाई ईंगित गर्दै उपेन्द्रले भने, ‘आफ्नै पार्टीको सरकार भएका बेला किन सडकमा नारा लगाएर हिँड्नुपर्‍यो ? खुरुक्क छानविन गरे भइहाल्यो नि ।’
मधेसका अन्य नेताहरु सरकारसित झुक्न लाग्दा पनि महतो नझुकेकाले नागरिकताको बहानामा उनलाई निशाना बनाइएको तर्क उपेन्द्रको छ ।
गृहले के गर्ला ?
नागरिकता छानविनका लागि दबाव परे पनि गृहमन्त्रालयले तत्काल छानविन गर्ने सम्भावना न्यून देखिएको छ । नागरिकता छानविन गर्दा सरकार र मधेसी मोर्चासितको वार्ता प्रक्रियामा व्यवधान आउने चिन्ताका कारण मन्त्रालय हच्किएको हो ।
युवा संघको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री बस्नेतले घुमाउरो जवाफ दिएका थिए । उनले नागरिकता विवादमा सरकार गम्भीर रहेको भन्दै यसको समाधानको उपयुक्त विधि सरकारले छनोट गर्ने बताएका थिए ।
सीतामढीमा पुख्र्यौली घर र ससुराली
जानकारहरुका अनुसार राजेन्द्र महतोका बुबा खोभारी सुडी भारतीय नागरिक थिए (सुँडीहरुले आजकाल महतो वा साह लेख्ने गरेका छन्, यो जातिको बसोबास नेपालमा समेत छ ) ।
सर्लाहीको सदरमुकाम मलंगवासित सीमा जोडिएको भारतीय जिल्ला सीतामढीको कोहवरवा गाउँमा महतोको घर अहिले पनि छ । यो गाउँ नेपाल-भारत सीमाबाट १५ किलोमिटर दुरीमा पर्छ । सो घरमा अहिले महतोका काकापट्टीका सन्तानहरु बस्छन् । उनका तीन दाजुभाइ भने अहिले नेपालमै छन् ।
महतोका पिता खोभारी व्यापार गर्न ०२० सालतिर नेपाल आएका हुन् । सर्लाहीको बयलवासमा उनी धान-चामलको व्यापार गर्थे । भारतमा छँदा गतिलो बन्दोबस्त नभएका खोभारी नेपालमा व्यापार गरेर आर्थिक अवस्था उकास्न सफल भए । त्यसपछि सर्लाहीको ब्रम्हपुरी गाविसमा घर बनाएर यतै बस्न थाले ।
महतोको ससुराली पनि भारतमै हो । कोहबरवासँगै जोडिएको मरिया भन्ने गाउँमा बस्ने नागेश्वर महता र दौलतियादेवी महतोकी छोरी शैलकुमारी देवीलाई राजेन्द्रले बिहे गरेका हुन् । शैलकुमारी हाल समानुपातिकबाट संविधानसभा सदस्य छिन् ।
महतोसित विवाह गरेपछि शैलकुमारीले वैवाहिक अंगीकृत नागरिकता लिएकी थिइन् । शैलकुमारी ०४७ सालबाट राजनीतिमा लागेको र एसएसलसीसम्म अध्ययन गरेको संविधानसभा सदस्यको परिचयात्मक किताबमा लेखिएको छ । उनी मधेसी महिला समाज र सुडी समाजकी केन्द्रीय सदस्यसमेत हुन् । महतो दम्पत्तिका एक छोरा र एक छोरी छन् ।
कसरी लिए नागरिकता ?
जानकारहरुका अनुसार राजेन्द्र महतोले ०२७/०२८ को बीचमा नेपाली नागरिकता लिएका हुन् । महतोका पिता नेपाल आएको केही वर्षमै बाबुछोराले नागरिकता लिएको देखिन्छ । उनलाई नागरिकता दिलाउन सर्लाहीका तत्कालीन जिल्ला विकास समितिका सभापति अमरबहादुर थापाको भूमिका थियो ।
छोराले पहिले र बुबाले पछि नागरिकता लिएको दाबी गर्नेहरु पनि छन् । तर, यसको कुनै प्रमाण छैन । सर्लाही जिल्ला सदरमुकाममा माओवादीले हमला गरेपछि महतो परिवारकोजस्तै धेरैको नागरिकताको प्रमाण नष्ट भइसकेको छ ।
महतो स्वयम् भने आफूसित जन्मसिद्ध नागरिकता रहेको दाबी गर्छन् । जब कि उनले नागरिकता लिएको समयमा जन्मसिद्द नागरिकता दिने व्यवस्था नै खारेज गरिएको  थियो । २०१९ सालअघि नेपालमा आएर लामो समय बसोबास गरेका आधारमा जन्मसिद्ध नागरिकता दिने व्यवस्था भए पनि २०१९ सालपछि बंशजको नागरिकता मात्रै कायम गरियो ।
ठेकेदारदेखि मन्त्रीसम्म
राजेन्द्र महतो ०२१ सालतिर पढ्ने सिलसिलामा काठमाडौं आए । ताहचल क्याम्पसमा बसेर पढ्दा उनको आर्थिक स्थिति सामान्य थियो । उनी पढाइसँगै सानातिना व्यापारहरु पनि गर्थे । केही समय गार्मेन्ट व्यवसायमा हात हालेका उनले बिस्तारै ठेकेदारीको काम सुरु गरे । घरमा रंग लगाउनेदेखि विभिन्न कार्यालयहरुमा स्टेशनरी सामानहरु सप्लाई गर्नेसम्मका काम उनले गरे ।
पछि त्रिभुवन विमानस्थलको फोहोर उठाउने ठेक्का हात पारेपछि महतोले राम्रै पैसा कमाएको उनीनिकट स्रोत बताउँछ ।
सदभावना पार्टीका प्रवक्ता उपेन्द्र महतोका अनुसार महतो राजनीतिमा लागेको ०४६ सालपछि हो ।
प्रजातन्त्रका लागि भएको आन्दोलनमा उनी संलग्न थिएनन् । व्यापारकै क्रममा मधेसवादी नेता गजेन्द्र नारायण सिंहसित सम्वन्ध भएपछि उनी राजनीतितिर ढल्किएका हुन् । ढीलो गरी राजनीति सुरु गरे पनि उनी पटक-पटक मन्त्री बन्ने भाग्यमानी नेता हुन् ।
पुराना र अनुभवी मधेसी नेताहरुलाई पछि पार्दै महतो अहिलेसम्म चारपटक मन्त्री बनिसकेका छन् । पछिल्लो संविधानसभा चुनावमा भने उनी गृहजिल्ला सर्लाहीबाट हारे । तर, आफूले हारे पनि उनले मधेसका सहिद परिवारको साटो समानुपतिकबाट आफ्नै श्रीमतीलाई सभासद बनाए ।
अब कहिल्यै मन्त्री नबन्ने ?
राजेन्द्र महतोले केही समयअघि मात्रै ‘अब कहिल्यै मन्त्री नबन्ने’ घोषणा गरेका छन् । विगतमा पटक-पटक मन्त्री बनेका महतोले काठमाडौंको भीमसेनगोलामा घर किनेका छन् । मधेसलाई काठमाडौंले हेपेको बताउने महतोले काठमाडौंमै करोडौंको आलिसान महल ठड्याएका छन्, जसको स्रोत प्रष्ट छैन ।
महतोले संविधानसभा चुनाव हारेलगत्तै सर्लाहीमा ७० लाख रुपैयाँमा लजसहितको घर किनेको बताइन्छ । तर, त्यो घर उनको नाममा छैन ।
onlinekhabar- भिडियो हेर्न तलको बाकस थिच्नुहोस
यूएई, १९ पुस । संयुक्त अरब इमिरेट्स(साउदी अरब)ले खाडी मुलुकका लागि यूएईमा कार्यरत इरानका राजदूतलाई विदेश मन्त्रालयमार्फत् बोलाई साउदी अरबको आन्तरिक मामलामा भएकोे इरानी हस्तक्षेप बारेमा तेहरानसँग स्पष्टीकरण मागेको छ ।
राजदूत मोहम्मद रेजा फायदलाई आइतबार लिखितरुपमा इरानद्वारा साउदी अरबमाथि गरेको विभिन्न खाले हस्तक्षेप र हालैको साउदी अरबको तेहरानस्थित कूटनीतिक नियोगमाथि गरिएको आक्रमणका बारेमा स्पष्टीकरण माग गरेको यूएईको राष्ट्रिय समाचार संस्था डब्लूएएम (वाम) ले बताएको छ ।
यूएईले इरानद्वारा कूटनीतिक नियोगमाथि गरेको आक्रमणले अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डको उल्लङ्घन भएको आरोप लगाएको छ ।
यता नेपालमा भने भारतले बारम्बार हस्तक्षेप गर्दा, राजदूतले देशविरुद्धमा बोल्दा स्पष्टिकरण सोध्ने आट नेपाल सरकारले गर्न सक्दैन् । यूएईको यो घटना नेपालका लागि गतिलो पाठ हुन सक्छ । रासस/सिन्ह्वा
dainiknepal
दैलेख, १९ पुस– नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेकी छन् । उनले सरकार ढाल्ने खेलमा लाग्दा मुलुक झन् अस्थिरतामा फस्न सक्ने बताइन् ।

‘नेपाललाई शक्तिशाली बन्न नदिन सरकार टिक्न नदिनेको ‘ग्रान्ड डिजाइन’ नै चल्ने गरेको छ’ नेपाल प्रेस युनियनद्वारा दैलेखमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले भन्,ि ‘नेपालमा एउटा सरकार पाँच वर्ष टिकेको इतिहास छैन । छिमेकी भारतमा जति कमजोर सरकार भएपनि पाँच वर्ष टिक्न दिन्छन् ।’
पार्टीको आसन्न १३औँ महाधिवेशनमा आफू सभापति, त्यो नभए पदाधिकारीको कुनै पदमा उम्मेदवारी दिने बताइन् । काँग्रेस पार्टी कार्यालय रहेको गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवनको उद्घाटन गर्न कोइराला दैलेख आएकी हुन् ।
kathmandutoday
इटहरी, १९ पुस । उपप्रधानमन्त्री तथा मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राज्य विभाजित गर्ने वा देश विखण्डन गर्ने जो कोही भए पनि त्यसलाई राज्यले कडा कारबाही गर्ने बताउनुभएको छ ।
उपप्रधानमन्त्री गच्छदारले आज सुनसरीको दुहवी–भलुवा नगरपालिका–३ पचिरादेखि फर्सेसम्मको साढे दुई किमी कालोपत्र सडकको शिलान्यासपछि सञ्चारकर्मीसँगको कुराकानीका अवसरमा सो कुरा बताउनुभएको हो ।
उपप्रधानमन्त्री गच्छदारले सिरहा, सप्तरी क्षेत्र अर्थात् तराईको क्षेत्रमा विखण्डन ल्याउने गरी सैन्य दस्ता तयार गर्ने गरेको र मधेस राज्य विभाजन गर्ने गरी अभियान चलाइरहेको सिके राउतको गतिविधिप्रति सञ्चारकर्मीले उठाएको प्रश्नको जवाफमा उहाँले कसैलाई पनि राज्य विखण्डित पार्ने अधिकार नभएको ठोकुवा गर्नुभयो । उहाँले त्यसप्रकारको गतिविधि गर्नेलाई राज्यले नियन्त्रित गर्ने पनि स्पष्ट पार्नुभएको छ ।
अर्को प्रसङ्गमा उपप्रधानमन्त्री गच्छदारले मधेस आन्दोलनले मधेसी जनतालाई नै आजित र मर्माहत तुल्याएकाले अब मधेसका बखेडामा अल्झिएका राजनीतिक दलले त्यसलाई छोडेर सहमति सहकार्य र छलफल प्रक्रियामा आएर निकास निकाल्ने विषयमा सबै पक्ष सहमतिमा जान लचक हुनैपर्ने कुरामा जोड दिनुभएको छ ।
यो वा त्यो बहानामा नेपाली जनतालाई दुःख दिने विषय कसैलाई पनि मान्ने नहुने र त्यो विषयले कहिल्यै प्रथामिकता पनि पाउन नसक्नेतर्फ उहाँले सबै राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले सरकारमा रहेका राजनीतिक दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र मधेसवादी दलले आफूलाई लचकतामा रुपान्तरण गरेर अब अन्तिमपटक सहमतिका लागि वार्तामा बस्न जरुरी रहेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले कसैले पनि मेरो गोरुको बाह्रै टक्का भनेर अड्डी कस्दैमा चाहेको कुरा प्राप्त गर्न कठिन रहेको तर्क अघि सार्नुहुँदै क्रान्ति गर्ने वा आन्दोलन गर्ने पक्षले पनि के गर्दा सबैको हित हुन सक्छ भन्ने विषयमा विश्लेषण गर्न जरुरी रहेकोतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोतर्फ संकेत गर्दै उपप्रधानमन्त्री गच्छदारले देश बाहिर वा देशभित्रै जहाँ रहेर आन्दोलनको उद्घोष गरे पनि त्यो कति फलदायी बन्ला भन्ने कुरा नेपाली जनताले स्पष्ट बुझिसकेको पनि खुलासा गर्नुभएको छ ।
dainiknepal
काठमाडौँ, १९ पुस । भारतको हरियाना राज्यमा बन्दी बनाइएका २४ नेपाली नागरिकलाई तत्काल निःशर्त रिहाइका लागि पहल गर्न सरकारसँग आग्रह गरिएको छ ।
सत् साहित्य सेवा समाजले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा पीडितले त्यहाँस्थित सत्लोक आश्रममा आयोजित सत्सङ्गका क्रममा हरियाणाका प्रहरीले अन्यायपूर्ण र अमानवीय रूपमा धरपकड गरी २४ नेपालीलाई जेलमा बन्दी बनाएको करिब एक वर्ष हुँदासमेत अहिलेसम्म नेपाल सरकारले कुनै पहल नगरेको भन्दै गुनासोसमेत गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले रिहाइका लागि सरकारलाई पहल गर्नका लागि मानव अधिकारकर्मी र सरोकारवालाले संयुक्तरूपमा पैरवीको थालनी गर्नुपर्छ भन्नुभयो ।
मानव अधिकारकर्मी भवानी खरेलले बन्दीको रिहाइका लागि सबैभन्दा पहिले मानव अधिकार आयोगले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै रिहाइका लागि नेपालमा जनमत सिर्जना गर्नुपर्ने बताउनुभयो ।
शान्ति तथा मानव अधिकार समाजका पूर्वसभापति होमकान्त चौलागार्इं, मानव अधिकारकर्मीद्वय चरण प्रसार्इं र रामेश्वर नेपालले रिहाइका लागि सरकारले नै पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
बन्दी नेपालीलाई जतिसक्दो चाँडो रिहाइ नगरेका खण्डमा उनीहरूलाई अन्यायपूर्ण र अनावश्यक अभियोग लगाई अदालतको कानुनी चक्रब्यूहमा फसाइ निजलाई वर्षाैसम्म जेलमा बन्दी जीवन बिताउन बाध्य हुन वा मृत्युदण्डको भागी हुन सक्ने सम्भावना रहेको पीडितको भनाइ छ ।
पूर्वसभासद् कुलप्रसाद उप्रेतीले निर्दोष नेपाली भक्तजनमाथि योजनाबद्ध रूपमा घटना घटाएको भन्दै घटनालाई सामान्य रूपमा लिन नहुने बताउनुभयो ।
यसअघि ती बन्दी नेपालीलाई मुक्त गराउन पीडित परिवार तथा विभिन्न सङ्घसंस्थाले, मावन अधिकारवादी सङ्घसंस्था, परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावास र भारतीय दूतावासमा पटकपटक गुनासो गर्दासमेत सुनुवाइ नभएको पीडित परिवारको भनाइ छ ।
dainiknepal
“संसारभरमा इजरायल मात्र एउटा त्यस्तो देश हो, जुनदेखि इस्लामीक स्टेस डराउँछ”, यो भनेका हुन आइएसआइएसको इलाकामा छिरेर पनि बाँच्न सफल भएका एक पश्चिमी पत्रकारले। ‘जर्गेन टोडेनहोफर’ले गत वर्ष इस्लामिक स्टेटको इलाकामा १० दिन बिताएका थिए। आफ्नो खोजलाई पुस्तकमा प्रकाशन गर्नको लागि उनी आतङ्ककारीको इलाका छिरेका थिए।

एक अन्तरवार्तामा जर्मन रिपोर्टर जर्गेनले भने, “मध्य पूर्वीय क्षेत्रमा आइएसआइएसले योजना गरेको उपनिवेशवादको पहिलो चरणमा इजरायलको कुनै सहभागीता छैन। इजरायल मात्र एउटा यस्तो देश हो, जुनदेखि आइएसआइएस डराउँदछ। इजरायली सैनिक धेरै शक्तिशाली छ भन्ने कुरा उनीहरूलाई थाहा छ । अमेरिका र ब्रिटेनका सैनिकहरूलाई सजिलै हराउन सकिन्छ भन्ने उनीहरू विश्वास गर्छन्। उनीहरू भन्छन्, अमेरिका र ब्रिटेनका सैनिकहरूलाई छापामार र आतङ्कवादी रणनीतिको बारेमा कुनै अनुभव नै छैन। तर इजरायली सैनिकहरूलाई यस्तो रणनीतिको बारेमा धेरै नै अनुभव भएकोले उनीहरू यो देशसँग डराउँछन्।”

भू.पू. राजनीतिज्ञ जर्गेनका अनुसार, आइएसआइएसका सैनिकहरू ब्रिटिस तथा अमेरिकी लडाकुहरूसँग डराएपनि, इजरायलको सुरक्षाकर्मीहरूलाई ‘वास्तविक खतरा’को रूपमा मान्दछन्।


आइएसआइएसले सङ्गठित प्रचारको क्रममा इजरायल र यहूदी जनताहरूलाई धम्की दिएका थिए। अक्टोबरमा गरिएको उक्त प्रचारमा ‘एउटा पनि यहूदी’ बाँच्नेछैनन् र संसारमा भएका यस्ता ‘रोगहरू’लाई जरैदेखि उखेल्नेछौँ भनिएको थियो।

प्यालेस्टाइनको गाजा क्षेत्रमा आइएसआइएससँग सम्बद्ध समूहहरू रहेको विश्वास गरिएपनि, अझसम्म इजरायल र प्यालेस्टाइनका इलाकाहरूमा कुनै किसिमका आतङ्ककारी हमला भने भएको छैन।

समूहका आधिकारीक व्यक्तिहरू, सैनिकहरू र समर्थकहरूसँगको भेटपछि जर्गेनले आइएसआइएसको दाँजोमा आलकायदालाई ‘बदामको दाना’ भनेका छन्। “इस्लामिक स्टेट आफुले योजनाले काम गरिरहेको छु भनी देखाउन चाहन्छ। मैले क्रूर आतङ्ककारीहरूलाई भेट्न गएजस्तो लागेथ्यो तर उनीहरूको समूह त पूरै क्रूर देशजस्तो रहेछ।”

इराक र सिरीयामा आइएसआइएस विरुद्ध अमेरिकाले गरेको बम प्रहारमा इजरायलको कुनै हात छैन तर इजरायलको ‘इन्टेलिजेन्स सर्भिस’मा अमेरिकाको जासुस रहेको आशङ्का गरिएको छ।nepaliheadlines
१९ पुस, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले सत्तासाझेदार दलसंग नै सल्लाह नै नगरी मन्त्रालय विभाजन गरेपछि एमाओवादी रुष्ट बनेको छ ।

मन्त्रालय विभाजन गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधामन्त्री ओलीबीच सम्बन्ध चिसोपन आएको छ

मन्त्रालय विभाजन गरेपछि असन्तुष्ट बनेको एमाओवादीले सरकारमा पार्टीको तर्फबाट पठाउने राज्य मन्त्री नपठाउने भएको छ । एमाओवादीले राज्य मन्त्री नपठाउने निर्णय गरेपछि शुक्रवार ओलीले नियुक्त गरेर राज्य मन्त्रीहरुलाई सपथ गराएका थिए ।
कृषि मन्त्री एवं एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले आफ्नो पार्टीको तर्फबाट कुनै राज्य मन्त्री सरकारमा नपठाउने बताए । उनले भने,‘मन्त्रालय विभाजन गरेपछि ठूलो आलोचना भइरहेको बेला अहिले पार्टीको तर्फबाट राज्य मन्त्री बनाउने राम्रो होइन ।’
सरकार सञ्चालन गर्नको लागि पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको सरकार सञ्चालन तथा समन्वयन समितिले बैठक आज बस्दैछ । मन्त्रीहरुले आफूखुसी काम गरेको भन्दै असन्तुष्टि जनाउदै पद छोडने चेतावनी दिदै आएका श्रेष्ठले आज सरकारका
आठ मन्त्रीसंग लामो समयपछि छलफल गर्न लागेका हुन् ।
पार्टीको निर्देशन विपरीत काम गरे मन्त्रीबाट फिर्ता बोलाउने चेतावनी दिएपछि मन्त्रीहरुले श्रेष्ठको निर्देशन पालना गर्ने बताएका छन् ।
आज बस्ने बैठकमा सरकार सञ्चाल, मन्त्रालय विभाजन लगायतको विषयमा छलफल हुने कोषाध्यक्ष हरिबोल गजुरेलले बताए ।
१९ पुस, काठमाडौं ।

यसैपनि लोडसेडिङको मार खेपिरहेका उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले पुनः निराश बनाएको छ । अव घण्टामा ८६ घण्टा लोडसेडिङ गर्ने तालिका सहित प्राधिकरणले सोमबार देखि लोडसेडिङ बढ्ने जनाएको छ

१ साता अघि मात्र प्राधिकरणले लोडसेडिङ बढाएर सातामा ७७ घण्टा पुर्‍याएको थियो । नयाँ तालिका अनुसार अव दिनमा अधिकतम १३ घण्टा देखि न्यूनतम ८ घण्टा सम्म विद्युत आपुर्ति बन्द हुने छ ।

हेर्नुस् तालिकाःnepaliheadlines
आइतबार, १९ पुष

काठमाडौं । आन्दोलनरत संयुक्त मधेसी मोर्चाको घटक दल सद्भावनाले सरकार र प्रमुख प्रतिपक्षी सहित हुने निर्णायक भनिएको वार्ता बहिस्कार गर्ने भएको छ ।
सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार आफ्नो पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि भएको प्रहरी ज्याजदीमाथि सरकारले माफी नभागेसम्म वार्तामा सद्भावना जाने् छैन ।
उनले मधेस आन्दोलनको नेतृत्व गर्ने नेता अस्पतालमा जीवन मरणको दोसाँधमा रहेका बेला काठमाडौंमा वार्ताको नाटक गरिएको बताए । उनले यस्तो अवस्थामा वार्तामा गए आन्दोलनरत जनताले वार्तामा जाने नेताहरुलाई मुल्यांकन गर्ने बताए ।
सद्भावना महासचिव मनिषकुमार सुमनले सरकारले माफी नमागेसम्म वार्तामा जानुको औचित्य नहुभे बताए । उनले मोर्चाका अन्य दलका नेताहरु वार्तामा गए राम्रो नहुने बताए ।
सद्भावनाले घुर्की देखाएसँगै मोर्चामा आवद्ध अन्य दलका नेताहरु पनि अलमलमा परेका छन् । यद्यपी आजको वार्तामा सहभागिताको तयारी भने गरिएको छ । यो सँगै मोर्चा औपचारिक विभाजनको संघारमा पनि पुगेको छ ।
nepalsandesh
विराटनगर, १९ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा पेस भएको संविधान संशोधनको विधेयक पारित भएपछि मुलुकको अवस्था सहज हुने विश्वास प्रकट गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज मध्याह्न पत्रकारसँगको कुराकानीमा उहाँले मधेसी मोर्चाको विरोध भए पनि संसद्बाट सो विधेयक प्रस्तुत भएर छलफल हुने र मोर्चासँग वार्ता पनि जारी रहने बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस, नेकपा(एमाले) र एकीकृत नेकपा(माओवादी) बीचको बैठकले आज अपराह्न मोर्चाको कार्यसूची सहमति जुटाउने र त्यसका निष्कर्षका आधारमा मोर्चासँग वार्ता गरेर समस्याको समाधान गरिने जानकारी गराउनुभयो ।
मधेसी मोर्चाबाट सद्भावना पार्टी अलग भएको अवस्थामा कोसँग वार्ता हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले मोर्चासँगै वार्ता हुने र सद्भावना पार्टीसँग छुट्टै वार्ता नहुने बताउनुभयो । उहाँले सदभावनाका अध्यक्ष राजेन्द्र महतोमाथि आक्रमण हुनु दुःखद भएपनि त्यसैका लागि सरकारले माफी नमाग्ने स्पष्ट पार्नुभयो ।
dainiknepal
विदुर, नुवाकोट : चार महिनादेखिको नाकाबन्दी हटाउन र कालोबजारी नियन्त्रण गर्न नसेकको भन्दै नेपाल विद्यार्थी संघले आइतबार नुवाकोटको विदुरमा प्रधानमन्त्री केपी शर्माओलीको पुतला दहन गरेको छ ।

सरकारले नाकाबन्दीको विकल्प दिन नसकेको जनाउँदै नेविसंघ समर्थक विद्यार्थीहरुले जुलुशसहित प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष उत्तम पाठकको अध्यक्षतामा लोकतान्त्रिक चौतारोबाट निस्केको जुलुशले शंख फुक्दै विदुरको मुख्य चोकमा पुगेर प्रधानमन्त्रीको पुतला जलाएका हुन् ।

जुलुशपछि पुतला दहन गर्ने क्रममा प्रहरीसँग केही समय धरपकड र पुतला खोसाखोस भएको थियो ।

सरकारले नाकाबन्दीको विकल्प दिनुपर्ने, महंगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने समेत नेबिसंघले गरेको छ ।

सरकारले भूकम्पले घर भत्केकाकाहरुलाई जाडोयाममासमेत उपचित राहत दिन नसहकेको जनाउँदै विरोधस्वरुप जुलुश र पुतला दहन गरिएको नेविसंघ नुवाकोटका अध्यक्ष उत्तम पाठकले बताए ।
annapurnapost
१९ पुस, काठमाडौं ।

भारतीय राजदुत रञ्जेत रे एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

आज दिउसो भएको भेटमा अध्यक्ष प्रचण्डले राजदुत रे सँग नाकाबन्दी तत्काल अन्त्य गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

सचिवालय श्रोतले दिएको जानकारी अनुसार भेटका क्रममा राजदूत रेलाई अध्यक्ष प्रचण्डले ‘नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस्’ भनेका थिए । जवाफमा भारतीय राजदूत रेले पनि भारत पनि समस्या समाधान होस् भन्न चाहेको बताएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

जनयुद्ध घोषणा गर्ने बेला बाबुरामका कारण कैयौं रात सुत्न सकिन- प्रचण्ड

आज साँझ प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज छलफल हुने कार्यक्रम छ । नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले मधेसी मोर्चासँग बेलुकी ६ बजे वार्ता गर्न लागेका हुन् ।nepaliheadlines
आइतबार, १९ पुष
काठमाडौं । नेपाल आयल निगमले अर्को साताबाट इन्धन आपुर्तिलाई केही मात्रामा भए पनि सहज बनाउने भएको छ । निगमले अबको दुई साता पछि इन्धन लगभग सामान्य अवस्थामा वितरण सम्भव हुने पनि बताएको छ ।
भारतको इण्डीयन आयल कर्पोरेशनले मागेजती इन्धन दिने प्रतिवद्धता जनाएको र सोहै अनुसार ट्यांकर लोड भैरहेकाले चाँडै इन्धन सहज हुने निगमका प्रवक्ता मुकुन्द धिमिरेले बताए ।
उनका अनुसार भारतका बेतालपुर डिपोबाट पेट्रोल आपुर्ति बढाइएको र र एकै दिनमा सय बढी ट्यांकरलाई लोड दिइएको छ । अबको साता चार पांग्रे सवारीलाई पेट्रोल दिने र दुई पांग्रेलाई पनि नियमित रुपमा दिन थाल्ने तयारी भएको घिमिरेले बताए ।
उनले उपत्यका भन्दा बाहिर पनि इन्धन आपुर्ति बढाइने बताए । निगमसँग अहिले पनि थानकोट डिपोमा करिब ३३ लाख लिटर डिजेल र १३ लाख लिटर पेट्रोल मौज्दात रहेको छ ।
nepalsandesh
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिएर काठमाडौं आउन लागेको नेपाली सेनाको सुपर पुमा हेलिकोप्टर ललितपुरको गिम्दीमा बिग्रिएको छ ।

ललितपुरको गिम्दी–९ सोभानबेंसीस्थित बागमती नदीमा निर्मित झोलुङ्गे पुल उद्घाटन गरेर फर्कनै लाग्दा उड्न तयारी अवस्थाको सेनाको हेलिकोप्टर बिग्रिएको हो ।

उड्न इन्जिन चलाइसकेको अवस्थामा अचानक बिग्रेको हेलिकोप्टरलाई काठमाडौंबाट गएको नेपाली सेनाको अर्को टोलीले आधा घन्टा लगाएर मर्मत गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।


प्राविधिक टोलीले मर्मत गरेपछि प्रधामन्त्रीसहितको उच्चस्तरीय सरकारी टोली सोही हेलिकोप्टरमा काठमाडौं फर्केको छ ।
/annapurnapost- भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १९ पुस । प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच आज साँझ हुने भनिएको निर्णायक बार्तामा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीले सहभागी नहुने घोषणा गरेको छ ।
सदभावनाका महासचिव मनीष सूमनले वार्ता सहभागी नहुने बताए । उनले भने- ‘हाम्रा अध्यक्ष राजेन्द्र महतोमाथि भएको कुटपिटको घटनामा सरकारले माफी नमागेसम्म वार्तामा सहभागी नहुने पूर्ववतः निर्णयअनुसार हामी बार्तामा जाँदैनौं ।’
सरकारका प्रतिनिधिले बार्तामा सहभागी हुन खबर गरेको बताउँदै सूमनले अहिलेसम्म माफी नमागिएकाले यथास्थितीमा वार्तामा सहभागी नहुने बताए । प्रमुख तीन दल र मधेसी मोर्चाबीच आज साँझ ६ बजे वार्ता हुँदैछ ।
सद्भावना पार्टीले वार्तामा सहभागी नहुने घोषणा गरेसँगै मधेसी मोर्चा भने अलमलमा परेको छ । मधेसी मोर्चाका अन्य नेताहरुले वार्ता सहभागी हुने बताएका छन् । यसले मोर्चामा थप विवाद सिर्जना भइ फुट्न सक्ने अनुमान गरिएको छ ।
dainiknepal
वीरगञ्ज : रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक युवाको उपचारका क्रममा ज्यान गएको छ ।

मधेसी मोर्चाले गत भदौ २७ गते गौरमा गरेको प्रदर्शनका क्रममा प्रहरीले हानेको गोली तिघ्रा र पिठ्युमा लागेका रौतहटको अकोलवा–७ का ३९ वर्षीय मोहमद मेहरुद्दिनको आइतबार मृत्यु भएको हो ।

गोली लागेर घाइते उनको तत्कालै नारायणी उपक्षेत्रीय अस्पतलामा भर्ना गरिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा उनको आइतबार दिउँसो ज्यान गएको हो । annapurnapost
चीनले वायुमण्डलको लो-अर्थ अर्बिटमा आफ्नो उपस्थितीलाई बलियो बनाउन नयाँ ‘अन्तरीक्ष बल’ (Space Force) बनाउने तरखरमा रहेको बताइएको छ। यसको बारेमा कुनै आधिकारीक घोषणा भएको छैन, तापनि उक्त अन्तरीक्ष-बल चीनको ‘पिपुल्स लिबरेसन आर्मी’ भित्रै बनाउन लागेको रिपोर्ट ‘वासिङ्गटन टाइम्स’बाट प्राप्त भएको छ। यस अन्तरीक्ष-बलमा आणविक मिसाइल, इलेक्ट्रोनिक डाटा फोर्स, साइबर थ्रेट युनिट र सिग्नल इन्टेलिजेन्स पर्ने डेली मेलले जनाएको छ।

वासिङ्गटन टाइम्सको एक रिपोर्टको अनुसार, चीनले अन्तरीक्ष-युध्दकै तयारीको लागि यस्तो गतिविध गरिरहेको बताइन्छ। त्यसलगायत, अन्तरीक्ष बलको ३ वटा शाखा हुने कुरा चीनकै ‘बावेन प्रेस’ पत्रिकाले गत महिना प्रकाशित गरेको थियो। ती ३ शाखामा ‘रणनीतिक क्षेप्यास्त्र’, ‘इलेक्ट्रोनिक युध्द’ र ‘अन्तरीक्ष सेना’ पर्दछन्। हालै, चीनले एक ‘हाइपरसोनिक स्ट्राइक भेहिकल’ र ‘एन्टि स्याटलाइट मिसाइल’को छैठौँ परीक्षण पनि गरेको थियो।

चिनियाँली सैनिक मामिलाका विशेषज्ञ ‘रिक फिसर’ले वासिङ्गटन टाइम्समा गरेको रिपोर्टअनुसार अन्य अन्तरीक्ष हतियारमा लेजर राखिएको अन्तरीक्षयान, लो-अर्थ अर्बिट बम्बर र मिलिटरी स्पेस सटल्स (Laser-armed spacecraft, Low-Earth orbit bombers and Military space shuttles) पर्न सक्ने बताएका थिए। उनको रिपोर्टअनुसार चीनको ‘अन्तरीक्ष-बल’को मूख्य उदेश्य ‘पृथ्वीमा संयुक्तराज्य अमेरिकालाई हराउन लो-अर्थ अर्बिटमा आफ्नो कब्जा जमाउनु’ हो।

पृथ्वीको कक्षमा स्याटलाइटको सङ्ख्या बढ्दो छ, अनुसन्धान गर्न, साथै सैन्य प्रयोजनको लागि अमेरिका, चीन, रुस लगायतका विकसित देशले स्याटलाइट प्रक्षेपण गर्ने गरेका छन।

अन्तरिक्ष विस्तारै हतियारको अखडा हुँदै गर्दा सतहमा पनि अवस्था जटिल बन्दैछ। आणविक हतियार र लामो दुरीको क्षेप्यास्त्र ती स्याटलाइटलाई खसाल्ने सामर्थ्य गर्छन।यदि पृथ्वीको कक्षमै युध्द हुँदा कमजोर अनि पुराना स्याटलाइट जोखिममा पर्छन।

वैज्ञानिक खोज, अनुसन्धान, सञ्चार र इन्टरनेट स्याटलाइटमा भर परेको यो प्राविधिक समयमा ती स्याटलाइट नष्ट भए प्रविधिलाइ ठुलो धक्का पुग्नेछ।

“हामी दोश्रो विश्व युध्दको युगमा पुग्नेछौँ”, अमेरिकी एयरफोर्स जेनेरल ‘जोन हाइटेन’ले भने- “सारा विश्व औध्योगिक युगतिर पुग्नेछ।”



कक्षमा उपयोगी स्याटलाइट संगै कति हतियारहरू छन् भन्न गाह्रो छ। अन्तरीक्षयान २ वटा कामको लागि प्रयोग गरिदै आएको छ। शान्तिपूर्ण अनुसान्धान र सम्भावित सैन्य प्रयोग। त्यसैले आक्रमण नगरुञ्जेलसम्म जुनकुनै यान पनि शान्त स्वभावका बन्न सक्छन्। साथै, यस्ता यानको फरक दुइ प्रयोजनले गर्दा यसका सञ्चालकहरूलाई राजनीतिक बहाना पनि मिल्ने गरेको छ। संयुक्तराज्य अमेरिकासँग अन्य देशहरूको भन्दा धेरै अन्तरीक्ष हतियार रहेको तथ्य खुलिसकेको छ, तैपनि ती अन्तरीक्षयान खतरनाक नरहेको अाधिकारीक व्यक्तिहरू बताउने गर्छन्।

सन् २००७ मा चीनको ‘एन्टि स्याटेलाइट’ परीक्षण र २०१३ मा त्यस्तै किसिमको परीक्षणले चीनसँग जुनकुनै समयमा पनि लो-अर्थ अर्बिटमा भएका स्याटेलाइटहरूलाई ध्वस्त गराउन सक्ने खुबी रहेको थाहा पाउन सकिन्छ।

सन् २०१० मा, चीनको एक अन्तरीक्ष एजेन्सीले साना-साना अन्तरीक्ष साधन पृथ्वीको कक्षमा पठाएको थियो, जसमध्येमा ‘एस.जे-६ एफ’ र ‘एस.जे- १२’ नाम गरेको दुई साधन पर्दथ्यो। ती दुई साधन कक्षमा एक-आपससँग ठोक्किएर ध्वस्त भएको थियो।

तर, चीनसँग अन्तरीक्ष र जमिनमा आधारित सेन्सरको सुविधा छैन, जसको मद्दतले ती हतियारलाई आफ्नो शिकारतिर ताक्न सकिन्छ। तर, अमेरिकाले भने ग्लोबल सेन्सर नेटवर्कसँग सम्पर्क गर्न आफ्ना मित्र देशहरूसँग मद्दत लिन सक्दछ। चीनका सैनिकहरूले पूर्वी एसियाको आकाश बाहेक अन्य ठाउँको आकाशलाई नियन्त्रण गर्न सक्दैनन्। तथापी, अहिले सञ्चालन हुन लागेको नयाँ ‘अन्तरीक्ष-बल’पछि भने त्यो सबै परिवर्तन हुन सक्नेछ।nepaliheadlines.
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home