• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं : राष्ट्रपतिमा एमालेबाट विद्यादेवी भण्डारीको उम्मेदवारी दर्ता भएको छ।

उनको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा छन्। उम्मेदवारी दर्ताका लागि एमाले र एमाओवादीका नेताहरु संसद् भवनमा पुगेका छन्।

एमाले र एमाओवादीबीच शीर्ष तहको समझदारीपछि राष्ट्रपति पदका लागि भण्डारी र उपराष्ट्रपति पदका लागि नन्दकिशोर पुन 'पासाङ' लाई उम्मेदवार घोषणा गरिएको छ।
पार्टी स्थायी समितिको सोमबार बिहान बालुवाटारमा बसेको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।


एमाओवादी तथा अन्य सत्तारुढ दलहरुसँगको सहमतिमा उम्मेदवारी तय गरिएकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने संभावना बलियो छ । उनी एमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी हुन् ।

यसअघि रक्षालगायतका महत्वपूर्ण मन्त्रालय समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल छिन्। भद्र र शालिन स्वभावकी भण्डारीको समन्वयकारी भूमिकाका कारण एमालेले उनलाई प्रस्ताव गरेको हो ।

राष्ट्रपतिको उम्मेदवारमा एमालेबाट पूर्वप्रधानमनत्री झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको नाम पनि चर्चामा थियो । तर पहिलो महिला राष्ट्रपति बनाएर इतिहास रच्ने अवसर गुमाउन नहुने भन्दै पूर्वप्रधानमनत्री झलनाथ खनाल, शीर्ष नेताहरुले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउन सहमत भएका थिए।

एमालेले भण्डारीलाई समर्थन गर्न र मत दिनका लागि संसद्‍मा रहेका सबै दलहरुसमक्ष आग्रह गरेको छ।  उनलाई सर्वसम्मत बनाउनका लागि पार्टीले अन्य दलहरुसँग छलफल गर्ने भएको छ।
annapurnapost.com

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई राष्ट्रपति बनाउन एमाओवादी अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव राखेका छन् । सिटौलाको प्रस्तावबारे प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएका छन् ।
आफूलाई राष्ट्रपति बनाएको खण्डमा कांग्रेसलाई सरकारमा सहभागी गराउने दाबी सिटौलाले प्रचण्डसमक्ष गरेका छन् । सिटौलाको प्रस्तावबारे एमाओवादीका एक स्थायी समिति सदस्यले अनलाइनबरसँग भने- ‘कांग्रेस अहिले नै सरकारमा सहभागी गराउन नसके पनि सिटौला राष्ट्रपति बनेको खण्डमा ८/९ महिनापछि सरकारमा सहभागी हुने आश्वासन आएको छ ।’
सिटौलाले आफूलाई राष्ट्रपति बनाइयोस् भन्ने प्रस्ताव राखेपछि उनको प्रस्ताव प्रचण्डले केपी ओलीसम्म पुर्‍याएको एमाओवादीका एक नेताले बताए ।
प्रधानमन्त्रीको चुनावमा कांग्रेसलाई सहभागी गराउने र उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने योजनामा रहेका सिटौला आफ्नो लाइन असफल भएपछि राष्ट्रपति बन्ने नयाँ योजनामा लागेका हुन् ।
यद्यपि कांग्रेसको पदाधिकारी एवं केन्द्रीय कार्यसमितिको बैठकले भने केबी गुरुङलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने औपचारिक निर्णय गरिसकेको छ ।
केपी ओलीको अर्को प्रस्ताव
उता प्रधानमन्त्री केपी ओलीले चाँहि आफ्नो सरकारलाई दुई वर्ष टिकाउने ग्यारेण्टी गरे कांग्रेसलाई राष्ट्रपति दिन सकिने अर्को शर्त अघि सारेको स्रोतको भनाइ छ ।
‘सिटौलाको चाहना आफू राष्ट्रपति बन्ने देखिएको छ,’ उता ओलीचाँहि आफ्नो सरकार कम्तिमा दुई वर्ष टिकोस् भन्ने चाहन्छन् ।’
एमाओवादीको ‘ग्रीन सिग्नल’

यसैवीच मंगलबार बसेको एमाओवादी स्थायी समितिको बैठकले कांग्रेसलाई राष्ट्रपति दिन सकिने संकेत गर्दै मध्यमार्गी निर्णय गरेको छ ।
मंगलबार बसेको एमाओवादी बैठकले अझै पनि सहमतिको राष्ट्रपति खोजी गर्ने निर्णय गरेर सिटौलाको प्रस्तावप्रति ‘ग्रिन सिग्नल’ दिएको हो ।
यसबारे एमाओवादीका एक स्थायी समिति सदस्यले अनलाइनखबरसँग भने- ‘हामी सत्तापक्ष भएकाले सिटौलालाई समर्थन गर्छौं भन्न मिलेन, त्यसैले सकेसम्म साझा उम्मेद्वारको खोजी गर्ने र त्यसो हुन नसकेको अवस्थामा मात्रै विद्या भण्डारीलाई मतदान गर्ने स्थायी समितिको बैठकको स्पिरिट हो ।’
सिटौलाले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै एमाओवादीले दलहरुवीच सहमति भए उनलाई स्वीकार गर्ने सन्देस दिएको छ । साथै बैठकमा प्रचण्डले हिजो सरकारमा नआउनु गल्ती भयो भन्दै आत्मालोचित भएर आए कांग्रेसलाई राष्ट्रपति दिन एमाले पनि सकारात्मक रहेको पार्टीको बैठकमा ‘बि्रफिङ’ गरेका थिए ।
मंगलबार दिनभरिमा सिटौलाले एमालेबाट सहमति जनाएको अवस्थामा उनी राष्ट्रपतिको साझा उम्मेद्वार बन्न सक्ने स्रोतले बतायो ।
सिटौला राष्ट्रपति भए उपराष्ट्रपतिमा एमाले

यसैवीच राष्ट्रपतिका लागि सिटौलाको नाममा सहमति भएको अवस्थामा उपराष्ट्रपति एमालेको भागमा पर्ने स्रोतले बतायो ।
‘एमाओवादीले सभामुख पाइसकेको छ, कांग्रेसले राष्ट्रपति पायो भने शक्ति सन्तुलनको हिसाबले दोस्रो ठूलो दल एमालेले उपराष्ट्रपति दाबी गर्नु स्वाभाविक हुनेछ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।
www.onlinekhabar.com
 चीनले तिब्बतकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाबाट बिजुली निकाल्न सुरु गरेको छ। ब्रम्हपुत्र नदीमा विभिन्न युनिटमार्फत १० दिनअघि बिजुली निकाल्न सुरु गरिएको हो। ब्रम्हपुत्र नदीमा ड्याम बनाएर ज्याग्मु जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो ।
नदीको बहावमा आधारित (रन अफ रिभर) मोडलमा बनेको उक्त आयोजनाको क्षमता ५ सय १० मेगावाट छ। नेपालबाट करिब साढे ८ सय किलोमिटर दूरीमा बनेको उक्त आयोजनाले बढी भएको बिजुली बेच्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ। विज्ञहरूका अनुसार तिब्बत अब जलविद्युत्को स्रोतसमेत बन्न सक्ने देखिएको छ ।
बिजुलीसहित सबै इन्धनमा भारत निर्भर मुलुकका लागि चीनबाट बिजुली आयातको सम्भावनासमेत बढेको विज्ञहरूको भनाइ छ। भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थका हाहाकार भएको छ। यही बीचमा चीनले अनुदान स्वरूप हजार टन इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ। यसैगरी ग्यास पनि चीनबाट ल्याउने सम्भावना खोज्न व्यवसायी र सरकारी टोली चीन गएको थियो। भारतले इन्धन र सामान कटौती गरे पनि बिजुली दिन भने बन्द गरेको छैन। भारतबाट करिब २ सय ५० मेगावाट बिजुली आयात भइरहेको छ। हिउँदमा नेपालको विद्युत्को माग करिब १३ सय मेगावाट पुग्ने गरेको छ ।
जब कि स्वदेशको उत्पादन २ सय ५० मेगावाटको हाराहारी मात्रै हुने गरेको छ। भारतले दिँदै आएको बिजुली कटौती गर्ने हो भने यसको विकल्प थिएन। ब्रम्हपुत्रमा बनेको विद्युत् वैकल्पिक स्रोत बन्ने विश्लेषण गरिएको हो। ब्रम्हपुत्र नदीबाट बिजुली निकाल्न चीनले करिब डेढ अर्ब डलर (करिब डेढ खर्ब रुपैयाँ) खर्चेको छ। यो ड्याम विश्वकै सबैभन्दा उचाइ बनेको छ। ब्रम्हपुत्र नदीमा चीनले बनाएको ड्याम भारतका लागि ठूलो चासोको विषय हो। भारतको बारम्बारको खबरदारीपछि पनि चीनले उक्त आयोजना बनाएको हो। बदलामा पानीको बहावबारे मेदेखि अक्टोबरसम्म पानीको बहावको जानकारी भारतलाई दिने आश्वासन चीनले दिएको छ । ब्रम्हपुत्रलाई चिनियाँ भाषामा ज्याम्बो नदी भन्ने गरिन्छ।
यही नदी भारतमा पुग्दा ब्रम्हपुत्र र त्यसपछि मेघनाको नामबाट बंगलादेश हुँदै बंगालको खाडीमा मिसिन्छ। चीनले सन् १९७२ मा गरेको अध्ययनअनुसार ब्रम्हपुत्र नदी बेसिनमा १ लाख १४ हजार मेगावाट बिजुली उत्पादन हुन सक्ने क्षमता छ। मुख्य नदीमा मात्रै करिब ८० हजार मेगावाट क्षमता भएको अध्ययनले देखाएको छ। चीनले करिब २८ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्न सकिने सम्भावना देखाएको छ। यो नदी चीनले तीव्र रूपमा विकास गर्न खोजिरहेको तिब्बतको ऊर्जाको माग पूरा गर्ने मुख्य स्रोत हो।
सन् २०१३ मा चीनले अन्य ३ ठाउँमा ड्याम बनाएर बिजुली निकाल्ने योजना केन्द्रीय योजनामा समावेश गरिसकेको छ। यसले आगामी दिनमा चीन ब्रम्हपुत्रबाट बढीभन्दा बढी बिजुली निकाल्न जुटने देखिन्छ। जसले भारत र चीनबीचको सम्बन्धमा चिसोपन आउने सम्भावना छ। भारतको पकड भएको भुटानका प्राय: सबै नदी ब्रम्हपुत्रमा गएर मिसिन्छन्। त्यसैल ब्रम्हपुत्र नदी बेसिनमा भारत आफ्नो बढी आधिपत्य खोजिरहेको छ। तर ऊर्जाको ठूलो मागका कारण चीनले बिजुली निकाल्न बन्द गर्ने सम्भावना भने कम छ। चीनको बिजुली उत्पादन सुरु भएपछि भारतीय मिडियाले त्यसलाई नजिकबाट नियाल्नुपर्ने भन्दै त्यहाको सरकारको ध्यानाकर्षण गराउन खोजेको छ ।
dainiknepal.com
काठमाडौं–नेपाली का्रग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वार तय गरेको छ । कांग्रेसले आफैंले राष्ट्रपति र उपराष्ट्रपति पाउनुपर्ने दाबी सहित कुलबहादुर गुरुङलाई उपराष्ट्रपति र अमिय कुमार यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने गरेको हो ।
आज बिहान बसेको पार्टीको बैठकले गुरुङ र यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरिएको केन्द्रीय सदस्य गगनकुमार थापाले जानकारी दिए ।

यसअघि एमालेले विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपराष्ट्रपतिमा एमाओवादीले नन्दकिशोर पुन पासाङलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।
राष्ट्रपतिको निर्वाचन भोलि बुधाबार हुँदैछ ।

www.ratopati.com
वालिङ, १० कात्तिक । पश्चिम स्याङ्जाको श्रीकृष्णगण्डकी गाविस–३ दापमा सोमबार बेलुका नेपाली सेनाको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जैपतेबाट बेलटारी कार्यालयतर्फ जाने क्रममा कच्ची सडकमा कालीभञ्ज्याङ गण बेल्टारीको लु १ ञ ८२ नम्बरको टाटा जिप दुर्घटना भएको हो ।
जिप दुर्घटनामा परी घाइते हुनेमा सेनाका छ जनासहित पाँच जना सर्वसाधारण रहेका छन् । घाइते हुनेमा सेनाका उपसेनानी बाबुकाजी बस्नेत, हुद्धा राजन कार्की, सिपाही सरोज कार्की, ठाकुरराज नाउ, दीपक विक र प्युठ उमाकान्त जोशी रहेका छन् भने सर्वसाधारणतर्फ श्रीकृष्णगण्डकी गाविस–३ बेल्टारीका वर्ष ४० की वमकला न्यौपाने, वर्ष १९ की सीता पाण्डे, वर्ष १० की दिपीका पाण्डे, वर्ष ३८ का तारा पाण्डे र वर्ष ८७ का विपीन पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
दुर्घटनामा परी सेनाका सिपाही ठाकुरराज नाउ, सिपाही दीपक विक र प्युठ उमाकान्त जोशीलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइते सेना तथा सर्वसाधारणको अवस्था सामान्य रहेको छ । कच्ची बाटोमा जिपको ब्रेक फेल भई भित्तामा ठोक्किन गई उक्त दुर्घटना भएको बताइएको छ । रासस
dainiknepal.com
एजेन्सी : अफगानिस्तानको हिन्दूकुश पर्वत श्रृंखलामा सोमबार गएको भूकम्पबाट पाकिस्तान र अफगानिस्तानमा २८० जना बढी मानिसको ज्यान गएको छ।

भूकम्पबाट हालसम्म १८ सय मानिस घाइते भएको जानकारी आएको छ । पाकिस्तानमा २१० बढि मानिस मारिएका छन्। त्यसैगरी अफगानिस्तानमा ६० जनाबढी मानिसको मृत्यु भएको खबर आएको छ ।


अफगानिस्तानको एक स्कूलमा भूकम्पछि भएको भागदौडमा १२ जना विद्यार्थीको ज्यान गएको छ । पाकिस्तानको स्वात घाटी र पेशावर इलाकामा सयौं घर जमिनमा मिलेका छन् ।

भूकम्पको कडा झट्का उत्तर भारत र नेपालमा पनि महसुस गरिएको थियो । तर यी दुबै देशमा भूकम्पले कुनै नोक्सान गरेको समाचार आएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पछिल्लो १० वर्षयता पाकिस्तान र अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण मानिसमा त्रास फैलिएको थियो। यसअघि गत बैशाख १२ मा नेपालमा ७.८ म्याग्निच्यूडको भूकम्प जाँदा ८ हजार बढी मानिस मारिएका थिए ।

ग्रामीण इलाका ठूलो क्षति भएको आशंकमा दुबै देशले राहत एवम् उद्धार टोली तथा सेनालार्इ पनि परितालित गरिसकेका छन् ।
 
‘अमेरिकन भूगर्भ विभाग’ का अनुसार ७.५ म्याग्निच्यूडको भूकम्पका केन्द्र अफगानिस्तानको राजधानी काबुलबाट २५० किलोमिटर टाढाको उत्तरपूर्वी हिन्दुकुश पर्वतमा गएको हो । यो भूकम्प पृथ्वीको करिब २१३.५ किलोमिटर तल गएको हो ।

भूकम्पबाट हजारौं घर भत्किएका छन् । कयौं स्थानमा पहाडै खसेर पहिरो झरेको छ । दुबै देशका सरकारले प्रभावित क्षेत्रमा बचाउका लागि सेनाका जवानलार्इ पठाइसकेका छन् ।

पाकिस्तानी सेनाका प्रमुख जनरल राहिल शरीफ खबर पख्तुनख्वा आफैं पनि कयौं ग्रामीण इलाकामा उद्धारका लागि सेनासहित परिचालित भएका छन् ।

पाकिस्तानी सेनाको मिडिया इकाइका महानिर्देशक लेफ्टिनेन्ट जनरल आसिम बाजवाले ट्वीट गर्दै  भने, 'सेना प्रमुख पेशावरस्थित कोर मुख्यालय पुग्नुभएको छ ।कोर कमाण्डर (पेशावर हिदायत-उर-रहमान) ले उहाँलार्इ नोक्सानको आँकलनबारेमा जानरी गराए ।'

पाकिस्तानी मिडियाका अनुसार खबर पख्तूनख्वा प्रान्त र संघ प्रशासित क्षेत्र (फाटा) मा १९१ मानिस मारिएका छन् । त्यसैगरी पञ्जाब प्रान्तमा पाँच र पाकिस्तान नियन्त्रित कश्मिर तथा गिलगित बाल्टिस्तानमा चार मानिसको मृत्यु भइसकेको छ ।

समाचार अनुसार पख्तूनख्वामा ९५६ मानिस घाइते भएका छन् । भूकम्पबाट सबैभन्दा प्रभावित मालाकन्द इलाका रहेको छ, जहाँ १३७ जना मानिसको ज्यान गएको छ ।

प्रान्तीय दैवी प्रकोप प्राधिकरणले जिल्ला प्रशासनलार्इ निर्देशन दिँदै बचाउ एवम् राहत कोषको प्रयोग गर्न भनेको ५ । सबै सरकारी अस्पतालमा आपातकालिन स्थिति घोषित गरिएको छ । प्रभावित इलाकामा आवश्यक वस्तु पठाइसकिएको छ । खबर अनुसार पख्तूनख्वाहको चितराल, स्वात, शाङ्गला, डिर र बुनेर जिल्लामा कयौं घर ढलेका छन् ।

पाकिस्तान मौसम विज्ञान विभागले जनाएअनुसार यस भूकम्पको पहिलो झट्का सोमबार दिउँसो करिब २ बजेर ९ मिनेटमा महसुस गरिएको थियो ।

पहाडी इलाकामा ठूला पहिरो झरेको पनि समाचार आइरहेको छ । यो अवस्थामा ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
www.annapurnapost.com
नेपालमा पेट्रोलियम पदार्थमा अधिपत्य जमाएको भारतबाट भन्दा चीनबाट तेल ल्याउँदा २० रुपैंया सस्तो पर्ने देखिएको छ । चीनले नेपाललाई दिन लागेको तेल निकै सस्तो र गुणस्तरीय तेल दिन लागेको बताइएको छ ।
नेपाल आयल निगमका अनुसार चीनले नेपाललाई युरो–४ मापदण्डको उच्च गुणस्तरीय पेट्रोल दिन लागेको हो । निगमले यसअघि भारतबाट युरो–३ मापदण्डको पेट्रोल भित्र्याउँदै आएको थियो । गुणस्तरीय हुने भएको हुँदा यो पेट्रोलले माइलेज पनि बढी दिने मोटर व्यवसायीहरुले जनाएका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल श्रेष्ठका अनुसार, चीनबाट ल्याउन लागेको तेल भारतको भन्दा २० रुपैँया सस्तो समेत पर्ने देखिएको छ । उनका अनुसार, चीनमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर ४२ रुपैयाँ छ । ढुवानी र बिक्रेतालाई दिने खर्च कटाउँदा समेत पेट्रोलको मूल्य प्रतिलिटर ८४ रुपैयाँभन्दा बढी नपर्ने उनको दाबी छ । अहिले नेपालमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ छ ।
आयल निगमका कतिपय अधिकारीले भने भारतबाहेक अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउँदा दोब्बर मुल्य पर्नेदाबी गर्दै आएका थिए । तर, अधिकारकर्मी श्रेष्ठले भने आयल निगमको दाबी गलत रहेको दाबी गरे ।
dainiknepal.com
अफगानिस्तानमा गएको विनाशकारी भूकम्पले पाकिस्तान र भारतमा निकै ठूलो क्षति गएको बेला भारतीय वैज्ञानिकहरुले नेपालमा पनि फेरि ठूलो भूकम्प जान सक्ने चेतावनी दिएका छन् ।
बर्षाैदेखि स्थिर अवस्थामा रहेको भारत र पाकिस्तान जोड्ने हिमाली क्षेत्रको ‘भूकम्पीय जोखिमयुक्त भुभाग’ गत बैशाखमा नेपालमा आएको भूकम्पपछि सक्रिय भएको बैज्ञानिकहरुले बताएका छन् । नेपालको भूकम्पले यी जोखिमयुक्त भुभागमा ‘ट्रिगर फैक्टर’ अर्थात सक्रियता बढाउने काम गरिदिएको छ । वाडिया हिमालय भू विज्ञान संस्थानमा आयोजित हिमालय– कराकोरम– तिब्बत कार्यशालामा बैज्ञानिकहरुले भूकम्पीय जोखिमयुक्त भूभाग सक्रिय भएपछि फेरि भूकम्प आउने आशंका व्यक्त गरेका हुन् ।
साथै, नेपालमा अझै पनि ठूलो भूकम्प आउने आशंका गरिएको छ । ‘नेपालमा वैशाख १२ को भूकम्पमा भूगर्भको पूरा ऊर्जा बाहिर आउन पाएको थिएन् । यो ऊर्जा दक्षिण नेपालको गहिरो भूभागमा धेरै मात्रामा सञ्चित छ । जसका कारण अब दक्षिण भूभागमा ठूलो भूकम्प जान सक्ने खतरा छ ।’- वैज्ञानिकहरुले भनेका छन् ।

नेपालको आवादी क्षेत्र तराईमा थुप्रै जनसंख्या भएको र त्यहाँ नै भूकम्प जाने सम्भावना बढी भएकाले शतर्कता अपनाउन वैज्ञानिकहरुले नेपाल सरकारलाई समेत सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बैज्ञानिकहरुले यो पनि भनेका छन् कि भूकम्प आउनुभन्दा पहिला ठूलो परिमाणमा राडान ग्यास जमिनबाट बाहिर निस्कन्छ । जसले भूकम्प आउन लागेको कुरा पहिला नै अनुमान लगाउन सकिन्छ । भूगर्भ बैज्ञानिक डा. वीसी ठाकुरले भनेका छन्– नेपालको तराईदेखि भारतको बिहारसम्मको भूभागमा ठूलो भूकम्प आउने सम्भावना बढी छ । यो क्षेत्रमा थुपै्र उर्जा सञ्चित छ । जो स्थानान्तरण हुने क्रममा छ ।
यो क्षेत्रमा पहिला पनि भूकम्प आएको बताइएको छ । र, अब ठूलै आउने आंशका गरिएको छ । यसको साथै अन्य बैज्ञानिकहरुले पनि हिमाली क्षेत्रमा भूकम्पको जोखिम सक्रिय भएकाले सतर्क रहन सुझाव दिएका छन् । जसमा बैज्ञानिकहरु योगेन काई, विनित के गहलौत, टीना एम नीमी, मोना लिसा, सप्तऋषि डे, साइमन क्लेमरर, सोमा नाथ सप्तकोटा, देव जीत हजारिका रहेका छन् ।dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
इन्धन आपूर्ति गर्न नेपाली टोली चीन प्रस्थान
काठमाडौं: सरकारले चीनबाट पेट्रोल ल्याउन आठ सदस्यीय सरकारी टोली सोमबार चीन पठाएको छ।


भारतीय आयल निगमले आवश्यक परिमाणमा इन्धन उपलब्ध नगराउँदा नेपालीको जनजीवन कष्टकर बन्दै गएपछि सरकारले तत्कालका लागि इन्धन आपूर्ति गर्न चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न सरकारी टोलीलाई चीन पठाएको हो।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बेजिइङस्थित नेपाली राजदूत महेश मास्केको नेतृत्वमा उच्च अधिकारीहरू चीन गएका हुन्। टोलीमा वाणिज्य, परराष्ट्र, अर्थ र कानुन मन्त्रालयका एकएक सहसचिव तथा गुणस्तरका नापतौल विभागका महानिर्देशक र नेपाल आयल निगमका दुईजना अधिकारी संलग्न छन्। टोलीले चिनियाँ पक्षसँग आवश्यक परिणाममा इन्धन उपलब्ध गराउने विषयमा वार्ता गर्ने छ।

स्रोतका अनुसार चीन युरो ४ मापदण्ड पेट्रोलियम पदार्थको प्रवद्र्धक भएकाले नेपालमा सोही मापदण्डको पेट्रोलियम पदार्थ ल्याउने तयारी छ। निगमले भने भारतसँग हालसम्म युरो ३ मापदण्डको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ।

'सरकारले इन्धन भित्र्याउने विषयमा जिम्मेवारीपूर्वक आवश्यक तयारी गरेको छैन', मन्त्रालय स्रोतले भन्यो, ‘हचुवाका भरमा टोली गठन गरेर चीन पठाइएको छ। कुन मापदण्डको इन्धन कति परिमाणमा ल्याउने, चीनबाट ल्याउँदा लाग्ने खर्च र भण्डारण कहाँ गर्ने भन्नेमा आन्तरिक छलफल र अध्ययन नै भएको छैन।'

युरो ३ मापदण्डभन्दा युरो ४ मापदण्डको पेट्रोलियम पदार्थ गुणस्तरीय मानिन्छ। पछिल्लो समय भित्रिएका सवारीसाधन युरो ४ मापदण्डको रहेकाले चीनले अनुदान दिने भनेको तेल अहिलेसम्म भारतबाट आयात गरेको भन्दा गुणस्तरीय हुनेछ।

इन्धन ल्याउन नेपाली टोली चीन पठाउने निर्णयका बारेमा टोलीमा जाने कतिपय सहसचिवहरूलाई सोमबार बिहानसम्म जानकारीसमेत गराइएको थिएन। नेपाल आयल निगमका प्रवत्ता दीपक बरालले चीन सरकारले अनुदानमा उपलब्ध गराउने भनिएको एक हजार मेट्रिक टन (करिब १३ लाख लिटर) पेट्रोल बुधबारसम्म रसुवागढी आइपुग्ने जानकारी दिए।

निगमका अनुसार चीनले अनुदान सहयोगमा उपलब्ध गराउने पेट्रोल काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दिपायलपस्थित भण्डारणमा संकलन गरी प्राथमिकताका आधारमा वितरण गरिनेछ। निगमले अनुदानमा प्राप्त गरेको पेट्रोललाई प्रतिलिटर एक सय ४ रुपैयाँको दरले बिक्री गर्ने जनाएको छ।

चीनबाट अनुदानमा प्राप्त पेट्रोलले बढीमा चार दिनको मात्र माग धान्नेछ। सामान्य अवस्थामा उपत्यकामा दैनिक साढे तीन लाख लिटर पेट्रोल खपत हुन्छ । अहिले भने आयल निगमले दैनिक ५० हजार लिटर मात्र वितरण गर्दै आएको छ।

निगमले चीनबाट ल्याउने पेट्रोलियम पदार्थको भण्डारणमा समस्या नहुने बताए पनि ट्यांकर व्यवसायीले भने समस्या हुने बताएका छन्। वाणिज्य मन्त्रालय स्रोतका अनुसार चीनबाट आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य कति पर्छ त्यसको आवश्यक तयारी भने टोलीले गर्न पाएको छैन। 'नेपालको सिमानासम्म आइपुग्दा लागत कति पर्छ जानकारी छैन', मन्त्रालय स्रोतले भन्यो।

नेपालसँग हाल ७१ हजार ६ सय २२ किलोलिटर पेट्रोलियम पदार्थ मौज्दात राख्ने क्षमता छ। भारतीय आयल निगमले मागअनुसारको पेट्रोलियम पदार्थ नदिएपछि विकल्पका रूपमा चीनबाट ल्याउने तयारी गरिएको हो। आयल निगमले चीनको सरकारी स्वामित्वमा रहेको आयल निगमसँग सम्झौता भएपछि रसुवागढी नाकाबाट पेट्रोलिमय पदार्थ भित्रनेछ।
annapurnapost.com
मंगलबार, १० कार्तिक
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अर्साफ घानी र पाकिस्तानका प्रधानमन्त्री मोहम्मद नवाज सरिफलाई बेग्लाबेग्लै समवेदना पत्र पठाउँदै सोमबार अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट भएको मानवीय र ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले छुट्टाछुट्टै पत्रमा यस दुःखद घडीमा नेपाल सरकार, जनताका साथै आफ्नो व्यक्तिगततर्फबाट दुवै देशका सरकार, जनता र प्रभावित परिवारका सदस्यहरुलाई हार्दिक समवेदना र सहानुभूति प्रकट गरेका हुन् ।
प्रम ओलीले अफगानिस्तानका राष्ट्रपति घानी र पाकिस्तानका प्रधानमन्त्री सर्राफलाई पठाएको पत्रमा नजिकको छिमेकी र सार्क सदस्य राष्ट्रका नाताले यस दुःखद घडीमा दुवै देशका सरकार र जनताका साथमा आफू रहेको उल्लेख गरेका छन् ।
सोमबार दिउँसो अफगानिस्तानको उत्तरपूर्वमा रहेको हिन्दकुश पर्वत केन्द्रबिन्दु रहेको शक्तिशाली भूकम्पले अफगानिस्तान र पाकिस्तानको उत्तरी क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ ।
www.nepalsandesh.com
मंगलबार, १० कार्तिक
काठमाडौ । विराटनगरमा सोमबार साँझ मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपले तनाव भएको छ ।
मलाया रोडमा सडक छेउ धर्नामा बसेका मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर जवरजस्ती हटाउन खोजेपछि तनाव भएको हो ।
आईतबारदेखि मोर्चाका कार्यकर्ताहरू नेपाल भारत सीमा क्षेत्र रानी भन्दा तीन किलोमिटर उतर गौशाला जाने बाटोमा मलाया रोड छेउमा पाल टाँगेर धर्ना बस्दै आएका छन् ।
साँझ साढे ७ वजे तिर प्रहरीले धर्नाकारीलाई उठाउन खोजेपछि झडप भएको छ ।मोरङका प्रहरी प्रमुख एसपी तारणीप्रसाद लम्सालले गस्तीमा रहेका प्रहरीमाथी पेट्रोल बम हानेकाले कारवाही गर्नुपरेको बताए ।
उनले प्रहरीवाट केही सेल अश्रुग्यास र केही राउण्ड हवाई फायर गरिएको बताए । आजको कान्तिपुरमा सामाचार छ ।
www.nepalsandesh.com
कार्तिक १०, २०७२- बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘एभरेष्ट टाइम्स्’ को अनलाइन संस्करणका लागि काम गर्ने एकजना फोटो पत्रकार हराएको तेस्रो दिन मृत भेटिएका छन् । गत शनिबारदेखि हराइरहेका हरिमान गुरुङहुक र बेजिङस्टोक बीचको झाडीमा सोमबार मृत अवस्थामा भेटिएको धम्पुस परिवार यूके महासचिव कुमार गुरुङले जनाए । गाडी पार्क भइरहेको ठाउँबाट एकसय मिटर पर शव फेला परेको गाउँले समेत रहेका गुरुङले जानकारी दिए ।
लक गरिएको गाडीभित्र उनको क्यामेरा पनि थियो । अल्डरसटस्थित एम्पायर हलमा ‘वडा नम्बर ६’ फिल्म हेरेर राति ९.४५ तिर बाहिरिएका उनी त्यही रातबाट सम्पर्कमा नआएपछि परिवारले आइतबार दिउँसो अल्डरसट प्रहरीमा उजुरी गरेको थियो । ‘हरिमान भाइको शव उनलाई खोज्न गएको टोलीले सोमबार भेट्यो । उनी घुँडा टेकेको अवस्थामा रहेछन् । घाँटीमा डोरी रहेछ तर झुण्डिएको अवस्थामा थिएनन्’, धम्पुस परिवार यूके महासचिव गुरुङले भने, ‘घाउचोट रहेनछ । झुण्डिन नजिक रुखहरु, हात हतियार पनि थिएनन्, शरीर मैदानमा लडेको अवस्थामा रहेछ । मृत्यु अलिक रहस्यमय देखिन्छ ।’ शव भेटिएपछि खोजकर्ताले तत्काल प्रहरी र परिवारलाई खवर गरेका थिए । त्यसलगत्तै तीनवटा गाडीमा गएका प्रहरीले अनुसन्धान थालेको र थप अनुसन्धानपछि मृत्युको वास्तविक कारण थाहा हुने अपेक्षा छ । कास्की धम्पुस स्थायी घर भएका गुरुङको मृत्युले परिवार, आफन्तजन र साथीभाई स्तव्ध छन् । सन् २००६ मा हङकङबाट यूके आएका हरिमान श्रीमति सुनिता र दुई छोरीका साथ अल्डरसट बस्दै आएका थिए । 'उनी ज्यादै मिजासिलो, सोझो, सहयोगी र आँखामा हाले पनि नबिझाउने खालका थिए,' तीनवर्ष जतिसँगै काम गरेका सहकर्मी फोटो पत्रकार मिलन तमुले भने । ‘शनिबार म काममा भएकाले तमु पेल्यू संघ यूकेको कार्यक्रमको फोटो खिच्न जानु भनेको होइन दाई आज म मेरो परिवारलाई समय दिन्छु भनेर मानेनन्’, आँखाबाट आँसु झार्दै तमुले भने, ‘वकिङमा दसैं मान्न सँगै गयौं, बडा नम्बर ६ फिल्म पनि सँगै हेरेको साथी यस संसारबाट एक्कासी विदा भएको सुन्नुपर्दा मन थाम्न सकिरहेको छैन् ।’ हरिमानको भिडियो र गीत संगीतप्रति रुची थियो । बेलायतमा हुने विभिन्न कार्यक्रममा गीत गाउने गरेका उनले लेखेका गीतहरुको संगालो ‘लाएको माया’ एल्बम बजारमा आइसकेको छ ।

kantipur.ekantipur.com
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल कात्तिक १० गते। मंगलबार। इश्वी सन् २०१५ अक्टोबर २७ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– पूर्णिमा, १७:५२ बजेउप्रान्त प्रतिपदा हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusकेही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraएकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। अतिथिको रूपमा सम्मान पाइनेछ। मनग्य धनलाभ हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदा हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। आफ्नो विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिए पनि व्यापार व्यवसायमा फाइदा उठाउन सकिनेछ। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपरिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusउद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्तै धन आर्जन हुने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकाम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। फाइदा कममात्र हुनेछ। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ।
www.etajakhabar.com
भारतको अघोषित नाकाबन्दीको बीचमा छिमेकी राष्ट्र चीनले नेपाल सरकारलाई इन्धन सहयोग गर्ने तयारी गरिरहँदा त्यस निर्णयले मधेशमा तरंग पैदा गरेको छ । ४० जनाको ज्यान जाने गरी मधेशमा आन्दोलन भइरहँदा त्यसलाई वेवास्ता गरेर सरकारलाई सहयोग गर्न लागेको भन्दै आन्दोलनररत मधेशी दलहरु चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा गरिरहेका छन् । हुनत यसअघि नै मधेशमा चीनको झण्डा नजलेको पनि होइन ।

तर, त्यतिबेला मधेशी नेताहरु, विशेष गरेर उपेन्द्र यादव, ले नै त्यस्तो क्रियाकलापको विरोध गरेका थिए । संघीय लोकतान्त्रिक मधेशी मोर्चाले त्यसबारेमा विज्ञप्ति नै निकालेको थियो । तर, अहिले भने चीनले खुलेरै सरकारलाई सहगोग गर्न खोजेपछि मधेशी नेताहरु क्रुद्ध बनेका छन् । मधेशमा चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा उनीहरु लागेका छन् ।  सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले चीनको कदमप्रति गम्भिर आपत्ति जनाए । ‘हामी विगत दुई महिनादेखि आन्दोलनरत छौं । दर्जनौंले आन्दोलनमा ज्यान गुमाइसकेका छन् । हामीले अन्तर्राष्ट्रिय शक्तिलाई यसबारे ध्यानाकर्षण गराइरहेका छौं । तर, हाम्रो आन्दोलनलाई वेवास्ता गर्दै चीनले सरकारलाई सहयोग गर्ने कुरा आएको छ, त्यसको हामी घोर भत्सर्ना गर्छौं ।’ चीनले सरकारलाई सहयोग गरे मधेशमा चीनविरुद्ध प्रदर्शन हुने पनि उनले बताए । ‘हामी पनि फ्रितिब्बतको नारा उठाउन बाध्य हुनेछौं । हामीलाई तयसको गर्न बाध्य नपारियोस्,’ उनले भने । मधेशमा आन्दोलनको बीच भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालमा इन्धनको चरम अभाव देखिएको छ । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका क्रममा भारतीय नेतृत्वले परावाहन र इन्धन आपूर्ति सहज बनाउने बचन दिएपनि त्यो पूरा नभएपछि नेपालले अन्य देशसँग इन्धन आपूर्तिका लागि पहल गरेको हो ।newsxpressnepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२००७ सालको प्रजातन्त्रको आगमन सँगै देशमा राजनीतिक, सामाजिक, आर्थिक, भाषिक, साँस्कृतिक, धार्मिक एंव शैक्षिक हिसाबले आफनो मौलीक परम्परामा आधारित हकअधिकार सुनिश्चित भई बहुजातिय नेपाली भावनाको कदर राज्यले गर्ने छ भन्ने आकाक्षां नेपाली जनताको हुनु स्वभाबिक नै हो । जसले गर्दा नेपाली जनताले नेपाली ईतिहासमा २००७ साल देखि भएका सबैजसो आन्दोलनलाई साथ दिए र सफल पनि बनाए । फगत ती आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका निम्ति जति पनि राजनीतिक दल स्थापित भए सबैले सत्ता र कुर्सीका लागि प्राप्त उपलब्धीलाई तिलाञ्जली दिए ।
तैपनि नेपाली जनतामा निरासा छाएन जसले गर्दा २०५२ साल माघ २१ गते संयुक्त जनमोर्चाका नेता बाबुराई भट्टराईले नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रीक सरकार शेर बहादुर देउवा समक्ष राष्ट्रियता,प्रजातन्त्र र जनजीबिका सम्बन्धी गरी ४० बुँदे माग पेश गरे जसमा भारतसँगका बिद्यमान सन्धिहरु खारेज गरिनुपर्ने,राजाका सबैअधिकार र सुबिधा कटौती गरिनुपर्ने,दलाल पुँजीबादको सम्पति राष्ट्रियकरण गरिनुपर्ने लगायतका माग थिए , जसलाई तत्कालीन देउवा सरकारले पुरा गर्न सम्भब थिएन जसको कारण नेपालमा एकदशक लामो जनयुद्धको नयाँ राजनीतिको शुरुवात सँगै २०६३ साल मंसिर ५ गते नेपालमा एकदशक लामो शसस्त्र द्धन्दको अन्त्य भएको घोषणा गरियो भने नेपाली जनताको आशा र भरोसाको केन्द्र नेकपा माओबादी पार्टीमा नवसामन्तबाद र नवनिरङकुशतावदी चिन्तन हाबी हुदै जान थाल्यो ।
जनबाद हुँदै समाजबाद र साम्यबादको लागी सुचारु गरिएको आन्दोलनको अन्त्यको उदघोष सम्पूर्ण स्वार्थको जीन्दगी त्यागेर मेरो देश अनि मेरा प्यारा जनताको मुक्तिका लागि लड्न बनाईएको जनसेनाको दुःखद बिदाई जनयुद्धको मूल्यमान्यता बिपरित राष्ट्रघाती सन्धि सम्झौता, भारतले नेपालका नदीनालामा बिजुली निकाल्ने,एयरपोर्टमा भारतीय एयरमार्सल राख्न पाउँने र सुपुर्दगी सन्धि सम्बन्धी विषयले चर्चा पायाे, तर सत्यनिरुपण आयोग बिधेयक,आममाफी र क्षमादान विषय थाती रहन पुगेका कारण बाबुराम भट्टराई “लालध्वज” को ३५ औ प्रधानमन्त्रीको कार्यअबधी आलोचनात्मक मात्र भएन उनको चारदशक लामो राजनीतिक जीबनको पाटोमा एकपछि अर्को गर्दै असफलता बृद्धि हुँदै गयो । तसर्थ उनले आफुलाई मार्क्सवादी  र अग्रगामी नेता भन्नुकाे अाैचित्य सकिएकाे छ भने चीनका चेयरम्यान माओत्सेतुङका भनाई सापट लिनुपनि निरर्थक हुनेछ ।
नयाँदिल्लीको जवाहरलाल नेहरु बिश्वबिद्यालयबाट द नेचर अफ अण्डरडेभलपमेन्ट एण्ड रिजनल स्ट्रक्चर अफ नेपाल विषयमा बिद्याबारिधी गरेका बाबुरामले आफुलाई जति राष्ट्रबादी हुँ भनेपनि अब उनका भनाई गलत साबित हुने छन् । किनकी उनका पछिल्ला गतिबिधिले उनलार्ई भारतपरस्त बताउँने छ ताकी भारतीय प्राध्यापक सुकदेब मुनीकोे पुस्तक नेपाल ईन ट्रान्जिसन फ्रम पिपल्स वार टु फ्राजाईल पढन जरुरी छैन् । एकदशक लामो महान जनयुद्ध बाट प्राप्त उपलब्धीको रक्षा गर्ने बेलामा पार्टी परित्याग गरी नयाँ पार्टी वनाउने कुरा उनले रामेछापको मन्थली र दाङको लमही शहर डिजाईन गरेजस्तो सजिलो छैन । तेह्र हजार नेपालीको बलिदान हजारौ बेपत्ता त्यतिनै मात्रामा घरबाह बिहिन र खरबौको भौतिकसम्पतिको नष्ट गर्नु मात्र महानता होईन । यसको जवाफ भट्टराईले दिनैपर्छ फगत नाराका भरमा रगतको आहालमा पौडी खेलेर सत्तामा पुगी नेपाली जनतालाई गद्दारी गर्नेहरू भोली अन्तराष्ट्रिय अदालत हेगमा हाजीर हुन नपरोस भनी नयाँ शक्तिको ब्याख्या गर्नु मुस्ताङ म्याक्सको प्रयोग,देशको चाबी अन्यत्र रहने,देश मर्ज वा सब मर्ज हुने जस्तो भनाईको प्रफुस्टन् जस्तो सहज हुँदैन ।
सुगौली सन्धि देखिको  असमान सन्धिलाई बुझेर सम्पूर्ण नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो पार्नुपर्ने बर्तमान अबस्थामा राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता,सार्बभौमिकतालाई अलग राखि बिकासशील समग्र नेपालको परिकल्पना गर्न नसकि एक क्षेत्र,एक बर्ग प्रति सहानुभुति राखेर आफैले जन्माएको शिशुलाई हत्या गरि हिड्दैमा के नयाँ शक्ति बन्ला ? यदि बनीहालेमा त्यसको भुमिका कस्तो रहला ? यसका लागि बाबुरामले कृष्ण सेन,सुरेश वाग्ले लगायत हजाराैं महान शहिदको रगतको मुल्य  बताउँनै पर्छ । अन्यथा आफुले बालेको आगोको मुस्लोले जति नै चिप्ला कुरा गरेपनि वावुरामकाे कोठे नयाँशत्तिलाई खरानीमा परिणत नगर्ला भन्न सकिन्न ।
www.nepalsandesh.com
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा पेट्रोलियम पदार्थको अभावलगायत कुरालाई ध्यानमा राख्दै आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सचिवालयमा रहेका सवारीसाधनको सङ्ख्यामा कटौती गर्न आज निर्देशन दिएका छन्।

उनले सवारीसाधनको परिचालनमा मितव्ययिता अपनाउन पनि निर्देशन दिइसकेका छन्। प्रधानमन्त्रीको निर्देशनानुसार आजैदेखि उनको सुरक्षामा रहेका सुरक्षाकर्मीको सवारीसाधन तथा सचिवालयमा प्रयोग भइरहेका सवारीसाधनको सङ्ख्या घटाइसकिएको उनका प्रेस सल्लाहाकार प्रमोद दाहालले जानकारी दिए।


यसैगरी गृहमन्त्री शक्तिबहादुर बस्नेतले आफूले प्राप्त गर्दै आएको सवारी सुरक्षा सुविधा कटौती गरेका छन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको ‘कारगेड’(अगुवापछुवा सुरक्षा दस्ता गाडी)सहितको सवारी साधन प्रयोग नगर्ने घोषणा गरेका हुन्। आइतबार तीन वटै सुरक्षा निकायका प्रमुखको बैठकमा मन्त्री बस्नेतले सो प्रस्ताव गरेका थिए। सोमबारदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरिएका हो ।

गृहमन्त्री बस्नेतले मुलुकले चरम इन्धन सङ्कट ब्यहोरेको र आफूलाई अहिले कुनै पनि सुरक्षा चुनौती नभएकाले प्रहरी र सशस्त्र प्रहरीका दुई वटा अगुवा र पछुवा गाडी कटौती गरिएको जानकारी दिए।

बस्नेतले भने–“नागरिक इन्धन सङ्कटमा परेर हैरानी खेप्न बाध्य भएको अवस्थामा राज्यको साधन र स्रोतको खर्च गर्नु जायज नभएकाले सुविधा कटौती गरेको हुँ, तत्काल मलाई सुरक्षा चुनौती पनि छैन, मुलुक सङ्कटमा परेको बेला अनावश्यक रुपमा सुविधा लिने पक्षमा म छैन ।
annapurnapost.com
काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री केपी ओलीले अहिलेको परिस्थितिलाई ध्यान दिँदै आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा सचिवालयमा रहेका सवारी साधनहरूको संख्यामा कटौती गर्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा आज (सोमबार) बेलुका जारी विज्ञप्ति अनुसार पेट्रोलियम पदार्थमा देखिएको असहजतालाई मितव्ययिता बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।
‘सवारी साधनहरूको परिचालनमा मितव्ययिता अपनाउन प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘प्रधानमन्त्रीज्यूको निर्देशानुसार आजैदेखि उहाँको स्कर्टिङमा रहेका सुरक्षाकर्मीको सवारी साधन तथा सचिवालयमा प्रयोग भइरहेका सवारी साधनहरूको संख्या घटाई सकिएको छ’, प्रेस सल्लाहकार दाहालले भन्नुभएको छ ।
मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै भारतले नेपालविरुद्ध झण्डै एक महिनादेखि अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।
नाकाबन्दीका कारण मुलुभरि पेट्रोलियम पदार्थसहित दैनिक जनजीवनसँग सम्बन्धित सामाग्रीमा चरम अभाव हुँदै गएको छ ।
dainiknepal.com
काठमाडौं, कार्तिक ९ । भारतीय कुख्यात अपराधी ‘छोटा राजन’ इन्डोनेसियामा पक्राउ परेका छन् ।

अस्ट्रेलियाको सिड्नीबाट बाली आएलगत्तै उनलाई पक्राउ गरिएको जनाइएको छ । छोटा राजनलाई पक्राउ गर्न भारतले सन् १९९५ मा इन्टरपोलमा ‘नोटिस’ जारी गरेको थियो ।

५५ वर्षीय राजनलाई भारतीय प्रहरीले दुई दशकदेखि खोजी गरिरहेको थियो । पक्राउ परेका राजनलाई भारतमा १५ देखि २० जना व्यक्तिको हत्या गरेको आरोप लगाइएको छ ।

इन्टरपोलको वेबसाइटमा राजन भारतको मुम्बईमा जन्मिएको र हत्या, अपहरण र गैरकानुनी हतियार प्रयोगसहित विभिन्न अपराधमा संलग्न भएको आधारमा पक्राउ गर्न खोजिएको उल्लेख छ ।

वास्तविक नाम राजेन्द्र सदाशिव किनल्जे भए पनि उनी छोटा राजनको रुपमा कुख्यात थिए । उनी अर्कै परिचयसहित अस्ट्रेलियामा बस्ने गरेको इन्डोनेसियाको प्रहरीले जनाएको छ । (एजेन्सी www.imagekhabar.com


काठमाण्डु, ९ कात्तिक– सोमबार दिउँसो पाकिस्तान र अफगानिस्तान सीमा नजिकै गएको ७.५ रेक्टर स्केलको भूकम्पका कारण पाकिस्तानमा ३९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको एआरआइ मिडियाले जनाएअनुसार हालसम्म प्राप्त तथ्यांक अनुसार भूकम्पमा परी ३९ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । मृतइु हुनेको संख्या बढ्दै गएको छ । यसअघि ११ जनाको मृत्यु भएको पुष्टि भएको थियो । अमेरिकी भूकम्प अनुसन्धान केन्द्र यूएसजीएसले पहिले ७.७ रेक्टर स्केलको भूकम्प भएको भनेता पनि हाल त्यसलाई ७.५ रेक्टर स्केलको भनि मापन गरिएको छ ।
नेपाली समयअनुसार दिउँसो करिब तीन बजे गएको भूकम्पले नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान लगाएतका छिमेकी मुलुक हल्लाएको थियो ।

काठमाडौं, ९ कात्तिक । अफगानिस्तानमा गएको विनाशकारी भूकम्पले पाकिस्तान र भारतमा निकै ठूलो क्षति गएको बेला भारतीय वैज्ञानिकहरुले नेपालमा पनि फेरि ठूलो भूकम्प जान सक्ने चेतावनी दिएका छन् ।
बर्षाैदेखि स्थिर अवस्थामा रहेको भारत र पाकिस्तान जोड्ने हिमाली क्षेत्रको ‘भूकम्पीय जोखिमयुक्त भुभाग’ गत बैशाखमा नेपालमा आएको भूकम्पपछि सक्रिय भएको बैज्ञानिकहरुले बताएका छन् । नेपालको भूकम्पले यी जोखिमयुक्त भुभागमा ‘ट्रिगर फैक्टर’ अर्थात सक्रियता बढाउने काम गरिदिएको छ । वाडिया हिमालय भू विज्ञान संस्थानमा आयोजित हिमालय– कराकोरम– तिब्बत कार्यशालामा बैज्ञानिकहरुले भूकम्पीय जोखिमयुक्त भूभाग सक्रिय भएपछि फेरि भूकम्प आउने आशंका व्यक्त गरेका हुन् ।
साथै, नेपालमा अझै पनि ठूलो भूकम्प आउने आशंका गरिएको छ । ‘नेपालमा वैशाख १२ को भूकम्पमा भूगर्भको पूरा ऊर्जा बाहिर आउन पाएको थिएन् । यो ऊर्जा दक्षिण नेपालको गहिरो भूभागमा धेरै मात्रामा सञ्चित छ । जसका कारण अब दक्षिण भूभागमा ठूलो भूकम्प जान सक्ने खतरा छ ।’- वैज्ञानिकहरुले भनेका छन् ।
नेपालको आवादी क्षेत्र तराईमा थुप्रै जनसंख्या भएको र त्यहाँ नै भूकम्प जाने सम्भावना बढी भएकाले शतर्कता अपनाउन वैज्ञानिकहरुले नेपाल सरकारलाई समेत सुझाव दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बैज्ञानिकहरुले यो पनि भनेका छन् कि भूकम्प आउनुभन्दा पहिला ठूलो परिमाणमा राडान ग्यास जमिनबाट बाहिर निस्कन्छ । जसले भूकम्प आउन लागेको कुरा पहिला नै अनुमान लगाउन सकिन्छ । भूगर्भ बैज्ञानिक डा. वीसी ठाकुरले भनेका छन्– नेपालको तराईदेखि भारतको बिहारसम्मको भूभागमा ठूलो भूकम्प आउने सम्भावना बढी छ । यो क्षेत्रमा थुपै्र उर्जा सञ्चित छ । जो स्थानान्तरण हुने क्रममा छ ।
यो क्षेत्रमा पहिला पनि भूकम्प आएको बताइएको छ । र, अब ठूलै आउने आंशका गरिएको छ । यसको साथै अन्य बैज्ञानिकहरुले पनि हिमाली क्षेत्रमा भूकम्पको जोखिम सक्रिय भएकाले सतर्क रहन सुझाव दिएका छन् । जसमा बैज्ञानिकहरु योगेन काई, विनित के गहलौत, टीना एम नीमी, मोना लिसा, सप्तऋषि डे, साइमन क्लेमरर, सोमा नाथ सप्तकोटा, देव जीत हजारिका रहेका छन् ।
dainiknepal.com

काठमाडौं, कार्तिक ९ । नेपाली कांग्रेसले बडादसैं, तिहार र छठको उपलक्ष्यमा सोमबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

दिउँसो १ बजेदेखि दशरथ रंगशालामा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक नियोगका प्रतिनिधि र सर्वसाधारण सहभागी भएका थिए ।

/>चियापान समारोहमा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निर्वाचनमा आफूलाई समर्थन नगरेको भन्दै कांग्रेसलाई राष्ट्रपति नदिइने बताए ।

उनले आफ्नो दलले अघि सारेका राष्ट्रपतिका उम्मेदवार विद्या भण्डारीको नाममै सहमति जुट्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसले २०३७ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्दै आएको छ ।imagekhabar.com
भैरहवा, कार्तिक ९ । ग्यासको कालोबजारी गर्ने एक व्यापारीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।

रुपन्देहीको वेलहियामा विष्णु एन्ड दीक्षा किराना पसल सन्चालन गर्दै आएका विष्णु पाठकलाई प्रहरीले पक्राउ गरेको हो ।

पाठकले स्थानीयलाई ग्यास बिक्री नगरी भारतीय बजार सुनौलीका बासिन्दालार्ई १० हजार रुपैयाँसम्ममा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

नेपाली बजारमा ग्याससहितको सिलिन्डरको खुद्रा मूल्य ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म पर्ने गर्दछ । प्रहरीले पाठकको किराना पसलमा खानतलासी गर्दा १४ ओटा ग्यासका सिलिन्डर फेला पारेको थियो ।

सीमा क्षेत्रमा बसेर व्यापार गर्दै आएका ती व्यापारीले पैसाको लोभमा नेपाली उपभोक्तालाई ‘१० हजार दिए पनि दिन्नँ’ भन्दै भारतीयलाई बिक्री गरेको खुल्न आएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने पाठकलाई अनुसन्धान गरेर सार्वजनिक अपराध तथा कालोबजारी ऐनअनुसारको कारबाही हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । imagekhabar.com
काठमाण्डु, ९ कात्तिक– भारतीय नाकाबन्दीका कारण संकट गहिरिएपछि सरकारले उत्तर छिमेकी चीनबाट इन्धान ढुवानीको प्रक्रिया अघि बढाएका बेला परराष्ट्र मन्त्रालयले भने खाना पकाउने ग्यास चीनबाट आयात गर्न रोकेको छ ।

चीनको सिगात्छेबाट ग्यास आयातको सम्भाव्यता अध्ययन गरेर फर्किएको ग्यास व्यवसायीको टोलीलाई परराष्ट्रले आयातका लागि अनुमति नदिएको हो ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरे नेतृत्वको टोली आइतबार ग्यास आयातका लागि अनुमति दिन माग गर्दै आइतबार परराष्ट्र मन्त्रालय पुगेको थियो ।
आफूहरु मुलुकका अगाडि उत्पन्न समस्या समाधानका लागि अग्रसर भए पनि परराष्ट्रको व्यवहारले दुःखी भएको घिमिरेले काठमाण्डु टुडेलाई बताए ।
‘चीनको सिगाछेबाट ग्साय आयातको सम्भावना अत्याधिक रहेकाले सिगात्छेसहित ल्हासा र न्यालम पुगेर नेशनल चाइना कम्पनीका एरिया डिस्टिव्युटर्सहरुसँग भेट्न र भौतिक पूर्वाधारसमेतको अध्यनका लागि सोमबार त्यता जाने सोचेका थियौं’, घिमिरेले काठमाण्डु टुडेसँग भने, ‘तर परराष्ट्र मन्त्रालयका अधिकारले अनुमति दिन नमिल्ने बताएपछि निराश भयौं ।’
आफूहरुले अनुमति दिन नसक्नु कारण लिखित रुपमा दिन भने पनि परराष्ट्रले कुनै जवाफ नदिएको उनको भनाइ थियो ।
कुटनीतिक कारणले बाणिज्यले सिधै पत्र लेख्न नमिल्ने भएकाले आफूहरु परराष्ट्र पुगेको घिमिरेले जनाए । परराष्ट्र सचिव शंकरदास बैरागीलाई भेट्न खोज्दा उनले त्यसबारे कुरा गर्न ठाडै इन्कार गरेको जानकारी घिमिरेले दिए ।
नेपाल र चीन सरकारबीच औपचारिक रुपमा  व्यापारिक सम्झौता नभएका कारण त्यस्तो पत्र आवश्यक परेको व्यवसायीको भनाइ छ ।
इन्धन आयातका लागि भारतीय आयल कर्पोेरेशन आइओसीसँगको सम्झौता भंग गरेसँगै मन्त्रिपरिषदले नेपाल आयल निगमसहित निजी क्षेत्रले समेत चीन वा तेश्रो मुलुकबाट इनधन आयात गर्न सक्ने नीतिगत निर्णय गरेको थियो ।
यसरी ल्याउने तयारी थियो ग्यास
घिमिरिले हाल भारतबाट १८ टनको ग्यास बुलेट आउने गरेको र तातोपानी नाका हुँदै चीनबाट समेत १८ टनकै बुलेट नेपाल ल्याउन सकिने बताए ।
उनले सिगात्छेबाट ग्यास आयात गर्दा भारतको सबैभन्दा नजिकको नाका बरौनी र काठमाण्डुबीचको दूरीभन्दा सिगात्छे र काठमाण्डुबीचको दूरी छोटो रहेको उल्लेख गरे ।
‘रेल्वेबाट सित्गाछे २२ सय किमी दूरीमा रेल्वेबाछ आउँछ । सिगाछे र तातोपनी बोर्डरबीचको दूरी ४ सय ९० किमी छ । तातोपानीबाट काठमाण्डु ११० किमीमा पर्छ’, घिमिरेले भने ।
दूरी समेत कम पर्ने भएकाले ढुवानी भाडा घट्ने र भारतबाट ल्याएको भन्दा सस्तोमा उपभोक्तालाई ग्यास उपलब्ध गराउन सकिने जानकारी घिमिरेले दिए ।
kathmandutoday.com
काठमाण्डु, ९ कात्तिक– नेपाल आयल निगमले चीनबाट ग्यास आयात गर्न उद्योगीलाई अनमुति दिएको छ । ग्यास उद्योग संघले गरेको प्रस्तावमा निमगले सहमति जनाएको हो । चिनियाँ सरकारी कम्पनीबाट ग्यास आयात गर्ने संघको योजना छ । चीनबाट आयात गरिने ग्यास भारतको भन्दा सस्तो पर्ने ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । ‘चीनले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार दियो र नेपाल सरकारले स्थानीय करमा छुट दियो भने प्रतिसिलिन्डर करिब १३ सय रुपैयाँमा उपलब्ध गराउन सक्छौं ।’ उनले भने । नयाँ पत्रिकाबाट

लुम्बिनी (रुपन्देही), ९ कात्तिक । विगत अढाइ महिनादेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले सीमा क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थको कालोबजारीलाई पूर्ण रुपमा निषेध गर्ने जनाएको छ ।
मधेसका मागलाई संविधानमा लिपिबद्ध गर्नुपर्ने माग राख्दै आएको मोर्चाले पेट्रोलियम पदार्थको कालोबजारीका कारण आन्दोलनलाई असर पुगेको भन्दै पेट्रोलियम पदार्थको कालोबजारीलाई नियन्त्रण गर्ने जनाएको हो ।
पेट्रोलमा कालोबजारी गर्ने तथा तेल ओसारपसार गर्नेलाई सुरुमा सम्झाउने र सम्झाउँदा सम्झाउँदै पनि नमाने पेट्रोलिय पदार्थ कब्जा गरेर पोख्नेसम्मको कार्यकर्तालाई अधिकार दिने मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले जानकारी दिनुभयो ।
साथै मोर्चाले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने समेत बताएको छ । दसैँलाई दृष्टिगत गरी असोज २९ देखि कात्तिक ९ गतेसम्म खुकुलो पारिएको थियो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले आज भैरहवामा पत्रकारसम्मेलन गरी मोर्चाले अबको आन्दोलन निर्णायक आन्दोलन बनाउने बताउनुभयो ।

काठमाडौँ, ९ कात्तिक । अफगानिस्तानको हिन्दुकुश पर्वत आसपास केन्द्रबिन्दु बनाएर ७.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पबाट छिमेकी मुलुक र पाकिस्तानमा कडा धक्का महसुस गरिएको छ ।
भारतीय संचारमाध्यमहरुका अनुसार, भूकम्पपछि दिल्लीमा भागदौड मच्चिएको थियोभने दिल्‍ली मेट्रोको सेवा समेत रोकिएको छ । अहिले पनि भूकम्पको धक्का आरहेका कारण स्थानीय बासिन्दाहरु घर छाडेर भागेका छन् ।
भूकम्पको पहिलो झट्का स्थानीय समय अनुसार २ बजेर ४५ मिनेटमा गएको थियो । यो नेपालको भन्दा कडा भूकम्प हो । जम्मू, कश्मीर र पाकिस्तानमा पनि भूकम्पको झटका महसूस गरिएको छ। भूकम्पबाट भएको क्षतिका बारेमा भने केही बताइएक
dainiknepal.com
कार्तिक ९, २०७२- पाकिस्तानमा केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ । भूकम्पको धक्का भारत, अफगानीस्तान र नेपालसम्म पनि अनुभव गरिएको थियो । दी गाडियनले भूकम्प ७.७ रेक्टरको रहेको समाचारमा जनाएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा करिब दुई मिनेटसम्म भवनहरु हल्लिएको जनाइएको छ । भूकम्पबारे थप विवरण आउँन बाँकी छ । प्रकाशित: कार्तिक ९, २०७२

kantipur.ekantipur.com
सप्तरी, ९ कात्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको विभिन्न स्थानमा प्रहरीले राति स्कर्टिङ गरी लगिँदै गरेको दर्जनौँ सवारीसाधनमा तोडफोड गरिएको छ ।
राति प्रहरीले स्कर्टिङ गर्ने क्रममा आन्दोलनरत मधेसी मोर्चाले ढुङ्गामुढा गरी जिल्लाको भारदह, रुपनी, कञ्चनपुर बैर, बरमझियालगायतका स्थानमा दर्जनौँ सवारीसाधनमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।
सडकको छेउ–छेउमा लुकेर बसेका प्रदर्शनकारीले सवारीसाधनमा ढुङ्गामुढा गरी क्षति पु¥याएको बताइएको छ । सवारीसाधनमा समान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरी प्रशासनले राजमार्ग क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी दिनहँु सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पु¥याउने गरेको प्रहरीले जनाएको छ ।
सो क्रममा आज मात्रै सप्तरी प्रहरीले पूर्व र पश्चिम गरी ६०० भन्दा बढी सवारीसाधनलाई गन्तव्यमा पु¥याउन सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
यसैबीच, सप्तरी मोर्चाले दसैँभरि खुकुलो पारिएको बन्दलाई दसँै सकेपछि पुनः आन्दोलनलाई कडा पारिएको छ । सो गर्ने क्रममा सदरमुकाम राजविराजलगायत जिल्लाको विभिन्न स्थानमा प्रदर्शन गर्दै बजार, पसल यातायात, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखानालगायत सबै ठप्प गरिएको बताइएको छ ।
purbelinews.com

दिउँसो २ बजेर ५९ मिनेट जाँदा काठमाण्डु हल्लाउने गरी ठूला भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि मानिसहरु घर छाडेर बाहिरिएका छन् । यस समबन्धि बिस्तृत जानकारी केही बेरमा दिनेछौँ ।

kathmandutoday.com
लुक विगत एक महिनादेखि भारतको अघोषित नाकाबन्दीको चपेटामा छ । इन्धन संकटले धेरैको दसैं खल्लो भयो । आउँदै गरको अर्को महत्वपूर्ण पर्व तिहार पनि खल्लो हुने हो कि भन्ने आमचिन्ता बढ्दै गएको छ । यही बीचमा सरकारले उत्तर छिमेकी चीनबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाएको छ । त्यसका लागि सोमबार मात्रै आपूर्ति मन्त्रालयका सह–सचिवको नेतृत्वमा उच्चस्तरीय सरकारी टोली चीन गएको छ । यसै सेरोफेरोमा आपूर्तिमन्त्री गणेशमान पुनसँग काठमाण्डु टुडेले सिंहदरबारस्थित मन्त्रालयमै पुगेर कुराकानी गरेको छ । प्रस्तुत छ, मन्त्री पुनसँगको कुराकानीको सम्पादित अंशः–
चीनबाट इन्धन आयातको प्रक्रिया सुरु गर्नुभएको छ, जनताले कहिलेदेखि पाउँछन् इन्धन ?
कहिलेदेखि आउँछ भन्ने भन्दा पनि प्रक्रिया कहाँ पुगेको छ भन्दा राम्रो होला । औपचारिक हिसाबले व्यापारिक तहमा पनि खरिदका लागि पत्र पठाएका छौं । सोमबार मात्रै वार्ता टोली चीन गएको छ । अनुदानको हकमा १३ लाख लिटर पेट्रोल आउँदैछ । ढिलोमा दुई/तीन दिनमा हामी त्यो रिसिभ गर्दैछौं । अनुदानको इन्धन ल्याउन प्राविधि र सुरक्षा टोली खटिइसकेको छ ।

चीन गएको सरकारी टोलीले त्यहाँ के गर्छ ?
इन्धन आयातका लागि चिनियाँ अधिकारीहरुसँग वार्ता गर्छ । इन्धन आयातको सम्भाव्यता सहित प्राविधिक पक्षको पनि थप अध्ययन गर्छ ।
अन्तिम सम्झौता गरेर आउँछ ?
इन्धन आयातसम्बन्धी सम्झौताको संयुक्त ड्राफट् तयार गर्छ । सम्भौताको एकप्रति उतै रहन्छ । एकप्रति यता आउँछ । टोली फर्केर नेपाल आएपछि हामी मन्त्रिपरिषद्बाट पारित गरेर त्यसलाई वैधानिकता प्रदान गर्छौं ।
भनेपछि दसैंमा इन्धन अभावले जनताले जुन प्रकारको सास्ती भोग्नुपरेको थियो अब तिहारमा त्यो भोग्नुपर्दैन ?
इन्धन अभावका कारण जनताले ठूलो पीडा भोग्नुपरेको छ । दसैंजस्तो ठूलो सांस्कृतिक पर्वका बेलासमेत इन्धन अभावका कारण आमजनताले ठूलो पीडा भोग्नु प¥यो । तिहारमा त्यस्तो नहोस् भनेरै हामी अहोरात्र लागिपरेका छौं । यति लामो समयसम्म भएको नाकाबन्दीको असर केही दिनमै अन्त्य हुन्छ म भन्दिन तर तिहारका धेरै हदसम्म सहज हुन्छ ।

भूकम्पले तातोपानी र केरुङ नाका अवरुद्ध छ, इन्धन चाहिं कसरी ढुवानी गर्नुहुन्छ ?
हाम्रो प्राविधिक टोलीले सडकको अवस्थाबारे अध्ययन गरिसकेको छ । तत्काल अनुदानमा आउन लागेको इन्धन हामी केरुङ नाकाबाट ल्याउछौं । तातोपानी नाकाको अवस्थाका बारेमा मैले आजै (सोमबार) मात्रै पनि जानकारी लिएको थिएँ । भूकम्पले भत्किएका कारण केही समस्या त छ तर भन्सार सुचारु हुने बित्तिकै बाटोका कारण सामान ढुवानीमा समस्या आउँदैन ।
चीनबाट आयात गरिएको इन्धन भारतबाट ल्याउने गरिएको भन्दा महंगो पर्ने भयो भन्ने चर्चा सुनिन्छ त्यो के हो ?
मैले भर्खरै मन्त्रीको जिम्मेवारी सम्हालेको हुँ । मन्त्री भएलगत्तै दसैं बिदा भयो । त्यसैले डिटेलमा अध्ययन हुन त बाँकी छ । तर अनौपचारिक रुपमा भएका चिनियाँ पक्षसँग भएको कुराकानीका आधारमा मलाई त्यस्तो लाग्दैन । भारततिर समथर जमिन छ । चीनतिर बडेमानको पहाड र भीर छ भन्ने आधारमा कोही मानिसले महंगो पर्छ भनेका होलान् । त्यो कुरा सत्य होइन । भारतले पनि अन्तर्राष्ट्रिय बजारबाट ल्याएरै हामीलाई इन्धन दिने हो । चीनले पनि गर्ने त्यही हो । एउटै बजारबाट आउने इन्धन भारत र चीनसँग लिँदा मूल्यमा आकास पातालको फरक कसरी पर्छ ? त्यसमा फेरि ढुवानीका लागि दूरी पनि खासै फरक होइन । सिगाछेबाट काठमाण्डु साढे ६ सय किमीको दूरीमा छ । भारततर्फबाट आयात गर्दा पर्ने दूरी पनि त्यही हो । मूल्य फरक पर्छ भन्ने हल्ला हो । त्यसमा सत्यता छैन । हामीले एकैतिर मात्र भर पर्न नहुने रहेछ । नाकाबन्दीपछि हामीले एकातिर मात्र भर पर्न नहुने रहेछ भन्ने कुरा महसुस गरेका छौं । एकतिर मात्र भरपर्दा राजनीतिक कारणले मात्र होइन, कहिले भूकम्प जाला । कहिले पहिरोले बाटोघाटो अवरुद्ध होला । त्यस्तो बेलामा आपूर्ति अवरुद्ध हुँदा जनजीवन प्रभावित हुन्छ । त्यसैले चीन वा भारतसँग मात्र होइन । हामी तेश्रो मुलकबाट समेत इन्धनसहित अत्यावश्यक वस्तु आयात गर्नेतिर लाग्नुपर्छ ।
कुटनीतिक र राजनीतिक पहलकदमीबाट इन्धन आउन लागेकाले चीनलाई सहुलियत दिन भन्नुभएको छैन ?
हामीले भनेका छौं । वार्ता टोलीले पनि छलफलका क्रममा त्यो विषय उठाउँछ ।
भारतले नाकाबन्दी हटाएपछि चीनबाट इन्धन ल्याउन बन्द हुन्छ भन्ने आशंका आमजनतामा छ, के भन्नुहुन्छ ?
विगतमा त्यस्तो भयो । त्यो गल्ती थियो । अब चाहिं त्यस्तो हुँदेन । भारतले नाकाबन्दी हटाएपछि पनि हामी चीनबाट सामान ल्याउन छाड्दैनौं । नेपाल सार्वभौम मुलुक हो । नेपालले संसारका जुनसुकै मुलुकसँग व्यापार गर्न सक्छ । यो अरु कसैका लागि टाउको दुखाइको विषय होइन । राष्ट्रिय खपतको एउटा उल्लेख हिस्सा चनिसँग खरिद गर्छौं । यसका साथसाथै अरु पनि के ल्याउन सकिन्छ त्यसमा पनि जान्छौं । यसको अर्थ भारतसँग चाहिं ल्याउँदैनौं भन्ने पनि होइन ।
सरकारले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाएपछि दक्षिण (भारत) ‘फायर’ छ भन्ने सुनियो नि ?
यसमा कोही ‘फायर’ हुनुपर्ने कारण छैन । हामीले कसैका विरुद्धमा यो काम गरेका होइनौं । हामी कसैको विरुद्धमा छैनौं, नेपाल र नेपाली जनताको पक्षमा छौं । हामी आफैं बाँच्न खोजेका मात्र हौं । लामो समयदेखि आयात ठप्प हुँदा जनताले दुःख पाए । जनताको चुल्हो बलेन । हिंडडुल गर्ने अवस्था भएन । सरकार जनताको अभिभावक हो । यस्तो बेलामा सरकार चुप लागेर बस्न सक्दैनथ्यो । हामीले गरेको यत्ति हो । राजनीतिक र कुटनीतिक हिसाबले पनि भारतसँग कुरा भइरहेको छ । हामीले आयल नगिमका अधिकारीहरुलाई पनि भारत पठाएका छौं । उहान्हरुले पनि इन्धन ल्याउन पहल गरिरहनु भएकै छ । रक्सौलमा धर्ना, प्रदर्शन भएकाले सामान आउन सकेन भनियो । हामीले त्यो बाहेकका नाकाबाट ल्याउन खोज्यौं । तर त्यो पनि त सहज भएन । अनि हामीसँग भारत रिसाउनुपर्ने किन ?
परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतीय नेताहरुले गरेको बाचा पुरा गरेनन् भनेर संसदमै बोल्नुभयो । परराष्ट्रमन्त्रीलाई त नटेरेको भारतले आयल निगमका कर्मचारीलाई टेर्छ भनेर पठाउनुभएको ?
परराष्ट्रमन्त्रीले असहजता अन्त्यका लागि गम्भीर कुरा राखेर आउनुभयो । भारतीय पक्षको कुरा मीठो नै छ । तर व्यवहारमा त्यो पुरा हुन सकेन । म आग्रह गर्न चाहन्छु कि भारले बोलेका कुरा पुरा गरेर देखाओस् । रक्सौलबाहेकका नाका सुचारु गर्छु भनेको त धेरै दिन भइसक्यो । खैत बोलेको जस्तो काम गरेको ?

चीनसँग इन्धन ढुवानी सम्झौता नगर्न भारततिरबाट दबाब आयो कि आएन, नढाँटी भनिदिनुस् त ?
अरुलाई दबाब आएको छ भने थाहा छैन । तर मलाई कसैको दाबाब आएको छैन । आए पनि दबाबमा पर्ने पक्षमा म छैन । हामी नेपाली जनता स्वतन्त्र र सार्वभौम छौं । हामीसँग आत्मनियर्ण गर्न पाउने अधिकार छ । संसारभर जुन देशसँग पनि व्यापार गर्न पाउने हाम्रो अधिकार सुरक्षित छ । हामी नेपाली जनताका प्रतिनिधि हौं । जनतालाई दुःख परेका बेलामा कसैको अनुचित दबाबमा परेर हात बाँधेर बस्न सकिँदैन । दबाब आए पनि सरकार आफ्ना जनताले दुःख पाएको टुलुटुलु हेरेर बस्न सक्दैन ।
चीनसँग नेपालले अहिलेसम्म व्यापार सम्झौता गरेको छैन, अब गर्नुहुन्छ ?
पहिला हामी तत्कालका लागि इन्धनको सहज आपूर्ति व्यवस्था मिलाउँछौं । इन्धनको सहज भएपछि अन्य वस्तुहरुको आयात वा निर्यातका लागि व्यापार सम्झौता गर्छौं । सरकारले त्यो विषयलाई आफ्नो प्राथमिकतामा राखेको छ ।
अन्त्यमा केही भन्नु छ ?
एकमहिनाभन्दा बढी समयदेखि नाकाबन्दी छ । नाकाबन्दीले जनजीवन असामान्य बनेको छ । तर पनि जनताले धैर्य गरेका छन् । राजनीतिक नेतृत्वलाई जनताको सन्देश छ, बरु हामी अझै कष्ट खप्त तयार छौं, तर तपाईंहरु विदेशी शक्तिका अगाडि अनावश्यक ढंगले नझुक्नुहोला । साहस, धैर्य र स्वाभिमानी भावनाका लागि म जनतालाई सलाम गर्छ चाहन्छु ।
kathmandutoday.com
काठमाडौँ, ९ कात्तिक । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनमा अन्य दलसँग छलफल गरी निर्णय लिने भएको छ ।
व्यवस्थापिका–संसद्मा पर्सि कात्तिक ११ गते ती पदमा निर्वाचन हुने कार्यक्रम रहेको छ । व्यवस्थापिका–संसद्मा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकाले ती पदमा पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार छनोट गरिसकेको छैन ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको पार्टी पदाधिकारी बैठकले संसद्मा रहेका दलसँग छलफल गरी ती पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
नेकाको कात्तिक ७ गते बसेको पदाधिकारी बैठक र सोही दिन बसेको केन्द्रीय समिति बैठकले ती पदमा उम्मेदवारी दिने निर्णय गरेको थियो । निर्वाचन नजिकिँदै गर्दा दलहरुको सक्रियता बढ्दै गएको छ ।
यसअघि एमालेले भने राष्ट्रपतिमा उपाध्यक्ष विद्या भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
dainiknepal.com
९ कार्तिक, काठमाडाै । रक्सौल नाका भएर भारतीय प्रहरीका एसपी सहित ५ जना हतियारधारी टोली सहित नेपाल प्रवेश गरेको खुलेको छ ।
मधेसवादी दलले वीरगन्ज र रक्सौल नाकाबीचको मितेरी पुलमा सवारी साधन आवागमन ठप्प पारेपनि ती प्रहरी साइरन बत्ती भएको भारतीय जीपमा पुल पार गरेर प्रवेश गरेका थिए ।
भारतिय प्रहरी गत शुक्रबार साँझ ७ बजे एमपी ओ ३ ए १९१५ नम्बरको गाडीमा भारतीय प्रहरी वीरगन्ज भन्सार हुँदै रजतजयन्ती चोक भएर बाइपास सडक हुँदै अन्तराष्ट्रिय नाकाबाट करिब १५ किलोमिटर भित्र परवानीपुरसम्म पुगेका थिए ।
त्यहाँ तैनाथ पर्सा प्रहरीले गाडीबाट १ थान एके ४७ र त्यसमा प्रयोग हुने ३० राउण्ड गोली बरामद गरेकोस्रोतले बतायो ।
‘४ जना बर्दीधारी प्रहरी सहित गाडीमा ५ जना थिए,’ स्रोतले भन्यो, ‘सिभिल ड्रेसमा रहेका एक व्यक्तिले आफू एसपी रहेको परिचय खुलाए ।’ गाडीमा मध्य प्रदेश रिवा जिल्ला ‘स्पेशल आर्म फोर्स’ ९ औँ बटालियनका एसपी नरवदा प्रसाद वरकडे सवार थिए ।
विहार राज्यको जारी विधानसभा निर्वाचनका लागि मध्यप्रदेशबाट वरकडेको टोलीलाई थप मद्दतका लागि पूवी चम्पारणको बेतियामा खटाइएको भारतीय प्रहरीले जनाएका थिए । हतियार र बर्दी सहित नेपाली भूमिमा प्रवेश निषेध रहेको डयूटीमा खटिएका प्रहरीले बताएपछि भारतीय प्रहरीले अन्जानवस प्रवेश गरेको जवाफ दिएका थिए
purbelinews.com
नबनाएको भन्दै अघोषित नाकाबन्दी गरी नेपाली जनतालाई दुःख दिइरहेको भारतको नयाँ योजना सार्वजनिक भएको छ ।
नाकाबन्दीकाबीच चीनले नेपाललाई इन्धन सहयोग गर्ने घोषणा गरेसँगै नेपालविरुद्ध भारतको नयाँ सार्वजनिक भएको हो । उस्तै पनि भारतको आडमा मधेसमा आन्दोलन गरिरहेको आरोप लागेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाटै भारतको नयाँ योजनाको खुलासा भएको हो ।
मोर्चाका एक नेताले दिएको जानकारी अनुसार चीनको ग्यास र तेल नाकामै रोक्न भारतले मधेसी मोर्चालाई नै जिम्मेवारी लिन प्रस्ताव गरेको छ । चीनबाट तेल र ग्यास आउने रसुवागढी केरुङ नाका अवरोध पार्न भारतले मोर्चालाई प्रस्ताव गरेको हो । तत्काल यो नाका र त्यसपछि अन्य नाकामा मधेसी मोर्चाका कार्यकर्ता खटाउन भारतको ठूलै व्यक्तिबाट प्रस्ताव आएको ती नेताले जनाए ।
तर, मधेसी मोर्चाले भारतको प्रस्तावमा अहिलेसम्म जवाफ दिन सकेको छैन् । भारतको प्रस्तावमा असहमति जनाएपनि जवाफ भने पठाउन बाँकी छ । चिनियाँ नाकामा आन्दोलन अवरोध असम्भव देखिएपछि मधेसी मोर्चा दोधारमा परेको ती नेताले बताए । ‘भारतको प्रस्ताव आएको छ तर, अधिकांश नेता प्रस्तावको विपक्षमा छन् । केही नेता भने चीनबाट आउने तेल र ग्यास जसरी पनि नाकामै रोक्नैपर्ने अडानमा छन्,’ ती नेताले भने ।
नेपाललाई सहयोग गरेको भन्दै यसअघि नै मधेसी मोर्चाले चीनविरुद्ध मधेसमा कडा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ । साथै स्वतन्त्रताको नारा दिएर तिब्बतलाई चीनबाट टुक्राउने चेतावनी पनि दिइसकेको छ ।
dainiknepal.com


राजविराज : सप्तरी सदरमुकाम राजविराजस्थित नेपाली कांग्रेसका सांसदको घरमा सोमबार बिहान सिलिण्डर बम फेला परेको छ ।

नेपाली कांग्रेसका तर्फबाट सप्तरी क्षेत्र नं. ६ बाट निर्वाचित सांसद सुरेन्द्रप्रसाद यादवको राजविराज नगरपालिका–५ स्थित घर पछाडी सानो आकारको सिलिण्डर बम भेटिएको सप्तरी प्रहरीले जनाएको
छ ।
बमसँगै अखिल तराई मुक्ति मोर्चाको बुकलेट भेटिएको नेपाली सेनाका गणपति भुवनेश्वर आचार्यले जानकारी दिए ।

घर पछाडी शंकास्पद झोला देखिएको सुचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरीले झोलाभित्र पाँच लिटरको सिलिण्डर, ब्याट्री तथा तार जडान गरी बनाइएको बम फेला परेको जनाएको छ ।

बमलाई राजविराजस्थित श्री कृष्ण दल गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ ।

घटना सम्बन्धमा प्रहरीबाट अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

काठमाडौं, ९ असोज । भारतको अघोषित नाकाबन्दीकाबीच चीनले नेपाललाई अनुदानमा तेल र ग्यास दिएपछि मधेसवादी दलहरु जुरमुराउन थालेका छन् ।
चीनको झण्डा जल्दा खैलाबैला मच्चिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा अब भने चीनविरोधी भावना झनै बढेको छ । आफ्नो आन्दोलनलाई वेवास्था गरी नेपाललाई सहयोग गरेको भन्दै मधेसी मोर्चाले चीनविरुद्ध आन्दोलन थालेको हो ।
दुई महिनादेखि मधेसमा आन्दोलनको नेतृत्व गरिरहेका मधेसवादी दलहरु चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा छन् । झण्डा जलाएर चीनको विरोध गरिसकेको मधेसी मोर्चाले अब खुलेयाम चीनविरुद्ध प्रदर्शन गर्न लागेको सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी दिनुभयो ।
चीनले खुलेरै नेपाललाई सहयोग गर्न खोजेपछि मधेशी नेताहरु क्रुद्ध बनेका हुन् । साथै मधेसी मोर्चाले चीनको उक्त कदममा गम्भीर आपत्ति जनाएको छ । चीनले नेपाललाई सहयोग गरे मधेशमा चीनविरुद्ध कडा प्रदर्शन हुने उहाँको चेतावनी छ । महतोले स्वतन्त्रताको नारा लगाएर चीनबाट तिब्बत टुक्रयाउने चेतावनी पनि दिनुभयो ।
साथै उहाँले आफूहरुको आन्दोलनमा सहयोग गर्न समेत चीनलाई आग्रह गर्नुभयो । भर्खरै मात्र चीनले नेपाललाई अनुदानमा तेल र ग्यास दिने घोषणा गरेको थियो ।
dainiknepal.com



पाल्पा : पुर्वी पाल्पाको झिरुवासमा भएको जीप दुर्घटना र पश्मिम पाल्पाको अर्गलीमा भएको जीप दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

पुर्वी पाल्पाको झिरुवासको धार्केसिंह देखि विरामी बोकेर रामपुरतर्फ जादै गरेको लु.१प.२६४७ नम्वरको जीप सोमवार गए राती १ बजेको समयमा झिरुवास–६ लाकुरी भन्ज्याङ्गस्थित सडकदेखि पाँच सय मिटर तल खस्दा घटनास्थलमै दुई र उपचारको क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जीप दुर्घटनामा ज्यान गुमाउनेमा झिरुवास–६ धार्के सिंहका १९ वर्षीय गुनराज सिंह ठकुरी र सोही स्थानका १९ वर्षीय झनबहादुर पाटा र झिरुवास–६ कै २१ वर्षीय युवराज खाम्चा रहेका छन् ।


आठजना सवार जीपका अन्य पाँचजनाको रामपुर अस्पताल र तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुमन तिमिल्सेनाले अन्नपूर्णलाई जानकारी दिए ।

यसैगरी गुल्मीको तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लु.१ख. ५१८८ नम्बरको बस पाल्पाको अर्घली–१ कुडापानीमा सोमवार बिहान १० बजे ब्रेक फेल भएर पल्टँदा १५ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको मिशन अस्पताल भुषालडाडा र प्रभासको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बस दुर्घटनाका घाइतेमध्ये दुईको अवस्था गम्भीर छ ।
annapurnapost.com


सप्तरी, ९ कात्तिक । अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ ।
राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम राखेको खुल्न नसकेको र बमलाई निष्क्रिय पार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो ।
यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभासद् हुन् । रासस

dainiknepal.com

भैरहवा, ९ कात्तिक । भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनविरुद्ध सडकमा उत्रिन यहाँका साहित्यकारले आम जनसमुदायलाई आह्वान गरेका छन् ।
विगत दुई महिना भन्दा धेरै समयदेखि भैरहवा लगायत तराई मधेसको जनजीवन प्रभावित हुनेगरी मधेसवादी दलले गरेको बन्द हड्ताल र भारतीय पक्षको नाकाबन्दीको विरोध गर्दै साहित्यकार, प्राज्ञ तथा बुद्धिजीविहरुले अब चुप लागेर बस्न नहुने भन्दै सशक्त प्रतिकार गर्न पनि अपील गरेका छन् ।
सिद्धार्थ साहित्य परिषदको १७९ औं मासिक संगममा सहभागी भएका साहित्यकारहरुले भारत सधैं नेपालको लागी दुष्ट बनिरहेको बताए । नेपाली भाषा साहित्य र इंतिहांसका विद्वानहरुले साहित्यिक रचनामार्फत नेपाल भारत सीमा क्षेत्र भैरहवामा आयोजित साहित्यीक सभालाई सम्बोधन गर्दै एकै स्वरमा भने “नेपालको समृद्धि र शान्ति चाहने हो भने भारतीय नांगो हस्तक्षेप र नाकाबन्दीको डटेर प्रतिवाद गर्नुपर्छ ।”
वरिष्ठ साहित्यकार परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता तथा परिषदका सचिव नरेश केसीको सञ्चालन एवं रामबहादुर श्रेष्ठको स्वागतमा सम्पन्न उक्त साहित्यीक संगममा प्रमुख अतिथि वरिष्ठ गजलकार रमेश समर्थनले नीजि स्वार्थ र कुर्सी लिप्सा भएका केही नेताको कारण मुलुकको राष्ट्रिय स्वाधीनता र अखण्डतामाथी दुष्ट छिमेकी भारतले गिद्धेदृष्टि लगाउन खोजेको बताए ।
प्राज्ञ बूंद रानाले अझै पनि नेताहरुको चेत नखुले मुलुक झन झन खाडलमा पुग्ने हुँदा जनताहरु एक भएर नेताको चेत खुलाउदैं मुलुकलाई स्वाधिन र स्वनिर्भर बनाउन लाग्नुपर्नेमा जोड दिए । प्राज्ञ रानाले भारतीय पक्षले अन्तर्राष्ट्रिय पारबाहन सन्धी विपरित गरेको नाकाबन्दीको घोर भत्र्सना गर्दै नेपाली जनता राष्ट्र र राष्ट्रियताको लागी एक भएर भारतीय दलाल र नोकरशाही तन्त्रको विरुद्ध एक ढिक्का हुनुपर्ने बताए ।
वरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईले देशको विकास र सामजिक सह अस्तीत्वकालागी नेपालीहरु एक हुनुपर्नेमा जोड दिदैं लोभी पापीको भाडों दक्षिणी छिमेकीको खुलेर भण्डाफोर गर्नुपर्ने जनाए । वरिष्ठ कथाकार एवं ईतिहासवीद् विजय सागरले नेपालको एैतिहासीक कालखण्डदेखी नै यो वा त्यो नाममा भारतले हस्तक्षेप गरि नेपाललाई अस्थीर बनाइरहेको दृष्टान्त प्रस्तुत गर्दै सीमा क्षेत्रका नेपालीहरु मात्रै होइन हिमाल पहाड तराई चारैतिरका जनता एक भएर भारतीय गलत प्रवर्तिको डटेर सामना गर्नुपर्नेमा जोड दिए । बरिष्ठ साहित्यकार बनमाली निराकारले नेपालीहरु बरु पैदल हिड्न तयार छन्, ग्यासको साटो दाउरामा पकाएर खान तयार छन् तर कसैको अगाडी स्वाभीमान गिराउन तयार छैनन भन्दै वीर नेपालीहरुलाई जिस्काएर भारतले ठूलो गल्ती गरिरहेको जनाए ।
कवि तथा शब्द सिन्धुका सम्पादक यादव भट्टराईले भुकम्पमा परी घायल भएको मुलुकलाई छिमेकीको नाताले सहयोग गर्नुको साटो झन दुखः दिएको भन्दै मुक्तक मार्फत आक्रोस व्यक्त गरे । अहिलेका सर्वाधीक चर्चाका कवि रुद्र ज्ञवालीले भारतीय प्रधानमन्त्रि मोदीका छौडांहरुले सीमापारीबाट ढुंगा हान्दैमा सगरमाथा नढल्ने भन्दै भारतीय दृष्ट प्रवृतिको घोर विरोध गरे ।
कार्यक्रममा साहित्यकारहरु डा. शंकर नेपाल, मणिराम भट्टराई, घनश्याम गौतम, माधव प्रसाद पन्थि, सरिना मरासीनि, कमल रायमाझी, राधिका थापा, स्मृति कुवंर, जि.आर गहतराज लगायतले भारतीय हस्तक्षेपको विरुद्धमा एकबद्ध भई मुलुक अगाडी बढ्नुपर्ने भन्दै साहित्यीक रचना प्रस्तुत गरेका थिए । यसैबीच भारतीय हस्तक्षेपको विरुद्ध आगामी कार्तिक १४ गते शनिवार रुपन्देहीको मणिग्रामका जनआस्था सास्कृतिक समुह, रुपन्देहीको आयोजनामा वृहत सडक साहित्यीक गोष्ठी आयोजना गरिन लागिएको सुन्दरबासीले जनाएका छन् ।
dainiknepal.com
भक्तपुर, ९ कात्तिक । आफ्नै टहरामा लागेको आगोमा परेर भक्तपुरको नगरकोटमा एक वृद्धाको मृत्यु भएको छ ।
नगरकोट नगरपालिका–६ डाँडागाउँकी ८५ वर्षीया चम्पा पाण्डेको गएराति ८ बजे आफू बस्दै आएको छाप्रोमा आगो ताप्ने क्रममा आगलागी भएपछि जलेर ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।
मृतक पाण्डेको भक्तपुर अस्पतालमा शव परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । रासस
 dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home