सेनाको हेलिकोप्टर दुर्घटना, २३ जना बेपत्ता
बैंकक। लाओसमा एक सैनिक हेलिकोप्टर दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका २३ सेना बेपत्ता भइका छन् ।हेलिकोप्टर खराब मौसमका कारण हराएको बताइएको छ ।
लाओसको उत्तरपूर्वी प्रान्त सिन्जाकुङ्तर्फ लागिरहेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो । उक्त प्रान्तको हाउफान भन्ने स्थानमा सो हेलिकोप्टर खसेको बताइएको छ ।
उक्त दुर्घटना विकट स्थानमा र लगातार भारी वर्षाकाकारण उद्वारको काम हुन नसकिरहेको जानकारी सेनाले दिएको छ ।
सेनाले उद्वारकर्ताहरु घटनास्थलतर्फ पठाएको जनाएको छ । तर उनीहरुले त्यहाँ पुगेर उद्वार गर्न गर्न कठिनाइ भएको सेनाले बताइएको छ ।
www.nepalsandesh.com
0 comments
Write Down Your Responses