नेपाल वायू सेवा निगममा जागिर खुल्यो
नेपाल वायू सेवा निगममा १४८ जनाकाे लागि जागिर खुलाएको छ । विभिन्न पदहरुमा १४८ जनाकाे लागि जागिर खुलाएको हो । प्रशासनतर्फको शाखा अधिकृत छैठो तहमा २४ जना, वरिष्ठ सहायक पाँचौँ तहमा १८ जना र सहायक पद चौथो तहमा ५६ जना, लेखा अधिकृत छैठौँ तहमा २३ जना, वरिष्ठ लेखा सहायक पाँचौ तहमा ६ जना र लेखा सहायक चौथो तहमा २१ जना गरी १४८ जनाको दरखास्त निगमले आव्हान गरेको छ ।दरखास्त फारम निगमको संशाधन विभागबाट १०० रुपैयाँ तिरेर लिन सकिने बताइएको छ। उपयुक्त पदहरुका लागि : १. उमेरः अधिकृत स्तरको लागि २१ वर्ष र सहायक स्तरका लागि १८ वर्ष उमेर पुरा भएको हुनु पर्नेछ । पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेकोको हुनुपर्ने छ । २.तलव स्केलः कम्पनीको प्रचलित तलव स्केल बमोजिम हुनेछ । ३.नागरिकताः नेपाली नागरिक हुनुपर्ने। ४. परीक्षण कालः निगमको नियमअनुसार। ५. दरखास्त दिने अन्तिम मितिः प्रथमपटक प्रकाशित मितिले २१ औँ दिन। सो दिन विदा परे त्यसको भोलिपल्ट, सो म्याद समाप्त भएको मितिले सात दिनभित्र दोब्बर दस्तुर तिरी दरखास्त दिन सकिनेछ। ६.काम गर्नुपर्ने स्थानः निगमको केन्द्रिय कार्यलय वा अन्तर्गतका कार्यलयहरु। ७. छनोट प्रक्रियाः लिखित परिक्षा, कम्प्यूटरसम्बन्धी प्रयोगात्मक परिक्षा र अन्तर्वार्ता। यो सुचना सम्बन्धि थप जानकारीका लागि निगमको वेवसाइट नेपाल एयरलाइन्स डट्कम डट एनपीमा हेर्न सक्नुहुनेछ ।
0 comments
Write Down Your Responses