मुद्दा मिलाइदिने भन्दै १० लाख मागे
कागजात किर्ते गरेर कामदार ठगेको मुद्दा खेपिरहेका म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागका उच्च पदाधिकारीमाथि मुद्दा मिलाउन पैसा मागेको आरोप लगाएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तेको आरोपमा विभिन्न चरणमा पक्राउ परेका ४७ जनाको फाइल असार तेस्रो साता विभागको जिम्मा लगाएको थियो । आयोगले अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएअनुसार विभागका महानिर्देशक भरत सुवेदीलगायतका उच्च अधिकारीले कारबाहीबाट मुक्ति पाउनृ हो भने १० लाख रुपैयाँ दिनुपर्ने दबाब दिइरहेको पीडित व्यवसायीले बताए ।नागरिक दैनिकमा समाचार छ ।
0 comments
Write Down Your Responses