तस्मै श्रीगुरुवे नम:
पूर्वीय सभ्यता र संस्कृतिको विशालताभित्र फल्ने र फुल्ने अवसर पाएको हिन्दु धर्म र दर्शनले अभिव्यक्त गरेको सांस्कृतिक आयाममा विश्वबन्धुत्वको भावना, आपसी भाइचारा, श्रद्धा-समर्पण र शिष्टाचार अनि प्रकृतिप्रतिको गहन उपासना र विश्वब्रह्माण्ड नै हाम्रो साझा घर हो भन्ने मानवतावादी भावनालाई आत्मसात गरेको पाइन्छ।

हिन्दु धर्म, दर्शन र संस्कृतिको निर्देशन र मार्गदर्शनमै यस सभ्यताको समाज राजनीति, राष्ट्र र राष्ट्रियताको निश्चित संरचनामा संरचित भएको पाइन्छ। जीवन, जगत् र विश्वब्रह्माण्डप्रति हेर्ने दृष्टिकोण र चिन्तन प्रणालीमा हिन्दु आध्यात्मिक परम्परा प्रवाहित भएको पाइन्छ।


सनातन हिन्दु धर्ममा मानव जीवनलाई विशेष महत्‍वको साथ हेर्ने गरिएको पाइन्छ। कैयन् कठिन साधना, तप र तपस्या तथा मानव कल्याणकारी कार्यबाट मानवले जन्म र मोक्ष प्राप्त गर्दछ भन्ने आध्यात्मिक तथा धार्मिक मूल्य र मान्यता छ।

यसै धार्मिक मान्यताका आधारमा मानव जीवनले धार्मिक संस्कार र अनुष्ठानको आधारमा आफूलाई समाजीकरण गराउँछ। देश, काल र पर्यावरण तथा उमेरअनुकूल सम्पन्न गरिने विभिन्न संस्कारको अनुष्ठानले नै मानव जीवन परिस्कृत र संस्कारित हुन्छ, जसले गर्दा राष्ट्रले योग्य नागरिक प्राप्त गर्दछ।

यसै मान्यतामा नै पूर्वीय सभ्यतामा परिस्कृत भएका र हुर्केका अन्य धर्म, संस्कृति, जनजाति र तिनका संस्कृतिमा हिन्दु संस्कृति समाविष्ट भएको छ। भनिन्छ- मानवको जन्म दुईपटक हुन्छ-प्रथमपटक आमाको गर्भबाट र दोस्रोपटक गुरुको शिक्षा र दीक्षाबाट।

आमाको गर्भबाट जीवित मांशपिण्डको रूपमा जन्मिएको बालकलाई प्राणप्रतिष्ठा गर्ने कार्य गुरुबाट गरिन्छ, यसैले नै बालकको दोस्रो जन्म गुरुबाट हुन्छ भनिएको हो।हिन्दु सनातनी परम्परामा गुरु-शिष्यको अटुट सम्बन्ध रहेको पाइन्छ।

गुरुले असल शिष्य र शिष्यले असल गुरु प्राप्त गर्न पूर्वजन्मको कमाइ हुनुपर्छ भनिन्छ। गुरुले मानव मस्तिष्कमा रहेको अज्ञानता, अविद्या, अहंकार, राग, द्वेषरूपी अन्धकार हटाई वेद अर्थात् ज्ञानरूपी प्रकाशको उज्यालो छरेर मानव जीवनलाई पूर्णता प्रदान गर्दछन्। त्यसैले भनिएको हो-

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गरवे नमः

हिन्दु सामाजिक आधारहरूमध्ये चार पुरुषार्थमा धर्म, अर्थ, काम, मोक्षलाई समेटिएको छ। मानव जीवनका चार आ श्रमहरू ब्रह्मचर्य आ श्रम, गृहस्थ आ श्रम, वानप्रस्थ आ श्रम र सन्न्यास आ श्रममध्ये ब्रह्मचर्य आ श्रममा रहेर बालकले अध्ययन गर्दछ।
गुरुले मानव मस्तिष्कमा रहेको अज्ञानता, अविद्या, अहंकार, राग, द्वेषरूपी अन्धकार हटाई वेद अर्थात् ज्ञानरूपी प्रकाशको उज्यालो छरेर मानव जीवनलाई पूर्णता प्रदान गर्दछन्। त्यसैले गुरुपूर्णिमालाई हिन्दु धर्मको मात्र नभएर सबै धर्मको साझा पूर्णिमा भनिएको हो।
मानवले जिन्दगीमा तिर्नुपर्ने प्राकृतिक र शाश्वत त्रिऋणमध्ये गुरुको समीपमा रही गुरुको मार्गदर्शनमा रहेर अध्ययन गरी दीक्षित भएपछि ऋषिऋणको चुक्ता गरिन्छ। दीक्षान्त समारोहमा दीक्षित भएर गृहस्थ आ श्रममा रहेर देवऋण र पितृऋण चुक्ता गरिन्छ । साथै यसै गृहस्थ आ श्रममा रहेर अन्य पञ्चमहायज्ञहरूको अनुष्ठान गरिन्छ।

गुरुले नै मानव जीवनलाई पूर्णतातर्फ डोर्‍याउने भएकाले गुरुलाई दोस्रो पिता भनिएको हो। गुरु आ श्रममा रहेर अध्ययनबाट प्राप्त गरेको ज्ञानले नै राष्ट्रलाई समृद्धितिर डोर्‍याउँछ। यस अर्थमा आज पनि गुरुपूर्णिमा उत्तिकै सान्दर्भिक लाग्छ।

पूर्वीय संस्कृतिको बौद्धिक भण्डारलाई भर्ने प्राचीन ऋषिमुनि, साधुसन्त, दार्शनिक, कवि, पण्डित र योगीहरूको सम्झनामा मनाइने गुरुपूर्णिमा गुरुहरूप्रतिको असीम भक्ति र समर्पण हो।

ब्रह्मचर्य आ श्रमको समाप्तिमा अर्थात दीक्षान्त समारोहमा गुरुबाट शिष्यहरूलाई शपथ ग्रहण गराइन्छ। शपथ ग्रहण गर्नुको अर्थ गुरुबाट प्राप्त हुने ज्ञानलाई अनुकरण गर्दै सत्यको बाटोमा हिँड्ने प्रण गर्नु हो।

गुरुबाट प्राप्त हुने सत्य वद, धर्मम् चर, मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव, अतिथि देवो भव अर्थात् सत्य र धर्ममा रहु, माता, पिता, गुरु र पाहुनालाई देवता समान मान भन्ने संकल्प वाक्य र आप्त वचनले मानव जीवनलाई सुखी, सहज र संस्कारित एवं परिस्कृत गराउँछ । यसर्थ व्यक्तिको असल चरित्र विकास गराउन, नैतिक भावना र आध्यात्मिक चेतना जागृत गराउन गुरुको गरिमामय भूमिका हुन्छ।

आजको बदलिँदो समाज र संस्कृतिमा सिकाइ प्रक्रियामा फरक आएको छ। एकातिर गुरुबिना नै पनि ज्ञान आर्जन गर्न सकिन्छ भन्ने मान्यता स्थापित भएको छ भने अर्कोतिर हामीले पढ्ने पाठ्यक्रमहरूमा नास्तिकता र भौतिकताले प्र श्रय पाएको देखिन्छ, जसको कारण समाजमा व्यापक विसंगति र अनैतिकता छाएको छ।

मानव नैतिकता नै संकटमा पर्न थालेको यस समाजमा आध्यात्मिक बीजारोपण गर्नु जरुरी छ। आध्यात्मिकताले कुनै धर्म र संस्कृतिप्रति विभेद गर्दैन। जुनसुकै धर्मका गुरु, पण्डित र दार्शनिकहरूले गुरुपूर्णिमा मान्न, मनाउन र यसको महत्‍व स्वीकार गर्न सक्नु हुन्छ।
   ?


गुरुपूर्णिमा हिन्दु धर्मको मात्र नभएर सबै धर्मको साझा पूर्णिमा हो। कलुषितरहित समाज निर्माण गर्न ज्ञान दिनु नै गुरुपूर्णिमाको परिभाषामा समाविष्ट भएको पाइन्छ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses