यी पाँच कुरालाई दिमागबाट सधैंलाई हटाउनुहोस्, सफल हुनुहोस्
काठमाण्डु–समस्या हरेक मान्छेको जीवनमा आउने गर्छ । जब एउटा समस्याको तपाईं हल गर्नुहुन्छ लगत्तै अर्काे ढोका ढकढकाउन आइपुगेको हुन्छ । त्यसकारण समस्याको अनतय कहिल्यै पनि हुँदैन ।जब हामी कुनै सफल व्यक्तिलाई देख्छौं हामीलाइृ लाग्छ यो मान्छे भाग्यमानी रहेछ, यसले सजिलै सफलता हासिल ग¥यो । तर, हामीले सफल देखेका ती मान्छेले हाम्राभन्दा ठूला समस्या झेलेर नै सफल भएका हुन् तर उनीहरुको समस्यालाइृ हल गर्न तरिका भने अलग थियो ।
तपाई पनि दिमागमा यी पाँच कुरा नखेलाउनुहोस् सफलता तपाईको दैलोमै हाजिर हुन्छ ।
१, बाहिर मान्छेले के सोच्छन् भनेर चिन्ता नलिनुहोस्
यस दुनियामा हरेक व्यक्तिले आफ्नै मर्जीले मात्र नभइ अरुको देखेर प्रभावित भएर पनि काम गर्ने गर्दछन् । जब तपाई केही गर्न थाल्नुहुन्छ र त्यसका बारेमा आम मानिसहरुले के भन्लान् भनेर सोच्न थाल्नुहुन्छ भने तपाईं सफल हुनुहुन्न । त्यसैले तपाईंले आफूलाइृ मनमा लागेको काम गर्नुहोस् अरुको बारेमा दिमागमा ठाउँ नै नराख्नूस् ।
२ डर
डरको कुरा गर्न हो भने हामी कल्पनाभन्दा घेरै केही होइनौं । तपाईले कुनै पनि काम गर्दा जोखिम मोल्न डराउनु भयो भने सफलता तपाईभन्दा टाढा भाग्छ । त्यसैले डर भन्ने शब्दलाई पनि हाफ्नो दिमागबाट हटाउनुहोस् ।
३, बितेको समय र भविष्यको बारेमा चिन्ता नलिनूस्
हामीमध्य धेरैजसो मानिसले भविष्य के होला भनेर चिन्ता गर्ने गर्छाैं । बितेको समय सम्झेर पनि त्यस्तै गर्छौ । त्यसले हाम्रो वर्तमान बिगारी रहेको हुनछ । त्यसैले वर्तमानमा काम गर्नूस् भूत र भविष्यको कल्पना गरेर नबस्नूस् ।
४, नकरात्मक सोचाइलाई हटाउनूस्
नकरातमक सोचाइ यस्तो घात चीज हो कि यसले हामे शक्तिलाई नास गर्दछ । जब हाम िकुनै काम गर्न खोजछौं पहिले नै म त यो सक्दिन भन्न थाल्यौं भने हामी कहिल्यै त्यो काम गर्न सक्दैनौं । त्यसैले सकरात्मक सोचको विकास गरौं ।
५, उमेरको ख्याल नगनूस्
तपाईलाई लाग्न सक्छ उमेर एक सख्याको नाम हो । सफल व्यक्तिले आफ्नो उमेरको ख्याल नै गर्दैन् । त्यसैकारण कतिपय व्यक्तिले कलिलै उमेरमा पनि सफलता पाएका हुनछन् । तपाई पनि उमेरलाई दिमागमा नल्याउनूस् त्यसले तपाईंलाई कि म कलिलै छु कि म बूढो भइसके जस्ता हीनता ग्रनथी भरिदिने काम गर्छ ।
यी पाँच कुरालाई दिमागमा ल्याउनुभएन भने तपाईं अवश्य सफल हुनुहुने छ ।
kathmandutoday.com
0 comments
Write Down Your Responses