सलमानको भूमिका लाई भन्दा शारुखको भूमिका लाई धेरै भोट
यतिबेला बलिउड सिनेमा क्षेत्रमा सलमान खानको फ्लिम ‘बजरंगी भाइजान’ ले राम्रै संग बजार तताई रहेको छ । धेरै दर्शकहरुले सलमानको फ्लिम ‘बजरंगी भाइजान’लाई सलमानको करियर कै सबै भन्दा उत्कृष्ट फ्लिमका रुपमा लिएका छन् । तर बलिउड सम्बन्धि न्युज अपडेट गराउने चर्चित वेभसाइटले गरेको सर्वेक्षणमा भारतीय सिनेमा क्षेत्रका दर्शकहरुले सलमानको ‘बजरंगी भाइजान’ को भूमिका भन्दा बलिउडका बादशाहा भनेर चिनेने अर्का नायक शारुख खानले ‘माइ नेम इज खान’ मा गरेको भूमिका लाई भारतीय दर्शक हरुले अत्याधिक रुपमा मन पर्याएको पाइएको छ । उक्त सर्वेक्षणमा सलमानको ‘बजरंगी भाइजान’ को रोल लाई ३६.१७% भोट मिलिरहदा शारुख खानको ‘माइ नेम इज खान’ को रोल लाई ५३.७६% भोट मिलेको थियो, जुन तपाईहरुले देखाइएको फोटोमा समेत हेर्न सक्नुहुन्छ । आमिर खानले ‘पीके’मा निर्वाहा गरेको रोललाई भने जम्मा १०.०६% भोट मिलेको छ ।
0 comments
Write Down Your Responses