रमेश खरेल फेरि विवादमा, कारवाहीको तयारी
काठमाडौं, साउन २३ । प्रहरी भर्नाको विषयलाई लिएर एसएसपी रमेश खरेल फेरी विवादमा तानिएका छन् ।पहिला नियमवाली विपरीत परिक्षामा नम्बर दिएको भनेर केही महिनाअघि विवादमा तानिएका उनी पछिल्लो समय प्राविधिक विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकालाई असई भर्नामा प्रबेश निषेध गरेर विवादमा तानिएका हुन् ।
नेपाल प्रहरीमा यतीबेला असईको भर्ना खुलेको छ । प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुले असईमा प्रतिस्पर्धा गर्न सक्छन् । तर भरतपुर तालिम केन्द्रले सिटिईभिटीबाट परिक्षा उत्तिर्ण गरेकाको फर्म लिन अस्वीकार गरको छन् । जसकारण प्रहरीमा भर्ना हुन चाहेका दर्जनौं युवा मर्कामा परेका छन् । सिटिईभिटीबाट प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुको पनि प्लसटु सरहै मान्यता हुन्छ ।
तर वास्तविकता नबुझी भरतपुर तालिम केन्द्रले प्राविधिक विषय पढेकाहरुलाई भर्ना नलिएको हो । खरेल तालिम केन्द्रको प्रमुख तथा समादेशक हुन् । यसअघि प्रहरी नियमावलीविपरीत असईको अन्र्तवार्तामा नम्बर दिएको कारण उनी विवादमा तानिएका थिए । लोक सेवा आयोगले उनले लिएको परिक्षा नै रद्द गराएको थियो । जसकारण दोस्रो पटक परिक्षा संञ्चालन गर्नुपरेको थियो ।
खरेल गत वर्ष काठमाडौं परिसरमा रहदा विवादमै तानिएर सरुवामा परेका थिए । एआईजी बढुवामा आर्थिक चलखेल भएको कुरा सार्वजनिक रुपमा बोलेपछि कारबाही स्वरुप उनलाई सरुवा गरिएको थियो । भरतपुर तालिम केन्द्रबाट पनि उनको सरुवाको तयारी भइरहेको छ । खरेलसहित दर्जनौं एसएसपीहरुको सरुवाको तयारी भइरहेको छ ।
तर गृहमन्त्री वामदेव गौतम र आईजीपी उपेन्द्रकान्त अर्यालबीच कुरा मिल्न नसक्दा सरुवा लम्बिएको छ । डिएसपी, एसपी र एसएसपीको सरुवामा गृहमन्त्री र आईजीपीबीच कुरा मिल्न सकेको छैन । एआईजीहरुको पनि जिम्मेवारी हेरफेरको तयारी भइरहेको छ । दृष्टि साप्ताहिकबाट
dainiknepal.com


0 comments
Write Down Your Responses