तान्त्रिकको आदेशमा चार बालिकाको बलात्कारपछि हत्या
एजेन्सी : भारतको उत्तर उत्तर प्रदेशस्थित मथुरामा एक व्यक्तिले आाफ्नी 'पागल' पत्नीलार्इ ठीक बनाउने नाममा बलात्कार गरी चार बालिकाको हत्या गरिदिएका छन् ।आइतबार पक्राउ परेका ती सोनु नामका ती आरोपीले मानसिक विरामी भएकी पत्नी निको हुने कुरा तान्त्रिकले बताएपछि चार बालिकालार्इ बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।
ती व्यक्तिले विरामी पत्नीलार्इ सन्चो बनाउन एक तान्त्रिकको सहयोग लिएको बयान दिएका छन् । तान्त्रिककै सल्लाह अनुसार आफूले ती बालिकालार्इ बलात्कार गरी हत्या गरेको बयान उनले दिएका हुन् ।
आरोपी सोनु हालै मथुरामा भएको १२ वर्षीया बालिकाको बलात्कारपछि हत्याको मामिलाका मूख्या आरोपी लालुआ वाल्मिकीका साथी हुन्।
घटनापछि लालुआ वाल्मिकीलार्इ गत बिहीबार भीडले कुटीकुटी हत्या गरेको थियो । उनीसँगै कुटाइ खाएका सोनु भने गम्भीर घाइते भएका थिए।
आगराको एसएन मेडिकल कलेज उनको उपचार भइरहेको छ । प्रहरीले भने तान्त्रिकले भनेकै आधारमा चार बालिकाको बलात्कार नभएको दाबी गरेको छ ।
पाँच वर्षअघि पहिलो बलात्कार
सोनुले पुलिसलार्इ बताए अनुसार सन् २०१० मा उनले पहिलो हत्या गरेका थिए । एक १४ वर्षीया बिहेको निम्ता मान्न साथीको गाउँ गएका बेला त्यहीँबाट उनलार्इ उठाएर सोनुले बलात्कार गरी हत्या गरेका थिए ।
त्यसको केही दिनपछि उनले फेरि चार वर्षीया बालिकालार्इ बलात्कार गरी हत्या गरे । त्यसको करिब एक वर्षपछि उनले गाउँकै ९ वर्षीया बालिकालार्इ शिकार बनाए ।
त्यसपछि उनले आफ्ना साथी वाल्मिकीसँग मिलेर १२ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरे । घटना थाहा भएपछि प्रहरीले दुबैलार्इ पक्रेर थानामा ल्यायो ।
बिहीबार आक्रोशित भीड थानामै पसेर हिरासतबाट दुबैलार्इ निकाले । त्यसपछि गाउँलेले दुबैलार्इ जमेर धुलाइ गरे । कुटाइकै कारण लालुआको घटनास्थलमै ज्यान गयो । सोनु भने गम्भीर घाइते भए ।
पुलिसद्वारा इन्कार
मथुरा पुलिसका सिओ आरके गौतमले भने तान्त्रिकले अह्राएर बलात्कार गरी सोनुले बालिकाको हत्या नगरेको दाबी गरे । छानिबनका क्रममा पनि त्यस्तो कुनै तथ्य नभेटिएको उनको दाबी थियो । कुटाइबाट मरानासन्न भएका सोनुको मथुराकै एसएन मेडिकल कलेजमा उचार भइरहेको छ । www.annapurnapost.com
0 comments
Write Down Your Responses