दृश्यमलाई एक सातामा ५० करोड
मुम्बई, श्रावण २४ - अजय देवगन र तब्बुले अभनिय गरेको फिल्म ‘दृश्यम्’ले पहिलो सातामा पचास करोड कमाएको छ । शनिबार ४ करोडको व्यापार गरेपछि यसको व्यापार ५३ करोड पुगेको छ । सानो बजेटको यो फिल्मले पहिलो दिन ८ करोड जति कमाएको थियो । दोस्रो र तेस्रो दिनको कलेक्सन बढेपछि यसले पचास करोड पार गरेको हो ।दृश्यम हिन्दी फिल्ममा बढी कमाउने भए पनि अंग्रेजी फिल्म ‘मिसन इम्पोसिबल ५’ भने योभन्दा पनि अब्बल निस्किएको छ । यो फिल्मले शनिबारमात्रै भारतमा ९ करोडको व्यापार गरेको छ । टम क्रुज अभिनित यो फिल्मले दुई दिनमा भारतमा करिब १५ करोड कमाएको बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments
Write Down Your Responses