ललितपुरका कृष्णबहादुरको लास दाङमा भेटियो
तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ ।यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको भन्दै खोजी गरिदिन उनका आफन्तजनले वडा प्रहरी कार्यालय, लमहीमा जाहेरी दर्ता पनि गराएका थिए । उनको मृत्युबारे प्रहरी थप अनुसन्धान गर्ने भएको छ । रासस
dainiknepal.com


0 comments
Write Down Your Responses