‘म बुढो र रोगी छैन, संविधानका लागि झुक्दिनँ’
धरान : प्रधानमनत्री सुशील कोइरालालाले केही दिन भित्रमै संविधान जारी हुने बताएका छन् । उनले केही अराजनीतिक दलले अराजकता र उदण्डता मच्चाउँदैमा संविधान निर्माण नरोकिने ठोकुवा गरे ।सोमबार उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने सप्तकोसी नदीमा निर्मित चतरा पुलको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालालले सबैको हक अधिकार सुनिश्चित हुने संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
राजनीतिको बाहानामा केही शक्तिहरुले देशलाई अशान्तिको बन्धक बनाउन खोजेको भन्दै त्यस्ता अराजनैतिक उदण्डहरुलाई ठेगान लगाएर देखाउने उनको चेतावनी थियो ।
‘प्रधानमन्त्री रोगी र बुढो भयो भनेर सबैले मेराबारे अफाहव फैलाएका छन्’, उनले भने, ‘म शान्ति र सहमतिका लागि जो कसैसँग झुक्ने व्यक्ति होइन् ।’
उनले आफुलाई क्यान्सरले खाएको नभइ आफुलेचाँहि क्यान्सरलाई खाएको बताउँदै देश बनाउनका लागि आफुसँग प्रयाप्त तागत भएको पनि दाबी गरे ।
प्रधान्मन्त्री कोइरालाले प्रजातन्त्रमाथि खेलबाड गर्नेहरु आफैं समाप्त भएर जाने पनि बताए । ‘हामी सबै मिलेर संविधान निर्माण गर्नुपर्छ । नेपाल हाम्रो घर हो’, उनले भने, ‘आफ्नो घरलाई विभाजन गर्न कसैले पनि नखौजौं ।
तोडफोड र बन्द हड्तालले देशको उन्नति र विकास नहुने भएकाले सबै राजनैतिक दलहरुलाई शान्तिपूर्ण राजनीति गरी जनताको मन जित्न उनले आग्रह गरेका छन् ।
आजै प्रधानमन्त्री कोइरालाले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैयाको मातृ शिशु स्वास्थ्य सेवा केन्द्र भवनको शिलन्यास समेत गरेका छन् । annapurnapost.com
0 comments
Write Down Your Responses