यी हुन् काठमाडौंमा बसेर गर्भमै बच्चा मार्ने डाक्टर
काठमाडौं, २६ साउन । राजधानीका सरकारी अस्पतालमै अवैध गर्भपतन गराउने गरेको खुलासा भएको छ ।उनलाई गर्भपतनका लागि लिंग पहिचान गरेको र गर्भपतन गर्न उत्प्रेरित गरेको अभियोगमा काउन्सिलले निलम्बन गरेको हो । अस्तापलमा उनले महिलाको गर्भ चेकजाँच गरी छोरी भए गर्भमै मारिदिने गर्थिन् ।
काउन्सिलले अस्पताल र गर्भपतनमा संलग्न अन्य स्वास्थ्यकर्मीलाई पनि कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।नेपालको कानुन अनुसार लिंग पहिचान गरी गर्भपतन गर्न पाइदैन । काउन्सिलले चिकित्सकीय आरचासंहितालाई समेत ख्याल नगरेर कानुन विपरितको कार्य गरेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।
dainiknepal.com


0 comments
Write Down Your Responses