सलमान खानलाई फाँसीको सजायँ !
मुम्बई । बलिउडका अभिनेता सलमान खान बेला बेला फिल्मभन्दा बढी विभिन्न घटनाका कारण चर्चामा आउने गर्छन् ।यही क्रममा विहीबार भारतमा फाँसी सजायँ सुनाइएका याकूब मेमनको पक्षमा बोलेको भन्दै सलमानविरुद्ध फाँसी सजायँको माग उठ्न थालेको छ । त्यो पनि सत्तारुढ दलकै नेताबाट । सत्तारुढ भारतीय जनता पार्टीका सांसद उषा ठाकुरले सलमान खानलाई मृत्युदण्ड सजायँ दिन माग गरेकी छिन् ।
सांसद उषा ठाकुर ।
उनले याकूब मेमन जस्तैगरी सलमानलाई पनि फाँसीमा झुण्ड्याउनुपर्ने बताएकी हुन् । उषाले देशविरोधी गतिविधी गर्ने अपराधी भएकाले अपराधीको पक्ष लिने पनि देशद्रोही हो भन्दै सलमानलाई फाँसीमा चढाउन अदालत र न्यायधिशलाई आग्रह गरेकी छिन् । सलमानले याकूबलाई फाँसीमा झुण्ड्याउनु दुई दिन अगाडि फाँसीमा चढाउनु गलत कार्य भएको भनेर न्यायलयको अलोचना गर्नेगरी ट्विट गरेका थिए ।
यस्तो विवादास्पद भनाईपछि सांसद उषाका अमर्थक र अचोलक दुई धारमा छुट्टिएका छन् । उनको राजीनितक बजारमा पनि आलोचना सुरु भएको छ । उनका समर्थकले पनि सामाजिक सञ्जालमा मृत्युदण्डको माग गरिरहेका छन् । उषा सत्तारुढ दल भाजपाको मध्य प्रदेशको इन्दौरकी सांसद हुन् ।
dainiknepal.com
0 comments
Write Down Your Responses