नारायणीमा डुबेर वृद्धको ज्यान गयो
रत्ननगर (चितवन): चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ।प्रहरीका अनुसार अन्दाजी ६५/७० वर्षका देखिने वृद्धको नदीमा डुबेर मृत्यु भएको हो।
सोमबार नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवा सुरज घिमिरेले पौडेर ती वृद्धालाई निकालेको र त्यसको १५ मिनेटपछि पानी निकाल्ने क्रममै उनको मृत्युभएको जानकारी देवघाटका प्रहरी हवल्दार सीताराम पौडेलले घिमिरेले दिए।
अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। वृद्धको सनाखत भने हुन सकेको छैन। नदी किनारमा रहेका वृद्धा एक्कासि डुब्न पुगेको देखेपछि आफूले पौडेर उद्धार गरिएको सुरज घिमिरेले बताए।
सुरजले यसअघि पनि डुबेका बालबालिकाको उद्धार गर्दै आएको स्थानीयवासीले बताएका छन्। रासस
annapurnapost.com


0 comments
Write Down Your Responses