फेरी गयो भूकम्पको धक्का
काठमाडौं, १५ भदौ । सोमबार राती ११: ३३ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । राती ४.२ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।एकदिनअघि मात्र धादिङ, दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ३ पटक भूकम्पको धक्का गएको थियो ।
बैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछि हालसम्म ४ सयको हाराहारीमा भूकम्पको धक्काहरु गइसकेको छ ।


0 comments
Write Down Your Responses