किन घट्दैछ सुनको मूल्य ? पाँच वर्षकै न्यून विन्दुमा
२४ साउन, काठमाडौं ।सुनको मूल्य विश्वमा हरेक सेकेन्डमा उतारचढाव भइरहेको हुन्छ । अहिले विश्व बजारमा सुनको मूल्य पाँच वर्षकै न्यून विन्दुमा आएको छ । सुनका मूल्यका विषयमा विश्वभर धेरै खालका अड्कलबाजी छन् । अमेरिकी डलरको बढ्दो मूल्य र चीनमा सुनको मागमा आएको कमी मूल्य घट्नुको मुख्य कारण हो ।
सुनको डलर र अमेरिकी मूल्यबीच जहिले पनि विपरीत सम्बन्ध हुन्छ अर्थात सुनको मूल्य बढ्दा डलरको मूल्य घटेको हुन्छ भने डलरको मूल्य बढ्दा सुन घटेको हुन्छ । अहिले अमेरिकाको केन्द्रीय बैंकले व्याजदर परिवर्तन गर्न लागेको सामाचार आएको छ ।
अमेरिकी केन्द्रीय बैंकले व्याजदर बढाएमा अमेरिकी ऋणपत्रबाट आउने व्याजदरबाट सुनको तुलनामा बढी आम्दानी हुन्छ । यसले लगानीकर्ता सुनमा कम आकर्षित छन् । सन् २००६ को पहिलो ६ महिनामा चीनको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको छ । सबैभन्दा बढी सुन खरिद गर्ने चीनमा २४ प्रतिशत माग घटेको छ ।
मौज्दातमा राख्ने व्यापारीले पनि सुन बिक्रीका लागि राखेको हुँदा मूल्य घट्न मद्दत पुगेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।


0 comments
Write Down Your Responses