मेसिनमा च्यापिएर नेपालीको मृत्यु
मलेसिया : मलेसियाको इपोस्थित एक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर एक नेपाली युवाको ज्यान गएको छ।

कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर धादिङको नालाङका सिजन गिरी सोमबार मृत्यु भएको हो ।

गिरी इपोको एक प्लास्टिक कम्पनीमा कार्यरत थिए । मेसिनमा प्लास्टिकको कच्चा पदार्थ लगाउने क्रममा च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको उनका आफन्त राजेन्द्र पुरीले जानकारी दिए ।

गिरिको शव पोस्टमार्टमका लागि इपो अस्पतालमा राखिएको छ् । कम्पनीले गिरीको शब बिहीबार नेपाल पठाउने भएको छ । annapurnapost.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses