बालकलाई बलि दिने अभियुक्तलाई कारबाहीको मागसहित जनदबाब
परासी, १८ साउन । नवलपरासीमा बालक जीवन कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै आज बालकका आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्ति सयाँैको सङ्ख्यामा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले अभियुक्त कोदाई हरिजनसहित पक्राउ परेका ११ जनालाई कडाभन्दा कारबाही हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।
नवलपरासीका कुडियास्थित शिव शम्भु प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययरत बालक जीवनको गत साउन ५ गते बलिको नाममा हत्या गरिएको थियो । सो घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
www.etajakhabar.comu


0 comments
Write Down Your Responses