अनुहारका काला थोप्ला हटाउने घरेलु उपाय
अनुहारमा टुप्पो कालो भएका स-साना थोप्लाहरु हुन्छन् । भित्र डल्लो जस्तो देखिने यस्ता थोप्लाहरु निचोर्दा कडा जमेको सेतो खैरो पदार्थ आउँछ अनि छालामा सानो खाडल पर्दछ । यस्ता थोप्लाहरुलाई ब्लाकहेड्स भनिन्छ । अनुहारको सुन्दरताका लागि यस्ता ब्लाकहेड्स वास्तवमै अभिसाप नै हुन्छ, किनकी यसले अनुहारको छालालाई कुरुप बनाइदिनछ ।ब्लाकहेड्सको समस्याबाट धेरै मानिस पीडित हुने गरेको र यसबाट छुटकारा पाउनका लागि विभिन्न खाले उपाय तथा उपचार समेत अपनाउने गरेको पाइन्छ । तर केही सजिला घरेलु उपाय अपनाउने हो भनेमात्रै पनि यो समस्या समस्या कम हुन्छ । ती घरेलु उपाय यस्ता छन् :
वाफ लिने– दुइ मिनेटसम्म अनुहारमा वाफ लिनुहोस् र त्यसपछि प्राकृतिक स्क्रबरले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारमा रहेका यस्ता ब्लाकहेड्स हट्दछन् यसले अनुहारका अन्य सेता फुस्रा दागहरु पनि हराउँछन् ।
तुलसी– अनुहार चम्किलो पार्नुका साथै डण्डिफोरको समस्या हटाउन तथा कालोपोतो र कालो टाउके थोप्लाहरु हटाउनका लागि समेत तुलसी उपयोगी हुन्छ । यसका लागि तुलसीको पातलाई पानीमा भिजाउने अनि त्यसलाई माथिपट्टि फर्काएर ब्लाकहेड्स भएको अनुहारको छालामा ५-१० मिनेट राख्ने । त्यसपछि तुलसीको पातलाई हटाएर मुख धुने । यो प्रक्रिया दैनिक रुपमा दोहोराएमा अनुहारको यस्ता कालो टाउका भएका थोप्लाहरु कम हुन्छ ।
बदाम– बदाम टुक्राटुक्रा पार्नुहोस् अनि त्यसमा बेसन मिलाएर लेदो बनाउनुहोस् । अनि टुक्रा बदाम र बेसनको मिश्रणले अनुहार स्क्रब गर्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स कम हुन्छ ।
कागती र मह– कागतीको रस, नुन तथा मह समान मात्रामा मिलाएर झोल तयार गर्नुहोस् । यसमा दही पनि मिलाउन सक्नुहुन्छ त्यसपछि त्यो लेदोलाई अनुहारमा दलेर केही समयसम्म रगड्नुहोस् र स्क्रब गर्नुहोस् । ५-१० मिनेटपछि अनुहार धुनुहोस् र सफा रुमालले अनुहार पुछ्नुहोस् । नियमित रुपमा यसो गर्दा अनुहारको ब्लाकहेड्स, कालोपोतो, डण्डिफोर तथा अनुहार चिलाउने जस्ता समस्या हट्ने र अनुहार चम्किलो तथा सफा हुन्छ ।
www.onlinekhabar.com
0 comments
Write Down Your Responses