काठमाडौं केन्द्रबिन्दु भएको ४.३ म्याग्निच्यूडको धक्का
काठमाडौं: काठमाडौं उपत्यकामा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ।बिहान १० बजेर ४२ मिनेटमा काठमाडौलाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आउनासाथ मानिसहरु आत्तिएर घरबाहि निस्किएका थिए। बल्खु तथा कालीमाटी आसपासको क्षेत्रलाई केन्द्र बनाएको परकम्पले बढी हल्लाएको महसुस भएको थियो।
यसअघि सोमबार गोर्खालाई केन्द्रबिन्दु बनाएर ४.९ म्याग्निच्यूडको परपकम्प गएको थियो भने आइतबार हुम्लामा ४ म्याग्निच्यूडको भूकम्प नै गएको थियो।


0 comments
Write Down Your Responses