मोटरसाइकलमा जाँदै गरेका यादवमाथि गोली प्रहार
गोलबजार (सिरहा), १४ भदौ । सिरहा नगरपालिकामा आज दिउँसै एक सर्वसाधारण युवकमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा नगरपालिकाबाट स३प ७२२० नंको मोटरसाइकल लिएर माडरतर्फ जाँदै गरेको अवस्थामा यादवमाथि गोली प्रहार भएको हो ।

तिघ्रामा गोली लागेका यादवको उपचार अहिले सिरहास्थित जिल्ला अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार गोली कसले र किन प्रहार गरेको विषयमा केही खुल्न सकेको छैन । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक साहले जानकारी दिनुभयो । रासस

www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses