६० प्रतिशत मानिसले कुरा लुकाउँछन्, यस्ता छन् लुकाउने केही कुराहरु
जो कोही मानिसको जिवनमा केही न केही गोप्य कुरा अवश्य पनि हुन्छन् । केही गोप्य कुराहरु यस्ता हुन्छन् जो मानिसले न त आफ्नो सबैभन्दा नजिकको जिवनसाथीलाई भन्छ, न त आफ्ना साथीभाइ तथा परिवारका अन्य मानिसलाई । यस्तो कुनै गोप्यता व्यक्तिमा कम्तीमा पनि १५ वर्ष आफैभित्र लुकाएर राख्ने गर्छ । यो हाम्रो दाबी होइन, हालै भएको एक नयाँ अध्ययनले देखाएको हो ।भारतको गरिएको अध्ययन अनुसार हरेक ५ जनामा ३ जना मानिस आफ्नो जिवनका केही मुख्य राज लुकाएरै राख्ने गरेका हुन्छन् । सर्भे अनुसार मानिसहरु गोप्यतम कुराहरु वा केही रहस्यहरु आफ्नो जिवनसाथीसँग पनि लुकाउँछन् ।धेरै मानिसलाई डर हुन्छ की त्यस्ता गोप्य कुरा जिवनसाथीलाई बतउँदा सम्बन्ध बिगि्रन्छ । आफ्नी आमासँग समेत केही रहस्य वा कुराहरु लुकाउँछन् मानिसले । मानिसले लुकाउने गोप्य रहस्यका विषयमा गरिएको अध्ययनका केही रोचक तथ्य यस्ता छन्-
१. विवाहअघिको आफ्नो प्रेम सम्बन्धको विषयलाई मानिसहरुले गोप्य राख्दछन् । रहस्य आफै नखुलेसम्म महिला वा पुरुषले आफ्नो त्यो पूर्व सम्बन्धका विषयमा आफ्नो जिवनसाथीलाई मरिगए बताउँदैनन् ।
२. विवाह भैसकेपछि परस्त्री वा परपुरुषसँगको सम्बन्धका विषयमा पनि मानिसहरुले कसैलाई बताउँदैनन् ।
३. विवाह नगरिकनै जन्मिएको बच्चाको विषयमा पनि मानिसहरु सकेसम्म लुकाउन चाहन्छन् । चाहे पछि बिहे गरेका प्रेमी प्रेमिकाबीचको सम्बन्धबाट बिहे अघि नै जन्मिएको बच्चा किन नहोस् उनीहरुले बिहेभन्दा पछि नै जन्मिएको भनेर ढाँट्दछन् ।
४. बाल्यकालमा चोरी गरेको तथा कहिलेकाहीँ रक्सी खाएर गाडी चलाएको बेलामा पक्रिएको कुरा पनि मानिसहरुले सित्तिमित्ति कसैलाई भन्दैनन् ।
५. यदि कसैले इन्टरनेटमा कसैसँग अश्लील च्याट गर्यो भने पनि त्यसको बारेमा छिटै अरु कसैलाई बताउँदैनन् ।
६. कुनै विपरित लिंगीप्रति आफुमा जागृत भएको यौनइच्छाको विषयमा पनि मानिसहरुले कसैलाई भन्दैनन्, चाहे आफ्नो लंगौटिया नै किन नहोस् ।
७. विवाह पछि यदि विवाहित पुरुषलाई कुनै अर्को महिला वा विवाहित महिलालाइ अर्को कुनै पुरुषप्रति आकषर्ण हुन्छ भने त्यो कुरा जिवनभर नै खोल्दैनन् मानिसहरु । यसको अर्थ मानिसहरुले आफ्नो जिवनसाथी भन्दा अरु कुनै परस्त्री वा परपुरुषलाई मन पराएको कुरा आफ्नो जिवनसाथीलाई कहिल्यै पनि बताउँदैनन् ।
0 comments
Write Down Your Responses