मिर्गौला बिक्रीमा संलग्न २ जना बुटवलबाट पक्राउ
भदौ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले मिर्गौला बिक्रीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर हाडीखोला गाविस ७ घर भइ हाल बुटवल ५ बस्ने बर्ष २४ का विकास लामा र धादिङ कुमपुर गाविस घर भई बुटवल ४ बस्ने वर्ष ३० का विष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।उनले भने, ‘मानव अंग मिर्गौला बिक्री गरेवापत पीडितलाई एकदेखि डेढ लाख रुपैयाँ दिने र बाँकी रकम मिर्गौला बेच्ने गिरोहले लिने गरेको पाइएको छ
पक्राउ परेकाहरु स्वयमले पनि एउटा मिर्गौला बेचेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । उनीहरु मार्फत मानव अंग बेच्ने गिरोहबारे अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
यसैबीच बुटवल प्रहरीले जुवाको खालबाट ६ लाखभन्दा धेरै रुपैयाँसहित केही जुवाडेहरुलाई पनि नियन्त्रणमा लिएको छ ।बुटवल १४ स्थित तेजबहादुर सुवेदीको घरमा जुवातास खेलीरहेको अवस्थामा छापा मारेर ६ लाख ११ हजार ६ सय ८५ रुपैयाँसहित जुवाडेहरुलाई पक्रेको प्रहरीले जनाएको छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस


0 comments
Write Down Your Responses